Category: खेल प्रेस

  • क्लब विश्वकपको फाइनलमा पुग्यो युरोपियन च्याम्पियन बायर्न म्युनिख

    क्लब विश्वकपको फाइनलमा पुग्यो युरोपियन च्याम्पियन बायर्न म्युनिख

    एजेन्सी । रोवर्ट लेवाण्डोस्कीको २ गोलमा अफ्रिकी च्याम्पियन अल अलीलाई पराजित गररी बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

    कतारमा भएको दोस्रो सेमिफाइनलमा जर्मन च्याम्पियनले पहिलो हाफ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । लेवाण्डोस्कीले १७ औं मिनेटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

    इजिप्टको अल अलीले दोस्रो हाफमा उत्कृष्ट देखिएको थियो । उनीहरुको तीव्रता र काउन्टर एट्याकको प्रयास बायर्नका लागि चुनौति बनिसकेको थियो ।

    तर लेवाण्डोस्कीले ८५ औं मिनेटमा हेडिङ गोलमार्फत बायर्नको जित निश्चित गरिदिए । जारी सिजन लेवाण्डोस्कीको यो २७ खेलमा २९ औं गोल हो ।

    बायर्नले उपाधिका लागि कनकाफ च्याम्पियन मेक्सिकन क्लब टाइगर्ससँग विहीबार प्रतिस्पर्धा गर्नेछ । जसले पहिलो सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलको पाल्मारिसलाई पराजित गरेको थियो ।

  • क्लब विश्वकपमा ‘कनकाफ’ क्लबको ऐतिहासिक फाइनल यात्रा

    क्लब विश्वकपमा ‘कनकाफ’ क्लबको ऐतिहासिक फाइनल यात्रा

     

    एजेन्सी । दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलको पाल्मीरासमाथि १–० गोलको अप्रत्यासित जित निकाल्दै मेक्सिकोको टाइगर्स क्लब फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

    क्लब विश्वकपको फाइनलमा मेक्सिकोका क्लब पुगेको यो पहिलोपल्ट हो । त्यतिमात्र होइन उत्तर, मध्य र क्यारेवियन क्षेत्रसमेतको कनकाफबाट क्लब विश्वकपको फाइनलमा पुगेको यो पहिलोपल्ट हो ।

    ३५ वर्षीय फ्रान्सेली स्ट्राइकर आन्द्रे पियर्रे जिग्नाकले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै टाइगर्सको जितमा निर्णायक भयो । ३५ वर्षीय जिग्नाकले प्रतियोगितामा ३ गोल गरेका छन् ।

    टाइगर्सले फाइनलमा युरोपेली च्याम्पियन बायर्न म्युनिख र अफ्रिकी च्याम्पियन जिप्टको अल अलीबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनल सोमबार राती हुनेछ ।

     

  • लिभरपुललाई एनफिल्डमै हराएपछि सिटीको उपाधि यात्रामा महत्वपूर्ण फड्को

    लिभरपुललाई एनफिल्डमै हराएपछि सिटीको उपाधि यात्रामा महत्वपूर्ण फड्को

    एजेन्सी ।म्यानचेस्टर सिटीका फिल फोडेनको शानदार प्रदर्शन र लिभरपुलका गोलरक्षक अलिसन बेकरको गम्भीर गल्तीका कारण लिभरपुलले शीर्ष स्थानको सिटीसँग आफ्नै मैदानमा ४–१ को लज्जास्पद हार ब्यहोरेको छ ।

    यो जितपछि सम्भवतः सिटीले उपाधि यात्रामा एउटा महत्वपूर्ण फड्को मारेको छ । सिटीले सन् २००३ पछि पहिलोपल्ट लिभरपुलमाथि एनफिल्डमा जित हासिल गरेको हो । यसैले यो जित प्रशिक्षक पेप ग्वार्डिओलाका लागि पनि प्रतिष्ठित छ ।

    पहिलो हाफमा इलकी गुण्डोगानले पेनाल्टी सदुपयोग गर्न नसके पनि सिटीले दोस्रो हाफमा उच्च लय भेट्टायो ।

    पहिलो हाफमा रहिम स्टर्लिङले फाबिन्होलाई फल गरेपछि पाएको पेनाल्टी गुण्डोगानले गोल गर्न असफल भएका थिए । तर दोस्रो हाफको चौथो मिनेटमा उनैले सिटीलाई अग्रता दिलाए । फोडेनको प्रहार लिभरपुलका गोलरक्षक अलिसनले राम्ररी पन्च नगर्दा सिधै गुण्डोगानको खुट्टामा पुगेको थियो ।

    ६३ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । रुवेन डियासले सलाहलाई बक्सभित्र लडाएपछि पेनाल्टी मिलेको थियो ।

    तर त्यसपछिको ३० मिनेटको समय लिभरपुलका लागि बिर्सनलायक रह्यो । उसले एकपछि अर्को गोल खाइरह्यो, च्याम्पियन्स लिग विजेता गोलरक्षक अलिसनले एकपटि अर्को गल्ती गरिरहे ।

    ७३ औं मिनेटमा दुईपल्टसम्म अलिसनले राम्ररी बल क्लियर गर्न नसक्दा गुण्डोगान व्यक्तिगत दोस्रो र टिमलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि अलिसनले अकास्मात बल बर्नाण्डो शिल्भालाई दिए । उनले चलाखीपूर्ण तरिकाले क्रस गर्न खोजेको थिए बीचैमा स्टर्लिङले बल भेट्टाए र गोललाइनबाट सहज गोल गरे ।

    ८३ औं मिनेटमा फावियो फेडेनले गोल गरेका हुन् । यो जितसँगै सिटीले २२ खेलबाट ५० अंक पुर्‍याएको छ । १ खेल बढी खेलेको म्यानचेस्टर युनाइटेडको ५ अंक कम छ । लिभरपुल भने शीर्ष स्थानको सिटीसँग १० अंकले पछाडि छ र चौथो स्थानमा पुगेको छ ।

  • क्रिकेट क्याम्प सुरु

    क्रिकेट क्याम्प सुरु

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीका प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनी गरेका हुन् ।

    एक साता अघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनमा नेपाल क्रिकेट संघ (क्यान)ले ३२ जनाको नाम सार्वजनिक गरे पनि सुरुवाती चरणमा २१ खेलाडी प्रारम्भिक अभ्यासमा बोलाएर अभ्यास थालेको हो ।

    आगामी मार्च महिनाका लागि नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा ओमान, अमेरिका र नेपालले त्रिकोणात्मक शृखंला खेल्दै छन् । विश्वभर महामारीको रुपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली क्रिकेट तालिका अनुसार अगाडि बढ्न सकेको थिएन ।

    ओमानमा हुने शृखंलालाई लक्ष्ति गरेर सुरुआती चरणमा प्रारम्भिक टोलीलाई अभ्यासमा थालेको नव नियुक्त प्रशिक्षक डेभ वाटमोरले बताए ।

    पहिलो चरणमा क्याम्पमा बोलाइएका युवा खेलाडीमा सम्भावना भएको भन्दै प्रशिक्षक डेभ वाटमोरले नेपाली टोलीमा जोश जाँगर भएका युवा खेलाडी भएकाले राम्रो नतिजा निकाल्न सक्ने बताए ।

    यस्तै उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै नाम कमाएका पृथु बास्कोटा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश भएका छन् । एक साता अघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रारम्भिक टोलीमा समावेश भएका हुन् ।

    करिब ४ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका पृथुले राम्रो खेलेर टोलीमा अटाउन प्रयास गर्ने बताए । यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक क्याम्पमा परेका विवेक यादव र अर्जुन कुमालले पनि राम्रो प्रदर्शन गरेर टोलीमा अटाउन प्रयास गर्ने बताए ।

    विवेक र अर्जुनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा छनोटमा परेका हुन् । घोषणा भएका ३२ खेलाडी मध्येका शरद भेषवाकार, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंए ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिनपछि जोडिने छन् ।

  • राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित

    राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित

    काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिग फुटबलमा पराजित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो ।

    पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

    पहिलो चरणको खेलमा ५–० ले नतिजा सुम्पिएको चन्द्रपुरले जितसँगै बदला पनि लिएको छ । दोस्रो जित निकालेको चन्द्रपुरको ७ खेलबाट ६ अंक भएको छ ।

    चन्द्रपुर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । लिग अन्तर्गत आजको दोस्रो खेलमा रुथो मेथुले ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिस वालिङसँग स्तब्ध भएको हो ।

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुवातबाट दबाब दिँदै खेले पनि जित निकाल्न असफल रहयो । जितसँगै वालिङले जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

    वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो ।

    यस अघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङ सँग १–१ को बराबरी खेलेको थियो । लिगमा सोमबार एक खेल मात्र हुनेछ । अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

  • फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टविच सम्झौता

    फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टविच सम्झौता

    काठमाडौं । बैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा सञ्चालन हुने ए डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

    एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग सम्झौता गरेको हो ।
    एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका प्रमुख कार्यकारी अधिकृृत उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ । सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहकार्य ऐतिहासिक भएको बताए । यस्तै टर्नपाईकका उकेश लोहनीले पनि सहकार्य गर्न पाउँदा खुसी लागको प्रतिक्रिया दिए । विभिन्न प्रदेशबाट छनोट चरण पार गरी सञ्चालन हुने लिगमा जम्मा १० टिमले सहभागिता जनाउनेछन् ।

    जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश–१ र गण्डकी प्रदेशबाट २÷२ टिम सहभागी हुने छन् भने प्रदेश–२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ । लिगका लागि प्रदेश–१ को छनोट खेल चैत १ देखि ५ सम्म इटहरीमा, प्रदेश–२ को चैत ८ देखि १२ सम्म हेटौडामा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको चैत १९ देखि २३ सम्म दाङमा हुनेछ । यस्तै बाग्मतीको छनोट खेल चैत २५ देखि ३० सम्म काठमाडौंमा र गण्डकीको छनोट खेल बैशाख ३ देखि ७ सम्म पोखरामा संचालन हुनेछ ।

    लिगमा ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबले सहभागिता जनाउन पाउने छन् ।
    २० दिनसम्म सञ्चालन हुने लिगको विजेताले १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउने छ ।

    यस्तै सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।
    सहभागीता जनाउने प्रत्येक टोलीलाई एन्फाले व्यवस्थापनका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।

  • आबुधावी टी-१० मा नेपाली खेलाडीः करण फ्लप, सोमपाल सामान्य, कुशल अभागी

    आबुधावी टी-१० मा नेपाली खेलाडीः करण फ्लप, सोमपाल सामान्य, कुशल अभागी

    काठमाडौं । सन्दीप लामिछानेको पदचिन्ह पछ्याउँदै चार नेपाली क्रिकेटर यूएईमा हुने आबुधावी टी-१० को चौथो संस्करणका लागि छनोट भएका थिए । तर, प्रदर्शनका हिसाबले भने उनीहरूले सन्दीपको अनुसरण गर्न सकेनन् ।

    चार वर्षअघि शुरू भएको छोटो ढाँचाको प्रतियोगितामा नेपालबाट पूर्वकप्तान पारस खड्का मेन्टरका रूपमा छानिएका थिए । बलरद्वय सोमपाल कामी र करण केसी तथा अलराउन्डर कुशल मल्ल भने खेलाडीका रूपमा फरक-फरक टिममा आवद्ध थिए । सोमपाल र करणले प्रतियोगितामा प्रशस्त अवसर पाए पनि छाप छोड्न सकेनन् । कुशलले भने अन्तिम एक खेलमा मात्रै ब्याट समात्ने मौका पाए र आफ्नो क्षमताको अलिकति छनक दिए ।

    यो प्रतियोगितामा दोस्रोपटक छानिएका सोमपालले मराठा अरबियन्सबाट खेलेका थिए भने कुशल मल्ल टिम आबुधावीमा आवद्ध थिए । यसैगरी, करण केसीलाई पुने डेभिल्सले किनेको थियो । पारस भने टिम आबुधावीका मेन्टर हुन् । सोमपालको मराठा र किरणको पुने अंकतालिमामा सबैभन्दा पुछारमा रहेका छन् । कुशलका टिम आबुधावी भने तेस्रो बनेको छ ।

    यस प्रतियोगितामा कहलिएका क्रिकेट सुपरस्टारहरू न्यून संख्यामा छन् । तथापि, टेस्ट क्रिकेट र एक दिवसीय अन्तर्राष्ट्रियको पर्याप्त अनुभव भएका धेरै खेलाडीहरू छन् । खासगरि, पाकिस्तान, वेस्ट इन्डिज र अफगानिस्तानका क्रिकटरहरूको प्रतियोगितामा बाहुल्य छ । अन्य देशका हाई प्रोफाइल क्रिकेटर न्यून छन् ।

    पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक, मोहम्मद हाफिज, मोहम्मद आमिरजस्ता अनुभवि खेलाडी यो प्रतियोगिताका हिस्सा हुन् । वेस्ट इन्डिजका क्रिस गेल, किरन पोलार्ड, सुनिल नारिन, एन्ड्रे रसेल, लेन्डी सिमोन्स, निकोलस पुरनजस्ता खेलाडी छन् । यस्तै, अन्य चर्चित खेलाडीमा वेस्ट अजन्ता मेन्डिस (श्रीलंका), इमरान ताहिर (साउथ अफ्रिका), थिसरा परेरा (श्रीलंका), एलेक्स हेल्स (ईंग्ल्यान्ड), चामरा कुपुगेडरा (श्रीलंका), रोहन मुस्तफा (यूएई), रवी वोपारा (ईंग्ल्यान्ड) मुजिब उर रहमान (अफगानिस्तान) लगायत छन् ।

    प्रतियोगितामा सहभागी कुल आठ टिमलाई दुईवटा समूहमा बाँडेर खेलाइएको थियो । समूह एमा नर्थर्न वारियर्स, दिल्ली बुल्स, बंगला टाइगर्स र मराठा अरबियन्स थिए । यस्तै, समूह बीमा क्वालन्डर्स, टिम आबुधावी, डेक्कन ग्लाडियटर्स र पुने डेभिल्स थिए ।

    नेपाली युवा खेलाडीहरूका लागि यी टेस्ट क्रिकेटका समेत अनुभवि खेलाडीहरूसँग ड्रेसिङ रुम सेयर गर्ने अवसर मिल्नु पनि ठूलो कुरा थियो । उनीहरूको अन फिल्ड पर्फमेन्स चाहिँ कस्तो रह्यो त ?

    कुशलः केवल एक म्याचमा मौका

    युवा अलराउन्डर कुशल मल्ल यो प्रतियागितामा अधिकांश समय बेन्चमै बिताए । तेस्रो स्थानका हिजो बेलुकी भएको खेलमा उनी पहिलोपटक प्लेइङ ११ मा परे ।

    क्वालन्डर्सविरुद्धको खेलमा टिम आवुधावीले पहिले ब्याटिङ गरेको थियो, जसमा कुशललाई तेस्रो नम्बरमा नै ब्याटिङ गर्न पठाइएको थियो । पल स्टर्लिङ र लियोनार्डो जुनियरले विस्फोटक सुरुवात गर्दै २.२ ओभरमा ३३ रन जोडेका थिए । पल आउट भएपछि आएका कुशलले टिमको गतिलाई निरन्तरता दिन सफल भए । एक छक्का र एक चौकाका साथ उनले १२ बलमा १८ रन बनाए । मोहम्मद जाहिदको बललाई ड्राइभ गर्न खोज्दा उनी बोल्ड हुन पुगे ।

    कुशलको टिमले १० ओभरमा १ सय २४ रनको बलियो योगफल खडा गर्यो । अफगानी ब्याट्सम्यान नजिबुल्लाह जद्रानले १६ बलमै ४५ रन बनाएका थिए । जवाफी ब्याटिङमा आएको क्वालन्डर्स ५ विकेट क्षतिमा एक सय ३ रन मात्रै जोड्न सक्यो । कुशलले बलिङमा भने परीक्षण हुन पाएनन् ।

    सोमपाल : ८ ओभरमा १ सय १५ रन, ३ विकेट

    सोमपाल कामी यो प्रतियोगितामा भाग्यमानी यस अर्थमा सावित भए कि सिजनको पहिलो बल नै उनले फ्याँक्ने अवसर पाए । तर, प्रतियोगिताभर उनको प्रदर्शन समग्रमा कमजोर रह्यो । ६ वटा म्याचमा अवसर पाएका उनले एउटा म्याचमा मात्रै उल्लेखनीय प्रदर्शन गर्न सके ।

    पहिलो म्याचमा सोमपालले दुई ओभर बलिङ गर्दै २८ रन दिए, तर कुनै विकेट लिन सकेनन् । दोस्रामा उनले एक ओभर मात्र बलिङ गर्दै १७ रन खर्चिए, बिना कुनै विकेट । तेस्रो म्याचमा पनि उनी विकेटको खोजीमै रहे । एक ओभरमा १२ रन खर्चिँदा विकेट लिन सकेनन् ।

    चौंथो म्याचमा पहिलोपटक सोमपालले एक विकेट लिए, १९ रन खर्चेर । उनले क्वालन्डर्सका कप्तान सोहेल अख्तरलाई आउट गरेका थिए । पाँचौ म्याचमा सोमपाल अत्यन्त खर्चिला बने । उनले एक ओभरमा बिना कुनै विकेट २७ रन खर्चिए । उनीमाथि टिम आबुधावीका क्रिस गेलले छक्काको वर्षात गरेका थिए । गेलले केवल २२ बलमा ८४ रनको अद्भूत पारी खेलेको म्याच थियो त्यो ।

    छैटौं म्याचमा भने सोमपालले उत्कृष्ट कमब्याक गरे । दुई ओभर बलिङ गर्दा १२ रन मात्रै खर्चेर उनले २ विकेट लिए । पहिलो ओभरमै उनले २ विकेट लिएका थिए भने दुई रन मात्रै खर्चेका थिए । यही म्याचले प्रतियोगितामा सोमपालको लाज ढाक्यो । सुपरलिगको अंकतालिकामा पुछारतिर परेपछि मराठा क्वालिफायरमा उक्लिन सकेन सोमपालको यात्रा पनि यहीँ टुंगियो । उनले समग्रमा ६ म्याचमा ८ ओभर बलिङ गर्दै ३ विकेट लिँदा १ सय १५ रन खर्चिएका छन् । उनको प्रदर्शन औसतभन्दा तलको हो ।

    करणः ५ ओभरमा ८० रन, १ विकेट

    प्रतियोगितामा अर्का नेपाली बलर करण केसीको प्रदर्शन दयनीय रह्यो । एउटा म्याचमा प्राप्त भएको क्रिस गेलको विकेट बाहेका उनका लागि सम्झिनलायक केही भएन ।

    करणले पहिलो म्याचमा एक ओभर बलिङ गर्दै १७ रन खर्चिए । दोस्रोमा ९ रन मात्र खर्चिएर इकोनोमी सुधार गरे, तर विकेट लिन सकेनन् । तेस्रो म्याचमा एक ओभर बलिङ गर्दै १८ खचिए र पहिलोपटक विकेट लिए । उनले क्रिस गेललाई बोल्ड गरेका थिए । चौंथोमा उनले एक ओभरमा १७ रन खर्चिए र विकेट लिन सकेनन् । पाचौंमा उनले बलिङको अवसर नै पाएनन् । बरु ब्याट समात्न पाए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका करण पहिलो बलमै आउट भए । छैटौं म्याचमा उनी ब्याटिङ र बलिङ दुवैमा फ्लप भए । उनले एक ओभर बलिङ गर्दै बिनाविकेट १९ रन खर्चिए । ब्याटिङमा झन् दयनीय देखिएका उनले ९ बल खेलेर ३ रन मात्रै जोडी आउट भए ।

    समग्रमा करणले प्रतियोगितामा पाँच ओभर बलिङ गर्दै ८० रन खर्चिएका छन् र केवल एक विकेट हात पारेका छन् । ब्याटिमा १० बलको सामना गर्दै तीन रन मात्रै जोडेका छन् । ब्याट र बल दुवैबाट उनले कुनै प्रभाव पार्न सकेनन् ।

    समग्रमा आबुधावी टी-१० मा नेपाली खेलाडीहरू जुन उत्साह बोकेर गएका थिए, त्यसअनुसार प्रदर्शन गर्न चुकेका छन् । यद्यपि, यो अनुभवले आगामी दिनमा राष्ट्रिय टिमबाट खेल्दा सहयोग गर्न सक्छ ।

  • नर्दन वारियर्सले दोस्रोपटक जित्यो टी-१० क्रिकेटको उपाधि

    नर्दन वारियर्सले दोस्रोपटक जित्यो टी-१० क्रिकेटको उपाधि

    काठमाडाैं । चार नेपाली खेलाडीसमेत सहभागी आबुधावी टी-१० को उपाधि नर्दन वारियर्सले जितेको छ । निकोलस पुरनको टिम प्रतियोगिताका ४ संस्करणमा दोस्रोपटक विजेता बनेको हो ।

    शनिबार राति भएको खेलमा वारियर्सले दिल्ली बुल्सविरुद्ध ८ विकेटको सहज जित हात पार्‍यो । पहिलो ब्याटिङ गर्दै दिल्ली बुल्सले ९ विकटको क्षतिमा ८१ रन मात्रै जोड्न सकेको थियो । दिल्लीलाई सस्तैमा समेट्ने क्रममा महिश थिकसानाले तीन विकेट लिएका थिए ।

    दिल्लीका लागि अफगानी अलराउन्डर मोहम्मद नादीले १० रनमा सर्वाधिक २१ रन जोडे । अन्यले गतिलो योगदान दिन सकेनन् । दिल्ली बुल्सका कप्तान ड्वेन ब्राभो शून्यमा आउट भए ।

    वारियर्सले ८.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । दिल्लीले खराब बलिङ गर्दै १६ अतिरिक्त रन दिएपछि वारियर्सलाई लक्ष्य भेट्टाउन सहज भएको हो ।

    खेलपछि प्रतिक्रिया दिँदै वारियर्सका वेस्ट इन्डियन कप्तान पुरनले भने, ‘मलाई लाग्छ, आज दिल्ली बुल्सभन्दा जितका लागि हामी बढी हकदार थियौं ।’

    आवुधावि टी-१०मा नेपालका पारस खड्का, करण केसी, सोमपाल कामी र कुशल मल्ल सहभागी थिए । उनीहरुको टिम फाइनलमा पुग्न सकेन । कुशल मल्ल अनुबन्धित टिम आबुधावी भने प्रतियाेगितामा तेस्राे भयाे । याे टिममा पारस खड्काकाे जिम्मेबारी युवा प्रतिभा मार्गदर्शकका रुपमा थियाे ।

  • भारानेको २ गोलमा रियलको पुनरागमन जित

    भारानेको २ गोलमा रियलको पुनरागमन जित

    एजेन्सी । डिफेण्डर रफायल भारानेले २ गोल गरेपछि रियल मड्रिडले अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

    यो जितले प्रशिक्षक जिनेदिन जिदानमाथिको दवाव कम गरेको छ । जसले खेलअघिको पत्रकार सम्मेलनमा आफूहरु उपाधि दौडबाट बाहिर नभएको दावी गरेका थिए ।

    घरेलु मैदानमा हुएस्काले पहिलो हाफ गोलरहित खेलेको थियो । तर दोस्रो हाफको सुरुमै गालन गिलको शानदार गोलमार्फत हुएस्काको अप्रत्यासित अग्रता बन्यो ।

    तर केहि मिनेटपछि नै रफायल भारानेले साविक विजेता रियलका लागि बराबरी गोल फर्काए । फ्रान्सेली डिफेण्डर भारानेले नै ८४ औं मिनेटमा गोल गरेपछि रियलले सन्तुष्टिको स्वास फेरेको हो ।

    रियल ला लिगाको दोस्रो स्थानमा छ । तर आफूभन्दा २ खेल कम खेलेको शहरी प्रतिस्पर्धी एट्लेटिको मड्रिडभन्दा ७ अंकले पछाडि छ । अंकतालिकाको पुछारमा रहेको हुएस्कालाई रेलिगेसन जोनबाट बाहिर निस्कन कम्तिमा ५ अंक आवश्यक छ ।

  • ओल्ड ट्राफोटमा एभर्टनको बहादुरीपूर्ण बराबरी

    ओल्ड ट्राफोटमा एभर्टनको बहादुरीपूर्ण बराबरी

    एजेन्सी । डोमिनिक क्यालभर्ट लेविनले इन्जूरी समयको अन्तिम मिनेटमा गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडबिरुद्ध उसकै मैदानमा नाटकीय रुपमा अंक खोसेको छ ।

    ६ गोलको सनसनी खेलमा दुई पल्ट पछि परेको स्थितिबाट पुनरागमन गर्दै एभर्टनले खेल ३–३ को बराबरीमा सकायो र कम्तिमा १ अंक हासिल गर्न सफल भयो ।

    इडिन्सिन काभानीले २४ औं र बुर्नो फर्नान्डेजले ४५ औं मिनेटमा गोल गरेपछि घरेलु टोली युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

    तर दोस्रो हाफको सुरुआती ७ मिनेटभित्र एभर्टनले २ गोल फर्कायो । ४९ औं मिनेटमा डोकोउर र ५२ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेका हुन् ।

    म्युनिख विमान दुर्घटनाको ६३ औं स्मृति दिवसका दिन ७० औं मिनेटमा म्याकटोमिनेको हेडिङ गोलपछि म्यानचेस्टरको जित निश्चित भएको अनुमान लगाइएको थियो । तीन अंक जोड्न सकेको भए युनाइटेडले शीर्ष स्थानको म्याचनेस्टर सिटीसँग अंक बराबरी गर्ने थियो ।

    लिग लिडर सिटीको भन्दा युनाइटेडको २ अंक कम छ । तर युनाइटेडले छिमेकी प्रतिद्वन्द्वीभन्दा २ खेल बढी खेलेको छ ।

    तालिकामा शीर्ष स्थितिको बारेमा स्काइ स्पोर्टससँग कुरा गर्दै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भनेका छन्, ‘हामीले एउटा लामो यात्रा तय गरिसकेका छौं । हामी अहिले उपाधिको बारेमा कुरा गरिरहेका छैनौं । हामीले राम्रो टिम सन्तुलन पाएका छौं र हेरौं कहाँ पुगिन्छ ।’

  • एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई

    एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई

    पाेखरा। एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।

    प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारेका थिए । उनका निकटतम प्रतिस्पर्धी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए ।

     

    जसमध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

    बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए ।

    महिलातर्फको स्पर्धामा रेखा घिमिरे २३ अंक प्राप्त गर्दै विजयी बनिन् । जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए ।

    पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारे । त्यस्तै क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधि जिते ।

    चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तथापी क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्नबाट ६ इञ्चको दुरीबाट चुकेका थिए ।

    यो एक दिवसीय प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा तीन चौथाइ ह्यान्डीक्यापमा खेलाइएको थियो ।

    नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

    समापन समारोहमा मुख्य मन्त्री गुरुङले प्रतियोगिताले पोखरामा आफूहरुलाई पर्यटकको सम्भावनालाई उत्कृष्ट बनाउन सफल भएको बताए । साथै बाह्रखरीले पोखराको पर्यटनमा नयाँ आयाम ल्याएको उनले बताए ।

    “पर्यटकको आगमनको प्रतिक्षामा थियौँ । यसै समयमा बाह्रखरीले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्यो । यसलाई हामीले सहजै रुपमा स्वीकार गर्यौँ । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो प्रतियोगिताले ठूलो भूमिका निर्वाह गरेको छ,” गुरुङले भने ।

    उनले बाह्रखरीले गरेको कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै अब आउँदो प्रतियोगिता मनाङमा गर्न अनुरोध गरेका थिए ।

    यस्तो खाले प्रतियोगिताले पर्यटन क्षेत्रमा राहत मिल्ने भएकाले फरक–फरक क्षेत्रमा प्रतियोगिता गर्न सुझाव दिएका थिए ।

    मन्त्री गुरुङले कार्यक्रमका लागि सहयोग गर्ने एनसेललगायतका कर्पोरेट संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै पर्यटन मन्त्री भानुभक्त ढकालले ‘एनसेल बाह्रखरी गल्पm’ले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न भूमिका खेलेको बताए ।

    पर्यटन प्रवर्द्धन गर्नका लागि यस्ता खालका गतिविधि आवश्यक रहेको बताउँदै उनले पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन गल्फ प्रतियोगिता सफल भएको बताए ।

    “सरकारले आफ्नो क्षमताले भ्याएसम्म व्यवसायीहरुलाई राहत दिइरहेको छ । पर्यटनसँग सम्बन्धित गतिविधि बढाएर आन्तरिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ,” ढकालले भने ।

    मन्त्री ढकालले पनि एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा कार्यक्रम गर्न सफल भएको भन्दै बाह्रखरीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    समापान समारोहमा आफ्ना धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले बाह्रखरीसँगको सहकार्यले पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

    विगतका वर्षझैँ यो वर्ष पनि बाह्रखरीले कोभिड १९ को महामारीले असर गरेको बेलामा कार्यक्रम गर्ने साहस देखाएको भन्दै प्रशंसा गरेका थिए ।

    “बाह्रखरीले हरेक वर्ष हामीसँग सहकार्य गर्दै सफलतापूर्वक गल्फ प्रतियोगिता आयोजना गर्छ । यो वर्ष यस्तो अवस्थामा गल्फ गर्ने साहस देखाएकोमा हामी खुसी छौँ । यो कुरालाई हामी सबैले प्रोत्साहन गर्नुपर्छ,” चोङ्गले भनेका थिए ।

    यस्तै बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले गल्फ प्रतियोगिता आयोजना गर्न प्रमुख प्रायोजक एनसेलसहित अन्य सहयोगी कर्पोरेट संस्थालाई धन्यवाद दिएका थिए ।

    पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नै पोखरामा गल्फ प्रतियोगिता आयोजना गरिएको भन्दै उनले यसले पोखरासहित नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा उपस्थित पाहुनाका लागि बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।

    विभिन्न स्पर्धामा विजयी खेलाडीलाई सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सैलेन्द्र खनाल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेतृ मनिषा कोइराला, मिस नेपाल नम्रता श्रेष्ठले सम्मान गरेका थिए ।

    कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरामा ‘एनसेल बाह्रखरी गल्फ’ आयोजना गरिएको हो ।

    प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता रहेको थियो । गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्‍याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको थियो ।

    त्यस्तै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले शुक्रबार साइकल र्‍याली आयोजना गरिएको थियो ।

  • आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

    आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

    सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ ।

    आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसक्नुभएको छ । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपीएलका लागि दर्ता गराएका हुन् ।

    आइपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ । उक्त छनोट भारतको चेन्नइमा हुनेछ । आइपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन् ।

    आइपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स ९युएई० का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन् ।

  • रंगशाला निर्माण सहयोगार्थ खेलाडी र कलाकारबीचको च्यारिटी क्रिकेट आज

    रंगशाला निर्माण सहयोगार्थ खेलाडी र कलाकारबीचको च्यारिटी क्रिकेट आज

    काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको रामपूरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोगका लागि खेलाडी र कलाकारबीचको च्यारिटी क्रिकेट खेल आज हुँदैछ ।

    भरतपुर महानगरपालिका–१४ स्थित निर्माणस्थलमा रहेको नमूना मैदानमा हुने खेल बिहान १० बजेदेखि सुरु हुनेछ । च्यारिटी खेलको आयोजना कृष्मा ब्रोडकास्टिङले गरेको हो ।

    खेलका लागि ४५ जना कलाकार तथा खेलाडीको टोली हिजै चितवन पुगिसकेको छ । हरि खड्का, दीपक विष्ट, संगीना बैद्य, विनोद भण्डारी, रेश्मा भण्डारी, मण्डेकाजी श्रेष्ठ, सदिना श्रेष्ठ लगायतका फरक फरक खेलका स्टार खेलाडीहरु चितवन पुगेका छन् ।

    कलाकारहरुका तर्फबाट सन्दीप क्षेत्री, दयाहाङ राई, रामकृष्ण ढकाल, बद्री पंगेनी, प्रकाश सपुत, प्रमोद खरेल, मिस नेपाल श्रृंखला खतिवडा लगायतको सहभागिता रहनेछ ।

    धुर्मुस ए र बी तथा सुन्तली ए र बी गरी चार टोली बनाएर १० ओभरको खेल खेलाडइनेछ । दुइ खेलको विजेता टोलीबीच आजै फाइनल खेल पनि हुने कार्यक्रम तय भएको धुर्मुस सुन्तली फउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

    कार्यक्रम स्थलमा आर्थिक सहयोग संकलन कार्यक्रम पनि छ ।

  • बुण्डेसलिगामा शीर्ष स्थानको बायर्नलाई १० अंकको अग्रता

    बुण्डेसलिगामा शीर्ष स्थानको बायर्नलाई १० अंकको अग्रता

    एजेन्सी । जर्मन बुण्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले हेर्था बर्लिनमाथि १–० को कठिन अवे जितका साग १० अंकको स्पष्ट अग्रता लिएको छ ।

    बार्यनले बर्लिनलाई पूर्णतः दवावमा राख्न सकेको भने थिएन । बायर्नको प्रदर्शन उत्कृष्ट थिएन । खेलको सुरुआतमै पाएको एउटा पेनाल्टीमा रोवर्ट लेबाण्डोस्की गोल गर्न असफल भएका थिए ।

    २१ औं मिनेटमा किंग्स्ले कोम्यानले गरेको गोल नै निर्णायक बन्यो । उनले लामो दूरीबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

    जर्मन च्याम्पियनले त्यसपछि अर्को गोल गर्न सकेन । बरु उल्टै दवावमा परेको थियो । दोस्रो हाफमा बर्लिनका मेथ्युज चुन्हाले गोलरक्षकलाई छक्याएर पनि पोष्टभित्र प्रहार गर्न सकेनन् ।

    हेर्था बर्लिन रेलिगेसन क्षेत्रबाट एक स्थान माथि अर्थात १५ औं स्थानमा छ, त्यो पनि गोलअन्तरका आधारमा । उसको २० खेलबाट १७ अंक छ । एक खेल कम खेलेको १६ औं स्थानको अर्मिनियाको पनि समान अंक छ ।

    यता बायर्नको भने २० खेलबाट ४८ अंक पुगेको छ । दोस्रो स्थानको आरबी लाइपजिगभन्दा १० अंकले अगाडि छ । तर लाइपजिगले एक खेल कम खेलेको छ ।

    बार्यनले सोमबार क्लब विश्वकप अन्तर्गत सेमिफाइनलमा अफ्रिकी च्याम्पियन अल अलीप्रग कतारमा खेल्दैछ । च्याम्पियन्स लिग विजेता बार्यनलाई कतारमा ९ महिनाको अन्तरमा छैटौं ट्रफी जित्ने अवसर हुन सक्छ ।

  • १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होराइजनको पोल्टामा

    १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होराइजनको पोल्टामा

    रुपन्देही । सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    रुपन्देहीको भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा होराइजनले जितसँगै २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्न सफल भएको हो । उपविजेता धनगढीले भने १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझाएको छ ।

    प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत राना उत्कृष्ट बलर भई पुरस्कृत भए ।

    सिद्धार्थ रंगशालामा आज भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेट क्षतिमा १ स य ४८ रन बनायो । उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खाँनले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १ सय ४८ नै बनायो । उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए ।

    बलिङमा धनगढीका संदीप विष्ट र रजत रानाले समान ३–३ विकेट लिए । सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो । धनगढीले भने १ विकेट क्षतिमा ४ रन मात्रै बनाउन सक्यो । होराइजनका सुमित पराजुली म्यान अफ द फाइनल भई पुरस्कृत भए ।

    विजेतालाई प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रक मल्ल र रामकुमारी गौचनलगायतले पुरस्कार प्रदान गरे । पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो ।

  • अभिलाषा र सोन्जा पहिलो

    अभिलाषा र सोन्जा पहिलो

    काठमाडौं । नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर- जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् ।

    सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बेर्चको जोडीलाई ६-० र ७-५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन् ।

    नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्स फाइनलमा भने नेपाली जोडी चुके । भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २-६, ६-२ र १०-६ को सेटमा हराए ।

    पुरुष सिंगल्समा भारतका अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा पुगे । अमनले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६-१ र ६-१ तथा टोमसले भारतका अग्रिया यादवलाई ६-४ र ६-२ ले पाखा लगाए ।

    महिला सिंगल्समा बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्लेले उपाधि भिडन्त पक्का गरे । मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २-६, ६-१ र ६-३ तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७-५ र ६-४ को सेटमा पन्छाए । सिंगल्स फाइनल शनिबार हुने छ ।

  • प्रशिक्षक फेरिएपछि सुधारियो चेल्सी, टोटनह्यामलाई हरायो

    प्रशिक्षक फेरिएपछि सुधारियो चेल्सी, टोटनह्यामलाई हरायो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आफ्नै मैदानमा चेल्सीसँग १–० गोलको पराजय ब्यहोरेपछि टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले रेफ्री आन्द्रे मारिनरको आलोचना गरेका छन् ।

    अर्कोतर्फ नयाँ प्रशिक्षक थोमस टचेलमातहत चेल्सीले अपराजित यात्रा तेस्रो खेलसम्म पु¥याएको छ । जितपछि चेल्सी अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

    एरिक डायरले चेल्सीका टिमो वेर्नरलाई फल गरेपछि पाएको पेनाल्टीमा जर्जिन्होले २४ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । सुधारोन्मुख सोचका साथ चेल्सीको प्रदर्शन शानदा थियो । टोटनह्यामले घरेलु मैदानमा खेलको अन्त्यतिर पुनरागमनको प्रयास गरे पनि ढिला भइसकेको थियो ।

    गएराति खेल सकिएपछि रेफ्री मरिनरको बारेमा माउरिन्होले भने, ‘म उनलाई प्रिमियर लिगकै सबैभन्दा उत्कृष्ट रेफ्रीमध्ये एक मान्छु । म उनलाई हेरिरहेको हुन्छु र उनको एक ठूलो प्रशंसक पनि हुँ,’ माउरिन्होले थपे, ‘तर आजको स्थितिमा मलाई उनको प्रदर्शन मन परेन । किनभने एउटा पेनाल्टीले खेलको नतिजा छिनोफानो भएको छ जबकि त्यो पेनाल्टी दिनुपर्ने फल नै थिएन ।’

    क्लबका पूवै लिजेण्ड फ्र्यांक लाम्पार्डलाई प्रतिस्थापन गरी दुई साताअघि टिम संहालेयता २ जित र १ बराबरीको नतिजाले टचेल हौसिएका छन् । अझ चेल्सीले एक गोल पनि खाएको छैन । ‘पहिलो हाफ हामीले पूर्ण रुपमा नियन्त्रणमा लियौं,’ टचेलले भने, ‘सायद हामीले दोस्रो हाफमा आत्मविश्वास गुमाएका थियौं किनभने हामीले बलमा नियन्त्रण राख्न सकेका थिएनौं ।’

  • माछापुच्छ्रे एकेडेमीले फागुनमा ‘बक्स क्रिकेट प्रतियोगिता’ गर्दै

    माछापुच्छ्रे एकेडेमीले फागुनमा ‘बक्स क्रिकेट प्रतियोगिता’ गर्दै

    पोखरा । माछापुच्छ्रे क्रिकेट एकेडेमीले फागुनमा बक्स क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन १ गतेदेखि ४ गतेसम्म लेखनाथस्थित एकेडेमीमा प्रतियोगिता हुने आयोजकले जनाएको हो ।

    एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको दाबी गरेको छ । बक्स क्रिकेट सफ्ट बल (टेनिस बल) ले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केही फरक हुन्छ । बक्स क्रिकेटका केही नियम पनि सामान्य क्रिकेटभन्दा केही फरक हुने आयोजकको भनाइ छ ।

    बक्स क्रिकेटमा स्टे«ट (सिधा) प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने हुँदैन । तोकिएको दिशाबाहेकको ठाउँमा फ्याँकिएको बल ‘आउट’ मानिन्छ ।

    प्रतियोगितासँगै लेखनाथमा एकेडेमी समेत सुरुआत हुने एकेडेमी सञ्चालक अरुण पौडेलले जानकारी दिए । यसअघि एकेडेमी हाल पोखरा नदीपुरस्थित प्रदेश सभा भवनसँगैको प्रांगणमा थियो ।

    एकेडेमीले नेपालमा ग्राउन्ड खेलाडी र ब्याट्सम्यान उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागेको प्रशिक्षक दिपेश खत्रीले जानकारी दिए ।

    ‘नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड सट खेलाडीको अभाव छ । एकेडेमीले त्यहीअनुसारका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागेको हो,’ उनले भने, ‘प्रतियोगिता अब निरन्तर हुनेछ र एकेडेमीको वार्षिक क्यालेन्डरमा पनि राखिनेछ ।’

    खत्रीले क्रिकेटका लागि पोखरामा तनहुँ भिमाददेखि पनि खेलाडी आउने हुनाले सबैको सजिलोका लागि लेखनाथमा एकेडेमी सञ्चालन गर्न लागेको सुनाए । प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको उनले आयोजकले जानकारी दिए ।

    प्रतियोगिताको विजेताले ३२ हजार रुपैयाँ र उपविजेताले १६ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान २ हजार ५ सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब डेढलाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

  • अन्तिम प्रतिस्पर्धामा धनगढी र होराइजन भिड्ने

    अन्तिम प्रतिस्पर्धामा धनगढी र होराइजन भिड्ने

    रुपन्देही । रुपन्देहीमा जारी १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा धनगढी क्रिकेट एकेडेमी र न्यू होराइजन क्रिकेट एकेडेमी भिड्ने भएका छन् ।

    आज भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनलमा धनगढीसँग भिड्ने आफ्नो यात्रा तय गरेको हो ।

    आजको खेलमा सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । उसका लागि अमर थापाले २७ र सचिन थापाले अविजित २६ रन बनाए ।

    बलिङमा कासीका रमेश कुर्मी, सन्देश जिसी र अर्जुन कारोसले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङ गरेका कासीले ३४ दशमलव २ ओभरमा सबै विकेट गुमाई ९८ रनमै समेटियो ।

    उसका लागि सन्तोष यादवले २७ र सिद्धार्थ अधिकारीले १४ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ७ ओभरमा ४ मेर्डन राख्दै ७ रन खर्चेर ४ विकेट लिए ।
    यस्तै, प्रकाश गिरी र अनिल थापाले समान १÷१ विकेट लिए । सुमित पराजुली म्यान अफ द म्याच भए ।

    पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा जारी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।

    यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । यो प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

  • द हन्ड्रेड क्रिकेटमा सन्दीपले ओभलबाटै खेल्ने

    द हन्ड्रेड क्रिकेटमा सन्दीपले ओभलबाटै खेल्ने

    काठमाडौं । नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा पुनः छनोट भएका छन् । इङ्गिस क्रिकेट बोर्डको आयोजनामा २०२० मै हुन लागेको यो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण पछाडि धकेलिएको थियो ।

    गत वर्ष ओभल इन्भिन्सिबलले पनि सन्दीपलाई टोलीमा समावेश गरेको थियो । तर, कोरोना महामारीपछि अनिश्चित बनेको प्रतियोगिता पुनः हुने भएपछि उनी पुनः छनोट भएका हुन् ।

    ओभलले पुनः छनोट गरेसँगै सन्दीपले सामाजिक सञ्जालमा ट्वीट गर्दै ओभलले पुनः छनोट गरेर सम्मानित गरेको प्रतिक्रिया दिएका छन् ।

    ‘ओभल इन्भिन्सिबलले छनोट गर्नु ठूलो सम्मान हो,’  उनले भनेका छन्, ‘नयाँ ढाँचाको क्रिकेट एरिनामा खेल्न अग्रसर छु ।’

    सन्दीपलाई ओभलले एक लाख पाउन्डमा अनुबन्ध गरेको हो । तर, २० प्रतिशत कटौती भएर सन्दीपले ८० हजार पाउन्ड मात्रै पाउने बताइएको छ ।

    ओभलले सन्दीपसँगै साम कुरान, जेसन रोय, सुनील नारिन र साम बिलिङ्ग्सलाई पनि टोलीमा भित्र्याएको छ भने टो मूडी मुख्य प्रशिक्षक बनेका छन् ।

  • प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार १३ औं जित, ब्राइटनसँग हार्‍यो लिभरपुल

    प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार १३ औं जित, ब्राइटनसँग हार्‍यो लिभरपुल

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीमाथि २–० को जित निकाल्दै ३ अंकको अग्रता यथावत राखेको छ । लिगमा सिटीको यो लगातार १३ औं जित पनि हो ।

    सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबार म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनमाथि फराकिलो अन्तरको जितसहित दवाव पेश गरेकोमा सहज जितले खु्सी लागेको बताए ।

    घरेलु मैदानमा बर्नलीले आफ्ना गोलरक्षक निक पोपको कमजोरीका कारण तेस्रो मिनेटमै गोल खान पुगेको हो । गाव्रियल जेससले सुरुआती गोल गरेका हुन् । उनले सिटीका लागि ७५ औं गोल गरे ।

    सिटीले नियन्त्रणमा राखेको खेलको ३८ औं मिनेटमा रहिम स्टर्लिङले दोस्रो गोल गरे । रियाद मेहेरेजले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिएपछि सिटी २–० ले विजयी भयो ।

    जितपछि २१ खेलबाट सिटीको ४७ अंक भएको छ । ४४ अंक रहेको युनाइटेडले १ खेल बढी खेलेको छ । रेलिगेसन क्षेत्रबाट ७ अंक टाढा रहेको बर्नलीले २१ खेलबाट २२ अंक जोडेको छ ।

    गएराति नै भएको अर्को खेलमा साविक विजेता लिभरपुलले ब्राइटनसँग १–० गोलको अप्रत्यासित पराजय ब्यहोरेको छ । रेलिगेसनको खतरा टार्नका लागि निकै नै महत्वपूर्ण र अविश्वसनीय अंक हासिल गरेको ब्राइटन तीन स्थान सुधार गरी १५ औं स्थानमा पुगेको छ ।

    चोटग्रस्त लिभरपुलले आफ्नै मैदान एनफिल्डमा ५६ औं मिनेटमा गोल खाएको हो । ब्राइटनका लागि अल्जाटेले निर्णायक गोल गरे ।

    लिभरपुल अंकतालिकामा शीर्ष स्थानको सिटीभन्दा ७ अंकले पछाडि छ । घरेलु मैदानमा डिसेम्बर १६ यता लगातार तेस्रो खेलमा गोल गर्न असमर्थ देखिएको छ । यस्तो भएको अक्टोबर १९८४ यता नै पहिलोपल्ट हो ।

    प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा ६८ खेलसम्म नहारेको लिभरपुल लगातार दोस्रोपल्ट हार्न पुगेको छ । प्रशिक्षक जर्गेन क्लोपले सिटम अप्ठेरोमा रहेको स्वीकार गरेका छन् ।

  • रोनाल्डोको २ गोलमा युभेन्टसद्वारा इन्टर मिलानमाथि पुनरागमन जित

    रोनाल्डोको २ गोलमा युभेन्टसद्वारा इन्टर मिलानमाथि पुनरागमन जित

    एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले २ गोल गरेपछि कोपा इटालियाको सेमिफाइनल पहिलो लेगमा युभेन्टसले इन्टर मिलानमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

    अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले युभेन्टसका गोलरक्षक जिानलुइगी बुफोनलाई छक्याउँदै खेलको नवौं मिनेटमै इन्टरलाई अग्रता दिलाएका थिए । बुफोनको यो सिनियर करिअरमा ११ सयौं खेल थियो ।

    तर २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याए । इन्टरका एस्ले योङले जुहान कार्डाडोलाई फल गरेपछि पाएको पेनाल्टीलाई उनले सदुयोग गरेका हुन् ।

    ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो र टिमका लागि विजयी गोल गरेका हुन् । इन्टरको रक्षात्मक कमजोरीको फाइदा रोनाल्डोले उठाएका थिए ।

    खेल अवधिभर एक अर्काले गोल गर्ने प्रयास गरिरहे । दुवैले खराव मनोबृत्ति प्रदर्शन गरेका थिए । खेलमा ९ पहेलो कार्डको प्रयोग भएको थियो । तीमध्ये युभेन्टसका खेलाडीले मात्र ६ वटा पाएका थिए । युभेन्टसले सिरी ए अन्तर्गत अघिल्लो महिना व्यहोरेको २–० को हारको बदला पनि लिएको छ ।

    कोपा इटालिया उपाधि युभेन्टसले १३ पल्ट जितेको छ । फाइनल प्रवेशका लागि निर्णायक मानिने दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा अर्को साता हुनेछ ।

  • प्रिमियर लिगः साउथह्याम्प्टनको पोष्टमा म्यानचेस्टर युनाइटेडको ९ गोल

    प्रिमियर लिगः साउथह्याम्प्टनको पोष्टमा म्यानचेस्टर युनाइटेडको ९ गोल

    एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ९–० गोलको आफ्नै कीर्तिमान बराबरी गर्ने क्रममा ९ खेलाडीमा खेल सकाएको साउथह्याम्प्टनमाथि घरेलु जित निकालेको छ । साउथह्याम्प्टनका लागि भने लगातार दोस्रो सिजन ९–० को हार हो ।

    खेल सुरु भएको दोस्रो मिनेटमै अलेकजान्द्रे जान्केवीचले रातो कार्ड पाउनु पाहुना टोली साउथह्याम्प्टनको पतनको सुरुआत थियो । उसले गत सिजन अक्टोबर २०१९ मा लिसेस्टर सिटीसँग पनि यही गोलअन्तरको पराजय ब्यहोरेका थिए ।

    ओल्ड ट्राफोटमा आरोन वान विसाकाले गोलको सुरुआत गरेका थिए । युनाइटेडकमा लागि मार्कश रासफोर्ड र इडिन्सन काभानीले पनि गोल गरे । जान बेडनारेकको आत्मघाती गोलसमेत गर्दा पहिलो हाफमै युनाइटेडले ४–० को अग्रता बनाएको थियो ।

    दोस्रो हापको अन्त्यतिर साउथह्याम्प्टनका अर्का खेलाडीले पनि रातो कार्ड पाएका थिए । दोस्रो हाफमा एन्थोनी मार्सलले २ गोल थपे । बुर्नो फर्नान्डेसले पेनाल्टीमा गोल गरे । म्यान टोमिनी र ड्यान जेम्सले एक एक गोल गरे ।

    युनाइटेडका लागि शानदार अन्त्य थियो । उनीहरुले सन् १९५६ मा एन्डरलेच्टमाथिको १०–० को क्लब कीर्तिमान जितजस्तै प्रदर्शन देखाएका थिए ।

    यो जितपछि युनाइटेडले २२ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको पनि समान अंक छ । तर गोलअन्तरमा युनाइटेडले सिटीलाई पछि पार्न सकेन । लिगमा लगातार चोथो हार ब्यहोरेको साउथह्याम्प्टन भने २१ खेलबाट २९ अंकसहित १२ औं स्थानमा छ ।

  • मेयर्स कप क्रिकेट प्रतियोगिताका लागि  संघलाई महानगरको ५० लाख सहयोग

    मेयर्स कप क्रिकेट प्रतियोगिताका लागि संघलाई महानगरको ५० लाख सहयोग

    काठमाडौं ।  ‘मेयर्स कप — २०७७’  क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
    मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा  माहानगर र संघबीच  सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

    सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे ।

    हस्ताक्षरपछि कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख  विद्यासुन्दर  शाक्यले महानगरको प्राथमिक क्षेत्र पूर्वाधार, सम्पदा पुनर्निर्माण र शिक्षा स्वास्थ्य भएको भन्दै खेलकुद क्षेत्रको विकास र प्रवर्दनका लागि विस्तारै लगानी बढाउँदै लैजाने बताए ।

    ‘हामीले विगतका वर्षमा महानगरपालिका क्षेत्र भित्रका फुटवल क्लवहरुलाई सहयोग गर्दै आएका थियौँ, शाक्यले भने,

    ‘विगतमा ए डिभिजन फुटवल क्लवलाई जनही १० लाख, वी डिभिजनलाई जनही ६ लाख र सी डिभिजनलाई ४ लाख सहयोग गरेकोको मेयरले जानकारी दिए ।

    ‘फुटवलका माध्ययमबाट देशलाई अन्तराष्ट्रिय स्तरमा पुयाउन यस्तो सहयोग गरेका हौँ,’  उनले भने । शाक्यले फुटवल क्लवलाई जस्तै क्रिकेट क्षेत्रको विकासलाई पनि निरन्तर सहयोग गर्ने बताए ।

    ‘राष्ट्रिय खेलाडीको मनोबल बढाउन र अन्तरराष्ट्रिय खेलाडी नेपाल आउँदा यहाँको सभ्यता महसुस गराउन महानगरले गएको साफमा केही सहयोग गरेको थियो,’ मेयर शाक्यले भने  ‘खेलाडी र खेलकुदप्रेमीलाई प्रोत्साहन हुने गरी कार्य गरेमा आगामी दिनमा पनि थप सहयोग गर्ने उनले बताए।

    उनले आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथामिकता दिदैँ खेलाडीहरुको मनोवल थप उच्चो बनाउनेतर्फ केन्द्रित हुने पनि बताए ।

    नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौँ महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताए ।

    यो सहयोगले खेलाडीहरुको प्रतिभामा थप निखारता आउने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चन्दले भने

  • रुथको दुई गोलमा वालिङको सहज जित

    रुथको दुई गोलमा वालिङको सहज जित

    काठमाडौं । मेथो एल्युडी रुथको दुई गोलप्रेरित वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगका चन्द्रपुर नगरपालिकालाई ३–० को नजितामा पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङका लागि कियोमेग्नो जोमो भेनेसा नोएलले एक गोल गरिन् ।

    नोएलले ३७औं मिनेटमा गोल गर्दै वालिङका लागि गोलको खाता खेलेकी थिइन् । रुथले ४५औं मिनेटमा गरेको गोलसँगै वालिङले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

    चन्द्रपुरको रक्षापंक्तिमाथि हाबी बनेको वालिङका लागि रुथले ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित निश्चित गरिन् ।

    जितसँगै वालिङ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चन्द्रपुर छैठौं स्थानमा छ ।

  • खेलकुदमा अर्को वर्ष बजेट बढेर आउँछ: प्रधानमन्त्री

    खेलकुदमा अर्को वर्ष बजेट बढेर आउँछ: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।

    राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको खेलकुदसंग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

    विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताए ।

    सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पारे । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उनले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए ।

    हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिलेही नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गरे । उनले भने, ‘लडाईमा नहार्ने देश यत्रा यत्रा डल्ला संग किन हार्नै? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ?’ अशान्ति जीत र हारका आधारमा हुने भन्दै उनले भने ‘संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो,हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।’

    उनले जीतका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उनले भने ‘चाहिएको कपडा÷सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ ।’

    नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिए । खर्चको कमि भयो भनेर सहभागीता नै गुमाउने अवस्था आउन नदिने तर्फ पनि सचेत हुन उहाँले सुझाव दिए । उनले खेल जित्ने गरी तयारी गर्नुको साथै अत्याधिक सहभागीता गराउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो निस्कने बताए । हरेक जनताको बीचमा खेलकुद पु्याउनु आवश्यक रहेको भन्दै उनले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको बताए । उनले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताए ।

    अन्तरक्रियामा सहभागीले सोधेको प्रश्नको जवाफ दिएका दिए । प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयका सम्बन्धमा गरिएको प्रश्नमा उनले सातै प्रदेशमा एक / एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताए ।

    रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट पारे ।मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा उनले ‘दुई बर्ष भईसक्यो अझै भएको छैन ? भन्दै अनविज्ञता देखाए ।

  • अस्ट्रेलियन ओपन ३ साता सरेर मैले ‘फिट’ हुने समय पाएँः सेरेना

    अस्ट्रेलियन ओपन ३ साता सरेर मैले ‘फिट’ हुने समय पाएँः सेरेना

    एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन निर्धारित मितिमा तीन साता अगाडि आयोजना भएको भए आफू खेल्न नपाउने बताएकी छन् ।

    सहभागी खेलाडीलाई क्वारेन्टीनको अवधिसमेत जोडेर केहि समय सारिएको प्रतियोगिता मेलवर्नमा अर्को सातादेखि सुरु हुँदैछ ।
    सेरेनाका लागि अर्को साता २४ औं ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबरी गर्ने अवसर हुन सक्छ । उनले भनेकी छन्, ‘मलाई साँच्चिकै केहि समयको आराम आवश्यक थियो ।’ सेप्टेम्बरमा युएस ओपनका क्रममा उनले कुर्कुच्चाको चोट बोकेकी थिइन् । त्यही चोटबाट मुक्त हुन उनलाई समय लागेको हो ।

    सेरेनाले सोमबार प्रतियोगिताको वार्म अप म्याचमा अस्ट्रेलियाकै डारिय गाभ्रिलोभालाई २–० को सेटमा पराजित गरिन् ।

    ‘यो प्रतियोगिता नियमित समयमा सुरु भएको भए मलाई लाग्दैन कि म यहाँ आएर खेल्न सक्नेछु,’ ३९ वर्षीया सेरेनाले भनिन्,’ कुर्कुच्चाको चोट भनेको निकै नै खराव हुने रहेछ । मैले यति लामो समय चोटग्रस्त विताउनुपर्ला भन्ने सोचेको पनि थिइनँ ।’

    सेरेनाले अस्ट्रेलियन ओपनमा आफ्नो पहिलो खेल बुल्गेरियाकी भेटाना पिरोन्कोभासँग खेल्नेछिन् ।

  • एकै खेलमा सावित्राले गरिन् १२ गोल

    एकै खेलमा सावित्राले गरिन् १२ गोल

    काठमाडौं । महिला फुटबलमा दुर्लभ कीर्तिमान राख्दै स्ट्राइकर सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गरेकी छन् । काठमाडौंमा जारी महिला राष्ट्रिय लिगमा उनले एपीएफबाट खेल्दै चौदन्डी नगरपालिकाविरुद्ध गोल वर्षा गरेकी हुन् ।

    एपीएफले चौदन्डीविरुद्ध २२-० को जित हात पारेको छ । एपीएफबाट अनु लामा र अनिता बस्नेतले पनि ह्याट्रिक गरेका थिए ।

    एन्फा कम्प्लेम्समा भएको एकपक्षीय खेलमा कप्तान अनु लामाले ५ गोल र अनिता बस्नेतले तीन गोल गरे । यस्तै सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए । पहिलो हाफमा एपीएफले १२-० को अग्रता लिएका थियो भने दोस्रो हाफमा १० गोल थपेको थियो ।

    सावित्राले पाँचौ मिनेटमा गोलको खाता खोलेकी थिइन् । त्यसपछि उनले एक-एक मिनेटको अन्तरमा लगातार तीन गोल गरिन् । ३२ औं, ३३ औं र ३४ औ मिनेटमा उनले लगातार गोल गरेकी थिइन् ।

    मध्यान्तरअघि ३८ औं मिनेटमा गोल गर्दै उनले व्यक्तिगत गोलसंख्या पाँच पुर्‍याइन् । मध्यान्तरपछि पनि सावित्राको गति थामिएन । मध्यान्तरपछिको दोस्रो मिनेटमा नै डबल ह्याट्रिक पूरा गरेकी उनले ५५ औं,६२ औं, ६३ औं, ७२ औं, ७९ औं र इन्जुरी टाइममा गोल गरिन् ।

  • मेस्सीको ६ सय ५० औं क्लब गोल, बार्सिलोना विजयी

    मेस्सीको ६ सय ५० औं क्लब गोल, बार्सिलोना विजयी

    एजेन्सी । लियोनल मेस्सीले शानदार फ्रि–किकमार्फत क्लबका लागि ६ सय ५० औं गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक विल्बाओलाई पराजित गरी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    बक्सको ठीक बाहिरबाट प्रहार भएको फ्रि–किकका लागि एथ्लेटिकले ५ जनाको वाल राखेको थियो । त्यसको पछाडि एकजना र पोष्ट नजिकै अर्का एक खेलाडी थिए । र, पनि मेस्सीले टप कर्नरबाट गोल गर्न सफल रहे । क्लबका लागि उनको यो ४९ औं फ्रि–किक गोल हो ।

    पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफको सुरुमै जोर्डी अल्बाको आत्मघाती गोलका कारण एथ्लेटिकले खेल बराबरीमा ल्यायो ।

    तर ७४ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले ओस्कार मिनगुएजाको पासलाई सदुपयोग गरी विजयी गोल गरे ।

    बार्सिलोनाले रियल मड्रिडलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । तर यी दुवै चीर प्रतिस्पर्धी एट्लेटिको मड्रिडभन्दा १० अंकले पछाडि छन् ।

    बार्सिलोना र रियलको २० खेलबाट ४० अंक छ । एक खेल कम खेलेको एट्लेटिकोको ५० अंक छ । उसले शनिबार मात्रै कार्डिजमाथि जित हासिल गरेको थियो ।

    सिजनको निकै नै कमजोर सुरुआत गरेको बार्सिलोनाले पछिल्ला खेलहरुमा लय समाउन थालेको छ । पछिल्लो १० खेलमा उसले ८ जित र २ बराबरी खेलेको छ ।

     

  • आर्सनलसँग बराबरीमा रोकियो युनाइटेड, सिटीसँगको दूरी छोट्याउन असफल

    आर्सनलसँग बराबरीमा रोकियो युनाइटेड, सिटीसँगको दूरी छोट्याउन असफल

    एजेन्सी । म्यानचेस्टर युनाइटेडले पछिल्ला चार प्रिमियर लिग खेलमध्ये तेस्रोमा अंक गुमाउने क्रममा आर्सनलसँग इमिरेट्स मैदानमा गोलरहित बराबरी खेलेको छ ।

    युनाइटेडका लागि स्ट्राइकर इडिन्सन काभानीले खेलको अन्त्यतिर गोलका दुई राम्रा अवसर सृजना गरेका थिए । तर उत्तरी लण्डनको चीसो मौसममा आर्सनलको खेल निकै नै सन्तुलित थियो ।

    दोस्रो हाफको सुरुमै जव अलेक्जान्द्रे लाकाजेट्टेको फ्रिकिक बारमा लागेर बाहिरियो, आर्सनलले गोलको नजिक पुगेर असफल रह्यो । त्यस्तै इमिली स्मिटथ रोवे र निकोलास पेपेको प्रहार पनि युनाइटेडका गोलरक्षक डेभिड डी जियाले उत्कृष्ट बचाउ गरे ।

    पहिलो हाफमा आर्सनलका गोलरक्षक ब्रेन्ड लेनो व्यस्त थिए । तर उनले आफूलाई प्रमाणित गर्नका लागि एकभन्दा धेरै बचाउ गरे ।

    जारी सिजन अवे मैदानमा अपराजित यात्रालाई कायम राख्न सफल भए पनि यो बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधि यात्रामा धक्का लागेको छ ।

    युनाइटेडको २१ खेलबाट ४१ अंक भएको छ । हिजो साँझको खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि १–० को जित हासिल गरेको थियो । एक खेल कम खेलेको सिटीले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

    प्रिमियर लिग अंकतालिकाको पुछारमा रहेको टोली शेफिल्डमाथि इथिहाड रंगशालामा सिटीका लागि गाव्रियल जेससले निर्णायक गोल गरेका थिए । योसँगै जारी लिगमा सिटीको जितयात्रा १२ खेलसम्म पुगेको छ ।

  • विराटनगरको जितमा अनुको दुई गोल

    विराटनगरको जितमा अनुको दुई गोल

    काठमाडौं । अनु राईको दुई गोलप्रेरित विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिगमा शनिबार चौदण्डिगढी नगरपालिकालाई ६-० को नतिजामा पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा विराटनगरलाई विजयी बनाउन अनुले २१ र ३६औं मिनेटमा गोल गरिन् । त्यस्तै, इमा राईले ३९ तथा कुसुम खतिवडाले ८२औं मिनेटमा गोल गरिन् । खेलको ४२औं मिनेटमा सावित्रा मगरको स्थानमा मैदान प्रवेश गरेकी सब्स्टिच्युट खेलाडी पार्वती घलेले विराटनगरका लागि छैठौं गोल गरिन् ।

    जितसँगै ४ खेलबाट ७ अंक जोडेको विराटनगर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा अंकविहीन चौदण्डिगढी तालिकाको पुछारमा छ ।

  • एपिएफको जितमा सावित्राको दुई गोल

    एपिएफको जितमा सावित्राको दुई गोल

    काठमाडौं । सावित्रा भण्डारीको दुई गोलप्रेरित नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा शनिबार वालिङ नगरपालिकालाई २-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १३औं मिनेटमा सावित्राले गोल गर्दै विभागीय महारथीलाई अग्रता दिलाएकी थिइन् ।

    सावित्राको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको एपिएफका लागि ७१औं मिनेटमा सब्स्टिच्युट खेलाडी प्रिति राईले दोस्रो गोल गरिन् । त्यस्को चार मिनेट नबित्दै सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् ।

    जितसँगै प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको एपिएफले १५ अंक जोडेको छ । वालिङको समान खेलबाट ५ अंक छ ।

  • सशस्त्रलाई पन्छाउँदै आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि

    सशस्त्रलाई पन्छाउँदै आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि

    रोमाञ्चक फाइनलमा सशस्त्र प्रहरीको चुनौति पन्छाउँदै नेपाल आर्मी क्लवले पहिलोपटक प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । चारपटक यस प्रतियोगिताको फाइनलमा पुगेको आर्मीले पहिलोपटक एकल उपाधि हात पारेको हो ।

    टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले नौ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सशस्त्रले १ सय ७८ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । प्रतियोगितामा अपराजित रहेको सशस्त्र फाइनलमा ३३ रनले चुकेको हो ।

    एक समय सशस्त्र बलियो अवस्थामा देखिए पनि आसिफ शेखको विकेट पतनसँगै दवावमा आएको थियो । शेखले ७१ बलमा ६१ रनको उत्कृष्ट इनिङ खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । आर्मीका हरिबहादुर चौहानले पनि अर्धशतक बनाएका थिए ।

    सन् २०१८ मा एपिएफसँग फाइनलमा भोगेको पराजयको मिठो बदला लिँदै आर्मी पहिलोपटक एकल विजेता च्याम्पियन बनेको हो । यद्यपि, पहिलो संस्करणको फाइनल वर्षाका कारण प्रभावित बनेपछि नेपाल पुलिस क्लबसँग उसले उपाधि बाँडेको थियो । त्यसपछि लगातार दुई पटक फाइनलमा पुगेको आर्मी २०१७ मा एपीएफ तथा २०१८ मा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

    एपीएफका लागि ७१ रनको सामना गरेका आसिफ शेखले ८ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको इनिङ खेले । अर्का ओपनर सुवास खकुरेल १५ बलमा १४ रन जोडेर पेभेलियन फकिँदा कप्तान शरद भेषावकर गोल्डेन डक आउट भए ।

    मध्य क्रमका ब्याट्सम्यान शंकर राना २१ तथा सुमित महर्जन १९ रन बनाएर पेभेलियन फर्किँदा भुवन कार्कीले ९ रन मात्र जोड्न सके । सन्दीप जोरा ३७ बलमा १ चौका र १ छक्कासहित २९ रन बनाउँदा अमरसिंह रौटेला १, कमलसिंह ऐरी २ र अविनाश बोहरा शून्यमा आउट भए । किशोर महतो शून्यमा अविजित रहेका थिए ।

    आर्मीका लागि ९ ओभर बलिङ गरेका जितेन्द्र मुखियाले ३७ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । समान ९ ओभरमा बिक्रम सोबले २७ रन दिएर ३ तथा साहब आलमले ९.३ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । सुसन भारीले १० ओभरमा ४५ रन खर्चेर १ मेडनसहित १ विकेट लिएका थिए ।

    आर्मीका कप्तान विनोद भण्डारीले नयाँ रणनीति अपनाएर बलर सुशन भारीलाई अनिल मण्डलसँग ओपनिङका लागि पठाएका थिए । एपीएफ पहिलो विकेटका लागि नवौं ओभरको अन्तिम बलसम्म असफल हुँदा आर्मीको रणनीति सफल देखिएको थियो । ओपनर सुशन ३४ बल खेलेर १ चौकासहित १३ रन बनाएर पेभेलियन फर्किँदा अनिल मण्डल ११ रन बनाएर आउट भए ।

    तेस्रो नम्बरमा क्रिजमा उत्रिएका हरि चौहानले १०२ बलमा ६ चौकासहित ५८ रन बनाए । त्यस्तै भीम सार्की ३६ बलमा ७ रन जोडेर पेभेलियन फर्किँदा रोहित पौडेल पनि १३ रन बनाएर आउट भए ।

    कप्तान विनोद ७ तथा राजेश पुलामी २८ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बलमे ९ बलमा १५ रन जोडे । त्यस्तै, बिक्रम सोब ११ रन बनाएर आउट हुँदा साहब आलम २५ तथा जितेन्द्र मुखिया शून्यमा अविजित रहे ।

    एपिएफका लागि अविनाश बोहराले १० ओभरमा २५ रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ तथा भुवन कार्कीले १० ओभरमा २६ रन खर्चेर १ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ३४ रन खर्चेर १ मेडनसहित १ विकेट लिएका थिए । कप्तान शरद भेषावकरले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

    विजेता आर्मीले १० लाख रूपैयाँ प्राप्त गर्नेछ भने उपविजेता एपिएफले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुई सेमिफाइनलिस्ट वाग्मती प्रदेश र नेपाल पुलिस क्बले ५०/५० हजार प्राप्त गर्नेछन् ।

    एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ दोस्रो पटक फाइनलमा आइपुगेको हो । समूह ‘ए’कै उपविजेताको रूपमा सेमिफाइनलमा आइपुगेको आर्मीले वाग्मतीलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

  • प्रधानमन्त्री कप फाइनल: उपाधिका लागि आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

    प्रधानमन्त्री कप फाइनल: उपाधिका लागि आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

    काठमाडौं । हरि चौहानको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रनको योगफल तयार गरेको हो । आर्मीका कप्तान विनोद भण्डारीले नयाँ रणनीति अपनाएर टेल इन्डर सुशन भारीलाई अनिल मण्डलसँग ओपनिङका लागि पठाएका थिए ।

    एपिएफ पहिलो विकेटका लागि नवौं ओभरको अन्तिम बलसम्म असफल हुँदा आर्मीको रणनीति सफल देखिएको थियो । ओपनर सुशन ३४ बल खेलेर १ चौकासहित १३ रन बनाएर पेभेलियन फर्किँदा अनिल मण्डल ११ रन बनाएर आउट भए ।

    तेस्रो नम्बरमा क्रिजमा उत्रिएका हरि चौहानले १०२ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै भीम सार्की ३६ बलमा ७ रन जोडेर पेभेलियन फर्किँदा रोहित पौडेल पनि १३ रन बनाएर आउट भए ।

    कप्तान विनोद ७ तथा राजेश पुलामी २८ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बम ९ बलमा १५ रन बनाएर पेभेलियन फर्के । त्यस्तै, बिक्रम सोब ११ रन बनाएरु आउट हुँदा साहब आलम २५ तथा जितेन्द्र मुखिया शून्यमा अविजित रहे ।

    एपिएफका लागि अविनाश बोहराले १० ओभरमा २५ रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ तथा भुवन कार्कीले १० ओभरमा २६ रन खर्चेर १ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ३४ रन खर्चेर १ मेडनसहित १ विकेट लिएका थिए । कप्तान शरद भेसावकरले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

    एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा आइपुगेको हो ।

    समूह ‘ए’कै उपविजेताको रूपमा सेमिफाइनलमा आइपुगेको आर्मीले वाग्मतीलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

  • १९ औं आहा रारा गोल्डकप फुटबल चैत १७ देखि

    १९ औं आहा रारा गोल्डकप फुटबल चैत १७ देखि

    पोखरा –मोफसलकै ठूलो फुटबल प्रतियोगिता मानिने आहा रारा गोल्डकपको १९ औं संस्करण चैतमा हुने भएको छ । चैत १७ देखि सुरु हुने प्रतियोगिता २८ गते सकिने आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।

    प्रतियोगिताका लागि समय तालिका सार्वजनिक गरेसँगै कोभिड–१९ लकडाउनपछि मोफसलस्तरबाट राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्ने पहिलो क्लब बनेको छ । ‘क्रिकेट लगायत अन्य खेलहरु सञ्चालन भइरहेका छन् । त्यस्तो अवस्थामा हामीले एन्फासँग अनुमति माग्यौं र स्वीकृत भयो,’ क्लबका अध्यक्ष केशव थापाले भने ।

    १२ दिनसम्म चल्ने प्रतियोगितको यस संस्करणमा कम्तिमा १२ टिम सहभागी गराउने गरी योजना बनाइरहेको क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए । ‘कोभिड महामारी सकिएको छैन । अघिल्ला संस्करणमा विदेशी टिम पनि ल्याउँथ्यौं । यसपालि चुनौति थपिएको छ,’ उनले भने ।

    १६ हजार दर्शक अटाउन सक्ने पोखरा रंगशालाको हालको क्षमता छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधा दर्शकमात्रै राखेर प्रतियोगिता सञ्चालन गर्न भनेकाले आफूहरुले सोही अनुसार तयारी गरिरहेको अध्यक्ष थापाले सुनाए । ‘गत वर्ष पनि कोरोना महामारीका कारण १० दिनमा सीमित गरेका थियौं । यस पटक पनि सरकारले निश्चित मापदण्ड तोकेर खेल सञ्चालन गर्न पत्राचार गरेको छ,’ उनले भने, ‘यस वर्ष आधा दर्शकमात्रै राखेर प्रतियोगिता गर्न अनुमति लिएका छौं ।’

    प्रतियोगिता सञ्चालन गर्न १ करोड ३० लाख आम्दानी र १ करोड १ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । क्लबले पुरस्कार रकम भने सार्वजनिक गरेको छैन । प्रतियोगितामा विदेशी टिम, विभागीय टिम, ए डिभिजन क्लब, मोफसलका क्लब र आयोजक सहारा क्बलको टिम सहभागी हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

    सहारा क्लबले सञ्चालन गरिरहेको सहारा फुटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालबालिका आश्रित छन् । ‘७ वर्षदेखि उनीहरु क्लबसँग आबद्ध रहेर निशुल्क रुपमा फुटबल प्रशिक्षण लिइरहेका छन्,’ महासचिव अधिकारीले भने । क्बलले पोखरा–१७ दोबिल्लामा फुटबल एकेडेमी स्थापना गरेको छ ।

    प्रतियोगिताको १८ औं संस्करण मनाङमस्र्याङ्दी क्लबले जितेको थियो । विभागीय टिम नेपाल पुलिस क्लब उपविजेतामा सीमित हुन पुगेको थियो । फागुन २२ देखि चैत २ गतेसम्म भएको उक्त संस्करणपछि कोरोना महामारीका कारण सरकारले सम्पूर्ण खेलहरु स्थगन गरेपछि कोरोना महामारीको अन्तिम प्रतियोगिता बनेको थियो ।