Category: खेल प्रेस

  • चरित्रहत्या गरेको भन्दै एन्फा महासचिवविरुद्ध गणेश थापाले साइबर ब्युरोमा दिए उजुरी

    चरित्रहत्या गरेको भन्दै एन्फा महासचिवविरुद्ध गणेश थापाले साइबर ब्युरोमा दिए उजुरी

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् ।

    अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबी गरेका थिए । उक्त अन्तर्वार्ता सार्वजनिक भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न चुनौति दिए । तर, आफ्नो चुनौतिलाई बेवास्ता गरेपछि वाध्य भएर प्रहरीमा जानुपरेको थापाको भनाइ छ ।

    उनले भनेका छन्, ‘कानूनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले मेरो चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको छु । र, भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्रहत्या हुने यस्ता गतिविधि गर्न नसक्ने मेरो विश्वास छ ।’

    साइबर ब्युरोमा थापाको जाहेरीको दर्ता नम्बर ११५८९ रहेको छ । राईले अन्तर्वार्तामा भनेअनुसार आफूले ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानबिन गरी आफू दोषी भए कानूनअनुसार कारवाही भोग्न तयार रहेको प्रतिबद्धता थापाले व्यक्त गरेका छन् ।

    ‘यदि उहाँले लगाएका आरोप प्रमाणित नभए कानूनअनुसार उहाँ कारवाहीको दायरामा आउनुपर्छ,’ उनको माग छ ।

  • नेपाल आएर बुफनले भने- मेरो सपना पूरा भएको छ (भिडिओ)

    नेपाल आएर बुफनले भने- मेरो सपना पूरा भएको छ (भिडिओ)

    काठमाडौं । नेपाल भ्रमणमा आएका इटालीयन फुटबलर जियानलुइजी बुफनले आफ्नो सपना पूरा भएको बताएका छन् । नेपालको नक्सा र झण्डाबाट आफू सानैदेखि आकर्षित हुँदै आएको उनको भनाइ छ ।

    केपी ओली कपको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका बुफनको यो पहिलो नेपाल भ्रमण हो । उनले त्रिभुवन विमानस्थलमा ओर्लेपश्चात पत्रकारसँग संक्षिप्त अन्तरक्रिया गर्दै नेपाल र नेपालीको प्रशंसा गरे ।

    बुफनले भने, ‘म सानो छँदा विश्वको नक्सा हेर्थेँ । नेपाल र यसको झण्डाले मलाई आकर्षित गर्थ्यो । यो एकदमै मौलिक छ । म नेपाल भ्रमण गर्त आतुर थियो । मेरो लागि यो एउटा सपना पूरा भएको क्षण हो, जसलाई कहिल्यै बिर्सिन सक्ने छैन । मलाई बोलाएकोमा आयोजकलाई धन्यवाद ।’

    केपी ओली कपको विजेता को बन्छ भनेर हेर्न आफू उत्साहित रहेको उनले बताए ।

    बुफनलाई एक पत्रकारले रोनाल्डो र मेस्सीमा को मन पर्छ भनेर पनि सोध्न भ्याएका थिए । बुफनले जवाफ दिन चाहेनन् ।

    उनले भने, ‘मेस्सी, रोनाल्डो, म्याराडोना, पेले को उत्कृष्ट हुन् भनेर तुलना गर्नु सही हुँदैन । उनीहरू सबै गज्जबका खेलाडी हुन् । उनीहरूले फुटबलमा ठूलो कथा लेखेका छन् ।’

  • विश्वकप विजेता इटालीयन टीमका गोलकिपर बुफन नेपालमा

    विश्वकप विजेता इटालीयन टीमका गोलकिपर बुफन नेपालमा

    काठमाडौं । इटलीलाई फिफा विश्वकप जिताएका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन नेपाल आइपुगेका छन् । ‘केपी ओली कप फुटबल’ को फाइनल खेल अवलोकन गर्न बुफन नेपाल आइपुगेका हुन् ।

    राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले बुफनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

    बुफनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका थिए । इटालीबाट उनले ८० खेलमा कप्तानीसमेत गरेका थिए । बुफनले १ सय ७६ खेलको कीर्तिमानी खेलेका थिए । उनले ५ पटक विश्वकप खेले।

    ओली कपको फाइनल खेल सोमबार साँझ ६ बजे मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच दशरथ रंगशालामा हुँदैछ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • अष्ट्रेलियाका म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

    अष्ट्रेलियाका म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

    काठमाडौं । अष्ट्रेलियाका म्याट रस नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरेका हुन् ।

    म्याटलाई एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ४ सय बढी आवेदनबाट सर्टलिष्ट गर्दे टप ५ निकालिएको र टप ५ बाट म्याट छानिएको शाहले बताए ।

    म्याटसँग यसअघि दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षकको भूमिका निभाएको अनुभव छ । उनमा युथ डेभेलोप्मेन्ट र कोचिङको राम्रो ज्ञान रहेको प्रवक्ता शाहले उल्लेख गरे । भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल सकिएपछि एन्फाले नयाँ प्रशिक्षकको लागि आवेदन खुलाएको थियो ।

  • महिला क्रिकेट राष्ट्रिय खेलाडी पूजा र कविता एक्स्ट्राटेकको ब्राण्ड एम्बेसडर

    महिला क्रिकेट राष्ट्रिय खेलाडी पूजा र कविता एक्स्ट्राटेकको ब्राण्ड एम्बेसडर

    रुपन्देही । नेपाली महिला क्रिकेटकी राष्ट्रिय खेलाडी तथा यु-१९ कि कप्तान पूजा महतो र कविता कुवँर रुपन्देहीको एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर बनेका छन् ।

    निजी क्षेत्रबाट निर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले महतो र कुवँरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । महतो र कुवँरसंग मैदानका संचालक विनोद कुँवरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकाबीच सम्झौता गरेका हुन् । कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक कुँवरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रित हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुँवरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महशुस गर्दै सानो सहयोग गरेको बताएका छन् ।

    निर्देशक कुँवरले खेलाडीहरूलाई खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताउँदै खेलाडीलाई खेलमा ध्यान केन्द्रित गर्ने अवस्था बनाउनु जरुरी रहेको धारणा राखेका थिए । उनले ब्राण्ड एम्वेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउँदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् ।

    कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउँदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निजी लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरी ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीलाई लक्षित गरी गरिएको अर्को कामले नेपाली क्रिकेटमा उत्साह थपेको बताएका छन् ।

    सो अवसरमा ब्राण्ड एम्वेसडर नियुक्त भएकी महिला क्रिकेट टिमकी सदस्य पूजा महतोले यू–१९ को टिम छनौटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जीवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्वेसडर नियुक्तीले आफूलाई हौसला र खेलमा केन्द्रित हुने अवस्था निर्माण गरेको भन्दै खुशी व्यक्त गरिन् । महतोले यसले आफूलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन् ।

    ‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, महतोले भनिन् ।

    एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यू-१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ ।

  • केपी ओली कपः उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने

    केपी ओली कपः उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

    दशरथ रंगशालामा भोलि साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ । सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

    सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ ।

    प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

  • क्रिकेटको प्रगतिबारे पारस- प्रमुख खेलाडीले वार्षिक ५० लाख कमाउने अवस्था बनेको छ

    क्रिकेटको प्रगतिबारे पारस- प्रमुख खेलाडीले वार्षिक ५० लाख कमाउने अवस्था बनेको छ

    पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटको भविष्य सुनिश्चित गर्न एक सुविधा सम्पन्न मैदान चाहिएको बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्रि हिटः एनपिएफभन्दा पर’ सेसनमा सचिव खड्काले क्रिकेट र नेपाल प्रिमियर लिग (एनपीएल) को भविष्य सुनिश्चित गर्न एउटा सुविधा सम्पन्न क्रिकेट मैदान आवश्यक रहेको बताएका हुन् ।

    ‘अब एनपीएलको भविष्य र क्रिकेटको भविष्य सुनिश्चित गर्ने हो भने चाहिँ अहिले अनिवार्यरूपमा चाहिएको भनेको एउटा सुविधा सम्पन्न क्रिकेट मैदान छ,’ उनले भने ।

    खेल पत्रकार सविना कार्की सँगको संवादमा पारसले सुविधा सम्पन्न क्रिकेट मैदान बनेको खण्डमा क्रिकेटका लागि सरकारको भर पर्नु नपर्ने जिकिर गरे ।

    ‘सम्पन्न क्रिकेट मैदान बनेको खण्डमा त्यहिँ रंगशालाबाट फ्यान्सहरूबाट धेरै त होइन ५ सय, हजार, १५ सय, दुई हजार टिकटमार्फत रेभिन्यू कलेक्ट गर्न सक्छौं,’ उनले भने, ‘त्यो हुन सकेमा क्रिकेटमा सरकारमा भर नपरि आफै पनि सन्चालन गर्न सक्छौं भन्ने स्थितिमा पुगेका छौं ।’

    त्रिवि क्रिकेट मैदानको फ्लड लाइट बनाउन टेन्डर प्रोसेस पूरा भइसकेको सचिव खड्काले सुनाए । मन्त्रालयबाट एनपिएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने गरी काम भइराखेको प्रतिवद्धता भएको खड्काको भनाइ छ ।

    ‘टेन्डर प्रोसेस पूरा भएको छ । चाँडै नै स्टेडियम बनोस् भन्ने चाहना छ,’ उनले भने, ‘शहरी विकास मन्त्रालयको सचिवज्यूहरुसँग समन्वय गर्दाखेरि २४ घन्टे ३ सिफ्ट गराएर भए पनि यसलाई चाँडोभन्दा चाँडो सक्काएर एनपिएल दोस्रो संस्करणसम्म फ्लड लाइट मै खेलाउनुपर्छ भन्ने प्रतिवद्धताका साथ उहाँले हामीलाई आश्वासन दिनुभएको छ ।’

    नेपाली राष्ट्रिय पुरुष टोलीको पूर्वकप्तानसमेत रहेका पारसले राष्ट्रिय टोलीका खेलाडी टप १०/१२ खेलाडी वर्षमा ४०/५० लाख कमाउने स्थितिमा पुगेको बताए ।

    ‘टप १०/१२ जना खेलाडीहरु वर्षमा कम्तिमा ४०/५० लाख कमाउन अवस्थासम्म पुग्नुभएको छ । भने ठ्याक्कै १०/१२ जनाभन्दा मुनि चाहिँ ३०/३५ लाख कमाउने स्थितिमा पुग्नुभएको छ,’ उनले भने ।

    आर्थिक हिसाबले अहिले क्रिकेटमा खेलाडी र संघको स्तर राम्रो रहेको क्यानका सचिव खड्काले सुनाए ।

    ‘मेरो जेनेरेसनलाई सोध्नु हुँदाखेरि मैले क्रिकेट सुरू गर्दा क्रिकेट संघमा २५ रुपैयाँ भत्ता पाउथ्यो । २५ रूपैयाँबाट सुरू गरेर हाम्रो जेनेरेसनले अन्तर्राष्ट्रिय प्रतियोगितामा २५ डलर पाउँथ्यौं,’ उनले भने ।

    उनले थपे, ‘वर्षमा ७५० डलर कमाउने त्यो अवस्थामा ब्याट पनि किन्नुपर्‍यो । लुगा पनि किन्नुपर्‍यो । परिवारलाई पनि अलिअलि दिनुपर्‍यो । साथीभाइलाई पनि खुवाउनुपर्‍यो । त्यो संरचनाबाट खेलाडी क्रिकेट जुन अवस्थामा पुगेको छ । आर्थिक हिसाबले खेलाडीहरू, क्रिकेट संघ धेरै राम्रो स्तरमा पुगेको छ ।’

    सन् २०२४ मा भएको टी-२० विश्वकप भारतपछि सबैभन्दा धेरै नेपालको फ्यान, फलोइङको रहेको खड्काले जिकिर गरे ।

    ‘नेपालले अमेरिकामा विश्वकप खेल्दा त्यहाँ ८ हजार, ९ हजार डालसको ग्राउण्डमा थिए भने त्यहाँ ५० जना नेदरल्यान्ड्सका ५० जना र ८ हजार ९ सय ५० जना नेपाली थिए । सन् २०२४ मा भएको टी–२० विश्वकपमा भारतपछि सबैभन्दा धेरै फ्यान नेपालको देखियो मैदानमा,’ उनले भने ।

    सचिव खड्काले संघले अहिले राष्ट्रियदेखि प्रदेशसम्मका ८०/९० खेलाडी कन्ट्याक्टमा मासिक पारिश्रमिक दिने गरेको बताए ।

    उनले भने, ‘क्रिकेट संघले ३० जना पुरुष र १९ जना महिला खेलाडी, प्रदेशबाट पनि गरी ८०/९० जना खेलाडीलाई कन्ट्याक्ट दिएर खेलाउने अवस्थामा पुगेका छौं । यी सबैकुरा जोड्दा क्रिकेट संघ राम्रो पोजिसनमा छौं ।’

    संघले अहिले खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसनमा लग्न सकिन्छ भनेर काम गरिएको पारसले सुनाए ।

    ‘खेलाडीको पारिश्रमिक एक लाखलाई दुई लाख कसरी बनाउने ? जिल्ला, प्रदेशबाट नै हाम्रो खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसन रुपमा यसमा लाग्न सकिन्छ भनेर इन्डस्ट्री बनाउनुपर्छ भनेर अगाडि बढेका छौं,’ उनले भने ।

    एनपीएलले खेलकुद संस्कार विकास गरेको भन्दै उनले भने, ‘एनपीएल सकिएसँगै जनकपुर बोल्ट्सले मधेश प्रदेशमा गएर जानकी मन्दिर अगाडी गएर ट्रफी टुर गर्दाखेरि कसैले नबोलाइकन ५/७ लाख मान्छेहरू यो मेरो टीम हो भनेर टीमलाई समर्थन, ट्रफीलाई एकपटक छुनका लागि जानुभयो ।’

    उनले थपे, ‘त्यो सुन्दा, देख्दाखेरि एनपीएलबाट संस्कार, खेलकुद पनि प्राथमिकतामा पर्छ । खेलकुद विकास गर्नुपर्छ भनेर सबैजनामा आफ्नो पन आएको फिल भएको छ ।’

  • रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिताको तयारी, भारतसहित १० टीम सहभागी हुने

    रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिताको तयारी, भारतसहित १० टीम सहभागी हुने

    रुपन्देही । रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । मुर्गिया फुटबल क्लब सैनामैना नगरपालिका वडा न।४ रुपन्देहीको आयोजनामा सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

    सैनामैना- ४ स्थित सैनामैना सैनामैना फुटबल रंगशालामा १९ फागुनदेखि २८ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुन लागेको मुर्गिया फुटबल क्लब अध्यक्ष प्रविण भारीले जानकारी दिए ।

    प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । जसमा एक भारतीय टिम र ९ नेपाली टिम रहने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

    खड्काका अनुसार मुर्गिया फुटबल क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ एफसी काठमाण्डौ,भारतीय सिक्किम,महाविर क्लब काठमाण्डौ,अभिषेक चर्च रजहर नवलपुर,हनामी बि।एफ।सी,चितवन,कपिलवस्तु ११,गोर्खा ब्वाईज रुपन्देही,फर्साटिकर युथ क्लब रुपन्देही बीच प्रतिस्पर्धा हुनेछ । उद्धघाटनमा मुर्गिया फुटबल आयोजक र गोर्खा ब्वाईज रुपन्देहीबीच हुनेछ ।

    प्रत्येक टीमले ५ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था कायम गरिएको छ । खेलाडीको स्वास्थ्य सुरक्षाका लागि १ लाखसम्मको स्वास्थ्य बिमा गरिने भएको छ । प्रथम हुने टिमले७ लाख राशी,शिल्ड र मेडल,द्वितीय हुने टीमले रु।४ लाख राशी,शिल्ड र मेडल,सेमिफाइनल र विधागत खेलाडीहरुलाई समेत नगद र पुरस्कारद्धारा सम्मान दिइने जनाईएको छ ।

    खेलकुदको माध्यमबाट सैनामैनाको गरिमा अन्र्तराष्ट्रिय जगतमा जाने सैनामैना नगरपालिका वडा न।४का वडाअध्यक्ष रामप्रसाद अधिकारीले बताएका छन् । युवाहरुले थालेको उदारणीय कार्यमा जनप्रतिनिधि सधै तत्पर भएको भन्दै प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयको तर्फबाट २ लाख ५० हजार सहयोग भएको प्रतिबद्धता व्यक्त अधिकारीले गरे ।

    प्रतियोगिता सम्पन्न गर्न अनुमानित ६५ लाखसम्म खर्च लाग्ने आर्थिक संयोजक गोपाल खड्काले जानकारी दिए । प्रतियोगितामा प्रथम राशीको सौजन्य सुनगाभा पब्लिक माध्यामिक विधालयले गरेको छ भने सैनामैना नगरपालिका वडा न।४ वडा कार्यालय, सैनामैना नगरपालिकाले आवश्यक सहयोग गरेको हो ।टिकट र विभिन्न संघसंस्था,चन्ददाताहरुले प्रतियोगिताका लागी आर्थिक सहयोग गरेको खड्काले उल्लेख गरे ।

    प्रतियोगितामा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ भने विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिईएको सैनामैना गोल्डकप फुटबल प्रतियोगिताका टिकट संयोजक सुशिल पौडेलले जानकारी दिए । पौडेलका अनुसार अन्य खेलप्रेमीको हकमा भने प्रतिव्यक्ति१ सयदेखि २ सयसम्म टिकट दर कायम भएको छ ।

    टिकटबाट २० लाखसम्म रकम उठाउने लक्ष्य राखेको बताइएको छ ।सुविधा सम्पन्न रंगशाला र प्याराफिडबाट खेलप्रेमीहरुले खेल अवलोकन गर्न पाउँने अनुगमन समितिका संयोजक सुवास क्षेत्रीले जानकारी दिए । ३५ देखि ४० हजारसम्म खेलप्रेमीहरुले उपस्थिति रहने आंकलन गरिएको छ ।

  • पुलिसले जित्यो तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि 

    पुलिसले जित्यो तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि 

    काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

    पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको उपाधि पुलिसले जितेको हो । फाइनलमा पुलिसले नेपाली सेनाको टोलीलाई पराजित गर्‍यो ।

    उपाधि जितेको पुलिसले पुरुषतर्फ एक लाख र महिलातर्फ ६० हजार हात पार्‍यो । दुवैतर्फ उपविजेता बनेको आर्मीले ५० हजार र ४० हजारमा चित्त बुझायो ।

    नेपाल डोरी तान संघको आयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ टोली सहभागी थिए ।

    प्रतियोगिता अन्तर्राष्ट्रिय डोरी तान महासंघको
    पुलिसले जित्यो तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी

    काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

    पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको उपाधी पुलिसले जितेको हो । फाइनलमा पुलिसले नेपाली सेनाको टोलीलाई पराजित गर्‍यो ।

    उपाधि जितेको पुलिसले पुरुषतर्फ एक लाख र महिलातर्फ ६० हजार हात पार्‍यो । दुवैतर्फ उपविजेता बनेको आर्मीले ५० हजार र ४० हजारमा चित्त बुझायो ।

    नेपाल डोरी तान संघको आयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ टोली सहभागी थिए ।

    प्रतियोगिता अन्तराष्ट्रिय डोरी तान महासंघको नियमानुसार खेलाइएको संघका महासचिव विमल पौडेलले दिए ।

  • आयोजक टोलीलाई हराउँदै मछिन्द्र केपी ओली कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

    आयोजक टोलीलाई हराउँदै मछिन्द्र केपी ओली कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

    काठमाडौं । आयोजक केपी एफसीलाई हराउँदै मच्छिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो ।

    मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकएक गोल गरे । खेलको ३८औँ मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । खेलको ८६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मछिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पुर्‍याए । पुनः ९०औँ मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पुर्‍याए ।

    अब मछिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल सोमबार हुनेछ ।

    प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने छन् ।

  • लुम्बिनीकै ठूलो पुरस्कार राशीको सूर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेडलाई

    लुम्बिनीकै ठूलो पुरस्कार राशीको सूर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेडलाई

    रूपन्देही । लुम्बिनी प्रदेशकै दोस्रो ठूलो र नवलपरासी पश्चिमको सर्वाधिक पुरस्कार राशी रहेको नवौं संस्करणको सुर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेड वीरगंजले हात पारेको छ ।

    बासबारी युवा क्लब काठमाडौलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्ततः वीरगंज युनाइटेडले उपाधि उचालेको हो ।

    निकै आक्रामक र प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको अन्तिम समयमा बिरगंजले गोल गर्न सफल भएको हो । दोस्रो हाफको ८३ औं मिनेटमा बिरगंज युनाइटेडका जर्सी नम्बर ७ का सागर चौधरीले रोमाञ्चक गोल गर्दै उपाधि जिताउन सफल भएका थिए ।

    समापन सामारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले बर्दघाट नगरपालिका खेलकुदको उर्वर भूमि रहेको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनका लागि यो क्षेत्रमा फुटवल एकेडेमीको आवश्यकता रहेको बताए ।

    खेलकुदकै माध्यमबाट आफ्नो क्षेत्र र समग्र राष्ट्रलाई नै विश्वव्यापीरुपमा चिनाउने सकिने उल्लेख गर्दै सांसद पाठकले तीनै तहका सरकार मिलेर स्थानीय रुपमै खेलकुदको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

    बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले सबै खेलकुदका बिद्यालाई समेटेर अघि बढेको उल्लेख गर्दै खेलकुदको विकासबाट समृद्ध नगर निर्माणमा टेवा पुग्ने बताए । पछिल्लो समय खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखी नगरले लगानी गर्दै आइरहेको उनले बताए ।

    नवयुवा क्लब बर्दघाट १६ सूर्यनगरको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा संचालित सुर्यनगर गोल्डकपमा प्रथम हुने समूहले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ भने द्वितीय हुने समूहले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।

    विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

  • केपी ओली कपको सेमिफाइनलको दोस्रो खेल हुँदै

    केपी ओली कपको सेमिफाइनलको दोस्रो खेल हुँदै

    काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको दोस्रो खेल आज हुँदैछ । आज केपी एफसी क्लब र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे देखि सुरु हुने छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २–१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ ।

    फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

    राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी अनुसार फाल्गुन १९ मा कुमा सागर एण्ड ख्वपा, पूर्ण राइ एण्ड दाजु भाइको प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन फाइनल हेर्न नेपाल आउने छन ।

  • बायर्नको पुनारागमन जित

    बायर्नको पुनारागमन जित

    हेटौंडा । जर्मनेको बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले पुनारागमन जित निकालेको छ ।

    शुक्रबार राती भएको खेलमा स्टुटगार्ट बिरुद्द ३-१ को जित निकाल्दै म्युनिखले तालिकाको पहिलो स्थानलाई थप मजबुत भनाएको हो ।

    खेलमा स्टुटगार्टका एन्जेलो सटिलरले ३४ औ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । तर म्युनिखका माइकल ओलिसले ४५ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीको अवस्थामा लगेका थिए ।

    त्यसयता खेलमा फर्किएको बायर्नले लियोन गोरेट्जका मार्फत ६४ औं मिनेटमा २-१ को अग्रता लियो ।

    खेलको ९० औं मिनेटमा किंग्सले कोमनले गोल गरेपछि बायर्नले सहज ढंगबाट खेल ३-१ ले जित्दै २४ खेलबाट ६१ अङ्क हासिल गर्दै पहिलो स्थानलाई थप मजबुत बनाउन सफल बनेको छ । तालिकामा एक खेल कम खेलेको बायर लेभरकुसेन ५० अङ्क सहित दोश्रो स्थानमा छ ।

  • एफए कप : एस्टन भिल्ला अन्तिम आठमा

    एफए कप : एस्टन भिल्ला अन्तिम आठमा

    हेटौंडा । मार्को एसेन्सियोको दोहोरो गोल गरेपछि एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ ।

    शुक्रबार राति भएको खेलमा भिल्लाले च्याम्पियनशिपमा संघर्षरत कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

    एफए कपको पाँचौ चरणमा भिल्लालाई जित दिलाउनको लागि मार्कोले खेलको ६८ र ८० औं मिनेटमा गोल गरे ।

    रक्षात्मक खेल खेल्दै काउन्टर अट्याकको रणनीतिको साथ मैदानमा आएको कार्डिफले भने आफ्नो रणनीति अनुसार खेल खेल्न नसक्दा खेल करिव एक पक्षीय बनेको थियो ।

  • संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

    संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

    काठमाडौं । संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एकएक गोल गरे ।

    नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । संकटाका विसन गुरुङले इन्जुरी समयमा एक गोल फर्काए ।

    प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल फागुन १९ गते हुनेछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए । फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

  • व्यावसायिक फुटबल खेल्न ग्रिस लागिन् एन्जिला

    व्यावसायिक फुटबल खेल्न ग्रिस लागिन् एन्जिला

    काठमाडौं । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान  एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा,  र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे ।

    एन्जिला व्यवसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् ।

    यहि फागुन १४ गते भएको अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलिसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो ।

     

  • इटालीलाई विश्वकप जिताउने गोलकिपर वुफोन नेपाल आउँदै, केपी ओली कपबारे के भने ?

    इटालीलाई विश्वकप जिताउने गोलकिपर वुफोन नेपाल आउँदै, केपी ओली कपबारे के भने ?

    काठमाडौं । इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन जारी केपी ओली कप फुटबल प्रतियोगिता फाइनलमा नेपाल आउने भएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी केपी ओली कप फुटबलको फागुन १९ गते हुने फाइनल खेल अवलोकनका लागी वुफोन नेपाल आउन लागेका हुन् ।

    केपी ओली कपमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । दोस्रो सेमिफाइनलमा भोलि मच्छिन्द्र एफसी र केपी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

    वुफोनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका थिए । इटालीबाट उनले ८० खेलमा कप्तानी समेत गरेका थिए । वुफोनले १ सय ७६ खेलको कीर्तिमानी खेलेका थिए । उनले ५ पटक विश्वकप खेलेका थिए ।

    फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गरेर आफ्नो देशको लागि चौथो पटक विश्वकप फुटबल उपाधि दिलाएका बुफेनको नेपाल आगमन नेपाली फुटबलको लागि एउटा महत्वपूर्ण उपलब्धि हुने पक्का छ ।

    आधुनिक फुटबलका उत्कृष्ट गोलरक्षकको रूपमा उनलाई जर्मनीको ओलिभर काहान जत्तिकै दर्जामा राख्ने गरिन्छ । उनी क्लब फुटबलमा सन् २००१ मा ५२ मिलियन युरो लिएर कीर्तिमानी मूल्यमा युभेन्टसमा आबद्ध भएका थिए ।

    उनले फिफा उत्कृष्ट गोल किपर, सिरी `ए´ उत्कृष्ट खेलाडी तथा गोलकिपर अवार्ड सहित दर्जन बढी अवार्ड प्राप्त गरेका छन् । ४७ वर्षका वुफोनले युभेन्टस बाहेक फ्रेन्च क्लब पिएसजीमा पनि आफ्नो कला देखाएका छन् ।

    पाँच पटक विश्वकप फुटबल खेलेका वुफोन इटालीका सर्वकालिक सफल कप्तान समेत हुन । उनले नेपाल आगमनमा यहाँका फुटबलरसँग अन्तरक्रिया गर्ने र नेपाली फुटबलको विकासको लागि सहयोगीको भूमिका खेल्ने समेत बताइएको छ ।

    वुफोनको आगमनले नेपाली फुटबलको विश्वव्यापीकरणमा समेत महत्त्वपूर्ण योगदान रहने र विश्व फुटबल मिडियाले समेत कभरेज गर्ने अपेक्षा आयोजकको रहेको छ ।

    उनी कति दिन नेपाल रहने भन्नेबारे आयोजकले हालसम्म जानकारी दिएको छैन । तर उनी जति दिन रहन्छन् नेपाली फुटबलको लागि त्यो स्वर्णिम पलको रूपमा भने रहने निश्चित देखिन्छ ।

  • केपी ओली कप: आज सेमिफाइनलको पहिलो खेल हुने

    केपी ओली कप: आज सेमिफाइनलको पहिलो खेल हुने

    काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। आज त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुनेछ ।

    केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसी ले जानकारी दिए ।

    खेल साँझ ५ बजे देखि सुरु हुने छ । भोली हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मच्छिन्द्र एफसी खेल्ने छन् ।

    फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

  • फेरि सर्‍याे दशौं राष्ट्रिय खेलकुद, आउँदो जेठमा गर्ने निर्णय

    फेरि सर्‍याे दशौं राष्ट्रिय खेलकुद, आउँदो जेठमा गर्ने निर्णय

    काठमाडौं । दशौं राष्ट्रिय खेलकुदको मिति पुनः सरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बिहीबार बसेको १२१औं बैठकले दशौं राष्ट्रिय खेलकुद आउदो जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

    २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो ।

    तर, तयारी नपुगेको भन्दै राखेपले चैत २३ देखि २९ सम्म राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो । यो समयमा पनि नहुने देखिपछि राखेपले पुनः दोस्रो पटक मिति सारेको हो ।

  • समर्थकसँग माफी माग्दै एन्जिलाले लेखिन्- कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्

    समर्थकसँग माफी माग्दै एन्जिलाले लेखिन्- कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्

    काठमडौं । फोर नेसन्स कपको फाइतनलमा म्यानमारसँग २-० गोल अन्तरले पराजित भएपछि राष्ट्रिय महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले दर्शकसँग माफी मागेकी छन् ।

    फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेकी छन्, ‘फेरि पनि हामी फाइनलमा चुक्यौं । कप्तानको रुपमा म सबै समर्थकसँग माफी माग्न चाहन्छु ।’

    उनले थप लखेकी छन्, ‘मैदानमा उपस्थित १६ हजार दर्शकहरु र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरु, हामीले तपाईंहरुले अपेक्षा गरको र चाहेको नतिजा दिन सकेनौं ।’

    नेपाल, म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित फोर नेसन्स कपको समूह चरणमा नेपालले म्यानमारसँग बराबरी खेले पनि उपाधिका लागि भएको निर्णायक भिडान्तमा पराजित भएको हो ।

    यससँगै नेपाली महिला फुटबल टिम विभिन्न प्रतियोगितामा १३ औंपटक उपविजेतमा सीमित भएको छ । उपविजेतामा सीमित भएपछि कप्तान तुम्बापोले दर्शकसँग माफी मागेकी हुन् ।

    उनले माफी माग्दै थप लेखेकी छन्, ‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो । पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं । तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ । यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ । त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन् । यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ।’

    आफूहरुलाई निरन्तर दर्शकहरुको साथ, माया र समर्थनको खाँचो रहेको भन्दै खेलाडीहरुलाई आलोचना नगरिदिन अनुरोध समेत गरेकी छन् ।

    अब नेपालले महिला एसिया कप र फिफा विश्वकपको छानोट खेल्नेछ । आगामी जुनमा हुने छनोट चरणको समूहमा शीर्ष बन्न सके मेपाल एएफसी वुमन्स कपमा छनोट हुनेछ ।

  • म्यानचेस्टरले जित्दा आर्सनल र नटिङ्घम बराबरीमा रोकिए

    म्यानचेस्टरले जित्दा आर्सनल र नटिङ्घम बराबरीमा रोकिए

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल)को मङ्गलवार राती भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले जित हासिल गर्दा दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् ।

    चौथो स्थानको सिटीले टोटनह्याम्पलाई १-० ले पराजित गर्दा फरेस्ट र आर्सनलले गोलरहित बराबरीमा खेल सकेका थिए ।

    सिटीलाई जित दिलाउन एक मात्र गोल हाल्याण्डले खेलको १२ औँ मिनेटमा गरेका थिए । नटिङ्घम र आर्सनलको बराबरीले प्रत्यक्ष फाइदा भने लिग लिडर लिभरपुललाई भएको छ ।

    मंगलबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले इस्विच टाउनलाई ३-२ ले पराजित गरेको छ । अर्को खेलमा बेनफोर्ड र एभर्टन १-१ को बराबरीमा रोकिएको छ ।

    मङ्गलवारको खेलपछि तालिकामा २८ खेलबाट लिभरपुल ६७ अङ्क सहित पहिलो स्थानमा यथावत् रहँदा २७ खेलबाट ५४ अङ्क सहित आर्सनल दोस्रो, ४८ अङ्क सहित नटिङ्घम तेस्रो तथा ४७ अङ्क सहित म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

  • कोपा डेल रे को पहिलो सेमिफाइनलमा रियलको जित

    कोपा डेल रे को पहिलो सेमिफाइनलमा रियलको जित

    हेटौंडा । स्पेनिस कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । मंगलबार राती भएको खेलमा मड्रिडले रियल सोसिडाडलाई १-० गोलले पराजित गरेको हो ।

    निकै प्रतोस्पर्धात्मक खेलमा मड्रिडको तर्फबाट एकमात्र विजयी गोल एन्ड्रीकले गरे । उनले  खेलको १९ औं मिनेटमा गरेको गोलनै निर्णायक गोल बन्न पुग्यो ।

    सोसिडाडले नश्लबादको बिरोध गरेको भन्दै केहिबेर खेल स्थगित भएको थियो । तर मध्यान्तरपछि खेलले नियमितता पाएको थियो ।

    सोमबार भएको अर्को सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको मड्रिडले ४-४ को बराबरीमा पहिलो सेमिफाइनल लिग टुंगाएका थिए । अब दुबै सेमिफाइनलको दोश्रो लिग अप्रील १ मा हुनेछ ।

  • उपाधि अभियानमा लिभरपुल थप अघि

    उपाधि अभियानमा लिभरपुल थप अघि

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल) मा यो सिजन उपाधि जित्ने अभियानमा लिभरपुल थप एक कदम अघि बढेको छ ।

    प्रिमियर लिगको २८ औँ खेलमा न्युक्यासल युनाईटेडलाई २-० ले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दुरी १३ अङ्कले बढाएको छ ।

    घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डोमेनिक स्चोबोस्ज र म्याक एलिस्टरले समान एक-एक गोल गरे ।

    यो सिजन गजबको प्रदर्शन गरिरहेको लिभरपुलले २८ खेल खेल्दा २० जित ७ बराबरी सहित ६७ अङ्क बनाएर उपाधिमा एकल दाबेदारी पेश गरिरहेको छ । पराजित न्युक्यासलको भने २७ खेलबाट ४४ अङ्क सहित छैटौं स्थानमा छ ।

  • च्याम्पियन्स ट्रफी: अफगानिस्तानसंग पराजित हुँदा समूह चरणबाटै बाहिरियो इंग्ल्याण्ड

    च्याम्पियन्स ट्रफी: अफगानिस्तानसंग पराजित हुँदा समूह चरणबाटै बाहिरियो इंग्ल्याण्ड

    काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अफगानिस्तानले रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा अफगानिस्तानले इंग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो । यो हारसंगै इंग्ल्याण्ड प्रतियोगिता समूह चरणबाटै बाहिएको छ । पहिले खेलमा अष्ट्रेलियासंग पराजित भएको इंग्ल्याण्ड एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो ।
    अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९ ओभर ५ बलमा ३१७ रनमा समेटियो । इंग्ल्याण्डका जो रुटले १२० रनको शतकीय इनिङ पनि टोलीलाई जित दिलाउन सकेनन् ।
    बलिङमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइले सर्वाधिक ५ विकेट लिए । मोहम्मद नाबीले २, फजलहक फारुकी, राशिद खान र गुलबादिन नाइबले १-१ विकेट लिन सफल रहे ।
    त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । अफगानिस्तानका इब्राहिम जाद्रानले सर्वाधिक १७७ रन बनाए । बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चरले ३, लियाम लिभिङस्टोनले २, जेमी ओभर्टन र आदिश राशिदले १-१ विकेट लिए ।

  • फाइनलमा फेरि चुक्यो नेपाल, म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि

    फाइनलमा फेरि चुक्यो नेपाल, म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि

    काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि एकपटक फाइनलमा पराजित भएको छ । घरेलु मैदानमा भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित हुन पुगेको छ ।

    १५ वर्षको अवधिमा १३औं फाइनल खेल खेलेको नेपाल म्यानमारसँग २–० गोलले पराजित हुन पुग्यो ।

    १३औं फाइनल खेलेको नेपालले हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । म्यानमारका लागि यु पर खाङ र विङ तेइन्जी तुनले एकएक गोल गरे । खाङले ६२औं र तुनले ६५औं मिनेटमा गोर गरेका थिए ।

    त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा नेपाल फेरि एकपटक उपविजेतामा सिमित हुन पुग्यो ।

    नेपालले धेरै पटक गोल गर्ने अवसर पाए पनि गोल निकाल्न सकेन । फिनिसिङमा चुक्दा नेपालले कुनै पनि गोल गर्न सकेन । योसँगै पछिल्लो एक वर्षमा नेपाल तेस्रो पटक फाइनलमा असफल भएको छ ।

  • म्यानमारले थप्यो दोस्रो गोल

    म्यानमारले थप्यो दोस्रो गोल

  • नेपालविरुद्ध म्यानमारको पहिलो अग्रता

    नेपालविरुद्ध म्यानमारको पहिलो अग्रता

    काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले पहिलो अग्रता लिएको छ ।

    दशरथ रंगशालामा जारी खेलको ६२औं मिनेटमा म्यानमारले पहिलो अग्रता लिएको हो ।

  • पहिलो हाफ गोलरहित बराबरीमा नेपाल र म्यानमार

    पहिलो हाफ गोलरहित बराबरीमा नेपाल र म्यानमार

    काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

    दशरथ रंगशालामा जारी खेलमा नेपाल र म्यानमारबिचको फाइनल खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट कुनै पनि गोल हुन सकेको छैन ।

    दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल भने हुन सकेका छैनन् ।

  • एसपीए कैलाली प्रिमियर लिग-३ : भिमदत्तले उचाल्यो उपाधि

    एसपीए कैलाली प्रिमियर लिग-३ : भिमदत्तले उचाल्यो उपाधि

    कैलाली । धनगढीको फाप्लामा सम्पन्न तेस्रो संस्करणको एसपीए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि कब्जा जमाएको हो ।

    उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ । भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे ।

    बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । भिमदत्त नगरपालिकाकला लागि मिलन बोहराले ३४ रनको योगदान दिए ।

    पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो ।

    पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका वसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले ।

    त्यस्तै कप्तान विपिन रावल ३८ रन,सुवास ऐर १८ रन,नवयुग बस्नेत १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु,किरन चन्द,सन्तोष भट्ट र समीर बिष्टले समान एक एक विकेट लिए ।

  • फाइनल सुरू हुनुअघि नै रंगशाला भरिभराउ (तस्बिरहरू)

    फाइनल सुरू हुनुअघि नै रंगशाला भरिभराउ (तस्बिरहरू)

    काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दैछन् । दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरू हुनेछ । तर, खेल हेर्न दर्शक एक/दुई घन्टा अघि नै रंगशाला पुगेका छन् ।

    अहिले रंगशालामा दर्शक भरिभराउ छन् । अखिल नेपाल फुटबल संघ एन्फाले पनि टिकट सोल्ड आउट भइसकेको जनाएको छ ।

  • म्यानमारविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक, कप्तान एन्जिला टोलीमा फर्किइन्

    म्यानमारविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक, कप्तान एन्जिला टोलीमा फर्किइन्

    काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन् ।

    दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ । उक्त खेलका लागि नेपालले सुरुआती–११ सार्वजनिक गरेको छ ।

    मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यो खेलमा गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बालाई टोलीमा फर्काएका छन् । यसअघिको खेलमा एन्जिलालाई विश्राम दिइएको थियो ।

    नेपालको सुरुआती–११
    एन्जिला तुम्बापो सुब्बा (कप्तान/गोलकिपर), रेनुका नगरकोटी, विमला विक, पूजा राना, समीक्षा घिमिरे, गीता राना, सरु लिम्बु, प्रीति राई, रेखा पौडेल, सविता राना मगर र सावित्रा भण्डारी ।

  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यानमार भिड्दै

    अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यानमार भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यानमार भिड्दैछन् ।

    दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ । चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

    म्यानमारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।

    त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यानमारसँग बराबरी खेलेको थियो ।

  • नाउक्याम्पमा गोलको वर्षा, बराबरीमा रोकिए बार्सिलोना र एट्लेटिको

    नाउक्याम्पमा गोलको वर्षा, बराबरीमा रोकिए बार्सिलोना र एट्लेटिको

    हेटौँडा । दुई गोलको अग्रता जोगाउन नसक्दा कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

    मंगलबार बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड ४-४ गोलको बराबरीमा रोकिएका हुन् ।

    बार्साको लागि पेड्री, क्युबर्सी, इनिगो मार्टिनेज र रोवर्ट लेवान्डोस्कीले एक-एक गोल गर्दा मड्रिडको तर्फबाट अल्वारेज, एन्टोनी गृजम्यान, मार्कोस लोरेन्ट र एलेक्सन्द्रा सोरलोथले समान १-१ गोल गरे ।

    निकै रोमाञ्चक खेलको सुरुवाती दुई गोलको अग्रता पाहुना टोलीले लिएको थियो ।

    पहिलो मिनेट र छैटौँ मिनेटमा गोल गर्दै मड्रिडले घरेलु टोलीलाई पूर्ण रूपमा दबाब दिएको थियो । तर १९ मिनेटमा र २१ औँ मिनेटमा गोल गर्दै बार्सिलोना बराबरी सहित खेलमा मात्र फर्केन पहिलो हाफको ४१ औँ मिनेटमा गोल गर्दै ३-२ ले अघि बढेको थियो ।

    खेलमा बार्सिलोनाले थप दबदबा ७४ औँ मिनेटमा पुगेर बनायो र आफ्नो अग्रता ४-२ बनायो तर मड्रिडले ८४ र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि खेल ४-४ को बराबरीमा सकियो ।

    अब फाइनल प्रवेशको लागि दुवै टोलीलाई जित्नै पर्ने दबाब बढेको छ ।

  • पहिलो उपाधिका लागि १३औँ फाइनल खेल्न लागेको नेपाल

    पहिलो उपाधिका लागि १३औँ फाइनल खेल्न लागेको नेपाल

    पोखरा । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रङ्गशालामा बुधवार उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

    हालसम्म उपाधि नजितेको नेपालले १३औँ पटक फाइनल खेल्दै छ । १२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने अवसर छ । घरेलु मैदानमा फाइनलमा म्यानमारलाई हराउँदै गत कात्तिकमा साफ च्याम्पियनसिपको बङ्गलादेशसँग फाइनलमा हारेको बदला मात्रै होइन, उपाधि खडेरीलाई समेत तोड्ने लक्ष्यमा छ नेपालको ।

    सन् २०१० यता नेपालले १२ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा फाइनल खेलिसकेको छ । तर, हालसम्म सफल भने हुन सकेको छैन । फाइनलमा असफल हुँदा नेपाल सधैँ उपविजेतामा सीमित हुन पुगेको छ । गत कात्तिकमा भएको साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा घरेलु मैदानमा बङ्गलादेशसँग पराजित भएको थियो ।

    यसअघि गत वर्षको फागुनमा भएको वेस्ट एसियन फुटबल फेडेरेसन वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल जोर्डनसँग पनि फाइनलमा हार बेहोर्नुप¥यो ।

    घरेलु मैदानमा जारी प्रतियोगिताको लिग चरणमा नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० गोलले पराजित गर्दा म्यानमारले भने तीनै देशमाथि शानदार जित दर्ता गर्यो ।

    म्यानमारले लेबनानमाथि ३–१ र कीर्गिस्तानमाथि ५–० को जित निकाल्यो । किर्गिस्तान र लेबनान तुलनात्मक रूपमा नेपालभन्दा कमजोर मुलुक हुन् । लिग चरणमा म्यानमारलाई २–२ को बराबरीमा रोक्दै नेपालले फाइनलका लागि तयार गरेको सङ्केत गर्यो ।

    फिफा वरियतामा नेपालभन्दा म्यानमार धेरै माथि छ । नेपाल १ सय ३ र म्यानमार ५५औँ स्थानमा छन् ।

    तुलनात्मक रूपमा पनि म्यानमार नेपालभन्दा बलियो टोली हो । त्यसैले पनि म्यानमारलाई हराउन नेपाललाई सहज भने हुने छैन । तर, असम्भव पनि छैन । म्यानमारसँग नेपालले हालसम्म ५ खेलमा प्रतिस्पर्धा गरेको छ ।

    तर, कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन । ३ खेल गुमाउँदा नेपालले २ खेलमा बराबरी खेलेको छ । यसअघि नेपालले भारतमा सन् २०१९ मा भएको हिरो वुमन्स गोल्डकपमा फाइनलमा म्यानमारसँग पराजित भएको थियो ।

    जारी प्रतियोगिताको लिग चरणको खेलमा म्यानमारविरुद्ध नेपालको खेल उत्कृष्ट थियो ।

    फिफा वरियतामा ४८ स्थान माथि रहेको देशलाई नेपालले ठक्कर दियो । घरेलु मैदान र समर्थकका साथ दुई पटकको अग्रतालाई चिर्दै नेपालले म्यानमारलाई बराबरीमा रोक्न सफल रह्यो ।

    फाइनलमा पनि सोही रणनीतिका साथ उच्च मनोबलका साथ म्यानमारसँग खेल्नेमा नेपाली समर्थक आशावादी छन् । म्यानमारका लागि सावित्रा भण्डारी ‘साम्बा’, प्रीति राई, सविता राना मगर र रेखा पौडेल जस्ता खेलाडी घातक बन्न सक्छन् ।

    सावित्रा, प्रीति र सविताले यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । युरोपमा फुटबल खेल्ने कप्तान तथा गोलकिपर एन्जिला तुम्बा सुब्बा पनि म्यानमारका खेलाडीको प्रहारलाई रोक्न आतुर छिन् ।

    फाइनलअघि नेपालकी कप्तान एन्जिला तुम्बा सुब्बाले वेस्ट प्रदर्शन गर्ने बताइन् । उनले फाइनलमा जसले धेरै मिहेनत गर्छ उसैले उपाधि जित्ने बताइन् । फाइनलका आफ्नोतर्फबाट वेस्ट दिन तयार रहेको उनको भनाइ छ ।

    नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघि भएका कमजोरीलाई सुधार्दै फाइनलमा राम्रो प्रदर्शन गर्ने विश्वास दिलाए । टिममा राम्रो माहौल र वातावरण बनाएर जसरी पनि ट्रफी जित्ने प्रशिक्षक तामाङको विश्वास छ ।

  • एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

    एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

    काठमाडौं  । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे ।
    स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिष्पर्धा गर्नेछ । यसअघि आजै भएको पहिलो खेलमा एपिएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
    फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।