Category: खेल प्रेस

  • एएफसी कप तयारीस्वरुप आर्मीले किर्गिस्तान-२३ सँग अभ्यास खेल खेल्दै

    एएफसी कप तयारीस्वरुप आर्मीले किर्गिस्तान-२३ सँग अभ्यास खेल खेल्दै

    काठमाडौं । पहिलोपल्ट एएफसी कप खेल्न लागेको त्रिभुवन आर्मी क्लबले आज थ्री नेशन्स कपका लागि नेपाल भ्रमणमा रहेको किगिस्तान यू–२३ टिमसँग अभ्यास खेल खेल्दैछ ।

    आर्मी र किर्गिस्तान टोलीबीचको खेल दशरथ रंगशालामा आज दिउँसो साढे ३ बजेदेखि हुनेछ । यो खेल हेर्न दर्शकका लागि प्रवेश निःशुल्क गरिएको छ ।

    यसै वर्ष एएफसी क्लब लाइसेन्स पाएको आर्मीले पहिलोपल्ट एएफसी कप खेल्न लागेको हो । अघिल्लो वर्षको शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबले एएफसी क्लब लाइसेन्स नपाएपछि दोस्रो भएको आर्मीले अवसर पाएको हो ।

    आर्मीले चैत २५ गते एएफसी कप समूह चरणको प्ले अफ खेलका रुपमा श्रीलंका पुलिससँग दशरथ रंगशालामा खेल्दैछ ।

  • दोस्रो बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

    दोस्रो बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

    काठमाडौं । पहिलो चरणका दुई खेलमा जित तथा गोलविहीन रहँदै नेपाल थ्री नेसन्स कपको फाइनलमा पुगेको छ । पहिलो खेलमा किर्गिस्तान यु २३ सँग गोलरहितमा रोकिएको नेपाल आज बंगलादेशविरुद्ध कम्तिमा बराबरी खेल्नै पर्ने बाध्यतासहित मैदानमा उत्रिएको नेपालले सोही नतिजा दोहोर्‍यायो ।

    दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भए पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।

    आक्रामक शैलीमा प्रस्तुत भएको नेपालका लागि २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टले १८ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

    त्यसको तीन मिनेट नबित्दै त्रिदेवले २४औं मिनेटमा प्रहार गरेको भली फ्रेममा परेको थिएन ।

    नेपाली रक्षापंक्तिलाई व्यस्त राखेको बंगलादेशका फरवार्ड राकिब होसेनमाथि ३९औं मिनेटमा खराब फाउल गरेका संजोग राईले पहेँलो कार्ड पाएका थिए ।

    सोही फाउलमा पाएको फ्रि किकमार्फत बंगलादेशका कप्तान जमल भुयाको प्रहार पोस्टको नजिकबाट बाहिर गएको थियो ।

    विपक्षी खेलाडीमाथि फाउल गरेका नेपाली डिफेन्डर रन्जित धिमालले पनि ४४औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

    प्रतिस्पर्धात्मक दोस्रो हाफको ५४औं मिनेटमा बंगलादेशी कप्तानले ४० यार्ड टाडाबाट प्रहार गरेको फ्रि-किक नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले सहजै बचाउ गरेका थिए ।

    त्यसको पाँच मिनेट नबित्दै सब्टिच्युट खेलाडी सुनिल बलले पेनाल्टी एरिया भित्र दिएको पासलाई अञ्जनले सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिने सुन्दर मौका गुमाएको थियो । अञ्जनले गरेको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद सहिदुल आलमले सहजै रोकेका थिए ।

    रन्जित धिमालले सब्टिच्युट हुनुभन्दा तीन मिनेट अगाडि ६२औं मिनेटमा बाँयातर्फबाट गरेको क्रसमा अभिषेक रिजालले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको हेडर फ्रेममा परेन ।

    पहिलो खेलमा किर्गिस्तान यु २३ लाई १-० ले पराजित गरेको बंगलादेश एक खेल अगावै फाइनलमा पुगिसकेको छ । दुई खेलमा दुई अंक जोडेको नेपाल पहिलो चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

    बिहीबार भएको पहिलो खेलमा किर्गिज युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएको नेपालले आज सोही नतिजा दोहोर्‍यायो ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश नै आमनेसामने हुनेछन् ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएबल प्लेयरले ५०० डलर तथा प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई २५० डलर प्रदान गरिने एन्फाले बताएको छ ।

  • बंगलादेशविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरी

    बंगलादेशविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । थ्री नेसन्स कपको फाइनल पुग्न कम्तीमा बराबरीको नतिजा निकाल्नै पर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।

    दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भए पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।

    आक्रामक शैलीमा प्रस्तुत भएको नेपालका लागि २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टले १८ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

    त्यसको तीन मिनेट नबित्दै त्रिदेवले २४औं मिनेटमा प्रहार गरेको भली फ्रेममा परेको थिएन ।0

    नेपाली रक्षापंक्तिलाई व्यस्त राखेको बंगलादेशका फरवार्ड राकिब होसेनमाथि ३९औं मिनेटमा खराब फाउल गरेका संजोग राईले पहेँलो कार्ड पाएका थिए ।

    सोही फाउलमा पाएको फ्रि किकमार्फत बंगलादेशका कप्तान जमल भुयाको प्रहार पोस्टको नजिकबाट बाहिर गएको थियो ।

    विपक्षी खेलाडीमाथि फाउल गरेका नेपाली डिफेन्डर रन्जित धिमालले पनि ४४औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

    पहिलो खेलमा किर्गिस्तान यु २३ लाई १-० ले पराजित गरेको बंगलादेश एक खेल अगावै फाइनलमा पुगिसकेको छ । पहिलो खेलमा किर्गिज युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी आवश्यक छ ।

  • कर्णाली खेलकुद परिषदः बजेट छ, काम छैन

    कर्णाली खेलकुद परिषदः बजेट छ, काम छैन

    सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णाली खेलकुद परिषद् गठन भएको छ । पुस १६ गते खेलकुद परिषदमा उपाध्यक्ष प्रमोद हमालसहित पदाधिकारी मनोनित समेत भए । तर परिषद्ले अहिलेसम्म केही काम गरेको छैन ।

    राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णालीमा पूर्वाधारकै समस्या छ । न फुटबल मैदान छन्, न कुनै स्टेडियम, न कर्भड हल नै छन् । तर परिषद्ले कुनै पूर्वाधार निर्माणको काम अघि बढाएको छैन । सरकारले विनियोजन गरेको बजेटसमेत फ्रिज हुने स्थिति छ ।

    आर्थिक वर्ष २०७५/०७६ मा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने भनेर प्रदेश सरकारले सात करोड रुपैंया विनियोजन गरेको थियो । उक्त वर्ष सो रकम खर्च भएन । आर्थिक वर्ष २०७६/०७७ मा पनि त्यहीं शीर्षकमा साडे दुई करोड रुपैंया विनियोजन भएको थियो । त्यो रकम पनि खर्च भएन । यो वर्ष रंगशालाका लागि मात्रै दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तर उक्त रकम दोस्रो चौमासिक वित्दा पनि खर्चको प्रक्रियामा गएको छैन ।

    सामाजिक विकास मन्त्रालयले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर बजेट विनियोजन गरेको छ । रंगशालाका लागि दुई करोड, फुटबल मैदानका लागि पचास लाख, जुम्ला र हुम्लामा हाइ अल्टिच्यूड बहुउद्देश्यीय रंगशाला निर्माणका लागि एक करोड, सल्यानको शारदा नपा २, दैलेखको काँडाचौर र कालिकोटको रास्कोटमा रंगशाला निर्माणका लागि एक करोड पचास लाख, दश जिल्लाका खेलकुद विकास समितिका लागि दश लाखका दरले एक करोड, मुगु, जाजरकोटमा कर्भड हल निर्माण गर्न एक करोड, डोल्पामा कर्भड हल निर्माण गर्न २५ लाख रुपैंया चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ ।

    यस्तै खेलकुद विकास समितिको कार्यालय व्यवस्थापनमा एक करोड, मुख्यमन्त्री कप आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन भएको छ तर यी सबै कामहरु अहिलेसम्म कार्यान्वयनको प्रक्रियामा लिन नसकिएको कर्णाली खेलकुद परिषद्का सदस्य टक्कबहादुर शाही बताउँछन् ।

    ‘हामीले अहिले कार्यालय खोल्ने काम मात्रै गरेका छौं । काम गर्न सुरु भएको छैन’, उनी भन्छन्, ‘हामीसँग बजेट नआइपुगेका कारण अन्य काम कसरी गर्ने भन्ने अलमलमा नै हामी छौं’

    सरकारले परिषद् बनाएको तर बजेट नदिँदा काम गर्न असहजता भएको उनको भनाइ छ । ‘हामीले बारम्बार मनत्रालयमा बजेट खर्चका लागि स्वीकृति दिन अनुरोध गर्दै आइरहेका छौं । तर अहिलेसम्म बजेट रिलिज नै हुन सकेको छैन’ उनले गुनासो गरे, ‘काम गर्ने उच्च चाहना हुँदा हुँदै पनि मन्त्रालय धाएर दिन विताउनुपर्ने बाध्यता आइलागेको छ ।’

    परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले सरकारले तत्काल बजेट दिएको खण्डमा दशौं खेलकुद प्रतियोगिताको तयारीमा जुटन सकिने बताए । ‘हामी कर्णाली खेलकुदको भविष्य उज्ज्वल बनाउन भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेका छौं । खेलकुद परिषदले कानूनअनुसार कार्यान्वयन गर्ने जिम्मा पाएको बजेट पाउने वित्तिकै हामी भौतिक पूर्वाधार विकासमा जुटछौं’ उनी भन्छन्, ‘तेस्रो चौमासिकमा काम गर्न नसकिएको खण्डमा फेरि बजेट फ्रिज हुने सम्भावना हुन्छ । त्यसले झन् हामीलाई पछाडि पार्छ ।’ उनले हतार हतारमा काम गर्नु भन्दा गुणस्तरीय, दीगो खेलकुद संरचना निर्माण गर्न आवश्यक रहेको बताए ।

     

  • सरस्वतीको कप्तानीमा ललितपुर मेयर ११ को टोली घोषणा

    सरस्वतीको कप्तानीमा ललितपुर मेयर ११ को टोली घोषणा

    काठमाडौं । ललितपुर मेयर वुमेन्स च्याम्पियनसिप टी–२० प्रतियोगिताका लागि ललितपुर मेयर ११ को टोली घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यानक) को आयोजनामा चैत्र २१ देखि २८ सम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि ललितपुर मेयर ११ ले सरस्वती चौधरीको कप्तानीमा १४ खेलाडीको नाम सार्वजानिक गरेको हो। सरस्वतीको टोलीमा अनुराधा चौधरी, कविता गौतम, सोभा आले, बिमला मगर, बिन्दु कटवाल, सुमन खतिवडा, कन्चन श्रेष्ठ, आरती बिडारि, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, अलिशा लामिछाने र निशा पराजुली समेटिएका छन् ।

    राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा पीएम कपको विजेता प्रदेश नम्बर १, विभागीय टोली नेपाल एपीएफ क्लब, लुम्बिनी र सुदुरपश्चिम प्रदेश र मेयर–११ सहित पाँच टोलीको सहभागिता रहने छ ।

    त्रिवि क्रिकेट मैदानमा हरेक दिन प्रतियोगिताका दुई खेल हुने र समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैँयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।

    त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत–ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ दी म्यचले ३ हजार र प्रत्यक खेलाडीले म्याच फि बापत १ हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ ।

  • नेपाल भर्सेज बंगलादेश: अन्तर्राष्ट्रिय स्तरको गोल खडेरी आज चिर्ला नेपालले ?

    नेपाल भर्सेज बंगलादेश: अन्तर्राष्ट्रिय स्तरको गोल खडेरी आज चिर्ला नेपालले ?

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको खडेरी चिर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गर्‍यो । सन् २०१ं५ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीले ६ वर्षसम्म नेपाली फुटबलको ‘होम’ दशरथ रंगशालामा सिनियर राष्ट्रिय टोलीले खेल्ने मौका पाएन ।

    अन्ततः थ्री नेसन्स कपको आयोजनासँगै त्यो खडेरीमा मन्द वर्षा सुरु भएको छ । तर, किगिस्तान यु २३ सँग बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरेको नेपाली टोली गोल गर्न असफल रहेको सात खेल पुगिसकेको छ ।

    फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध २०१९ को सेप्टेम्बर १० मा अञ्जन विष्टले दुई गोल गरेयता नेपालले सात खेलमा गोल गर्न सकेको छैन ।

    अञ्जनले चाइनिज ताइपेईविरुद्धको दोस्रो गोल ६३औं मिनेटमा गरेका थिए । त्यसयता नेपालले ६५७ मिनेटसम्म गोल गर्न सकेको छैन ।

    थ्री नेसन्स कपको पहिलो खेलमा किर्गिज युवा टोली (करिब ३० मिनेट १० जनामा सीमित भएको)विरुद्ध गोल गर्न असफल रहेको नेपाली टोलीले आज बंगलादेशी राष्ट्रिय टोलीको सामना गर्दैछ ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिज यु २३ टोलीलाई १–० ले पराजित गरेको बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ । नेपालको फाइनल प्रवेशको सम्भावना उच्च देखिए पनि आजको नतिजा महत्त्वपूर्ण हुनेछ ।

    आजको खेलमा जित वा बराबरी नेपाललार्ई फाइनल पुर्‍याउन पर्याप्त हुनेछ भने २–० को फराकिलो हार नेपालका लागि भारी पर्नेछ । यदि बंगलादेश १–० ले विजयी भयो भने पहेँलो र रातो कार्ड महत्त्वपूर्ण हुनेछ ।

    नेपालका पछिल्ला सात खेलको नतिजा

    २०१९ अक्टोम्बर १० अस्ट्रेलिया ५–० नेपाल
    २०१९ अक्टोबर १५ जोर्डन ३–० नेपाल
    २०१९ नोभेम्बर ७ म्यानमार ३–० नेपाल
    २०१९ नोभेम्बर १९ नेपाल ०–१ कुवेत
    २०२० नोभेम्बर १३ बंगलादेश २–० नेपाल
    २०२० नोभेम्बर १७ बंगलादेश ०–० नेपाल
    २०२१ मार्च २५ नेपाल ०–० किर्गिस्तान यु २३

    पहिलो खेलको बराबरीपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध कुनै पनि हालतमा अंक गुमाउनु नुहने बताएका थिए ।

    ‘बंगलादेशविरुद्ध हामी जितको अपेक्षासहित मैदानमा उत्रिन्छौं,’ उनले पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘आजको खेलमा हामीले गोल गर्न मात्रै सकेनौं, तर खेल उत्कृष्ट थियो । आगामी खेलमा हामी अंकका लागि खेल्छौं ।’

    तर, जति नेपाल गोल र नतिजाका लागि आत्तुर छ, त्यति नै बंगलादेश पनि । बंगलादेशी अखबार कालेर कान्थोसँग भ्रमणकारी टोलीका प्रशिक्षक जेमी डेले फाइनल अगाडि आफ्नो टोलीले सुखद् नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

    ‘खेलाडीहरूले अझै पनि अभ्यासमा मेहेनत गरिरहेका छन् । हामी भोलिको खेलका लागि तयार छौं । पहिलो खेलको तुलनामा नेपालविरुद्ध टोलीमा धेरै परिवर्तन देख्न सकिने छ,’ प्रशिक्षक डेलाई उदृत गर्दै कालेर कान्थोले लेखेको छ, ‘नयाँ खेलाडीहरूलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव लिने मौका दिइनेछ । र, म सुखद् नजितासहित फाइनल पुग्नेमा आशावादी छु ।’

  • अप्रिल १७ देखि कीर्तिपुरमा त्रिदेशीय शृंखला: नेपालसहित नेदरल्यान्ड्स र मलेसिया भिड्ने

    अप्रिल १७ देखि कीर्तिपुरमा त्रिदेशीय शृंखला: नेपालसहित नेदरल्यान्ड्स र मलेसिया भिड्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अप्रिल १७ देखि २४ सम्म किर्तिपुरमा त्रिदेशीय ट्वान्टी-२० प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ । राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने क्यानले जानकारी दिएको छ ।

    क्यानका अध्यक्ष चतुर बहादुर चन्दले मलेसिया र नेदरल्यान्ड्स क्रिकेटलाई धन्यवाद् दिँदै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेनट फर्किएको घोषणा गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

    त्यस्तै नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्पबेलले २०१९ देखि क्रिकेट खेल्न नपाइरहेका बेला नेपालले सिरिजको घोषणा गर्दा एकदमै हर्षित भएको बताएका छन् ।

    मलेसियन क्रिकेट संघका अध्यक्षा महिन्दा भलिपुरमले अन्तर्राष्ट्रिय क्रिकेटमा लागेको लामो समयको खडेरी तोडिन लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

  • प्रशिक्षक बालगोपाल: कमजोरी लुकाएर आत्मसन्तुष्टिको अभिनय!

    प्रशिक्षक बालगोपाल: कमजोरी लुकाएर आत्मसन्तुष्टिको अभिनय!

    काठमाडौं । हिजो किर्गिस्तान-२३ विरुद्ध नेपाली राष्ट्रिय टिमले बराबरी खेलेपछि प्रशिक्षक बालगोपाल महर्जनलाई पत्रकारले सोधे, ‘नेपाल आज कहाँ चुक्यो ?’

    पत्रकारको प्रश्नमा बालगोपाल आक्रमक शैलीमा प्रस्तुत भए । उनले जङ्गिएर जवाफ दिए, ‘तपाईंले नतिजा मात्रै हेर्नु हुन्छ कि, खेल पनि हेर्नु हुन्छ ? स्कोर गर्न नसके पनि नेपालको खेल उत्कृष्ट थियो ।’

    फुटबल यदि गणित हुन्थ्यो भने प्रशिक्षक बालगोपाल महर्जनको तर्क जायज लाग्ने थियो । तर, विडम्बना ! फुटबलमा ‘प्रोसेसको मार्क्स’ आउँदैन । खेल कस्तो थियो भन्ने समिक्षाको विषय त बन्न सक्छ, तर नतिजा निकाल्न गोल नै गर्नुपर्छ । बालगोपाल चाहीँ नतिजाभन्दा ‘खेल’ देखाएर टीमका कमजोरी ढाकछोप गर्न खोजिरहेका थिए ।

    किर्गिस्तानविरुद्धको बराबरीले नेपाल ट्राइ नेसन्स कपको फाइनलमा पुग्ने सम्भावना चुनौतिपूर्ण बनेको छ । यो धेरै महत्वपूर्ण प्रतियोगिता होइन, तर घरेलु दर्शकहरू नेपाली टिमको जित हेर्न आतुर थिए । ६ वर्षको खडेरी चिर्दै सिनियर फुटबल टोली दशरथ रंगशालामा खेलिरहेको नेपाली टोली पनि जितकै खोजीमा थियो । अन्तिम ३० मिनेट विपक्षी टिम १० जनामा सीमित भएको अवस्थामा खेल जित्न नसक्नु नेपालका लागि निराशाजनक नतिजा हो ।

    गोलरहित बराबरी नतिजामा दर्शक सन्तुष्ट भएनन् । खेलाडी खुशी भएनन् । तर बालगोपालले भने ‘खेल राम्रो थियो’ भन्दै आफैंलाई सान्त्वना दिन खोजे । उनले भने, ‘म यो नतिजाबाट सन्तुष्ट छु ।’

    हिजोको म्याचका लागि गरिएको खेलाडी छनोटलाई लिएर प्रश्न उठेको थियो । महत्त्वपूर्ण खेलाडीहरूलाई कुनै तार्किक कारणबिना टिमबाहिर राखिँदा नेपालको फिनिसिङ कमजोर बनेको विश्लेषण खेल समिक्षकहरूले गरे ।

    नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विकाश खवास लगायतका प्रभावशाली खेलाडीलाई २३ जनाको टोलीमा समावेश नगर्ने प्रशिक्षकको निर्णय गलत ठहरिन पुग्यो । सायद त्यसको बचाउ गर्नका लागि पनि बालगोपाले सन्तुष्टीको अभिनय गरिरहेका थिए । अन्यथा सामाजिक सञ्जाल, रंगशालाको प्यारापिट र समग्र फुटबलप्रेमीलाई सन्तुष्टि दिन नसकेको यो खेलमा उनी सन्तुष्ट हुने कुनै आधार भने देखिँदैन ।
    खेलको अघिल्लो दिन उनै बालगोपालले भनेका थिए, ‘हामीले सोचेको स्तरको किर्गिज टोली रहेनछ । अब हामी ट्रेनिङमा खेलेजति मात्रै प्रदर्शन दिनसके पनि खेल जित्छौं ।’

    उनले बंगलादेशविरुद्ध किर्गिज टिमको खेल हेरेर उनीहरुलाई यसरी अवमूल्यन गरेका थिए । बिहीबारको पोष्ट म्याच कन्फ्रेन्समा उनलाई सोधियो, ‘ट्रेनिङमा जत्तिको पनि टोलीले खेल्न नसकेको हो त ?’

    जवाफमा प्रशिक्षक महर्जनले भने, ‘त्योभन्दा धेरै खेलेको हो । नजितेको मात्र हो ।’ उनले खेलाडी छनोटमा गल्ति भएको स्वीकार गरेनन् । बरु बचाउ गरे । उनी भन्दै थिए, कसलाई राख्नु पर्थ्यो टोलीमा ? मैले जसलाई राखेको छु त्यसमा म सन्तुष्ट छु ।

    तर, किर्गिस्तानको युवा टोलीसँग नतिजा निकाल्न चुकेको नेपालले भोलि बंगलादेशको राष्ट्रिय टिमसँग खेल्दैछ । बंगलादेशले पहिलो म्याचमा किर्गिस्तानलाई हराएको थियो । भोलिको म्याचमा नेपालले सुखद नतिजा निकाल्ने बालगोपालले बताएका छन् ।

    तर, ‘सुखद नतिजा’ भनेर केलाई बुझ्ने ? उनले हिजो गरेको तर्कअनुसार त नेपालले खेल नजिते पनि ‘बल पोसेसन’ राम्रो गर्‍यो भने त्यसलाई राम्रो मान्नुपर्ने हुन्छ । तर, दर्शक र खेलाडी त जित नै चाहन्छन् । जितका लागि गोल नै गर्नुपर्छ ।

    बालगोपाल नेपालका पूर्वराष्ट्रिय खेलाडी हुन् । खेलमा गोलको महत्त्व, जित–हारको भिन्नता उनलाई राम्ररी थाहा छ । अहिले प्रशिक्षकको भूमिकामा उनी नेपाली टिमलाई जिताउने ध्याउन्नमै हुन्छन् भन्नेमा कुनै शंका छैन । विगतमा उनको प्रशिक्षणमा उमेर समूहको फुटबलमा नेपालले धेरै उत्कृष्ट नतिजाहरू निकालेको छ । सिनियर फुटबलमा पनि प्रशिक्षकका रूपमा योगदान दिएका छन् ।

    तर, प्रशिक्षक जति उत्कृष्ट भए पनि कहिलेकाहिँ रणनीतिगत गल्तिहरू हुन सक्छन् । त्यसलाई महसुस गरेर, कमजोरी स्वीकार गरेर आफूलाई सच्याउन भने कञ्जुस्याइ गर्नु हुँदैन । बालगोपालले यो पक्षमा चाहिँ आफूलाई सुधार्नुपर्ने देखिन्छ ।

  • फिनिसिङमा चुकेको नेपाल किर्गिस्तान यु २३सँग गोलरहित बराबरीमा रोकियो

    फिनिसिङमा चुकेको नेपाल किर्गिस्तान यु २३सँग गोलरहित बराबरीमा रोकियो

    काठमाडौं । विपक्षी गोल पोस्टमा पर्याप्त अवसर सिर्जना गरे पनि उपयोग गर्न नसक्दा किर्गिस्तानको युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय टोली घरेलु मैदानमा जारी त्रीदेशीय फुटबल प्रतियोगितामा दबाबमा परेको छ ।

    करिब ६ वर्षपछि दशरथ रंगशालामा पहिलो पटक खेलेको नेपाली सिनियर टोलीका स्ट्राइकरहरू लय गुमाएका देखिन्थे । खेलको ६७औं मिनेटमा नेपाली फरवार्ड अभिषेक रिजालमाथि खराब फाउल गरेका किर्गिज कप्तान ताशेभ कामोलिदिन दोस्रो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए । त्यसअघि, १९औं मिनेटमा पहिलो कार्ड पाएका कप्तान ६७औं मिनेटमा बाहिरिएसँगै भ्रमणकारी किर्गिस्तानले पछिल्लो २३ मिनेट १० जनामा सीमित भएर खेलेको थियो ।

    सुरुदेखि नै ‘बल पोसेसन’मा प्रभाव राखेको नेपालका लागि तेस्रो मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार फ्रेममा परेको थिएन । भ्रमणकारी किर्गिस्तान यु २३ को रक्षापंक्ति बारम्बार पार गरेको नेपालका लागि चौथो मिनेटमा तेज तामाङको क्रसमा अञ्जनको हेडर पनि बाहिरिएको थियो ।

    अग्रताका लागि निरन्तर प्रयासरत नेपालका लागि १०औं मिनेटमा डेब्युटेन्ट त्रिदेव गुरुङको कर्नरमा डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गरेको प्रहार पनि आउट हुँदा घरेलु टोली दुर्भाग्यशाली साबित भयो ।

    त्यसको चार मिनेट नबित्दै अञ्जनको क्रसमा किर्गिस्तानका कप्तान ताशेभ कामोलिदिनले बचाउन खोज्दा बल पोलमा लागेर फर्केको थियो । दोस्रो हाफको सुरुदेखि नै आक्रमणलाई निरन्तरता दिएको नेपालका लागि ४९औं मिनेटमा रन्जित धिमालले १८ पेनाल्टी एरिया बाहिरबाट गरेको लामो दूरिको प्रहारमा किर्गिस्तानी डिफेन्डर कुमारबाज युलु बेइमान बाधक बनेका थिए ।

    नेपालको गोलपोस्टमा बिरलै पुगेको भ्रमणकारी किर्गिज टोलीका लागि ५३औं मिनेटमा बोरुबइभ गुल्हिजितले २५ यार्डबाट प्रहार गरेको फ्रिकिक क्रसबार माथिबाट बाहिरिएको थियो ।

    त्यसको एक मिनेट नबित्दै ५४औं मिनेटमा पुन: गुल्हिजितले १८ यार्ड बक्स अगाडिबाट प्रहार गरेको फ्रि-किक नेपाली कप्तान किरण चेम्जोङले सहजै बचाउ गरेका थिए ।

    खेलको ६२औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको फ्रि-किकमा उपकप्तान रोहितले प्रहार गरेको हेडरमा किर्गिस्तानका गोलकिपर प्रियाडकिन आर्टेम बाधक बने ।

    त्यस्तै, ७८औं मिनेटमा अनन्तले ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको ओभर हेड किकमा किर्गिज गोलकिपर बाधक बनेका थिए ।

    बंगलादेश फाइनलमा

    आयोजक नेपाल र किर्गिस्तानी टोली गोलरहित बराबरीमा रोकिएसँगै बंगलादेशले फाइनल खेल्ने निश्चित भएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले किर्गिज यु २३ विरुद्ध १-० को जित निकालेको थियो । राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    एक खेलबाट ३ अंक जोडेको बंगलादेशविरुद्धको खेलले फाइनल खेल्ने अर्को टोली टुङ्गो लाग्ने छ ।

  • नेपालविरुद्ध किर्गिस्तान यु २३: पहिलो हाफ गोलरहित बराबरी

    नेपालविरुद्ध किर्गिस्तान यु २३: पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । फिनिसिङमा चुक्दा नेपाली राष्ट्रिय फुटबल टोली थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा किर्गिस्तान यु २३ सँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ ।

    करिब ६ वर्षपछि दशरथ रंगशालामा पहिलो खेल खेलिरहेको नेपाली सिनियर टोलीले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

    खेलको तेस्रो मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार फ्रेममा परेको थिएन । भ्रमणकारी किर्गिस्तान यु २३ माथि हाबी बनेको नेपालका लागि तेज तामाङको क्रसमा चौथो मिनेटमा अञ्जनले हेडरमार्फत गरेको प्रहार पनि बाहिरिएको थियो ।

    अग्रताका लागि निरन्तर प्रयासरत नेपालका लागि १०औं मिनेटमा डेब्युटेन्ट त्रिदेव गुरुङको कर्नरमा डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गरेको प्रहार पनि आउट हुँदा घरेलु टोली दुर्भाग्यशाली साबित भयो ।

    त्यसको चार मिनेट नबित्दै अञ्जनको क्रसमा किर्गिस्तानका कप्तान ताशेभ कामोलिदिनले बचाउन खोज्दा बल पोलमा लागेर फर्केको थियो ।

    मंगलबारदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपालको यो पहिलो खेल हो ।

  • किर्गिस्तान यु-२३ विरुद्ध त्रिदेव र संजोगले डेब्यु गर्दै

    किर्गिस्तान यु-२३ विरुद्ध त्रिदेव र संजोगले डेब्यु गर्दै

    काठमाडौं । थ्री नेसन्स लिगको पहिलो खेलमा नेपालले आज किर्गिस्तान यु २३ को सामना गर्दैछ । दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलका लागि नेपालबाट संजोग राई र त्रिदेव गुरुङले डेब्यू गर्ने भएका छन् ।

    पहिलो पटक राष्ट्रिय टोलीमा परेका संजोगसँगै मिडफिल्डमा त्रिदेवले पनि पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । दुई डेब्युटेन्टसँगै तेज तामाङ, रवि पासवान र अञ्जन विष्टले मिडफिल्ड सम्हाल्नेछन् ।

    अग्रपंक्तिको जिम्मेवारी भने अभिषेक रिजालले सम्हाल्दा डिफेन्सलाइनमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशीले सुरुआती ११ मा स्थान बनाउँदा कप्तान किरण चेम्जोङले गोलपोष्ट सम्हाल्ने छन् ।

    पहिलो खेलमा बंगलादेशसँग पराजित भएको किर्गिस्तान यु २३ आज गर या मरको दबाबमा छ । प्रतियोगितामा पहिलो खेल खेल्न लागेको नेपाल सुखद् सुरुआत गर्न चाहन्छ ।

    नेपाली राष्ट्रिय टोलीले करिब ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

  • दशरथ रंगशालामा फुटबल खेल्न ‘सुपर एक्साइटेड’ छन् फुटबल कप्तान

    दशरथ रंगशालामा फुटबल खेल्न ‘सुपर एक्साइटेड’ छन् फुटबल कप्तान

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज थ्री नेसन्स कपमा किर्गिस्तान यु २३ विरुद्ध प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे नेपाली राष्ट्रिय टोली मैदानमा उत्रिँदा ६ वर्षदेखि घरेलु मैदानमा सिर्जित अन्तर्राष्ट्रिय फुटबलको खडेरीमा आनन्ददायी वर्षा हुनेछ ।

    नहोस् पनि किन ? नेपालको सर्वाधिक लोकप्रिय खेल हो, फुटबल । र, नेपाली फुटबलको पर्याय हो, दशरथ रंगशाला । सन् २०१५ को मार्चमा नेपालले विश्वकप छनोटमा भारतविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल रंगशालामा खेलेको थियो । तर, सोही वर्षको अप्रिलमा गएको विनाशकारी भूकम्पले तहसनहस भएको रंगशाला पुन:निर्माण हुनै चार वर्ष लागेको थियो । र, करिब दुई वर्ष कोरोना महामारीले रंगशलामा फुटबल नसिब हुन दिएन । अन्तत: अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गरेर प्रतियोगिता नै सुरु गरिसकेपछि ६ वर्षको अनावृष्टिमा पूर्णविराम लाग्दै छ ।

    र, भूकम्पपछि रंगशालामा अन्तर्राष्ट्रिय फुटबलको नयाँ अध्याय सुरु हुँदैछ । सोही नयाँ अध्यायका लागि नेपाली टोलीको कप्तानी जिम्मेवारी पाएका गोलकिपर किरण चेम्जोङ आजको खेलका लागि ‘सुपर एक्साइटेड’ रहेको बताउँछन् । व्यावसायिक फुटबलका लागि भारतमा रहेका किरण सोमबार नेपाल आएका थिए । राष्ट्रिय टोलीसँग आजसँगै रंगशालामा अभ्यास गरेका किरणले आजको खेलका लागि पुरै टोलीमा रहेको उत्साह, जोश र योजना यसरी सुनाए ।

    रंगशालामा यतिका वर्षपछि खेल्न हामी ‘सुपर एक्साइटेड’ छौं । करिब ६ वर्ष भयो दशरथ रंगशालामा समर्थकको ‘क्राउड’ अगाडि हामीले खेल्न नपाएको त्यसैले ‘सुपर एक्साइटेड’ ।

    किर्गिस्तान र बंगलादेश उत्तिकै राम्रा टोली छन् । म सँधै भन्ने गर्छु बंगलादेश राम्रो टोली छ । हामीले प्रत्येक पटक खेल्दा बंगलादेशले एकदमै प्रतिस्पर्धा दिन्छ ।

    त्यसैले हामीले कसैलाई पनि ‘अन्डरस्टिमेट’ गर्नुहुन्न । र, हामी दुवै टोलीलाई फेस गर्न तयार छौं ।

    प्रशिक्षकलाई टोली छनोट गर्न एकदमै कठिन थियो । किनभने, ‘स्क्वाड’ निकाल्न एकदमै चुनौतीपूर्ण हुन्छ । कति कुराहरूमा गाली पनि खानुपर्छ । सामाजिक सञ्जालमा पनि आलोचना सहनुपर्छ । समर्थकहरूको आफ्नो आफ्नो मन पर्ने खेलाडी हुन्छ, तर फाइनल स्क्वाड त भन्नै पर्छ । त्यहाँ सबैको मनपर्ने खेलाडी नहुन सक्छ ।

    कप्तानको हैसियतले भन्दा प्रशिक्षकले उत्कृष्ट टोली छनोट गर्नुभएको छ । कसैलाई पनि व्यक्तिगत रुपमा नराम्रो गर्नु भएको छैन ।

    यो कुरा हामी सबैले र फ्यानहरूले पनि स्वीकार्नु पर्छ । उहाँहरूले ‘बेस्ट अफ दी बेस्ट’ खेलाडीलाई समेटेर टोली बनाउनुभएकोमा म विश्वस्त छु ।

    पछिल्लो ६ महिनादेखि कोचले हेरिराख्नु भएको छ, र त्यसैको आधारमा छनोट गर्नु भएको छ । र, फुटबल भनेको सधैँ प्रतिस्पर्धा हो, यसमा नामले मात्रै हुँदैन पफर्मेन्स पनि दिन सक्नुपर्छ ।

    त्यसैले मलाई कोही खेलाडी छुटेको जस्तो पनि लाग्दैन । सम्भवत: सबैको ‘पफर्मेन्स’मा ‘अस्प एन्ड डाउन्स’ हुन्छ । हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ ।

    म पनि नियमित रूपमा फुटबल खेलेर आएको छु, र नेपालमै भएका खेलाडी पनि नोभेम्बरदेखि नियमित अभ्यासमा छन् । र, म पनि आफ्नो बेस्ट दिन तयार छु । टोलीलाई सहयोग गर्छु । मेरो क्षमताअनुसारको ‘पफर्मेन्स’ दिन्छु ।

    मलाई सानैदेखि राष्ट्रिय टोलीबाट खेल्ने शौख थियो । तर, कहिल्यै पनि कप्तान बन्छु र टोलीको नेतृत्व गर्छु भन्ने सोचेको थिइँन । तर, यो सबै समयको खेल हो ।

    हामी समयअनुसार अगाडि बढ्नु पर्छ । र, आज मलाई राष्ट्रिय टोलीको नेतृत्व गर्न र ‘ग्रो अप’का लागि मौका दिनु भएको छ, म यसलाई अवस्य स्वीकार गर्छु र आफूले गर्न सक्ने सबै कुरा गर्छु र टोलीलाई सहयोग गर्छु ।

    यस्तै प्रशिक्षक बाल गोपाल महर्जन पनि पहिलो खेलका लागि तयार रहेको र आवश्यकता अनुसारको टोली निर्माण गरेको बताउँछन् । आफ्नो २३ जनाको टोलीमा अपेक्षित नामहरू– नवयुग श्रेष्ठ, विकाश खवास, विशाल श्रेष्ठ, आशिष लामा लगायतका खेलाडीलाई समावेश नगरेका प्रशिक्षक महर्जन प्रदर्शनको आधारमा खेलाडी छनोट गरेको बताउँछन् ।

    किर्गिस्तान यु २३ र बंगलादेशबीचको खेल हामीले पनि हेर्‍यौं, किर्गिस्तान यु २३ लाई हामीले अझै माथिल्लो स्तरको सोचेका थियौं । तर, बंगलादेशविरुद्धको खेलमा त्यस्तो देखिएन ।

    पहिलो खेल भएकाले पनि हुन सक्छ । त्यसैले किर्गिस्तान यु २३ विरुद्धको खेलमा हामी ‘अन्डरस्टिमेट’ गरेर खेल्दैनौं ।

    विश्वकपका लागि तयारी गरिरहेको टोलीले अभ्यास खेलमा खेलेको जस्तो मात्रै खेल्यो भने पनि नतिजा हाम्रो पक्षमा आउनेमा म विश्वस्त छु ।

    तर, कुनै टोलीलाई कमजोर आँकेको होइन, हिजोको खेलमा त्यो भन्दा माथिल्लो स्तरको खेल्नु पर्ने थियो । त्यो पहिलो खेल भएर पनि हुन सक्छ ।

    हामीविरुद्ध उनीहरूका लागि ‘डु अर डाइ’ छ, त्यसैले उनीहरू ‘आक्रामक फर्मेसन’मा खेल्न आउँछन् । त्यसका लागि हामी तयार हुनुपर्छ र कुनै पनि हालतमा अंक गुमाउनु हुँदैन ।

    तर, मसँग भएका खेलाडीले जुन स्तरको खेलिरहेको छ त्यति मात्रै खेले पनि हामी अंक हासिल गर्छौं जस्तो लाग्छ ।

    दबाब सबै खेलमा हुन्छ । चाहे जितोस् वा हारोस् । खेल्नुभन्दा अगाडि पनि हुन्छ र पछाडि पनि हुन्छ । त्यो दबाबलाई थेग्न सक्ने क्षमता हुनुपर्छ ।

    किर्गिस्तानविरुद्धो खेलमा नै फोकस गर्नुपर्ने देखिन्छ । त्यसपछि मात्रै बंगलादेशको बारेमा सोच्नु राम्रो हुन्छ ।

    तीन महिनाको दौरानमा उत्कृष्ट प्रदर्शनको आधारमा टोलीमा राखेका छौं । जो, उत्कृष्ट छ, जो क्षमतावान् छ, जो अफोर्डेबल छ, जो टिमलाई आवश्यक छ, त्यो अनुसार नै टोली छनोट गरेको हो ।

    त्यसमा म लगायत मेरो टेक्निकल टोलीको पनि भूमिका छ ।

    यो विश्वकप छनोट तयारीका लागि मैत्रीपूर्ण खेल मात्रै हो । अहिले यो थ्री नेसन्समा परिणत भयो । तर, हामीले अन्तत: खेल्ने भनेको विश्वकप छनोटका खेलहरू नै हो । त्यसमा अस्ट्रेलिया, जोर्डन चाइनिज ताइपेइसँग खेल्नुपर्छ । त्यो आधारमा मैले टोलीका लागि आवश्यक खेलाडीहरूलाई प्राथमिकता दिएको छु ।

    अहिले टोलीबाट हटाइएका खेलाडीहरूलाई यो टोलीको प्रदर्शनको आधारमा एक महिनापछि फेरि बोलाइने छ । र, यो भन्दा राम्रो खेलाडी आयो भने त्यसले पनि टोलीमा मौका पाउन सक्छ ।

    टोलीमा समावेश भएका खेलाडीप्रति विश्वस्त र आशावादी छु । उनीहरूसँग जुन क्षमता छ, त्यसमा म सन्तुष्ट छु ।

    आवश्यकताअनुसार टोलीमा समेटिएका नयँ खेलाडीले सुरुआतदेखि नै र सब्टिच्युटमा पनि खेल्न सक्छन् ।

    मिडफिल्ड, डिफेन्स र अट्याकिङमा पनि हामीले बलियो बनाएका छौं । जस्तै दर्शन गुरुङ युवा खेलाडी हो, डेब्यू गरेर पनि राम्रो प्रदर्शन गरिसकेको छ ।

    पछिल्लो तीन महिनाको दौरानमा पनि उसले आफूलाई राष्ट्रिय टोलीमा स्वागत योग्य साबित गरेको छ । त्यस्तै अञ्जन विष्टले पनि राम्रो प्रदर्शन गरिरहेको छ । संजोग पनि राम्रो छ ।

    अनन्त तामाङ पूर्ण रूपमा फिट छ । इन्जुरी भएको हो । तर, उसलाई ट्रायल गरिसकिएको छ । फिजियोसँग सल्लाह गर्दा पनि उसको फिटनेसमा केही समस्या नभएको कुरा छ ।

    अनन्तले  किर्गिस्तानविरुद्धको खेलमा सुरुआती ११ मै स्थान बनाउने पनि सम्भावना छ । त्यो अवस्था हेरेर हुन्छ ।

    फर्मेसन्सभन्दा पनि हामी अंक हासिल गर्नका लागि खेल्छौं ।

    रंगशालामा घरेलु समर्थक अगाडि खेल्दा दबाबभन्दा पनि ‘मोटिभेसन’ हुन्छ । किनभने धेरै पछि खेल्न पाइरहेका छौं । तसर्थ केही हदसम्म दबाब पनि हुन्छ । तर, धेरै हदसम्म टोलीलाई ‘मोटिभेसन’ पनि हुन्छ ।

    तीन कि एक अंक हासिल गर्ने भन्ने कुरा चाहिँ पहिलो खेलको नतिजामा भरपर्छ ।

    नेपालको टोली

    गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

    डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

    मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

    फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

  • सप्तरी प्रिमियर लिगमा खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

    सप्तरी प्रिमियर लिगमा खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

    जनकपुरधाम । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न दुइ खेलमा बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन् । पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको हो ।

    राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए । जुन क्रममा ३४ बलमा आठ चौका र दुइ छक्का प्रहार गरे । सुनिल धमलाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    माथिल्लो क्रममा ब्याटिंग गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र निरज मुखिया खाता नखोली आउट भए । वारियर्सको बलिंङमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए । जुन क्रममा तीन ओभरमा १५ रन खर्चिए । अनिल खरेल र विवेक यादवले समान दुइ विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान एक विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिंग गरेको वारियर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक एक सय १३ रन बनाए जुन क्रममा ६४ बलमा १२ चौका र सात छक्का प्रहार गरे ।

    अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्स बिरुद्ध पनि शतक बनाएका थिए । उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात् ६० बलमा शतक पुरा गरेका थिए । शतक पुरा गरेपछि उनलाई फिर्दोश अन्सारीले क्याच आउट गराए ।

    वारियर्सको लागि कप्तान यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाए । उनले मात्र २३ बलमा चार चौका र चार छक्का प्रहार गरे । अनिल र विवेकले तेस्रोे विकेटको लागि मात्र ५४ बलमा एक सय ३८ रनको साझेदारी गरेका थिए ।

    रुपनि राईडर्सको बलिंगमा अनिल यादवले दुइ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।

    दिनको दोस्रो खेलमा दिपेन्द्र ऐरी कप्तानीको जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई चार विकेटले पराजित गर्यो । टिभीएस किंग्स राजविराजले दिएको एक सय ४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५ दशमलव एक ओभरमा पुरा गर्यो ।

    तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए । जुन क्रममा २९ बलमा दुइ चौका र आठ छक्का प्रहार गरे । दिपेश कंडेलले १५ बलमा दुइ चौका र दुइ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए । सन्तोष कार्कीले १८ रन बनाए । राशिद र दिपेशले सातौँ विकेटको लागि अविजित ८७ रनको साझेदारी गरे ।

    टिभीएस किंग्सको बलिंगमा दिनेश अधिकारी र मेहबुब आलमले समान दुइ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान एक विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८ दशमलव चार ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो ।

    टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए जुन क्रममा ४६ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए ।

    तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले समान तीन विकेट, कप्तान दिपेन्द्र ऐरीले दुइ विकेट तथा मनिष मण्डलले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच राशिद खान चुनिए ।

    प्रतियोगिता चौथो दिनको खेल समाप्तिपछि समान तिन खेलमा दुई जित र एक हार बेहोरेका वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ ।

    लिग अन्तर्गत बिहिबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान नौ बजे टिभीएस किंग्स राजविराज र रुपनी राईडर्स तथा दिउसो एक बजे सुरु हुने खेलमा बोदे बर्साईन थन्डर्स र तिलाठी कोईलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

  • ६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने

    ६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने

    काठमाडौं । हुन्छ कि हुँदैन…भन्ने द्विविधा र अन्योल चिर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले ६ वर्षपछि दशरथ रंगशालामा बिहीबार पहिलो म्याच खेल्दै छ । थ्री नेसन्स कप अन्तर्गत नेपालको राष्ट्रिय टिम र किर्गिस्तानको यु २३ टिम आमनेसामने हुँदैछन् ।

    दशरथ रंगशाला र नेपाली फुटबल एक–अर्काका पर्याय झैं बनेका थिए । तर, २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएपछि पाँच वर्षसम्म रंगशालाले फुटबलको मुख देख्न पाएन । पुनर्निमाणपछि १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन दशरथ रंगशालामा भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले चाहिँ भूकम्पयता पहिलोपटक रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो ।

    अभ्यासमा रोहित चन्द । तस्वीर: एन्फा ।

    सागमा नेपालको यु–२३ फुटबल टोलीले रंगशालामा खेलेको थियो र स्वर्ण पदक जितेको थियो । त्यसयता कोरोना महामारीका कारण रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फेरि बिरानो भयो । त्यसअघि शहीद स्मारक ‘ए’ डिभिजन लिग रंगशालामा भएको थियो । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बलले पहिलोपटक लिग जितेको थियो ।

    मच्छिन्द्रले लिग जितेकै दिन साँझ तत्कालीन मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको प्रशिक्षणका लागि प्रारम्भिक टोलीसमेत बोलाएका थिए । तर, कोरोना भाइरसको महामारीका कारण ती सबै खेल एक वर्षपछि सरे । र, फेरि पनि रंगशालामा अन्तर्राष्ट्रिय फुटबल भएन ।

    त्यसपछिको कोरोना महामारी सम्झिँदा एक वर्षअघि यति छिट्टै रंगशालामा फुटबल फर्कने सम्भव देखिएको थिएन । तर, करिब एक वर्षपछि राष्ट्रिय महिला लिगमार्फत् रंगशालामा फुटबल फर्कियो । त्यसले चाँडै नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध विश्वकप तथा एसियन कप छनोट खेलेको हेर्ने आशा पुनःजिवित गरेको थियो ।

    अभ्यासमा विराज महर्जन । तस्वीर: एन्फा ।

    तर, उही कोरोनाको महामारीले फेरि एकपटक ती सबै खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोली र दर्शक निराश भए । तर, करिब ६ वर्षको खडेरी तोड्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गर्‍यो ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको अर्को लहर चलेपछि फेरि यो प्रतियोगिता पनि अन्योलमा परेको थियो । तर, हिजो थ्री नेसन्स लिगको पहिलो खेल सम्पन्न भइसकेपछि बिहीबार हुने नेपाल र किर्गिस्तान यु–२३ बीचको खेललाई लिएर फुटबलप्रेमी र समर्थक दुवै उत्साहित छन् ।

    कप्तान भन्छन्- यो दिनका लागि धेरै पर्खिनुपर्‍यो

    नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ रंगशालामा नेपालको प्रतिनिधित्व गरेर खेल्ने दिन फर्किँदा विछट्टै खुशी लागेको बताउँछन् ।

    ‘रंगशालामा हामीले अन्तिम पटक २०१५ मा भारतविरुद्ध खेलेका थियौं, त्यसपछि के–के भयो के–के…. फुटबल हुन्छ भन्यो, फेरि हुँदैन । हुन्छ भन्यो फेरि हुँदैन…’ उनले भने, ‘तर, अब फाइनल्ली टुर्नामेन्ट सुरु भएको छ । यो दिनका लागि हामीले एकदमै धेरै पर्खिनु पर्‍यो ।’

    भोलिको खेल र समग्र प्रतियोगिताका लागि कप्तान आफू र टोली पनि एकदमै उत्साहित रहेको गोलकिपर किरणको भनाइ छ ।

    ‘हामी एकदमै धेरै उत्साहित छौं । हाम्रा लागि यो एकदमै महत्त्वपूर्ण पनि थियो । किनभने, विश्वकप छनोटअन्तर्गत हामीले अझै तीन खेल खेल्न बाँकी छ । अब सबै खेल नेपालमै होस् भन्ने आशा पनि छ ।’

    नेपाली राष्ट्रिय टोलीले गत नोभेम्बरमा बंगलादेशविरुद्ध खेलेका दुई मैत्रीपूर्ण खेलमा एक हार र एक बराबरीको नजिता निकालेको थियो । त्यो नै नेपालले खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेल हो ।

    फिफा बरियताको १७१औं स्थानमा रहेको नेपालले भोलि किर्गिस्तान यु–२३ सँग खेल्दै छ । सिनियरतर्फको बरियतामा नेपालभन्दा ७५ स्थान माथि भएको किर्गिस्तानको यु–२३ टोलीविरुद्ध विजयी सुरुवात चाहन्छ नेपाल ।

    ‘इलेभेन भर्सेज इलेभेन’को तथ्यायङ्कअनुसार नेपालले यसअघि २००९ र २००३ मा दुईपटक किर्गिस्तानससँग खेलेको छ । तीमध्ये २००३ मा २–० गोलको पराजय भोगेको नेपालले २००९ मा दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

    तर, ओलम्पिक टोली अर्थात् यु–२३ सँग पहिलो पटक खेल्न लागेको नेपाल ६ वर्षपछि घरेलु समर्थकासामु जितको खुशी साट्न चाहन्छ ।
    ‘हामी लामो समयदेखि तयारी गरिरहेका छौँ,’ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘त्यसैले खेलाडीहरूले प्रतिस्पर्धामा राम्रो गर्ने विश्वास छ ।’

    नोभेम्बरमा भएका खेलमा नेपालको नतिजा सन्तोषजनक नहुनुको कारणमा तयारी नपुगेको र सबै खेलाडी उपलब्ध नभएको उनले औंल्याए ।

    ‘त्यो बेला धेरै खेलाडीले विभिन्न कारणले खेलेका थिएनन् । एक हप्ता मात्रै अभ्यास गरेका थियौं । त्यो पनि पनि राम्ररी गर्न पाएका थिएनौँ । त्यसैले नतिजा राम्रो भएन,’ प्रशिक्षक महर्जनले भने ।

    तर, अहिले अवस्था फरक रहेको र सबै कुरा अनुकुल रहेको उनले दावी गरे ।

    बिहीबार साँझ ५ः३० बजे नेपाल र किर्गिस्तान यु २३ टोली भिड्नेछन् । दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले सामान्यतर्फ ७ सय र भीआइपी प्यारापिटतर्फ १ हजार ५ सय गरी १२ हजार टिकट बिक्री गरिरहेको छ ।

    नेपाल, बंगलादेश र किर्गिस्तान यु २३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो । र, पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५०० तथा प्लेयर अफ दी म्याचले २५० डलर प्राप्त गर्नेछन् ।

    अभ्यासमा नवयुग श्रेष्ठ । तस्वीर: एन्फा ।

    नवयुग, विकाश, आषिश र विशाल परेनन् टोलीमा

    र, यो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् ।

    प्रशिक्षक महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ परेका छैनन् ।

    विकाश खवास, विशाल श्रेष्ठ, सन्तोष तामाङ र ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा पनि टोलीमा परेका छैनन् ।

    नेपालको टोली

    गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

    डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

    मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

    फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

  • थ्री नेसन्स कपका लागि नेपाली टोली घोषणा, नवयुगसँगै सन्तोष, आशिष र विकाश परेनन्

    थ्री नेसन्स कपका लागि नेपाली टोली घोषणा, नवयुगसँगै सन्तोष, आशिष र विकाश परेनन्

    काठमाडौं । थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् ।

    प्रतियोगिताको दोस्रो खेलमा भोलि किर्गिस्तान यु २३ को सामना गर्ने तयारीमा रहेको नेपालका लागि प्रशिक्षकले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो ।

    नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ परेका छैनन् । विकाश खवास, विशाल श्रेष्ठ, सन्तोष तामाङ र ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा पनि टोलीमा परेका छैनन् ।

    नेपालको टोली:

    गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की
    डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
    मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

    फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

  • अन्तरसहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा हुँदै

    अन्तरसहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा हुँदै

    काठमाडौं- हेटौंडामा बुधबारदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरसहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।

    मकवानपुर बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो ।

    स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ सहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल संघले जनाएको छ ।

    प्रत्येक टोलीमा चार जना नियमित खेलाडी तथा एक जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागी रहने जनाइएको छ ।

    सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा महिलालाई समेत सहभागी गराइने तथा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गराइ प्रतियोगितामा फरकपन दिने आयोजकको भनाइ छ ।

    प्रतियोगिता यही चैत १४ गते शनिबारसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो स्थान हुनेले ५० हजार तथा चौथो र पाँचौं स्थान हासिल गर्नेले क्रमशः  ३० हजार र २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

  • थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत

    थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत

    काठमाडौं । बंगलादेशले थ्री नेसन्स कपको पहिलो खेलमा मंगलबार किर्गिस्तान यु-२३ लाई १-० गोलको नतिजामा पराजित गरेसँगै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

    दशरथ रंगशालामा भएको खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले गरेको आत्मघाति गोलसँगै बंगलादेशले अग्रता लिएको थियो ।

    पहिलो हाफमा लिएको १-० को अग्रताको बचाउ गर्दै बंगलादेशले कठिन जित सुनिश्चित गर्‍यो । २०१३ पछि पहिलो पटक दशरथ रंगशालामा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान यु-२३ र बंगलादेश सहभागी छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । आयोजक टोली नेपालले आफ्नो पहिलो खेलमा बिहीबार किर्गिस्तान यु-२३ को सामना गर्नेछ ।

    विश्वकप छनोट अन्तर्गतको पूर्व निर्धारित खेल पुन: स्थगित भएपछि एन्फाले थ्री नेसन्स कपको अयाोजना गरेको हो ।

    १५ हजार क्षमताको दशरथ रंगशालामा १२ हजारमात्र टिकट बिक्री गरिने एन्फाले बताएको छ । प्रत्यक्ष खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ७ सय र भीआईपी प्यारापिटका लागि १५ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले ५ सय डलर तथा म्यान अफ दी म्याचले २५० डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

  • थ्री नेशन्स कप आजदेखि, नेपालको खेल पर्सी

    थ्री नेशन्स कप आजदेखि, नेपालको खेल पर्सी

    एजेन्सी । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपालको राष्ट्रिय टोलीसमेत सम्मिलित थ्री नेशन्स कप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ ।

    नेपाल र बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको ओलम्पिक (यू–२३) टोलीबीच हुने प्रतियोगिताको उद्घाटन खेलमा आज किर्गिस्तान यू–२३ र बंगलादेश आमने सामने हुनेछन् । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुनेछ ।

    नेपालको राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा करिव ५ वर्षपछि प्रतियोगिता खेल्न लागेको हो । नेपालले आफ्नो पहिलो खेल पर्सी विहीबार किर्गिस्तान यू–२३ सँग खेल्दैछ ।

    विश्वकप छनोट अन्तर्गतको पूर्व निर्धारित खेल पुनः स्थगित भएपछि एन्फाले थ्री नेशन्स कपको अयाोजना गरेको हो ।

    प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा सोमबार नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले विश्वकपको तयारीलाई यस प्रतियोगितामा प्रयोग गर्ने बताएका थिए ।

    १५ हजार क्षमताको दशरथ रंगशालामा १२ हजारमात्र टिकट विक्री गरिने एन्फाले बताएको छ । प्रत्यक्ष खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ७ सय र भीआईपी प्यारापिटका लागि १५ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

  • लिसेस्टर ३९ वर्षपछि एफ कपको ए सेमिफाइनलमा

    लिसेस्टर ३९ वर्षपछि एफ कपको ए सेमिफाइनलमा

    एजेन्सी । किङ पावर रंगशालामा म्यानचेस्टर युनाइटेडमाथि ३–१ गोलको प्रभावशाली जितपछि लिसेस्टर सिटी ३९ वर्षपछि इंग्लिस एफ ए कपको सेमिफाइनलमा पुगेको छ ।

    अर्को महिना हुने सेमिफाइनलमा लिसेस्टरले साउथह्याम्प्टनसँग खेल्नेछ । गएराति नै भएको खेलमा सेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको चेल्सीले सेमिफाइनलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

    लिसेस्टर सन् १९८२ को एफए कपमा सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा टोटनह्यामसँग पराजित रहेको थियो ।

    गएराति म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्ना मुख्य खेलाडीहरु बुर्नो फर्नान्डेज र लुक श लाई आराम दिनुको ठूलो मूल्य चुकाए ।

    लिसेस्टरका लागि केलाची हेनाचोले २ गोल गरे भने टेलिम्यान्सले एक गोल थपे । हेनाचोले २४ औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । युनाइटेडका ग्रिनउडले ३८ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ बराबर भयो ।

    ५२ औं मिनेटमा टेलिम्यान्सले लिसेस्टरलाई पुनः अग्रता दिलाए । ७८औं मिनेटमा हेनाचोले ३–१ को जित निश्चित गराए ।

  • मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको फराकिलो जित

    मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको फराकिलो जित

    एजेन्सी ।  अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ६८ औं खेलमा दुई गोल गर्दा ला लिगामा रियल सोसिडाडमाथि ६–१ गोलअन्तरको फराकिलो जित हासिल गरेको छ ।

    ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि सबैभन्दा धेरै खेलको कीर्तिमानमा जाभीलाई पछि पारेका हुन् । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ४ अंकमा झारेको छ ।

    एन्टोइन ग्रिजमनले गोलको खाता खोलेपछि डेस्टले २ तथा ओस्मान डेम्बेलेले पनि एक गोल गरे । मेस्सीले जारी सिजन २२ औ र २३ औं गोल गरेका हुन् ।

    ५–० ले पछि परेको स्थितिमा घरेलु टोली सोसिडाडका लागि एन्डर बार्रेनेक्साले एउटा सान्त्वना गोल फर्काउन सफल रहे ।

  • ‘मेयर वुमेन्स च्याम्पियन’सिप चैत २१ देखि

    ‘मेयर वुमेन्स च्याम्पियन’सिप चैत २१ देखि

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने ललितपुर मेयर वुमेन्स च्याम्पियनसि टी-२० प्रतियोगिता आगामी २१ गतेदेखि २८ गतेसम्म हुने भएको छ ।

    राउन्ड रोबिन लिग पद्धतिमा हुने प्रतियोगितामा पुसमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका चार सेमिफाइनलिस्टको सहभागिता रहने छ ।

    ट्वान्टी-२० पद्धतिमा हुने प्रतियोगितामा पीएम कपको विजेता प्रदेश नम्बर १, विभागीय टोली नेपाल एपीएफ कप, लुम्बिनी र सुदूरपश्चिम प्रदेश र मेयर-११ को सहभागिता रहने छ । पीएम कपमा सेमिफाइनलसम्म पुग्नबाट वञ्चित रहेका बाँकी टोलीको खेलाडीहरूबाट समेटेर मेयर-११ को निर्माण गरिने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

    त्रिवि क्रिकेट मैदानमा हरेक दिन प्रतियोगिताका दुई खेल हुने र समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।

    त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत- ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार र प्रत्येक खेलाडीले म्याच फि बापत १ हजार रूपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ ।

     

  • फुटबलकर्मीको ५ लाखसम्म दुर्घटना बीमाको सम्झौता

    फुटबलकर्मीको ५ लाखसम्म दुर्घटना बीमाको सम्झौता

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल मेडिसिटी अस्पतालबीच खेलाडी तथा फुटबलकर्मीको दुर्घटना बीमाका लागि सम्झौता भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    आजैदेखि लागू हुने यो सम्झौताअनुसार मेडिसिटी अस्पतालले एन्फालाई चिकित्सक, फिजियोथेरापिस्ट र उपकरणसहितको स्पोर्ट्स मेडिसन सेवा उपलब्ध गराउने छ ।

    यो बीमाअनुसार ए डिभिजन लिग र राष्ट्रिय खेलाडीहरूको ५ लाख रूपैयाँसम्मको दुर्घटना बीमा तथा बी र सी डिभिजन लिगका लागि ३ लाख रूपैयाँसम्मको दुर्घटना बीमा गरिएको एन्फाले जानकारी दिएको छ ।

    यो सम्झौताअनुसार मोफसलका खेलाडीसँगै फुटबलकर्मीको पनि १ लाख ५० हजारसम्मको दुर्घटना बीमा भएको एन्फाले बताएको छ ।

  • निर्णायक खेलमा ३६ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतलाई

    निर्णायक खेलमा ३६ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतलाई

    एजेन्सी । पाँचौं तथा अन्तिम खेलमा ३६ रनको जितसँगै इंग्ल्याण्डबिरुद्धको ट्वान्टी–२० क्रिकेटको शृंखला भारतले ३–२ ले जितेको छ ।

    शनिबार नरेन्द्र मोदी रंगशाला मोटेरामा भएको खेलमा २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा १ सय ८८ रनमात्र बनाउन सक्यो । इनिङ्सको दोस्रो बलमै ओपनर जेसन रोयलाई गुमाएको इंग्ल्याण्डका लागि डेभिड मलान र लस बटलरले दोस्रो विकेटका लागि १ सय ४० रनको साझेदारी गरी भारतलाई दवावको स्थितिमा पु¥याएका थिए ।

    तर मध्य र पुच्छारक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा इंग्ल्याण्डको रन गति रोकिन पुग्यो भने लगाता विकेट झर्न सुरु भयो । भारतका लागि भुवनेश्वर कुमारले २ तथा सार्दुल ठाकुरले ३ विकेट लिए । हर्दिक पण्ड्या र थांगारासु नटराजनले १–१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको भारतले शीर्ष क्रमका ब्याट्सम्यानहरु रोहित शर्मा र विराट कोहलीको सानदार अर्धशतक सहयोगमा २ विकेटको क्षतिमा २ सय २४ रनको योगफल खडा गरेको थियो । इंग्ल्याण्डबिरुद्ध ट्वान्टी–२० मा भारतले बनाएको सबैभन्दा उच्च योगफल हो ।

    ओपनर रोहितले ३४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ६४ रनको स्कोर बनाए । उनले कोहलीसँग मिलेर ९४ रनको सुरुआती साझेदारी गरेका थिए । त्यसपछि आएका सूर्यकुमार यादवसँग मिलेर कोहलीले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

    सूर्यकुमार १७ बलमा ३२ रन बनाएर आउट भएपछि आएका हार्दिक पण्ड्यासँग मिलेर कोहलीले ८१ रनको अविजित साझेदारी गरे । ५२ बलमा ७ चौका र २ छक्का प्रहार गरेका कोहली ८० रनमा अविजित रहे, हार्दिकले पनि १७ बलमा अविजित ३९ रन जोडे ।

    शृंखलाको सुरुआती खेल गुमाएको भारत दोस्रो खेल जितेको थियो । तेस्रो खेल पुनः पराजित रही २–१ ले पछि परेको थियो । त्यसयता दुवै खेलमा शानदार जितका साथ शृंखला जितेको हो । पाँच खेलमध्ये तीन खेलमा अर्धशतकीय इनिङ्स खेलेका भारतीय कप्तान कोहली म्यान अफ द सिरिज चुनिए ।

    चार टेष्ट, पाँच ट्वान्टी–२० र तीन एकदिवशीयका लागि भारत भ्रमणमा रहेको इंल्ग्याण्डले टेष्ट र ट्वान्टी–२० मा शृंखला गुमाएको छ । एकदिवशीय शृंखला मंगलबारदेखि सुरु हुनेछ । एकदिवशीय शृंखलाका खेलहरु पुनेमा खेलाइनेछन् ।

  • गोपी र सन्तोषीलाई टेन-के रोड रेसको उपाधि

    गोपी र सन्तोषीलाई टेन-के रोड रेसको उपाधि

    काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका छन् ।

    शनिबार बिहान भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषीले लगातार दोस्रो पटक वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका हुन् ।

    १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरे । उनले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका थिए । नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरे । उपाधिसँगै गोपीले ६० हजार नगद पुरस्कार पाए ।

    पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डकाका दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, नगद पुरस्कार प्राप्त गरे ।

    यसैगरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् । सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन् । अघिल्लो संस्करणको भंग गरेकी सन्तोषीले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।

    महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेण्डमा दोस्रो भइन् । एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन् । यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौं स्थान हात पारे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, प्राप्त गरे ।

    वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो ।

  • पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा साइकल यात्रा

    पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा साइकल यात्रा

    रुपन्देही । रुपन्देहीका ठूला बजार क्षेत्र बुटवल, भैरहवा तथा आसपासका क्षेत्रमा साइकलयात्रीको संख्या बढ्न थालेको छ ।

    पछिल्लो समय शारीरिक व्यायामका साथै स्थानीयस्तरमा रहेका पर्यटकीय सम्पदाहरूको प्रवर्द्धन र प्रचारप्रसारमा साइकलयात्रीहरू सक्रिय हुँदै आएको साइकलयात्री स्वस्तिक श्रेष्ठ बताउँछन् ।

    बुटवलदेखि भैरहवा, देवदह, सैनामैना तथा भैरहवादेखि परासी तथा लुम्बिनीसम्मको साइकल यात्रा गरिरहेका साइकलयात्री बिहानसाँझको समयमा सडकमा लामबद्ध देखिन थालेको श्रेष्ठको भनाइ छ । उनीहरू अहिले विभिन्न समूह समूह बनाएर यसरी यात्रा गर्न थालेका हुन् ।

    साइकललाई पनि पर्यटनसँग जोड्नसक्ने र यसको प्रयोगले विदेशी पर्यटकको बसाइ लम्ब्याउने सम्भावना देखेको बुटवल तथा भैरहवाका साइकलयात्रीहरू अहिले साइकलकै माध्यमबाट आफ्नो स्वास्थ्यको ख्याल गर्दै विभिन्न पर्यटकीयस्थल एवम् सम्पदाहरूको प्रचारप्रसारमा जुटेका हुन् ।

    केही समयअघि भैरहवाको बुद्धचोकबाट नवलपरासीको रामग्राम स्तुपा हुँदै त्रिवेणीधामको गजेन्द्रमोक्ष धामसम्म करीब ७० किलोमिटरको साइकल यात्रा गरिएको थियो । भुमही, बर्दघाट हुँदै त्रिवेणी पुगेको साइकल यात्रामा एक सय ५० जनाभन्दा बढी यात्रु सहभागी रहेको जेसीआई सिद्धार्थका अध्यक्ष मंगल भण्डारीले बताए ।

    नेपालमा रहेको पर्यटकीयस्थल एवम् सम्पदाहरूको चिनाउने विभिन्न माध्यममध्ये साइकल यात्रा पनि महत्वपूर्ण माध्यम रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताको भनाइ छ ।

    उनले सम्पदाहरूको विकासको लागि पैसा नै सबथोक नभई इमान्दारी र निष्ठापूर्वक काम गरिदिए पुग्ने बताएका छन् । प्रतिनिधि सभा सदस्य प्रमोदकुमार यादवले लुम्बिनी र यससँग सम्बन्धित अन्य बृहत क्षेत्रको अवलोकन गर्न आउने विदेशी पाहुनाहरूलाई पनि साइकलमा घुमाउनसक्ने यहाँ पर्यटकको बसाइ लम्बिनुको साथै सम्पदाहरूको प्रचार प्रसारमा पनि टेवा पुग्ने बताए ।

    साइकल यात्राले आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने समय आइसकेको विश्व साइकलयात्री पुष्कर शाहको भनाइ छ । उनले स्वास्थ्य, वातावरण र आर्थिक रुपमा पनि साइकलको प्रयोग अपरिहार्य भएको बताए । उनले स्वास्थ्य रहन र वातावरण संरक्षण गर्न पनि साइकल कुदाउन आवश्यक रहेको बताए ।

    यसैगरी स्वास्थ्य र पर्यटन प्रवद्घर्न गर्ने लक्ष्यसहित शनिबार रुपन्देहीमा साइक्लिङ कार्यक्रम गरिएको छ । बुटवल युनाइटेड साइक्लिङ क्लबको आयोजनामा सचेतनामूलक साइक्लिङ कार्यक्रम गरिएको हो ।

    साइकल र्यालीमा सहभागीले सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए ।

    साइकलयात्रीलाई लुम्बिनी प्रदेश सभा सदस्य कमला विकले मानव स्वास्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साइक्लिङ महत्वपूर्ण हुने भएकाले निरन्तरता दिन अग्रह गरेकी थिइन् । युवाहरूको अगुवाइमा समाजका विकृति र विसंगतिविरुद्ध लाग्नुपर्ने सुझाव दिँदै उनले सचेतना जगाउने गरी सबै क्षेत्रमा पुग्ने योजना बनाउन सुझाव दिइन् ।

    संयोजक रबिलाल सुवेदीले स्वस्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सबैको साथ रहेको बताए ।

    साइकलयात्रीको जिल्ला संजालले विभिन्न स्थानीय तहमा पुगेर सडक निर्माण गर्दा साइकल यात्रीको क्षेत्र छुट्टाउन ध्यानाकर्षण गराएको उपाध्यक्ष अभिषेक भारीले बताए ।

  • लिड्ससँग घरेलु मैदानमा फुल्ह्याम पराजित

    लिड्ससँग घरेलु मैदानमा फुल्ह्याम पराजित

    काठमाडौं । लिड्स युनाइटेडले घरेलु टोली फुल्ह्यामलाई इङ्लिस प्रिमियर लिगमा शुक्रबार राति २-१ गोलको नतिजामा पराजित गरेको छ । फुल्ह्यामको मैदानमा भएको खेलको २९औं मिनेटमा प्याट्रिक ब्याम्फोर्डले गोल गर्दै भ्रमणकारी लिड्सलाई अग्रता दिलाएका थिए ।

    त्यसको ९ मिनेट नबित्दै जोचिम एन्डरसनले गरेको गोलसँगै घरेलु टोली फुल्ह्यामले पहिलो हाफमा बराबरी गरेको थियो ।

    तर, ५८औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सको अग्रता पुन: १-२ मा लम्ब्याएका थिए । निर्धारित ९० मिनेटसम्म सो अग्रताको बचाउ गर्दै लिड्सले तीन अंक आफ्नो पक्षमा पार्‍यो ।

    जितसँगै २९ खेलबाट ३९ अंक जोडेको लिड्स लिग तालिकाको ११औं स्थानमा उक्लिएको छ । ३० खेलबाट २६ अंक जोडेको फुल्ह्याम १८औं स्थानमा छ ।

  • २०१३ पछि पहिलो अन्तर्राष्ट्रिय फुटबलका लागि तयार भयो रंगशाला

    २०१३ पछि पहिलो अन्तर्राष्ट्रिय फुटबलका लागि तयार भयो रंगशाला

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी मंगलबारदेखि ‘थ्री नेसन्स कप’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । र, यससँगै दशरथ रंगशालामा २०१३ पछि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फुटबल फर्किँदै छ ।

    यद्यपि, २०१९ को डिसेम्बरमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा फुटबल भए पनि ओलम्पिक टोली (यू–२३)ले मात्रै खेलेको थियो । तसर्थ २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलपछि नेपालको सिनियर राष्ट्रिय टोलीले दशरथ रंगशालामा फुटबल खेलेको छैन । जसको कारण हो २०१५ मा आएको विनाशकारी महाभूकम्प ।

    सोही भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको रंगशाला २०१९ को अन्त्यमा पुनःनिर्माण भएको थियो । त्यसपछि नेपालले विश्वकप तथा एएफसी एसियन कपको छनोट खेल्ने भएको थियो ।

    तर, कोरोना भाइरसको महामारीका कारण सो छनोटका खेल पनि स्थगित भएपछि रंगशालामा फुटबल जुरेको छैन । तर, यो लामो प्रतीक्षामा पूर्णविराम लगाउने उद्देश्यले एन्फाले ‘थ्री नेसन्स कप’को आयोजना गरेको छ ।

    प्रतियोगितामा नेपाल र बंगलादेशको राष्ट्रिय टोली तथा किगिस्तानको यू–२३ टोलीले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोबिन लिग पद्धतिमा हुने प्रतियोगिताका लागि दशरथ रंगशाला सिघार्ने काम अहिले धमाधम भइरहेको छ । समूह चरणको समाप्तिसँगै शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    रंगशाला तयार गर्ने कार्य ९० प्रतिशत समाप्त भइसकेको एन्फाका प्रवक्ता किरण राईले बताएका थिए ।

    मंगलबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किगिस्तान यू–२३ भिड्नेछन् भने नेपालले पहिलो खेलमा बिहीबार किगिस्तानसँग खेल्नेछ । नेपाली समयअनुसार खेल साँझ ७ः३० बजे सुरु हुनेछ भने १२ हजार टिकट बिक्री गरिने एन्फाले बताएको छ ।

          
    

    भिडियो

     

  • नेपाल सुपर लिग: सर्वाधिक मुल्यमा बिक्री भए दुई गोलकिपरसहित ८ खेलाडी

    नेपाल सुपर लिग: सर्वाधिक मुल्यमा बिक्री भए दुई गोलकिपरसहित ८ खेलाडी

    काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइज लिग- नेपाल सुपर लिग (एनएसएल)को शुक्रबार सम्पन्न अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रूपैयाँमा बिक्री भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न तीन समूहमा खेलाडीलाई समावेश गरी १४९ जना खेलाडी अक्सनका लागि उपलब्ध गराएको थियो ।

    जस क्रममा समूह सीका खेलाडीका लागि सर्वाधिक ७५ हजार, समूह बीका खेलाडीका लागि सर्वाधिक १ लाख २० हजार र समूह एमा रहेका खेलाडीको सर्वाधिक मूल्य २ लाख राखिएको थियो ।

    सोही क्रममा समूह एका ८ खेलाडीहरू सुजल श्रेष्ठ,दीप कार्की, एरिक विष्ट, तेज तामाङ, विशाल सुनार, विकाश खवास, सुनिल बल र दिनेश राजवंशी दुई/दुई लाखमा अनुबन्ध भएका हुन् ।

    २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कप्तान सुजल श्रेष्ठलाई पोखरा थन्डर्स फुटबल क्लबले गोलाप्रथामा भित्र्याउन सफल भयो । त्यस्तै, गोलकिपर दीप कार्कीलाई पनि पोखराले नै २ लाख रूपैयाँमा किनेको हो ।

    मिडफिल्डर एरिक विष्ट ललितपुरमा अनुबन्धित हुँदा अर्का मिडफिल्डर तेज तामाङ काठमाडौं रेजर्स फुटबल क्लबका लागि बिक्री भएका छन् । गोलकिपर विशाल सुनार विराटनगरका लागि २ लाख रूपैयाँमा अनुबन्ध भए ।

    त्यस्तै, डिफेन्डर विकाश खवास फुटबल क्लब चितवनमा अनुबन्धित हुँदा सुनिल बल विराटनगर र दिनेश राजवंशीलाई धनगढी फुटबल क्लबले किन्यो ।

     

  • च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा गत सिजनका फाइनलिस्ट भिड्ने

    च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा गत सिजनका फाइनलिस्ट भिड्ने

    काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा गत सिजनका दुई फाइनलिस्ट बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने भएका छन् ।

    युइएफएले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार इङ्लिस क्लब चेल्सीले पोर्चुगलको पोर्टोसँग खेल्ने छ । त्यस्तै, इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन हेभिवेट बोरुसिया डर्टमन्ड भिड्दा ६ पटकको विजेता लिभरपुलले १३ पटकको च्याम्पियन रियाल मड्रिडसँग खेल्ने छ ।

    क्वार्टरफाइनलको पहिलो लेग अप्रिलको पहिलो साता र दोस्रो लेग अप्रिलको दोस्रो साता हुनेछन् ।

  • एनएसएल अक्सन : फ्रेन्चाइज फुटबलमा को को कतिमा बिके ? (सूचीसहित)

    एनएसएल अक्सन : फ्रेन्चाइज फुटबलमा को को कतिमा बिके ? (सूचीसहित)

    काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग –एनएसएल० को पहिलो सिजनका लागि आज ‘अक्सन’ भएको छ ।

    नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमार्फत् बिक्री हुने खेलाडी अशोक थापा बनेका छन् । २३ वर्षीय मिडफिल्डर अशोकलाई विराटनगर सिटी फुटबल क्लबले ५० हजारमा भित्र्याएको हो ।

    उक्त अक्सनमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर तथा चर्चित खेलाडी जर्ज प्रिन्स कार्की ‘अनसोल्ड’ भएका छन् । समूह ‘ए’ मा रहेका जर्जको सुरुआति मूल्य १ लाख रूपैयाँ तोकिएको थियो । तर, अक्सनमा कुनै पनि टोलीले उनलाई भित्र्याउन चाहेनन् ।

    एफसी चितवनले २५ वर्षीय गोलकिपर रोमन रसाइलीलाई खरिद गरेको छ । अर्का २५ वर्षिय गोलकिपर किशोर गिरीलाई विराटनगरले ६५ हजार रूपैयाँमा किनेको छ । उनले हिमालयन शेर्पा क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

    ए क्याटेगोरीमा रहेका २३ वर्षिय मिडफिल्डर तेज तामाङलाई २ लाख रूपैयाँमा काठमाडौं रेजर्सले भित्र्याएको छ । उनका लागि ललितपुरबाहेक सबैले बिड गरेका थिए । लक्की ड्रमा काठमाडौंले पाएको हो ।

    समूह एका १८ वर्षिय गोलकिपर विशाल सुनुवारलाई लक्की ड्रमा चितवनले लगेको छ । यस्तै सी क्याटेगोरीमा रहेका हिमालयन शेर्पाबाट खेल्ने १४ वर्षिय मिडफिल्डर विनोद गुरुङलाई २० हजारमा ललितपुरले खरिद गर्यो ।

    हेर्नुस थप खेलाडीको सूची

    – २७ बर्षिय डेफेन्डर अजित भण्डारीलाई पोखरा थन्डरले १ लाखमा खरिद गर्‍यो ।

    – समूह सीका ३१ वर्षीय विक्रम धिमाललाई विराटनगर र बुटवल लुम्बिनीले बोली लगाएकोमा बिराटनगरले ७५ हजारमा किन्यो ।

    – समूह बीका २४ वर्षिय डिफेन्डर आशिष गुरुङलाई काठमाडौंले ७५ हजारमा खरिद गरेको छ ।

    – समूह एका ३१ वर्षीय डिफेन्डर सरोज दाहाललाई विराटनगरले १ लाखमा भित्र्यायो ।

    – समूह सीका २१ वर्षीय मिडफिल्डर सौजन राईलाई धनगढीले २० हजारमा किन्यो ।

    – समूह बीका २९ वर्षीय मिडफिल्डर रुपेश केसीलाई १ लाख २० हजारमा धनगढी एफसीले किन्यो ।

    – समूह बीका ३४ वर्षीय फरवार्ड अनिल गुरुङलाई पोखराले ७५ हजारमा किन्यो ।

    – समूह ए का २३ वर्षीय मिडफिल्डर सुनिल बललाई २ लाखमा विराटनगरले किन्यो ।

    – समूह एका २३ वर्षीय मिडफिल्डर संजोग राईलाई काठमाडौंले १ लाखमा किन्यो ।

    – समूह बीका २३ वर्षीय डिफेन्डर – कमल श्रेष्ठलाई १ लाख २० हजारमा ललितपुर सिटीले किन्यो ।

    – समूह सीका २२ वर्षीय फरवार्ड विजय श्रेष्ठलाई धनगढीले २० हजारमा किन्यो ।

    – समूह बीका ३० वर्षीय मिडफिल्डर योगेश गुरुङलाई धनगढी एफसीले ५० हजारमा किन्यो ।

    – समूह बीका ३० वर्षीय मिडफिल्डर लक्ष्मण रुचाललाई बुटवल लुम्बिनीले ५० हजार रूपैयाँमा किन्यो ।

    – २८ वर्षीय फरवार्ड प्रविण कुमार स्याङ्तेनलाई पोखराले ६० हजारमा किन्यो ।

    – समूह सीका २८ वर्षीय डिफेन्डर युद्ध शाहीलाई ७५ हजारमा धनगढीले किन्यो ।

    – समूह सीका २० वर्षीय मिडफिल्डर सुरज ठकुरीलाई ६० हजारमा विराटनगरले किन्यो ।

    – समूह बीका ३४ वर्षीय डिफेन्डर विजय धिमाललाई १ लाख २० हजारमा विराटनगरले किन्यो ।

    – समूह एका ३२ वर्षीय डिफेन्डर सुरज बिकेलाई १ लाखमा बुटवल लुम्बिनीले किन्यो ।

    – समूह बीका २९ वर्षीय डिफेन्डर रबिन श्रेष्ठलाई १ लाख २० हजारमा बुटवल लुम्बिनीले किन्यो ।

    – समूह एका २७ वर्षीय डिफेन्डर विकास तामाङलाई एफसी चितवनले १ लाख रूपैयाँमा किन्यो ।

    – समूह एका २५ वर्षीय मिडफिल्डर त्रिदेव गुरुङलाई १ लाखमा काठमाडौंले किन्यो ।

    – समूह सीका २७ वर्षीय गोलकिपर सत्रुधन चौधरीलाई २० हजारमा बुटवल लुम्बिनीले किन्यो ।

    – समूह बीका २८ वर्षीय डिफेन्डर मानबहादुर तामाङलाई ५० हजारमा पोखरा थन्डर्सले किन्यो ।

    – समूह बीका २३ वर्षीय डिफेन्डर प्रवेश दनुवारलाई १ लाख २० हजारमा ललितपुर सिटी फुटबल क्लबले किन्यो ।

    – समूह बीका १९ वर्षीय मिडफिल्डर शिशिर लेखीलाई चितवनले ५० हजारमा चितवनले किन्यो ।

    – समूह बीका २२ वर्षीय डिफेन्डर मिक्छेन तामाङलाई १ लाख २० हजारमा ललितपुरले किन्यो ।

    – समूह सीका १९ वर्षीय डिफेन्डर निराजन महर्जनलाई धनगढीले २० हजारमा किन्यो ।

    – समूह एका २३ वर्षीय गोलकिपर दिप कार्कीलाई २ लाख रूपैयाँमा पोखराले किन्यो ।

    – समूह बीका २८ वर्षीय मिडफिल्डर नविन लामालाई ७० हजारमा ललितपुरले किन्यो ।

    – समूह बीका २९ वर्षीय डिफेन्डर कुलदिप कार्कीलाई १ लाख २० हजारमा चितवनले किन्यो ।

    – समूह एका २० वर्षीय मिडफिल्डर शेशेहाङ आङ्देम्बेलाई १ लाख ३० हजारमा बुटवल लुम्बिनीले किन्यो ।

    – समूह बीका २९ वर्षीय डिफेन्डर दिपक गुरुङलाई १ लाख २० हजारमा पोखरा थन्डर्सले किन्यो ।

    – समूह बीका २५ वर्षीय मिडफिल्डर विवेक बस्नेतलाई १ लाख २० हजारमा धनगढीले किन्यो ।

    – समूह बीका २७ वर्षीय गोलकिपर अजित प्रजापतिलाई पोखराले ५० हजारमा किन्यो ।

    – समूह सीका ३१ वर्षीय डिफेन्डर सुदिप सिख्राकारलाई ५० हजारमा काठमाडौं रेजर्सले किन्यो ।

    – समूह सीका २७ वर्षीय डिफेन्डर मनबहादुर परियार ५० हजारमा बुटबल लुम्बिनीले किन्यो ।

    – समूह बीका २० वर्षीय डिफेन्डर राजन गुरुङलाई काठमाडौं रेजर्सले ५० हजारमा किन्यो ।

    – समूह एका २४ वर्षीय डिफेन्डर निशान खड्कालाई धनगढीले १ लाखमा किन्यो ।

    – समूह बीका ३० वर्षीय गोलकिपर बिनय श्रेष्ठलाई काठमाडौं रेजर्सले ५० हजारमा किन्यो ।

    – समूह सीका २८ वर्षीय डिफेन्डर रबि थापामगरलाई बुटवलले ५० हजारमा किनेको छ ।

    – मनिष थापा समूह सीका १९ वर्षीय मिडफिल्डरलाई ७५ हजारमा चितवनले किनेको छ ।

    – रेजिन सुब्बा समूह बीका १९ वर्षीय फरवार्ड– अन सोल्ड ।

    – रमेश बर्तौला समूह सीका २१ वर्षीय मिडफिल्डरलाई ६० हजारमा काठमाडौं रेजर्सले किन्यो ।

    – बुद्ध बल तामाङ समूह सीका १९ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – टंक बस्नेत समूह बीका ३३ वर्षीय मिडफिल्डरलाई ५० हजारमा धनगढीले किनेको छ ।

    – एरिक विष्ट समूह एका २० वर्षीय मिडफिल्डरलाई २ लाखमा ललितपुरले किनेको छ ।

    – सूर्य अधिकारी समूह सीका १९ वर्षीय गोलकिपरलाई ७५ हजारमा विराटनगरले किनेको छ ।

    – सुशिल राई समूह सीका २७ वर्षीय मिडफिल्डरलाई २० हजारमा पोखरा थन्डर्सले किनेको छ ।

    – बुद्ध चेम्जोङ समूह बी ३० वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – सुजल श्रेष्ठ समूह एका २९ वर्षीय मिडफिल्डरलाई २ लाखमा पोखरा थन्डर्सले किनेको छ ।

    – रुप बहादर लामा समूह सीका २६ वर्षीय मिडफिल्डरलाई ७५ हजारमा चितवनले किनेको छ ।

    – विमल राना समूह बीका २७ वर्षीय फरवार्डलाई १ लाख २० हजारमा पोखराबाहेक सबैले लिन चाहेका थिए । चिठ्ठामा ललितपुरको भागमा परे ।

    – रोहित कार्की समूह सीका १८ वर्षीय गोलकिपरलाई ललितपुरले २० हजारमा किनेको छ ।

    – रोशन खड्का समूह सीका २८ वर्षीय गोलकिपर – अन सोल्ड ।

    – कमल थापा मगर समूह सीका २२ वर्षीय मिडफिल्डर – अन सोल्ड ।

    – विवेश चौधरी समूह सीका गोलकिपर– अन सोल्ड ।

    – अमित तामाङ समूह बीका २३ वर्षीय डिफेन्डरलाई चितवनले ५० हजारमा किनेको छ ।

    – सरोज योञ्जन लामा समूह सीका २७ वर्षीय डिफेन्डरलाई २० हजारमा ललितपरले किनेको छ ।

    – विकाश खवास समूह एका १९ वर्षीय डिफेन्डरलाई चितवनले २ लाखमा किनेको छ ।

    – अमिर श्रेष्ठ समूह बीका २९ वर्षीय मिडफिल्डरलाई १ लाख २० हजारमा बुटवल लुम्बिनीले किनेको छ ।

    – अशोक बराल समूह बीका २७ वर्षीय गोलकिपर– अन सोल्ड ।

    – रवि पासवना समूह एका २३ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – राम चन्द्र वजी समूह बीका २३ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – रन्जन विष्ट समूह बीका २७ वर्षीय फरवार्ड ५० हजारमा ललितपुरले किन्यो ।

    – अनिल महर्जन सी समूहका २१ वर्षीय मिडफिल्डरलाई ५० हजारमा बुटवल लुम्बिनीले किनेको छ ।

    – सुजित गुरुङ समूह बीका २२ वर्षीय गोलकिपर– अन सोल्ड ।

    – पृथ्वी चौधरी समूह सीका १९ वर्षीय डिफेन्डरलाई काठमाडौंले २० हजारमा किनेको छ ।

    – नितिन थापा समूह बीका १९ वर्षीय मिडफिल्डरलाई पोखरा थन्डर्सले १ लाख २० हजारमा किन्यो ।

    – जुमानु राई समूह बीका ३४ वर्षीय फरवार्ड– अन सोल्ड ।

    – राजु योगी समूह बीका ३४ वर्षीय गोलकिपर– अन सोल्ड ।

    – सन्तोष हेम्रुम समूह सीका २७ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – हेमन्त थापा मगर समूह एका २३ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – विश्वास श्रेष्ठ समूह बीका २३ वर्षीय फरवार्डलाई १ लाख २० हजारमा काठमाडौंले किन्यो ।

    – जिवन गुरुङ समूह सीका २३ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – सन्तोष तामाङ समूह एका २६ वर्षीय मिडफिल्डरलाई १ लाखमा विराटनगरले किनेको छ ।

    – रमेश दंगाल समूश बीका ३३ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – अशोक खवास समूह सीका २५ वर्षीय डिफेन्डरलाई ७५ हजारमा धनगडीले किनेको छ ।

    – निरोज बस्नेत समूह सीका २५ वर्षीय डिफेन्डरलाईब ७५ हजारमा ललितपुर सिटी फुटबल क्लबले किनेको छ ।

    – आशिष लामा समूह एका २५ वर्षीय फरवार्डलाई बुटवल लुम्बिनी एफसीले १ लाख किनेको छ ।

    – अन्जन राई समूह सीका २४ वर्षीय डिफेन्डरलाई काठमाडौंले २० हजारमा किनेको छ ।

    – राजेश परियार समूह बीका २१ वर्षीय फरवार्डलाई १ लाख २० हजारमा पोखरा थन्डर्सले किनेको छ ।

    – हेम तामाङ समूह बीका २८ वर्षीय मिडफिल्डरलाई १ लाख २० हजारमा विराटनगरले किनेको छ ।

    – सुदिल राई समूह सीका २५ वर्षीय फरवार्डलाई ६५ हजारमा काठमाडौंले किन्यो ।

    – विराज महर्जन समूह एका ३० वर्षीय मिडफिल्डरलाई– अन सोल्ड ।

    – सकल रेग्मी समूह सीका २५ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – रोमन लिम्बु समूह सीका २० वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – चेतन कुमार थारू सी समूहका ३० वर्षीय डिफेन्डरलाई बुटवल लुम्बिनीले २० हजारमा किनेको छ ।

    – विशाल राई ‘ए’ समूह बीका ३६ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – सुशिल लामा समूह सीका २७ वर्षीय मिडफिल्डरलाई विराटनगरले २० हजारमा किनेको छ ‍।

    – अभिषेक बराल समूह सीका २१ वर्षीय गोलकिपर– अन सोल्ड ।

    – जितेन्द्र कार्की समू बीका ३३ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – दिनेश राजवंशी समूह एका २२ वर्षीय मिडफिल्डरलाई २ लाखमा धनगढीले किनेको छ ।

    – भरत साह समूह बीका २९ वर्षीय फरवार्ड– अन सोल्ड ।

    – रोशन पहरी समूह सीका २१ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – सिमन्त थापा समूह सीका २३ वर्षीय डिफेन्डरलाई चितवनले २० हजारमा किनेको छ ।

    – सुनिल खड्का समूह सीका २६ वर्षीय मिडफिल्डरलाई विराटनगरले २० हजारमा किनेको छ ।

    – भोलानाथ सिलवाल समूह बीका ३३ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – विश्व अधिकारी समूह सीका २७ वर्षीय मिडफिल्डरलाई चितवनले २० हजारमा किनेको छ ।

    – टोप बहादुर विष्ट समूह सीका ३३ वर्षीय डिफेन्डर – अन सोल्ड ।

    – राजिव लोप्चन समूह बीका १८ वर्षीय फरवार्डलाई चितवनले ५० हजारमा किनेको छ ।

    – असिम भुसाल समूह सीका १९ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – सुमन लामा समूह बीका २४ वर्षीय फरवार्डलाई बुटवलले ५० हजारमा किनेको छ ।

    – दिपेश आले मगर समूह बीका २० वर्षीय फरवार्ड– अन सोल्ड ।

    – सुवाष गुरुङ समूह एका २६ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – सुमन सुवेदी समूह सीका ३४ वर्षीय डिफेन्डर अन सोल्ड ।

    – सरोज तामाङ समूह सीका २१ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – विषन गुरुङ समूह सीका २५ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – विमल पाण्डे समूह सीका ३१ वर्षीय डिफेन्डरलाई ७५ हजारमा काठमाडौंले किन्यो ।

    – टेकेन्द्र थापा समूह बीका २६ वर्षीय गोलकिपरलाई धनगढीले ५० हजारमा किनेको छ ।

    – पालसाङ लामा समूह एका २९ वर्षीय डिफेन्डरलाई ललितपुरले १ लाखमा किनेको छ ।

    – विजय गुरुङ समूह बीका ३५ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – निर कुमार राई समूह बीका २७ वर्षीय फरवार्ड– अन सोल्ड ।

    – जय गुरुङ समूह बीका १८ वर्षीय मिडफिल्डरलाई बुटवल लुम्बिनीले ५० हजारमा किनेको छ ।

    – रन्दिप पौडेल समूह बीका १८ वर्षीय डिफेन्डर– अन सोल्ड ।

    – गौतम श्रेष्ठ समूह सीका २१ वर्षीय डिफेन्डरलाई ७५ हजारमा पोखराले लिएको छ ।

    – दिपेश घले समूह सीका २२ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – बुद्ध तामाङ समूह बीका २९ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – निशान लिम्बु समूह बी २९ वर्षीय मिडफिल्डर– अन सोल्ड ।

    – तिर्थ बहादुर बस्नेत समूह सीका २८ वर्षीय फरवार्ड– अन सोल्ड ।

    – पुजन उपरकोटी समूह बीका २४ वर्षीय मिडफिल्डरलाई धनगढीले किनेको छ ।

    – टेक बुढाथोकी समूह बीका ३४ वर्षीय मिडफिल्डरलाई चितवनले १ लाख २० हजारमा किनेको छ ।

    – गौरव बुढाथोकी समूह सीका २३ वर्षीया मिडफिल्डरलाई ७५ हजारमा ललितपुर सिटी एफसीले किनेको छ ।

    पहिलो चरणमा अन सोल्ड भएका खेलाडीलाई दोस्रो चरण ‘विस् लिस्ट’मार्फत पनि क्लबले किनेका छन् ।

    चितवनले विस लिस्टबाट २२ वर्षीय गोलकिपर अर्पण कार्कीलाई १ लाखमा किनेको छ । त्यस्तै, धनगढीले समूह एका १८ वर्षीय फरवार्ड दर्शन गुरुङलाई १ लाख रूपैयाँमा किन्यो ।

    सोही क्रममा चितवनले गोलकिपर विवेश चौधरीलाई २० हजारमा किनेको छ । त्यस्तै, विराटनगरले ५० हजारमा समूह बीका ३२ वर्षीय फरवार्ड दिपक राई र निरकुमार राईलाई किन्यो । ।

    पोखराले समूह सीका २७ वर्षीय डिफेन्डर सुरज गुरुङ तथा समूह सीकै २५ वर्षीय मिडफिल्डर सुजित बुढाथोकीलाई किन्यो।

    काठमाडौंले समूह बीका २० वर्षीय फरवार्ड प्रिजेन तामाङलाई ५० हजारमा तथा बुटवल लुम्बिनीले सोही समूहका १८ वर्षीय रन्दिप पौडेललाई किनेको थियो ।

  • भारत–इंग्ल्याण्ड ट्वान्टी–२० शृंखला २–२ को बराबरीमा, पाँचौं खेल निर्णायक

    भारत–इंग्ल्याण्ड ट्वान्टी–२० शृंखला २–२ को बराबरीमा, पाँचौं खेल निर्णायक

    एजेन्सी । इंग्ल्याण्डबिरुद्धको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भारतलले ८ रनको जित आत्मसाथ गरेको छ । योसँगै शृंखला बराबरी भएको छ र पाँचौं खेल निर्णायक बन्नेछ ।

    सूर्यकुमार यादवले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धरित ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल बनाएको थियो ।

    दोस्रो खेलमा ब्याटिङ गर्न नपाएका सूर्यले गएराति ३१ बलमा ६ चौका र ३ छक्कासहित ५७ रनको अर्धशतकीय योगदान गरे।

    अघिल्ला २ खेलमा शानदार देखिएका कप्तान विराट कोहली १ रनमै आउट भएपछि सूर्यले पारी संहालेका थिए । उनीबाहेक ऋषभ पन्तले ३० र श्रीयास आयरले ३७ रनको पारी खेलेर उनलाई साथ दिए । इंग्ल्याण्डका जोफ्रा आर्चरले ४ विकेट लिए ।

    गुजरातको मोटेरास्थित नरेन्द्र मोदी रंगशालामा जवाफ ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो ।

    इंग्लिस ओपनर जेसन रोयले ४० र मध्यक्रममा बेन स्टोक्सले ४६ रन बनाए पनि अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् ।

    भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । राहुल चहर र हार्दिक पण्ड्याले २-२ विकेट लिए । सूर्यकुमार खेलको म्यान अफ द म्याच बने ।

  • नेपालमै पहिलोपल्ट फ्रेन्चाइज फुटबलको अक्सन आज ?

    नेपालमै पहिलोपल्ट फ्रेन्चाइज फुटबलको अक्सन आज ?

    काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीले बैशाखमा आयोजना गर्न लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताका लागि आज खेलाडी लिलामी अर्थात अक्सन हुँदैछ । अक्सन विहान ११ बजेदेखि सुरु हुनेछ ।

    नेपालमै पहिलोपल्ट शहरको नामबाट फ्रेन्चाइज टिम निर्माण गरी प्रतियोगिता आयोजना हुन लागेको हो । चौधरी ग्रुपको यो प्रतियोगिताका लागि सात शहरका नामबाट टोली निर्माण भइसकेका छन् ।

    काठमाडौं रेजर्स, ललितपुर एफसी, पोखरा थन्डर्स, चितवन सिटी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर सिटी एफसी र धनगढी एफसी गरी सात टोलीले आजको अक्सनमा बिभिन्न समूहको वर्गीकरणमा परेका १ सय ५८ जना खेलाडीका लागि बोली लगाउनेछन् ।

    अक्सनमा ए, बी र सी गरी खेलाडीहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई ए श्रेणीमा राखिएको छ । ए डिभिजन लिग खेलेका बी श्रेणी र अन्य खेलाडीहरु सी श्रेणीमा रहनेछन् ।

    अखिल नेपाल फुटबल संघ एन्फाले आयोजकलाई १ सय ५८ जना खेलाडीको सूचि उपलब्ध गराएको छ । जसमा ३५ जना ए श्रेणीमा, ६५ जना बी श्रेणीमा र बाँकी सी श्रेणीमा छन् ।

    एउटा क्लबले अक्सनमा घटिमा १० लाखदेखि बढीमा १५ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् । श्रेणीअनुसार खेलाडीको न्यूनतम मूल्य अहिलेसम्म तोकिएको छैन । एउटा क्लबले ए श्रेणीका बढीमा तीन खेलाडी किन्न पाउनेछन् । बी र सीका गरी ११ खेलाडी किन्न पाउनेछन् ।

    एउटा फ्रेन्चाइज टोलीमा २० खेलाडी रहनेछन् । अक्सनबाट आएका १४, मार्की खेलाडी १, विदेशी खेलाडी ३ जना र स्थानीय खेलाडी २ जना रहनेछन् ।

    सबै क्लबहरुले मार्की खेलाडी र प्रशिक्षकको टुंगो लगाइसकेका छन् । जसअनुसार काठमाडौंको मार्की खेलाडीमा गोलरक्षक विकेश कुथु, ललितपुरमा स्ट्राइकर अन्जन विष्ट, पोखरामा स्ट्राइकर नवयुग श्रेष्ठ, चितवनमा स्ट्राइकर खरत खवास, बुटवलमा गोलरक्षक विशाल श्रेष्ठ, विराटनगरमा डिफेण्र रन्जित धिमाल र धनगढीमा मिडफिल्डर विशाल राई छन् ।

  • नेपाल सुपर लिग: विराटनगरको मार्की प्लेयरमा रन्जित धिमाल

    नेपाल सुपर लिग: विराटनगरको मार्की प्लेयरमा रन्जित धिमाल

    काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगका लागि विराटनगरले राष्ट्रिय टोलीका खेलाडीसमेत रहेका रन्जित धिमाललाई मार्की प्लेयरको रूपमा अनुबन्ध गरेको छ ।

    आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा हुने लिगका लागि विराटनगरले बिहीबार रन्जितलाई सार्वजनिक गरेको हो । नेपाल सुपर लिगमा ‘सिटी बेस्ड’ सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइजका लागि बाँकी खेलाडीको अक्सन भोलि हुनेछ।

  • नेपाल सुपर लिग: काठमाडौं रेजर्सको मार्की प्लेयर बिकेश कुथु र मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

    नेपाल सुपर लिग: काठमाडौं रेजर्सको मार्की प्लेयर बिकेश कुथु र मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)का लागि काठमाडौं रेजर्स फुटबल क्लबले मुख्य प्रशिक्षकको रूपमा बालगोपाल महर्जन र मार्की प्लेयरको रूपमा राष्ट्रिय टोलीका गोलकिपर बिकेश कुथुलाई  अनुबन्ध गरेको छ ।

    वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि मोरङ अटो वर्क्सले स्थापना गरेको काठमाडौं रेजर्सले बिहीबार पत्रकार सम्मेलनमार्फत्  बिकेश र बालगोपाललाई सार्वजनिक गरेको हो ।

    नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइजका लागि बाँकी खेलाडीको अक्सन भोलि हुनेछ । प्रतियोगितामा ‘सिटी बेस्ड’ सात टोलीको सहभागिता रहने छ ।

  • नेपाल सुपर लिग: अक्सनका लागि तीन समूहमा १५८ खेलाडी सूचीकृत (सूचीसहित)

    नेपाल सुपर लिग: अक्सनका लागि तीन समूहमा १५८ खेलाडी सूचीकृत (सूचीसहित)

    काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको  फुटबलको फ्रेन्चाइज लिग- नेपाल सुपर लिग (एनएसएल)का लागि अखिले नेपाल फुटबल संघ (एन्फा)ले अक्सनका लागि १५८ जना खेलाडीको सूची सार्वजनिक गरेको छ ।

    आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा हुने लिगमा ‘सिटी बेस्ड’ सात फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । अक्सनका लागि एन्फाले ए, बी, सी गरी तीन समूहमा खेलाडीलाई सूचीकृत गरेको छ ।

    अक्सन भोलि ११ बजेदेखि होटल सोल्टी क्राउन प्लाजामा हुनेछ ।

    May be an image of text that says "c c Goalkeeper Goalkeeper Goalkeeper Defender Jhapa 19 28 Dharan Lalitpur 27 Morang Abhishek Baral 146 Sury Adhikari 147 Roshan Khadka Maharjan Bahadur 150 Santosh Hemrum 151 Shatrudhan Chowdhary 152 Yuddha Sahi Bibesh Chaudhary Dipesh Ghale 55 Pradip Bhandari Jeevan Gurung Purna Chemjong 158 Anil Maharjan 27 Sarlahi 28Jumla Defender Goalkeeper Defender Goalkeeper Midfielder Goalkeeper Defender Goalkeeper Midfielder C 22 Makwanpur 22 Chitwan Syanja Morang 21 Lalitpur c"