Category: खेल प्रेस

  • कर्णाली याक्समा सोमपाल र विपीन शर्मासहित ७ खेलाडी रिटेन, देव खनाल रिलिज

    कर्णाली याक्समा सोमपाल र विपीन शर्मासहित ७ खेलाडी रिटेन, देव खनाल रिलिज

    काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि ७ खेलाडीलाई रिटेन गरेको छ । कर्णालीले कप्तान तथा मार्की प्लेयर सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको हो ।

    सोमपालसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिश विक्रमसिंह ठकुरी छन् । यस्तै ट्यालेन्ट हन्टबाट ल्याइएका विपीन शर्मालाई पनि कर्णालीले रिटेन गरेको छ ।

    कर्णालीले देव खनाल, भुवन कार्की, रित गौतम, दीपक डुम्रेलाई भने रिलिज गरेको छ । कर्णाली पहिलो संस्करणमा प्लेअफसम्म पुगेको थियो ।

    यसअघि सुुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले रिटेन हुने खेलाडीको नामावली सार्वजनिक गरिसकेका छन् ।

  • नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी-२० सिरिज खेल्ने

    नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी-२० सिरिज खेल्ने

    काठमाडौं । नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी- २० सिरिज खेल्ने भएको छ ।

    अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले सार्वजनिक गरेअनुसार पाकिस्तान र बंगलादेशले टप इन्ड टी- २० सिरिज खेल्ने पक्का भएको हो ।

    पाकिस्तान ‘ए’ टोलीले यसअघि सन् २०२३ र २०२४ को संस्करणको उक्त सिरिज खेलेको थियो । बंगलादेश ‘ए’ टीमले सन् २०२३ को संस्करण खेलेको थियो ।

    यही अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने उक्त सिरिज नेपालले पहिलो पटक खेल्न लागेको हो ।

  • रौनकको तेजिलो ब्याटिङ, नेपालका लागि सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

    रौनकको तेजिलो ब्याटिङ, नेपालका लागि सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

    काठमाडौं । उमेर समूह क्रिकेटबाट एक होनाहार ब्याट्सम्यानको उदय भएको छ, रौनक श्रीवास्तवका रूपमा । एसीसी यु १६ इस्ट जोन अन्तर्गतको म्याचमा आज उनले नेपालका लागि कीर्तिमानी प्रदर्शन गरे ।

    भुटानविरुद्धको म्याचमा एक्लै १६८ रन जोड्दै रौनकले नेपालका लागि अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक व्यक्तिगत योगफलको कीर्तिमान बनाएका हुन् । कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय म्याचमा नेपाली ब्याट्सम्यानले बनाएको यो उच्च व्यक्तिगत स्कोर हो । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । उनले एसीसी यु १९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।

    यसअघि कुनै पनि उमेर समूहको क्रिकेटमा नेपाली ब्याटरले १५० को व्यक्तिगत आँकडा पार गर्न सकेका थिएनन् । राष्ट्रिय टीमबाट सर्वाधिक रनको कीर्तिमान भने कप्तान रोहित पौडेलको नाममा छ । उनले २०७८ सालमा पपुवा न्यूगिनीविरुद्ध १२६ रन बनाएका थिए ।

    आजको खेलमा नेपालको प्रतिद्वन्द्वी भुटान कमजोर टीम हो । यद्यपि, नेपालले खराब सुरूवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । चौथो नम्बरमा आएका १५ वर्षीय रौनकले बडो परिपक्व तरिकाले ब्याटिङ गर्दै नेपाललाई मजबुत स्कोरमा पुर्‍याए । उनी अन्तिम ओभरमा छक्का हान्न खोज्दा आउट भए । रौनकले आफ्नो म्याराथन इनिङमा ५ छक्का र १६ चौका प्रहार गरेका थिए । उनको ब्याटिङमा संयम र आक्रामकताको मिश्रण थियो । एउटा राम्रो टप अर्डर ब्याट्सम्यानको परिचय दिँदै उनले खराब बलहरुलाई दण्डित गरे भने राम्रा बलहरूसँग जोगिएर खेले ।

    रौनकले परिस्थितिको मागअनुसार ब्याटिङ गरेका थिए । सुरुवातीरुपमा उनले कुनै जोखिम नउठाइकन खेले । स्ट्राइक रोटेटमा ध्यान दिए । सुरूको ५० रन बनाउन उनले ५० बल नै खर्चिएका थिए । दोस्रो ५० रन जोढ्न उनले ४५ बल खपत गरे । ९५ बलमा शतक हानेका रौनकले त्यसपछि भने परिस्थितिको माग अनुसार विष्फोटक रुप धारण गरे । पछिल्लो ६८ बल उनले केवल ३७ रनमा जोडेका थिए । श्रीवान्स बजगाईं, सुगम बुढाथोकी र जोय थापासँग मिलेर उनले नेपाललाई सुदृढ स्कोरमा पुर्‍याए । रौनक र जोयबीच १७० रनको म्याराथन साझेदारी भएको थियो ।

    अन्तिम ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने प्रयास गर्दा क्याचआउट भए रौनक । आउट हुनुअघि उनको ब्याटबाट १६ चौका र ६ छक्का निस्किए । उनले १०० रन बाउन्ड्रीबाट र ६८ रन दौडिएर लिएका थिए । अफसाइड र अनसाइड दुवैतर्फ उनी उत्तिकै मजबुत देखिए । रनिङ विटविन द विकेटमा भने अझै मिहिनेत गर्नुपर्ने आवश्यकता छ ।

    रौनकले आफ्नो प्रतिभाको छनक यसअघि घरेलु यू १६ प्रतियोगितामा दिएका हुन् । टीबी साह मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत गत जेठ २५ गते भएको म्याचमा उनले लुम्बिनीबाट खेल्दै गण्डकीविरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । कुनै पनि उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोहोरो शतक हान्ने पहिलो ब्याट्सम्यान बनेका थिए रौनक । केबल ११७ बलमा १६ छक्का र १५ चौकासहित २१७ रन जोडेका थिए उनले । यही प्रदर्शनले उनलाई राष्ट्रिय यू १६ टीममा छनोट गराएको हो ।

    जारी एसीसी यू १६ प्रतियोगितामा रौनकले तीन इनिङ ब्याटिङ गर्दा ९८.६६ को औसतमा २९६ रन जोडिसकेका छन् । उनको स्ट्राइक रेट पनि निकै राम्रो छ । सिंगापुरविरुद्ध पहिलो खेलमा उनले ४४ बलमा ४० रन बनाएर टीमको जितमा योगदान दिएका थिए । दोस्रो खेलमा उनको ब्याटिङ गर्ने पालो आएन । जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले एक विकेटमै भेट्टाएको थियो । इन्डोनेसियाविरुद्धको तेस्रो खेलमा उनले ७१ बलमा ८८ रनको आक्रामक इनिङ खेले । यो म्याचमा नेपालले ४२० रनको पहाड खडा गरेको थियो ।

    त्यसो त यो प्रतियोगितामा नेपालका प्रतिद्वन्द्वीहरू कमजोर भएकाले हरेक खेलहरू एकतर्फी भइरहेका छन् । सिंगापुरविरुद्धको पहिलो खेल तुलनात्मकरूपमा प्रतिस्पर्धात्मक थियो, जहाँ नेपालले ६ विकेटका जित निकाल्यो । त्यसपछिका तीन खेलमा भने नेपालले प्रतिद्वन्द्वीहरुलाई कुनै पनि मौका दिएको छैन । जापानलाई ८० रनमा अलआउट गरेको नेपालले एक विकेटमै लक्ष्य भेटेको थियो । तेस्रोमा इन्डोनेसिया नेपालको ब्याटिङ र बलिङको अगाडि निरिह बन्यो । नेपालले पहिले ब्याटिङ गर्दै ४२१ रनको पहाड खडा गर्दा इन्डोनेसियाले ५० रन मात्रै जोड्न सकेको थियो ।

    शतप्रतिशत जितसहित नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सेमिफाइनलमा नेपालको भिडन्त हुनेछ आयोजक मलेसियासँग । यो म्याच केही हदसम्म प्रतिस्पर्धात्मक बन्ने आशा राख्न सकिन्छ । यद्यपि, नेपाल उपाधिकै बलियो दावेदार हो । नेपालले सम्भवत उपाधिका लागि फाइनलमा हङकङसँग भिड्नुपर्ने हुन सक्छ ।

    प्रतियोगितामा नेपालको बलिङ र ब्याटिङ दुवै उस्तै गतिमा चलिरहेका छन् । ब्याटिङतर्फ नेपालका ओपनर प्रसिद्ध जैसी उत्कृष्ट लयमा छन् । उनले इन्डोनेसियाविरुद्ध १३२ रन बनाएका थिए । बलिङमा कप्तान विपीन शर्माले नेतृत्व लिइरहेका छन् । उनको घातक बलिङ झेल्न कुनै पनि टीमलाई सहज छैन । नेपाल प्रिमियर लिग (एनपीएल) बाट उदाएका विपीनले यो प्रतियोगितामार्फत आफ्नो क्षमताको पुनःपुष्टि गरिदिएका छन् । उनले चार खेलमा नेपालका लागि १५ विकेट लिइसके ।

    ‘फाइन्ड अफ द टुर्नामेन्ट’ चाहिँ रौनक नै हुन्, जसको ब्याटिङले भविष्यका लागि निकै आशा जगाएको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी नेपालकै प्रसिद्धलाई उछिन्दै पहिलो नम्बरमा उक्लिएका छन् ।

    को हुन् रौनक ?

    कपिलवस्तुको कृष्णनगर नगरपालिका-१ को मडान गाउँमा सामान्य परिवारमा जन्मेका हुन् रौनक । आर्थिक अभावमा धेरै पढ्न नपाएका उनले साथीहरूसँग भारतको नौगढमा गएर क्रिकेट सिककेका थिए । उनका बुवाआमा गाउँमा सामान्य खेतिकिसानी तथा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्छन् । उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेका छन् । रौनकले स्थानीय बुद्धपद्म स्कुलबाट ८ कक्षा पढेपछि पढाइ छोडेर क्रिकेटमै तल्लिन भए ।

    क्रिकेटमा रौनकको भविष्यबारे अहिल्यै पूर्वानुमान गर्दा हतारो हुन सक्छ । तर आशा गरौं उनलाई एनपीएलको दोस्रो संस्करणमा देख्न पाइनेछ ।

  • एसीसी यू-१६ इस्ट जोन- भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा, विपिनले लिए ४ विकेट

    एसीसी यू-१६ इस्ट जोन- भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा, विपिनले लिए ४ विकेट

    काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ ।

    आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो ।

    नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६० रन मात्र जोड्न सक्यो । नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए ।

    भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । ११ औँ नम्बरमा आउने ब्याटर घाइते भएकाले ९ विकेट खसेपछि भुटानको इनिङ समाप्त गरिएको थियो ।

    आजको म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवको कीर्तिमानी १६८ रनको मद्दतमा ३५८ रनको विशाल स्कोर खडा गरेको थियो । आजको जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

  • रौनक श्रीवास्तवको १६८ रन मद्दतमा नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य

    रौनक श्रीवास्तवको १६८ रन मद्दतमा नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य

    काठमाडौं । एसीसी यु १६ इस्ट जोन कप अन्तरगत मलेसियामा जारी खेलमा नेपालले भुटानविरुद्ध ३५९ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेले ।

    टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गर्दै १७ रनमै दुई विकेट गुमाएको थियो । ओपनर परिमार्जन यादव पहिलो ओभरमै आउट भए भने उत्कृष्ट फर्मममा रहेका प्रसिद्ध जैसी पनि चलेनन् । जैसीले १४ बलमा ७ रन मात्र जोड्न सके । त्यसपछि तेस्रो विकेटका लागि श्रीवान्स बजगाईँ र रौनक श्रीवास्तवबीच बलियो साझेदारी भयो ।

    यो जोडीले नेपाललाई १०७ रनसम्म पुर्‍याएको थियो । श्रीवान्स ५२ बलमा ५४ रन बनाएर आउट भए । त्यसपछि सुगम बुढाथोकीले रौनकलाई साथ दिए । यो जोडीले नेपालको स्कोर १८० रन सम्म पुर्‍यायो । सुगम ३५ रनमा आउट भए ।

    पाँचौं विकेटका लागि रौनकले जोय थापासँग १७० रनको म्याराथन साझेदारी गरे । नेपाललाई ३५० रनको मजबुत स्थितिमा पुर्‍याएर रौनक अन्तिम ओभरमा आउट भए । जोय थापाले अर्धशतक बनाएर अविजित रहे ।

    रौनकले बनाएको १६८ रन कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटरले बनाएको उच्च व्यक्तिगत स्कोर हो ।

  • यू-१६ इस्ट जोन कप : भुटानविरुद्ध रौनकले बनाए शतक

    यू-१६ इस्ट जोन कप : भुटानविरुद्ध रौनकले बनाए शतक

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालका रौनक श्रीवस्तवले शतक पूरा गरेका छन् ।

    मलेसियामा जारी प्रतियोगिताअन्तर्गत भुटानले रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् ।

    भुटानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले अहिले ३८ ओभरको खेल सकिदा ४ विकेट गुमाएर २४७ रन बनाएर खेलिरहेको छ ।

  • भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । एसीसी मेन्स यू-१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मङ्गलवार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।

    नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।

    नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो ।

    अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ ।

    एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

  • कर्णाली याक्सको मार्की सोमपाल कायम

    कर्णाली याक्सको मार्की सोमपाल कायम

    काठमाडौं । कर्णाली याक्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई मार्कीमा निरन्तरता दिएको छ ।

    आगामी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि सोमपाल कामीलाई नै निरन्तरता दिएको कर्णाली याक्सका सह- मालिक गृहेन्द्र घिमिरेले जानकारी दिए । ‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन् । त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएको छौं । उनीमाथि टिमको विश्वास छ,’ घिमिरेले भने ।

    पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो । कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका चर्चित पूर्व ओपनर शिखर धवनलाई अनुबन्ध गरेको थियो ।

    सह मालिक घिमिरेले यस सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन् । ‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवद्र्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौं ।’

    गृहेन्द्र घिमिरेले चाडै रिटेन गरेका ६ खेलाडीको समेत सूची सार्वजनिक गर्ने बताएका छन् ।

  • बुद्धिचाल च्याम्पियन हार्दिक पन्त सम्मानित

    बुद्धिचाल च्याम्पियन हार्दिक पन्त सम्मानित

    काठमाडौं । मदन स्मृति नेकोस यू- १५ (विद्यालयस्तर) राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताका च्याम्पियन हार्दिक पन्तलाई उनी अध्ययनरत कीर्तिपुरस्थित पुष्प सदन स्कुलले सोमबार सम्मानित गरेको छ ।

    जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४ औँ स्मृति दिवसको अवसरमा गत शनिवार आयोजित प्रतियोगितामा सबै प्रतिस्पर्धीलाई उछिन्दै पन्तले प्रत्येक चरणका खेलमा अग्रता हासिल गरेका थिए ।

    १० वर्ष उमेर र कक्षा ६ का विद्यार्थी उनले प्रतियोगितामा भाग लिएका आफूभन्दा ज्येष्ठ प्रतिस्पर्धीहरूलाई पनि हराउँदै च्याम्पियनको उपाधि हासिल गरेका हुन् ।

    राष्ट्रिय बुद्धिचाल संघ र हेटौँडा चेस क्लबद्वारा संयुक्त रूपमा आयोजित उक्त खेलका आठ चरणमध्ये सात चरणमा हार्दिक विजेता बनेका थिए । अर्को चरणमा बराबरी भएको थियो । उनले ७।५ अङ्क प्राप्त गरेका थिए ।

    प्रतियोगितामा एसियन पब्लिक स्कुलका दिपेन मैनाली दोस्रो र वसुन्धरा नेसनल एकेडेमीका अविन पाण्डे दोस्रो र तेस्रो स्थानमा थिए ।

    यू- ९ तर्फ छात्रामा अंकुर पोखरेल र छात्रमा अग्रता आचार्य तथा यू-११ अन्तर्गत छात्रामा निहाना श्रेष्ठ तथा छात्रमा साहस श्रेष्ठ पहिलो भएका थिए ।

    च्याम्पियन विजेता पन्त कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका– १०, झलारीका स्थायी बासिन्दा हुन् । उनी नेकपा एसका युवा नेता माधव पन्तका छोरा हुन् ।

  • लमजुङदेखि युरोपसम्म तहल्का पिटेकी साम्बाको कप्तानी डेब्यु शानदार

    लमजुङदेखि युरोपसम्म तहल्का पिटेकी साम्बाको कप्तानी डेब्यु शानदार

    काठमाडौं। युरोपेली फुटबलको अनुभव संगालेकी सावित्रा भण्डारी ‘साम्बा’ नेपाल राष्ट्रिय महिला फुटबल टोलीको ११औं कप्तान बनेकी छन् । उनलाई नेपालको १०० औं अन्तर्राष्ट्रिय खेलबाट मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कप्तानको जिम्मेवारी प्रदान गरेका हुन् ।

    सन् २०१९ देखि नेपाली टोलीको कप्तानी गर्दै आएकी एञ्जिला तुम्बाप्पो सुब्बालाई विश्राम दिँदै मुख्य प्रशिक्षक प्याट्रिकले साम्बालाई नयाँ कप्तानको जिम्मेवारी थपिदिएका हुन् । साम्बाले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध कप्तानको रुपमा डेब्यु गरिन् ।

    डेब्यु नै उनको शानदार रह्यो । नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गर्दा साम्बा एक्लैले ५ गोल गरिन् । सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट डेब्यु गरेकी सावित्रा त्यसयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने महिला फुटबलरसमेत हुन् ।

    उनलाई ‘गोल मेसिन’ को उपमासमेत दिने गरिन्छ । नेपालमा मात्रै नभई दक्षिण एसियामै उत्कृष्ट खेलाडीको रुपमा परिचित साम्बाले युरोपियन लिगसमेत खेल्दै आएकी छन् ।

    उक्त लिगमा पनि साम्बाको प्रदर्शन उत्कृष्ट छ । उनी सुरुमा इजरायलको हापोयल रानानाबाट युरोपियन लिग खेलेकी थिइन् । अहिले उनी फ्रान्सको महिला फुटबल क्लब एना भान गुइनगाम्पमा आवद्ध छिन् । साम्बा युरोपियन लिग खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् ।

    युरोपेली फुटबलको अनुभव संगालेकी साम्बालाई मुख्य प्रशिक्षक प्याट्रिकले विश्वास गरेर कप्तानको आर्मब्यान्ड लगाइदिए । प्रशिक्षकको विश्वासलाई साम्बाले पहिलो खेलमै टुट्न दिइनन् ।

    घलेगाउँको प्रतियोगिताले दिएको ‘टर्निङ प्वाइन्ट’

    सानैदेखि खेलकुदमा रुचि भएकी साम्बाका लागि २०७१ सालमा लमजुङकै घले गाउँमा भएको फुटबल प्रतियोगिता टर्निङ प्वाइन्ट बन्यो । उनले उक्त प्रतियोगितामा सर्वाधिक ९ गोल गर्दै सबैको आँखामा पर्न सफल भइन् ।

    उक्त प्रतियोगिता हेर्न पुगेका राष्ट्रिय रेफ्रि शुक्र लामा उनको खेल देखेर एकदमै खुसी भए । त्यसपछि उनैले साम्बालाई सशस्त्र प्रहरी बल (एपीएफ) मा जोडिने मौका मिलाइदिए । त्यसको केही समयपछि उनी एपिएफमा आवद्ध भइन् । काठमाडौं आएर एपिएफमा प्रशिक्षण सुरु गरेपछि साम्बालाई पछि फर्केर हेर्नुपरेन ।

    एपिएफमा प्रशिक्षण थालेको ३ महिना मै उनले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाइन् । त्यसपछि झन् उनको चर्चा चुलिँदै गयो । भारतीय महिला लिगमासमेत शानदार प्रदर्शन गरेकी साम्बा युरोपियन लिग हुँदै राष्ट्रिय टोलीको कप्तानसम्म आइपुगेकी छन् । उनको नाममा धेरै किर्तिमान कायम भएका छन् । उनको सम्मानार्थ लमजुङमा साम्बाचोक नामकरण गरी साम्बा स्तम्भ निर्माणसमेत गरिएको छ ।

  • एसियन कप छनोटमा नेपालको शानदार सुरुआत, लाओस ९–० ले पराजित

    एसियन कप छनोटमा नेपालको शानदार सुरुआत, लाओस ९–० ले पराजित

    काठमाडौं।  एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुआत गरेको छ ।उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोल अन्तरले पराजित गर्‍यो ।

    नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरिन् । साम्बाले कप्तानको रुपमा डेब्यु खेलमै शानदार प्रदर्शन गरिन् । यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एकएक गोल गरे ।

    १२औं मिनेटमा अनिताको गोलबाट पहिलो अग्रता लिएको नेपालका लागि कप्तान साम्बाले ४४औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्‍यो ।

    पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली अर्को चरणमा प्रवेश गर्नेछ ।

  • पहिलाे कप्तानीमै साम्बाले गरिन् ह्याट्रिक गाेल

    पहिलाे कप्तानीमै साम्बाले गरिन् ह्याट्रिक गाेल

    काठमाडौं ।एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् ।

    उनले कप्तानको रुपमा डेब्यु खेलमै ह्याट्रिक गरेकी हुन् ।

    साम्बाले यसअघि ४४औं र ५५औं मिनेटमा गोल गरेकी थिइन् । उनको ह्याट्रिकसँगै नेपालको अग्रता ६ गोलमा पुगेकाे छ । नेपालका लागि साम्बासँगै सरु लिम्बु, अनिता बस्नेत र रश्मीकुमार घिसिङले गोल गरेका छन् ।

  • लाओसविरुद्ध नेपालको गोलवर्षा, रश्मीले थपिन् पाचौं गोल

    लाओसविरुद्ध नेपालको गोलवर्षा, रश्मीले थपिन् पाचौं गोल

    काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले ५ गोलको अग्रता बनाएको छ । नेपालका लागि रश्मी घिसिङले पाचौं गोल गरेकी हुन् ।

  • लाओसविरुद्ध नेपाललाई तेब्बर अग्रता, आफ्नो ५०औं खेलमा सरुले गरिन् गोल

    लाओसविरुद्ध नेपाललाई तेब्बर अग्रता, आफ्नो ५०औं खेलमा सरुले गरिन् गोल

    काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले अग्रता तेब्बर बनाएको छ ।

    नेपालका लागि ५०औं खेल खेलेकी सरु लिम्बुले गोल गरिन् । उनले ४७औं मिनेटमा गोल गरिन् ।

    यसअघि कप्तान सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले नेपालका लागि गोल गरेका एि साम्बाले ४४औं र अनिताले १२औं मिनेटमा गोल गरेका हुन् ।

  • नेपालको अग्रता दोब्बर, कप्तान बनेपछि साम्बाको पहिलो गोल

    नेपालको अग्रता दोब्बर, कप्तान बनेपछि साम्बाको पहिलो गोल

    काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले अग्रता दोब्बर बनाएको छ ।

    नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले दोस्रो गोल गरिन् । कप्तान बनेपछि उनले पहिलो गोल गरेकी हुन् ।

    यसअघि खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएकी थिइन् ।

  • लाओसविरुद्ध नेपाललाई पहिलो अग्रता, अनिता बस्नेतले गरिन् गोल

    लाओसविरुद्ध नेपाललाई पहिलो अग्रता, अनिता बस्नेतले गरिन् गोल

    काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले पहिलो अग्रता लिएको छ ।

    नेपालकी अनिता बस्नेतलले पहिलो अग्रता दिलाएकी हुन् । उनले खेलको १२औं मिनेटमा गोल गरिन् ।

  • एक घन्टामै कप्तान परिवर्तन! नेपाली महिला टोलीको नयाँ कप्तान साम्बा

    एक घन्टामै कप्तान परिवर्तन! नेपाली महिला टोलीको नयाँ कप्तान साम्बा

    काठमाडौं । रेनुका नगरकोटीलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तानका रुपमा सार्वजनिक गरेको नेपाल नेपाल फुटबल संघ एन्फाले एक घन्टा नबित्दै ‘निर्णय परिवर्तन’ गरेको छ ।

    एन्फाको पछिल्लो पोस्टमा सावित्रा भण्डारी साम्बा नयाँ कप्तान तोकिएकी छन् ।

    पछिल्लो फेसबुक पोस्टमा ‘अपडेट’ भन्दै एन्फाले लेखेको छ, ‘सावित्री भण्डारीलाई राष्ट्रिय महिला टोलीको कप्तान नियुक्त गरिएको छ । उनले मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डबाट आर्मब्यान्ड प्राप्त गरिन् र लाओसविरुद्ध टोलीलाई टनेलमा नेतृत्व गर्नेछिन् ।

    अघिल्लो पोस्टमा रेनुकालाई कप्तानका रुपमा सार्वजनिक गरिएकोबारे नयाँ पोस्टमा केही उल्लेख छैन ।

  • एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी, काे काे बाहिरिए ?

    एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी, काे काे बाहिरिए ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि पाेखरा एभेन्जर्सले ७ खेलाडी रिटेन गरेको छ । एभेन्जर्सले सामाजिक संजालमार्फत कप्तान कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

    रिटेन हुने खेलाडीमा भुर्तेलसहित दीनेश खरेल, सागर ढकाल, किरण कुमार ठगुन्ना, विपिन खत्री, आकाश चन्द र त्रितराज दास छन् । अन्य टिमले ६-६ खेलाडी रिटेन गर्दा पोखराले ७ खेलाडीलाई रिटेन गरेको हो ।

    पोखराबाट सुनम गौतम, दिलिप नाथ, नारायण जोशी, अमृत गुरुङ र सुदीप अर्याल रिलिज भएका छन् ।

    यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र चितवन राइनोजले ६-६ खेलाडी रिटेन गरिसकेका छन् ।

  • राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी रेनुकालाई, पहिलो रोजाईमा परिनन् एञ्जिला

    राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी रेनुकालाई, पहिलो रोजाईमा परिनन् एञ्जिला

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी रेनुका नगरकोटीले पाएकी छन् ।

    मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा रेनुकालाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् ।

    यसअघिकी कप्तान एञ्जिला तुम्बापो सुब्बा भने लाओसविरुद्ध पहिलो रोजाईमा समेत परेकी छैनन् । एञ्जिलाले सन् २०१९ देखि नेपाली टोली सम्हाल्दै आएकी थिइन् ।

    रेनुका नगरकोटी चीनमा आयोजना भएको १९औं एसियन गेम्सको अभ्यास क्रममा घाइते भएपछि तत्कालीन कोच कुमार थापाले एञ्जिलालाई कप्तानको जिम्मेवारी दिएका थिए ।

    नयाँ मुख्य प्रशिक्षकले पुनः रेनुकालाई कप्तानको जिम्मेवारीमा फर्काएका छन् ।

    लाओसविरुद्ध नेपालको पहिलो रोजाईका खेलाडी

    • गोलकिपर : अञ्जना रानामगर
    • डिफेन्डर : समीक्षा घिमिरे, पूजा राना र निशा थोकर
    • मिडफिल्डर : सरु लिम्बू, रेनुका नगरकोटी, सरस्वती हमाल, सविता रानामगर र अनिता बस्नेत
    • फरवार्ड : सावित्रा भण्डारी र रश्मि घिसिङ

  • नेपालले इन्डोनेशियालाई ३७० रनले हरायो, विपिनले लिए ६ विकेट

    नेपालले इन्डोनेशियालाई ३७० रनले हरायो, विपिनले लिए ६ विकेट

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ ।

    आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो ।

    ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।

    नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

    पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए ।

    यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

  • यू-१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

    यू-१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

    काठमाडौं । यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन जोडेको हो ।

    नेपालका लागि प्रशिद्ध जैशीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे ।

    जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५७ रन बनाए । यस्तै सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाए । शिवान्स बजगाईँले ४ रन बनाए ।

    नेपालले पहिलो १० ओभरमा नै विना विकेटको क्षतिमा १३० रन जोडेको थियो ।

  • यू-१६ इस्ट जोन कप : इन्डोनेसियाविरुद्ध प्रशिद्ध जैसीले बनाए शतक

    यू-१६ इस्ट जोन कप : इन्डोनेसियाविरुद्ध प्रशिद्ध जैसीले बनाए शतक

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालका प्रशिद्ध जैसीले शतक पूरा गरेका छन् ।

    मलेसियामा जारी प्रतियोगिताअन्तर्गत प्रशिद्धले इन्डोनेसियाविरुद्ध ६९ बलमा शतक पूरा गरेका हुन् ।

  • एसीसी यू-१६ : इन्डोनेसियाविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, १० ओभरमा जोड्यो १३० रन

    एसीसी यू-१६ : इन्डोनेसियाविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, १० ओभरमा जोड्यो १३० रन

    काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गरिरहेको छ ।

    मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको नेपालले विष्फोटक ब्याटिङ गर्दै १० ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा १३० रन बनाएका हो ।

    नेपालका लागि परिमार्जन यादव २८ बलमा ७१ रन बनाए । प्रशिद्ध जैसीले ३४ बलमा ५५ रन जोड्दै नट आउट छन् ।

    यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ । प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

  • राष्ट्रिय महिला फुटबल टोली कप्तानः एञ्जिला, रेनुका कि अरु कोही ?

    राष्ट्रिय महिला फुटबल टोली कप्तानः एञ्जिला, रेनुका कि अरु कोही ?

    पाेखरा । एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले भोलि लाओससँग खेल्दैछ । उज्वेकिस्तानमा हुने उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।

    खेल सुरु हुन एकदिन अघिसम्म पनि नेपाली टोलीको कप्तानी कसले गर्ने टुंगो छैन । यसअघिका प्रतियोगिताका लागि बिदाई हुने बेला नै कप्तानको टुंगो लाग्ने गरेको अवस्थामा यसपालि प्रतियोगिताको एक दिन अघिसम्म पनि कप्तानको बारेमा कुनै निर्णय भएको छैन ।

    सामान्यतया बिदाईमा प्रशिक्षक तथा कप्तानले आफ्नो देशको झण्डा लिने गर्छन्, तर एसियन कप छनोटका लागि बिदाई गर्ने क्रममा मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्ड, टीम म्यानेजर वृन्दा देवान र हेड अफ डेलिगेसन सरिला श्रेष्ठ नेपालको झण्डा लिन अगाडि पुगेका थिए । कप्तानको रुपमा कोही खेलाडी पनि उपस्थित थिएनन् ।

    यसअघि एन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीको कप्तानी गर्दै आएकी थिइन्, तर अहिले भने कप्तानको बारेमा केही खुलाइएको छैन । नेपाली टोलीलाई पहिलो पटक विदेशी प्रशिक्षकले सम्हालेका छन् । त्यसकारण पनि कप्तान को बन्छ भन्ने आँकलन गर्न कठिन छ । नेपालको नेतृत्व गर्ने अवसर एन्जिलाले नै निरन्तरता पाउँछिन् या नयाँ कप्तान छानिन्छन् त्यो भने हेर्न बाँकी छ ।

    एन्जिलाले सन् २०१९ देखि नेपाली टोली सम्हाल्दै आएकी छन् । नियमित कप्तान रेनुका नगरकोटी चीनमा आयोजना भएको १९औं एसियन गेम्सको अभ्यास क्रममा घाइते भएपछि तत्कालीन कोच कुमार थापाले एञ्जिलालाई कप्तानको जिम्मेवारी दिएका थिए ।

    त्यसयता एन्जिलाले नै नेपाली टोलीको कप्तानी गर्दै आएकी छन् । त्यसकारण पनि प्रशिक्षक प्याट्रिक डी वाइल्डले एन्जिलालाई कप्तानको जिम्मेवारी नदेलान् भन्न सकिँदैन, तर प्रतियोगिता सुरु हुनु एक दिनअघिसम्म पनि कुनै निर्णय नहुनुले नेपालले नयाँ कप्तान पाउने सम्भावना रहेको कतिपयको विश्लेषण छ ।

    प्रशिक्षक प्याट्रिकले सिनियर खेलाडीको रुपमा रेनुकालाई पुनः जिम्मेवारी दिन लागेको चर्चा पनि छ । रेनुका टोलीकी सर्वाधिक अनुभवी खेलाडी हुन् । यी दुईको विकल्प खोजेको अवस्थामा भने नेपाली महिला राष्ट्रिय टोलीले ११औं कप्तानको रुपमा पाउनेछ । त्यसको दाबेदारको रुपमा सावित्रा भण्डारी ‘साम्बा’, अनिता बस्नेतसहितका खेलाडी रहनेछन् ।

    हालसम्म कप्तानको अनुभव नभएकी साम्बासँग देशविदेशमा खेलेको अनुभव छ । अनिताले घरेलु फुटबलमा सर्वाधिक सफल टोली एपीएफ क्लबको कप्तानी गरिसकेकी छन् । त्यसकारण उनीहरुलाई पनि प्रशिक्षकले कप्तानको रुपमा रोज्न सक्छन् ।

    भविष्यको रुपमा हेर्ने हो भने प्रशिक्षक प्याट्रिकले अञ्जना रानामगर, प्रीति राई र पूजा रानामगरलाई रोज्न सक्छन् । अञ्जना, प्रीति र पूजाले उमेर समूहमा नेपाली टोलीको नेतृत्व गरेका छन् । तीनै जना खेलाडी पछिल्लो समयका इमर्जिङ र भविष्य भएका खेलाडीको रुपमा चिनिन्छन् ।

    छनोटमा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ ।

  • प्रथम लुम्बिनी रोड रेसमा त्रिभुवन आर्मी क्लब हावी

    प्रथम लुम्बिनी रोड रेसमा त्रिभुवन आर्मी क्लब हावी

    दाङ । प्रथम लुम्बिनी रोड रेसमा त्रिभुवन आर्मी क्लब हावी भएको छ । लुम्बिनी खेलकुद परिषदले दाङको घोराही गरेको १० किलोमिटर रोड रेसमा पुरूष महिला दुवै तर्फ त्रिभुवन आर्मी क्लवका खेलाडी प्रथम भए । पुरूष तर्फ निर्धारित दुरी ३१ मिनेट ३० सेकेन्ड ४८ मिलिसेकेन्डमा पार गर्दै आर्मीका संजय श्रेष्ठ प्रथम भए ।

    ३१ मिनेट ३९ सेकेन्ड १४ मिलिसेकेन्डका साथ आर्मीकै नरेन्द्र रावत दोस्रो भए भने नेपाल पुलिस क्लवका नागेश्वर यादवले ३१ मिनेट ४५ सेकेन्ड १९ मिलिसेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

    महिला तर्फ निर्धारित दुरी ३७ मिनेट ४० सेकेन्ड ४७ मिलिसेकेन्डमा पार गर्दै आर्मीकी निशा सार्की प्रथम भइन् । एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्ड ६३ मिलिसेकेन्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो बनिन् भने एपीएफकै दिपा परियार ३९ मिनेट २१ सेकेन्ड ९८ मिलिसेकेन्डको समयका साथ तेस्रो भइन् ।

    पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार,३० हजार र २० हजार रूपैयाँ पुरस्कार पाएका छन् । लुम्बिनी रोड रेसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

  • एनपीएलका लागि काठमाडौंले रिटेन गर्‍यो ६ खेलाडी

    एनपीएलका लागि काठमाडौंले रिटेन गर्‍यो ६ खेलाडी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि काठमाडौं गुर्खाजले ६ खेलाडी रिटेन गरेको छ । गुर्खाजले सामाजिक संजालमार्फत कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

    रिटेन हुने खेलाडीमा केसीसहित भीम सार्की, शाहव आलम, दीपेश कंडेल, रसिद खान र प्रतीक श्रेष्ठ छन् । काठमाडौंबाट कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल र विवेक केसी रिलिज भएका छन् ।

    यसअघि सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र चितवन राइनोजले ६ खेलाडी रिटेन गरिसकेका छन् ।

  • एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई

    एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई

    रुपन्देही । रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’को उपाधि तिरुपति क्रिकेट क्लब, भैरहवाले हात पारेको छ ।

    शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एशियन बुद्धलाई ३ विकेटले हराउँदै तिरुपतिले उपाधि चुमेको हो । उपाधिसँगै तिरुपतिले ८० नगद र उपविजेतामा चित्त बुझाएको एशियन बुद्धले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको एशियन बुद्धले ८ विकेटको क्षतिमा ८५ रन बनायो । उसका लागि देव खनालले १९, कृष्ण कार्कीले १५ र रन्जित खड्काले १० रन बनाए ।

    बलिङमा तिरुपतिका तुलबहादुर थापा, इन्द्रजित यादव र सन्दीप यादवले समान १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको तिरुपतिले ९ ओभर ५ बलमा ८६ रन बनाउँदै जित निकाल्यो । तिरुपतिका लागि सन्दीप मौर्यले २९, विशाल भुसालले नटआउट २५ र विजय प्रजापतिले १४ रन बनाए ।

    बलिङमा एशियन बुद्धका विष्णु कटारियाले २, अभिशेष गौतम, कृष्ण कार्की, कृष्ण पराजुली र इकलाख अहमदले १–१ विकेट लिए । खेलमा सन्दीप मौर्य प्लेयर अफ द फाइनल भई १ हजार दुई सय रुपैयाँ पाए ।

    तिरुपतिका वसिर अहमद म्यान अफ द सिरिज भई नगद १२ हजार पाए । यस्तै, टीम रेस्पोन्स लुम्बिनीका जावेद खान बेष्ट ब्याटर र न्यु होराइजनका विप्रसन केसी बेष्ट बलर भए । उनीहरुले जनही ८ हजार रुपैयाँ प्राप्त गरे । तिरुपतिका विजय प्रजापति बेष्ट क्याच र एशियनका देव खनाल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

    शुक्रबारै सम्पन्न दोस्रो सेमिफाइनलमा एशियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै फाइलन यात्रा तय गरेको थियो । प्रतियोगितामा सेमिफाइनल पुगेका होराइजन र प्रोफेसनल मास्टर्स–११ ले १०–१० हजार रुपैयाँ पाए ।

    प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना र भैरहवाकै एशियन बुद्ध होटलको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । विजेता र उपविजेता टीमलाई लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघ तथा आयोजक संस्थाका अध्यक्ष हरिबहादुर थापा, एशियन होटलका संचालक तिलकराज घिमिरे, प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पन्थी, रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्ललगायतले पुरस्कार प्रदान गरेका थिए ।

     

  • नेपालले आउँदो अगस्टमा अष्ट्रेलिया डार्विनमा टी-२० सिरिज खेल्ने

    नेपालले आउँदो अगस्टमा अष्ट्रेलिया डार्विनमा टी-२० सिरिज खेल्ने

    काठमाडौं । नेपालले आउँदो अगस्टमा अष्ट्रेलियाको डार्विनमा टी-२० सिरिज खेल्ने भएको छ । नेपालले आईसीसी पुरुष टी२० विश्वकप एसिया छनोटको तयारीको रूपमा अगस्ट १४-२४ सम्म टप इण्ड टी-२० सिरिज खेल्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    सिरिजले अष्ट्रेलियाली परिस्थितिमा प्रतिस्पर्धा गर्ने मौका प्रदान गर्ने लामाले बताए । उक्त सिरिजमा नेपालले कम्तिमा ६ टी-२० खेल खेन्छ ।

    २०२५ को टप इन्ड टी-२० शृङ्खलाको लागि पूर्ण तालिका र सहभागी टोलीहरूको घोषणा आगामी हप्ता गरिनेछ ।

    त्यसपछि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी२०आई सिरिज खेल्नेछ ।

  • अल-नासरसँग रोनाल्डोको २ वर्ष सम्झौता थप : तलब र अन्य सुविधा कति ?

    अल-नासरसँग रोनाल्डोको २ वर्ष सम्झौता थप : तलब र अन्य सुविधा कति ?

    काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो थप दुई वर्ष साउदी प्रो लिग क्लब अस नासरमा रहने भएका छन् । २०२३ मा म्यानेचेस्टर युनाइटेडबाट अल नासर पुगेका रोनाल्डोको यही जुनमा सम्झौता सकिँदै थियो ।

    सम्झौता सकिएपछि रोनाल्डोले क्लबसँग सम्झौता नवीकरण गर्ने वा नगर्ने भन्ने अनिश्चित थियो । तर, सम्पूर्ण अनिश्चिततालाई चिर्दै अझै दुई वर्षसम्म रोनाल्डो अल नासरमै रहने भएका छन् । रोनाल्डो स्वयंले सामाजिक सञ्जालमा लेख्दै यसको पुष्टि गरेका हुन् ।

    उनले लेखेका छन्, ‘नयाँ यात्राको सुरुवात, उस्तै जोस,उस्तै सपना । आउनुहोस् हामीसँगै मिलेर इतिहास बनाऔँ ।’

    सम्झौता नवीकरण भएसँगै रोनाल्डोले क्लबबाट वार्षिक रूपमा १७८ करोड पाउन्ड (करिब २९ अर्ब रूपैयाँ) पाउनेछन् । त्यस्तै साप्ताहिकरूपमा ५६ करोड नेपाली रूपैयाँ पाउनेछन् ।

    यतिमात्रै होइन, रोनाल्डोले क्लबबाट पाउने सुविधाहरूको लामै सूचि छ । उनले हरेक गोलमा ८० हजार पाउण्ड पाउनेछन् भने दोस्रो वर्षमा यो २० प्रतिशत बढेर जानेछ । हरेक गोल असिस्टमा ४० हजार पाउण्ड पाउने र दोस्रो वर्षमा यो पनि २० प्रतिशतले बढ्नेछ ।

    क्लबले साउदी प्रो लिग जितेमा आठ करोड पाउन्ड पाउने तथा गोल्डेन बुट जितेमा चार करोड पाउनेछन् । एसियन च्याम्पियन्स लिग जितेमा ६.५ करोठ पाउण्ड पाउनेछन् । उनको निजी जेटको खर्च ४ करोड पाउन्डसम्म क्लबले नै व्यहोर्नेछ भने साउदी र एसियन बजारका नयाँ कम्पनीहरुसँगको सम्झौतामा ६० करोड पाउण्ड सुनिश्चित भएको छ ।

    त्यस्तै क्लबको १५ प्रतिशत स्वामित्व (करिब ३३ करोड पाउण्ड) पाउनेछन् । सम्झौता नवीकरण गर्दा बोनस २४.५ करोड पाउण्ड पाउनेछन् भने दोस्रो वर्षमा ३८ करोड पाउण्ड पाउनेछन् ।

    रोनाल्डोले साउदीमा १ सय ११ खेलमा ९९ गोल गरिसकेका छन् । उनको कप्तानीमा पोर्चुगलले भर्खरै नेशन्स लिगको उपाधि दोस्रोपटक जितेको थियो । फाइनल खेलमा स्पेन विरुद्ध उनले एक गोल समेत गरेका थिए ।

  • लुम्बिनी खेलकुद परिषद्ले गर्यो खेलाडी सम्मान

    लुम्बिनी खेलकुद परिषद्ले गर्यो खेलाडी सम्मान

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा पुरस्कार प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको छ । एक सय ४८ खेलाडी र १९ प्रशिक्षकगरी एक सय ६३ जनालाई बुधवार सम्मान गरिएको हो ।

    प्रदेश खेलकुद परिषद्को आर्थिक वर्ष २०८१र०८२ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम भएको र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरे हौसला प्रदान गरिएको परिषदका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिए ।

    विश्वकप खो–खो प्रतियोगिता–२०२५ मा दोस्रो स्थान हासिल गर्ने ८ जना खेलाडीलाई प्रतिव्यक्ति दुई लाखको दरले सम्मान गरिएको छ । सो खेलका प्रशिक्षक र व्यवस्थापकलाई २ जनालाई प्रति व्यक्ति एक लाखको दरले सम्मान गरिएको छ ।

    दक्षिण एसियाली कराते प्रतियोगितामा रजत पदक प्राप्त गरेका एक जना खेलाडीलाई एक लाख रुपैयाँले सम्मान गरिएको छ ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका एकल इभेन्टमा स्वर्ण पदक विजेता खेलाडी ५ जनालाई प्रतिव्यक्ति ३५ हजार, रजत पदक विजेता खेलाडीलाई १८ जनलाई प्रतिव्यक्ति २० हजार, काँश्य पदक विजेता ४६ जनालाई प्रतिव्यक्ति १५ हजार, सोही प्रतियोगिताको समूहगत इभेन्टमा स्वर्ण पदक विजेता १२ जना खेलाडीलाई प्रतिव्यक्ति २० हजार, समूहगत इभेन्टमा रजत पदक विजेता ३६ जना खेलाडीलाई प्रतिव्यक्ति १२ हजार, समूहगत इभेन्टमा काश्य पदक विजेता १२ जनालाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका स्वर्ण पदक विजेता खेलाडीका ६ जना प्रशिक्षकलाई व्यक्तिगत १५ हजार, रजत पदक विजेता खेलाडीका ८ जना प्रशिक्षकलाई व्यक्तिगत २५ हजार, काश्य पदक विजेता खेलाडीका ५ जना प्रशिक्षकलाई व्यक्तिगत १० हजार, टी–२० विश्व कप नेत्रहिन क्रिकेट प्रतियोगितामा भाग लिएका चार जना खेलाडीलाई प्रतिखेलाडी ५० हजार रुपैयाँले सम्मान गरिएको हो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले खेलाडीहरुलाई सम्मान गरेर प्रदेशले हौसला थपेको बताए ।

  • टी–१० क्रिकेट प्रतियोगितामा एशियन बुद्ध फाइनलमा

    टी–१० क्रिकेट प्रतियोगितामा एशियन बुद्ध फाइनलमा

    रुपन्देही । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एशियन बुद्ध फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल भएका थिए । एशियन बुद्धले न्यु होराइजन ३४ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितरे ब्याटिङ गरेको एशियन बुद्धले निर्धारित खेलमा ७ विकेट गुमाएर १ सय २१ रनको बलियो लक्ष्य खडा गर्यो । जवाफमा होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्रै बनायो र हार व्यहोर्यो । खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका एशियन बुद्धका देव खनाल प्लेयर अफ द म्याच भए ।

    यस्तै, अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्लबलाई ८ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले ८ विकेट गुमाएर ७५ रन बनायो । प्रतिउत्तरमा तिरुपतिले २ विकेट गुमाएर ७६ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल प्रवेश गर्यो । खेलमा ४१ रन र १ विकेट लिएका तिरुपतिका बसिर अहमद प्लेयर अफ द म्याच बने ।

    यस्तै, अर्को खेलमा प्रोफेनल मास्टर्स–११ ले टीम रेस्पोन्स लुम्बिनीलाई ५१ रनले पराजित गर्दै सेमिफाइनल पुगेको छ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ४ विकेट गुमाएर १ सय १ रन बनायो । जवाफी ब्याटिङ गरेको टीम रेस्पोन्सले अलआउट हुँदै जम्मा ५० रन बनायो । खेलमा प्रोफेनलका ३ विकेट र ७ रन प्रहार गरेका सुरज खड्का प्लेयर अफ द म्याच बने ।

    प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा संचालित प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ ।

    यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ । शुक्रबार तिरुपति र प्रोफेसनल फाइनल प्रवेशका लागि सेमिफाइनलमा भिड्ने छन् । यो प्रतिस्पर्धाबाट विजेतासँग एशियन बुद्धले उपाधिका लागि प्रस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

  • आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको फड्को

    आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको फड्को

    काठमाडौं । आइसीसी टी–२०आई वरियतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गरेका छन् । यसअघि शीर्ष एक सयमा नअटाएका सन्दीप स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ स्थानमा आइपुगेका हुन् ।

    सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । बलिङतर्फ नै ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन् ।

    टी–२०आईको ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेष ७७ स्थानमा छन् । टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन् । कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२, गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१औं स्थानमा छन् । वरियतामा नेपाल १८औं स्थानमा यथावत् छ ।

  • दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

    दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

    काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन्

    दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।

    चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए ।

    २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका ऐरी ७ वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए । त्यसको २ वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् । उनकै कप्तानीमा पुलिसले घरेलु क्रिकेटमा दबदबा कायम राख्न सफल भएको छ ।

  • एनपीएलका लागि लुम्बिनीले रिटेन गर्‍यो रोहितसहित ६ खेलाडी

    एनपीएलका लागि लुम्बिनीले रिटेन गर्‍यो रोहितसहित ६ खेलाडी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि लुम्बिनी लायन्सले ६ खेलाडी रिटेन गरेको छ । लुम्बिनीले सामाजिक संजालमार्फत कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

    रिटेन हुने खेलाडीमा पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् । यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले ६ खेलाडी रिटेन गरिसकेका छन् ।

  • हेडिंग्ले टेस्टमा इंग्ल्याण्डको भारतमाथि ५ विकेटको शानदार जित

    हेडिंग्ले टेस्टमा इंग्ल्याण्डको भारतमाथि ५ विकेटको शानदार जित

    लिड्स । इंग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्ट म्याचमा ३७१ रनको विशाल लक्ष्य पछ्याउँदै ५ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। हेडिंग्लेमा भएको यो म्याचमा बेन डकेटको शानदार १४९ रन र जो रुटको अविजित ५३ रनको योगदानले इंग्ल्याण्डले इतिहास रच्यो। यो जितसँगै इंग्ल्याण्डले पाँच म्याचको एन्डरसन–तेंडुलकर ट्रफीमा १–० को अग्रता लिएको छ।

    म्याचको पाँचौं दिन इंग्ल्याण्डले २१र० को स्कोरबाट ब्याटिंग सुरु गरेको थियो। डकेट र ज्याक क्राउली (६५ रन) ले पहिलो विकेटका लागि १८८ रनको साझेदारी गर्दै बलियो आधार तयार पारे। यद्यपि, शार्दुल ठाकुरले डकेट र ह्यारी ब्रूकलाई लगातार बलमा आउट गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि प्रसिद्ध कृष्णले पनि दुई विकेट लिएर भारतको आशा जगाए, तर रुट र डम स्मिथ (अविजित ४४) को ७१ रनको अविजित साझेदारीले इंग्ल्याण्डलाई जितसम्म पुर्‍यायो। स्मिथले रविन्द्र जडेजालाई छक्का प्रहार गर्दै म्याच समाप्त गरे।

    भारतका लागि यो हार निराशाजनक रह्यो, विशेषगरी टिमले म्याचमा पाँच शतक (शुभमन गिल, रिशभ पन्त, यशस्वी जायसवाल, केएल राहुल, र पन्तको दोस्रो इनिङ्समा) बनाएर पनि हार बेहोर्नुपर्‍यो। यो पहिलो पटक हो जब कुनै टिमले टेस्ट म्याचमा पाँच शतक बनाएर पनि पराजय भोग्यो। कप्तान शुभमन गिलले पहिलो इनिङ्समा १४७ र दोस्रोमा ४४ रनाए। रिशभ पन्तले दुवै इनिङ्समा शतक (१३४ र ११८) बनाए, तर टिमको ब्याटिंग कोल्याप्स र छुटेका क्याचहरूले हारको कारण बन्यो।

    भारतका बलरहरू मध्ये जसप्रीत बुमराह पहिलो इनिङ्समा ५ विकेट लिएर चम्किए, तर दोस्रो इनिङ्समा उनले कुनै विकेट लिन सकेनन्। शार्दुल ठाकुर र प्रसिद्धले समान २–२ विकेट लिए, तर इंग्ल्याण्डको आक्रामक ब्याटिंग रणनीति (बाजबल) लाई रोक्न पर्याप्त भएन।

    इंग्ल्याण्डको यो जितले उनीहरूको टेस्ट क्रिकेटमा दोस्रो ठूलो रन चेज (३७१) को कीर्तिमान पनि बनायो। यसअघि सन् २०२२ मा इंग्ल्याण्डले भारतविरुद्धै ३७८ रनको लक्ष्य पछ्याएको थियो। बेन डकेटले म्याचको उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे।

    भारतका कप्तान शुभमन गिलले हारपछि भने, ‘यो एक उत्कृष्ट म्याच थियो, तर हामीले क्याच छोड्यौं र लोअर अर्डरले पर्याप्त योगदान दिएन। हामी अर्को म्याचमा कमजोरी सुधार गर्नेछौं ।’

    अब दुवै टिम दोस्रो टेस्टका लागि बर्मिङहमको एजबास्टनमा भिड्नेछन्, जुन २ जुलाईबाट सुरु हुनेछ।