Category: खेल प्रेस

  • यू-१९ विश्वकप एसिया छनोट: नेपालले पहिलो खेल यूएईसँग खेल्ने

    यू-१९ विश्वकप एसिया छनोट: नेपालले पहिलो खेल यूएईसँग खेल्ने

    काठमाडौं । यू-१९ विश्वकप एसिया छनोट नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार यू-१९ विश्वकप एसिया छनोटका खेल अप्रिल १३ देखि १९ सम्म मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

    छनोटमा पहिलो खेल नेपालले अप्रिल १३ मा यूएईसँग खेल्नेछ । दोस्रो खेल ओमनसँग अप्रिल १४, हङकङसँग अप्रिल १६ र अफगानिस्तानसँग अप्रिल १९ मा खेल्नेछ ।

    छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू-१९ विश्वकप क्रिकेटमा स्थान बनाउनेछ  ।

  • यू-१९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा

    यू-१९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । घरेलु मैदानमा हुने यू-१९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    यू-१९ विश्वकप एसिया छनोटका खेल अप्रिल १३ देखि १९ सम्म मूलपानी क्रिकेट मैदानमा हुनेछ । छनोटमा पहिलो खेल नेपालले अप्रिल १३ मा यूएईसँग खेल्नेछ । दोस्रो खेल ओमनसँग अप्रिल १४, हङकङसँग अप्रिल १६ र अफगानिस्तानसँग अप्रिल १९ मा खेल्नेछ ।

    छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू-१९ विश्वकप क्रिकेटमा स्थान बनाउनेछ ।

    नेपाली टोली

    नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, निरजकुमार यादव, शाहिल पटेल, किर्बिन श्रेष्ठ, रोहन विश्वकर्मा, दर्ष सोनार, दिल्सद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपीनप्रसाद शर्मा ।

  • प्रिती प्रथम उपमेयर कपः सडन डेथमा कपिलवस्तु विजयी

    प्रिती प्रथम उपमेयर कपः सडन डेथमा कपिलवस्तु विजयी

    रुपन्देही । सडन डेथमा वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै राइजिङ स्टार युथ क्लब कपिलवस्तु बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।

    सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर युनाइटेड क्लब चितवन र राइजिङ स्टार युथ क्लब कपिलवस्तुबीच सोमबार भएको खेल निर्धारित समयमा १औ१ गोल भएपछि नजिताका लागि पेनाल्टी सुट आउटमा पुगेको थियो । जसमा दुबै टीमबाट ४औ४ गोल भएपछि खेल सडन डेथमा गएको थियो ।

    सडेन डेथमा चितवनकी अनिता गुरुङको प्रहार कपिलवस्तुकी गोलकिपरले रोकिन् । पेनाल्टी सुट आउटका क्रममा चितवनकी सविता सुनार र कपिलवस्तुकी सिर्जना वटालाको प्रहार बाहिरिएको थियो ।

    खेल सुरु भएको ५ औं मिनेटमा कपिलवस्तुले अग्रता लिएको थियो । कपिलवस्तुकी रेखा विष्टले डी-बक्समा पाएको बललाई गोलमा परिणत गरेकी थिइन् ।

    कपिलवस्तुको अग्रता धेरैबेर टिक्न सकेन । चितवनकी उमा रानामगरले ३६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएकी थिइन् । दोस्रो हाफमा दुबैतर्फबाट कुनै गोल हुन सकेन ।

    आजको विजेता कपिलवस्तुले चैत २७ गते आयोजक बीस पचहत्तर युवा परिवार बुटवलसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    खेलमा कपिववस्तुकी जस्मिन महतो प्लेयर अफ दी म्याचबाट पुरस्कृत भइन् । मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल हेटौंडा फुटबल एकेडमी मकवानपुर र एमएससी मणिपुर भारतको टीमबीच खेल हुने आयेजक क्लबका सचिव दीपक गुरुङले जानकारी दिए ।

    बीस पचहत्तर युवा परिवार बुटवलको आयोजना तथा प्रिती चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाउनेछन् ।

    यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँसहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिनेछ ।

  • भैरहवामा ‘महिला लेजेन्ड टी-२० सिरिज’ सुरु, सन् २००९ टीम विजयी

    भैरहवामा ‘महिला लेजेन्ड टी-२० सिरिज’ सुरु, सन् २००९ टीम विजयी

    रुपन्दही । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलो पटक पूर्वमहिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेन्ड टी- २० सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेन्ड क्रिकेट हुँदै आए पनि महिला लेजेन्ड भने पहिलो पटक आयोजना भएको हो ।

    सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर सिरिज आयोजना गरिएको हो । सोमबार सिद्धार्थ क्रिकेट मैदान भैरहवामा भएको खेलमा सन् २००९ को लेजेन्ड महिला टीम ५ विकेटले विजयी भयो ।

    जितका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टीमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा सरु पुनले ४१ र शोभा आलले १४ रनको योगदान गरिन् ।

    बलिङमा सन् २००७ टीमका सुस्मिता चौधरी र नीरा राजोपाध्यायले समान १-१ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टीमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो । उक्त टीमका लागि नीरा राजोपाध्यायले २३ तथा मधु थापा र नेरी थापामगरले समान १३-१३ रन बनाए ।

    बलिङमा सन् २००९ को टीमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रीतु कनौजिया र सीता शाहीले १-१ विकेट लिए ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज सुरु भएको हो । दुई दिनसम्म चल्ने सिरिजमा मुलुकभरबाट पूर्वक्रिकेटर महिला खेलाडीहरु भैरहवा आएका छन् । उक्त सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।

  • कार्भेन कटेजमा लिभरपुल निराश

    कार्भेन कटेजमा लिभरपुल निराश

    हेटौँडा । यो सिजनको उपाधि अभियानमा रहेको लिभरपुलले फूलहमसँग निराशाजनक नतिजा निकालेको छ । लिगको ३१ औँ चरणको खेलमा फुलहमसँग ३-२ गोलले पराजित हुँदा लिभरपुललाई उपाधिको लागि थप केही खेल कुर्नुपर्ने भएको छ ।

    फूलहमको घरेलु मैदान कार्भेन कटेजमा लिभरपुललाई निराश पार्न फूलहमले पछि परेको अवस्थालाई जितमा बदल्न सफल भयो ।

    घरेलु टोली फूलहमलाई जित दिलाउन रायन सेसेग्नन, एलेक्स इवोबी, रोड्रिगो मुनिजले गोल गरे । लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस डियाजले गोल गरे ।

    खेलको १४औँ मिनेटमा एलिस्टरको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ९ मिनेटपछि नै सेसेग्ननले गोल गर्दै फूलहमलाई बराबरीमा ल्याए ।

    इवोबीले ३२औँ मिनेटमा गोल गर्दा फूलहम २-१ ले अगाडि बढ्यो । त्यसको चार मिनेटपछि नै मुनिजले टोलीको अग्रतालाई ३-१ मा पुर्‍याए ।

    लिभरपुलको लागि डियाजले ७२ औँ मिनेटमा गोल गर्दै टिमलाई कम्तीमा बराबरीको अवस्थामा लैजान प्रयत्न गरे तर उनको एक गोल मात्र बराबरीको लागि पर्याप्त भएन र खेल फूलहमले जित्यो ।

    पराजित लिभरपुलको ३१ खेलबाट ७३ अंक छ । जित निकालेको फूलहम समान खेलबाट ४८ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ ।

  • खराब रेकर्डको बनाउँदै साउथ ह्याम्पन्टन रेलिगेसनमा

    खराब रेकर्डको बनाउँदै साउथ ह्याम्पन्टन रेलिगेसनमा

    हेटौँडा । टोटनह्याम्पसँग पराजित भएसँगै साउथ ह्याम्पटन इङ्लिस प्रिमियर लिग (इपीएल)को २०२४/०२५ सिजनको पहिलो रेलिगेसनमा पर्ने टोली बनेको छ ।

    इपीएल इतिहासमा सात चरणको खेल बाँकी रहँदा लेलिगेसनमा पर्ने खराब रेकर्ड पनि साउथह्याम्पटनले लेखाएको छ । प्रिमियरको इतिहासमा सबैभन्दा खराब प्रदर्शन गरेको इभान जुरिकको टोलीले ‘जित्न बिर्सिएको’ टोलीको रूपमा आफ्नो खराब रेकर्ड कायम गरेको छ ।

    साउथह्याम्प्टनले सिजनभरि दुई प्रिमियर लिग खेल मात्र जितेको छ । उसले नोभेम्बरको सुरुमा एभर्टनलाई १-० ले पराजित गरेको थियो भने फेब्रुअरी १ ​​मा इप्सविच टाउनमा २-१ ले जित निकालेको थियो ।

    साउथ कोस्ट क्लबले सिजनभरि चार बराबरी मात्र खेलेको छ । उनीहरूले सेप्टेम्बरमा इप्सविच विरुद्धको घरेलु खेल, नोभेम्बर र डिसेम्बरमा क्रमशः ब्राइटन एण्ड होभ एल्बियन र फुलह्याममा बुधवार क्रिस्टल प्यालेससँगको घरेलु खेलमा बराबरीको नतिजा निकालेको थियो ।

    यस्तो छ इपीएलको खराब रेकर्ड

    इपीएलको इतिहासमा सात खेल बाकी रहँदै रेलिगेसनमा परेको रेकर्ड बनाएको साउथह्याम्पटन अघि अन्य केही क्लबले पनि यस्ता खाले निराशाजनक रेकर्ड राखेका छन् ।

    इपीएलको इतिहासमा चारवटा क्लबले खेल सकिन ६ चरण बाकी रहँदै रेलिगेसनको रेकर्ड बनाइसकेका छन् । इस्विच टाउनले सन् १९९४/०९५, डर्वी काउन्टीले २००८/२००९, हडेर्सफिल्डले २०१८/०१९ र सेफ युनाईटेडले २०२१/०२२ सिजनमा ६ खेल अगावै रेलिगेसनमा पर्दै खराब रेकर्ड बनाएको थियो ।

    इपीएलमा पाँच टोलीले पाँच खेल अगावै रेलिगेसनमा पर्ने खराब इतिहास बनाएका छन् । यस्तो रेकर्ड बनाउनेमा सन्डरल्याण्ड अगाडि छ । सन्डरल्याण्डले २००२/०३ र २००५/०६ सिजनमा यस्तो रेकर्ड बनाएको थियो । यस्तै फुलहम, लेस्टर सिटी र प्रोस्टमाउथले पनि पाँचौं खेल अगावै रेलिगसनमा पर्ने रेकर्ड बनाएको थियो ।

    साउथह्याम्पटनको अर्को पनि बन्न सक्छ खराब रेकर्ड

    प्रिमियर लिगमा खराब रेकर्ड बनाएर रेलिगेसनमा परिसकेको साउथह्याम्पटनको लागि अबको खेलमा कुनै अङ्क नआए अर्को खराब रेकर्ड बन्ने सम्भावना समेत रहेको छ ।

    उसको लागि प्रिमियर लिगमा सबैभन्दा कम अङ्क बनाउने खराब रेकर्डको सम्भावना पनि कायम छ । साउथह्याम्पन्टनसँग ३१ खेल सकिँदासम्म १० अङ्क मात्र छ । यदि उसले अबको सात खेलसम्म कुनै अङ्क बटुल्न सकेन भने प्रिमियर लिगको इतिहासमा सबैभन्दा कम अङ्कमा समेटिने क्लबको रूपमा दर्ज हुनेछ । हालसम्म यो रेकर्ड डर्वी काउन्टीको नाममा छ । उसले २००८(०९ सिजनमा एक जितमात्र निकालेर ११ अङ्कमा सीमित भएको थियो ।

    यो बाहेक साउथह्याम्पटनलाई अर्को खराब रेकर्डले पनि नछाड्न सक्छ । एकै सिजन सबैभन्दा धेरै हारको रेकर्ड बनाउने सम्भावना पनि उसको लागि हुन सक्छ । हालसम्म २५ खेलमा पराजित भैसकेको साउथको लागि बाकी सबै खेलमा पराजित भएमा ३२ खेलमा पराजितको सङ्ख्या पुग्ने छ । यो डर्वी काउन्टीको २९ हारको नतिजा भन्दा धेरै हुनसक्छ ।

  • नेपाल १ रनले पराजित, एक खेलअगावै अफगानिस्तानले जित्यो युथ ओडीआई सिरिज

    नेपाल १ रनले पराजित, एक खेलअगावै अफगानिस्तानले जित्यो युथ ओडीआई सिरिज

    काठमाडौं । नेपालले ३ खेलको युथ ओडीआई सिरिज अफगानिस्तानलाई सुम्पेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा एक रनले पराजित भएसँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको हो । पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको थियो ।

    दोस्रो खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो । नेपाललाई जितका लागि ३ बलमा ३ रन आवश्यक थियो । एक विकेट हातमा थियो । अन्तिम बल नो-बल भए पनि दर्श सोनार रनआउट हुँदा एक रनको नमीठो हार व्यहोर्नुपर्‍यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए ।

    नेपालका लागि ओपनर साहिल पटेलले ६४, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ रन र कप्तान नरेन भट्टलृ १३ रन बनाए ।

    बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २-२ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १६८ रनमा समेटिएको थियो । अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाएका थिए ।

    बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।

  • नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

    नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

    काठमाडौं । नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।

    अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे । साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए । उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए । नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए ।

    नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिए । साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए ।

    यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो । दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ । आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन् ।

  • भलिबलको साख फर्काउने चाहनामा कप्तान अरुणा, खोलिन् एकेडेमी

    भलिबलको साख फर्काउने चाहनामा कप्तान अरुणा, खोलिन् एकेडेमी

    पोखरा । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेकी छन् ।

    सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ । एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ ।

    एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताइन् ।

    प्रतियोगिता संयोजकसमेत रहेकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताइन् । उनले भनिन्, ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा छात्रवृत्तिसँगै निःशुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।’ एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउने जनाएको छ ।

    विशेषगरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखरा र गण्डकीको त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो’ शाहीले भने ।

    प्रतियोगितामा पुरुषतर्फको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले रु पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले रु तीन हजार प्राप्त गर्नेछन् ।

    विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान रु दुई हजार र महिलातर्फ समान रु एक हजार ५०० प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क रु छ हजार ५०० र महिलातर्फ रु तीन हजार ५०० तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।

    हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।

  • अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । अफगानिस्तानसँगको दोस्रो यूथ ओडिआईमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    मुलपानी क्रिकेट मैदानमा नेपाल यू-१९ टोलीविरुद्ध अफगानिस्तान यू-१९ टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    यसअघि गत बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको हो ।

    यो खेल अफगानिस्तानले जितेमा एक खेल अगावै ३ खेलको सिरिज आफ्नो पक्षमा पार्नेछ ।

  • रियललाई झड्का, बार्सिलोना बराबरीमा

    रियललाई झड्का, बार्सिलोना बराबरीमा

    हेटौँडा । स्पेनिस ला-लिगाको दौडमा रहेको रियल म्याड्रिडलाई भ्यालेन्सीयाले स्तब्ध बनाइदिएको छ ।

    शनिवार रातीको खेलमा रियललाई २-१ गोलले पराजित गर्दै भ्यालेन्सियाले इतिहास रचेपछि रियलको उपाधि अभियानमा धक्का लागेको हो ।

    खेलको १५ औँ मिनेटमा भ्यालेन्सियाका माउक्तार डियाखाबीले गोल गर्दै टीमलाई पहिलो अग्रता दिलाएका थिए ।

    पहिलो हाफ १-० ले अघि रहेको रियलले दोस्रो हाफको ५० औँ मिनेटमा भिनियस जुनियरको गोल मार्फत रियललाई बराबरीमा फर्काए ।

    तर खेलको इन्ज्युरी समयको पाँचौँ मिनेटमा राफा मिरले दिएको उत्कृष्ट क्रसमा डुरोले गोल गरेपछी भ्यालेन्सियाले महत्त्वपूर्ण जित निकालेको हो ।

    यो हारपछि रियलले बार्सिलोनासँग अङ्क बराबर बनाउने आफ्नो उद्देश्य पूरा गर्न सफल भएन ।

    गएराति नै भएको अर्को खेलमा लिग लिडर बार्सिलोना पनि रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ । यो बराबरीले बार्सालाई पनि उपाधि अभियानमा घाटा लागेको छ ।

    शनिवार रातिको खेलपछि ३० खेलबाट ६७ अङ्क सहित बार्सिलोना पहिलो स्थानमा रहँदा समान खेलबाट ६३ अङ्क सहित रियल दोस्रो स्थानमा छ ।

  • पीएसजी फ्रेन्च लिग च्याम्पियन

    पीएसजी फ्रेन्च लिग च्याम्पियन

    हेटौँडा । फ्रेन्च लिग वानको उपाधि ६ खेल अघि नै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले जितेको छ ।

    डिजायर डुएले एक मात्र गोल गर्दै पीएसजीलाई शनिवार एन्जेर्स १-० ले जिताएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ।

    लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पियन बन्नका लागि १ अंक मात्र आवश्यक थियो। तर उसले तीन अङ्कनै प्राप्त गर्न सफल भएपछि उपाधि जितेको हो ।

    यसअघि सन् २०१६ मा पीएसजीले ८ खेल बाँकी छँदै लिग वानको उपाधि जितेको थियो । लियोनले २००७ मा ६ खेल बाँकी छँदै सो उपलब्धि हासिल गरेको थियो।

    उपाधि जितेसँगै पीएसजीले आफ्नो उपाधि सङ्ख्या १३ पुर्‍याएको छ । पछिल्लो १३ सिजनमा ११ वटा उपाधि जित्दै उसले फ्रेन्च लिगमा आफ्नो दबदबालाई जारी राखेको छ ।

  • चैत २९ देखि प्रथम एलिट भलिबल कप, बचत रकमले महिला खेलाडी उत्पादन गर्ने

    चैत २९ देखि प्रथम एलिट भलिबल कप, बचत रकमले महिला खेलाडी उत्पादन गर्ने

    पोखरा । कास्कीको पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

    एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । पोखरा–३ नदीपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् ।

    प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् ।

    ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निःशुल्क प्रशिक्षण गराउनेछौं । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ’, उनले भनिन् ।

    एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउनेछ ।

    प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५०० र महिलातर्फ ३ हजार ५०० तोकिएको छ ।

    दुवैतर्फ टीममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।

    हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । टीम दर्ता गर्न चैत २७ गतेसम्मको समय दिइएको छ । खेल हेर्न प्यारापिट बनाइएको छ, जसको क्षमता १ हजार २०० देखि १ हजार ५०० सम्मको रहेको रोकाले बताए ।

    कप्तान शाहीसहित ३ जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरुले महिला खेलाडीहरुलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् । विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् ।

    उनी भन्छिन्, ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखराको, त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो ।’

  • हङकङमा हुने टी–२० आई सिरिज खेल्ने नेपाली टोलीको घोषणा

    हङकङमा हुने टी–२० आई सिरिज खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । हङकङमा हुने चारदेशीय टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

    टोलीमा नन्दन यादवसहित शाहव आलम र रिजन ढकालले स्थान बनाएका छन् । सन्दीप लामिछाने, अनिलकुमार शाह, आरिफ शेख जस्ता खेलाडीले यो सिरिज गुमाउनेछन् ।

    नेपालले अप्रिल ९ देखि हङकङमा चारदेशीय टी–२०आई सिरिज खेल्नेछ । पहिलो खेल अप्रिल ९ मा कतार, अप्रिल १० मा कुवेत र अप्रिल १२ मा हङकङसँग खेल्नेछ । अप्रिल १३ मा फाइनल हुनेछ ।

    नेपाली टोली
    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहव आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झा

  • पहिलो नम्बरको लिभरपुललाई थप अग्रता

    पहिलो नम्बरको लिभरपुललाई थप अग्रता

    हेटौँडा । इङ्लिस प्रिमियर लिग ९इपिएल०को लिग लिडर लिभरपुलले उपाधि अभियानलाई थप सहज बनाउँदै पहिलो स्थानको अग्रतालाई थप मजबुत बनाएको छ ।

    बुधवार राती भएको खेलमा एभर्टनलाई १-० गोलले पराजित गर्दै लिभरपुलले यो सिजनको लिग जित्ने अभियानलाई थप बलियो बनाएको छ ।

    घरेलु मैदान एनफिल्डमा निकै आक्रामक प्रस्तुत भए पनि लिभरपुलले जोटाको एक गोल मार्फत जित हासिल गर्दै दोस्रो स्थानको आर्सनल भन्दा १२ अङ्कको अग्रता कायम गरेको छ ।

    ३० औँ चरणको खेल सकिदा १२ अङ्कको अग्रता कायम गरेको लिभरपुललाई अब बाँकी रहेको ८ खेल मध्य कम्तीमा ४ खेलमा जित हासिल गर्न सके च्याम्पियन बन्ने ढोका खुल्नेछ ।

    तेस्रो स्थानको नटिङ्घम भन्दा लिभरपुल १६ अङ्कले अगाडि छ । गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले चौथो स्थान कब्जा गरेको छ ।

    उपाधि होडबाट करिब बाहिरिइसकेको सिटीले आगामी सिजन कम्तीमा च्याम्पियन्स लिग खेल्नको लागि बाकी हरेक खेलमा अङ्क बटुल्नुपर्ने बाध्यताबिच गएरातिको खेलमा सफलता प्राप्त गरेको हो ।

  • मधेश प्रदेश क्रिकेट संघले सेन्ट्रल कन्ट्र्याक्टमा राख्यो १० खेलाडी

    मधेश प्रदेश क्रिकेट संघले सेन्ट्रल कन्ट्र्याक्टमा राख्यो १० खेलाडी

    काठमाडौं । मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट खेल्ने १० खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको छ । प्रदेशबाट खेलिरहेका र नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्र्याक्टमा नरहेका २ महिलासहित १० खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको हो ।

    सम्झौताअनुसार संघले खेलाडीलाई जनही वार्षिक एक लाख २० हजार उपलब्ध गराउनेछ । मधेशका पूर्वकप्तान हरिशंकर साहसहित पवन सरार्फ, अभिषेक तिवारी, रोशन विक, अरनिको यादव, विशाल पटेल, प्रदीप पाशवान र रञ्जितकुमार सेन्ट्रल कन्ट्र्याक्ट जोडिएका छन् ।

    महिलातर्फ रोजी कडारी र अलिशा यादवलाई संघले सेन्ट्रल कन्ट्र्याक्टमा राखेको हो ।

    खेलाडीको आवश्यकताअनुसार केही सहयोग मिलोस् भन्ने उद्देश्यले पहिलो चरणमा १० खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखिएको मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

    क्यानबाट आउने र स्पोन्सरशिपलाई बचाएर खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखिएको उनले बताए ।

  • भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

    भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

    रुपन्देही । आगामी हप्तादेखि हङकङमा हुने चार देशीय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टीमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण भएको हो ।

    बन्द प्रशिक्षणमा पौडेलसहित, कुशल भूर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम र विवेक यादव छन् ।

    बन्द प्रशिक्षणमा आएका खेलाडीहरुलाई रुपन्देही क्रिकेट संघले बुधबार स्वागतसहित आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे ।

    उनले राष्ट्रको सिर उचो गराउने गरी खेल खेल्न शुभकामना दिए । बन्द प्रशिक्षणमा रहँदा मिहिनत गर्न उनले आग्रह गरे । ‘तपाईंहरु राष्ट्रका गहना हो’, उनले भने, ‘त्यसैले तपाईंहरुले सफलता पाउँदा होस् वा नपाउँदा होस् सबै नेपालीहरु साथमा छन् । यसपटक सफलता हात पर्नेमा हामी विश्वस्त छौं ।’

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगती गर्व गर्न लायक रहेको जनाए । उनले राष्ट्रभक्ती र राष्ट्रियतालाई आत्साथ गरेर क्रिकेट खेल्न आग्रह गरे । ‘तपाईंहरु मैदानमा खेलिरहँदा हाम्रो छाती गर्वले फुलिन्छ, छाती ढुकढुक हुन्छ, हाम्रा खेलाडीले जिते हुन्थ्यो भन्ने हुन्छ’, उनले भने, ‘त्यसैले सधै मिहिनत गर्नुस्, राष्ट्रप्रेम यहाँहरुलाई थाहा छ, क्रिकेटको महत्व बुझ्नु भएकै छ ।’ उनले हङकङको सिरिज जितेर आउन शुभकामना दिए ।

    प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यसपटक नेपाल ल्याउने लक्ष्य रहेको जनाए । उनले टिम एकजुट भएर सबै नेपाललाई एकै ठाउँमा बाँधी खुशी तुल्याउने गरी खेलाडीहरुले खेल प्रदर्शन गर्ने विश्वास जनाए । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिमले एकजुट भएर राम्रो प्रदर्शन गरी सिरिज जित्ने लक्ष्य राखेको बताए ।

    उनले भर्खरै प्रधानमन्त्री कप सम्पन्न भएकाले त्यसबाट धेरै खेलाडीहरुको अभ्याससमेत भएकाले जति सक्दो राम्रो गर्ने आफूहरुको लक्ष्य रहेको जनाए । नेपाल क्रिकेट संघ (क्यान) छनोटमा परेका २० जना खेलाडीहरु बन्द प्रशिक्षणमा सहभाी छन् । हङकङमा हुने चारदेशीय सिरिजपछि नेपाटी टिम आगामी जुनमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।

     

  • नयाँ क्रिकेट प्रशिक्षक कहिले आइपुग्छन् नेपाल ? हङकङ टुरमा उपलब्ध नहुने

    नयाँ क्रिकेट प्रशिक्षक कहिले आइपुग्छन् नेपाल ? हङकङ टुरमा उपलब्ध नहुने

    काठमाडौं । नेपाली राष्ट्रिय टिमका नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुग्न केही दिन लाग्ने भएको छ । आउँदो ९ अप्रिलबाट हङकङमा सुरु हुने चार देश सम्मिलित शृङ्खलामा उनी उपलब्ध हुने छैनन् ।

    नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले नयाँ प्रशिक्षकलाई नेपाल ल्याउनका निम्ति आवश्यक प्रक्रियाहरू भइरहेको बताए । ‘मन्त्रालयबाट लिनुपर्ने श्रम स्वीकृति, खेलकुद परिषदबाट लिनुपर्ने क्लीयरेन्सका कामहरू भइरहेका छन् । त्यसपछि उहाँ आउनुहुन्छ,’ उनले भने ।

    क्यान स्रोतका अनुसार अप्रिलको दोस्रो साता नयाँ प्रशिक्षक नेपाल आउन सक्ने सम्भावना रहेको छ । उनले अब लिग २ का लागि नेपाली टिमलाई तयार पार्नेछन् ।

    प्रशिक्षक ललाई गत शुक्रवार भैरहवामा बसेको क्यानको कार्यसमिति बैठकले ५६ वर्षीय ललाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो पदका लागि ७० जना विदेशी प्रशिक्षकले आवेदन दिएकोमा १० जना सर्टलिस्टमा परेका थिए । उनीहरूको अन्तरवार्तापश्चात् स्टुअर्ट ल छनोटमा परेका हुन् । क्यान स्रोतका अनुसार लले भर्चुअल माध्यमबाट अन्तरवार्ता दिएका थिए ।

    ललाई यही अप्रिलबाट लागू हुने गरी दुई वर्षका लागि क्यानले प्रमुख प्रशिक्षक बनाएको हो । उनले प्राप्त गर्ने सेवा सुविधाको विषयमा क्यानले जानकारी दिएको छैन । ल अष्ट्रेलियाका पूर्वराष्ट्रिय खेलाडी हुन् ।

  • इपिएल : आर्सनल, नटिङ्घम र उल्भ्सको जित

    इपिएल : आर्सनल, नटिङ्घम र उल्भ्सको जित

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा दोस्रो स्थानको आर्सनल तथा तेस्रो स्थानको नटिङ्घम फरेस्टले जित निकलेका छन् ।

    मङ्गलवार राती भएको खेलमा आर्सनलले फुलहमलाई २-१ गोलले पराजित गर्दै पहिलो स्थानको लिभरपुलसँग आफ्नो अङ्क दूरी ९ अङ्कमा झारेको छ ।

    खेलको ३७ औँ मिनेटमा मिकेल मेरिनोले खेलको ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

    पहिलो हाफ १-० ले अघि रहेको आर्सनलले दोस्रो गोल खेलको ७३ औँ मिनेटमा बुकायो साका मार्फत गरेको थियो ।

    खेलमा फुलहमको लागि एक मात्र गोल मुनिजले खेलको इन्ज्युरी समयमा गरे ।

    गएरातिनै भएको अर्को खेलमा तेस्रो स्थानको नटिङ्घमले १३ औँ स्थानको म्यान्चेस्टर युनाईटेडलाई १-० ले पराजित गर्दै तेस्रो स्थानलाई थप मजबुत बनाएको छ भने दोस्रो स्थानको आर्सनलसँगको अङ्कदूरी घटाएको छ ।

    गएराति नै भएको अर्को खेलमा रेलिगेसन दबाबमा रहेको उल्भ्सले वेस्टह्याम्पलाई पराजित गर्दै उ भन्दा तल रहेका तीन टिममाथि दबाब बढाएको छ ।

  • स्टारहरुलाई पछि पार्दै चम्केका युवा ब्याटर

    स्टारहरुलाई पछि पार्दै चम्केका युवा ब्याटर

    काठमाडौं । गत साता लुम्बिनी प्रदेशका तीन मैदानमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले आफ्नो दबदबा कायम राख्यो ।

    उपाधि पुलिसले जित्दा केही ‘डोमेष्टिक’, युवा खेलाडीले नियमित राष्ट्रिय टोलीबाट खेलिरहेका ‘स्टार’ खेलाडीलाई पछि पारे । प्रतियोगितामा अनुभवी खेलाडी चल्न नसक्दा युवा ब्याटरको दबदबा रह्यो ।

    ब्याटिङतर्फ सर्वाधिक रन बनाउने शीर्ष ५ मा रहेकामध्ये दुई जनाले मात्रै राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका छन् । शीर्ष ५ मा गण्डकी प्रदेशका अर्जुन कुमाल, आर्मीका तिर्थ दास, बागमतीका इशान पाण्डे, आर्मीका बसिर अहमद र सुदूरपश्चिमका किरणकुमार थगुन्ना छन् ।

    यीमध्ये इशान र बसिरसँग मात्रै सिनियर टोलीबाट खेलेको अनुभव छ । २७ वर्षीय इशानले सन् २०१९ को सेप्टेम्बरमा जिम्बाब्बेविरुद्ध डेब्यु गरेका थिए । २०१९ कै अक्टोबरमा उनले ओमनविरुद्ध पछिल्लोपटक टी–२०आई खेलेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका छैनन् ।

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले राष्ट्रिय टोलीबाट खेलेका छैनन् । भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा इशानले ३६३ रन बनाए ।

    उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् । उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका हुन् । इशान पछिल्लो समय घरेलु क्रिकेटमा जम्न सफल भएका छन् ।

    २१ वर्षीय बसिर सन् २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै ओडीआई र टी–२०आईमा डेब्यु गरेका थिए । तर, त्यसपछि भने उनले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका छन् । बसिरले पिएम कपमा ३३८ रन बनाए । सो क्रममा उनले ३ अर्धशतक प्रहार गरे ।

    लुम्बिनी, कोशी र पुलिसविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । फाइनलमा पुलिसविरुद्ध अविजित ८६ रन बनाएपछि आर्मीलाई जित भने दिलाउन सकेनन् । बलिङमा पनि उनले औसत प्रदर्शन गर्दै आएका छन् । उनले बलिङतर्फ ६ विकेट लिए ।

    टोली पछाडीबाट दोस्रो स्थानमा रहे पनि गण्डकीका ओपनर अर्जुन भने प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याटर बने । १९ वर्षीय युवा ब्याटर अर्जुनले प्रतियोगिताका ९ खेलमा ३७४ रन प्रहार गरे । उनले एक शतक र दुई अर्धशतक पनि प्रहार गरे ।

    टोलीका लागी ‘वान म्यान आर्मी’ को रुपमा अन्तिमसम्म लडिरहे । उनले यु–१९ टोलीबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् । बलिङतर्फ उनले ५ विकेट लिए । सुदुरपश्चिम र लुम्बिनीविरुद्ध अर्धशतक र मधेशविरुद्ध उनले शतक प्रहार गरे ।

    सर्वाधिक रन बनाउनेको सूचीमा विभागीय टोली आर्मीका २२ वर्षीय युवा ब्याटर तिर्थ छन् । उनले एक शतक एक अर्धशतकसहित ३६५ रन बनाए । उनले आर्मी उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेले । यु–१९ टोलीबाट प्रतियोगिता गरेका उनले कोशी प्रदेशविरुद्ध शतक र कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

    प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने सूचीको पाँचौं नम्बरमा छन् सुदूरपश्चिमका युवा ब्याटर किरण थगुन्ना । ९ खेलबाट ३३७ रन बनाएका किरण प्रतियोगितामा दुई शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन् । उनले कोशी र गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।

     

  • तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

    तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

    काठमाडौं । तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो ।

    गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले सोमबार यसको नतिजा घोषणा गरेको हो । सो–सम्बन्धी प्रमाणपत्र यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।

    ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त गरिसकेपछि ८ डानको लागि ७ वर्ष, ९ डानको लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्नेसमेत उनले जनाए ।

    यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । दुई दशकअघिदेखि गुरुङसँग परिचित रहेको बताउने उनले यसले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उचो बनाएको बताए । यो उपाधि प्राप्त गर्ने व्यक्तिलाई संसारभर अत्यन्तै सम्मानजनक रूपमा ग्राण्डमास्टरका नामले सम्बोधन गरिन्छ ।

    नेप्लिज तेक्वान्दो महासंघका अध्यक्ष दीपक खड्काले समेत तुलसी गुरुङबाहेक अरू कसैले ९ डान प्राप्त गरेको जानकारी नभएको बताए । ४०र४५ वर्ष निरन्तर तेक्वान्दोमै क्रियाशील रहेर शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्ने भएकाले पनि यो प्राप्त गर्नु अत्यन्तै कठिन रहेको उनको भनाइ थियो ।

    १७ वर्षको उमेरदेखि तेक्वान्दोमा सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न सफल भएकोमा खुसी व्यक्त गरे । ६३ वर्षका उनी हङकङमा बसोबासरत छन् । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत रहिसकेका छन् । हङकङको खेलकुद इतिहासमा यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन् ।

    सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाएका थिए । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा भिड्ने अवसर जुरेको थियो । सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्याण्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए । त्यसो त नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन् ।

    २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आर्ट्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए । सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ दर्ता गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।

  • ला-लिगा : बार्सिलोनाको सानदार जित

    ला-लिगा : बार्सिलोनाको सानदार जित

    हेटौँडा । स्पेनिस ला-लिगामा लिग लिडर बार्सिलोनाले सानदार जित दर्ता गरेको छ ।

    आइतबार राती भएको खेलमा गिरोना विरुद्ध ४-१ को जित निकाल्दै बार्सिलोनाले पहिलो स्थानलाई थप मजबुत बनायो ।

    बार्साको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा फेरान टोरेसले एक गोल गरे । उसले एक गोल भने उपहारस्वरूप लादिस्लाभ मार्फत गिरोनाबाट पाएको थियो ।

    जितपछि बार्सिलोनाको २९ खेलबाट ६६ अङ्क पुगेको छ । दोस्रो स्थानको रियलको भने ६३ अङ्क छ ।

    गएराति नै भएको अर्को खेलमा रियल बेटिसले सेभील्लालाई २-१ ले पराजित गरेको छ भने भ्यालेन्सियाले मालार्कोलाई १-० ले पराजित गरेको छ ।

    गएराति कै अर्को खेलमा ओसिआना र एथलेटिक क्लब बिल्बाओ गोलरहित बराबरीमा रोकिए ।

  • एनसेल एनएसएल सिजन ३ सुरु

    एनसेल एनएसएल सिजन ३ सुरु

    काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ भव्य उद्घाटन समारोहका साथ शनिबारबाट शुरु भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

    खेल शुरु हुनु भन्दा पहिला हाल एकमदै चर्चामा रहेका गायक थापाले आफ्नो सांगितीक प्रस्तुती राख्दै दशरथ रंगशालामा उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

    शनिबार भएकाे खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी दुवैले २–२ गोल गरेका थिए । यो खेलको ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ काठमाडौं रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन् । यो सिजन भरी खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले रु ३०,००० नगद पुरस्कार र रु ५,००० हजारको रिचार्ज भौचर प्रदान पनि गर्दछ ।

    आज (आइतबार)को खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका रहेको छ ।

    एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधी जित्नको लागि कडा प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता फुटबल प्रेमीहरूका लागि उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ ।

    हालै मात्र एनसेलले ललितपुर सिटी एफसीसँग सहकार्य गर्दै ‘पावर्ड बाई’ प्रायोजकको रुपमा सम्झौता पनि गरेको थियो । खेलकुद तथा युवा प्रतिभाको विकासमा एनसेल सधैं प्रतिवद्ध रहँदै आएको छ । एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।

    ‘हाम्रा सहकार्यहरुले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । आफ्नो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रही हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौं र देशलाई गर्व गराउने अवसरहरुको सिर्जना गर्न चाहन्छौं । सबैको प्रिय खेल भएकोले यसको विकासका लागि सहकार्य गर्न पाएकोमा धेरै खुसी छौं । यो सिजनमा अझै उत्साह थप्न र रोमाञ्चक बनाउन हामी केही दिनमा नै ग्राहकका लागि विषेश अफर पनि ल्याउने तयारीमा रहेका छौं,’एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

    यो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । यो सिजन अवधिभर कुल ३४ खेलहरु खेलिने छन् र वैशाख १३ मा फाइनल खेलसहित यो सिजनको समापन हुनेछ ।

    एनएसएलसँगको एनसेलको सहकार्य नेपाली खेल प्रतिभाको प्रवद्र्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन् ।

  • एफए कप: फुलह्यामलाई पराजित गर्दै क्रिस्टल प्यालेस सेमिफाइनलमा

    एफए कप: फुलह्यामलाई पराजित गर्दै क्रिस्टल प्यालेस सेमिफाइनलमा

    हेटौंडा । लन्डन प्रतिस्पर्धी फुलह्यामलाई पराजित गर्दै क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनल प्रवेश गरेको छ । बेम्बली रंगशालामा भएको प्रतिस्पर्धामा ३-० को नतिजा आफ्नो पक्षमा पार्दै प्यालेसले सेमिफाइनलमा स्थान बनाएको हो ।

    खेलमा प्यालेसको तर्फबाट ३४औं मिनेटमा इबरेची एजेले गोल गर्दै टीमलाई पहिलो अग्रता दिलाए । त्यसको ४ मिनेटपछि नै इस्माइला सारले गोल गरेपछि पहिलो हाफमा प्यालेस २-० गोलको अग्रता लिन सफल भयो ।

    खेलमा फुलह्यामले फर्कन केही उत्कृष्ट प्रहार गरे पनि त्यो सफल हुन सकेन ।

    यसैबीच सब्सिच्युटको रुपमा आएका एडी एनकेटियाले सुन्दर गोल गर्दै प्यालेसलाई सेमिफाइनलको स्थान सुरक्षित गरिदिए । चार वर्षको अन्तरालमा प्यालेस दोस्रो पटक सेमिफाइनल पुग्न सफल भएको छ ।

  • क्यानले बन्द प्रशिक्षणमा बेलायो २० खेलाडी, छुटे सन्दीप र अनिल

    क्यानले बन्द प्रशिक्षणमा बेलायो २० खेलाडी, छुटे सन्दीप र अनिल

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देशीय टी-२०आई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोलीलाई क्यानले बन्द प्रशिक्षणमा बोलाएको हो ।

    प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट सकिएसँगै क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

    टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने र अनिलकुमार साह समेटिएका छैनन् । दुवै इन्जुरीबाट रिकभर हुने क्रममा रहेकाले टोली बाहिर राखिएको बुझिएको छ ।

    नेपालले चैत २७ गतेदेखि हङकङमा चार देशीय सिरिज खेल्दैछ । सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहनेछन् ।

    बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

    रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव ।

  • सशस्त्रलाई हराउँदै चर्च ब्वाइजले जित्यो तिलोत्तमा गोल्डकप

    सशस्त्रलाई हराउँदै चर्च ब्वाइजले जित्यो तिलोत्तमा गोल्डकप

    रुपन्देही । रुपन्देहीमा भएको तिलोत्तमा गोल्डकपको २३औं संस्करणको उपाधि चर्च ब्वाइज क्लब काठमाडौंले जितेको छ । शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको विभागीय टीम एपीएफलाई २-० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि उचालेको हो ।

    यो जितसँगै तिलोत्तमा गोल्डकपले नयाँ विजेता पाएको छ । यस सिजनमा बुढासुब्बा, झापा गोल्डकपलगायत मुख्य प्रतियोगिता जितिसकेको चर्च ब्वाइजले आफ्नो खातामा पाँचौं उपाधि उचालेको छ ।

    खेलको पहिलो हाफको २०औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । चर्चका रिचर्ड विल्सनले सो गोल गरेका थिए । विल्सन राज भुसालको कर्नरलाई हेडिङमार्फत गोल गर्न सफल भएका थिए ।

    पहिलो हाफ १-० मा सकिएकोमा दोस्रो हाफमा चर्चले गोल दोब्बर बनायो । दोस्रो हाफको १८औं मिनेटमा राज भुसालले गरेको गोल टीमलाई उपाधि जिताउन पर्याप्त भयो ।

    विजेता चर्च ब्वाइजले उपाधिसहित नगद १२ लाख १२ हजार २२२ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पाएको छ ।

    फाइनल खेलको म्यान अफ दि म्याच चर्चका राज भुसाल घोषित हुँदै नगद ११ हजार हात पारेका छन् । विधागततर्फ उत्कृष्ट गोलकिपर चर्च ब्वाइजकै विशाल चौधरी, बेस्ट डिफेन्डर एपीएफका मानबहादुर राना, बेस्ट मिडफिल्डर एपीएफकै सामुयल सुनार, बेस्ट स्ट«ाइकर चर्च ब्वाइजका रिचर्ड विलसन र बेस्ट कोच चर्च ब्वाइजकै आशषिक थापा मगर भएका छन् । उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी हात पारेका छन् ।

    सर्वश्रेष्ठ खेलाडी चर्च ब्वाइजका अमन लामा

    प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चर्च ब्वाइजका अमन लामा भएका छन् । उनले एक थान स्कुटर जिते । उत्कृष्ट खेलाडीहरु तथा विजेता तथा उपविजेता टीमलाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्यसचिव तिरण गौतम, एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, यशोदा फुड्स प्रालिका डाइरेक्टर नितेश मालपानी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनलगायतले पुरस्कार वितरण गरेका थिए ।

    तिलोत्तमा गोल्डकपको २३ औं संस्करण सम्पन्न हुँदासम्म १६ वटा टीमले यसको उपाधि उचालेका छन् । जसमा ३ विदेशी टीम भारतको बम्बई फर्टिलाइजर मुम्बई र महिन्द्रा एन्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसीले जितेका छन् । बाँकी १३ वटा नेपाली क्लबले जितेका छन् ।

    चैत ९ गते सुरु भएको प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई भारतीय टीम एडोर्न गडवाल स्पोर्टिङ क्लब र जर्जियन एफसीको सहभागिता रहेको थियो ।

    बुटवल उपमहानगरपालिका संरक्षक तथा रुपन्देही फुटबल संघको आयोजनामा भएको प्रतियोगितालाई यशोदा फुड्स प्रालि र त्रिमूर्ति इन्डष्ट्रिज प्रालिले मुख्य प्रायोजन गरेका थिए ।

  • ब्राजिलका प्रशिक्षक डोरिभल जुनियर बर्खास्त

    ब्राजिलका प्रशिक्षक डोरिभल जुनियर बर्खास्त

    हेटौंडा । ब्राजिलका राष्ट्रिय फुटबल प्रशिक्षक डोरिभल जुनियर बर्खास्तीमा परेका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग ४-१ ले पराजित भएपछि ब्राजिलले प्रशिक्षक जुनियरलाई बर्खास्त गरेको हो ।

    फिफा विश्वकप छनोटमा ब्राजिलको प्रदर्शन उत्साहजनक नदेखिएपछि जुनियरलाई बर्खास्त गरिएको ब्राजिल फुटबल फेडेरेसनले जनाएको छ । ६२ वर्षीय जुनियर सन् २०२४ जनवरीदेखि राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए ।

    प्रशिक्षक जुनियरले आफ्नो प्रशिक्षणकालको १६ खेलमध्ये सात जित, ६ बराबरी र तीनमा हार व्यहोरे । ब्राजिलले छनोटका १४ मध्ये ५ खेल हारेपछि ब्राजिल दक्षिण अमेरिकी समूहमा चौथो स्थानमा छ ।

    बर्खास्तीपछि फेडेरेसनले नयाँ प्रशिक्षकको खोजी सुरु भैसकेको जनाएको छ ।

  • प्रधानमन्त्री कप क्रिकेटः नेपाल पुलिसले जित्यो उपाधि

    प्रधानमन्त्री कप क्रिकेटः नेपाल पुलिसले जित्यो उपाधि

    रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

    जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कुल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलीपनाथले अविजित ३१ रन बनाए ।

    आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए ।

    त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसिर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए ।

    उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

    आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए । सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशी तथा गुलशन झाले समान एकरएक विकेट लिए ।

    प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यस पटक ४६ वटा खेल खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो ।

    प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीले सहभागिता जनाएका थिए ।

  • तिलोत्तमा गोल्ड कप फाइनलः एपीएफविरुद्ध विदेशी खेलाडीको साथमा चर्च ब्याइज मैदानमा

    तिलोत्तमा गोल्ड कप फाइनलः एपीएफविरुद्ध विदेशी खेलाडीको साथमा चर्च ब्याइज मैदानमा

    रुपन्देही । मोफसलमा धेरै पुरस्कार राशी रहेको २३ औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि फाइनलमा पुगेको विभागीय टीम एपिएफविरुद्ध विदेशी खेलाडीको साथमा चर्च ब्याइज आज भिड्दै छन् ।

    यो उपाधिका लागि दुवै टीम नयाँ हुन् । आज दिउँसो ३ वजे एन्फा एकेडेमीको मैदानमा यो खेल हुँदैछ । उपाधिका लागि फाइनलमा पुगेका चर्च ब्याईज युनाइटेड र विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधिका लागि आआफ्नै रणनीति बनाएका छन् ।

    चर्च र एपीएफ दुबै इतिहास रच्ने दाउमा छन् । फाइनल अगाडि एन्फा खेल मैदानमा भएको प्रिम्याच कन्फ्रेन्समा दुबै टीमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने गरी मैदानमा उत्रने बताएका छन् । २३ औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेका दुबै टीम पहिलो पटक प्रतियोगितामा सहभागी हुँदै उपाधि नजिक पुगेका हुन् ।

    प्रिम्याच कन्फ्रेन्समा एपीएफका प्रशिक्षक टोपबहादुर बिष्टले फाइनलका लागि तयार रहेको बताउँदै ट्रफी जितेर इतिहास बनाउने लक्ष्यसहित मैदानमा उत्रने बताउँछन् । उनी भन्छन्–‘हामी लयमा छौं । हामीसँग सेट टीम छ आत्मविश्वास भएकाले उपाधि जित्नेमा ढुक्क छौं ।’

    एपीएफ क्याटेन हरि कार्कीले लामो समयदेखि एउटै खेलाडी एउटै टीममा रहेर खेलेको हुँदा तालमेलमा सहजता हुनेछ र जितका लागि मैदानमा भिड्ने बताएका छन् । कार्कीले आफूहरूमा उपाधि जित्ने विश्वास रहेको र यस्का लागि शारीरिक र मानसिक रूपमा तयारसमेत रहेको बताए ।

    चर्चका प्रशिक्षक आसिक थापामगरले पछिल्लो समय बलियो टीमका रुपमा रहेको आफ्नो टिम रहेको हुँदा त्यो साखलाई जोगाउने आफ्नो लक्ष्य भएको बताए । उनले भने,’फाइनल खेल हो । जित दुबै टीमको लक्ष्य हुन्छ हामी जित्नेगरी नै खेल्छौं ।’ चर्च ब्याईजका क्याप्टेन फाकुने एबायोमीले भने,’पक्कै पनि प्रतिपक्ष टीम बलियो र सेट टीम छ तर हामी उपाधि जित्न चाहन्छौं । फाइनल खेल भएका कारण च्यालेन्ज छ ।’

    प्रतियोगिताको फाइनलमा पुगेको एपीएफले आफ्नो पहिलो खेल आयोजक रुपन्देही ११ संग खेलेको थियो, जसमा रुपन्देहीलाई १–० गोलले हराएको थियो । एपिएफको सेमीफाइनलमा संकटा एफसीसँग भेट भएको थियो, जसमा संकटालाई पनि १–० गोल अन्तरले नै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

    यसैगरी प्रतियोगितामा पहिलो पटक सहभागी चर्च ब्याईजले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ट्राइबेकरमा पराजित गरेको थियो भने सेमीफाइनलमा मच्छिन्द्र एफसीलाई सहजै ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

    यस सिजनमा चर्च ब्याईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबका बीचमा यो दोस्रो भेट हो । सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा चर्च व्याइजले एपीएफलाई सेमीफाइनलमा पराजित गरेको थियो ।

    एपीएफ तिलोत्तमामा त्यसको बदला लिन चाहन्छ । चैत्र ९ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधि विजेता टीमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टीमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने रुपन्देही फुटवल संघका अध्यक्ष लोक पुनले बताएका छन् ।

    प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टीमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टीमको सहभागिता रहेको थियो । यो प्रतियोगिताको बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी रहेका छन् ।

  • प्रधानमन्त्री कप क्रिकेट उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै

    प्रधानमन्त्री कप क्रिकेट उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै

    रुपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज उपाधि भिडन्त हुँदैछ । उपाधि रक्षाको लागि दुई विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गर्ने होडमा छन् ।

    पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरु उपाधि प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । पुलिस साविक विजेता हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा यी दुई टीमबीच शनिबार उपाधिका लागि यो खेल हुनेछ ।

    आर्मीका कप्तान भण्डारीले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए । ‘नियमित खेलाडीले भन्दा यसपटक नयाँ खेलाडीले राम्रो रन हानेका छन्’, उनले भने, ‘यो घरेलु प्रतियोगिताले खेलाडीलाई प्लेटफर्म दिएको छ । खेलाडी उत्पादनमा टेवा पुर्याएको छ ।

    काठमाडौं बाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको बताए । उनले विगतको भन्दा यसपटक भैरहवाको मैदानको पिच राम्रो भएको जनाए । नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी रहेको उनले जनाए ।
    पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रिकृत भएर विकास भएकोमा खुशी व्यक्त गरे ।

    ‘जय ट्रफी भयो, पीएम कप यसपटक लुम्बिनी प्रदेशमा भयो’, उनले भने, ‘यस्ता धेरै खेलहरु बाहिर भएका छन् । क्रिकेटको विकास र विकेन्द्रिकृत भइरहेको छ ।’ उनले भोलि आफूले बनाएको रणनीति मैदानमा देखाउने जनाए ।

    २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ ।

    यसपटक प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टिमले ८–८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

    भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुँदैछ ।

    फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ । उपाधि रक्षाका लागि दुबै टिमले आन्तरिक रणनीति बनाएका छन् । पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् ।

  • को हुन् नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल ?

    को हुन् नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल ?

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ललाई दिएको छ ।

    प्रशिक्षक स्टुअर्टले अब आगामी २ वर्ष नेपाली टोली सम्हाल्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाले इच्छा जाहेर गरेका थिए । तर, त्यसमा सर्टलिष्ट र अन्तर्वार्ता हुँदै स्टुअर्ट छानिए ।

    ५६ वर्षीय स्टुअर्ट अष्ट्रेलियाका पूर्वक्रिकेटर हुन् । उनले सन् १९९४ देखि १९९९ सम्म अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले अष्ट्रेलियाका लागि एउटा टेष्ट र ५४ ओडिआई खेलेका थिए । उनले थुप्रै घरेलु लिग खेलेका छन् ।

    स्टुअर्टले सन् २०११ बाट श्रीलंकाको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षणको यात्रा सुरु गरेका थिए । हालसम्म उनले श्रीलंका, वेस्टइन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकामा प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।

    उनकै प्रशिक्षणमा अमेरिकाले सन् २०२४ को टी(२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर-८ यात्रा तय गरेको थियो । पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो ।

    सन् २०२४ को अक्टोबरमा भएको आइसीसी विश्वकप लिग(२ अन्तर्गत स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेपछी अमेरिकी क्रिकेट बोर्डले स्टुअर्टलाई मुख्य प्रशिक्षकको पदबाट हटाएको थियो । त्यसपछि उनी नेपाली टोलीको प्रशिक्षक बन्न आइपुगेका हुन् ।

    नेपाली टोली सम्हालेका स्टुअर्टलाई आईसीसी विश्वकप लिग-२ मा प्रदर्शन सुधार्ने जिम्मेवारी रहनेछ । लिग-२ मा १२ खेल खेलेको नेपाल पछाडीबाट दोस्रो स्थानमा छ । यस्तै विभिन्न सिरिज र टी-२० विश्वकपमा छनोट हुने चुनौती नवनियुक्त प्रशिक्षक स्टुअर्टमा हुनेछ ।

  • अष्ट्रेलियाका स्टुअर्ट ल नेपालको मुख्य प्रशिक्षक नियुक्त

    अष्ट्रेलियाका स्टुअर्ट ल नेपालको मुख्य प्रशिक्षक नियुक्त

    काठमाडौं । स्टुअर्ट ल नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

    क्यानले आगामी २ वर्षका लागि स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । भारतका मोन्टी देसाइको कार्यकाल सकिएपश्चात क्यानले गत फागुन ३ गते नयाँ प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको थियो ।

    फेब्रुअरी २८ सम्मको मिति राखेर खुलाइएको भ्याकेन्सी ७० जनाभन्दा बढीले आवेदन दिएका थिए । क्यानले उनीहरुमध्ये सर्ट लिस्टमा राखेर अन्तरवार्ता गरेपछि स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

  • प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि आमनेसामने हुँदै आर्मी र पुलिस

    प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि आमनेसामने हुँदै आर्मी र पुलिस

    रुपन्देही । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शनिबार उपाधि भिडन्त हुँदैछ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधि जित्न आमनेसामने हुँदैछन् । पुलिस साविक विजेता हो ।

    भैरहवामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरु उपाधि प्रतिस्पर्धाका लागि तयार रहेको बताए ।

    सिद्धार्थ क्रिकेट मैदानमा यी दुई टीमबीच शनिबार उपाधिका लागि स्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा भण्डारीले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

    ‘नियमित खेलाडीले भन्दा यस पटक नयाँ खेलाडीले राम्रो रन हानेका छन्’, उनले भने, ‘यो घरेलु प्रतियोगिताले खेलाडीलाई प्लेटफर्म दिएको छ । खेलाडी उत्पादनमा टेवा पुर्‍याएको छ ।’

    काठमाडौं बाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको बताउँदै उनले विगतको भन्दा यस पटक भैरहवाको मैदानको पिच राम्रो भएको जनाए ।

    नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी रहेको उनको भनाइ छ ।

    पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रीकृत भएर विकास भएकोमा खुशी व्यक्त गरे । ‘जय ट्रफी भयो, पीएम कप यस पटक लुम्बिनी प्रदेशमा भयो’, उनले भने, ‘यस्ता धेरै खेलहरु बाहिर भएका छन् । क्रिकेटको विकास र विकेन्द्रीकृत भइरहेको छ ।’

    उनले भोलि आफूले बनाएको रणनीति मैदानमा देखाउने जनाए ।

    सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुई पटक उपाधि जितेको छ । आर्मीले एक पटकमात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यस पटक त्यो बदला लिन चाहन्छ ।

    यस पटक प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टीमले ८८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भयो ।

    भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भएको हो । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुँदैछ । फागुन २५ सुरु भएको यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ ।

  • तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाइटेड फाइनलमा प्रवेश

    तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाइटेड फाइनलमा प्रवेश

    रूपन्देही । रुपन्देहीमा जारी २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

    बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा जारी प्रतियोगिता अन्तरगत विहीबार भएको दोस्रो सेमीफाइनल खेलमा मच्छिन्द्र एफसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।

    चर्च ब्याइजले अब उपाधिका लागि विभागीय टीम एपिएफ क्लबसँग शनिबार फाइनल खेल्नेछ ।देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलको पाच मिनेटमा नै मच्छिन्द्र १० खेलाडीमा सीमित भयो । मच्छिन्द्रका रोशन डोङले चर्चका अरमान बिउडोनलाई लडाए ।

    वन भर्सेज वनमा डिबक्स नजिक गोलका लागि अगाडि बढेका अरमानलाई डोङले पछाडिबाट ट्याकल गरेर लडाएपछि रोशन डोङले रातो कार्ड पाउँदै मैदान छोडे । लगत्तै पाएको फ्रिकिकलाई रिचार्डले दिशा दिन सकेनन् । खेलको ३६ औ मिनेटमा चर्च ब्याईजका अरमान बिउडोनले गोल गर्दै खाता खोले ।

    प्रवेश कुँवरको क्रसमा अरमान बिउडोनले हेडमार्फत जाली चुमाए । खेलको ४२ औँ मिनेटमा क्याप्टेन करिमा ओेमिलाजा नुरिनले चर्चका अरमान बिउडोनलाई डिबक्सभित्र लडाए । लगत्तै पाएको पेनाल्टीलाई अरमान बिउडोनले जाली चुमाए ।

    खेलको ४४ औँ मिनेटमा राज भुषालको क्रसलाई अरमानले जाली चुमाउदै आफनो ह्याट्रिक पूरा गरे । खेलको ६५ औ मिनेटमा राज भुषालको कर्नरलाई क्याप्टेन फकुने अबयोमीले डिबक्सभित्रबाट आकर्षक गोल गरे ।

    खेलको ७० औ मिनेटमा मच्छिन्द्रका फोडा फोफानालाई चर्चका अजित चौधरीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई सदुपयोग गर्न सकेनन् । फोफानाको प्रहारलाई चर्चका गोलकिपर विवस चौधरीले रोकिदिए ।

    लगत्तै दुई मिनेटको फरकमा डीबक्सभित्र पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई मच्छिन्द्रले गुमायो । लक्ष्मण रुचालको पेनाल्टी प्रहार बारमा लागेर बाहिरियो । खेलको ८९ मिनेटमा वन भर्सेज वनमा मच्छिन्द्रका एलेक्स विलियमले चर्चका गोलकिपर अजित चौधरीलाई बिट गर्दै सान्त्वना गोल गरे ।

    खेलमा चर्च ब्याईजका फकुने अबयोमी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

    उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

    यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टीमको प्रतिस्प्रर्धा गरेका थिए ।

  • प्रधानमन्त्री कप क्रिकेटः पुलिसको अपराजित यात्रामा ब्रेक, मधेशले बागमतीलाई हरायो

    प्रधानमन्त्री कप क्रिकेटः पुलिसको अपराजित यात्रामा ब्रेक, मधेशले बागमतीलाई हरायो

    रुपन्देही । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको अपराजित यात्रा त्रिभुवन आर्मी क्लबले तोडेको छ । बिहीबार रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्यो ।

    जितसँगै आर्मीको पुलिससँग समान अंक भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ ।
    पुलिस अघिल्लो संस्करणमा १० खेल जितेको थियो । भने, यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो । सन् २०२२ मा भएको पिएमको सेमिफाइनलमा आर्मीसँग २ विकेटको रोमाञ्चक हार पछि पुलिस अपराजित थियो ।

    पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा विवेककुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे । यस्तै, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२ र विनोद भण्डारीले अविजित १३ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले आर्मीका स्पिनरहरु चम्कँदा ४१।४ ओभरमा १ सय ४८ रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटिएको थियो ।

    कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए । यस्तै, आरिफ शेखले २२, गुल्शन झाले १७, सागर ढकालले १६ तथा अर्जुन साउदले १३ रन बनाए । पुलिसको ब्याटिङ धराशाही बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिएका थिए ।

    शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडि पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

    यस्तै, आर्मीका नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १–१ विकेट लिए । शनिवार हुने पिएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलबाट लिग चरणको शीर्ष र दोस्रो हुने टोली टुंगो लागेको छ ।

    जितसँगै समान अंक भए पनि आर्मी हेड टु हेडमा अघि रहेर शीर्ष स्थानमा छ । भने, पराजित पुलिस दोस्रो भएको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ ।

    यस्तै, भैरहवास्थित सिद्धार्थ क्रिके मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । मधेशको जितमा अनिलकुमार साहले ७०, रोहन विकल ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए ।

    बलिङमा बागमतीका सूर्य तामाङले २ तथा इशान पाण्डे, रिजन ढकाल, गौतम केसी र विपिन आचार्यले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाउँदै इशान पाण्डेको शतकका मद्दतमा २५९ रन बनाएको थियो ।

    इशानले ११४ रन बनाउँदा रिजन ढकाल र विवेक मगरले समान ३०–३० रन बनाए । बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिलकुमार साहले २–२ विकेट लिए । ४–४ खेल जितेर समान ८ अंक जोडेका यी दुईटीममध्ये बागमती अंक तालिकाको ४ र मधेश सातौं स्थानमा छ ।