Category: खेल प्रेस

  • भोजपुर गोल्डकप : रुपन्देहीले जित्यो उपाधि

    भोजपुर गोल्डकप : रुपन्देहीले जित्यो उपाधि

    भोजपुर । हराउँदै गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देही भोजपुर गोल्डकपको विजेता बनेको छ । सदरमुकामस्थित टुँडिखेलमा शनिबार सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा अफ्रिकन रुट्स एसोसियसन क्यामरुनलाई १-० ले हराउँदै रुपन्देहीले उपाधिमाथि कब्जा जमाएको हो ।

    निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाइजले एक गोल गरी जित सुनिश्चित गर्‍यो । अतिरिक्त समयको छैटौं मिनेटमा रुपन्देहीका पेपेले १ गोल गरी टिमलाई अग्रहता दिलाए । उनी फाइनल खेलको म्यान अफ दी म्याच समेत बने ।

    प्रतिस्पर्धात्मक फाइनल खेलमा आक्रमक शैली अपनाए पनि दुवै टिमले गोलका सुन्दर अवसरहरू भने गुमाउन पुगे ।

    जितसँगै गोर्खा ब्वाईजले ५ लाख नगद र ट्रफि हात पार्‍यो । उपविजेता अफ्रिकन रुट्सले ३ लाख नगद जितेको छ । भोजपुर नगरपालिकाको प्रायोजनमा भोजपुर जिल्ला फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा विदेशीसहित ८ टिमको सहभागी भएको संघका अध्यक्ष प्रवीण सुवालले बताए ।

  • कुशल भुर्तेल प्लेयर अफ द सिरिज, करण केसी म्यान अफ द म्याच

    कुशल भुर्तेल प्लेयर अफ द सिरिज, करण केसी म्यान अफ द म्याच

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपालका ओपनर कुशल भुर्तेल प्लेयर अफ द सिरिज बनेका छन् । प्रतियोगितामा ४ अर्धशतक बनाएका उनी यो अवार्डका स्वभाविक हकदार थिए ।

    डेब्यू प्रतियोगितामै कुशलले शानदार ब्याटिङ गर्दै सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । प्रतियोगिताभर उनले ५ म्याच खेल्दा उनले २ सय ७८ रन जोड्न सफल भए । उनले ६९.५०को औसत र १४०.४० को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।

    कुशलले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७७ रन बनाएका छन् । यद्यपि, फाइनलको म्यान अफ द म्याच पुरस्कार भने करण केसीलाई दिइएको छ । ब्याटिङमैत्री पिचमा उनले आज तीन विकेट लिएका थिए । कसिलो बलिङ गरेका उनले तीन ओभरमा ११ रन मात्रै खर्चेका थिए ।

  • त्रिकोणात्मक टी-२० सिरिज : नेपालका लागि कीर्तिमानको उत्सव

    त्रिकोणात्मक टी-२० सिरिज : नेपालका लागि कीर्तिमानको उत्सव

    काठमाडौं । लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको नेपालले घरेलु मैदानमा पहिलो टी-२० उपाधि जित्दै नयाँ यात्राको सुखद आरम्भ गरेको छ । यो त्रिकोणात्मक सिरिज नेपालका लागि धेरै हिसाबले महत्वपूर्ण रह्यो ।

    सिरिज अगाडि नेपालको ब्याटिङमा सबैभन्दा ठूलो संशय थियो । तर, ब्याटिङकै बलमा नेपालले उपाधि जितेको छ । नेपाली ब्याट्सम्यानहरुले विगतमा कहिल्यै नदेखाएको आक्रामकता यस सिरिजमा देखाएका छन् ।

    यो सिरिज नेपालका लागि कीर्तिमान बनाउने र तोड्ने उत्सवजस्तै भयो । यी कीर्तिमानहरु बलिङबाट नभइ ब्याटिङबाट बनेका छन् । ब्याट्सम्यानहरुको यो प्रदर्शन नेपाली क्रिकेट फ्यानहरुले लामो समय भुल्ने छैनन् ।

    आउनूस नेपालले त्रिकोणात्मक सिरिजमा बनाएका प्रमुख कीर्तिमानको चर्चा गरौं :

    १) घरेलु मैदानमा पहिलो टी-२० उपाधि

    नेपालले सन् २०१४ को टी-२० क्रिकेट विश्वकपसहित सात प्रतियोगिता खेलेको छ । त्यसमध्ये यूएई र सिंगापुरसँग दुई टी-२० सिरिज जितेको भए पनि घरेलु मैदानमा नेपाल उपाधिविहिन थियो । त्रिकोणात्मक सिरिज जितेर नेपालले घरेलु मैदानमा पहिलोपटक उपाधि उचालेको छ ।

    २) इतिहासमै ठूलो जित (रनका आधारमा)

    नेपालले आफ्नो टी-२० क्रिकेट इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित यो सिरिजमा निकालेको छ । आज भएको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध हासिल गरेको एक सय ४२ रनको जित रनका आधारमा नेपालको अहिलेसम्मकै ठूलो अन्तरालको जित हो ।

    यसअघि सन् २०१९ को डिसेम्बरमा नेपालले कमजोर राष्ट्र भुटानविरुद्ध ठूलो जित हासिल गरेको थियो । त्यसबेला भुटानलाई नेपालले १३० रनले हराउँदा खासै आश्चर्य मानिएको थिएन । तर नेदरल्यान्ड्सजस्तो बलियो राष्ट्रमाथि एक सय ४२ रनको जित नेपालका लागि अभूतपूर्व हो । साथै नेदरल्यान्ड्को यो टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो अन्तरको हार पनि हो ।

    ३) सर्वाधिक ठूलो स्कोर

    नेपालले आजको फाइनलमा बनाएको २ सय ३८ रनको स्कोर टी-२० मा नेपालले बनाएको सवैभन्दा उच्च स्कोर हो । यसअघि २०१९ को साग गेम्स अन्तरगत भुटानविरुद्ध हानेको २ सय ३६ रन नेपालको सबैभन्दा ठूलो स्कोर थियो ।

    नेपालका सबैभन्दा ठूला चार स्कोरमध्ये तीनवटा यही प्रतियोगितामा बनेका छन् । प्रतियोगिताको समूह चरणमा नेपालले मलेसियाविरुद्ध २१७ रन र नेदरल्यान्ड्सविरुद्ध २०६. रनको स्कोर खडा गरेको थियो । नेदरल्यान्ड्ससँग भने नेपाल हारेको थियो ।

    ४) लगातार तीनपटक २०० को आँकडा पार

    टी-२० मा २०० भन्दा माथिको स्कोरलाई भयानक मानिन्छ । नेपालले अहिलेसम्म एक पटक मात्रै टी-२० मा २०० माथिको स्कोर खडा गर्न सकेको थियो, त्यो पनि भुटानजस्तो निरिह टिमविरुद्ध ।

    तर, यो प्रतियोगितामा नेपालले लगातार तीनवटा म्याचमा दुई सयमाथिको स्कोर खडा गरेको छ । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा यस्तो सफलता दुर्लभ मानिन्छ ।

    ५) सर्वाधिक १९ छक्का

          

    नेपालका ब्याट्सम्यानहरु ठूला सट्का लागि कहलिएका छैनन् । तर, यो प्रतियोगिताले उनीहरुको भिन्नै रुप देखायो । प्रत्येक म्याचमा उनीहरुले छक्का र चौकाको वर्षा नै गरे ।

    समूह चरणमा मेको दोस्रो म्याचमा नेपालका ब्याट्सम्यानले कुल १९ छक्का प्रहार गरे । यो कुनै पनि टी-२० मा नेपालले बनाएको सर्वाधिक छक्का हो । विश्वकै रेकर्डमा पनि यो पाचौं ठूलो संख्या हो । अन्तर्राष्ट्रिय टी-२० को एउटा इनिङमा सर्वाधिक २२ छक्का प्रहार भएको छ ।

    नेपालका करण केसी सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान नजिक पुगे पनि सफल भएनन् । उनले एउटै म्याचमा ७ छक्कासहित १३ बलमा ४५ रन बनाएर आउट भएका थिए ।

    ६) डेब्यू व्वाइको लगातार अर्धशतक

    यो प्रतियोगितामार्फत डेब्यू गरेका कुशल भुर्तेलले जादुमयी प्रदर्शन गरे । ५ वटा म्याच खेल्दा उनले ४ वटा अर्धशतक बनाउन सफल भएका छन् । आफ्नो टी-२० करिअरको पहिलो ३ म्याचमा उनले लगातार अर्धशतक प्रहार गरेका थिए । उनको यो विश्व कीर्तिमान हो ।

    अहिलेसम्म एकै ब्याट्सम्यानले टी-२० मा लगातार ४ अर्धशतक बनाएको रेकर्ड छ । तर पहिलो तीन अन्तर्राष्ट्रिय म्याचमा लगातार अर्धशतक बनाउने कुशल एक मात्र क्रिकेटर हुन् । आज भएको फाइनलमा पनि उनले अर्धशतक यात्रा जारी राखे ।

    ७) सर्वाधिक ठूलो साझेदारी

          

    टी-२० मा नेपालका लागि कुनै पनि विकेटका लागि सर्वाधिक ठूलो साझेदारी यो प्रतियोगितामा बनेको छ । त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गरेका थिए ।

    यसअघि नेपालका लागि सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो । उनीहरुले सन् २०१९ मा भुटानविरुद्धको खेलमा एक सय ८ रनको साझेदारी गरेका थिए ।

    ८) डेब्यूमा सर्वाधिक स्कोर

    नेपालका ओपनर कुशल भुर्तेलका लागि यो प्रतियोगिता निकै फलिफापपूर्ण भयो । उनले डेब्यू प्रतियोगितामा सनसनी नै मच्चाए ।

    आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो टी-२० खेलमा कुशलले अर्धशतक प्रहार गरेका थियो । उनले नेदरल्यान्ड्सविरुद्ध बनाएको ६२ कुनै पनि नेपाली खेलाडीले डेब्यू टी-२० म्याचमा बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

  • कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

    कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

    काठमाडौं । अहिलेसम्मकै ठूलो अन्तरको जितसँगै नेपालले पहिलोपटक घरेलु मैदानमा टि-२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तरगत आज भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई कुनै मौका नदिइ नेपालले उपाधि आफ्नो पोल्टामा पार्यो ।

    उत्कृष्ट ब्याटिङ र बलिङको नमूना पेश गरेको नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको विशाल जित निकालेको हो । नेपालले पहिलो ब्याटिङ गर्दै दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स १७.२. ओभरमा ९६ रनमै धराशयी भयो ।

    टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २ सय ३८ बनाएको थियो । यो नेपालको अहिलेसम्मकै सर्वाधिक ठूलो टि-२० स्कोर हो । यसअघि नेपालको सर्वाधिक स्कोर भुटानविरुद्ध २०१९ मा बनाएको २३६ रन थियो । प्रतियोगितामा तेस्रोपटक नेपालले २ सय रनको आँकडा पार गरेको हो ।

    यसैगरी रनका आधारमा सर्वाधिक ठूलो जित अन्तर पनि नेपालले कायम गरेको छ । यसअघिको सर्वाधिक अन्तरको जित पनि भुटानविरुद्ध १३० रनको जित थियो ।

    नेपालको विशाल स्कोर खडा गर्ने क्रममा नेपालका युवा ब्याट्सम्यानहरू कुशल भुर्तेल र कुशल मल्लले अर्धसतक बनाए । युवा ओपनर कुशल भुर्तेलले आफ्नो शानदार फर्मलाई फाइनलमा पनि निरन्तरता दिए । कप्तान ज्ञानेन्द्र मल्ल र मध्यक्रमका दिपेन्द्रसिंह ऐरीले पनि विष्फोटक ब्याटिङ गरे । ज्ञानेन्द्र १९ बलमा ३३ रन बनाएर आउट भए भने दिपेन्द्र केवल १८ बलमा ४८ रन बनाएर नटआउट रहे ।

    कुशलले आफूले खेलेको पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरेका छन् । ७७ रनको इनिङमा उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका हानेका थिए । सुरुमा संयमित भएर ब्याटिङ गरेका उनले अर्धसतकको नजिक पुगेसँगै आक्रमक रुप लिएका थिए ।

    भुर्तेलपछि मध्येक्रमका ब्याट्सम्यान कुशल मल्लले पनि विष्फोटक अर्धसतक बनाए । उनले २४ बलमा ५० रन बनाएका थिए ।
    नेपालका बलर करण केसीले ३ विकेट लिएपछि नेदरल्यान्ड्स खेलमा फर्किन सकेन । सन्दिप लामिछानेले २ विकेट लिएका छन् । उनले प्रतियोगिताभर सर्वाधिक १३ विकेट लिन सफल भए ।

  • टि-२० मा नेपालको हालसम्मकै उच्च स्कोर, फाइनलमा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य

    टि-२० मा नेपालको हालसम्मकै उच्च स्कोर, फाइनलमा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य

    काठमाडौं । युवा ओपनर कुशल भुर्तेलले आफ्नो शानदार फर्मलाई फाइनलमा पनि निरन्तरता दिएपछि नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको चुनौतिपूर्ण लक्ष्य पेश गरेको छ । टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २३८ बनायो ।

    प्रतियोगितामा तेस्रोपटक नेपालले २ सय रनको आँकडा पार गरेको हो । यो टि–२० मा नेपालले हालसम्म बनाएको सबैभन्दा ठूलो स्कोर पनि हो । यसअघि नेपालले सन् २०१९ मा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

    कुशलले आफूले खेलेको पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरेका हुन् । ७७ रनको इनिङमा उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका हानेका थिए । सुरुमा संयमित भएर ब्याटिङ गरेका उनले अर्धसतकको नजिक पुगेसँगै आक्रमक रुप लिएका थिए ।

    भुर्तेलपछि मध्येक्रमका ब्याट्सम्यान कुशल मल्लले पनि विष्फोटक अर्धसतक बनाए ।  उनले २४ बलमा ५ छक्का र २ चौका सहित ५० रन बनाएका थिए ।

    पाचौं नम्बरमा आएका दिपेन्द्र सिंह ऐरीले भने अर्धसतकबाट दुई रन टाढा रहे । केवल १८ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ४८ रन बनाएर नटआउट रहे ।

    नेपालका कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रनको योगदान दिए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । ओपनर आसिफ शेख ८ बलमा १६ रन बनाएर आउट भए ।

    नेदरल्यान्ड्सका कुनै पनि बलरले नेपालका ब्याट्सम्यानलाई शान्त राख्न सकेनन् । फिलिप बोसेभेनले सर्वाधिक २ विकेट लिएका थिए ।

  • टि-२० मा लगातार तेस्रोपटक नेपालले कटायो २ सयको आँकडा

    टि-२० मा लगातार तेस्रोपटक नेपालले कटायो २ सयको आँकडा

    काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल र नेदरल्यान्ड्सबीच जारी फाइनल खेलमा नेपालले २ सय रनको स्कोर पार गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेल र कुशल मल्लले अर्धसतक बनाएका छन् ।

    टि-२० मा नेपालले लगातार तेस्रो म्याचमा २ सयको आँकडा पार गरेको हो । क्रिजमा अहिले कुशल मल्ललाई दिपेन्द्र ऐरीले साथ दिइरहेका छन् । ओपनर कुशल भुर्तेल ७८ रन बनाएर आउट भएका थिए ।

    नेपालले यसअघि मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेलमा पहिलो ब्याटिङ गर्दै २०० भन्दा माथिको स्कोर खडा गरेको थियो । टि-२० मा २०० रनभन्दा बढीको लक्ष्यलाई कठिन मानिन्छ ।

  • त्रिकोणात्मक सिरिज फाइनलः कुशलले हाने चौंथो अर्धसतक

    त्रिकोणात्मक सिरिज फाइनलः कुशलले हाने चौंथो अर्धसतक

    काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर अहिले जारी नेपाल र नेदरल्यान्ड्सबीचको फायनलमा नेपाली ओपनर कुशल भुर्तेलले अर्धसतक प्रहार गरेका छन् । प्रतियोगितामा यो उनको चौंथो अर्धसतक हो ।

    संयमित भएर खेलिरहेका कुशलले २ छक्का र ५ चौकाको मद्दतमा आफ्नो अर्धसतक पुरा गरेका हुन् । उनले पहिलो विकेटका लागि आसिफ सेखसँग ३० रनको र दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए ।

    आसिफ १६ रनमा र ज्ञानेन्द्र ३३ रनमा आउट भए । अहिले भुर्तेललाई कुशल मल्लले क्रिजमा साथ दिइरहेका छन् ।

    यो समाचार लेख्दासम्म नेपालले २ विकेटको क्षतिमा १२१ रन बनाएर खेलिरहेको छ ।

  • त्रिकोणात्मक सिरिज फाइनलः टस हारेर नेपाल ब्याटिङमा

    त्रिकोणात्मक सिरिज फाइनलः टस हारेर नेपाल ब्याटिङमा

    काठमाडौं । त्रिकोणात्मक सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा

    नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले नेपालको इनिङ सुरुवात गर्दैछन् ।

    आजको म्याचमा नेपालले एउटा परिर्तन गरेको छ । स्पिनर सुशन भारीको स्थानमा मध्यम गतिका बलर अविनाश बोहरा आएका छन् ।
    कोरोनाका कारण फाइनल खेलमा दर्शकको उपस्थिति छैन । केही क्रिकेट प्रेमीहरु खेल हेर्न मैदानबाहिर रुखमा चढेका छन् ।

  • पारस खड्का भन्छन् : त्रिविको पीच यति राम्रो पहिले देखेको थिइनँ

    पारस खड्का भन्छन् : त्रिविको पीच यति राम्रो पहिले देखेको थिइनँ

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले काठमाडौंमा जारी त्रिदेशीय टि-२० सिरिजमा नेपालले गरेको प्रदर्शनलाई लिएर सन्तोष व्यक्त गरेका छन् । उनले त्रिविको पिचले ब्याट्सम्यानलाई पूर्ण सहयोग गरेको र त्यसको नेपालका ब्याट्सम्यानहरुले लाभ उठाएको बताए ।

    चोटका कारण टिमबाहिर रहेका पारसले नेपाल र नेदरल्यान्ड्सबीच हुन लागेको फाइनल खेलपूर्व प्रतिक्रिया दिँदै भने, ‘ब्याट्सम्यानका लागि पीच एकदमै राम्रो छ । तर, पीच मात्रै राम्रो भएर हुँदैन ब्याट्सम्यानले राम्रो खेल्नु पनि पर्छ । यो प्रतियोगितामा नेपालका ब्याट्सम्यानले उत्कृष्ट खेलिरहेका छन् ।’

    आफ्नो करिअरमा नै त्रिवि मैदानमा यति राम्रो पिच नदेखेको उनले बताए ।

    ‘हाम्रो नेपाली क्रिकेटको इतिहास नै त्यही ग्राउन्डमा छ । त्यहाँ क्रिकेट खेलेदेखि नै यति राम्रो सर्फेस खासै पाएको थिइँन । कुनै–कुनै बेला हुन्थ्यो राम्रो, तर यति राम्रो थिएन,’ पारसले भने ।

    पीच राम्रो भएकाले कारणले मात्रै नभएर ब्याट्सम्यानहरुको स्तर पनि माथि उठेको उनको बुझाइ छ । यो प्रतियोगितापूर्व भएका घरेलु प्रतियोगितामा नेपालको ब्याटिङस्तर माथि उठेको छनक मिलेको पारसले बताए ।

    उनी भन्छन्, ‘एक महिना अगाडि भएको प्रधानमन्त्री कप र मेयर कपमा जसरी २४०-२५० को स्कोरहरु बनिरहेको थियो र चेज पनि भइरहेको थियो । त्यसले हाम्रो ब्याटिङ स्तरमा सुधारको संकेत गरेको थियो । अहिले जुन तरिकाले खेलाडीहरुले खेलिरहेका छन्, यो एकदमै राम्रो संकेत हो । हेर्न पनि एकदमै मजा आइरहेको छ ।’

    राम्रो पिच हुने हो भने नेपालका ब्याट्सम्यानले पनि राम्रो स्ट्रोक प्ले गर्न सक्ने रहेछन् भन्ने पुष्टि भएको पारसले बताए ।

    आजको फाइनललाई लिएर पारस आशावादी छन् । अहिलेसम्मको प्रदर्शन फाइनलमा पनि देखिनुपर्ने उनी बताउँछन् ।

    ‘म एकदमै खुशी छु । तर सबै कुरा र शनिबारको फाइनलमै ठोकिन्छ फेरि । हामी एन्ड रिजल्टमा फोकस गर्छौं । अस्ति पनि २०० भन्दा धेरै रन बनेको थियो तर चेज भयो । फाइनलमा हामीले विक्षी टिमलाई कमजोर आँक्नु हुँदैन ।’ पारसले भने ।

    युवा ओपनरहरुले एकदमै राम्रो सुरुआत दिइरहेको उनले बताए । त्यसले फाइनलमा पनि निरन्तरता पाउने उनको आशा छ ।

    ‘फाइनलमा यस्तै प्रदर्शन दोहोरियोस् । हामीले खुशी हुनुपर्छ- हामीले होम ग्राउन्डमै यस्तो राम्रो क्रिकेट हेर्न पायौ,’ उनले भने । नयाँ प्रशिक्षक डेभ वाटमोरलाई प्रशिक्षकको रुपमा पाउनु नेपालका लागि ठूलो भाग्यको कुरा भएको उनले बताए ।

    पारस भन्छन्, ‘उहाँले गर्दा पनि धेरै परिवर्तन आएको छ । उहाँले २-४ महिनाको समय हामीसँग बिताउनु भएको छ । राम्रो प्रशिक्षक टोलीमा हुनु त्यो टोलीका लागि सधैँ राम्रो पक्ष हुन्छ ।’

    ‘डेभ वाटमोरले एउटा छुट्टै खालको वातावरण सिर्जना गरिदिनु भएको छ । टोलीका सबै खेलाडीलाई समान व्यवहार गर्नु हुन्छ, माया गर्नुहुन्छ । सबै खेलाडीहरु उहाँसँग खुशी छन् ।’

    अहिले प्रतियोगितामा भाग लिएको नेदरल्यान्ड्सको टिम सबैभन्दा उत्कृष्ट भएको उनले बताए ।

    ‘मलाई लाग्छ, ३–४ जना सिनियर खेलाडीबाहेक सबै पहिलो च्वाइसका खेलाडीहरु नै छन् । हामीले राम्रो गरेपछि अरुको टोली कमजोर हो कि भन्ने गरिएको छ । तर त्यस्तो होइन,’ पारसले भने ।

    फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्न सके त्यो त्यो नेपाली क्रिकेटका लागि ठूलो स्टेप हुने पारसले बताए ।

    प्रतियोगितामा आफू नहुँदा कति मिस गर्नुभएको छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘जुन खेल नेपालले जित्छ, म एकदमै खुशी हुन्छु । म बाहिरै हुँदा पनि खेलाडीहरुले जुन तरिकाले खेलिरहेका छन्, एकदमै आनन्द आइरहेको छ ।’

  • त्रिकोणात्मक सिरिजको फाइनल आज, त्रिवि मैदानमा हुन सक्छ रनवर्षा

    त्रिकोणात्मक सिरिजको फाइनल आज, त्रिवि मैदानमा हुन सक्छ रनवर्षा

    काठमाडौं । ट्राइ नेसन्स टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा दिउसो १ः१५ मा सुरु हुने फाइनल खेल दर्शकविहिन हुनेछ ।

    उत्कृष्ट फर्ममा रहेको नेपाल घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै उपाधि उचाल्न आतुर छ । यसअघि समूह चरणका खेलमा नेपाल र नेदरल्यान्ड्सले एक–एक म्याचमा एक–अर्कालाई हराएका थिए । तर, अंक तालिकामा नेपाल शीर्ष स्थानमा थियो ।

    प्रतियोगिताभरि नेपालको ब्याटिङ उत्कृष्ट लयमा छ । नेदरल्यान्ड्सको ब्याटिङ पनि कमजोर छैन । यदि पिचको व्यवाहार परिवर्तन भएन भने आजको म्याचमा दुवैतर्फबाट रनको वर्षा हुन सक्छ । दुवै टिमले एक–अर्काेलाई कमजोर आँक्न सक्ने अवस्था छैन ।

    यसअघि नेपाल र नेदरल्यान्ड्सले ८ वटा टि–२० म्याच खेलेका छन् । त्यसमा नेदरल्यान्ड्सले ४ र नेपालले तीन म्याचमा जित हासिल गरेको छ भने एउटा म्याच वर्षाका कारण अनिर्णित टुंगिएको थियो । अहिलेसम्मको हेड टु हेडमा नेदरल्यान्ड्स अगाडि भए पनि जारी प्रतियोगितामा भने नेपाल बलियो देखिएको छ ।

    नेपाले खेलेका चार म्याचमा ओपनरहरुले महत्वपूर्ण योगदान दिएका छन् । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ सेखले आज पनि बलियो साझेदारी गरेर ठूलो स्कोरका लागि आधारशीला बनाउने आशा नेपालको छ । नेपालको मध्येक्रम पनि शशक्त छ । कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, करण केसी राम्रो लयमा देखिएका छन् ।

    बलिङतर्फ भने नेपाल सन्दिप लामिछाने र सोमपाल कामीमा बढी निर्भर छ । सन्दिप प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर हुन् । उनले अहिलेसम्म ११ विकेट लिएका छन् । अर्कोतर्फ सोमपालले किफायति बलिङ गरिरहेका छन् । उनको नाममा पाँच विकेट छ ।

    नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डाडउड तथा मध्यक्रमका बेन कुपर र बास डी लिडले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
    बलिङतर्फ भने प्रतियोगितामा नेदरल्यान्ड्सले कमजोर प्रदर्शन गरिरहेको छ । थोमस ब्राटले टिमका लागि सर्वाधिक चार विकेट लिएका छन् ।

    त्रिविको पिचले बलरहरुलाई खासै सहयोग गरेको छैन । त्यसैले दुवै टिमको ब्याटिङले नै जित–हारको निधो गर्न सक्छ । नेपालले उपाधि जितेमा नयाँ प्रशिक्षक डेव वाटमोरको सुखद सुरुवात हुनेछ । उनको प्रशिक्षणमा नेपालले खेलेको यो पहिलो प्रतियोगिता हो ।

  • ला लिगामा बार्सिलोनाले गेटाफेलाई हराउँदा मेस्सीको दुई गोल

    ला लिगामा बार्सिलोनाले गेटाफेलाई हराउँदा मेस्सीको दुई गोल

    एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बासिर्लानोले गेटाफेमाथि ५–२ गोलअन्तरको जित हासिल गरेको छ । यो जितले बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

    घरेलु मैदान नोउ क्याम्पमा मेस्सीले खेलको आठौं मिनेटमै गोलको खाता खोलेका थिए । त्यसको चार मिनेटपछि नै क्लेमेन्ट लेङलेटले आत्मघाती गोल गर्दा गेटाफेले खेल बराबरीमा ल्यायो ।

    तर गेटाफेका गोलरक्षक डेभिड सोरिया र सोफियन चाक्लाबीचको तालमेल नमिल्दा भएको आत्मघाती गोलमार्फत बार्सिलोनाले २८ औं मिनेटमा पुनः अग्रत बनायो । ३३ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरी पहिलो हाफमा टिमलाई ३–१ को अग्रता दिलाए ।

    ६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी इनेस उनालले गेटाफेलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्तिम ६ मिनेटमा रोनाल्ड अराउजो र एन्टोइन ग्रिजमनले गोल गरी टिमको शानदार जित निश्चित गरे ।

    यो जितपछि बार्सिलोनाले सेभियालाई पछि पारी तेस्रो स्थानमा उक्लिएको छ । ३१ खेलबाट बार्सिलोनाको ६८ अंक छ । एक खेल बढी खेलेको रियल मड्रिडको ७० र एट्लेटिको मड्रिडको ७३ अंक छ ।

  • आगो ओकल्दै नेपाली ब्याट्सम्यान, अचानक कसरी भयो कायाकल्प ?

    आगो ओकल्दै नेपाली ब्याट्सम्यान, अचानक कसरी भयो कायाकल्प ?

    काठमाडौं । नेपाली क्रिकेटको परम्परागत टाउकोदुखाइ हो ब्याटिङ । ब्याटिङको कमजोर स्तरले नै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको माथिल्लो स्तरमा उक्लिन रोकिरहेको छ ।

    तर, हाल काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा नेपालको प्रदर्शनलाई हेर्ने हो भने ब्याट्सम्यानहरुको अर्कै रुप देखिन्छ । नेपालले खेलेका ४ वटै म्याचमा नेपालको ब्याटिङ जम्जमाएको छ । यसअघि सम्भवत कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली ब्याट्सम्यानले यसरी खुलेर खेलेका थिएनन् ।

    यो सिरिजमा नेपालसँग नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल र नेदरल्यान्ड्सले शनिबार फाइनल खेल्ने तय भइसकेको छ । नेपालले खेलेका चारमध्ये तीन म्याच नेपालका लागि फुलको थुंगामा हिँडेजस्तो भयो । नेदरल्यान्ड्ससँगको एउटा म्याचमा साँघुरो अन्तरले पराजित भयो । यी चारवटै म्याचको प्रदर्शनमा नेपालको ब्याटिङ अब्बल स्तरको थियो ।

    अघिल्ला दुईवटा म्याचमा नेपालले दोस्रो ब्याटिङ गर्दै समान ९-९ विकेटको जित हासिल गर्यो । पछिल्ला दुई म्याचमा पहिलो ब्याटिङ गर्दै नेपालले रनको पहाड खडा गर्न सफल भयो । नेपालले प्रत्येक म्याचमा छक्काको वर्षा गरिरहेको छ । आज एउटै खेलमा नेपालले १९ छक्का प्रहार गर्यो, जुन सर्वाधिक छक्काको विश्वरेकर्डमा छैटौं धेरै हो ।

    नेपालले यो प्रतियिोगिताअघि एउटा टि-२० म्याचमा मात्रै दुई सयको आँकडा पार गरेको थियो, त्यो पनि भुटानजस्तो कमजोर टोलीविरुद्ध । तर, यही प्रतियोगितामा नेपालले दुईपटक २ सय रनको आँकडा पार गरेको छ । कुनै पनि स्तरको टि–२० क्रिकेटमा २ सयभन्दा माथिको स्कोरलाई भयानक मानिन्छ । सामान्यतया एक सय ५० स्कोर बनाउन पनि धौधौ हुने नेपालले लगालग दुई सय रन कटाउनु ब्याटिङको ‘कायाकल्प’ नै हो ।

    कसको योगदान कति ?

    नेपालका लागि ओपनर कुशल भुर्तेलले डेब्यू प्रतियोगितामा नै लगातार ३ वटा अर्धसतक प्रहार गर्दै किर्तिमान कायम गरे । उनी यो प्रतियोगितामा हालसम्मका उच्च स्कोरर हुन् ।

    कुशलको रन स्कोरिङ मात्र नभएर स्ट्राइक रेट पनि राम्रो छ । ६७ को औसत तथा १३८ भन्दा बढीको स्ट्राइक रेटमा उनको ब्याटबाट २०१ रन निस्किसकेको छ । उनले १६ छक्का र १३ चौका प्रहार गरेका छन् ।

    अर्का ओपनर आसिफ शेखले पनि एक अर्धसतकसहित ४ खेलमा १३८. रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानका सूचीमा तेस्रो स्थानमा रहेका उनले ४६ को औसत र १३४ को स्ट्राइक रेट कायम गरेका छन् ।

    ओपनर जोडीपछि शानदार फर्ममा देखिएका ब्याट्सम्यान हुन् दिपेन्द्रसिंह ऐरी । तीन म्याचमा ९९ रन जोडेका ऐरीको स्ट्राइक रेट झण्डै २०० छ भने औसत ५० को नजिक छ । विष्फोटक अन्दाजमा खेलिरहेका उनले एक अर्धसतक बनाएका छन् ।

    कप्तान ज्ञानेन्द्र मल्लले धेरै ब्याटिङको मौका नपाए पनि परिस्थिति अनुसार आक्रामक खेल्दै टिमलाई योगदान दिएका छन् । उनले ३ इनिङमा १७२ को स्ट्राइक रेट र ३७ औसत कायम गर्दै ८१ रन बटुलेका छन् ।

    आज मलेसियाविरुद्धको खेलमा नेपालका अलराउन्डर करण केसीले ब्याटिङको ‘पागलपन’ देखाए । उनी किर्तिमानी अर्धसतकको नजिक पुगेका थिए, तर ४५ रनमा आउट हुन पुगे । ४५ रन बनाउँदा ७ छक्का प्रहार गरेका करणले तीन रन मात्रै दौडिएर लिएका थिए ।

    नेपालका अन्य ब्याट्सम्यानहरुले खासै ब्याटिङको मौका पाएका छैनन् ।

    प्रशिक्षकको प्रभाव र ब्याटिङमैत्री पीच

    यो प्रतियोगिताअघि नेपालको चिन्ता भनेकै ब्याटिङ थियो । ओपनिङ कसले गर्ने भन्ने टुंगो थिएन ।

    कोरोनाका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका ब्याट्सम्यानहरु यसै पनि दवावमा थिए । नेपालको ब्याटिङका मेरुदण्ड पूर्वकप्तान पारस खड्काले म्याचको अघिल्लो दिन चोटका कारण सिरिज गुमाउन पुगे । त्यसल नेपालको मनोबल थप खस्केको थियो ।

    अन्तिम समयमा नेपालले दुई डेब्यूव्वाइ कुशल भुर्तेल र आसिफ शेखलाई ओपनरको रुपमा उतार्यो । अनुभवी ब्याट्सम्यानलाई पछाडि राखेर दुई युवालाई खुलेर पाखुरा चलाउने अख्तियारीसहित ओपनिङमा पठाउने निर्णय अन्ततः नेपालका लागि ‘मास्टरस्ट्रोक’ सावित भयो । ओपनिङ जोडीले ‘टोन सेट’ गरेपछि अरु ब्याट्सम्यानले त्यसलाई पछ्याएका छन् ।

    चारवटा म्याचमा उच्चस्तरको ब्याटिङ हेरिसकेपछि धेरैको मनमा उब्जेको प्रश्न हो नेपालको ब्याटिङमा एकाएक कसरी चमत्कारिक सुधार भयो ? यसको एउटै कारण नहुन सक्छ । नेपाली ब्याट्सम्यानको फरक माइन्ड सेट, सहज पिच, विपक्षीको मामुली बलिङका मेलजोलका रुपमा यो परिणामलाई हेर्नुपर्ने हुन्छ ।

    यसअघि नेपाली ब्याट्सम्यानहरु खुलेर सट हान्न हिच्किचाउँथे । विकेटमा टिक्ने कुरामा मात्रै उनीहरुको बढी ध्यान रहन्थ्यो । प्रशिक्षकले पनि ‘विकेट खेर नफाल्न’ बढी जोड दिने गर्थे । तर, नयाँ प्रशिक्षकका रुपमा डेव वाटमोर आएपछि ब्याटिङ रणनीति फेरिएको देखिन्छ ।

    अर्काे कारण भनेको पिच पनि हो । त्रिवि क्रिकेट मैदानको पीच आमरुपमा ब्याटिङ फ्रेन्डली नै मानिन्छ । यद्यपि, विगतमा त्यहाँको पीचले स्पिनरलाई केही सपोर्ट गथ्र्यो । तर, यस प्रतियोगितामा स्पिनरहरुले पनि मज्जाले रन खाइरहेका छन् । सन्दिप लामिछानेसमेत महंगो सावित भएका छन् । नेपालले नेदरल्यान्ड्सविरुद्ध २ सय ६ रनको स्कोर पनि रक्षा गर्न नसक्नुले पिचमा बलरहरुका लागि केही पनि छैन भन्ने मान्न सकिन्छ ।

    तेस्रो कारण भनेको विपक्षीको बलिङ पनि धारिलो देखिएको छैन । नेदरल्यान्ड्स बलियो टिम भए पनि उसको ‘स्ट्रेन्थ’ बलिङभन्दा ब्याटिङ हो । यो प्रतियोगितामा नेदरल्यान्ड्सका केही फस्र्ट च्वाइस बलरहरु अनुपस्थित छन् । त्यसको फाइदा नेपालले उठाएको छ । मलेसिया यसै पनि नेपालभन्दा कमजोर टिम हो ।

    फाइनलमा के होला ?

    नेपाल र नेदरल्यान्ड्स पर्सी फाइनल भिड्दैछन् । त्रिविको पिचले यदि यही स्वभाव देखाइरह्यो भने ‘हाइस्कोरिङ’ फाइनल हुन सक्छ ।

    फाइनलअघिको समग्र प्रदर्शन नेदरल्यान्ड्सभन्दा नेपालको राम्रो छ । तर, हेड टु हेडमा हेर्दा दुवैले एक–अर्कालाई हराएका छन् । पहिलो म्याचमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो भने अर्कोमा नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले जितेको थियो ।

    तर, यी नतिजाहरुले फाइनलमा खासै अर्थ राख्दैनन् । फाइनल जित्न फाइनलमै राम्रो खेल्नुपर्छ । मैदानमा जाँदा नेपालको मनोबल उच्च हुनेछ, तर खराब सुरुवात भयो भने तुरुन्तै दवावमा आइहाल्छ । यदि नेपालले नेदरल्यान्ड्सलाई हराएर फाइनल जित्यो भने त्यसले प्रशिक्षक वाटमोरको सुखद सुरुवात सुनिश्चित गर्ने छ ।

  • हान्न खोजेको थिएँ.. बल राम्रो आयो र कीर्तिमान बनेन : करण केसी

    हान्न खोजेको थिएँ.. बल राम्रो आयो र कीर्तिमान बनेन : करण केसी

    काठमाडौं । ‘बिग हिटर’ करण केसी अद्भुत इनिङका लागि नेपाली क्रिकेटमा प्रख्यात छन् । नेपाललाई एकदिवसीय मान्यता दिलाउँदै गर्दा नेपालका लागि गेम चेन्जर बनेका करणको शानदार इनिङ आज पनि त्रिवि क्रिकेट मैदानमा देखियो ।

    ट्राईनेसन्स टी-२० अन्तर्राष्ट्रिय सिरिजको लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो सर्वाधिक २१७ रनको योगफल तयार गर्‍यो । नेपालको यो इनिङमा सबैभन्दा धेरै व्यक्तिगत स्कोर करण कै नाममा रह्यो । १३ बलको सामना गरेका करणले १२ बलमा नै ७ छक्कासहित ४५ रन बनाइसकेका थिए । ट्वान्टी-२० मा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा छ ।

    तर, आज करणले त्रिवि क्रिकेट मैदानमा गरेको छक्काको वर्षा हेर्दै गर्दा त्यो कीर्तिमान तोडिने वा बराबरी हुने अनुमान सबैले गरे । तर, मलेसियन बलर साइद अजिजले फालेको २०औं ओभरको दोस्रो बलमा अनवार रहमानले शानदार डाइभिङ क्याच गरेसँगै करण कीर्तिमान बनाउन असफल रहे । हुनत! कीर्तिमान बनाउनबाट चुके पनि नेपाललाई शानदार २१७ रनको योगफलतर्फ डोर्‍याउन सफल भएका करणलाई आफू ब्याटिङमा जाँदा कीर्तिमानबारे थाहा थिएन ।

    ‘मलाई त थाहा थिएन । तर, बाहिरबाट एउटा छक्का अझै भनिरहेका थिए, त्यसो हुँदा मलाई महसुस भइसकेको थियो कि केही न केही कीर्तिमान पक्कै होला,’ करण भन्छन्, ‘हान्छु भनेर सोचेकै थिएँ । तर, राम्रो बल आयो ।’

    आज एउटा मौका गुमे पनि खेलिरहेसम्म यस्ता मौका फेरि पनि आउनेमा करण विश्वस्त छन् ।

    ‘आज मैले मौका गुमाएको भन्दा पनि.. जहिलेसम्म खेलिन्छ, मौका पाइन्छ । आज एउटा मौका गुम्यो,’ उनले भने, ‘भविष्यमा पक्कै लाग्छ । नराम्रो महसुस भएको छैन । राम्रै भयो । लागेको भए अझै राम्रो हुन्थ्यो ।’

    टोलीमा आफ्नो रोल नै ठूला सट गरेर खेल सकाउने रहेको र त्यसै अनुसार क्रिजमा उत्रिएको करण सुनाउँछन् ।

    ‘मेरो रोल नै हिटिङ गरेर (ठूला सट प्रहार गरेर) गेम फिनिस गर्ने हो । म आज क्रिजमा उत्रिँदा तीन ओभर बाँकी थियो,’ उनले भने ‘पहिलो बलमै बाउन्ड्री चाहिँ लिन्छु भन्ने सोचेर गएको थिएँ । त्यसपछि… कहिले काहीँ हुन्छ, लागेपछि लागेको लाग्यै नि बल ब्याटमा कनेक्ट भइरह्यो ।’

    २०० कटाउने लक्ष्य लिएर क्रिजमा उत्रिएको करणले सुनाए, ‘म क्रिजमा उत्रिँदा नेपालले १४८ रन बनाइसकेको थियो र तीन ओभर बाँकी थियो । र, मैले जसरी पनि २०० रन कटाउँछु भन्ने सोचेर गएको थिएँ ।’

    आफ्ना ठूला सट खेल्नका लागि पावर चाहिने र त्यो पावर फिजिकल फिटनेसबाट आउने करण बताउँछन्, ‘फिजिकल फिटनेसको राम्रो प्रयोग गरिरहेको छु ।’

    करणको इनिङले गद्‍गद् भएका कप्तान ज्ञानेन्द्र मल्ल पनि आज एक मौका गुमेको तर फेरि त्यो मौका आउन सक्ने बताउँछन् ।

    ‘डग आउटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमानको कुरा थियो । त्यो समयमा हामी २०० रनभन्दा माथिको योगफल तयार गर्न सक्छौं कि सक्दैनौं जस्तो भइरहेको थियो,’ कप्तान ज्ञानेन्द्र भन्छन् ।

    नेपालले लगातार विकेट गुमाइरहेका बेला करणले इनिङ सम्हालेको र नेपालले २०० रन भन्दा धेरैको योगफल तयार गर्न सफल भएको कप्तान ज्ञानेन्द्र बताउँछन् ।

    ‘ब्याक टु ब्याक एकै ओभरमा विकेट गइसकेपछि गेम स्लो हुन्छ कि जस्तो लागेको थियो । तर, करणले जसरी छक्काहरू प्रहार गरेर स्टार्ट लियो, त्यसले गर्दा हामी २०० भन्दा माथिको योगफल तयार गर्न सफल भयौं,’ उनी भन्छन्, ‘जसले अझै एउटा मनोवैज्ञानिक लक्ष्य थियो भनौं २०० रनभन्दा धेरै बनाउने । त्यो पनि मिट भयो । सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान पनि बढ्छ जस्तो लागेको थियो । तर, हार्ड लक । अर्को पटक करणले गर्न सक्छ जस्तो लाग्छ ।’

  • टी–१० क्रिकेटः गोर्खा वारियर्स र मास्टर्स–११ विजयी

    टी–१० क्रिकेटः गोर्खा वारियर्स र मास्टर्स–११ विजयी

    रुपन्देही । भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा गोर्खा वारियर्स क्रिकेट क्लब र मास्टर्स–११ विजयी भएका छन् । गोर्खा वारियर्सले बुद्ध क्रिकेट क्लबलाई ५ विकेट र मास्टर्स–११ ले डीए स्पोट्र्सलाई ५ रनले पराजित गरेको हो ।

    सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले ८ विकेटको क्षतिमा ६२ रन बनायो । उसका लागि रुपेश कुर्मीले ३२ र जयप्रकाश शर्माले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङमा गोर्खा वारियर्सका सुभाष विकले २, करण विक, शेषदत्त थारु, प्रदीप सुवेदी र सुमन पन्थीले समान १÷१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको गोर्खा वारियर्सले ७ ओभर ३ बलमा २ विकेटको क्षतिमा ६३ रन बनाउँदै जित निकाल्यो । उसका लागि महेश रानाले अविजित ३१ र राहुलले २८ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मी र सुरज गुरुङले १÷१ विकेट लिए । सुभाष विक म्यान अफ द म्याच भए ।

    दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मास्टर्स–११ ले ५ विकेटको क्षतिमा ७८ रन बनायो । उसका लागि रुपेश बास्तोलाले २७, आदित्य त्रिपाठीले १६ र सुजन मकाजुले १३ रन बनाए । बलिङमा डीए स्पोट्र्सका मुकेश प्रजापतीले २, रियाज उद्दिन खान र लक्ष्मण परियारले १÷१ विकेट लिए ।

    जवाफमा डीए स्पोट्र्सले ५ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो । उसका लागि सुजन गौतमले २२, रियाज उद्दिन खानले १४ र अभिषेक पटवाले अविजित ११ रन जोडे । बलिङमा मास्टर्स–११ का अजय यादव, सामोद पौडेल र अनिल जैसवालले १÷१ विकेट लिए । सामोद पौडेल म्यान अफ द म्याच भए ।

    शुक्रबार तिरुपति क्रिकेट क्बल र घिनाहा–११ तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र जीआर एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

     

  • डेब्यूमा कमलसिंहले लिए ३ विकेट

    डेब्यूमा कमलसिंहले लिए ३ विकेट

    काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आज डेब्यू गरेका कमलसिंह ऐरीले पहिलो खेलमै शानदार बलिङ गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा जारी ट्राई नेसन टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत बिहीबार भएको मलेसियाविरुद्धको खेलमा कमलसिंह पहिलो पटक नेपालको जर्सी लगाएर टी-२० क्रिकेट खेल्न मैदानमा उत्रिएका थिए ।

    पहिलो खेलमै शानदार बलिङ गरेका कमलले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । उनको शानदार बलिङ मद्दतमा दोस्रो इनिङमा २१८ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले १९.१ ओभरमा अल आउट गरेको थियो ।

    राष्ट्रिय प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबबाट क्रिकेट खेल्दै आएका २० वर्षीय दायाँहाते मिडियम पेसर कमलले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

    केही महिना अगाडि काठमाडौंमा नै भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका कमलले सिरिजमा आज पहिलो पटक मौका पाएका हुन् ।

  • उत्कृष्ट ब्याटिङसहित नेपालले मलेसियालाई हरायो

    उत्कृष्ट ब्याटिङसहित नेपालले मलेसियालाई हरायो

    काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत आज भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालका लागि ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे ।

    नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई २ सय १८ रनको चुनौति पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको मलेसियाले सबै विकेट गुमाएर १४८ रन मात्रै जोड्न सक्यो ।

  • १००औं टी-२० मा सन्दीपले लिए ३ विकेट

    १००औं टी-२० मा सन्दीपले लिए ३ विकेट

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो करियरको १००औं ट्वान्टी-२० खेलमा ३ विकेट लिएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध २१८ रनको योगफलको बचाउ गरिरहेको नेपालका लागि सन्दीपले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।

    इन्डियन प्रिमियर लिग (आईपीएल)बाट २०१८ मा उनले ट्वान्टी-२० क्रिकेटमा खेल्न सुरु गरेका थिए । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप त्यसपछि विश्वभरका फ्रेन्चाइज लिग खेल्दै आएका छन् ।

    ग्लोबल क्रिकेटरको रूपमा आफूलाई स्थापित गरिसकेका सन्दीपले जारी ट्राई नेसन सिरिजका चार खेलमा ११ विकेट लिइसकेका छन् । नेदरल्यान्ड्सविरुद्ध २, मलेसियाविरुद्ध २, नेदरल्यान्डविरुद्ध चार विकेट लिएका सन्दीपले आजको तीनसहित ११ विकेट लिएका हुन् ।

  • एउटै टि–२० इनिङमा नेपाली ब्याट्सम्यानले हाने १९ छक्का, विश्व रेकर्डमा छैटौं

    एउटै टि–२० इनिङमा नेपाली ब्याट्सम्यानले हाने १९ छक्का, विश्व रेकर्डमा छैटौं

    काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल र मलेसियाबीच आज जारी टि–२० म्याचमा नेपालले आक्रामक ब्याटिङका साथ १९ छक्का प्रहार गरेको छ ।

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले लगातार दोस्रो म्याचमा २०० को आँकडा कटायो । नेपालको इनिङमा कुनै पनि ब्याट्सम्यानले अर्धसतक बनाएनन् ।

    तर, सबैले खुलेर खेल्दै आ–आफ्नो तर्फबाट योगदान दिएका थिए । नेपाली ब्याट्सम्यानहरुबीच कसले धेरै छक्का हान्ने भन्ने प्रतिस्पर्धाजस्तै चलेको थियो । सबैभन्दा विष्फोटक इनिङ चाहिँ करण केसीले खेले ।

    सातौं नम्बरमा क्रिजमा करण आउँदा नेपाल ५।२ ओभरमा १४८ रनमा खेलिरहेको थियो । उनले सुरुबाटै विपक्षी बलरमाथि धावा बोल्न थाले । आफूले सामना गरेको तेस्रो बलमा पहिलो छक्का हानेका करण त्यसपछि रोकिएनन् ।

    ४५ रनको इनिङ खेल्दा उनले ३ रन मात्रै दौडेर बनाएका थिए । साथै, उनले एउटा पनि चौका हानेनन् । १७ औं ओभरमा मात्रै करणले ४ वटा छक्का हानेका थिए ।

    नेपालका अन्य ब्याट्सम्यानहरुले पनि आज छक्काको वर्षा नै गरे । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले क्रमश २ र ३ छक्का हानेका थिए । तेस्रो नम्बरमा आएका कप्तान ज्ञानेन्द्र मल्ल पनि आक्रामक अन्दाजमा देखिए ।

    उनले उनले ४ छक्का प्रहार गरे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ र कुशल मल्लले २ छक्का हानेका छन् । नेपालले चौका भने ९ वटा मात्रै हानेको थियो ।

    अन्तर्राष्ट्रिय टि–२० को रेकर्ड हेर्ने हो भने एउटै इनिङमा सर्वाधिक २२ छक्का प्रहार भएको छ । अफगानिस्तानले २०१९ मा भएको खेलमा आयरल्यान्डविरुद्ध सो रेकर्ड राखेको हो ।

    वेस्ट इन्डिज, इन्डिया र अष्ट्रेलियाले २१ छक्काको रेकर्ड राखेका छन् । त्यसपछि स्कटल्यान्डको नाममा २० छक्का छ । १९ छक्कासहित छैटौंमा रहेको नेदरल्यान्ड्ससँग नेपालले बराबरी गरेको हो ।

  • करणको विस्फोटक ब्याटिङमा मलेसियालाई २१८ रनको लक्ष्य

    करणको विस्फोटक ब्याटिङमा मलेसियालाई २१८ रनको लक्ष्य

    काठमाडौं । करण केसीको विस्फोटक ब्याटिङप्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका करणले १२ बलमा ७ छक्कासहित ४५ रन बनाएर १३औं बलमा अनवार रहमानको हातबाट क्याच आउट भए ।

    त्यसअघि, ओपनिङमा आएका कुशल भूर्तेल १६ रन बनाएर पेभेलियन फर्किँदा अर्का ओपनर आशिफ शेखले कप्तान ज्ञानेन्द्र मल्लसँग ७३ रनको साझेदारी गर्दै ४२ रनको इनिङ खेले ।

    उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, वान् डाउनमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले २५ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको योगदान गरे ।

    उपकप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा ५ चौका र १ छक्कासहित ३३ बनाएर आउट हुँदा तथा कुशल मल्ल १९ रन बनाएर अविजित रहे ।

    मलेसियाका लागि फित्री शाम, अनवार रहमान र साइद अजिजले २/२ तथा मुहम्मद वाफिकले १ विकेट लिए ।

    सुरुआती तीनमध्ये दुई खेलमा जित निकालेको नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ । त्यस्तै सुरुआती तीन खेलबाट ५ अंक जोडेको नेदरल्यान्ड पनि फाइनलमा पुगिसकेको छ भने मलेसिया बाहिरिसकेको छ ।

  • मलेसियाविरुद्ध ७ छक्कासहित करण केसीको विष्फोटक ब्याटिङ, अर्धसतकबाट चुके

    मलेसियाविरुद्ध ७ छक्कासहित करण केसीको विष्फोटक ब्याटिङ, अर्धसतकबाट चुके

    काठमाडौं । मलेसियाविरुद्ध जारी टि–२० खेलमा नेपालका अलराउन्डर करण केसीले विष्फोटक ब्याटिङ गरेका छन् । उनी केवल १३ बलमा ले केवल ४५ रन बनाएर आउट भए ।

    सातौं नम्बरमा क्रिजमा आएका करणले सुरुदेखि नै छक्काको वर्ष गरेका थिए । आफ्नो इनिङमा उनले ७ छक्का प्रहार गरेका छन् । आठौं छक्का हान्ने प्रयास गर्दा उनी क्याच आउट भएका थिए । उनको विष्फोटक इनिङको मद्दतले नेपालले २०० को आँकडा पार गरेको छ ।

  • नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

    नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

    काठमाडौं । नेपाल र मलेसियाबीच जारी टि–२० मा नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको । उच्च फर्ममा रहेका भुर्तेल १६ रन बनाएर आउट भए ।

    कुशलले यसअघि लगातार तीन म्याचमा अर्धसतक बनाएका थिए । चौंथो म्याचमा पनि राम्रो लक्षण देखाए उनलाई मलेसियाका मुहम्मद वाफिकले पेभिलियनको बाटो देखाएका हुन् । १२ बल खेलेका कुशलले लगातार दुई छक्का प्रहार गरेका थिए ।

    अहिले नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेख क्रिजमा छन् । यो समाचार लेख्दासम्म नेपालले ५ ओभरमा १ विकेटको क्षतिमा ४४ रन बनाएको छ । ओपनर आसिफ १४ बलमा १ छक्का र २ चौकासहित १७ रन बनाएर खेलिरहेका छन् ।

  • लिग चरणको अन्तिम खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

    लिग चरणको अन्तिम खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको समूह चरणको अन्तिम खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा प्रतियोगिताबाट बाहिरिसकेको मलेसियाका कप्तान अहमद फैजले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    सुरुआती तीन खेलमा जितविहीन मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ भने नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगिसकेका छन् ।

    एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । यसै प्रतियोगिताबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका साहब आलमको स्थानमा सुशन भारीले मौका पाएका छन् भने अविनाश बोहराको स्थानमा कमलसिंह ऐरीले मौका पाएका छन् ।

  • काडिजलाई हराएपछि रियल मड्रिडद्वारा ला-लिगाकाे शीर्ष स्थानमा अंक बराबर

    काडिजलाई हराएपछि रियल मड्रिडद्वारा ला-लिगाकाे शीर्ष स्थानमा अंक बराबर

    एजेन्सी । काडिजलाई उसकै मैदानमा ३–० गोलअन्तरले पराजित गरेसँगै यिल मड्रिडले स्पेनिस लालिगाको शीर्ष स्थानमा एट्लेटिको मड्रिडसँग अंक बराबर गरेको छ ।

    घोषणा भएलगत्तै सर्बत्र आलोचना भएपछि युरोपियन सुपर लिगबाट पछि हटेलगत्तै यो जित निस्किएको हो । काडिजबिरुद्ध खेल्दै गर्दा ठूलो मात्रामा समर्थकहरु रंगशालाबाहिर सुपर लिगको विरोध गर्न भेला भएका थिए । रंगशालाभित्र घरेलु टोली काडिजले प्रेरणादायी प्रदर्शन गरे पनि पहिलो हाफको ३ गोलले रियल सहजै विजयी भयो ।

    रियलले १३ मिनेटको अन्तरमा ३ गोल गर्दा करिम बेन्जेमाले २ गोल गरे । ला लिगामा जारी सिजन व्यक्तिगत गोलसंख्या २१ पु¥याएका बेन्जेमाले पहिलो गोल ३० औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । ३३ औं मिनेटमा ओड्रियोजोला र ४० औं मिनेटमा बेन्जेमा आफैंले गोल गरेका हुन् ।

    जितपछि ३२ खेलबाट रियलको ७० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको पनि ७० अंक नै छ । दुई खेल कम खेलेको चौथौ स्थानको बार्सिलोनाको ६५ अंक छ । सेभिया तेस्रो स्थानमा छ । उसले ३२ खेलबाट ६७ अंक जोडेको छ ।

  • कोरोना जोखिम बढेपछि पोखरा रंगशाला बैशाख मसान्तसम्मका लागि बन्द

    कोरोना जोखिम बढेपछि पोखरा रंगशाला बैशाख मसान्तसम्मका लागि बन्द

    पोखरा । कोरोना जोखिम बढेपछि पोखरा रंगशाला बैशाख मसान्तसम्मका लागि बन्द भएकाे छ । कोरोनाको दोस्रो लहरको जोखिम बढेको भन्दै पोखरा रंगशालाले बैशाख मसान्तसम्मका लागि सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।

    रंगशालामा हुने हरेक किसिमका खेलकुद प्रशिक्षण, सभा तथा प्रतियोगिता बिहीबारबाट लागू हुने गरी बन्द गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख प्रकाश बरालले जानकारी दिए । बैशाख मसान्तसम्म सर्वसाधारणलाई समेत रंगशालामा प्रवेश निषेध गरिएको छ ।

    तर, रंगशाला पूनर्निमाण कार्य जारी रहेकाले सम्बन्धित कर्मचारी र कामदार भने सुरक्षाको मापदण्ड अपनाएर प्रवेश गर्न पाउने बरालले बताए । कास्कीमा बुधबार एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २ जनाको मृत्यु भएको थियो । नेपाल सरकारले नै कास्कीलाई कोरोना अतिप्रभावित जिल्ला घोषणा गर्दै विद्यालयलगायत भिडभाड हुने सबै संस्था, व्यवसाय बन्द गर्न निर्देशन दिइसकेको छ ।

  • नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेले, डच टोलीले नेपालसँग फाइनल खेल्ने

    नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेले, डच टोलीले नेपालसँग फाइनल खेल्ने

    काठमाडौं । वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी खेलेसँगै नेपाल र नेदरल्यान्ड्स ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पुगेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेल वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १०७ रनको योगफल तयार गरेको थियो ।

    तर, मलेसियाको इनिङमा पुन: पानी परेपछि खेल १० ओभरमा घटेर ९२ रनको लक्ष्य निर्धारण गरिएको थियो । मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी भयो ।

    वर्षाका कारण ‘कट अफ् टाइम’ अवधि सकिइसकेकाले अम्पायरले सुपर ओभरमा नजाने निर्णय गरे ।

    बराबरीपछि नेपाल एक खेल अगावै फाइनलमा पुगेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ४ अंक छ । मलेसियाको एक अंक मात्र छ । भोलि हुने मलेसिया र नेपालबीचको खेलको नतिजा जे भए पनि त्यसले फाइनलको समीकरणमा कुनै असर पार्दैन ।

    बेन कुपरले नेदरल्यान्ड्सका लागि ३२ बलमा ५४ रनको इनिङ खेलेका थिए । त्यस्तै कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा अन्य ब्याट्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १/१ विकेट लिए ।

    जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि साइद अजिजले ३०, अनवार अरुद्धिनले २३, विरनदिप सिंहले १४ रनको योगदान गरेका थिए ।

    नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राट र बस दी लिड र विवियान किङ्माले १/१ विकेट लिए ।

  • ७ ओभर घटाइएको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई दियो १०८ रनको लक्ष्य

    ७ ओभर घटाइएको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई दियो १०८ रनको लक्ष्य

    काठमाडौं । बेन कुपरको अविजित अर्धशतकप्रेरित नेदरल्यान्ड्सले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा १३ ओभरमा घटाइएको खेलमा मलेसियालाई १०८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि १ घण्टाभन्दा धेरै समय रोकिएको खेलमा ४ विकेट गुमाएर मलेसियाले १०७ रनको योगफल तयार गर्‍यो । जसको फलस्वरूप १३ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्का लागि वान् डाउनमा ब्याटिङ गर्न आएका कुपरले ३२ बलमा ७ चौका र २ छक्कासहित अविजित ५४ रनको इनिङ खेले ।

    त्यस्तै, कप्तान पिटर सिलारले ३१ बलमा ५ चौकासहित ३७ रन जोड्दा अन्य ब्याट्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १/१ विकेट लिए ।

  • वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल १३ ओभरमा घटाइयो

    वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल १३ ओभरमा घटाइयो

    काठमाडौं । वर्षाले प्रभावित बनेको ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजिमा मलेसिया र नेदरल्यान्ड्सबीचको खेल १३ ओभरमा घटाइएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १०.२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएपछि वर्षा सुरु भएको थियो ।

    वर्षाका कारण १ घण्टा भन्दा धेरै रोकिएको खेल पुन: सुरु भएको छ । नेदरल्यान्ड्सका लागि बेन कुपर २५ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा कप्तान पिटर सिलार २७ बलमा ३ चौकासहित २९ रन बनाएर खेलिरहेका छन् ।

    त्यसअघि, ओपनरद्वय विक्रामजित सिंह १ र टोभिएस भिसे शून्यमा पेभेलियन फर्केका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका बस दी लिड शून्यमा पेभेलियन फर्केका थिए ।

    मलेसियाका लागि मुहम्मद वाफिकले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए भने पवनद्वीप सिंहले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।

  • तीन अर्धशतकपछि टी-२० वरियतामा कुशलको इन्ट्री

    तीन अर्धशतकपछि टी-२० वरियतामा कुशलको इन्ट्री

    काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० करिअरमा मात्र ३ वटा म्याच खेलेका नेपाली ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको वरियतामा परेका छन् ।

    आईसीसीले आज प्रकाशित गरेको १०० सर्वोत्कृष्ट टी-२० ब्याट्सम्यानको सूचीमा कुशलको इन्ट्री भएको हो  ।वरियतासूचीमा कुशल ९३ औं स्थानमा छन् । उनीबाहेक नेपालका पूर्वकप्तान पारस खड्का सूचीमा ८३ औं स्थानमा छन् ।

    कुशलले हाल जारी रहेको त्रिकोणात्मक टी-२० सिरिजमा लगातार ३ अर्धशतक प्रहार गरेका थिए ।

    पारस खड्का १० स्थान तल झरेर ८३ मा पुग्दा सन्दीप लामिछाने बलिङतर्फ ७ स्थान सुधार गरेर ७७ मा उक्लेका छन् ।

  • वर्षाका कारण रोकियो नेदरल्यान्ड्स र मलेसियाबीचको खेल

    वर्षाका कारण रोकियो नेदरल्यान्ड्स र मलेसियाबीचको खेल

    काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजिमा मलेसिया र नेदरल्यान्ड्सबीच जारी खेल वर्षाका कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १०.२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएको छ ।

    नेदरल्यान्ड्सका लागि बेन कुपर २५ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा कप्तान पिटर सिलार २७ बलमा ३ चौकासहित २९ रन बनाएर खेलिरहेका छन् ।

    त्यसअघि, ओपनरद्वय विक्रामजित सिंह १ र टोभिएस भिसे शून्यमा पेभेलियन फर्केका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका बस दी लिड शून्यमा पेभेलियन फर्केका थिए ।

    मलेसियाका लागि मुहम्मद वाफिकले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए भने पवनद्वीप सिंहले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।

  • कोरोना भाइरसका कारण उत्तराखण्ड महिला टीमको नेपाल भ्रमण स्थगित

    कोरोना भाइरसका कारण उत्तराखण्ड महिला टीमको नेपाल भ्रमण स्थगित

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र उत्तराखण्ड महिला क्रिकेट टीमबीच हुने ट्वान्टी -२० र एकदिवसीय सिरिज स्थगित भएको छ ।

    बढ्दो कोभिड १९ को असरको कारण देखाउँदै बीसीसीआई र राज्य सरकारले नेपाल भ्रमणको अनुमति नदिएकाले उत्तराखण्डको क्रिकेट एसोसिएसनले जनाएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

    पछिल्लो समय भारतमा दैनिक ३-४ लाखको संख्यामा कोरोना भाइरसका संक्रमित थपिन थालेका छन् भने नेपालमा पनि संक्रमितको संख्या उल्लेख्य रूपमा बढिरहेको छ । जसको फलस्वरूप अहिले कीर्तिपुरमा जारी ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि क्लोज डोरमा भइरहेको छ ।

  • नेदरल्यान्ड्सविरुद्ध मलेसियाले टस जितेर फिल्डिङ रोज्यो

    नेदरल्यान्ड्सविरुद्ध मलेसियाले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेशका लागि झिनो आशा जिवितै राख्न आजको खेलमा जित्नै पर्ने दबाबमा रहेको मलेसियाले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

    सुरुआती दुई खेलमा पराजित भएको मलेसियाले तालिकाको पुछारमा छ । अर्कातिर दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नेदरल्यान्ड्स भने आजको खेलमा जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

  • इंग्ल्याण्डका सबै क्लबले विवादित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए

    इंग्ल्याण्डका सबै क्लबले विवादित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए

    एजेन्सी । समर्थकमाझ नै चर्को विरोध हुन थालेपछि प्रस्तावित युरोपियन सुपर लिगमा सहभागिता निश्चित गरेका इंग्लिस प्रिमियर लिगका ६ वटा क्लबले आफ्नो नाम फिर्ता लिएका छन् ।

    चेल्सीले नाम फिर्ता लिनका लागि आवश्यक कागजी प्रक्रिया सुरु गरेको संकेत दिएलगत्तै म्यानचेस्टर सिटीले पहिलोपल्ट प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । त्यसबाहेक आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनह्यामले पनि क्रमुसः प्रिमियर लिगलाई नै सर्वेसर्वा मान्ने निर्णय गरे ।

    आइतबार युरोपका १२ टोलीहरुबीचको सुपर लिग प्रतियोगिता आयोजना हुने घोषणा भएलगत्तै विश्वभरबाट सहभागी क्लबका समर्थहरुले विरोध गरिरहेका छन् भने युरोपेली फुटबल महासंघ र फिफाले समेत कटाक्ष गर्दै आएको छ ।

  • नेपालकी ‘जलपरी’ गौरिका एसियाका ३० प्रतिभाको सूचीमा

    नेपालकी ‘जलपरी’ गौरिका एसियाका ३० प्रतिभाको सूचीमा

    काठमाडौं । ३० वर्ष मुनिका एसियाली महादेशका सर्वोत्कृष्ट ३० बिलक्षण प्रतिभावान किशोरीको फोर्ब्स सूचीमा नेपाली पौडीबाज गौरीका सिंह सूचीकृत भएकी छिन् ।

    कोरोनाभाइरस महामारीको मध्यमा पनि आशावादी र प्रेरणाका स्रोत बनेको भन्दै म्यागजिनले सूची तयार पारेको हो । २,५०० जनाको मनोनयन मध्येबाट उत्कृष्ट ३० छानिएको फोर्ब्सले जनाएको छ ।

    फोर्ब्स म्यागजिनका संवाददाताहरु, अग्रणी निर्णायकहरुको समूहले आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिएको, समर्पित र कठिन मिहेनत गरेबापत ती नामहरु छनौट गरेको जनाएको छ ।

    १८ वर्षिया सिंहले ९ वर्षको उमेरदेखि पौडन थालेको र १२ वर्षको उमेरमा देशका लागि अन्तर्राष्ट्रिय खेलमा सहभागि भएको फोर्ब्सले जनाएको छ ।

    सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, दुई रजत र तीन काँस्य जितेको समेत उल्लेख छ । खेलकुदसँगै सामाजिक च्यारिटी अभियानमा उनी सहभागि भएको जनाइएको छ ।

  • सनसनीपूर्ण प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग पराजित

    सनसनीपूर्ण प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग पराजित

    काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा त्रिवि क्रिकेट मैदानमा बनेको सर्वाधिक २०७ रनको योगफल बचाउन नसक्दा ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा  नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ ।

    टस जितेर ब्याटिङ रोजेको नेपालले २०६ रनको विशाल योगफल तयार गरेको नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको नेदरल्यान्डका लागि बस दी लिडले ४१ बलमा ६ चौका ५ छक्कासहित ८१ रनको अविजित इनिङ खेले ।

    त्यस्तै, बेन कुपरले ३५ बलमा १० चौकासहित ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए । सम्हालिएर ब्याटिङ गरेको नेदरल्यान्ड्सविरुद्ध महंगा साबित भएका सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए ।

    यसअघि, कुशल भूर्तेलको कीर्तिमानी अर्धशतकप्रेरित नेपालले ट्राई ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको थियो । ब्याटिङ रोजेको नेपालका लागि उत्कृष्ट फर्ममा रहेका कुशलले आक्रामक ब्याटिङ गर्दै लगातार तेस्रो खेलमा अर्धशतक बनाए ।

    सिरिजमा जमेको ‌ओपनरद्वय आशिफ शेख र कुशलको साझेदारी सुरुआती दुई खेलमा जस्तो आज चल्न सकेको थिएन । शून्यमा अर्का ओपनर आशिफलाई गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले कुशलसँग ७८ रनको साझेदारी गरेका थिए ।

    आशिफको कमी महसुस हुन नदिएका दीपेन्द्रले पनि ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३० बलमा ३ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए ।

    यसअघिका दुई खेलमा (नेदरल्यान्ड्सँग ६१, मलेसियासँग ६१) अर्धशतक बनाएका कुशलले ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रनको इनिङ खेले । त्यस्तै, कुशल मल्लले ७ बलमा ३ छक्कासहित १८ तथा सोमपाल कामीले १३ रनको योगदान गरे ।

    त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २ चौका र १ छक्कासहित २० रन बनाएर पेभेलियन फर्केका थिए । विकेटकिपर ब्याट्सम्यान ७ र सोमपाल कामी २१ रनमा अविजित रहे ।

    नेदरल्यान्ड्सका लागि भिभियान किङ्मा र कप्तान पिटर सिलाले २/२ तथा बस दी लिड र आर्यन डटले १/१ विकेट लिए । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा पहिलो हार हो ।

  • नेपालविरुद्ध नेदरल्यान्डसका लिडले पूरा गरे अर्धशतक

    नेपालविरुद्ध नेदरल्यान्डसका लिडले पूरा गरे अर्धशतक

    काठमाडौं । नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका लागि बस डी लिडले अर्धशतक पूरा गरेका छन् ।

    डच टीमका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका लिडले ३३ बलमा ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरे ।

    यसअघि बेन कुपर अर्धशतक बनाएर पेभेलियन फर्केका थिए । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका लागि वान् डाउनमा ब्याटिङ गर्न आएका कुपरले ३५ बलमा १० चौकासहित ५५ रनको महत्त्वपूर्ण इनिङ खेले ।

    १६ ओभरको समाप्तिमा नेदरल्यान्ड्स १५४/४ को अवस्थामा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सलाई जितका लागि २३ बलमा ५२ रन आवश्यक छ ।