Category: खेल प्रेस

  • झापा एफसी र एफसी चितवनबीच सम्झौता

    झापा एफसी र एफसी चितवनबीच सम्झौता

    काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिग (एनएसएल) साइड– एफसी चितवन र सी डिभिजन छनोटको तयारीमा रहेको झापा एफसीबीच सम्झौता भएको छ ।

    नेपालकै पहिलो निजी फुटबल क्लब झापा र चितवनबीच ‘स्ट्रेटिजिक’ सम्झैता भएको चिवतनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । सम्झौताअनुसार झापा फुटबल क्लबले सी डिभिजन लिगको छनोटका खेल दौरान आईएमई ग्रुपको लोगो अंकित जर्सी लगाउने छ । त्यस्तै खेलाडी विनिमय तथा चितवनको लोगो झापामा प्रोमोट गर्ने लगायतका सम्झौता भएको क्लबले बताएको छ ।

    यस्तै, क्षमतावान् झापाली फुटबलरले ट्रायलमार्फत एफसी चितवनबाट एनएसएलमा मौकासमेत पाउन सक्नेछन् ।

  • नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेल फिलिपिन्ससँग खेल्ने

    नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेल फिलिपिन्ससँग खेल्ने

    काठमाडौं । नेपालले एएफसी महिला एसियन कप-२०२२ को पहिलो खेलमा फिलिपिन्ससँग खेल्ने भएको छ । नेपाल र फिलिपिन्सबीचको पहिलो खेल सेप्टेम्बर १८ मा उज्वेकिस्तानमा हुनेछ ।

    त्यस्तै नेपालले दोस्रो खेल सेप्टेम्बर २१ मा हङकङसँग खेल्ने छ । दुवै खेल नेपाली समयअनुसार ३:४५ बजे जार स्टेडियममा सुरु हुने एन्फाले जानकारी दिएको छ ।

    नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

    समूह एफमा नेपालसँगै हङकङ र फिलिपिन्स छन् । समूह एफको विजेताले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने छ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुने तालिका छ ।

  • टी-२० विश्वकप : अक्टोबर २४ मा भारत र पाकिस्तान भिड्ने

    टी-२० विश्वकप : अक्टोबर २४ मा भारत र पाकिस्तान भिड्ने

    काठमाडौं । अक्टोबर १७ देखि ओमान र युइईमा हुने पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत अक्टोबर २४ मा भारत र पाकिस्तान भिड्ने भएका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको पहिलो चरण अक्टोबर १७ देखि ओमानमा सुरु हुनेछ ।

    पहिलो खेलमा ओमानले पपुवा न्युगिनीसँग खेल्नेछ भने सोही दिन बंगलादेशले पनि स्कटल्यान्डको सामना गर्नेछ । प्रतियोगिताको फाइनल भने नोभेम्बर १४ मा दुबईमा हुनेछ ।

    दोस्रो चरणमा सुपर १२ टोलीले खेल्नेछन् । दोस्रो चरणमा दुई समूह हुनेछन् । अक्टोबर २३ मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले दोस्रो चरणअन्तर्गत अबुधावीमा खेल्ने छन् । सोही दिन वेस्ट(इन्डिज र इङ्ल्यान्ड खेल्नेछन् ।

  • ऋणको बोझले बार्सिलोनाको अवस्था निकै चिन्ताजनक

    ऋणको बोझले बार्सिलोनाको अवस्था निकै चिन्ताजनक

    एजेन्सी । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टोले क्लबको ऋण १.३५ विलियन युरो पुगेको जानकारी दिँदै यसलाई निकै चिन्ताजनक भनेका छन् ।

    अहिले क्लबले खेलाडीहरुको तलव कुल आयको १०३ प्रतिशत खर्च गर्नुपरेको छ । लापोर्टाले क्लबको यस्तो अवस्था आउनुलाई आफूअघिको नेतृत्वलाई दोषी देखाएका छन् । जोसेप मारिया बार्टेमोउ नेतृत्वको कमिटीले भयानक बिरासत छाडेको आरोप उनको छ ।

    मेस्सीको सम्झौता नवीकरण गर्दा तलवमानको खर्च बढेर आयको तुलनामा ११० प्रतिशत हुन जान्थ्यो । जसलाई ला लिगाले मान्यता दिने थिएन । त्यसैले बार्सिलोनाबाट बाहिरिँदै मेस्सीले दुई वर्षका लागि फ्रान्सेली क्लब पीएसजीमा सम्झौता थरेका छन् ।

    ‘क्लबको कुल आम्दानीको १०३ प्रतिशत तलवमा खर्च भइरहेको छ । अरु क्लबहरुभन्दा यो झण्डै २० देखि २५ प्रतिशतले बढी हो,’ लापोर्टाले भने । उनी मार्चमा भएको चुनावबाट अध्यक्षमा चुनिएका हुन् ।

    ‘हामी आएपछि ८० मिलियन युरो ऋण लिनैपर्ने भयो । नत्र भने हामीले खेलाडीलाई तलव दिन सक्ने गिएनौं । क्लबको पछिल्लो नेतृत्व झूटहरुको भण्डार थियो,’ लापोर्टाले भने, ‘क्लबको कुल सम्पत्ति ४५१ मिलियन युरो हो । र, अहिले भयानक अवस्थामा आइपुगेका छौं, यो निकै नै चिन्ताजनक स्थिति हो ।’

  • विश्वकप लिगअघि नेपालले पपुवा न्यूगिनीसँग एकदिवसीय खेल खेल्ने

    विश्वकप लिगअघि नेपालले पपुवा न्यूगिनीसँग एकदिवसीय खेल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनीसँग ओमानमा एकदिवसीय खेल खेल्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार नेपालले ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्नुअघि पपुवा न्यूगिनीसँग दुई वटा एकदिवसीय खेल खेल्ने निश्चित भएको हो ।

    नेपालले पपुवा न्यूगिनीविरुद्ध (सेप्टेक्बर ५ र ८) भदौ २० मा पहिलो र भदौ २३ मा खेल्नेछ ।

    सेप्टेम्बर १३ देखि २० सम्म नेपाल, ओमान र अमेरिकाबीच आईसीसी विश्वकप लिग-२ त्रिकोणत्मक ओडीआई सिरिज ओमानमा आयोजना हुँदैछ ।

  • मेस्सीविनाको बार्सिलोनाद्वारा ला लिगामा विजयी सुरुआत

    मेस्सीविनाको बार्सिलोनाद्वारा ला लिगामा विजयी सुरुआत

    एजेन्सी । रियल सोसिडाडमाथि जितसँगै मेस्सीविनाको बार्सिलोनाले स्पेनिस ला लिगामा जितको सुरुआत गरेको छ ।

    जेरार्ड पिकेको शशक्त हेड गोलसँगै बार्सिलानाले १९ औं मिनेटमा अग्रता बनाएको थियो । मेम्फिस डिपेको फ्रिकिकमा पिकेले गोल गरेका हुन् ।

    मार्टिन ब्रेथवेइटले पहिलो हाफको अन्त्यमा र दोस्रो हाफको सुरुआतमा गोल गरे । उनी बार्सिलोनाका लागि एकै खेलमा २ गोल गर्ने पहिलो डच खेलाडीसमेत बने ।

    त्यसयता सोसिडाडले लगातार दुई गोल गरी नोउ क्याम्पमा बार्सिलोनालाई दवावमा राख्ने प्रयास गरेको थियो । जुलेन लोबेटे र मिकेल ओयार्जाबालले गोल गरेपछि खेल ३–२ को स्थितिमा पुगेको थियो ।

    तर सेर्गी रोवर्टोले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोनाले आरामदायी घरेलु जित हासिल गर्न सफल रह्यो ।

    खेल सुरु हुनुअघि मेस्सीको जर्सी लगाएका २२ हजार बार्सिलोना समर्थकले १० मिनेटसम्म क्लबका कीर्तिमानी गोलकर्ता सुपरस्टारको सम्मान गरेका थिए ।

    काफ इन्जूरीका कारण कम्तिमा साढे २ महिना मैदानबाहिर रहेका नयाँ अनुबन्धन सर्जियो एग्यूरो भने बेन्चमा बसेर खेल हेरे ।

    यता ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले पनि सेल्टा भिगोलाई २–१ गोलअन्तरले पराजित गरी विजयी सुरुआत गरेको छ ।

  • मच्छिन्द्र क्लबले एकेडेमी संचालन गर्ने

    मच्छिन्द्र क्लबले एकेडेमी संचालन गर्ने

    काठमाडौं । शहीद स्मारक ‘ए’डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले पिस प्वाइन्ट स्कूलसँगको समन्वयमा ‘मच्छिन्द्र पीस प्वाइन्ट एकेडेमी’ संचालन गर्ने भएको छ ।

    आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई पक्षबीच ६ वर्षको लागि सम्झौता भएको हो ।

    संचालनको पहिलो वर्ष क्लबका र स्कुलबाट ७र७ जना एकेडेमीमा सामेल हुनेछन् । दोस्रो वर्ष क्लबले सात खेलाडी थप्नेछ र खेलाडी संख्या २१ बनाउनेछ । खेलाडीहरूले प्रशिक्षणसँगै पढाइ पनि जारी राख्ने छन् ।

    एकेडेमी संचालन गर्ने मच्छिन्द्र पाँचौ क्लब भएको छ । यसअघि संकटा, सातदोबाटो, न्यूरोड र मनाङ मर्स्याङदी क्लबले एकेडेमी संचालन गरिसकेका छन् । तीन विभागीय टोली पनि एकेडेमी संचालन गर्न सहमत भएको एन्फाले जनाएको छ ।

  • राष्ट्रिय फुटबल जर्सी प्रयोजक केटीएम सिटीको नयाँ सोरुम दरबारमार्गमा (भिडियो)

    राष्ट्रिय फुटबल जर्सी प्रयोजक केटीएम सिटीको नयाँ सोरुम दरबारमार्गमा (भिडियो)

    काठमाडौं । राष्ट्रिय फुटबल टिमको मुख्य प्र्रयोजक संस्था केटीएम सिटीले एन्फा सोरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार एक कार्यक्रमकाबीच सोरुमको उद्घाटन गरे । सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ ।

    पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौता पश्चात केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो ।

    उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्यवसायिक हिसाबमा अगाडि बढ्ने बताउनु भयो । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

    केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको स्पोर्ट्स किट्सको अलावा सहिद स्मारक ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरिसकेको छ ।

     

  • राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १७ खेलाडी(भिडियो)

    राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १७ खेलाडी(भिडियो)

    काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणको दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रारम्भिक चरणमा बोलाएका ४५ खेलाडी मध्ये ३९ खेलाडी बन्द प्रशिक्षणमा सहभागी थिए ।

    नेपाल पुलिस क्लबका पाँच खेलाडी परिक्षाका कारण र एक खेलाडी कोभिड पोजेटिभ आएका कारण प्रशिक्षणमा सामेल भएनन् । उक्त ३९ जनाबाट १७जना प्रशिक्षणबाट बाहिरिएका छन् ।

    फिलिप्सले २८ खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा डाकेका छन् । राष्ट्रिय महिला टोली एएफसी एसिएन कप छनोटको तयारी गरिरहेका छन् । छनोट खेलमा नेपाल फिलिपिन्स र हङकङ् संगै समुह ‘एफ’मा छ ।

    बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुः

    अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, अन्जली वाइबा, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्र राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर , रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, शर्मिला थापा, सिर्जना सिंह

     

  • ला लिगामा रियलको विजयी शुरुआत, बार्सिलोनाको खेल आज

    ला लिगामा रियलको विजयी शुरुआत, बार्सिलोनाको खेल आज

    एजेन्सी । हिजोदेखि सुरु भएको स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी शुरुआत गरेको छ । लिगको पहिलो खेलमा अलाभेसमाथि रियलले ४-१ गेलको अवे जित निकाल्यो ।

    रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । कार्लो एन्सेलोटीले गत सिजन टोटनह्याममा लोनमा विताएर फर्किएका ग्यारेथ बेललाई सुरुआती ११ मा राखेका थिए ।

    सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इडेन हाजार्डको पासमा बेन्जिमाले दोस्रो हाफको सुरुआतमै अग्रता दिलाएपछि ५६ औं मिनेटमा नाचोले तथा ६२ औं मिनेटमा बेन्जिमाले गोल गरे ।

    ६५ औं मिनेटमा पेनाल्टीमार्फत अलाभेसले १ गोल फर्कायो । भिनिसियस जुनियरले खेलको अन्त्यतिर गोल गरी ४–१ को जित निश्चित गरे ।
    बार्यन म्युनिखबाट फ्रि–ट्रान्सफरमा मड्रिड आएका स्वीस डिफेण्डर डेभिड अलाबाले रियलका लागि डेब्यू गरे । भिनिसियसको गोलका लागि उनैले बल उपलब्ध गराएका थिए ।

    लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले आज पहिलो खेल खेल्दैछ । हिजो आयोजित पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबमा मेस्सीको स्थान र महत्व सदैव रहने भन्दै विगतलाई सम्झिएर वर्तमान खराव बनाउन नहुने बताइसकेका छन् ।

    १७ सिजनपछि बार्सिलोनाले मेस्सीविना ला लिगा सुरु गर्दा खेलाडीको मनोविज्ञान र मनस्थितिमा पनि असर पर्नसक्ने आंकलन गरिएको छ । तर, प्रशिक्षक कोम्यानले मेस्सीविना ५ साता प्रशिक्षण गरिएको र सन्तुलित टिम निर्माण भइसकेको दावी गरेका छन् ।

    बर्सिलोनाले नोउक्याम्पमा आज राती सवा ११ बजेदेखि हुने रियल सोसिडाडसँगको खेलबाट ला लिगा सुरुआत गर्नेछ । गत सिजन एट्लेटिको मड्रिडले जितेको लिगमा बार्सिलोना तेस्रो भएको थियो । प्रशिक्षक कोम्यानले बार्सिलोना ला लिगा मात्र होइन, च्याम्पियन्स लिग जित्ने बलियो टोली भइसकेको दावी गरे ।

  • पीएसजीको लगातार जित, मेस्सीले डेब्यू गर्न बाँकी

    पीएसजीको लगातार जित, मेस्सीले डेब्यू गर्न बाँकी

    एजेन्सी । गएराति स्टार्सवर्गसँगको जितअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले लियोनल मेस्सीसहित यो सिजन अनुबन्ध भएका खेलाडीलाई समर्थकसामू सार्वजनिक गरेको छ ।

    मेस्सीले रंगशालामा बसेर पीएसजीको लिग वानमा लगातार दोस्रो जित हेरे । बार्सिलोनाका पूर्व सुपरस्टार मेस्सीसहित यो सिजन सर्जियो रामोस, इटलीका गोलरक्षक जियानलुगी डोनारुम्मा, नेदरल्याण्ड्सका जर्जिन्हो विज्नाल्दम र मोनाकोका अचरफ हाकिमी यो सिजन पीएसजी पुगेका हुन् ।

    यीमध्ये विज्नाल्दम र हाकिमीलाई टिममा राखिएको थियो भने तीनजनाले रंगशालामा बसेर खेल हेरे । गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सी त्यसयता विदामा थिए । पर्याप्त प्रशिक्षण नभएकै कारण उनले डेब्यू गर्न हतारो नगरेको बताइएको छ ।

    लगातार दोस्रो जित निकाल्ने क्रममा स्टार्सवर्गलाई ४–२ गोलले हराएको पीएसजीका लागि माउरो इकार्डी, केलियन एम्बाप्पे, जुलियन ड्रक्सलर र पाउलो सारावियाले गोल गरेका हुन् । खेलको अन्त्यतिर स्टार्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।

  • प्रधानमन्त्री देउवाद्वारा पारस खड्कालाई धन्यवाद तथा शुभकामना

    प्रधानमन्त्री देउवाद्वारा पारस खड्कालाई धन्यवाद तथा शुभकामना

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद तथा शुभकामना ब्यक्त गरेका छन् । आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न खड्का उनको निवास बालुवाटार गएका थिए ।

    भेटपछि देउवाले ट्वीटरमार्फत पारसलाई धन्यवाद तथा शुभकामना दिएका हुन् । उनी लेख्छन्, ‘नेपाली क्रिकेटले दुई दशकमा हासिल गरेका हरेक सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’

    देउवाले ट्वीटरमा पारससँगको फोटो सेयर गर्दै त्यस्तो लेखेका हुन् । पारसले पनि ट्वीटरमार्फत नै प्रधानमन्त्री देउवाको बधाईको जवाफ दिएका छन् । पारस लेख्छन्, ‘ ‘माननीय प्रधानमन्त्रीलाई आगामी दिनमा नेपाली क्रिकेटको वृद्धि र विकासमा सहयोग गर्ने आश्वासन दिनुभएकोमा धन्यबाद । ’

  • अफ्रिदीदेखि ब्रेथवेटसम्म: नेपालमा खेल्न आउँदैछन् यी विश्वस्तरीय क्रिकेटर

    अफ्रिदीदेखि ब्रेथवेटसम्म: नेपालमा खेल्न आउँदैछन् यी विश्वस्तरीय क्रिकेटर

    काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताको रूपमा दाबी गरिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी संस्करण असोजमा आयोजना हुँदैछ । यतिबेला फ्रेन्चाइज टिमहरू आगामी संस्करणका लागि खेलाडीहरू ‘हायर’ गर्न व्यस्त छन् ।

    कोरोना भाइरसको महामारीले नेपाललाई ६ महिना कडा लकडाउन जान बाध्य नबनाएको भए इपीएल सम्पन्न भएर पनि अर्कै मानक स्थापित गरिसकेको हुन्थ्यो । विश्व क्रिकेटका ठूला नाम- क्रिस गेल, एबी डिभिलियर्स, हासिम अमलाजस्ता खेलाडीहरू नेपाल आउने निश्चित भइसकेको थियो ।

    कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देश लकडाउनमा जान बाध्य भयो र स्थगित भयो इपीएल । गेल र डिभिलियर्सको ब्याटले रनवर्षा गरेको प्रत्यक्ष हेर्ने नेपाली क्रिकेटप्रेमीको धोको अधुरै रह्यो । यद्यपि, निराश भइहाल्नु पर्ने अवस्था छैन । नेपालमा ठूलो फ्यान फलोइङ भएका अन्य केही विश्वस्तरीय क्रिकेटर इपीएलमा जोडिएका छन् र जोडिने क्रम जारी छ ।

    करिब दुई वर्षपछि फेरि नेपाली क्रिकेट जगत ईपीएललाई लिएर उत्साहित भएको छ । प्रतियोगितामा प्रायोजकहरू जोडिने, क्लबले नयाँ खेलाडी सार्वजनिक गर्ने लगायतका गतिविधि जारी छन् । र, ईपीएलका लागि घोषित मिति नजिकिँदो छ ।

    केही ठूला क्रिकेटरहरू, विश्वकप विजेताहरू आसन्न ईपीएल खेल्न नेपाल आउने निश्चित भइसकेको छ । विभिन्न ६ फ्रेन्चाइज टोलीले नेपाली समर्थकलाई मनोरञ्जन दिलाउनका लागि महंगो रकममा ती खेलाडीलाई अनुवन्धित गरेका छन् । यद्यपि, उनीहरूको मूल्य खुलाइएको छैन ।

    शाहिद अफ्रिदी, पाकिस्तान

    विश्व क्रिकेटमै तहल्का मच्चाउन सफल एक सनसनी नाम हुन् पाकिस्तानी अलराउन्डर शाहिद अफ्रिदी । उनको ब्याटले चल्यो भने कुनै पनि बलरले पानी भन्न पाउँदैन ।

    विष्फोटक ब्याटिङका लागि चिनिएका ४४ वर्षिय अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन्न्यास लिइसकेका छन् । यद्यपि, फ्रेन्चाइज क्रिकेटमा भने उनी अझै सक्रिय छन् । ब्याटिङका साथै उनी स्पिन बलिङ पनि गर्छन् ।

    अफ्रिदीका नाममा अनेक विश्व किर्तिमानहरू जोडिएका छन् । उनले आफ्नो डेब्यू एकदिवसीय म्याचमै शतक हानेका थिए, त्यो पनि केवल ३७ बलमा । लामो समयसम्म यो अन्तर्राष्ट्रिय क्रिकेटमै सर्वाधिक छिटो शतकको रुपमा दर्ज थियो । १७ वर्षपछि न्यूजिल्यान्डका पूर्व क्रिकेटर कोरी एन्डरसनले ३६ बलमा शतक बनाएर अफ्रिदीको रेकर्ड तोडेका थिए ।

    बलिङतर्फ अफ्रिदीले एकदिवसीयमा ३ सय ९५, टेस्टमा २७, ९९ टी-२० आई र फस्ट क्लास क्रिकेटमा १ सय ३३ विकेट लिएका छन् । उनले खेलेका २७ टेस्ट खेल, ३ सय ९८ एकदिवसीय र ९९ टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा ११ हजारभन्दा बढी रन बनाएका छन् ।

    पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका अफ्रिदीले काठमाडौं किङ्ग्स इलेभेनबाट खेल्ने निश्चित भइसकेको छ । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उनलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो ।

    अफ्रिदीलाई किङ्ग्स ११ ले आइकोनिक इन्टरनेसनल स्टारको रूपमा भित्र्याएको बताएको छ । नेपालमा पनि निकै राम्रो फ्यान फलोइङ भएकाले उनको ब्याटिङ हेर्ने ठूलै भिड जम्मा हुन सक्ने (यदि कोरोनाका कारण दर्शकको उपस्थितिमा रोक लागेन भने) अवस्था छ ।

    दिनेश चन्डिमल, श्रीलंका

    श्रीलंकाका पूर्वकप्तान दिनेश चन्डिमल पनि भरपर्दा ब्याट्सम्यानका रुपमा चिनिन्छन् । श्रीलंकाबाट ६२ टेस्ट, १४९ ओडीआई र ५७ टी-२० आई खेलिसकेका उनी पनि अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित नाम हुन् ।

    चण्डिमलले आफ्नो क्रिकेट करिअरमा ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ वटा टि-२० खेलेका छन् । उनका नाममा ११ वटा टेस्ट सतक र ४ एकदिवसीय सतक छन् । ब्याटिङसँगै विकेटकिपिङ पनि गर्छन् । उनी ३१ वर्षका भए ।

    चन्डीमलले भैरहवा ग्लाडियटर्सबाट ईपीएल खेल्दै छन् । उनले नेपाल सुन्दर देश भएको बताउँदै नेपालमा आएर खेल्नका लागि आफू उत्सुक रहेको बताएका छन् । उनी श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडीसमेत हुन् ।

    शोएब मलिक, पाकिस्तान

    पाकिस्तानी अलराउन्डर सोयब मल्लिक मध्यक्रमका अनुभवि र भरपर्दा ब्याट्सम्यानका रुपमा चिनिन्छन् । क्रिजमा टिकेर खेल्ने र ठूला सटहरू पनि लगाउन सक्ने क्षमता छ उनको ।

    मलिक १०० वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष क्रिकेटर हुन् । उनले ३५ टेस्ट, २ सय ८७ एक दिवसीय, १ सय १६ टी-२० अन्र्तराष्ट्रिय र ४ सय २५ टी-२० खेलेका छन् । अनुभवी क्रिकेटर मलिकको उपस्थितिलाई लिएर नेपाली समर्थक पनि उत्साहित छन् ।

    मलिकले ईपीएल खेल्ने निश्चित भइसके पनि कुन टोलीबाट खेल्ने भन्ने खुलाइएको छैन ।

    ड्यानिस अजिज, पाकिस्तान

    पाकिस्तानी क्रिकेटर ड्यानिस अजिजले चितवन टाइगर्सबाट ईपीएल खेल्ने निश्चित भइसकेको छ । उनले सन् २०२१ अप्रिलमा दक्षिण अफ्रिका विरुद्धको खेलमा पाकिस्तान क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

    अजिजले २ एक दिवसीय र २ टी-२०आई खेलेका छन् । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई आइडियल मान्ने उनी प्रतिभावान युवा खेलाडी हुन् । २५ वर्षिय अजिजसँग दुई एकदिवसीय र दुई टि-२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । उनी अराउन्डरका रुपमा चिनिन्छन् ।

    कार्लोस ब्रेथवेट, वेस्ट-इन्डिज

    वेस्ट-इन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेटले कुन टोलीबाट ईपीएल खेल्ने निश्चित भइसकेको छैन । तर, उनी नेपाल आउने निश्चित भएको आयोजकले जनाएको छ ।

    सन् २०१६ मा भारतमा भएको टी-२० विश्वकप वेस्ट इन्डिजलाई जिताउन उनले ब्रेथवेटले निर्णायक भूमिका खेलेका थिए । ईंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको फाइनल खेलमा उनले ४ बलमा लगातार छक्का प्रहार गरेर वेस्ट इन्डिजलाई उपाधि दिलाएका थिए । त्यो अद्भूत प्रदर्शनले उनलाई विश्वसामु चिनाएको थियो ।

    ठूला सटका लागि कहलिएका ब्रेथवेटले ३ टेस्ट, ४४ एकदिवसीय र ४१ टी-२० आई खेलिसकेका छन् ।

  • फुटबल खेलाडी शान्तालाई सहयोग हस्तान्तरण

    फुटबल खेलाडी शान्तालाई सहयोग हस्तान्तरण

    काठमाडौं । आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई शुक्रबार आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा ब्यक्तिहरुको सहयोगमा सङ्कलित दुई लाख ५९ हजार रूपैयाँ शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।

    वालिङ नगरपालिका-८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा सङ्कलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले हस्तान्तरण गरेका हुन् । घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करिब पाँच आना घडेरी खरिद गरिसकेको नगरप्रमुख खाँणले बताए ।

    ‘खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो’, प्रमुख खाँणले भने, ‘यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धी दिने गर्छ ।’ खेलाडी तथा उसको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउँदै नगर प्रमुख खाँणले खेलाडीलाई जीवनयापनका लागि रोजगारीको अवसर र एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थापन गरिदिने उल्लेख गरे ।

    ‘नगरपालिकाबाट खेल क्षेत्र तथा खेलाडीको क्षमता विकास तथा आवश्यक सहयोगका लागि पटक पटक रकम विनियोजन गर्‍यौँ’, नगर प्रमुख खाँणले भने, ‘तर नगरले विनियोजन गरेको रकम खर्च हुन नसक्नु दुःखद् हो ।’ आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भइरहेको प्रशिक्षक दिलीप थापाले बताए । शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने खेलाडी र राम्रो खेल खेल्दै आइरहेको तर घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाडी गुमाउन नपरोस् भन्ने उद्देश्यले नगर प्रमुखसमक्ष गरेको अनुरोधको सुनुवाइ भएको प्रशिक्षक थापाले बताए ।

    ‘मलाई खेल खेल्न र अझै प्रशिक्षण लिएर राष्ट्रिय टिमबाट खेल प्रदर्शन गर्न इच्छा छ’, खेलाडी शान्ताले भनिन्, ‘आगामी दिनमा अझै जिम्मेवारी थपिएर गएको छ र मेरो सपनालाई एकदिन पक्कै पनि साकार पारेर छोड्ने छु ।’ शान्ता महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिकाको टिमबाट प्रतियोगितामा सहभागी अग्रपङ्क्तिकी खेलाडी हुन् । विभिन्न राष्ट्रिय खेलमा उनी सहभागी हुँदै आएकी छिन् ।

    रासस

  • च्याम्पियन बायर्न बराबरीमा रोकियो

    च्याम्पियन बायर्न बराबरीमा रोकियो

    काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको जर्मन बुन्डेसलिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरीमा रोकिएको छ । मोन्चेनग्लाडबाखको मैदान बोरुसिया–पार्कमा भएको खेलको १०औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो ।

    लार्स स्टिन्डीले दिएको पासमा अलासेन प्लेयाले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । निरन्तर मोन्चेनग्लाडबाखको रक्षापंक्तिमाथि आक्रामण गरेको भ्रमणकारी बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो हासफ सकिन लाग्दा बराबरी गोल फर्काए ।

    पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी रहँदा जोसुवा खिमिकको पासलाई गोलमा परिणत गर्दै लेवान्डोस्कीले जर्मन च्याम्पियन बार्यनलाई बराबरीमा ल्याएका थिए ।

    दोस्रो हाफमा दुवैतर्फबाट लगातार प्रयास भए पनि अपेक्षित फिनिसिङ नहुँदा खेल बराबरीमा टुङ्गिएको थियो ।

    बराबरीसँगै दुवै टोलीले अंक बाँडेका हुन् । गत सिजन शीर्ष स्थानमा १२ अंकको अग्रता बनाउँदै बार्यन लगातार नवौं पटक लिग च्याम्पियन बनेको थियो ।

  • ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

    ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

    काठमाडौं । खेलको तेस्रो मिनेटमै १० जना खेलाडीमा सीमित भएको भ्यालेन्सियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा गेटाफेविरुद्ध १–० को कठिन जित निकालेको छ ।

    शुक्रबार राति घरेलु मैदान स्टाडियो मेस्टेलामा भएको खेलेका सुरुआतमै गेटाफेका खेलाडीमाथि खराब फाउल गरेपछि भ्यालेन्सियाका हुगो ग्विलामोन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो ।

    उनी बाहिरिएसँगै १० जनामा सीमित भएको भ्यालेन्सियाले ११औं मिनेटमा पेनाल्टी पाएको थियो । गेटाफेका डिजेनले डेनिस चेरिसेभमाथि १८ यार्ड बक्सभित्र फाउल गरेपछि भ्यालेन्सियाले स्पटबाट अग्रता लिने मौका पाएको थियो ।

    सोही पेनाल्टीको सदुपयोग गर्दै भ्यालेन्सियाका कार्लोस सोलेरले टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको गेटाफेले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेन ।

    निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा एरिक काबाकोले दोहोरो पहेँलो कार्डको सामना गर्दैैै मैदान छाड्नु परेपछि गेटाफे पनि खेलको अन्त्यमा १० जना खेलाडीमा सीमित भएको थियो ।

    जितसँगै भ्यालेन्सियाले तीन अंक जोडेको छ भने गेटाफेले खराब सुरुआत गरेको छ । स्पेनिस ला लिगामा शनिबार राति चार खेल हुँदैछन् ।

  • प्रिमियर लिगमा नवप्रवेशी ब्रेन्टफोर्डसँग आर्सनल पराजित

    प्रिमियर लिगमा नवप्रवेशी ब्रेन्टफोर्डसँग आर्सनल पराजित

    काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नवप्रवेशी ब्रेन्टफोर्ड फुटबल क्लबसँग आर्सनल २-० गोलको नजितामा पराजित भएको छ । शुक्रबार राति ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले ऐतिहासिक जित निकाल्यो ।

    प्रिमियर लिगको पुरानो क्लब आर्सनललाई कठिन प्रतिस्पर्धा दिएको ब्रेन्टफोर्डका लागि २२औं मिनेटमा सर्जी कानोसले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ब्रेन्टफोर्ड क्लबको इतिहासकै पहिलो प्रिमियर लिगको गोलका लागि कानोसलाई इथान पिन्नकले असिस्ट दिएका थिए ।

    पहिलो हाफमा १-० ले पछि परेको आर्सनले दोस्रो हाफमा थप एक गोल खायो । बराबरी गोलका लागि प्रयासरत आर्सनलको रक्षापंक्ति छिचोल्दै ब्रेन्टफोर्डका क्रिस्टियन नोर्गार्डले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    निर्धारित ९० मिनेटसम्म सोही अग्रताको सुखद् बचाउ गर्दै ब्रेन्टफोर्डले क्लिनसिटसहित शानदार जित निकाल्यो ।

    जितसँगै ब्रेन्टफोर्डले तीन अंक जोडेको छ भने आर्सनल अंकविहीन छ । शनिबार राति प्रिमियर लिगमा थप ७ खेल हुँदैछन् ।

  • बुन्डेसलिगाको पहिलो खेलमा बायर्न र मोन्चेनग्लाडबाख भिड्दै

    बुन्डेसलिगाको पहिलो खेलमा बायर्न र मोन्चेनग्लाडबाख भिड्दै

    काठमाडौं । युरोपका अधिकांस राष्ट्रिय फुटबल लिगहरू आजदेखि सुरु हुँदैछन् । यस्तै जर्मनीको बुन्डेसलिगाअन्तर्गत पनि शुक्रबार राति पहिलो खेल हुँदैछ ।

    शुक्रबार राति नेपाली समयअनुसार १०ः३० बजे हुने खेलमा साविक विजेता बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबाखसँग खेल्दै छ ।

    गत सिजन ३४ खेलमा ७८ अंक हासिल गर्दैै शीर्ष स्थानमा १२ अंकको अग्रतासहित बार्यन लगातार नवौं पटक लिग च्याम्पियन बनेको थियो । त्यस्तै मोन्चेनग्लाडबाख समान खेलबाट ४९ अंक जोड्दै तालिकाको आठौं स्थानमा सीमित भएको थियो ।

    गत सिजन बुन्डेसलिगाबाट बायर्नसँगै आरबी लाइपजिग, बोरुसिया डर्टमन्ड र वुल्फ्सबर्ग क्रमशः शीर्षदेखि चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भएका थिए ।

  • आज रातिदेखि सुरु हुने इङ्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध ब्रेन्टफोर्डले डेब्यू गर्दै

    आज रातिदेखि सुरु हुने इङ्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध ब्रेन्टफोर्डले डेब्यू गर्दै

    काठमाडौं । सबैभन्दा प्रतिष्ठित राष्ट्रिय लिग- इङ्लिस प्रिमियर लिग आज रातिदेखि सुरु हुँदैछ । शुक्रबार राति हुने प्रिमियर लिगको पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफोर्डले आर्सनलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

    नेपाली समयअनुसार राति १२ः४५ बजे ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा हुने खेल ब्रेन्टफोर्डको प्रिमियर लिगमा पहिलो खेल हुनेछ । गत सिजन दोस्रो डिभिजन– च्याम्पियनसिपको तेस्रो स्थानमा रहेर प्ले अफ हुँदै ब्रेन्टफोर्ड पहिलो पटक इङ्लिस फुटबलको शीर्ष डिभिजनमा बढुवा भएको हो ।

    प्रिमियर लिगअन्तर्गत शुक्रबार राति एक खेल मात्रै हुनेछ भने शनिबार राति सात तथा आइतबार राति दुई खेल हुनेछन् ।

    शनिबार राति हुने खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग खेल्ने छ । यस्तै च्याम्पियन्स लिग विजेता चेल्सीले क्रिस्टल प्यालेससँग खेल्दा लिभरपुलले नर्विच सिटीको सामना गर्नेछ ।

    साविक विजेता म्यानचेस्टर सिटीले भने आइतबार राति टोटेनह्याम हट्सपरसँग खेल्ने छ ।

  • ज्लाटान, नेइमार, आल्भेसपछि बार्साबाट पीएसजी जाने नवौं खेलाडी बने मेसी

    ज्लाटान, नेइमार, आल्भेसपछि बार्साबाट पीएसजी जाने नवौं खेलाडी बने मेसी

    काठमाडौं । क्बल फुटबलमा स्पेनिस महारथी बार्सिलोनापछि फ्रेन्च हेभिवेट- पेरिस सेन्ट जर्मन (पीएसजी)मा व्यावसायिक फुटबल खेल्ने नवौं खेलाडी बनेका छन्, लियोनल मेसी ।

    बार्सिलोनासँगको सम्झौता सकिएपछि अजेन्टिनी सुपरस्टारको २१ वर्ष लामो बार्सिलोना बसाईमा पूर्णविराम लागेको थियो । ३४ वर्षीय अर्जेन्टाइन कप्तान मेसीले क्याटलान क्लबमै बस्ने इच्छा राखे पनि क्लबको आर्थिक समस्यका कारण त्यो सफल हुन सकेन ।

    पीएसजीमा अनुबन्धित भएसँगै मेसी पनि बार्सिलोनापछि फ्रेन्च क्लबमा खेल्ने खेलाडीको समूहमा सामेल भए । नेइमार, जाल्टान इभ्राहिमोभिक र ड्यानी आल्भेस लगायतका खेलाडीसँगै बार्साबाट पीएसजी जाने मेसी नवौं खेलाडी हुन् ।

    बार्सिलोनापछि पीएसजीमा व्यावसायिक फुटबल खेल्ने ९ खेलाडी:

    ज्वान पाब्लो सोरिन

    अर्जेन्टिनी डिफेन्डर सोरिनले सन् २००२/०३ सिजन जारी रहँदा लोनमा बार्सिलोनासँग आबद्ध भएका थिए । त्यसको अर्को सिजन उनी पुनः अर्जेन्टाइन क्लब क्रुजेइरोबाट लोनमै पीएसजी गएका थिए । र, २००३/०४ सिजनको समाप्तिसँगै उनी होम क्लब क्रुजेइरो फर्किएका थिए ।

    लुडोभिक ग्युली

    बार्सिलोनामा सन् २००४ देखि २००७ सम्म खेलेका फ्रेन्च खेलाडी ग्युलीले तीन सिजनमा दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए । उनले बार्सिलोनापछि एक सिजन रोमाबाट खेले र त्यसपछिका तीन सिजन पीएसजीमा बिताएका थिए ।

    थिएगो मोट्टा

    इटालियन पूर्व खेलाडी मोट्टा सन् २००१ मा बार्सिलोनामा आबद्ध भएर ६ सिजन खेलेका थिए । उनले २०१२ मा पीएसजीमा सामेल हुनुभन्दा अगाडि एथ्लेटिको मड्रिड, गेनेआ र इन्टर मिलानबाट खेलेका थिए । उनले आफ्नो व्यावसायिक करियरको ६ सिजन पीएसजीमा बिताएपछि २०१८ मा अवकास लिएका थिए ।

    म्याक्सवेल

    ब्राजिलियन फुलब्याक म्याक्सवेल सन् २००९ मा बार्सिलोनामा अनुबन्ध भएर तीन वर्ष स्पेनमा खेले । र, २०१२ मा ३५ लाख युरोमा अनुबन्ध भई, पाँच वर्ष पेरिसमा बिताएर सन् २०१७ मा अवकास लिएका थिए ।

    राफिन्हा

    बार्सिलोनाको एकेडेमीका उत्पादन हुन् राफिन्हा । उनी सिनियर टोलीमा सन् २०११ मा बढुवा भएका थिए । बार्सिलोनामा नौ सिजन खेलेपछि उनलाई दुई पटक सेल्टा भिगो र एक पटक इन्टर मिलान लोनमा पठाइएको थियो । सन् २०२० को समरमा राफिना फ्री-ट्रान्सफरमा पीएसजीमा अनुबन्ध भएका थिए ।

    ड्यानी आल्भेस

    फुटबलको इतिहासमा सबैभन्दा प्रतिष्ठितमध्ये एक खेलाडी हुन्, ड्यानी आएल्भेस । क्लब फुटबलका सर्वाधिक सफल खेलाडी एल्भेसले ४२ वटा मेजर ट्रफी जितेका छन् । भर्खरै ब्राजिलियन राष्ट्रिय टोलीबाट ओलम्पिक गोल्डमेडलिस्टसमेत बनेका आल्भेस सेभियाबाट सन् २००८मा बार्सिलोनासँग अनुबन्धित भएका थिए । ब्राजिलियन खेलाडी आल्भेसले क्याटलान क्लबमा आठ सिजन खेलेका थिए । त्यसपछि २०१६ मा युभेन्टसमा आबद्ध भएर एक सिजन बिताएपछि पीएसजीबाट दुई वर्ष खेलेका थिए ।

    ज्लाटन इब्राहिमोविच

    स्विडिस स्ट्राइकर जाल्टान सन् २००९ मा बार्सिलोनामा अनुबन्ध भएका थिए । र, तीन सिजन क्लाटलान जायन्ट्समा खेलेर उनी सन् २०१० मा लोनमा एसी मिलान गएका थिए । त्यसपछि २०१२ मा पीएसजीमा अनुबन्धित भएर चार सिजन फ्रेन्च क्लबबाट खेलेका थिए ।

    नेइमार

    बार्सिलोनामा चार सिजन बिताएका नेइमारको पीएसजी सरुवा विश्व फुटबलकै सर्वाधिक चर्चित र महंगो ट्रान्सफर हो । बार्सिलोनामा नेइमारले प्रशिक्षक लुइस इनरिकेको नेतृत्वमा ‘ट्रेबल’समेत जितेका थिए । त्यसपछि सन् २०१७ मा ब्राजिलियन स्टार फरवार्ड नेइमार २०१७ को समर ट्रान्सफर विन्डोमा कीर्तिमानी २२ करोड पाउन्डभन्दा बढी मुल्यमा पीएसजीमा अनुबन्ध भएका थिए ।

    लियोनेल मेसी

    बार्सिलोनामा खेलेपछि पीएसजीबाट खेल्ने नयाँ खेलाडी हुन्- अर्जेन्टिनी लिजेन्ड मेसी । बार्सिलोनासँगको सम्झौता सकिएपछि यसै साता फ्रेन्च क्लब- पीएसजीमा अनुबन्धित भएका हुन् ।

    एजेन्सीहरूको सहयोगमा
  • कीर्तिमानी मूल्यमा चेल्सी फर्किए लुकाकु

    कीर्तिमानी मूल्यमा चेल्सी फर्किए लुकाकु

    एजेन्सी । इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई इटलीको इन्टर मिलानबाट क्लब कीर्तिमान ९७.५ मिलियन पाउण्डमा पुनः अनुबन्ध गरेको छ ।

    २८ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकुले स्टाम्फोर्ड ब्रिज फर्कँदै गर्दा पाँच वर्षको सम्झौता गरेका छन् । सन् २०१४ मा चेल्सीले २८ मिलियन पाउण्डमा एभर्टनलाई बेचेको थियो ।

    यो मूल्य प्रिमियर लिगकै कीर्तिमानी ट्रान्सफरभन्दा थोरै कम हो । यसै सिजन म्यानचेस्टर सिटीले कीर्तिमानी १ सय मिलियन पाउण्डमा ज्याक ग्रेलिसलाई अनुबन्ध गरेको थियो ।

    ‘म यहाँ पहिलोचोटी आउँदा बच्चाजस्तै थिएँ । अहिले धेरै अनुभवी र लायक बनेर फर्किएको छु,’ लुकाकुले भनेका छन्, ‘मैले बच्चा बेलादेखि नै चेल्सीलाई समर्थन गरेँ । अहिले सोही क्लबको सफलतामा सहयोग गर्न पाउँदै छु । यसले अतिरिक्त उत्साह थपेको छ ।’

    १० वर्षअघि यही महिना लुकाकु १८ वर्षको उमेरमा घरेलु क्लब एण्डरलेक्बाट चेल्सी पुगेका थिए ।

  • दीनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

    दीनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

    काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि भैरहवा ग्लाडिएटर्सले श्रीलंकाली राष्ट्रिय क्रिकेटर दीनेश चन्डिमललाई अनुबन्ध गरेको छ । असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि विश्वकप च्याम्पियन दीनेशलाई अनुबन्ध गरेको क्लबले जानकारी दिएको हो ।

    सन् २०१३ मा चन्डिमल बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टी-२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । २०१४ को टी-२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चन्डिमल पनि उक्त टोलीका सदस्य थिए ।

    श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चन्डिमल ओडीआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडीआईमा कप्तानी गरेका थिए ।

    चन्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडीआई र ५७ टी-२० आई खेल खेलेका छन् । टी-२० आईमा चन्डिमलले ५ अर्धशतकसहित कूल ८ सय ६८ रन जोडेका छन् । चन्डिमलले राजस्थान रोयल्सबाट आईपीएलसमेत खेलिसकेका छन् ।

    ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान चन्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चन्डिमलले श्रीलंका टेस्ट, ओडीआई र टी-२० तीनै शैलीमा कप्तानी गरेका छन् ।

    भैरहवामा यसअघि झैं शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रूपमा निरन्तर रहेको पनि क्लबे जानकारी दिएको छ ।

  • विश्व बरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बरियता सुध्रियो

    विश्व बरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बरियता सुध्रियो

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको विश्व बरियतामा चार स्थानले सुधार भएको छ । विश्व फुटबलको नियमन निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १६८औं स्थानमा उक्लिएको छ ।

    यसअघि १७२औं स्थानमा रहेको नेपालको चार स्थान सुधार भएको हो । नयाँ बरियताअनुसार शीर्ष स्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा फ्रान्स छ ।

    युरो २०२० को उपविजेता इङ्ल्यान्ड चौथो स्थानमा रहँदा युरो च्याम्पियन इटाली पाँचौं स्थानमा छ । कोपा अमेरिका २०२१ च्याम्पियन अर्जेन्टिना छैठौं तथा ओलम्पिक २०२० को रजत पदक विजेता स्पेन सातौं स्थानमा छ ।

    पोर्चुगल आठौं तथा मेक्सिको नवौं स्थानमा छ भने दशौं स्थानमा अमेरिका छ ।

    एसियाली मुलुकको शीर्ष स्थानमा भने जापान छ । विश्व बरियताको २४औं स्थानमा रहेको जापान इरान ९२६०, अस्ट्रेलिया ९३५० र दक्षिण कोरिया ९३६० भन्दा अगाडि छ । सन् २०२२ मा विश्व कप आयोजनाको तयारी गरिरहेको कतार ४२औं स्थानमा छ ।

    दक्षिण एसियाली मुलुकको सूचीको शीर्ष स्थानको भारत विश्व बरियताको १०५औं स्थानमा छ । यस्तै अफगानिस्तान १५३औं र माल्दिभ्स १५८औं स्थानमा छन् । दक्षिण एसियाली मुलुकमध्ये भुटान, पाकिस्तान, बंगलादेश र श्रीलंका नेपालभन्दा पछाडि छन् ।

  • डेब्युको तयारी गर्दै ब्रेन्टफोर्डः प्रशिक्षक भन्छन्– हामी प्रिमियर लिगमा पनि आक्रामक फुटबल खेल्छौं

    डेब्युको तयारी गर्दै ब्रेन्टफोर्डः प्रशिक्षक भन्छन्– हामी प्रिमियर लिगमा पनि आक्रामक फुटबल खेल्छौं

    काठमाडौं । प्रिमियर लिगमा पहिलो पटक सहभागी हुने तयारीमा रहेको ब्रेन्टफोर्ड फुटबल क्लबका प्रशिक्षक थोमस फ्रान्कले आक्रामक फुटबल खेल्ने बताएका छन् । गत सिजन इङ्लिस फुटबलको दोस्रो डिभिजन- च्याम्पियनसिपबाट बढुवा भएको ब्रेन्टफोर्डले आक्रामक शैलीको फुटबल खेल्दै आएको छ ।

    र, शुक्रबार रातिदेखि सुरु हुने इङ्लिस प्रिमियर लिगको आगामी सिजनमा पनि ब्रेन्टफोर्डले आफ्नो शैली परिवर्तन नगर्ने प्रशिक्षक फ्रान्कले प्रतिक्रिया दिएका हुन् ।

    ‘टप फ्लाइट’मा हामी केही व्यक्तिहरूलाई सरप्राइज दिन्छौं’ गत सिजन च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता टोलीका प्रशिक्षक फ्रान्क भन्छन्, ‘हामी प्रिमियर लिगमा आक्रमण गर्न चाहन्छौं ।’

    ब्रेन्टफोर्डले प्रिमियर लिगको इतिहासकै आफ्नो पहिलो खेलमा शुक्रबार राति आर्सनलको सामना गर्दैछ ।

    ‘म आगामी खेलका लागि एकदमै फोकस्ड छु’ प्रशिक्षक फ्रान्क भन्छन् ।

    नयाँ सिजनको पहिलो खेलमा शुक्रबार राति १२ः४५ बजे ब्रेन्टफोर्ड र आर्सनल भिड्दै छन् । ब्रेन्टफोर्डको घरेलृ मैदानमा हुने खेल क्लबका लागि ऐतिहासिक हुनेछ ।

  • इन्स्टाग्राममा पोस्ट गर्दै रामोसले पीएसजीमा स्वागत गरे मेसीलाई

    इन्स्टाग्राममा पोस्ट गर्दै रामोसले पीएसजीमा स्वागत गरे मेसीलाई

    काठमाडौं । वर्षौदेखि चिर-प्रतिद्वन्दी बनेर उभिँदै आएका दुई खेलाडी- सर्जियो रामोस र लियोनेल मेसी अब ‘टिममेट’ बनेर एक-अर्काका लागि उभिने भएका छन् । स्पेनिस ला लिगामा रामोस रियाल मड्रिडका डिफेन्डर र मेसी बार्सिलोनाका फरवार्ड थिए ।

    ‘एल क्लासिको’मा प्रायः सधैँ एकअर्काका दुश्मन रहँदै आएका रामोस र मेसी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका छन् ।

    रामोस फ्रेन्च राजधानी पुगेको धेरै भइसके पनि मेसी भने मंगलबार मात्रै पीएसजीको खेलाडीका रूपमा सार्वजनिक भए । कठोर दुश्मनीका लागि चिनिने दुई खेलाडी अब सहयात्री बन्ने भएपछि समर्थकहरू त्यसप्रति पनि उत्सुक छन् ।

    मेसीले पीएसजीसँग सम्झौता गरेसँगै रामोसले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गदैै मेसीको स्वागत गरेका छन् ।

    ‘कसैले हामीलाई भन्दै थियो ? राइट लियोमेसी ? स्वागत छ,’ रामोसले आफ्नो र मेसीको डमीमा लगाइएको जर्सीको फोटो सेयर गर्दै लेखेका छन् ।

  • यस्ता छन्, बार्सिलोनामा मेसीले तोड्न नसकेका कीर्तिमान !

    यस्ता छन्, बार्सिलोनामा मेसीले तोड्न नसकेका कीर्तिमान !

    काठमाडौं । लियोनेल मेसी क्लबबाट बिदा भएसँगै बार्सिलोनाको एक गौरवशाली अध्यायको अन्त्य भएको छ । सन् २००० मा सुरु भएको मेसीको बार्सिलोना यात्रा २०२१ मा उनको क्लब सम्झौतासँगै समाप्त भएको छ । मेसीले क्लबमा आधा तलब घटाएर बस्ने इच्छा राखे पनि ला लिगाको नियमका कारण बार्सिलोना बसाइमा पूर्णविराम लागेको छ । र, मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग दुई वर्षको सम्झौतामा आबद्ध भएका छन् ।

    मेसी काटलान क्लबको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् । उनी बार्सिलोनाबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । बार्सिलोनाका लागि ७ सय ७८ खेल खेलेका मेसीले ३५ उपाधि जितेका छन् । मेसी बार्सिलोनाका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्, उनले ६ सय ७२ गोल गरेका छन् ।

    १७ वर्ष बार्सिलोनाको जर्सी लगाएर खेलेका मेसीले धेरै रेकर्ड बनाएका छन् । ६ पटक बालन डी’अर जित्ने तथा एकै क्लबका लागि सर्वाधिक गोलकर्ता जस्ता अद्भूत कीर्तिमान मेसीकै नाममा छन् । तर, अप्रत्याशित रूपमा नयाँ सिजनका लागि क्लब छाड्नु परेपछि केही इतिहासको नजिक पुगेर पनि भङ्ग गर्न भने मेसी असफल रहे ।

    मेसी एउटै क्लबका लागि सबैभन्दा धेरै ट्रफी जित्ने खेलाडी हुन् ?

    लियोनल मेसीले बार्सिलोनाको खेलाडीको रूपमा डोमेस्टिक र युरोपेली क्लब फुटबलका गरी कूल ३५ ट्रफी जितेका छन् । तर, म्यान्चेस्टर युनाइटेडका महान खेलाडी रायन गिग्सपछि एउटै क्लबबाट धेरै ट्रफी जित्ने खेलाडी बने । गिग्सले युनाइटेडबाट ३६ ट्रफी जितेका छन् ।

    खेलाडी क्लब उपाधि
    रायन गिग्स म्यानचेस्टर युनाइटेड ३६
    लियोनेल मेसी बार्सिलोना ३५
    जाभी हर्नान्डेज बार्सिलोना ३३
    एन्द्रेस इनिएस्टा बार्सिलोना ३०
    जेरार्ड पिके बार्सिलोना ३०

    सबैभन्दा धेरै पटक ला लिगा उपाधि जित्ने खेलाडी को हुन् ?

    बार्सिलोनासँग १७ वर्षको यात्रामा मेसीले १० पटक ला लिगा जितेका छन् । उनी लिगको इतिहासकै संयुक्त रूपमा दोस्रो सफल खेलाडी हुन् । रियाल मड्रिडका पूर्व खेलाडी पिरी र उनका सफलता बराबरी छन् । रियालका अर्का महान् पाको जेन्टो १२ उपाधिसहित ला लिगाको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् ।

    पोजिसन खेलाडी क्लब ला लिगा उपाधि
    पाको गेन्टो रियाल मड्रिड १२
    लियोनेल मेसी बार्सिलोना १०
    पिरी रियाल मड्रिड १०
    एन्द्रेस इनिएस्टा बार्सिलोना
    जोसे एन्टोनियो कमाचो रियाल मड्रिड
    सान्टिलाना रियाल मड्रिड
    अमानसिओ रियाल मड्रिड

    युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी को को हुन् ?

    मेसी बार्सिलोनाबाट दोस्रो सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले च्याम्पियन्स लिगमा १ सय ४९ खेल खेलेका छन् । मेसीका पूर्व टिममेट जाभी हर्नान्डेजले बार्सिलोनाबाट च्यापियन्स लिगमा १ सय ५१ खेल खेलेका छन् ।

    खेलाडी खेल अवधि
    जाभी हर्नान्डेज १५१ १९९८-२०१५
    लियोनेल मेसी १४१ २००५-२०२१
    एन्द्रेस इनिएस्टा १३० २००२-२०१८
    सर्जियो बुस्केट ११९ २००८-अहिलेसम्म
    जेजार्ड पिके ११५ २००८-अहिलेसम्म

    मेसी कोपाडेल रेका सर्वाधिक गोलकर्ता हुन् त ?

    होइनन् । कोपाडेल रे इतिहासको चौथो सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्, मेसी । बार्सिलोना करियरमा सात पटक कोपाडेल रे जितेका मेसीले प्रतियोगितामा ५६ गोल गरेका छन् । पूर्व स्पेनिस स्ट्राइकर टेल्मो जारा ८१ गोलसहित प्रतियोगिताको सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् ।

    खेलाडी क्लब वर्ष गोल
    टेल्मो जारा एथ्लेटिक बिल्बाओ १९३९-१९५७ ८१
    जोसेप सामिटाएर बार्सिलोना, रियाल मड्रिड १९१९-१९३४ ७०
    ग्विलेर्मो गोरोस्टिजा रेसिङ फेरोल, एथ्लेटिक बिल्बाओ, भ्यालेन्सिया १९२८-१९४६ ६४
    लियोनेल मेसी बार्सिलोना २००४-२०२१ ५६
    एडमुन्डो स्वारेज भ्यालेन्सिया १९३९-१९५० ५५
  • सुपर कपको उपाधि चेल्सीलाई

    सुपर कपको उपाधि चेल्सीलाई

    एजेन्सी । युरोपेली च्याम्पियन चेल्सीले युईएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिगको साविक विजेता भिल्लारियललाई पेनाल्टी शुटआउटमा ६–५ गोलले हराएर चेल्सीले उपाधि जितेको हो ।

    युईएफएले च्याम्पियन्स लिग र युरोपा लिगको विजेतालाई नयाँ सिजनको सुरु हुनुअघि सुपर कपको रुपमा प्रतिस्पर्धा गराउँछ ।

    निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी खेलेपछि पेनाल्टी शुटआउटमा पुगेको खेलमा चेल्सीका गोलरक्षक केपा अरिजावालागाले भिल्लारियलका कप्तान राउल अलवियोलको पेनाल्टी रोकेपछि चेल्सी विजयी भएको हो ।

    उत्तरी आयरल्याण्डको बेलफास्ट रंगशालामा १३ हजार दर्शकबीच हाकिमी जियाजले २७ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुधारिएको भिल्लारियलका लागि जेरार्ड मोरेनोले ७३ औं मिनेटमा बराबरी गोल फर्काए ।

  • सुपर कपमा चेल्सी र भिलारियाल भिड्दै

    सुपर कपमा चेल्सी र भिलारियाल भिड्दै

    काठमाडौं । गत सिजनको युइएफए च्याम्पियन्स लिग च्याम्पियन चेल्सी र युरोपा लिग च्याम्पियन भिलारियाल बुधबार राति सुपर कपमा आमनेसामने हुँदैछन् ।

    गत सिजन च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रतिद्वन्दी म्यानचेस्टर सिटीलाई १–० गोलको नजितामा पराजित गर्दै चेल्सीले २०१२ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । त्यस्तै, स्पेनिस क्लब भिलारियालले पनि युरोपा लिगाको फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको थियो ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएसँगै युरोपा लिगको फाइनल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत लिइएको थियो ।

    रोमाञ्चक पेनाल्टी सुटआउट–सडन डेथमा ११–१० को जित निकाल्दै भिलारियालले पहिलो पटक युरोपियन फुटबलको उपाधि जितेको थियो ।

    आज राति नर्दन आयरल्यान्डको राजधानी बेलफास्टस्थित विस्डोर पार्कमा हुने खेलमा भिलारियाल दोस्रो युरोपेली फुटबलको उपाधि जित्ने दाउमा छ । यद्यपि, सन् १९९८ यताका तीन सुपर कपमा पराजित चेल्सी खराब इतिहास परिवर्तन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ ।

    यसअघि सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिग जितेको चेल्सी युरोपा लिग विजेता एथ्लेटिको मड्रिडसँग पराजित भएको थियो । त्यसपछि पुनः २०१३ मा युरोपा लिग जित्दै सुपर कप खेलेको चेल्सीविरुद्ध जर्मन महारथी बायर्न म्युनिखले बाजी मारेको थियो ।

    त्यस्तै सन् २०१९ मा पनि युरोपा लिग जित्दै सुपर कपमा पुगेको चेल्सी च्याम्पियन्स लिग विजेता लिभरपुलसँग पराजित भएको थियो ।

    चेल्सीले अन्तिम पटक सन् १९९८ मा रियाल मड्रिडलाई १–० को नतिजामा पराजित गर्दै सुपर कपको उपाधि जितेको थियो ।

    अर्कातिर पहिलो पटक सुपर कप खेल्न लागेको भिलारियालका प्रशिक्षक उनै एम्रीले भने तीन पटक सुपर कपको अनुभव लिइसकेका छन् । सन् २०१४ देखि १६ सम्म लगातार सेभिया युरोपा लिग च्याम्पियन बन्दा एम्री नै प्रशिक्षक थिए ।

    यद्यपि, तीन पटक नै सुपर कपमा सेभिया पराजित भएको थियो । तीमध्ये एक पटक बार्सिलोना र दुई पटक रियाल मड्रिडसँग एम्री नेतृत्वको सेभिया पराजित भएको थियो ।

    आज राति नेपाली समयअनुसार १२ः ४५ बजे सुरु हुने खेलमा दुवै टोली जित हासिल गर्दै उपाधिसहित नयाँ सिजनको सुरुआत गर्ने तयारीमा छन् ।

  • पीएसजीको नयाँ अट्याकिङ ‘ट्रिओ’– एमएमएन

    पीएसजीको नयाँ अट्याकिङ ‘ट्रिओ’– एमएमएन

    काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनेल मेसीलाई क्लबमा भित्र्याएसँगै फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन (पीएसजी)ले नयाँ अट्याकिङ ‘ट्रिओ’ तयार गरेको छ । बार्सिलोनाको आर्थिक समस्याका कारण क्लब छोड्न बाध्य भएका मेसीलाई बुधबार बिहान नै पीएसजीले क्लबका नयाँ खेलाडीको रूपमा सार्वजनिक गरिसकेको छ ।

    मेसीको आगमनसँगै पीएसजीले ‘हेभिवेट’ अट्याकिङ ट्रिओ पनि निर्माण गरेको छ । बार्सिलोनाको अट्याकिङ ट्रिओ– एमएसएन (मेसी–स्वारेज–नेइमार) पछिल्लो दशकको चर्चित अट्याकिङ ट्रिओ थियो । तर, मेसी पीएसजीमा अनुबन्धित भएसँगै एमएमएन– मेसी–एमबाप्पे–नेइमारको नयाँ ट्रिओ बनेको छ ।

    मोर्डन फुटबलका उत्कृष्ट चार खेलाडीमध्ये तीन खेलाडी हुन्– मेसी–एम्बाप्पे र नेइमार । पीएसजीको अट्याकिङ थर्डमा उनीहरूको उपस्थितिले विपक्षी टोलीको रक्षापंक्तिको सातो पक्कै उडाउने छ ।

    टोटेनह्यामबाट बर्खास्त भएर पीएसजी पुगेका प्रशिक्षक माउरिसियो पोचेटिन्होले सम्भवतः आधुनिक फुटबलको सबैभन्दा सशक्त आक्रामक ट्रिओ परिचालन गर्न पाउने छन् । कतिपय समर्थकले इङ्लिस क्लबबाट बर्खास्त हुनु पोटेटिन्होका लागि सौभाग्य रहेकोसमेत तर्क गरिरहेका छन् ।

    र, ६ पटकका बालोन डी’अर विजेता मेसी, स्किलफुल नेइमार र तुफानी गतिका एम्बाप्पेसहितको टोली लिएर पीएसजीलाई च्याम्पियन्स लिग जिताउनु पोचेटिन्होको प्रमुख लक्ष्य हुनेछ । गत दुई सिजनमा कम्तिमा सेमिफाइनलसम्म पुगेको पीएसजीले दुई वर्षअघि फाइनल खेलेको थियो ।

    यद्यपि, फाइनलमा जर्मन महारथी बायर्न म्युनिखसँग पराजित हुँदै उपाधिबाट वञ्चित हुनुपरेको पीएसजीले गत सिजन सेमिफाइनल पार गर्न सकेन । पीएसजीले सबैभन्दा धेरै कुनै इच्छा बोकेको छ भने त्यो च्याम्पियन्स लिगको सफलता हो । र, गत सिजन त्यो इच्छामा म्याचेस्टर सिटी बाधक बनेको थियो ।

    तर, आधुनिक फुटबलकै उत्कृष्ट अट्याकिङ ट्रिओ तयार गरेको पीएसजीले यो सिजन कहाँसम्मको दूरी तयार गर्छ रु त्यो हेर्न बाँकी छ ।

  • पीएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउने

    पीएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउने

    एजेन्सी । स्पेनी क्लब बार्सिलोनामा रहन असफल भएपछि अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन्सँग कम्तिमा दुई वर्षको सम्झौता गरेका छन् । तेस्रो वर्ष पनि उनले विकल्प प्रयोग गर्न सक्नेछन् ।

    जुलाइ १ देखि सम्झौता सकिएका ३४ वर्षीय मेस्सी ला लिगाको आर्थिक नीतिका कारण बार्सिलोनामा रहन असमर्थ भएका थिए । उनले आफ्नो करिअरमा बार्सिलोनाका लागि मात्र खेलेका छन् ।

    ‘म मेरो करिअरको नयाँ पाटो पेरिसबाट सुरु गर्न उत्साहित छु । यो क्लबको लक्ष्य मेरो उद्देश्यसँग मिलेको छ,’ मेस्सीले भनेका छन्, ‘मलाई थाहा छ यहाँ क्षमतावान खेलाडी र अफिसियलको कमी छैन । उनीहरुसँगै काम गरेर सकारात्मक परिवर्तनका लागि मेरो प्रयास हुनेछ । पेरिसको मैदानमा खेल्नका लागि म हतारिएको छु ।’

    पीएसजीका अध्यक्ष नसर अल खेलाइफीले भनेका छन्, ‘मेस्सीले पेरिस सेन्ट जर्मेइनलाई नै रोजेकोमा म धन्य भएको छु । उनी र उनको परिवारलाई पेरिसमा स्वागत छ ।’ उनले मेस्सीको उपस्थितिमा क्लबले इतिहास कायम गर्ने विश्वास व्यक्त गरेका छन् । त्यो भनेको च्याम्पियन्स लिग विजेता हो । पीएजीले अहिलेसम्म हासिल गर्न नसकेको सफलता त्यही हो ।

    मेस्सीलाई इतिहासकै सर्वकालीन महान खेलाडीको रुपमा मानिन्छ । १३ वर्षको उमेरमा बार्सिलोना अनुबन्ध भएयता उनले त्यहाँबाट सबै उपलब्धी हासिल गरेका छन् । उनेल ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन् । क्लबका लागि ३५ वटा उपाधि जितेका छन् र कीर्तिमानी ६ पल्ट बेलोन डी’ओरको अवार्ड पाएका छन् ।

    यो सिजन फ्रि ट्रान्सफरबाट पीएसजी अनुबन्ध हुने उनी चौथा खेलाडी हुन् । यसअघि नेदरल्याण्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम, स्पेनका डिफेण्डर सर्जियो रामोस र इटलीका गोलरक्षक जियानलुगी डोन्नारुम्मा आबद्ध भएका छन् । मोरक्कोका डिफेण्डर अचरफ हाकिमीलाई पनि पीसएजीले इन्टर मिलानबाट यही सिजन किनेको छ ।

    मेस्सीले ३० नम्बरको जर्सी लगाउनेछन् । बार्सिलोनामा रहँदा उनले अधिकांश समय १० नम्बर जर्सी लगाएका थिए । पीएसजीमा १० नम्बरको जर्सी ब्राजिलियन सुपरस्टार नेइमारले प्रयोग गरेका छन् । पीएसजीमा इतिहासकै महंगा खेलाडीद्वय नेइमार र केलियन एम्बाप्पेसँगै अग्रपंक्तिमा मेस्सीको स्थान रहनेछ ।

    मेस्सीलाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ । सायद उनले शनिबार स्टार्सवर्गसँगको खेलबाट फ्रेन्च लिग र पीएसजीका लागि डेब्यू गर्नेछन् ।

  • एन्फाका पूर्व प्रवक्ता राई भन्छन्- प्रशिक्षक अनुशासन बाहिर गएका हुन् (भिडियो)

    एन्फाका पूर्व प्रवक्ता राई भन्छन्- प्रशिक्षक अनुशासन बाहिर गएका हुन् (भिडियो)

    फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलबार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताएका हुन् ।

    एक साताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।

    सोहीको आधारमा खेलकुद मन्त्रालयले राखेपलाई समिति गठन गरेर छानविन गर्न निर्देशन दिएको थियो । उनले भने, ‘प्रशिक्षकले संस्थाका उपाध्यक्षलाई लगाएको आरोप अनुशासन भन्दा बाहिर गएको जस्तो मलाई लागेको छ, प्रशिक्षकबाट त्रुटी भएजस्तो लाग्छ मलाई ।’ तर एन्फा प्रवक्ता किरण राईले एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम नभएको भन्दै तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिएका थिए ।

    यद्यपि, बयानका लागि बोलाइएका प्रवक्ता किरण राईले सत्य तथ्य, कुनै पनि पक्षमा नलाई, आफ्नो दृष्टिकोणमा जे सही थियो सोही बयान दिएको बताए ।

    एन्फाका पूर्व प्रवक्ता राईले भने, ‘एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।’

    छानविन समितिले मंगलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासँग बयान लिने सूची तयार पारेको छ । सूचीमा घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक पनि रहेका छन् ।

    प्रशिक्षक अलमुताइरि भने पोखरामा रहेका छन् । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।

     

  • राखेपमा करार, अस्थायी र ज्यालादारी गर्ने खेलकर्मीको अधिकार सुनिश्चति गर्न महासंघको माग

    राखेपमा करार, अस्थायी र ज्यालादारी गर्ने खेलकर्मीको अधिकार सुनिश्चति गर्न महासंघको माग

    काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चत गर्न माग गरेको छ ।

    महासंघको २३ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले असोज पहिलो साता केन्द्रीय कमिटिको विस्तारित बैठक गर्ने लगायतका निर्णय गरेको छ ।

    राष्ट्रिय खेलकुद परिषद्‍मा हाल करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चित गर्न निजहरूलाई स्वतस् स्थायी गरी निवृतिभरणको समेत व्यवस्था गर्न र मुलुकभरका १७ हजार शैक्षिक संस्थामा खेल प्रशिक्षकहरू नियुक्ति गर्न दबाब दिनका लागि नेपाल सरकार तथा सम्वद्ध निकायहरूमा ज्ञापन पत्र बुझाउनेु महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिको पूर्णपाठ

  • पेरिस उड्न सपरिवार बार्सिलोना विमानस्थल पुगे मेसी (भिडियो)

    पेरिस उड्न सपरिवार बार्सिलोना विमानस्थल पुगे मेसी (भिडियो)

    काठमाडौं । लियोनेल मेसी पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको सम्झौतालाई पूर्ण रूप दिन आज फ्रान्स जाँदैछन् ।

    केही बेरअघि मात्रै उनी फ्रेन्च हेभिवेटसँग अनुबन्धित हुने निश्चित भएसँगै अहिले मेसी आफ्नो परिवारसहित बार्सिलोना विमानस्थल पुगेका छन् ।

    मेसीले आजै पेरिस पुगेर सम्झौता पत्रमा हस्ताक्षर गर्ने बताइएको छ । र, मेसीका बुबा तथा एजेन्ट जर्ज मेसीले पनि पीएसजीसँगको सम्झौताका लागि फ्रान्स जान लागेको पुष्टि गरिसकेका छन् ।

    https://twitter.com/FabrizioRomano/status/1425055166340997144

  • क्याम्प नोउबाट मेसीको तस्वीर हटाउन थालियो (भिडियाे)

    क्याम्प नोउबाट मेसीको तस्वीर हटाउन थालियो (भिडियाे)

    काठमाडौं । पूर्व कप्तान लियोनेल मेसीले २१ वर्षपछि बार्सिलोना छाड्ने निश्चित भएसँगै क्याम्प नोउटबा उनको तस्वीर हटाउने कार्य सुरु भएको छ ।

    सन् २००० मा उपचारका लागि स्पेन आएका मेसी बार्सिलोनामा सम्बद्ध भएर विश्व फुटबलका सर्वकालिन महान् खेलाडी बनेका थिए । सर्वाधिक ६ पटकका बालोन डी’अर विजेता मेसी बार्सिलोनाको आर्थिक समस्याका कारण बाध्य भएर क्बलबाट बाहिरिनु परेको हो ।

    एक वर्षअघि क्लब छाड्ने तीव्र इच्छा व्यक्त गरेका मेसीले यो वर्ष– यसरी छाड्न आफू तयार नरहेको प्रतिक्रिया दिएका थिए । आइतबार बिदाईका लागि आयोजित पत्रकार सम्मलेनमा भक्कानिएका मेसीको आगामी गन्तव्य फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन हुने निश्चित भइसकेको छ ।

    मेसी फ्रान्स जाने निश्चित भएको एक घण्टा नबित्दै बार्सिलोनाको स्टेडियमका पर्खालबाट मेसीका तस्वीरहरू हटाइन थालेका छन् ।

  • मेसीलाई कुरिरहेका पीएसजी फ्यानले भने- हामी लिजेन्डको प्रतिक्षामा छौं

    मेसीलाई कुरिरहेका पीएसजी फ्यानले भने- हामी लिजेन्डको प्रतिक्षामा छौं

    काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का समर्थकले लियोनेल मेसीको आगमनबारे प्रतिक्रिया दिँदै आफूहरू लिजेन्डको पर्खाईमा रहेको बताएका छन् ।

    क्लबमा २१ वर्ष बिताएर अर्जेन्टिनी कप्तान मेसीले आइतबार क्याम्प नोउमा पत्रकार सम्मेलन गर्दै बिदा लिएका थिए । यद्यपि, उनले कुनै क्लबसँग पनि सम्झौता भइनसकेको बताएका थिए ।

    मेसीले बार्सिलोना छाड्ने निश्चित भएसँगै उनलाई भित्र्याउने प्रयास थालेको पीएसजीले आधिकारिक सम्झौताका लागि प्रस्ताव पठाइसकेको छ ।

    ‘हामी एक लिजेन्डको प्रतिक्षामा छौं, र ती लिजेन्ड लियोनेल मेसी हुन्,’ मेसीको आगमन पर्खिरहेका एक पीएसजी समर्थक मेहमेत सेनले भने ।

    बार्सिलोना छाडेसँगै मेसीको पीएसजी जाने चर्चाले अहिले फुटबल जमात गर्माएको छ भने फ्रेन्च क्लब पनि कन्फिडेन्ट देखिएको छ ।