Category: खेल प्रेस

  • जापानका युटोले ओलम्पिकमा ‘स्ट्रिट-स्केटबोर्डिङ’ को पहिलो स्वर्ण जिते

    जापानका युटोले ओलम्पिकमा ‘स्ट्रिट-स्केटबोर्डिङ’ को पहिलो स्वर्ण जिते

    काठमाडौं । टोकियो ओलम्पिकमा पहिलोपटक राखिएको स्ट्रिट स्केटबोर्डिङको पहिलो स्वर्ण जापानका होरिगोमे युटोले जितेका छन् ।

    आइतबार बिहान आरिाआके अर्बान स्पोर्ट्स पार्कमा भएको प्रतिस्पर्धामा युटोले ३७.१८ स्कोरसहित ऐतिहासिक स्वर्ण चुमेका हुन् । ब्राजिलका केल्भिन होफ्लरले ३६.१५ सहित रजत र ३५.३५ स्कोर ल्याउँदै कास्य पदक जिते ।

    स्केटबोर्डिङ अन्य चार नयाँ खेलसँगै पहिलो पटक जारी ओलम्पिकमा समेटिएको खेल हो । सर्फिङ, स्पोर्ट क्लाइम्बिङ र करातेसँगै बेसबल पनि यो वर्ष ओलम्पिकमा नयाँ खेल हुन् ।

  • टोकियो ओलम्पिक- ट्युनिसियाका १८ वर्षीय अहमदले जिते स्वर्ण

    टोकियो ओलम्पिक- ट्युनिसियाका १८ वर्षीय अहमदले जिते स्वर्ण

    काठमाडौं । ट्युनिसियाका १८ वर्षीय अहमद हफ्नाउलले ४०० मिटर फ्रि-स्टाइलमा स्वर्ण जित्दै विश्वलाई चकित बनाएका छन् । तीन वर्षअघि २०१८ मा अर्जेन्टिनामा भएको युथ ओलम्पिक गेममा आठौं स्थानमा सीमित भएका अहमदले ०.१६ सकेन्डले स्वर्ण पदक जितेका हुन् ।

    उनले अस्ट्रेलियन स्वीमर ज्याक म्याकलोघ्लिनलाई पछाडि पार्दै स्वर्ण खोस्दा कास्य अमेरिकी खेलाडी केइरन स्मिथको नाममा रह्यो ।

    २०१२ ओलम्पिकपछि ट्युनिसियाका लागि पहिलो स्वर्ण जितेका अहमदले ३ मिनेट ४३.३६ सेकेण्डमा दूरी पूरा गरेका थिए । उनी ट्युनिसियाबाट स्वर्ण पदक जित्ने पाँचौं खेलाडी बनेका छन् ।

    अहमदका बुबा मोहमद ट्युनिसियाली राष्ट्रिय बास्केटबल टोलीका सदस्य थिए ।

  • टोकियो ओलम्पिकमा अमेरिकाले खोल्यो स्वर्णको खाता

    टोकियो ओलम्पिकमा अमेरिकाले खोल्यो स्वर्णको खाता

    काठमाडौं । अमेरिकाले टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण स्वीमिङमा जितेको छ । शुक्रबारदेखि जापानमा जारी ओलम्पिकको तेस्रो दिन अमेरिकी पौडीवाज चेस कालिसले अमेरिकाको स्वर्ण पदकमा खाता खोलेका हुन् ।

    आइतबार बिहान भएको पुरुष ४ सय मिटर इन्डिभिजुअल मिड्लेमा कालिसले स्वर्ण जिते । निर्धारित ४ सय मिटरको दूरी कालिसले ०९.४२ सेकेन्डमा पार गरेका थिए ।

    अमेरिकाकै जे लिथरल्यान्डले रजत तथा अस्ट्रेलियाका स्मिथ ब्रेन्डनले कास्य पदक जिते । यसअघि ब्राजिलमा भएको रियो ओलम्पिकमा अमेरिकाले ४६ स्वर्ण पदक जितेको थियो ।

  • टोकियो ओलम्पिकमा आइतबार १८ स्वर्णको छिनोफानो हुँदै

    टोकियो ओलम्पिकमा आइतबार १८ स्वर्णको छिनोफानो हुँदै

    एजेन्सी । शुक्रबार उद्घाटन भए पनि शनिबारदेखि पदक निर्क्याेल हुने प्रतिस्पर्धा सुरु भएको टोकियो ग्रिष्मकालीन ओलम्पिक्समा आज आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

    आज १० खेलको केहि स्पर्धामा स्वर्णको छिनोफानो भए पनि २८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

    आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, शुटिङ, स्केटबोर्डिङ, पौडी, तेक्वान्दो र भारोत्तोलनका केहि इभेन्ट गरी १८ स्वर्णको आज छिनोफानो हुन लागेको हो ।

    यसबाहेक फुटबल, भलिबल, बक्सिङलगायतका खेलहरुको सुरुआती वा समूह चरणमा प्रतिस्पर्धा भइरहेको छ ।

    यसअघि पूर्ण प्रतिस्पर्धाको पहिलो दिन शनिबार ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । जसमा ३ स्वर्ण जितेको चीन अग्रपंत्तिमा छ । चीनले टोकियो ओलम्पिककै सुरुआती दुई स्वर्ण जितेको हो ।

    चीनसँगै आयोजक जापान, इटली, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले १/१ स्वर्ण जितेका छन् ।

     

  • आजको ओलम्पिक पदक तालिका : दुई स्वर्ण र एक काँस्यसहित चीन शीर्षस्थानमा

    आजको ओलम्पिक पदक तालिका : दुई स्वर्ण र एक काँस्यसहित चीन शीर्षस्थानमा

    काठमाडौं । टोकियो ओलम्पिकमा शनिबार बेलुकासम्म दुई स्वर्ण र एक काँस्यसहित चीन पदक तालिकाको अग्रस्थानमा छ ।

    आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ । इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् ।

    बेल्जियम, चिनियाँ ताइपेइ, भारत, नेदरल्यान्ड्स, रुसी ओलम्पिक समिति र सर्बिया सातौं स्थानमा छन् ।

  • प्रधानमन्त्री देउवाद्वारा ओलम्पिकमा सहभागि नेपाली खेलाडीलाई शुभकामना

    प्रधानमन्त्री देउवाद्वारा ओलम्पिकमा सहभागि नेपाली खेलाडीलाई शुभकामना

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियोमा सुरु भएको ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगितामा सहभागि नेपाली खेलाडीहरुलाई शुभकामना दिएका छन् ।

    सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत देउवाले व्यक्तिगत तथा सिंगो देशको तर्फबाट शुभेच्छा व्यक्त गरेको उल्लेख गरेका छन् ।

    जारी ओलम्पिकमा ५ जना नेपाली खेलाडी सहभागि भएका छन् । तीमध्ये दुईजना शनिबार बाहिरिएका छन् भने थप तीनजनाले प्रतिस्पर्धा गर्दैछन् ।

  • चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

    चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

    टोकियो । टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।

    सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक हात पारे । स्वर्ण जित्ने क्रममा याङले ओलम्पिकको २५१‍.८ अंकसहित ओलम्पिकको नयाँ कीर्तिमानसमेत राखेकी छन् ।

  • टोकियाे ओलम्पिक: जुडोकी सोनिया पहिलो खेलमै पराजित

    टोकियाे ओलम्पिक: जुडोकी सोनिया पहिलो खेलमै पराजित

    काठमाडौं । जारी टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् ।

    आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

    महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

    जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् ।

    ३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

  • टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

    टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

    काठमाडौं । टोकियो ओलम्पिकमा सुटिङ खेलकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले कीर्तिमान कायम गरेकी हुन् ।

    १३ औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

    ५० प्रतिस्पर्धी सहभागी इभेन्टमा कल्पनाले ४६ औं स्थान हासिल गरेकी हुन् ।

    जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् ।

    ३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

    यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।

  • टोकियो ओलम्पिकमा आजदेखि नेपालको खेल, सुटिङकी कल्पना र जुडोकी सोनियाले प्रतिस्पर्धा गर्दै

    टोकियो ओलम्पिकमा आजदेखि नेपालको खेल, सुटिङकी कल्पना र जुडोकी सोनियाले प्रतिस्पर्धा गर्दै

    काठमाण्डौ । जारी टोकियो ओलम्पिकका प्रतिस्पर्धामा आजदेखि नेपाल पनि सहभागी हुँदैछ । आजको सुटिङ खेलमा कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । त्यस्तै जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्दैछिन् ।

    जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् ।

    ३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

    यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।

  • गौरिक सिंह भन्छिन् : ओलम्पिकका लागि सक्दो तयारी गरेकी छु

    गौरिक सिंह भन्छिन् : ओलम्पिकका लागि सक्दो तयारी गरेकी छु

    काठमाडौं । टोकियोमा आयोजित ओलम्पिक प्रतियोगितामा भाग लिइरहेकी नेपालकी पौडीबाज गौरिका सिंहले आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस गरेको बताएकी छन् । प्रतियोगिताका लागि सक्दो तयारी गरेको उनको भनाइ छ ।

    प्रतियोगिताको उद्घाटन समारोह सुरु हुनुअघि गौरिकाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सबैलाई मायाँ र समर्थनका लागि धन्यवादसमेत दिएकी छन् ।

    उनले लेखेकी छन्, ‘मैले यो क्षणका लागि आफूले सक्दो प्रयास र तालीम गरेकी छु । टोकियो ओलम्पिक्स आशा, एकता र अठोटको बिम्ब हो । अघिल्लो वर्ष निकै चुनौतिपूर्ण थियो, तर यहाँसम्म आइपुग्दा धेरै गौरवान्वित छु ।’

    उद्घाटन समारोहमा भएको मार्चपासमा गौरिकाले नेपाली टिमको नेतृत्व गरेकी थिइन् । उनले अर्का पौडी खेलाडी एलेक्स शाहसँग मिलेर अग्रपंतिमा रही नेपालको झण्डा बोकेका थिए ।

  • टोकियो ओलम्पिक : गौरिकाको नेतृत्वमा नेपालको मार्चपास

    टोकियो ओलम्पिक : गौरिकाको नेतृत्वमा नेपालको मार्चपास

    काठमाडौं । जापानको राजधानी टोकियोमा आजबाट ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता औपचारिकरुपमा सुरु भएको छ । अहिले जारी उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी छन् ।

    ३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । आज औपचारिक उद्घाटन भएको हो । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

    यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।

    उद्घाटन समारोहका क्रममा भएको मार्चपासमा गौरिका र एलेक्सले अग्रपंतिमा रहेर नेपालको झण्डा बोकेका थिए ।

  • टोकियो ओलम्पिककाे भव्य उद्घाटन, ११ हजार खेलाडीकाे कुम्भमेला  (तस्विरहरु)

    टोकियो ओलम्पिककाे भव्य उद्घाटन, ११ हजार खेलाडीकाे कुम्भमेला (तस्विरहरु)

    टोकियो । जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।

    अहिले ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

    जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित सुरु भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी पनि प्रस्तुत गरिएको छ । भाइरस महामारीको कारण यसपटक दर्शकबिनै ओलम्पिकको उद्घाटन गरिएको हो । खेल चलिरहँदा पनि दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाइने भएको छ ।

    ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना सहभागि छन् । पौडिकी गौरिका सिंहले दोस्रोपटक खेल्दैछिन् । गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि टोकियोमा छिन् । जुडोकी भट्टले रुसकी डोल्गोभा इरिनासँग शनिबार प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

    
    
      
  • सन्दीपको भिसा प्रकरणः नेपाली स्टारमाथि ईसीबीको हेपाहा व्यवहार, क्यानको मौनता

    सन्दीपको भिसा प्रकरणः नेपाली स्टारमाथि ईसीबीको हेपाहा व्यवहार, क्यानको मौनता

    काठमाडौं । ईंग्ल्यान्डमा टी-२० लिग खेल्न गएका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्यहाँको क्रिकेट बोर्डबाट अपमानित हुँदै स्वदेश फर्किएका छन् । सन्दीपका अनुसार ईंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले उनको भिसालाई ‘अवैध’ मान्दै स्वदेश फर्किहाल्न भनेको थियो ।

    उनको भिसा के कारणले अवैध भयो भन्ने प्रष्ट जवाफ ईसीबीले दिएको छैन । दर्जनौं देशहरूमा गएर टी-२० लिग खेलिसकेका नेपाली स्टार ईसीबीको यो व्यवहारले दु:खी भएका छन् । उनले ईसीबीसँग जवाफ मागिरहेका छन्, तर पाएका छैनन् । यता, नेपालको क्रिकेट संघ भने स्वदेशी खेलाडीमाथि हेपाहा व्यवहार हुँदा मौनता साँधेर बसिरहेको छ ।

    सन्दीपले फेसबुकमा यस्तो लेखेका थिए, ‘म जुलाइ ९ मा युके आउँदा अध्यागमनमा केही पनि समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । मेरो १० दिनको क्वारेन्टाइन सकिनुभन्दा दुई दिनअघि जुलाइ १९ मा मलाई ईसीबीले भन्यो कि मेरो भिसा वैध छैन र मैले चाँडोभन्दा चाँडो देश छोड्नुपर्ने छ । म के गलत भयो भनेर सोधिरहेको छु, तर ईसीबीका कसैसँग पनि सही जवाफ छैन । कम्तीमा मेरो भिसा के कारणले वैध भएन भन्ने स्पष्ट जवाफ पाउने हक म राख्छु ।’

    सन्दीपले यस्तो लेखेपछि पनि ईसीबीले आधिकारिकरूपमा उनलाई कुनै जवाफ दिएन । त्यसपछि सन्दीप चुपचाप स्वदेश फर्किन वाध्य भए ।

    क्रिकेटसम्वन्धी चर्चित वेबसाइट क्रिकइन्फो डटकमले सन्दीपसँग भिसा भए पनि त्यसले हन्ड्रेडमा खेल्न अनुमति नदिने बुझिएको जनाएको छ ।

    समाचारमा भनिएको छ, ‘यो बुझिएको छ कि लामिछाने वैध भिसामार्फत बेलायत प्रवेश गर्न सफल भएका थिए, तर त्यसले उनलाई द हन्ड्रेडमा खेल्न अनुमति दिन्थेन ।’

    अन्तर्राष्ट्रिस्तरमा नै चर्चित टी-२० प्लेयर सन्दीप लामिछानेलाई पछिल्लो समय एकपछि अर्को धक्का लागिरहेको छ । विश्वकै सर्वाधिक ठूलो टी-२० लिग आइपीएलमा उनी यसपाली मिस भए । दिल्ली क्यापिटल्सले रिलिज गरेपछि उनलाई अर्को फ्रेन्चाइजले खरिद गरेन ।

    समाचारमा जनाइएअनुसार सन्दीपले समस्या समाधानका लागि ईसीबीसँग पहल गरेका थिए, तर उनलाई भनियो कि यस प्रतियोगितामा खेल्नका लागि फेरि आवेदन गर्न उनीसँग पर्याप्त समय छैन ।

    ईसीबीका एक बेनामी प्रवक्तालाई उद्धृत गर्दै क्रिकइन्फोनले लेखेको छ, ‘भिसा समस्याका कारण सन्दीपले ‘हन्ड्रेड’ को पहिलो संस्करण खेल्न नसकेकोमा हामी वास्तवमै दु:खी छौं । हामीलाई आशा छ क्रिकेट फ्यानहरूले भविष्यमा यस प्रतियोगितामा उनलाई देख्न सक्नेछन् ।’

    तर, सन्दीपले यसअघि पनि ईंग्ल्यान्डमा टायर फाइभ भिसा लिएर नै क्रिकेट खेल्ने गरेको उनका म्यानेजर रमण सिवकोटी बताउँछन् । यसपाली के कारणले समस्या देखाइएको हो भन्ने प्रष्ट नभएको उनको भनाइ छ ।

    ‘त्यहाँ खेल्ने त टायर फाइभ भिसाले नै हो । तर, उहाँले दुईवटा प्रतियोगिता (भाइटालिटी ब्लास्ट र द हन्ड्रेड) खेल्नुपर्ने थियो । पहिलो प्रतियोगिताका लागि पाएको स्पोन्सरसीप दोस्रो प्रतियोगितामा स्वीकार नगरिएको हो कि भन्ने अनुमान छ । तर, स्पष्ट कारण भनिएको छैन,’ उनले भने ।

    यदि ईसीबीले भनेअनुसार सन्दीपको भिसा नै वैध थिएन भने उनलाई किन बेलायतमा प्रवेश दिइयो भन्ने प्रश्न उठ्छ । यदि टायर फाइभ भिसाबाट खेल्न पाउँथेनन् भने ८ दिनसम्म किन अरु विदेशी खेलाडीसँगै सरकारी क्वारेन्टाइनमा राखियो भन्ने प्रश्न उठ्छ । सन्दीप यिनै प्रश्नको जवाफ खोजिरहेका छन् ।

    सन्दीपले ईंग्ल्यान्डमा अघिपछि आयोजना हुने दुई टी-२० लिग ‘भाइटालिटी ब्लास्ट’ र ‘द हन्ड्रेड’ का लागि टायर फाइभ भिसा एप्लाइ गरेका थिए । दुवै प्रतियोगिताका लागि एउटै सर्टिफिकेट अफ स्पोन्सरसीप काफी हुने उनलाई बताइएको थियो । तर, कोभिड १९ का कारण भिसा आउन ढिलाइ भयो र उनले भाइटालिटी ब्लास्टमा भाग लिन सकेनन् । त्यसपछि आफूलाई अफिसियलहरूले स्पोन्सरसीपको म्याद जुलाइ १० सम्म बाँकी रहेकाले त्योभन्दा अगाडि युके आइपुगेमा समस्या नहुने आश्वासन दिएको उनले बताएका छन् । त्यस बमोजिम सन्दीप जुलाइ ९ मा नै युके पुगेका हुन् ।

    सबै सर्त र प्रक्रियाहरू पूरा गर्दा पनि सन्दीपले प्रतियोगिता खेल्न नपाउनु र तत्काल स्वदेश फर्किन वाध्य पार्नुले ईसीबीको हेपाहा व्यवहार झल्किएको छ । यस सम्वन्धमा नेपालको क्रिकेट बोर्डले भने अहिलेसम्म मौनता साँधिरहेको छ ।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस विषयमा आफूले मिडियाबाट मात्र थाहा पाएको बताए । सन्दीपको तर्फबाट क्रिकेट संघमा अहिलेसम्म कुनै जानकारी नगराइएकाले कुनै पहलकदमी नलिएको उनको भनाइ छ ।

    चन्दले नेपाल प्रेससँग भने, ‘उनको भिसा नै मिलेन भन्ने कुरा मैले मिडियाबाट थाहा पाएको हो । त्योभन्दा बढी जानकारी छैन । सन्दीपको तर्फबाट हामीलाई कुनै लिखित वा मौखिक गुनासो आएको खण्डमा हामीले पहल गर्ने कुरा हुन्छ ।’

    सन्दीपलाई ईंग्ल्यान्डमा खेल्न ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउनेबाहेक संघको अरु भूमिका नरहेको उनी बताउँछन् ।

    ‘यदि अन्याय नै भएको रहेछ भने हामी ईंग्ल्यान्डको बोर्डदेखि आइसीसीमा पनि पत्राचार गर्न सक्नेछौं । तर, सन्दीपलाई के कारण देखाएर खेल्न नदिइएको हो भन्ने मुख्य कुरा हो । लिखितरूपमै केही भनिएको हुनुपर्छ । यस विषयमा हामीलाई सन्दीपबाट औपचारिक जानकारी आउनुपर्‍यो,’ उनले भने ।

    यदि ईसीबीले भनेअनुसार सन्दीपको भिसा नै वैध थिएन भने उनलाई किन बेलायतमा प्रवेश दिइयो भन्ने प्रश्न उठ्छ । यदि टायर फाइभ भिसाबाट खेल्न पाउँथेनन् भने ८ दिनसम्म किन अरु विदेशी खेलाडीसँगै सरकारी क्वारेन्टाइनमा राखियो भन्ने प्रश्न उठ्छ । सन्दीप यिनै प्रश्नको जवाफ खोजिरहेका छन् ।

    सन्दीपका म्यानेजर सिवाकोटीले यो विषयलाई सम्बन्धित निकायहरूमा पुर्‍याउने सम्बन्धमा छलफल भइरहेको बताए । यद्यपि, सन्दीप अहिले यसलाई थाती राखेर चितवन जाँदैछन् ।

    सन्दीपलाई एकपछि अर्को धक्का

    अन्तर्राष्ट्रिस्तरमा नै चर्चित टी-२० प्लेयर सन्दीप लामिछानेलाई पछिल्लो समय एकपछि अर्को धक्का लागिरहेको छ । विश्वकै सर्वाधिक ठूलो टी-२० लिग आइपीएलमा उनी यसपाली मिस भए । दिल्ली क्यापिटल्सले रिलिज गरेपछि उनलाई अर्को फ्रेन्चाइजले खरिद गरेन ।

    यसै वर्ष उनी पाकिस्तान सुपर लिगको ड्राफ्टमा समावेश भए पनि ‘अनसोल्ड’ रहे । यद्यपि, अफगानिस्ताका रसिद खानले प्रतियोगिताबाट हात झिकेपछि उनले मौका पाएका थिए । तर, कोभिडका कारण यो लिग पनि स्थगित भएपछि सन्दीपले खेल्न पाएनन् ।

    बेलायतमा हुने भाइटालिटी ब्लास्ट र द हन्ड्रेडका लागि छानिँदा सन्दीप निकै उत्साहित थिए । यी दुवै प्रतियोगिताका लागि उनी पहिलोपटक छानिएका हुन् । तर, कोभिडका कारण भिसा आउन ढिलाइ भएकाले भाइटालिटी ब्लास्ट उनले गुमाए । यो प्रतियोगिता जून ९ देखि शुरू भएर सेप्टेम्बर १८ मा सकिएको छ ।

    भाइटालिटी ब्लास्ट गुमाए पनि द हन्ड्रेडको पहिलो संस्करणमा भाग लिन सन्दीप समयमै बेलायत पुगेका थिए । तर, फेरि पनि अभागी सावित भएर घर फर्केका छन् । ईंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले नै आयोजना गरेको द हन्ड्रेडमा सन्दीपले ओभल इन्भिन्सिवल्सबाट खेल्न लागेका थिए । सो क्लवले उनलाई ६० हजार पाउण्डमा खरिद गरेको थियो । सन्दीपले खेल्न नपाउने भएपछि ओभल्सले उनको स्थानमा हाल विश्व वरियताको एक नम्बरमा रहेका टी-२० बलर ताब्राइज साम्सीलाई आवद्ध गरेको छ ।

    विश्वकै व्यस्तमध्येका टी-२० क्रिकेटर सन्दीपले गत माघमा अष्ट्रेलियामा आयोजना भएको बिग ब्यासयता कुनै पनि अन्तर्राष्ट्रिय टी-२० लिगमा खेल्न पाएका छैनन् । यसबाट उनलाई आर्थिक रूपमै पनि ठूलो नोक्सानी भएको छ ।

  • ३२औं ग्रिष्मकालीन ओलम्पिक आजदेखि

    ३२औं ग्रिष्मकालीन ओलम्पिक आजदेखि

    एजेन्सी । ग्रिष्मकालीन ओलम्पिकको ३२ औं संस्कण आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ । अघिल्लो वर्ष नै सम्पन्न हुनुपर्ने यो खेलकुद महामेला कोरोना महामारीका कारण १ वर्ष सरेको हो ।

    अप्रत्यासित रुपमा १ वर्ष थप तयारीको समयसहित २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले अबको दुई साता टोकियोमा प्रतिस्पर्धा गर्नेछन् । लामो समयदेखि गरेको तयारीको आधारमा पदक जित्न प्रयासरत हुनेछन् ।

    सन् २०२० को मार्च महिनामै ओलम्पिक १ वर्ष पार्ने निर्णय गरिएको थियो । तर अहिले पनि कोरोना महामारी पूर्ण रुपमा साम्य भइसकेको छैन । अध्याँरो सुरुङबाट प्रकाशको किरणका रुपमा ओलम्पिक उद्घाटनमा प्रदर्शनी गरिनेछ ।

    ‘मेरो विचारमा हामी जव रंगशाला प्रवेश गर्छौं, त्यो क्षण हामी सबैका लागि विशेष क्षण हुनेछ । अझ खेलाडीहरुका लागि त झनै विशेष । किनभने हामी लामो समयदेखि यही माहोलको व्यग्र प्रतीक्षामा थियौं,’ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीा अध्यक्ष थोमस बाचले भनेका छन् ।

    महामारीको समयमा ओलम्पिक आयोजना गर्न लागेकोमा जापानीहरु खुसी नभएको समयमा उद्घाटन समारोहलाई भव्य बनाउँदै आफ्ना नागरिकको मन जित्ने प्रयासमा आयोजक रहेको छ । उद्घाटन समारोहमा भीआईपी पाहुनाहरु १ हजारभन्दा कमको संख्यामा रंगशालामा उपस्थित हुनेछन् ।

    ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । पौडीकी गौरिका सिंहले दोस्रोपल्ट ओलम्पिक खेल्दैछिन् ।

    गौरिकासहित पौडीकै एलेक्स साह, शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट जापान पुगिसकेकी छन् भने एथलेटिक्सकी सरस्वती चौधरी आइतबार जापान प्रस्थान गर्नेछिन् । उनको खेल ढिला भएकाले उद्घाटन समारोह गुमाउनेछिन् ।

  • नेपालकी सोनियाले टोकियो ओलम्पिकमा रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

    नेपालकी सोनियाले टोकियो ओलम्पिकमा रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं । भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

    आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् । भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । उक्त खेल साउन ९ गते हुनेछ । पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ ।

    भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन् । उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।

    डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन् । रासस

  • अमेरिकाको ४४ खेलको अविजित यात्रा स्वीडेनद्वारा अन्त्य

    अमेरिकाको ४४ खेलको अविजित यात्रा स्वीडेनद्वारा अन्त्य

    एजेन्सी । संयुक्त राज्य अमेरिकाकी सुपरस्टार स्ट्राइकर मेगन रापिनोले स्वीडेनसँगको पहिलो खेलमै लज्जास्पद पराजय ब्यहोरेपछि आफ्नो टोली निराश बनेको प्रतिक्रिया दिएकी छन् ।

    विश्वकप च्याम्पियन अमेरिकाले ओलम्पिक महिला फुटबलमा स्वीडेनसँग ३–० को हार ब्यहोर्‍यो । स्वीडिस स्ट्राइकर स्टिना ब्ल्याकस्टेनसले दुई गोल गर्दा सब्स्टिच्युड लिना हर्टिङले एक गोल गरिन् ।

    यो हारले अमेरिकाको ४४ खेलको कीर्तिमानी अविजित यात्रामा पूर्णविराम लागेको छ ।

    ‘मेराे विचारमा हामी केहि डराएका थियौं । केहि दवावमा थियौं र त्यसैले मैदानभरि ‘बुख्याँचा’जस्तै भयौं,’ रेपिनोले भनिन् ।

    स्वीडिस टोली चेल्सीकी कप्तान म्यागडालेना इरिक्सनविना मैदानमा उत्रिएको थियो । जवकि अमेरिकी टोलीमा रोज लेभेल्ले, साम मेविस, एलेक्स मोर्गन, टोविन हेथ, लिन्डसे होरानजस्ता सुपरस्टारहरुले भरिपूर्ण थियो ।

    पराजयसँगै अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ । पाँच वर्ष अघि ब्राजिलमा अमेरिकाले रजत पदक जित्दा क्वाटरफाइनलमा स्वीडेनलाई पेनाल्टीमार्फत पराजित गरेको थियो ।

  • ईसीबीले भिसा अवैध भनेपछि सन्दीप लामिछानेले बेलायत छाडे

    ईसीबीले भिसा अवैध भनेपछि सन्दीप लामिछानेले बेलायत छाडे

    काठमाडौं । ईंग्ल्याण्डमा टी-२० क्रिकेट लिग खेल्न हुन गएका नेपाली स्पिनर सन्दीप लामिछाने एउटा पनि खेल नखेली नेपाल फर्किएका छन् । ईंग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।

    बोर्डको चेतावनीपछि हिजै बेलुकी नै सन्दीप ईंग्ल्यान्डबाट नेपालका लागि उडेका हुन् । उनी भोलि काठडमाडौं ओर्लिने सन्दीपका म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।

    ईंग्ल्यान्डमा आयोजना हुने टी-२० क्रिकेट लिग ‘द हन्ड्रेड’ खेल्न सन्दीप जुलाई ९ मा त्यहाँ पुगेका थिए । ६० हजार पाउन्डमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका उनले २२ जुलाईमा पहिलो म्याच खेल्नुपर्ने थियो । ईंग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।

    सन्दीपले फेसबुकमा दिएको जानकारी अनुसार उनीसँग रहेको टायर फाइभ भिसालाई ईसीबीले अवैध बताएको छ । तर, के कारणले अवैध भयो भन्ने नखुलाइएको सन्दीपले बताएका छन् ।

    यसअघि भिसाको ढिलाइका कारण सन्दीपले ईंग्ल्यान्डमै आयोजित दी भाइटालिटी ब्ल्लास्ट गुमाएका थिए ।

  • श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो

    श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो

    एजेन्सी । दोस्रो खेलमा ३ विकेटको रोमान्चक विजयसँगै श्रीलंकाविरुद्धको तीन एकदिवशीय शृंखला भारतले जितेको छ । कोलम्बोमा गएराति सम्पन्न दोस्रो एकदिवशीयमा दीपक चहरले आठौं नम्बरमा ब्याटिङ गरी ६९ रनको अर्धशतकीय योगदान गरेपछि भारतले जित हासिल गरेको हो ।

    २ सय ७६ रनको लक्ष्य पछ्याएको भारत १८ ओभरमा ११६-५ को नाजुक स्थितिमा थियो । उसका शीर्ष क्रमका ब्याट्सम्यानहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । अर्धशतक बनाएर खेलिरहेका सूर्यकुमार यादव पनि आउट हुँदा भारत २७ ओभरमा १६०-६ को स्थितिमा पुग्यो । क्रुनाल पण्ड्याले पनि ३५ रनमात्र बनाउन सके ।

    तर आठौं विकेटका लागि दीपक चहर र तीब्र बलर भुवनेश्वर कुमारबीच ८२ रनको अविजित साझेदारी भयो र इनिङको ५ बल छँदै भारले खेल जित्यो र शृंखला जित निश्चित ग¥यो । चहरले ८२ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको अविजित संयमित पारी खेले । कुमारले उनलाई १९ रन बनाएर साथ दिए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए पनि अन्तिम ओभरतिर घरेलु बलर निप्रभावी देखिएका थिए ।

    यसअघि टसजितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा मध्यम योगफल बनाएको हो । उसका ओपनर आभिस्का फर्नाण्डोले ५० तथा मध्यक्रमका चरिथ असलंकाले ६५ रनको अर्धशतकीय योगदान गरेका थिए । चामिका करुणारत्नेले पनि ४४ रन बनाए ।

    बलिङमा भारतका भुवनेश्वर र युजवेन्द्र चहलले ३-३ विकेट लिए । चहरले बलिङबाट पनि २ विकेट लिएका थिए । उनी खेलकाे म्यान अफ द म्याचसमेत चुनिए ।

    शृंखलाको पहिलो खेलमा भारत आइतबार ७ विकेटले विजयी भएको थियो । एक खेल अगावै एकदिवशीय शृंखला जितेको भारतले त्यसपछि तीन खेलको ट्वान्टी-२० शृंखला पनि खेल्नेछ ।

  • बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश, भिसा अवैध रहेको दावी

    बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश, भिसा अवैध रहेको दावी

    काठमाडौं । नेपालका चर्चित क्रिकेट सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दिपले जानकारी दिएका छन् ।

    थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए । यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकार दिएका छन् ।

    उनको भनाइ यस्तो छ, ‘म जुलाइ ९ मा बेलायत पुग्दा अध्यागमनमा कुनै समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुईदिन अघि मलाई इसीबीले भन्यो कि तिम्रो भिसा बैध छैन र तिमीले चाँडोभन्दा चाँडो देश छोड्नुपर्छ । मैले के समस्या भयो भनि सोध्दा इसीबीका कसैले पनि सही जवाफ दिएनन् ।’

    सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने जवाफ मागेका छन् ।

    उनी टायर ५ भिसामा बेलायत गएका थिए । यो भिसाबाट उनलाई खेल्न अनुमति नदिइएको क्रिकइन्फो डट कमले जनाएको छ ।

    बेलायतमा गएर नियमानुसार सरकारकै व्यवस्थापनमा रहेको होटलमा क्वारेन्टाइन पनि बसिसकेपछि इसीबीले उनलाई खेल्न रोकेको हो । खेल्न रोकेको मात्र नभई बेलायत छोड्न समेत भनिएपछि सन्दिप आक्रोशित बनेका छन् ।

    यसअघि उनले बेलायतमै आयोजना भएको टी-२० ब्लास्ट पनि भिसा समस्याका कारण गुमाएका थिए । ‘द हन्ड्रेड’ का लागि ओभल इन्भिन्सिबलमा सन्दिप ६० हजार पाउण्डमा आवद्ध भएका थिए । अब उनले चाँडै नेपाल फर्किनुपर्ने भएको छ ।

  • खेल गतिविधि ठप्प हुदाँ खेलकुद संरचना पनि आएन प्रयोगमा

    खेल गतिविधि ठप्प हुदाँ खेलकुद संरचना पनि आएन प्रयोगमा

    काठमाडौं । कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन सकेका छैनन् । दुई वर्षदेखि सीमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगैै थलिएका पनि छन् ।

    नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरैै स्थानमा व्यवस्थित भएको दावी गरेको छ ।

    ७७ वटै जिल्लामा राष्ट्रिय खेलकुद परिषदका संरचना रहेका छन् । केही संरचनाको आफ्नै नाममा लालपुर्जा रहेको छ भने केही भोगचलनको आधारमा सञ्चालन भइरहेका छन् । तर पछिल्लो समय कोरोनाका कारण केही संरचना प्रयोगमा आएका छैनन् ।

    खेलकुद गतिविधिलाई चलायमान बनाउने संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) ले देशै भर रहेका आफू मातहतका पूर्वाधार व्यवस्थित भएको बताएको छ । सबै ठाँउका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको र केही ठाउमा व्यवस्थित गर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

    देश अहिले संघिय संरचनामा चलिरहेको छ । तर राखेपले भने अझै आफ्ना गतविधि संघीय ढाँचामा सञ्चालन गर्न सकेको छैन । जारी भएको नयाँ खेलकुद ऐनमा नियामावली बन्न बाँकी छ भने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक गठन भएपछि एक पटक पनि बस्न सकेको छैन । जसले गर्दा पूर्वाधार निमार्णका काम देखी संघीय ढाँचामा ढाल्न राखेपलाई ढिलाई भइरहेको छ ।

    बिनियोजन भएको बजेट अपर्याप्त हुँदा फ्रिज भइरहेको छ । रंगशाला र बृहत रंगशाला एकैपटक निर्माण गर्न पर्याप्त बजेट नहँदा समयमा पूरा गर्न नसकेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

    खेलकुद विभाग प्रमुख थापाले खेलकुद परिषद पनि छिट्टै नयाँ संरचना जाने बताएका छन् । हरेक वर्ष बजेट भाषणमा देशका विभिन्न रंगशाला निमार्णका लागि बजेट विनियोजन गरिने भने पनि खण्ड खण्डमा आउने बजेटले राष्ट्रिय गौरवको योजना पनि समयमा सम्पन्न हुन ढिलाई भएको थापाले बताए ।

    मूलपानी क्रिकेट मैदानमा बाटो र सानो वस्तीका कारण सम्पन्न हुन ढिलाई भएको बताउदै थापाले पोखरामा नवौ राष्ट्रिय खेलकुद गर्नका लागि केही मात्र पूर्वाधार आवश्यक भएको बताए । अहिले पोखरा रंगशाला बनाउने काम तिब्र गतिमा अगाडि बढेको भन्दै थापाले सुटिङ हल, पौडी पोखरी र फ्लड लाइट राख्ने काम यसै वर्ष हुने बताए ।

    नेपाली खेलकुद प्रविधिसँग अभ्यस्त हुन सकेको छैन । पुरानै विकाश क्षेत्रीय र अञ्चलस्तरीय ढाँचामा चलेको छ ।

  • म अन्तराष्ट्रिय स्तरमा विजयी नभई सन्यास लिन्न : लुसी ब्रोन्ज

    म अन्तराष्ट्रिय स्तरमा विजयी नभई सन्यास लिन्न : लुसी ब्रोन्ज

    काठमाडौं । हाल कुनै इङ्लीस फुटबलर लुसी ब्रोन्ज जति उपाधिहरूले सजिएका छैनन्, तर उनका लागि भने यो अझै अपर्याप्त छ । उनको ट्रफी क्याबिनेटमा तीन च्याम्पियन्स लिग उपाधि, ६ लिग च्याम्पियनसीप, पाँच डोमेस्टिक कप छन् ।

    गत डिसेम्बरमा फिफा’ज बेस्ट अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको ताज पनि उनैले पहिरिएकी थिइन् । ब्रोन्ज भन्छिन्, ‘मलाई प्रश्न सोधिने गर्छ, तपाईलाई के कुराले प्रेरणा दिन्छ ? अब सबै कुरा जित्नुभयो ? तर मैले अहिलेसम्म केही जितेको छैन । मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता नजितेसम्म म विश्राम लिने पनि छैन । टोकियो ओलम्पिक मेरो र ग्रेट ब्रिटेनका लागि सुवर्ण अवसर बन्ने छ ।’

    आफूले विश्वकप, युरो अथवा स्वर्ण पदक नजितेको उनी बताउँछिन् । अझ उच्चस्तरको विश्वव्यापी सफलता पाउन हरसम्भव कोशिस गरिरहेको उनको भनाइ छ । ‘त्यो प्राप्त नगरेसम्म र शरिरले साथ दिएसम्म खेल जीवनबाट सन्यास लिनेछैन,’ २९ वर्षीया ब्रोन्ज भन्छिन् ।

    मैले सधैँ भनेकी छु, म राष्ट्रिय टोलीबाट ट्रफी अथवा स्वर्ण पदक जित्न चाहान्छु र यसकालागि टोकियो ओलम्पिक राम्रो अवसर हो ।

    स्वर्ण पदक ‘ग्रेट ब्रिटेन’ फर्किँदै छ

    ब्रोन्ज, जसले लिभरपुल, म्यानचेस्टर सिटी र लियोनबाट क्लब फुटबलका कयौं ट्रफीहरू जितेकी छन् । र, सन् २०१९ मा सिविलिभ्स् कप जित्दा इङ्ल्यान्डको टोलीकी सदस्य थिइन् । १८ मध्ये १५ जनाको लियोन्स टोली टोकियो आउँदै छन् । यसले धेरै हदसम्म इङ्लिस फ्लेभर दिनेछ ।

    उनले भनिन्, ‘तर, साँचोकुरा इङ्ल्यान्डले खेलेका अन्तिम १४ खेलहरूमा ९ खेल हारेको छ । यस्ले प्रशिक्षक हेगे राइजको ओलम्पिक योजना कस्तो हुन्छ त्यसमा हल्का असर पार्नेछ ।’

    ग्रेट ब्रिटेनले उद्घाटन खेल २१ जुलाइमा चिलीसँग सापोरोमा खेल्नेछ । आयोजक जापानसँग २४ जुलाईमा र क्यानाडासँग २७ जुलाईमा प्रतिस्पर्धा गर्नेछ ।

    ब्रोन्ज भन्छिन्, ‘दुई स्कटिस किम लिटिल, क्यारोलिन वेर साथै वेल्सकी कप्तान सोफी इङ्गेल टोलीमा हुनुले फरक संस्कृति र गतिशिलता थपेको छ ।’

    योसहित ग्रेट ब्रिटेनको महिला फुटबल टोली दोस्रो पटक ओलम्पिकमा सहभागी हुँदैछ । उनीहरू २०१२मा अन्तिम आठ बाट बाहिरिएका थिए । विगतको नतिजाामा टोली कम्जोर देखिएको छ । जाम्बियाविरुद्धको वार्मअप खेल पनि कोरोनाभाइरसका कारण रद्द भयो ।

    ब्रोन्जले जिस्किँदै भनिन्, ‘टुर्नामेन्टमा सहभागी हामी मात्र एक टोली हौं, जसलाई पछिल्लो नौ वर्षमा कसैले हराएको छैन । यो नयाँ टोली हुनु हाम्रो लागि फाइदाजनक छ । अन्य धेरैजसो टोलीहरूले भन्न सक्छन् हामीसँग तयारिको लागि धेरै समय थिएन । तर, हामीसँग शीर्ष देश र उत्कृष्ट टोलीबाट खेलेका र राम्रोसँग तयार खेलाडीहरू छन् । जसले गर्दा हमीलाई खेल्न धेरै सहज हुनेछ । हामीले दबाब आफू भित्रैबाट सृजना गरेका छौं, हाम्रो स्वर्ण जित्ने अपेक्षा छ । किनभने हामीसँग खेलाडी र गुणस्तर टोलीमा दुवै छ । इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्सले जे गरे पनि हामी फरक वातावरण सिर्जना गर्न एकजुट भएर आएका छौँ ।’

    उनले थपिन्, ‘म सोचिरहेकि छु स्वर्ण पदक ग्रेट ब्रिटेन आउँदै छ, यसकालागि अर्को १२ महिना कुर्नु परे पनि मेरो मानसिकता अलिकति पनि परिवर्तन हुनेछैन । हामीले पाएको प्रतिभाहरूले त्यहा जुनसुकै टोलीलाई पनि किन हराउन सक्दैनौं ? यसको कुनै कारण छैन ।’

    ब्रोजन जस्तै सबै खेलाडीहरूले परिवार र दर्शकको समर्थनबिना ग्रेट ब्रिटेनका लागि पहिलो महिला फुटबल पदक जित्नुपर्नेछ । उनले भनिन्, ‘त्यो ठूलो कुरा होइन, हामी सकारात्मक पक्षलाई हेर्छौ हामी भाग्यशाली अवस्थामा छौं, ओलम्पिकमा जान पाउनु नै हाम्रालागि ठूलो कुरा हो । हामी ग्रेट ब्रिटेनको प्रतिनिधित्व गर्दैछौं, जुन हामीमध्ये ९०% ले पहिले कहिल्यै गरोका थिएनौं । र ९०% परिवारहरू कहिल्यै यसमा सहभागी थिएनन् ।

    ‘हामीलाई थाहा छ, ग्रेट ब्रिटेनको समर्थन हाम्रा लागि अमूल्य हुनेछ ।’ ब्रोन्जले लियोनबाट ३ पटक च्याम्पियन्स लिग उपाधि र समग्रमा १४ मुख्य ट्रफि जितेकि छिन् ।

  • ओलम्पिक तयारीमा रहेकी अमेरिकी जिम्न्याष्टलाई कोरोना संक्रमण

    ओलम्पिक तयारीमा रहेकी अमेरिकी जिम्न्याष्टलाई कोरोना संक्रमण

    एजेन्सी । अमेरिकी महिला जिम्न्यास्टिक खेलाडीलाई ओलम्पिकका लागि प्रशिक्षण क्याम्पमा कोरोना संक्रमण देखिएको छ । उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेकी अर्की खेलाडीलाई पनि आइसोलेट गरिएको छ ।

    संक्रमित खेलाडीलाई कुनै लक्षण देखिएको छैन । पूर्वी टोकियोको इन्जाइ शहरमा उनलाई संक्रमण देखिएको हो । दुवै खेलाडीलाई होटलबाट क्वारेन्टीनमा सारिएको छ भने टिमका बाँकी सदस्यलाई ओलम्पिक भिलेजमा पठाइएको छ ।

    अमेरिकी ओलम्पिक कमिटीले बताएअनुसार संक्रमित किशोरी जिम्न्यास्टिक टिमकी बैकल्पिक खेलाडी थिइन् ।

    ‘हाम्रो खेलाडी, प्रशिक्षक र अफिसियलको स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्वपूर्ण रहनेछ,’ अमेरिकी ओलम्पिक कमिटीको वक्तव्यमा भनिएको छ, ‘हामीले निश्चित गरेका छौं कि आर्टिस्टिक जिम्न्यास्टिक टिमकी बैकल्पिक सदस्यलाई कोरोना संक्रमण देखिएको छ । व्यक्तिगत गोपनियनताका कारण हामी उनका बारेमा योभन्दा धेरै केहि बताउन सक्दैनौं ।’

    ओलम्पिक भिलेजभित्रै काेराेना संक्रमणकाे दर बढ्न थालेपछि अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयाेजक जापानलाई सबैभन्दा टाउकाे दुखाई बनिरहेकाे छ । शनिबार र आइतबार दक्षिण अफ्रिकी फुटबल टाेलीका सदस्यमा संक्रमण देखिएकाेमा साेमबार चेक रिपब्लिकका बिच भलिबल खेलाडीमा संक्रमण देखिएकाे छ ।

     

  • शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

    शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

    एजेन्सी । पहिलो खेलमा ७ विकेटको आरामदायी जितसहित श्रीलंकाविरुद्धको एकदिवशीय शृंखलामा भारतले १-० को अग्रता लिएको छ ।

    कोलम्बोको प्रेमदाशा रंगशालामा घरेलु टोली श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दा शिखर धवनले ८६ रनको कप्तानी पारी खेले ।

    शिखरले ९५ बलमा ६ चौका र १ छक्कासहित अवजित प्रदर्शन गर्दा अर्का ओपनर पृथ्वी शले २४ बलमा ४३ रन बनाए । धवनले दोस्रो विकेटका लागि इशान किसानसँग मिलेर ८५ रन तथा तेस्रो विकेटका लागि मनिस पाण्डेसँग ७२ रनको ठोष साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन् ।

    इशानले ४२ बलमा ५९ रनको अर्धशतकीय पारी खेले । मनिसले २६ रन जोडे । सूर्यकुमार यादव ३१ रनमा अविजित रहे ।

    इसअघि टस जितेर पहिलो व्यटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रनको मध्यम योगफल खडा गरेको थियो । श्रीलंकाका लागि पुछारक्रममा व्यटिङमा आएका चामिण्डा करुणरत्नेले अविजित ४३ रन बनाए । अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् ।

    नियमित कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा, मुख्य बलर जरप्रित बुमराह लगायतलाई आराम दिँदै दोस्रो रोजाईको टिम पठाएर हेपेको आरोप लागिरहेका बेला श्रीलंकाली टोलीका लागि त्यहि टोली नै पर्याप्त बन्यो । ३ एकदिवशीय र ३ ट्वान्टी-२० खेलको शृंखलाका लागि भारतीय टोली कोलम्बो पुगेको हो ।

  • टोकियो ओलम्पिक : ओलम्पिक भिलेजभित्रै खेलाडीहरुमा कोरोना पुष्टि

    टोकियो ओलम्पिक : ओलम्पिक भिलेजभित्रै खेलाडीहरुमा कोरोना पुष्टि

    काठमाडौं । टोकियो ओलम्पिकका खेलहरु सुरु हुनुभन्दा ५ दिनअगाडि ओलम्पिक भिलेजभित्रै २ खेलाडीहरु कोरोना संक्रमित भेटिएका छन् । आयोजकका अनुसार दुबै खेलाडी एकै टोलीका र एउटै खेलका हुन् ।

    कोभिड संक्रमित खेलाडीको परिचय गोप्य राखिएको छ भने सो टोलीका अन्य सदस्यलाई सेल्फ आइसोलेसनमा राखिएको छ । ओलम्पिक भिलेजमा पहिलोपटक उनीहरुमा कोभिड पुष्टि भएपछि आइतबार अरु खेलाडीहरुमा पनि कोरोना पुष्टि भएको छ ।

    टोकियोको आम जनसंख्यामा संक्रमणदर लगातार बढ्दो अवस्थामा छ । जापानी नागरिकहरुले अन्य देशका आगन्तुकहरु भित्र्याएर खेल सञ्चालन गर्ने कार्यको विरोध गरेका छन् ।

    टोकियो ओलम्पिक २०२० का प्रवक्ता मासा ताकाया ले भने, ‘उनीहरु एकै देश र एकै खेलका थिए । उनीहरु आफ्नै कोठामा आइसोलेटेड छन् । कोरोना संक्रमित खेलाडीलाई खानपिनको व्यवस्था आयोजक टोलीले गरिरहेको छन् ।’

    खेल प्रमुख सेइको हाशिमोटोले भने, ‘ओलम्पिक भिलेजमा कोरोना संक्रमण देखिएपछि जापान आउँदै गरेका खेलाडीहरु धेरै त्रसित छन् भन्ने मैले बुझेको छु । हामीले कोभिडबाट जोगिनका लागि हरसम्भव कोसिस गरिरहेका छौं, यदि यसबाट बच्न सकेनौ भने कसरी त्यसलाई ट्याकल गर्न तयार हुनुपर्छ ।

  • कोरोनाका कारण नेपालले एसियन भलिबल च्याम्पियनसीप गुमायो

    कोरोनाका कारण नेपालले एसियन भलिबल च्याम्पियनसीप गुमायो

    काठमाडौं । आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसीपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिन नपाउने भएको छ ।

    एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार सार्वजानिक गरेको खेल तालिकामा नेपाललाई समावेश गरिएको छैन ।

    कोरोनाभाइरसका कारण रेड जोनमा परेकाले नेपालले प्रतियोगिता गुमाएको हो । नेपाल लगायत भारत, जापान र हङकङ पनि तालिकामा समेटिएका छैनन् ।

    सुरुवातमा १७ टोली सहभागी हुने भनिएको च्याम्पियनसीपमा ५ टोलीले नाम फिर्ता लिएसँगै १२ टोलीले सहभागिता जनाउने पक्का भएको थियो । शुक्रबार एभीसीले सार्वजानिक गरेको तालिका अनुसार त्यसमा पनि ४ टोली घटाएर ८ वटामा सिमित गरिएको छ ।

  • जोसे माउरिन्होको पहिलो खेलमा रोमाले गर्‍यो १० गोल

    जोसे माउरिन्होको पहिलो खेलमा रोमाले गर्‍यो १० गोल

    काठमाडौं । नव नियुक्त प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा पहिलो खेल खेलेको एएस रोमाले दोस्रो डिभिजनको मोन्टेकाटिनीविरुद्ध १० गोल गरेको छ । बिहीबार राति प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेल माउरिन्होको नेतृत्वमा पहिलो खेल थियो ।

    चेल्सी, म्यानचेस्टर युनाइटेड तथा टोटेनह्यामका पूर्व प्रशिक्षक माउरिन्हो गत महिना रोमाको प्रशिक्षकमा नियुक्त भएका थिए । ११ वर्षपछि इटालियन फुटबलमा फर्किएका माउरिन्होको पहिलो जितमा रोमाका लागि बोर्था मायोरलले ह्याट्रिक गरे ।

    रोमाका लागि कार्लेस पेरेज, जियानलुका मान्चिनी, रिकार्डो कालाफियोरी, निकोलो जानियोलो, निकोला जेलेवोस्की र अमाडौ ड्यावराले एकरएक गोल गरे । मायोरलले तीन तथा मोन्टेकाटिनीका लियोनार्दो सान्टीले एक आत्मघाति गोल गरे ।

    रोमाले अर्को मैत्रीपूर्ण खेलमा सोमबार टेर्नानासँग खेल्नेछ । यस्तै माउरिन्होको नेतृत्वमा पहिलो प्रतिस्पर्धात्मक खेल भने २२ अगस्टमा फियोरेन्टिनाविरुद्ध इटालियन सिरी एमा खेल्ने छ ।

    जोसे माउरिन्हो २०१० मा इन्टर मिलानलाई इटालियन च्याम्पियन बनाएर रियाल मड्रिडको प्रशिक्षक बन्दै स्पेन लागेका थिए । त्यसयता इन्टरले गत सिजन पहिलो पटक इटालियन लिगको उपाधि जितेको थियो ।

     

  • जोकोभिचले ओलम्पिक खेल्ने, ‘गोल्डेन स्लाम’को कीर्तिमान बनाउने अवसर

    जोकोभिचले ओलम्पिक खेल्ने, ‘गोल्डेन स्लाम’को कीर्तिमान बनाउने अवसर

    एजेन्सी । फ्रेन्च ओपन र विम्वल्डन च्याम्पियन नोभाक जोकोभिचले सर्बियाको टोलीबाट टोकियो ग्रिष्मकालीन ओलम्पिक खेल्ने निश्चित भएको छ ।

    अघिल्लो साता कीर्तिमान बराबरी २० पल्ट ग्राण्डस्लाम च्याम्पियन भएपछि उनले आफूले ओलम्पिक खेल्ने निश्चित गरिनसकेको बताएका थिए । विहीबार ३४ वर्षीय जोकोभिचले आफू सर्वियाको टिममा समावेश हुन पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले टोकियोका लागि फ्लाइट बुक गरिसकेँ ।’

    विम्बल्डनको उपाधि रक्षा गरेपछि जोकोभिचले कोरोना महामारीका कारण विना दर्शक प्रतियोगिता आयोजना हुने भएसँगै आफ्नो ओलम्पिक सहभागिता अनिश्चित रहेको बताएका थिए । विश्व वरियतामा शीर्ष स्थानमा रहेका यी खेलाडीले यो वर्षका तीन ग्राण्डस्लाम जितिसकेका छन् र सेप्टेम्बरमा हुने युएस ओपन जितेर ‘गोल्डेन स्लाम’मा रमाउन चाहन्छन् ।

    एकै वर्ष चारवटा ग्राण्डस्लाम र ओलम्पिकको स्वर्ण पदक जित्नुलाई टेनिसवृत्तमा गोल्डेन स्लाम भनिन्छ । यो सफलता यसअघि सन् १९८८ मा जर्मनीकी स्टेफी ग्राफले मात्र हासिल गरेकी थिइन् । आसन्न ओलम्पिक र युएस ओपनमा एकलतर्फको स्वर्ण जिते भने जोकोभिच यो सफलता हासिल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी बन्नेछन् ।

    सन् २००८ को बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण जितेका जोकोभिचले एकलतर्फ अहिलेसम्म ओलम्पिक स्वर्ण जित्न सकेका छैनन् । यसअघि अर्का कीर्तिमानी खेलाडी रोजर फेडेररले चोटका कारण ओलम्पिक गुमाएका छन् ।

  • ओलम्पिकका लागि जापान जाने नेपाली टोलीलाई राष्ट्रपतिको बधाई

    ओलम्पिकका लागि जापान जाने नेपाली टोलीलाई राष्ट्रपतिको बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा हुने टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बधाई दिएकी छन् । जुलाई २३ देखि जापानमा सुरु हुने गगृष्मकालिन ओलम्पिकमा सहभागी हुन नेपालबाट जाने खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको टोलीलाई बिहीबार महाराजगञ्जमा आयोजित समारोहमा सफलताको शुभकामना दिएकी हुन् ।

    राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित समारोहमा सफलताको शुभकामना दिँदै बिदाई भेटसमेत गरेकी हुन् ।

  • रोबिनले लिए फुटबलबाट सन्यास

    रोबिनले लिए फुटबलबाट सन्यास

    काठमाडौं । बार्यन म्युनिख तथा चेल्सीका पूर्व–स्टार आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन् । नेदरल्यान्ड्सका रोबिनले ३७ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन् ।

    ‘प्रिय फुटबलप्रेमीहरू, मैले मेरो सक्रिय खेल जीवन यहीँ रोक्ने निर्णय लिएको छु,’ उनले भनेका छन्, ‘यो एकदमै कठिन निर्णय थियो । हार्दिक समर्थनका लागि सबैलाई धन्यवाद् दिन चाहन्छु ।’

  • ए डिभिजन लिगबारे मेरो प्रस्ताव

    ए डिभिजन लिगबारे मेरो प्रस्ताव

    अमृत आचार्य । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिगका क्लबहरूसँगको छलफलपछि नेपाली फुटबल र समर्थकका लागि सुखद् खबर दियो । एन्फाको त्यो खबर कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४४औं संस्करण आगामी असोज ३ गतेबाट गर्ने भन्ने थियो ।

    आगमी लिगमा गत सिजनका १३ र दोस्रो डिभिजनबाट बढुवा भएको सातदोबाटो युथ क्लब गरी १४ टोलीले प्रतिस्पर्धा हुने सम्भावना छ । एन्फाको तयारी अनुसार ४४औं संस्करणको लिग कम्तिमा ६ महिना लामो हुनेछ । आगामी लिगका लागि साउन १५ गतेबाट खेलाडी दर्ता हुनेछन्, र त्यसका लागि क्लबहरूले पनि विभिन्न खेलाडी भित्र्याउन र तयारी सुरु गर्न आक्रमक शैलीले अगाडि बढेका छन् ।

    यसअघि ४३औं संस्करणको ’ए’ डिभिजन लिग २०७६ सालमा भएको थियो । त्यो संस्करणमा मच्छिन्द्र फुटबल क्लबले पहिलो पटक लिग जितेको थियो । तर, कोरोना महामारीका कारण ४४औं संस्करण दुई वर्षपछि हुन् लागेको हो ।

    पछिल्लो समय यदि कुनै संघ खेलाडी र खेल केन्द्रित छ भने त्यो एन्फा हो, अन्य खेल संघको तुलनामा । तर, एन्फाको पनि कार्ययोजना पर्याप्त चाहिँ पक्कै छैन ।

    एन्फासँग आगामी १० वर्षे  फुटबल  रणनीति छैन । आगामी दशकपछि नेपाली फुटबल कुन स्तरमा पुग्ने यकिन पनि छैन । राष्ट्रिय फुटबल टोलीको कुरा गर्ने हो भने १० वर्षपछिको नेपाली फुटबल कहाँ हुन्छ भनेर अनुमान लगाउनसमेत कठिन छ ।

    एन्फा एकेडमीका युथ खेलाडीलाई एसियाली स्तरमा प्रतिस्पर्धा गर्ने सक्ने बनाउन एन्फाको चासो छैन । ती प्रशिक्षार्थी खेलाडीमध्ये २५ कम्तिमा खेलाडीलाई युरोप-एसियाका उत्कृष्ट फुटबल एकेडेमीमा प्रशिक्षणको व्यवस्था एन्फाले गर्न नसक्ने पक्कै होइन । अझै पनि त्यसका लागि पहल गर्ने हो भने त्यसले नेपाली फुटबलको स्तरवृद्धिमा पक्कै सहयोग पुर्‍याउँछ । खेलाडी उत्पादन र खेलाडीलाई तिखार्न लिग नियमित हुनुपर्छ ।

    भर्खरै नेपाल को पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) सफलतापूर्वक सम्पन्न भयो । राम्रो ‘भिवरसिप’सहित एनएसएललाई नेपाली फुटबल समर्थकले पनि सकारात्मक प्रतिक्रिया दिए । त्यसको एक प्रमुख कारण रह्यो, विकेन्द्रिकृत क्लबहरू ।

    नेपालका विभिन्न ठूला शहर र ६ प्रदेशलाई समेट्दै क्लब निर्माण गर्नु एनएसलले पाएको सकारात्मक फिडब्याकको आधार स्तम्भ रह्यो ।

    विकेन्द्रिकृत टिम किन बनाउने ?

    आधुनिक फुटबलको मेरुदण्ड नै लिग हो । लिगलाई प्रभावकारी बनाउनसके राष्ट्रिय टिम बलियो त हुन्छ नै, नेपाली क्लब फुटबल पनि व्यावसायिकतातर्फ अगाडि बढ्ने निश्चित छ ।

    क्लब फुटबलको लागि सबैभन्दा ठूलो कुरा समर्थक हुन् । जति धेरै समर्थक हुन्छन्, क्लब आर्थिक रूपमा त्यति नै बलियो हुन्छ ।

    ए डिभिजन लिगमा सबैभन्दा ठूलो समस्या समर्थकको कमी हो । नेपाली लिग फुटबलमा पनि समर्थक छन् । तर, सोचे अनरुपमा नहुनको एक मात्रै कारण हो, काठमाडौं केन्द्रीत लिग ।

    उपत्याकालाई नै समेटर निर्माण भएका क्लबले लिग खेल्छन् । तर, अर्को पाटो हेर्ने हो भने जुन समयमा क्लब निर्माण भए, त्यो समय काठमाडौं बाहिर फुटबल गतिविधि शून्य झैँ थिए ।

    तर, अहिले समय परिवर्तन भएको छ । अब यीनै काठमाडौं बेस्ड क्लबहरूमा मात्र लिग सीमित गरिरहनु हुँदैन । उपत्यकाबाहिरका टोलीलाई पनि लिगमा उपस्थित गराएर ठूलो संख्यामा देशभर छरिएका समर्थकलाई ए डिभिजन लिगमा आकर्षित गर्नुपर्छ ।

    क्लब सधैं चन्दाबाट चल्न सम्भव छैन, समर्थक र प्रायोजकलाई सक्रिय रूपमा फुटबलमा आकर्षित गरेर मात्रै क्लबलाई व्यावसायिक बनाउनसके मात्रै फुटबललाई व्यावसायिक बनाउन सम्भव हुन्छ । यसका लागि ए डिभिजन क्लबलाई काठमाडौं बाहिर लैजानु र त्यहाँका समर्थकलाई पनि फुटबलको स्ट्रेन्थका रूपमा प्रयोग गर्नेबारे एन्फा र क्लबले सोच्नु पर्ने समय आएको छ ।

    क्लबसँग जति धेरै समर्थक हुन्छन्, त्यसै अनुपातमा कर्पोरेट सेक्टरले क्लबलाई प्रायोजन गर्छन् । क्लबले समर्थक बढाउन तब मात्र सम्भब छ, जब ए डिभिजन लिग खेल्ने क्लबहरू काठमाडौंमा मात्र सीमित नभएर देशभरका समर्थकलाई पनि समेट्न सक्षम हुन्छन् ।

    काठमाडौं बाहिर पोखरा, विराटनगर, झापा लगायतमा स्थानमा लिग खेलाउन योग्य मैदान छन् । यसरी लिगलाई होम् एन्ड अवे फर्म्याटमा परिवर्तन गरेर काठमाडौं बाहिर गर्नसके टिकटबाट पनि प्रशस्त आम्दानी गर्ने सकिन्छ । टिकट र प्रायोजन नै क्लबको प्रमुख आम्दानीको स्रोत बनाउनसके पनि फुटबललाई व्यावसायिक बनाउने नयाँ आधारस्तभ्म खडा हुनेछ ।

    एन्फा, ए डिभिजन लिग कमिटी र क्लब प्रतिनिधिले बहस गर्ने र नेपाली लिगको प्रभावकारिताका लागि निर्णय लिने समय सुरु भइसकेको छ ।

  • मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल!

    मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल!

    काठमाडौं । लियोनेल मेसी आधा तलब कटौती गरेर पनि सन् २०२६ सम्म बार्सिलोनामै बस्न तयार भएका छन् । ३४ वर्षीय मेसी र बार्सिलोनाबीचको सम्झौता जुन ३० मा सकिएको थियो । त्यो सम्झौताअनुसार मेसीले वर्षको १३० मिलियन युरो कमाउँथे ।

    अर्जेन्टिनाबाट कोपा अमेरिका च्याम्पियन बनेका मेसी अहिले छुट्टी मनाइरहेका छन् । मेसीलाई पुन: अनुबन्धित गर्नु बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोन लापोर्टाको प्रमुख लक्ष्य थियो ।

    अहिले बार्सिलोना तलब कटौती गर्नका लागि एन्टोनियो ग्रिजम्यान र साउल निग्वेजलाई स्वाप गर्ने तयारीमा छ ।

    मेसीले बार्सिलोनाबाट ६७२ गोल गर्दै १० ला लिगा, चार च्याम्पियन्स लिग, सात कोपा डेल रे र ६ बालोन डी’अर अवार्ड जितेका छन् ।

  • तलव आधा घटे पनि मेस्सीले बार्सिलोनासँगै सम्झौता लम्ब्याए

    तलव आधा घटे पनि मेस्सीले बार्सिलोनासँगै सम्झौता लम्ब्याए

    एजेन्सी । अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले आफूले पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती हुने गरी बार्सिलोनासँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।

    जुन ३० मा सम्झौता सकिएपछि मेस्सी त्यसयता फ्रि एजेन्ट भएर बसेका थिए । उनले बार्सिलोनामा वार्षिक १ सय २३ मिलियन पाउण्ड तलव लिँदै आएको बताइन्छ ।

    कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी छुट्टीमा रहेकाले सम्झौतलाई अन्तिम रुप दिन बाँकी छ । बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोन लापोर्टाले मेस्सीको सम्झौता नवीकरणका लागि हरसम्भव प्रयास गरेका थिए ।

    आर्थिक भार कम गर्नका लागि बार्सिलोनाले स्ट्राइकर एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुजसँग साट्ने प्रस्तावसमेत गरेको छ ।

    जुनियर फिर्पो, जिन क्लेयर टोडिबो र कार्लेस एलेनालाई विक्री गर्नुको कारण पनि आर्थिक राहत नै भएको बताइन्छ । तर ठूला नामलाई नबेचेसम्म उसले ठूलो फाइदा पाउनेछैन ।

    मेस्सीको नाम फ्रान्सको पेरिस सेन्ट जर्मेइन र इंग्ल्याण्डको म्यानचेस्टर सिटीसँग पनि सम्भावित सम्झौताका लागि जोडिएको थियो ।

    सन् २००० देखि बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । उनले १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिग, ७ पल्ट कोपा डेल रेसँगै ६ पल्ट बेलोन डि’ओरको ट्रफी जितेका छन् ।

  • राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिर

    राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिर

    काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ सदस्यीय टोलीको घोषणा गरेका छन् । साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम चरणको तयारीमा रहेको नेपाली टोलीबाट गोलकिपर विशाल सुनारसहित शेशेहाङ आङदेम्बे लगायतका खेलाडी छन् ।

    बाहिरिने खेलाडीहरू:

    विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रबि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राई ।

    बन्द प्रशिक्षणमा रहेका बाँकी ३६ खेलाडी:

    अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ ।

     

  • पुरानो कि नयाँ आर्सनल ? अर्टेटालाई झक्झक्याउने हाइबर्नियनविरुद्धको हार

    पुरानो कि नयाँ आर्सनल ? अर्टेटालाई झक्झक्याउने हाइबर्नियनविरुद्धको हार

    काठमाडौं । युरो २०२० र कोपा अमेरिकाको समापनसँगै व्यावसायिक फुटबलको प्रि-सिजन सुरु भएको छ । प्रि-सिजन अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्लिस टोली आर्सनल स्कटिस क्लब हाइबर्नियनसँग २-१ गोलको नतिजामा पराजित भयो ।

    गोलका अवसरको सदुपयोग गर्न नसक्नु र रक्षापंक्तिमा भएका गल्तीले नयाँ सिजनको पूर्वसन्ध्यामा पनि पुरानै आर्सनलको झल्को दिन्थ्यो ।

    प्रि-सिजनको पहिलो खेलमै अप्रत्याशित पराजय भोगेको आर्सनलले प्रभुत्व जमाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । यो हारले आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई थोरै पिरोल्ने छ । तर, उनले यो खेलबाट केही सकारात्मक पक्षसमेत पाएका छन् ।

    विशेषगरी दोस्रो हाफमा उनले अलेक्जेन्डर लाकाजेटी, निकोलस पेपे र एमिल स्मिथ रोलाई मैदानमा उतारेपछि आर्सनलले नितन्तर आक्रमणका मौका सृजना गरेको थियो ।

    तर, आर्सनलका प्रशिक्षकले प्रि-सिजनभित्रै टोलीमा पोजिटिभ मुमेन्टमका लागि केही सकारात्मक नतिजा निकाल्न कोसिस पक्कै गर्नुपर्नेछ । आगामी समयमा खेल जित्नका लागि विपक्षीको गोलपोस्टमा निर्दयी हुनु आवश्यक देखिन्छ ।

    हिजोको खेलमा पर्याप्त मौका सिर्जना गरेको आर्सनलका एडी एन्केतियाले पहिलो हाफमा सुन्दर मौका खेर फालेका थिए । त्यस्तै, रेइस नेल्सनले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार फ्रेममा राख्न असफल भएका थिए ।

    दोस्रो हाफमा थोमस पार्टे र पेपेले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यति मात्र नभएर पेपेले प्रहार गरेको पेनाल्टीमा समेत हाइबर्नियनका गोलकिपर केभिन डाब्रोस्की बाधक बनेका थिए ।

    सेड्रिक सोएरेसले दिएको ब्याकपास मिस भएसँगै भर्खरै क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका युवा गोलकसपर आर्थर अकङ्क्वोका लागि बिर्सनलायक क्षण सिर्जना भयो । त्यसै पासमा हाइबर्नियनका मार्टिन बोएलले गोल गर्ने मौका पाएका थिए ।

    त्यसपछि ६९‍औं मिनेटमा कमजोर मार्किङको फाइदा उठाउँदै ड्यानियल म्याक्केले हाइबर्नियनको अग्रता दोब्बर पारेका थिए । कमै मात्र मौका सिर्जना गर्न सफल घरेलु टोलीले दोस्रो हाफमा आर्सनलको चर्को दबाब सहेको थियो ।

    स्मिथ रोले आर्सनलका लागि एक गोल फर्काए पनि अर्टेटाका लागि सान्तवनाबाहेक केही भएन । अर्टेटा शनिबार हुने स्टेफन जेरार्डको रेन्जर्सविरुद्धको खेलमा अझै प्रभावकारी प्रदर्शनको अपेक्षा गरिरेहेका छन् ।

    शानदार प्रदर्शनसहित सुरुआत गरेको आर्सनलले पहिलो १० मिनेट भित्रै एन्केटियामार्फत् अग्रता लिने मौका गुमाएको थियो ।

    त्यस्तै नेलसनले पनि दुई पटक सुन्दर मौका पाएका थिए । उनको पहिलो प्रहार सिएड कोलासिनाचलाई लागेर बाहिरिएको थियो । अर्को प्रहार भने आर्सनलका पूर्व गोलकिपर म्याट म्याकेले बाहिर धकेलिदिएका थिए ।

    रोमाञ्चक खेलको २१औं मिनेटमा पहिलो गोल भएको थियो । र, त्यो गोल डोमिनेन्ट आर्सनलका लागि नभएर हाइबर्नियनका लागि बोएलले गरेका थिए ।

    सोही गोलसँगै घरेलु टोलीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । घरेलु टोलीको अग्रता पहिलो हाफमै दोब्बर गर्ने प्रयास स्टेभन ब्राड्लेको प्रहार पोस्टमा लागेर फर्किएसँगै समाप्त भएको थियो ।

    दोस्रो हाफमा अर्टेटाले गरेका सब्स्टिच्युसनसँगै भ्रमणकारी आर्सनलले निरन्तर आक्रामणका मौका सिर्जना गरेको थियो । दोस्रो हाफमा प्रभावकारी देखिएका पेपेले प्रहार गरेको एक फ्रि-किक क्रसबारको थोरै माथिबाट बाहिरिएको थियो ।

    निरन्तर आक्रमण गरे पनि दोस्रो गोल पुन: घरेलु टोलीले नै गरेको थियो । ६९औं मिनेटमा कर्नरमा अन-मार्क्ड रहेका म्याकेले गोललाइन नजिकैबाट हेडरमार्फत गोल गरेका थिए ।

    दोस्रो गोल खाए बित्तिकै आर्सनलले पेनाल्टीमार्फत एक गोल फर्काउने मौका पाएको थियो । तर, पेपेको प्रहारमा विपक्षी टोलीका गोलकिपर बाधक बने । यद्यपि, निर्धारित समयको खेलसकिन ८ मिनेट बाँकी रहँदा स्मिथ रोले हेक्टोर बेलेरिनको क्रसमा भलीमार्फत् एक गोल फर्काएका थिए ।

    तर, अर्टेटाका लागि त्यो गोल सान्तवनामात्रै बन्यो । यो हारसँगै नयाँ सिजनको तयारीमा रहेको आर्सनल झक्झकिएको छ ।

    गत सिजन आठौं स्थानमा सीमित भएको आर्सनलले आगामी सिजनको पहिलो खेलमा यसै सिजन बढुवा भएको ब्रेन्टफोर्डसँग अगस्ट १४ मा खेल्ने छ ।

    Goal.com बाट