Category: खेल प्रेस

  • एनपीएलमा कर्णालीका ‘सरप्राइज प्याकेज’

    एनपीएलमा कर्णालीका ‘सरप्राइज प्याकेज’

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो प्ले अफमा कर्णाली याक्सका बलरहरुविरुद्ध हावी भइरहेका थिए जनकपुर बोल्ट्सका जिम्मी निसम । खेल लगभग कर्णालीको हातबाट फुकिँदै थियो ।

    १६ औं ओभरमा कप्तान सोमपाल कामीले १६ वर्षिय स्पिनर विपिन शर्मालाई बल थमाए । त्यसबेला जनकपुर बोल्ट्सलाई जितका लागि ३० बलमा ३० रन चाहिएको थियो भने हातमा ५ विकेट सुरक्षित थिए । जिमी निसमको ब्याटले आगो ओकलिरहेको बेलामा जनकपुरले जित नजिकै देखिरहेको थियो ।

    विपिनको पहिलो बलमा मयन यादवले एक रन निकाल्दै निसमलाई स्ट्राइकमा ल्याए । दोस्रो बलमा निसमले विपिनमाथि आक्रामक सट खेल्दै चौका प्रहार गरे । दवावमा परे विपिन ।

    तर, लगत्तैको बलमा निसम बोल्ड भए । विपिनले अफ साइडमा फ्याकेको बल ब्याटको अन्डरएजमा लागेर स्टम्पमा ठोक्किन पुग्यो । निसम स्तब्ध देखिए । क्रिजमा थचक्कै बसे । कर्णाली खेलमा फर्कियो ।

    सोही ओभरको अन्तिम बलमा विपिनलाई अर्को सफलता मिल्यो । उनले मोहम्मद मोसिनलाई एलबीडब्लु धरापमा पारे । जनकपुर बोल्ट्स लक्ष्यबाट २३ रन टाढा हुँदा सातौ विकेट गिर्यो । खेल कर्णालीको पक्षमा ढल्कियो ।

    कर्णालीले खेल जित्न सकेन । तर, विपिनको प्रदर्शनले सबैको मन जित्यो । उनले आजको खेलमा ४ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका छन् । आज मात्र होइन, प्रतियोगिताभरि नै विपिनको प्रदर्शन उत्कृष्ट छ । उनले प्रतियोगितामा आठवटा म्याच खेल्दा कुनै पनि पनि विकेटविहीन रहनु परेन । कूल १३ विकेट लिएका उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा चौंथो नम्बरमा छन् ।

    प्रतियोगिताभरि उनले केवल ५.८९ को औसतमा रन खर्चिए । ठूला नाम भएका थुप्रै विदेशी खेलाडी यी अपरिचित किशोरको शिकार बनेका छन् ।

    कर्णालीले खेलेको दोस्रो खेलमा काठमाण्डु गुर्खाज विरुद्ध विपिनले पहिलो मौका पाएका थिए । सो खेलमा उनले ४ ओभरमा १८ रन मात्र खर्चेर काठमाडौंका ओपनर मिचेल लेभिटलाई आउट गरे । त्यसपछि उनले बाँकी खेलमा वेञ्चमा बस्नु परेन ।

    चितवन राइनोजविरुद्धको दोस्रो खेलमा उनले तीन विकेट लिँदै टिमलाई पहिलो जित दिलाउन प्रमुख भूमिका खेले । सो म्याचमा निकोल लफ्टी इटन, सोहेल तनवीर र अमर रौटेला उनको स्पिन जालमा परेका थिए । तनवीर र रौटेलालाई उनले बोल्ड गरिदिएका थिए । खेलमा उनले प्लेयर अफ द म्याचको पुरस्कार पाए ।

    विराटनगरविरुद्धको तेस्रो खेलमा विपिनले विष्फोटक ओपनिङ जोडी मार्टिन गुप्टिल र लोकेश बमको विकेट लिए । सो खेलमा उनले ४ ओभरमा २० रन मात्रै खर्चिएका थिए । पोखराविरुद्धको खेलमा विपिन केही खर्चिला बने, तर एन्ड्रयू गोउसको सबैभन्दा महत्वपूर्ण विकेट लिन सफल भए ।

    दुई ओभर बलिङ गर्दा उनले २१ रन खर्चिएका थिए । लुम्बिनी विरुद्ध ४ ओभरमा २५ रन खर्चेका विपिनले अष्ट्रेलियन दिग्गज ब्याटर बेन कटिङको महत्पूर्ण विकेट लिए ।

    लिग चरणको अन्तिम खेलमा सुदुरपश्चिमविरुद्ध विपिनले ३ ओभरमा २२ रन खर्चिँदै ओपनर विनोद भण्डारीलाई शिकार बनाए । इलिमिनेटरमा पनि उनले चितवनका कप्तान कुशल मल्लको विकेट लिँदै खेललाई कर्णालीको पक्षमा मोडेका थिए ।

    ट्यालेन्ट हन्टले दिएको ‘हिरा’

    ट्यालेन्ट हन्टबाट सबै फेन्चाइच टोलीले एकएक खेलाडी भित्राउने प्रावधानअनुसार कर्णालीको आइकोनिक प्लेयरको रूपमा विपिन एनपिएलमा भित्रिएका हुन् । लोकल खेलाडी भित्राउनुपर्ने प्रावधानले सोही प्रदेशका विपिन कर्णालीले टिममा भित्र्याएको हो । एनपीएल खेल्नुभन्दा अगाडि उनी खासै परिचित थिएनन् ।

    पहिलो खेलमा कर्णालीले उनलाई बेन्चमा राखेको थियो । दोस्रोमा काठमाडौँ गुर्खाजविरुद्ध स्पिनर मौसम ढकाललाई रिप्लेस गर्दै उनर्लाइ स्थान दिइयो । त्यसपछि भने उनले बेन्चतिर फर्केर हेर्नुपरेन ।

    प्रतियोगितामा ललित राजवंशी बाहेक अन्य बायाहाते स्पिनर खासै चल्न नसक्दा १६ वर्षीय किशोरले विशाल सम्भावना देखाएका छन् । यो नेपाली क्रिकेटकै लागि सुखद समाचार हो । उनले सम्भवतः राष्ट्रिय टोलीमा स्थान बनाउने खेलाडीको रुपमा हेरिएको छ ।

    भाग्यमानी पनि हुन् विपिन । यति कम उमेरमा विश्वभरका दिग्गज खेलाडीहरु रहेको प्रतियोगितामा अवसर पाए । आफ्नो उमेर जति भारतबाट क्रिकेट खेलेका शिखर धवनसँग ड्रेसिङ रुम सेयर गरे ।

    विगतदेखि नै नेपाली राष्ट्रिय टोलीमा बायाँ हाते स्पिनरको खासै अभाव देखिँदैन ।

    शक्ति गौचन, वसन्त रेग्मीदेखि ललित राजवंशी, सागर ढकालले राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यसकारण विपिनलाई राष्ट्रिय टोलीमा स्थान बनाउन सहज पक्कै हुने छैन । तर, अन्य प्रतियोगितामा पनि यही स्तरको प्रदर्शनलाई निरन्तरता दिएमा उनले राष्ट्रिय टोलीको ढोका खोल्नबाट कसैले रोक्न सक्दैन ।

    विपिन स्वयम् भने अहिले आफूलाई ठुलो ‘हाइट’ नदिन आग्रह गर्छन् । एक प्रतियोगितामा चम्केर हराउने खेलाडी बन्न नचाहेको उनी बताउँछन् ।

    उनी भन्छन्, ‘म सबैलाई भन्न चाहन्छु यति छिटो मलाई हाटइ नदिए हुन्छ । प्रोसेस हो । धेरै खेलाडीहरू पहिलो सिजनमा आउँछन्, चम्किन्छन् अनि हराउँदै जान्छन् । म त्यो खेलाडी बन्न चाहन्न । म स्टेप बाइ स्टेप जान चाहन्छु ।’

     

  • यु-१९ वुमन्स एसिया कपः बंगलादेशलाई हराए फाइलनमा पुग्नेछ नेपाल

    यु-१९ वुमन्स एसिया कपः बंगलादेशलाई हराए फाइलनमा पुग्नेछ नेपाल

    काठमाडौं । मलेसियामा जारी यु–१९ वुमन्स एसिया कप क्रिकेटको सुपर–४ मा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ ।

    सुपर–४ मा नेपालविरुद्ध श्रीलंकाले ब्याटिङ गरिरहेको अवस्थामा वर्षा भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

    सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

    सबै टोलीले एकएक खेल खेल्न बाकी छ । नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ । भारतले श्रीलंकासँग खेल्नेछ । फाइलनमा पुग्न नेपालले बंगलादेशविरुद्ध खेल जित्नुपर्ने हुन्छ ।

    उक्त खेल जितेमा नेपाल सहजै फाइलनमा पुग्नेछ । पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ । समूह चरणमा भारतसँग बराबरी खेलेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

  • निसमको आक्रमणमा घाइते बन्दै घर फर्कियो कर्णाली

    निसमको आक्रमणमा घाइते बन्दै घर फर्कियो कर्णाली

    काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा कर्णाली याक्सको यात्रा दोस्रो प्लेअफसम्म पुगेर टुंगिएको छ । प्रतियोगिता सुरु हुनु अघि यो टिमलाई उपाधिको एक दावेदारका रुपमा हेरिएको थियो ।

    भारतीय दिग्गज ब्याटर शिखर धवनलाई भित्र्याएर एनपीएलकै हाइप बढाएको कर्णालीले प्रतियोगिताभरि सोचेजस्तो प्रदर्शन गर्न सकेन ।

    धवनले चार म्याच खेल्दा दुईवटामा चलेनन् । धवन गएपश्चात पछि टिमसँग ब्याटिङपंति बलियो नै थियो । बलिङ युनिट पनि कमजोर थिएन । तर, फाइनलको नजिक आइपुग्दा जनकपुर बोल्ट्सका जिम्मी निसमको ब्याट कर्णालीलाई भारी पर्न गयो ।

    त्रिविको स्लो पिचमा पहिले ब्याटिङ गर्दै कर्णालीले ११८ रन मात्रै जोड्न सक्यो । चारै विदेशी ब्याटरहरु जयकिसन कोल्सावाला, जिसन मक्सुद, विलियम बोसिस्टो, चन्डविक वाल्टन एकैपटक फ्पल हुँदा कर्णाली बलियो स्कोर बनाउन चुक्यो । नेपाली ब्याटर देव खनाल र गुल्शन झाले सामान्य योगफलसम्म पुर्याएका थिए ।

    ११९ रनको लक्ष्य टि २० मा झिनो मानिन्छ । तर, जनकपुरले सुरुमै भटाभट विकेट गुमाएपछि खेल रोमाञ्चक बन्न पुग्यो । अन्तिम चार ओभर बाँकी हुँदासम्म खेल कतापट्टि जाला भन्न सकिने अवस्था थिएन । जनकपुरका तल्लो क्रमका ब्याटर धैर्यता देखाए र कर्णालीले फिल्डिङमा गरेको केही त्रुटिले पनि उनीहरुलाई सहयोग मिल्यो ।

    बल र ब्याटको रोचक संघर्ष देखिएको खलमा नायक भने न्युजिल्यान्डका ब्याटर निसम नै सावित भए । १० ओभरमा ४१ रन जोड्दा ४ विकेट गुमाएको दवावपूर्ण स्थितिमा क्रिजमा आएका थिए निसम । आएदेखि नै उनले कर्णालीका बलरहरुमाथि कडा प्रत्याक्रमण गरे । अन्य ब्याटरहरुले प्रतिबल रन बनाउन पनि संघर्ष गरिरहँदा उनले २६४.७० को विष्फोटक रेटमा ब्याट चलाएका थिए ।

    ११ औं ओभरमा बोसिस्टोलाई दुई छक्का हान्दै आफ्नो नियत स्पष्ट पारेका थिए निसमले । तर, सोही ओभरमा हर्ष ठाकर रन आउट भएपछि खेल रोमाञ्चक बनेको थियो । तर, निसमले एक्लै टिमलाई अघि बढाए । १५ औं ओभरमा सोमपाल कामीलाई पनि दुई छक्का हानेपछि जनकपुर जितको संघारमा देखियो । अन्तिम पाँच ओभरमा जनकपुरलाई ३० बलमा ३० रन आवश्यक थियो ।

    १६ औं ओभरमा सोमपालले बल दिए १६ वर्षिय स्पिनर विपिन शर्मालाई । शर्मालाई दोस्रो बलमा निसमले चौका हाने । तर, तेस्रो बलमा विपिनले निसमलाई बोल्ड गर्दै कर्णालीलाई खेलमा फर्काए । जनकपुरलाई जितसम्म डोहोर्याउने इरादा बोकेका निसम स्तब्ध बनेर भुईंमा घोप्टिएका थिए ।

    विपिन यतिमा रोकिएनन् । सोही ओभरको अन्तिम बलमा उनले मोहम्मद मोसिनलाई एलबीडब्लु धरापमा पारे । अब खेल कर्णालीपट्टि ढल्किएको प्रतित भयो । सात विकेट गुमाएको जनकपुरसँग कहलिएका ब्याटर थिएनन् भने लक्ष्य अझै २३ रन पर थियो ।

    शेर मल्लले १७ औं र १८ ओभर धैर्यतापूर्वक एक–एक रन बटुल्दै बसे । जनकपुरलाई अन्तिम १२ बलमा १४ रन चाहियो भने कर्णालाई तीन विकेट । १९ औं ओभरमा शेर मल्लले उत्कृष्ट बलिङ गरिरहेका नन्दन यादवलाई निर्णायक छक्का प्रहार गरे । यही छक्काले खेल कर्णालीको पकडमा पुग्यो । यद्यपि जितका लागि ४ रन मात्रै बाँकी छँदा मयन यादव रनआउट भए र फेरि जनकपुरको फ्यानको धड्कन बढ्यो । तर, शेर मल्लले बाँकी दुई बलमा २–२ रन जो्ड्दै खेललाई अन्तिम ओभरमा पुग्न दिएनन् ।

    १७ बलमा ५ छक्का र २ चाैकासहित ४५ रन बनाएका र २ विकेट समेत लिएका निसम निर्विकल्प प्लेयर अफ दि म्याच बने । यो जितले जनकपुर बोल्ट्स र सुदूरपश्चिमबीच मुख रसाउने अन्तिम भिडन्त सुनिश्चित गरेको छ । कर्णाली घर फर्किएको छ ।

  • कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

    कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

    काठमाडौं । कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।

    कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    १९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए ।

    जनकपुरका जिमि निशमले सर्वाधिक ४५ रन जोडे । सामान्य लक्ष्य पछ्याएको जनकपुरको ब्याटिङ जिमिले उकासेका थिए ।

    बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।
    बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए ।
    कर्णालीलाई हराएको जनकपुरले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

  • एनपीएल दोस्रो क्वालिफायरः कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य

    एनपीएल दोस्रो क्वालिफायरः कर्णालीले दियो ११९ रनको सामान्य लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो ।

    कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।

    बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए । यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।

  • महिला यू- १९ एसिया कपः नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवैले अंक बाँडे

    महिला यू- १९ एसिया कपः नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवैले अंक बाँडे

    काठमाडौं । महिला यू १९ एसिया कपको सुपर फोर अन्तरगत नेपाल र श्रीलंकाबीचको म्याच वर्षाका कारण रद्द भएको छ । खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका छन् ।

    टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएर श्रीलंकालाई झट्का दिएकी थिइन् ।

    आफ्नो ओभरको तेस्रो बलमा उनले हिरुनी हंसिकालाई एलिसा कुमारी यादवको हातबाट क्याच गराएकी हुन् । पहिलो ओभरमा उनले १ रन मात्रै खर्चेकी थिइन् ।

    तर बर्षाका कारण दोस्रो ओभरको खेल हुन सकेन । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको छ । नेपालले सुपर फोरको अर्को खेल बंगलादेशविरुद्ध भोलि खेल्नेछ ।

    सुपर फोमा नेपाल, श्रीलंका, भारत र बंगलादेश छन् । प्रत्येकले दुई–दुई खेल्नेछन् । अंकतालीकाको शीर्षस्थानमा रहने दुई टीम फाइनलमा पुग्नेछन् ।

  • महिला यू–१९ एसिया कप: वर्षाले खेल अवरुद्ध

    महिला यू–१९ एसिया कप: वर्षाले खेल अवरुद्ध

    काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ ।

    मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केहीबेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो ।

    नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।

    नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो ।

    यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

  • एनपीएल दोस्रो क्वालिफायर: जनकपुरले पहिला फिल्डिङ गर्दै

    एनपीएल दोस्रो क्वालिफायर: जनकपुरले पहिला फिल्डिङ गर्दै

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    योसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ ।
    पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यो खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।
    पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।
    कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
  • यू–१९ वुमन्स एसिया कपः श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    यू–१९ वुमन्स एसिया कपः श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । एसीसी यू–१९ वुमन्स एसिया कप क्रिकेटको सुपर फोरमा नेपालले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    मलेसियामा श्रीलंकाविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

    नेपालले समूह चरणमा पाकिस्तानलाई ३ विकेटले पराजित र भारतसँग अंक बाँड्दै सुपर ४ मा प्रवेश गरेको हो ।

  • शहिद स्मृति माविले जित्यो दोस्रो कुलपति रनिङशिल्ड फुटबलको उपाधि

    शहिद स्मृति माविले जित्यो दोस्रो कुलपति रनिङशिल्ड फुटबलको उपाधि

    पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ ।

    पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

    ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै उपाधि चिम्न सफल भयो ।

    उपाधि जितेसँगै शहिद स्मृति माविले एक लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको स्टेप बाइ स्टेपले ५० हजारमा चित्त बुझायो । शहिद स्मृति माविका कप्तान केशबहादुर रोकामगर प्लेयर अफ द टुर्नामेन्ट चुनिए ।

    उनले १५ हजार प्राप्त गरे । विजेता उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटासहितले शिल्ड हस्तान्तरण गरेका थिए ।

     

     

  • यू-१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

    यू-१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

    काठमाडौं । मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।

    नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

    गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् ।

    यसमा टोलीको उप-कप्तानमा सोनी पाख्रिन उपकप्तान छिन् । त्यस्तै, टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

    त्यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत समेत टोलीमा रहेका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म चल्नेछ ।

  • लिभरपुल, आर्सनल र न्युक्यासल सेमिफाइनल प्रवेश

    लिभरपुल, आर्सनल र न्युक्यासल सेमिफाइनल प्रवेश

    काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल, तेस्रो स्थानमा रहेको आर्सनल तथा १२ औँ स्थानमा रहेको न्युक्यासल युनाइटेड इएफएल कपको सेमिफाइनल प्रवेश गरेका छ्न ।

    बुधवार सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्पनटनलाई २-१ ले पराजित गरेको हो । लिभरपुलको जितमा डार्विन नुनेज र हार्भे इलिटले गोल गरे ।

    अर्को खेलमा आर्सनलले भने क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गरेको छ । आर्सनलको जितमा ग्याब्रिएल जेससको ह्याट्रिक रह्यो ।

    बुधबार नै भएको अर्को खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको थियो ।

  • रियलले जित्यो अन्तर महादेशीय कपको उपाधि

    रियलले जित्यो अन्तर महादेशीय कपको उपाधि

    काठामाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले अन्तर महादेशीय कपको उपाधि जितेको छ । बुधवार राती भएको खेलमा मेक्सिकोको पाचुकालाई ३-० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

    कतारको दोहामा भएको खेलमा रियलको लागि केलियन एमबापेले खेलको ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

    पहिलो हाफ १-० को अग्रतामा रहेको रियलको लागि दोस्रो गोल भने रोड्रिगोले ५३ औँ मिनेटमा गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

    खेलमा रियलका भिनियस जुनियरले ८४ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रियललाई अन्तर महादेशीय कपको उपाधि दिलाए ।

  • जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

    जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

    काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ ।

    टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

    जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

    सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक अविजित ५८ रन बनाए । ५५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि सैफ अलि जैवसँग ५६, दोस्रो विकेटका लागि ब्रान्डन म्याकमुलेनसँग ५९ र तेस्रो विकेटका लागि अविजित २६ रनको साझेदारी गरे ।

    सैफ २१ बलमा ३२ रनमा आउट भए । ब्रान्डन १९ बलमा २५ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा २० रनमा अविजित रहे । बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

    शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा र स्कट कुगेलेइनले एक विकेट लिएका छन् । पराजित भएको जनकपुरले फाइलन प्रवेशका लागि कर्णाली याक्ससँग खेल्नेछ ।

  • विनोद भण्डारीले बनाए अर्धशतक, जिततर्फ लम्कियो सुदूरपश्चिम

    विनोद भण्डारीले बनाए अर्धशतक, जिततर्फ लम्कियो सुदूरपश्चिम

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन् ।

    उनले जनकपुर बोल्ट्सविरुद्ध ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । योसँगै सुदूरपश्चिम जित नजिक पुगेको हो ।

  • नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज

    नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज

    काठमाडौं । हङकङसँगको ३ खेलको एक दिवसीय यू-१९ सिरिज नेपालले जितेको छ । लगातार दुई खेलमा जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेका हो । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गर्यो ।

    मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमा समेटियो । हङकङका कप्तान शिव माथुरले सर्वाधिक १६ रन जोडे । प्रित मांगुकिया र आरेज डरले १४-१५ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङमा नेपालका दयानन्ड मण्डलले ४, अपराजित पौडेल र किर्बिन श्रेष्ठले दुईदुई र नरेन भट्ट र सन्तोष यादवले एकएक विकेट लिए त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो ।

    नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । १०९ बल खेलेका ओपनर कुँवरले ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष यादव ५४ बलमा ६६ रनमा अविजित रहे ।

    कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलि ४१ रनमा आउट भए । बलिङमा डेनियल म्यापले सर्वाधिक ३ विकेट लिए । अन्तिम खेल शुक्रबार हुनेछ ।

  • एनपीएल पहिलो क्वालिफायरः सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

    एनपीएल पहिलो क्वालिफायरः सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो ।

    जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा २ र स्कट कुगेलेइनले एक विकेट लिएका छन् । यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ ।

  • सुदूरपश्चिमविरुद्ध जनकपुरको मध्यम सुरुआत

    सुदूरपश्चिमविरुद्ध जनकपुरको मध्यम सुरुआत

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले मध्यम सुरुआत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ८ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ४७ रन जोडेको छ ।

    जनकपुरका शुभ कंशाकार १९ बलमा १६ रन र हर्ष थाकर ५ बलमा ६रन बनाएर खेलिरहेका छन् । ओपनर लाहिरु मिलान्था १४ बलमा १२ र कप्तान आसिफ शेख १० बलमा ११ रन बनाएर आउट भए ।

    बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र सैव अलि जैवले एकएक विकेट लिएका छन् । यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ ।

  • एनपीएल दोस्रो क्वालिफायर: सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने

    एनपीएल दोस्रो क्वालिफायर: सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अनिल कुमार शाह घाइते भएसँगै जनकपुरको कप्तानी मार्की प्लेयर आशिफ शेखले गर्नेछन् ।

    यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ ।

  • यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको विशाल लक्ष्य

    यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको विशाल लक्ष्य

    काठमाडौं । काठमाडौंमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको हो ।

    नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । १०९ बल खेलेका ओपनर कुँवरले ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष यादव ५४ बलमा ६६ रनमा अविजित रहे ।

    कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलि ४१ रनमा आउट भए ।

    बलिङमा डेनियल म्यापले सर्वाधिक ३ विकेट लिए । सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।

  • चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

    चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

    काठमाडौं । इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

    कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

    चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाएपनि जित निकाउन सकेनन् । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

    ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

    कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे । जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए । चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।

    बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

  • रोहित पौडेलको उच्च स्कोरलाई बोपाराले उछिने, एनपीएलमा तेस्रो अर्धशतक

    रोहित पौडेलको उच्च स्कोरलाई बोपाराले उछिने, एनपीएलमा तेस्रो अर्धशतक

    काठमाडौं । चितवन राइनोजका ब्याटर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको उच्च स्कोरलाई उछिन्दै उनी पहिलो स्थानमा उक्लिएका हुन् ।

    रोहितको लुम्बिनी लिग चरणबाटै आउट भइसकेको छ । सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा पहिलो नम्बरमा रहेका रोहितले २७९ रन जोडेका थिए भने दोस्रो स्थानमा रहेका बोपाराको २३३ रन थियो । रोहितलाई उछिन्न बोपारालाई ४७ रन आवश्यक थियो ।

    अहिले जारी इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध अर्धसतक प्रहार गर्दै बोपाराले रोहितलाई पछि पारे । बोपारा ३४ बलमा ५३ रन बनाएर आउट भए । उनले ४ छक्का र ३ चौका प्रहार थिए । नन्दन यादवको बलमा ठूलो सट खेल्दा गुल्सन झाले उत्कृष्ट क्याच लिँदै बाेपारालाई पेभेलियन फर्काए ।

    कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन हारको संघारमा पुगेकाे छ।

  • भारतीय क्रिकेटर आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

    भारतीय क्रिकेटर आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

    काठमाडौं । भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

    ३८ वर्षीय स्पिनर आश्विनले सबै फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

    सन् २०११ बाट उनले निरन्तर भारतीय टोलीबाट खेल्दै आएका थिए । उनले भारतबाट १०६ टेष्ट, ११६ एकदिवसिय र ६५ टी–२०आई खेल खेलेका छन् ।

    उनले २८७ अन्तर्राष्ट्रिय खेलमा ७६५ विकेट लिएका छन् । उनी टेष्ट क्रिकेटमा सबैभन्दा धेरै प्लेयर अफ द सिरिज र सबैभन्दा छिटो ३५० विकेट पुरा गर्ने खेलाडी हुन् ।

    यस्तै एउटै टेष्टमा शतक र ५ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ ।

  • विदेशी ब्याटरहरु चम्किँदा कर्णालीले बनायो १७५ रनको विशाल स्कोर

    विदेशी ब्याटरहरु चम्किँदा कर्णालीले बनायो १७५ रनको विशाल स्कोर

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो । कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे ।

    ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे ।

    जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

    चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।

    बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

  • चितवनविरुद्ध बोसिस्टो पनि अर्धशतक पूरा, कर्णाली ठूलो स्कोरतर्फ

    चितवनविरुद्ध बोसिस्टो पनि अर्धशतक पूरा, कर्णाली ठूलो स्कोरतर्फ

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सका विलियम बोसिस्टो पनि अर्धशतक पुरा गरेका छन् ।

    उनले ३७ बलमा अर्धशतक पुरा गरेका हुन् ।

    यसअघि कर्णालीका ओपनर जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरेका थिए ।

    कर्णालीले १८ ओभरको खेलम सकिँदा ४ विकेट गुमाएर १६२ रन जोडेका छ ।

  • एनपीएल : कर्णाली याक्सका जयकिशन कोल्सावालाको अर्धशतक

    एनपीएल : कर्णाली याक्सका जयकिशन कोल्सावालाको अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा इलिमिनेटरअन्तर्गतको खेलमा जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरेका छन् ।

    प्लेअफका लागि कर्णाली याक्सले भित्रिएको ओपनर कोल्सावालाले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । उनले ३६ बलमा अर्धशतक पुरा गरे ।

    उनले र विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ३९ बलमा ५१ रनको साझेदारी गरेका छन् । कर्णालीले ११ ओभर ३ बलको खेल सकिँदा २ विकेट गुमाएर ८६ रन जोडेको छ ।

  • ब्राजिलका स्टार भिनियस बने फिफा वर्ष खेलाडी

    ब्राजिलका स्टार भिनियस बने फिफा वर्ष खेलाडी

    काठमाडौं । ब्राजिल फुटबलका अहिलेका स्टार खेलाडी भिनियस जुनियर साल २०२४ को फिफा वर्ष खेलाडी बनेका छन् ।

    रियल म्याड्रिडका फरवार्ड समेत रहेका जुनियनरलाई मङ्गलवार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् ।

    यो अवार्ड जित्ने क्रममा गएको सिजनमा रियलका लागि सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरे । यस्तै ११ गोलको सहयोगीको भूमिका पनि निभाएका थिए । भिनिसियसले रियलका लागि स्पेनीस ला लिगा र युरोपली च्याम्पियन्स लिग पनि जितेका थिए ।

  • एनपीएल : प्लेअफका २ खेल हुँदै

    एनपीएल : प्लेअफका २ खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । प्लेअफका २ खेल सम्पन्न भएपछि फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

    पहिलो खेलमा विहान ९ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।

    यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि भिड्दैछन् ।

    शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरको विजेता फाइनल पुग्ने छ । भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।

  •  पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगाको उपाधि भानोदय माविलाई

     पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगाको उपाधि भानोदय माविलाई

    कैलाली । बाजुराको बुढीगंगा नगरपालिमा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानोदय माविले हात पारेको छ । मङ्सिर २८ गतेदेखि आयोजित प्रतियोगितामा १९ स्वर्ण, २ रजत र ३ कांस्य सहित भानेदय विजेता भएको छ ।

    त्रिशक्ति मा.वि. ४ स्वर्ण ५ रजत र २ कांस्य सहित द्वितीय र शारदा मा.वि. ४ स्वर्ण ४ रजत र ४ कांस्यसहित तेस्रो भएको छ ।

    बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री कर्ण बहादुर थापा रहेका थिए । समापन समारोहमा थापाले बुढिगंगा नगरपालिकामा आयोजना गरेका प्रतियोगिता निकै उत्कृष्ट भएको बताए । उनले यस्ता प्रतियोगिताले खेल र खेलाडीहरूको प्रवर्द्धन हुने र राष्ट्रको पहिचान बढ्ने समेत बताएका थिए ।

    नगरप्रमुख बानियाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबै विद्यालयहरूले राम्रो प्रदर्शन गरेको बताए । पहाडी जिल्लामा यस्ता प्रतियोगिताले खेलकुदको गतिविधि समेत बढ्ने उनले बताए ।

    मार्सल आर्ट विद्यामा ३ महिने बन्द प्रशिक्षण गर्ने आयोजना गर्ने र  १५औं  जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता बुढिगंगाले सञ्चालन गर्ने समेत नगरप्रमुख बानियाले जानकारी दिए ।

    समापन समारोहमा विजेता, उपविजेता तथा सहभागीहरूलाई प्रमाणपत्र मेडल सहित सम्मान गरिएको थियो ।

     

  • भारतसँग अंक बाँडेको नेपाल समूह विजेता

    भारतसँग अंक बाँडेको नेपाल समूह विजेता

    काठमाडौं ।  मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

    नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाडेका छन् ।

    योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

  • एनपीएलः प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने, कसलाई कति ?

    एनपीएलः प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने, कसलाई कति ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरुले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ । क्यानका अनुसार विजेता सहित प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउनेछन् ।

    आज विज्ञप्ति जारी गर्दै क्यानले विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।

    एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोजले स्थान बनाएका छन् । प्रत्येक टिमको कम्तिमा १५ लाख पुरस्कार निश्चित भएको छ ।

  • वर्षाले रोकियो नेपाल र भारतबीचको खेल

    वर्षाले रोकियो नेपाल र भारतबीचको खेल

    काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

    नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको हो ।

  • यू-१९ वुमन्स एसिया कप: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

    यू-१९ वुमन्स एसिया कप: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

    काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो ।

    नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । अलिशाकुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा अविजित २० रन जोडिन् ।

    बलिङमा भारतकी पारुनिका सिशोडियाले सर्वाधिक ४ विकेट लिइन् ।

    पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

  • जनकपुरका कप्तान अनिल घाइते, बाँकी खेल गुमाउँछन् ?

    जनकपुरका कप्तान अनिल घाइते, बाँकी खेल गुमाउँछन् ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह घाइते भएका छन् । खेलका क्रममा ब्याट अनब्यालेन्स हुँदा उनको हातको बुढी औंला क्र्याक भएको जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडाले जानकारी दिए ।

    हातमा प्लास्टर गरिएको र भोलिको खेल खेल्ने नखेल्ने भन्नेबारे डाक्टरको रिपोर्ट आउन बाँकी रहेको खतिवडाले बताए ।

    ‘खेल्ने क्रममा ब्याटमा लाग्दा अनिलको औंला क्र्याक भएको छ । अहिले प्लास्टर गरेर रेस्टमा हुनुहुन्छ । डाक्टर रिपोर्ट आउन बाँकी छ, तर सम्भवतः उहाँ भोलिको खेल खेल्नुहुन्छ’, उनले भने ।

    जनकपुरले एनपीएलको पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका रहेको छ ।

  • यू-१९ वुमन्स एसिया कप: भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    यू-१९ वुमन्स एसिया कप: भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रीकेटमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    नेपालविरुद्ध भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।