Category: खेल प्रेस

  • लाजियोको पोष्टमा इन्टरको आधा दर्जन गोल

    लाजियोको पोष्टमा इन्टरको आधा दर्जन गोल

    हेटौँडा । इटालियन सिरी ए मा इन्टर मिलानले प्रभावशाली जित दर्ता गरेको छ ।

    मङ्गलवार बिहान सम्पन्न खेलमा इन्टरले लाजियोको पोष्टमा आधा दर्जन गोल गर्दै प्रभावशाली जित निकालेको हो ।

    घरेलु मैदानमा भएको खेलमा लाजियोले लज्जास्पद हार बेहोर्दा इन्टर ६-० ले पराजित भयो ।

    खेलको ४० औँ मिनेटमा गोलको खाता खोलेको इन्टरले त्यस यता ९० मिनेटसम्ममा ६ गोल गरेको हो ।

    उसको लागि हुकान, डिमार्को, निकोलो, डेन्जेला, कार्लोस र थुमरले गोल गरे ।

    जितपछि १५ खेलबाट ३४ अङ्क सहित तेस्रो स्थानमा उक्लँदा १६ खेलबाट ३१ अङ्कसहित लाजियो पाँचौँ स्थानमा छ ।

  • यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

    यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

    काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

    खेल नेपाली समयअनुसार विहान ११:४५ बजेबाट सुरु हुनेछ ।

    आजको खेलपछि समूहको विजेता र उपविजेता टोलीको टुंगो लाग्ने छ ।

    हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।

    आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुगेको हो ।

  • महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

    महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

    काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा भेट्टाएको हो ।

    नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । बलिङमा पनि उनले दुई विकेट लिइन् ।

    पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ५ विकेट क्षतिमा १०४ रन जोडेको थियो । पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालकी पूजा महतोले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिइन् ।

    यस्तै रचना कुमारी चौधरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट, रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर एक विकेट र सिमाना केसीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए ।

    जवाफी ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेको थियो । नेपालकी ओपनर सावित्री धामी ८ रनमा आउट भइन् भने साना प्रविन १० रनमा रनआउट भइन् ।

    त्यसपछि पूजा र उपकप्तान सोनी पाख्रिनले नेपालको स्कोर अगाडि बढाएका थिए । यी दुईले ३१ रनको साझेदारी गर्दै नेपाललाई ५९ रनसम्म पुर्‍याए । सोनी १३ रनमा रनआउट भइन् ।पाँचौं नम्बरमा आएकी ज्योत्सिना मरासिनीले खाता खोल्न सकिनन् ।

    ६६ रनमा चार विकेट गुमाएपछि पाँचौं विकेटका लागि पूजा र सिमाना केसीबीच अविजित साझेदारी भयो । उनीहरुले नेपाललाई जितसम्म दोहोर्‍याए । पूजाले ४७ बलमा ४७ रन तथा सिमानाले १२ बलमा १२ रन बनाए ।

  • नेपालकाे यू-१९ क्रिकेट टीमले हङकङलाई हरायो

    नेपालकाे यू-१९ क्रिकेट टीमले हङकङलाई हरायो

    काठमाडौं । काठमाडाैमा भएकाे यू-१९ खेलमा नेपालले हङकङलाई हराएको छ ।

    हङकङले दिएको ११४ रनको लक्ष्य नेपालले ७ विकेट क्षतिमा भेटाएको हो ।

  • महिला यू-१९ एसिया कपः पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

    महिला यू-१९ एसिया कपः पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

    काठमाडौं । मलेसियामा जारी महिला यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।

    मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको हो ।

    पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट ६ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।

    बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक-एक विकेट लिए ।

  • एनपीएलको प्लेअफ समीकरण : क्वालिफायर र इलिमिनेटरमा को-को कहिले भिड्दै ?

    एनपीएलको प्लेअफ समीकरण : क्वालिफायर र इलिमिनेटरमा को-को कहिले भिड्दै ?

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ ।

    लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो ।

    सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा,  ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो ।

    शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबिच प्रतिस्पर्धा हुनेछ ।

    तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् ।

    चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ ।

    दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल पुस ६ गते हुनेछ ।

  • कर्णालीमाथि जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा

    कर्णालीमाथि जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा

    काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ । ७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो ।

    कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । उनले ब्याटिङ २९ बलमा ३८ रन बनाए । बलिङतर्फ उनले २ विकेट लिए । ब्याटिङमा उनले इशान पाण्डेसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । इसान ३८ रनमा अविजित रहे । कर्णालीको बलिङमा कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एकएक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो । कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन । बलिङमा सुदूरपश्चिमका बलर हाबी भए । हर्मित सिंहले ३, स्कट कुइगेलेनले २ र सेफ जफरले एक विकेट लिए ।

    हारका बाबजुद कर्णाली प्लेअफमा स्थान बनाएको छ । काठमाडौंलाई रनरेटमा पछि पार्दै कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।

  • कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं आउट

    कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं आउट

    काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ ।

    अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजयको संघारमा पुगे पनि रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।

    कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरियो ।

    सुदुरपश्चिमले १२.२ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो र काठमाडौंको ढोका उघ्रिने थियो । तर, सुदुरपश्चिमले लक्ष्य पछ्याउने क्रममा १२.२ ओभर कटेलगत्तै कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो ।

  • एनपीएल : छक्काबिनै सकियो कर्णालीको इनिङ, सुदूरपश्चिमलाई १०२ रनको झिनो लक्ष्य

    एनपीएल : छक्काबिनै सकियो कर्णालीको इनिङ, सुदूरपश्चिमलाई १०२ रनको झिनो लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा रोकिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।

  • चौका बचाउन खोज्दा घाइते भए सुदूरपश्चिमका नरेन

    चौका बचाउन खोज्दा घाइते भए सुदूरपश्चिमका नरेन

    काठमाडौं । कर्णाली याक्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको सुदूरपश्चिम रोयल्सका नरेन साउद घाइते भएका छन् ।

    उनी बाउन्ड्री बचाउन खोज्दा घाइते भएका हुन् । घाइते साउदको अहिले उपचार भइरहेको छ ।

    यो समाचार तयार पार्दासम्म कर्णालीले ५ ओभर ३ बलमा ३ विकेट गुमाएर ३० जोडेको छ ।

  • एनपीएल : सुदूरपश्चिम र कर्णाली भिड्दै

    एनपीएल : सुदूरपश्चिम र कर्णाली भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

    सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।

    कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।

    यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौँ गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

  • रोल्लर स्केट प्रतियोगिताः पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम

    रोल्लर स्केट प्रतियोगिताः पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम

    काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।

    काठमाडौँको गल्फुटार स्केटपार्कमा दुई दिनसम्म चलेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । पुरुषतर्फ राजन मक्राती प्रथम भएका छन् । यस्तै, सोहन गुरुङ द्वितीय र रोहन कुँवर तृतीय भएको आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।

    उनीहरुले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खनालले बताए ।

    यस्तै, महिलातर्फ निर्जला श्रेष्ठ प्रथम, सन्ध्या मगर द्वितीय र निमिशा तामाङ तृतीय भएका छन् । उनीहरूले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको महासचिव सत्य थापाले जानकारी दिए ।

    प्रतियोगिताको पहिलो दिन शनिबार दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागितामा छनोट चरणका खेलहरू भएका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार प्रतियोगिताको उद्घाटन गरेका थिए ।

    नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएकोे छ ।

  • ला लिगा : बार्सिलोना पराजित

    ला लिगा : बार्सिलोना पराजित

    हेटौँडा । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ।

    खेल सुरु भएको चौथो मिनेटमा गोन्जालेजले हेड गोल गर्दै लेगानेसलाई १-० को अग्रता दिलाएका थिए । त्यस यता बार्सिलोनाले दबाब दिए पनि गोल गर्न सकेन।

    स्पेनिस ला लिगमा १८ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित शीर्ष स्थानमा छ।

    १७ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिडको समेत ३८ अङ्क छ भने १७ खेल नै खेलेको रियल म्याड्रिडको ३७ अङ्क छ।

    चौथो स्थानमा रहेको एथ्लेटिक क्लबको १८ खेलमा ३३ अङ्क छ।

  • म्यानचेस्टर डर्बीमा पनि पराजित भयो सिटी

    म्यानचेस्टर डर्बीमा पनि पराजित भयो सिटी

    हेटौँडा । इतिहासकै खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग (इपिएल) को आइतबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा समेत हार बेहोरेको छ ।

    सुरुवाती अग्रतालाई कायम राख्न नसक्दा डिफेन्डिङ च्याम्पियन समेत रहेको सिटीले पराजय बेहोरेको हो ।

    डर्बीमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २-१ ले खेल सुम्पिएको थियो ।

    घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफको ३६ औँ मिनेटमा अग्रता लिएको थियो । जोस्को ग्वार्डियोलले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

    तर दोश्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टी मार्फत फर्नान्डेजले युनाइटेडलाई बराबरिमा ल्याए । लगतै २ मिनेटपछि डायलोले गोल गरेपछि सिटी डर्बीमा युनाइटेडको रोचक जित भयो ।

    जितपछि सिटी युनाइटेडले १६ खेलबाट २२ अङ्क बटुलेर तालिकाको १३ औँ स्थानमा आउँदा सिटी भने २७ अङ्क सहित पाँचौँ स्थानमा झरेको छ ।

  • कुशल भुर्तेलको ‘बिर्सनलायक’ एनपीएल, मार्की खेलाडी नै नचल्दा मर्कामा परेको पोखरा

    कुशल भुर्तेलको ‘बिर्सनलायक’ एनपीएल, मार्की खेलाडी नै नचल्दा मर्कामा परेको पोखरा

    काठमाडौं । नेपाली राष्ट्रिय टीमका एक महत्वपूर्ण सदस्य कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा फ्लप भएका छन् । उनले कप्तानी गरेको पोखरा एभेन्जर्स ७ खेलमा ५ हार व्यहोर्दै प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

    भुर्तेलको एनपीएल यात्रा ‘डक आउट’ बाट सुरु भयो भने ‘डक आउट’मै अन्त्य भयो । पोखरा एभेन्जर्सको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ओपनिङमा आएका भुर्तेल पहिलो बलमै आउट भएका थिए । आज पोखराको अन्तिम खेलमा तेस्रो नम्बरमा आएका उनी तीन बल खेलेर आउट भए । यी दुईबीचका ५ खेलमध्ये ४ खेलमा ब्याटिङ गरेका भुर्तेलले बनाएको उच्च स्कोर हो ३१ रन ।

    पहिलो खेलमा डकआउट भएपछि दोस्रोमा उनले आफूलाई तेस्रो नम्बरमा झारेका थिए । जनकपुर बोल्ट्सविरुद्धको सो म्याचमा पनि उनले ६ खेलमा ६ रनमात्र जोड्न सके । तेस्रो म्याचमा लुम्बिनीविरुद्ध उनी ब्याटिङमा आउनै परेन । ओपनर जोडी एन्ड्र्यु गोउस र दिनेश खरेलले नै पोखरालाई १७१ रनको लक्ष्यसम्म पुर्‍याएका थिए । चौथो म्याचमा कर्णालीविरुद्ध पनि भुर्तेल चलेनन् । ११ बलमा १० रन बनाएर आउट भए ।

    विराटनगरविरुद्धको पाँचौं खेलमा भुर्तेलले ३४ बलमा ३१ रन जोडे । यही नै उनको प्रतियोगितामा सबैभन्दा ठूलो स्कोर हो । यो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पोखरा पराजित भएको थियो ।

    छैटौं खेलमा पनि भुर्तेलले निराश बनाए । पोखराविरुद्ध उनको ब्याटबाट १० बलमा ७ रनमात्रै निस्कियो । आज सुदूरपश्चिमविरुद्ध उनी शून्यमा आउट भए । यसरी प्रतियोगिताका ६ खेलमा ब्याटिङ गर्दा उनले कुल ५४ रन जोड्न सके । उनी प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा ४६ औं स्थानमा छन् । राष्ट्रिय टीमबाट अहिलेसम्म नखेलेका थुप्रै युवा ब्याटरले उनको भन्दा धेरै रन जोडेका छन् ।

    कुशलको यो खराब प्रदर्शनले पोखरालाई निकै धक्का पुगेको छ । टीमलाई ब्याटिङमा सबैभन्दा बढी उनीबाटै आशा थियो । किनकि राष्ट्रिय टीमबाट खेल्दा कुशलले त्रिवि मैदानमा उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । अन्तर्राष्ट्रिय करिअरको पहिलो तीन टी- २० खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानधारी हुन् कुशल । नेदरल्यान्ड्स जस्तो बलियो टीमविरुद्ध त्रिवि मैदानमा उनले यस्तो कीर्तिमान राखेका थिए । त्यसबेला आईसीसीले उनलाई प्लेयर अफ द मन्थसमेत घोषणा गरेको थियो ।

    त्यसयता पनि कुशलले अन्तर्राष्ट्रिय म्याचहरुमा थुप्रै अविस्मरणीय इनिङहरु खेलिसकेका छन् । जिम्बाबेविरुद्धको एक दिवसीयमा उनी ९९ रन बनाएर आउट भएका थिए । एसिया कपमा भारत जस्तो शक्तिशाली टीमविरुद्ध समेत विस्फोटक पारी खेल्दै सबैको नजरमा पर्न सफल भए । यद्यपि उनको प्रदर्शनमा एकरुपता भने छैन । सुरुमै जोखिम लिएर खेल्ने शैलीले कुशललाई बारम्बार समस्यामा पारिरहेको हुन्छ ।

    त्यसो त त्रिविको पीचले एनपीएलमा ब्याटरहरुलाई उति सहयोग गरिरहेको छैन । यहाँको पीच परम्परागत रुपमा ब्याटिङमैत्री हुने गर्थ्यो, तर अहिले बलर र खासगरी स्पिनरलाई बढी मद्दत पुर्‍याइरहेको छ । यद्यपि सुझबुझका साथ ब्याट चलाउनेहरुले ठूलो स्कोर पनि बनाइरहेका छन् । कुशलको कतै न कतै प्राविधिक कमजोरी उजागर भएको छ । खासगरी नयाँ बललाई खेल्दा अपनाउनुपर्ने सावधानीमा उनी चुकिरहेका हुन्छन् । प्रायः आक्रामक सट खेल्न खोज्दा नै आउट भएका छन् ।

    राष्ट्रिय टीममा ब्याट नचल्दा पनि कुशलले बलिङबाट क्षतिपूर्ति गरिरहेका हुन्छन् । उनी नियमित बलर होइनन्, तर उनको पार्टटाइम लेग स्पिन राष्ट्रिय टीममा समेत निकै प्रभावकारी हुने गर्छ । उनी नपत्याउँदो गरी विकेट लिन्छन् । एनपीएलमा उनको बलिङ औसत रह्यो । प्रतियोगिताका ६ खेलमा १४.१ ओभर बलिङ गर्दा कुल ११३ रन खर्चेर पाँच विकेट लिए ।

    कुशलबाट बलिङभन्दा पनि ब्याटिङमै आशा गरिन्छ । उनी नेपाली टीमका रेगुलर ओपनर थिए । अहिले तेस्रो स्थानमा खेल्न थालेका छन् । अहिले उनको फर्मले गर्दा राष्ट्रिय टोलीमै स्थान बनाउन सक्छन् वा सक्दैनन् भन्ने सन्देह पैदा भएको छ । थुप्रै युवा खेलाडीले उत्कृष्ट ब्याटिङ गरिरहँदा कुशलको स्थान सुरक्षित देखिँदैन । यद्यपि क्रिकेटमा भन्ने गरिन्छ कि ‘फर्म’ अस्थायी हो र ‘क्लास’ स्थायी । आशा गरौं कि कुशल यो एनपीएलको प्रदर्शनलाई बिर्सिएर चाँडोभन्दा चाँडो आफ्नो लयमा फर्किन सक्नेछन् ।

  • पोखरामाथि रोमाञ्चक जितसँगै सुदूरपश्चिम प्लेअफमा

    पोखरामाथि रोमाञ्चक जितसँगै सुदूरपश्चिम प्लेअफमा

    काठमाडौं । सुदूरपश्चिम रोयल्ट नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो ।

    सुदूरपश्चिमको जितमा न्यूजिल्यान्डका बलर स्कट कुगेलीन नायक बने । उनले पाँच विकेट लिएका छन् ।

    आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा पुगेको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो ।

    पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोडे । रायमन रिफरले ३३ र किरण थगुन्नाले ३२ रन बनाए । बलिङमा स्कट कुगेलेइन एक्लैले ५ विकेट लिए । हर्मित सिंहले ३ र सैब जफरले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए ।

    एक खेलअगावै प्लेफमा पुगेको सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । पोखराले भने २ खेलमा जित र ५ खेलमा हार बेहोर्दै प्रतियोगिता सकाएको छ ।

  • एनपीएल : सुदूरपश्चिमबाट पोखराले पायो १५४ रनको लक्ष्य

    एनपीएल : सुदूरपश्चिमबाट पोखराले पायो १५४ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।

    टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो ।

    सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए ।

  • एनपीएल : चितवन राइनोज प्लेअफमा

    एनपीएल : चितवन राइनोज प्लेअफमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई झिनो अन्तरले पराजित गरेसँगै चितवन राइनोजले प्लेअफमा स्थान बनाएको छ ।

    समान ८ अंक रहेको चितवन रनरेटका आधारमा प्लेअफमा स्थान पक्का गरेको छ । काठमाडौं र चितवनले समान ४ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् ।

    रन रेटका आधारमा चितवन प्लेअफमा पुग्दा काठमाडौं भने कर्णाली र सुदूरपश्चिमको खेललाई पर्खनुपर्नेछ । सुदुरपश्चिम र कर्णालीको पनि समान ८ अंक छ । सुदूरपश्चिमले दुई र कर्णालीले एक खेल खेल्न बाकी छ ।

    विराटनगरमाथि जित निकालेको काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना झिनो छ । अब सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र काठमाडौंबिच दुई टोली प्लेअफमा पुग्नेछन् ।

  • एनपीएलः पोखराले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै

    एनपीएलः पोखराले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ भने सुदूरपश्चिम प्लेअफ नजिक छ ।

  • एनपीएलः काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

    एनपीएलः काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ ।

    विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

    काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए ।

    बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुईदुई विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो । विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए ।

    ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए । २१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे ।

    दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।

  • एनपीएल : काठमाडौंविरुद्ध ११७ रनमा समेटियो विराटनगर

    एनपीएल : काठमाडौंविरुद्ध ११७ रनमा समेटियो विराटनगर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई ११७ रनमा अलआउट गरेको छ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको हो ।

    विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए ।

    ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए । २१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे ।

    दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।

    प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न काठमाडौंलाई जितको आवश्यक छ । विराटनगर भने प्लेअफको दौडबाट बाहिरिसकेको छ ।

  • एनपीएल : विराटनगरविरुद्ध बलिङ गर्दै काठमाडौं

    एनपीएल : विराटनगरविरुद्ध बलिङ गर्दै काठमाडौं

    काठमाडौं । नेपाल प्रिलियर लिग एनपीएल अन्तरगत आज पहिलो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किङ्स भिड्दैछन् ।

    अहिले ९ बजेबाट सुरु हुने खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    विराटनगर प्लेअफ होडबाट बाहिरिसकेको छ, भने काठमाडौंलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

  • भालेकानोसँग बराबरीमा रोकियो रियल

    भालेकानोसँग बराबरीमा रोकियो रियल

    हेटौँडा । रायो भालेकानोसँग बराबरीमा रोकिएपछि रियल मड्रिडले स्पेनिस लिग ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

    शनिवार राती सम्पन्न खेलमा रायो भालेकानोसँग ३-३ गोलको बराबरीमा रोकिएसँग रियल मड्रिडले मौका गुमाएको हो ।

    खेलको चौथो मिनेटमा नै घरेलु टिमले गोल गर्दै रियललाई स्तब्ध पार्‍यो । भालेकोनाका लागि उनाइ लोपेजले गोल गरेका हुन् । ३६औँ मिनेटमा अब्दुल मुनिमले अग्रता दोब्बर पारे ।

    ३९औँ मिनेटमा रियलका फेडेरिको भाल्भर्डेले गोल गर्दै दूरी २-१ मा झारे । ४५औँ मिनेटमा जुड बेलिङगमले बराबरी गोल फर्काए ।

    ५६औँ मिनेटमा रोद्रिगोले गोल गरेपछि रियल जित नजिक पुग्यो । तर, ६४औँ मिनेटमा भालेकानोका इसी प्लाजोनले गोल गरेपछि खेल ३-३ मा सकियो ।

    दोस्रो स्थानमा रहेको रियलको १७ खेलबाट ३७ अंक छ । शीर्ष स्थानको बार्सिलोनासँग एक अंकको अग्रता छ ।

    १३औँ स्थानमा रहेको भालेकानोको १६ खेलबाट २० अंक छ ।

  • चितवनले जनकपुरलाई हराउँदा बाहिरिए पोखरा र विराटनगर

    चितवनले जनकपुरलाई हराउँदा बाहिरिए पोखरा र विराटनगर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ । चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा रोकियो ।

    बलिङमा सोहिल तनविर, कप्तान कुशल मल्ल र रिजन ढकालले २(२, अमर रौटेलाले एकएक विकेट लिए । जनकपुरका जिमी निशमले आक्रामक ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

    चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरे । ५५ रनमा ३ विकेट गुमाएको चितवनका मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गरेका हुन् । मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ प्रहार गरे । बोपारा ४४ रन आउट भए । चितनवका हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।

    बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले एकएक विकेट लिए ।

    चितवनले जनकपुरलाई पराजित गरेसँगै विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।

    विराटनगर र पोखरा समान ६ खेलबाट समान ४ अंक जोड्दै क्रमशः छैटौं र सातौं स्थानमा छन् । दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ । तर, चितवनले ८ अंक जोडेसंगै पोखरा र विराटनगर औपचारिक रुपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।

    विराटनगर र पोखराको एक खेल खेल्न बाकी हुँदा समान ४ अंक छ । लिग चरणको अन्तिम खेलमा जित निकाले पनि दुवैको ८ पुग्न सक्दैन । अब चितवन, सुदुरपश्चिम, कर्णाली र काठमाडौंमध्ये ३ टोली प्लेअफमा पुग्नेछन् ।

  • कप्तान कुशलको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

    कप्तान कुशलको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

    चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरे । ५५ रनमा ३ विकेट गुमाएको चितवनका मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गरेका हुन् । मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ रन प्रहार गरे । बोपारा ४४ रनमा आउट भए । चितनवका हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।

    बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले एकएक विकेट लिए ।

  • जनकपुरविरुद्ध कुशल मल्लकाे अर्धशतक

    जनकपुरविरुद्ध कुशल मल्लकाे अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राईनोजका कप्तान कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

    टीयु क्रिकेट मैदानमा जारी खेलमा उनले २८ बलमा अर्थशतक पूरा गरेका हुन् । उनले २ चाैका  ५ छक्का हानेका थिए ।  टस जितेर ब्याटिङ राेजेकाे चितवन  ३ विकेट गुमाएर १६१ रन बनाएर खेलिरहेकाे छ ।  क्रिजमा अहिले मल्ल र  रवि बाेपारा खेलिरहेका छन् ।

  • जनकपुरविरुद्ध चितवनले जित निकाले बाहिरिनेछन् यी दुई टोली

    जनकपुरविरुद्ध चितवनले जित निकाले बाहिरिनेछन् यी दुई टोली

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएर ब्याटिङ गरिरहेको हो ।
    जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने चितवन प्लेअफमा पुग्न संघर्षरत छ ।

    ६ खेल खेलको जनकपुरले ५ खेलमा जित र एक खेलमा हारसहित शीर्ष स्थानमा छ । ५ खेलमा ८ अंकसहित सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा, समान ८ अंकसहित कर्णाली तेस्रो स्थानमा रहदा चितवन ६ अंकसहित चौथो स्थानमा छ ।

    चितवनले लिग चरणको अन्तिम खेलमा जनकपुरलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो पार्न चाहन्छ । हालसम्म लुम्बिनी लायन्स प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ भने पोखरा एभेन्जर्स र विराटनगर किंग्सको प्लेअफ पुग्ने गणितिय सम्भावना बाँकी छ ।

    विराटनगर र पोखरा समान ६ खेलबाट समान ४ अंक जोड्दै क्रमशः छैटौं र सातौं स्थानमा छन् । दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ । तर, टीयु क्रिकेट मैदानमा जारी खेलमा जनकपुरलाई चितवनले पराजय गरेमा यी पोखरा र विराटनगर औपचारिक रुपमा प्रतियोगिताबाट बाहिरिने छन् ।

    यो खेलमा जित निकालेमा चितवनको ८ अंक हुन जान्छ । तर, विराटनगर र पोखराको एक खेल खेल्न बाकी हुँदा समान ४ अंक छ । लिग चरणको अन्तिम खेलमा जित निकाले पनि दुवैको ८ पुग्न सक्दैन । त्यसो हुँदा चितवन, सुदुरपश्चिम, कर्णाली र काठमाडौंमध्ये ३ टोली प्लेअफमा पुग्नेछन् ।

    यदि जनकपुरले चितवनलाई पराजित गरेको खण्डमा भने विराटनगर र पोखराको प्लेअफमा पुग्ने गणितिय सम्भावना कायमै रहनेछ ।

  • एनपीएलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

    एनपीएलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने चितवन प्लेअफमा पुग्न संघर्ष गरिरहेको छ । ६ खेल खेलको जनकपुरले एक र चितवनले ३ खेलमा हार बेहोरेको छ ।

  • पोखरामाथि काठमाडौंको फराकिलो जित, प्लेअफमा पुग्ने सम्भावना सहज बन्दै

    पोखरामाथि काठमाडौंको फराकिलो जित, प्लेअफमा पुग्ने सम्भावना सहज बन्दै

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए । काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । लेभिटले ३२ रन बनाए ।

    भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाउँदा दिनेश खरेलले ३८ रनको योगदान दिए ।

    दिलिप नाथ २७ र कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए । काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले समान ३–३ विकेट लिए । गेरहार्ड इरास्मसले एक विकेट लिन सफल भए ।

    यो जितसँगै काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना सहज बन्दै गएको छ । ६ खेलमा ६ अंक जोडेको काठमाडौंले लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

    उक्त खेलमा ठूलो अन्तरले जित निकालेमा काठमाडौं प्लेअफमा पुग्नेछ । अन्तिम खेलमा चितवन पराजित भएमा भने काठमाडौंलाई जित पनि प्लेअफको यात्रा तय गर्नेछ । काठमाडौंसँग पराजित भएको पोखराको भने प्लेअफमा पुग्ने सम्भावना झिनो बनेको छ ।

    ६ खेलमा २ जित निकालेको पोखरा सातौं स्थानमा छ । पोखरालाई अन्तिम खेलमा ठूलो जितले मात्र पुग्नेछैन । अन्य टिमको ठूलो हार पनि आवश्यक पर्नेछ ।

  • पोखराविरुद्ध स्टेफेन इस्किनाजीको अर्धशतक पूरा

    पोखराविरुद्ध स्टेफेन इस्किनाजीको अर्धशतक पूरा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजका ओपनर स्टेफेन इस्किनाजीले अर्धशतक पूरा गरेका छन् ।

    टीयु क्रिकेट मैदानमा जारी खेलमा उनले २८ बलमा अर्थशतक पूरा गरेका हुन् । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले जित नजिक पुगेको छ । ११ ओभर ४ बलको खेल सकिँदा २ विकेट गुमाएर ११५ रन बनाएको छ ।

  • एनपीएल हेर्न टीयु क्रिकेट मैदान पुगे लेजेन्डरी क्रिकेटर ब्रायन लारा (तस्बिरहरु)

    एनपीएल हेर्न टीयु क्रिकेट मैदान पुगे लेजेन्डरी क्रिकेटर ब्रायन लारा (तस्बिरहरु)

    काठमाडौं ।  वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग एनपीएल हेर्न टीयु क्रिकेट मैदान पुगेका छन् ।

    शुक्रबार नेपाल आएका ब्रायन शनिबारको खेल हेर्न टीयु क्रिकेट मैदान पुगेका हुन् । उनी काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबिचको खेलमा क्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारख खड्कासहित टीयु क्रिकेट मैदान पुगेका हुन् ।

    वेष्टइन्डिजका पूर्वकप्तान ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए । उक्त खेलमा उनले २२ हजार ३५८ रन बनाएका छन् । उनले एउटै टेस्टमा ४०० रन बनाएका थिए । ओडिआइ र टेष्टमा ब्रायनको नाममा उनको एक दर्जन बढी रेकर्ड बनेका छन् ।

  • पोखराविरुद्ध काठमाडौंको शानदार सुरुआत

    पोखराविरुद्ध काठमाडौंको शानदार सुरुआत

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले उत्कृष्ट सुरुआत गरेको छ ।

    पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले ५ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ५५ रन बनाएको छ ।

    काठमाडौंको ओपनर स्टेफेन इस्किनाजी १३ बलमा २३ रन र माइकल लेभिट १६ बलमा ३२ रन बनाएर खेलिरहेका छन् । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई यो खेलमा जित निकाल्नुपर्ने दबाब छ ।

  • रेमनको शानदार इनिङमा पोखराले काठमान्डुलाई दियाे १३९ रनको लक्ष्य

    रेमनको शानदार इनिङमा पोखराले काठमान्डुलाई दियाे १३९ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनकाे लक्ष्य प्रस्तुत गरेकाे हाे।

    पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै  दिनेश खरेलले  ३८ रन बनाए ।  सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे । दिलिपनाथले २७ रन बनाएर आउट भए । कप्तान कुशल भुर्तेलले ७  रन मात्र बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

    काठमाण्डुका लागि कप्तान करण केसी र रसिद खानले  सर्वाधिक समान तीन / तीन विकेट लिए ।  यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफमा पुग्न कोशिस गरिरहेका छन् ।

  • एनपीएल: पोखराविरुद्ध काठमाण्डुले पहिले बलिङ गर्दै

    एनपीएल: पोखराविरुद्ध काठमाण्डुले पहिले बलिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाज भिड्दैछन् ।

    अहिले केहीबेरपछि त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाण्डु गुर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको छ ।

    काठमाण्डु गुर्खाजले टस जितेर पहिले फिल्डिङ राेजेकाे हाे ।

    अंक तालिकामा नेट रन रेटका आधारमा काठमाण्डु गुर्खाज भन्दा पाेखरा एक स्थान पछाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको  ४/४ समानअंक छ। प्लेअफमा पुग्न  यी दुई टाेलीलाई आजकाे खेल महत्वपूर्ण हुनेछ ।

     

  • एनपीएलमा आज दुई खेल हुँदै, प्लेअफमा पुग्न तीन टिमबीच प्रतिस्पर्धा

    एनपीएलमा आज दुई खेल हुँदै, प्लेअफमा पुग्न तीन टिमबीच प्रतिस्पर्धा

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ।

    टीयू मैदान कीर्तिपुरमा पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ भने दोस्रो प्रतिस्पर्धा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ ।

    पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

    प्लेअफ सम्भावनालाई जीवित राख्न चार मध्ये तीन टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ। जनकपुर बोल्ट्स भने यसअघि नै  प्लेअफमा पुगिसकेकाे छ ।   बाँकी तीन टाेली प्लेअफमा पुग्न आजकाे खेल महत्वपूर्ण हुनेछ  ।