Category: खेल प्रेस

  • कुवेतविरुद्ध बसिर अहमदको अर्धशतक पूरा

    कुवेतविरुद्ध बसिर अहमदको अर्धशतक पूरा

    काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपालका बसिर अहमदले अर्धशतक पूरा गरेका छन् । हङकङमा जारी खेलमा कुवेतविरुद्ध उनले ३० बलमा अर्धशतक पूरा गरेका हुन् ।

    हङकङमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ४ बलमा ८ विकेट गुमाएर १३७ रन बनाएको छ ।

  • यूएईविरुद्ध कप्तान नरेनको अर्धशतक पूरा

    यूएईविरुद्ध कप्तान नरेनको अर्धशतक पूरा

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत युएईविरुद्ध नेपालका कप्तान नरेन भट्टले अर्धशतक पूरा गरेका छन् । मुलपानी क्रीकेट मैदान युएईविरुद्ध नरेनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

    नेपालले ३१ ओभरमा खेल सकिदा ४ विकेट गुमाएर १३५ रन बनाएको छ ।

    मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको छ ।

  • टी-२०आई सिरिज फाइनल : नेपालको खराब ब्याटिङ

    टी-२०आई सिरिज फाइनल : नेपालको खराब ब्याटिङ

    काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

    हङकङमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा २९ रन जोड्दा महत्त्वपूर्ण ४ विकेट गुमाएको छ ।

    नेपालका ओपनर कुशल भुर्तेल ३, आसिफ शेख २१, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल शून्य रनमा आउट भए ।

  • टी-२०आई सिरिजको उपाधि जित्न नेपाललाई १७५ रनको लक्ष्य

    टी-२०आई सिरिजको उपाधि जित्न नेपाललाई १७५ रनको लक्ष्य

    काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।

    हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

    कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।

    बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।

  • टी-२०आई सिरिज फाइनल: नेपालले पहिला फिल्डिङ गर्ने

    टी-२०आई सिरिज फाइनल: नेपालले पहिला फिल्डिङ गर्ने

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।

  • बायर्नलाई उपाधि अभियानमा धक्का, लेभरकुसनको च्याम्पियन्स लिग पक्का

    बायर्नलाई उपाधि अभियानमा धक्का, लेभरकुसनको च्याम्पियन्स लिग पक्का

    हेटौँडा । जर्मनको बुन्डेस लिगामा उपाधि अभियानमा रहेको लिग लिडर बायर्न म्युनिख बोरुसिया डर्टमण्डसँग बराबरीमा रोकिँदा महत्त्वपूर्ण तीन अङ्कबाट विमुख भएको छ ।

    यो सिजन उपाधि अभियानमा रहेको बुन्डेस लिगाको सर्वाधिक विजेता म्युनिखले डर्टमण्डसँग बराबरी खेल्दै दोस्रो स्थानको डिफेन्डिङ च्याम्पियन बायर लेभरकुसनसँगको अङ्क दुरी थप फराकिलो बनाउने अवसर गुमाएको हो । २९ औँ चरणको खेल सकिदा म्युनिख अब दोस्रो स्थानको लेभरकुसन भन्दा ६ अङ्कले अघि छ ।

    शनिबार नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन लेभरकुसनले पनि बराबरी खेलेको छ । युनियन बर्लिनसँग गोलरहित बराबरी गर्दै उसले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ ।

    चारवटा टिमले सोझै च्याम्पियन्स लिगमा स्थान बनाउने बुन्डेस लिगामा बायर्न र लेभरकुसनले आफ्नो स्थान सुरक्षित गर्दा थप दुई टोलीको लागि कम्तीमा १० टोली प्रतिस्पर्धामा छन् ।

    १८ टोली प्रतिस्पर्धामा रहेको लिगाको अहिलेसम्म रेलिगेसनको टुङ्गो लागेको छैन । अन्तिमको दुई टोली रेलिगेसन पर्ने लिगमा अन्तिम बाट तेस्रो हुने टिमले रेलिगेसन प्लेअफ खेल्ने नियम छ ।

    बुन्डेस लिगाको शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिग सहभागिता जनाउँदा पाँचौँ हुने टोलीले युरोपा लिग, छैटौँ हुने टोलीले युरोपा कन्फोरेन्स लिग खेल्न पाउँछन् ।

  • टी-२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल र कुवेत भिड्दै

    टी-२० अन्तर्राष्ट्रिय सिरिज : फाइनलमा नेपाल र कुवेत भिड्दै

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ ।

    आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

    हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

    हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो ।

  • यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

    यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । आइतबारदेखि आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदैछ ।

    आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन हुनेछन् ।

    नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने छ ।

    नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।

    यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा टोलीमा अटाएका छन् ।

  • ला-लिगा : उपहार गोलमा बार्सिलोना विजयी

    ला-लिगा : उपहार गोलमा बार्सिलोना विजयी

    हेटौँडा । स्पेनिस ला-लिगामा बार्सिलोना बराबरी हुनबाट जोगिएको छ ।

    शनिवार राती भएको खेलमा उपहार गोलबाट बार्सिलोनाले महत्त्वपूर्ण तीन अङ्क प्राप्त गरेको छ ।

    लेगानेससँगको खेलमा बार्साको जितको लागि खेलको ४८ औँ मिनेटमा उपहार गोल प्राप्त गर्‍यो ।

    लेगानेसका जोर्जे सेनेजले आत्मघाती गोल गोल गरेपछि बार्साले महत्त्वपूर्ण तीन अङ्क प्राप्त गर्दै तालिकाको पहिलो स्थान थप मजबुत बनाएको छ ।

    शनिवारको खेलपछि ३१ खेलबाट ७० अङ्क सहित पहिलो स्थानमा यथावत् छ । शनिबार नै भएको खेलमा मालोर्का ले रियल सोसिडाडलाई २-० ले पराजित गरेको छ ।

    यस्तै अन्य खेलहरूमा लस पाल्मसले गेटाफेलाई ३-१ र इस्पानीयोलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको छ ।

  • इपीएल : नटिङ्घमलाई एभर्टनको झड्का

    इपीएल : नटिङ्घमलाई एभर्टनको झड्का

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल)को मध्य सिजनसम्म उपाधि होडमा लिभरपुललाई च्यालेन्ज गरिरहेको नटिङ्घम फरेस्टले पछिल्लो खेलमा आफ्नो लयलाई गुमाउने क्रमलाई जारी राखेको छ ।

    गत अप्रिल ५ मा एस्टन भिल्लालाई १-२ ले नतिजा सुम्पिएको फरेस्टले शनिवार रातिको खेलमा यो सिजन रेलिगेसनबाट केही माथि मात्र रहेको एभर्टनसँग पनि पराजय बेहोरेको छ ।

    घरेलु मैदानमा भएको खेलमा एभर्टनसँग १-० ले पराजित भएसँगै उसले आगामी सिजन च्याम्पियन्स लिग खेल्न समेत संघर्ष गर्नुपर्ने देखिएको छ ।

    खेलको निर्धारित समय ९० मिनेटसम्म बराबरीमा रोकिएको नटिङ्घमले इन्जुरी समयमा एभर्टनबाट गोल बेहोरेपछि महत्त्वपूर्ण तीन अङ्क गुमाएको छ ।

    ३२ औँ चरको खेलमा एभर्टनलाई महत्त्वपूर्ण तीन अङ्क दिलाउन अब्दुल्लाह डोक्योरेले गोल गरेपछि फरेस्ट घरमा नै निराश बन्न पुगेको छ । पराजयको बाबजुद पनि फरेस्ट ५७ अङ्क सहित तालिकाको तेस्रो स्थानमा कायम भने छ ।

    शनिवारको जितपछि एभर्टनको रेलिगेसनको दबाब भने केही कम भएको छ । उस्को ३२ खेलबाट ३८ अङ्क पुगेको छ भने तालिकाको १४ औँ स्थानमा छ ।

    शनिवार भएको अन्य खेलमा तेलिगेसनमा परिसकेको साउथह्याम्पटनलाई एस्टन भिल्लाले ३-० गोलले पराजित गरेको छ ।

    अर्को खेलमा रेलिगेसन जोनमा रहेको लेस्टर सिटी र ब्राइटन २-२ बराबरीमा रोकिएको छ ।

  • आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

    आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

    काठमाडौं । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ । खेलको पूर्वसन्ध्यामा शनिवार काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो ।

    ट्रफीलाई नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

    पत्रकार सम्मेलनमा नेपालका कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताए। युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरुले पनि मैदानमा राम्रो प्रदर्शन गर्ने जिकिर गरे ।

    आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् ।

  • महिला फुटबलको उपाधि वालिङलाई

    महिला फुटबलको उपाधि वालिङलाई

    रुपन्देही । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी नकआउट महिला फुटबल प्रतियोगिता–२०८१ को विजेता बनेको छ ।
    प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनलमा ट्रिनेटी युवा क्लब वालिङले राइजिङ स्टार क्लब, कपिलवस्तुलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

    निकै प्रतिस्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकी जर्सी नं.२ कि यशोदा शाहीले गरेको गोल नै निर्णायक  बन्न पुग्यो । एक शून्य गोलले पछाडि परेको राइजिङ स्टारले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

    फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्वलकी स्कोरर यशोदा शाही भइन् । उपाधि विजेता वालिङले सेमिफाइनलमा एमएससी भारतलाई र उपविजेता कपिलवस्तुले आयोजकलाई हराएको थियो । प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता राइजिङ स्टार क्लब, कपिलवस्तुले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकी  सिमरन राई भइन् । उनले नगद २५ हजार तथा मेडल प्राप्त गरिन् । यसै गरी उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब, कपिलवस्तुकी सुनयना चौधरी, वेस्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकी पूर्णिमा राई, वेस्ट डिफेन्डर राइजिङ स्टारकी धाना बोहरा, उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनही १० हजार नगद तथा कप प्राप्त गरे ।

    विजेता तथा उपविजेता टिमलाई कप, मेडल, प्रमाणपत्र बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिनया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दीपक गुरुङ, खेल संयोजक बुद्धिबहादुरदर्जी लगायतले प्रदान गरे ।

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजक , सुनवल नगरपालिका, वीरगन्ज यूथ एकेडेमी, वसन्त युनाइटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राइजिङ स्टार युवा क्लब कपिलवस्तु, वालिङ, एमएससी भारतसहित ८ टिमको सहभागिता रहेको थियो ।

  • क्रिस्टल प्यालेस विरुद्ध सिटीको गोलवर्षा 

    क्रिस्टल प्यालेस विरुद्ध सिटीको गोलवर्षा 

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिए) मा शनिबार साँझको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले पुनरागमन जित निकालेको छ ।
    अर्को सिजन च्याम्पियन्स लिग दौडमा सङ्घर्ष गरिरहेको सिटीले क्रिस्टल प्यालेस विरुद्ध विशाल जित निकाल्दै राहत महसुस गरेको छ ।  घरेलु मैदानको खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले ५-२ को विशाल जित निकालेको हो ।

    खेलको ८ औं मिनेटमा प्यालेसको तर्फबाट इब्राइज एजले गोल गर्दै घरेलु दर्शकलाई निराश तुल्याएका थिए । खेलमा २१ औं मिनेटमा रिचार्डले गोल गरेपछि खेल २९० ले प्यालेस अघि बढेको थियो ।
    त्यसयता खेलमा फर्किएको सिटीले लगातार पाँच गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । सिटीको लागि डि ब्रुनाई, उमर मर्मोस, माटको कोभिज, जेम्स म्याक्टी र निको ओर्लेले गोल गर्दै टिमलाई विशाल जित दिलाए ।

    जितपछि सिटीले ३२ खेलबाट ५५ अङ्क बटुल्दै तालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित प्यालेसको ३१ खेलबाट ४३ अङ्क छ र  तालिकाको ११ औं स्थानमा छ ।
    लिगमा ७३ अङ्क सहित लिभरपुल पहिलो स्थानमा छ भने ६२ अङ्क जोडेको आर्सनल दोस्रो तथा ५७ अङ्क जोडेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ ।
    लिगमा हालसम्म साउथह्याम्पन्टन रेलिगेसनमा परिसकेको छ ।

  • एपीएफ क्लब र अग्नि ग्रुपको सहकार्यमा प्रथम एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड सम्पन्न (भिडिओ)

    एपीएफ क्लब र अग्नि ग्रुपको सहकार्यमा प्रथम एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड सम्पन्न (भिडिओ)

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षायलयअन्तर्गत नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ सम्पन्न भएको छ ।

    काठमाडौं हलचोकस्थित नेपाल एपीएफ क्लबको कृष्णमोहन स्मृति भवनमा शुक्रबार आयोजित समारोहमा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पु¥याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरूको सम्मान गरिएको छ ।

    कार्यक्रममा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुजन वैद्य श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्गलादेशको लागि कन्ट्रिहेड चैतन्य कागलकार, अग्नि ग्रुपका उपाध्यक्ष वेदासताशा श्रेष्ठ, अग्नि ग्रुपका अनुसन्धान तथा विकास प्रमुख वेदान्त श्रेष्ठको उपस्थिति थियो ।

    उक्तल अवसरमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले अवार्डको माध्यमबाट खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्‍याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वहरूको कदर तथा सम्मान गर्ने उद्देश्य लिएको बताए ।

    यस वर्ष सुरू भएको उत्कृष्ट खेलाडीहरूको पहिचान र सम्मान गर्ने यस प्लेटफर्मलाई आगामी वर्षमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिएको छ । ५० हजारको नगद पुरस्कारसहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१ – महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१ – पुरुष’को उपाधि र सम्मान गरिएको छ ।

    त्यस्तै २५ हजार नगद पुरस्कारसहित कराँते खेलाडी मोहम्मदसेखु आलमलाई ‘मस्ट पपुलर एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१– पुरुष’ र महिला फुटबल खेलाडी प्रीति राईलाई ‘मस्ट पपुलर एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१– महिला’को उपाधिसहित सम्मान गरिएको ।

    ‘एपीएफ महिन्द्रा टीम अफ द इयर २०८१’ उपाधीसहित ५० हजार नगद पुरस्कारबाट एपीएफ महिला फुटबल टीमलाई सम्मान गरिएको छ । ‘एपीएफ कोच अफ द इयर २०८१– पुरुष’ र ‘एपीएफ कोच अफ द इयर २०८१– महिला’को अवार्ड र जनही नगद २५ हजार पुरस्कारबाट क्रमशः फुटबल प्रशिक्षक जीवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गङ्गादेवी अधिकारीलाई सम्मान गरिएको छ ।

    त्यसैगरी ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१– पुरुष’ र ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१– महिला’को अवार्डसहित जनही २५ हजार नगद पुरस्कार अवार्डबाट क्रमशः यू– १६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् ।

  • घरेलु मैदानमा जित्ने राम्रो मौका छ: नरेन भट्ट

    घरेलु मैदानमा जित्ने राम्रो मौका छ: नरेन भट्ट

    काठमाडौं । माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबारदेखि हुने आईसीसी यू- १९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो तयारी राम्रो रहेको बताएको छ ।

    शनिबार विश्वकप एसिया छनोट कप्तानको भेटघाट एवं पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान नरेन भट्टले यू- १९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा आफ्नो टोली क्वालिफायरसम्मै पुग्ने बताएका हुन् ।

    उनले भने, ‘हाम्रो टीममा राम्रो ब्यालेन्स छ । त्यस्तो समस्या छैन । सबै लेजेन्ड खेलाडी हुनुहुन्छ । कोचले पनि हामीलाई राम्रो तयारीका साथ अगाडि बढाउनु भएको छ । आफ्नै मैदानमा भैइरहेको छ । त्यसकारण जित्ने राम्रो मौका छ हाम्रो । हामी क्वालिफायर गर्छौ भन्ने आशाका साथ मैदानमा उत्रिनेछौं ।’

    यू- १९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता आइतबारदेखि वैशाख ६ गतेसम्मका खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् ।

    घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

    क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । भट्टको कप्तानी रहेको टोलीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।

    त्यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपीनप्रसाद शर्मा टोलीमा छन् ।

    प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

  • बन्द प्रशिक्षणका लागि भैरहवा पुग्याे २६ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टाेली

    बन्द प्रशिक्षणका लागि भैरहवा पुग्याे २६ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टाेली

    रुपन्देही । इन्दु वर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टीम १८ दिने प्रशिक्षणका लागि रुपन्देहीको भैरहवा आएको छ । बन्द प्रशिक्षणका लागि शनिबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भैरहवा आएको हो ।

    महिला क्रिकेट टोलीलाई रुपन्देही क्रिकेट संघले भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्वागत गरेको छ । आगामी मे महिनामा हुने विश्वकप एसिया छनोट खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टीम भैरहवामा आएको रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाणले जानकारी दिए ।

    महिला राष्ट्रिय क्रिकेट टीमको यो दोस्रो चरणको प्रशिक्षण हो ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्यान्डमा एसिया क्षेत्रको छनोट खेल हुँदैछ । यसको तयारीस्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ ।

    दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण हुन लागेको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।

    बन्द प्रशिक्षणमा २६ सदस्यीय महिला क्रिकेट टोली सहभागी हुनेछ ।

    भैरहवामा बैशाख १७ गतेसम्म बन्द प्रशिक्षण चल्नेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणपछि नेपाली टीम थाइल्यान्ड प्रस्थान गर्नेछ ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले राष्ट्रिय टीमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए ।

    ‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टीमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ’, उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टीमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ ।’

  • हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा प्रवेश

    हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजअन्तर्गत घरेलु टोलीसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

    हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले एकएक अंक बाँडेका हुन् ।

    नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्‍यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्‍यो । ३ खेलबाट ३ अंक जोडेको घरेलु टोली हङकङ फाइनलमा दौडबाट बाहिरियो ।

    उपाधिका लागि आइतबार नेपाल र कुवेत खेल्नेछन् । हङकङ र कतारले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

  • हङकङविरूद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    हङकङविरूद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई पराजित गरेको छ ।

  • यस्तो छ तेस्रो पटक १०औं राष्ट्रिय खेलकुद सार्दा देखाइएको कारण, ६ बोर्ड सदस्यको नोट अफ डिसेन्ट

    यस्तो छ तेस्रो पटक १०औं राष्ट्रिय खेलकुद सार्दा देखाइएको कारण, ६ बोर्ड सदस्यको नोट अफ डिसेन्ट

    पोखरा । आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा तोकिएको दिनदेखि नै धेरैको आशंका थियो । गत मंसिरमा तोकिएको १०औं खेलकुद चैतमा सारियो । चैतमा पनि हुन नसकेपछि पुनः जेठमा सारिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औं बोर्ड बैठकले जेठमा पनि १०औं खेलकुद नगर्ने निर्णय गर्‍यो । थप नयाँ मितिसमेत तोक्न सकेन ।

    राखेपले जेठमा प्रतियोगिता गर्न सक्ने नसक्ने विषयमा अनुगमन गर्न राखेप उपाध्यक्ष ध्रुव आचार्यको संयोजकत्वमा समिति बनाएको थियो । सोही समितिले अनुगमन गर्दै ११ बुँदामा वस्तुगत अवस्थाबारे जानकारी गराएको थियो । सोहीबमोजिम राखेपको १२२औं बैठकले १०औं खेलकुद स्थगित गरेको छ ।

    प्रतियोगिताको मिति नजिकिँदै गए पनि अहिलेसम्म कुन खेल कहाँ कहाँ हुने टुंगो नलागेको, मुख्य प्रतियोगिता-स्थल सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निर्माण सम्पन्न नभैसकेको र मापदण्डविपरीत र कमसल संरचनामा खेलहरु खेलाइँदा दुर्घटनाको जोखिम हुनसक्ने खतरा रहेको समितिको ठहर छ ।

    यस्तै अहिलेसम्म खेलाडी छनोट हुन नसकेको, खेल सामग्रीको टेन्डर नभएको र टेन्डर आह्वान गरेर प्रतियोगिता गर्न सम्भव नदेखिएको अनुगमन समितिले उल्लेख गरेको छ ।

    प्रतिकूल मौसमका कारण थप जटिलता रहेको, प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट विनियोजित बजेटबाट विषयगत रुपमा शीर्षक बाँडफाँट हुन बाँकी, कतिपय खरिद तथा टेन्डर प्रक्रियाअघि विषयगत उपसमिति गठन भएको छैन ।

    खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको संख्यासमेत निर्धारण हुन नसकेको, विभिन्न समय र स्थानमा भएका स्थलगत भ्रमण, अध्ययन तथा अनुगमनबाट समेत यथास्थितिमा कार्यक्रम आयोजना गर्नु प्रत्युत्पादक हुने देखिएको ठहर गरिएको छ ।

    अहिलेकै अवस्थामा प्रतियोगिता सञ्चालन गर्न सकिने नसकिने कुरामा कर्णाली प्रदेश सरकारसमेत अन्योलमा रहेको र परिषद्मा कार्यरत कर्मचारीबाट समेत यही अवस्था र हतारमा व्यवस्थित रुपमा प्रतियोगिता गर्न सम्भव नरहेको राय प्राप्त भएको सो अनुमगन समितिको ठहर छ ।

    ६ बोर्ड सदस्यको नोट अफ डिसेन्ट

    १२२औं बोर्ड बैठकको निर्णयमा ६ बोर्ड सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । उनीहरुले प्रतियोगिता स्थगित गर्ने कुरा गम्भीर असहमतिको पत्र खेलकुदमन्त्री तथा राखेपका अध्यक्ष तेजुलाल चौधरीलाई बुझाएका छन् ।

    नोट अफ डिसेन्ट लेख्नेमा बोर्ड सदस्य दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, डा. मधुसुधन सुवेदी, अञ्जन धमला, अञ्जना श्रेष्ठ र वीणा नवाछे श्रेष्ठ छन् ।

    पटकपटक सार्दा खेलाडी खेल्न पाउने हक अधिकारबाट वञ्चित हुनुपरेको बोर्ड सदस्य डा. सुवेदीले बताए ।

    ‘पटकपटक मिति सर्दा खेलाडीलाई खेल्ने चाहना पनि घट्दै गएको छ । मंसिरमा हुने भनिएको प्रतियोगिता जेठमा पनि हुँदैन । खेलाडीले कहिले हुन्छ भनेर तयारी गर्ने ?’, उनले प्रश्न गरे ।

    प्रदेश खेलकुद परिषद्का सदस्यसचिवले पनि दशौंको मिति सारेको निर्णयप्रति असहमति प्रकट गरे । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले राष्ट्रिय खेलकुद रोकिएकोप्रति प्रदेशले घोर आपत्ति प्रकट गर्ने बताए ।

    ‘हाम्रो प्रदेशमा खेलाडी फारम भर्ने कुरा भइसकेको छ, तर राखेपले संख्या नतोकिदिएको कारणले हामीले छनोट नगरेको हो । राखेपले दिएको ३ दिनभित्र हामीले जिल्ला, प्रदेश छनोट गरेर ल्याइदिन्छौं’, उनले भने ।

    उनले थपे, ‘प्रदेशहरु छनोट गर्न तयार छन् । गेम रोकिएको कारण राखेप हो । प्रदेश होइन । न राखेपले गर्‍यो न त हामीलाई अन्तरप्रदेश गर्न दियो । यसमा प्रदेशको तर्फबाट घोर आपत्ति प्रकट गर्छौं । असहमति प्रकट गर्छौं ।’

  • तेस्रो पटक सारियो १०औं राष्ट्रिय खेलकुद

    तेस्रो पटक सारियो १०औं राष्ट्रिय खेलकुद

    काठमाडौं । आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

    २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारिएको थियो । उक्त समयमा पनि प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । तर, सो समयमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै बोर्ड बैठकले स्थगित गरेको हो ।

    ‘कानूनी प्रक्रिया पूरा गर्न समय अभाव हुने देखियो । र, मौसमको प्रतिकूलताका कारण स्थगित गर्नुपर्ने अवस्था आयो,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘अर्को पटक बजेट सुनिश्चितता गरेर मिति तय गर्छौं ।’

  • लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता :वर्षाले खेल रोकिएपछि रुपन्देही र दाङ संयुक्त विजेता

    लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता :वर्षाले खेल रोकिएपछि रुपन्देही र दाङ संयुक्त विजेता

    रुपन्देही । अविरल वर्षा भएर मैदानमा खेल्न समस्या भएपछि लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को  रुपन्देही र दाङ संयुक्त विजेता भएका छन् ।  बिहीबार राति परेको पानीले पिच र आउटफिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देही संयुक्त विजेता बनेका हुन् ।

    लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उपाधिका लागि दुई टिमबिच लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेल हुने तय भएको थियो । तर, राति हावाहुरीसहितको पानी परेपछि खेल हुन सकेन । देउखुरीमा खेल्न नसक्ने भएपछि घोराही– १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा पिच तयारी गर्ने प्रयास भएपनि पुनः पानी परेपछि अन्ततः दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

    संयुक्त विजेता बनेका रुपन्देही र दाङले ७५\७५ हजार रुपैयाँसहित शील्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टिम र खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले कप, शिल्ड तथा पुरस्कार वितरण गरे । फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले पराजित गरेको थियो ।

    प्रतियोगिताको प्लेयर अफ द सिरिज र वेस्ट व्याट्स म्यान दाङका तुलबहादुर थापा भए । उनले नगद १० हजार तथा ५ हजारसहित ट्रफी प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताको बेस्ट बलर गुल्मीका रामचन्द्र टण्डन भए । उनले ५ हजारसहित ट्रफी हात पारे । चैत्र २५ गतेबाट सुरु भएको प्रतियोगिताको समापन गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले जनाए ।

  • महिला फुटबल प्रतियोगिता:   भारतलाई हराउँदै वालिङ फाइनलमा, कपिलवस्तुसँग उपाधि भिडन्त

    महिला फुटबल प्रतियोगिता:  भारतलाई हराउँदै वालिङ फाइनलमा, कपिलवस्तुसँग उपाधि भिडन्त

    रुपन्देही।एमएससी भारतलाई हराउँदै ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी नकआउट फुटबल प्रतियोगिता २०८१ को फाइनलमा पुगेको छ । पूर्णिमा राईको प्रतियोगिताकै पहिलो ह्याट्रिकमा क्लब फाइनल नजिक पुगेको हो ।  विहीवार भएको दोस्रो सेमिफाइनलमा  ४–० गोल अन्तरले हराउँदै ट्रिनेटी युवा क्लब वालिङ फाइनल प्रवेश गरेको हो । शनिवार उपाधिका लागि वालिङ राईजिङ स्टार क्लब, कपिलवस्तुसँग प्रतिस्पर्धा गर्ने छ ।
    प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

  • गाइक्वाड आईपीएलबाट बाहिर, चेन्नईको कप्तानी धोनीले गर्ने

    गाइक्वाड आईपीएलबाट बाहिर, चेन्नईको कप्तानी धोनीले गर्ने

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्नइ सुपर किङ्सको कप्तानी परिवर्तन भएको छ । रुतुराज गाइक्वाडको ठाउँमा महेन्द्र सिंह धोनीले बाँकी खेलहरूमा कप्तानी गर्नेछन् ।

    क्रिकइन्फोका अनुसार कुहिनोमा चोट लागेका कारण गाइक्वाड यो सिजनका बाँकी खेलहरू खेल्न नसक्ने भएपछि धोनीलाई कप्तान बनाइएको हो । अहिलेको सिजनमा सीएसकेले गतिलो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ५ खेलमा ४ हार व्यहोर्दै सीएसके अंकतालिकाको नवौं स्थानमा छ ।

  • टी-२०आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान

    टी-२०आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान

    काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।

    उनले बिहीबार कुवेतविरुद्ध खेल्दै सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

    उनले लगातार ६६ टी-२०आईमा डगआउट भएका छैनन् ।

    वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।

    कुवेतविरुद्ध दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्‍याएका थिए ।

  • नेपालले कुवेतलाई ६ विकेटले हरायो

    नेपालले कुवेतलाई ६ विकेटले हरायो

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

    बिहिवार बिहान कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

    यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।

  • कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

    कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् ।

    आसिफले ३४ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए । यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए ।

    कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल सकिदा १ विकेट गुमाएर १२७ रन बनाएको छ ।

  • कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

    कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालको ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

    कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले २५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

    जारी खेलमा नेपालले १० ओभरमा विना विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ । ओपनर आसिफ शेख ३५ रन बनाएर खेलिरहेका छन् ।

  • कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दियो

    कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दियो

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ ।

    टस जितेर कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन जोड्यो ।

    नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

    यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो भने बुधवार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

    यस्तै, सिरिजको दोस्रो खेलमा बुधवार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो ।

    यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

  • डीएलएस मेथडबाट नेपाल ८५ रनले विजयी

    डीएलएस मेथडबाट नेपाल ८५ रनले विजयी

    काठमाडौं । अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेलमा नेपाल डीएलएस मेथडबाट ८५ रनले विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा वर्षा भएसँगै खेल रोकिएको थियो ।

    पानी परेकाले डीएलएस मेथडबाट नतिजा निकालिएको हो । सोहीअनुसार नेपाल ८५ रनले विजयी भएको हो । नेपाल अफगानिस्तानसँग पहिलो खेलमा १३० र दोस्रो खेलमा एक रनले पराजित भएको थियो । तेस्रो खेलमा भने जित निकालेको हो।

    सुरूवाती दुई खेलमा जित निकाल्दै अफगानिस्तानले ३ खेलको एकदिवसीय युथ ओडीआई सिरिज२-१ ले आफ्नो पक्षमा पारेको छ ।

  • अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण प्रभावित

    अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण प्रभावित

    काठमाडौं । अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण रोकिएको छ ।

    मुलपानी क्रिकेट मैदानमा नेपालविरुद्ध २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा वर्षा भएसँगै खेल रोकिएको थियाे । वर्षाका कारण खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड नियमका आधारमा  नेपाल विजयी भएकाे छ ।

    लामाे समयपछि आज काठमाडाैं उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएकाे छ ।

  • चारदेशीय टी-२०आई सिरिज : नेपालको विजयी सुरुवात, कतारमाथि ८ विकेटको जित

    चारदेशीय टी-२०आई सिरिज : नेपालको विजयी सुरुवात, कतारमाथि ८ विकेटको जित

    काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।

    आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

    टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो ।

    नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो ।

    नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए ।

  • नेपाललाई कतारले दियो १५२ रनको लक्ष्य

    नेपाललाई कतारले दियो १५२ रनको लक्ष्य

    काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

    नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

    कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाउँदै आउट भए ।

    बलिङमा नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले एकएक विकेट लिए । नन्दनले टी-२०आईमा डेब्यु विकेट लिएका हुन् ।

    चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

  • च्याम्पियन्स लिग : रियलविरुद्ध आर्सनलको सानदार जित

    च्याम्पियन्स लिग : रियलविरुद्ध आर्सनलको सानदार जित

    हेटौँडा । डेक्लान राइस चम्केको खेलमा सानदार जित निकाल्दै इङ्लिस क्लब आर्सनलले सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

    घरेलु मैदानमा भएको खेलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई ३-० ले हराउँदै आर्सनलले आफूलाई सेमिफाइनलको बलियो दाबेदार बनाएको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भने आर्सनलले सफलता हात पार्न सफल बन्यो ।

    आर्सनलले ५८औँ मिनेटमा अग्रता लियो। राइसले उत्कृष्ट फ्रि-किकमार्फत रियलको पर्खाल घुमाउँदै गोल गरे । ७०औँ मिनेटपछि राइसले दोस्रो गोल पनि त्यतिकै सानदार फ्रि-किक मार्फत गरे ।

    ७५ औँ मिनेटमा मिकेल मेरिनोले क्रसमा आएको बललाई उत्कृष्ट गोल गरेपछि सन २००८/०९ को सिजनपछि आर्सनल सेमिफाइनल पुग्ने अभियानमा रहेको छ ।

  • ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदैं नेपाली टोली 

    ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदैं नेपाली टोली 

    काठमाडौँ ।  नोभेम्बर ४, २०२४ मा स्कटल्याण्डसँग आईसीसी लिग–२ अन्तर्गतको खेल खेलेको नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोली ५ महिलापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै छ । नेपालले बुधवारदेखि हङकङमा हुने चारदेशीय टी–२०आई सिरिज खेल्नेछ ।

    नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहुदिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडी ५ महिलादेखि अन्तर्राष्ट्रिय खेलबाट टाढा थिए । बुधवारबाट सुरु हुने चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

    नेपालले पहिलो खेल बुधबार बिहान पौने ७ बजे कतारसँग खेल्नेछ । बिहीबार कुवेतसँग खेल्ने नेपालले शनिबार हङकङसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

    आईसीसी टी–२०आई वरियतामा नेपाल १७औं, हङकङ २३औं, कुवेत २४औं र कतार २८औं स्थानमा छ । चार टोलीमध्ये वरियतामा सबैभन्दा माथि छ । नेपालले यसअघि हङकङसँग ५, कतारसँग दुई र कुवेतसँग एकपटक खेलेको छ । हङकङसँगको खेलमा २ खेलमा जित र २ खेलमा हार बेहोर्दा एक खेल भने नतिजाविहीन छ । कतारसँग एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । कुवेतसँग एकपटक मात्रै खेलेको नेपालले जित हात पारेको छ । यसपटक पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने नेपालको योजना छ ।

    नेपालका महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछाने र अनिलकुमार शाह टोलीमा नहुँदा केही नयाँ खेलाडीले स्थान पाएका छन् । शाहव आलम, बसिर अहमद, लोकेश बम र नन्दन यादव राष्ट्रिय टोलीमा मौका पाए । शाहव, बसिर, लोकेश लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । भने नन्दन भने टी–२० टोलीमा पहिलो पटक स्थान बनाएका हुन् । सन् २०२२ मा ओडिआई टोलीमा स्थानका नन्दनले डेब्यु भने गर्न पाएका छैनन् । यी खेलाडीले लुम्बिनी प्रदेशमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    टोली मुख्य प्रशिक्षक स्टुअर्ट ल यो सिरिजमा उपलब्ध नहुँदा टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्नेछन् । करिब ५ महिना घरेलु क्रिकेटमा व्यस्त रहेका नेपाली क्रिकेटर अब भने अन्तर्राष्ट्रिय क्रिकेटमा रमाउनेछन् । क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपालले हरेक महिना अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

  • सन् २००९ को टीमलाई महिला लिजेन्ड टी-२० सिरिज

    सन् २००९ को टीमलाई महिला लिजेन्ड टी-२० सिरिज

    रुपन्देही । पूर्वमहिला क्रिकेट खेलाडीहरुबीच भैरहवामा सम्पन्न ‘महिला लिजेन्ड टी- २० सिरिज’ सन् २००९ को टीमले हात पारेको छ ।

    मुलुकमै पहिलोपटक महिला लिजेन्डबीच भैरहवामा दुई दिवसीय स्पर्धा भएको थियो । जसमा दुबै खेल जित्दै सन् २००९ को टीमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

    मंगलबार सिद्धार्थ क्रिकेट मैदान भैरहवामा सम्पन्न सिरिजमा सन् २००९ को लिजेन्ड महिला टीमले सन् २००७ को टीमलाई ८१ रनले पराजित गर्दै सिरिज हात पारेको हो ।

    टस जितेर ब्याटिङ गरेको सन् २००९ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानी १४१ रन बनायो । जसमा करुणा भण्डारीले ३२, रीतु कनौजियाले २९, सोनु खड्काले २८, एञ्जिला पाठकले ११ तथा नीमा तामाङ र खिनाकुमारी थापाले समान १०-१० रन बनाए ।

    बलिङमा सन् २००७ का नेरी थापामगरले ३, सुस्मिता चौधरीले २ र नीतु थापाले १ विकेट हात पारिन् ।

    जवाफमा सन् २००७ को टीम ८ विकेट गुमाएर ६८ रनमात्रै बनायो र हार व्यहोर्‍यो । उसका लागि नीरा राजोपाध्यायले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङमा सन् २००९ को टीमकी सरस्वती पुन र सीता शाहीले २-२ तथा रीतु कनौजिया र करुणा भण्डारीले समान १-१ विकेट लिए ।

    प्रतियोगितामा सन् २००८ की करुणा भण्डारीलाई बेस्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । यस्तै सहभागी सबै खेलाडीलाई मायाको चिनोले प्रोत्साहन गरिएको आयोजकले जनाएका छन् ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिन्किङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज भएको हो ।

    सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर सिरिज आयोजना गरिएको थियो । नेपालमा पुरुष लिजेन्ड क्रिकेट हुँदै आए पनि महिला लिजेन्ड क्रिकेट भने पहिलो पटक गरिएको हो ।