Category: खेल प्रेस

  • पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

    पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

    काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रीकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

    भैरहवामा बिहीबार भएको खेलमा पुलिसलाई ४ विकेटले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    पुलिसले यसअघि नै फाइनलमा स्थान पक्का गरेको थियो । योसंगै पुलिसले लिग चरणमा पहिलो हार बेहोरेको छ । दुवै टोलीले समान १६ अंक जोड्दै फाइनलमा पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ ।

  • पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुँदै, पहिलोपटक इन्डोर हलमा हुने

    पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुँदै, पहिलोपटक इन्डोर हलमा हुने

    पोखरा । पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा उक्त प्रतियोगिता हुन लागेको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो ।

    प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । पाकिस्तान भलिबल क्लब इस्लामावाद विदेशी टोलीको रुपमा सहभागिता जनाउने छन् ।

    अर्को विदेशी टोलीको लागि भारत र इरानको टोलीसँग सल्लाह भइराखेको र तीमध्ये एउटालाई सहभागी बनाइने डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए । स्वदेशी टिमको रुपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ ।

    प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।

    लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

  • प्रधानमन्त्री कप क्रिकेटः एपीएफद्वारा कोशी पराजित

    प्रधानमन्त्री कप क्रिकेटः एपीएफद्वारा कोशी पराजित

    रुपन्देही । एपीएफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

    एपीएफले बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना जीवित राखेको हो । एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन जोडेपछि एपीएफले कोशीले दिएको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    लोकेशले दबाबपूर्ण अवस्थामा ५४ बल खेलेर ६ चौका र ६ छक्का प्रहार गरे । उनलाई साथ दिएका इर्शाद अहमदले नटआउट १६ रन जोडे । यस्तै, कप्तान रोहितकुमार पौडेलले ६१ र र दीपक बोहराले ३६ रन बनाए । बलिङमा कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले समान ३-३ तथा ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुइँटेलले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले शकिब हकको ६८, आइस भट्टराईको ३४, सुजन थपलियाको ३३ र कप्तान अंकित सुवेदीको ३५ रनको मद्दतमा २५४ रन जोडेको थियो ।

    बलिङमा एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३-३ तथा रोहितकुमार पौडेलले २ विकेट लिए । लोकेश प्लेयर अफ द म्याच भए । अंक तालिकाको तेस्रो स्थानमा रहेको एपीएफले लिग चरणका सबै खेल खेल्दा १४ अंक जोडेको छ । एक खेल बाँकी रहेको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ । रनरेटमा आर्मी अघि छ । अन्तिम खेलअघि १६ अंक जोडेको शीर्ष स्थानको नेपाल पुलिस क्लब भने फाइनलमा पुगिसकेको छ ।

    अब पुलिस र आर्मीबीच बिहीबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने लिगको अन्तिम खेलपछि फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । आर्मी फराकिलो अन्तरले पराजित भएमा एपीएफको फाइनल सम्भावना हुनेछ । यद्यपि आर्मी झिनो अन्तरले हारे पनि फाइनलमा पुग्ने सम्भावना छ । कोशी भने प्रधानमन्त्री कपमा ९ खेल खेल्दा केवल १ खेलमा मात्र जित निकाल्न सफल भयो भने अंक तालिकाको पुछारमा छ ।

  • पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय

    पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय

    काठमाडौं । फिफाबाट प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापालाई आवश्यक अनुसन्धान तथा छानविन गरी कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

    एन्फाको चैत ११ र १२ गते बसेको नवौं कार्यसमिति बैठकले विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

    एन्फाले अख्तिायारसहित फिफा, एएफसी, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले बताए ।

    फिफाले २०७२ मा एन्फाका तत्कालिन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो ।

    यस्तै संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्वन्धित निकायमा छानविन गरी निर्णयका लागि पत्रचार गर्ने निर्णय भएको शाहले सुनाए ।

  • तिलोत्तमा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल

    तिलोत्तमा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल

    रुपन्देही । रुपन्देही जारी २३ औँ संस्करणको तिलोत्तमा गोल्ड कप प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेलहरू सञ्चालन हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र संकटा क्लबका बीच प्रतिस्पर्धा हुने छ ।

    बुटवल–११ देविनगरस्थि एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजेदेखि खेल हुनेछ । मङ्गलवार भएको खेलमा मच्छिन्द्र एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य सहयोगमा सोमबार जारी प्रतियोगितामा मच्छिन्द्र एफसीले दोस्रो सेमिफाइनलमा चर्च ब्याईज युनाईटेडसँग बिहीबार खेल्ने छ।

    प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्ड कप, प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ प्राप्त गर्नेछ ।

    विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

    प्रतियोगितामा रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टिमको प्रतिस्पर्धा रहेको छ ।

  • एएफसी एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित

    एएफसी एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित

    काठमाडौं । एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘एफ’को पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

    मलेसियामा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० ले पराजित भएको हो । मलेसियाको जितमा हेक्टर हेभल र लाभेर कर्बिन-अंगले एकएक गोल गरे ।

    खेलको २९औं मिनेटमा हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता लिएको थियो । ७१औं मिनेटमा लाभेरले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाएका थिए ।

    छनोट चरणको समूह ‘एफ’ रहेको नेपालले पहिलो खेलमै हार बेहोरेको हो । उक्त समूहमा नेपाल, मलेसियासहित भियतनाम र लाओस छन् । समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

  • पीएम कपको उपाधिका लागि विभागीय टीम भिड्ने निश्चित, पुलिस फाइनलमा

    पीएम कपको उपाधिका लागि विभागीय टीम भिड्ने निश्चित, पुलिस फाइनलमा

    काठमाडौं । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पुलिसले एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    पुलिसले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा समेटिएको हो । पुलिसका ललित राजवंशीले सर्वाधिक ६ विकेट लिए । सागर ढकालले २ र करण केसीले एक विकेट लिए ।

    ब्याटिङका कर्णालीका रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रनको योगदान दिए । अन्य ब्याटर चल्न नसक्दा कर्णालीले ४४ रनको हार बेहोर्नुपर्यो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा १४७ रनमा समेटिएको थियो । पुलिसका अर्जुन साउदले सर्वाधिक ३६ र दिलीप नाथले ३४ रन बनाए ।

    बलिङमा कर्णालीका अनुज चनाहाले ४, कप्तान दिवान पुनले ३, दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले समान एक विकेट लिए ।

    पुलिसले फाइनलमा स्थान सुरक्षित गर्दा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) मध्ये एक टोलीले फाइनल खेल्नेछन् । एक खेल खेल्न बाँकी आर्मीको १४ र एपिएफको १२ अंक छ ।

    लिग चरणको अन्तिम खेलमा आर्मीले पुसिल र एपिएफले कोशी प्रदेशसँग खेल्नेछ ।

    फाइनलमा पुग्न दुवै टोलीलाई जितको आवश्यक छ । एपीएफलाई फाइनल पुग्न जितले मात्र पुग्ने छैन । आर्मी पुलिससँग पनि फराकिलो अन्तरले हार बेहोर्नुपर्ने हुन्छ । प्रतियोगितामा आर्मीले एउटा र एपिएफले दुई हार बेहोरेको छ ।

  • दिल्ली यू-१९ टोलीमाथि नेपाली युवा टोलीको जित

    दिल्ली यू-१९ टोलीमाथि नेपाली युवा टोलीको जित

    काठमाडौं । नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ टोलीलाई पराजित गरेको छ ।

    आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलमा दिल्ली यू–१९ टोलीलाई ५ विकेटले पराजित गरेको हो ।

    वीरगञ्जमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो ।

    नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए । रोशन विक २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रनको योगदान दिए ।

    त्यसअघि पहिला ब्याटिङ गरको दिल्ली २३ ओभर २ बलमा ९५ रनमा समेटिएको थियो । दिल्लीका साथक पालले सर्वाधिक २९ रन बनाएका थिए ।

    बलिङमा नेपालका सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३–३, विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट लिएका थिए । विश्वकप छनोटको तयारीमा रहेको नेपालीले दिल्लीसँग ३ खेल खेल्नेछ ।

  • ललित बने प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी

    ललित बने प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी

    काठमाडौं । नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपअन्तर्गत कर्णाली प्रदेशविरुद्ध ६ विकेट लिएसँगै ललितले १०० विकेटको आँकडा पूरा गरेका हुन् ।

    उनले ४२ खेलको ४० इनिङमा १०० विकेट पूरा गरेका हुन् । १ हजार १३ रन खर्चिएका उनले ४५ मेडन ओभर गरेका छन् । जारी प्रधानमन्त्री कपमा मात्रै ललितले ३६ विकेट लिएका छन् । उनले यो सिजनमा ८ खेल खेलेका छन् ।

    पीएम कपमा सर्वाधिक विकेट लिनेको सूचीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् । उनले ४८ खेलको ४६ इनिङमा ९९ विकेट लिएका छन् । तेस्रो नम्बरमा रहेका शेर मल्लले ६९ विकेट लिएका छन् ।

  • एनसेल एनएसएलको अवसरमा मैत्रिपूर्ण फुटबल खेल आयोजना

    एनसेल एनएसएलको अवसरमा मैत्रिपूर्ण फुटबल खेल आयोजना

    काठमाडौं । एनसेलले यही शनिबार (चैत्र १५)बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ ।

    सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो । यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो ।

    एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो ।

    शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आवद्ध रहेको छ । यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    “एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

    एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ ।

    एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।

    एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ । विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले योगदान पु¥याउँदै आईरहेको छ ।

  • जय ट्रफीमा चम्केका मयन प्रधानमन्त्री कपमा फ्लप, ६ म्याच खेल्दा उच्च स्कोर ११

    जय ट्रफीमा चम्केका मयन प्रधानमन्त्री कपमा फ्लप, ६ म्याच खेल्दा उच्च स्कोर ११

    काठमाडौं । नेपालका ‘फ्युचर स्टार’ का रुपमा हेरिएका प्रतिभाशाली युवा ब्याटर मयन यादव जारी प्रधानमन्त्री कपमा चल्न सकिरहेका छैनन् । मधेश प्रदेशबाट ६ म्याच खेलिसक्दा उनको उच्च स्कोर ११ रन छ ।

    प्रतियोगितापूर्व मधेशका सबैभन्दा ठूलो आधार स्तम्भ नै यी १८ वर्षीय किशोरलाई मानिएको थियो । उनी आफ्नो टीमलाई आक्रामक सुरुवात दिलाउनेमात्र नभएर लामो इनिङ खेल्न पनि पोख्त छन्, तर प्रधानमन्त्री कपमा उनले यी दुवै विशेषताहरु देखाउन सकिरहेका छैनन् ।

    ६ वटै म्याचमा मधेशको ओपनिङ गरेका मयनले अहिलेसम्म जोडेको कुल रन संख्या हो- ४३ रन । उनले कोशी, सशस्त्र, पुलिस, लुम्बिनी, आर्मी, कर्णाली र गण्डकीविरुद्ध जोडेको रन हो- १०, ११, ०, २, १०, ३ र ७ । मयन यो प्रतियोगितामा ६.१४ को दयनीय औसतमा ब्याटिङ गरिरहेका छन् भने स्ट्राइक रेट पनि कमजोर (५६.५७) छ ।

    ओपनिङ ब्याटर नै चल्न नसक्दा मधेशको नतिजामा असर परिरहेको छ । मधेशले अहिलेसम्म सात म्याच खेल्दा दुई वटामात्रै जित निकाल्दै चार अंक बटुलेको छ । अब दुई म्याचमात्रै खेल्न बाँकी रहेको अवस्थामा उपाधि होडबाट बाहिरिइसकेको छ मधेश ।

    मयनले गत पुसमा आयोजना भएको दुई दिवसीय प्रतियोगिता जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सो प्रतियोगितामा ३ म्याच (६ इनिङ) ब्याटिङ गर्दा उनले एक शतक र एक अर्धशतकसहित सर्वाधिक २६८ रन जोडे र प्रतियोगिताकै सर्वोत्कृष्ट ब्याटरको पुरस्कार पाए । जय ट्रफीमा गरेको प्रदर्शनले मयनलाई नेपाली क्रिकेटको भावी ओपनरका रुपमा हेरिएको थियो ।

    गत वर्षको प्रधानमन्त्री कपमा मयनले आफ्नो छाप छोड्न सफल भएका थिए । उक्त प्रतियोगितमा मधेश टीमबाट सुदूरपश्चिमविरुद्ध शतक बनाउँदै घरेलु क्रिकेटमा आफ्नो इन्ट्रीको उद्घोष गरेका थिए उनले । सो प्रदर्शनले उनलाई राष्ट्रिय यू-१९ टीममा स्थान दिलायो । गत डिसेम्बरमा भएको यू-१९ एसिया कपमा उनले नेपाली टीमको ओपनरको जिम्मेवारी पाए ।

    पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध मयनले ९१ बलमा ६२ रन बनाए । मयन क्रिजमा हुँदासम्म नेपाल श्रीलंकालाई स्तब्ध बनाउन सक्ने अवस्थामा थियो, तर उनी आउट भएसँगै श्रीलंका खेलमा हावी भयो । बंगलादेश र अफगानिस्तानविरुद्ध भने मयनको ब्याट चलेन ।

    नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा मयनले जनकपुर बोल्ट्सबाट खेलेका थिए । सो प्रतियोगिताको अक्सनमा उनी अनसोल्ड रहे, तर प्रतियोगिताकै क्रममा एक स्थानीय खेलाडी घाइते भएपछि जनकपुर बोल्ट्सले मयनलाई अनुबन्धित गरेको थियो । उनले जनकपुरका पछिल्ला दुई खेलमात्रै खेल्न पाए । यद्यपि दुवै खेल सर्वाधिक महत्वपूर्ण थिए ।

    एनपीएलको दोस्रो क्वालिफायरमा कर्णाली एक्सविरुद्ध मयनले पहिलो मौका पाए । सो म्याचमा उनलाई सातौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो । भाग्यवस मयनले जिमी निसमसँगै ब्याटिङ गर्न पाए । ११९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले ५८ रनमा पाँच विकेट गुमाएको संवेदनशील स्थितिमा मयन ब्याटिङमा उत्रिएका थिए ।

    सो खेलमा उनले १८ बलमा १४ रन बनाएर अन्तिम ओभरमा रनआउट भए । उनले बनाएको रन धेरै नभए पनि खेलको स्थितिमा जनकपुरलाई जिताउन निकै महत्वपूर्ण सावित भएको थियो ।

    सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनलमा पनि मयन प्लेइङ ११ मा अटाए । सो म्याचमा उनी क्रिजमा आउँदासम्म जनकपुर जितको सन्निकट पुगिसकेको थियो । भाग्यवस विजयी रन हान्ने मौका मयनलाई प्राप्त भयो ।

    यो प्रधानमन्त्री कपमा उत्कृष्टता देखाएको भए उनले सीधै राष्ट्रिय टीमको ढोका ढक्ढकाउने थिए । यो अवसर उनले खेर फ्यालेका छन् । हुन त मयनसँग समय प्रशस्तै छ । एउटा प्रतियोगितामा फेल हुँदैमा उनको क्षमतामा शंका गरिहाल्नु पर्दैन । बाँकी दुई खेलमा फर्म भेटेको खण्डमा उनले आफ्नो गुमेको आत्मविश्वास फिर्ता ल्याउन सक्नेछन् । मयन मधेशका मात्र नभएर राष्ट्रिय क्रिकेटकै लागि एक आशा हुन् ।

  • प्रधानमन्त्री कपः अर्जुन कुमालले हाने शतक

    प्रधानमन्त्री कपः अर्जुन कुमालले हाने शतक

    काठमाडौं । युवा ब्याटर अर्जुन कुमालले प्रधानमन्त्री कप क्रिकेटमा शतक प्रहार गरेका छन् । मधेशविरुद्ध गण्डकीका कुमालले शतक प्रहार गरेका हुन् ।

    पहिले ब्याटिङ गर्दै मधेशले २४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकी पनि लक्ष्य पछ्याउने क्रममा २४६ रनमै अलआउट भएपछि खेल  बराबरी भयाे । त्यसपछि भएकाे सुपर ओभरमा गण्डकीले नतिजा आपफ्नाे पक्षमा पारेकाे छ ।

    अन्तिम ओभरमा गण्डकीलाई जितका लागि ८ रन आवश्यक थियो भने हातमा दुई विकेटमात्र थिए । मधेशले ७ रनमात्र जोड्न सक्यो । अन्तिम बलमा दुई रन चाहिएकोमा ब्याट्सम्यान आउट भएका थिए ।

    हरिशंकर साह र रुपेश सिंहले अर्धशतक हानेपछि मधेशले २४६ रनको चुनौतीपूर्ण स्कोर जोडेको थियो । जवाफी ब्याटिङमा अर्जुनले गण्डकीलाई डोर्‍याए, तर अन्य ब्याटरहरुको बलियो साथ पाउन सकेनन् ।

    अर्जुन १४० बलमा १ छक्का र १० चौकासहित १०६ रन बनाएर आउट भए । उनी आठौं विकेटका रुपमा पेभिलियन फर्किँदा गण्डकी जितभन्दा ५३ रन टाढा थियो । विपीन खत्री र सुदीप अर्यालले आठौं विकेटका लागि बलियो साझेदारी गर्दै गण्डकीलाई जितको नजिक पुर्‍याएका थिए । विपीनले २६ र सुदीपले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा अविजित ३४ रन बनाए, तर अन्तिम बलमा सुदीपले दुई रन लिन नसक्दा गण्डकीले बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

    आजको शतकसँगे प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा १९ वर्षीय अर्जुन शीर्ष स्थानमा उक्लिएका छन् ।

  • आइपीएल इतिहासमा दोस्रो ठूलो स्कोर, इसान किसनको शतकमा सनराइजर्सले बनायो २८६ रन

    आइपीएल इतिहासमा दोस्रो ठूलो स्कोर, इसान किसनको शतकमा सनराइजर्सले बनायो २८६ रन

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबादले २८६ रनको विशाल स्कोर खडा गरेको छ । आइपीएल इतिहासमै सबैभन्दा ठूलो स्कोर बनाउनबाट सनराइजर्स दुई रनले चुक्यो ।

    तेस्रो नम्बरमा आएका इसान किशनले विष्फोटक सतक बनाएपछि सनराइजर्सलाई अहिलेसम्मको दोस्रो ठूलो स्कोरमा पुर्याएका हुन् । आइपीएलमा सर्वाधिक रनको रेकर्ड सनराइजर्सकै नाममा छ । अघिल्लो संस्करणमा सो टिमले २८७ रन जोडेको थियो ।

    आज उक्त रेकर्ड ब्रेक गर्ने मौका सनराइजर्ससँग अन्तिम बलसम्म थियो । अन्तिम बलमा इसान किसानले छक्का हानेको भए नयाँ किर्तिमान बन्थ्यो । उनले चौका हान्दै दोस्रो ठूलो स्कोरमा पुर्याए । आइपीएलमा इसानको यो पहिलो सतक हो । इसानले ६ छक्का र ११ चौका प्रहार गरेका थिए ।

    सनराइजर्सका ओपनर जोडी अभिषेक शर्मा र ट्राभिस हेडले विष्फोटक सुरुवात गरेका थिए । उनीहरुले ३.१ ओभरमा ४५ रन बनाए । अभिषेक ११ बलमा २४ रन बनाएर आउट भए । त्यसपछि हेड र इसानबीच ८५ रनको उत्तिकै आक्रामक साझेदारी भयो । हेडले ३१ बलमा ३ छक्का र ९ चौकासहित ६७ रन बनाएर आउट भए ।

    यस्तै नितिशकुमार रेड्डीले १५ बलमा ३० रन र हेनरिच क्लासेनले १४ बलमा ३४ रन बनाए ।

  • क्रिकेट प्रशिक्षक छान्दै क्यानः ह्वाटमोरले दिए अन्तरवार्ता, जाफर र चन्द्रपल पनि दौडमा

    क्रिकेट प्रशिक्षक छान्दै क्यानः ह्वाटमोरले दिए अन्तरवार्ता, जाफर र चन्द्रपल पनि दौडमा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका लागि नयाँ प्रमुख प्रशिक्षक नियुक्तीको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । आवेदन दिएका मध्येबाट सर्ट लिस्ट गरेर अहिले अन्तरवार्ता भइरहेको स्रोतले बतायो ।

    भारतका मोन्टी देसाइको कार्यकाल सकिएपश्चात क्यानले गत फागुन ३ गते नयाँ प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको थियो । फेब्रुअरी २८ सम्मको मिति राखेर खुलाइएको भ्याकेन्सी ७० जनाभन्दा बढीले आवेदन दिएका थिए । उनीहरुमध्ये ७ जनालाई सर्ट लिस्टमा राखेर अन्तरवार्ता भइरहेको स्रोतले जनाए पनि औपचारिकरुपमा पुष्टि भएको छैन ।

    क्यानले हाल जारी प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताकै दौरान नयाँ प्रशिक्षक ल्याउने योजना बनाएको थियो । तर, समयको चापका कारण यो प्रतियोगिता सकिएपछि मात्रै प्रशिक्षक नियुक्त हुन सक्ने सम्भावना रहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

    ‘प्रमुख प्रशिक्षक नियुक्ती प्रक्रियामा क्यानले काम गरिरहेको छ । आवेदकहरुको सर्ट लिस्टिङ गरेर अन्तिम प्रक्रियामा छौं । प्रधानमन्त्री कपकै दौरान नयाँ प्रशिक्षक ल्याउने सम्भावना भने कम देखियो । अब डेढ हप्ताजति लाग्न सक्छ,’ उनले भने ।

    सर्ट लिस्टमा कतिजना छानिएको भन्ने आफूलाई जानकारी नरहेको लामाले बताए । सर्टलिस्टमा परेकामध्ये तीनजनाको नाम भने नेपाल प्रेसलाई प्राप्त भएको छ, जसमा अष्ट्रेलियाका देव ह्वाटमोर, भारतका वसिम जाफर र वेस्ट इन्डिजका शिवनारिन चन्द्रपल रहेका छन् ।

    उनीहरुमध्ये ह्वाटमोरले यसअघि पनि नेपाली राष्ट्रिय टिम सम्हालेका थिए । उनले अस्ति शुक्रबार क्यानमा गएर अन्तरवार्ता लिएको स्रोतले जानकारी दियो । उनी अहिले पनि नेपालमै छन् ।

    ह्वाटमोर यसअघि २०७७ सालमा नेपाली टीमका प्रशिक्षक नियुक्त गरिएका थिए । उनको कार्यकाल छोटो तर सुखद बनेको थियो । नेपाली टिमको ब्याटिङ शैली परिवर्तन गर्नमा ह्वाटमोरको भूमिका रहेको मानिन्छन् । कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी उनकै कार्यकालमा स्थापित भएको हो ।

    ७० वर्षिय ह्वाटमोर हाइप्रोफाइल प्रशिक्षक हुन् जसले सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए । नेपाल आउनुअघि उनले पाकिस्तान, जिम्बाबे, सिंगापुर र बंगलादेशका राष्ट्रिय टिमलाई प्रशिक्षण गरिसकेका थिए । साथै इन्डियन प्रिमियर लिगमा दुईवटा सिजन उनले कोलकाता नाइट राइडर्सलाई प्रशिक्षण गरे । पछिल्लो समय उनी विभिन्न देशका फ्रेन्चाइज टिमहरुलाई प्रशिक्षण गरिरहेका छन् ।

    क्यानले ह्वाटमोरसँग एक वर्षको सम्झौता गरे पनि उनले ८ महिनामै राजीनामा दिएका थिए । कोरोनाको बेलामा परिवारसँग लामो समय टाढिँदा आफूलाई कठिन भएको भन्दै उनले इमेलबाट राजीनामा पठाएका थिए ।

    यदि ह्वाटमोर नै प्रशिक्षकमा नियुक्त भए उनले नेपाली टिम र खेलाडीहरुलाई बुझ्न धेरै समय खर्चिनुपर्ने छैन । उनको कार्यकालमा प्रायजसो अहिलेकै खेलाडीहरु थिए ।

    सर्टलिस्टमा रहेका चन्द्रपल वेस्ट इन्डिजका भेट्रान ब्याट्सम्यान हुन् । उनले वेस्ट इन्डिजबाट १६४ टेस्ट, २६८ एकदिवसीय र २२ टि २० म्याच खेलेका थिए । ब्याट्सम्यानका रुपमा उनका आँकडाहरु उत्कृष्ट छन् । टेस्टमा उनले ५१ भन्दा बढीको औसतमा ३० सतक र ६६ अर्धसतक बनाएका थिए । एकदिवसीयमा ११ सतक र ५९ अर्धसतक बनाउँदा उनको ब्याटिङ औसत ४१.६० थियो । टि २० मा भने उनी सफल रहेनन् ।

    चन्द्रपल ब्रायन लारापछि सन् २००५–०६ मा केही समय वेस्ट इन्डिजको कप्तानसमेत बने । तर, उनको कप्तानी रेकर्ड त्यति सुखद छैन ।
    चन्द्रपलले सन् २०१६ मा ४१ वर्षको उमेरमा क्रिकेटबाट सन्न्यास लिएका हुन् । त्यसयता उनी प्रशिक्षणमा सक्रिय छन् ।

    सन् २०२२ को जनवरीमा उनी क्यारिवियन प्रिमियर लिगको फ्रेन्चाइज टिम जमैका तालावाजको प्रमुख प्रशिक्षक नियुक्त भए । सोही वर्षको जुलाइमा उनले अमेरिकी महिला राष्ट्रिय टिम सम्हालेका थिए । उनले अमेरिकी यु १९ महिला टिमलाई सन् २०२३ को यु १९ महिला विश्वकपमा प्रशिक्षण गरेपश्चात पदबाट राजीनामा दिए ।

    भारतीय प्रशिक्षक वसिम जाफर भने मुलतः टेस्ट खेलाडी हुन् । उनले भारतको राष्ट्रिय टिमका लागि २१ टेस्ट म्याच र २ वटा मात्रै एकदिवसीय खेलेका छन् । उनका आँकडाहरु औसत नै छैन् । टेस्टमा ३४ को औसतमा ब्याटिङ गर्दै उनले ११ अर्धसतक र ५ सतक बनाएका थिए । एक दिवसीयमा भने दुई म्याचमा १० रन मात्रै जोडेका छन् । उनले सन् २०२० को मार्चमा क्रिकेटका सबै स्वरुपबाट सन्न्यास लिए ।

    जाफरसँग बंगलादेशको राष्ट्रिय टिमको ब्याटिङ प्रशिक्षक तथा यु १९ टिम र ए टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरेको अनुभव छ । उनले भारतको उत्तराखण्ड, उडिसा र पञ्जाबको टिमलाई पनि प्रशिक्षण गरेका छन् ।

    नेपालको एक दिवसीय मान्यता जोगाउनुपर्ने चुनौति अगाडि रहेकाले क्यान नयाँ प्रशिक्षकको नियुक्तीमा गम्भीर छ । विश्वकप लिग २ मा नेपाल अहिले अप्ठेरो स्थितिमा रहेकोले एक दिवसीय मान्यता संकटमा परेको हो । लिग २ का १२ म्याच खेल्दा नेपालले २ वटा मात्रै जित निकाल्न सकेको छ । नयाँ प्रशिक्षकको नेतृत्वमा नेपालले बलियो कमब्याक गर्ने आशा क्यान र समर्थकहरुले राखेका छन् ।

  • तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: पुरुषतर्फको उपाधि एपीएफको पोल्टामा

    तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: पुरुषतर्फको उपाधि एपीएफको पोल्टामा

    रूपन्देही । बुटवल ब्याडमिन्टन क्लवद्वारा आयोजित तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तथा गुगलको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ । पुरुष एकलतर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले एपीएफकै क्षितिज खनाललाई हराउँदै उपाधि चुमेका हुन् । आर्मीका हिमाल चन्द र एपीएफकै देवराज राना भने तृतीय भए ।

    त्यस्तै पुरुष डबलतर्फ एपीएफका भोजबहादुर गुरुङ र प्रनिशसिंह ठकुरीले लाफा ब्याडमिन्टन क्लवका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराउँदै उपाधि जिते । आर्मीका प्रवीण लिङ्थेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरु तृतीय भए ।

    भेट्रान्स ४५ वर्षमाथिको खेलमा लाफा ब्याडमिन्टन क्लवका राजु गुरुङ र सुदीप योञ्जनको टीमले तिलोत्तमा ब्याडमिन्टन क्लबका बुद्धि चौधरी र डिलबहादुर कन्डवालाई हराउँदै उपाधि रक्षा गरेको छ । उक्त स्पर्धामा न्यू लम्बिनी क्लबका बलराम पन्थी र खगेन्द्र तथा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम गुरुङ र विष्णुलाल श्रेष्ठ संयुक्त तृतीय भए ।

    सुपर भेट्रान्स ५५ वर्षमाथितर्फ अनिल लाखे र शम्भुकुमार श्रेष्ठले कास्कीका राजु गुप्ता र राजेन्द्र वाग्लेलाई हराउँदै उपाधि चुमेका छन् । उक्त स्पर्धामा बुटवल ब्याडमिन्टन क्लबका दिलीप गौचन र महेश नेपाल तथा पीएसबीसीका रवि होना र इन्द्र थापाको टीम तृतीय भए ।

    प्रतियोगिताको मास्टर भेट्रान्स ६० वर्षतर्फ तण्डेरी ब्याडमिन्टन क्लबका प्रेमप्रसाद गुरुङ र विष्णुलाल श्रेष्ठको जोडीले तण्डेरीकै दिल पुन र श्यामकृष्ण श्रेष्ठलाई हराउँदै उपाधि चुमेको छ । उक्त स्पर्धामा काठमाडौंका पूर्णचन्द्र जोशी र सुरेश चन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तृतीय भए ।

    प्रतियोगितामा पुरुष सिंगल र डबलतर्फ विजेता, उपविजेता र तृतीय हुनेले कमशः ५० हजार, ३० हजार र १० हजार नगद पुरस्कार पाएका छन् । भेट्रान्स ४५ वर्षमाथितर्फ विजेता, उपविजेता र तृतीय हुनेले कमशः ४० हजार, ३० हजार र १० हजार नगद पुरस्कार पाए ।

    सुपर भेट्रान्स ५५ वर्षमाथितर्फ विजेता, उपविजेता र तृतीय हुनेले कमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार पाए । मास्टर भेट्रान्स ६० वर्षमाथितर्फ विजेता, उपविजेता र तृतीय हुनेले कमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा विजेता तथा उपविजेतालाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, क्लबका अध्यक्ष पंकज ज्ञवाली, कार्यक्रम संयोजक शम्भु भट्टराईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

  • २३औं तिलोत्तमा गोल्डकप सुरु, विजेताले पाउनेछ १२ लाख १२ हजार २२२ नगद पुरस्कार

    २३औं तिलोत्तमा गोल्डकप सुरु, विजेताले पाउनेछ १२ लाख १२ हजार २२२ नगद पुरस्कार

    रूपन्देही । रूपन्देहीमा पश्चिम क्षेत्रकै सर्वाधिक राशी रहेको र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्ड कपको २३औं संस्करण शनिबार सुरु भएको छ । बुटवल उपमहानगरपालिका संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता शुरु भएको हो ।

    प्रतियोगिता उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरी सरकारको खेल क्षेत्रमा लगानी गरेको बताए ।

    ‘अहिले ५८ वटा नगरको अगुवाइ र अन्य संघसंस्थाहरुको समन्वयमा अझ धेरै प्रतियोगिता आयोजना भैरहेको छ’, उनले भने ।

    खेलकुदमा युवाहरुलाई आकर्षित गर्दै आशावादी बनाउने लक्ष्य रहेको भन्दै मेयर पाण्डेले राजधानी बाहिर देशकै उत्कृष्ट गोल्डकपका रुपमा रहेको प्रतियोगितालाई थप परिस्कृत गर्ने गरी सञ्चालन गर्न आफू लाग्ने बताए ।

    कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङले रात्रीकालीन प्रतियोगिता आयोजना हुने गरी फ्लड लाइट जडान जरूरी रहेको भन्दै फुटबलको स्तरवृद्धि गर्न फुटबल प्रशिक्षक प्रशिक्षण आयोजनामा जोड दिन आग्रह गरे ।

    एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेल विकासमा सरकारबाट सहयोग अझ बढाउनुपर्ने बताए ।

    यस वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैयाँ वृद्धि गरिएको रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले बताए ।

    उनका अनुसार प्रतियोगिताको उपाधि विजेता टीमले नगद १२ लाख १२ हजार २२२, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । यसैगरी उपविजेता टीमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए ।

    ब्यस्त सेडुलका कारण यस वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब प्रतियोगितामा सहभागी नहुने उनले बताए । यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टीमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टीमको प्रतिस्पर्धा गर्नेछन ।

    चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ करोड ८ लाख ८८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

  • आज सुरु हुँदै १८औं संस्करणको आईपीएल, पहिलो खेलमा कोलकाता र बेंगलुरु भिड्ने

    आज सुरु हुँदै १८औं संस्करणको आईपीएल, पहिलो खेलमा कोलकाता र बेंगलुरु भिड्ने

    काठमाडौं । चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज सुरु हुँदैछ ।

    १८औं संस्करण आईपीएलको उद्घाटन खेल साविक विजेता कोलकाता नाइट राइडर्स र हालसम्म उपाधि जित्न नसकेको रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुनेछ । उक्त खेलमा भारतको कोलकातास्थित इडेन गार्डेन्समा राति पौने ८ बजे सुरु हुनेछ ।

    बेंगलुरुको कप्तानी रजत पाटिदार र कोलकाताको कप्तानी अजिन्क्य रहानेले गर्नेछन् । कोलकातासँगको पछिल्लो ५ खेलमा बेंगलुरुले एक खेलमा मात्रै जित निकालेको छ ।

    गत संस्करणमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाताले उपाधि जितेको थियो । योसँगै कोलकाताले ३ पटक आईपीएलको उपाधि जितेको छ ।

    चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले समान ५-५ पटक आईपीएलको उपाधि जितेका छन् ।

  • विश्वकप छनोट: उरुग्वेविरुद्ध अर्जेन्टिनाको जित

    विश्वकप छनोट: उरुग्वेविरुद्ध अर्जेन्टिनाको जित

    काठमाडाैं। विश्वकप फुटबलको दक्षिण अमेरिका छनोट अन्तर्गत अर्जेन्टिनाले उरुग्वेविरुद्ध जित हासिल गर्दै तालिकामा आफूलाई पहिलो स्थानमा यथावत राखेको छ ।

    शुक्रबार बिहान भएको खेलमा थिएगो अल्मडाले गरेको एक मात्र गोलले अर्जेन्टिना विजयी बन्यो । उनले खेलको ६८ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलए । जितपछि २३ खेलबाट २८ अंकसहित अर्जेन्टिना पहिलो स्थानमा यथावत रहँदा उरुग्वे समान खेलबाट २० अङ्कसहित चौथो स्थानमा छ ।

    आजै भएको अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई २-१ गोलले पराजित गरेको छ । जितसँगै इक्वेइडर तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । १३ खेलबाट २२ अंक सहित इक्वेडर दोश्रो स्थानमा उक्लदा भेनेजुएला १२ अङ्क सहित आठौं स्थानमा छ ।

  • सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

    सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित निकालेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले पराजित गरेको हो ।

    नेपालको जितमा जिलेप्सीजंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२औं मिनेटमा मनिष डाँगीको क्रसमा पेनाल्टी बक्सबाट गोल गरेका हुन् ।

    नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक सिंगापुरलाई पराजित गरेको हो । अब नेपालले एसिया कप छनोटको तेस्रो चरणमा मलेसियासंग खेल्नेछ ।

  • पीएम कप क्रिकेटः एपीएफ, आर्मी र कर्णालीको जित

    पीएम कप क्रिकेटः एपीएफ, आर्मी र कर्णालीको जित

    रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले जित निकालेका छन् ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा अलआउट भयो । उसका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए । बलिङमा एपीएफका रोहितकुमार पौडेल र अमरसिंह रौटेलाले ३–३ विकेट लिए ।

    ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएका अमर प्लेयर अफ दि म्याच भए । १ सय ९२ रनको लक्ष्य एपीएफले ७ विकेट गुमाएर ३६।३ ओभरमा पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए भने आसिफ शेखले ३२ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले १–१ विकेट हात पारे ।

    यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै छैटौं जित हात पारेको छ । गण्डकी भने ७ मध्ये ६ खेलमा पराजित भइसकेको छ भने अंक तालिकामा पुछारमा छ ।

    पहिले ब्याटिङ गरेको गण्डकी ३०।३ ओभरमा १ सय १६ रनमै अलआउट भयो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । यस्तै, दीप डुम्रेले १९, कमल परियारले १७, र विपिन खत्रीले १५ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

    बलिङमा आर्मीका साहब आलमले पाँच विकेट लिए । प्लेयर अफ दि म्याच उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चिए । कुशल मल्ल र नरेन साउदले समान २–२ विकेट लिए । १ सय १७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गर्यो । आर्मीका लागि ओपनर तृतराज दासले ३७, बसिर अहमदले नटआउट ३२, भीम सार्कीले १४ र इमरान शेखले १२ रनको योगदान गरे ।

    बलिङमा गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुभाष भण्डारी र सुदीप अर्यालले समान १–१ विकेट लिए । आर्मी १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

    यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राकेट ओभक क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले चौथो जित दर्ता गराएको छ । आफूले खेलेका सातमध्ये चार खेलमा जित निकालेसँगै कर्णाली अंक तालिकमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेससँग अंक बराबरी गरेको छ ।

    कर्णालीले मधेस प्रदेशलाई ८१ रनले हरायो । टस जितेर ब्याटिङ गरेको कर्णाली ५ बल खेल्न बाँकी छदा २ सय २० रनमा अलआउट भयो । कर्णालीका दीपेन्द्र रावतले ६१ रन बनाउँदा अर्जुन घर्तीले २६ र दीनेश अधिकारीले २४ रनको योगदान गरे । बलिङमा मधेसका रुपेश सिंह, रंजित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले २–२ विकेट लिए ।

    २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा १३९ रनमा अलआउट भयो । उसका लागि रुपेश सिंहले सबैभन्दा बढी ३० रन बनाए । बलिङमा दीनेश अधिकारीले ४ विकेट लिए । अर्धशतक समेत प्रहार गरेर प्लेयर अफस दि म्याच दीपेन्द्र रावतले ३ विकेट लिन सफल भए ।

     

  • क्रोएसियासँग फ्रान्स स्तब्ध, इटालीविरुद्ध जर्मनीको जित

    क्रोएसियासँग फ्रान्स स्तब्ध, इटालीविरुद्ध जर्मनीको जित

    हेटौँडा । यूईएफए नेसन्स लिग लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाउँदै सेमिफाइनल नजिक पुगेको छ ।

    विश्वविजेता फ्रान्स विरुद्ध २-० को जित निकाल्दै क्रोएसियाले सेमिफाइनल प्रवेशको आधार बलियो बनाएको हो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे ।

    खेलको २६औँ मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरेपछि खेल २-० मा रोकियो ।

    दोस्रो हाफमा फ्रान्सले खेलमा फर्कन प्रयास गरेको थियो । तर ती प्रयासहरू सफल नबन्दा खेल क्रोएसियाको पक्षमा गएको हो । दुईबीचको दोस्रो लेग मार्च २४ मा फ्रान्समा हुनेछ । यदि उक्त खेल उलट्याउन नसके फ्रान्सको यात्रा क्वाटरफाइनलबाटै समाप्त हुनेछ ।

    बिहीबार राति नै भएको अर्को खेलमा जर्मनीले इटालिलाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जर्मनीले पुनरागमन जित निकालेको हो ।

    पहिलो हाफको नवौँ मिनेटमा इटालीका सान्ड्रो टोनालिले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ४९ औँ र ७६ औँ मिनेटमा टिम क्लेनडियन्स र लियोन गेरेटज्काले गोल गर्दै टिमलाई महत्त्वपूर्ण जित दिलाए ।

  • युईएफए नेसन्स लिग : पोर्चुगल विरुद्ध डेनमार्कको जित

    युईएफए नेसन्स लिग : पोर्चुगल विरुद्ध डेनमार्कको जित

    हेटौँडा । पोर्चुगललाई निराश बनाउँदै डेनमार्कले युईएफए नेसन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा जित दर्ता गरेको छ ।

    स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १-० ले पराजित गर्दै डेनमार्कले सेमिफाइनलको सम्भावनालाई मजबुत बनाउन सफल बनेको हो ।

    बिहीबार राति घरेलु मैदानमा डेनमार्कलाई जित दिलाउन रास्मस होल्यान्डले खेलको ७८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    तर दोस्रो हाफको ७८ औँ मिनेटमा गोल गर्दै डेनमार्कले युरो कप च्याम्पियनमाथि रोमाञ्चक जित दर्ता गर्न सफल बन्यो ।

    गोल गरेपछि होल्यान्डले उनको चर्चित ‘स्यु’ सेलिब्रेसन गरेका थिए । डेनमार्कले अब मार्च २४ मा पोर्चुगलविरुद्ध दोस्रो लेगमा प्रतिस्पर्धा गर्नेछ ।

  • विश्वकप छनोट : ब्राजिलको रोमाञ्चक जित

    विश्वकप छनोट : ब्राजिलको रोमाञ्चक जित

    हेटौँडा । विश्वकप फुटबलको दक्षिण अमेरिका छनोट अन्तर्गत ब्राजिलले कोलम्बियामाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

    शुक्रवार बिहान भएको खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै ब्राजिलले कोलम्बियालाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा स्थान बनाएको हो ।

    इन्ज्युरी समयको नवौँ मिनेटमा ब्राजिलियन स्टार फर्वाड भिनियस जुनियरले गोल गरेपछि ब्राजिलले महत्त्वपूर्ण तीन अङ्क प्राप्त गर्दै तालिकाको दोस्रो स्थानमा उक्लन सफल बन्यो ।

    खेलमा पहिलो अग्रता राफिन्हाको गोल मार्फत ब्राजिलले लिएको थियो । खेलको छैटौँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै राफिन्हाले टिमलाई अग्रता दिलाएका थिए । तर डियाजले पहिलो हाफको ४१ औँ मिनेटमा गोल गरेपछि खेल १(१को बराबरीमा पुगेको थियो ।

    दोस्रो हाफको निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि खेल बराबरी तर्फ उन्मुख भएको थियो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा जुनियरले गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए ।
    जितपछि १३ खेलबाट २१ अङ्क सहित ब्राजिल दोस्रो स्थानमा पुग्दा समान खेलबाट कोलम्बिया छैटौँ स्थानमा छ ।

  • पीएम कप क्रिकेट : कर्णली र पुलिस विजयी

    पीएम कप क्रिकेट : कर्णली र पुलिस विजयी

    रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबले जित निकालेका छन् । कर्णालीले लुम्बिनीविरुद्ध ५ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले १ सय ७ बलको सामना गर्दै ६ चौका प्रहार गरे ।

    अन्तिम ओभरमा जितका लागि लुम्बिनीलाई ८ रन चाहिएकोमा १ विकेट मात्र बाँकी रहेको थियो । कर्णालीका लागि बलिङमा आएका दिनेश अधिकारीले ४ बलमा नै विकेट लिँदै खेल जिताए ।

    चौथो विकेटका लागि कप्तान देव खनालसँग मिलेर प्रज्वलले ९४ रनको साझेदारी गरे । कप्तान देव ६० बलमा ४ चौकाको सहयोगमा ४० रनमा आउट भए ।

    १४५ रनमा ३ विकेट गुमाएर सहज जिततर्फ अघि बढेको लुम्बिनीले ५५ रन जोड्दा बाँकी रहेको ७ विकेट गुमाउन पुग्यो । आकाश त्रिपाठी २१ तथा मनिष थापा १६ रनमा आउट भए ।

    कर्णालीका लागि दिनेश अधिकारी र दीपेन्द्र रावतले समान ३–३, प्रकाश जैशीले २ तथा सुनिल धमला र दिवान पुनले १–१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा अलआउट हुँदै २ सय ५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे ।

    यस्तै, अर्जुन घर्तीले ५६, सुनिल धमला १९ तथा दिनेश अधिकारीले १६ रन बनाए । लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रशन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २–२ तथा कप्तान देव खनालले १ विकेट लिए ।

    यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले लगातार सातौं जित हासिल गरेको छ ।

    पुलिसले बागमती प्रदेशलाई ९३ रन हराउँदै विजयी यात्रा कायमै राख्यो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो ।

    बागमतीका लागि इशान पाण्डेले ७०, शुभ कंसाकारले ३६, विपिन आर्चायले २० र सूर्य तामाङले १७ रन बनाए । पुलिसका ललितनारायण राजवंशीले ४, कुशल भूर्तेलले ३, करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो ।

    पुलिसका कुशल भुर्तेल र कप्तान दीपेन्द्रसिंह ऐरी अर्धशतक बनाए । कुशलले सर्वाधिक ८८, दीपेन्द्रदे ६०, अमित श्रेष्ठले ४८ र आरिफ शेखले ३८ रनको योगदान गरे ।

    बागमतीका प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १–१ विकेट लिए । प्रतियोगितामा खेलेको ७ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा कायमै छ ।

  • प्रधानमन्त्री कप क्रिकेट: पुलिस, सुदूरपश्चिम र मधेशको जित

    प्रधानमन्त्री कप क्रिकेट: पुलिस, सुदूरपश्चिम र मधेशको जित

    रुपन्देही । नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी र मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेका हुन् ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकीलाई ७ विकेटले हरायो । ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

    पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रनको योगदान गरे । बलिङमा गण्डकीका विपीन खत्री र सुवास भण्डारीले समान १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले ४८ तथा रोहित चन्द र सुवास भण्डारीले समान १०-१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पुलिसका ललित राजवंशीले ५ विकेट हात पारे । उनले ५.२ ओभरमा ७ रन खर्चिए । यसअघि ललितले एपीएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । यस्तै गुलशन झाले ४ विकेट लिए ।

    बुधबार नै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेट हरायो । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

    सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले नटआउट रहँदै सर्वाधिक ४३ रन जोडे । यस्तै नारायण जोशीले अविजित २५ र प्रकाश पाण्डेले २२ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ तथा विप्रशन केसी, अजय चौहान र निर्मल गुरुङले समान १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रनमा अलआउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्ज्वल थापाले ३० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २-२ विकेट लिए ।

    यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा मधेशले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पारेको हो । आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

    मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे । यस्तै रुपेश सिंहले नटआउट ३८, हरिशंकर साह र पवन सरार्फ समान ३७-३७ तथा शैलेन्द्र साहले १५ रन बनाए ।

    आर्मीका नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

    आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्की ३३, कुशल मल्ल २४, विवेक यादव १६, तृतराज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए ।

    मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २-२ तथा रञ्जित कुमारले १ विकेट लिए ।

  • युगान्डबाट नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

    युगान्डबाट नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

    काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् ।

    बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरु नेपाल फर्किएका हुन् । प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए।

    विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले टोलीकी कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भएजित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरु भएको बताइन् ।

    उनले भनिन्, ‘समग्रमा प्रतियोगिता एकदमै राम्रो नै भयो,हामीले परिणाम ल्याउन सकेनौ भन्ने कुरा हो । हामीले आफ्नो तर्फबाट एकदमै राम्रो क्रिकेट खेलेका हौ तर परिणाम राम्रो आउन सकेन् । हामीले सुरुवात देखि नै राम्रो खेलेको भएजित्न सकिन्थ्यो होला मेरो आफ्नो पनि केही गल्ती थियो होला ।’

    यस्तै, नेपाली महिला क्रिकेट टोलीकाकोच मनोज कटुवालले खेलको क्रममा भएका साना सानागल्तीले गर्दा हार व्यहोर्नु परेको स्वीकार गरेका छन् ।

    नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजितभएको थियो। युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो। हङकङसँग पहिलो खेलमादुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो।

  • घरेलु क्रिकेटमा ललित राजवंशीको अभूतपूर्व रेकर्ड, लगातार चार खेलमा ५ विकेटको सफलता

    घरेलु क्रिकेटमा ललित राजवंशीको अभूतपूर्व रेकर्ड, लगातार चार खेलमा ५ विकेटको सफलता

    काठमाडौं । जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले अभूतपूर्व प्रदर्शन गरेका छन् । उनले लगातार चौथो म्याचमा ५ विकेटको कीर्तिमान राखे ।

    आज गण्डकी प्रदेशविरुद्धको खेलमा नेपाल पुलिस क्लबबाट उनले ५ विकेट लिएका हुन् । उनी फेरि एक पटक म्यान अफ दि म्याच बने । उनी म्यान अफ द म्याच बनेको लगातार चौथो पटक हो ।

    ललितको शानदार बलिङमा पुलिसले गण्डकीलाई ९२ रनमा अलआउट गरेको थियो । जवाफमा दीपेन्द्र सिंह ऐरीको विष्फोटक अर्धशतक हान्दै पुलिसलाई जिताए । पुलिसले १६ ओभरमै ९३ रनको लक्ष्य भेट्यो ।

    यस प्रतियोगितामा ६ म्याच खेल्दा ललितको विकेट संख्या २६ पुगिसकेको छ । पछिल्ला चार खेलमा उनले २२ विकेट लिएका छन् । यो अविश्वसनीय आँकडा हो । घरेलु क्रिकेटमा अहिलेसम्म कुनै पनि बलरले यो स्तरको उत्कृष्टता देखाउन सकेका थिएनन् ।
    आज उनले ५.२ ओभरमा केवल ७ रन खर्चिएर ५ विकेट लिएका हुन् ।

    अघिल्लो म्याचमा उनले सुदूरपश्चिमविरुद्ध ७ ओभरमा १५ रन खर्चेर ६ विकेट लिएका थिए । उनले ७ ओभर बलिङ गर्दा १५ रुन त्यसअघि मधेसविरुद्ध २८ रन खर्चेर ५ विकेट लिएका थिए भने सशस्त्र प्रहरीविरुद्ध १८ रन खर्चेर ६ विकेट हत पारेका थिए । ।

    जारी प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा ठूलो अन्तरालसहित ललित शीर्षस्थानमा छन् । उनले २६ विकेट लिँदा दोस्रो स्थानमा रहेका सहाब आलमको विकेट संख्या १५ छ । यस्तै दीपेन्द्र रावतको १४ विकेट लिएर तेस्रो स्थानमा छन् ।

  • तिलोत्तमा गोल्डकप शनिबारदेखि, यस्तो छ खेल तालिका

    तिलोत्तमा गोल्डकप शनिबारदेखि, यस्तो छ खेल तालिका

    रुपन्देही । यो क्षेत्रमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता रहेको तिलोत्तमा गोल्डकप यही शनिवारदेखि सुरु हुँदैछ । यो २३ औँ संस्करण हो ।

    रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटबल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

    प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङ्गो लगाएर टाइसिट तयार भैसकेको छ ।

    संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही९११, चर्च व्याइज युनाइटेड, एपीएफ, संकटा एफसी, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने छ ।

    जसमा समूह ए मा आयोजक रुपन्देही ११, एपीएफ, संकटा एफसी, जर्जियन एफसी, भारत रहेको छ भने समूह बीमा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, र एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारतको टिम रहेको छ ।

    प्रतियोगिताको उद्घाटन खेल चैत्र ९ गते आयोजक करेन्ट रुपन्देही ११ र एपीएफकावीच हुने छ । चैत्र १० गते चर्च व्याइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते संकटा एफसी र जर्जियन एफसी, भारत, चैत्र १२ गते मच्छिन्द्र एफसी र एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारतकाबीच खेल हुने छ । प्रतियोगिताको फाइनल चैत्र १६ गते हुने छ ।

    प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउनेका काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आर्कषक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जनाएका छन् ।

    त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैले जनही ३१९३१ हजार र ट्रफी हात पाउने छ भने सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिने छ । प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ११ हजार १ सय ११ सहित ट्रफी प्रदान गरिने संघका अध्यक्ष लोक पुनले जनाएका छन् । प्रतियोगिताको २२ औँ संस्करण मनाङ मर्स्याङ्दी क्लब, काठमाडौंले जितेको थियो ।

    तिलोत्तमा गोल्ड कपको हालसम्म आयोजित २२ वटा प्रतियोगितामा सहभागी भएका १५ क्लबले उपाधि जितेका छन् । जसमा तीन वटा उपाधि विदेशी टिमहरु भारतको बम्बई फर्टिलाईजर मुम्बई र महिन्द्रा एण्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसीले जितेका छन् ।

    प्रतियोगिताको २०३३ सालमा आयोजित पहिलो संस्करणको उपाधि सिद्धार्थ खेलकुद परिषद् रूपन्देहीले जितेको थियो भने २२ औँ संस्करणको (डिफेण्डीङ च्याम्पियन) उपाधि मनाङ मर्स्याङ्दी क्लब रहेको छ । हालसम्म कालिका स्पोर्टिङ क्लब र महेन्द्र पुलिस क्लबले ३९३ पटक जितेर कप कब्जा गरेका छन् भने त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ ले २९२ पटक जितेका छन् ।

    यो प्रतियोगिता बम्बई फर्टिलाइजर भारत, जनकपुर चुरोट कारखाना, आरएनएसी, महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सिएमसी संकटा, थ्रिस्टार क्लब काठमाडौं, क्यामरुनको दाउफिन्स एफसी र मनाङ मर्स्याङ्दी क्लबले १९१ पटक जितेका छन् । यो पटक यसअघिको विजेता मनाङ मर्स्याङ्दी क्लब भने सहभागिता नहुने भएको छ ।

  • अर्घाखाँचीमा सुरु भयो प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता

    अर्घाखाँचीमा सुरु भयो प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता

    रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता अर्घाखाँचीमा सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजा सहित झाँकी र र्‍याली निकालिएको थियो । चैत ८ गते प्रतियोगिताको समापन गरिने छ ।

    प्रतियोगितामा ११ जिल्लाका खेलाडी भाग लिएका छन् । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, त्यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ ।

    सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइने प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणराज गौतमले जनाए ।

     

  • पिएम कम क्रिकेटः मंगलबार बागमती र कर्णाली विजयी

    पिएम कम क्रिकेटः मंगलबार बागमती र कर्णाली विजयी

    रुपन्देही । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेश विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो । बागमतीका ओपनर इशान पाण्डेले सर्वाधिक ६९ रन जोडे । उनले ८२ बलमा ६ चौका प्रहार गरे । यस्तै, विपिन आचार्यले अविजित ६३, शुभ कंसाकारले ५२, विवेक रानाले ३४ र रिजन ढकालले नटआउट २३ को योगदान गरे ।

    गण्डकी लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अलआउट भयो । उसका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे । यस्तै, ओपनर समिर कंडेलले २६, अमृत गुरुङले २० तथा कमल परियार र दीपक डुम्रे समान १९ रन जोड्दा सुवास भण्डारीले १८ रन बनाए । बागमतीका लागि ब्याटिङमा अर्धशतक प्रहार तथा प्लेयर अफ द म्याच भएका इशान पाण्डेले ४ विकेट लिए । यस्तै, साकार गजुरेलले २ तथा सूर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान १–१ विकेट लिए ।

    यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १ सय २७ रनको फराकिलो जित हासिल गर्यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका अर्जुन घर्तीले नटआउट रहँदै सर्वाधिक ८८ रन बनाए ।

    उनले ९५ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । हिमाशुं शाहीले ४६, प्रकाश जैसी १८, सुनिल धमलाले १३ तथा निश्चल रावलले १२ रन बनाए । कोशीका विपिन महतोले ३, दिपेश कंडेल र प्रकाश कार्कीले समान २–२ तथा सुजन थपलिया र श्रवण किस्कुले १–१ विकेट लिए । २ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदा अलआउट भयो । कोशीका ओपनर चिराग साहले सर्वाधिक २५ रन जोडे । सकिब हक १३ र कप्तान अंकित सुवेदी १० रनमा आउट भए । कोशीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका सुनिल धमला र दीपेन्द्र रावतले समान ३–३, कप्तान दिवान पुनले २ तथा अनुज चुनाराले १ विकेट लिए ।

  • प्रदेश र जिल्ला फुटबल संघहरुलाई एन्फाको परिपत्र : खेलाडीहरुलाई ‘अन्जिला’ हेर्न लैजानुस्

    प्रदेश र जिल्ला फुटबल संघहरुलाई एन्फाको परिपत्र : खेलाडीहरुलाई ‘अन्जिला’ हेर्न लैजानुस्

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल हलहरुमा प्रदर्शनरत चलचित्र ‘अन्जिला’ हेर्न र यसको प्रवद्र्धन गर्न पुरुष तथा महिला खेलाडीहरुलाई निर्देशन दिएको छ ।

    एन्फा महासचिव किरण राईले यस विषयमा सबै प्रदेश तथा ४८ जिल्ला फुटबल संघ एवं ‘ए’, बी’ र ‘सी’ डीभिजन क्लवहरुलाई परिपत्र गरेका छन् ।

    नेपालकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोको वास्तविक जीवनमा आधारित चलचित्र ‘अन्जिला’ गत फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो । यो चलचित्रले नेपाली खेलकुदको क्षेत्रमा नयाँ इतिहास र आयाम थपेको एन्फाको ठहर छ ।

    महासचिव राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘एन्जिला तुम्बापो सुब्बाको दुःख, संघर्ष अनि सफलताको कथामा आधारित चलचित्रले नेपाली खेलकुदको क्षेत्रमा नयाँ इतिहास र आयाम थपेको छ । चलचित्रमा एन्जिलाको जीवन संघर्ष र सफलताको कथाले हाम्रो आईरहेको नयाँ पुस्तालाई सफलताको लागि संघर्ष कति आवश्यक छ भन्ने कुरा उदाहरण मात्र होईन ! नयाँ उत्साह, आशा र भविष्य पनि देखाउने छ ।’

    सम्भव भएसम्म युवा महिला/पुरुष खेलाडीहरुलाई नजिकको सिनेमा हलमा सामुहिकरुपमा सो चलचित्र अवलोकन गराउन राईले अनुरोध गरेका छन् ।

    एन्फामा आवद्ध संघ–संस्था तथा क्लबहरुलाई आ– आफ्नो स्थानबाट चलचित्रको प्रचार–प्रसारका लागि चलचित्रको पोस्टर, भिडियो, अन्य क्लिप्सहरु सामाजिक सन्जाल मार्फत पोष्ट/सेयर गर्न पनि उनले भनेका छन् ।

     

  • साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

    साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

    भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ । आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भूटान र बङ्गलादेशवीच पनि प्रतिस्पर्धा हुनेछ ।

    विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलङ्का छन् । त्यसैगरी नेपालले आफनो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ । १३ तारिखमै हुने अर्को खेल माल्दिभ्स र भूटानबीच हुनेछ ।

    उक्त प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

     

  • प्रधानमन्त्री कपमा ललित राजवंशीको जादुमयी प्रदर्शन : ५ खेलमा लिइसके २१ विकेट

    प्रधानमन्त्री कपमा ललित राजवंशीको जादुमयी प्रदर्शन : ५ खेलमा लिइसके २१ विकेट

    काठमाडौं । जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लवका स्पिनर ललितनारायण राजवंशीले लगातार उच्च कोटिको प्रदर्शन गरिरहेका छन् । आज पनि उनले घातक बलिङ गर्दै सुदुरपश्चिमविरुद्ध ६ विकेट लिए ।

    पहिलो ब्याटिङ गर्दै पुलिसले ४७ ओभरमा १६० रन मात्रै जोड्न सकेको थियो । तर, १६१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिम ९९ रनमै समेटियो । बलियो विभागीय टिमलाई हराउने सुदुरपश्चिमको सपनालाई ललितले चकनाचुर पारिदिए ।

    ललितले ७ ओभर बलिङ गर्दा केवल १५ रन खर्चेर ६ विकेट आफ्नो पोल्टामा पारेका हुन् । सुदुरपश्चिमका कम अनुभवी ब्याटरहरुले ललितको स्पिन नै बुझ्न सकेनन् र लगातार विकेट गुमाउन पुगे । दुईजना ब्याटरले मात्रै दोहोरो अंकमा रन जोेडेका थिए ।

    आजका प्रदर्शनसँगै पछिल्ला तीन खेलमा ललितको विकेट चार्ट १७ पुगेको छ । यो आफैंमा अविश्वसनीय प्रदर्शन हो । उनले अघिल्लो म्याचमा मधेसविरुद्ध २८ रन खर्चेर ५ विकेट लिएका थिए भने त्यसअघि सशस्त्र प्रहरीविरुद्ध १८ रन खर्चेर ६ विकेट लिएका थिए ।

    समग्र प्रतियोगितामै ललितको प्रदर्शन शानदार छ । उनले अहिलेसम्म ५ म्याचमा २१ विकेट लिइसकेका छन् । सुरुवाति दुई खेलमा लुम्बिनी र कोशी विरुद्ध २–२ विकेट लिएका ललित त्यसयताका ३ खेलमा विकेटको विस्कुन लगाउँदै लगातार म्यान अफ द म्याच बने । यो उनको अर्को अभूतपुर्व सफलता हो ।

    जारी प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने बलरहरुको सूचीमा ठूलो अन्तरालसहित ललित शीर्षस्थानमा छन् । उनले २१ विकेट लिँदा दोस्रो स्थानमा रहेका सहाब आलमको विकेट संख्या १५ छ । यस्तै कमलसिंह ऐरी १३ विकेट लिएर तेस्रो स्थानमा छन् ।

    नेपाली क्रिकेट टीमका स्टार स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप खेलेका छैनन् । केही समयअगाडि उनले हर्नियाको शल्यक्रिया गराएकाले यो प्रतियोगिता खेल्न नसकेका हुन् । प्रतियोगिताका खेलहरु नजिकबाट नियालिरहेका सन्दीपले आज ललितको प्रशंसामा शब्द खर्चिए ।

    उनले ट्विटरमा ललितको प्रदर्शनबारे लेखेका छन्, ‘उसको प्रत्येक स्पेल, प्रत्येक ओभरमा विसुद्ध उत्कृष्टता । कस्तो शानदार प्रतियोगिता खेलिरहेको छ उसले ।’

    ललितले केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सो प्रतियोगितामा उनी सर्वोत्कृष्ट बलर बन्दै मोटरसाइकल जितेका थिए ।

     

  • पीएम कम क्रिकेट : सोमबार पुलिस, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशको जित

    पीएम कम क्रिकेट : सोमबार पुलिस, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशको जित

    रुपन्देही । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन् ।

    सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौ जित हात पारेको छ ।

    पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रन बनाउँदा अलआउट भयो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२, आरिफ शेखले, ४०, सागर ढकालले २२, दीलिप नाथले १९ र अमित श्रेष्ठले १८ रन बनाए ।

    सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए । जवाफमा सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रन जोडे ।

    यस्तै, मिलन बोहराले २३ र टेक रावतले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि ललितनारायणले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए ।

    प्रतियोगितामा ललितको यो लगातार तेस्रो ५ विकेट हल हो । यसअघि ललितले एपीएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।

    यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपीएफलाई ३ विकेटले पराजित गर्यो ।

    १४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नटआउट रहँदै सर्वाधिक ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२ र बसिर अहमदले १३ रन बनाए ।

    एपीएफका कप्तान रोहितकुमार पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २-२ तथा किशोर महतोले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अलआउट भयो । उसका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन जोडे ।

    किशोर महतो, अमरसिंह राउटेला र भुवन कार्कीले समान ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ र बसिर अहमदले १ विकेट लिए ।

    यस्तै, सोमवार नै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशमाथि ८३ रनको जित हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १ सय ५८ रनको मध्यम योगफल बनायो ।

    लुम्बिनीका आकाश त्रिपाठीले सर्वाधिक ७३ रन जोडे । कृष्ण कार्कीले ३३ र कप्तान देव खनालले १६ रन बनाए । मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३–३ तथा हरिशंकर साह, प्रदीप पासवान र रञ्जित कुमारले समान १–१ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो ।

    मधेशका लागि दीपेश दासले २३ र हरिशंकर साहले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका रमेश कुर्मीले ४, विप्रशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १–१ विकेट लिए ।

  • इन्टर मिलानलाई तीन अंकको अग्रता

    इन्टर मिलानलाई तीन अंकको अग्रता

    हेटौंडा । तेस्रो स्थानको एटलान्टामाथि जित निकाल्दै इन्टर मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा आइतबार स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

    आइतबार राती सम्पन्न खेलमा इन्टरले २-० को जित निकाल्दै ३ अङ्कको अग्रता कायम गरेको हो । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा इन्टरका लागि कार्लोस अगुस्टो र लउटारो मार्टिनेजले गोल गरे ।

    लिग तालिकामा इन्टरको ६४ अंक भएको छ । उभन्दा मुनिको नेपोलीको ६१ अङ्क छ ।

    आइतबार नै भएको खेलमा नेपोलीले भेनेजियासँग बराबरी खेलेपछि त्यसको फाइदा इन्टरलाई मिलेको हो ।

    तालिकामा एटलान्टा भने ५८ अंक सहित तेस्रो स्थानमा यथावत् छ ।