Category: खेल प्रेस

  • टी–२० विश्वकप एसिया छनोट : यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुग्ने नेपाललाई सुवर्ण अवसर

    टी–२० विश्वकप एसिया छनोट : यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुग्ने नेपाललाई सुवर्ण अवसर

    काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर–३ अन्तर्गत नेपालले भोलि युएईसँग खेल्दै छ ।

    उक्त खेल बैंककको टेर्डथाई क्रिकेट मैदानमा बिहान पौने ९ बजेबाट सुरु हुनेछ । सुपर–३ को पहिलो खेलमा युएई थाइल्यान्डसँग ५४ रनले पराजित हुँदा नेपालले पहिलो खेल खेल्न लागेको हो । उक्त खेलमा जित निकालेमा नेपाल एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । नेपाल पराजित भएमा भने थाइल्यान्ड र युएई ग्लोबल छनोटमा पुग्नेछन् ।

    वर्षाका कारण खेल प्रभावित भएमा मङ्गलवार हुने नेपाल र थाइल्याण्डबिचको खेलले ग्लोबल छनोट खेल्ने टोलीको टुङ्गो लाग्नेछ । पहिलो खेलमा जित निकालेको थाइल्याण्डले ८ अङ्कसहित ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । पहिलो खेलमा हार बेहोरेको युएईको ६ अङ्क छ । भने दुई खेल खेल्न बाँकी नेपालको ५ अङ्क छ । युएई र नेपालमध्ये एक टोलीले मात्रै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछन् ।

    युएईसँग पराजित भएमा नेपाल ग्लोबल छनोटमा पुग्ने सम्भावना सकिनेछ । अङ्क बाँडेमा अथवा जित निकालेमा मात्रै नेपालको ग्लोबल छनोट स्थान बनाउने सम्भावना रहनेछ । विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणमा दुई खेलमा जित निकाल्दा एक खेलमा हार र एक खेल वर्षाका कारण प्रभावित भएको थियो । दुई पटक बहराइनलाई हराउँदा हङकङसँग एकपटक अङ्क बढ्यो भने एकपटक हार बेहोर्नुप¥यो ।

  • भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै

    भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै

    भक्तपुर । भक्तपुरस्थित सूर्यविनायक नगर सितोरियो कराँते सङ्घले बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता गर्ने भएको छ ।

    कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाको प्रायोजनमा यही जेठ ९ र १० गते बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगितामा बागमती प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने आइतबार भएको पत्रकार सम्मेलनमा भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिए ।

    उनका प्रतियोगितामा ५०० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ ३५ देखि ६७ प्लस केजी तौल समूह र महिलातर्फ ३५ देखि ६१ केजी तौल समूह र महिला तथा पुरुष काता र महिला पुरुष टीम कातामा प्रतिस्पर्धा गराइने संयोजक त्वातीले बताए ।

    प्रतियोगिता डब्ल्यूकेएफ, एकेफ र एनकेएफको नियम अनुसार सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

  • सुदूरपश्चिमस्तरीय भलिबल प्रतियोगिता आयोजना हुँदै, विजेताले एक लाख पाउने

    सुदूरपश्चिमस्तरीय भलिबल प्रतियोगिता आयोजना हुँदै, विजेताले एक लाख पाउने

    कैलाली । धनगढीमा  प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जेठ २९ गतेदेखि आयोजनामा हुने प्रतियोगिताको तयारी सुरु गरिएको आयोजक नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको जानकारी दिएको छ ।
     आयोजकले शनिवार पत्रकार सम्मेलन गर्दै तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता धनगढी रङ्गशालाको हलमा सञ्चालन हुने जनाएको छ । महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष प्रकाश चन्दले प्रतियोगिताका विजेता टिमलाई एक लाख एक हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार र तृतीय हुने टिमलाई ३१ हजार नगदसहित ट्रफी प्रदान गरिने जानकारी दिए ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिवरोलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने चन्दले जानकारी दिए । अध्यक्ष चन्दका अनुसार प्रतियोगितामा जिल्लागत रूपमा टिम सहभागी गराइने र खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने नियम बनाइएको छ ।
    प्रतियोगिताको आयोजनाले सुदूरपश्चिमलाई भलिबलको माध्यमबाट राष्ट्रव्यापी रूपमा चिनाउन र सुदूरपश्चिमलाई भलिबल खेलको हवको रूपमा विकास गर्ने अभियानमा टेवा पुगाउने सहयोग पुग्ने चन्दको विश्वास छ । प्रतियोगितामा १०८ जना खेलाडी तथा प्रशिक्षक र १२ जना मान्यता प्राप्त रेफ्रीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
  • एस्टन भिल्ला र चेल्सीको च्याम्पियन्स लिग खेल्ने सम्भावना मजबुत 

    एस्टन भिल्ला र चेल्सीको च्याम्पियन्स लिग खेल्ने सम्भावना मजबुत 

    काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल)को ३७ औँ चरणको खेल समाप्त हुँदा एस्टन भिल्ला र चेल्सीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई थप मजबुत बनाएका छन् ।

    शुक्रवार  साँझ सम्पन्न खेलमा टोटनह्याम्पलाई २-० ले पराजित गर्दै भिल्लाले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावनालाई थप मजबुत बनाउँदा चेल्सीले पनि म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगको बाटो सहज बनाएको हो ।

    लिग चरणको अब एक खेल बाकी रहँदा भिल्लाले ६६ अङ्क जोड्दै तालिकामा आफूलाई  पाँचौँ स्थानमा उकालेको छ ।

    इपिएलको पाँच टोली सोझै च्याम्पियन्स लिगको पहिलो लिग चरणमा छनोट हुने नयाँ नियम बनेपछि यो पटक भिल्लाको सम्भावना मजबुत बनेको हो ।

    शुक्रवारको खेलमा १७ औँ स्थानको टोटनह्याम्पलाई पराजित गर्न भिल्लाका एज्री कोन्सा र बुबाकर कमराले समान एक-एक गोल गरे ।  अब २५ मे मा म्यानचेस्टर युनाईटेडलाई पराजित गर्न सके भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का बनाउने छ । नत्र अरूको नतिजामा भर पर्नुपर्ने छ ।

    यस्तै चेल्सीले पनि युनाइटेडलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । यो सिजन लिभरपुल लिग च्याम्पियन भैसकेको छ भने च्याम्पियन्स लिगको लागि आर्सनल, म्यानचेस्टर सिटी, न्युक्यास्टल,  नटिङ्घम फरेस्ट पनि प्रतिस्पर्धामा छन् ।

  • नेपाललाई हराउँदै बंगलादेश साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश

    नेपाललाई हराउँदै बंगलादेश साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश

    काठमाडौं । नेपाललाई हराउँदै बंगलादेश भारतमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    भारतको अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा आज भएको सेमिफाइनल खेलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    खेलको ७४औं मिनेटमा गोल गर्दै बंगलादेशले पहिलो अग्रता लिएको थियो । ८१औं मिनेटमा पुनः गोल गर्दै बंगलादेशले अग्रतालाई दोब्बर बनायो । खेलको ८७औं मिनेटमा नेपालले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

    बंगलादेशले अब उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।

  • आक्रामक लयमा फर्किए आदिल अन्सरी

    आक्रामक लयमा फर्किए आदिल अन्सरी

    काठमाडौं । साढे २ वर्षपछिको निलम्बनपछि क्रिकेटमा फर्किएका आदिल अन्सरीले आक्रामक लय कायम राखेका छन् । निलम्बनपछि आदिलले पहिलो प्रतियोगिताको रुपमा तेस्रो जनकपुर धाम मेयर कप क्रिकेट प्रतियोगिता खेलेका हुन् ।

    आक्रामक शैलीमा ब्याटिङ गर्ने आदिल पहिलो खेलमा पर्साविरुद्ध डकआउट भएका थिए । त्यसपछिका खेलमा भने आफ्नो आक्रामक शैली कायमै राखेका छन् । बाराबाट उक्त प्रतियोगिता खेलिरहेका उनले दोस्रो खेलमा दिल्लीविरुद्ध २० बलमा ३३ रन बनाए । सेमिफाइनलमा आदिलले ४३ बलमा ८० रन बनाउँदै शानदार ब्याटिङ गरेका थिए । उनले मुजफ्फरपुरविरुद्ध ७ छौका र ५ छक्का प्रहार गरेका थिए ।

    फाइनलमा लखनउविरुद्ध २१ बलमा अर्थशतक पूरा गरे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनको उत्कृष्ट ब्याटिङका बाबजुद बारा लखनउसँग ८ विकेटले पराजित हुन पुग्यो । लखनउले उक्त प्रतियोगिताको उपाधि जित्न सफल रह्यो । प्रतियोगिताभर उनले बलिङ गर्ने अवसर भने पाएनन् ।

  • नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

    नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

    पोखरा । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर(३ मा प्रवेश गरेको छ ।

    थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।

    हङकङसंग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा अघि सुपर-३ मा पुगेको हो ।

  • रोहितले सकाए १२ कक्षाको परीक्षा, व्यवसायमा पनि हाले हात

    रोहितले सकाए १२ कक्षाको परीक्षा, व्यवसायमा पनि हाले हात

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले कक्षा १२ को परीक्षा सकाएका छन् । सोही परीक्षाका कारण उनी अस्ति नेपाली टिमसँग बेलायत जान पाएका थिएनन् ।

    २२ वर्षिय रोहितले आफ्नो गृहनगर नवलपरासीको बर्दघाटबाटै १२ कक्षाको परीक्षा दिएका हुन् । यसअघि क्रिकेटका कारणले उनको पढाइ नियमित हुन सकिरहेको थिएन ।

    यसपाली १२ को परीक्षाअघि नेपालको अन्तर्राष्ट्रिय म्याचहरु नभएकाले उनलाई परीक्षा दिन समय मिलेको थियो । रोहित भोलि नै लिग २ को भ्रमण सिलसिलामा बेलायत प्रस्थान गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    रोहित यतिबेला अर्को एउटा प्रसंगले पनि चर्चामा छन् । त्यो हो, उनले सुरु गरेको नयाँ व्यवसाय । रोहितले काठमाडौंको बुद्धनगरमा ‘सेभेन्टिन बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् ।

    गत १७ वैशाखमा उक्त क्याफेको औपचारिक उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा थुप्रै क्रिकेट खेलाडीहरु उपस्थित थिए । रोहितकी आमा पाल्जेनले क्याफे सपको उद्घाटन गरेकी थिइन् ।

    रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने नेपालका कान्छा खेलाडी हुन् । सन् २०१८ को अगस्त ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यू’ गर्दा उनी १५ वर्ष तीन सय ३५ दिनका थिए ।

    एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको कप्तानी गर्ने उनी विश्वकै दोस्रो कान्छन खेलाडी हुन् । सन् २०२२ को नोभेम्बर १४ मा कप्तानको रूपमा पहिलो पटक यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा उनको उमेर २० वर्ष ७३ दिन थियो ।

    सबैभन्दा कम उमेरमा कप्तान बन्ने रेकर्ड अफगानिस्तानका रासिद खानको नाममा छ । कप्तानको रूपमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनको उमेर केवल १९ वर्ष १६५ दिन थियो ।

     

     

  • बार्सिलोना स्पेनिस ला-लिगा च्याम्पियन

    बार्सिलोना स्पेनिस ला-लिगा च्याम्पियन

    काठमाडौं । युवा खेलाडीले भरिएको बार्सिलोनाले स्पेनिस फुटबलको पहिलो डिभिजन स्पेनिस ला-लिगाको उपाधि जितेको ।

    सहर प्रतिद्वन्द्वी स्पानियोललाई २-० गोलले पराजित गर्दै बार्सिलोनाले दुई खेल अगावै यो सिजनको ला-लिगा च्याम्पियन बनेको हो ।

    च्याम्पियन बनाउने क्रममा बार्साको लागि लामिन यमल र फर्मिन लोपेजले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औँ मिनेटमा गोल गर्दै जितको आधार खडा गरेका थिए ।

    १-० को जिततर्फ अघि बढिरहेको बार्साको लागि लोपेजले इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गरेपछि बार्सिलोना ला-लिगाको उपाधि जित्न सफल भयो । उसले हालसम्म २७ पटक ला-लिगाको जित सङ्ख्या पुर्‍याएको छ ।

  • एन्फाविरुद्ध गणेश थापाले हाले मानहानीको मुद्दा, अदालतले नेम्वाङसँग माग्यो लिखित जवाफ

    एन्फाविरुद्ध गणेश थापाले हाले मानहानीको मुद्दा, अदालतले नेम्वाङसँग माग्यो लिखित जवाफ

    काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा सहभागी हुन रोक लगाइएपछि गणेश थापाले अदालतमा अवहेलनाको मुद्दा हालेका छन् । उनको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन एन्फालाई आदेश दिएको छ ।

    गत २६ वैशाखमा धुलिखेलमा हुने साधारणसभामा सहभागी हुन गएका थापालाई गेटमै रोकिएको थियो । यसअघि उच्च अदालतले उनलाई साधारणसभामा भाग लिन पाउने आदेश गरे पनि त्यसलाई एन्फाले कुल्चिएपछि थापाले अवहेलनाको मुद्दा हालेका हुन् ।

    आफूलाई रोक लगाउने कार्यले सम्मानित उच्च अदालतबाट वैशाख २४ मा भएको अन्तरिम आदेशको अवज्ञा हुन गएको तथा अदालतको न्याय सम्पदन कार्यमा अवरोध हुनुका साथै सम्मानित अदालतको अवहेलना भएको थापाको निवेदनमा उल्लेख छ । उनले नेपालको संविधानको धारा (३)(२) र न्याय प्रशासन ऐन २०७३ को दफा (७)२० र (४) बमोजिम कारवाहीको मा गरेका छन् ।

    आज उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र डिल्लीरत्न श्रेष्ठले मुद्दामा सुनवाइ गर्दै ७ दिनभित्र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको लिखित जवाफ मागेका हुन् । आफैं आएर जवाफ दिन वा कानून बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

    यदि अदालतको अवहेलना प्रमाणित भएको खण्डमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना हुन सक्ने कानूनी व्यवस्था छ ।

  • महिला विश्वकप एसिया छनोट: नेपालले बहराइनलाई ६ विकेटले हरायो

    महिला विश्वकप एसिया छनोट: नेपालले बहराइनलाई ६ विकेटले हरायो

    काठमाडौं ।  थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ । तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्‍यो ।

    नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रन बनाइन् । पुजा महतोले ११ बलमा १४ रनको योगदान दिइन् । यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।

    लामो समय वर्षाका कारण खेल रोकिएपछि डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।

  • क्रिकेट संघ लुम्बिनीका अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव, केन्द्रीय अध्यक्षले प्रतिशोध साँधेको आरोप

    क्रिकेट संघ लुम्बिनीका अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव, केन्द्रीय अध्यक्षले प्रतिशोध साँधेको आरोप

    काठमाडौंं । प्रादेशिक क्रिकेट संघ लुम्बिनीका अध्यक्ष सञ्जय गुरुङविरुद्ध अविश्वास प्रस्ताव परेको छ । हाल रहेका ४० जनामध्ये ३१ जनाको हस्ताक्षरमा विभिन्न आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्ताव परेको हो ।

    उक्त अविश्वासको प्रस्ताव गत चैत २० गते उपाध्यक्ष विजयराज भण्डारी समक्ष पेस गरिएको थियो । तर, अध्यक्ष गुरुङले उक्त प्रस्ताव अवैध भएको दाबी गरेका छन् । उनले बुधवार पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्तावमा कुनै जिल्लाको २०८० को साधारण सभाका प्रतिनिधि र कुनै जिल्लाको २०८१ को प्रतिनिधिको हस्ताक्षर रहेको जिकिर गरे । धेरै जसो जिल्ला क्रिकेट सङ्घबाट आधिकारिक निर्णय नभई हस्ताक्षर लिइएकोसमेत उनको ठहर छ ।

    उक्त अविश्वासको प्रस्ताव उपाध्यक्षले चैत २२ गते केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई पेस गरेका थिए । तर, विनियमावली विपरीत प्रादेशिक कार्यसमितिमा पेस नगरी केन्द्रीय अध्यक्षलाई पेस गरेको गुरुङको दाबी छ । प्रादेशिक क्रिकेट संघ विनियमावली—२०८१ को अविश्वासको प्रस्तावसम्बन्धी बुँदामा आफूले प्राप्त गरेको दुई दिनभित्र नेपाल क्रिकेट सङ्घको केन्द्रीय कार्यसमिति तथा सम्बन्धित प्रदेशको कार्यसमितिका पदाधिकारीलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

    केन्द्रीय अध्यक्ष चन्दले चैत २७ गते गुरुङको धारणा माग गरेका थिए । उनले बैशाख २ गतेभित्र धारणा दर्ता गराए । बैशाख ३ गते केन्द्रीय अध्यक्ष चन्दले गुरुङलाई निलम्बन गर्दै उपाध्यक्षलाई प्रक्रिया अगाडि बढाउन पत्र पठाए ।

    ‘मलाई निलम्बन गर्नु पूर्व पनि कुनै केन्द्रीय कार्यसमिति बैठक बसेको छैन । एउटा प्रदेश अध्यक्षलाई निलम्बन गर्नुपूर्व पनि केन्द्रीय कार्यसमितिको बैठक नबस्नु भनेको नेपाल क्रिकेट सङ्घको केन्द्रीय कार्यसमितिको कार्यशैली कस्तो छ त्यो तपाईँले आफै विचार गर्नुस्,’ गुरुङले भने । कार्यसमितिमा लगेर छलफल गर्नुपर्नेमा अध्यक्ष चन्दले एकलौटी तरिकाले प्रतिशोध साँधेर निर्णय गरेको गुरुङको दाबी छ ।

    प्रादेशिक क्रिकेट सङ्घले जेठ ३ गतेका लागि विशेष साधारण सभा डाकेको छ । क्यानले पुनः बैशाख १५ गते अध्यक्षलाई सम्बोधन गर्दै क्यानको आगामी केन्द्रीय कार्यसमितिको बैठकका छलफल गरिने जानकारी दियो । उक्त पत्रपछि गुरुङले क्यानको केन्द्रीय कार्यसमितिले अन्तिम निर्णय नलिँदासम्म निलम्बन
    फुकुवा र जेठ ३ गते बोलाइएको प्रदेशको विशेष साधारण सभाको सम्पूर्ण पक्रिया रोक्न अनुरोध माग गरेका छन् ।

  • सन्दीप र क्यानबीच केही पाक्दै छ ?

    सन्दीप र क्यानबीच केही पाक्दै छ ?

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने फेरि एकपटक चर्चामा छन् । उनले आज अचानक आफू नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्र्याक्टबाट अलग हुने निर्णय लिए ।

    सन्दीपले ४–५ दिन अगाडि नै आफू सेन्ट्रल कन्ट्र्याक्टमा बस्न नचाहेको भन्दै इमेल गरेका थिए । क्यान स्रोतका अनुसार उनले आफ्नो इमेलमा क्यानप्रति कुनै पनि असन्तुष्टि भने पोखेका छैनन् । यो बीचमा सन्दीपले क्यान अध्यक्ष र सचिव पारस खड्कासँग भेटेर पनि आफ्नो निर्णयका विषयमा जानकारी गराएको बुझिएको छ । दुवैसँगको कुराकानीमा पनि सन्दीपले कुनै पनि विषयमा ठोस असन्तुष्टि नराखेको स्रोत बताउँछ ।

    सन्दीप र पारसबीचको सम्वन्धबारे विगतदेखि नै विभिन्न गसिप र टिप्पणीहरु हुने गरेको छ । पारसको कप्तानीमा सन्दीपले खेल्दादेखि नै यी दुईबीच खटपटका अपुष्ट खबरहरु आउने गर्थे । तर, दुवैले अहिलेसम्म एक अर्काको विषयमा सार्वजनिकरुपमा कुनै पनि नकारात्मक टिकाटिप्पणी गरेको पाईंदैन । बरु प्रशंसा नै गर्छन् ।

    स्रोतका अनुसार अहिले पनि सन्दीप र पारसको सम्वन्ध बिग्रिएको छैन । उनीहरु प्रायजसो सम्वादमै हुन्छन् । तर, पनि एक–अर्काप्रति पूर्ण विश्वासको वातावरण छ वा छैन भन्ने विषयमा स्रोतले अनभिज्ञता प्रकट गर्यो ।

    ‘बाहिरबाट हेर्दा सम्वन्ध सुमधुर छ, मनभित्र एक–अर्काप्रति कुनै चिसोपना छ भने जानकारी भएन,’ स्रोतले भन्यो ।
    क्यानले सन्दीपको प्रस्तावका विषयमा आन्तरिक छलफल गरे तापनि कुनै निस्कर्षमा पुगेको छैन । क्यानभित्रै गोप्य राखिएको विषय आज सन्दीप आफैंले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले आफू बार्षिक सम्झौताबाट अलग भए तापनि नेपाली टिमबाट खेलिरहने बताएका छन् ।
    क्यानको वर्गिकरणमा सन्दिप पहिलो श्रेणी ‘ए’ मा छन् । ‘ए’ श्रेणीका खेलाडीहरुलाई क्यानले मासिक १ लाख रुपैयाँ पारिश्रमिक दिन्छ ।

    सन्दीप निकट स्रोतका अनुसार उनले नेपाली राष्ट्रिय टिमबाट खेल्न छोड्ने मनसाय बनाएका छैनन् । यद्यपि, उनको यो कदमले कुनै न कुनै असन्तुष्टिको छनक अवश्य मिल्छ । आखिर के कुरामा असन्तुष्ट छन् त सन्दीप ?
    केही समयअगाडि घरेलु म्याचमा अम्पायरिङ कमजोर भएको विषयमा फेसबुकमा स्टाटस लेखेपछि क्यानले सन्दीपलाई कारवाही गरेको थियो । उनलाई क्यानले आयोजना गर्ने एउटा घरेलु म्याचमा प्रतिवन्ध लगाइएको छ । क्यानको उक्त कदमले सन्दीप दुखी बनेका थिए । यद्यपि, उनले क्यानको निर्णयमाथि कुनै सार्वजनिक टिकाटिप्पणी गरेनन् ।
    त्यसअगाडि विभिन्न सन्दर्भमा सन्दीपले असन्तुष्ट भाव झल्किने पोस्टहरु बेलाबखत गर्ने गरेका छन् । कतिपय पोस्टहरु उनले भावावेशमा पनि गर्ने गरेको निकटस्थहरु बताउँछन् । गत वर्ष माघमा उनले क्रिकेटबाटै सन्न्यास लिन लागेको जस्तो भाव झल्किने स्टाटस लेखेका थिए ।
    सन्दीप नेपाली टिमका पूर्वकप्तान पनि हुन् । कप्तान रहेकै बेला अदालतमा मुद्दा परेपछि उनी निलम्बित मात्र भएनन्, पक्राउ परेर केही समय हिरासत समेत बस्नु परेको थियो । त्यसबेलादेखि नै क्यानले उनलाई निरन्तर साथ र सहयोग गर्दै आएको छ । सन्दीप पक्राउ पर्दा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अभिभाकत्वको प्रदर्शन गरेका थिए । पारस सचिव भएर आएपछि पनि सन्दीपलाई निरन्तर साथ र सहयोग दिइराखे ।
    पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिग एनपीएलमा सन्दीप बिराटनगरको टिम कप्तान थिए । यसैगरि, उनले जय ट्रफीमा बाग्मतीको कप्तानी गरे । क्यानले सेन्ट्रल कन्ट्राक्टमा ए श्रेणीमा राखेकोले पनि सन्दीपले गुनासो गर्ने ठाउँ छैन । सन्दीपले नपाएको भनेको यसअघि खोसिएको ‘कप्तानी’ मात्रै हो ।

    सन्दीपमाथि मुद्दा परेर निलम्बित भएसँगै क्यानले उनको ठाउँमा रोहित पौडेललाई कप्तान बनाएको थियो । युवा खेलाडी रोहितले अहिलेसम्म टिमको कप्तानी गरिरहेका छन् । यद्यपि, उनको कप्तानीमा नेपाली टिमले पछिल्लो समय सोचेजस्तो नतिजा निकाल्न सकिरहेको छैन । खासगरि लिग २ मा नेपाल अप्ठेरो अवस्थामा छ र यदि अबको श्रृंखलामा पनि नेपालले खराब प्रदर्शन गरेको खण्डमा नेपालको ओडीआइ स्टाटस समेत धरापमा पर्ने छ । त्यस्तो अवस्थामा रोहितको कप्तानी संकटमा पर्न सक्ने र क्यानले नयाँ कप्तानको खोजी गर्न सक्ने स्रोतहरु बताउँछन् ।
    हालै नेपाली टिममा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दिपेन्द्र खासमा रोहितभन्दा सिनियर खेलाडी हुन् जो पहिले पनि उपकप्तान थिए । बीचमा उनलाई क्यानले नै अनुशासनको कारवाही गरेर उपकप्तानबाट हटाएको थियो । अहिले फेरि उनलाई उपकप्तान बनाउको अर्थ पछि रोहितलाई प्रतिस्थापन गर्ने रणनीति हो कि भन्ने कतिको बुझाइ छ । अहिले सन्दीपको अहिलेको कदमलाई त्यससँग जोडेर हेर्नेहरु पनि छन् । तर, सन्दीपले फेरि कप्तान बन्ने चाहना सार्वजनिकरुपमा प्रकट गरेको भने पाइदैन ।
    नेपाल टिम लिग २० लगायतका श्रृंखलाका लागि आज प्रस्थान गरेको छ । सन्दीप पनि टिमसँगै छन् । कप्तान रोहित पौडेल भने परीक्षाका कारणले टिमसँग जान पाएनन् । उनी दुई दिनपछि जाने क्यानले जनाएको छ ।

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय

    क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

    ‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन् ।

    क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे । उनले निर्णय सम्झौता जुन महिनामा सकिनेछ ।

  • स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ (भिडिओ)

    स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ (भिडिओ)

    काठमाडौं । स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ ।

    नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

    लिग-२ का नेपाली टोली

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।

    टी-२०आई सिरिजका लागि थप

    किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम ।

  • साफ यू-१९ च्याम्पियनसिपस् भारतसँग नेपाल ४–० गोलले पराजित

    साफ यू-१९ च्याम्पियनसिपस् भारतसँग नेपाल ४–० गोलले पराजित

    काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफ २ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल गर्‍यो ।

    नेपालले पहिलो खेलमा श्रीलंकालाई ५(० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह ुबीु बाट भारत समूह बिजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । समूह ुएु बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । श्रीलंका र भुटान प्रतियोगिताबाट बाहिरिए ।

    नेपालले सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ । अर्को सेमिफाइनल खेल भारत र माल्दिभ्सबिच हुनेछ ।

  • आइपिएलसँगै पाकिस्तान सुपर लिगका बाँकी खेल पनि आगामी शनिबारबाट हुने

    आइपिएलसँगै पाकिस्तान सुपर लिगका बाँकी खेल पनि आगामी शनिबारबाट हुने

    काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) का बाँकी खेलहरु पनि आगामी शनिबारबाट सुरु हुनेछ । भारत–पाकिस्तानबिचको तनावका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै पिएसएल पनि स्थगित भएको थियो ।

    दुवै देशबिच युद्धविराम गर्ने सम्झौता भएसँगै आइपिएल र पिएसएलका बाँकी खेल एकै दिनबाट सुरु गर्न लागेका हुन् ।

    पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले सामाजिक सञ्जालमार्फत मे १७ बाट सुरु हुने खेलका लागी तयार रहन आग्रह गरेका छन् । फाइनल खेल मे २५ मा हुनेछ ।

    पिएसएलका लिग चरणका ३४ मध्ये २६ खेल सकिएका छन् । खेल तालिका र खेल स्थानबारे भने अध्यक्ष मोहसिनले केही खुलाएका छैनन् ।

    आइपिएलका लिग चरणका ७५ खेलमध्ये ५७ खेल सकिएका छन् । १० टोलीमध्ये ३ टोली प्लेअफको दौडबाट बाहिरिसकेका छन् । फाइनल खेल जुन ३ मा हुनेछ ।

  • आगामी शनिबारदेखि आईपीएलका बाँकी खेल

    आगामी शनिबारदेखि आईपीएलका बाँकी खेल

    काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का बाकी खेल आगामी शुक्रबारदेखि हुने भएको छ ।

    भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले मे १७ देखि सन्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

    मे १७ मा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल हुनेछ । फाइनल खेल जुन ३ मा हुने तालिका छ ।

    यसअघि गत बिहिवार सुरक्षा कारण पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको थियो।

  • ‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

    ‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

    काठमाडौं । ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् । नेपाल र जापानबीच हुने ‘के वन क्रस १७५’ प्रतियोगिता यही जेठ ४ गते जापानको ओशाका शहरमा आयोजना हुँदैछ । ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । प्रतियोगिताका लागि बक्सर अविरले थाइल्याण्डको फुकेट शहरस्थित टाइगर मोथाई क्लवमा करिव डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएर फर्किएका पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरे जानकारी दिए ।

    किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका बक्सर अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुमेका थिए । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वाराजापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उनले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुन सफल भएका थिए ।

    यसैगरी गत कात्तिक ११ मा इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एशोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए ।

    हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।

    बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी छन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेका छन् ।

  • विश्वकप एसिया छनोटमा नेपाल र हङकङ भिड्दै

    विश्वकप एसिया छनोटमा नेपाल र हङकङ भिड्दै

    काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ  । टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ  ।

    दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ । हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ । त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ  ।

    नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।

    दुवै टोलीबीचको अन्तिम प्रतिस्पर्धा यसै वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा भएको थियो । उक्त सिरिजको पहिलो खेलमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले ६ विकेटको सानदार जित निकाल्दै राम्रो पुनरागमन गरेको थियो ।

    नेपालले अहिले समूह ‘बी’ को अंक तालिकामा शीर्ष स्थानमा कब्जा जमाएको छ । पहिलो खेलमा हङकङसँग भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए । दोस्रो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बहराइनलाई ९ विकेटले पराजित गरेको थियो ।

    हङकङले दुवै खेलमा वर्षाको कारण अंक बाँडेको छ । त्यसैले हङकङ पनि जितको खोजीमा रहनेछ, विशेषगरी नेपालसँगको जितले ऊ पनि सुपर ३ प्रवेशको सम्भावना बलियो बनाउनेछ ।

    नेपालका लागि कप्तान इन्दु बर्मा, कविता कुँवर, पूजा महतो, रुबिना क्षेत्रीजस्ता खेलाडीको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ । अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट देखिएको नेपाली टोलीले आज पनि सोही लय निरन्तरता दिन सकेमा हङकङमाथि नियन्त्रण राख्न सक्नेछ ।

  • पूजाले भुटान महिला राष्ट्रिय लिगमा डेब्यु खेलमै गरिन् गोल

    पूजाले भुटान महिला राष्ट्रिय लिगमा डेब्यु खेलमै गरिन् गोल

    काठमाडौं । भुटान महिला राष्ट्रिय लिगमा नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानाले पहिलो गोल गरेकी छन् ।

    सोमबार भएको पहिलो खेलमा पूजाले डेब्यु गोल गर्न सफल भएकी हुन् । ट्रान्सपर्ट युनाइटेड गर्ल्समा आवद्ध उनले यू-१७ गेलेफु एकेडेमी गर्ल्स टोलीविरुद्ध गोल गरेकी हुन् ।

    उनले खेलको ८९औं मिनेटमा गोल गरिन् । उक्त खेलमा ट्रान्सपर्ट युनाइटेडले यू-१७ गेलेफु एकेडेमी गर्ल्स टोलीलाई ८-० गोल अन्तरले पराजित गर्‍यो ।

  • निलम्बन फुकुवापछि आदिल अन्सरी क्रिकेटमा फर्किए, पहिलो खेलमा डकआउट

    निलम्बन फुकुवापछि आदिल अन्सरी क्रिकेटमा फर्किए, पहिलो खेलमा डकआउट

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेसँगै आदिल अन्सारी क्रिकेटमा फर्किएका छन् । उनलाई क्यानले बैशाख २१ गते निलम्बन फुकुवा गरेको थियो ।

    त्यसपछि उनी बाराबाट तेस्रो जनकपुरधाम मेयर कप खेलिरहेका छन् । सोमबार भएको पहिलो खेलमा पर्साविरुद्ध उनी कुनै पनि रन नजोडी आउट भए । उनलाई खेलको ८औं ओभरको पाँचौं बलमा रञ्जित कुमारले बोल्ड गरेका थिए ।

    उक्त खेलमा बाराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पर्सा १७ ओभर ३ बलमा ६२ रनमा समेटियो । आदिलले बलिङ गर्ने अवसर भने पाएनन् ।

    बैशाख २६ मा सुरु भएको उक्त प्रतियोगिता जेठ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा मधेशका ८ जिल्लासहित १२ टोलीले सहभागिता जनाएका छन् । भारतको पूर्णिया, दिल्ली, लखनउ र मुजफ्फरपुरका टोली पनि प्रतियोगितामा सहभागी छन् । १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

    २०७९ पुस ९ देखि २७ गतेसम्म आयोजित नेपाल टी-२० का दौरान स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टीमका सदस्यसमेत रहेका अन्सारीलाई क्यानले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । जिल्ला अदालत काठमाडौंले आदिललाई सफाइ दिएसँगै क्यानले निलम्बन फुकुवा गरेको हो ।

  • बेबी लाइफ होममा पुगे सन्दीप, ५० हजार सहयोग गरे

    बेबी लाइफ होममा पुगे सन्दीप, ५० हजार सहयोग गरे

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कीर्तिपुरस्थित बाल आश्रम बेबी लाइफ होममा पुगेका छन् । उनले त्यहाँ रहेका बालबालिकासँग करिब एक घन्टा समय बिताए ।

    सन्दीप यसअघि पनि बेलाबखत त्यहाँ पुग्ने गरेका थिए । आज उनले ५० हजार रुपैयाँ सहयोग पनि गरेको लाइफ होमका सञ्चालकले जानकारी दिएका छन् ।

    सन्दीपले बालबालिकासँग भलाकुसारी गरेका थिए । उनलाई आफूहरुबीच पाउँदा लाइफ होमका बालबालिका निकै खुशी देखिए ।

  • विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

    विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

    काठमाडौं । भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । कोहलीले यसअघि नै सन्न्यास लिने इच्छा जनाएपनि सोमबार आधिकारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

    २०११ मा डेब्यू गरेका ३६ वर्षीयले भारतका लागि १२३ टेष्ट खेलेका छन् । उनले उक्त खेलमा ९२३० रन बनाएका छन् । सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् । विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए ।

    ‘…म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु- खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु,’ कोहलीले इन्स्टाग्राममा लेखेका छन् ।

    केही दिनअघि मात्रै कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । रोहित र विराटले टी-२०आई क्रिकेटबाट एकसाथ संन्यास लिएका थिए । दुवैले एकदिवसीय क्रिकेटमा भने खेल्नेछन् ।

  • एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

    एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

    काठमाडौं । स्पेनिस ला-लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल मड्रिड उपाधि होडबाट लगभग बाहिरिएको छ ।

    दुई गोलको अग्रतालाई समेत जोगाउन नसकेको रियलले केलियन एम्बाप्पेको ह्याट्रिकका बाबजुद पनि ४-३ गोलले पराजित भएको छ ।

    एम्बाप्पेले खेलको पाँचौँ र १४ औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । तर बार्सिलोनाले पहिलो हाफमै ४ गोल फर्कायो । एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे।

    एरिकले १९, लामिनले ३२ तथा राफिन्हाले ३४ र ४५ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ४-२ को अवस्थामा लगे । दोस्रो हाफमा एम्बाप्पेले पुनः गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यो पर्याप्त भएन र खेल बार्सिलोनाले जित्यो ।

    ला-लिगाको तीन खेल बाँकी रहँदा अब च्याम्पियन हुन बार्सिलोनालाई एक खेल जिते पुग्ने भएको छ। रियल भन्दा ७ अङ्क अघि रहेको बार्सिलोनाले यो सिजन क्लासिकोको सबै चार खेलमा रियललाई पराजित गरिदिएको हो ।

  • साफ यू-१९ च्याम्पियनसिप: श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

    साफ यू-१९ च्याम्पियनसिप: श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।

    भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ५-० गोलले पराजित गरेको हो । यो जितसंगै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    समूह ‘बी’ बाट नेपाल र भारत सेमिफाइनलमा पुगेका हुन् । दुवै खेल हारेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो । नेपालले अब मंगलबार भारतसँग खेल्नेछ । समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स छन् ।

  • बार्सिलोना-रियल म्याड्रिड : किन यो वर्षौंको सबैभन्दा ठूलो क्लासिको हो

    बार्सिलोना-रियल म्याड्रिड : किन यो वर्षौंको सबैभन्दा ठूलो क्लासिको हो

    एल क्लासिको सधैं ठूलो विषय हो, जुन संसारभर सबैभन्दा बढी हेरिने खेलहरूमध्ये एक हो । तर यस पटक बार्सिलोना र रियल म्याड्रिड लिग सिजनको अन्त्यतिर भेटिंदै छन् र लालीगा उपाधि अझै अनिश्चित छ, जसले यो पछिल्ला वर्षहरूको सबैभन्दा ठूलो क्लासिको बनाएको छ ।

    बार्सिलोनाको ओलम्पिक स्टेडियममा आइतवार (नेपाल समय साँझ 8:०० बजे) यी दुई विशाल टोली एकअर्काविरुद्ध भिड्नेछन् । यस सिजनको अन्तिम चरणमा यी दुई मात्र यस्तो टोली हुन् जसले स्पेनको च्याम्पियन बन्ने सम्भावना राखेका छन् । उपाधि जित्ने लक्ष्य आफैमा ठूलो प्रेरणा हो, तर लामीन यामाल र किलियन एमबाप्पे जस्ता स्टार खेलाडीहरूका लागि आफ्ना कट्टर प्रतिद्वन्द्वीहरूसँग पराजित हुनु झन् असह्य हुन सक्छ ।

    यो सिजन बार्सिलोना म्याड्रिडमाथि प्रत्येक भेटमा हावी भएको छ । तर चार अंकको अग्रता कायम राख्न नसकेर उपाधि गुमाउनु भनेको प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनलाई कठोर अन्त्य दिने हो, विशेष गरी यसै हप्ता इन्टर मिलानसँगको ऐतिहासिक च्याम्पियन्स लिग सेमिफाइनल हारपछि ।

    रियल म्याड्रिडका लागि उपाधिविहीन सिजन त विनाश नै हो । र यही सम्भावनाको सामना गर्दै छन् प्रशिक्षक कार्लो एन्सेलोटी, जो सम्भवत: क्लबमा आफ्नो अन्तिम वर्ष बिताइरहेका छन् ।

    किन यो वर्षको सबैभन्दा ठूलो क्लासिको हो

    यस सिजनमा हामीले चारवटा क्लासिको देख्यौं, हरेक अघिल्लोभन्दा बढी महत्त्वपूर्ण । अब, यस्तो लाग्छ कि सारा सिजन नै यो एक खेलतर्फ निर्माण भइरहेको थियो ।

    सामान्यतः क्लासिको यति ढिलो हुँदैन, र अझै यति धेरै दावमा त झनै हुँदैन । लालीगाले मार्च वा अप्रिलमा क्लासिको हुनेगरी तालिका बनाउने गर्छ, ताकि खेलको परिणामले उपाधिमा प्रभाव पारोस् । विगत ३० वर्षमा क्लासिको यति ढिलो हुँदा एकपटक मात्रै भएको थियो- मे २७, १९९५ मा, जब बार्सिलोनाले १-० ले जितेको थियो । तर त्यो सिजन म्याड्रिडले लिग जितिसकेको थियो ।

    तर अहिले हामी खेल सप्ताह ३५ मा छौं, बार्सिलोना चार अंकले अगाडि र डोमेस्टिक डबलको नजिक छन्। म्याड्रिड भने अन्तिम आशामा बाँचेका छन्, जित्ने र बार्साले बाँकी खेलमा चिप्लिने आशामा।

    ऐतिहासिक क्लासिकोलाई फर्केर हेर्दा, अप्रिल २०१२ मा क्याम्प नोउमा म्याड्रिडले २-१ ले जितेको थियो। रोनाल्डोको “काल्मा, काल्मा” इशारा अहिले पनि क्लासिकोको एउटा प्रतीक हो। त्यसपछि म्याड्रिडले १०० अंक र १२१ गोलसहित लिग जितेको थियो।

    त्यसअघि, मे २, २००९ मा बार्साले सान्टियागो बर्नबेउमा ६-२ को ऐतिहासिक जित निकालेका थिए । मेस्सी र थियरी हेन्रीले दुई–दुई गोल गरेका थिए । त्यो नतिजाले उपाधि त तुरुन्त सुनिश्चित गरेन, तर दौड कता जाँदैछ भन्ने स्पष्ट भयो ।

    के आइतवार पनि त्यस्तै इतिहास रचिनेछ ? आशा गरौं !

    यहाँ कसरी आइपुग्यौं ?

    खेल तालिका सार्वजनिक हुँदा धेरैले अनुमान गरेका थिए कि यो क्लासिको आउँदा उपाधिको दौड समाप्त भइसकेको हुनेछ । तर त्यो गलत सावित भयो । सिजनको अन्त्यमा यस्तो रोमाञ्चक मोड आइपुग्छ भन्ने कमैलाई लाग्थ्यो ।

    केही समय यस्तो भयो जब दुबै टोली शीर्ष स्थानबाट अलग देखिए । एट्लेटिको म्याड्रिडले पनि योगदान दिए, तर सिजनको अधिकांश समय बार्सिलोनाले अग्रता लिएका थिए, यद्यपि २०२४ को अन्त्यमा उनीहरूको लय कमजोर भएको थियो ।

    लालीगा तालिका:

    1 – बार्सिलोना – ३४ खेल – ७९ अंक
    2 – रियल म्याड्रिड – ३४ खेल – ७५ अंक
    3 – एट्लेटिको – ३५ खेल – ७० अंक

    पछिल्लो अक्टोबरमा म्याड्रिडलाई ४-० ले हराएर बार्साले सिजनको उत्कृष्ट सुरुवात प्रमाणित गरेका थिए । त्यसबेला उनीहरूले ६ अंकको अग्रता लिएका थिए । त्यसपछि भने बार्सिलोना लडखडे, एट्लेटिको शीर्षमा पुग्यो । त्यसपछि एट्लेटिको पनि चिप्लियो, र म्याड्रिडले फाइदा उठाए ।

    जनवरीमा रियल भलाडोलिडलाई पराजित गरेपछि म्याड्रिड ७ अंकले अगाडि भयो। तर फेब्रुअरी १ देखि मार्च १ सम्म ५ खेलमा १ जित मात्रै निकाल्न सके । त्यही समयमा बार्साले पुनरागमन गरे ।

    २०२५ मा बार्साले १५ खेलमा १३ जित, २ बराबरी निकालेका छन् । उनीहरूले सुपरकोपा र कोपा डेल रे पनि जितिसकेका छन् । आइतवार हार नखाए दोस्रो उपाधि तीन वर्षभित्र सुरक्षित हुने सम्भावना बलियो छ ।

    बार्सिलोनाको लागि के दाउमा छ ?

    सिजन सुरु हुँदा कसैले अपेक्षा गरेको थिएन- सुपरकोपा, कोपा डेल रे जित्ने र च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुग्ने युवा टोलीले यति उत्कृष्ट प्रदर्शन गर्नेछ ।

    तर अब अपेक्षा फरक भइसकेका छन् । लामीन यामालको उदय, रफिन्हा र लेवान्डोस्कीको गोल वर्षा, र फिट बनेका पेड्री- सबैले फ्लिकको उच्च-इंटेन्सिटी प्रणालीमा उत्कृष्टता देखाएका छन् ।

    तर इन्टर मिलानले देखाएझैं, यो प्रणाली अपूर्ण पनि छ । अब म्याड्रिडलाई चौथो पटक हराउन सके भने उपाधिको ढोका लगभग खुल्नेछ । जितेमा फ्लिकको पहिलो सिजनलाई उत्कृष्ट भनिनेछ; हारेमा भने सारा प्रगति ओझेलमा पर्नेछ ।

    रियल म्याड्रिडको लागि के दाउमा छ?

    सबै कुरा । या त जित्ने, लिग जित्ने र सिजन बचाउने- वा हार्ने र सिजन पूरै विफल मानिने ।

    च्याम्पियन्स लिगबाट बाहिरिएपछि धेरै म्याड्रिड समर्थक र मिडियाका लागि सिजन समाप्त भइसकेको हो । क्लबको मापदण्डमा क्वाटरफाइनल हार अस्वीकार्य हो । इन्टरले उपाधि जित्दा बार्साले जित्न नपाएकोमा राहत मिल्यो ।

    यदि म्याड्रिडले लिग जिते भने, फ्लिकको ‘रमाइलो’ बार्सालाई पछि पार्दै सफल सिजनको दाबी गर्न सक्छन् ।

    एन्सेलोटीको बिदाइ लगभग पक्का छ- उनी ब्राजिलको प्रशिक्षक बन्ने तयारीमा छन्। तर क्लासिको जितेमा र लिग जितेमा, नयाँ प्रशिक्षक (संभावित रूपमा साबी आलोन्सो) का लागि टिम परिवर्तनमा कति जोश देखाउने भन्ने निर्धारण हुन सक्छ ।

    क्लासिकोको परिणामले उपाधि दौडमा कस्तो असर पार्छ ?

    यदि बार्साले जित्यो:

    बार्साको अंक ८२ पुग्नेछ र म्याड्रिड ७५ मा रोकिनेछ। तीन खेल बाँकी हुँदा लिग लगभग बार्साको हातमा पुग्नेछ। त्यसपछि बार्साले एस्पान्योलविरुद्ध जित निकाल्दै उपाधि पक्का गर्न सक्नेछ।

    यदि म्याड्रिड मल्लोर्कासँग हार्छ भने, बार्साले एस्पान्योल खेल्नु अगाडि नै उपाधि जितिसकेको हुनेछ ।

    यदि बराबरी भयो:

    बार्साको ८०, म्याड्रिडको ७६ अंक हुनेछ। बार्सालाई बाँकी तीन खेलमा ५ अंक गुमाउनुपर्नेछ र म्याड्रिडले सबै खेल जित्नुपर्नेछ । सम्भावना कम छ, तर असम्भव होइन ।

    यदि म्याड्रिडले जित्यो:

    बार्सा ७९ मा रहनेछ, म्याड्रिड ७८ पुग्नेछ। यसपछि म्याड्रिडका खेलहरू तुलनात्मक रूपमा सजिला छन्- मल्लोर्का, सेभिल्ला, र सोसिडाड। जबकि बार्साले एस्पान्योल (जहाँ उनीहरू १२ मध्ये ११ खेल नहारिकन आएका छन्), भिल्लारियल र एथ्लेटिकसँग खेल्नुपर्नेछ ।

    यदि म्याड्रिडले ४ वा सोभन्दा बढी गोल अन्तरले जित्यो भने, बार्साको हेड-टु-हेड फाइदा पनि गुम्नेछ ।

    पिचिचीको दौड:

    लेवान्डोस्कीले किलियन एमबाप्पेको आगमनपछि पनि आफूलाई सिद्ध गरेका छन् । बार्साको ९१ गोलमध्ये २५ गोल उनीबाट आएका छन् ।

    तर एमबाप्पे पछिल्ला खेलहरूमा उत्कृष्ट लयमा छन्- अहिले २४ गोलसहित उनी लेवान्डोस्कीको एक गोलमात्र पछाडि छन् ।

    अब यी दुई स्ट्राइकरबीचको व्यक्तिगत दौड बाँकी चार खेलमा तय हुनेछ। मुख्य लक्ष्य लिग जित्नु भए पनि, व्यक्तिगत सम्मानको चाहना पनि ठूलो प्रेरणा हो ।

     

  • जर्मन फुटबलको ‘खतरनाक’ टोली हमबर्गको बुन्डेसलिगामा पुनरागमन

    जर्मन फुटबलको ‘खतरनाक’ टोली हमबर्गको बुन्डेसलिगामा पुनरागमन

    काठमाडौं । जर्मन फुटबलको एउटा सफल टोली हमबर्गले सात वर्षपछि त्यहाँको अघिल्लो डिभिजन फुटबल बुन्डेसलिगामा पुनरागमन गरेको छ ।

    सन् २०१८ मा रेलिगेसनमा परेर बुन्डेसलिगाबाट बाहिरिएको हमबर्गलाई पुनः पहिलो डिभिजनमा आइपुग्न ७ वर्षको कडा मेहनत आवश्यक पर्‍यो ।

    ६ पटक जर्मन लिग च्याम्पियनले शनिवार राति उल्मविरुद्ध ६–१ को जित निकालेपछि हमबर्ग सात वर्षपछि शीर्ष डिभिजन लिगमा आफूलाई पुनः स्थापित गर्न सफल बन्यो ।

    जर्मन फुटबलमा ‘खतरनाक’ टिमको उपनामले समेत पराजित हमबर्गले सात वर्षपछि आफूहरू पुरानै लयमा बुन्डेसलिगामा फर्कनु सुखद रहेको प्रतिक्रिया दिएको छ ।

    सन् १९९३ को युरोपियन कप विजेतासमेत रहेको हमबर्गले आगामी सिजन बुन्डेसलिगामा पुरानै रफ्तारलाई अघि बढाउने गरी तयारी गर्ने समेत जनाएको छ ।

  • फिफा क्लब विश्वकप २०२५ अमेरिकामा : पहिलो पटक ३२ टोलीको सहभागिता निश्चित

    फिफा क्लब विश्वकप २०२५ अमेरिकामा : पहिलो पटक ३२ टोलीको सहभागिता निश्चित

    काठमाडौं । फिफा क्लब विश्वकप २०२५ आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने पक्का भएको छ । यो संस्करण विशेष छ, किनभने यो पहिलो पटक पुनःसंरचित (revamped) ढाँचामा, कुल ३२ टोलीको सहभागिता रहनेछ ।

    यसअघि क्लब विश्वकप सीमित ७ टोलीमा केन्द्रित थियो, तर अब यो विश्व फुटबलको क्लब तहमा सबैभन्दा ठूलो मञ्च बन्ने लक्ष्यका साथ अघि बढाइएको छ । प्रतियोगिता २०२५ जुन १५ देखि जुलाई १३ सम्म चल्नेछ, जसमा युरोप, दक्षिण अमेरिका, अफ्रिका, एसिया, ओसिनिया र उत्तर अमेरिकाका शीर्ष क्लबहरू सहभागी हुनेछन् । फिफाले यो प्रतियोगितालाई “ग्लोबल सुपरस्टेज” नाम दिँदै क्लब फुटबललाई अझ अन्तर्राष्ट्रिय बनाउने प्रयास गरेको छ ।

    यसपटकको क्लब विश्वकपमा लियोनेल मेस्सीको इन्टर मियामी टोली पनि स्वतः छनोट भएको छ, जसको कारण अमेरिकामा हुने उद्घाटन खेलमा अल अहलीको सामना गर्नेछ । इन्टर मियामीको उद्घाटन खेल जुन १४, २०२५ मा हार्ड रक स्टेडियम, मियामीमा हुनेछ ।

    फिफाले क्लब विश्वकपका लागि टोली छनोट गर्ने प्रक्रिया सार्वजनिक गरेको छ । प्रत्येक महासंघले सात वर्षको प्रदर्शन, क्लबहरूको उपलब्धि र र्याङ्किङका आधारमा टोली चयन गर्नेछ । युरोप र दक्षिण अमेरिकाका शीर्ष क्लबहरूसँगै अन्य महादेशीय टोलीहरूलाई पनि प्रतिस्पर्धामा ल्याइएको छ ।

    टोलीहरूको चयन प्रक्रिया (FIFA Selection Criteria)

    फिफाले क्लब विश्वकपका लागि टोलीहरूको चयन महासंघका आधारमा गरिरहेको छ । विभिन्न महादेशीय प्रतियोगितामा क्लबहरूले देखाएको प्रदर्शन र उपलब्धिअनुसार टोली छनोट गरिएको छ ।

    कुन महासंघबाट कति टोली चयन गरिएको र तिनीहरूको छनोटको आधार हेर्नुस् तालिकामा-

    प्रतियोगिता ढाँचा र तालिका

    प्रतियोगितामा ८ समूहहरू हुनेछन्, प्रत्येक समूहमा ४ टोली रहेका छन् । समूह चरणमा प्रत्येक टोलीले ३ खेलहरू खेल्नेछन् र समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यहाँ प्रारम्भिक समूह संरचना यस प्रकार छ:

    फिफाले विजेता क्लबलाई $५० मिलियनदेखि $१२५ मिलियन अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ, जसले क्लबहरूलाई यो प्रतियोगितामा अधिक लगानी गर्न उत्साहित गर्नेछ । जसले फुटबल प्रेमीहरूलाई विश्वभरका प्रमुख शहरहरूमा फुटबलको रोमाञ्चक अनुभव दिनेछ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो का अनुसार, ‘यो प्रतियोगिता फुटबलको ग्लोबल बजारमा नयाँ अध्याय हो । क्लबहरूको लागि यो विश्वकप बराबरको प्रतिस्पर्धा हो ।

    फिफा क्लब विश्वकप २०२५ ले विश्वभरका समर्थकहरूलाई च्याम्पियन्स लिगभन्दा फरक तर समान स्तरको अन्तर्राष्ट्रिय क्लब भिडन्त हेर्ने ऐतिहासिक अवसर दिनेछ । मेस्सी, हलान्ड, भिनिसियसजस्ता स्टारहरू एउटै प्रतियोगितामा भिड्दै गर्दा यो प्रतियोगिता फुटबल इतिहासमै एक नयाँ युगको सुरूवात बन्नेछ ।

  • फिफाको नयाँ निर्णय: सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली

    फिफाको नयाँ निर्णय: सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली

    जेनेभा । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मत पारित गरिएको जानकारी दिएको हो ।

    फिफाका अनुसार विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

    ४८ टोली सहभागिताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल सङ्ख्या ६४ बाट बढाएर १०४ पु¥याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्बिनेछ ।

    फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘यो केवल थप १६ टोली खेलाउने कुरामात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।’

    महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो । त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए । सन् २०२३ मा अस्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह-आयोजित प्रतियोगितामा पहिलो पटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ ।

    यसैबीच पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् । -रासस/सिन्ह्वा

  • साढे ३ वर्षपछि दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी

    साढे ३ वर्षपछि दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा हुने आईसीसी एक दिवसीय लिग-२ र टी-२०आई सिरिजका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

    २०७८ सालको मंसिरमा क्यानले आचारसंहिता उल्लंघन गरेको भन्दै दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीबाट हटाएको थियो । सोही समयमा क्यानले ज्ञानेन्द्र मल्ललाई पनि कप्तानको जिम्मेवारीबाट हटाएको थियो ।

    त्यसयता राष्ट्रिय टोलीको कप्तान दुई पटक परिवर्तन भए पनि उपकप्तानको जिम्मेवारी भने कसैलाई दिइएको थिएन । साढे ३ वर्षपछि क्यानले दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीमा फर्काएको हो ।

    दीपेन्द्र राष्ट्रिय टोलीका उत्कृष्ट र भरपर्दा अलराउन्डर हुन् । दीपेन्द्र आईसीसी टी-२०आईको अलराउन्डर वरियतामा तेस्रो नम्बरमा छन् । टी-२०आई क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान दीपेन्द्रको नाममा छ । उनले टी-२०आई क्रिकेटमा दुई पटक ६ बलमा ६ छक्का प्रहारसमेत गरेका छन् ।

    भावी कप्तानको रुपमा हेरिएका दीपेन्द्रलाई त्यसबेला उपकप्तानबाट समेत हटाइएको थियो । त्यतिबेला सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको थियो । सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरिएको थियो । त्यसयता रोहितले राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन् ।

  • स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी

    स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी

    काठमाडौं । नेपाल क्रीकेट संघ क्यानले स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ ।

    आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ । सोही टोलीसंग नेपालले टी-२०आई सिरिज पनि खेल्नेछ ।

    नेपाली टोली
    रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।

  • विश्वकप एसिया छनाेटमा बहराइनमाथि नेपालकाे सहज जित

    विश्वकप एसिया छनाेटमा बहराइनमाथि नेपालकाे सहज जित

    काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको छ ।

    तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल अगावै पूरा गर्‍यो । नेपालका लागि ओपनर कविता कुवरले सर्वाधिक १८ रन बनाइन् । उनले ११ बलमा ४ चौका प्रहार गरिन् ।

    ओपनर सम्झना खड्का १० बलमा १३ बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्मा ५ बलमा ७ रन बनाएर नटआउट रहिन् । वर्षाका कारण खेल ५र५ ओभरको खेलाइएको थियो ।

    त्यसअघि पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले सर्वाधिक ३४ रन बनाएकी थिइन् ।

    पहिलो खेलमा नेपालले हङकङसंग अंक बाढेको थियो ।

  • टेस्ट क्रिकेटबाट सन्यास लिने विराट कोहलीको तयारी, पुनर्विचार गर्न बीसीसीआईको आग्रह

    टेस्ट क्रिकेटबाट सन्यास लिने विराट कोहलीको तयारी, पुनर्विचार गर्न बीसीसीआईको आग्रह

    नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन् । कप्तान रोहित शर्मापछि उनले पनि सन्यासको मनस्थिति बनाएका हुन् ।

    ३६ वर्षीय कोहलीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यो निर्णयबारे जानकारी गराएका छन्। यद्यपि, बीसीसीआईले विशेषगरी आगामी जुन-जुलाईमा हुने इंग्ल्यान्डविरुद्धको महत्त्वपूर्ण पाँच टेस्ट म्याचको शृंखलालाई मध्यनजर गर्दै उनलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

    भारतीय टेस्ट टोलीका नियमित कप्तान रोहित शर्माले मे ७, २०२५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएको केही दिनपछि कोहलीले पनि उनलाई पछ्याउने मनस्थिति बनाएका हुन्। कोहलीको सम्भावित सन्यासले भारतीय टेस्ट टोलीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ, किनकि उनी भारतका सर्वाधिक सफल टेस्ट कप्तान हुन्। उनले २०१४ देखि २०२२ सम्म टेस्ट टोलीको नेतृत्व गरेका थिए र ६८ म्याचमा ४० जित हासिल गरेका थिए।

    कोहलीको टेस्ट करियर

    विराट कोहलीले २०११ मा वेस्टइन्डिजविरुद्ध टेस्ट डेब्यू गरेका थिए। हालसम्म उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्। उनको टेस्ट करियरमा ३० शतक, ३१ अर्धशतक, र ७ दोहरो शतक समावेश छन्।

    उनले टेस्टमा ९,००० रनको आँकडा पार गर्ने चौथो भारतीय ब्याट्सम्यानको कीर्तिमान पनि बनाएका छन्। पछिल्लो समय, उनले २०२४ मा पर्थ टेस्टमा अष्ट्रेलियाविरुद्ध ३०औँ टेस्ट शतक प्रहार गरेका थिए, जसले उनलाई डन ब्र्याडम्यान (२९ शतक)लाई उछिन्दै सचिन तेण्डुलकर (५१ शतक), राहुल द्रविड (३६ शतक), र सुनिल गावस्कर (३४ शतक) पछि भारतको चौथो स्थानमा पुर्‍याएको थियो।

    कोहलीले २०२४(२५ को अष्ट्रेलिया भ्रमणमा सम्पन्न भएको बोर्डर(गावस्कर ट्रफीपछि आफ्नो टेस्ट भविष्यबारे सोच्न थालेका थिए। उक्त शृंखलामा पहिलो टेस्टमा शतक बनाए पनि बाँकी म्याचमा उनको प्रदर्शन खासै प्रभावशाली रहेन। उनले पहिलो इनिङमा १७ र दोस्रो इनिङमा ६ रन मात्र बनाएका थिए। यो शृंखलामा उनको समग्र प्रदर्शनले उनको टेस्ट क्रिकेटमा निरन्तरताबारे प्रश्न उठाएको थियो।

    बीसीसीआईको चिन्ता
    इंग्ल्यान्डविरुद्धको आगामी शृंखलालाई मध्यनजर गर्दै बीसीसीआईले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। रोहितको अनुपस्थितिमा कोहलीको अनुभव र ब्याटिङ क्षमता टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

    इन्डियन एक्सप्रेसले एक सूत्रलाई उद्गत गर्दे लेखेको छ, ‘विराटले आफ्नो मन बनाइसकेका छन् र बीसीसीआईलाई टेस्ट क्रिकेट छोड्ने जानकारी दिएका छन्। तर, बोर्डले उनलाई इंग्ल्यान्ड भ्रमणको महत्त्वलाई ध्यानमा राखेर पुनर्विचार गर्न भनेको छ। उनले अहिलेसम्म यो अनुरोधको जवाफ दिएका छैनन्।’

  • पाकिस्तान सुपर लिग पनि स्थगित

    पाकिस्तान सुपर लिग पनि स्थगित

    काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग पीएसएलका बाँकी आठ खेलहरू स्थगित गरेको छ।

    पछिल्लो २४ घण्टामा एलओसीमा स्थिति बिग्रँदै गएको, ७८ वटा ड्रोनको बढ्दो आक्रमण र भारतबाट सतहबाट सतहमा क्षेप्यास्त्र प्रहार भएको भन्दै अनिश्चितकालका लागि स्थगित गरेको हो ।

    पिएसएलका लिग चरणका ३४ खेलमा २६ खेल सकिएका छन् । पाकिस्तानले यसअघि बाकी खेल युएईमा गर्ने तयारी गरेको थियो । भारत पाकिस्तान सीमामा सुरक्षा चिन्ताका कारण भारतले पनि एक हप्ताका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गरिसकेको छ ।