Category: खेल प्रेस

  • कराँते वान युथ लिगमा नेपालकी ऐरिकाले जितिन् रजत पदक

    कराँते वान युथ लिगमा नेपालकी ऐरिकाले जितिन् रजत पदक

    काठमाडौं । नेपालकी ऐरिका गुरुङले युएईमा जारी कराँते वान युथ लिगमा रजत पदक जितेकी छन् ।

    ६८ केजी माथिको तौल समूहअन्तर्गत बिहीबार भएको फाइनल खेलमा ऐरिका इरानी खेलाडीसँग ९-१ ले पराजित हुँदा रजत पदक प्राप्त गरिन् ।

    एरिकाले भारतका खेलाडीलाई ८-० र काजकिस्तानका खेलाडीलाई ४-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् ।

    सेमिफाइनलमा टर्कीका खेलाडीलाई ५-२ ले हराएकी एरिका फाइनलमा भने सफल हुन सकिनन् ।

  • च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको शानदार जित

    च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको शानदार जित

    काठमाडौं । पाकिस्तान र युएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशमाथी भारतले शानदार जित निकालेको छ ।

    युएईमा बिहीबार भएको खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो ।

    बंगलादेशले दिएको २ सय २९ रनको लक्ष्य भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि ओपनर शुभमन गिलले अविजित शतक बनाए ।

    उनी १ सय २९ बलमा १ सय १ रनमा अविजित रहे । केएल राहुल ४१ रनमा अविजित रहदा कप्तान रोहित शर्माले ४१ र विराट कोहलीले २२ रनको योगदान दिए ।

    बलिङमा बंगलादेशका लागि रिशाद होसेनले २, तास्कन अहमद र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर ४ बलमा २२८ रनमा समेटिएको थियो । बंगलादेशका लागि तोहिद रिदोएले शतक र जाकेर अलीले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् । रिदोएले १०० र जाकेरले ६८ रनको योगदान दिए ।

    बलिङमा भारतका मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए । हर्षित रानाले ३ र अक्षर पटेलले २ विकेट लिएका थिए ।

  • मैदानभित्र छिरेर महिला खेलाडीलाई जबरजस्ती अंकमाल !

    मैदानभित्र छिरेर महिला खेलाडीलाई जबरजस्ती अंकमाल !

    काठमाडौं । दशरथ रंगशालामा जारी फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपाल र म्यानमारले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

    बिहीवार भएको खेलमा नेपालले लेवनान र म्यानमारले कीर्गीस्थानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

    बिहिवार साझ खेलपछी नेपाल र लेवनानका खेलाडीले हात मिलाउदै थिए । सोही क्रममा मैदानभित्र एक युवक छिरेर महिला खेलाडीलाई जबरजस्ती अंकमाल गरे । ती युवकले नेपाली खेलाडी सविता रानालाई अंकमाल गरेका हुन् । युवकले अंकमाल गर्दा सवितासहितका खेलाडीले असहज महशुस गरेको थिए ।

    सेक्रुरिटीले नियन्त्रणमा लिने क्रममा ती युवक घाइते भए । त्यसपछी उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर निकालिएको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता त्यसमा पनि महिलाको खेलमा यसरी मैदानमै छिरेर खेलाडीलाई जवरजस्ती अंकमाल गर्नुले सुरक्षा चुनौतीलाई जनाउछ ।

  • लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा

    लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा

    काठमाडौंं । लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई १–० ले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा यात्रा सुनिश्चित गरेको हो ।

    खेलको ४२औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो । कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी थिइन् ।

    उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार गर्दैहुँदै गोलमा परिणत भएको थियो । नेपालले अब उपाधिका लागि म्यानमारसँग खेल्नेछ ।

    त्यसअघि नेपालले समूह चरणमा म्यानमारसँग खेल्नेछ । उक्त खेल फागुन ११ गते हुनेछ । उक्त खेलको विजेता टोली शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । सुरुआती दुई खेलमा पराजित हुँदै लेवनान र कीर्तिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

  • लेबनानविरुद्ध नेपाललाई पहिलो अग्रता, साम्बाले गरिन् गोल

    लेबनानविरुद्ध नेपाललाई पहिलो अग्रता, साम्बाले गरिन् गोल

    काठमाडौंं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध नेपालले पहिलो अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको ४२औं मिनेटमा नेपालकी सावित्रा भण्डारी साम्बाले टोलीलाई पहिलो अग्रता दिलाएकी हुन् ।

  • यस्तो छ लेबनानविरुद्ध नेपालको सुरुआती लाइनअप

    यस्तो छ लेबनानविरुद्ध नेपालको सुरुआती लाइनअप

    काठमाडौंं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र लेबनान खेल्दैछन् । दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ । उक्त खेलका लागि नेपालले सुरुआती–११ सार्वजनिक गरेको छ ।

    पहिलो खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी सावित्रा भण्डारी यो खेलमा सुरुआती टोलीमा छिन् । यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ ।

    पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो । सुरुआती दुई खेल जित्दै म्यानमारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

    नेपालको सुरुआती–११

    अन्जिला तुम्बापो सुब्बा(कप्तान), विमला विक, पूजा राना, समीक्षा घिमिरे, गीता राना, रेणुका नगरकोटी, प्रीति राई, विमला चौधरी, सविता राना मगर, रेखा पौडेल र सावित्रा भण्डारी ।

  • कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

    कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

    काठमाडौं । कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।

    म्यानमारले पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्‍यो । दोस्रो हाफमा खेलको ४९औं मिनेटमा म्यानमारले पाँचौं गोल गर्‍यो । लगातार दोस्रो हार बेहोरेको कीर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

    पहिलो खेलमा कीर्गिस्तान नेपालसँग १-० ले पराजित भएको थियो । आजको दोस्रो खेल नेपाल र लेबनानबीच हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ ।

  • पहिलो हाफमा कीर्गिस्तानमाथि म्यानमारको गोल वर्षा

    पहिलो हाफमा कीर्गिस्तानमाथि म्यानमारको गोल वर्षा

    काठमाडौं ।  फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत जारी खेलको पहिलो हाफमा म्यानमारले गोलको वर्षा गरेको छ ।

    दशरथ रंगशालामा जारी खेलमा कीर्गिस्तानविरुद्ध म्यानमारले ४ गोल गरेको छ । म्यानमारले पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्‍यो ।

    यो खेलमा जित निकालेमा म्यानमार फाइनलमा प्रवेश गर्नेछ भने कीर्गिस्तान प्रतियोगितबाट बाहिरिनेछ ।

    आजको दोस्रो खेल नेपाल र लेबनानबीच हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ ।

  • खेलकुदमन्त्रीको अनविज्ञता : एनएसएललाई ‘एनसेल’ बुझेपछि…

    खेलकुदमन्त्रीको अनविज्ञता : एनएसएललाई ‘एनसेल’ बुझेपछि…

    काठमाडौं । नेपालको फुटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आउँदो चैतमा हुँदैछ । फागुन १० गते अक्सन हुन लागेको उक्त प्रतियोगिताको लागि सहभागी टोलीले मार्की खेलाडी र रिटेन खेलाडी धमाधम भित्र्याइरहेका छन् ।

    नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) को आयोजनामा एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गतेदेखि हुन लागेको हो । २०७७ सालमा पहिलो संस्करण भएको उक्त फेन्चाइज प्रतियोगिताको तेस्रो संस्करण हुन लाग्दासम्म पनि खेलकुदको विभागीय मन्त्री भने यसबारे आधारभूतरूपमै अनविज्ञ देखिएका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबलमा हालसम्म कुनै पनि फ्रेन्चाइज प्रतियोगिता नभएको अभिव्यक्ति हालै दिए ।

    गत पुस ९ गते नेपाल भलिबल संघको एक सार्वजनिक कार्यक्रममा खेलकुद मन्त्री चौधरीले ‘फुटबलले पनि अब फ्रेन्चाइज लिग गर्ने बेला भएको’ बताएका थिए ।

    ‘क्रिकेटमा निजी स्रोतको कारणले अघि बढ्यो । भलिबलमा त्यस्तै भइराखेको छ । अब कबड्डी पनि सुरूआत भइसकेको छ । एउटा चिजमात्रै बाँकी छ ग्रुप गेममा । अब फुटबल बाँकी छ । फुटबलका साथीहरू आउनुभएको छ भने तपाईँहरू सोच्नुस् । तपाईँहरूलाई सोच्न आग्रह गरेँ,’ उनले भनेका थिए ।

    उक्त त्रुटिपूर्ण अभिव्यक्ति सुधार्नुको सट्टा ढाकछोप प्रयास गरिरहेका छन् मन्त्री चौधरी । केही दिनअघि एक टेलिभिजन अन्तर्वातामा पनि पुनः गल्ती दोहोर्‍याए । उनले फुटबल फेन्चाइजका लागि एन्फासँग कुरा अगाडी बढेको दाबी गरे ।

    पत्रकारः फुटबलको फ्रेन्चाइज लिग हुनुपर्छ भनेर भन्नुभएछ । फुटबलमा त फ्रेन्चाइज लिगको तेस्रो संस्करण चल्दैछ होइन ?

    मन्त्रीः लिग चलेता पनि… जुन तरिकाबाट प्राइभेट स्तरमा प्राइभेट लगानीकर्ताहरूको एउटा प्रायोजकको रूपमा कुनै छ । तर, जस्तै क्रिकेटमा एउटा टीम किन्यो । जनकपुर एक-दुई जनाले किन्यो । कर्णाली किन्यो । त्यो किसिमको त फुटबलमा छैन । मैले त्यो भन्न खोजेको हो ।

    पत्रकारः तपाईंले सोचेको जस्तो ग्राण्ड फुटबलको लिग चाहीँ कहिले सुरू गर्नुहुन्छ त ?

    मन्त्रीः एन्फासँग कुरा चलिराखेको छ । फुटबलको कुरा पनि अगाडि बढाएका छौं । हामीले दुई-तीन महिना खोज्दा-खोज्दा नजिक-नजिक आइपुगेका छौं ।
    यस्तै आइतबार हिमालय टेलिभिजनबाट सार्वजनिक भएको अन्तर्वातामा पनि मन्त्रीले आफ्नो गल्ती सुधारेनन् । मन्त्रीले पटकपटक सार्वजनिक फोरममै गलत अभिव्यक्ति दिइरहदा उनको सचिवालयले ध्यान दिएको देखिँदैन । एउटा त्रुटि ढाकछोप गर्न उनी थप गलत कुरा बोलिराखेका छन् । अन्तर्वातामा उनले नेपाल सुपर लिगलाई छोटकरीमा ‘एनसेल’ भनिदिए ।

    पत्रकारः एक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि खेलकुद मन्त्री गएर भाषण गर्ने क्रममा जसरी क्रिकेटमा हामीसँग फेन्चाइज लिग आयो, त्यसैगरी फुटबलमा पनि फेन्चाइज लिग सुरु गर्नुपर्छ भन्दिनुभएछ । तपाईं फुटबलमा फेन्चाइज लिग सुरु भएको थाहा थिएन कि बिर्सिनुभो ?

    मन्त्रीः मैले सोचेको फेन्चाइज लिग यो होइन । मैले भन्न खोजेको त्यो लिग होइन ।

    पत्रकारः तपाईँको जिब्रो चिप्लियो ?

    मन्त्रीः जिब्रो चिप्लिएको होइन । एनपीएल व्यक्ति, संस्थाले किनेको ८ वटा हो । करोड रूपैयाँ टीम किन्यो । खेलाडीहरूलाई लगानी भयो । अक्सन गरियो । २० लाख भयो, २५ लाख भयो, एउटा क्याटोगरी भयो । फुटबलमा हामीले त्यो चाहेको हो । लिग त १० वर्षदेखि गरिराखेको छ ।

    पत्रकारः एनएसएल पनि भइराखेको छ नि !

    मन्त्रीः एनसेल त प्रायोजकमात्र हो । मैले पनि एउटा टीम किनेँ भनि म पनि एउटा प्रायोजक हुन्छु । तपाईंले किन्नुभयो भने तपाईंको पनि एउटा टिमको प्रायोजक हुन्छ । जहाँबाट पैसा ल्याउनुस् । या जग्गा बेचेर ल्याउनुस् । खेलाडीको अक्सन गरेर मैले यो खेलाडी किन्छु है भनेर यसरी कल्पना गरेको जसरी एनपीएल भयो ।

    खासमा एनएसएल पनि एनपीएलजस्तै फ्रेन्चाइज लिग नै हो, जसको कुरा उनी गरिरहेका छन् । एनएसएलको तेस्रो संस्करण हुन गइरहेको छ, जसमा ७ टीमले सहभागिता जनाएका छन् । ती टीमले एक-एक जना मार्की खेलाडी तोक्ने र चाहेका खेलाडी रिटेन गरेर र बाँकी फागुन १० गते अक्सनमार्फत खेलाडी भित्राउनेछन् ।

    अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले अन्य खेलभन्दा पहिले नै फुटबलमा फ्रेन्चाइन सुरू भएको बताए ।

    ‘मन्त्रीज्यू अपडेट नहुनुभएको हो कि सल्लाह दिनेले कसरी दिए । मन्त्रीज्यूको कुरामा मैले खण्डन त गर्दिनँ । त्यो उहाँको बुझाइ छ । तर, अरु खेलभन्दा पहिले नै फुटबलमा फेन्चाइज सुरु भएको हो,’ उनले भने ।

    खासमा मन्त्री चौधरीसँग खेलकुदको कुनै पृष्ठभूमि थिएन । राजनीतिक भागबण्डाको क्रममा उनलाई खेलकुद मन्त्रालय आइपरेको हो । चौधरी कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनले २०७९ को निर्वाचनमा उनी सप्तरी ४ बाट विजयी भएका थिए । मन्त्री चौधरीले हालै मन्त्रालयको एक नियमावलीमा ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेपछि ट्रोल हुनुपरेको थियो ।

    यसअघि खेलकुद मन्त्रालयमा रास्वपाका विराजभक्त श्रेष्ठ थिए । उनी धेरै हदसम्म खेलकुद बुझेका युवा नेता हुन् । उनको कार्यकालमा खेल क्षेत्रमा सकारात्मक प्रभाव परेको थियो । तर, श्रेष्ठ छोटो समयमै मन्त्रालयबाट बिदा हुनुपर्‍यो ।

  • हारबाट जोगियो लिभरपुल, भिल्लासँग बराबरी

    हारबाट जोगियो लिभरपुल, भिल्लासँग बराबरी

    हेटौँडा । इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको छ ।

    भिल्ला पार्कमा भएको खेलमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डले ६१ औँ मिनेटमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।

    खेलको २९औँ मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए । तर यौरी टिलेमान्सले ३८ मिनेटमा र ओल्ली वाट्किन्सले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै भिल्लालाई २-१ अग्रतामा पुर्याएका थिए ।

    दोस्रो हाफमा लिभरपुलले पुनः खेलमा फर्कने अवसर पायो। ६१ औँ अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुललाई हारबाट जोगाए र खेल बराबरीमा सकियो ।

    बराबरीको बाबजुद पनि लिभरपुलले दोस्रो स्थानको आर्सनलसङ्गको अङ्क दुरी ८ बनाएको छ भने भिल्ला नवौँ स्थानमा छ ।

    लिभरपुलले अब आइतबार म्यानचेस्टर सिटीको सामना गर्नेछ। यो खेल निकै महत्त्वपूर्ण हुनेछ । यो खेल जिते यो सिजनको लिग जित्न लिभरपुललाई सहज हुने अपेक्षा गरिएको छ ।

  • सिटीको यात्रा प्लेअफमा सीमित, रियल अन्तिम १६ मा

    सिटीको यात्रा प्लेअफमा सीमित, रियल अन्तिम १६ मा

    हेटौंडा । च्याम्पियन्स लिगको प्लेअपमा स्पेनिस क्लब रियल मड्रिडले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

    मड्रिड स्टार केलियम एम्बाप्पेको ह्याट्रिक गरेपछि रियलले विशाल जित दर्ता गरेको हो ।

    एम्बाप्पेले ४,३३ र ६१ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । समग्रमा ६-३ को जित निकाल्दै रियलले जित निकालेको हो ।

    गएराति नै भएको अर्को खेलमा फ्रेन्च क्लब पिएसजीले ब्रेस्टलाई ७-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

    समग्रमा १०-० को जित निकाल्दै पिएसजीले अन्तिम १६ मा स्थान बनाएको हो ।

    त्यसैगरी गएराति नै भएको अर्को खेलमा स्पोटिङ सिपीसँग बराबरी खेल्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि अन्तिम-१६ मा पुगेको छ।

  • लेबनानलाई हराउँदै फाइनल पुग्ने नेपाललाई अवसर

    लेबनानलाई हराउँदै फाइनल पुग्ने नेपाललाई अवसर

    काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपालले दोस्रो खेल लेबनानसँग खेल्दैछ । दशरथ रंगशालामा हुने उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

    पहिलो खेलमा कीर्गिस्तानलार्य १-० गोलले पराजित गरेको नेपालले यो खेलमा जित निकाल्न सके एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

    एक खेलमा ३-३ अंब जोड्दै म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन रहेका किर्गिस्तान र लेबनान तेस्रो र चौथो स्थानमा छन् ।

    नेपालले बिहीबार लेबनानलाई पराजित गरेको खण्डमा ६ अंक जोड्दै फाइनलमा स्थान बनाउनेछ । पराजित भएको खण्डमा भने नेपालले तेस्रो खेलको नजिता कुर्नुपर्ने हुन्छ ।

    तुलनात्मक रुपमा लेबनानभन्दा नेपाल बलियो टोली हो । फिफा वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् । नेपाल र लेबनानबिच हालसम्म एउटा मात्रै खेल भएको छ ।

    उक्त खेल गत वर्ष फेब्रुअरीमा भएको वाफ च्याम्पियनसिपमा भएको थियो । उक्त खेलमा नेपालले लेबनानलाई २-१ गोलले पराजित गरेको थियो ।

    म्यारमार र कीर्गिस्तानविचको खेल दिउँसो २ बजे हुनेछ । उक्त खेलमा जित निकालेको खण्डमा म्यारमारले पनि फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

    नेपाल कीर्तिस्तानविरुद्ध फिनिसिङमा चुक्दा १-० को साँघुरो जित निकालेको थियो ।

    खेलअघि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भोलिको खेल जित्नका लागि खेलिने बताए । कीर्गिस्तानविरुद्ध भएको कमजोरीलाई सुधारेर भोलिको गेम खेल्ने प्रशिक्षक तामाङले सुनाए ।

  • ‘नन्दराज कप’ फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा जगतपुर १-० गोलले विजयी

    ‘नन्दराज कप’ फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा जगतपुर १-० गोलले विजयी

    सप्तरी । रूपनगर क्याम्पसले आयोजना गरेको ‘नन्दराज कप’ फूटबल प्रतियोगिता वुधबारबाट सुरु भएको छ । १६ वटा फूटबल टोलीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जानकारी क्याम्पसले दिएको छ ।

    क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलका अनुसार ‘नन्दराज कप’ फूटबल प्रतियोगितामा पहिलो हुने टोलीले नगद २५ हजार रूपिञा, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।

    प्रतियोगिताको दोश्रो पुरस्कार नगद ११ हजार रूपिञा, शिल्ड, मेडल र प्रमाणपत्र हुनेछ। प्लेयर अफ द टुर्नामेण्ट, म्यान अफ द म्याचलगायत अन्य पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

    रूपनगरको सुन्दरी खेल मैदानमा आज शुरू भएको प्रतियोगिता ११ दिन सम्म चल्ने र अन्तिम खेल फागुन १७ गते हुने जानकारी क्याम्पसका खेलकूद संयोजक रूपेश चौधरीले दिए ।

    आज सम्पन्न उद्घाटन खेलमा जगतपुर फूटबल क्लब बाबा बजरङवली युवा क्लबलाई एक शून्यले हराएर क्यार्टर फाइनलमा प्रवेश गर्यो ।

    कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले उद्घाटन गर्नु भएको टुर्नामेण्टमा रूपनगर क्याम्पस फूटबल टोली लगायत बाबा बजरङवली युवा क्लब, जगतपुर फूटबल क्लब, महुली फूटबल क्लब, जोगमोहन फूटबल क्लब, धर्मेश्वर फूटबल क्लब, सृजना फूटबल क्लब र श्री नव युवा क्लबको सहभागिता रहेको छ ।

    त्यसै गरी, बलुवा फूटबल क्लब, मगरटोल फूटबल क्लब, रिभरसाइड फूटबल क्लब, भुवनपट्टी फूटबल क्लब, डिआर युके एस फूटबल क्लब, प्रोग्रेसिभ फूटबल क्लब, माँ दुर्गा फूटबल क्लब र बसन्तपुर फूटबल क्लब प्रतिष्ठाका लागि प्रतिष्पर्धा गर्दैछन् ।

    ‘जवाफ एडुकेसन्स’ र शगुन संग्रौला मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजन ‘एक्मी इञ्जिनियरिङ कलेज’ ले गरेको छ । त्यसैगरी, खेलप्रेमी व्यक्तित्वहरूबाट समेत प्रतियोगिता आयोजनमा आर्थिक तथा अन्य सहयोग प्राप्त भएको जानकारी क्याम्पसले दिएको छ ।

    हेम प्रसाद अधिकारी, पुनम गजुरेल, डेफोडिल इङ्लिश स्कूल, श्रवण कुमार चौधरी, शुभदिन दूध सङ्कलन केन्द्र लगायत व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गर्नु भएको जानकारी प्रतियोगिता आयोजन समितिले दिएको छ। त्यसै गरी जिल्ला खेलकूद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलका तर्फबाट खेलाडीहरूलाई जर्सी लगायत अन्य उपकरण सहयोग प्राप्त भएको जानकारी रूपनगर क्याम्पस फूटबल क्लबमा कप्तान आफताब अलीले दिए ।

    राष्ट्रिय स्तरको लाइसेन्स प्राप्त रेफ्री ध्रुव चौधरीले खेलाएको आजको खेलमा जगतपुर क्लबका खेलाडी कौशल खङ्ग ‘म्यान अफ द म्याच’ घोषित गरिए। जिल्ला खेलकूद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलले म्यान अफ द म्याचको प्रमाणपत्रद्वारा खेलाडी खङ्गलाई सम्मान गरे ।

  • दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई (भिडिओ)

    दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई (भिडिओ)

    काठमाडाैं ।  दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ ।

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । सदस्य–सचिव घिसिङले प्रतियोगिता भनेको खेलाडीले प्रशिक्षणमा गरेको तयारीलाई प्रमाणित गर्ने अवसर भएको बताए ।

    च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ । फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी ५ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    सिनियरमा सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ सहभागी हुने छन् । जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिने छन् ।

    सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने छ ।

    प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन् ।

  • आजदेखि च्याम्पियन्स ट्रफी, पहिलो खेलमा पाकिस्तान र न्यूजिल्याण्ड खेल्दै

    आजदेखि च्याम्पियन्स ट्रफी, पहिलो खेलमा पाकिस्तान र न्यूजिल्याण्ड खेल्दै

    काठमाडौं । पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजनामा आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदैछ । ८ देश सहभागी च्याम्पियन्स ट्रफीमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल पाकिस्तानको कराँचीमा दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

    च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भएपछि प्रतियोगिताका खेल युएईमा पनि हुन लागेको हो । भारतले सबै खेल युएईमा खेल्नेछ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’मा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह ‘बी’मा अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका छन् ।दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा खेल्नेछन् । फाइनल खेल मार्च ९ मा हुनेछ ।

  • बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

    बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

    हेटौँडा । पूर्वच्याम्पियन्स लिग च्याम्पियन जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम-१६ मा प्रवेश गरेको छ ।

    मङ्गलवार राती भएको नकआउट चरणको दोस्रो लेगमा स्कटल्याण्डको सेल्टिकसँग १-१ बराबरी खेलेसँगै समग्रमा ३-२ को नतिजा निकालेर म्युनिख अन्तिम-१६ मा प्रवेश गरेको हो ।

    मंगलवार राति नै भएको अर्को खेलमा इटालीको एटलान्टालाई पराजित गर्दै बेल्जियमको क्लब ब्रुगले पनि अन्तिम १६ मा स्थान बनाएको छ ।

    दोस्रो लिगमा ३-१ को जित निकालेपछि समग्रमा ५-२ को नतिजा सहित ब्रुगले अन्तिम १६ मा स्थान बनाएको हो ।

    गएराति नै भएको अर्को खेलमा पोर्चुगलको बेनिफिकाले फ्रान्सको मोनाकोलाई ३-३ मा रोक्दै समग्रमा ४-३ को नतिजा सहित अन्तिम-१६ मा स्थान बनाउन सफल भएको छ ।

  • प्ले अफमा टुङ्गियो एसी मिलानको यात्रा

    प्ले अफमा टुङ्गियो एसी मिलानको यात्रा

    हेटौंडा ।  नेदरल्याण्ड्सको फेयनूर्डसँग १-१ को बराबरी खेलेसँगै इटालियन क्लब एसी मिलानको च्याम्पियन्स लिगको यात्रा प्लेअप चरणबाटै  टुंगिएको छ ।

    इटालियन क्लब एसी मिलानको च्याम्पियन्स लिग यात्रा  मंगलबार राती भएको नकआउट चरण प्लेअफ अन्तर्गत दोस्रो लेगमा १-१ बराबरी भएसङ्गै समग्रमा २-१ ले पछि पर्दै मिलानको च्याम्पिन्स लिगको यात्रा टुङ्गिएको हो ।

    यसअघि पहिलो लेगमा मिलान १-० ले हारेको थियो । मंगलबार राती मिलानका लागि सान्टियागो गिमिनेजले एक गोल गरे भने फेयनूर्डका जुलियन कर्राजाले बराबरी गोल फर्काए ।

  • युगान्डासँग खेल्ने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा

    युगान्डासँग खेल्ने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले युगान्डासँग हुने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार इन्दु बर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले युगान्डासँग मार्च ६ देखि १७ तारिखसम्म सिरिज खेल्नेछ ।

    नेपाली टोली

    इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, अलिसा कुमारी यादव, साना प्रविन, राजमती ऐरी, रोमा थापा, ममता चौधरी, इश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनिसा कुमारी उपाध्याय, सब्नम राई, सिमाना केसी, रचना चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना खड्का ।

  • केपी ओली कप फुटबल : ९ टोली सहभागी, खेल तालिका सार्वजनिक

    केपी ओली कप फुटबल : ९ टोली सहभागी, खेल तालिका सार्वजनिक

    काठमाडौं । फागुन ११ गतेदेखि हुने केपी ओली कप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् ।

    आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् । यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् ।

    प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा फागुन ११ गते दिउँसो ३ बजेबाट सुरु हुनेछ । संकटा क्लबले बाई पाएको छ भने अन्य टोलीले क्वार्टर फाइनलका खेल खेल्नेछन् । पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ ।

    फाइनल खेल फागुन १९ गते हुने तालिका छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

  • ला–लिगाको पहिलो स्थानमा उक्लियो बार्सिलोना

    ला–लिगाको पहिलो स्थानमा उक्लियो बार्सिलोना

    हेटौँडा । रोवर्ट लोवान्डोस्कीले निर्णायक गोल गरेपछि स्पेनिस ला–लिगामा बार्सिलोनाले जित दर्ता गर्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

    सोमबार राती भएको खेलमा रायो भायोकानोलाई १–० गोलले पराजित गर्दै बार्सिलोना विजयी भएको हो । खेलको २८ औँ मिनेटमा पेनाल्टी मार्फत ल्वान्डोस्कीले गरेको गोल नै निर्णायक गोल बन्दा बार्सिलोनाले जित निकालेको हो ।

    जितपछि बार्सिलोना तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

    ला–लिगाको २४ औँ चरणको खेल सकिदा ५१ अंक सहित बार्सिलोना पहिलो स्थानमा रहँदा समान खेलबाट समान अंक रहे पनि रियल मेड्रिड गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदा ५० अंक बटुलेको एटलेटिको मेड्रिड तेस्रो स्थानमा रहेको छ ।

  • कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

    कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

    काठमाडौं । नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दा खेलको १०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सोमबारबाट दशरथ रंगशालामा सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत किर्गिस्तानसँग सुरुआतमा निकै आक्रामक खेलेको नेपालले गोल थप्न नसक्दा १० मिनेटको गोल नै निर्णायक बन्न पुग्यो ।

    खेलको १० मिनेटमा सविता रानामगरको पासमा नेपालकी बिमला चौधरीले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । पहिलो गोल गर्दा नेपालले किर्गिस्तानविरुद्ध थप गोल गर्ने अनुमान धेरैले लगाएका थिए । तर, नेपालले खेल अवधिभर राम्रा अवसर पाएपनि गोल भने थप्न सकेन । त्यसकारण ६ वर्षअघि ८–२ ले आफ्नो पक्षमा पारेको नेपालले अहिले १–० को संघर्षपूर्ण जित निकाल्नुपर्यो ।

    पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले हानेको बल गोल पोष्टको बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई पुनः सविता रानाले प्रहार गरिन् । त्यो बलमा पनि पुनः बारमा लाग्न पुग्यो । बारबाट फर्किएको बललाई रेखा पौडेलले प्रहार गरिन् । तर, त्यसपटक भने किर्गिस्तानका डिफेन्डरले विफल बनाइदिए । खेलको ८१औं मिनेटमा सविताको प्रहार किर्गिस्तानको गोलरक्षक विट भएपनि गोल पोष्टभन्दा थोरै बाहिरबाट बाहिरिएको थियो ।

    खेलको अधिकांश समय नेपाल खेलमा आक्रामक बन्यो । नेपालले धेरै पटक डिबक्सभित्र बल पु¥याए पनि किर्गिस्तानका डिफेन्डरले त्यसलाई विफल बनाइदिए । खेलअघि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीको बलियो पक्ष फरवार्ड लाइन भएको बताएका थिए ।

    तर, कीर्गिस्तानसँग त्यहि फरवार्ड लाइन चल्न सकेन । फुटबलकै स्टार सावित्रा भण्डारी र रेखा पौडेलले किर्गिस्तानविरुद्ध चमत्कार गर्न सकेनन् । रेखा सुरुआती टोलीमै थिइन् भने सावित्रा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । युरोपबाट बिहान मात्रै आएकी उनीले पहिलो खेलमै मैदान छिरेकी थिइन् । रेखा भने आइतबार नेपाल आएकी हुन् ।

    खेलका क्रममा बल अधिकांश समय नेपालको नियन्त्रण रह्यो । किर्गिस्तानका खेलाडीले मिडलाइन खासै पार गर्न सकेनन् । उनीहरु रक्षात्मक फर्ममा अधिकांश समय विताए । नेपालले धेरै पटक गोलका लागि अवसर पायो । तर, फिनिसिङमा चुक्दा नेपालले एक गोलमा चित्त बुझाउनुपर्यो ।

    नेपालले अब दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग खेल्नेछ । ४ देश सम्मेलिन च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

  • फोर नेसन्स फुटबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, कीर्गिस्तान १-० ले पराजित

    फोर नेसन्स फुटबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, कीर्गिस्तान १-० ले पराजित

    काठमाडौं । आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।

    दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

    नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।

    खेलका क्रममा नेपालले किर्तिस्थानको तुलनामा धेरै अवसर पाएपनि गोल गर्न सकेन । अब नेपालले दोस्रो खेल फागुन ८ गते लेबलानसँग खेल्नेछ । तेस्रो खेल फागुन ११ गते म्यानबारसँग खेल्नेछ । ४ देश सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछ ।

  • पहिलो हाफमा कीर्गिस्तानविरुद्ध नेपाललाई एक गोलको अग्रता

    पहिलो हाफमा कीर्गिस्तानविरुद्ध नेपाललाई एक गोलको अग्रता

    काठमाडौं । आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानविरुद्ध पहिलो हाफको खेल सकिँदा एक गोल अग्रता लिएको छ ।

    दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले एक गोल गरेको हो । नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएकी थिइन् ।

    त्यसपछि नेपालले गोल गर्ने अवसर धेरै पाएपनि गोल गर्न सकेको छैन । पहिलो हाफको इन्जुरी समयमा नेपालकी रश्मी घिसिङले हानेको बल गोल पोष्टको बारमा लागेर फर्किएको थियो ।

    पुनः उक्त गोल सविता रानाले प्रहार गरेकी थिइन् । उक्त बल पनि बारमा लागेर फर्कियो । सोही वर्ष पुनः रेखा पौडेलले प्रहार गरेकी थिइन् । तर, किर्गिस्तानका डिफेन्डरले रेखाको प्रहारलाई विफल बनाएका थिए ।

     

  • प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः कपिलवस्तु र रूपन्देहीको जित

    प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः कपिलवस्तु र रूपन्देहीको जित

    रुपन्देही । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोटमा सोमबार भएका दुई खेलमा कपिलवस्तु र रुपन्देहीले सानदार जित निकालेका छन् । कपिलवस्तुले पाल्पामाथि २१५ रन र रुपन्देहीले पश्चिम नवलपरासीमाथि १० विकेटको सहज जित निकालेको हो । रुपन्देहीको यो लगातार दोस्रो जित हो भने पाल्पाको लागातार दोस्रो हार हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३०२ रनको विशाल लक्ष्य खडा गर्‍यो । उसका लागि रामजन अली धुनियाँ र रौनक श्रीवास्तवले शतकीय पारी खेले । धुनियाँले १२८ र श्रीवास्तवले ११० रन बनाए ।

    यस्तै शिवकुमार मौर्यले १६, प्रतीक भट्टराईले १५ र मोहम्मद हुसेनले १४ रन जोडे ।

    बलिङमा पाल्पाका नरबहादुर सार्कीले ३, केशव पहारीले २ तथा विपीन भट्टराई र श्रीधर बस्यालले १–१ विकेट लिए ।

    जवाफमा विशाल लक्ष्य पछ्याएको पाल्पाले २८ ओभर १ बलमा सबै विकेट गुमाउँदा जम्मा ८७ रनमात्रै बनायो । उसलाई सस्तैमा रोक्न कपिलवस्तुका शिव कुँवरले ५, मोहम्मद हुसेनले २ तथा राज अग्रहरी र रमेशकुमार पाठकले १-१ विकेट लिए ।

    पाल्पाका रुपेश बस्यालले २५, श्रीधर बस्यालले १९ र सन्तोष न्यौपानेले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले लज्जास्पद हार व्यहोर्‍यो । खेलमा कपिलवस्तुका रामजन अली धुनियाँ प्लेयर अफ द म्याच घोषित भए ।

    यस्तै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा २० ओभर १ बल खेल्दै ५१ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा रोक्न रुपन्देहीका रमेश कुर्मीले ५ ओभर बलिङ गर्दै ३ मेडनसहित २ रन खर्चेर महत्वपूर्ण ६ विकेट लिए ।

    यस्तै विप्रसन केसीले ३ र सन्देश थापाले १ विकेट हात पारे । नवलपरासीका सम्राट भुसालले १८ र भुवन गैरेले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् ।

    रुपन्देहीले जवाफी ब्याटिङ गर्दै १३ ओभर २ बलमा विनाविकेट क्षति ५२ रन बनाउँदै सहज जित हात पार्‍यो । उसको जितमा मिर्नाल गुरुङले अविजित २३ र मनिष थापाले नटआउट १९ रनको योगदान गरे । खेलमा रुपन्देहीका रमेश कुर्मी प्लेयर अफ द म्याच भए ।

    यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोटका लागि जिल्लास्तरको छनोट खेल सुरु भएको हो ।

    रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टीम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टीम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनीका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिए ।

  • किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता, विमलाले गरिन् गोल

    किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता, विमलाले गरिन् गोल

    काठमाडौं । आज सुरु फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानविरुद्ध पहिलो अग्रता लिएको छ ।

    दशरथ रंगशालामा जारी खेलको १०औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालकी विमला चौधरीले हेडमार्फत गोल गरिन् ।

  • अन्तर्राष्ट्रिय महिला फुटबलः लेबनानमाथि म्यानमारको जित

    अन्तर्राष्ट्रिय महिला फुटबलः लेबनानमाथि म्यानमारको जित

    काठमाडौं । म्यानमारले सोमबारबाट काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

    काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै म्यानमारले विजयी सुरुवात गरेको हो ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५७औं मिनेटमा कप्तान विन थेंगी तुनले म्यानमारलाई अग्रता दिलाइएकी थिइन् ।

    तर खेलको ६१औं मिनेटमा लेबनानकी लायला इस्कन्दरले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि ७२औं मिनेटमा श्वे यी तुन र ७५ औं मिनेटमा सान थाअले म्यानमारका लागि गोल गर्दै टीमको पहिलो जित सुनिश्चित गरिन् ।

    जितसँगै म्यानमारले ३ अंक जोडेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबीच फाइनल खेल हुने एन्फाले जनाएको छ ।

    तस्विरहरु: उमेश कार्की

  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक (तस्बिरहरू / भिडिओ)

    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक (तस्बिरहरू / भिडिओ)

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट काठमाडौंमा सुरू अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फा पदाधिकारीहरूले ट्रफी सार्वजनिक गरेका हुन् ।

    प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने छ ।

    प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबचि फाइनल खेल हुने एन्फाले जनाएको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • इन्टरले पहिलो स्थान उक्लने मौका गुमायो

    इन्टरले पहिलो स्थान उक्लने मौका गुमायो

    हेटौंडा । इटालियन सिरी `ए´फुटबलमा इन्टर मिलान पराजित हुँदा तालिकाको पहिलो स्थान उक्लने मौका गुमाएको छ ।

    गएराति भएको खेलमा पूर्व लिग च्याम्पियन युभेन्टससँग १-० को हारपछि नापोलीलाई उछिनेर पहिलो स्थान ओगट्ने इन्टरको सपना पूरा हुन सकेन ।

    फ्रान्सिकोले खेलको ७४ औं मिनेटमा गोल गरेपछि युभेन्टसले इन्टर बिरुद्ध महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो । जितपछि युभेन्टस तालिकाको चौथो स्थानमा उक्लन सफल भएको छ भने इन्टर दोश्रो स्थानमा छ ।

    २५ खेलबाट इन्टरको ५४ अंक छ । समान खेलबाट पहिलो स्थानको नापोलिको ५६ अंक छ ।

  • ईपीएल : टोटनह्याम्पद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

    ईपीएल : टोटनह्याम्पद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

    हेटौंडा । इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनह्यम्प हट्सपरले रेलिगेसनको दबाबलाई कम गरेको छ ।

    घरेलु मैदानमा भएको खेलमा हट्सपरले १-० को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

    टोटनह्याम्पको जितमा मिडफिल्डर जेम्स म्याडीसनले पहिलो हाफको १३ औं मिनेटमा गरेको गोल नै विजयी गोल बन्यो ।

    जितसँगै टोटेनह्याम्प अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ । टोटेनहमको २५ खेलमा ३० अंक जोडेको छ । युनाइटेड भने २९ अंकका साथ १५ औं स्थानमा छ ।

  • इपिएलमा लिग लिडर लिभरपुलको जित, फराकिलो बन्दै अग्रता

    इपिएलमा लिग लिडर लिभरपुलको जित, फराकिलो बन्दै अग्रता

    हेटौंडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले पहिलो स्थानको अग्रता फराकिलो बनाउने क्रममा उल्भ्स विरुद्द जित दर्ता गरेको छ ।

    आइतबार घरेलु मैदानमा भएको खेलमा उल्भ्सलाई २-१ ले पराजित गर्दै लिभरपुलले तालिकामा दोश्रो स्थानको आर्सनल भन्दा सात अङ्कको अग्रता कायम गरेको छ ।

    लिभरपुलको जितमा कोलम्बियाली स्टार लुइस डियाज र इजिप्टियन महोमद सलाहले समान १\१ गोल गरे । उल्भल्सको तर्फबाट चुन्हाले एक गोल गरे ।

    डियाजले खेलको १५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफको ३७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै सलाहले अग्रतालाई दोब्बर बनाए । पहिलो हाफ २-० ले अगाडि रहेको घरेलु टोलिले दोश्रो हाफमा भने एक गोलको सामना गर्नु परेको थियो । उल्भ्सका चुन्हाले ६७ औं मिनेटमा गोलगर्दै टिमलाई खेलमा फर्काउने कोशिष गरे तर त्यो बराबरीको लागि पनि पर्याप्त भएन र खेल लिभरपुलले जित्यो ।

    एनफिल्डमा महत्वपुर्ण तीन अङ्क बटुलेको लिभरपुलले २५ औं चरणमा आईपुग्दा ६० अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा यथावत छ । समान खेलबाट दोश्रो स्थानमा रहेको आर्सनलको ५३ अङ्क छ भने तेश्रो स्थानको नटिङ्घम फरेस्टको ४७ तथा चौथो स्थानको म्यान्चेस्टर सिटीको ४४ अङ्क छ ।

  • उमरको ह्याट्रिकमा म्यानचेस्टर सिटीको फराकिलो जित

    उमरको ह्याट्रिकमा म्यानचेस्टर सिटीको फराकिलो जित

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिइल) अन्तर्गत शनिवार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

    घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले न्युक्यासल युनाईटेडलाई ४-० ले पराजित गरेको हो ।

    सिटीको जितमा नायक बनेका उमर मार्मोशले खेलका ह्याट्रिक समेत गरे । उनले पहिलो हाफको १९, २३ र ३३ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

    पहिलो हाफमा ३-० को अग्रतामा रहेको सिटीले दोस्रो हाफको ८४ औँ मिनेटमा जेम्स म्याएटीले गोल गरेपछि ४-० को सानदार जित निकाल्न सफल बन्यो ।

    जितपछि २४ खेलबाट ४४ अंक सहित सिटी चौथो स्थानमा उक्लँदा न्युक्यासल भने समान खेलबाट ४१ अंक सहित सातौँ स्थानमा छ ।

    प्रिमियर लिगमै गएराति भएको खेलमा तेस्रो स्थानको नटिघंम फरेस्टलाई फुलहमले २-१ गोलले पराजित गरेको छ भने बर्नमाउथले साउथह्याम्पन्टनलाई ३-१ गोलले पराजित गरेको छ ।

    शनिवार राति नै भएको अन्य खेलहरुमा एर्भटनले क्रिष्टल प्यालेस, ब्राइटनले चेल्सी तथा बेनफर्डले वेस्टह्याम्पलाई पराजित गरेको छ ।

  • ला लिगा : दुवै मड्रिड बराबरीमा रोकिए

    ला लिगा : दुवै मड्रिड बराबरीमा रोकिए

    हेटौँडा । स्पेनिस ला0लिगाको शनिवार रातिको खेलमा तालिकाको पहिलो स्थानको रियल मड्रिड र दोस्रो स्थानको एट्लेटिको मड्रिडले छुट्टाछुट्टै खेलमा बराबरी खेलेका छन् ।

    रियलले ओसासुनासङ्ग १-१ को बराबरी खेल्दा एट्लेटिको र सेल्टाभिगोले पनि १-१ को बराबरी खेलेको हो । दुवै शीर्ष टिमको बराबरीले तेस्रो स्थानमा रहेको बार्सिलोनालाई फाइदा पुगेको छ ।

    ला लिगामा २४ खेलबाट रियल ५१ अङ्क सहित पहिलो स्थानमा रहँदा समान खेलबाट ५० अङ्क सहित एट्लेटिको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ४८ अङ्क्सहित तेस्रो मा छ ।

    ला- लिगामा गएराती भएको अन्य खेलमा भिल्ला रियल र भ्यालेन्सिया तथा लेगेन्स र अल्भासले पनि बराबरी खेलेका छन् ।

  • सेना दिवसको अवसरमा सुर्खेतमा ‘युनिटी रन २०८१’ सम्पन्न, उत्कृष्ट धावकहरू सम्मानित

    सेना दिवसको अवसरमा सुर्खेतमा ‘युनिटी रन २०८१’ सम्पन्न, उत्कृष्ट धावकहरू सम्मानित

    सुर्खेत । २६२ औँ सेना दिवस-२०८१ को अवसरमा उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतले ‘युनिटी रन २०८१’ प्रतियोगिता आयोजना गरेको छ।

    शनिवार सम्पन्न उक्त दौड प्रतियोगितामा विभिन्न उमेर समूह तथा लिङ्गअनुसार फरक(फरक विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

    कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव लोकनाथ पौड्याल, उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापा, प्रदेश तथा जिल्लाका सुरक्षा प्रमुखहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    दौड प्रतियोगिता कलिबक्स गण एयरपोर्ट ब्यारेडबाट सुरु भएको थियो। दौड समापनपछि विभिन्न जिल्लाबाट आएका सहभागी धावकहरूलाई सम्मान गरिएको थियो।

    २१ किलोमिटर म्याराथनमा पुरुषतर्फ करण रावल पहिलो स्थान हासिल गर्दै ३५ हजार रुपैयाँ नगद पुरस्कार जिते ।

    धनु मानन्धर दोस्रो स्थानमा रहेर २५ हजार रुपैयाँ प्राप्त गरे भने धीर बहादुर बुढा तेस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए।

    महिलातर्फ २१ किलोमिटर म्याराथनमा कल्पना बुढाले प्रथम स्थान हासिल गरी ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

    राज्यलक्ष्मी रावल दोस्रो स्थानमा रहँदै २५ हजार रुपैयाँ जितिन् भने सन्दिवा बुढाले तेस्रो स्थान प्राप्त गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार हात पारिन्।

    १० किलोमिटर दौडतर्फ पुरुष समूहमा युवराज बुढाले प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ जिते। अम्म बुद्धराम तामाङ दोस्रो भई १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने मुकेश शाही तेस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ जित्न सफल भए।

    महिला १० किलोमिटर दौडमा सुनिता बुढाले पहिलो स्थान हासिल गर्दै २० हजार रुपैयाँ जितिन्। मिमु बुढाले दोस्रो स्थान प्राप्त गरी १० हजार रुपैयाँ जितिन् भने संगिता बुढा तेस्रो भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भइन्।

    ५ किलोमिटर दौडतर्फ पुरुष समूहमा सम्राट शाह प्रथम भई १० हजार रुपैयाँ पुरस्कार जिते। रिदम सापकोटा दोस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ प्राप्त गरे भने प्रोज्ज्वल रावल तेस्रो स्थानमा आई ३ हजार रुपैयाँ जित्न सफल भए।

    महिला ५ किलोमिटर दौडतर्फ सृष्टि खत्री पहिलो भई १० हजार रुपैयाँ जितिन्। सुनु अधिकारी दोस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ प्राप्त गरिन् भने दिलमाया थापा तेस्रो भई ३ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भइन्।

    विजयी धावकहरूलाई प्रमुख अतिथिले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए।

  • प्रदेशस्तरीय छनोट : प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

    प्रदेशस्तरीय छनोट : प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

    बैतडी । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ ।

    यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् ।

    प्लेट च्याम्पियनसिपका खेल फागुन ११ गतेदेखि र फागुन १४ देखि एलाइट कप सञ्चालन हुने छ । प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्ने छन् । सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्ने छन् ।

    फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुने छन् । फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ ।

    प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनोट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्ने छन् ।

    फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर, फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन, फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्ने छन् । फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।

    प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।

  • मेरिनो नायक बन्दा आर्सनलको जित

    मेरिनो नायक बन्दा आर्सनलको जित

    हेटौँडा । अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका माइकल मेरिनोले लगातार दुई गोल गरेपछि इङ्लिस प्रिमियर लिग (इपिएल)मा आर्सनलले सानदार जित दर्ता गरेको छ ।

    स्पेनिस खेलाडी मेरिनोले मैदान गरेपश्चात् खेलको ८१ र ८७ औँ मिनेटमा गोल गर्दै लेस्टर सिटीलाई निराश बनाएपछि महत्त्वपूर्ण तीन अङ्क हासिल गर्दै पहिलो स्थानको आर्सनलसङ्गको अङ्क दूरी घटाएको छ ।

    शनिवार राती लेस्टरको घरेलु मैदान किङ्ग पावर रंगशालामा भएको खेलमा बराबरी हुने अवस्थालाई उल्टाउँदै आर्सनल विजयी भएको हो ।

    आफ्नो पहिलो रोजाइका स्ट्राइकर चोटिल भएपछि समस्यामा परेको आर्सनललाई उद्धार गर्दै मेरिनोले आफ्नो टिमलाई उपाधि होडमा थप सशक्त बनाउँदै दोस्रो स्थानमा थप मजबुत बनाए ।

    जितपछि आर्सनलको २५ खेलबाट ५३ अङ्क पुगेको छ । अब उ एक खेल कम खेलेको लिभरपुल भन्दा चार अङ्क मात्र पछि छ ।

    पराजित लेस्टर भने रेलिगेसन जोनमा संघर्षरत छ । उसको २५ खेलबाट १७ अङ्क पुगेको छ र तालिकाको अन्तिम स्थान भन्दा एक स्थान माथि मात्र छ ।