Category: खेल प्रेस

  • ट्राइब्रेकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

    ट्राइब्रेकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

    काठमाडौं । ट्राइब्रेकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५-३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

    निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए ।

    अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजको दोस्रो खेल मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

  • विना निम्तो मैदानमा नआउन विशिष्ट व्यक्तिलाई एन्फाको आग्रह

    विना निम्तो मैदानमा नआउन विशिष्ट व्यक्तिलाई एन्फाको आग्रह

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले फाइनल खेलमा निमन्त्रणा बिना मैदानमा नआउन विशिष्ट व्यक्तिहरूलाई आग्रह गरेको छ ।

    फाइनल खेलअघि पत्रकार सम्मेलन गर्दै एन्फा कम्पेटिशन डाइरेक्टर सञ्जीव मिश्रले मेयरदेखि सांसद बिना निमन्त्रणा नै मैदान आउने गरेको बताएका छन् ।

    विना निमन्त्रणा मैदान आउँदा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै निमन्त्रणा नभएको विशिष्ट व्यक्ति मैदानमा नआउन मिश्रले आग्रह गरे ।

    फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधवार नेपाल र म्यानमार भिड्दैछन् ।

    उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । उक्त खेलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार टिकट दर तोकिएको छ ।

  • नेइमारले सान्तोससँग सम्झौता लम्ब्याउने अध्यक्ष टेक्सेरा विश्वस्त

    नेइमारले सान्तोससँग सम्झौता लम्ब्याउने अध्यक्ष टेक्सेरा विश्वस्त

    हेटौँडा । ब्राजिलियन स्टार फर्वाड नेइमार जुनियरले क्लब सान्तोससँग आफ्नो सम्झौता लम्बाउनेमा क्लबका अध्यक्ष टेक्सेराले विश्वास व्यक्त गरेका छन् ।

    अल-हिलालसँगको सम्झौता समाप्त गरेपछि जनवरीमा एक दशकभन्दा बढी समयपछि नेयमार आफ्नो बाल्यकालको क्लब सान्तोसमा फर्किएका थिए। ब्राजिलियन फरवार्डले छोटो अवधिको छ महिनाको सम्झौतामा कागजमा हस्ताक्षर गरेका थिए ।

    नेइमारको प्रवेशपछि क्लबको प्रदर्शन उत्साहजनक भएपछि अध्यक्ष टेक्सेराले कम्तीमा एक सिजन नेइमार क्लबमा आबद्ध हुने विश्वास जनाएका हुन् ।

    विश्व च्यानल इएसपिएनसँग कुरा गर्दै, सान्तोस प्रमुखले भने, ‘नेयमारको आगमनसँगै, हामीसँग ७५,००० सदस्यहरू छन्। आज, हामी प्राविधिक पक्षसँग के सम्बन्धित छ, वित्तीय पक्षलाई के प्रतिनिधित्व गर्दछ भनेर मापन गर्न सक्छौँ। सबै वित्तीय उद्देश्यहरू हामीले पहिले अनुमान गरेको भन्दा बढी बढाइनेछ। यदि सबै कुरा राम्रो भयो भने, यो साझेदारी जारी रहने र अर्को वर्षको विश्वकपसम्म विस्तार हुने प्रवृत्ति छ।’

    ३३ वर्षीय खेलाडीले आइतबार सान्तोसका लागि आफ्नो छैटौँ खेलमा दोस्रो गोल गरे, जसमा उनले पाउलिस्टा च्याम्पियनसिपको खेलमा इन्टर डे लिमेरा विरुद्धको कर्नरबाट बल सिधै जालमा हालेर विश्व स्तरीय ‘ओलम्पिकको गोल’ गरे। उक्त गोल अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

    नेयमारले हालको सिजनपछि ब्राजिलमै बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बाँकी छ। उनी गर्मीमा युरोप फर्कने सम्भावना रहेको बताइएको छ। क्याडेना एसईआरले रिपोर्ट गरेको छ कि ब्राजिलका यी आइकन बार्सिलोनामा आफ्नो योग्यता प्रमाणित गर्न र क्याम्प नोउमा दोस्रो स्पेल कमाउन आतुर छन्।

  • केपी ओली कप : आज पनि दुई खेल हुँदै

    केपी ओली कप : आज पनि दुई खेल हुँदै

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज एपीएफ एफसी र संकटा एफसी तथा मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान बीच प्रतिस्पर्धा हुनेछ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

    केपी ओली मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

    हिजो भएको दुइ खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

    फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

  • फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता हुँदै

    फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता हुँदै

    काठमाडौं ।  फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान संघको आयोजनामा भक्तपुरको एसबोएस हर्मन माइनर स्कूलको खेल मैदानमा राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको संघका महासचिव बिमल पौडेलले जानकारी दिए ।

    प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाउनेछन् । पुरुषतर्फ १० टोली र महिलातर्फ ८ टोलीबिच प्रतिष्पर्धा हुने महासचिव पौडेलले बताए । पुरुषतर्फ ६४० केजी तौल समुह र महिलातर्फ ५८० केजी तौल समुहमा खेल खेलाइने छ । १६८ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन् ।

    नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरीतान खेलको विकास, विस्तार र प्रवर्धन गर्न यो प्रतियोगिता आयोजना गरिएको संघका महासचिव पौडेलले बताए ।

    प्रतियोगितामा पुरुषतर्फ विजेता टोलीले १ लाख र उपविजेता टोलीले ५० हजारसहित नगद, मेडल, शिल्ड तथा प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेता टोलीलाई ६० हजार र उपविजेता टोलीलाई ४० हजारसहित नगद, मेडल, शिल्ड, प्रमाणपत्र प्रदान गरिनेछ ।

  • एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा प्रवेश

    एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा प्रवेश

    काठमाडौं । न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै आयोजक टोली जारी केपी ओलि कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलको एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो । केपी एफसीका लागि सुरज ठकुरीले निर्णायक गोल गरे ।

    उनले खेलको ६३औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ ।

    यसअघि आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हिजोदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

    प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लब र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ ।

  • केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

    केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

    काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीका नवयुग श्रेष्ठ र दिनेश योन्जनले एक-एक गोल गरे । नवयुगले १९औँ र दिनेशले ८१औँ मिनेटमा गोल गरेका हुन् ।

    आजको दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिस्पर्धा हुनेछ ।

    फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

  • केपी ओली कप : आज दुई खेल हुँदै

    केपी ओली कप : आज दुई खेल हुँदै

    केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

    केपी ओली एफसी र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

    प्रतियोगिताको उद्घाटन खेलमा हिजो एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

  • सिटीको घरमा लिभरपुलको जित

    सिटीको घरमा लिभरपुलको जित

    हेटौँडा । इङ्लिस प्रिमियर लिगको आइतबार राती सम्पन्न खेलमा विजयी बन्दै लिग लिडर लिभरपुलले यो सिजन उपाधि जित्ने बलियो आधार निर्माण गरेको छ ।

    डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई उसकै घर अर्थात् इत्तिहाद रंगशालामा पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दुरी ११ बनाएको छ ।

    इत्तिहादमा सिटीलाई पराजित गर्न महोमद सलाह र डोमोनिकले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

    सलाहले खेलको १४ औँ मिनेटमा टिमलाई पहिलो अग्रता दिलाएका थिए । डोमोनेकको असिस्टमा सलाहको गोल सम्भव भयो । दोस्रो गोल ३७ औँ मिनेटमा डोमोनिकले गोल गर्दै टिमलाई जित दिलाए ।

    जितपछि २७ खेलबाट ६४ अङ्क सहित लिभरपुल पहिलो स्थानमा रहँदा पराजित सिटी भने २६ खेलबाट ४४ अङ्क सहित चौथो स्थानमा यथावत् छ ।

  • च्याम्पियन्स ट्रफी : भारतले पाकिस्तानलाई हरायो

    च्याम्पियन्स ट्रफी : भारतले पाकिस्तानलाई हरायो

    काठमाडौं । पाकिस्तान र दुबईमा जारी आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

    पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले शतक प्रहार गरे । १ सय ११ बल खेलेका विराटले अविजित एक सय रन बनाए । श्रेयस ऐयरले ५६, शुभमन गिलले ४६ र कप्तान रोहित शर्माले २० रनको योगदान दिए ।

    पाकिस्तानका लागि शाहिन अफ्रिदीले २, अबरार अहमद र खुसदील शाहले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा २ सय ४१ रन समेटिएको थियो ।

    पाकिस्तानका साउद शकिलले सर्वाधिक ६२ रन बनाए । कप्तान मोहम्मद रिजवानले ४६, खुसदिल शाहले ३८ र बाबर आजमले २३ रनको योगदान दिए ।

    बलिङमा भारतका कुलदीप यादवले ३, हार्दिक पाण्ड्याले २, हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाले एक–एक विकेट लिएका थिए । योसंगै च्याम्पियन्स ट्रफीमा भारतले लगातार दोस्रो जित निकालेको छ । भने पाकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ।

  • सहज जितसँगै दोस्रो स्थानमा उक्लियो रियल मड्रिड

    सहज जितसँगै दोस्रो स्थानमा उक्लियो रियल मड्रिड

    काठमाडौं । स्पेनिस ला-लिगाको २५ औँ चरणको खेल सकिदा उपाधि होड भने थप रोचक बनेको छ । लिगको अब १३ खेल बाकी रहँदा तुरुन्तै विश्लेषण गर्न नसकिए पनि उपाधिको लागि तीन टिमको कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

    आइतबार रातिको खेलमा रियल मड्रिडले गिरोना लाई २-० ले पराजित गरेसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । रियलको जितमा लुका मड्रिकले ४१ र भिनियस जुनियरले ८३ औ मिनेटमा गोल गरे ।

    जितपछि रियलको २५ खेलबाट ५४ अङ्क पुगेको छ र उ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अङ्क जोडेको बार्सिलोना भने गोल अन्तरको आधारमा पहिलो स्थानमा छ ।

    तेस्रो स्थानको एट्लेटिको मड्रिडको ५३ अङ्क छ । रियल सङ्ग पराजित भएको गिरोनाको ३१ अङ्क भएको छ भने उ तालिकाको १२ औँ स्थानमा छ ।

    आइतबार नै भएको अर्को खेलमा एथलेटिक बिल्बाओले रियल भालाडोलिडलाई ७-१ को विशाल गोलले पराजित गरेको छ ।

  • प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा रुपन्देही च्याम्पियन

    प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा रुपन्देही च्याम्पियन

    रुपन्देही । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि प्रज्वलन थापाले शतकीय पारी खेले । उनले १ सय १ रन जोडे । यस्तै, मनिष थापाले २४, मिर्नाल गुरुङले २२, एजाजुल हकले १८ र विप्रशन केसीले १२ रन बनाए । बलिङमा दाङका दिनेश बोहरा र मोहन खत्रीले  ३–३ तथा वीरबहादुर घर्तीमगर र तुलबहादुर थापाले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको दाङ ३२ ओभर ५ बलमा १ सय ८ रन बनाउँदा अलआउट भयो । उसका लागि मनोज पुनले २२, सुशान्तसिंह थापाले १८, मोहन खत्रीले १७ र तुलबहादुर थापाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार ब्यहोर्यो । बलिङमा रुपन्देहीका सन्देश थापा र रमेश कुर्मीले ३–३, अजय चौहानले २ तथा कृष्ण कार्की र विप्रशन केसीले १–१ विकेट लिए । खेलमा रुपन्देहीका प्रज्वलन थापा प्यलेर अफ द फाइनल घोषित भए ।

    विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, प्रादेशिक क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, सङ्घका उपाध्यक्ष विनयराज भण्डारी, रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

    यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रङ्गशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सम्पन्न भएको हो । खेलाडीको प्रदर्शन हेरेर छनोट समितिले केही दिनमै लुम्बिनी प्रदेशको एउटा टिम छनोट गर्ने प्रादेशिक क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।

  • बराबरीमा सकियो नेपाल र म्यानमारको खेल, बाँडे अङ्क 

    बराबरीमा सकियो नेपाल र म्यानमारको खेल, बाँडे अङ्क 

    काठमाडौं
    फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबिचको खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोल गरे । योसँगै एकएक अङ्क बाँडेका छन् ।
    No description available.
    ७–७ अङ्कसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यानमार गोलअन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । फाइनल खेल बुधबार हुनेछ ।
    No description available.
    पहिलो हाफमा २–२ गोल गरेका दुवै टोलीले दोस्रो हाफमा कुनै पनि गोल गर्न सकेनन् । खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । उनले प्रहार गरेको प्रहार नेपालकी अन्जना रानामगरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो ।
    No description available.
    खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सवित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् । पुनः खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको ४१औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रोपटक बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।
  • रोमाञ्चक बन्यो पहिलो हाफ :  २–२ को बराबरीमा नेपाल र म्यानमार 

    रोमाञ्चक बन्यो पहिलो हाफ : २–२ को बराबरीमा नेपाल र म्यानमार 

    काठमाडौं
    फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत जारी खेलको पहिलो हाफमा नेपाल र म्यानमारले २–२ गोल गरेका छन् ।  दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोलीबाट २–२ गोल भएको हो ।
    खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । उनले प्रहार गरेको प्रहार नेपालकी अञ्जना रानामगरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो । खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सावित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् ।
    पुनः खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको ४१औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रो पटक बराबरी गोल फर्काइन् ।
  • नेपालले दोस्रो पटक फर्कायो गोल , नतिजा बराबर

    नेपालले दोस्रो पटक फर्कायो गोल , नतिजा बराबर

    काठमाडौं
    फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले म्यानमारविरुद्ध दोस्रो पटक बराबरी गोल फर्काएको छ । दशरथ रङ्गशालामा जारी खेलको ४१औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै बराबरी गोल फर्काएकी हुन् ।
  • नेपालविरुद्ध म्यानमारले लियो दोस्रो पटक अग्रता

    नेपालविरुद्ध म्यानमारले लियो दोस्रो पटक अग्रता

    काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालविरुद्ध म्यानमारले दोस्रोपटक अग्रता लिएको छ ।

    दशरथ रंगशालामा जारी खेलको १६औं मिनेटमा म्यानमारले दोस्रो गोल गरेको हो ।

    यसअघि म्यानमारले छैटौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर, खेलको ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सविता रानामगरले गोल गर्दै खेल बराबरीमा फर्काएकी थिइन् ।

    १६औं मिनेटमा म्यानमारले पुनः अग्रता लिएको हो ।

  • नेपालले फर्कायो बराबरी गोल

    नेपालले फर्कायो बराबरी गोल

    काठमाडौं ।  फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले म्यानमारविरुद्ध बराबरी गोल फर्काएको छ ।

    दशरथ रंगशालामा जारी खेलको ११औं मिनेटमा बराबरी गोल फर्काएको हो ।

    सावित्रा भण्डारीको पासमा सविता रानामगरले गोल गरिन् । यसअघि म्यानमारले छैटौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियाे ।

  • ट्राइब्रेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश

    ट्राइब्रेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । ट्राइब्रेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपीएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपीएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले गत माघमा पोखरामा भएको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ ।

    निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो पक्षमा पारे ।

    फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेल साढे ११ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिष्पर्धा हुने तालिका छ ।

  • यस्तो छ म्यानमारविरुद्ध नेपालको सुरुआती–११, अन्जना रानामगरलाई अवसर

    यस्तो छ म्यानमारविरुद्ध नेपालको सुरुआती–११, अन्जना रानामगरलाई अवसर

    काठमाडौंं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र म्यानमार खेल्दैछन् । दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ । उक्त खेलका लागि नेपालले सुरुआती–११ सार्वजनिक गरेको छ ।

    मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यो खेलमा गोलकिपर अन्जना रानामगरलाई अवसर दिएका छन् । कप्तान तथा गोलकिपर एन्जिला तुम्बाको स्थानमा अञ्जना पहिलो रोजाईमा छिन् । टोलीको कप्तानी रेनुका नगरकोटीले गर्नेछिन् ।

    नेपालको सुरुआती–११
    अन्जना रानामगर (गोलकिपर), रेनुका नगरकोटी (कप्तान), विमला विक, पूजा राना, समीक्षा घिमिरे, गीता राना, सरु लिम्बु, प्रीति राई, रश्मीकुमारी घिसिङ, सविता राना मगर र सावित्रा भण्डारी ।

  • फोर नेसन्स च्याम्पियनसिप: लेबनानको सान्त्वना जित

    फोर नेसन्स च्याम्पियनसिप: लेबनानको सान्त्वना जित

    काठमाडौं । फोर नेसन्स कप च्याम्पियनसिप फुटबलमा लेबनानले सान्त्वना जित निकालेको छ ।

    दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा लेबनानले किर्गिस्तानमाथि २-० गोलको जित निकालेको हो । लेबनानका लागि क्रिस्टी मालोफ र म्या रोज कलिलले गोल गरे ।

    प्रतियोगितामा लेबनानको पहिलो जित हो । यसअघि भएका दुवै खेलमा लेबनान पराजित भएको थियो । किर्गिस्तान भने जित बिहिन रहदै घर फर्किएको छ ।

    अंकतालिकामा लेबनान तेस्रो र किर्गिस्तान अन्तिममा रहे । आजको दोस्रो खेलमा नेपालले म्यानमारको सामना गर्नेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

  • केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि, उद्घाटन खेल ब्ल्याक बुल्स र एपीएफबीच

    केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि, उद्घाटन खेल ब्ल्याक बुल्स र एपीएफबीच

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    त्यसअघि दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने छ ।

    उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतको प्रस्तुति रहने छ । पहिलो खेल उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुनेछ ।

    प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।

    यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् । पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ ।

    फाइनल खेल फागुन १९ गते हुने तालिका छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

    प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी तथा लिजेन्ड गोलकिपर जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

  • प्रशिक्षक ओलोन्सोको रेकर्ड, लेभरकुसेनको जित

    प्रशिक्षक ओलोन्सोको रेकर्ड, लेभरकुसेनको जित

    हेटौँडा । बायर लेभरकुसेनलाई पहिलो लिग जिताएर कीर्तिमान बनाएका प्रशिक्षक जाबी ओलोन्सोले अर्को रेकर्ड बनाउँदै बायरलाई अवे खेलमा कीर्तिमानी जित दिलाएका छन् ।

    २८ औँ अवे खेलमा बिना हार ओलोन्सले बुन्डेस लिगामा यो कीर्तिमान बनाएका हुन्। लगातार २८ औँ अवे खेल बिना हार, बुन्डेसलिगा इतिहासमा अन्य कुनै पनि प्रशिक्षक भन्दा बढी हो ।

    गत सिजन, अलोन्सोले लेभरकुसेनलाई पहिलो पटक अपराजित बुन्डेसलिगा उपाधि दिलाएर इतिहास रचे। यद्यपि आरबी लाइपजिगले अगस्ट ३१, २०२४ मा लेभरकुसेनको अपराजित शृङ्खला समाप्त गरे, टोलीको उल्लेखनीय अवे रेकर्ड अझै पनि कायम छ।

    शनिवार राती भएको खेलमा लेभरकुसेनले होल्स्टेन किएललाई २-० ले पराजित गर्दै अग्रणी बायर्न म्युनिखसँगको दूरी पाँच अंकमा पुर्‍याए।

  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै

    अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ ।

    नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १/१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

    म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो ।

  • ला-लिगा : बार्सिलोना र एट्लेटिको मड्रिडको जित

    ला-लिगा : बार्सिलोना र एट्लेटिको मड्रिडको जित

    हेटौँडा। स्पेनिस ला-लिगा अन्तरगत शनिवार रति भएको खेलहरूमा पहिलो स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको मड्रिडले जित निकाल्दै आफूलाई उपाधि दौडमा कायम नै राखेका छन् ।

    बार्सिलोनाले लस पाल्मसलाई २-० ले पराजित गर्दा एट्लेटिकोले भ्यालेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा दोस्रो हाफको ६६ औँ मिनेटमा ओल्मो र इन्ज्युरी समयको पाँचौँ मिनेटमा टोरेसले गोल गरेका हुन् ।

    जित पछि २५ खेलबाट ५४ अङ्क सहित बार्सिलोना पहिलो स्थानमा रहँदा समान खेलबाट ५३ अङ्क सहित एट्लेटिको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिड भने ५१ अङ्क सहित तेस्रो स्थानमा छ ।

  • चेल्सीले हार बेहोर्दा टोटनह्याम्पको जित, युनाइटेडको बराबरी

    चेल्सीले हार बेहोर्दा टोटनह्याम्पको जित, युनाइटेडको बराबरी

    हेटौँडा । इङ्लिस प्रिमियर लिगकोको शनिवार राती सम्पन्न खेलहरूमा पूर्वलिग च्याम्पियनहरू चेल्सीले हार बेहोर्दा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ भने टोटनह्याम्पले विशाल जित निकालेको छ ।

    गएराती भएको खेलमा चेल्सीले एस्टन भिल्लासँग २-० ले पराजय बेहोर्न परेको हो । भिल्लाको घरेलु मैदान भिल्लापार्कमा भएको खेलमा पहिलो अग्रता एजो फर्नान्डेजले दिलाए पनि हारलाई भने टार्न सकेन ।

    पहिलो हाफमा १-० ले पछि रहेको घरेलु टोलीले दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो । घरेलु टोलीको लागि मार्को एसिन्सियोले खेलको ५७ र ८९ औँ मिनेटमा गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । जितपछि २७ खेलबाट भिल्ला ४२ अङ्क सहित सातौँ स्थानमा उक्लँदा हारको बाबजुद पनि चेल्सी ४३ अङ्क सहित छैटौँ स्थानमा छ ।

    शनिवार राती नै भएको अन्य खेलहरूमा म्यानचेस्टर युनाइटेडले आफ्नो खराब लयलाई जारी राख्दै एभर्टनसँग २-२ को बराबरी खेलेको छ । म्यानयुको लयले उसलाई रेलिगेसनको चपेटामा पार्न सकिने सम्भावना देखिन्छ भने अर्को खेलमा टोटनह्याम्पले रेलिगेसन जोनको इश्विच टाउनलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । टोटनह्याम्पसँगको पराजयले इस्विचलाई रेलिगेसन जोनबाट उम्कन थप समस्या हुने देखिन्छ ।

    शनिबारकै अन्य खेलहरूमा उल्भ्सले वर्नमाउथलाई १औ० ले पराजित गरेको छ भने फुलहम विरुद्ध क्रिष्टल प्यालेस २-० ले विजयी भएको छ ।

  • आर्सनल पराजित हुँदा लिभरपुललाई फाइदा

    आर्सनल पराजित हुँदा लिभरपुललाई फाइदा

    हेटौँडा । आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ ।

    शनिवार राती भएको खेलमा वेस्ट ह्यामसँग १- ले पराजित भएपछि त्यसको प्रत्यक्ष फाइदा भने लिभरपुललाई भएको छ । अब लिभरपुल दोस्रो स्थानको आर्सनल भन्दा समान खेलबाट स्पष्ट ८ अङ्कले अघि रहेको छ ।

    वेस्ट ह्याले एमेरेट्स स्टेडियममा आर्सनलको जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। खेलमा विजयी गोल ४४ औँ मिनेटमा जारोड बोवेन मार्फत भयो । गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो ।

    आर्सनलले‌ १० खेलाडीमा रहेर खेलको‌ अन्त्य गर्‍यो । माइल्स लुईस-स्केलीले ७३ औँ मिनेटमा रातो कार्डको‌ सामना गर्दै मैदान छाडे।

    दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अंक‌ छ। शीर्ष स्थानको लिभरपुलको समान खेलमा ६१ अंक छ।

  • भोलिदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने

    भोलिदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल भोलिदेखि सुरु हुँदै छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ । पहिलो खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबिछ हुनेछ ।

    प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।

    यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् । पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ ।

    फाइनल खेल फागुन १९ गते हुने तालिका छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

    प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी तथा लिजेन्ड गोलकिपर जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

     

  • अनिल र पूजा मधेश प्रदेशको कप्तानको जिम्मेवारी

    अनिल र पूजा मधेश प्रदेशको कप्तानको जिम्मेवारी

    काठमाडौं । अनिल कुमार शाह र पूजा महतो मधेश प्रदेशको कप्तान नियुक्त भएका छन् ।

    मधेश प्रदेश क्रिकेट संघले अनिललाई पुरुषतर्फ र पूजालाई महिलातर्फको कप्तानको जिम्मेवारी दिएको हो ।

    यसअघि पुरुषतर्फ हरिशंकर शाह र महिलातर्फ सरस्वती चौधरी मधेशको कप्तानको रुपमा थिए ।

    अनिलको कप्तानी जनकपुर बोल्ट्सले नेपाल प्रीमियर लिगको उपाधी जितेको थियो। पुजा नेपाली यु-१९ टोलीकी कप्तान हुन् । उनकै कप्तानीमा नेपालले यु-१९ महिला विश्वकप खेलेको थियो ।

  • ‘धरान रन’को उपाधि केन्याली धावकलाई

    ‘धरान रन’को उपाधि केन्याली धावकलाई

    धरान । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् ।

    दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।
    धावकद्वयलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ ।

    पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद ४० हजार पुरस्कार प्रदान गरिएको छ ।

    धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद रु।३० हजार प्रदान गरिएको थियो ।

    प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।

     

  • सूर्यनगर गोल्डकप: २५ हजार दर्शकले अवलोकन गर्ने अनुमान

    सूर्यनगर गोल्डकप: २५ हजार दर्शकले अवलोकन गर्ने अनुमान

    रूपन्देही । फाल्गुन ७ गतेदेखि सुरु भएको नवौं सस्करणको सुर्यनगर गोल्डकप जारी रहेको छ । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ –सुर्यनगरमा हुने बहुप्रतिक्षित फुटबल प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन लिगका खेलाडी र अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहँदै आएको छ ।अहिले १० टिम सहभागी रहेको आयोजक नव युवा क्लबले जनाएको छ ।

    लुम्बिनी प्रदेशकै दोस्रो ठूलो पुरस्कार राशी बोकेको सुर्यनगर गोल्डकपको संरक्षक बर्दघाट नगरपालिका रहेको छ । नगरपालिकाले उक्त फुटबल प्रतियोगिताका लागि १० लाख रुपैयाँ बिनियोजन गरेको छ । खेलको करिब २५ हजार दर्शकले अवलोकल गर्ने र त्यसका लागि ३५ लाख रकम खर्च हुने अनुमान गरिएको छ । सुर्य नगर रङ्गशाला सम्भवतस्नवलपरासी पश्चिम्कै प्याराफिटसहितको ब्यवस्थित रङ्गशाला हो ।

    सुर्यनगर गोल्डकपको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गरेका थिए ।आम खेलप्रेमी र खेलाडीहरुको मनोबल उच्च राख्न गोल्डकपलाई ब्यवस्थित गर्दै आमागी बर्ष गोल्डकपका लागि रकम थप गरेर बजेट बिनियोजन गरिने नगरप्रमुख श्रेष्ठले बताए । सबै वर्गका खेलप्रेमीहरुका लागि सहुलियत रुपमा टिकट दर राखिनुपर्नेमा नगरप्रमुख को जोड रहेको छ ।

    यसपटकको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ हुनेछ भने द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ । सुर्य नगर गोल्डकपले यस क्षेत्रकै चिनारीलाई बोकेको बर्दघाट १६ का वडा अध्यक्ष एवम् फुटवल संघ लुम्बिनी प्रदेशका महासचिव भिमकाजी गुरुङले बताए । खेलको २५ हजार दर्शकले अवलोकन गर्ने आयोजको आकलन रहेको छ ।

    सुर्यनगर रङगशालाको स्तरीकरणका लागि बर्दघाट नगरपालिका र लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गराउँदै आएको छ । सुर्यनगर गोल्डकप यस क्षेत्रकै चर्चित र लोकप्रिय फुटवल प्रतियोगिता हो । १६ गते खेलको समापन हुनेछ ।

  • ला-लिगा: सेल्टा भिगोको संघर्षपूर्ण जित

    ला-लिगा: सेल्टा भिगोको संघर्षपूर्ण जित

    काठमाडौ‌ं। स्पेनिस ला‍-लिगा फुटबलमा सेल्टा भिगोले संघर्षपूर्ण जित निकालेको छ ।

    शुक्रवार राति भएको खेलमा सेल्टा भिगोले ओसासुनालाई १-० ले पराजित गरेको हो । भिगोलाई जिताउनको लागि खेलको ६९ औं मिनेटमा इयागो एस्पाले पेनाल्टीबाट गरेको गोलनै निर्णायक गोल बन्यो ।

    जितसँगै २५ खेलबाट ३२ अङ्क बनाएको भिगो तालिकाको नवौं स्थानमा उक्लदा समान खेलबाट समान अङ्क बनाएको ओसुसाना गोल अन्तरको आधारमा दशौ स्थानमा छ ।

  • लेस्टरविरुद्ध ब्रेनफोर्डको प्रभावशाली जित

    लेस्टरविरुद्ध ब्रेनफोर्डको प्रभावशाली जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिगको शुक्रवार राति भएको खेलमा रेलिगेसन जोनको लेस्टर सिटी विरुद्ध ब्रेनफोर्डले प्रभावशाली जित निकालेको छ ।

    लेस्टरको घरेलु मैदानमा भएको खेलमा लेस्टरले ४-० को हार बेहोरेको हो । ब्रेनफोर्डलाई जिताउन योअन विस्सा, ब्रायन मोवेउमो, नोगार्ड र कार्वाल्होले समान एक-एक गोल गरे ।

    जितसङ्गै ब्रेनफोर्ड लिग तालिकाको १० औं स्थानमा उक्लिएको छ । उसको २६ खेलबाट ३७ अङ्क भएको छ । हारपछि लेस्टरलाई रेलिगेसन जोनबाट उम्कन थप समस्या उत्पन्न भएको छ । उसको १७ अङ्क भएको छ । लेस्टर तालिकाको अन्तिम बाट दोश्रो स्थानमा छ ।

  • समाचार वाचिका श्री पाण्डे बुटवल लुम्बिनी एफसीको ब्राण्ड एम्बेस्डर

    समाचार वाचिका श्री पाण्डे बुटवल लुम्बिनी एफसीको ब्राण्ड एम्बेस्डर

    काठमाडौं । समाचार वाचिका श्री पाण्डे नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनी एफसीको ब्राण्ड एम्बेस्डर नियुक्त भएकी छन् ।

    बुटवल लुम्बिनी एफसीले सामाजिक संजालमार्फत पाण्डेलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ । एनएसएलको तेस्रो संस्करण आगामी चैतमा हुँदैछ ।

     

  • च्याम्पियन्स लिग ड्र : लिभरपुलको भिडन्त पिएसजीसँग (तालिका)

    च्याम्पियन्स लिग ड्र : लिभरपुलको भिडन्त पिएसजीसँग (तालिका)

    हेटौंडा । यूईएफए च्याम्पियन्स लिग नकआउट चरणमा इङ्लिस क्लब लिभरपुलको भिडन्त फ्रेन्च क्लब पिएसजीसङ्ग हुने भएको छ ।

    शुक्रबार भएको प्रतियोगिताको अन्तिम–१६ को ‘ड्र’ अनुसार लिग लिडर लिभरपुलले पिएसजीलाई प्रतिद्वन्द्वी पाएको हो ।

    ड्रमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले स्पेनकै अर्को टोली एट्लेटिको मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

    रियालले क्वार्टरफाइनल प्रवेशका निम्ति एट्लेटिकोलाई प्रतिद्वन्दीको रूपमा पाएको हो । यस्तै, ला लिगाकै अर्को टोली बार्सिलोनाले भने प्रिक्वार्टरफाइनलमा पोर्चुगिज टोली बेन्फिकाविरुद्ध खेल्ने भएको छ ।

    आर्सनलले पीएसभी आइन्डोभन, इन्टर मिलानले फेयेनुर्ड र जर्मन क्लब बोरुसिया डर्टमन्डले लिलविरुद्ध खेल्दा बायर्न म्युनिखले जर्मनीकै अर्को टोली बायर लेभरकुजेनलाई प्रतिद्वन्दीको रुपमा पाएको छ ।

     

  • बुटवल लन टेनिसको उपाधि प्रदीप खड्कालाई

    बुटवल लन टेनिसको उपाधि प्रदीप खड्कालाई

    रुपन्देही । नेपालका नम्बर वन लन टेनिस खेलाडी प्रदीप खड्काले बुटवल लन टेनिसको उपाधि प्राप्त गरेका छन् । यो जितसँगै उनले आफ्नो १५ औं उपाधि तथा बुटवल खुला लन टेनिसमा हयाट्रिकको किर्तिमानी राखेका हुन् ।

    आज रुपन्देहीमा सम्पन्न बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को फाइनलमा बुटवलका रितिक रानालाई ट्राइबेकरमा पराजित गर्दै उनले लगातार तेस्रो पटक उपाधि चुमेका हुन् । उपाधिसंगै उनले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र पाएका छन् ।

    रुपन्देहीको प्रतियोगिताको पहिले संस्करणमा प्रणव खनाल विजेता थिए । दोस्रोमा प्रदीप खड्का बने, त्यसपछि तेस्रो र चौथो संस्करणमा रितिक राना विजेता बने भने पछिल्लो ३ वर्ष लगातार प्रदीपले उपाधि आफनो नाममा गर्न सफल भएका छन् ।

    देविनगरस्थित टेनिस कोर्टमा भएको फाइनल खेलमा रितिकले ६–३ अंकसहित पहिलो सेट जित निकाले । तर दोस्रो सेट भने ७–६ ले प्रदीपले आफ्नो पक्षमा पारेका थिए । निर्णायक अन्तिम सेटमा प्रदीप कम ब्याक गर्दै ६–१ को अंकले जित निकाल्दै उपाधि कब्जा गरे ।

    प्रदीपले यो वर्ष भएको पहिलो खेलमा जित निकाल्न पाएकोमा निकै खुसी भएको बताए । रयाकेट चेन्ज गर्दा पहिलो सेटमा समस्या भएको उनले बताए । अर्कोतर्फ मौसम पनि बाधक भएको उनले बताए । यहाँ खेल्दा धेरै सपोर्ट पाउने गरेको भन्दै उनले बुटवल आफ्नो दोस्रो घर भएको बताए । जीवनकै पहिलो टाइटल बुटवलमै जितेको साथै अहिले १५ औ उपाधि चुम्दा धेरै हर्षित भएको उनको भनाइ छ ।

    शुक्रबार नै भएको ३५ प्लस सिगलको उपाधि जितेन्द्र परियारले चुमेका छन् । फाइनलमा सन्तोष खत्रीलाई ६–४, ६–१ को सेटमा पराजित गदैै उपाधि चुमे । ४५ प्लस सिगलमा भने कमल बहादुर भण्डारीले देव क्षेत्रीलाई ।६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, बागमती टेनिस संघका अध्यक्ष मनोज सम्शेर राणा, कास्की लनटेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, कर्णेल मछिन्द्र थापा, संघका संस्थापक अध्यक्ष अशोक गुरुङ, प्रतियोगिताका सुपरभाइजर राजन पौडेलले प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

    प्रतियोगिताको एकलतर्फ पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतीय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यसैगरी पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरियो ।

    यसैगरी पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले १० हजार र तृतीयले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने गरियो ।

    प्रतियोगितामा एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरी ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी पाँच विधा गरी कुल ११ विधामा प्रतियोगिता आयोजना भएको थियो ।