Category: खेल प्रेस

  • यू-१९ महिला विश्वकपः अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो

    यू-१९ महिला विश्वकपः अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो

    काठमाडौं । आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।

    मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले अष्ट्रेलियालाई बलियो चुनौति दिन सकेन । अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याउने छनक नेपालले कहिले पनि देखाएन । ब्याटरहरुले जित्ने भन्दा पनि २० ओभर टिक्ने रणनीति बनाएका थिए ।

    नेपालले पूरै ओभर खेले पनि ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले फेरि एकपटक सर्वाधिक १८ रन बनाइन् । तर, उनको ब्याटिङ शैली भने प्रश्नयोग्य थियो । टेस्ट जसरी खेलेकी पूजाले ४२ बलको सामना गर्दा एउटा पनि बाउन्ड्री निकाल्न सकिनन् । उनी लुज सट खेलेर आउट भइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

    अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २-२ विकेट लिए । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् ।

    खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो । नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् । सीमाना केसीले लगातार २ विकेट लिइन् । उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन् । रिया शर्माले १ विकेट लिइन् ।

  • महिला यू-१९ विश्वकप : अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

    महिला यू-१९ विश्वकप : अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

    काठमाडौं । महिला यू-१९ विश्वकपमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले नेपाललाई १४० रनको विशाल लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट क्षतिमा १३९ रन जोडेको हो ।

    नेपालले सुरुमा अष्ट्रेलियालाई दबाबमा राखेको थियो । नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियालाई १४ रनमा तीन विकेटको अवस्थामा खुम्च्याएकी थिइन्, तर त्यसपछि अष्ट्रेलिया उत्कृष्ट कमब्याक गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो ।

    अष्ट्रेलियाका लागि काओम्हे ब्रायले ३४ बलमा सर्वाधिक ४५ रन जोडिन् । उनले ३ चौका र ३ छक्का प्रहार गरेकी थिइन् । यस्तै एलिनर लारोसाले ३१ रन र हस्रत गिलले ३० रन बनाए । आठौं नम्बरमा आएकी क्लोइ एनस्वर्थले ९ बलमा १६ रन बनाएर अष्ट्रेलियाको स्कोर उकासेकी थिइन् ।

    नेपालकी पूजा महतोले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् भने सिमाना केसीले ४ ओभरमा ३५ रन खर्चिँदै २ विकेट हात पारिन् । अन्य बलरले विकेट निकाल्न सकेनन् ।

  • यू-१९ महिला विश्वकप : अष्ट्रेलियाविरुद्ध कप्तान पूजाको राम्रो बलिङ

    यू-१९ महिला विश्वकप : अष्ट्रेलियाविरुद्ध कप्तान पूजाको राम्रो बलिङ

    काठमाडौं । मलेसियामा जारी यू-१९ महिला विश्वकप टी-२० विश्वकपमा नेपालले अष्टे«लियाविरुद्ध मध्यम सुरुआत गरेको छ ।

    मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पावर प्लेको खेल सकिँदा ३ विकेट गुमाएर ३३ रन जोड्यो ।

    नेपालकी कप्तान पूजा महतोले एक्लैले ३ विकेट लिएकी छन् । ३ ओभर बलिङ गरेकी पूजाले १७ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिइन् ।

  • सशस्त्रमा १५ जना खेलाडीको विशेष बढुवा, सन्दीप जोरा बने सहायक हवल्दार

    सशस्त्रमा १५ जना खेलाडीको विशेष बढुवा, सन्दीप जोरा बने सहायक हवल्दार

    काठमाडौं । सशस्त्र प्रहरीले बलले आफ्नो संगठनमा आवद्ध १५ जना खेलाडीहरूको विशेष बढुवा गरेको छ । १२ जना खेलाडीहरू प्रहरी जवानबाट पदोन्नति भएर सहायक प्रहरी हवल्दार बनेका छन् ।

    २४औं सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय (नेपाल एपीएफक्लव) मा कार्यरत विभिन्न दर्जाका प्रहरीलाई बढुवा गरिएको हो । महिला फुटबल प्रशिक्षक भगवती थापा प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् ।

    महिला फुटबल खेलाडीहरू अनिता केसी र गीता रानाको बढुवा भएको छ । उनीहरू दुवै सहायक हवल्दार बनेका छन् । महिला भलिबल खेलाडीत्रय हीरा केसी, कविता भट्ट र सरु लिम्बू पनि प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भए ।

    एथलेटिक्सका दुई खेलाडी गोपिचन्द्र कार्की र फूलमती राना विशेष बढुवामा परेका छन् । उनीहरू दुवैलाई सहायक हवल्दारबाट हवल्दार बनाइएको छ । उसुका दुई खेलाडी अशोक खालिङ र कविता थापा सहायक हवल्दारमा बढुवा भएका छन् । महिला ह्यान्डबलकी बन्दना राई, कराँतेका मोहम्मद शेखु आलम, फुलकन्ट्याक्ट कराँतेका सञ्जय राई, महिला कबड्डीकी रविना चौधरी पनि सहायक हवल्दार बनेका छन् ।

    एक क्रिकेट खेलाडी बढुवा सूचीमा परे । क्रिकेटर सन्दीप जोरा पनि प्रहरी जवानबाट बढुवा भएर सहायक हवल्दार बनेका छन् ।

  • बार्सिलोनाको पुनारागमन जित

    बार्सिलोनाको पुनारागमन जित

    हेटौँडा। दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा बेनफिकालाई ५-४ गोलले पराजित गरेको छ ।

    पहिलो हाफमा ३-१ गोलले पछि परेको बार्सिलोनालाई लेवन्डोस्की र राफिन्हाले उद्धार गरे । खेलको पहिलो हाफमा नै बेनेफिकाका ग्रिक खेलाडी पाभलिडिसले ह्याट्रिक गरेपछि बार्सिलोना दबाबमा परेको थियो ।

    तर दोस्रो हाफपछि बार्सिलोनाले लगातार चार गोल गरेपछि बेनफिकालाई पराजित गर्न सहज वातावरण बन्यो । बार्साको लागि राफिन्हा र लेवन्डोस्कीले समान २-२ गोल गर्दा गार्सियाले एक गोल गरे ।

    बुधवार बिहान भएको च्याम्पियन्स लिगको अन्य खेलहरुमा पिएसभी, मोनाको, एटलान्टा, बोल्गाना, एट्लेटिको मेड्रीडले जित हासिल गरेका छन् ।

    बुधवारको जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा यथावत् रहँदा एट्लेटिको दोस्रो, एटलान्टा तेस्रो स्थानमा छ ।

  • च्याम्पियन्स लिग : लिभरपुलको अपराजित यात्रा कायमै

    च्याम्पियन्स लिग : लिभरपुलको अपराजित यात्रा कायमै

    हेटौँडा। युरोपियन च्याम्पियन्स लिगको सातौँ चरणको खेल सकिँदासम्म लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

    लिले विरुद्धको खेलमा च्याम्पियन्स लिगमा ५० औँ गोलको कीर्तिमान बनाउने क्रममा मोहमद सलाहले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिए ।

    तर खेलको ६२ औँ मिनेटमा लिलेको तर्फबाट जोनाथन डेभिड मार्फत गोल गर्दै टिमलाई बराबरीमा लगे । त्यसको पाँच मिनेटपछि लिभरपुलले गोल गर्‍यो । उसको लागि हार्बी इलियटले गोल गर्दै टिमलाई जित दिलाए ।

    जितपछि सात खेलबाट २१ अङ्क सहित लिभरपुल पहिलो स्थानमा रहँदा १३ अङ्क सहित लिले १३ औँ स्थानमा छ ।

  • सिटीले ३५ मिलियनमा भित्र्यायो ब्राजिलियन डिफेन्डर भिटोर

    सिटीले ३५ मिलियनमा भित्र्यायो ब्राजिलियन डिफेन्डर भिटोर

    हेटौंडा । खराब समयबाट गुज्रिएको म्यान्चेस्टर सिटीले ब्राजिलका डिफेन्डर भिटोर रेइसलाई ३५ मिलियन युरोमा क्लबमा भित्र्याएको छ । भिटोरले पाल्मेरासबाट म्यानचेस्टर सिटीमा आफ्नो ३५ मिलियन युरो स्थानान्तरण पूरा गरेका छन् ।

    म्यानचेस्टर सिटीको रक्षात्मक समस्याले यस सिजन पेप ग्वार्डियोलाको रणनीतिक सेटअपलाई चोट पुर्याएपछि ब्राजिलियन डिफेन्डरलाई सिटीले खरिद गरेको हो ।

    जारी सिजनमा प्रिमियर लिगका खेलहरुमा सिटीको रक्षापन्ती निकै खस्किएको थियो ।

    सिटीले सोमबार लेन्सबाट अब्दुकोदिर खुसानोभलाई हस्ताक्षर गर्ने घोषणा गरेको थियो । अब इतिहाद स्टेडियममा रेइसको आगमन पनि पुष्टि भएको छ । यी ब्राजिलियनले साढे चार वर्षको सम्झौतामा हस्ताक्षर गरेपछि गार्डियोलाले आफ्नो अस्थिर ब्याकलाइनलाई बलियो बनाउन प्रयास गरेको बताईएको छ ।

     

  • सन्दीपमाथि क्यानको तीखो कारवाहीः तीन ‘डिमेरिट प्वाइन्ट’ सहित एक खेलमा प्रतिबन्ध

    सन्दीपमाथि क्यानको तीखो कारवाहीः तीन ‘डिमेरिट प्वाइन्ट’ सहित एक खेलमा प्रतिबन्ध

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र स्टार खेलाडी सन्दीप लामिछानेबीच असमझदारी एवं टकरावको अप्रिय स्थिति देखा परेको छ । एउटा फेसबुक स्टाटसलाई लिएर सन्दीप क्यानको ‘तीखो’ कारवाहीमा परेका छन् ।

    विवादको सुरूवात जय ट्रफी एलिट कपबाट भएको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका टीम कप्तान थिए सन्दीप । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४-२५ मा भएको थियो । दोस्रो दिनको खेल बराबरीमा सकिएपछि सन्दीपले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए ।

    अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदानबाहिरबाट आएर अम्पायरसँग आक्रोश व्यक्त गरेको टेलिभिजन लाइभमा देखिएको थियो । अर्को टीम (त्रिभुवन आर्मी) लाई फाइदा पुग्ने गरी अम्पायरले गलत समयमा खेल समाप्तिको निर्णय लिएको गुनासो उनले गरेका थिए ।

    दोस्रो इनिङमा २०३ रनको कठिन लक्ष्य पछ्याइरहेको बागमती सकेसम्म कम विकेट गुमाएर खेल ‘ड्र’ गर्ने रणनीतिमा थियो । २८.४ ओभरमा पाँचौ विकेटका रूपमा शुभ कंसाकार आउट भएलगत्तै अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले खेल समाप्तिको घोषणा गरे । दुवै टीम खेल जित्ने आशामा थिएनन्, तर विकेटलगत्तै खेल समाप्त हुँदा बागमतीलाई प्वाइन्टमा घाटा लाग्यो ।

    सन्दीप भने एउटा ठूलो दलदलबाट निस्किएर क्रिकेटमा कमब्याक गरेका हुन् । उनलाई बलात्कारको गम्भीर आरोप लाग्यो, जसले उनको करिअर बिथोलिएको थियो । अदालतबाट पूर्णरूपमा सफाइ पाएपछि सन्दीप फेरि राष्ट्रिय टीमको महत्वपूर्ण हिस्सा बनिरहेका छन् ।

    सन्दीपले कम ‘भिजिविलिटी’का कारण केही ओभर अगाडि नै खेल समाप्ति होस् भन्ने चाहेका थिए, जतिबेला शुभ कंसाकार र उत्तम मगरको जोडी क्रिजमा थियो । तर, विकेट नजाँदासम्म अम्पायरले खेललाई निरन्तरता दिएको सन्दीपको आरोप छ । विकेट जानासाथ ओभर पनि पूरा नगरी खेल समाप्त गरिएकोमा उनले आपत्ति जनाएका थिए ।

    प्रतियोगितामा एक-एक प्वाइन्टको निकै महत्व थियो । थप एक विकेट जाँदा पनि प्वाइन्टमा असर गर्ने भएकाले सन्दीपको असन्तुष्टि र ‘अन फिल्ड प्रोटेस्ट’ अस्वभाविक थिएन । तर, त्यसको भोलिपल्ट फेसबुकमा लेखेको स्टाटसलाई क्यानले स्वभाविकरूपमा लिएन ।

    सन्दीपलाई कारवाहीसम्म पुर्‍याउने फेसबुक स्टाटसको नेपाली भावार्थ यस्तो थियोः

    मैले यो भन्नु हुन्थेन तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेखनीय सुधार आवश्यक छ । लामो समयदेखि यो फितलो छ र यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयहरूका कारण असंख्य खेलाडीहरू पीडित बन्ने छन् । हामीले रेफ्रीलाई क्याप्टेनको रिपोर्ट दिएका हुन्छौं, तर पनि कुनै परिवर्तन आइरहेको छैन । खेलाडीहरूको विकास र खेलको स्वस्थ प्रवर्द्धनमा अम्पायरिङको स्तरवृत्ति महत्वपूर्ण हुन्छ । आशा छ, सरोकारावाला निकायले यसलाई ध्यान दिनेछन् र आवश्यक सुधारहरूका निम्ति काम गर्नेछन् ।

    स्टाटसमा सन्दीपले कुनै खेलको सन्दर्भ उल्लेख गरेका छैनन् । कोही अम्पायरको नाम तोकेर आरोपित पनि गरेका छैनन् । तर, एउटा राष्ट्रिय खेलाडीले यसरी सामाजिक सञ्जालबाट अम्पायरको आलोचना गर्न नमिल्ने क्यान पदाधिकारीको भनाइ छ । समर्थकहरू भने सन्दीपको पक्ष-विपक्षमा बाँडिएका छन् । बहुसंख्यकले सन्दीपको स्टाटस नेपाली क्रिकेटकै हितका लागि भएको भन्दै उनीप्रति समर्थन जनाएको पाइन्छ । कतिपयले उनको नियत गलत नभए पनि सामाजिक सञ्जालमै लेख्नु उचित नभएको धारणा राखिरहेका छन् ।

    विवादको सुरूवात जय ट्रफी एलिट कपबाट भएको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका टीम कप्तान थिए सन्दीप । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४-२५ मा भएको थियो । दोस्रो दिनको खेल बराबरीमा सकिएपछि सन्दीपले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए ।

    उक्त दिनको खेलपश्चात म्याच अफिसियलले सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै ३ ‘डिमेरिट प्वाइन्ट’ दिएका थिए । उक्त निर्णयमा सन्दीपले असन्तुष्टि जनाए । एक ‘डिमेरिट प्वाइन्ट’ मा आपत्ति नरहेको तर एकैपटक तीन डिमेरिट प्वाइन्ट दिनु स्वीकार्य नहुने उनको भनाइ थियो । सन्दीपले अम्पायरसँग ‘एपोलोजी’ पनि गरेका थिए । यद्यपि, अम्पायरले उनको याचना स्वीकार गरेनन् र तीन डिमेरिट प्वाइन्टकै निर्णय लिए । निर्णयमा सन्दीपले हस्ताक्षर गर्न मानेनन् । उक्त निर्णय क्यानमा पठाइयो ।

    अम्पायरको रिपोर्ट र खेलाडी आचार संहिताको हवाला दिँदै क्यानले सन्दीपलाई तीन डिमेरिट प्वाइन्ट र एक घरेलु म्याचमा प्रतिवन्धको निर्णय लियो । क्यानको खेलाडी आचार संहिताको धारा २.७ मा सेन्ट्रल कन्ट्राक्टमा रहेका खेलाडीहरूलाई क्यानका पदाधिकारी, अफिसियल तथा अम्पायरहरूविरुद्ध लेख्न रोक लगाइएको छ । सोही धाराअनुसार तत्कालै निर्णय भएको क्यान प्रवक्ता छुम्बी लामा बताउँछन् ।

    ‘क्यानले आचार संहिता र म्याच अफिसियलहरूको रिपोर्टका आधारमा निर्णय गरेको हो । कुनै पनि पूर्वाग्रह राखिएको होइन,’ उनले भने ।

    क्यानको कारवाही अनुसार सन्दीपले अब निकट भविष्यमा हुने पहिलो घरेलु म्याच गुमाउनुपर्ने छ । क्यानले अहिलेसम्म सन्दीपलाई कारवाहीको निर्णय सार्वजनिक भने गरेको छैन ।

    के हो डिमेरिट प्वाइन्ट ?

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेल अनुशासनमा कडाइ गर्न सन् २०१६ देखि डिमेरिट प्वाइन्टको अवधारणा ल्याएर लागू गरेको छ । मैदानभित्र आक्रामक वा असामान्य व्यवहार देखाउने खेलाडीलाई डिमेरिन्ट प्वाइन्ट दिने गरिन्छ ।

    आईसीसीले खेलाडीको अनुशासनहीनतालाई चारवटा क्याटेगोरीमा वर्गीकरण गरेको छ, लेभल १, २, ३ र ४ । आईसीसीका अनुसार यदि खेलाडीले लेभल १ को क्रियाकलाप गरेमा एक वा दुई डिमेरिट प्वाइन्ट दिइन्छ । यदि लेभल २ मा ३-४ डिमेरिट प्वाइन्ट दिन सकिन्छ । लेभल ३ का लागि ५-६ र लेभल ४ को हकमा ७-८ डिमेरिट प्वाइन्ट दिन सकिने व्यवस्था छ । आईसीसीको नियमअनुसार २४ महिनाको अवधिभित्र कुनै खेलाडीले ४ डिमेरिट प्वाइन्ट प्राप्त गरेको छ भने उसले एक टेस्ट वा दुई ओडीआईमा प्रतिवन्ध भोग्नुपर्छ ।

    आईसीसीको यो नियमलाई विभिन्न राष्ट्रले घरेलु क्रिकेटमा पनि लागू गर्ने गरेका छन् । क्यानले पनि यही अवधारणा अनुसार सन्दीपलाई ३ डिमेरिट प्वाइन्ट दिएको हो । यसअनुसार सन्दीपले लेभल २ को अफेन्स गरेको क्यानले ठहर्‍याएको देखिन्छ ।

    स्पष्टीकरणको जवाफ सन्दीपले के दिए ?

    क्यान सचिव पारस खड्काले सन्दीपलाई गत शुक्रबार ४:३२ मा इमेल पठाएर कारवाहीको निर्णयबारे जानकारी गराउनुका साथै स्पष्टीकरण पनि सोधेका थिए । त्यसको भोलिपल्ट शनिबार ३:१९ मा सन्दीपले सोही इमेलमा स्पष्टीकरणको जवाफ पठाएको निकट स्रोतको भनाइ छ ।

    क्यानको इमेलबाट आएको पत्रमा अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई ‘सीसी’ गरिएको थियो । सन्दीपले आफ्नो जवाफी इमेल पनि उनीहरू सबैलाई पठाएको स्रोत बताउँछ ।

    सन्दीपले आफ्नो जवाफी पत्रमा कारवाहीको निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आफूमाथि कारवाही गर्ने भए गलत निर्णय गर्ने अम्पायरहरुमाथि पनि कारवाही हुनुपर्ने माग समेत राखेका छन् ।

    उक्त इमेल पठाएर सन्दीपले चतुर र पारस दुवैलाई म्यासेज पनि गरेको स्रोतले बतायो । यद्यपि, उनीहरू दुवैले स्पष्टीकरणको जवाफ नआएको दाबी गरेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष चन्दले भने, ‘उहाँले पठाएको भन्नुभएको छ, तर मेरोमा आएको छैन । मलाई यसमा धेरै चासो पनि छैन ।’

    पारसले पनि स्पष्टीकरणको जवाफ ‘आधिकारिकरूपमा’ नआएको बताए ।

    पारस र सन्दीप आमनेसामने !

    यो विवादले नेपाली क्रिकेटका दुई सर्वाधिक लोकप्रिय हस्तिहरू पारस खड्का र सन्दीप लामिछाने फेरि एकपटक आमनेसामने हुने अवस्था देखिएको छ ।  एउटै राष्ट्रिय टीममा छँदादेखि नै यी दुईबीचको सम्बन्ध ‘हट एन्ड कोल्ड’ रहँदै आएको छ । सन्दीपले पारसको कप्तानीमा खेल्दा उनीहरूबीच ‘टसल’ का गसिपहरू बारम्बार बनिरहन्थे । पछिल्लो समय भने उनीहरूको सम्वन्धमा सुधार आएको थियो ।

    पारस अहिले क्यानको शक्तिशाली सचिव छन् । अहिले क्यानमा लगभग उनकै नियन्त्रण छ । क्यानमा पारसको आगमनपछि नेपाली क्रिकेटले ठूलो उचाइ पनि लिइरहेको छ । नेपाल प्रिमियर लिगको सफलता श्रेय पारसलाई नै दिने गरिन्छ ।

    सन्दीप भने एउटा ठूलो दलदलबाट निस्किएर क्रिकेटमा कमब्याक गरेका हुन् । उनलाई बलात्कारको गम्भीर आरोप लाग्यो, जसले उनको करिअर बिथोलिएको थियो । अदालतबाट पूर्णरूपमा सफाइ पाएपछि सन्दीप फेरि राष्ट्रिय टीमको महत्वपूर्ण हिस्सा बनिरहेका छन् ।

    पारसले क्यानको नेतृत्वमा आएपश्चात सन्दीपप्रति अभिभावकत्वको प्रदर्शन गर्दै आएको देखिन्छ । सन्दीपलाई अमेरिकाको भिसा खुलाउन र विश्वकपमा सहभागी गराउन सबैभन्दा बढी पारस नै लागि परेका थिए । सन्दीपले पनि पारसलाई उच्च सम्मान र हार्दिकता दर्शाउने गरेका छन् । यो घटनाले उनीहरूको सम्बन्धमा नयाँ ट्वीस्ट नआओस् भन्ने नेपाली क्रिकेट प्रेमीको चाहना छ ।

    यी समाचार पनि पढ्नुहोस्-

  • पाँच खेलपछि चेल्सीको पहिलो जित

    पाँच खेलपछि चेल्सीको पहिलो जित

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा चेल्सीले पाँच खेलपछि पहिलो पटक स्पष्ट तीन अंक प्राप्त गर्न सफल भएको छ ।

    सोमबार राति उल्भ्सलाई ३-१ ले हराउँदै चेल्सीले शनिवार राति हुने म्यानचेस्टर सिटी विरुद्धको खेलमा आफू तयार रहेको जनाएको छ ।

    चेल्सीको जितमा टोसिन आदाराबिओ, मार्क कुकुरेला र नोनी माडुकेले समान एक गोल गरे । उल्भ्सको लागि माट डोहेर्टले एक गोल फर्काएका हुन् ।

    स्टामफोर्ड ब्रिजमा भएको खेलमा जित निकालेपछि चेल्सी तालिकाको चौथो स्थानमा उक्लन सफल बनेको छ ।

    २२ खेलबाट टोलीको ४० अंक छ । उल्भ्स १६ अंकसहित रेलिगेशन क्षेत्रमै छ ।

  • सन्न्यास सोचमा छैनन् सन्दीप, ‘अम्पायरिङ त्रुटि’ को विषयमा अडानमै

    सन्न्यास सोचमा छैनन् सन्दीप, ‘अम्पायरिङ त्रुटि’ को विषयमा अडानमै

    काठमाडौं । सन्दीप लामिछानेको एउटा फेसबुक स्टाटसले उनका समर्थकहरुलाई झस्काए । स्टाटसमा उनले भावुक शब्दहरु लेख्दै कुनै अप्रिय निर्णय लिन लागेकोजस्तो छनक दिएका थिए ।

    राष्ट्रिय टिमको जर्सी लगाएको तस्बिर हाल्दै बिना सन्दर्भ फ्यानहरुप्रति कृतज्ञता अर्पण गरेपछि सन्दीपले सन्न्यास घोषणा गर्न लागेको अड्कलबाजी भयो । तर, यो अड्कलवाजी सत्यभन्दा टाढा रहेको पाइएको छ । स्रोतका अनुसार सन्दीपले सन्न्यासको कुनै सोच बनाएका छैनन् ।

    ‘उहाँले अप्ठेरो स्थितिबाट यहाँसम्म आउँदा फ्यानहरुबाट निरन्तर प्राप्त भइरहेको समर्थन र साथप्रति आभार व्यक्त गर्नुभएको मात्र हो । यसलाई अर्को कुनै अर्थमा लिइनु आवश्यक नै छैन’, स्रोतले भन्यो ।

    यद्यपि, सन्दीप अहिले नेपाल क्रिकेट संघ (क्यान) प्रति असन्तुष्ट छन् । केही दिनअघि जय ट्रफीका क्रममा उनले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । मैदानमा मात्र नभएर उनले सामाजिक सञ्जालमा समेत आफ्नो असन्तुष्टि पोखे । यसलाई लिएर क्यानले उनलाई सामान्य प्रष्टीकरण सोधेको छ । एक हप्ताको समय दिएर सोधिएको लिखित स्पष्टीकरणको जवाफ सन्दीपले पठाइसकेका छैनन् ।

    निकट स्रोतका अनुसार अम्पायरिङका विषयमा आफूले राखेको धारणाप्रति सन्दीप दृढ छन् । नेपालमा अम्पायरिङको स्तर सुधार हुनुपर्ने र यसका लागि आफ्नो प्रयास जारी रहने उनले बताएका छन् ।

    यता क्यान भने सन्दीपको जवाफको पर्खाइमा छ । क्यान स्रोतका अनुसार यो प्रकरणमा सन्दीपमाथि एक घरेलु म्याचको प्रतिवन्ध लाग्न सक्छ । खेलाडी कोड अफ कन्डक्टको आर्टिकल २.७ मा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिवन्ध लाग्ने व्यवस्था रहेको स्रोतले बतायो ।

     

  • महिला यु १९ विश्वकप: स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित

    महिला यु १९ विश्वकप: स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित

    काठमाडौं । मलेसियामा जारी महिला यु १९ विश्वकपमा नेपालले दाेस्रो हार व्यहोरेको छ । स्कटल्याण्डविरूद्धको लो स्कोरिङ थ्रिलरमा नेपाल एक विकेटले चुक्यो ।

  • नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

    नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

    काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा समेटिएको हो ।

    नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । ४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् ।

    पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

  • नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने

    नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने

    काठमाडौं । मलेसियामा जारी आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकि हुन् ।

    पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

    नेपालको प्लेइङ-११ :

    पूजा महतो (कप्तान), सना प्रवीण, अलिशाकुमारी यादव, सावित्री धामी, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, कृष्मा गुरुङ, ज्योत्सनिका मरासिनी, सिमाना केसी र अनु कडायत ।

  • इस्विच टाउन विरुद्ध म्यानचेस्टर सिटीको गोलको वर्षा

    इस्विच टाउन विरुद्ध म्यानचेस्टर सिटीको गोलको वर्षा

    हेटौँडा । इंलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले इप्सविच टाउनविरूद्ध गोलको वर्षा गर्दै सानदार जित निकालेको छ।

    आइतबार राति भएको खेलमा सिटीले ६-० को विशाल जित दर्ता गरेको हो ।

    खेलको २७ औँ मिनेटमा फोडेनको गोल मार्फत सिटीले पहिलो अग्रता हासिल गरेको थियो ।

    ३० औँ मिनेटमा कोभ्यासिकले अग्रता दोब्बर पारे। ४२ मिनेटमै फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।

    दोस्रो हाफको ४९ मिनेटमा जेरेमी डोकुले गोल गरे भने ५७ मिनेटमा एर्लिङ हालान्ड र ६९ मिनेटमा जेम्स मिकाटीले गोल गरेपछि सिटीले विशाल जित निकालेको हो ।

    जितपछि २२ खेलबाट ३८ अंक सहित सिटी तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

  • अर्जुन ट्रफीको लागि मल्लको कप्तानीमा घोडाघोडी ११ को घोषणा

    अर्जुन ट्रफीको लागि मल्लको कप्तानीमा घोडाघोडी ११ को घोषणा

    कैलाली । माघ १९ गतेदेखि धनगढीमा सुरु हुने अर्जुन ट्रफी प्रतियोगिताको लागि घोडाघोडी ११ले शेर मल्लको कप्तानीमा टोली घोषणा गरेको छ ।

    मल्लको कप्तानीमा विभिन्न लिग तथा प्रतियोगिताको अनुभव सँगाली सकेका खेलाडीलाई समावेश गर्दै टोली घोषणा गरेको अध्यक्ष रमेश आचार्यले जानकारी दिए । घोडाघोडी क्रिकेट एकेडेमीकातर्फबाट फ्रेन्चाइज टोलीको रूपमा घोडाघोडी ११ सुखड अर्जुन ट्रफीमा सहभागी हुन लागेको हो ।

    जसमा कप्तान शेर मल्ल, अशोक धामी, नरेन साउद, नरेश सार्की, धर्मराज जोशी, भूपेस जोशी, टेक रावत, आयुव चन्द, विपिन विक्रम शाही, दीपक टमाटा, दिनेश रावत, योगेश भाट, सौर्य श्रेष्ठ, सुदान्सु रावल रहेका छन् । जसको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र क्षेत्री रहेका छन् भने टोली व्यवस्थापकको भूमिकामा धर्मराज जोशी रहने अध्यक्ष आचार्यले जानकारी दिए ।

    अध्यक्ष आचार्यका अनुसार टोलीको बन्द प्रशिक्षण माघ १० गतेदेखि धनगढीको कबर्ड हलमा सुरु हुने छ ।

    क्रिकेट खेलाडी तथा प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफी विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी हात पार्नेछ भने उपविजेताले पनि ५ लाख सहित ट्रफी प्राप्त गर्ने बताइएको छ ।

    यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १ लाख प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०्५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ ।

    प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर ९सीईसी० काठमाडौँ, फेण्ड्स यूथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यु होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वेष्टन क्रिकेट झापाको सहभागिता रहने छ ।

    प्रतियोगितामा सहभागी टोलीमा ए श्रेणीका चार जना, बी श्रेणीका पाँच जना र बाँकी सी श्रेणीका गरी १४ खेलाडी समावेश गर्न पाइने प्रावधान रहेको छ ।

    ए श्रेणीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् भने बी श्रेणीमा नेपाली राष्ट्रिय टोली ए, यु–१९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी श्रेणीमा यु–१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन् ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश अर्जुन ट्रफी गो ड्रिमर्सको आयोजनामा यही माघ १९ गतेदेखि २८ गते ९फेब्रुअरी १ देखि १०० सम्म हुन लागेको हो ।

  • यू-१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

    यू-१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

    काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।

    पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

    मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

    पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् ।

  • घरमै पराजित भयो म्यान्चेस्टर युनाइटेड

    घरमै पराजित भयो म्यान्चेस्टर युनाइटेड

    काठमाडौं। म्यानचेस्टर युनाइटेड घरमै पराजित भएको छ । इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमा भएको खेलमा ब्राइटनसँग ३-१ ले पराजित भएको छ ।

    ओल्ड ट्राफोर्डमा ब्राइटनलाई जित दिलाउन यान्कुबा मिन्तेह, काउरु मितोमा र जर्जिनियो रुटरले गोल गरे । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले गोल फर्काए ।

    खेलको पाँचौँ मिनेटमा मिन्तेहको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो । २३औँ मिनेटमा फर्नान्डेसले पेनाल्टीमार्फत युनाइटेडका लागि बराबरी गोल फर्काए ।

    मातोमाले ६०औँ मिनेटमा गोल गर्दा ब्राइटन २-१ ले अगाडि बढ्यो । ७६औँ मिनेटमा रुटले गोल गर्दै ब्राइटनलाई सहज जित दिलाए ।

    जितसँगै २२ खेलमा ३४ अंक जोडेको ब्राइटन नवौँ स्थानमा छ । पराजित युनाइटेड समान खेलबाट २६ अंकका साथ १३औँ स्थानमा छ ।

  • ला-लिगा : पहिलो स्थानमा उक्लियो रियल म्याड्रिड

    ला-लिगा : पहिलो स्थानमा उक्लियो रियल म्याड्रिड

    काठमाडौं । स्पेनिस ला-लिगामा रियल म्याड्रिड पहिलो स्थानमा उक्लिएको छ ।

    आइतबार राति भएको खेलमा लस पाल्मसलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल तालिकाको पहिलो स्थानमा उक्लिएको हो ।

    पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता पाल्मासले लिएको थियो । खेल सुरु भएकै पहिलो मिनेटमा गोल गर्दै पाल्मासले अप्रत्याशित अग्रता लिन सफल बन्यो । फावियो सिल्भाले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।

    तर खेलको १८ औँ मिनेटमा रियलका स्टार केलियन एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

    त्यसयता डियाजले ३३ औँ मिनेटमा, एम्बाप्पेले पुनः३६ औँ मिनेटमा र ५७ औँ मिनेटमा रोड्रीयोगोले गोल गरेपछि रियल म्याड्रिडले सानदार जित दर्ता गर्न सफल बन्यो ।

    जितपछि २० खेलबाट ४६ अंक सहित रियल तालिकाको पहिलो स्थानमा उक्लिएको छ भने पराजित पाल्मास समान खेलबाट २२ अंक सहित १४ औँ स्थानमा छ । आइतबारनै भएको अर्को खेलमा एट्लेटिको क्लब बिल्बाओले सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ ।

  • नटिघंमको सनसनी यात्रा कायमै

    नटिघंमको सनसनी यात्रा कायमै

    काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल)को जारी सिजनमा अण्डरडगको रूपमा देखा परेको नटिघंम फरेस्टले आफ्नो सनसनीपूर्ण यात्रालाई कायम राख्दै २२ खेलमा १३ औँ जित दर्ता क्रममा साउथह्याम्पटनलाई पराजित गरेको छ ।

    आइतबार भएको खेलमा विजय हुने क्रममा नटिघंम साउथह्याम्पन्टनलाई ३-२ ले पराजित गरेको हो । नटिघंमलाई जित दिलाउन इलेट एन्डरसन, हडसन ओडोइ र क्रीस उडले गोल गरे ।

    घरेलु रंगशालामा भएको खेलमा नटिघंमको तर्फबाट ११ औँ मिनेटमा एन्डर्सनले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए । घरेलु टोलीको लागि दोस्रो गोल खेलको २८ औँ मिनेटमा ओडोइले गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

    नटिघंमले पहिलो हाफको ४१ औँ मिनेटमा उड मार्फत तेस्रो गोल गर्दै आफूलाई बलियो बनायो ।

    तर साउथह्याम्पन्टनले ६० औँ र ९१ औँ मिनेटमा गोल गर्दै कम्तीमा बराबरी गर्ने प्रयत्न गरेको थियो तर तेस्रो गोल गर्न नसक्दा खेल नटिघंमले जित्यो ।

    जितपछि नटिघंमको २२ खेलबाट ४४ अङ्क पुगेको छ र तेस्रो स्थानमा कायम छ । समान खेल खेलेको आर्सनल पनि समान अङ्क सहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

  • खो-खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता 

    खो-खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता 

    काठमाडौं । खो-खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ ।

    भारतको नयाँदिल्लीमा भएको फाइनल खेलमा घरेलु टोलीसँग ५४-३६ अंकले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको हो ।

    पहिलो टर्न २६-० ले पछि परेको नेपाल दोस्रो टर्नमा १८ अंक जोड्दै अग्रतालाई घटाएको थियो । तेस्रो टर्नमा भारतले अग्रता बढाउदै ५४-१८ पुर्‍याउँदा चौथो टर्नमा नेपालले थप १८ अंकमात्र जोड्न सक्यो ।

    यसअघि फाइनलमा भारतसँग ७८-४० अंक्ले पराजित हुँदा महिलातर्फ पनि नेपाल उपविजेता बनेको थियो ।

  • भारतले जित्यो महिलातर्फको खो-खो विश्वकपको उपाधि, नेपाल उपविजेता

    भारतले जित्यो महिलातर्फको खो-खो विश्वकपको उपाधि, नेपाल उपविजेता

    काठमाडौं । नेपाललाई हराउँदै भारतले महिलातर्फको खो-खो विश्वकपको उपाधि जितेको छ ।

    घरेलु मैदानमा भएको फाइनल खेलमा नेपाललाई 78-40 अंकले हराउँदै भारतले महिलातर्फको उपाधी जितेको हो ।

    पुरुषतर्फको फाइनल खेल केही बेरमा सुरु हुनेछ । पुरुषतर्फ पनि उपाधिका लागि नेपाल र भारत नै प्रतिस्पर्धा गर्नेछन् ।

     

  • चर्चामा खो खोः नेपाल विश्वकप फाइनलमा पुग्दा हर्षोल्लास, उपाधिकै आश

    चर्चामा खो खोः नेपाल विश्वकप फाइनलमा पुग्दा हर्षोल्लास, उपाधिकै आश

    काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्द्रिरा गान्धी इनडोर हलमा जारी खो खो विश्वकपमा नेपालका महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन् । पहिलोपटक भएको विश्वकपमा नेपाली दुवै टोलीले उपाधिका लागि आज आयोजक भारतसँग खेल्दै छन् ।

    नेपालमा खासै चर्चा नहुने खो खो खेलको विश्वकप फाइनलमा पुगेसँगै चर्चा चुलिएको छ । नेपाल कसरी खो खो विश्वकपको फाइनलको यात्रा तय गर्न पुग्यो ? खो खो खेल के हो ? यी प्रश्नको जवाफ आज हामीले खोज्नेछौँ ।

    विश्वकपमा नेपालको यात्रा

    भारतमा खो खोको पहिलो विश्वकप आयोजना भएको हो । यसमा छनोट हुन कुनै मापदण्ड राखिएको थिएन । खो खो खेल्ने देशलाई आयोजकले आमन्त्रण गरेको थियो । सोही बमोजिम नेपालले पनि विश्वकपमा सहभागिता जनाएको हो ।

    नेपालको खो खो संघले असोज २१, २२ र २३ गते नेपाल-भारत टेस्ट सिरिज गरेको थियो । त्यसअघि देशभरका खेलाडीलाई बोलाएर छनोट गरियो । त्यहाँबाट छनोट भएको १५-१५ खेलाडीले नेपाल-भारत सिरिज खेलेका थिए । ती खेलाडीलाई संघले मङ्सिर महिनामा कीर्तिपुरस्थित एक कभर्डहलमा क्लोज क्याम्प गर्‍यो । त्यसपछि नेपाली टोली विश्वकप खेल्न भारत लागेको थियो ।

    छनोटदेखि क्लोज क्याम्पको व्यवस्थापन सबै संघले नै गरेको थियो । संघका अध्यक्ष प्रदीप महर्जनले अहिलेसम्म खर्च संघले नै बेहोरिरहेको बताए ।

    ‘अहिलेसम्म संघबाट बेहोरेका छौँ । सहयोग गर्छु भन्नुभएको छ,’ उनले भने, ‘अहिले महासचिवज्यू भारत भएकाले अघि बढ्न सकेको छैन । उहाँ आएपछि केही होला ।’

    फाइनल पुगेपछि संघका अध्यक्ष महर्जनले भारतलाई हराएर उपाधि जित्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो लक्ष्य दोस्रो हुने थियो । समूह चरणको खेलमा भारतलाई चुनौती दिएर प्रथम स्थान हासिल गर्ने क्षमता देखाएको छ । फाइनलमा पूर्ण क्षमता देखाएर उपाधि जित्छन् ।’

    यो विश्वकपपछि नेपालमा खो खो व्यापकता बनाउन सहयोग मिलेको अध्यक्ष महर्जनले सुनाए ।

    ‘खो खोलाई व्यापक बनाउनुपर्छ । अधिकांश विद्यालय जानकार छन् । खो खो कसरी खेल्ने थाहा छ । विश्वकपमा पुगिसक्दाखेरि खो खोलाई व्यापकता बनाउनमा सहयोग मिलेको छ,’ उनले भने ।’

    खो खोको पहिलो पटक आयोजना भएको विश्वकपमा पुरुषतर्फ २० र महिलातर्फ १९ टोली सहभागी थिए । नेपाली महिला टोलीले अपराजित रहँदै र पुरुष टोली एक मात्र हार बेहोर्दै फाइनलमा स्थान बनाएको हो ।

    महिलातर्फ समूह चरणमा भुटानलाई ८३-२४, जर्मनीलाई ७३-३४, श्रीलङ्कालाई ११०-१० र बङ्गलादेशलाई ८३-२४ अङ्कले पराजित गरेको थियो । क्वाटरफाइलनमा इरानलाई १०३-८ र सेमिफाइनलमा युगान्डालाई ८९-१८ अङ्कले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।

    पुरुषतर्फ समूह चरणमा पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८, भुटानलाई ९८-८ अङ्कले हराउँदा भारतसँग ४२-३७ अङ्कले पराजित भएको थियो । क्वाटरफाइल्नमा बङ्गलादेशलाई ६७-१८ र सेमिफाइनलमा इरानलाई ७२-२० अङ्कले पराजित गरेको हो ।

    के हो खो खो ?

    खो खो खेल भनेको एक टीमको खेलाडीले अर्को टीमको खेलाडीलाई लखेटेर खेलिने खेल हो । एक टोलीमा १२ जना खेलाडी भए पनि एक पटकमा ९-९ जना खेलाडीले खेल्ने गर्छन् । तर, यो विश्वकपमा भने एक खेलमा ७-७ खेलाडी खेलाइएको छ । एउटा टीम चेसिङ र अर्को टीम डिफेन्डिङ हुन्छ ।

    चेसिङ टीमका ६ खेलाडी मैदानमा बस्छन् र एउटा खेलाडीले डिफेन्डिङ खेलाडीलाई छुन खोज्छ । मैदानमा बसेका खेलाडी एक अर्कामा विपरीततर्फ फर्केर बस्छन् । चेसिङ टीमको खेलाडीले डिफेन्डिङ खेलाडीलाई छुन सकेमा एक अंक पाउँछ ।

    खेल दुई पारीमा खेलाइन्छ । एक इनिङ ७-७ मिनेटको हुन्छ । एक इनिङमा चेसिङ गर्ने टीम अर्को इनिङमा डिफेन्डिङ गर्नेछ । इन्टरभल ५ मिनेटको हुन्छ ।

    कहिलेदेखि खेल्न थालियो खो खो ?

    नेपालमा २०५२ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षमा खो खो संघको तदर्थ समिति राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो । सोही वर्ष नेपाल भारत मैत्री खो खो खेल भएको थियो । त्यसअघि नै पाठ्यक्रम खो खो समावेश गरिए पनि संघ गठन भएपछि मात्रै खो खोका गतिविधि सुरू भएको थियो ।

    २०६८ सालमा अधिवेशन गर्दै संघ आधिकारिकरूपमा दर्ता भएको हो । उक्त अधिवेशनबाट प्रदीप महर्जनको नेतृत्व नयाँ समिति बनेको थियो । अध्यक्ष महर्जनकाअनुसार अहिले ६ प्रदेश र ३८ जिल्लामा खो खोको संघ गठन गरिएको छ । कर्णाली प्रदेशमा पनि संघ गठन हुने तयारीमा छ ।

    २०६५ मा भएको पाँचौ राष्ट्रिय खेलकुदबाट खो खोलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गरिएको थियो । नेपालले पहिलो पटक भारतमा भएको पहिलो एसियन खो खो च्याम्पियनसीपमा महिलातर्फ तेस्रो स्थान हासिल गरेको थियो । दोस्रो, तेस्रोमा महिलातर्फ तेस्रो बन्दा चौंथो एसिया च्याम्पियनसीपमा नेपाल पुरुष र महिला दुवैतर्फ दोस्रो भएको थियो । १२औँ साउथ एसियन गेममा पुरुष र महिलातर्फ दोस्रो र १३औँ साउथ एसियन गेममा महिलातर्फ दोस्रो र पुरुषतर्फ तेस्रो भएको थियो ।

    विश्वकप लगत्तै राष्ट्रिय प्रतियोगिता गर्ने तयारी

    विश्वकप लगत्तै खो खो संघले प्रतियोगिता गर्ने तयारी गरेको छ । पुरुषतर्फ माघ १५, १६ र १७ गते दाङमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने संघका अध्यक्ष महर्जनले जानकारी दिए । उक्त प्रतियोगिता ७ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाउनेछन् ।

    महिलातर्फ फागुन महिलाको मध्यमा सुनसरीमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ । त्यसपछि अन्य थुप्रै प्रतियोगिता आयोजना गर्ने संघको तयारी रहेको अध्यक्ष महर्जनले बताए ।

  • क्यानले स्पष्टीकरण सोधेपछि सन्दीप असन्तुष्ट ! के हो स्टाटसको मर्म ?

    क्यानले स्पष्टीकरण सोधेपछि सन्दीप असन्तुष्ट ! के हो स्टाटसको मर्म ?

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आफ्नो खेलबाट मात्र नभएर सामाजिक सञ्जालका गतिविधिहरूले पनि बेलाबखत चर्चामा आउँछन् । अमूर्त र ‘सस्पेन्स’ स्टाटसहरू लेखेर आफूलाई चर्चामा ल्याउन पोख्त छन् उनी।

    सन्दीपले हिजो लेखेको एउटा भावुक स्टाटसले अहिले सामाजिक सञ्जालमा ठूलै तरंग पैदा गरेको छ । मानिसहरूले अनेकथरि अड्कलबाजीहरू गरिरहेका छन् । उनले सन्न्यासको घोषणा गर्न लागेको हल्ला चर्को छ ।

    सन्दीपले बिनासन्दर्भ राष्ट्रिय जर्सी लगाएको तस्बिर हाल्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन् ।

    उनको अंग्रेजीमा लेखेको स्टाटसको भावार्थ यस्तो छ-

    ‘सबैलाई सबै कुराका लागि धन्यवाद । यो सुन्दर देश र यहाँका जनता सँधै मेरो लागि खडा हुनुभएको छ । । मेरो यात्राको प्रत्येक पाइलामा साथ र समर्थन दिनुभएको छ । तपाईंहरूको माया र प्रत्साहन मेरो लागि निकै महत्वपूर्ण छ र सँधै मेरो हृदयमा विशेष स्थान राख्नेछ । म आफ्नो कृतज्ञता शब्दमा बयान गर्न सक्दिनँ ।’

    कुनै प्रसंगबिना सन्दीपले आखिर किन यसरी कृतज्ञता प्रकट गरे त भन्ने फ्यानहरूमा कौतुहल जाग्ने नै भयो । उनले सन्न्यास घोषणा गर्न लागेको देखि विदेश पलायन हुन लागेकोसम्म हल्ला चलिरहेका छन् । कसैले ‘एटेन्सन पाउन’ मात्रै सन्दीपले यस्तो लेखेको अनुमान पनि गरेका छन् ।

    सन्दीप अहिले २४ वर्षका मात्र भए । उमेरका हिसाबले उनको लामो खेल करिअर बाँकी छ । यो सन्न्यासको विषयमा सोच्ने बेला नै होइन । उनी अहिले पनि नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । हालै भएको नेपाल प्रिमियर लिगमा आशातित प्रदर्शन गर्न नसके पनि उनको क्षमतामा प्रश्न उठाउन मिल्दैन, किनकी सन्दीपले संसारभर क्रिकेट खेलेर आफूलाई प्रमाणित गरिसकेका छन् ।

    अहिले सामाजिक सञ्जालमा सन्दीपको प्रदर्शन खस्किएको भन्दै टिकाटिप्पणीहरू भइरहेका छन् । तर, उनको स्तरको खेलाडीको लागि यस्ता टिकाटिप्पणीहरू कुनै असामान्य विषय होइन । महानतम खेलाडीहरूले पनि यदाकदा आलोचना भोग्नु नै पर्छ । त्यसो भए के हो त सन्दीपको स्टाटसको राज ?

    क्यान स्रोतका अनुसार सन्दीपले यो स्टाटस केही दिनअगाडिको एउटा विवादसँग सम्वन्धित हुन सक्छ । जय ट्रफीका क्रममा अम्पायरहरूको निर्णयमा असन्तुष्टि जनाउँदै सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । स्टाटसमा नेपालको अम्पायरिङ स्तरबारे उनले प्रश्न उठाएका छन् ।

    राष्ट्रिय खेलाडीले सार्वजनिक प्लेटफर्मममा नै यसरी असन्तुष्टि पोख्नु अनुशासनविपरीतको क्रियाकलाप भएको र यसले अन्तर्राष्ट्रिय समूदायमा समेत नकारात्मक सन्देश जाने भन्दै क्यानले गम्भीररूपमा लिएको बताइएको छ । यस विषयमा क्यानकाे टेक्निकल कमिटीले सन्दीपसँग स्पष्टीकरण समेत सोधेको स्रोतको भनाइ छ ।

    क्यानको टेक्निकल कमिटी प्रमुख अम्पायर विनयकुमार झा नै हुन्, जोसँग सन्दीपले विवाद गरेका थिए । उनले सो विषयमा क्यानमा रिपोर्टसमेत गरेको बुझिएको छ ।

    ‘दुई-तीन अगाडि स्पष्टीकरण सोधिएको छ । सन्दीपकाे जवाफ आएको वा नआएको जानकारी भएन,’ स्रोतले भन्यो ।

    यही स्पष्टीकरणबाट असन्तुष्ट बनेर क्यानलाई ‘घुर्क्याउन’ र फ्यानहरूलाई तरंगित बनाउन स्टाटस लेखेको हुन सक्ने दाबी पनि स्रोतको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले स्टाटसबारे थाहा पाएको तर सन्दीपले आफूसँग कुराकानी नगरेको बताए ।

    उनले भने, ‘कुन सन्दर्भमा उसले त्यो लेखेको हो मलाई थाहा भएन । मेरो अहिले कुरा भएको छैन । उनल सन्यास लिनुपर्ने कुनै कारण छैन । ’

  • कांग्रेसको ‘सभापति कप’ फुटबलको तालिका सार्वजनिक- विजेतालाई २६ लाख अरुलाई कति ? (भिडिओ)

    कांग्रेसको ‘सभापति कप’ फुटबलको तालिका सार्वजनिक- विजेतालाई २६ लाख अरुलाई कति ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसनिकटको लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि हुने सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

    संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिताको आइतबार खेल तालिका सार्वजनिक गरिएको हो ।

    प्रतियोगितामा दुई विभागीय टोलीसहित ८ टीमले सहभागिता जनाएका छन् । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलसहित चर्चब्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्डस फुटबल क्लब र बागमती फुटबल क्लबले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ । उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

    खेल तालिका अनुसार पहिलो खेल माघ १० गते चर्चब्वाइज र संकटा क्लबबिच हुनेछ । दोस्रो खेल माघ ११ गते मछिन्द्र र एपीएफ, माघ १२ गते पुलिस र बागमतीबिच हुनेछ । माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच हुनेछ । फाइलन खेल माघ १७ गते हुनेछ ।

    प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

  • नुनेज नायक बनेको खेलमा लिभरपुलको रोमाञ्चक जित

    नुनेज नायक बनेको खेलमा लिभरपुलको रोमाञ्चक जित

    हेटौँडा । इंग्लिस प्रिमियर लिग (इपिएल)को शनिवार राति भएको रोमाञ्चक खेलमा लिग लिडर लिभरपुलले ब्रेनफोर्डलाई पराजित गरेको छ ।

    ९० मिनेटसम्म बराबरीमा रोकिएको खेलमा लिभरपुलले इन्जुरी समयमा दुई गोल गर्दै रोमाञ्चक जित दर्ता गर्न सफल बन्यो ।

    सब्सिच्युटको रूपमा आएका उरुग्वियन स्टार डर्विन नुनेजले ९१ औँ मिनेटमा गोल गर्दै टिमलाई १-० गोलको अग्रता दिलाएपछि लिभरपुल खेमामा खुसीयाली छाएको थियो ।

    ६२ प्रतिशत बल आफ्नो पक्षमा रहे पनि लिभरपुलले गोल गर्नको लागि ९१ औँ मिनेटसम्म कुर्नुपरेको थियो । नुनेजले पुनः ९३ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए ।

    जितपछि २१ खेलबाट ५० अंक सहित तालिकाको पहिलो स्थानमा कायम छ । पराजित भएको ब्रेनफोर्डको २२ खेलबाट २८ अङ्क भएको छ र उ तालिकाको ११ औँ स्थानमा छ ।

    शनिवार रातिनै भएको खेलमा क्रीष्टल प्यालेसले वेस्टह्याम्पलाई २-० ले पराजित गरेको छ ।

  • कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

    कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

    सिन्धुपाल्चोक । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।

    यस्तै एभरेष्ट मार्सल आर्ट काठमाडौँ पाँच स्वर्ण, पाँच रजत र तीन काश्यसहित दोस्रो भएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं नेपाल गोजु–रियो कराँते–दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । पाँच स्वर्ण, एक रजत र एक काश्य प्राप्त गरेको शङ्खडोल डोजो गोकर्णेस्वर नगरपालिका, काठमाडौं तेस्रो भएको छ ।

    मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।

  • लिभरपुलसँग अंक दुरी कम गर्ने आर्सनलको योजनामा भिल्ला बाधक

    लिभरपुलसँग अंक दुरी कम गर्ने आर्सनलको योजनामा भिल्ला बाधक

    हेटौँडा । दुई गोलको अग्रतालाई कायम गर्न नसक्दा एस्टन भिल्लासङ्ग बराबरी खेल्न पुगेको आर्सनलले लिभरपुलसँगको अङ्क दुरी कम गर्ने योजना सफल बनाउन सकेन ।

    इपिएलको शनिवार रातिको खेलमा भिल्लासँग २-२ को बराबरीले आर्सनललाई दुई अङ्कको घाटा लागेको छ । खेलमा ग्याब्रीयल मार्टिनिलले आर्सनललाई ३५ औँ मिनेटमा पहिलो अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० को अग्रता लिएको आर्सनलको लागि दोस्रो गोल ५५ औँ मिनेटमा काई हावर्ट्जले गरे । तर ६० औँ मिनेटमा योरे टेलेमान्सको गोल मार्फत एस्टन भिल्ला खेलमा फर्कियो ।

    त्यसको आठ मिनेटपछि ओली वाटकिन्सले गोल गर्दै भिल्लालाई बराबरीमा ल्याए । त्यसपछि कुनै गोल भएन र खेल बराबरीमा सकियो ।

    बराबरीपछि आर्सनल २२ खेलबाट ४४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने भिल्लाको समान खेलबाट ३६ अङ्क भएको छ र उ तालिकाको सातौँ स्थानमा छ ।

  • ला-लिगा : ग्रिजम्यान चुक्दा एट्लेटिको मड्रिडको हार

    ला-लिगा : ग्रिजम्यान चुक्दा एट्लेटिको मड्रिडको हार

    हेटौँडा। स्पेनिस ला-लिगामा लिग लिडर एट्लेटिको मड्रिडले हार बेहोरेको छ ।

    खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीमा एन्टोनी ग्रिजम्यान चुक्दा एट्लेटिकोले लेगानेससँग १-० को हार बेहोरेको हो ।

    लेगानेसको तर्फबाट एक मात्र विजयी गोल खेलको खेलको ४९ औँ मिनेटमा माटिजा नास्टासिकले गरेका थिए ।

    यो सिजनमा उत्कृष्ट खेल खेलेको एट्लेटिकोको लागि यो दोस्रो हार हो । हारको बाबजुद पनि २० खेलबाड एट्लेटिको ४४ अङ्क सहित तालिकाको पहिलो स्थानमा छ । उ भन्दा एक खेल कम खेलेको रियल मड्रिडको ४३ अङ्क छ ।

    ला लिगामा शनिबार नै भएको अन्य खेलहरुमा सोभियाले जिरोनालाई २-१ ले पराजित गरेको छ भने रियल बोटिस आलाभेससँग ३-० ले पराजित भएको छ ।

  • नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा

    नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा

    काठमाडौं । नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

    भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली फाइलनमा पुगेको हो ।

    यसअघि सेमिफाइलनमा युगान्डालाई ८९-१८ अंकले पराजित गर्दै नेपाली महिला टोलीले फाइलनमा स्थान सुनिश्चित गरिसकेको छ ।

  • नेपाल खो खो विश्वकपको उपाधि नजिक

    नेपाल खो खो विश्वकपको उपाधि नजिक

    काठमाडौं । नेपाली महिला टोली खो खो विश्वकपको उपाधि नजिक पुगेकाे छ । सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हाे ।

    भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको सेमिफाइलनमा नेपाली महिला टोलीले युगान्डालाई ८९-१८ अङ्कले पराजित गरेकाे छ ।

    नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । यसअघि नेपाल समूह विजेता बन्दै सेमिफाइलनमा पुगेको थियो ।

    पुरुषतर्फको सेमिफाइलनमा नेपालले आजै इरानसँग खेल्नेछ ।

  • यू-१९ महिला विश्वकपः पहिलो खेलमा नेपाल ५ विकेटले पराजित

    यू-१९ महिला विश्वकपः पहिलो खेलमा नेपाल ५ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

    मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।

    बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको थियो ।

    नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरण कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ र रचना चौधरी ३ रनमा आउट भए । सोनी पाख्रिन र अनु कडायत शून्य रनमा आउट भए । रिया शर्मा ५ रनमा अविजित रहेकी थिइन् ।

    बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउटको शिकार भएका हुन् ।

    नेपालले अब दोस्रो खेल सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।

  • यू–१९ महिला विश्वकपः नेपाललाई पहिलो सफलता

    यू–१९ महिला विश्वकपः नेपाललाई पहिलो सफलता

    काठमाडौं । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

    मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बंगलादेश ४ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।

    नेपालकी रचना चौधरीले पहिलो सफलता दिलाएकी हुन् ।

  • यू- १९ महिला विश्वकपः बंगलादेशविरुद्ध ५२ रनमा अलआउट भयो नेपाल

    यू- १९ महिला विश्वकपः बंगलादेशविरुद्ध ५२ रनमा अलआउट भयो नेपाल

    काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल रनमा अलआउट भएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो ।

    नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, सोनी पाख्रिन ०, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३, अनु कडायत ० रनमा आउट भए ।

    बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउटको शिकार भए ।

  • यू- १९ महिला विश्वकपः बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ

    यू- १९ महिला विश्वकपः बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ

    काठमाडौं । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।

    मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ९ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर मात्र १८ रन जोडेको छ ।

    टोलीकी सोनी पाख्रिन ७ बल खेलेर कुनै पनि रन नजोडी आउट भइन् ।

    नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट हुँदा ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।

  • यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

    यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

    काठमाडौं । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

    मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

    नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी छैटौं ओभरको अन्तिम बलमा रन आउट हुन पुगिन् । यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।