Category: खेल प्रेस

  • अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सरकारको सम्मान (भिडिओ)

    अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सरकारको सम्मान (भिडिओ)

    काठमाडौं । सरकारले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

    बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कांस्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार-प्रमाणपत्र प्रदान गरे ।

    त्यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कांस्य पदक विजेता खेलाडी मनमती विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।

    असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता टोलीलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ ।

    त्यस्तै असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे ।

    उनले अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको र खेलाडीहरू व्यवसायिकरुपमा अगाडि बढेको धारणा राखे ।

    कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताएका थिए ।

  • राखेपले कार्यदललाई भन्यो- हाम्रो लेटरहेड प्रयोग नगर्नू, क्षेत्राधिकारभित्र बसेर काम गर्नू

    राखेपले कार्यदललाई भन्यो- हाम्रो लेटरहेड प्रयोग नगर्नू, क्षेत्राधिकारभित्र बसेर काम गर्नू

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अनियमितता भएको आरोपबारे छानबिन गर्न गठित कार्यदलले राष्ट्रिय खेलकुद परिषदको लेटरहेड प्रयोग गर्न नपाउने भएको छ । परिषदले हिजो कार्यदललाई यस्तो निर्देशन दिएको हो ।

    हालै मात्र कार्यदलको तर्फबाट परिषदको लेटरहेडमा एउटा विवादास्पद पत्र नेपाल क्रिकेट संघ (क्यान) मा गएको थियो ।

    कार्यदलकी संयोजक रञ्जना प्रधानद्वारा हस्ताक्षरित पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन नसकिएसम्म एनपीएलका कुनै पनि काम कारबाही नगर्न, नगराउन निर्देशनात्मक आदेश दिएको छ ।

    कार्यदलले आफ्नो क्षेत्राधिकार नाघेर यस्तो निर्देशन दिएपछि परिषदका सदस्य सचिव टंकलाल घिसिङ असन्तुष्ट छन् ।

    यही विषयलाई सम्बोधन गर्दै कार्यदललाई अब आइन्दा परिषदको लेटरहेड प्रयोग नगर्न भनिएको हो ।

    एनपीएलका सम्बन्धमा क्रिकेट संघलाई लेखिएको पत्र राखेपको नभएको प्रेस नोटमा जनाइएको छ । साथै कार्यदललाई आफ्नो टीओआरभित्र रही काम गर्न तथा परिषदप्रति प्रश्न उठ्ने कुनै पनि काम नगर्न पनि निर्देशन गरिएको छ ।

  • परिषदको लेटरहेडमा क्यानलाई पठाइएको पत्र ‘शन्देहास्पद’, एनपीएलको पालुवा निमोठ्न यस्तो ब्यूहरचना

    परिषदको लेटरहेडमा क्यानलाई पठाइएको पत्र ‘शन्देहास्पद’, एनपीएलको पालुवा निमोठ्न यस्तो ब्यूहरचना

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषदबाट नेपाल क्रिकेट संघ (क्यान) मा गएको एउटा ‘शन्देहास्पद’ पत्रले नेपाल प्रिमियर लिग (एनपीएल) को भविष्यप्रति नै संशय पैदा गरिदिएको छ । एनपीएलको दोस्रो संस्करणलाई पालुवामै निमोठ्ने गरी चलखेलहरु भइरहेका छन् ।

    क्यानले गत वर्ष आयोजना गरेको यस घरेलु फ्रेन्चाइज लिगले आश्चर्यजनक सफलता पाएको थियो । सम्भवतः नेपालमा अहिलेसम्म आयोजना भएको सबैभन्दा शानदार ‘स्पोट्र्स इभेन्ट’ का रूपमा यसलाई लिन सकिन्छ, जहाँ भारतदेखि अष्ट्रेलियासम्मका दिग्गज क्रिकेट खेलाडीहरु सहभागी भए ।

    क्रिकेट समर्थकहरु अब दोस्रो संस्करणको व्यग्र पर्खाइमा छन् । तर, पछिल्लो समय क्यान नेतृत्व खासगरि सचिव पारस खड्काको यो ड्रिम प्रोजेक्टलाई जसरी पनि असफल बनाउने ध्येयले सुनियोजितरुपमा धेरै खेलहरु भइरहेका छन्, जसको सेफल्यान्डिङ सहज देखिँदैन ।

    यही खेलको एउटा हिस्साका रुपमा दुई दिनअघि क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै एउटा ३ पेजको पत्र गयो राष्ट्रिय खेलकुद परिषदको लेटरहेडमा । पत्रमा ‘अख्तियारले गरिरहेको छानविन सम्पन्न नभएसम्म एनपीलएलका कुनै पनि काम नगर्न र नगराउन’ आदेशात्मक शैलीमा ‘जानकारी’ गराइएको छ ।

    सामान्य हिसाबले परिषदबाट क्यान अध्यक्षलाई पठाइने पत्रमा सदस्य सचिवकै हस्ताक्षर हुनुपर्ने हो । तर, यसमा रञ्जना प्रधानको हस्ताक्षर छ । एनपीएलमा अनियमितताको आरोपबारे छानविनका लागि खेलकुद मन्त्री तेजुलाल चौधरीले बनाएको कार्यदलकी संयोजक हुन् । सदस्य सचिव घिसिङ र संयोजक प्रधान स्वयम्लाई गुमराहमा पारेर यो पत्र लेखिएको आशंका बढेको छ ।

    नेपाल प्रेसको फोन सम्पर्कमा सदस्य सचिव घिसिङले यस विषयमा धेरै बोल्न चाहेनन् । यद्यपि, क्यानमा पठाइएको पत्रमा आफू जवाफदेही नरहेको उनले प्रष्ट पारे ।

    ‘त्यो पत्र कार्यदलले पठाएको होला, मेरो यसमा कुनै पनि भूमिका र संलग्नता छैन,’ उनले भने ।

    अहिले पठाइएको पत्रको व्यहोरा आफैंमा विवादास्पद छ । आफ्नो क्षेत्राधिकारबाहिर गएर कार्यदलले एनपीएलका सबै क्रियाकलापहरु तत्काललाई स्थगित गर्न क्यानलाई निर्देशन दिएको छ ।

    पत्रमा भनिएको छ, ‘यस कार्यदलले प्रतिवेदन पेश गरी अख्तियारबाट छानविन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी कुनै कार्य नगर्नु नगराउनुहुन समेत जानकारी गराइन्छ ।’

    सर्वप्रथम त अख्तियारले नै छानविन गरिरहेको हो भने यो विषयमा मन्त्रीले आफूखुशी कार्यदल बनाएर समानान्तर छानविन गर्न खोज्नुको कुनै तुक हुँदैन । दोस्रो, कुनै पनि छानविन समिति वा कार्यदल आफैंमा त्यस्तो कार्यकारी अधिकारयुक्त हुँदैन, जसले कुनै निकायलाई यसो गर वा यसो नगर भनेर आदेश दिन सकोस । कार्यदलको भूमिका र क्षेत्राधिकार भनेको छानविन गरेर प्रतिवेदन बुझाउने मात्रै हो ।

    स्मरण रहोस, एनपीएलमा अनियमितताको आरापबारे बनेको यो दोस्रा्े कार्यदल हो । एनपीएलको प्रत्यक्ष प्रशारणका लागि स्टार्स स्पोट्र्ससँग गरिएको सम्झौता कानून विपरित रहेको भन्दै यसविरुद्ध अख्तियारमा गत वर्ष फागुनमा उजुरी परेको थियो ।

    उक्त उजुरीलाई लिएर अख्तियारले खेलकुद परिषद र मन्त्रालयलाई पत्राचार गर्यो । त्यही पत्रको जवाफ पठाए पुग्नेमा सुरुमा परिषदले र त्यसपछि मन्त्रीले पालैपालो कार्यदल बनाएर आफैं छानविन गर्न तम्सिए ।

    सुरुमा परिषदको बोर्डले अञ्जन धमलाको एउटा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले क्यानलाई पत्राचार गरेर सबै विवरणहरु र सार्वजनिकरुपमा उठेका प्रश्नहरुको जवाफ माग्यो र क्यानले दियो पनि । तर, त्यो कार्यदलले प्रतिवेदन बुझाउन नपाउँदै मन्त्री तेजुलाल चौधरीले मन्त्रीस्तरीय निर्णयबाट अर्को कार्यदल बनाए । यो कार्यदलमा राखेप बोर्ड सदस्य रञ्जना प्रधान संयोजक छिन् र राखेपका दुई कर्मचारी सदस्य छन् ।

    सदस्य सचिव घिमिसङ परिषदले बनाएको कार्यदललाई कुल्चिएर मन्त्रीले अर्को कार्यदल गठन गरेकोप्रति सहमत थिएनन् । त्यसैले कार्यदलले गरिरहेका कामकारवाहीको जवाफदेहिता पनि उनी बोक्न चाहँदैनन् ।

    प्रधान खेलकुद मन्त्री चौधरीले सञ्चालन गर्ने नाइटिङ्गेल स्कुलकी प्रिन्सीपलसमेत हुन् । उनलाई मन्त्री चौधरीले नै राखेप बोर्ड सदस्य बनाएका थिए । कार्यदलको जिम्मेवारी भने रञ्जनाले अनिच्छापूर्वक स्वीकारेको बुझिन्छ । स्रोतका अनुसार एनपीएलको छानविनमा उनले खासै जाँगर चलाएकी छैनन् ।

    ‘अख्तियारमा प्रवेश गरेको मुद्दामा हात हाल्न उहाँ आफैं सहमत हुनुहुन्थेन, मन्त्रीज्यूको मन राखिदिन जिम्मेवारी स्वीकार्नुभएको हो’, परिषद स्रोतले भन्यो, ‘अहिले पठाइएको पत्रमा पनि वाध्यतामा परेर हस्ताक्षर गर्नुभएको हो ।’

    ‘अख्तियारको छानबिन नसकिँदासम्म एनपीएलका काम–कारवाही रोक्ने’ व्यहोरामा प्रधान सहमत नरहेको तर दवावमा हस्ताक्षर गर्न बाध्य भएको बुझिएको छ । स्रोतका अनुसार प्रधान क्यानबाट पत्रको जवाफ आएपछि मन्त्रालयलाई एउटा प्रतिवेदन दिएर यो झमेलाबाट पन्छिने हतारोमा छिन् ।

    परिषदबाट यो पत्रलाई लिएर क्यान असन्तुष्ट बनेको छ । एनपीएलका काम–कारवाही रोक्न गरिएको आदेश स्वीकार्य नहुने बताउँछन् क्यानका प्रवक्ता छुम्बी लामा ।

    उनले भने, ‘सिंगो नेपालले गर्व गर्नलायक प्रतियोगिताका रुपमा क्यानले एनपीएलको पहिलो संस्करण सम्पन्न गर्यो । अहिले हामी दोस्रो संस्करणको तयारीमा जुटिरहेका छांै । एनपीएलका काम कारवाही नगर्नु भनेर पत्राचार गरिनु आश्चर्यजनक हो । यो हामीलाई मान्य हुँदैन ।’

    छानबिनका लागि बनेको कार्यदलले क्यानलाई निर्देशन वा आदेश दिने हैसियत नराख्ने टिप्पणी लामाले गरे ।

    ‘खेलकुद परिषदले क्यानको नियमन गर्न सक्छ । तर, यो पत्र परिषदका सदस्य सचिवबाट नभएर कार्यदलको संयोजकबाट आएको छ । कार्यदलले क्यानलाई यसरी नीतिगत निर्देशन दिने कुनै पनि कानूनी अधिकार राख्दैन, त्यो हाम्रा लागि वाध्यकारी पनि हुँदैन,’ लामाले थपे ।

    नियमनकारी निकायहरुले अनुसन्धानका खातिर आवश्यक कागजात र विवरणहरु माग्दा आफूहरुको आपत्ति नरहने उनी बताउँछन् । तर, यहाँ त निस्पक्ष अनुसन्धान गर्ने भन्दा पनि जबरजस्ति आरोपित गर्ने गलत नियतका साथ काम भइरहेको उनको बुझाइ छ ।

    ‘हामी अनुसन्धानमा सघाउन तयार छौं, तर नियत नै ठीक देखिँदैन । नेपाली क्रिकेटलाई सिध्याउने र क्यानलाई बदनाम गराउने खेल भइरहेको छ,’ उनले भने ।

    क्यानले यसअघि पनि दुईपटकसम्म कार्यदललाई यही विषयमा जवाफ दिइसकेको छ । यसअघि दुईपटक पठाइएको जवाफ चित्त नबुझेको भन्दै जम्मा १२ घन्टाको म्याद दिएर तेस्रोपटक पत्र पठाइएको हो । उक्त म्याद गुज्रिसकेको छ । यद्यपि, क्यानले पत्रको जवाफ पठाउने प्रवक्ता लामाले बताए । ं

    प्रधान नेतृत्वको कार्यदललाई १५ दिनको समय दिइएको थियो, जुन म्याद अब तीन दिन मात्र बाँकी छ । शुक्रबारसम्म आफूले प्रतिवेदन मन्त्रालयमा बुझाउने संयोजक प्रधानले नेपाल प्रेसलाई बताइन् ।

    उनले भनिन्, ‘क्यानको जवाफ आइसकेपछि एकपटक उहाँहरुसँगै बसेर छलफल गर्ने योजना छ । त्यसपछि प्रतिवेदन बुझाउनेछु ।’

    उनले आफू एनपीएलप्रति सकारात्मक रहेको र यसको निरन्तरताको पक्षमा रहेको स्पष्ट पारिन् ।

    प्रधानले थपिन्, ‘व्यक्तिगतरुपमा मेरो यो अनुसन्धानप्रति कुनै रुची होइन । अख्तियारमा गइसकेको कुरामा यताबाट छुट्टै छानविन गर्नु आवश्यक थियो भन्ने लाग्दैन । तर, अहिले बाहिर प्रचार गरिएजस्तो एनपीएल आयोजना गर्नै रोक्नेगरी कुनै पनि निर्देशन दिइएको होइन । म एनपीएलले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा छु । यो सबै दुई–तीन दिनमै क्लीयर आउट हुन्छ ।’

    कार्यदलले जेजस्तो प्रतिवेदन बुझाए पनि यो विषय यत्तिकै सल्टिनेवाला छैन । एनपीएल र पारसलाई असफल पार्न एउटा ठूलै ब्यूहरचनाको निर्माण भइरहेको छ । पारस क्यानमा आएदेखि नै एउटा स्वार्थसमूह सुरुबाटै उनीविरुद्ध लागिरहेको थियो । त्यही स्वार्थसमूहले मन्त्रीदेखि राखेपका केही कर्मचारी र क्यानका पदाधिकारीलाई समेत प्रभावमा पारिरहेको स्रोत बताउँछ । यो समूहको पहिलो लक्ष्य भनेकै एनपीएल असफल पार्नु हो । पहिलो संस्करणमा नै त्यो प्रयास भएको थियो । तर, समूहले सकेन । अब दोस्रो संस्करण कुनै हालतमा आयोजना हुन नदिने खेलमा यो समूह लागिपरेको छ ।

    पहिलोपटक यति ठूलो प्रतियोगिता आयोजना गर्दा क्यानबाट केही प्रक्रियागत कमिकमजोरीहरु भएका हुन सक्छन् । तर, अहिले पारसले एनपीएलमा ठूलो भ्रष्टाचार गरेको गलत भाष्य सिर्जना गर्न खोजिएको क्यानका एक सदस्य बताउँछन् ।

    ‘उहाँ आएपछि छोटो समयमा नेपाली क्रिकेटको कायापलट भएको यथार्थ हो । क्रिकेट खेलाडीहरुदेखि समर्थकसम्मले यो बुझेका छन् । तर, एउटा स्वार्थ समूहलाई उहाँको सफलता बिझाइरहेको छ । त्यसैले कतिपय विषयलाई अतिरञ्जित गरेर त केही भ्रामक प्रचारवाजी गरेर उहाँलाई बदनाम गराउने काममा लागेका छन् । हामी यो सफल हुन दिँदैनौं,’ ती सदस्यले भने ।

    अहिले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब बोर्डमा पेश नगरेको भनेर क्यानकै केही पदाधिकारीले पनि प्रश्न उठाएका छन् । पारसले भने क्यानको अर्को बोर्ड वैठकमा सबै हिसाब छर्लङ्ग बनाइदिने बाचा यसअघि नै गरेका थिए ।

  • एसीसी यू–१६ मा चमत्कारिक खेलेका रौनक श्रीवास्तवलाई गृहजिल्ला कपिलवस्तुका भव्य सम्मान

    एसीसी यू–१६ मा चमत्कारिक खेलेका रौनक श्रीवास्तवलाई गृहजिल्ला कपिलवस्तुका भव्य सम्मान

    रुपन्देही । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका कपिलवस्तुका १६ वर्षीय रौनक श्रीवास्तवलाई भव्य सम्मान गरिएको छ।

    क्रिकेट संघ कपिलवस्तु शाखाद्वारा आयोजित विशेष कार्यक्रममा उनलाई फूलमाला र अबिर लगाएर राष्ट्रिय गीत बजाउँदै नगर परिक्रमा गराइएको थियो। त्यसपछि तौलिहवामा आयोजित सभामा विभिन्न संघ–संस्थाले उनलाई सम्मानित गरे।

    खेलमा उत्कृष्ट भएका उनलाई कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नगद ५१ हजार, सम्मानपत्र र मायाको चिनो प्रदान गरे।

    त्यसैगरी युवा नेता प्रकाश घिमिरेले ५ हजार नगद, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयाद्दिन कुर्मीले २ हजार १ सय नगदसहित सम्मानपत्र हस्तान्तरण गरे। कपिलवस्तु नगरपालिका वडा नं ३ का अध्यक्ष रुद्रप्रकाश गैरेले २५ हजार रुपैयाँ बराबरको क्रिकेट ब्याट प्रदान गर्दै श्रीवास्तवको उत्साह अभिवृद्धि गरेका थिए।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डे, नगर प्रमुख सुदीप पौडेल, क्यानका पूर्व केन्द्रीय सचिव प्रशान्तविक्रम मल्ल, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक निरञ्जन भट्ट र युवा नेता प्रकाश घिमिरेले रौनकको कीर्तिमानी उपलब्धिको प्रशंसा गरेका थिए ।

    त्यस्तै, शिवराज नगरपालिका अन्तर्गत चन्द्रौटमा पनि मंगलबार नै आजै स्थानीय बासिन्दाले रौनकलाई नगदसहित सम्मान गरेका छन्।
    कृष्णनगर नगरपालिका–१, मडहाका श्रीवास्तवले प्रतियोगितामा ६ खेलमा ३ इनिङ्स खेल्दै कुल २९६ रन प्रहार गरेका थिए। उनले १ शतक र १ अर्धशतकसहित प्रतियोगिताका सर्वाधिक रनकर्ता तथा उत्कृष्ट ब्याटर बने।

    इन्डोनेसियाविरुद्ध ८८ रन बनाएका उनले भुटानविरुद्धको खेलमा १३२ बलमा ५ छक्का र १६ चौका प्रहार गर्दै १६८ रनको ऐतिहासिक इनिङ्स खेले। यो स्कोर नेपाली खेलाडीले कुनै पनि तहको अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको व्यक्तिगत उच्च स्कोर हो।

     यसअघि सन् २०२३ मा एसिसी यू–१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध बनाएको १४२ रनको कीर्तिमान रौनकले तोडेका हुन्। रौनकलाई एसियन क्रिकेट काउन्सिल (एसीसी)ले समेत प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान तथा सर्वोत्कृष्ट खेलाडी बनेकोमा औपचारिक बधाई दिएको छ।

    श्रीवास्तवले प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा कपिलवस्तु र पाल्पाको छनौट खेलमा ८८ रनमा १६ चौका र १ छक्का गरेर १ सय १० रन बनाएर चर्चामा आएका थिए भने कोशी विरुद्धको खेलमा ७० रन बनाएका थिए । तर त्यो भन्दा चर्चामा सुर्खेतमा जारी यू ९१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको तर्फबाट रौनकले दोहोरो शतक बनाएर आफ्नो इतिहास बनाएका हुन् ।

    जेठ २० मा विरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे । रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको थियो ।

    नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो सर्वाधिक स्कोरसँगै घरेलु राष्ट्रिय क्रिकेट पनि पहिलो पटक दोहोरो शतक प्रहार भएको भन्दै उनको प्रशंसा भएको थियो । दायाँ हाते ब्याटर रौनक श्रीवास्तवले नयाँ नयाँ इतिहास रचेसँगै क्यानको नजरमा परिसकेका छन् ।

    उनको छिमेकीसमेत रहेका कृष्णनगर नगरपालिका १ का वडाध्यक्ष तुंगनाथ चौधरीले सामान्य परिवारमा जन्मेका रौनकको परिवारमा दैनिक खर्च चलाउन समस्या परिरहेको परिवारबाट देशलाई नै चिनाउनेगरी खेलमा प्रगति गरेको सुनेर सबैलाई खुसी लागेको छ ।

    ‘मेरै गाउँको भाइ हुन्, घरको अवस्था निकै कमजोर छ, बुवा मजदुरी गर्नुहुन्छ, आमा गृहिणी हो, दुई साना बहिनी छन्, धेरै पढ्न पनि पाएनन् तर क्रिकेटमा उनको प्रगति सुनेर निकै खुसी लागेको छ, सिंगो वडा, गाउँ, पालिका खुसी भएका छौं,’ उनले भनेका छन् । घरमा ब्याट र बल किन्नसमेत कुनै नियमित स्रोत नभएका श्रीवास्तव साथीहरूको छेउमा बसेर क्रिकेट सिकेको र उनीहरूकै सहयोगमा खेल्न पाएको बताउँदै आएका छन् ।

    आर्थिक अभावमा धेरै पढ्नसमेत नपाएका उनी साथीहरूको साथमा भारतको नौगढमा गएर क्रिकेट सिक्न पाएको स्मरण गर्दछन् । अहिले पनि उनका बुवाआमा गाउँमै सामान्य कृषि खेती गरेर बसेका छन् भने कहिलेकाहीँ ज्याला मजदुरी गरेर घर खर्चको जोहो गरिरहेका छन् । भारतीय सीमा क्षेत्र नजिक भएकाले उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेको छिमेकीहरू बताउँछन् ।

  • राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डको असन्तुष्टिप्रति ध्यान दिनुपर्छ-उपप्रधानमन्त्री सिंह

    राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डको असन्तुष्टिप्रति ध्यान दिनुपर्छ-उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका छन् ।

    जिल्ला समन्वय समिति, काठमाडौले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रिय महिला फुटबल टोलीले राम्रै खेल प्रदर्शन गरिरहेको भन्दै प्रशिक्षकको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले अन्य देशबाट आएका प्रशिक्षकहरुको असन्तुष्टिलाई सम्बोधन गर्न नसके त्यसले खेल क्षेत्रलाई नै असर गर्ने धारणा राखे ।

    एन्फाको व्यवस्थापन र व्यवहारबाट प्रशिक्षक वाइल्डले असन्तुष्टि जनाएका थिए । मुलुकको प्रतिकुल अवस्थामा समेत खेलाडीहरु र प्रशिक्षकले खेल क्षेत्रलाई अघि बढाउन खेलेको भूमिका निकै महत्वपूर्ण रहेको उनले बताए ।

    पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति, काठमाडौले असार २६ देखि २८ गतेसम्म तारकेश्वर नगरपालीका धर्मस्थलीमा चौथो बागमति प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगीता हुने जनाएको छ ।

  • अख्तियारको छानबिन नसकिएसम्म एनपीएलका कुनै पनि काम नगर्न क्यानलाई खेलकुद परिषदको आदेश

    अख्तियारको छानबिन नसकिएसम्म एनपीएलका कुनै पनि काम नगर्न क्यानलाई खेलकुद परिषदको आदेश

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा छानबिन कार्य सम्पन्न नहुँदा सम्म नेपाल प्रिमियर लिग (एनपीएल) का कुनै पनि कार्य नगर्न र नगराउन नेपाल क्रिकेट संघ (क्यान) लाई आदेश दिएको छ ।

    क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार एक पत्र पठाउँदै परिषदले यस्तो आदेश गरेको हो ।

    अख्तियारमा गत फागुन १२ गते दर्ता भएको उजुरीका सम्वन्धमा खेलकुद मन्त्रीले गत जेठ ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै एक कार्यदल गठन गरेका थिए । सो कार्यदलले जेठ १४ गते क्यानलाई उजुरीमा उल्लेखित विषयवस्तुबारे पत्राचार गरेकोमा चित्तबुझ्दो जवाफ नआएको परिषदले जनाएको छ ।

    कार्यदलले माग गरेको वा उजुरी उल्लेखित विषयवस्तु सम्बन्धमा आवश्यक कागजात, सुचना र तथ्य प्रदान नगरी केवल झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भई केवल सतही उत्तर प्रदान गरेको आरोप पत्रमा लगाइएको छ ।

    ‘छानविन कार्यदल निस्कर्षमा पुग्न नसक्ने अवस्था विद्यमान देखिएको कारणबाट अन्तिम पटक तपसिलमा उल्लेखित प्रश्नहरुको तथ्यपरक, वस्तुनिष्ठ, एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न सकिने खालको विवरण पत्र प्राप्त भएको मितिले बाह्र (१२) घन्टा भित्र पेश गर्न हुन मिति २०८२/०३/२२ को निर्णय अनुसार जानकारी गराइन्छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गरी यस कार्यदलले प्रतिवेदन पेश गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट छानविन कार्य सम्पन्न नहुँदा सम्म नेपाल प्रिमियर लिग (NPL) सम्बन्धि कुनै कार्य नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ ।’

    पत्रमा क्यानलाई सोधिएका तीन प्रश्नहरु यस्ता छन्ः

    क) नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्मा विधान बमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरीदमा सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ को प्रतिकुल कार्य गरी एनपीएलको प्रसारण सम्बन्धि कार्य गर्न तपाईलाई कुन ऐनले अधिकार दिएको हो रु स्पष्ट खुलाउनु हुन ।

    ख) त्यस संघवाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडि नै भई सकेता पनि त्यस संघवाट निकालिएको वोलपत्रमा स्पष्ट समय नखुलाई गोलमटोल ढंगवाट सार्वजनिक सुचना प्रकाशित गरी स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था किन सृजना गर्नु भएको हो रु स्पष्ट खुलाउनु हुन ।

    ग) त्यस संघवाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्श दाताको रुपमा मनिश सुदर्शन पाण्डे जो भारतिय नागरीक हुन उनलाई परामर्श दाता सम्बन्धि कार्य गराउदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ रु स्पष्ट खुलाउनु हुन ।

  • महिला फुटबल प्रशिक्षक चरम असन्तुष्ट, एन्फा नसुध्रिए नफर्किने चेतावनी

    महिला फुटबल प्रशिक्षक चरम असन्तुष्ट, एन्फा नसुध्रिए नफर्किने चेतावनी

    काठमाडौं । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्ड अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चरम असन्तुष्ट देखिएका छन् । एन्फा नसुध्रिएको खण्डमा नेपाल नफर्किने उनको मनसाय छ ।

    प्याट्रिकको प्रशिक्षणमा नेपालले हालै महिला एसिया कप छनोट प्रतियोगिता खेलेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा टाइब्रेकरमा चुक्दा नेपाल एसिया कपमा छनोट हुन सकेन ।

    प्रतियोगितापश्चात् नेपाली टिम स्वदेश फर्किए पनि प्रशिक्षक प्याट्रिक भने फर्केका छैनन् ।

    आज कान्तिपुर दैनिकमा उनको एउटा अन्तरवार्ता प्रकाशित भएको छ । सो अन्तरवार्तामा उनले खुलेरै एन्फाको आलोचना गरेका छन् । एन्फाले नेपाली टिमलाई न्यूनतम पूर्वाधार र सुविधाहरूसमेत नदिएको उनको भनाइ छ ।

    प्याट्रिकले भनेका छन्, ‘मैले एन्फासँग प्रशिक्षणका लागि चाहिने सामान्य किट्सहरू मागेँ, कुनै जवाफ नै आएन । होटलमै कहिलेकाहीँ आइससम्म हुन्न थ्यो । आइस पनि दिन नसक्ने हुन्छ त ?

    खेल भएको दिन, प्राविधिक प्रमुखले मलाई भनेका थिए, ‘धेरै चिन्ता नगर्नु, आफूले सक्दो गर्नु ।’

    मलाई यसले केही नराम्रो गरेन, तर खेलाडी स्तब्ध थिए । उनीहरू रुने मनस्थितिमा थिए ।

    ‘पहिलो दिनदेखि नै समस्या थियो । खेलाडीलाई होस्टेल जस्तो होटलमा राखिएको थियो । खराब खाना थियो । मैले सोधेको थिएँ, बजेटको समस्या हो कि अरू केही हो । मलाई मुख्य प्रशिक्षक त बनाइएको थियो, तर मलाई टिमबाट अलग गरी अर्कै होटलमा राखिएको थियो । मैले भने, सबै एकै होटलमा हुनुपर्छ । उनीहरूले तीनतारे होटल दिन खोजे, मैले चारतारे मागेँ । त्यतिबेला नै एन्फा पदाधिकारीलाई लागेको थियो, यो प्रशिक्षकसँग काम गर्न सजिलो हुनेछैन । यो सब मैले खेलाडीका लागि चाहेको थिएँ ।’

    आफूले गतिलो सहयोगीसमेत नपाएको उनले गुनासो गरेका छन् । ‘मैले त्यस्तो सहयोगी पाइनँ, जसले मलाई मद्दत गर्न सकोस् । म सबैसँग काम गर्न तयार छु, तर उनीहरू पनि त्यसका लागि योग्य हुनुपर्छ । मलाई त्यस्तो सहायकको के काम जसलाई कम्युटर पनि खोल्न आउँदैन अनि तथ्यांकसँग काम गर्न सक्दैन ।’

    ‘हामीसँग जीपीएस थिएन । न ट्रेनिङमा क्यामेरा न त विश्लेषणका विवरण । यस्तो बेला मैले गर्ने नै के र ? म त ६१ वर्षको भइसकेँ । यो उमेरमा मेरो लागि खुसी नै सबैभन्दा ठूलो हो । मलाई यस्तो वातावरणमा अब काम गर्नु छैन । यो गुनासो मात्र होइन, वास्तविकता हो,’ उनी भन्छन् ।

    उज्बेकिस्तानविरुद्धको खेल अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई फोन गरेकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन् । यसबाट खेलाडीहरूमा अनावश्यक दबाबमा परेको उनको टिप्पणी छ । उज्बेकिस्तानविरुद्ध टाइब्रेकरमा ४–५ जना खेलाडीहरूले पेनाल्टी हान्न नमानेको खुलासासमेत गरेका छन् ।

    प्याट्रिकले भने, ‘यसपल्टको टाइब्रेकरमा दबाबका कारण तीन/चार खेलाडी पेनाल्टी प्रहार गर्न नै तयार थिएनन् । यो खेलको अवस्था मात्र थिएन । बिहान ११ बजे नै प्रधानमन्त्रीसहितका व्यक्तिहरूसँग भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो । मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् । यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्वको खेल अगाडिको क्षण नै कुरिरहे ? गेम हारेपछि भने कसैले त्यसरी नै फोन गर्‍यो त ?’

    अब एन्फासँग बेल्जियमबाटै कुरा गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘थाहा छैन । म आफैले सम्पर्क राख्ने छैन । यदि मलाई कल आएमा मैले उत्तर भने दिनेछु । म नेपाल फर्कन चाहन्छु, केवल खेलाडीका लागि ।’

    कप्तान नियुक्तिमा पनि विवाद भएको प्याट्रिकको स्वीकारोक्ति छ । उनले सावित्रा भण्डारीको कप्तानीको प्रशंसा गरे । सावित्रा नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताए ।

    बेल्जियमका प्याट्रिकलाई गत जेठ २८ गते एन्फाले महिला फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । उनी महिला टिमका दोस्रो विदेशी प्रशिक्षक हुन् । यसअघि सन् २०१९ मा अष्ट्रेृलियाका ग्लेन फिलिप्स महिला टिम सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक थिए ।

    प्याट्रिक महिला टिमका पहिलो प्रो लाइसेन्स होल्ड प्रशिक्षक पनि हुन् । यसपालि एन्फाले पहिलो पटक प्रो लाइसेन्स होल्डर प्रशिक्षकको मागेको थियो, जसमा २१ जनाले आवेदन दिएका थिए ।

    उनीहरूमध्ये दुई जनालाई सर्टलिस्टमा राखिएको थियो र अन्तिममा प्याट्रिक छनोट भए । यसअघि उनले नेपाल सुपरलिगमा काठमाडौं रेन्जर्सलाई प्रशिक्षण दिएका थिए । ६१ वर्षीय प्याट्रिकसँग एन्फाको एक वर्षको सम्झौता छ ।

  • असोजदेखि एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै

    असोजदेखि एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै

    काठमाडौं । ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ ।

    आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    आयोजक संस्थाका अध्यक्ष जानु सिंहले सिङ्गल राउन्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल २४ खेल हुनेछन् । प्रतियोगिताका खेल भने काठमाडौँको मूलपानीस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

    उक्त प्रतियोगिताको ‘ब्रान्ड एम्बासडर’को रूपमा अभिनेता निखिल उप्रेती छन्।

    ‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त एनएसपीएलको विजेता टोलीले रु २१ लाख तथा उपविजेताले रु ११ लाख प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको उद्देश्य देशभरका उदीयमान क्रिकेट खेलाडीहरूलाई राष्ट्रियस्तरमा प्रतिभा देखाउन ‘प्लेटफर्म’ दिने रहेको आयोजकले जनाएको छ ।

  • जोगियो ब्रायन लाराको विश्व कीर्तिमान, ३६७ रनमा रोकिए दक्षिण अफ्रिकाका यी ब्याट्सम्यान

    जोगियो ब्रायन लाराको विश्व कीर्तिमान, ३६७ रनमा रोकिए दक्षिण अफ्रिकाका यी ब्याट्सम्यान

    जिम्बाब्वे । दक्षिण अफ्रिकाका ब्याट्सम्यान वियान मुल्डरले जिम्बाब्वेविरुद्धको टेस्ट म्याचमा शानदार प्रदर्शन गर्दै अविजित ३६७ रन बनाएका छन् । यद्यपि, उनी वेस्ट इन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराको ४०० रनको विश्व कीर्तिमान तोड्नबाट ३४ रनले चुके ।

    जिम्बाब्वेविरुद्धको टेस्ट खेलमा दक्षिण अफ्रिकाका कप्तान समेत रहेका मुल्डरले ३३४ बलको सामना गर्दै अविजित ३६७ रन बनाएका हुन् ।

    उनको यो पारीले टेस्ट क्रिकेट इतिहासमा पाँचौँ सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान बनायो । यो पारीमा उनले ४९ चौका र ४ छक्का प्रहार गरे, जसले जिम्बाब्वेको बलिङ आक्रमणलाई पूर्ण रूपमा ध्वस्त बनायो ।

    खेलको दोस्रो दिनको पहिलो सत्रमा दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ६२६ रनमा पारी घोषणा गर्यो, जसले मुल्डरलाई लाराको ४०० रनको कीर्तिमान तोड्ने अवसरबाट वञ्चित गरायो । क्रिकेट प्रशंसकहरूले सामाजिक सञ्जालमा यो निर्णयको आलोचना गरेका छन् ।

    एक प्रशंसकले लेखे, ‘मुल्डरले आरामले ४०० रन बनाउन सक्थे, तर टिमको रणनीतिले उनलाई रोक्यो ।’मुल्डरको यो पारीले उनलाई विश्व क्रिकेटमा एक नयाँ उचाइमा पुर्‍याएकाे छ । उनको यो प्रदर्शनलाई क्रिकेट इतिहासमा लामो समयसम्म सम्झना गरिनेछ ।

    यद्यपि, लाराको ४०० रनको कीर्तिमान अझै अटल छ । लाराले इङ्ल्यान्डविरुद्ध सन् २००४ अप्रिल १२ मा एन्टिग्वाको सेन्ट जोन्समा ४०० रनको म्याराथन पारी खेलेका थिए । चौथो टेस्ट म्याचको पहिलो इनिङमा ५८२ बलको सामना गर्दै उनले ४३ चौका र ४ छक्कासहित अविजित ४०० रन बनाएका हुन् ।

  • उज्बेकिस्तानसँगको हारबारे साम्बा- यो रिजल्टले पछिसम्म पिरोल्ने छ (भिडिओ)

    उज्बेकिस्तानसँगको हारबारे साम्बा- यो रिजल्टले पछिसम्म पिरोल्ने छ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान सावित्री भण्डारी साम्बाले एफसी क्वालिफायरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै चाहेको नतिजा निकाल्न नसकेको बताएकी छन् । यो नतिजाले आफूहरुलाई लामो समय पिरोल्ने उनको भनाइ छ ।

    आज स्वदेश फर्किएपश्चात त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो करिअरमा योभन्दा ठूलो प्रतियोगिता अर्को नभएको उल्लेख गरिन् । आफूलाई कप्तानीको जिम्मेवारी दिइएकोप्रति उनले खुशी व्यक्त गरिन् ।

    प्रतियोगितबारे उनको संस्लेषण यस्तो छः

    ‘सुरुवातमा अलिकित मौसमसँग अभ्यस्त हुन गाह्रो भयो । बिस्तारै सुधार ल्यायौं । कोचले सिकाए अनुसार फलो गर्दै खेल्यौं । थ्री जिरो डाउन हुँदा पनि कमब्याक गर्यौं । तर पेनाल्टीमा चुक्न पुग्यौं ।
    एउटा खेलाडीका रुपमा हाम्रो करिअरमा योजस्तो ठूलो प्रतियोगिता अर्को कुनै पनि थिएन । यो एउटा ठूलो अवसर थियो । अवसरलाई सही तरिकाले क्याच गरेको पनि हो हामीले । तीन गोलले डाउन हुँदा पनि कमब्याक गरेर ५०÷५० स्थितिमा पुग्यौं । यो रिजल्टले हाम्रो भोलिको दिन र भविष्य देखाउनेवाला थियो । रिजल्ट दिन नसक्दा खेलाडीहरुमा भोलि खेल्न छोडिसकेपछि पनि यो कुराले पिरोलिराख्नेछ ।

    मलाई लाग्छ, सुरुको १० मिनेट सम्हालिन सकेनौं । त्यसपछि बाहिरबाट कोचिङ स्टाफले जुन म्यासेज रिले गर्नुभयो, त्यसले गर्दा हाम्रो रणनति र इनर्जी बुस्ट भएको थियो । हामीले कमब्याक गर्न सफल भयौं । ओभरअल हामीभन्दा माथिल्लो टिमसँग खेलेर धेरै कुराहरु सिक्यौं । फाइट गर्नु ठूलो कुरा हो ।

    टीमभित्र अलिकति विवाद पनि आयो । तीन म्याचको राति त म सुत्न पनि सकिनँ । मलाई छुट्टै किसिमको प्रेसर थियो । आफूले आफैंलाई सम्हाल्न सकिनँ । तर, मेरो कप्तानीलाई सबै साथीहरुले साथ दिनुभयो ।

  • एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

    एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

    काठमाडौं । नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किएको छ ।

    आफ्नो अन्तिम खेलमा उज्वेकस्थानसँग टाइब्रेकरमा पराजित भएको नेपाली महिला टोली आज स्वदेश फर्किएको हो ।

    छनोटअन्तर्गत निर्णायक खेलमा पराजित भएपछि अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट हुन असफल रह्यो ।

    टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेका थिएनन ।

    नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

  • त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।

    रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।

    निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् ।

    प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।

  • टाइब्रेकरमा नेपाल पराजित, उज्बेकिस्तान एसियन कपमा छनोट

    टाइब्रेकरमा नेपाल पराजित, उज्बेकिस्तान एसियन कपमा छनोट

    काठमाडौं । टाइब्रेकरमा नेपाललाई हराउँदै उज्वेकिस्तान एएफसी एसियन कप फुटबलमा छनोट भएको छ ।

    No description available.

    छनोटअन्तर्गत निर्णायक खेलमा नेपाललाई हराउँदै घरेलु टोली उज्वेकिस्तान अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट भएको हो ।

    टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेनन् ।

    उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्‍यो ।

    २४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।

    एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेको थियो ।

    दोस्रो हाफको ७०औँ र ७१औँ मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काउँदा पनि टाइब्रेकरमा चुक्दा नेपाल पराजित भयो ।

     

  • नेपाल र उज्बेकिस्तानबीचको खेल टाइब्रेकरमा

    नेपाल र उज्बेकिस्तानबीचको खेल टाइब्रेकरमा

    काठमाडौँ  ।  एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपाल र उज्बेकिस्तानबिचको खेल टाइब्रेकरमा धकेलिएको छ ।

    निर्धारित समयमा दुवैतर्फबाट ३-३ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

    नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरिन् ।

  • उज्बेकिस्तानसँग नेपालको बराबरी, सावित्राको ह्याट्रिक

    उज्बेकिस्तानसँग नेपालको बराबरी, सावित्राको ह्याट्रिक

    काठमाडौँ  । सावित्रा भण्डारीले उज्वेकिस्तानविरूद्ध ह्याट्रिक गरेकी छन् ।

    उनको ह्याट्रिकसँगै नेपालले ३-३ को बराबरी गरेको छ । पहिलो हाफमा ३-१ ले पछि परेको स्थिति उल्टाउँदै नेपाल खेलमा फर्किएको हो ।

    एसियन कप खेल्नका लागि यो खेल जित्नै पर्ने दबाबमा छ नेपाल । निर्धारित समयमा ३-३ गोल भएपछि ७ मिनेटको समय थप गरिएको छ ।

  • विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन

    विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि विराटनगर किंग्सले ६ खेलाडी रिटेन गरेको छ ।

    विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी विराटनगरमा रिटेन भएका हुन् ।

    दीपक बोहरा, राजेश पुलमी मगर, मिर्नल गुरुङ, जितेन्द्र मुखिया र अनिल खरेल रिलिज भएका छन् ।

  • प्रधानमन्त्री ओलीले नेपाली टोलीलाई दिए एएफसी महिला एसियन कप छनोट खेलमा जितको शुभकामना

    प्रधानमन्त्री ओलीले नेपाली टोलीलाई दिए एएफसी महिला एसियन कप छनोट खेलमा जितको शुभकामना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एएफसी महिला एसियन कप छनोट खेलमा नेपाली खेलाडीहरुलाई जितको शुभकामना दिएका छन् ।

    श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।

    उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले पहिलो खेलमा लाओस र दोस्रो खेलमा श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

  • सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

    सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

    काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

    सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्‍याएका थिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

    बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३/३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।

  • यू-१६ इस्ट जोन कप: उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

    यू-१६ इस्ट जोन कप: उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

    काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि सिंगापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ ।

    फाइनलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भयो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

    बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३/३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।

  • एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

    एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।

    नेपाल र उज्वेकिस्तानबीचकाे उक्त खेल उज्वेकिस्तानको मिलि स्टेडियममा राति सवा ९ बजेबाट सुरु हुनेछ ।

    अघिल्ला दुवै खेलमा शानदार जित निकालेका दुवै टोलीका लागि यो खेल फाइनलसरह हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

    उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले पराजित गरेको थियो । नेपाल र उज्वेकिस्तानबिच अंक र गोल पनि बराबरी भएकाले निर्धारित समयमा बराबरी भएको खण्डमा खेल टाइब्रेकरमा जानेछ ।

    उज्वेकिस्तान तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । फिफा वरियतामा पनि उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ । वरियता र अघिल्ला खेललाई हेर्ने हो भने नेपालले घरेलु टोलीलाई हराउँदै थप मिहेनत गर्नुपर्ने देखिन्छ ।

    समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेल दुवै टोलीका लागि ‘डु अर डाइ’ को अवस्था छ । यो खेलमा जसले जित निकाल्छ । उही टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । पराजित हुने टोली घर फर्किनेछ ।

  • यू-१६ इस्ट जोन कप: उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्दै

    यू-१६ इस्ट जोन कप: उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्दै

    काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ ।

    प्रतियाेगितामा हालसम्म अपराजित रहेकाे नेपाल र सिंगापुरबीचको फाइनल खेल विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

    बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएकाे थियाे।

    यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । आज नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।

    यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो ।

  • चर्चित रेस्लर जोन सिनाले यही वर्ष रेस्लिङबाट सन्यास लिँदै

    चर्चित रेस्लर जोन सिनाले यही वर्ष रेस्लिङबाट सन्यास लिँदै

    काठमाडाैं। प्रसिद्ध डब्लुडब्ल्युई सुपरस्टार तथा हलिउड अभिनेता जोन सिनाले आफ्नो रेस्लिङ करियर अन्त्य गर्ने घोषणा गरेका छन् । गत जुलाइमा टोरन्टोमा आयोजित डब्ल्युडब्ल्युईको मनी इन द ब्यांक इभेन्टमा बोल्दै उनले सन्यासको घोषणा गरेका हुन् ।

    उनले सन्यासको घोषणा गर्दै भने, ‘म यही वर्ष नै डब्ल्युडब्ल्युईको रिङमा अन्तिमपटक देखिनेछु । त्यसपछि रेस्लिङ करियरबाट सन्यास लिनेछु ।’

    उनले यही वर्ष डिसेम्बरमा अन्तिम खेल खेलेपछि सन्यास लिने बताएका छन् । उनले अमेरिकी टेलिभिजन कार्यक्रम ‘गुड मर्निङ अमेरिका’मा पनि सन्यासको निर्णयलाई दोहोर्याएका छन् । उक्त कार्यक्रममा उनले भनेका छन्, ‘मैले यस वर्षपछि रिङ नर्फकने बाचा फ्यानहरुलाई गरिसकेको छु ।’

    पिपल म्यागजिन, इन्टरटेनमेन्ट विकली, टकस्पोर्टजस्तो संचारमाध्यमले पनि उनको सन्यासको खबरलाई पुष्टि गरेका छन् । २० वर्षभन्दा बढी समय डब्लुडब्ल्युईको रिङमा बिताएका उनलाई सर्वाधिक सफल र चर्चित रेस्लर मानिन्छ । उनले सर्वाधिक १६ पटक डब्ल्युडब्ल्युईको विश्व च्याम्पियन समेत जितेका छन् । उनलाई सर्वकालीन महान रेस्लरमध्ये एक मानिन्छ ।

    रेस्लिङका अलवा सिना हलिउडमा पनि सफल अभिनेता हुन् । ‘फास्ट एण्ड फ्युरियस’, ‘द सुसाइड स्क्वाड’, पिसमेकर’जस्ता चलचित्र तथा सिरिजहरुमा उनले अभिनय गरेका छन् । सिना नेपाली रेस्लिङप्रेमी दर्शकमाझ पनि अत्यधिक लोकप्रिय छन् ।

     

  • उज्वेकिस्तानविरुद्ध नेपाल र प्रशिक्षक प्याट्रिकको असली परीक्षा

    उज्वेकिस्तानविरुद्ध नेपाल र प्रशिक्षक प्याट्रिकको असली परीक्षा

    काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले शनिबार घरेलु टोलीसँग खेल्दैछ । उक्त खेल उज्वेकिस्तानको मिलि स्टेडियममा राति सवा ९ बजेबाट सुरु हुनेछ ।

    समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेल दुवै टोलीका लागि ‘डु अर डाइ’ को अवस्था छ । यो खेलमा जसले जित निकाल्छ । उही टोली अर्काे वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । पराजित हुने टोली घर फर्किनेछ ।

    अघिल्ला दुवै खेलमा शानदार जित निकालेका दुवै टोलीका लागि यो खेल फाइनलसरह हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

    उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले पराजित गरेको थियो । नेपाल र उज्वेकिस्तानबिच अंक र गोल पनि बराबरी भएकाले निर्धारित समयमा बराबरी भएको खण्डमा खेल टाइब्रेकरमा जानेछ ।

    उज्वेकिस्तान तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । फिफा वरियतामा पनि उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ । वरियता र अघिल्ला खेललाई हेर्ने हो भने नेपालले घरेलु टोलीलाई हराउँदै थप मिहेनत गर्नुपर्ने देखिन्छ ।

    असम्भव भने छैन । किनभने यस्ता धेरै खेल छन् जसमा वरियताभन्दा माथिका टिमलाई हराएका । टोलीको रणनीति र खेल शैलीले नतिजालाई निर्धारण गर्ने गर्छ ।

    नेपालले पहिलोपटक प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षकको रुपमा प्याट्रिक डे वाइल्डलाई भित्राएको छ । यसै छनोट प्रतियोगितामा डेब्यु गरेका प्याट्रिक र नेपालको असली परीक्षाको रुपमा भोलिको खेललाई हेरिएको छ ।

    यसअघिका दुवै खेलमा नेपालले सहज जित दर्ता गर्यो । तुलनात्मक रुपमा कमजोर मानिएका टोली हुँदा प्रशिक्षक प्याट्रिक र नेपालको खासै परीक्षण हुन पाएको छैन । त्यसकारण पनि यो खेल दुवैका लागि परीक्षणको रुपमा रहनेछ ।

    नेपालीकी नयाँ कप्तान सावित्रा भण्डारी ‘साम्बा’ फर्ममा छिन् । उनले दुई खेलमा ८ गोल गरिसकेकी छन् । उनका रोक्न उज्वेकिस्तानले रणनीति बनाउन सक्छ । त्यस्तो अवस्थामा रश्मीकुमारी घिसिङ र रेखा पौडेल जस्ता खेलाडीको प्रदर्शन चम्किनु आवश्यक छ ।

    रेनुका नगरकोटी, गीता राना जस्ता अनुभवी खेलाडी पनि टोलीमा छन् । उनीहरुसँगै अन्य खेलाडीको प्रदर्शन पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । खेलको पहिलो रोजाईका खेलाडी र त्यसपछि गरिने परिवर्तनले पनि नेपालको खेललाई प्रभावमा पार्नेछ ।

    नेपाल उज्वेकिस्तानमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । नभए निर्धारित समयसम्म रोकेर खेल टाइब्रेकरमा लग्ने रणनीति पनि नेपालको हुनेछ ।

    हालसम्म नेपाल र उज्वेकिस्तानबिच ३ पटक भेट भएको छ । नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । सन् १९९९ मा पहिलोपटक भेट भएको थियो । फिलिपिन्समा भएको एसियन कपको समूह चरणमा नेपाल उज्बेकिस्तानसँग ६–१ ले पराजित भएको थियो ।

    दोस्रो भेट सन् २०१९ को नादेज्दा कपमा भएको थियो । किर्गिस्तानमा भएको उक्त कपमा नेपाल २–० ले पराजित हुन पुग्यो । तेस्रो भेट सोही कपको फाइनलमा भएको थियो । त्यसमा पनि नेपाल उज्वेकिस्तानसँग ३–२ ले पराजित भयो ।

    चौथो भेटको रुपमा शनिबार यी दुई टोलीबीच प्रतिष्पर्धा हुँदैछ । तिन पटकको हारको बदला लिँदै २६ वर्षपछि एसियन कपमा छनोट हुने अवसर नेपाललाई छ । तर, सहज भने पक्कै छ । उज्वेकिस्तानको आक्रामक र ट्याक्टिकल शैलीलाई रोक्न प्रशिक्षक प्याट्रिकले कस्तो रणनीति अपनाउछन् । त्यो भने हेर्न बाँकी छ ।

     

  • च्याम्पियन टोली जनकपुरले रिटेन गर्‍यो ७ खेलाडी

    च्याम्पियन टोली जनकपुरले रिटेन गर्‍यो ७ खेलाडी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि जनकपुर बोल्ट्स ७ खेलाडी रिटेन गरेको छ ।

    अघिल्लो संस्करणको च्याम्पियन टोली बोल्ट्सले सामाजिक संजालमार्फत आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

    रिटेन हुने खेलाडीमा आसिफसहित अनिलकुमार शाह, ललित राजवंशी, रुपेश सिंह, किशोर महत्तो, शुभ कंशाकार र तुलबहादुर थापा छन् । हेमन्त धामी, शेर मल्ल,आकाश त्रिपाठी र अरनिको प्रसाद यादव रिलिज भएका छन् ।

  • श्रीलंकाविरूद्ध साम्बाको उत्कृष्ट फ्रिकिक गोलले किन पाएन मान्यता ?

    श्रीलंकाविरूद्ध साम्बाको उत्कृष्ट फ्रिकिक गोलले किन पाएन मान्यता ?

    काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलकालाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । उज्वेकिस्तानमा बुधबार साँझ भएको खेलमा श्रीलंकाविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् ।

    अहिले सामाजिक सञ्जालमा उक्त खेलमा साम्बाले प्रहार गरेको फ्रिकिकको चर्चा भइरहेको छ, जसलाई रेफ्रीले गोलको मान्यता दिएनन् । धेरै नेपाली समर्थकले उत्कृष्ट गोललाई बदर गरिदिएकोमा रेफ्रीको आलोचनासमेत गरेका छन् ।

    खेलको ३५ औं मिनेटमा श्रीलंकन खेलाडीले प्रिती राईलाई लडाएपछि नेपालले फ्रिकिक पाएको थियो । डिबक्सभन्दा केही टाढाबाट पाएको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान साम्बाले बललाई सिधै गोलपोष्टको जाली चुमाउन सफल भइन् । तर, रेफ्रीले त्यसलाई गोलको मान्यता दिएनन् ।

    नेपाली टीमका एक अफिसियलका अनुसार साम्बाले फ्रिकिक प्रहार गर्दा नेपालकी रश्मी कुमारी घिसिङले श्रीलंकन खेलाडीको वाललाई हस्तक्षेप गरेका कारण रेफ्रीले गोलको मान्यता नदिएका हुन् । साम्बाले फ्रिकिक हान्दा रश्मी श्रीलंकन खेलाडीको वाल अगाडिबाट दौडेकी थिइन् ।

  • एक हप्ताअघि बिहे गरेका पोर्चुगिज फुटबलर डियगो जोटाको दुर्घटनामा निधन

    एक हप्ताअघि बिहे गरेका पोर्चुगिज फुटबलर डियगो जोटाको दुर्घटनामा निधन

    काठमडौं । लिभरपुल र पोर्चुगल राष्ट्रिय फुटबल टिमका स्टार स्ट्राइकर डिएगो जोटाको २८ वर्षको उमेरमा निधन भएको छ । कार दुर्घटनामा परेर जोटाको निधन भएको उनका भाइ २६ वर्षीय आन्द्रृे सिल्भासँगै निधन भएको हो ।

    स्पेनको जमोरा प्रान्तनजिक ए–५२ राजमार्गमा बिहान साढे १२ देखि साढे एक बजे (स्थानीय समय)को बीचमा उनीहरु कार दुर्घटनामा परेका थिए । चलाइरहेको कार अनियन्त्रित भएर सडकमबाट बाहिर गएर आगलागी भएपछि दुवैले घटनास्थलमै ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

    प्रारम्भिक अनुसन्धानले सुरुवातमा कारको टायर फुटेपछि गाडी अनियन्त्रित भएको हो कि भन्ने अनुमान गरेको छ । जोटा एटलेटिको म्याड्रिड, पोर्तो, वुल्भरह्याम्टन हुँदै सन् २०२० मा लिभरमा ४५ मिलियन डलरमा ट्रान्सफर भएका थिए । लिभरपुलका लागि उनले ११३ खेलमा ४७ प्रिमियर लिग गोल गरेका छन् । २०१९ देखि पोर्चुगलको राष्ट्रिय टिमबाट खेलिरहेका उनले ४९ खेलमा १४ गोल गरेका छन् । एक महिनाअघि मात्रै जोटा सम्मिलित पोर्चुगलको राष्ट्रिय टिमले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको थियो ।

    रुटे कार्दोसोसँग एक हप्ताअघि विवाह गरेका जोटाका तीन सन्तान छन् ।

  • यू-१६ इस्ट जोन कप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी सिंगापुर

    यू-१६ इस्ट जोन कप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी सिंगापुर

    काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ । भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

    पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

    यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । अब नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।

    यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । फाइनल म्याच पर्सी हुनेछ ।

  • यू- १६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले पन्छाउँदै नेपाल फाइनलमा

    यू- १६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले पन्छाउँदै नेपाल फाइनलमा

    काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।

    पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्‍याए ।

    शिवान्स बजगाईं २३ रनका अविजित रहे ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

    बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

    फाइनल खेल शनिबार हुनेछ ।

  • एसियन कप छनोटः कप्तान साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको शानदार जित

    एसियन कप छनोटः कप्तान साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको शानदार जित

    काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गर्यो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।

    गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।

    यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोलअन्तरले पराजित गरेको थियो । नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

    तस्बिर: NSJF

     

     

  • खेलकुद पत्रकार मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन

    खेलकुद पत्रकार मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन

    रुपन्देही ।धेरै कार्यक्रममा नेताहरुलाई प्रमुख अतिथि बनाएर भाषण गर्न लगाइन्छ तर बुधबार विश्व खेलकुद पत्रकार दिवसका अवसरमा खेलकुद पत्रकार मन्च रुपन्देहीले नेताहरु नबोलाएर खेलाडीलाई नै प्रमुख अतिथि बनायो भने पहिलोपटक खेलाडीलाई नै सम्मान गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।

    नेपालमा खेलकुद गतिविधिहरु धेरै भएको भएपनि सो क्षेत्रको भौतिक तथा क्षमतागत विकासमा सुधार हुन नसकेको खेल क्षेत्रका अगुवाहरुले बताएका छन् । भेलामा बोल्ने खेल संस्थाका अगुवाहरुले भौतिक संरचनाको विकास नहुँदासम्म खेल क्षेत्रले दिगो विकास गर्न नसक्ने बताउँदै त्यसमा राज्ले ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

    मन्चमा भाषण गर्न नरुचाउने नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोल किपर मोतीकला गुरुङ प्रमुख अतिथि भएर उद्घाटन, सम्मान गरेपनि उनले भाषण भने गरिनन् । कार्यक्रममा सहभागी अधिकांशले यो तरिकाको कार्यक्रमको प्रशंसा गर्दै भने यो विद्यागत रुपमा नयाँ अभियान नै थालियो ।

    कार्यक्रमा गुरुङपछि अतिथि रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले सधै पत्रकारहरु पुरस्कृत भएपनि आज पहिलोपटक पत्रकारले खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेर नयाँ अभ्यास थालिएकोमा प्रशंसा गरे । उनले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडि बढाउन आग्रह गर्दै विधागत रुपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिए ।

    केसीले खेल क्षेत्रमा रहेको भौतिक संरचनाको अभावले खेल गतिविधि राम्रोसंग अगाडि बढ्न नसकेको हुँदा त्यसमा राज्य र स्थानीय निकायको ध्यान जानुपर्ने जनाउँदै बुटवलमा खेलग्रामको अवधारणा अगाडि सारेर केन्द्र तथा स्थानीय सरकारहरुसंग अनुरोध गर्दा पनि त्यसमा चासो नदिएकोमा गुनासो गरे ।

    नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुदका गतिविधिलाई उजागर गर्न खेल पत्रकारको महत्वपूर्ण भूमिका हुने हुँदा त्यसलाई अगाडि बढाउन खेल पत्रकारहरुलाई आग्रह गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्वउपाध्यक्ष हरिप्रसाद श्रेष्ठ, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, सम्मानित नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन लगायतले बोल्दै खेलकुद पत्रकारिताको फस्ट्याउनका लागि खेल गतिविधिहरु नियमित हुनुपर्ने बताउँदै त्यसमा खेल पत्रकारले सकारात्मक भूमिका खेलेको आग्रह गरेका थिए ।

    मञ्चको बुधवार बुटवलमा सम्पन्न भेलाले मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवि राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् भने सदस्यहरुमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी निर्वाचित भएका छन् ।

    सम्मान र सहयोग

    कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन तथा महिला भलिवलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा दुई दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका खेल पत्रकार मनोरन्जन शर्मालाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । क्यान्सरको उपचारमा रहेका शर्मालाई संस्थाबाट सो नगद सहयोग गरिएको हो ।

  • श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक

  • श्रीलंकाविरुद्ध नेपालले लियो २ गोलको अग्रता

    श्रीलंकाविरुद्ध नेपालले लियो २ गोलको अग्रता

  • एनपीएलमा भेटिएका ‘हीरा’ मलेसियामा चम्किँदै

    एनपीएलमा भेटिएका ‘हीरा’ मलेसियामा चम्किँदै

    काठमाडौं । मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन प्रतियोगितामा नेपाली टिमले प्रतिद्वन्द्वीहरुमाथि दवदवा बनाइरहँदा कप्तान विपिन शर्माले ‘लिड फ्रम द फ्रन्ट’ को उदाहरण प्रस्तुत गरिरहेका छन् । नेपालका हरेक खेलमा उनको प्रदर्शन उत्कृष्ट र प्रेरणादायी छ ।

    प्रतियोगितामै सर्वाधिक विकेट लिने बलरहरुको सूचीमा शीर्षस्थानमा छन् विपिन । चार खेलमा उनले १५ विकेट लिइसके, त्यो पनि १.९४ को ‘कठोर’ इकोनोमीमा बलिङ गर्दै । उनले अहिलेसम्म ३६ ओभर बल फ्याक्दा केवल ७० रन खर्चेका छन् । इन्डोनेसियाविरुद्ध उनी एक्लैले ६ विकेट लिएका थिए ।

    मलेसियामा पहिलो म्याचबाटै विपिनले आफ्नो स्पिन जादू देखाउन थालेका हुन् । सिंगापुरविरुद्धको म्याचमा उनले १० ओभर बलिङ गर्दा ३४ रन खर्चिएर ४ विकेट लिए । दोस्रो म्याचमा जापानविरुद्ध ८.१ ओभर बलिङ गर्दा १७ रन खर्चेरका उनले १ विकेट मात्र लिन सके । उक्त म्याचमा अर्का स्पिनर शुभम खनालले ५ विकेट हात पारेका थिए । बाँकी दुई म्याचमा भने विपिनको एकछत्र राज चल्यो । इन्डोनेसिया र भुटानका ब्याट्सम्यान विपिनका बलिङमा नराम्ररी तिल्मिलाए ।

    इन्डोनेसियाविरुद्ध ७.३ ओभर बलिङ गर्दा विपिनले मात्र १२ रन खर्चेर ६ विकेट आफ्नो पोल्टामा परेका थिए । इन्डोनेसियाका ब्याट्समयानलाई विपिनको बलमा ब्याटको सम्पर्क गराउन नै धौधौ परेको देखिन्थ्यो । भुटानको पनि त्यही हालत भयो । भुटानविरुद्ध १० ओभर बलिङ गर्दा विपिनले मात्र ७ रन खर्चेर चार विकेट लिए । यी आँकडाहरु आफैंमा अद्भूत हुन् । तर, विपिनबाट यो अपेक्षित थियो । उनले यसअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो क्षमताको प्रष्फुटन गरिसकेका छन् ।

    एनपीएलको पहिलो संस्करणमा शानदार डेब्यूपश्चात उनलाई नेपालको भविष्यका स्टार बलरका रुपमा हेर्न थालिएको थियो । एनपीएलमा ‘ट्यालेन्ट हन्ट’ मार्फत कर्णाली याक्सले उनलाई खरिद गरेको हो । सबैलाई चकित पार्दै विपिनले एसोसिएट क्रिकेटका हस्ति ब्याट्सम्यानहरुलाई क्रिजमा हराबरा खेलाइदिए ।

    कर्णालीको दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध डेब्यू गरेका थिए विपिनले । पहिले म्याचमै उनले आफ्नो उत्कृष्टता देखाए । ४ ओभरको बलिङ कोटा पुरा गर्दा उनले केवल १७ रन खर्चेर खतरनाक माइकल लेभिटको विकेट हात पारेका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

    दोस्रो म्याचमा चितवन राइनोजविरुद्ध तीन विकेट लिएर विपिनले सनसनी मच्चाए । डेथ ओभरमा समेत उत्कृष्ट बलिङ गरेका उनलाई प्लेयर अफ दी म्याचको पुरस्कार पनि दिइएको थियो । त्यसपछि उनलाई कर्णालीको बलिङका मुख्य हतियारका रुपमा हेर्न थालियो ।

    एनपीएलमा ८ म्याच खेल्दा १३ विकेट लिँदै आफूलाई एक अब्बल स्पिनरको रुपमा चिनाए विपिनले । प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरहरुको सुचीमा उनी पाचौं स्थानमा रहेका थिए । यही प्रदर्शनले एनपीएलको दोस्रो संस्करणमा पनि विपिनको सहभागिता सुनिश्चित गरेको छ । कर्णाली याक्सले ७ जना खेलाडी रिटेन गर्दा त्यसमा विपिन पनि परेका छन् । अब हुने एनपीएलमा विपिनलाई ‘हेर्न लायक खेलाडी’ को सुचीमा राखिने छ ।

    एनपीएलपछि विपिन नेपालको यु १९ टिममा समेटिए । गत अप्रिलमा भएको नेपाल र अफगानिस्तानका यु १९ टिमबीचको तीन म्याचको श्रृखलामा नेपालका प्रमुख स्पिनरका रुपमा विपिनलाई उतारिएको थियो । यसमा उनले औसत प्रदर्शन गरे । पहिलो म्याचमा उनले ८ ओभर बलिङ गर्दा ३७ रन खर्चेर एक विकेट लिए । दोस्रोमा प्रदर्शन सुधार्दै १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । तेस्रो म्याचमा भने चल्न सकेनन् । यो श्रृंखला अफगानिस्तानले २–१ ले जितेको थियो ।

    जारी एसीसी यु १६ इस्ट जोनमा विपिनको नेतृत्वदायी भुमिमा नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ । सेमिफाइनल भिडन्त भोलि मलेसियाविरुद्ध हुने छ । पहिलो र सम्भवतः अन्तिमपटक यु १६ टिमबाट खेलिरहेका विपिन नेपाललाई उपाधि जिताउन आतुर छन् । यसपछि उनलाई नेपालको यु १९ र आगामी एनपीएलमा देख्न सकिने पक्का छ ।

  • एएफसी महिला एसियन कप छनोट : नेपाल आज श्रीलंकासँग खेल्दै

    एएफसी महिला एसियन कप छनोट : नेपाल आज श्रीलंकासँग खेल्दै

    काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ । उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेल आज नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

    नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औँ अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् ।

    यस अघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०-० को फराकिलो हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन् । महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । फिफा वरियतामा नेपाल १००औँ तथा श्रीलंका १५९औँ स्थानमा छन् ।

    समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । फिफा वरियतामा ५१औँ स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन ।

    समूहको शीर्षमा रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । त्यस्तै अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

  • एसियाली खेलकुदअघि मन्त्रालय र ओलम्पिक कमिटीको विवाद उत्कर्षमा, सहभागिता नै विलम्ब हुने डर

    एसियाली खेलकुदअघि मन्त्रालय र ओलम्पिक कमिटीको विवाद उत्कर्षमा, सहभागिता नै विलम्ब हुने डर

    काठमाडौं । नेपाल ओलम्पिक कमिटीले जापानमा हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल संघ दर्ता भएको जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत दियो । तर, त्यसको केही घन्टामै युवा तथा खेलकुद मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ओलम्पिक कमिटीले सार्वजनिक गरेको कुरालाई खण्डन गर्यो ।

    खण्डन मात्रै गरेन नेपाल सरकारले अवैध घोषणा गरेको ओलम्पिक कमिटीको कार्य समितिलाई ओलम्पिक गतिविधिमा रोक लगाएको अवस्थामा कमिटीको लेटर प्याड र छापको दुरुपयोग गरेको आरोपसमेत लगायो ।

    मंगलबार दिउँसो नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्टले पत्रकार सम्मेलनमा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेपनि कुनै जवाफ नआएपछि कमिटीले खेल संघ दर्ता सुरु गरेको बताए ।

    ‘मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेपनि कुनै जवाफ प्राप्त भएन’, उनले भने, ‘खेलाडीहरु एसियन गेम्स खेल्नबाट वञ्चित नहुन् भन्ने मान्यतासहित सबै खेल संघलाई सहभागिता जनाउनका लागि पत्राचार गरेका थियौं । ३० खेल संघले दर्ता गराउनुभएको छ ।’

    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मातहतमा हुने खेलहरुमा सहभागी गराउने अधिकार नेपाल ओलम्पिक कमिटीलाई मात्रै रहेको अध्यक्ष श्रेष्ठको दाबी छ । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मातहतमा हुने सम्पूर्ण खेलहरुमा सहभागी गराउने एकमात्र अधिकार नेपाल ओलम्पिक कमिटीलाई मात्र रहने व्यवस्था छ ।’

    तर, नेपाल सरकारले भने श्रेष्ठसहित नेतृत्वलाई वैधानिक मान्यता दिएको छैन । खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी अवैध रुपमा रहेकाले त्यसको निर्णयलाई मान्यता दिन नसक्ने स्पष्ट्याए । प्रतियोगिता आयोजकबाट आधिकारिक सूची दर्ताका लागि पत्र प्राप्त नभएको मन्त्री चौधरीको दाबी छ ।

    ‘…अन्तर्राष्ट्रिय स्तरमा हुने कुनै पनि खेल प्रतियोगितालाई रोक्ने पक्षमा नरहेको, खेल र खेलाडीको वृद्धि विकासको पक्षमा सदैव रहदै आएको समेत जानकारी गराउदछौं’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । एसियाली खेलकुदका लागि मन्त्रालयअन्तर्गत राखेपमा ३१ खेल संघ दर्ता भएका छन् ।

    खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीको विवाद गत पुसमा भएको अधिवेशनबाट सुरु भएको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै निर्वाचन नगर्न आदेश दिएको थियो । तर, अदालतको आदेशविरुद्ध ओलम्पिक कमिटी निर्वाचनका लागि अघि बढेपछि खेलकुद मन्त्रालय र राखेपले रोक्न खोजेको थियो ।

    ओलम्पिक कमिटीको कार्यालयमा तालाबन्दी गरेपछि अनलाइनमार्फत चुनाव गर्दै जीवनराम तेस्रो पटकका लागि अध्यक्ष निर्वाचित भएका थिए । नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा भाग नलिन खेल संघहरुलाई निर्देशन दिएको थियो । तर, राखेपको निर्देशनलाई वेवास्ता गर्दै केही संघ निर्वाचनमा सहभागी भएपछि कारवाहीसमेत परेका थिए ।

    गत वैशाखमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जीवनराम श्रेष्ठ नेतृत्वको मान्यता दिएको थियो । तर, सरकारले भने त्यसलाई अवैध भन्दै कुनै पनि गतिविधिमा संलग्न गराएको छैन ।

    खेलकुद मन्त्री चौधरीले ओलम्पिक कमिटीलाई खेल संघकै दर्जामा राख्ने प्रस्तावसहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेसँगै ओलम्पिक कमिटी झनै चिडिएको हो ।

    २०औं एसियाली खेलकुद सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची र नागोया शहरमा हुँदैछ । तर, प्रतियोगिताअघि तयारीमा जुट्नुपर्ने निकायहरुबिच नै विवाद सिर्जना हुँदा सहभागिताबारे अन्योल हुन थालेको छ ।