Category: खेल प्रेस

  • नेपाल प्रिमियर लिग छिट्टै आयोजना हुन्छ : क्यान अध्यक्ष चन्द

    नेपाल प्रिमियर लिग छिट्टै आयोजना हुन्छ : क्यान अध्यक्ष चन्द

    धनगढी । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताएका छन् ।
    लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको बताए ।

    शनिवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको पनि प्रष्ट पारे ।

    विश्वभर चर्चा पाउने गरी एनपिएल आयोजना गरिने पनि अध्यक्ष चन्दले बताए । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका डेभ वाटमोरको कारण क्रिकेट विकासमा टेवा पुग्ने अध्यक्ष चन्दले बताए ।

    क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनौट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत अध्यक्ष चन्दले बताए ।

    यस्तै निजी स्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानूनी दायरामा ल्याउने बताए । सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसार फड्को मार्न नसकेको पनि अध्यक्ष चन्दले बताए ।

  • खेलकुदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ

    खेलकुदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ

    सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले खेलकुद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

    भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज यहाँ शिलान्यास गर्दै उनले दोलखा जिल्लाका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्रथामिकतामा राखी आफू अगाडि बढ्ने बताए ।

    करिब २५ करोडको लागतमा रङ्गशाला निर्माण हुने बताइएको छ ।

    मन्त्री गुरुङले लामो समयदेखि निर्माणाधीन माथिल्लो तामाकोशी देशकै गौरवको आयोजना भएकाले यसलाई छिटो सम्पन्न गरी विद्युत् उत्पादन गर्न निर्देशन दिए ।

    नले भने, ‘‘४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना जिल्लाको मात्रै नभई नेपालकै गौरवको आयोजना भएकाले यसै वर्ष निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्न आग्रह गर्दछु ।’’

    उनले एशियाकै दोस्रो ठूलो नेपाल ओरन्टम्याग्नेसाइड खानीको उत्खनन, चलचित्र नगरीको रूपमा विकसित हुनलागेको डाङडुङे फिल्म सिटीको विकास र चीनसँग नाका जोडिने लामाबगर–लप्ची सडक, तामाकोशी तेस्रो जलविद्युत्लगायतका आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    मन्त्री गुरुङले चीनसँग जोडिने लामाबगर–लप्चीसम्मको सुरुङमार्गको ठेक्का सम्झौता पनि छिटै हुन लागेको जानकारी दिए । ‘समृद्ध दोलखा र सुखी दोलखाली’को सपनालाई आत्मसात गर्दै आफू अगाडि बढ्दै जाने उनको भनाइ थियो ।

    कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले जिल्लालाई खेलकुदका माध्यमबाट विकास गर्न सङ्घीय सरकारबाट पनि पर्याप्त बजेट विनियोजन गर्न आग्रह समेत गरे।

     

  • टेस्ट क्रिकेटमा भारतको लज्जास्पद हार, अष्ट्रेलियाले लियो १–० को अग्रता

    टेस्ट क्रिकेटमा भारतको लज्जास्पद हार, अष्ट्रेलियाले लियो १–० को अग्रता

    अष्ट्रेलियामा जारी टेस्ट क्रिकेटमा भारतले लज्जास्पद पराजय ब्यहोरेको छ । घरेलु टीम अष्ट्रेलियाले पाहुना टोली भारतलाई ३६ रनमै सीमित पारिदियो । भारतले अष्ट्रेलियासामु ९० रनको लक्ष्य राखेको थियो जसलाई घरेलु टोलीले सजिलै पछ्यायो ।

    अष्ट्रेलियाले २१ ओभरमा ९३ रन बटुल्दै भारतविरुद्ध १–० को अग्रता लियो । यो लज्जास्पद पराजयपछि विराट कोहली नेतृत्वको भारतीय टीमले आलोचना खेपिरहेको छ । इतिहासमा पहिलोपटक भारत ३६ रनमा सीमित भएको हो ।

    जोस हाजेलउड र प्याट्रिक कुमिन्सको प्रभावशाली प्रदर्शनपछि अष्ट्रेलियाले भारतलाई सजिलै हरायो । यसअघि सन् १९७४ मा इङ्ग्ल्यान्डविरुद्धको खेलमा भारतले ४२ रनको स्कोर बनाएको थियो ।

  • १० विधामा पल्सर स्पोर्ट्स अवार्ड प्रदान गरिने, पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक

    १० विधामा पल्सर स्पोर्ट्स अवार्ड प्रदान गरिने, पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक

    यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई प्रदान गरिने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ती जारी गर्दै पुस २८ गते अवार्ड प्रदान गर्ने जनाएको हो ।

    पुरुष र महिलातर्फ वर्षकै उत्कृष्ट खेलाडी, युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन भने केही दिनमा सार्वजनिक गरिने भएको छ । दीर्घसाधना सम्मान, पारा एथलिट, स्पेसल अवार्ड र टीम अफ दी इयर अवार्ड २८ गते नै घोषणा गरिने भएको छ ।

    उत्कृष्ट पुरुष तथा महिला, पिपुल च्वाइस र प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । यसपटक एकजना अन्तराष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिने भएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

    यसपटक अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द्र एन्ड कम्पनी प्रालि रहेको छ । मंचले डिजिटल पेमेन्ट पार्टनरको रुपमा इ–सेवासँग सहकार्य गरेको छ । अवार्डमा इ–सेवा भोटिङ ५० प्रतिशत रहने भएको छ ।

    पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधातर्फ पौडीकी गौरिका सिंह, भालिबलकी अरुणा शाही, कराँतेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयन भएका छन् । भोटिङको आधारमा यो विधामा विजेता घोषणा गरिनेछ ।

  • रासफोर्डको २ गोलमा म्यानचेस्टर युनाइटेडको जित

    रासफोर्डको २ गोलमा म्यानचेस्टर युनाइटेडको जित

    प्रिमियर लिगमा शेफिल्ड युनाइटेडमाथि ३–२ गोलको पुनरागमन जितका साथ तालिकाको छैटौं स्थानमा उक्लिएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले उनको टोलीले ‘शानदार फुटबल’ खेलेको भन्दै टिमको प्रशंसा गरेका छन् ।

    निकै नै खराव सुरुआत गरे पनि मार्कस रासफोर्डले २ गोल गरेपछि युनाइटेडले अवे खेलमा आफ्नो उत्कृष्ट नतिजालाई कायम राख्न सकेको हो ।

    खेलको पाँचौं मिनेटमै म्याकगोल्डरिचको गोलमार्फत घरेलु टोली शेफिल्डले अग्रता बनाए पनि २६ औं मिनेटमा रासफोर्ड र ३३ औं मिनेटमा एन्थोनी मार्सलले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले अग्रता बनाएको थिउो ।

    ५१ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड ३–१ ले अघि बढ्यो । म्याकगोल्डरिचले नै ८७ औं मिनेटमा अर्को गोल गरे पनि जितका लागि पर्याप्त बनेन ।

    जारी सिजन अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको युनाइटेड १२ खेलबाट २३ अंकसहित तालिकाको छैटौं स्थानमा पुगेको छ । १ खेल बढी खेलेको शीर्ष स्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि छ ।

    ‘शेफिल्डको पहिलो र दोस्रो गोलको बीचमा हामीले केहि समय शानदार फुटबल खेल्यौं । खेलको अन्त्य मैले सोचेभन्दा थोरै असहज भयो,’ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायरले भने ।

  • मेस्सी र रोनाल्डोलाई पछि पार्दै लोवान्डोस्की बने ‘बेष्ट’

    मेस्सी र रोनाल्डोलाई पछि पार्दै लोवान्डोस्की बने ‘बेष्ट’

    एजेन्सी । गत वर्षका विजेता लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पनि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित भएका छन् ।

    पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९-२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।

    फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् ।

    विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ । यस्तोमा लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए ।

    लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो । यसअघिका सिजनहरुमा बार्सिलोनाका मेस्सी र युभेन्टसका रोनाल्डोले नै यो अवार्ड जितिरहेका हुन्थे । यो सिजन पनि लेवान्डोस्की १४ खेलबाट १६ गोलसहित अग्रस्थानमै छन् ।

    ‘यदि तपाईं मेस्सी र रोनाल्डोको बीचमा रहेर यस्तो अवार्ड जित्न पाउनुहुन्छ भने त्यो अविश्वसनीय हुन्छ । मेरा लागि यसले धेरै ठूलो महत्व राख्छ,’ अवार्ड लिएपछि लेवान्डोस्कीले भने, ‘मलाई थाहा छ कि केहि समय अगाडि यस्तै उत्कृष्ट गर्नका लागि छटपटिएको थिएँ । र अहिले त्यो समयमा आइपुगेको छु । म यस्तो खाले पुरस्कार अरु धेरै जित्न सकुँ ।’

     

  • देभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त

    देभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त

    नेपाली राष्ट्रिय क्रिकेटको प्रशिक्षकमा देभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले विहिबार विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई नियुक्त गरिएको जनाएको हो ।

    प्रशिक्षकका लागि नब्बेजना भन्दा बढी प्रतिस्पर्धामा थिए । उनको मासिक तलब १० हजार अमेरिकी डलर वरपर हुने जनाइएको छ । क्यानको महाप्रबन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् ।

    तीनैजनाको नियुक्ति जनवरी १, २०२१ देखि सुरु हुनेछ ।

    खेलाडी जीवनबाट १९८८/८९ मा सन्यास लिएका वाटमोर श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए । २०२० फेव्रुअरीदेखि वाटमोर सिंगापुर क्रिकेट टीमको प्रशिक्षक थिए ।

  • नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्यसचिव सिलवाल

    नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्यसचिव सिलवाल

    पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारे ।

    उनले भने, “नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।”

    सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकूदको तयारी गरिनेसमेत स्पष्ट पारे ।

    स्वर्ण विजेता खेलाडी सम्मान तथा आर्थिक सहयोग प्रदान

    मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीसहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई नगदसहित सम्मान गरेको छ ।

    सो अवसरमा राखेपका सदस्यसचिव सिलवालले बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सुनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित सम्मान गरेका थिए ।

    एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति र खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो ।

    यसैगरी पत्रकार महासङ्घ गण्डकी प्रदेश, कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि २१ हजारका दरले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडी तथा खेल पत्रकारलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

    यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराते खेलाडी राजु गैरे नेपालीका परिवारलाई रएक लाख एक हजार १११, टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई  ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिएको थियो ।

    पूर्व भलिवल खेलाडी तथा प्रशिक्षकसमेत रहेका जीवन चौधरीलाई रु ७० हजार ७७०, राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई  २१ हजार १११ र क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई ३० हजार ३३० आर्थिक सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

  • लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

    लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

    एजेन्सी । टोटनह्यामलाई २–१ गोलले पराजित गरी लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

    घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन खेलको अन्तिम मिनेटमा ब्राजिलियन स्टार रोवर्टो फिर्मिनोले निर्णायक गोल गरे । उनले एन्ड्र्यु रोबर्टसनको पासलाई सदुपयोग गरेका हुन् ।

    जितपछि १३ खेलबाट लिभरपुलको २८ अंक भएको छ । टोटनह्याम समान खेलबाट ३ अंकले पछि परेको छ ।

    यसअघि खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । २६ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाए पनि ३३ औं मिनेटमा कोरियन स्टार सन ह्युङ मिनले बराबरी गोल फर्काएका थिए ।

    गएराति नै भएका खेलमा साउथह्याम्प्टनले आर्सनललाई १–१ गोलको बराबरीमा रोकेको छ भने एभर्टनले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ ।

  • बार्सिलोनाले शीर्ष स्थानको सोसिडाडलाई हरायो

    बार्सिलोनाले शीर्ष स्थानको सोसिडाडलाई हरायो

    एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडबिरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको छ । यो जितले सोसिसाडलाई दोस्रो स्थानमा झारेको छ ।

    पोर्टुले पास दिएको बल सदुपयोग गरी विलियम डा शिल्भाले पाहुना टोली सोसिडाडका लागि गोल गरेका थिए । तर तीन मिनेटपछि नै जोर्डी अल्बाले बराबरी गोल फर्काए ।

    पहिलो हाफको २ मिनेटअघि फ्रेन्की डीजोङले गोल गरेपछि बार्सिलोनाले अग्रता बनायो । दोस्रो हाफमा गोल हुन सकेन ।

    यो जितले बार्सिलोना १२ खेलबाट २० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एट्लेटिको मड्रिड र रियल मड्रिडसँग समान २६ अंक भए पनि सोसिडाड गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा पुगेको हो । एट्लेटिको र रियल क्रमसः पहिलो र तेस्रो स्थानमा छन् ।

  • बेन्जेमाको गोलमा रियललाई सफलता

    बेन्जेमाको गोलमा रियललाई सफलता

    एजेन्सी । फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले २ गोल गरेपछि एथ्लेटिको विल्बाओलाई ३–१ गोलले पराजित गरी रियल मड्रिड ला लिगाको तेस्रो स्थानमा पुगेको छ ।

    ला लिगामा शीर्ष स्थानमा रहेका तीन टोलीहरुबीच समान २६ अंक छ । तर गोलअन्तरमा रियल मड्रिड टिम रियल सोसिडाड र एट्लेटिको मड्रिडभन्दा पछि परेको छ ।

    बिल्वाओका राउल गार्सिया खेलको १३ औं मिनेटभित्रै दुई पहेँलो कार्ड पाएर मैदान छाटेका थिए । दुवैपल्ट उनले रियलका टोनी क्रुजलाई फल गरेका थिए । उनै क्रुजले गोल गरी पहिलो हाफको इन्ज्यूरी समयमा रियललाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफ सुरु भएलगत्तै एन्डर कापाले बिल्वाओका लागि बराबरी गोल फर्काए । उनको पहिलो प्रहार रियलका गोलरक्षकले पन्ज गरेपछि अर्को प्रयासमा गोल भएको हो ।

    त्यसपछि बेन्जेमाले २ गोल गरेका हुन् । उनले ७४ औं मिनेटमा हेडमार्फत गोल गरी अग्रता दिलाए भने इन्ज्यूरी समयमा गोल गरी ३–१ को जित निश्चित गरे ।

  • चेल्सी वुल्भ्ससँग पराजित, म्यानचेस्टर सिटी वेष्ट ब्रुमसँग बराबरीमा रोकियो

    चेल्सी वुल्भ्ससँग पराजित, म्यानचेस्टर सिटी वेष्ट ब्रुमसँग बराबरीमा रोकियो

    एजेन्सी । इंग्लिस प्रिमिर लिग फुटबलमा मंगलबार राती भएका खेलहरुमा चेल्सीले वुल्भ्ससँग २–१ गोलको पराजय ब्यहोरेको छ । म्यानचेस्टर सिटीले वेष्टब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

    आफ्नो टोलीले अग्रता लिएर पनि अन्तिम मिनेटमा पराजित हुनु परेपछि चेल्सीका प्रशिक्षक फ्र्यांक लाम्पार्डले खेलाडीले थकित महशुस गरेको बताए ।

    पेड्रो नेटोले इन्ज्यूरी समयमा गोल गरेपछि घरेलु टोली वुल्भ्सले नाटकीय जित निकाल्यो भने चेल्सीलाई अंकतालिकाको शीर्ष स्थानमा पुग्नबाट पनि रोक्यो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै ओलिभर जिरोडले गोल गरेपछि पाहुना टोलीले अग्रता बनाएको थियो । ६६ औं मिनेटमा ड्यानियल पोडेन्सले बराबरी गोल फर्काएका थिए ।

    चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो हार ब्यहोरेको हो भने वुल्भ्सका लागि पछिल्लो ६ खेलमा दोस्रो जित हो । हारपछि पनि चेल्सी २२ अंकसहित पाँचौं स्थानमा छ । समान १३ खेलबाट २० अंक हासिल गरेको वुल्भ्स दशौं स्थानमा छ ।

    यता म्यानचेस्टर सिटीले घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा वेष्टब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

    रेलिगेसन जोनमा रहेको वेष्ट ब्रुमसँगको बराबरीपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टिमको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै जित्नैपर्ने खेल भनेका छन् ।

    ‘हामीले लामो सिजन बिताउनुछ । यदि हामीलाई माथि पुग्नुछ भने यस्ता खेलहरु जित्नुपथ्र्यो, अन्याथा हामी कतै पुग्दैनौं,’ ग्वार्डिओलाले भने, ‘हामीले अवसर सृजना गरेका थियौं त्यसलाई उपयोग गर्न सकेको भए खेल जित्ने थियौं ।’

    गुन्डोगानले ३० औं मिनेटमा गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । तर ४३ औं मिनेटमा वेष्ट ब्रुमले उपहार गोल पायो र खेल बराबरीमा आयो । सिटीका पोर्चुगिज डिफेन्डर रुवेन डायसले आत्मघाती गोल गरेका हुन् ।

  • युएस ओपन गल्फः किमलाई पहिलो सहभागितामै उपाधि

    युएस ओपन गल्फः किमलाई पहिलो सहभागितामै उपाधि

    एजेन्सी । विश्व वरियतामा ९४ औं स्थानमा रहेकी ए लिम किमले करिअरको पहिलो ठूलो उपाधिका रुपमा युएस ओपन गल्फको महिलातर्फ च्याम्पियन बनेकी छन् ।

    २५ वर्षीय किमले शीर्ष स्थानकी हिनाको शिवुनोभन्दा पाँच स्ट्रोक पछाडिबाट सुरुआत गरेकी थिइन् । तर लगातार तीन बर्डीजका साग फोर अन्डर ६७ बाट थ्री अन्डर ओभरअलको प्रदर्शनसहित उनी च्याम्पियन बनिन् ।

    दक्षिण कोरियाली किमले युएस ओपनमा डेब्यू गरेकी हुन् । यो उनको व्यावसायिक करिअरको मात्र तेस्रो जित हो ।

    विश्व नम्बर एक को जिन योङ र अमेरिकी एमी ओल्सोन संयुक्त रुपमा दोस्रो स्थानमा रहे । जापानकी शिवुनो चौथो भइन् ।

    यो प्रतियोगिता आइतबार नै सकिनुपर्ने थियो । तर वर्षाका कारण एक दिन ढिला भएको हो । किमले युएस ओपन महिलातर्फको इतिहासमा अन्तिम चरणमा उत्कृष्ट पुनरागमनको कीर्तिमान पनि बराबर गरेकी छन् । तर सन् १९९५ यता पाँच स्ट्रोकले पछि परेको स्थितिबाट पुनरागमन गरेको भने पहिलोपल्ट हो ।

  • च्याम्पियन्स लिगकाे प्रि-क्वाटरमा बार्सिलोना र पीएसजी भिड्ने

    च्याम्पियन्स लिगकाे प्रि-क्वाटरमा बार्सिलोना र पीएसजी भिड्ने

    एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेलतालिका सार्वजनिक भएको छ । मंगलबार गरिएको ड्रमा साविक विजेता बायर्न म्युनिखले इटलीको लाजियोसँग खेल्ने भएको छ ।

    अन्तिम–१६ को समीकरणमा स्पेनिस टोली बार्सिलोना र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)बीच भेट हुने भएको छ ।याे कुनै समय एकै टोलीमा रहेका लियोनल मेस्सी र नेइमारबीचको प्रतिस्पर्धा हो ।

    खेल तालिकाअनुसार पूर्व विजेता लिभरपुलले जर्मनको आरबी लाइपजिग, इंग्लिस टोली चेल्सीले स्पेनको एट्लेटिको मड्रिड, इटलियन च्याम्पियन युभेन्टसले पोर्चुगलको पोर्टो, स्पेनको सेभियाले जर्मनीको बोरुशिया डर्टमन्ट, इटलीको एटलान्टाले १३ पल्टको युरोपेली च्याम्पियन रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

  • गौतम बुद्ध कपको उपाधिका लागि नारायणी र राप्ती भिड्ने

    गौतम बुद्ध कपको उपाधिका लागि नारायणी र राप्ती भिड्ने

    काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कप ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाको उपाधिका लागि राप्ती टिम र नारायणी टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

    आइतबारको खेलमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ले सम्हालेको बाग्मती टिमले लगातार दोस्रो हार बेहोरेसँगै नारायणी र राप्तीबीच फाइनलमा भेट हुने निश्चित भइसकेको थियो ।

    सोमबार विनोद भण्डारीले नेतृत्व गरेको राप्तीले लगातार दोस्रो जित निकाल्ने क्रममा नारायणीमाथि १ विकेटको रोमान्चक जित निकाल्यो ।

    पारस खड्का कोरोना संक्रमित भएपछि सुवास खकुरेलले नेतृत्व गरेको नारायणी टिमले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।

    निर्धारित ओभरमा उसले ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि करण केसीले ३२ र किशोर महतोले ३६ रनको योगदान गरे ।

    इनिङको अन्तिम बलमा करण आउट हुनुअघि यो जोडीले आठौं विकेटका लागि ५९ रनको अर्धशतकीय साझेदारी गरेको थियो ।

    त्यसअघि नारायणीका शीर्ष क्रमका ब्याट्सम्यानहरुले अपेक्षाकृत योगदान गर्न सकेनन् । शृंखलाको पहिलो खेलमा नारायणीले बाग्मतीमाथि रोमान्चक जितका क्रममा करणले सुपर ओभरमा ४ छक्का प्रहार गरेका थिए ।

    धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हाताभित्र रहेको नमूना मैदानमा १ सय ३९ रनको जवाफी लक्ष्य राप्तीले इनिङको अन्तिम बलमा पूरा ग¥यो । अन्तिम ओभरमा स्पिनर सूर्य तामाङले २ नोबल फालेपछि अन्तिमका २ ब्याट्सम्यानलाई जिम्मेबारी पूरा गर्न सहज भयो । त्यसअघि ओपनर कुशल भुर्तेलले ६५ रनको विष्फोटक अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । कमलसिंह ऐरी २५ रनमा अविजित रहे । राप्ती र नारायणीबीचको फाइनल खेल मंगलबार हुनेछ ।

    फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी निर्माण सुरु गरेको रंगशाला अवको डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसैको माहोल सृजना गर्न राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३० र १२ स्थानीय खेलाडीसमेत समावेश गरी तीन टोली बनाएर शृंखला आयोजना गरिएको हो । कोरोना महामारीपछि ठप्प रहेको क्रिकेट गतिविधिलाई यस प्रतियोगिताले सकारात्मक सन्देश दिएको छ ।

  • पीएसजी पराजित भएको खेलमा नेइमार चोटग्रस्त

    पीएसजी पराजित भएको खेलमा नेइमार चोटग्रस्त

    एजेन्सी । पेरिस सेन्ट जर्मेइका स्ट्राइकर नेइमार पुनः चोटग्रस्त भएका छन् । आइतबार राती ल्योनसँग पराजित भएको खेलमा गोलीगाँठामा चोट लागेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर निकालिएको थियो ।

    खेलको इन्जूरी समयमा ल्योनका थियागो मेन्डेससँगको ट्याकलका क्रममा नेइमारलाई चोट लागेको हो । लगत्तै मेन्डेस दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिए ।

    टिनो कडेवेरको एकमात्र गोलले पीएसजी पराजित भएको हो र अंकतालिकाको तेस्रो स्थानमा झरेको हो । शीर्ष स्थानको लिली र दोस्रो स्थानको ल्योनभन्दा १ अंकले पछि परेको छ । पीएसजीमाथिको महत्वपूर्ण अवे जितले ल्योनलाई दोस्रो स्थानमा पु¥याएको हो ।

    पीएसजीका प्रशिक्षक थोमस टचेलले आवश्यक परीक्षणपछि मात्र नेइमारको चोटको गम्भीरताबारे बताउन सकिने जनाएका छन् । ‘उनी फिजियो र चिकित्सकहरुसँग छन् र हामी भोलि (सोमबार)को परीक्षणबारे मात्र केहि बताउन सकिन्छ,’ उनले भनेका छन् ।

    २८ वर्षीय नेइमार सन् २०१७ मा स्पेनिस टोली बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियन युरोमा पीएसजी पुगेका हुन् । उनले क्लबका लागि लगातार लिग वान उपाधि दिलाउन सहयोग गरेका छन् र गत सिजनको च्याम्पियन्स लिगमा टिमलाई फाइनलसम्म पु¥याएका थिए ।

  • रोनाल्डोको २ पेनाल्टी गोलमा युभेन्टसको सहज जित

    रोनाल्डोको २ पेनाल्टी गोलमा युभेन्टसको सहज जित

    एजेन्सी । क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा २ गोल गरेपछि इटलियन सिरी ए मा युभेन्टसले रेलिगेसन जोनमा संघर्षरत जियोनामाथि ३–१ गोलअन्तरको जित हासिल गरेको छ ।

    खेल बराबरी भइरहेको समयमा रोनाल्डोले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका हुन् । जुहान कार्डाडोलाई फल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका हुन् । त्यसयता अल्भारो मोराटालाई बक्सभित्र फल गरेपछि पाएको अर्को पेनाल्टीमा गोल गरी रोनाल्डोले ३–१ को जित निश्चित गराए ।

    पहिलो हाफ गोलरहित सकिए पनि पाउलो डिवालाले युभेन्टसलाई अग्रता दिलाएका थिए । लगत्तै घरेलु टोली जियोनाका लागि स्टेफानो स्टुरारोले बरारबी गोल फर्काए । जितपछि युभेन्टस सिरी ए अंकतालिकाको चौथो स्थानमा पुगेको छ र शीर्ष स्थानको एसी मिलानसँग ४ अंकको दूरीमा छ । गएराति नै भएको खेलमा एसी मिलानले पार्मासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

    जियोना भने अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

  • पोग्वाले छिट्टै म्यानचेस्टर युनाइटेड छाड्नेछन्ः एजेन्ट रायोला

    पोग्वाले छिट्टै म्यानचेस्टर युनाइटेड छाड्नेछन्ः एजेन्ट रायोला

    एजेन्सी । एजेन्ट मिनो रायोलाले पाउल पोग्वा म्यानचेस्टर युनाइटेडमा खुसी नभएको र अर्को स्थानान्तरणको समयमा उनले टिम परिवर्तन गर्ने जानकारी दिएका छन् ।

    युनाइटेडमा फ्रान्सेली मिडफिल्डर पोग्वाको सम्झौता सन् २०२२ को जुनसम्म छ । २७ वर्षीय पोग्वाले जारी सिजन प्रिमियर लिगमा ८ खेल खेलेका छन्, त्यसमध्ये ५ खेलमा मात्र उनी सुरुआती ११ मा रहे । उनले शनिबार सिजनको पहिलो गोल गरेका हुन् ।

    ‘पाउल खुसी छैनन् । उनी यो कुरा आफैं व्यक्त गर्न सक्षम छैनन् । तर उनको आकांक्षाअनुसार नै काम हुनेछ,’ टुट्टोस्पोर्टससँगको कुराकानीमा पोग्वाका एजेन्ट रायोलाले भने, ‘उनी टिम परिवर्तन गर्दैछन् ।’

    ‘उनीसँग एउटा सम्झौता छ जुन अझै डेढ वर्ष कायम हुनेछ । तर मेरो बिचारमा पहिलो पक्षका लागि समस्या समाधानको एकमात्र उपाय उनलाई बेच्नु हुनेछ,’ रायोलाका अनुसार सम्झौता नवीकरण पोग्वाको इच्छाअनुसार भएको थिएन ।

    पोग्वाले सन् २०१६ मा युभेन्टसबाट युनाइटेड फर्कने गरी ८९ मिलियन पाउन्डको सम्झौता गरेका थिए । उनले आफू रियल मड्रिडबाट खेल्ने सपना बुनिरहेको बताउने गरेका छन् । गत नोभेम्बरमा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पनि युनाइटेडको पछिल्लो परिस्थितिमा पोग्वा खुसी नरहेको बताएका थिए ।

    पोग्वाले गत सिजन अधिकांश समय गोलीगाँठाको चोटबाट गुजारेका थिए । उनले सबै प्रतियोगितामा गरी २२ खेल खेलेका थिए ।

  • फुटबल बिकासका लागि एन्फा र नगरपालिका संघको हातेमालो

    फुटबल बिकासका लागि एन्फा र नगरपालिका संघको हातेमालो

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले घरेलु फुटबलको बिकास/विस्तारका लागि नेपाल नगरपालिका संघसँग सम्झौता गरेको छ ।

    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले दुई वर्षे सम्झौतामा हस्ताक्षर गरे । सम्झौता आवश्यकताअनुसार थप गरिने सहमति पनि छ ।

    १० बुँदे सम्झौतामा सबैभन्दा धेरै महत्व ‘एक नगरपालिका एक खेल मैदान’लाई दिइएको छ । यसलाई नाराको रुपमा अघि बढाइनेछ । एन्फाले ऐतिहासिक भनेको यो सम्झौताअनुसार नगरपालिकाले प्रतियोगिता आयोजना गर्ने, व्यवस्थापन र पूर्वाधार निर्माण गर्दा प्राविधिक सहयोग एन्फाले गर्नेछ ।

    सम्झौतासँगै कार्यगठन समिति बनेको छ । समितिमा ३ सदस्य हुनेछन् । अर्को सातादेखि नै सम्झौता कार्यान्वयन सुरु हुने दावी दुवै पक्षको छ ।

    नगरपालिकाले सात वटै प्रदेशमा अन्तर नगरपालिका तथा नगरपालिका भित्रका क्लब, विद्यालय स्तमा फुटबल प्रतियोगिताहरु सञ्चानल गर्नको लागि पहल गर्नेछ ।

    ग्रासरुट फुटबल संचालन गर्नका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने देखि फुटबलमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, रेफ्री आदि सरोकारवाला नगरपालिकामा पुरस्कृत गर्नका लागि नीतिगत ब्यवस्था गर्नेछ ।