Category: खेल प्रेस

  • थ्री नेसन्स कपमा रंगशालाको क्षमताभन्दा कम टिकट बेचिने

    थ्री नेसन्स कपमा रंगशालाको क्षमताभन्दा कम टिकट बेचिने

    काठमाडौं । मंगलबारदेखि काठमाडौंमा हुने ‘थ्री नेसन्स कप’का लागि १२ हजार टिकट बिक्री हुने भएका छन् । दशरथ रंगशालाको क्षमता १५ हजार भए पनि सामाजिक दूरि कायम राख्नका लागि बाँकी सीट खाली राख्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।

    ‘दशरथ रंगशालामा हुने खेलका लागि हामीले १० हजार ५ सय सामान्यतर्फ र भिआईपी प्यारापिटतर्फ १ हजार ५०० गरी १२ हजार सीटको टिकट बेच्ने योजना बनाएका छौं,’ किरणले भने, ‘भिआईपीको टिकटदर १ हजार ५ सय र सामान्यतर्फ ७०० रूपैयाँ मूल्य निर्धारण गरेका छौं ।’

    राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपाल, बंगलादेश र किर्गिस्तान यु-२३ टोली सहभागी हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तान यु-२३ र बंगलादेश भिड्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा आगामी बिहीबार किर्गिस्तान यु-२३ सँग खेल्ने छ ।

    प्रतियोगिताका सबै खेल साँझ ५: ३० बजे सुरु हुने एन्फाले बताएको छ ।

    प्रतियोगिताको विजेता टोलीले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले ५ सय डलर तथा म्यान अफ दी म्याचले २५० डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

  • नेपाल सुपर लिग: धनगढीको प्रशिक्षकमा तोपे फुजा

    नेपाल सुपर लिग: धनगढीको प्रशिक्षकमा तोपे फुजा

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणका लागि धनगढी फुटबल क्लबले नाइजेरियन नागरिक तोपे फुजालाई प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

    गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले प्रशिक्षकको रूपमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । फुजा नेपाली फुटबलमा नयाँ नाम होइन । फुजाकै नेतृत्वमा मनाङमस्र्याङदी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो, जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो ।

    सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लबबाट २००६ मा डेब्यू गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेड, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । अनि उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो ।

    एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार धनगढीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई आइतबार अनुबन्ध गरिसकेको छ ।

    गो ड्रिमर्सका प्रमुख सुवास साहीले देशमै पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिताको धनगढी एफसीको प्रशिक्षकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा एकदमै खुशी लागेको बताएका छन् । ‘जीवन नै फुटबलमा बिताइरहेका फुजाले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेका छन्, नेपाली खेलाडीहरूको स्तर र क्षमताबारे जानकार छन्,’ सुवासले भने, ‘उनको अगामनले धनगढी एफसीेले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ ।’

    त्यस्तै, प्रशिक्षक फुजाले एनएसएलको पहिलो संस्करणमा नै महत्त्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुशी र उत्साहित रहेको बताए । ‘उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका विदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन,’ फुजाले भने, ‘क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु । र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।’

  • चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    एजेन्सी । दोस्रो लेगमा २–० को जितपछि एट्लेटिको मड्रिडलाई समग्रमा ३–० गोलअन्तरले पराजित गरी चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

    पहिलो लेगमा १–०को अवे जित निकालेको चेल्सीका लागि दोस्रो लेगमा इमर्सन पल्मिरीले खेलको अन्तिम मिनेटमा गोल गरी २–० को जित निश्चित गराएका थिए । त्यसअघि पहिलो हाफको ३४ औं मिनेटमा हाकिम जियाचले गेल गरेका थिए ।

    अघिल्लो संस्करणको यही चरणमा एट्लेटिकोको त्यतिबेलाको साविक विजेता लिभरपुललाई पराजित गरेको थियो । तर यस खेलमा जियाचको गोलपछि एट्लेटिकोले खेलमा फर्कर्ने सामर्थ्य नै राखेन ।

    बरु थोमस टचेलले जिम्मेबारी संहालेपछि लगातार १३ खेलसम्म अविजित बनेको चेल्सीले विभिन्न अवसरहरु सृजना गरिरहेको थिो । ८१ औं मिनेटमा एट्लेटिकोका स्टेफान सेभिक तारो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको थियो ।

    अर्को खेलमा साविक विजेता बायर्न म्युनिखले दोस्रो लेगमा इटलीको लाजियोमाथि २–१ को जित निकाल्यो । पहिलो लेगमा ४–१ को अवे जित हासिल गरेको बायर्न समग्रमा ६–२ को फराकिलो अन्तरले विजयी रह्यो ।

    रोवर्ट लेवण्डोस्कीले ३३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाएका थिए । फ्रान्सिस्को असर्बीले लियोन गोरेज्कालाई बक्सभित्र धकेलेपछि बायर्नले पेनाल्टी पाएको हो ।

    ७३ औं मिनेटमा इरिक म्याक्सिम चुपोले गोल गरी २–० को अग्रता दिलाए । खेलको अन्त्यतिर मार्को पारोलोले एक गोल फर्काए पनि समग्रमा बायर्नको अग्रता धेरै भइसकेको थियो ।

    क्वाटरफाइनल समीकरण पूरा

    यी दुई खेलसँगै च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने टोलीहरुको टुंगो लागेको छ । यसपल्ट इंग्ल्याण्डबाट ३ टोलीले क्वाटरफाइनल यात्रा गर्दा इटलीबाट एउटा टोली पनि अन्तिम १६ बाट माथि जान सकेनन् ।

    इटलीको युभेन्टस र स्पेनको बार्सिलोना पनि अन्तिम १६ बाटै बाहिरिएपछि १५ वर्षपछि पहिलोपल्ट क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा देख्न पाइने छैन ।

    क्वाटरफाइनल र सेमिफाइनल खेलका लागि ड्र शुक्रबार हुनेछ ।

    क्वाटरफाइनलमा पुग्ने टोलीहरु-

    लिभरपुल (इंग्ल्याण्ड)
    चेल्सी (इंग्ल्याण्ड)
    म्यानचेस्टर सिटी (इंग्ल्याण्ड)
    बायर्न म्युनिख (जर्मनी)
    बोरुसिया डर्टमण्ड (जर्मनी)
    रियल मड्रिड (स्पेन)
    पोर्टो (पोर्चुगल)
    पीएसजी (फ्रान्स)

     

  • सुमिना र सुष्मा वर्ल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट

    सुमिना र सुष्मा वर्ल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट

    काठमाडौं । सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधबार छनोट भएकी छन् ।

    आरडीएस क्लबकी सुमिनाले बक्समाडौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डमा ४–१ अंकले पराजित गरेसंगै उनले ६० केजी तौल समूहमा प्रतिश्पर्धा गर्ने भएकी हुन् ।

    नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङ छनोट भएकी छन् । आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।

  • नेपाल सुपर लिग: चितवनको मार्की प्लेयर भरत खवास र प्रशिक्षक मेघराज केसी

    नेपाल सुपर लिग: चितवनको मार्की प्लेयर भरत खवास र प्रशिक्षक मेघराज केसी

    काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फुटबलको पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगका लागि एफसी चितवनले भरत खवासलाई मार्की प्लेयरको रूपमा अनुबन्ध गरेको छ ।

    आइएमई ग्रुपको गेम अन प्रालिअन्तर्गत रहेको चितवनले राष्ट्रिय टोलीका सदस्यसमेत रहँदै आएका फरवार्ड भरतलाई बुधबार सार्वजनिक गरेको हो ।

    त्यस्तै चितवनले प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ । नेपाली खेलकुदका प्रतिष्ठित प्रशिक्षक केसीको टोलीमा सहायक प्रशिक्षक शैलेश कर्मचार्यसमेत अनुबन्ध गरेको चितवनले जानकारी दिएको छ ।

    मुख्य प्रशिक्षक मेघराज केसीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो, त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अब नेपालमा फुटबल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

  • च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र रियल मड्रिडको सहज जित

    च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र रियल मड्रिडको सहज जित

    एजेन्सी । दोस्रो लेगमा गएराति २–० र समग्रहमा ४–० को जितका साथ इंग्लिस टोली म्यानचेस्टर सिटी युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । सिटीले अन्तिम ८ को यात्रा तय गरेको यो लगातार चौथो सिजन हो ।

    जर्मन प्रतिस्पर्धी बोरुसिया मोन्चेनग्लाडबाचबिरुद्ध घरेलु मैदानमा सिटीका लाथि केभिन डी ब्रुयेन र गुण्डोगानले एक एक गोल गरे । पहिलो लेगमा २–० को जितका साथ दोस्रँे लेग सुरु गरेको सिटीका लागि डी ब्रुयेनले १२ औं मिनेटमा करिव २० यार्डबाट सानदार गोल गरी अग्रता दिलाएका थिए ।

    त्यसको ६ मिनेटपछि फिल फोडेनको पासमा इलके गुन्डोगानले गोल गरी समग्रमा ४–० को अग्रता बनाए । त्यसपछि दुवैबाट गोल हुन सकेन । दुवै खेल हंगेरीको बुढापेस्टस्थित पुसकास एरिनामा भएको थियो ।

    अर्को खेलमा रियल मड्रिडले इटलीको एटालान्टालाई दोस्रो लेगमा ३–१ ले पराजित गरी समग्रमा ४–१ गोलअन्तरको जितसहित क्वाटरफाइनलमा पुग्यो । पछिल्लो तीन सिजनमा रियल क्वाटरफाइनलमा पुगेको यो पहिलोपल्ट हो ।

    १–० को अग्रतासहित एटलान्टालाई सान्टियागो बर्नबाउमा स्वागत गरेको रियलका लागि ३४ औं मिनेटमा करिम बेन्जेमाले गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए । लुका मोड्रिडको प्रहार एटलान्टा गोलरक्षक मार्को स्पोर्टेल्लोले राम्ररी कलेक्ट गर्न नसक्दा रिबाउण्डमा बेन्जेमाले गोल गरेका हुन् ।

    ६० औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरे । भिनिसियस जुनियरलाई रफायल टोलोइले बक्सभित्र फल गरेपछि रियलले पेनाल्टी अवसर पाएको थियो ।

    ८३ औं मिनेटमा एटलान्टाका लागि लुइस मुरियलले २५ यार्डबाट शानदार फ्रिकिक गोल गरी खेलमा फर्कने प्रयास गरे पनि मार्को एसेन्सियोले त्यसको एक मिनेटपछि नै रियलका लागि तस्रो गोल गरे ।

    ‘महत्वपूर्ण कुरा के हो भने वितेको दुई वर्षमा हात पार्न नसकेको सफलता हामीले यो रातमा पायौं,’ रियल मिडफिल्डर लुका मोड्रिचले भने, ‘आज हामीले जितको भोक देखायौं र आगामी खेलमा पनि यस्तै खेल र जितलाई निरन्तर राख्न चाहन्छौं ।’

     

  • फुटबल क्लिनिक घोषणा

    फुटबल क्लिनिक घोषणा

    काठमाडौं । काठमाडौं किकर्स प्रालिले फुटबल क्लिनिकको आयोजना गर्ने भएको छ । किकर्सले मंगलबार पत्रकार सम्मेलनमार्फत् फुटबल क्लिनिक आयोजना गर्न लागेको जानकारी दिएको हो ।

    नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र त्यसको मार्केटिङ्ग मात्र नभएकाले त्यस्ता सम्भावनालाई निजी क्षेत्रबाट उजागर गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने किकर्सको उद्देश्य रहेको अध्यक्ष पाण्डेले बताए ।

    ‘राज्यको साधन र स्रोतमा मात्रै निर्भर हुँदा बालबालिकामा रहेको क्षमतालाई उजागर गर्न असम्भव रहेकाले निजी क्षेत्रले त्यसलाई सम्भव बनाउने हाम्रो संस्था लागिपरेको छ,’ पाण्डेले भने, ‘त्यसका लागि दीर्घकालिन योजनासहित स्कटल्याण्डका लि मेनसनलाई प्रशिक्षकको रूपमा हामीले अनुबन्ध गरेका छौं ।’

    सन् १९९४ देखि फुटबलमै काम गरिरहेका प्रशिक्षक मेनसनले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा एएफसी च्याम्पियनसिप लिग र एएफसी कपमा पनि टिम सम्हालिसकेका छन् ।

    ग्रासरुट लेभलदेखि ब्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरी काठमाडौं किकर्स फुटबल क्लिनिक शुक्रबारदेखि सुरु गर्न लागेको विज्ञप्तिमा जनाईएको छ । सुरुआतमा आगामी शुक्रबार, शनिबार तथा आइतबार दैनिक २ घण्टा फुटबल क्लिनिक सञ्चालन हुनेछ ।

    जसमा ६ देखि ९, १० देखि १३ र १४ देखि १६ वर्ष गरी तीन समूहका बालबालिका तथा फुटबल खेलाडीलाई प्रशिक्षण दिइने छ । त्यसका लागि हाल प्रत्येक बालबालिकाबाट १ हजार रूपैयाँ शुल्क लिइने र प्रशिक्षण बुढानिलकण्ठ नगरपालिका वडा नं. १० स्थित कपअन स्पोर्टस् सेन्टर (सीएससी) मा हुने आयोजकले बताएको छ ।

  • त्रिदेशीय आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल: उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने

    त्रिदेशीय आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल: उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा मार्च २३देखि २९ सम्म त्रिदेशीय आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने भएका छन् ।

    दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसँगै बंगलादेश र किर्गिस्तान सहभागी हुनेछन् । किर्गिस्तानले यु–२३ टोली पठाउने एन्फाले बताएको छ ।

    फिफाबाट स्वीकृति दिने प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा चल्ने र कूल चार खेल हुने एन्फाले बताएको छ । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

    कोरोना भाइरसको महामारीका कारण विश्वकप तथा एएफसी एसियन कपको छनोट चरणका खेलहरू स्थगित भएपछि सिर्जना भएको अन्तर्राष्ट्रिय फुटबलको ग्याप भर्नका लागि एन्फाले यो प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ ।

    एन्फाले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार मार्च २३ मा बंगलादेश विरुद्ध किर्गिस्तान खेल्नेछन् । त्यस्तै मार्च २५ मा नेपाल र किर्गिस्तान भिड्नेछन् ।

    त्यस्तै, मार्च २७ नेपालले बंगलादेशसँग खेल्ने छ भने समूह चरणको खेलबाट शीर्ष दुई टोलीले २९ मार्चमा फाइनल खेल्नेछन् ।

  • मेस्सीको विशेष दिनमा बार्सिलोनाको सहज विजय

    मेस्सीको विशेष दिनमा बार्सिलोनाको सहज विजय

    एजेन्सी । बार्सिलोनाका लागि सर्बाधिक खेलको जाभीको कीर्तिमान बराबरी गरेको खेलमा मेस्सीले २ गोल गरेका छन् ।

    मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेल खेले । एन्टोइन ग्रिजमन र ओक्सकार मिनगुएजाले पनि एक एक गोल थपेपछि बार्सिलोनाले रेलिगेसन क्षेत्रमा संघर्षरत हुएस्कामाथि ४–१ को जित निकाल्यो ।

    विवादास्पद पेनाल्टी गोलका साग राफा मिरले हुएस्काका लागि पहिलो हाफको इन्जुरी समयमा एक गोल फर्काएका थिए । यो जितले बार्सिलोनालाई दोस्रो स्थानमा पु¥याएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग भने अझै ४ अंकको दूरीमा छ ।

    ३३ वर्षीय मेस्सीले बार्सिलोनाको सिनियरतर्फ १७ वर्षे करिअरमा १० पल्ट ला दिगा, चारपल्ट च्याम्पियन्स लिगसमेत गरी ३४ उपाधि जितेका छन् । उनले सन् २००४ को अक्टोबर १६ मा स्पान्योलसँगको खेलमा सब्स्टिच्युड खेलाडीका रुपमा ला लिगामा डेब्यू गरेका थिए ।

    पेरिस सेन्ट जर्मेइन (पीएसजी)सँग पराजित रहँदै यो सिजनको च्याम्पियन्स लिगमा अन्तिम १६ बाटै बाहिरिएको बार्सिलोनाले दुईवटा घरेलु उपाधि जित्न सक्ने सम्भावना टरिसकेको छैन । बार्सिलोना कोपा डेल रे को फाइनलमा पुगिसकेको छ ।

  • ‘ब्याडमिन्टनले मलाई चिनायो, मैले देशलाई चिनाउनु छ’

    ‘ब्याडमिन्टनले मलाई चिनायो, मैले देशलाई चिनाउनु छ’

    काठमाडौं । खेलाडीको दैनिकी एकनास हुँदैन । प्रतियोगिता हुँदा र नहुँदा धेरै फरक पर्छ । अहिले प्रतियोगिता छैन, नियमित ट्रेनिङ मात्र छ । बिहानदेखि २-३ बजेसम्म ट्रेनिङ गरिरहेको छु । त्यसपछि कहिले घर फर्किने त कहिले घुम्न जाने, अनि बेलुका मात्रै फर्किने । यस्तै चलिरहेको छ ।

    अहिले केही प्रतियोगिता भइनरहेकाले फुर्सदमा नै छु । चितवनमा भएको प्रधानमन्त्री कप मैले खेलेको अन्तिम प्रतियोगिता हो । त्यो प्रतियोगिताको फाइनलसम्म पुगेर हारेँ । सोचे जस्तो भएन । हल्का बिग्रियो ।

    त्यो प्रतियोगिताको कुरा गर्दा… म फर्ममै थिएँ । ट्रेनिङ पनि राम्रो भएको थियो । एकदमै डेडिकेटेड भएर, जित्छु नै भनेर लागेको थिएँ । तर, प्रधानमन्त्री कपमा फाइनल र सेमिफाइनलबीचको समय पनि थोरै भयो । बिहान सेमिफाइनल र बेलुका फाइनल भयो । त्यसमाथि कहिले गेमको बीचैमा बत्ति गइदिने । त्यसले गेम एउटै रिदममा गएन ।

    सेमिफाइनलको एउटा सेट खेलेर अर्को सेट खेल्न पनि घण्टौंसम्म कुर्नुपर्यो । खेल एउटै रिदममा गएन भने गाह्रो हुन्छ । जिउ तातिरहेको हुन्छ । तर, बीचमा रोकिनुपर्दा फेरि सेलाउँछ । त्यसैले गर्दा पनि बिग्रियो ।

    सेमिफाइनल र फाइनल एदैदिन हुनु मात्रै हारको कारण होइन । कहिले दिमाग नै चल्दैन । सेमिफाइनल एकदिन र फाइनल अर्कोदिन भयो भने आफ्नो खेलको ‘स्ट्रेटिजी’ बनाउन सकिन्छ । सोच्ने समय पाइन्छ । तर, छोटो समय भयो मानसिक तयारी पूर्ण रूपमा गर्न सकिएन । त्यसैले गाह्रो भयो र हारेँ ।

    ०००

    ब्याडमिन्टन हेर्दा फिजिकल गेम मात्र जस्तो देखिने भए पनि दिमागी दक्षता त्यत्तिकै आवश्यक हुन्छ । राम्रो स्टामिनासहित बलियो त हुनै पर्यो । त्यससँगै प्राविधिक पक्षमा पनि दह्रो हुनुपर्छ ।

    विपक्षीलाई हेरेर आफ्नो गेम प्लान बनाउन सक्ने हुनुपर्छ । विपक्षीको विक प्वाइन्ट पत्ता लगाउने, कहाँ खेलाउने, स्म्यास र ड्रपको आंकलन गर्ने जस्ता धेरै कुरामा दिमागी सन्तुलन र तीक्ष्णता पनि उत्तिकै चाहिन्छ ।

    यो वर्ष सिन्धुपाल्चोकको चौतारामा भएको प्रतियोगिता जितेँ । लाहानमा भएको पुष्पलालमा पनि च्याम्पियन बनेँ । तर यहीँ भएको प्रधानमन्त्री कपमा हारेँ । खैर केही छैन, अर्कोपाली राम्रो गर्ने हो ।

    १७ वर्षको भएँ । वल्र्ड जुनियर वरीयताकाे तेस्रो स्थानमा परेको छु । एक नम्बरसम्म पुग्ने लक्ष्य छ । योजना छ । र अठोट पनि छ ।

    ०००

    दार्चुलाको एउटा गाउँबाट काठमाडौं–थाइल्यान्ड हुँदै विश्व वरियताको तेस्रो स्थानसम्म पुग्ने यात्राको सुरुआत एउटा हातले बुबाको हात र अर्को हातले र्‍याकेट समातेर सुरु भएको हो ।

    बुबा ब्याडमिन्ट खेल्नुहुन्थ्यो । हुनत, ब्याडमिन्टन, एथ्लेटिक्स र भलिबल पनि खेल्नुहुन्थो तर अलि बढि ब्याडमिन्टन । म पनि ब्वासँगै जान्थेँ । हेरेर बस्थेँ । अनि बुबाको खेल सकिएपछि म बुबासँग खेल्थेँ । त्यहिँ सुरु भयो, ब्याडमिन्टन यात्रा ।

    एकदिन, दुईदिन गर्दै बुबासँगै जाने र खेल्ने बानी भयो । बिस्तारै ब्याडमिन्टतिरै झुकाव बढ्दै गयो । त्यसपछि त म आफैंले बुबालाई उठाएर ब्याडमिन्टन खेल्न जाने भन्न थालेँ । बिस्तारै ब्याडमिन्टनलाई नै निरन्तरता दिन र यसैमा करियर बनाउने सोच आयो । बुबाले पनि यसमा प्रेरित गर्नु भयो । खेल्नुपर्छ, खेलेर केही गर्नुपर्छ भन्ने प्रेरणा बुबाले दिनुभयो । त्यसैका लागि म काठमाडौं आएँ ।

    प्रशिक्षण लिन्छु, ब्याडमिन्टनमा अझै राम्रो खेलाडी बन्छु भनेर राजधानी छिरेको थिएँ । काठमाडौं त जाने तर कहाँ जाने, र कहाँ सिक्ने भन्ने द्विविधा थियो । त्यो द्विविधा नेपाल पुलिस स्कूल–साँगामा पुगेर टुङ्गियो । त्यहाँ एकजना दाई पनि हुनुहुन्थ्यो, ब्याडमिन्टन सिकाउने । ब्याडमिन्टन हल पनि रहेछ ।

    पुलिस स्कुलमा पढाईलाई धेरै ध्यान दिनुपर्ने थियो । तर, मेरो प्राथमिकता फरक थियो । मलाई पढाईभन्दा ब्याडमिन्टन सिक्नु महत्त्वपूर्ण लाग्थ्यो र लक्ष्य पनि अब ब्याडमिन्टन नै बनिसकेको थियो ।

    त्यहीँ बसेर पनि ब्याडमिन्टन सिकेँ । पुलिस स्कूलमा हुँदै मैले जिल्लास्तरीय प्रतियोगिताहरूमा सहभागिता जनाउन थालेँ र केही प्रतियोगिताहरू जितेँ पनि । जिल्लास्तरीय प्रतियोगिताहरू जित्न थालेपछि मेरो गेमको स्तर पनि बढेको थियो ।

    जिल्ला स्तरीय प्रतियोगितासँगै जुनियर लेभलका प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको थिएँ । जुनियरमा पनि केही प्रतियोगिता जितेँ । राष्ट्रियस्तरका जुनियर प्रतियोगिता खेल्नु र जित्नु जस्तो सहज थिएन अन्तर्राष्ट्रिय स्तरमा पुग्न । त्यसका लागि अझै धेरै ट्रेनिङ, अभ्यास र मेहनत पनि आवश्यक थियो । र, आफूलाई ब्याडमिन्टनमा पोख्त बनाउन प्रशिक्षणका लागि भारत गएँ ।

    भारतमा ६ महिना बसेर ट्रेनिङ लिएँ । तर, अपेक्षित ट्रेनिङ भएन । र सोचे जस्तो स्तरवृद्धि पनि भएन । त्यसपछि फेरि अर्को तालिमका लागि थाइल्यान्ड गएँ । र, त्यहीँ बसेर एक वर्ष ट्रेनिङ गरेँ । सिल्क ग्रुपले स्पोन्सर गरेको थियो । त्यो मेरालागि एकदमै महत्त्वपूर्ण थियो । थाइल्यान्डमा ट्रेनिङ सकेर नेपाल फर्र्किएपछि मैले प्रतियोगितामा सहभागिता जनाउन थालेँ । प्रिन्स दाहाललाई एक ब्याडमिन्टन खेलाडीको रूपमा स्थापित गर्ने यात्रामा त्यो एक नयाँ अध्यायको सुरुआत भएको थियो ।

    राष्ट्रियसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको थिएँ । त्यसै क्रममा दुबई गएँ । र, ‘दुबई जुनियर ब्याडमिन्टन सिरिज–२०१८’ मा यु–१५ मा स्वर्ण जितेपछि नै मेरो चर्चा हुन थालेको हो । हुन त सन् २०१७ देखि नै मलाई धेरैले चिन्न थालेका थिए । तर, यु–१५ मा स्वर्ण जित्नुले मेरो प्रोर्टफोलियो र चर्चाको ‘बुस्ट–अप’ भयो ।

    प्रतियोगितामा जाँदै गर्दा मैले सोचेको थिएँ, यो उपाधि त जितेरै छोड्छु । र, जितेँ पनि । जित्दै गर्दा मलाई थाहा थिएन, त्यो नेपालले कुनै पनि उमेर समूहको विश्व च्याम्पियनसिपमा जितेको पहिलो स्वर्ण हो ।

    मैले यु–१५ मा स्वर्ण जित्दा सोही वर्ष यु-१९ मा स्वर्ण भारतीय खेलाडी वरुण कपुरले स्वर्ण जितेँ । एउटै प्रतियोगितामा भएर मलाई उनको नाम याद थियो । र, म अर्को वर्ष अर्को वर्ष म यु-१९ मा खेल्ने तयारीमा थिएँ ।

    ०००

    अर्को वर्ष म सोही प्रतियोगिताको यु-१९ मा स्वर्ण जित्ने लक्ष्यसहित दुबई पुगेँ । त्यहाँ गत वर्षका स्वर्ण विजेता वरुण पनि प्रतिस्पर्धा गरिरहेका थिए । र, फाइनलमा मेरो भेट तीनै वरुणसँग तय भयो । मैले खेल जितेँ ।

    म त्यतिखेर विश्व बरियताको जुनियरतर्फ १ सय ३ औं स्थानमा थिएँ भने वरुण नवौं स्थानमा । तर, मेरो सामु कुन स्तरका खेलाडी छन्, मैले सोचिँन । मलाई जित्नु थियो । मैले जितका लागि खेलेँ । आफूभन्दा ९४ स्थानमाथि भएका वरुणलाई २१-१९, २१-१९ को सोझो सेटमा पराजित गरेर स्वर्ण जित्दाको खुशी विछट्टै थियो । र कोर्टमै खुशीले ढलेको थिएँ ।

    अहिले पनि वरुणसँग ठोकिरहन्छु । कोरोना भाइरसको महामारीले धेरै प्रतियोगिताहरू भइरहेका छैनन् । त्यही भएर भेट भएको छैन । अहिले पनि बरियतामा उनी मभन्दा एक स्थान माथि दोस्रो स्थानमा छन् । उनीभन्दा माथि पहिलो स्थानमा डेनमार्कका म्याड्स जुएल मोलेर छन् । मलाई त्यहाँ पुग्नु छ । बरियताको शीर्ष स्थानमा पुग्नु मेरो लक्ष्य हो । ब्याडमिन्टनमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने धोको लिएको छु ।

    ०००

    आज जहाँ छु, त्यहाँबाट फर्किएर हेर्दा कसरी आएँ जस्तै लाग्छ । रमाइलो लागेर खेल्न थालेको थिएँ । तर, पछि दिमागमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि खेल्छु भन्ने लागेर प्रतियोगितामा सहभागी हुन थालेको थिएँ ।

    जुनियर प्रतियोगिताका खेलहरू जित्दै गएपछि आफ्नो स्तर पनि बढ्दै गयो । र, अझै राम्रो पनि हुन थाल्यो । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेर खेल्छु भन्ने सोचर ब्याडमिन्टनलाई नै आफ्नो प्रोफेसन बनाउने निधो गरेँ ।

    पुलिस स्कुलमा पढ्नै पर्ने रैछ । त्यसो हुँदा ब्याडमिन्टनलाई धेरै समय दिन सकिँन । त्यसैले गर्दा पुलिस स्कुल छाडेँ । विभागलाई खेलाडीको कम्फर्ट जोन भनिन्छ, तर स्कुलमा त्यस्तो नहुने रहेछ । त्यसैले पुलिस स्कुल छाडेर पढाइ पनि होल्ड गरेर लगातार दुई वर्ष ट्रेनिङ गरेँ ।

    परिवारको सल्लाहले नै मैले पढाइ छाडेर ट्रेनिङ सुरु गरेँ । किनभने, मेरा बुबा पनि खेलाडी हुनुहुन्थ्यो र उहाँलाई म खेलाडी नै बनुँ भन्ने लागेको थियो । ममीले पढ भन्नु हुन्थ्यो तर बुबाले खेल नै भन्नुहुन्थ्यो ।

    बुबाले अन्य खेल खेल्न छोडिसक्नु भएको थियो । तर, बिहान–बिहान ब्याडमिन्टन सधैँ खेल्नु हुन्थ्यो । अरु खेल पनि खेलिरहनु भएको हुनुन्थ्यो भने सायद म अन्य खेलतिर जान्थेँ होला । तर, ब्याडमिन्टन नै फेमिलियर खेल भएकाले यसैमा मन भुलियो ।

    ०००

    नेपालको राष्ट्रिय बरियतामा शीर्षासिन खेलाडीहरूलाई पटक–पटक हराएको छु । आफूभन्दा धेरै सिनियर दाईहरू हुनुन्छ, उहाँहरूलाई पराजित गर्दा आफैँलाई मोटिभेटेड पाउँछु । त्यसले गर्दा पनि मेरो हौसला बढेको छ ।

    महेन्द्रनगरमा भएको राष्ट्रिय खेलकुदमा खेलकै दौरान घाइते भएर पदक गुमाउनु परेको थियो । नेपालको शीर्ष बरियताका रत्नजित(तामाङ) दाईसँग परेको थियो ।

    पहिलो सेट जितेको थिएँ । दोस्रो सेट पनि लिड गरिरहेकै थिएँ । काठको कोर्टमा गेम भइरहेको थियो । मैले डाइभ हानेको ठोक्किएर इन्जुरी भयो । खेल्नै सकिँन । सोझै अस्पताल लगियो र त्यसपछि पूर्णरूपमा निको हुन दुई-तीन महिना लाग्यो ।

    एउटै खेलाडीसँग विभिन्न प्रतियोगितामा भेट भइरहेको हुन्छ । कहिले एउटा जित्ने कहिले अर्को जित्ने हुँदा खेलाडीहरूबीच राइभलरी पनि हुन्छ । सबै खेलाडीहरू विपक्षीलाई हराएर प्रतियोगिता जित्छु नै भन्ने सोचेर आएको हुन्छ । बाहिर दाजु–भाई र साथीको सम्बन्ध भए पनि कोर्टमा राइभलरी हुन्छ ।

    ०००

    खेलाडीले आफ्नो जिवनमा हासिल गरेका सबै नतिजा महत्त्वपूर्ण हुन्छन् । तर, मैले मेरो खेल जिवनको विषेश जित छान्नुपर्दा यु-१९ मा स्वर्ण दिलाएको जित छान्छु । त्यो प्रतियोगिता मेरा लागि एकदमै सुखद् रहेको थियो । नेपालकै लागि ऐतिहासिक स्वर्ण जित्दाको खुशीसँगै व्यक्तिगत हिसाबमा पनि ठूलो सफलता थियो ।

    त्योसँगै यसै वर्ष जितेको पुष्पलाल मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको फाइनल पनि मेरालागि एकदमै महत्त्वपूर्ण जित हो । म पहिलो पटक नेसनल च्याम्पियन बनेको थिएँ ।

    पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधिका साथ प्रिन्स । साथमा महिलातर्फकी च्याम्पियन एपीएफकी जेशिका गुरुङ । तस्बिरः राखेप

    आजसम्म ब्याडमिन्टनलाई रोजेर पश्चाताप भएको छैन । नेपालमा धेरै खेलहरू छन् । तर, सबै चर्चित छैनन् । ब्याडमिन्टनको लोकप्रियता मध्यम देखिन्छ । तर, अन्य देशहरूमा ब्याडमिन्टनको अवस्था एकदमै राम्रो छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि धेरै राम्रा–राम्रा छन् । त्यसैले पनि मलाई खेलहरू मध्ये ब्याडमिन्टन नै मनपर्छ । नेपालीहरू ट्रेनिङ गर्ने बित्तिकै नतिजा खोज्छन् । तर, सुखद् नतिजा त्यति सजिलै आउँदैन । त्यसका लागि एकदमै धेरै मिहिनेत, प्यासन र लगाव चाहिन्छ ।

    ०००

    विदेशमा जस्तो धेरै प्रतियोगिता हुँदैनन् । त्यो स्तरको खेलाडीलाई सुविधा पनि नेपालमा छैन । तर, ओलम्पिक जस्ता मेघा इभेन्टमा वाइल्डकार्डको रूपमा सहभागी बन्न पाइन्छ । सोझै ओलम्पिक खेल्न पाइन्छ, त्यो फाइदा नेपालीलाई छ ।

    मेरो अबको लक्ष्य युथ ओलम्पिक हो । र, त्यसपछि ओलम्पिक जितेर नेपालका लागि मेडल ल्याउने मेरो सोचाइ छ । नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएको खेलाडी भनेर मलाई चिनिँदा एकदमै गौरवान्वित महसुस गर्छु । किनभने, मैले नेपालको नाम राखेको छु ।

    नेपालमा पढाइ भएन भने केही हुँदैन भन्ने मान्यता छ । आफूले राम्रो खेल्न सक्यो भने खेलेर पनि राम्रै छ । तर, पछि केही भएन भने पनि पढाई त हुन्छ नै । त्यसैले पढाइलाई पनि सँगसँगै लानुपर्ने चुनौती छ । र अर्को हिसाबले भन्ने हो भने पढाइ ब्याकअप पनि हो ।

    ब्याडमिन्टसँगै मलाई बिजनेसमा पनि रुचि छ । र, कुनै समयमा गएर मलाई बिजनेस म्यानको रूपमा पनि चिन्न सकिने सम्भावना छ ।

    प्रस्तुति : उमेश दाहाल

  • एनएसएल : धनगढी फुटबल क्लवको मार्की प्लेयरमा विशाल राई अनुवन्धित

    एनएसएल : धनगढी फुटबल क्लवको मार्की प्लेयरमा विशाल राई अनुवन्धित

    काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी फुटबल क्लबले आफ्नो मार्की प्लेयर सार्वजनिक गरेको छ ।

    सो क्लवले राष्ट्रिय टीमका मिडमिल्डर विशाल राईलाई मार्की खेलाडीका रूपमा अनुवन्ध गरेको हो ।

    क्लवका प्रमुख सुवास वी शाहीले जारी गरेको विज्ञप्तिअनुसार टीमका अन्य खेलाडी तथा प्रशिक्षक अनुवन्ध गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । राईको अगुवाइमा धनगढी एफसीले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा शाहीले व्यक्त गरेका छन् ।

    हिजोमात्रै एनएसएलमा भाग लिने सात टीमको घोषणा गरिएको थियो ।

  • धरान फुटबल क्लब चरम आर्थिक संकटमा, यो वर्ष बुढासुब्बा गोल्डकप नहुने

    धरान फुटबल क्लब चरम आर्थिक संकटमा, यो वर्ष बुढासुब्बा गोल्डकप नहुने

    विराटनगर । मोफसलकै बहुप्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण यो वर्ष नहुने भएको छ । धरान फुटवल क्लवको आयोजनामा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप प्रतियोगिता धरानको एन्फा टेक्निकल सेन्छरको मैदानमा हुँदै आएको थियो । तर पहिलो पटक आर्थिक संकटका कारण चैत महिनमा सञ्चालन हुदै आएको प्रतियोगिता रोकिन पुगेको हो ।

    कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप रोक्नु परेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिता सञ्चालनका लागि आर्थिक पाटो बलियो नहुदा प्रतियोगिता रोक्नु परेको बताए ।

    ‘बुढासुब्बा गोल्डकप प्रतियोगिताका लागि आवश्य कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट प्राप्त हुने गरेको छ’ अध्यक्ष राईले भने, तर यो वर्ष अबस्था फरक रह्यो, कोरोनाका कारण सबै क्षेत्र संकटग्रस्त छ । दाताको सहयोग लिन क्लब असमर्थ भएकाले प्रतियोगिता रोक्ने निर्णयमा पुग्यौं ।’

    उनले बाँकी २५ प्रतिशत प्रायोजक, सह–प्रायोजकबाट पाउँदै आएको बताए । तर, यसपाली कोरोना महामारीले गर्दा सबैको आर्थिक अवस्था जर्जर रहेकोले गोल्डकपलाई पनि असर पुगेको बताए । द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता विषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो ।

    आयोजक क्लबले गत बर्षको २२औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेकोबारे पनि प्रष्ट पारेको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो । तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मर्स्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले बताए ।

    पविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको उनले बताए । ‘हामीले अनेक प्रयास गर्दा पनि प्रदेश सरकार र राखेपबाट बजेट पाएनौं, त्यसैले २२ वर्षको इतिहासमा पहिलो पटक समयमा पुरस्कार राशी उपलब्ध गराउन नसकेकोमा दुःखित छौं,’ उनले भने ।

    अध्यक्ष राईले धरान उपमहानगरपालिकाले गोल्डकपको अभिभावकत्व ग्रहण गर्न नसकेको र आवश्यक सहयोग, बजेट उपलब्ध नगराएकोप्रति पनि गुनासो गरे ।

  • आफ्नो गोल कीर्तिमान तोडेपछि रोनाल्डोलाई पेलेको शुभकामना

    आफ्नो गोल कीर्तिमान तोडेपछि रोनाल्डोलाई पेलेको शुभकामना

    एजेन्सी । गएराति इटलियन सिरी ए अन्तर्गत क्याग्लीअरीबिरुद्धको खेलमा ह्याट्रिक पूरा गरी आफ्नो आधिकारिक खेलको गोल कीर्तिमान तोडेका युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई ब्राजिलका महान खेलाडी पेलेले शुभकामना दिएका छन् ।

    रोनाल्डोले ३२ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरी आफ्नो करिअर गोल संख्या ७ सय ७० पुर्‍याएका हुन् । जुन पेलेभन्दा ३ गोल बढी हो ।

    ‘जीवन भनेको एकल यात्रा हो । हरेक जीवले आफ्नै बाटो तय गर्ने हो । तिमी एउटा आफ्नै सुन्दर यात्रामा छौं । म तिम्रो धेरै प्रशंसा गर्छु , म तिमीले खेलेको हेरिरहन मन पराउँछु भनेर त भनिराख्नु परेन । आधिकारिक खेलको मेरो गोल कीर्तिमान तोडेकामा तिमीलाई शुभकामना,’ पेलेले इन्स्टाग्राममा लेखेका छन् ।

    केहि तथ्यहरुले रोनाल्डोको यो गोललाई विश्व कीर्तिमान दावी गरे पनि चेक फुटबल संघले भने सधैं असन्तुष्टि जनाउँदै आएको छ । उसका अनुसार पूर्व अस्ट्रिया र चेकोस्लोभाकियाका स्ट्राइकर जोसेफ विकान वास्तविक सर्बाधिक गोलकर्ता हुन्, जसले करिअरमा ८ सय २१ गोल गरे ।
    यसबीचमा रेकर्ड स्पोर्ट सकर स्ट्याट फाउण्डेसन (आरएसएसएसएफ)का अनुसार विकानले करिअरमा ८ सय ५ गोल गरेका थिए । त्यसमध्ये २७ गोल र्‍यापिड भियानाको दोस्रो टिम र अर्को एउटा गैरव्यवसायिक टिमका लागि गरेका थिए, जसलाई आधिकारिक मान्न सकिँदैन । त्यस्तै उनले अन्तर्राष्ट्रिय खेलमा गरेको गोललाई पनि आधिकारिक नमान्दा आधिकारि गोल ७ सय ५९ हुन आउँछ ।

  • नेपाल सुपर लिग खेल्ने सात टोलीको टुंगो

    नेपाल सुपर लिग खेल्ने सात टोलीको टुंगो

    काठमाडौं । वैशाख ११ गतेदेखि २५ गतेसम्म हुने पहिलो नेपाल सुपर लिग (एनएसएल)मा सात टोली सहभागी हुने भएका छन् ।

    आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत् सात फ्रेन्चाइज टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।

    पूर्व नेपालको विराटनगरदेखि पश्चिमको धनगढीसम्मका- विराटनगर सिटी फुटबल क्लब, चितवन फुटबल क्लब, पोखरा फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी एफसी गरी सात टोली सहभागी हुने भएका हुन् ।

  • एल्चेबिरुद्ध कठिन जितपछि रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

    एल्चेबिरुद्ध कठिन जितपछि रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

    एजेन्सी । रेलिगेसनको खतरामै रहेको एल्चेमाथिको पुनरागमन जितका साथ रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुगेको छ ।

    करिम बेन्जिमाले इन्जूरी समयमा गोल गरी टिमलाई जित दिलाएका हुन् । सान्तियागो वर्नबाउमा रियल मड्रिडले ६१ औं मिनेटमा गोल खाएको थियो । एल्चेका लागि ड्यानी काल्भोले गोल गरेका थिए ।

    तर, बेन्जिमाले ७३ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । त्यसयता इन्जुरी समयमै उनैले गोल गरी महत्वपूर्ण तीन अंक दिलाए ।

    यो जितपछि २७ खेलबाट ५७ अंकसहित रियलले बार्सिलोनालाई १ अंकले पछि पारेर दोस्रो स्थानमा पुगेको हो । समान खेलबाट शीर्ष स्थानको एट्लेटिको मड्रिडको ६३ अंक छ । बार्सिलोनाले भने १ खेल कम खेलेको छ ।

  • एग्युरोले १४ महिनापछि गोल गरेको खेलमा म्यानचेस्टर सिटी विजयी

    एग्युरोले १४ महिनापछि गोल गरेको खेलमा म्यानचेस्टर सिटी विजयी

    एजेन्सी । अर्जेन्टिनी स्टार सर्जियो एग्युरोले १४ महिनापछि पहिलो लिग गोल गर्दा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले रेलिगेसन जोनमा संघर्षरत फुलह्याममाथि ३–० को जित हासिल गरेको छ ।

    यो जितसँगै सिटीले शीर्ष स्थानमा १७ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले २ खेल कम खेलेको छ । सन् २०२० को जनवरीमा शेफिल्ड युनाइटेडबिरुद्ध गोल गरेयता एग्युरोले प्रिमियर लिगमा गोल गर्न नसकेको ४ सय १७ दिन भएको थियो ।

    फुलह्यामले घरेलु मैदानमा पहिलो हाफ गोलरहित रोके पनि दोस्रो हाफको सुरुआती १५ मिनेटभित्र तीन गोल खान पुग्यो । ४७ औं मिनेटमा जोआओ क्यान्सेलोको फ्रिकिकमा जोन स्टोनेसले ट्यापिङ गोल गरे ।

    ५६ औं मिनेटमा फुलह्याम गोलरक्षक अल्फोन्स अरेओलाको गल्तीको फाइदा लिँदै गाव्रियल जेससले गोल गरे । ६० औं मिनेमा फुलह्यामका टोसिन अडारावियोले फरान टोरेसलाई फल गरेपछि पाएको पेनाल्टीमा एग्युरो सफल भएका थिए ।

    सिटीको ३० खेलबाट ७१ अंक भएको छ । २ खेल कम खेलेको युनाइटेडको ५४ अंक छ ।

  • पुलिसका दिपेन्द्रसिंह बने मेयर कपको उत्कृष्ट खेलाडी

    पुलिसका दिपेन्द्रसिंह बने मेयर कपको उत्कृष्ट खेलाडी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सम्पन्न ‘काठमाडौं मेयर कप २०७७’ को उत्कृष्ट खेलाडी च्याम्पियन नेपाल पुलिस क्लबका अलराउन्डर दिपेन्द्रसिंह ऐरी घोषित भएका छन् ।

    काठमाडौंमा फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन दिपेन्द्रले ब्याटिङतर्फ १७६ रन बनाए भने बलिङतर्फ ८ विकेट लिएका थिए ।

    त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी घोषित भएका छन् । उन्ले प्रतियोगितामा १८४ रन बनाएका यिए ।

    वागमती प्रदेशका आरियो पौडेल उत्कृष्ट बलर घोषित भएका छन् । उनले प्रतियोगितामा १३ विकेट लिएका थिए ।

  • नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: ग्रेट हिमालय च्याम्पियन

    नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: ग्रेट हिमालय च्याम्पियन

    काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ ।

    धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले हराएर ग्रेट हिमालय क्रिकेटले छैटौं संस्करणको उपाधि हात पारेको हो ।

    टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै २ सय २० रनको लक्ष्य प्रस्तुत गर्‍यो । ग्रेट हिमालयका लागि हेमन्त श्रीबास्तबले शतकीय इनिङ्स खेले । उनले १०६ रन बनाए । यस्तै अशोक पौडेलले ३६ रन बनाए ।

    एन्जल्सको लागि श्याम त्रिपाठीले ४ तथा विपिन न्यौपानेले ३ विकेट लिए ।

    ग्रेट हिमालयले दिएको २ सय २१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । एन्जल्सका लागि दिनेश पुनले सर्वाधिक २१ रन बनाए । यस्तै बिबेक न्यौपानेले १७ रन मात्रै बनाए ।

    ग्रेट हिमालयको लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए ।

  • एपीएफलाई ८ विकेटले हराउँदै पुलिस बन्यो मेयर कपको च्याम्पियन

    एपीएफलाई ८ विकेटले हराउँदै पुलिस बन्यो मेयर कपको च्याम्पियन

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप २०७७ को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रनको कमजोर योगफल तयार गरेको थियो ।

    जितका लागि प्रतिओभर २.१२ को रनरेटसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान गरे । अर्का ओपनर कुशल भूर्तेलले ३१ बलमा १ चौकासहित १५ रन बनाएर आउट भएका थिए । त्यस्तै, अनिल साह १५ रन बनाएर पेभेलियन फर्केका थिए ।

    बलिङतर्फ एपीएफका लागि भुवन कार्की र अविनाश बोहराले १/१ विकेट लिए ।

    यसअघि पहिलो इनिङमा ब्याटिङ रोजेको एपीएफले १.३ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनरद्वय शंकर राना ४ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख शून्यमा आउट भएका थिए ।

    वान् म्यान डाउनमा क्रिजमा उत्रिएका कप्तान शरद भेसावकर शून्यमा पेभेलियन फर्किँदा भुवन कार्की २६ बलमा १ चौकासहित १४ रन बनाएर आउट भए । इनिङ सम्हाल्ने कोसिस गरेका सन्दीप जोरा ३१ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाएर ललित राजवंशीको बलमा एलबी डब्लु आउट भए ।

    सुमित महर्जन ४ रनमा पेभेलियन फर्किँदा तल्लो मध्यक्रमका ब्याट्सम्यान बसन्त रेग्मीले २२ तथा र अमरसिंह रौतेलाले १८ रनको योगदान गरे । कमलसिंह ऐरी १ तथा अविनाश बोहरा १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो १ रनमा अविजित रहे ।

    बलिङतर्फ नेपाल पुलिस क्लबका लागि गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर र सागर ढकालले ७.४ ओभरमा २३ रन खर्चेर ४÷४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १÷१ विकेट लिएका थिए ।

    प्रधानमन्त्री कपका चार सेमिफाइनलिस्ट– नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, वाग्मती प्रदेश, नेपाल एपीएफ क्लब र काठमाडौं महानगरपालिकाको एक टोली गरी प्रतियोगितामा पाँच टोलीको सहभागिता थियो ।

    राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रधानमन्त्री कपको सेमिफाइनलबाटै बाहिरिएको पुलिसले सोही प्रतियोगिताको फाइनलमा आर्मीसँग पराजित भएको एपीएफलाई सहजै पराजित गरेको हो ।

    विजेता पुलिसले ५ लाख, उपविजेता एपीएफले ३ लाख रूपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिजले ५० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५÷२५ हजार प्राप्त गर्नेछन् ।

  • मेयर कप फाइनल: एपीएफविरुद्ध सुनिल धमलाको अर्धशतक!

    मेयर कप फाइनल: एपीएफविरुद्ध सुनिल धमलाको अर्धशतक!

    काठमाडौं । काठमाडौं मेयर कप २०७७ मा एपीएफ क्लबविरुद्ध १०६ रनको विजय लक्ष्य पछ्याइरहेको नेपाल पुलिस क्लबका ओपनर सुनिल धमलाले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा पुलिसका लागि ओपनिङमा आएका सुनिलले ७६ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन् ।

    एपीएफविरुद्ध जित नजिक पुगेको पुलिसले २३.३ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएको छ ।

  • मेयर कप फाइनल: उपाधि जित्न पुलिसलाई १०६ रनको लक्ष्य

    मेयर कप फाइनल: उपाधि जित्न पुलिसलाई १०६ रनको लक्ष्य

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई काठमाडौं मेयर कप २०७७ को उपाधिका लागि १०६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रनको योगफल तयार ग¥यो ।

    टप अर्डर कोल्याप्स भएको एपीएफले १.३ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनरद्वय शंकर राना ४ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख शून्यमा आउट भए ।

    वान् म्यान डाउनमा क्रिजमा उत्रिएका कप्तान शरद भेसावकर शून्यमा पेभेलियन फर्किँदा भुवन कार्की २६ बलमा १ चौकासहित १४ रन बनाएर पेभेलियन फर्के । इनिङ सम्हाल्ने कोसिस गरेका सन्दीप जोरा ३१ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाएर ललित राजवंशीको बलमा एलबी डब्लु आउट भए ।

    सुमित महर्जन ४ रनमा पेभेलियन फर्किँदा तल्लो मध्यक्रमका ब्याट्सम्यान बसन्त रेग्मीले २२ तथा र अमरसिंह रौतेलाले १८ रनको योगदान गरे । कमलसिंह ऐरी १ तथा अविनाश बोहरा १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो १ रनमा अविजित रहे ।

    बलिङतर्फ नेपाल पुलिस क्लबका लागि गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर र सागर ढकालले ७.४ ओभरमा २३ रन खर्चेर ४/४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।

  • मेयर कप फाइनल: टस जितेर ब्याटिङ गर्दै एपीएफ

    मेयर कप फाइनल: टस जितेर ब्याटिङ गर्दै एपीएफ

    काठमाडौं । काठमाडौं मेयर कप २०७७ को फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा हुने खेलमा एपीएफका कप्तान शरद भेसावकरले ब्याटिङ रोजेका हुन् । कूल पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोली-एपीएफ र पुलिस फाइनलमा आइपुगेका हुन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने तय गरिएको थियो । सोहीअनुरुप चारमध्ये ३/३ खेल जितेका एपीएफ र नेपाल पुलिसले फाइनल यात्रा तय गरे ।

    पहिलो खेलमा ७३ रनमा अलआउट भएर पनि वाग्मतीलाई पराजित गरेको पुलिस दोस्रो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । त्यसपछिका दुई खेलमा आर्मीविरुद्ध ३ विकेट र काठमाडौं मेयर–११ विरुद्ध १०३ रनको जित निकालेको पुलिस एपीएफलाई हराउँदै उपाधि उचाल्ने दाउमा छ ।

    पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ विकेटको जित निकालेको एपीएफले दोस्रो खेलमा बाग्मती प्रदेशसँग २७ रनको पराजय व्यहोरेको थियो । तेस्रो खेलमा काठमाडौं मेयर–११ विरुद्ध ७ विकेटको फराकिलो जित हासिल गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

    घरलु क्रिकेटको ‘सुपरपावर’ एपीएफ गत महिना भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीसँग हारेको थियो । त्यो हारको चोटमा मल्हम लगाउने अवसर एपीएफसँग छ ।

     

  • मेयर कप फाइनलः एउटा अर्को विभागीय भिडन्त

    मेयर कप फाइनलः एउटा अर्को विभागीय भिडन्त

    काठमाडौं । एक हप्तादेखि राजधानीमा जारी काठमाडौं मेयर कप–२०७७ को फाइनलमा भोलि शनिबार दुई विभागीय टोली– नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लब आमनेसामने हुँदैछन् । घरेलु क्रिकेटको फाइनलमा फेरि एकपटक दुई विभागीय टोलीको ‘भाले भिडन्त’ हेर्न पाइने भएको छ ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने तय गरिएको थियो । सोहीअनुरुप चारमध्ये ३/३ खेल जितेका एपीएफ र नेपाल पुलिसले फाइनल यात्रा तय गरे ।

    पहिलो खेलमा ७३ रनमा अलआउट भएर पनि वाग्मतीलाई पराजित गरेको पुलिस दोस्रो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । त्यसपछिका दुई खेलमा आर्मीविरुद्ध ३ विकेट र काठमाडौं मेयर–११ विरुद्ध १०३ रनको जित निकालेको पुलिस एपीएफलाई हराउँदै उपाधि उचाल्ने दाउमा छ ।

    पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ विकेटको जित निकालेको एपीएफले दोस्रो खेलमा बाग्मती प्रदेशसँग २७ रनको पराजय व्यहोरेको थियो । तेस्रो खेलमा काठमाडौं मेयर–११ विरुद्ध ७ विकेटको फराकिलो जित हासिल गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

    घरलु क्रिकेटको ‘सुपरपावर’ एपीएफ गत महिना भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीसँग हारेको थियो । त्यो हारको चोटमा मल्हम लगाउने अवसर एपीएफसँग छ ।

    प्रधानमन्त्री कपको फाइनल सम्झिँदै एपीएफका कप्तान शरद भेषावकर भोलि जितका लागि प्रयत्न गर्ने बताउँछन् ।

    ‘हरेक प्रतियोगितामा हाम्रो एउटा खराब गेम हुँदै आएको छ, पीएम कपमा त्यो खेल फाइनलमा थियो,’ शरद भन्छन्, ‘यो प्रतियोगितामा त्यो खेल गइसकेको छ, सायद भोलिको खेल हामीले सोचेजस्तै हुन्छ ।’

    भोलिको फाइनलका लागि आफ्नो टोलीमा आत्मविश्वास भएको र यसअघिका खेलमा जस्तै टीम ‘पफर्मेन्स’ दिने उनी बताउँछन् । एक जना खेलाडीको भन्दा पूरा टोलीको प्रदर्शनले खेल जित्न सजिलो हुने उनको विश्लेषण छ ।

    शरद भन्छन्, ‘भोलिको फाइनलमा २४० देखि २६० रन जतिको योगफल तयार गर्ने हो भने जित्न सकिन्छ जस्तो लाग्छ । हामीले ब्याटिङमा बढि ध्यान पुर्याउनुपर्छ । मूलपानीमा भए स्पिनरको भूमिका महत्त्वपूर्ण हुन्थ्यो, कीर्तिपुरमा पेस–स्पिन उस्तै हुन्छ ।’

    लगातार दुई प्रतियोगिताको फाइनल पुग्दा शरद उत्साहीत छन् । भोलिको फाइनलको रिजल्ट आंकलन गर्नेभन्दा पनि खेलमा टोलीले के गर्नुपर्छ भन्नेमा केन्द्रित रहेको उनले बताए ।

    अहिलेसम्म एपीएफको ब्याटिङ लाइनअपले आवश्यकता अनुसार खेलिरहेको र त्यसैले फाइनलसम्म आइपुगेको शरदको बुझाई छ । ‘सुरुआती क्रममा विकेट जाँदा पछाडिका ब्याट्सम्यानले सम्हालिरहेका छन्,’ उनी भन्छन्, ‘केही खेलमा सुरुआती साझेदारी पनि राम्रै भइरहेको छ, भोलि पनि त्यसलाई कायम राखे जित्न सकिन्छ ।’

    प्रतियोगिताको सुरुआतदेखि नै टोलीमा खेलाडीहरू घाइते हुने समस्याले सताएको उनले बताए ।

    प्रधानमन्त्री कपको सेमिफाइनलबाटै बाहिरिएको नेपाल पुलिस क्लब पनि उपाधिको उत्तिकै दाबेदार टोली हो । र, यसका लागि टोलीको तयारी पनि राम्रो रहेको कप्तान मन्जित श्रेष्ठ बताउँछन् ।

    ‘फाइनलका लागि हाम्रो तयारी राम्रो छ, र हामीलाई सबैलाई जित्छौं भन्ने विश्वास पनि छ,’ कप्तान मन्जित भन्छन्, ‘फाइनल भनेर धेरै दबाब छैन । नर्मल गेम खेल्ने हो । जे गर्छौं भोलि मैदानमै गर्छौं ।’

    नेपाल पुलिस क्लव विपक्षी टोलीविरुद्ध विशेष योजना बनाएर उत्रिने गरेको बताउँदै मन्जित भन्छन्, ’एपीएफ एउटा राम्रो टीम हो । र, भोलिका लागि पनि हामीले योजना बनाएका छौं ।’

    कसैको व्यक्तिगत प्रदर्शन भन्दा पनि टीमको गेम महत्वपूर्ण रहने बताउँदै उनले भोलिको खेल जित्नेमा आफ्नो टोली विश्वस्त रहेको उल्लेख गरे । एपीएफको कमजोरी भन्दा पनि आफ्नो टोलीले गर्ने प्रदर्शनमा आफूहरू केन्द्रित रहेको उनी बताउँछन् ।

    खेलाडी घाइते भएर टोलीमा परिवर्तन गर्न बाध्य बनेको एपीएफले समस्याका बाबजुद पनि राम्रो खेलिरहेको मन्जित बताउँछन् । प्रतियोगितामा पिचले गर्दा फास्ट बलिङभन्दा स्पिन प्रभावकारी देखिएको छ । तर, भोलिको खेलमा बलिङभन्दा ब्याटिङ महत्त्वपूर्ण हुने मन्जितले बताए ।

    ‘फाइनल पुगिसकेपछि सबैलाई जित्नै पर्ने हुन्छ,’ उनी भन्छन्, ‘तर, कोही खेलाडीलाई धेरै दबाब हुने छैन । हामी सामान्य खेल खेल्छौं र उत्कृष्ट नतिजा निकाल्ने कोसिस गर्छौं ।’

  • तेक्वान्दो छनोट प्रतियोगिता हुने

    तेक्वान्दो छनोट प्रतियोगिता हुने

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शनिबार ‘नगर तेक्वान्दो खेलाडी  छनौट’ प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समिति र नगरपालिकाको आयोजनामा ईष्टपोल उच्च माविको मैदानमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई प्रशिक्षक नियुक्त गरेर क्लोज क्याम्पमा राख्ने आयोजकले बताएको छ ।

    गोकर्णेश्वर नगरपालिकामै जन्मिएर हुर्केका खेलाडीहरूलाई नगर, क्षेत्र, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितामा पुम्से २ विधा र गेरोगी विधा गरी १९ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको विजेता, दोस्रो, तेस्रोलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रदान गर्ने आयोजकको तयारी छ ।

  • नेपालले विश्व कप छनोटका सबै खेल कुवेतमा खेल्ने

    नेपालले विश्व कप छनोटका सबै खेल कुवेतमा खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीले विश्व कप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोटका बाँकी खेल कुवेतमा खेल्ने भएको छ ।

    एसियाली फुटबल महासंघले आज सार्वजनिक गरेको तालिकाअनुसार कोरोना भाइरसका कारण स्थगित भएका बाँकी खेल मे ३१ देखि जुन १५ सम्म कुवेतमा हुने भएका हुन् । एएफसीले समूह ‘ए’ खेलहरू चीनमा, समूह ‘बी’ का कुवेत, समूह ‘सी’का बहराइन, समूह ‘डी’का साउदी अरब, समूह ‘ई’का कतारमा, समूह ‘एफ’का जापानमा, समूह ‘जी’का यूएई र समूह ‘एच’का दक्षिण कोरियामा हुने तय भएको छ ।

    नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइसँग खेल्न बाँकी छ ।

  • युरोपा लिग– टोटनह्याम र आर्सनलको जित, एसी मिलानसँग बराबरीमा रोकियो युनाइटेड

    युरोपा लिग– टोटनह्याम र आर्सनलको जित, एसी मिलानसँग बराबरीमा रोकियो युनाइटेड

    एजेन्सी । युरोपा लिगको अन्तिम–१६ अन्तर्गतका खेलहरुमा इंग्लिस टोलीहरु टोटनह्याम र आर्सनलले पहिलो लेगमा आरामदायी जित हासिल गरेका छन् । म्यानचेस्टर युनाइटेड भने इटलीको एसी मिलानसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

    टोटनह्यामले आफ्नै मैदानमा क्रोएसियाको डाइनामो जग्रेवलाई २-० ले हराएको हो । उसका लागि दुवै गोल ह्यारी केनले गरे । केनले हरेक हाफमा एक एक गोल गरे । दुईबीचको दोस्रो लेग अर्को साता हुनेछ ।

    आर्सनलले भने ग्रीसको ओलम्पियाकोस पियरुसलाई उसकै मैदानमा ३-१ गोलले हरायो । यो अवे जितले आर्सनलको क्वाटरफाइनल प्रवेश निश्चितजस्तै बनेको छ ।

    पाहुना टोलीका लागि मार्टिन ओडेगार्डे ३४ औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । ५८औं मिनेटमा ओलम्पियाकोसका लागि युसुफ एल अरेबीले बराबरी गोल फर्काएका थिए ।

    तर ७९ औं मिनेटमा गाव्रियल मागालेस र ८५ औं मिनेटमा मोहम्मद एनलीले सानदार अवे गोल गरेपछि आर्सनलले आरामदायी जित निकाल्यो । दोस्रो लेग अर्को साता हुनेछ ।

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै मैदान ओल्ड ट्राफोटमा इटलीको एसी मिलानसँग बराबरी खेलेपछि युरोपा लिगको क्वाटरफाइनल प्रवेश कठिन बन्ने देखिएको छ ।

    पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै अमाद डियाल्लोको गोलमार्फत घरेलु टोलीले अग्रता बनाएको थियो ।

    जिततर्फ उन्मुख म्यानचेस्टरलाई स्तब्ध पार्दै खेलको इन्जूरी समयमा सिमोन जारले एसी मिलानका लागि महत्वपूर्ण अवे तथा बराबरी गोल फर्काए । यी दुईले पनि दोस्रो लेग अर्को साता खेल्नेछन् ।

    गएराति भएका खेलहरुमा नेदरल्याण्ड्सको आयाक्सले स्वीटजरल्याण्ड्सको योङ ब्वाइजलाई ३-०, स्पेनको भिल्लारियलले युक्रेनको डाइनामो किभलाई २-०, इटलीको रोमाले युक्रेनको शख्तर डोनेस्कलाई ३-०, स्पेनको ग्रेनाडाले नर्वेको मोल्डेलाई २-० गोलले हरायो । चेल रिपब्लिकको साल्भिया प्राहा र स्कटल्याण्डको रेन्जर्सले १-१ गोलको बराबरी खेले ।

  • रुपन्देही सुपर लिग: फाइनलमा वेस्टर्न भर्सेज होराइजन

    रुपन्देही सुपर लिग: फाइनलमा वेस्टर्न भर्सेज होराइजन

    रुपन्देही । साविक विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै वेस्टर्न क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार सम्पन्न सेमिफाइनलमा वेस्टर्नले खुकुरीलाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । साविक विजेतालाई हराएर उच्च मनोबलसहित उपाधिबाट एक कदम टाढा पुगेको वेस्टर्नले शनिबार फाइनलमा न्यू होराइजन क्रिकेट क्लबको सामना गर्नेछ ।

    बिहीबार सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले ४३.१ ओभरमा सबै विकेट गुमाएर १५० रनको योगफल बनाएको थियो । वेस्टर्नका लागि राहुल कुमारले ९२ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रनको योगदान गरेका थिए ।

    यस्तै, भुवन पाण्डे र एकेन्द्र कुँवरले ११/११ रनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ खुकुरीका अजयकुमार लोनियाले ४, दुर्गेश गुप्ताले ३, श्रीकान्त केवटले २ र शैलेष श्रीवास्तवले १ विकेट लिए ।

    जवाफी ब्याटिङमा उत्रिएको खुकुरीले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन मात्रै बनाउन सक्यो । खुकुरीका लागि निश्चल चौधरीले ३३, प्रज्वल थापाले १३, शैलेश श्रीवास्तव र सजाद आलमले ११/११ रन जोडेर पेभेलियन फर्किँदा दुर्गेश गुप्ता १० रनमा अविजित रहे ।

    बलिङमा वेष्टर्नका अभिषेक गौतमले १० ओभरमा ३ मेर्डन राख्दै २७ रन खर्चेर ६ विकेट लिए । उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । यस्तै, हरिजत सिंह, विवेक पराजुली, एकेन्द्र कुँवर र देव खनालले समान १/१ विकेट लिए ।

    प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताएका छन् ।

  • विनोद भण्डारीको अवरोध पन्छाउँदै आर्मीमाथि वाग्मतीको रोमाञ्चक जित

    विनोद भण्डारीको अवरोध पन्छाउँदै आर्मीमाथि वाग्मतीको रोमाञ्चक जित

    काठमाडौं । काठमाडौं मेयर कप-२०७७ मा बिहीबार आफ्नो अन्तिम खेल खेलिरहेको त्रिभुवन आर्मी क्लब जितको नजिक पुगेर पनि निराश बनेको छ ।

    वाग्मती प्रदेशविरुद्धको रोमाञ्चक प्रतिस्पर्धामा कप्तान विनोदको शतकीय इनिङका बाबजुद पनि १० रन पराजित भयो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले फिल्डिङ गरेको आर्मीले १६७ रनको लक्ष्य पाएको थियो ।

    शीर्ष दुई टोली- नेपाल पुलिस र एपीएफ क्लब फाइनलमा पुगेसँगै प्रतियोगिताबाट बाहिरिएको आर्मीका लागि विनोद भण्डारीले शानदार शतक प्रहार गरेका थिए । आर्मीलाई जितका लागि २६ बलमा १३ रन चाहिएको अवस्थामा विनोद आउट भएपछि उनको टोली स्मरणीय जितबाट वञ्चित भएको थियो ।

    विनादले १ सय १४ बलमा ७ छक्का र ८ चौकाको मद्दतले एक सय १९ रन बनाए । यसअघि वाग्मतीका लागि पारस खड्काले शतक प्रहार गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याएका थिए । पारसले संयमित ब्याटिङ गर्दै १३३ बलमा एक सय १९ रन जोडेका थिए ।

    राउन्ड रोबिन पद्धतिको अन्तिम खेलमा जित हासिल गरे पनि यसअघिका दुई खेलमा पराजित वाग्मती फाइनल पुग्नबाट वञ्चित भएको छ ।

    नेपाल पुलिस क्लब ४ खेलमा ३ जित र १ हारको नतिजासहित शीर्ष स्थानमा रहँदै र समान नतिजा निकालेको एपीएफ नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका छन् । एक-एक जित निकालेका आर्मी, वाग्मती र काठमाडौं मेयर-११ पहिलो चरणबाटै बाहिरिएका छन् ।

    प्रतियोगिताको फाइनल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

  • मेयर-११ लाई हराउँदै एपीएफ फाइनलमा

    मेयर-११ लाई हराउँदै एपीएफ फाइनलमा

    काठमाडौं । कप्तान शरद भेसावकर र सन्दीप जोराको अर्धशतकप्रेरित नेपाल एपीएफ क्लब पहिलो चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै मेयर कपको फाइनलमा पुगेको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको एपीएफले १८७ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफले शरद र सन्दीपको अविजित अर्धशतक मद्दतमा ४४.१ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

    एपीएफका लागि सन्दीप ७९ बलमा ९ चौकासहित ६२ रन तथा शरद ११८ बलमा ५ चौका र १ छक्कासहित ६१ रन बनाएर बनाएर अविजित रहे ।

    मेयर-११ का लागि कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिए ।

    यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओरभमा सबै विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो ।

    मेयर ११ का लागि सन्दीप रजालीले सर्वाधिक ४८ बलको योगदान गरेका थिए । अर्धशतक बनाउन दुई रनले चुकेका सन्दीपले ८३ बलमा ५ चौका प्रहार गरेका थिए । त्यस्तै हरिशंकर साहले ३६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    एपीएफका लागि कमलसिंह ऐरी र अविनाश बोहराले ३/३ विकेट लिए । त्यस्तै बसन्त रेग्मी, कप्तान सरद भेसावकर र भुवन कार्कीले १/१ विकेट लिएका थिए ।

    जितसँगै फाइनलमा पुगेको नेपाल एपीएफ क्लबले शनिबार उपाधिका लागि विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपाल पुलिस क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ । तीन विभागीय, एक प्रादेशिक र एक महानगरपालिका गरी प्रतियोगितामा कूल पाँच टोलीको सहभागिता थियो ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट दुई शीर्ष टोलीले फाइनल खेल्ने तय भएको थियो । जसअनुसार अन्य तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

  • अन्तिम खेलमा मध्यपुरको जित

    अन्तिम खेलमा मध्यपुरको जित

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बिहिबार मध्यपुर युथ एसोसियसनले झम्सिखेल युथ क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैठौं मिनेटमा मनिष खड्काले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए । मध्यपुरका कप्तान रोनिश ढिके राजभाकले ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रोमाञ्चक बनेको थियो । अन्तिम मिनेटसम्म बराबरी रहेको खेलको इन्जुरी समएमा धिरज श्रेष्ठले गोल गर्दै मध्यपुरको जित २-१ ले सुनिश्चित गरे ।

    जितसँगै मध्यपुर ११ खेलबाट १६ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । पराजित झम्सिखेल समान खेलबाट ६ अंकसहित लिग तालिकाको ११औं स्थानमा छ ।

  • पारसको शतकमा वाग्मतीले आर्मीलाई दियो २६७ रनको लक्ष्य

    पारसको शतकमा वाग्मतीले आर्मीलाई दियो २६७ रनको लक्ष्य

    काठमाडौ । पारस खड्काको शतकप्रेरित वाग्मती प्रदेशले काठमाडौं मेयर कप २०७७ मा बिहीबार त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको वाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रनको योगफल तयार गर्‍यो ।

    वाग्मतीका लागि पारसले १३३ बलमा ११ र २ छक्कासहित ११९ रनको शतकीय इनिङ खेले । त्यस्तै, नन्दन यादवले ४२, इशान पाण्डेले २६ तथा आदिल खानले २१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    आर्मीका लागि सोमपाल कामीले ५ तथा जितेन्द्र मुखिया, बिक्रम शोब, करण केसी र साहब आलमले १/१ विकेट लिए ।

  • मेयर-११ ले एपीएफलाई दियो १७८ रनको लक्ष्य

    मेयर-११ ले एपीएफलाई दियो १७८ रनको लक्ष्य

    काठमाडौं । काठमाडौं मेयर कप २०७७ मा बिहीबार मेयर-११ ले विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबलाई १७८ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओरभमा सबै विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको हो ।

    मेयर ११ का लागि सन्दीप रजालीले सर्वाधिक ४८ बलको योगदान गरे । अर्धशतक बनाउन दुई रनले चुकेका सन्दीपले ८३ बलमा ५ चौका प्रहार गरेका थिए । त्यस्तै हरिशंकर साहले ३६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    एपीएफका लागि कमलसिंह ऐरी र अविनाश बोहराले ३/३ विकेट लिए । त्यस्तै बसन्त रेग्मी, कप्तान सरद भेसावकर र भुवन कार्कीले १/१ विकेट लिए ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणको आज अन्तिम दिन हो । यसअघि नै नेपाल पुलिस क्लबले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । आजको खेलमा जित हासिल गरे नेपाल एपीएफ क्लबले फाइनलमा पुलिसको सामना गर्नेछ भने पराजित भए अन्य क्लबको पनि सम्भावना रहनेछ ।

  • बार्सिलोना १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न असफल

    बार्सिलोना १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न असफल

    एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)सँग दोस्रो लेगमा १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को नजिताका साथ बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको अन्तिम–१६ बाटै बाहिरिएको छ ।

    पछिल्लो १४ सिजनमा बार्सिलोनाले क्वाटरफाइनलमा पनि पुग्न नसकेको यो पहिलोपल्ट हो । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी क्लबको ‘महान भविश्य’ रहेकोमा कुनै सन्देह नरहेको बताएका छन् ।

    ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि चारपल्ट च्याम्पियन्स लिग जितेका छन् । यो सिजन सुरु हुनुअघि उनले क्याम्प नोउमा आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए । अन्तिम–१६ को ड्र आउनुअघि उनको नाम पीएसजीसँग जोडिएको थियो ।

    १४ वर्षमा पहिलोपल्ट क्वाटरफाइनलमा पुग्न असफल रहे पनि बार्सिलोनालाई यो अवस्थाबाट माथि उकास्नका लागि लामो समयदेखि टिममा रहेका मेस्सीलाई क्लबमै रहिराख्न मनाउनु पहिलो दायित्व रहने प्रशिक्षक कोम्यानको भनाइ छ ।

    ३० औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएको ७ मिनेटपछि २५ यार्डबाट शानदार गोलसहित मेस्सीले बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

    रोनाल्ड कोम्यानको टोली पहिलो लेगमा ब्यहोरेको ४–१ को हारबाट माथि उठेर क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित पेरिस आएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा मेस्सीको पेनाल्टी प्रहार पीएसजी गोलरक्षक केलर नाभासले रोकेपछि उनीहरुलाई भाग्यले पनि साथ दिएन ।

    अर्को खेलमा इंग्लिस च्याम्पियन लिभरपुलले जर्मन टोली आरबी लाइपजिगलाई समग्रमा ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेग २–० ले जितेको लिभरपुलले एनफिल्डमा गएराति सम्पन्न दोस्रो लेगमा पनि २–० कै नतिजा निकाल्यो ।

    लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरेका थिए । प्रिमियर लिगमा निकै नै खराव लयबाट गुज्रिरहेको लिभरपुलले लाइपजिगबिरुद्ध घरेलु मैदानमा उत्कृष्ट जित निकाल्यो । प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा लगातार ६ खेल पराजित भएको छ ।

  • नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: ग्रेट हिमालय र एन्जल्स सेमिफाइनलमा

    नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: ग्रेट हिमालय र एन्जल्स सेमिफाइनलमा

    काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

    धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा बुधबार भएको खेलमा जित निकाल्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    ग्रेट हिमालय समूह ‘सी’ बाट ६ अंकसहित अन्तिम चारमा पुगेको हो । बुधबार नै भएको खेलमा पराजित एन्जल्स हार्ट नेट रन रेटका आधारमा समूह ‘डी’ बाट सेमिफाइनल पुग्यो । ग्रेट हिमालयले आर एस बिद्यापिठ एकेडेमीलाई ५ विकेटले पराजित गर्यो ।

    टस हारेर फिल्डिङमा आएको आर एसले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५३ रन बनाउन सफल भयो । आर एसको लागि विजय गौतमले अर्धशतकसहित सर्वाधिक ७५ रन बनाए भने अमृत थापाले ४२ रन बनाए । ग्रेट हिमालयको लागि बिज्ञान गौतमले सर्बाधिक ३ विकेट लिए भने मोहम्मद हुसैन र शुशान्त तिमिल्सिनाले २-२ विकेट लिए ।

    १ सय ५४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको ग्रेट हिमालय क्रिकेटले १९ ओभर २ बलमा ५ विकेट गुमाउदै निर्धारित दूरी पार गर्यो । ग्रेट हिमालयलाई दोस्रो जित दिलाउने क्रममा हेम्पन्त श्रीबास्तबले अर्धशतक सहित ५१ रन बनाए ।

    यस्तै संगित बुढाथोकीले ४२ रन बनाए । आर एसको लागि अनुपम पाण्डेले २ विकेट लिए । दोस्रो खेलमा स्कुल अफ क्रिकेट ८ रनले बिजयी भयो । टस हारेर ब्याटिङ गरेको स्कुल अफ क्रिकेटले निर्धारित २० ओभरमा १ सय ६४ रन बनायो ।

    स्कुल अफ क्रिकेटका लागि सर्वोच्च बस्नेतले अर्धशतकसहित ५८ रन प्रहार गरे । एन्जल्सका लागि निवस कुवरले ३ विकेट लिए । १ सय ६५ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको एन्जल्स हार्ट क्लब १ सय ५६ रनमा समेटियो ।

    एन्जल्स हार्ट क्लबका लागि मेघराजले सर्बाधिक ३९ रन बनाए । यता, स्कुलको लागि साकार अर्याल र समिरले समान ३-३ विकेट लिए ।

  • पुल्चोक ‘सी’ डिभिजन लिगमा घटुवा

    पुल्चोक ‘सी’ डिभिजन लिगमा घटुवा

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार नयाँबस्ती युवा क्लबसँग २–१ गोलको नतिजामा पराजित भएसँगै पुल्चोक स्पोर्ट्स क्लब ‘सी’ डिभिजन लिगमा घटुवा भएको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १९औं मिनेटमा अशोक तामाङले गोद गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए ।

    शिरब लो तामाङले ५८औं मिनेटमा गरेको गोलसँगै खेलमा फर्किएको पुल्चोकले ६३औं मिनेटमा पुनः गोल खाएको थियो । नयाँबस्तीका लागि विवेक गुरुङले गरेको गोल निर्णायक बन्दा पुल्चोकको पराजय निश्चित बन्यो ।

    पुल्चोकले ११ खेलमा ५ अंक जोडेर पुछारमा रहँदा नयाँबस्ती ९ अंक जोडेर नवौं स्थानमा छ । अर्को खेलमा खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई ४–० को नतिजामा पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्समै भएको खेलमा खुलमटारलाई जिताउन आदिल हमिदले १३औं, प्रशन अवस्थीले ४१औं, आयुश घलानले ४८औं र महेश राईले ७७औं मिनेटमा गोल गरे ।

    जितसँगै खुमलटारले सिजनका ११ खेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको सातदोबाटोको पनि समान अंक छ । तर, हेड टू हेडमा लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा बढुवा भइसकेको छ ।

    पराजित बाँसबारी २१ अंकसहित तेस्रो स्थानमा छ ।