Category: खेल प्रेस

  • लिग लिडर लिभरपुलको सानदार जित

    लिग लिडर लिभरपुलको सानदार जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले सानदार जित निकालेको छ । लिभरपुलले आइतबार टोटेनहमलाई ६-३ गोलले पराजित गर्दै लिगमा स्पष्ट ४ अङ्कको अग्रता लिएको हो ।

    लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २, म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे।
    टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे ।

    जित पछि लिभरपुलको‌ १६ खेलबाट ३९ अंक पुगेको छ । दोस्रो स्थानको चेल्सीको १७ खेलबाट ३५ अंक छ ।

    चेल्सीले आइतबार एभर्टनसँग गोलरहित बराबरी खेलेको थियो । पराजित टोटेनहम भने २३ अंकका साथ ११ औँ स्थानमा छ ।

  • जसका दुवै सन्तान ‘एनपीएलका’ विजेता र उपविजेता बने !

    जसका दुवै सन्तान ‘एनपीएलका’ विजेता र उपविजेता बने !

    हिमाल लम्साल/रासस

    वीरगञ्ज  । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुन्, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुन् ।

    काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।

    त्यस्तै खालको फरक दृश्य संघीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उनीहरूका बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै थिए । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक थिए भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक थिए ।

    बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाए । ‘एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो’, उनले भने, ‘एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।’

    शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिन्थे भने आमा समा भने केही मलिन मुद्रामा । ‘मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ’, आमा समा प्रवीनले भनिन्, ‘दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।’

    सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उनी सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाइन् । ‘मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो’, उनले भनिन्, ‘जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।’

    सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो ।

    शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताइन् । ‘आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ’, उनले दाजुहरूको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताइन् ।

    बुबा मोहम्मद छोराहरू आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गरे । ‘छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें’, मोहम्मदले भने, ‘क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।’

    आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित छन् । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आएका छन् । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित छन् उनी ।

    नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्छन् । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सकेनन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट भए । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो ।

    आरिफका सहोदर भाइ हुन् आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिरेका थिए । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गरेका थिए ।

    विश्वकप जितेको हेर्ने बुबाको धोको

    मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गरेका थिए । ‘मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन’, उनले भने, ‘असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन्,’ उनलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ ।

    आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउँछिन् । ‘क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ’, उनी भन्छिन्, ‘त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।’

  • बार्सिलोनालाई झड्का, एथ्लेटिको पहिलो स्थानमा

    बार्सिलोनालाई झड्का, एथ्लेटिको पहिलो स्थानमा

    हेटौंडा । स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ ।

    दोस्रो हाफको इन्जुरी समयमा गोल खाएपछि बार्सिलोना एथ्लेटिको म्याड्रिड सङ्ग २-१ ले पराजित भएको हो ।

    खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले ३० औँ मिनेटमा पेड्रीको गोल मार्फत लिएको थियो । तर एथ्लेटिकोले ६० पाउलको गोल मार्फत खेललाई बराबरी गरेको थियो । तर खेल सकिनै लाग्दा अर्थात् दोस्रो हाफको इन्जुरी समयको पनि अन्तिमतिर एथ्लेटिकोले एलेक्जेन्डर सोरोथले गोल गरेपछि म्याड्रिड विजयी बन्यो ।

    जितपछि म्याड्रिड लिग तालिकाको पहिलो स्थान उक्लिएको छ । १८ खेलबाट ४१ अङ्क जोडेको एथ्लेटिको पहिलो स्थानमा रहँदा एक खेल बढी खेलेको बार्सिलोना ३८ अङ्क सहित दोस्रो स्थानमा छ ।

  • इपिएलमा नटिघंमको छलाङ

    इपिएलमा नटिघंमको छलाङ

    काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपिएल) को जारी सिजनमा अण्डरडगको रूपमा देखा परेको नटिघंम फरेस्टले १७ औँ चरण आइपुग्दा चौथो स्थान पक्का गर्न सफल भएको छ ।

    शनिवार राति भएको खेलमा ब्रेनफर्टलाई पराजित गर्दै नटिघंमले जारी सिजनमा आफूलाई अब्बल प्रमाणित गर्ने तथ्यमा थप एउटा इँटा थपेको हो । ब्रेनफर्टको घरेलु मैदानमा उसैलाई माथ दिने क्रममा नटिघंमले २-० को प्रभावशाली जित निकालेको हो ।

    फरेस्टको लागि खेलको ३८ औँ मिनेटमा ओला ऐना र एन्थिन्यो एल्नागाले ५१ औँ मिनेटमा गोल गर्दै टिमलाई जिताए । जारी सिजनमा फरेस्टको यो नवौँ जित हो ।

    १७ औँ चरण आइपुग्दा नटिघंमले यो पटक चार हारको मात्र सामना गर्नुपरेको छ भने चार बराबरी खेलेको छ । जितको मामिलामा यो पटक उसले इपिएलको महारथी म्यानचेस्टर सिटीलाई समेत पछि पार्दिएको छ ।

    जितसँगै १७ खेलबाट ३१ अङ्क जोडेको फरेस्ट तालिकाको चौथो स्थानमा पुगेको छ । पराजित ब्रेनफर्ट भने समान खेलबाट २३ अङ्क सहित १२ औँ स्थानमा छ ।

    शनिवार राति नै भएको अर्को खेलमा न्युक्यास्टलले इस्विच टाउनलाई ४(० ले पराजित गरेको छ भने वेस्टह्याम्प र ब्राइटनले १(१ को बराबरी खेलेका छन् ।

  • सिटीको ओरालो यात्रा, एस्टन भिल्लासँग पराजित

    सिटीको ओरालो यात्रा, एस्टन भिल्लासँग पराजित

    हेटौंडा । इङलिस प्रिमियर लिगको दशौं चरणपछि खराब खेल पस्केको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले शनिबारको पहिलो खेलमा एस्टन भिल्लासँग हार व्यहोरेको छ ।

    भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा सिटी २-१ ले पराजित भएको हो । पराजित भएसँगै सिटीलाई यो वर्ष उपाधि रक्षा गर्न अब निकै ठूलो संघर्षमात्र गर्नुपर्ने छैन, लिभरपुल, चेल्सी र आर्सनल जस्ता ठूला टीमहरुको नतिजामा पनि भर पर्नुपर्ने भएको छ ।

    शनिबारको खेलमा भिल्लाले १६औं मिनेटमा आक्रमण गर्दै सिटीलाई १-० ले पछि पारेको थियो । जोन डुरेनले गोल गर्दै भिल्लालाई पहिलो सफलता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले पछि परेको सिटीलाई दोस्रो झट्का खेलको दोस्रो हाफमा लाग्यो । भिल्लाको लागि मोर्गेन रोग्रेसले गोल गरेपछि २-० को अग्रता मिल्यो ।

    सिटीले खेलको इन्जुरी समयमा फोडेनमार्फत गोल गरे पनि त्यो जितको लागि पर्याप्त बनेन र खेल भिल्लाले जित्यो ।

    जितपछि सिटीलाई पछि पार्दै भिल्ला १७ खेलबाट २८ अङ्कको साथ पाँचौं स्थानमा उक्लँदा समान खेलबाट सिटी २७ अङ्कसहित छैटौं स्थानमा झरेको छ । सिटीभन्दा दुई खेल कम खेलेको लिभरपुल ३६ अङ्कसहित पहिलो स्थानमा छ ।

  • पावर प्लेमा जनकपुरले बटुलेको रनले नतिजामा फरक पर्‍यो: प्रशिक्षक टमाटा (भिडिओ)

    पावर प्लेमा जनकपुरले बटुलेको रनले नतिजामा फरक पर्‍यो: प्रशिक्षक टमाटा (भिडिओ)

    काठमाडौं । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन् ।

    फाइनलमा पराजित भएपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक टमाटाले समग्रमा राम्रै क्रिकेट खेले पनि विपक्षीले पावर प्लेमा जोडेको रनले नै खेलमा प्रभाव परेको औंल्याए ।

    उनले आफ्नो टोलीले पहिलो विकेटका लागि राम्रो ब्याटिङ गर्दै राम्रो शुरु गरेअनुरूप १०-१५ रन कम भएको पनि बताए ।

    विकेट पनि हुँदा राम्रो सुरुवात भए पनि त्यसलाई ठूलो योगफल बनाउन नसकिएको प्रशिक्षक टमाटाको भनाइ छ ।

    ‘पावर प्लेमा दुई ओभर मेडन हुनु र अन्तिम ओभरतिर राम्रो रन बन्न नसक्नु खराब पक्ष रह्यो’, उनले भने, ‘प्रतियोगिताभर जस्तै फाइनलमा पनि राम्रो क्रिकेट खेले पनि आज आफ्नो टोलीका लागि खराब दिन बन्यो ।’

    प्रशिक्षक टमाटाले आफूहरूले भन्दा जनकपुरले राम्रो क्रिकेट खेल्दा उपाधिको हकदार बनेको बताए ।

    घरेलु र उमेर समूहका क्रिकेटरले एनपीएलमा राम्रो क्रिकेट खेलेकाले नेपाली क्रिकेटका लागि यो सुखद पक्ष रहेको उनको बुझाइ छ ।

  • मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्: प्रशिक्षक पुबुदु (भिडिओ)

    मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्: प्रशिक्षक पुबुदु (भिडिओ)

    काठमाडौं । जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

    फाइनलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको बताए ।

    उनले कहिलेकाहीँ रनमा मात्र ध्यान हुने उल्लेख गर्दै ललितको प्रदर्शन नै खेलको महत्वपूर्ण पक्ष रहेको बताए । ललितले ब्याटिङ पिचमा पनि राम्रो बलिङ गरेको प्रशिक्षक पुबुदुको भनाइ छ ।

    आफू जनकपुरको प्रशिक्षक भएरमात्र ललितलाई समर्थन नगरेको र उनी नै प्रतियोगिताको प्रमुख खेलाडी रहेको उनी बताउँछन् ।

    यद्यपि उनले दीपेन्द्रसिंह ऐरीले पनि राम्रो खेलेको बताए । उनले पावर प्लेमा आसिफ शेख र लाहिरु मिलन्थाले खेलको माहोललाई परिवर्तन गराएको प्रतिक्रिया दिए ।

    प्रशिक्षक पुबुदुले भने, ‘एनपीएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । यो नै सुखद पक्ष हो । स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम शेयर गर्न पाउँदा युवा खेलाडीहरूमा थप आत्मविश्वास बढ्नेछ ।’

  • महिला यू-१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनको गौतम बुद्ध रंगशालामा हुने

    महिला यू-१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनको गौतम बुद्ध रंगशालामा हुने

    काठमाडौं । यू-१९ महिला विश्वकप क्रिकेटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने भएको छ ।

    भरतपुर महानगरपालिका- १५ मा रहेको निर्माणाधीन रंगशालाको नमुना खेल मैदानमा पुस १० देखि २४ गतेसम्म नेपाली टोलीको बन्द प्रशिक्षण हुन लागेको जिल्ला क्रिकेट संघ चितवनले जनाएको छ ।

    संघका अध्यक्ष सुदीप पियाले बन्द प्रशिक्षणमा १८ खेलाडी सहभागी हुने जानकारी दिए । भरतपुर महानगरकी मेयर रेनु दाहालको पहलमा नेपाल क्रिकेट संघ (क्यान)ले चितवनमा बन्द प्रशिक्षण गर्न लागेको पियाले बताए ।

    आईसीसी महिला यू-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आउँदो जनवरी १८ देखि फेुबूरअरी २ सम्म मलेसियामा हुँदैछ ।

  • एनपीएलः सुदूरपश्चिमका जैब सर्वोत्कृष्ट खेलाडी, जनकपुरका ललित उत्कृष्ट बलर

    एनपीएलः सुदूरपश्चिमका जैब सर्वोत्कृष्ट खेलाडी, जनकपुरका ललित उत्कृष्ट बलर

    काठमाडौं । सुदूरपश्चिम रोयल्सका सैफ अली जैब नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

    प्रतियोगिताभर उनले २७५ रन र १२ विकेट लिएका छन् । जैबले पाँच लाख रुपैयाँ पुरस्कार हात पारे ।

    त्यस्तै उत्कृष्ट बलर जनकपुर बोल्ट्सका ललित राजवंशी चुनिए । प्रतियोगिताभर १७ विकेट लिएका उनले माेटरसाइकल पुरस्कार पाएका छन् ।

    कर्णाली याक्सका विपीन खत्री उदीयमान खेलाडी हुन सफल भए । उनले १४ विकेट लिए ।

    इनर्जेटिभ प्लेयर : जिमी निशम

    फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ ।

    सर्वोत्कृष्ट खेलाडी : सैफ अली जैब (सुदूरपश्चिम)
    सर्वोत्कृष्ट नेपाली खेलाडी : दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
    उत्कृष्ट बलर : ललित राजवंशी (जनकपुर)
    इमर्जिङ प्लेयर : विपीन शर्मा (कर्णाली)
    इनर्जेटिक प्लेयर : जिमी निशम (जनकपुर)
    फेयर प्ले : लुम्बिनी

  • एनपीएलः दीपेन्द्रसिंह ऐरीले जिते कार (तस्विरहरु)

    एनपीएलः दीपेन्द्रसिंह ऐरीले जिते कार (तस्विरहरु)

    काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेद्रसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।

    आफ्नो टोलीलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित दीपेन्द्रले कार पुरस्कार प्राप्त गरेका छन् ।

    उनले प्रतियोगिताभर २२७ रन, ८ विकेट, ३ क्याच र ७ रन आउट गरेका छन् ।

    तस्विरहरु : उमेश कार्की

  • एनपीएलको फाइनल हेर्न पुगेका देउवा र प्रचण्ड सँगै देखिए

    एनपीएलको फाइनल हेर्न पुगेका देउवा र प्रचण्ड सँगै देखिए

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै बसेर हेरिरहेका छन् ।

    कीर्तिपुर मैदानमा देउवा र प्रचण्ड सँगै बसेर जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेल हेरेका हुन् ।

    उनीहरुसँगै गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत नेताहरु पनि कीर्तिपुर मैदानमा पुगेका छन् ।

    अहिले सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् ।

  • एनपीएल फाइनल: जनकपुरका ओपनर लाहिरुले प्रहार गरे अर्धशतक

    एनपीएल फाइनल: जनकपुरका ओपनर लाहिरुले प्रहार गरे अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको ओपनर लाहिरु मिलान्थाले अर्धशतक पूरा गरेका छन् ।

    उनले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

    सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरलाई राम्रो सुरुआत दिलाएका छन् ।

  • एनपीएल फाइनलः जनकपुरले गुमायो पहिलो विकेट

    एनपीएल फाइनलः जनकपुरले गुमायो पहिलो विकेट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको पहिलो विकेट लिएको छ ।

    जनकपुरका ओपनर आशिफ शेख ३३ रन बनाएर आउट भएका छन् । उनले १९ बलको सामना गरेकाथिए ।

    सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले आठ ओभरसम्मको खेलमा ७७ रन बनाएको छ । अहिलेसम्म लाहिरु मिलन्था र मोहम्मद मोहसिन क्रिजमा छन् । मिलन्थाले ३७ र मोहसिनले एक रन बनाएर खेलिरहेका छन् ।

  • एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य

    एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो ।

    सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए ।

    ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३–३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिएका छन् ।

  • एनपीएल फाइनल: शतकीय साझेदारी गरेर आउट भए सुदूरपश्चिमका ओपनर

    एनपीएल फाइनल: शतकीय साझेदारी गरेर आउट भए सुदूरपश्चिमका ओपनर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दुवै ओपनर गुमाएको छ ।

    ओपनर सैफ अलि जैव र विनोद भण्डारीले शतकीय साझेदारी गर्दै आउट भएका छन् । उनीहरुले पहिलो विकेटकमा लागि ११७ रनको साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए ।

    बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिएका छन् । १३ ओभरको खेल सकिँदा सुदूरपश्चिमले २ विकेट गुमाएर १२० रन बनाएको छ ।

  • एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमका सैफ जैवले पूरा गरे अर्धशतक

    एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमका सैफ जैवले पूरा गरे अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर सैफ अलि जैवले अर्धशतक पूरा गरेका छन् ।

    टीयु क्रिकेट मैदानमा उनले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् ।

  • एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत

    एनपीएल फाइनल भिडन्तः सुदूरपश्चिमको उत्कृष्ट सुरुआत

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुआत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ८ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ६८ रन जोडेको छ ।

    ओपनर विनोद भण्डारी २७ बलमा ३५ र सैफ अलि जैवले २२ बलमा २८ रन बनाएर खेलिरहेका छन् ।

  • जनकपुर र सुदूरपश्चिमबीचको उपाधि भिडन्त सुरु

    जनकपुर र सुदूरपश्चिमबीचको उपाधि भिडन्त सुरु

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङमा उत्रिएको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङमा उत्रिएको हो । सुदूरपश्चिमको ओपनिङ ब्याटिङमा विनोद भण्डारी र सैफ अलि जैव उत्रिएका छन् ।

    जनकपुरका हर्ष थाकरले बलिङको सुरुआत गरेका छन् ।

    सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् । यसअघिको दुई भेटमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो ।

    पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।

  • एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम

    एनपीएल उपाधि भिडन्त: जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हाल्ने छन् । यसअघिको दुई भेटमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो ।

    पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।

  • एनपीएल हेर्न बिहानैदेखि लाइन (तस्बिरहरु)

    एनपीएल हेर्न बिहानैदेखि लाइन (तस्बिरहरु)

    काठमाडौं । टीयु क्रिकेट मैदान किर्तिपुरमा आज नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल हुँदैछ ।

    १२ बजेबाट खेल सुरु हुने भएपनि दर्शक बिहानैदेखि मैदानमा आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)काअनुसार टिकट लिन बिहान ५ बजेदेखि नै खल्तीको काउन्टरमा लाइन बसेका थिए ।

    अनलाइनबाट टिकट काटेकाहरु टिकटको पर्ची लिन त्यहाँ पुगेका हुन् । ७ बजेदेखि नै दर्शक मैदान प्रवेश गरिरहेका छन् । मैदानबाहिर टिकट नपाएकाहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।

     

     

  • बायर्नको विशाल जित

    बायर्नको विशाल जित

    काठमाडौं । जर्मनीको बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले विशाल जित दर्ता गरेको छ ।

    घरेलु मैदानमा भएको खेलमा म्युनिखले रेड लेपेजलाई ५-१ गोलले पराजित गरेको हो ।

    बायर्नको जितमा मुसैला, केलियन, किम्बिच,साने र अल्फोनोसले गोल गरे । लेपेजको तर्फबाट एकमात्र सान्त्वना गोल बेन्जिमीनले गरे ।

    जितपछि बायर्न १५ खेलबाट ३६ अङ्क सहित तालिकाको पहिलो स्थानमा कायम छ भने लेपेज समान खेलबाट २७ अङ्क सहित चौथो स्थान पुगेको छ । दोश्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लेभरकुसेनको १४ खेलबाट २९ अङ्क छ ।

  • एनपीएलको फाइनल आज: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

    एनपीएलको फाइनल आज: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

    सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइलन यात्रा तय गरेको हो भने जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेको हो ।

    सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तान आसिफ शेखले गर्नेछन् । नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरिरहका छन् ।

    सुदूरपश्चिम जनकपुरमाथि जितको ह्याट्रिक गर्दै उपाधि चुम्न चाहन्छ । यसअघिका भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । जनकपुर भने सुदूरपश्चिमलाई फाइनलमा हराउँदै यसअघिका दुई हारको बदला लिन चाहन्छ ।

     

  • एनपीएल फाइनल : सुदृढ सुदूरपश्चिमलाई जिम्मी निसमको त्रास

    एनपीएल फाइनल : सुदृढ सुदूरपश्चिमलाई जिम्मी निसमको त्रास

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

    सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइलन यात्रा तय गरेको हो भने जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेकोे हो ।

    सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तान आसिफ शेखले गर्नेछन् । नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरिरहका छन् । सुदूरपश्चिम जनकपुरमाथि जितको ह्याट्रिक गर्दै उपाधि चुम्न चाहन्छ । यसअघिका भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । जनकपुर भने सुदूरपश्चिमलाई फाइनलमा हराउँदै यसअघिका दुई हारको बदला लिन चाहन्छ । दुवै टोलीका कप्तानले आफुहरु फाइनलका लागि तयार रहेको बताएका छन् ।

    सुदूरपश्चिम रोयल्स

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले एनपीएलमा शानदार प्रदर्शन गरिरहेको छ । सुदूरपश्चिमले ८ खेलमा एक खेलमा मात्र हार व्यहोरेको छ ।

    चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको थियो । अन्यथा सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सुदूरपश्चिमको फिल्डिङ झनै मजबुत छ ।

    सुदुरपश्चिमका ओपनर विनोद भण्डारी र सैफ अलि जैव दुवै लयमा छन् । उनीहरुले टीमलाई राम्रो ओपनिङ दिलाउँदै आएका छन् । सर्वाधिक रन बनाउने सूचीमा सैफ आठौं र विनोद दशौं नम्बरमा छन् । सूचीमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छैटौं नम्बरमा छन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङमा आफ्नो कौशल देखाउँदै आएका छन् । उनीसँगै इशान पाण्डे र विदेशी खेलाडी ब्रान्डन म्याकमुलेन पनि ब्याटिङ जमिराखेका छन् ।

    सुदूरपश्चिमले बलिङमा पनि राम्रो प्रदर्शन गर्दै आएको छ । सुदूरपश्चिमबाट एनपिएल खेलिरहेका स्कट कुगेलेन एनपिएलकै सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो स्थानमा छन् । उनको बलिङमा धेरै ब्याटर टिकेर खेल्न सकेका छैनन् ।

    युएईका रोहन मुस्ताफाको ठाउँमा आएका अमेरिकाका हर्मित सिंहले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । सैफले पनि राम्रो बलिङ गर्दै आएका छन् । लिग चरणको खेलमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ५१ रनमा अलआउट गरेको थियो ।

    जनकपुर बोल्ट्स

    पछिल्लो केही खेलमा लय बिग्रेको जनकपुरले सुदूरपश्चिमसँग बदला लिन आतुर छ । लिग चरण र प्लेअफमा गरी दुई पटकको बदला लिँदै उपाधि रक्षा गर्ने दाउमा छ जनकपुर ।

    नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा जनकपुरलाई ठूलो क्षति पुगेको छ । तर, न्यूजिल्यान्डका अलराउन्डर जिमी निसमको उच्च लयले टिमको आत्मविश्वास बढाएको छ । उनको ब्याट चलेमा एक्लै खेल जिताउने सामथ्र्य राख्छन् । सुदुरपश्चिमलाई भोलि कसैसँग डर छ भने पक्कै निसमसँगै छ ।

    ब्याटर लामिरु मिलान्था र स्पिनर ललित राजवंशी राम्रो प्रदर्शन गर्दै आएका छन् । हर्ष थाकर र किशोर महत्तोले पनि औषत प्रदर्शन गरिरहेका छन् । ललित सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा छन् । किशोर महतो सातौं र हर्ष थाकर आठौं स्थानमा छन् । ललित र किशोर सुरुआति चरणमा विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राख्न खप्पिस् छन् । हर्ष मिडल अर्डरमा रन रोक्ने र चाहिएको समयमा विकेट लिने काम गरिरहेका छन् ।

    ब्याटिङतर्फ पनि जनकपुरले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । विदेशी खेलाडी जिमी निशम र लाहिरु मिलान्थाले जनकपुरको ब्याटिङ सम्हालिरहेका छन् । जिमी सर्वाधिक रन बनाउनेको तेस्रो र लाहिरु सातौं स्थानमा छन् । कप्तान आसिफ ब्याटिङमा खासै जम्न सकेका छैनन् ।

  • भारतमा आदिल अन्सरीको आक्रामक ब्याटिङ, ३८ बलमा पूरा गरे शतक

    भारतमा आदिल अन्सरीको आक्रामक ब्याटिङ, ३८ बलमा पूरा गरे शतक

    काठमाडौं । भारतको विहारमा जारी पाचौं संस्करणको अमन सिंह राजपुत (एएसआर) कप क्रिकेटमा नेपाली क्रिकेटर आदिल अन्सरीले शानदार ब्याटिङ गरेका छन् । बाली–११ सुपौलबाट खेलिरहेका आदिलले शुक्रबार भएको खेलमा ४० बलमा ११४ रनको अविजित इनिङ खेले ।

    उनले हेलो फेन्ड्स मुंगेरविरुद्ध ३८ बलमा शतक पूरा गरेका हुन् । उनले उक्त खेलमा ७ चौका र ११ छक्का प्रहार गरे । उक्त खेलमा आदिल सम्मेलित टोलीले ८ विकेटले पराजित गरेको हो ।

    नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङमा जोडिएका आदिल त्यसयता नेपाली क्रिकेटबाट टाढा छन् । उनले जिल्ला अदालत काठमाडौंबाट म्याच फिक्सिङमा सफाइ पाइसकेका छन् ।

  • महिला यू- १६ फुटबलमा भुटानले नेपाललाई ५–१ ले हरायो

    महिला यू- १६ फुटबलमा भुटानले नेपाललाई ५–१ ले हरायो

    काठमाडौं । मैत्रीपूर्ण फुटबलमा भुटानको महिला यू -१६ टीमले नेपाललाई ५–१ को फराकिलो गोलअन्तरले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको महिला यू- १६ टिमले लज्जास्पद हार व्यहोरेको हो ।

    भुटानले ५ गोल ठोकिसकेपछि खेलको ८५ औं मिनेटमा नेपालले एक गोल गर्यो । सब्स्टीच्यूट खेलाडी सविना तामाङले हेड गोल गर्दै नेपाललाई सान्त्वना दिलाएकी थिइन् ।

    मैत्रीपूर्ण फुटबल खेल्न भुटानको महिला यू–१९ र यू–१६ गरी दुई उमेर समुहका टोली नेपाल आएका छन् ।

  • हङकङ यू- १९ विरुद्ध ३ म्याचको सिरिज नेपालद्वारा क्लीन स्वीप

    हङकङ यू- १९ विरुद्ध ३ म्याचको सिरिज नेपालद्वारा क्लीन स्वीप

    काठमाडौं । नेपाल यु १९ क्रिकेट टिमले हकङकङ यू १९ लाई ३ म्याचको एक दिवसीय क्रिकेट श्रृंखलामा क्लीन स्वीप गरेको छ ।

    आज अन्तिम खेलमा नेपालले १३० रनको विशाल जित हासिल गर्यो ।

    टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६५ रन जोडेको थियो । नेपालका लागि ३ जना ब्याटरले अर्धसतक प्रहार गरे । ओपनर सुयंसु कोइरालाले ९६ बलमा सर्वाधिक ६० रन बनाए ।

    उनले एक छक्का र ८ चौका प्रहार गरेका थिए । मध्यक्रमका सन्तोष यादवले ४५ बलमा ५३ रन जोडेर रनआउट भए । यस्तै, कप्तान अभिषेक तिवारीले ४ बलमा ५६ रन बनाए । उनले दुई चौका र ४ छक्का प्रहार गरेका छन् । नेपालले अतिरिक्त २१ रन पाएको थियो ।

    जवाफी ब्याटिङमा हङकङले ५० ओभर पुरै खेले पनि ९ विकेट क्षतिमा १३५ रन मात्र जोड्न सक्यो । हङकङका लागि प्रित मंगुकियाले ५५ रन बनाए । नेपालका बलर अभिषेक तिवारी र अफुदिन रैनले दुई–दुई विकेट बाँडेका थिए ।

  • महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

    महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

    काठमाडौं । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ ।

    आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो ।

    वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।

    तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रनआउट भए । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा ९ रन मात्रै जोड्न सकिन् ।

    नेपाल निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । बंगलादेशले एक विकेट क्षतिमा ९।५ ओभरमा लक्ष्य भेटेको हो । बंगलादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन् ।

    यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

  • महिला यू- १९ एसिया कपः ११ ओभरको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

    महिला यू- १९ एसिया कपः ११ ओभरको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

    काठमाडौं । महिला यु १९ एसिया कपको सुपर फोर अन्तरगतको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको झिनो लक्ष्य दिएको छ ।

    ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट क्षतिमा ५४ रन मात्र जोड्न सक्यो ।

    टस जितेर बंगलादेशले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपाली ब्याटरहरु सम्हालिन सकेनन् । नेपालका दुवै ओपनरसहित तीन ब्याटर दुर्भाग्यपूर्णरुपमा रनआउट भए ।

    नेपालले १.५ ओभरमा ८ रन जोड्दा साना प्रवीन रनआउट भइन् । तेस्रो नम्बरमा आएकी कप्तान पूजा महतो र ओपनर सावित्री धामीबीच १९ रनको साझेदारी भयो । ४.५ ओभरमा २७ रन जोड्दा सावित्री पनि रनआउट भइन् । उनले १२ बलमा ११ रन बनाइन् ।

    नेपाललाई ठूलो धक्का दिँदै बंगलादेशकी अनिशा अक्तर सोवाले पूजालाई आउट गरिन् । पूजाले ११ बलमा ९ रन बनाइन् । सोनी पाख्रिन पनि रनआउटको सिकार भइन् । तल्लो क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

  • महिला यू-१९ एसिया कपः नेपाल टस हारेर ब्याटिङमा

    महिला यू-१९ एसिया कपः नेपाल टस हारेर ब्याटिङमा

    काठमाडौं । महिला यू-१९ एसिया कपको सुपर फोरअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ थालेको छ ।

    टस जितेर बंगलादेशले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
    वर्षाका कारण ढिला गरी टस भएको थियो ।

    अहिले नेपालका लागि ओपनर जोडी साना प्रवीन र सावित्री धामी क्रिजमा उत्रिएका छन् ।

    मलेसियाको क्वालालम्पुरस्थित बायुमस क्रिकेट ओभलमा खेल भइरहेको छ । नेपालले खेल जिते पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ ।

  • आइसीसीका प्रतियोगितामा भारत र पाकिस्तानका सबै खेल तटस्थ भूमिमा गर्ने सहमति

    आइसीसीका प्रतियोगितामा भारत र पाकिस्तानका सबै खेल तटस्थ भूमिमा गर्ने सहमति

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतियोगिता खेल्न पाकिस्तान भारत र भारत पाकिस्तान जानु नपर्ने भएको छ ।

    आईसीसीको बिहीबार बसेको बोर्ड बैठकले सन् २०२७ सम्म हुने भारत र पाकिस्तानका सबै खेल तटस्थ स्थानमा खेलाइने निर्णय गरेको हो ।

    आउँदो फेब्रुअरी र मार्चमा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा भारतले खेल्न नजाने निर्णय गरेको थियो । सुरक्षाका कारण भारतले खेल्न नजाने भनेपछि पाकिस्तानले पनि अन्य प्रतियोगितामा पनि आफु भारतमा खेल्न नजाने प्रस्ताव गरेको थियो ।

    सोहीअनुसार आईसीसीले सन् २०२७ सम्म हुने भारत र पाकिस्तान सहभागी सबै प्रतियोगिता तटस्थ ठाउँमा गर्ने निर्णय गरेको हो ।

    योसँगै पाकिस्तानले आयोजना गर्ने च्याम्पियन ट्रफी २०२५ सहित भारतले आयोजना गर्ने महिला विश्वकप क्रिकेट २०२५, भारत र सन् २०२६ मा श्रीलंका र भारतले आयोजना गर्ने टी–२० विश्वकप क्रिकेट पनि तटस्थ भूमिका हुनेछ ।

    यस्तै सन् २०२८ मा हुने टी–२० महिला विश्वकप आयोजना गर्ने अधिकार पाकिस्तानलाई प्रदान गरिएको छ ।

  • नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

    नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

    काठमाडौं । एक दिवसीय यू–१९ सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

    मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६५ रन बनायो ।
    नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ६० रन बनाए ।

    ९६ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । उनीसहति सन्तोष यादव, कप्तान अभिषेख तिवारीलेले अर्थशतक बनाए । सन्तोष ५३ र अभिषेख ५३ रनमा आउट भए । नरेन भट्टले ३६, सोहइल कुँवरले १३ र राजेश बोहराले रनको योगदान दिए ।

    बलिङमा हङकङका प्रित मांगुकिया, श्यायन पुरी, पार्थ श्रिभास्टव र डेनियल म्यापले दुई/दुई विकेट लिए ।

    लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।

  • यू-१९ वुमन्स एसिया कपः नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित

    यू-१९ वुमन्स एसिया कपः नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित

    काठमाडौं । मलेसियामा जारी यु–१९ वुमन्स एसिया कपको ‘सुपर–४’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदान वर्षा भइरहेकाले टससमेत हुन सकेको छैन ।

    नेपालका लागि यो खेल निकै नै महत्वपूर्ण छ । यो खेलमा जित निकालेमा नेपाल फाइलनमा प्रवेश गर्नेछ । पराजित भएमा वा रद्द भएमा बंगलादेश फाइलनमा पुग्नेछ ।

    सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

    सबै टोलीले एकएक खेल खेल्न बाकी छ । नेपालले बंगलादेश र भारतले श्रीलंकासँग खेल्नेछ ।

  • टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान

    टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

    शहरी विकास मन्त्रालयअन्तर्गतकाे संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रवार बोलपत्र आह्वान गरेको हो ।

  • म्यानचेस्टरमाथि टोटमह्यामको जित, सेमिफाइनल स्थान पक्का

    म्यानचेस्टरमाथि टोटमह्यामको जित, सेमिफाइनल स्थान पक्का

    काठमाडौं । म्यानचेस्टर युनाइटेड विरुद्ध जित निकाल्दै टोटमह्यामले कारावाओ कपको सेमिफाइनल स्थान पक्का गरेको छ । बिहीबार टोटनह्याम म्यानयुलाई ४-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    खेलको ५४ औँ मिनेटसम्म ३-० ले अघि रहेको टोटनह्यामलाई म्यानयु ले त्यसयता लगातार २ गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर ८८ औँ मिनेटमा पुनः टोटनह्यामले गोल गरेपछि ४-२ को अवस्थामा पुगेको थियो । मध्यान्तरपछिको रोमाञ्चक खेलको अन्तिममा युनाइटेडले गोल गरे पनि हार भने रोक्न सकेन र खेल टोटनह्यामले ४-३ ले जित्यो ।

    खेलमा टोटनह्यामका डोमिनिक सोलन्कीले दुई तथा डेजान कुलुसेभ्स्कीले एक तथा सोन हुन मिङ ले एक गोल गरे भने युनाइटेडका जोसु जिर्कज र आमद र जोनी इभान्सले गोल गरे ।

    जितपछि सन् २००८ पछि टोटनह्याम कारवाओ कपको उपाधि नजिक पुगेको छ । अब टोटनहमले फाइनल प्रवेशको लागि लिभरपुलको सामना गर्नेछ ।

    लिगकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्गे पोस्टेग्लुको टोटनहम आफ्नो घरेलु मैदानमा एक समय आरामले ३-० ले अगाडि रहेको थियो ।

  • यू-१९ एसिया कप : नेपाल बङ्गलादेशसँग भिड्दै

    यू-१९ एसिया कप : नेपाल बङ्गलादेशसँग भिड्दै

    काठमाडौ‌ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ ।

    यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक/एक अङ्क बाँडेका थिए । आजको खेल नेपालको लागि महत्वपूर्ण छ ।

    आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

    यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

    गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।