Category: खेल प्रेस

  • ललितपुर महानगरपालिकाले गौतमबुद्ध रंगशालालाई दियो २० लाख

    ललितपुर महानगरपालिकाले गौतमबुद्ध रंगशालालाई दियो २० लाख

    काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

    महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

    प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकाेमा धुर्मुस-सुन्तलीको प्रशंसा गर्दै सो रंगशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले भने, ‘आउँदो १४ महिनामा रंगशाला निर्माणको काम पूर्ण रूपमा सम्पन्न गर्ने विश्वास लिएका छौं । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ ।’

    सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रंगशालामा ७७ जिल्लाका नाममा फरक-फरक कक्ष निर्माण हुनेछन् ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रंगशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पुर्‍याएको जनाए ।

    रासस

  • वुल्भ्सको कठिन जित

    वुल्भ्सको कठिन जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिगको २५औं हप्ताको पहिलो खेलमा शुक्रबार राति वुल्भ्सले लिड्स युनाइटेडलाई १-० गोलको नतिजामा पराजित गरेको छ ।

    वुल्भ्सको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको ६४औं मिनेटमा लिड्सका गोलकिपर इलान मेस्लियरले आत्मघाती गोल गरेसँगै घरेलु टोलीले अग्रता लिएको थियो ।

    वुल्भ्सका स्पेनिस खेलाडी आड्मा ट्राओरेले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबारमा ठोकिएर मेस्लियरको ढाडमा लागेर गोलमा परिणत भएको थियो ।

    बाँकी समयमा दुवै तर्फबाट गोल हुन नसक्दा सोही गोल निर्णायक बन्यो । जितसँगै २५ खेलबाट ३३ अंक जोडेको वुल्भ्स तालिकाको ११औं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिड्स ३२ अंकसहित लिग तालिकाको १२औं स्थानमा छ ।

  • सेना दिवसमा हुने खुला म्याराथनमा आजबाट आवेदन खुला

    सेना दिवसमा हुने खुला म्याराथनमा आजबाट आवेदन खुला

    काठमाडौं । सेना दिवसको अवसरमा प्रधासेनापति खुला म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । जंगीअड्डाको खेल मैदानबाट सुरु हुने गरी फागुन २२ गतेबाट प्रतियोगिता हुन लागेको नेपाली सेनाले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

    पुरुष खुलातर्फ ४२ दशमलव १९७ किलोमिटर, हाफ म्याराथन २१ किलोमिटरतर्फ महिला र पुरुष र ४५ वर्षसम्म खुला, १० किलोमिटरतर्फ सैनिक अधिकृत र गैरसैनिक महिला पुरुषबीच प्रतियोगिता हुने सैनिक शारीरिक तथा खेलकुद केन्द्रले जनाएको छ ।

    ५ किलोमिटरतर्फ सैनिक महाविद्यालय र विद्यालय (उपत्यकाभित्र ७ देखि १२ कक्षासम्म) अध्ययन गर्ने विद्यार्थी र सेनाका भूपू र बहालवाला छोराछोरीबीच प्रतिस्पर्धा हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५ किलोमिटर वाकाथनतर्फ सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, श्रीमती संघ र अन्यबीच प्रतिस्पर्धा हुने छ ।

    खुला पुरुष म्यराथनको प्रथम पुरस्कार राशी ३ लाख, द्धितियलाई २ लाख, तृतियलाई १ लाख र चौथो हुनेलाई ५० हजार दिइने छ । दशौं स्थानसम्म आउनेले पुरस्कार पाउने नेपाली सेनाले जनाएको छ। हाफ म्याराथनको पुरस्कार राशि पनि क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँको छ ।

    प्रतियोगितामा सहभागी हुनका लागि आजबाट नेपाली सेनाको वेवसाइट www.nepalarmy.mil.np मा गएर अनलाइन आवेदन दिन सकिनेछ । सैनिक अधिकृतले भने लिखित रुपमा फाराम भरेर बुझाउनुपर्ने जनाइएकाे छ ।

  • तस्वीरमा हेर्नुहोस् एपिएफको उपाधि ‘सेलिब्रेसन’

    तस्वीरमा हेर्नुहोस् एपिएफको उपाधि ‘सेलिब्रेसन’

    काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको राष्ट्रिय महिला लिगमा ‘इन्भिन्सिबल’ रहँदै एपिएफ क्लब च्याम्पियन बन्यो । सतप्रतिशत नतिजासहित लिग लिडर रहेको एपिएफले दुई खेल अगावै उपाधि सुनिश्चित गरिसकेको थियो ।

    र, शुक्रबार भएको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० को नतिजामा पराजित गर्दै लिगको सुखद् सुरुआत गर्‍यो । पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् ।

    दोस्रो हाफमा थप आक्रमक बनेको एपिएफका लागि ८६औं मिनेटमा अनित केसीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । लिगको मोस्ट भ्यालुएबल खेलाडीसमेत घोषित भएकी सरुले इन्जुरी समयमा व्यक्तिगता दोस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरिन् ।

    लिगमा एकतर्फी नजिता निकाल्दै च्याम्पियन बनेको एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ ।

    त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ । फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गरे ।

    लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गरे ।

        
           
  • महिला लिगमा उत्कृष्ट मिडफिल्डर आर्मीकी विमला

    महिला लिगमा उत्कृष्ट मिडफिल्डर आर्मीकी विमला

    काठमाडौं । त्रिभुवन आर्मी क्लबकी विमला चौधरी राष्ट्रिय महिला लिगको उत्कृष्ट मिडफिल्डर घोषित भएकी छन् । आर्मीलाई दोस्रो बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेकी विमलाले ५० हजार रूपैयाँ प्राप्त गरेकी छन् ।

    विमलाले आफू उत्कृष्ट मिडफिल्डर बन्ने कुरा नसोचेको बताइन् । ‘लिगमा आफू राम्रे खेलेँ जस्तो लागेको थियो,’ उनले भनिन्, ‘तर, उत्कृष्ट मिडफिल्डर बन्ने कुरा सोचेकी थिइँन ।’

    शुक्रबार भएको एपिएफविरुद्धको अन्तिम खेल सोचे जस्तो नभएको उनले बताइन् । ‘मैले पनि सकिँन, टोलीले पनि सोचे जस्तो गर्न सकेन।’

    फरवाडले पनि खेल्न सकेको भए आर्मी च्याम्पियन बन्न सक्ने उनले बताइन् । उत्कृष्ट घोषित भएकी विमलाले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

    अखिल नेपाल फुटबल संघको आयोजनामा माघ ७ गतेदेखि सुरु भएर शुक्रबार समापन भएको लिगमा आर्मी १२ खेलमा ८ जित २ हार र २ बराबरी नतिजा निकाल्दै २६ अंक जोडेको थियो ।

  • सावित्रा भण्डारी महिला लिगमा उत्कृष्ट फरवार्ड

    सावित्रा भण्डारी महिला लिगमा उत्कृष्ट फरवार्ड

    काठमाडौं । राष्ट्रिय महिला लिगको उत्कृष्ट फरवार्ड नेपाल पुलिस क्बलकी सावित्रा भण्डारी बनेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको लिगमा सावित्राले १० खेल खेल्दै ४३ गोल गरेकी थिइन् ।

    दशौं खेलमा घाइते भएकी सावित्राले अन्तिमका दुई खेल गुमाएकी थिइन् भने एक वर्ष मैदान बाहिर रहने भएकी छन् ।

    राष्ट्रिय महिला टोलीकी सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्राले चौदण्डिगढी नगरपालिकाविरुद्ध एपिएपले २२ गोल गर्दा एक्लै १२ गोल गरेकी थिइन् ।

    सावित्राले कोरोनालाई जितेर फुटबलमा फर्किन पाउँदा खुशी भएको प्रतिक्रिया दिइन् । ‘पहिले १०-१२ दिनमा लिग सकिन्थ्यो, बाहिरका टोलीहरूको मोरल डाउन भइहाल्थ्यो,’ उनले भनिन्, ‘यस पटक डबल लिग भएकाले विभागीयबाहेकका टोलीले पनि पुनरागमन गरे । अन्तिम समयसम्म राम्रो खेल्न थालेका थिए ।’

    ‘विभागीय टोलीसँगै अन्य टोलीले पनि सुधार गरिरहेका छन्,’ उनले भनिन्, ‘एउटा खेलमा बाहेक, गत वर्षभन्दा कम गोल भएको देखियो । अर्को वर्ष अझै कम हुने र विभागीय टोली पनि अन्य टोलीसँग डराउने समय आउन सक्छ ।’

    सावित्राले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

     

  • महिला लिगमा उत्कृष्ट रक्षक पुलिसकी अम्रिता जैसी

    महिला लिगमा उत्कृष्ट रक्षक पुलिसकी अम्रिता जैसी

    काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको राष्ट्रिय महिला लिगको उत्कृष्ट रक्षक नेपाल पुलिस क्बलकी अम्रिता जैसी घोषित भएकी छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा माघ ७ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको लिगमा नेपाल पुलिस तेस्रो बन्दा अम्रिता टोलीकी महत्त्वपूर्ड सदस्य रहेकी थिइन् ।

    पुलिकास लागि समग्रमा लिग राम्रै भए पिन पहिलो चरणमा स्कोर गर्न नसक्दा टोलीले उपाधि होडबाट टाढा हुनु परेको उनले बताइन् ।

    ‘समग्रमा लिग राम्रै भयो । पहिलो राउण्डमा स्कोरिङ राम्रो भएन,’ उनले भनिन्, ‘राम्रो खेलेकी थिएँ, उत्कृष्ट रक्षक हुन्छु कि भन्ने लागेको पनि थियो ।’

    लिगमा उत्कृष्ट रक्षक घोषित भएसँगै राष्ट्रिय टोलीमा स्थान बनाउन हौसला बढेको तर अझै मेहनत गर्नुपर्ने उनको भनाई थियो ।

    जैसीले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

  • महिला लिगको उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ

    महिला लिगको उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ

    काठमाडौं । राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलकिपर नेपाल पुलिसकी उषा नाथ बनेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा माघ ७ गतेदेखि सुरु भएर शुक्रबार समापन भएको लिगमा नेपाल पुलिस क्बल तेस्रो बन्दा उषा नियमित सदस्य थिइन् ।

    आफूले सोचेको भन्दा राम्रो प्रदर्शन गरेर उत्कृष्ट गोलकिपर बन्न पाउँदा एकदमै खुशी लागेको उषाले बताइन् ।

    ‘आफैंले सोचको भन्दा पनि राम्रो प्रदर्शन गर्न सकेँ, एकदमै खुशी छु,’ उनले भनिन्, ‘उत्कृष्ट गोलकिपर नै बन्छु भन्ने सोचेको पनि थिइँन । तर राम्रै प्रदर्शन दिन सकेँ ।’

    उत्कृष्ट गोलकिपर उषाले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकी थिइन् ।

  • सरु लिम्बु बनिन् मोस्ट भ्यालुएबल प्लेयर

    सरु लिम्बु बनिन् मोस्ट भ्यालुएबल प्लेयर

    काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न राष्ट्रिय महिला लिगको मोस्टभ्यालुएबल प्लेयर एपिएफ क्लबकी सरु लिम्बु बनेकी छन् । कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको महिला लिगमा एपिएफले सतप्रतिशत जित निकाल्दै च्याम्पियन बन्दा सरु महत्त्वपूर्ण सदस्य रहेकी थिइन् ।

    सरुले मोस्ट भ्यालुएबल खेलाडी हुने थोरै अपेक्षा गरेको प्रतिक्रिया दिइन् । ‘ मोस्ट भ्यालुएबल खेलाडी बन्छु भनेर अलि-अलि सोचेकी थिएँ,’ उनले भनिन्, ‘अझै हौसला बढेको छ । आजको खेलमा मानसिक रूपमा दबाब थियो । हामी मानसिक रूपले ठीक थिएनौं । तर, केही गर्नुपर्छ भन्ने सोचेर मैदानमा उत्रिएका थियौं ।’

    चोटका कारण अन्तिमका दुई खेल गुमाएकी सावित्रा भण्डारीलाईको लागि पनि आजको खेल जित्छौं भन्ने सोचेर मैदानमा उत्रिएको उनले बताइन् ।

    ‘धेरैपछि मैदानमा फर्किँदा डर लागेको थियो । ट्रेनिङमा खेल राम्रो भएको थिएन,’ उनले भनिन्, ‘लिग सुरु हुनुभन्दा अगाडि स्कोरिङमा समस्या देखिएको थियो । तर, अन्तिम खेलमा सावित्रा (भण्डारी)दिदी नहुँदा डर थियो । तर, खेलमा दिदीको कमी हुन दिएनौं । ‘

    महत्त्वपूर्ण खेलमा गोल तथा उत्कृष्ट खेल प्रस्तुत गरेकी सरुले शुक्रबार भएको अन्तिम खेलमा पनि त्रिभुवन आर्मीविरुद्ध दुई गोल गरेकी थिइन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सम्पन्न लिगको मोस्ट भ्यालुएबल खेलाडी बनेकी सरुले यामाहाको स्कुटर प्राप्त गरेकी छन् ।

    च्याम्पियन एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ । त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ ।

    फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गरे ।

  • वेष्टर्न क्लबले बुटवल युथलाई हरायो

    वेष्टर्न क्लबले बुटवल युथलाई हरायो

    रुपन्देही । रुपन्देहीमा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले बुटवल युथलाई १० विकेटले पराजित गरेको छ ।

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६.१ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो ।

    उसका लागि लक्ष्मण परियारले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा वेष्टर्नका अनिल खरेलले ३, कृष्ण कार्की, सन्देश थापा र विक्रम भुसालले समान २÷२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको वेष्टर्नले कुनै क्षति विना ६ ओभरमा ५८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले ३४ र भुवन पाण्डेले १७ रन बनाए । अनिल खरेल म्यान अफ द म्याच भई पुरस्कृत भए । शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यानबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

  • गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरको २० लाख सहयोग

    गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्न ललितपुर महानगरको २० लाख सहयोग

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छन् ।

    सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए ।

    रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको पनि उनले बताए ।

    रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशि लागेको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताए ।

    यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उनले बताए।

  • राष्ट्रिय महिला लिग: च्याम्पियन एपिएफको सतप्रतिशत जित

    राष्ट्रिय महिला लिग: च्याम्पियन एपिएफको सतप्रतिशत जित

    काठमाडौं । राष्ट्रिय महिला लिगका दुई खेल बाँकी रहँदै च्याम्पियन बनेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कूल १२ खेलमा सतप्रतिशत नतिजा कायम राखेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३-० को नतिजामा पराजित गर्दै एपिएफले लिगको सुखद् समापन गर्‍यो ।

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ४५औं मिनेटमा एपिएफकी मिडफिल्डर सरु लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप आक्रामक बनेको एपिएफका लागि फरवार्ड अनिता केसीले ८६औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् ।

    खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरिन् ।

    स्टार खेलाडी सावित्रा भण्डारी दशौं खेलमा घाइते भएपछि एपिएफले अन्तिमका दुई खेल उनी बिना खेलेको थियो

    सत प्रतिशत जितसँगै एपिएफले १२ खेलमा अंक जोडेको थियो भने दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले २६ तथा तेस्रो स्थानको पुलिसले १८ अंक जोडेका थिए ।

    जारी प्रतियोगितामा एपिएफले एपिएफविरुद्धको खेलमा एकमात्र गोल खाएको थियो ।

    दोस्रो स्थानको त्रिभुवन आर्मी नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएसँगै दुई खेलअघि नै एपिएफ च्याम्प्यिन बन्ने निश्चित भएको थियो । लिगमा एकतर्फी नजिता निकाल्दै च्याम्पियन बनेको एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ ।

    त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ । फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गर्नेछन् ।

    लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • युरोपा लिगः म्यानचेस्टर युनाइटेड र टोटनह्यामको जित, एसी मिलान बराबरीमा रोकियो

    युरोपा लिगः म्यानचेस्टर युनाइटेड र टोटनह्यामको जित, एसी मिलान बराबरीमा रोकियो

    एजेन्सी । पहिलो लेगमा स्पेनको रियल सोसिडाडमाथि ४–० गोलको अवे जित हासिल गरेपछि इंग्लिस टोली म्यान्चिेस्टर युनाइटेडले युरोपा लिगको शीर्ष १६ मा पुग्ने सम्भावना लगभन निश्चित गरेको छ ।

    कोरोना मापदण्डका कारण स्वतन्त्र स्थानको रुपमा गएराति इटलीको टोरिनोस्थित एलियान्ज एरिनामा भएको खेलमा युनाइटेडका लागि बुर्नो फर्नान्डेजले २ गोल गरे । उनले २७ औं मिनेटमा गरेको गोलले पहिलो हाफ युनाइटेडले अग्रता बनाएको थियो ।

    दोस्रो हाफमा उसले तीन गोल थप्यो । फर्नान्डेजले नै ५७ औं मिनेटमा गोल गर्दा ६४औं मिनेटमा मार्कस राशफोर्ड र अन्तिम मिनेटमा ड्यानिएल जेम्सले गोल गरे ।

    गएराति नै भएको खेलमा टोटनह्यामले पनि अस्ट्रियाको ओल्व्सबर्गर एसीबिरुछ ४–१ गोलको अवे जित हासिल गरेको हो । स्वतन्त्र स्थानको रुपमा हंगेरीको बुढापेष्टमा खेलाइएको खेलमा टोटनह्यामका लागि सन ह्युङ मिन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लास भिनिसियसले गोल गरेका हुन् ।

    ओल्व्सबर्गरका लागि माइकल लेन्डीले पेनाल्टीमा गोल फर्काएका हुन् । दोस्रो लेग अर्को साता इंग्ल्यान्डमा हुनेछ ।

    इटलीको एसी मिलाननले भने सर्बियाको क्रेमेना भेज्दासँग २–२ गोलको बराबरी खेलेको छ । बलियो टोली मिलानले दुई पटकसम्म अग्रता लिएर पनि अन्तिममा खेल बराबरी गर्नुपरेको थियो ।

    घरेलु मैदानमा राडोभान पान्कोभको आत्मघाती गोलमार्फत एसी मिलानले पहिलो हाफमा अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु भएलगत्तै गुलोर कांगा काकुले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याए ।

    ६१ औं मिनेटमा मिलानले पनि पेनाल्टी पायो । उसका लागि थियो हर्नान्डेजले गोल गरेका हुन् । तर खेलमा इन्जूरी समयको अन्त्मि मिनेटमा कांगाको पासमा मिलान पाभ्कोभले शानदार गोल गरेपछि मिलानले स्पष्ट जित निकाल्न सकेन ।

    शीर्ष ३२ अन्तर्गत गएराति भएका अन्य खेलमा आर्सनल र बेनफिका, लेस्टर र साल्भिया प्राहाले बराबरी खेलेका छन् । ग्रेनाडाले नापोलीमाथि जित हासिल गरेको छ । शख्तर डोनेक्स र आयाक्सले पनि आआफ्नो खेल जितेका छन् ।

  • क्रिस मोरिस बने आईपीएलका सर्वकालीन महंगा खेलाडी

    क्रिस मोरिस बने आईपीएलका सर्वकालीन महंगा खेलाडी

    काठमाडौं । दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग  (आईपीएल)का सर्वाधिक महंगा खेलाडी बनेका छन् । बिहीबार चेन्नईमा जारी अक्सनमा राजस्थान रोयल्सले १६.२५ करोडमा खरिद गरेसँगै यसअघिको युवराज सिंहको कीर्तिमान तोडिएको हो ।

    यसअघि युवराज १६ करोडमा बिक्री भएका सबैभन्दा महंगा खेलाडी थिए । सुरुआती मूल्य ७५ लाखदेखि सुरु भएको बोलबोलाई १६.२५ करोडमा पुगेर टुङ्गिएको हो ।

    दायाँहाते फास्ट बलर तथा लो अर्डर ब्याट्सम्यान मोरिसले आईपीएलमा हालसम्म ७० खेलमा ५५१ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५७.८७ छ भने बलिङतर्फ ८० विकेट लिएका छन् ।

  • आईपीएलमा बिक्री भएनन् सन्दीप लामिछाने

    आईपीएलमा बिक्री भएनन् सन्दीप लामिछाने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा ‘अन्सोल्ड’ भएका छन् । बिहीबार चेन्नईमा जारी अक्सनमा उनी ४० लाख भारतीय रूपैयाँमा उपलब्ध थिए ।

    तर, कुनै पनि टोलीले उनलाई भित्र्याउन नचाहेपछि उनले आगामी सिजन आईपीएल खेल्न नपाउने भएका हुन् । यद्यपि, अर्को चरणमा कुनै टोलीले भित्र्याउन सक्नेछन् ।

    सन्दीपले यसअघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । उनले दिल्लीका लागि ९ खेलमा १३ विकेट लिएका थिए ।

  • शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि

    शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि

    काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा २४ दिनसम्म चल्ने लिगका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।

    समूह ‘ए’बाट सात र ‘बी’बाट सात गरी लिगमा १४ टोली सहभागी हुने एन्फाले जानकारी दिएको छ । बिहीबार सार्वजनिक भएको खेल तालिकाअनुसार लिगको उद्घाटन खेलमा खालिबारी युथ क्लब र झापा फुटबल क्लब भिड्ने छन् ।

    लिगमा सहभागी टिमहरू- समूह ‘ए’बाट- वीरगंज युथ क्लब, खालिबारी युथ क्लब, मनोहरा युनाइटेड क्लब, सानोगौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महाबिर क्लब, झापा फुटबल क्लब ।

    समूह ‘बी’बाट- प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगंज युनाइटेड क्लब, चर्च ब्वाइज युनाइटेड ।

  • चन्द्रपुरलाई पराजित गर्दै वालिङ तेस्रो स्थानमा

    चन्द्रपुरलाई पराजित गर्दै वालिङ तेस्रो स्थानमा

    काठमाडौं । वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको आफ्नो अन्तिम खेलमा बिहीबार चन्द्रपुर नगरपालिकालाई ३-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १७औं मिनेटमा हिमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

    त्यसको दुई मिनेट नबित्दै मेथो एल्युडी रुथले गोल गर्दै वालिङको अग्रता दोब्बर पारेकी थिइन् ।  पहिलो हाफमा २-० को अग्रता लिएको वालिङका लागि ५४औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै टोलीका लागि ३-० को जित सुनिश्चित गरिन् ।

    जितसँगै १२ खेलमा ५ जित, ५ हार र दुई बराबरीसँगै १७ अंक जोडेको वालिङ लिग तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा तीन जित ९ हार बेहोरेको चन्द्रपुर छैठौं स्थानमा छ । विभागीय टोली एपिएफ दुई खेल अगावै च्याम्पियन बनिसकेको छ ।

  • विश्व नम्बर एक जोकोभिच लगातार तेस्रो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

    विश्व नम्बर एक जोकोभिच लगातार तेस्रो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

    काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलिय ओपनको फाइनलमा पुगेका छन् । बिहीबार भएको समिफाइनलमा रुसी खेलाडी एस्लान करात्सेभलाई ६-३, ६-४, ६-२ को सोझो सेटमा पराजित गर्दै साविक विजेतासमेत रहेका जोकोभिच फाइनलमा पुगेका हुन् ।

    उनले उपाधिका लागि चौथो बरियताका ड्यानियल मेड्भेडेभ र पाँचौं बरियताका स्टेफानो सित्सिपस बीचको विजेतासँग खेल्ने छन् । जोकोभिचले यसअघिका दुई संस्करण लगातार जितेका थिए । १७ पटकका च्याम्पियन जोकोभिच लगातार तेस्रो पटक उपाधि जित्ने योजनामा छन् ।

  • विश्व नम्बर तीन ओसाका अस्ट्रेलियन ओपनको फाइनलमा

    विश्व नम्बर तीन ओसाका अस्ट्रेलियन ओपनको फाइनलमा

    काठमाडौं । विश्व नम्बर तीन नाओमी ओसाका वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छिन् ।

    सेमिफाइनलमा विश्व बरियताको १०औं स्थानकी अमेरिकी खेलाडी सेरेना विलियम्सलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै चारपटककी ग्राण्डस्लाम च्याम्पियन ओसाका दोस्रो पटक अस्ट्रलियन ओपनको फाइनलमा पुगेकी हुन् ।

    जापानी युवा खेलाडी ओसाकाले उपाधिका लागि फाइनलमा विश्व बरियताको २२औँ स्थानकी अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

    ब्राडी २५औँ बरियताकी क्यारोलिना मुुचोभालाई ६–४, ३–६, ६–४ को सेटमा पराजित गर्दै फाइनलमा पुगेकी हुन् ।

    यसअघि २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी ओसाका दोस्रो पटक फाइनलमा पुगेकी हुन् । ब्राडीले कुनै पनि ग्राण्डस्लाममा पहिलो पटक फाइनल यात्रा तय गरेकी हुन् ।

  • जेनिफर ब्राडी अस्ट्रेलियन ओपनको फाइनलमा

    जेनिफर ब्राडी अस्ट्रेलियन ओपनको फाइनलमा

    काठमाडौं । क्यारोलिना मुचोभालाई ४-६ ६-३ ४-६ को नतिजामा पराजित गर्दै जेनिफर ब्राडी अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुगेकी छन् ।

    बिहीबार भएको सेमिफाइनलमा कठिन जित निकालेकी २५ वर्षीया ब्राडी पहिलो पटक कुनै पनि ग्राण्डस्लामको फाइनलमा पुगेकी हुन् ।

    उनले उपाधिका लागि यसअघि नै फाइनलमा पुगिसकेकी विश्व नम्बर तीन नाओमी ओसाकाको सामना गर्नेछिन् ।

    ओसाका २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना विलियम्सलाई ६-३ ६-४ को नतिजामा पराजित गर्दै दोस्रो पटक फाइनलमा पुगेकी हुन् । यसअघि २०१९ मा फाइनल यात्रा तय गरेकी ओसाका च्याम्पियन बनेकी थिइन् ।

    पहिलो पटक फाइनलमा पुगेकी ब्राडी २०२० मा युएस ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् ।

  • एभर्टनमाथिको जितसँगै सिटीलाई प्रिमियर लिगमा १० अंकको अग्रता

    एभर्टनमाथिको जितसँगै सिटीलाई प्रिमियर लिगमा १० अंकको अग्रता

    एजेन्सी । एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टिम पराति भएपछि म्यानचेस्टस सिटीले चार सिजनमा तेस्रोपल्ट इंिग्लस प्रिमियर लिगको उपाधि जित्ने आंकलन गरेका छन् ।

    एन्सेलोटीका अनुसार पेप ग्वार्डिओला प्रशिक्षित सिटीलाई राक्नु ‘लगभग असम्भव’ हुँदै गइरहेको छ, जो १४ खेल बाँकी रहँदा १० अंकको स्पष्ट अग्रतामा छ ।

    ‘मेरो बिचारमा अहिलेको स्थितिमा उनीहरुबाहेक अरु नाम भन्नु निकै मुस्किल हुनेछ,’ एभर्टन जुन टिमसँग अहिले हारेको छ त्यो टोली प्रिमियर लिग च्याम्पियन बन्नेछ ? भनेर सोधिएको प्रश्नमा उनले थपे, ‘अव उनीहरुलाई रोक्नु लगभग असम्भव छ । अहिलेको समयमा सिटी सर्वश्रेष्ठ टोली हो । उनीहरुसँग क्षमता, शक्ति र विश्वास छ । उनीहरुसँगको प्रतिस्पर्धा निकै नै कठिन हुन्छ ।’

    फावियो फोडेनले ३२ औं मिनेटमा गोल गरे पनि त्यसको ५ मिनेटपछि नै रिचरलिसनले बराबरी गोल फर्काएका थिए । सिटीले खुला खेलमा जनवरी ३ पनि पहिलो गोल खाएको हो ।

    दोस्रो हाफमा रियाद मेहेरेज र बर्नान्डो शिल्भाले गोल गरेपछि सिटीले ३–१ को जित निश्चित गरेको हो । सबै प्रतियोगितामा गरेर सिटीको यो लगातार १७ औं जित पनि हो ।

    एभर्टनलाई हराएसँगै म्यानचेस्टर सिटीले इंग्लिस शीर्ष डिभिजनमा वर्षको सुरुआती १० खेल जित्ने कीर्तिमान पनि कायम गरेको छ । सिटी २४ खेलबाट ५६ अंकसहित समान खेल खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १० अंकले अगाडि छ ।

  • युभेन्टसमाथि पोर्टोको अग्रता, सेभियामा डर्टमन्डको जित

    युभेन्टसमाथि पोर्टोको अग्रता, सेभियामा डर्टमन्डको जित

    एजेन्सी ।  युरोपेली च्याम्पियन्स लिग प्रिक्वाटरफाइनल पहिलो लेगमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले पोर्चुगलको पोर्टोसँग २–१ गोलको पराजय ब्यहोरेको छ ।

    घरेलु मैदानमा पोर्टोले दुवै हाफको पहिलो मिनेटमा गोल गरेको हो । खेल सुरु भएलगत्तै मेहेदी तारेमीले अग्रता दिलाएकोमा दोस्रो हाफ सुरु भएलगत्तै मोउसा मारेगाले गोल गरेका हुन् ।

    ८२ औं मिनेटमा युभेन्टसका लागि फेडेरिको चिसेले महत्वपूर्ण अवे गोल गरे । दुईबीचको दोस्रो लेग मार्च १० मा एलियान्ज रंगशाला टोरिनोमा हुनेछ ।

    यत स्पेनको सेभियाले अग्रता जोगाउन नसक्दा जर्मनीको बोरुसिया डर्टमन्डसँग घरेलु मैदानमा ३–२ गोलको हार ब्यहो¥यो । सेभियाको रोमन सान्चेस रंगशालामा सातौं मिनेटमै सुसोको गोलले घरेलु टोलीले अग्रता बनाएको थियो ।

    त्यसयता लगातार ३ गोल खाएपछि पहिलो हाफमै डर्टमन्डले ३–१ को अवस्थामा पुर्‍याएको थियो । डर्टमन्टका लागि युवा स्ट्राइकर इर्लिङ हलान्डको प्रदर्शन शानदार रह्यो । उनले २७ र ४३ औं मिनेटमा गोल गरे भने त्यसअघि १९ औं मिनेटमा महमुद दाउदको गोलका लागि पास उलब्ध गराएका थिए ।

    यो तीन अवे गोल डर्टमन्डको क्वाटफाइनल यात्राका लागि निर्णायक पनि बन्न सक्छ । खेलको अन्त्यतिर सेभियाका लूक डी जोङले अर्को एक गोल फर्काएर गोलअन्तर कम गरेका थिए । दुईबीचको दोस्रो लेग मार्च १० मा हुनेछ ।

     

  • च्याम्पियन एपिएफको कठिन जित

    च्याम्पियन एपिएफको कठिन जित

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा बुधबार विराटनगर महानगरपालिकालाई १-० को नतिजामा पराजित गरेको छ ।

    बुधबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेसँगै एपिएफ खेल सुरु हुनुभन्दा अगाडि नै च्याम्पियन बनिसकेको थियो ।

    पहिलो हाफमा गोल गर्न असफल रहेको एपिएफका लागि ५५औं मिनेटमा अनिता केसीले गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसँगै ११ खेलमा ३३ अंक जोडिसकेको एपिएफले अन्तिम खेलमा दोस्रो स्थानमा रहेको आर्मीसँग खेल्ने छ ।

    पराजित विराटनगरले सबै १२ खेल खेल्दै १६ अंक जोडेको छ ।

  • पुलिस र आर्मी बराबरीमा रोकिए, दुई खेल अगावै एपिएफ च्याम्पियन

    पुलिस र आर्मी बराबरीमा रोकिए, दुई खेल अगावै एपिएफ च्याम्पियन

    काठमाडौं । विभागीय डर्बी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब १-१ गोलको बराबरीमा रोकिएसँगै राष्ट्रिय महिला लिगको उपाधि एपिएफ क्लबले दुई खेल अगावै जितेको छ ।

    राजधानीमा जारी लिगअन्तर्गत बुधबार एन्फा कम्प्लेक्समा खेलमा दोस्रो स्थानको आर्मी बराबरीमा रोकिएपछि शीर्ष स्थानको एपिएफले दुई खेल उपाधि सुनिश्चित गरेको हो । जारी सिजन सतप्रतिशत नतिजा निकाल्न सफल एपिएफले १० खेलबाट ३० अंक जोडिसकेको छ ।

    कूल १२ मध्ये ११ खेल खेलिसकेको आर्मीले २६ अंक मात्रै जोड्न सफल भएको छ । यससँगै एपिएफ बाँकी खेलमा अंकविहीन भए पनि च्याम्पियन बन्ने निश्चित भएको हो ।

    अम्रिता जैसीले १७औं मिनेटमा गरेको गोलसँगै पुलिसले पहिलो हाफमा अग्रता लिएको थियो । पहिलो हाफमा १(० ले पछि परेको आर्मीका लागि ५३औं मिनेटमा रश्मी घिसिङले बराबरी गोल फर्काएकी थिइन् ।

    विजेता एपिएफले १५ लाख रूपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो र तेस्रो र चौथो हुने टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख रूपैयाँ प्राप्त गर्नेछन् । लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

    त्यस्तै, फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गर्नेछन् ।

  • विश्व नम्बर एक बार्टीलाई हराउँदै मुचोभा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

    विश्व नम्बर एक बार्टीलाई हराउँदै मुचोभा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

    काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टी अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलबाटै बाहिरिएकी छन् ।

    बुधबार भएको खेलमा २५औं बरियताकी क्यारोलिना मुचोभालाई १–६, ६–३, ६–२ को नतिजामा पराजित भएसँगै शीर्ष बरियताकी बार्टी वर्षको पहिलो ग्राण्डस्लामबाट बाहिरिएकी हुन् ।

    बार्टीलाई पराजित गरेकी २४ वर्षीया मुचोभा कुनै पनि ग्राण्डस्लामको सेमिफाइनलमा पहिलो पटक पुगेकी हुन् । गतवर्ष दोस्रो चरणबाटै बाहिरिएकी मुचोभाले २९-१८ ग्राण्डस्लामा डेब्यू गरेकी थिइन् ।

    करियरको पहिलो फाइनल प्रवेशका लागि मुचोभाले २२औं बरियताकी अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

    विश्व बरियताको तेस्रो स्थानकी नाओमी ओसाका पनि सेमिफाइनलमा पुगिसकेकी छिन् । उनले फाइनल प्रवेशका लागि २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्नेछिन् ।

    विलियम्स विश्व नम्बर दुई सिमोना हालेपलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा आइपुगेकी हुन् ।

  • बार्सिलोनामा पीएसजीको शानदार जित, एम्बाप्पेको ह्याट्रिक

    बार्सिलोनामा पीएसजीको शानदार जित, एम्बाप्पेको ह्याट्रिक

    एजेन्सी । केलियन एम्बाप्पेले ह्याट्रिक गोल गरेपछि च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले स्पेनिस टोली बार्सिलोनालाई उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित गरेको छ ।

    पछिल्लो संस्करणको उपविजेता टोली पीएसजीले सुरुआत राम्रो गरेको थिएन । २७ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गरेपछि पीएसजी सुरुमै पछि परेको थियो ।

    मेस्सीलाई संसारकै महान फुटबलरमध्येको एक मानिन्छ । तर उनी यसपल्छ पूरै छायाँमा परे । फ्रान्सका विश्वकप विजेता एम्बाप्पेले पीएसजीबाट घरेलु टोलीमाथि निकै नै महत्वपूर्ण र प्रभावशाली धावा बोले ।

    मेस्सीले अग्रता दिलाएको पाँच मिनेटपछि नै गोल गरेर पहिलो हाफ बराबरीमा ल्याएका एम्बाप्पेले ६५ औं र ८५ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

    एभर्टनबाट लोनमा ल्याइएका स्ट्राइकर मोइसे कीनले हेडमार्फत ७० औं मिनेटमा पीएसजीका लागि अर्को गोल गरेका थिए ।

    दोस्रो लेग पेरिसमा मार्च २० मा हुनेछ । त्यतिबेलासम्म मुख्य स्ट्राइकर नेइमारको तीध्राको चोट निको हुने अपेक्षा गरिएको छ ।

    गएराति नै भएको अर्को खेलमा पूर्व च्याम्पियन इंग्लिस टोली लिभरपुलले जर्मन बुण्डेसलिगा टिम आरबी लाइपजिगलाई २–० ले पराजित गरेको छ ।

    कोरोना महामारीपछिको स्वास्थ्य मापदण्डका कारण हंगेरीमा खेलाइएको खेलमा दोस्रो हाफमा मोहम्मद सहाल र साडियो मानेले ५ मिनेटको अन्तरमा गोल गरेपछि लिभरपुल सहज स्थितिमा पुगेको हो । दोस्रो लेग एनफिल्डमा मार्च २० मा हुनेछ ।

  • चौदण्डीगढी लगातार ११औं खेलमा पराजित

    चौदण्डीगढी लगातार ११औं खेलमा पराजित

    काठमाडौं । चन्द्रपुर नगरपालिकासँग २ -१ गोलको नतिजामा पराजित भएसँगै चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार ११औं हार बेहोरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरलाई विजयी बनाउन रजनी थोकर र दिल कुमारी राना मगरले गोल गरे । जारी सिजन चन्द्रपुरको यो तेस्रो जित हो ।

    पहिलो हाफको इन्जुरी समयमा चौदण्डीगढीकी गोलकिपर रबिना माया घलानले फितलो प्रहार पनि जोगाउन नसकेपछि रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् ।

    गोलकिपर रबिनाले ६६औं मिनेट अर्को गल्ती गरेपछि दिलकुमारीले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर पारेकी थिइन् ।

    चौदण्डिगढीका लागि ७०औं मिनेटमा मनिता तामाङले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन । जितसँगै ११ खेलबाट ९ अंक जोडेको चन्द्रपुर छैठौं स्थानमा छ । समान खेलमा अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ ।

    लिग लिडर एपिएफको १० खेलबाट ३० तथा दोस्रो स्थानको आर्मीको पनि समान खेलबाट २५ अंक छ ।

  • सेरेना विलियम्स चार वर्षपछि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

    सेरेना विलियम्स चार वर्षपछि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

    काठमाडौं । विश्व नम्बर दुई सिमोना हालेपलाई ६–३, ६–३ को नतिजमा पराजित गर्दै २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना विलियम्स अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

    मंगलबार भएको क्वार्टरफाइनलमा विश्व बरियताको दोस्रो स्थानकी हालेपविरुद्ध सोझो सेटको जित निकाल्दै दशौं बरियताकी विलियम्स सेमिफाइनलमा पुगेकी हुन् ।

    हालेप गत वर्षको सेमिफाइनलसम्म पुगेकी थिइन् भने विलियम्स तेस्रो चरणबाटै बाहिरिएकी थिइन् । जितसँगै अन्तिम चारमा पुगेकी विलियम्सले फाइनल प्रवेशका लागि दोस्रो बरियताकी नाओमी ओसाकासँग खेल्नेछिन् ।

    २०१७ मा पछिल्लो पटक च्याम्पियन बनेकी विलियम्सले हालसम्म सात पटक अस्ट्रेलियन ओपन जितिसकेकी छिन् ।

  • टेस्ट क्रिकेट : भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित

    टेस्ट क्रिकेट : भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित

    चेन्नाई- भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।

    पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चारसय ८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो ।

    अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिएका थिए । उनले व्यक्तिगत १०६ रन पनि बनाएर भारतीय इनिङलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए ।

    तेस्रो टेस्ट यही फेब्रुअरी २४ मा अहमदाबादमा हुनेछ ।

  • विश्व नम्बर तीन ओसाका अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

    विश्व नम्बर तीन ओसाका अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

    काठमाडौं । विश्व नम्बर तीन नाओमी ओसाका वर्षको पहिलो ग्राण्डस्लाम– अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन् ।

    मंगलबार क्वार्टरफाइनलमा चाइनिज ताइपेइकी सु वे शीलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेकी हुन् ।

    पहिलो चरणमा एनस्तासिया पाभ्लुचेन्कोभालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेकी ओसाकाले दोस्रो चरणमा क्यारोलिन गर्सियालाई ६–२, ६–३ ले स्तब्ध पारेकी थिइन् ।

    चौथो चरणमा ओन्स जाबेउरलाई ६–३, ६–२ तथा चौथो चरणमा गार्बिन मुगुरुजालाई ६–४, ४–६, ५–७ को नजितामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् ।

    ओसाकाले फाइनल प्रवेशका लागि सेरेना विलियम्स र सिमोना हालेपबीचको विजेतासँग खेल्नेछिन् ।

  • देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत २ गतेदेखि

    देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत २ गतेदेखि

    काठमाडौं । देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत २ देखि ७ गतेसम्म हुने भएको छ ।

    स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका विभिन्न वडाबाट एक हजारभन्दा धेरै खेलाडी सहभागी हुने आयोजकले बताएको छ ।

    अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा मेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल वुमेन्स टिम, मेन्स भेट्रान सिंगल ४० वर्षमाथि र मेन्स भेट्रान्स सिंगल्स ५५ वर्षमाथि गरि ६  प्रतिस्पर्धा हुने बताएको छ ।

    प्रतियोगितामा शीर्ष १६ राष्ट्रिय खेलाडीबाहेक अन्य खेलाडीहरूले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितामा मेन्स÷वुमेन्स सिंगल्स स्पर्धामा प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिष्ट)हरूहरूलाई क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सयय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    त्यस्तै, भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिष्ट)हरूलाई क्रमशः १० हजार, ५ हजार र २५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा पदक तालिका अनुसार शीर्ष स्थान हासिल गर्ने वडालाई ५० हजार नगदसहित रनिङ शिल्ड प्रदान गरिने आयोजकले बताएको छ ।

    कूल लागत १९ लाख ५० हजार रूपैयाँ रहेको प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर सञ्चालन हुनेछ ।

  • न्यूकाशललाई हराएर प्रिमियर लिगकाे चौथो स्थानमा उक्लियो चेल्सी

    न्यूकाशललाई हराएर प्रिमियर लिगकाे चौथो स्थानमा उक्लियो चेल्सी

    एजेन्सी । टिमो वेर्नरले एक गोल र एक असिस्ट गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूकाशललाई २–० गोलले पराजित गरेको छ । जितसँगै चेल्सी अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।

    प्रशिक्षक फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरी थोमस टचेललाई भित्र्याएपछि लयमा फर्किएको चेल्सीका लागि वेर्नरले १४ खेलको गोल खडेरी तोडेका हुन् । प्रिमियर लिगको एकै खेलमा गोल र असिस्ट भने दोस्रोपल्ट मात्र गरेका हुन् ।

    ३१ औं मिनेटमा वेर्नरको क्रस प्रहार रिवाउण्ड भएर ओलिभर जिरोडले गोल गरेका थिए । ट्यामी अब्राहम चोटग्रस्त भएपछि सब्स्टिच्युडमा आएलगत्तै जिरोडले गोल गरेका हुन् ।

    ८ मिनेटपछि यसै सिजन अनुबन्ध भएका वेर्नरले स्टाम्फोर्ड ब्रिजमा २–० को अग्रता दिलाए । त्यसयता दुवै टोलीबाट गोल हुन सकेन ।

    यो जितले चेल्सीलाई अंकतालिकाको चौथो स्थानमा पु¥याएको छ । समान २४ खेलबाट वेष्टह्याम र चेल्सीको समान ४२ अंक भएपछि गोलअन्तरमा चेल्सीले उछिनेको हो ।

  • महिला राष्ट्रिय लिग फुटबलमा एपिएफको अपराजित यात्रा कायमै

    महिला राष्ट्रिय लिग फुटबलमा एपिएफको अपराजित यात्रा कायमै

    काठमाडौं । उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न सोमबारको पहिलो खेलमा एपिएफले पुलिसलाई २–१ ले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो ।

    पहिलो हाफ गोल रहित बराबरी खेलेका विभागीय डर्बीमा पुलिसले ६९औं मिनेटमा उपहार गोल दिएपछि आफै दबाबमा परेको थियो । घिम कुमारी गुरुङले गोल गर्दा एपिएफले अग्रताको अवसर पाएको थियो । दबाब दिँदै खेल पस्किएको पुलिसका लागि अमृता जैशीले ७५औं मिनेटमा गोल गर्दै एपिएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन् ।

    अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपिएफले खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविना गोलले गोल गर्दै एपिएफको अग्रता २–१ मा पु¥याइन् । त्यसपछि दबाबमा परेको पुलिसले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र एपिएफले पुलिसमा संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

    रोमाञ्चक जित निकालेको एपिएफले १० औं खेलमा अपराजित यात्रालाई निरन्तरता दिँदा उपाधि नजिक पुगेको छ । १० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ शीर्ष स्थानमा यथावत रहँदा अंक गुमाएको पुलिसको १० खेलबाट १४ अंक भएको छ । पराजयसँगै पुलिसको उपाधि उचाल्ने समिकरण समाप्त भएको छ ।

    लिग अन्तर्गत सोमबार नै सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई १–० ले स्तब्ध बनाएको छ । ३५औं मिनेटमा भारतीय खेलाडी आशा कुमारीले गरेको गोल निर्णायक बनेको थियो । विपक्षी खेलाडीले लडाएपछि प्राप्त फ्रिकिकमा आशा कुमारीले बललाई जाली चुमाउन सफल भएकी थिइन् । पहिलो हाफ लिएको अग्रता पछि दोस्रो हाफमा खेलमा फर्किने संघर्ष गरेको वालिङले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो ।

    जितसँगै विराटनगरले १० खेलबाट १३ अंक जोडेको छ । विराटनगर तालिकाको पाँचौ स्थानमा रहँदा अंक सुम्पिएको वालिङको १४ अंक छ । वालिङ तालिकाको तेस्रो स्थानमा छ । पुुलिससँग समान अंक भए पनि गोल अन्तरका आधारमा वालिङ तेस्रो स्थानमा अटाएको हो ।

  • विश्व नम्बर दुई नाडल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

    विश्व नम्बर दुई नाडल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

    काठमाडौं । विश्व नम्बर दुई राफेल नाडल वर्षको पहिलो ग्राण्डस्लाम अस्टे«लियन ओपनको क्वार्टरफाइनलमा पुगेका छन् ।

    सोमबार भएको प्री–क्वार्टरफाईनलमा विश्व बरियताको १६औँ स्थानमा रहेका फ्रेन्च खेलाडी फाबियो फोगनिनीलाई ६–३, ६–४, ६–२ को सेटमा पराजित गर्दै २० पटकका ग्राण्डस्लाम च्याम्पियन नाडाल अन्तिम आठमा पुगेका हुन् ।

    उनले सेमिफाइनल प्रवेशका लागि विश्व बरियताको पाँचौ स्थानका ग्रीक खेलाडी स्टेफेनस सिट्सिपससँग प्रतिसपर्धा गर्नेछन् ।

    पहिलो चरणको खेलमा लास्लो डिजरलाई ६–३, ६–४, ६–१ को सोझो सेटमा पराजित गरेका नाडलले दोस्रो चरणमा माइकल मोलाई ६–१, ६–४, ६–२ को नतिजामा हराएका थिए ।

    नाडालले तेस्रो चरणको खेलमा क्यामेरोन नोरीलाई ७–५, ६–२, ७–५ को सेटमा पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेका थिए ।

    पहिलो चरणको खेलमा गिलेस साइमोनलाई ६–१, ६–२, ६–१ को सेटमा पराजित गरेका सिट्सिपसले दोस्रो चरणमा थानासी कोकिनाकिसलाई ६–७ ९५–७०, ६–४, ६–१, ६–७ ९५–७०, ६–४ को सेटमा पराजित गरेका थिए ।

    सिट्सिपस तेस्रो चरणमा माइकल यमरलाई ६–४, ६–१, ६–१ को सेटमा पराजित गर्दै चौथो चरणमा पुगेका थिए । चौथो चरणमा नवौं बरियताका इटालियन खेलाडी मातेओ बरेटिनीले वाक ओभर दिएपछि सिट्सिपसको भेट २० पटकका च्याम्पियन नाडालसँग निश्चित भएको हो ।

  • रुबलेभ अस्ट्रेलियन ओपनको क्वाटर फाइनलमा

    रुबलेभ अस्ट्रेलियन ओपनको क्वाटर फाइनलमा

    काठमाडौं । रुसका आन्ड्रे रुबलेभ वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको क्वाटर फाइनलमा पुगेका छन् । उनले सोमबार भएको चौथो चरणको खेलमा नर्वेका कास्पर रुडलाई पहिलो सेटमा ६–२ ले पराजित गरेका थिए ।

    दोस्रो सेटमा रुड घाइते भएपछि नतिजा उनको पक्षमा परेको हो । विश्व बरियताको सातौं स्थानमा रहेका रुबलेभले क्वाटरफाइनलमा रुसकै चौथो बरियताका ड्यानिल मेड्भेडेभसँग प्रतिसपर्धा गर्ने छन् ।

    पहिलो चरणमा यानिक हान्फमेनलाई ६–३, ६–३, ६–४ को सेटमा पराजित गरेका रुबलेभले दोस्रो चरणमा थिएगो मोन्टेरोलाई ६–४, ६–४, ७–६ (१०–८) को सेटमा पराजित गरेका थिए । उनले तेस्रो चरणमा फेलिसियानो लोफेजलाई ७–५, ६–२, ६–३ को सेटमा पराजित गर्दै चौथो चरणमा पुगेका यिए ।

    पहिलो चरणमा भासेक पोस्पिसिललाई ६–२, ६–२, ६–४ को सेटमा पराजित मेड्भेडेभले दोस्रो चरणमा रोबर्टो कर्बालेस बेनालाई ६–२, ७–५, ६–१ को सेटमा पराजित गरेका थिए ।

    उनले तेस्रो चरणको खेलमा फिलिप कार्जिनोभिचलाई ६–३, ६–३, ४–६, ३–६, ६–० को सेटमा पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेका थिए ।