Category: खेल प्रेस

  • नेयमारले छोडे अल हिलाल, अब ब्राजिल फर्कन सक्ने

    नेयमारले छोडे अल हिलाल, अब ब्राजिल फर्कन सक्ने

    काठमाडौं । ब्राजिलियन स्टार खेलाडी नेयमार जुनियरले साउदी प्रो लिग क्लब अल हिलाल छाडेका छन् ।

    सन् २०२३ को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट अल हिलाल पुगेका नेयमारले साउदी छाडेका हुन् ।

    अल हिलालमा आबद्ध भएएता चोटसङ्ग जुधिरहेका नेइमारले गत सिजन क्लबको तर्फबाट धेरै खेल गुमाएका थिए ।

    उनले प्रो लिगमा हिलालको तर्फबाट ७ खेल मात्र खेल्ने मौका पाएका थिए ।

    ९० मिलियन युरोमा अल हिलाल पुगेका नेइमारको लागि साउदी बसाई चोटको कारण समस्याग्रस्त बनेपछि क्लबले विज्ञप्तिमार्फत नेयमारसँग आपसी सम्झौता समाप्त भएको जानकारी दिँदै धन्यवाद दिएको छ ।

    अब उनी ब्राजिलकै पुरानो क्लब सान्तोसमा फर्कन सक्ने बताइएको छ ।

  • सभापतिको कपको फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै

    सभापतिको कपको फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै

    काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ ।

    सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता काँग्रेस सभापति कप फुटबलको फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ । आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन् ।

    एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ ।

    क्वाटर फाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम ब्याक गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो ।

    उता, एनआरटीले भने फ्रेन्ड्स क्लब कोपुन्डोललाई ३-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा एनआरटीका अञ्जन विष्टले २ गोल गर्दै शानदार प्रदर्शन गरेका थिए ।

    दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीबार सङ्कटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

    यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै सङ्कटा क्लबले फाइनलमा स्थान बनाएको छ । सङ्कटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८-७ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगदै २६ लाख प्राप्त गर्दा उप विजेताले १३ लाखमा चित्त बुझाउने छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए ।

    यसैबिच, सभापति कप फुटबलको ट्रफी बुधवार दशरथ रङ्गशालामा सार्वजनिक गरिने छ । ट्रफी सार्वजनिक गर्नु अघि काठमाडौँमा युवाहरूको मोटरसाइकल र्‍याली आयोजना गरिएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।

  • ललीत राजवंशीले धनगढीबाट अर्जुन ट्रफी खेल्ने

    ललीत राजवंशीले धनगढीबाट अर्जुन ट्रफी खेल्ने

    कैलाली । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललीत राजवंशीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीबाट खेल्ने भएका छन् । हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा तहल्का पिटेका ललीतले क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिसिए धनगढीबाट प्रतियोगिता खेल्ने भएका हुन् ।

    एनपिएलको पहिलो उपाधि जनकपुर बोल्टलाई जिताउने क्रममा सानदार प्रदर्शन सहित सबैभन्दा बढी १७ विकेट लिएका ललीतले क्रिकेटको शहरको टोलीबाट खेल्न पाउँदा गर्व महसुस गरेको बताएका छन् । उनले एनपिएलको फाईनलमा सुदुरपश्चिम रोयल्सलाई उपाधि जित्नबाट बन्चित गराउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिसिएका प्रमुख खेलाडीको रुपमा रहेका ललीतले डडेल्धुराको फेन्ड्स क्लबका प्रमुख खेलाडीहरु कुशल भुर्तेल, विनोद भण्डारी, सन्दिप जोराका विरुद्ध मैदान उत्र्रेर प्रतियोगिताको सुरुवात गर्नेछन् ।

    यस्तै ललीत समावेश रहेको डिसिए धनगढीले माघ २० गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ भने माघ २२ गते बोष्टन क्रिकेट झापासँग खेल्नेछ । लिग चरणका सबै खेलहरुका बलिङ आक्रमणका प्रमुख हतियारको रुपमा ललीत राजवंबी रहनेछन् ।

    हालै सम्पन्न जय ट्रफीको च्याम्पीयन नेपाल पुलिस क्लबलाई बनाउन ललीतले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाईनलमा ४ विकेट लिएका उनले प्रतियोगिताभरी २३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो सम्बरमा रहेका थिए ।

    धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

    प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

  • मच्छिन्द्रलाई हराउँदै संकटा सभापति कपको फाइनलमा

    मच्छिन्द्रलाई हराउँदै संकटा सभापति कपको फाइनलमा

    काठमाडौं । दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लब विजयी भएको छ । प्रतिद्वन्द्वी मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ७ को विरुद्ध ८ गोलले हराउँदै संकटाले फाइनलको यात्रा तय गरेको हो ।

    निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट गरिएको हो ।

  • ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप

    ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप

    काठमाडौं । हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो ।

    सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेका थिए । हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्धक डा. अभिषेकराज सिंहले बताए । यही गतिमा रिकभर भएमा सन्दीप दुई–तीन हप्ता पछि नै मैदान फर्किन सक्ने उनको भनाइ छ ।

    सिल्भरलाइन अस्पतालमा शल्यचिकित्सक डा. दिपक शर्मा नेतृत्वको टोलीले सन्दीपको शल्यक्रिया गरेको थियो । सन्दीप करिब ४ वर्षदेखि हर्नियाको समस्याबाट पीडित भइरहेका थिए । बीचमा मुद्दा मामिला र खेलको व्यस्तताले उनले शल्यक्रिया गराउन भ्याएका थिएनन् । अहिले खाली समय पारेर उनले शल्यक्रिया गरेका हुन् ।

    अस्पतालले विज्ञप्ति जारी गर्दै सन्दीपलाई शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । आज डिस्चार्ज हुने क्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह अस्पतालमा पुगेका थिए ।

  • भ्यालेन्सियाको पोष्टमा बार्सिलोनाको सात गोल

    भ्यालेन्सियाको पोष्टमा बार्सिलोनाको सात गोल

    हेटौँडा । स्पेनिस क्लबबार्सिलोनाले रेलिगेसन जोनमा रहेको भ्यालेन्सिया विरुद्ध सानदार प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ ।

    आइतबार राति भएको खेलमा यो सिजन कमजोर प्रदर्शन गर्दै आइरहेको ७-१ ले पराजित गर्दै बार्सिलोना तालिकाको तेस्रो स्थानमा पुगेको छ ।

    क्याटलान क्लबले भ्यालेन्सिया विरुद्ध पहिलो हाफमानै ५-० को अग्रता कायम गरेको थियो । उसको लागि फेरमिन लोपेजले दुई तथा फ्रेन्क डे जङ, फेरान टोरेस तथा राफिन्हाले एक एक गोल गरे ।

    मध्यान्तरपछि पनि वार्सिलोनाले थप दुई गोल गर्न सफल बन्यो ।

    बार्सिलोनाका रोबर्टो लेवनडोस्कीले एक गोल गर्दा अर्को गोल उपहार प्राप्त गरेको थियो । भ्यालेन्सियाको लागि एक मात्र गोल ह्येगो डुरोलेले गरे र खेल ७-१ मा सकियो ।

    जितपछि बार्सिलोना २१ खेलबाट ४२ अंक सहित तेस्रो स्थानमा पुगेको छ । पछिल्लो केहि खेलमा निराशाजनक प्रदर्शन गरेर उपाधि होडबाट पछि पर्न लागेको बार्सिलोना भ्यालेन्सिया विरुद्ध उत्सहजनक प्रदर्शनपछि पुनः उपाधि होडमा फर्किएको छ ।

  • एसि मिलानको रोमाञ्चक जित

    एसि मिलानको रोमाञ्चक जित

    हेटौंडा । निर्धारित समयमा २-१ ले पछि परेको अवस्थालाई अतिरिक्त समय उल्टाउदै एसि मिलानले रोमाञ्चक जित हासिल गरेको छ ।

    इटालियन सिरि `ए´ मा आइतबार भएको खेलमा पार्मालाई ३-२ ले पराजित गर्दै मिलानले महत्वपूर्ण तीन अङ्क जोडन सफल भयो ।

    खेलको ८० मिनेटसम्म २-१ ले पछि परेको मिलानले ९० मिनेटपछि थपिएको खेलको दोश्रो र पाँचौ मिनेटमा गोल गर्दै रोमान्चक जित निकालेको हो ।

    जितसङ्गै एसि मिलान २१ खेलबाट ३४ अङ्क सहित तालिकाको छैटौं स्थानमा उक्लदा २२ अङ्क बाट २० अङ्कसहित पार्मा रेलिगेसन जोनबाट एक स्थान माथि अर्थात १७ औं स्थानमा छ ।

    सिरि ए मा नापोली पहिलो स्थानमा छ भने इन्टर मिलान दोश्रो तथा एटलान्टा तेश्रो स्थानमा छ ।

  • अन्जनको २ गोल, एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा

    अन्जनको २ गोल, एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा

    काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संंघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलमा न्यू रोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कप्तान अन्जन विष्टको उत्कृष्ट २ गोलको मद्दतले एनआरटी सभापति सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।

    दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्यो । एनआरटीका लागि कप्तान अन्जनले २ गोल र रिचार्ड विल्सनले १ गोल गरे। फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्त्वना गोल फर्काए ।

    पहिलो हाफमा कप्तान अन्जनले २ गोल गरेपछि एनआरटी बलियो स्थितिमा पुगेको थियो। खेलको २३औं मिनेटमा एन्जल महर्जनको पासलाई अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट फिनिश गर्दै टिमलाई अग्रता दिलाए ।

    त्यसको पाँच मिनेटपछि अन्जनले व्यक्तिगत दोस्रो गोल गरे। कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेडरमार्फत गोलमा परिणत गरे ।

    दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले एनआरटीलाई ३–० को अवस्थामा पुर्याए । उनले पेनाल्टी क्षेत्रभित्रबाट फार पोस्टमा सुन्दर फिनिश गरे ।

    ६५औं मिनेटमा रिचार्डको क्रसमा हेनरी पोकुले गरेको हेडरलाई फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे । त्यसपछि अभिषेकले एन्जल र रिचार्डका लगातार प्रहारहरूलाई पनि विफल बनाए ।

    ८१औं मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत देखाए । उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छलाउँदै बायाँ खुट्टाले सुन्दर फिनिश गरे ।

    प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच साँझ ५ः३० बजे खेल हुनेछ। दोस्रो सेमिफाइनल मंगलबार आयोजक बागमती लोकतान्त्रिक र एनआरटीबीच हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।

  • इपीएल : लिभरपुलको विशाल जित

    इपीएल : लिभरपुलको विशाल जित

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले विशाल जित दर्ता गरेको छ ।

    शनिवार राती भएको खेलमा लिभरपुलले इस्विच टाउनलाई ४-१ गोलले पराजित गरेको हो ।

    खेलमा डोमेनिकले ११ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । हरेक पक्षमा इस्विच भन्दा निकै सशक्त प्रदर्शन गरेको लिभरपुलको लागि स्टार फर्वाड महोमत सलाहले ३५ औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

    खेलको ४४ औँ मिनेटमा गाक्पोले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए । दोस्रो हाफको ६६ औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० मा लगे तर इस्विचको तर्फबाट खेलको ९० औँ मिनेटमा गर्भासले गोल गरे र खेल ४-१ ले लिभरपुलले जित्यो ।

    जितपछि लिभरपुलको अग्रता थप बलियो बनेको छ । दोस्रो नम्बरको आर्सनल भन्दा एक खेल कम खेलेको लिभरपुलको २२ खेलबाट ५३ अङ्क पुगेको छ ।

    शनिबारनै भएको अर्को खेलमा दोस्रो स्थानको आर्सनलले उल्भ्सलाई १-० गोलले पराजित गरेको छ । लिभरपुल भन्दा एक खेल बढी खेलेको आर्सनलको ४७ अङ्क छ ।

    पराजित इस्विच १६ अङ्क सहित रेलिगेसन जोनमा यथावत् छ भने १६ अङ्कनै रहेको उल्भ्स भने गोल अन्तरले रेलिगेसन भन्दा एक स्थान माथि अर्थात् १७ औँ स्थानमा छ ।

  • युभेन्ट्सको अपराजित यात्रामा ब्रेक

    युभेन्ट्सको अपराजित यात्रामा ब्रेक

    हेटौँडा । इटालियन सिरी ए मा युभेन्टसको अपराजित यात्रामा ब्रेक लागेको छ । लिग लिडर नेपोलीले युभेन्ट्सको अपराजित यात्रामा ब्रेक लगाइदिएको हो ।

    शनिवार सम्पन्न खेलमा नेपोलीले २(१ को जित दर्ता गर्दा युभेन्टसले पहिलो हार बेहोरेको हो । युभेन्टसलाई हराउन रोमेलु लुकाकुले पेनाल्टीबाट गरेको गोल निर्णायक बन्यो ।

    लिगका २१ खेलमा युभेन्ट्स अपराजित थियो । रन्डल कोलो मुनीकै गोलले युभेन्ट्सले खेलको ४३ औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्क एन्गजुइसाले५७ औं मिनेटमा नेपोलीका लागि बराबरी गोल फर्काए ।

    त्यसपछि खेलको ६९ औं मिनेटमा लुकाकुले निर्णायक गोल गरे । जितसँगै नेपोली २२ खेलबाट ५३ अङ्क सहित पहिलो स्थानमा रहँदा युभेन्ट्स ३७ अङ्क सहित पाँचौँ स्थानमा छ ।

  • नटिंघमबिरुद्ध बर्नमाउथको गोल वर्षा

    नटिंघमबिरुद्ध बर्नमाउथको गोल वर्षा

    हेटौँडा। इङ्लिस प्रिमियर लिग (इपीएल) को जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको तेस्रो नम्बरको नटिंघम फरेस्टले शनिवार नमिठो हार बेहोरेको छ ।

    बोर्नेमाउथको घरेलु मैदानमा सम्पन्न लिग चरणको २३ औँ खेलमा नटिंघमले बोर्नेमाउथसङ्ग ५-० को पराजय बेहोर्न परेको छ ।

    खेलको हरेक पक्षमा बर्नमाउथ भन्दा कमजोर प्रदर्शन गरेको फरेस्टले दोस्रो स्थानको अर्सनलसँग अङ्क बराबरी गर्ने अवसरलाई उपयोग गर्न नसके पनि तेस्रो स्थानमा भने कायम छ ।

    खेलमा बर्नमाउथले नवौँ मिनेटबाट सुरु गरेको गोलको वर्षा ९१ मिनेटसम्म जारी राखेको थियो । उसको लागि खेलको नवौँ मिनेटमा जस्टिनले गोल गरे । त्यसपछि फर्वाड दाङगो ओट्टाआराले ह्याट्रिक गर्दै टिमलाई विशाल जित तर्फ लगे । उनले ५५, ६१ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

    त्यसपछि पनि नरोकिएको बोर्नेमाउथले सिमिन्यो मार्फत ९१ औँ मिनेटमा गोल गर्दै टिमलाई ५-० को जित दिलाए । शनिबार नै भएको अन्य खेलमा एभर्टनले ब्राइटनलाई १-० ले पराजित गर्दै रेलिगेसन जोनमा रहेको टोलिसँगको अंकदुरी बढाएको छ ।

  • बुन्डेस लिगा : बायर्नको जित, लेभरकुसको बराबरी

    बुन्डेस लिगा : बायर्नको जित, लेभरकुसको बराबरी

    हेटौँडा। जर्मन लिग बुन्डेस लिगामा लिग लिडर बायार्न म्युनिखले जित हासिल गर्दा डिफेन्डिङ च्याम्पियन वायल लेभरकुसन बराबरीमा रोकिएको छ ।

    शनिवार भएको खेलमा म्युनिखले फेबर्गलाई २-१ ले पराजित गर्दै लिग तालिकामा दोस्रो स्थानको वायल लेभरकुसनसँगको अग्रता बढाएको छ ।

    खेलमा बायर्नको लागि ह्यारी केन र किम मीन जेइले गोल गरे । फेबर्गको लागि एक मात्र गोल गिन्टेरले गरे ।

    शनिबार नै भएको अर्को खेलमा लेभरकुसले आरवी लेइपिजसँग २-२ को बराबरी खेलेको छ । आफ्नो सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्नु र लेइपिजलाई एक गोल उपहार दिनु नै उसको बराबरीको कारण बन्न पुग्यो ।

    खेलपछि १९ खेलबाट ४८ अङ्क सहित म्युनिख पहिलो स्थानमा रहँदा समान खेलबाट ४२ अङ्क सहित लेभरकुसन दोस्रो स्थानमा छ । पराजित फेबर्ग ९ औँ स्थानमा रहँदा बराबरी खेलेको लेइपेज पाँचौँ स्थानमा झरेको छ।

  • एमबाप्पेको ह्याट्रिकमा रियलको जित

    एमबाप्पेको ह्याट्रिकमा रियलको जित

    हेटौँडा। स्पेनिस ला- लिगामा लिग लिडर रियल म्याड्रिडले जित हासिल गरेको छ । शनिवार सम्पन्न खेलमा रियलले भाल्लाडोलिडमाथि ३-० को जित निकालेको हो ।

    रियलको जितमा फ्रेन्च स्टार केलिएन एमबाप्पेको ह्याट्रिक सामेल थियो । खेलमा एमबाप्पेले ३०,५७ र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले सानदार जित हासिल गर्न सफल बन्यो ।

    जितपछि रियल २१ खेलबाट ४९ अङ्क सहित पहिलो स्थानमा कायम छ । ला- लिगाको शनिवार सम्पन्न अन्य खेलहरूमा एट्लेटिको म्याड्रिडले भिल्लारियल सङ्ग बराबरी खेलेको छ भने सेभिल्ला र स्पानोयोल पनि १-१ बराबरीमा रोकिएका छन् ।

    शनिबारनै लस पाल्मास र ओसियाना पनि बराबरी खेल्दा रियल बेटिसले मालार्कालाई १-० गोलले पराजित गरेको छ ।

  • अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर

    अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर

    हेटौंडा । सावित्री भण्डारी साम्बापछि नेपाल राष्ट्रिय महिला टीमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपको क्लबबाट व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छन् ।

    उनलाई ग्रिसको माथिल्लो डिभिजनको निस अट्रोमिटौले शनिबार डेब्यु गराएको छ । भारत र पाकिस्तानमा पनि व्यवसायिक फुटबल खेलिसकेकी अञ्जिलाले अब युरोपमा आफ्नो व्यवसायिक फुटबललाई अगाडि बढाउनेछिन् । उनी नेपालमा भने एपीएफसँग आवद्ध छिन् ।

    ग्रिस ओमेन सुपर लिगमा १२ टोली रहेका छन् । अञ्जिलाको टीम अहिले तालिकाको नवौं स्थानमा छ ।

  • टाइगर कप भलिबल: एपीएफ र न्यू डायमण्ड विजयी हुँदा आर्मी र आयोजक टोलीको खेल स्थगित

    टाइगर कप भलिबल: एपीएफ र न्यू डायमण्ड विजयी हुँदा आर्मी र आयोजक टोलीको खेल स्थगित

    पोखरा । पोखरामा पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो दिन २ खेल पूरा हुँदा एक खेल भने स्थगित भएको छ ।

    पहिलो दिन सशस्त्र प्रहरी बल (एपीएफ) र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब विजयी हुँदा आयोजक र त्रिभुवन आर्मीबिचको खेल स्थगित भएको हो ।

    पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डमाथि ३-२ सेटको पुनरागमन जित दर्ता गर्‍यो । पहिला दुई सेट गुमाएको एपीएफले पछिल्ला तीन सेटमा जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

    दोस्रो खेलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३-२ ले पराजित गर्‍यो । रोमाञ्चक खेलमा न्यू डायमन्डले पाँचौं सेटमा १५-१० ले आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गरेको हो । पहिलो दिनको अन्तिम खेल भने खराब प्रकाशका कारण स्थगित हुन पुग्यो । तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।

    पहिलो सेटमा २२-२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३-२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५-२२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५-२१ ले जित हासिल गर्‍यो । त्यसपछि रेफ्री टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरेका हुन् ।

    उक्त खेल आइतबार बिहान ९ बजेबाट सुरु हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेलपछि पुरुषतर्फका ३ खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टीमबिच हुनेछ । दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ ।

  • सभापति कपः पुलिस क्लबलाई हराउँदै आयोजक बागमती सेमिफाइनलमा

    सभापति कपः पुलिस क्लबलाई हराउँदै आयोजक बागमती सेमिफाइनलमा

    काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै बागमती लोकतान्त्रिक दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको प्रतियोगितामा पुलिसलाई २-१ गोलले पराजित गर्दै बागमतीले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो ।

    खेलको २४औं मिनेटमा सुजन मगरको गोलले लिएको अग्रता जोगाउन नसक्दा पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक बागमतीको तर्फबाट दोस्रो हाफको ६ मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको इन्जुरी समयमा बागमतीकै विदेशी खेलाडी आकिन्स केइको गोलसँगै आयोजक बागमतीले सेमिफाइनलको यात्रा तय गरेको हो । आकिन्स केइ आजको खेलको म्यान अफ द म्याचसमेत बने ।

    आजको विजेता बागमतीले आइतबार हुने फ्रेन्ड्स क्लब र एनआरटीको विजेतासँग मंगलबार सेमिफाइनल खेल्नेछ । अहिलेसम्म संकटा र मच्छिन्द्र फुटबल क्लबले सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन् ।

  • कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

    कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

    कैलाली । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

    भुर्तेलले डडेल्धुराको फेन्ड्स क्लबबाट धनगढीमा यही माघ १९ देखि २८ गतेसम्म हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।

    फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा डडेल्धुराको फेन्ड्स क्लबले डीसीए धनगढीविरुद्ध खेल्नेछ ।

    प्रतियोगिता हेर्न खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको आयोजकले जनाएको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिइने भएको छ ।

    फेन्ड्स क्लबले माघ २१ गते वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ । लिग चरणका सबै खेलका प्रमुख तथा गेम चेञ्जर खेलाडीहरुको रुपमा कुशल भुर्तेल रहनेछन् ।

    नेपाल पुलिस क्लबलाई हालै सम्पन्न जय ट्रफीको च्याम्पियन बनाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा उनको एक अर्धशतक पनि सामेल थियो । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा उनले ५ वटा अर्धशतकसहित ५०० रन पूरा गरेका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक हजार रन पूरा गरेका छन् ।

    हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा कुशलले पोखरा एभेञ्जरबाट मार्की खेलाडी हुँदै कप्तानको भूमिका निर्वाह गरेका थिए ।

    धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुने अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी-२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन् ।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

    प्रतियोगितामा देशका ८ वटा क्लबको सहभागिता रहेको छ । सबै टोलीले ‘ए’ क्याटोगोरीका चार, ‘बी’ क्याटोगोरीका पाँच र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।

    ‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् । ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यू-१९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । ‘सी’ क्याटोगोरीमा यू-१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यू-१९ र यू-१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

  • हेटौंडामा राष्ट्रिय पुरुष तथा महिला बुद्धिचाल हुने

    हेटौंडामा राष्ट्रिय पुरुष तथा महिला बुद्धिचाल हुने

    हेटौंडा । मकवानपुरको हेटौंडामा २५औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

    माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने प्रतियोगितामा छनोट भएर आएका महिला तथा पुरुष १२-१२ गरी २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाले बताए ।

    प्रतियोगितामा मकवानपुरसहित झापा, काठमाडौं, दोलखा, रौतहट, भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाँके, मोरङ, बारा र रुकुमपूर्वका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

    प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले मार्च १० देखि १९ सम्म हुने एसियन जोनलमा सहभागी हुने र उक्त सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १५ हजार प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । आयोजकले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई आवासीय व्यवस्थापन गर्नेछ ।

  • प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै

    प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै

    फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ ।

    फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् । शुक्रबार सम्पन्न सुपर फोरको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेको हो ।

    बागमती प्रदेशमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।इन्दू बर्माको कप्तानीमा रहेको एपिएफ लिग चरण र सुपर फोरका सबै खेल जितेर अपराजित भएर फाइनलमा पुगेको हो । बिन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा एपिएफसँगको एउटा मात्रै खेल हारेर समूह उपविजेताको रूपमा सुपर फोरमा पुगेको थियो ।

    सुपर फोरमा आर्मीसँग पराजित भएको सुदूरपश्चिम बागमतीलाई हराएर नेट रनरेटका आधारमा फाइनलमा पुगेको हो । युवा टोली तथा  घरेलु मैदान र दर्शकको समर्थनमा सुदूरपश्चिम उपाधि रक्षा गर्ने दाउमा छ ।

    यसअघिका सबै खेल जितेर बलियो देखिएको एपिएफ सहजै च्याम्पियन हुने लक्ष्यमा छ । माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको थियो ।

    राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताको उपाधि जित्नेले  पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५र२५ हजार  पुरस्कार दिइनेछ ।

    फाइनल समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

    रासस

  • मच्छिन्द्र सभापति कपको सेमिफाइनलमा

    मच्छिन्द्र सभापति कपको सेमिफाइनलमा

    काठमाडौं । मच्छिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १-० गोलले पराजित गरेको हो ।

    मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे । बिमल घर्ति मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् ।

    अन्तिमपटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए । यसअघि चर्च बोइजलाई हराउदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ।

    उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छ ।

     

  • स्ववियु कप २०८१ को उपाधि नेपाल कमर्स क्याम्पसलाई

    स्ववियु कप २०८१ को उपाधि नेपाल कमर्स क्याम्पसलाई

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको स्ववियु परिचालन विभागले राजधानीमा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

    आज सम्पन्न भएको फाइनल खेलमा नेपाल कमर्स क्याम्पस मीनभवन ले बानेश्वर क्याम्पसलाई ३-१ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको हो । सो प्रतियोगितामा तेश्रो स्थान सीटीईभिटीले जितेको थियो ।

    उक्त प्रतियोगितामा नेपाल कमर्स क्याम्पसका टीम क्यÞापेटन भुपेन गुरुङ्ग बेस्ट प्लेयर घोषित भएका थिए ।

    ३ दिन सम्म चलेको प्रतियोगितामा १६ टीमको सहभागिता रहेको र प्रतियोगिता सौहार्दपुर्ण रुपमा सम्पन्न भएको स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी दिइन ।

    सो प्रतियोगिता प्रथम हुने टिमले रु १ लाख ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफ्री, दोश्रो हुनेले १ लाख नगदसहित प्रमाणपत्र र ट्रफ्री र तेश्रो हुनेले ५० हजार सहित प्रमाणपत्र र ट्रफ्री उचालेका छन् ।

    उक्त प्रतियोगिताको बिजेतालाई प्रमाणपत्र, ट्रफी तथा नगद एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले वितरण गरेका थिए । पुरस्कार समारोहमा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले संक्षिप्त सम्बोधन समेत गरेका थिए ।

    ‘गिरीले आसन्न स्ववियु निर्वाचन चैत ५ गते तोकिएको छ, उक्त मितिमा जसरि पनि निर्वाचन गर्न सम्बन्धित निकायलाई खबरदारी, अन्य विद्यार्थी संगठनलाई निर्वाचनको माहोल सिर्जना गराउनको लागि आह्वान गर्नुका साथै कार्यकर्ताहरुलाई आआफ्नो कार्यक्षेत्रमा द्रिढतापुर्वक लाग्न निर्देशन’ समेत दिए ।

  • टाइगर कपको ट्रफी अनावरण

    टाइगर कपको ट्रफी अनावरण

    पोखरा ।  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।

    पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् ।

    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफी अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेलेको बताए ।

    प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको उनले बताए । केही बेरमा टेक्निकल टिम बसेर ट्राईसिट फाइनल गरिने उनको भनाइ छ ।

    प्रतियोगिताको पहिलो खेल शनिबार बिहान १० बजेबाट सुरु हुनेछ । खेल हेर्ने दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइन टिकट काट्न सकिनेछ ।

    दुई खेलपछि उद्घाटन कार्यक्रम हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो खेलमा आयोजकको महिला टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा ल्याइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन् ।

    प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन् ।

    महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् ।

    प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।

  • नेपालमै हुनेछ अर्को यू–१९ महिला विश्वकप, कस्तो रह्यो पहिलो अनुभव ?

    नेपालमै हुनेछ अर्को यू–१९ महिला विश्वकप, कस्तो रह्यो पहिलो अनुभव ?

    काठमाडौं । मलेसियामा जारी महिला यू- १९ विश्वकपमा नेपालको यात्रा समाप्त भएको छ । अब अर्को विश्वकप नेपालमै आयोजना हुने छ ।
    अन्तिम खेलमा नेपालले आयोजक राष्ट्रविरुद्ध सान्त्वना जित हात पार्यो ।

    प्ले अफमा मलेसियालाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको हो । यसअघि समूह चरणका तीनवटै खेलमा नेपाल लगातार पराजित हुँदै सुपर सिक्स दौडबाट बाहिरिएको थियो ।

    प्रतियोगिताबाट बाहिरिएका चारवटा टोलीहरुले एक–एक प्लेअफ म्याच खेलेका हुन्, जसमा नेपाल र मलेसिया तथा पाकिस्तान र सामोआ आज भिडेका थिए ।

    नेपालले समूह चरणमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग हार व्यहोरेको हो । यीमध्ये एउटा मात्र म्याच जितेको भए नेपाल सुपर सिक्समा पुग्न सक्थ्यो । स्कटल्यान्डविरुद्ध १ विकेटको हार नेपाललाई महंगो बन्यो । उक्त खेलमा नेपाल बलियो जित नजिक पुगेर पनि अन्तिममा निराश बन्नु परेको थियो ।

    नेपालले स्कटल्यान्डको ९ विकेट ५८ रनमा झारेको थियो । तर ,अन्तिम विकेट झार्न नसक्दा स्कटल्यान्डले १९ औं ओभरमा ७३ रनको लक्ष्य भेट्टायो । यो हारले नेपाल निकै चुक्चुकाउनु परेको छ ।

    नेपालले पहिलो म्याचमा बंगलादेशसँग खेलेको थियो । सो म्याचमा नेपाल खराब ‘रनिङ बिटविन द विकेट’को शिकार भयो । नेपालका ५ जना ब्याटरहरु रनआउट भएका थिए । कप्तान पूजा महतोसहित सिमाना केसी, एलिसा यादव, अनु कडायत र रचना चौधरी रनआउट भएपछि नेपाल ५२ रनमै प्याक भयो ।

    यदि रनआउटबाट जोगिएर १०० रनसम्म जोड्न सकेको भए बंगलादेशलाई भारी पर्न सक्थ्यो । झिनो लक्ष्य दिएर पनि नेपालले बंगलादेशको ५ विकेट लिन सफल भएको थियो । ११ रनमा तीन विकेट गुमाएको बंगलादेशले त्यसपछि सम्हालिएर खेल्दै १३.२ ओभरमा लक्ष्य भेट्यो ।

    दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले कडा प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेन । यो म्याचमा पनि नेपालको ब्याटिङ फ्लप भयो । टस जितेर ब्याटिङ रोजेको नेपाल ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजाले सर्वाधिक २७ रन बनाइन् भने ओपनर सावित्री धामीले १० रन जोडिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपाललाई १४ अतिरिक्त रन प्राप्त भएको थियो ।

    नेपालले बलिङ भने राम्रो गर्यो । स्कटल्यान्डले ५८ रनमा ९ विकेट गुमाउँदा नेपाल जित नजिक देखिन्थ्यो । तर, अन्तिम विकेट लिन नसक्दा नेपाल जितबाट वञ्चित बन्यो । स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य भेट्यो ।

    अन्तिम म्याचमा बलियो अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान पुजाले दुई ओभरमै तीन विकेट ढालेर अष्ट्रेलियालाई अत्याइदिएकी थिइन् । तर, १४ रनमा तीन विकेटको स्थितिबाट शानदार कमब्याक गर्दै अष्ट्रलेलियाले १४० रनको सुदृढ स्कोर खडा गर्न सफल भयो ।

    १४१ रनको लक्ष्य नेपालका लागि भारी थियो । नेपालले यो लक्ष्य पछ्याउने चेष्टा नै गरेन । सुरुबाटै ब्याटरहरुले जित निकाल्ने भन्दा पनि २० ओभर टिक्ने उद्देश्य राखेर खेलेका थिए ।

    कप्तान पुजामाथि नेपालको आश थियो । उनी विकेटमा टिकेकी पनि थिइन् । तर, कुनै आक्रामकता देखाउन सकिनन् । ४२ बलको सामना गर्दा १८ रन मात्रै जोड्न सकिन् । उनको ब्याटबाट एउटा पनि बाउन्ड्री निस्केन ।

    नतिजाका हिसाबले नेपालको यात्रा निराशाजनक रह्यो, यद्यपि केही सकारात्मक पक्षहरु नभएका होइनन् । नेपालको बलिङले पक्कै पनि प्रभावित बनाएको छ । चारवटै टिमलाई नेपालका बलरहरुले दवावमा राख्न सफल भएका थिए ।

    ब्याटिङमा भने नेपाल कमजोर सावित भयो । ब्याटरहरुले उच्चकोटीको बलिङ सामना गर्ने कुनै आत्मविश्वास र कौशल देखाउन सकेनन् । उनीहरुको ब्याटिङ शैली हेर्दा लाग्थ्यो कि केवल अनुभवका लागि खेलिरहेका छन् ।

    नेपालको यू– १९ महिला टिम कप्तान पुजा महतोमा अत्यधिक निर्भर छ । त्यो निर्भरता विश्वकपमा पनि देखियो । पूजाले प्रयास नगरेकी होइनन् । उनले बलिङ र ब्याटिङ दुवैमा मिहिनेत गरिन् । तर, यो स्तरमा एउटा खेलाडीको बलमा नतिजा निस्किन सक्थेन । पूजाले क्रिजमा अन्य ब्याटरबाट गतिलो साथ पाइनन् ।

    नेपालको अर्को ठूलो कमजोरी भनेको रनिङ टिविन द विकेट देखिएको छ । बंगलादेशविरुद्ध ५ जना ब्याटरहरु रनआउट हुँदा नेपाल राम्रो स्कोरतर्फ अघि बढ्न सकेन । यसअघिका खेलहरुमा पनि नेपाली चेलीको रनिङ विटविन द विकेट दयनीय देखिँदै आएको छ । यो कमजोरी तत्काल सुधार्न नेपालले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

    व्यक्तिगत प्रदर्शनको कुरा नेपालका ब्याटरहरुको ब्याटिङ आँकडा टिठलाग्दो छ । कप्तान पूजा महतोले तीन खेलमा सर्वाधिक ७० रन जोडिन् । उनी प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउनेको सूचीमा ७ औं स्थानमा छिन् । दोस्रोमा साना प्रवीनले २९ रन बनाइन् । अरु ब्याटरहरुले २५ रन पनि कटाएनन् ।

    नेपालका लागि सर्वाधिक विकेट पनि पूजाले नै लिइन् । उनले ४ खेलमा ९ विकेट लिएकी थिइन् । उनी यो विश्वकपमा अहिलेसम्म सर्वाधिक विकेट लिने बलरको सुचीमा पहिलो नम्बरमा उक्लिएकी छन् । रचना चौधरी र सिमाना केसीले समान ६–६ विकेट लिए ।

    नेपालले अर्को विश्वकप आफ्नै घरेलु मैदानमा खेल्ने छ । आइसीसी यु १९ महिला विश्वकपको अर्को संस्करण सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्तरुपमा आयोजना गर्ने पहिल्यै तय भइसकेको थियो । अर्को विश्वकपमा नेपाली टिममा उमेर हदका कारण पुजा महतो हुने छैनन् । सम्भवतः आजको म्याच नै उनको यु १९ बाट अन्तिम हुन सक्छ ।

    यू- १९ महिला विश्वकपको इतिहास धेरै लामो छैन । सन् २०२३ मा पहिलो संस्करण साउथ अफ्रिकामा भएको थियो, जसमा भारत च्याम्पियन बन्यो । यो अहिले मलेसियामा भइरहेको दोस्रो संस्करण हो ।

  • कप्तान पूजा महतोको प्रेरणामा मलेसियामाथि नेपालको सान्त्वना जित

    कप्तान पूजा महतोको प्रेरणामा मलेसियामाथि नेपालको सान्त्वना जित

    काठमाडौं । यु १९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपाललाई जिताउन कप्तान पुजा महतोले फेरि एकपटक प्रेरणादायी प्रदर्शन गरिन् ।

    टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो । पूजाले ४ विकेट लिएपछि मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भयो । ४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

    ब्याटिङमा पनि नेपालले पुजाकै भर पर्नुपर्‍यो । तीन विकेट सस्तैमा गुमाएको नेपाललाई पुजाले जितसम्म डोहोर्‍याइन । उनले ३२ बलमा २३ रन जोडिन् । पछिल्ला दुई बलमा उनले दुई चौका हानेकी थिइन् । चौथो विकेटका लागि सिमाना केसीसँग पुजाले ३३ बलमा २५ विकेटको साझेदारी गरिन् ।

    यो जितसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ । नेपालले यसअघि ३ खेलमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग पराजय व्यहोरेको थियो ।

  • यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा उक्लिइन् पूजा

    यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा उक्लिइन् पूजा

    काठमाडौं । मलेसियामा जारी यू-१९ महिला विश्वकपमा नेपालकी कप्तान पूजा महतो हालसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

    आज आयोजक मलेसियासँगको खेलमा उनले आफ्नो खातामा चार विकेट थपिन् ।

  • पत्नीसँग अलग भए भारतीय क्रिकेटर वीरेन्द्र सहवाग

    पत्नीसँग अलग भए भारतीय क्रिकेटर वीरेन्द्र सहवाग

    काठमाडौं । भारतीय क्रिकेटर र पूर्वक्रिकेटरहरुमा डिभोर्सको लहर नै चलिरहेको छ । यो लहरमा सामेल हुने भएका छन् कुनै समयका दिग्गज ब्याट्सम्यान वीरेन्द्र सहवाग ।

    सहवाग र उनकी पत्नी आरती अहलावतबीच २० वर्ष अगाडि भएको विवाह करिब करिब तोडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू केही महिना अगाडिदेखि नै अलग-अलग बस्दै आएको खुलासा भएको हो । चाँडै नै औपचारिक पारपाचुके हुन् समाचारहरूमा जनाइएको छ । दुवैले यो विषयमा केही पनि बोलेका छैनन् । उनीहरुले एक अर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् ।

    वीरेन्द्र र आरतीको विवाह सन् २००४ मा भएको थियो । उनीहरूका दुई छोरा छन् । पहिलो सन्तानका रूपमा छोरा आर्यवीरको जन्म सन् २००७ मा भयो । यस्तै २०१० मा कान्छो छोरा वेदान्त जन्मिए ।

    यो जोडीको सम्बन्धमा दरार आएका केही संकेतहरु सार्वजनिकरुपमा देखिएका थिए । सहवागले सामाजिक सञ्जालमा दिवाली मनाएका तस्बिरहरू राखेका थिए जसमा आरती कतै पनि थिइनन् । तस्बिरमा छोराहरू र आमा मात्रै देखिएका थिए । दुई हप्ता अगाडि सहवागले पलाक्कडस्थित विश्व नागायाक्सी मन्दिर दर्शनमा पुग्दा पनि साथमा आरती थिइनन् ।

    नयाँ दिल्लीकी आरती सहवागसँग विवाह गरेपश्चात पनि आफूलाई लो प्रोफाइलमा राख्दै आएकी थिइन् । दिल्ली युनिभर्सिटीबाट कम्प्युटर साइन्समा डिप्लोमा गरेकी छन् । वीरेन्द्र आरतीले चार वर्षको प्रेमपछि विवाह गरेका थिए । भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको निवासमा भव्य वैवाहिक समारोह आयोजना गरिएको थियो ।

    सहवागले सन् २०१५ मा क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसयता उनी क्रिकेटसँग सम्बन्धित विभिन्न जिम्मेवारीमा छन् ।

  • युरोपा लिग : म्यान्चेस्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

    युरोपा लिग : म्यान्चेस्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

    काठमाडौं । स्कटल्याण्डको रेन्जर्सलाई पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको दोस्रो चरण अर्थात् अन्तिम १६ मा प्रवेश गरेको छ ।

    शुक्रवार बिहान भएको खेलमा युनाईटेडले रेन्जर्सलाई २–१ ले पराजित गरेको हो । ज्याक बलल्याण्डले आत्मघाती गोल उपहार दिएपछि ५२ औँ मिनेटमा पहिलो अग्रता लिएको म्यानयुको लागि इन्जुरी समयमा गलेको गोल नै विजयी गोल बन्न पुग्यो ।

    आत्मघाती गोलबाट अघि बढेको युनाइटेडले ८८ औँ मिनेटमा रेन्जर्सको तर्फबाट गोल खायो ।

    डिसेरेर्सले खेलको ८८ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा सकिने सम्भावनाबिच ९२ औँ मिनेटमा युनाइटेडको लागि ब्रुनो फर्नान्डेजले विजयी गोल गरे ।

    जितपछि चौथो स्थानमा रहँदै म्यानचेस्टरले अन्तिम १६ मा सिधै स्थान बनाएको छ ।

  • म्यान्चेस्टर सिटीमा ५९ मिलियन पाउण्डमा अनुवन्धन भए ओमर

    म्यान्चेस्टर सिटीमा ५९ मिलियन पाउण्डमा अनुवन्धन भए ओमर

    हेटौंडा । जर्मनको बुन्डेस लिगमा इन्ट्राक्ट फ्रान्कफर्टबाट फरवार्ड लाइनलाई सम्हालिराखेका इजिप्टीयन स्टार खेलाडी ओमर मार्मुसलाई म्यान्चेस्टर सिटीले ५९ मिलियन पाउण्डमा पाँच वर्षको लागि अनुवन्धन गरेको छ ।

    जनवरी विन्डोज अन्र्तगत सिटीले तेश्रो खेलाडीको रुपमा फरर्वाड ओमरलाई अनुवन्धन गरेको हो ।

    खराब लयबाट गुज्रिरहेको सिटीले यसअघि डिफेन्डर भिटोर रेइस र अब्दुकोदिर खुसानोभलाई इत्तेहादमा भित्र्याइसकेको छ । उमरले यस सिजन बुन्डेसलिगा टोलीका लागि १७ खेलमा १५ गोल गरिसकेका थिए ।

    सन् २०२३ मा वुल्फ्सबर्गबाट ​​निःशुल्क स्थानान्तरणमा सामेल भएका उमरले फ्रान्कफर्टमा १८ महिना बिताए । उनले आफ्नो देश इजिप्टको लागि ३५ गोल गरेका छन् भने ६ वटा असिस्ट रहेको छ । प्रिमियर लिगको पाँचौ स्थानमा रहेको सिटी यो पटक च्याम्पियन्स लिगको दाश्रो चरणको क्वालिफायरको लागि समेत संघर्षरत रहेको छ ।

  • खो खो विश्वकपमा उपविजेता बनेका खेलाडीको मेडलसहितको झोला कोहलपुरबाट चोरी (भिडिओ)

    खो खो विश्वकपमा उपविजेता बनेका खेलाडीको मेडलसहितको झोला कोहलपुरबाट चोरी (भिडिओ)

    दाङ । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर नेपाल फर्किएका खेलाडीको मेडल, पासपोर्ट र झोला बाँकेको कोहलपुर बसपार्कबाट चोरी भएको छ । आज दिउँसो करिब १ बजे बसपार्कबाट मेडल र पासपोर्ट राखिएको खेलाडीको झोला चोरी भएको इप्रका कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

    डीएसपी भण्डारीका अनुसार खेलाडीहरू बर्दियाका हुन् । उनीहरू घर जान भनेर काठमाडौं देखि हवाइ मार्ग राँझा एयरपोर्ट कोहलपुर बसपार्क आएका थिए ।

    गाडी नजिकै झोला राखेर खाजा खान गएका बेला सबै खेलाडीको मेडल र पासपोर्ट राखिएको झोला चोरी भएको प्रहरीले जनाएको छ ।

    डीएसपी भण्डारीले खेलाडीकै लापरवाहीले चोरी भएको बताए । झखेलाडीकै लापरवाहीले चोरी भएको हो ।’ डीएसपी भण्डारीले नेपाल प्रेससँग भने,झसिसिटिभि हेरेर चोरको खोजी गरिरहेका छौँ ।’ प्रहरीका अनुसार बर्दियाका खो खो खेलाडी बिना मेडल रित्तो हात घर फर्केका छन् ।

  • ‘सभापति कप’ फुटबलमा संकटाको पहिलो जित

    ‘सभापति कप’ फुटबलमा संकटाको पहिलो जित

    काठमाडौं । आजदेखि सुरु भएको ‘सभापति कप’ फुटबल प्रतियोगिताको पहिलो खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गरेको छ ।

    नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त प्रतियोगितामा संकटाले चर्च ब्वाइजलाई ३-० ले पराजित गरेको हो ।

    चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो । पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा २ गोल थप्यो ।

  • महिला यू- १९ विश्वकपमा नेपालः ब्याटिङमा आत्मविश्वास कमी, कप्तान पूजामा अत्यधिक निर्भरता

    महिला यू- १९ विश्वकपमा नेपालः ब्याटिङमा आत्मविश्वास कमी, कप्तान पूजामा अत्यधिक निर्भरता

    काठमाडौं । मलेसियामा जारी यू- १९ महिला विश्वकपमा नेपालको यात्रा समाप्त भएको छ । पहिलोपटक यू- १९ महिला विश्वकपमा सहभागिता जनाएको नेपालले उल्लेखनीय प्रदर्शन गर्न सकेन ।

    तीन खेलमा सतप्रतिशत हार व्यहोर्दै नेपाल बाहिरिएको छ । नेपालले समूह चरणमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग हार व्यहोरेको हो । स्कटल्यान्डसँग जित नजिक पगेर पनि चुकेको नेपालले टेस्ट राष्ट्रहरु बंगलादेश र अष्ट्रेलियालाई भने कडा चुनौति पेश गर्न सकेन ।

    प्रतियोगितामा कुनै पनि अंक जोड्न नसकेको नेपाल अंक तालिकाको पुछारमा रह्यो ।

    नेपालले पहिलो म्याचमा बंगलादेशसँग खेलेको थियो । सो म्याचमा नेपाल खराब ‘रनिङ बिटविन द विकेट’को शिकार भयो । नेपालका ५ जना ब्याटरहरु रनआउट भएका थिए । कप्तान पूजा महतोसहित सिमाना केसी, एलिसा यादव, अनु कडायत र रचना चौधरी रनआउट भएपछि नेपाल ५२ रनमै प्याक भयो ।

    यदि रनआउटबाट जोगिएर १०० रनसम्म जोड्न सकेको भए बंगलादेशलाई भारी पर्न सक्थ्यो । झिनो लक्ष्य दिएर पनि नेपालले बंगलादेशको ५ विकेट लिन सफल भएको थियो । ११ रनमा तीन विकेट गुमाएको बंगलादेशले त्यसपछि सम्हालिएर खेल्दै १३.२ ओभरमा लक्ष्य भेट्यो ।

    दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले कडा प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेन । यो म्याचमा पनि नेपालको ब्याटिङ फ्लप भयो । टस जितेर ब्याटिङ रोजेको नेपाल ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजाले सर्वाधिक २७ रन बनाइन् भने ओपनर सावित्री धामीले १० रन जोडिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपाललाई १४ अतिरिक्त रन प्राप्त भएको थियो ।

    नेपालले बलिङ भने राम्रो गर्यो । स्कटल्यान्डले ५८ रनमा ९ विकेट गुमाउँदा नेपाल जित नजिक देखिन्थ्यो । तर, अन्तिम विकेट लिन नसक्दा नेपाल जितबाट वञ्चित बन्यो । स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य भेट्यो ।

    अन्तिम म्याचमा बलियो अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान पुजाले दुई ओभरमै तीन विकेट ढालेर अष्ट्रेलियालाई अत्याइदिएकी थिइन् । तर, १४ रनमा तीन विकेटको स्थितिबाट शानदार कमब्याक गर्दै अष्ट्रलेलियाले १४० रनको सुदृढ स्कोर खडा गर्न सफल भयो ।

    १४१ रनको लक्ष्य नेपालका लागि भारी थियो । नेपालले यो लक्ष्य पछ्याउने चेष्टा नै गरेन । सुरुबाटै ब्याटरहरुले जित निकाल्ने भन्दा पनि २० ओभर टिक्ने उद्देश्य राखेर खेलेका थिए । कप्तान पुजामाथि नेपालको आश थियो । उनी विकेटमा टिकेकी पनि थिइन् ।

    तर, कुनै आक्रामकता देखाउन सकिनन् । ४२ बलको सामना गर्दा १८ रन मात्रै जोड्न सकिन् । उनको ब्याटबाट एउटा पनि बाउन्ड्री निस्केन ।
    नतिजाका हिसाबले नेपालको यात्रा निराशाजनक रह्यो, यद्यपि केही सकारात्मक पक्षहरु नभएका होइनन् । नेपालको बलिङले पक्कै पनि

    प्रभावित बनाएको छ । तीन वटै टिमलाई नेपालका बलरहरुले दवावमा राख्न सफल भएका थिए । तर, उनीहरुको क्षमता र अनुभवका अगाडि नेपालको जोर चलेन ।

    ब्याटिङमा भने नेपाल कमजोर सावित भयो । ब्याटरहरुले उच्चकोटीको बलिङ सामना गर्ने कुनै आत्मविश्वास र कौशल देखाउन सकेनन् । उनीहरुको ब्याटिङ शैली हेर्दा लाग्थ्यो कि केवल अनुभवका लागि खेलिरहेका छन् ।

    नेपालको यू- १९ महिला टिम कप्तान पुजा महतोमा अत्यधिक निर्भर छ । त्यो निर्भरता विश्वकपमा पनि देखियो । पूजाले प्रयास नगरेकी होइनन् । उनले बलिङ र ब्याटिङ दुवैमा मिहिनेत गरिन् । तर, यो स्तरमा आइपुग्दा एउटा खेलाडीको बलमा नतिजा निस्किन सक्थेन । पूजाले क्रिजमा अन्य ब्याटरबाट गतिलो साथ पाइनन् । उनी स्वयम्ले पनि आत्मविश्वासी भएर ब्याटिङ गर्न सकिनन् ।

    नेपालको अर्को ठूलो कमजोरी भनेको रनिङ टिविन द विकेट देखिएको छ । बंगलादेशविरुद्ध ५ जना ब्याटरहरु रनआउट हुँदा नेपाल राम्रो स्कोरतर्फ अघि बढ्न सकेन । यसअघिका खेलहरुमा पनि नेपाली चेलीको रनिङ विटविन द विकेट दयनीय देखिँदै आएको छ । यो कमजोरी तत्काल सुधार्न नेपालले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

    व्यक्तिगत प्रदर्शनको कुरा नेपालका ब्याटरहरुको ब्याटिङ आँकडा टिठलाग्दो छ । कप्तान पूजा महतोले तीन खेलमा सर्वाधिक ४७ रन जोडिन् । दोस्रोमा साना प्रवीनले २८ रन बनाइन् । अरु ब्याटरहरुले २० रन पनि कटाएनन् ।

    नेपालका लागि सर्वाधिक विकेट पनि पूजाले नै लिइन् । उनले ३ खेलमा ५ विकेट लिएकी थिइन् । सिमाना केसीले पनि समान ५ विकेट लिएकी छन् । कप्तान पूजा प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउनेको सूचीमा १६ औं र सर्वाधिक विकेटटेकरको सूचीमा १३ औं स्थानमा रहेकी छन् ।

  • दुई मिलान र आर्सनल नकआउट चरणमा प्रवेश

    दुई मिलान र आर्सनल नकआउट चरणमा प्रवेश

    हेटौँडा । च्याम्पियन्स लिग अन्तरगत बिहीबार बिहान भएको खेलमा इटालिएन क्लब एसी मिलान, इन्टर मिलान र इङ्लिस क्लब आर्सनल अन्तिम १६ मा प्रवेश गरेका छन् ।

    बिहीबार बिहानको खेलमा क्रोयसियाको डाइनामो जाग्रेबलाई ३-० ले पराजित गर्दै आर्सनल अन्तिम १६ मा प्रवेश गरेको हो ।

    ७ खेलबाट १६ अङ्क सहित तालिकाको तेस्रो स्थानमा रहेको आर्सनल पहिलो आठ स्थानमा रही दोस्रो चरण पक्का गर्न सफल बनेको हो ।

    बिहीबार बिहान नै भएको अन्य खेलहरूमा एसी मिलानले स्पेनको गिरोनालाई १-० गोलले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्दा इन्टरले चेक गणतन्त्रको स्पार्टालाई १-० ले हराउँदै दोस्रो चरण प्रवेश गरेको हो ।

  • च्याम्पियन्स लिग : रियलको सानदार जित

    च्याम्पियन्स लिग : रियलको सानदार जित

    हेटौँडा । रियल म्याड्रिडले स्यान्टियागो बर्नाबेउमा आरबी साल्जबर्गलाई ५-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणको लागि हुने प्लेअपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    बिहीबार बिहान भएको खेलमा म्याड्रिडको लागि रोड्रीयोगो र भेनियस जुनिएरले समान २-२ गोल गर्दा एम्बाप्पेले एक गोल गर्दै टिमलाई प्रभावशाली जित दिलाए ।

    बिहीबार भएको अन्य खेलहरुमा इन्टर मिलान, आर्सनल , एसी मिलान, सेल्टिक, साख्तरले पनि जित हासिल गरेका छन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीद्वारा सिटी पराजित 

    च्याम्पियन्स लिगमा पिएसजीद्वारा सिटी पराजित 

    हेटौँडा । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ( पिएसजी) ले इङलिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

    पराजित भएसँगै सिटीले दोस्रो चरण पुग्नको लागि आफ्नो अन्तिम लिग चरणको खेल जित्नै पर्ने दबाब सृजना भएको छ ।

    पेरिसमा भएको खेलमा सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजीद्वारा ४(२ को हार बेहोर्नु परेको छ । सिटीको लागि ५० औँ मिनेटमा ज्याक ग्रेलीस र ५३ औँ मिनेटमा एर्निङ हाल्याण्डले गोल गर्दै सिटीलाई २(० को अग्रता दिलाएका थिए ।

    तर ५६ औँ मिनेटमा ओस्मान डेम्बेले र ६० औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरेपछि पिएसजी २(२ को बराबरीमा पुग्यो ।

    त्यसपछि जोआओ नोभेसले ७३ औँ मिनेटमा गोल गरेपछि घरेलु टोलीले ३(२ को अग्रता निकाल्यो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पिएसजीलाई ४(२ को जित दिलाए ।

    जितपछि पिएसजी नकआउट चरणमा पुग्न सफल भएको छ भने सिटीले अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

  • स्ववियु कप भलिबल सुरु

    स्ववियु कप भलिबल सुरु

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
    अनेरास्ववियुको स्ववियु परिचालन विभागको आयोजनामा स्ववियु कप २०८१ सुरु भएको हो ।

    सो संगठनका अध्यक्ष समिक बडालले आज नेपाल कमर्स क्याम्पस मिनभवनमा उद्घाटन गरेका छन् ।

    ३ दिनसम्म चल्ने प्रतियोगिता नक आउटमा खेलाउने स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी दिइन् ।

    सो प्रतियोगिता प्रथम हुने टिमले रु १ लाख ५० हजार नगदसहित प्रमाणपत्र र ट्रफ्री , दोश्रो हुनेले १ लाख नगद सहित प्रमाणपत्र र ट्रफ्री र तेश्रो हुनेले ५० हजारसहित प्रमाणपत्र र ट्रफ्री पाउनेछन् ।