Category: खेल प्रेस

  • टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

    टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

    नेदरल्यान्ड्सविरुद्ध कुशलले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

    नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा ३ विकेट गुमाएर ९७ रन जोडेको छ ।

    आसिफ शेख ७, भीम सार्की २७ र कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भए ।

  • टी–२०आई सिरिजः नेपाललाई नेदरल्याण्ड्सले दियो १७५ रनको लक्ष्य

    टी–२०आई सिरिजः नेपाललाई नेदरल्याण्ड्सले दियो १७५ रनको लक्ष्य

    काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

    नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८३ रन बनाए । ५३ बलमा उनले ५ छक्का र ६ चौका प्रहार गरे । लेभिट १४ ओभर ३ बलमा करण केसीको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे ।

    सकिब जुल्फिकारले १४ रनको योगदान दिए । लेभिटले जुल्फिकारसँग मिलेर पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । रोएलफ भ्यान डेर मेवेले र आर्यन दत्तले उनीहरुले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे ।

    बलिङमा नेपालका करण केसीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।

  • टी–२०आई सिरिज: नेदरल्यान्डसविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल, भीम सार्कीले डेब्यु गर्दै

    टी–२०आई सिरिज: नेदरल्यान्डसविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल, भीम सार्कीले डेब्यु गर्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्डसविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    सिरिजमा नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । भीम सार्कीले टी-२०आईमा डेब्यु गर्ने भएका छन् । उनीसँगै आरिफ शेख, आसिफ शेख पनि टोलीमा फर्किएका छन् ।

    नेपालको प्लेइङ ११
    कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, आरिफ शेख, लोकेश बम,रुपेश सिंह, करण केसी र दीपेन्द्रसिंह ऐरी ।

  • विपिनको कप्तानीमा एसीसी यू-१६ इस्ट जोन कप खेल्ने टोलीको घोषणा

    विपिनको कप्तानीमा एसीसी यू-१६ इस्ट जोन कप खेल्ने टोलीको घोषणा

    काठमाडौं । विपिनप्रसाद शर्माको कप्तानीमा एसीसी यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    कप्तान विपिनले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रतियोगिता जुन २२ देखि जुलाई ५ सम्म मलेसियामा हुनेछ ।

    नेपाली टोली

    विपिन प्रसाद शर्मा (कप्तान), सुर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी, जय थापा र रोशन शाही ।

  • बिग ब्यास लिगमा बिकेनन् नेपाली खेलाडी

    बिग ब्यास लिगमा बिकेनन् नेपाली खेलाडी

    काठमाडौं । अस्ट्रेलियाको बिग ब्यास लिग क्रिकेटको अक्सनमा नेपाली खेलाडी बिक्न असफल भएका छन् । लिगका लागि ड्राफ्टमा परेका सन्दीप लामिछानेसहित ६ खेलाडीलाई अक्सनमा कुनै पनि टोलीले किन्ने इच्छा जनाएनन् ।

    ड्राफ्टमा सन्दीपसहित आरिफ शेख, अर्जुन साउद, देव खनाल, शेर मल्ल र विपिन शर्माले नाम दर्ता गराएका थिए ।

    यीमध्ये सन्दीपले यसअघिका केही संस्करण खेलिसकेका छन् । पछिल्ला केही संस्करणमा भने सन्दीप अक्सनमा विक्रि हुन सकेका छैनन् ।

  • स्कटल्यान्ड सिरिज : प्रतिस्थापनमा गएका तीन युवा खेलाडी नचल्दा टीममाथि प्रेसर

    स्कटल्यान्ड सिरिज : प्रतिस्थापनमा गएका तीन युवा खेलाडी नचल्दा टीममाथि प्रेसर

    काठमाडौं । स्कटल्यान्ड भ्रमणमा नेपालका प्रमुख दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा चोटका कारण टिमबाट बाहिरिएपछि तीन युवा खेलाडीहरुले मौका पाए । उनीहरुको प्रतिस्थापनका रुपमा लोकेश बम, रुपेश सिंह र किरण ठगुन्नालाई स्कटल्यान्ड पठाइएको थियो ।

    त्रिकोणात्मक टि २० सिरिजको पहिलो दुई म्याचमा उनीहरु तीनैजनाले अवसर पाए । तर कसैले पनि आफूलाई पाएको अवसर सदुपयोग गर्न सकेनन् । प्रतिस्थापनमा गएका खेलाडीहरु दुवै म्याचमा नचल्दा नेपाली टिममाथि नै प्रेसर परेको छ । गुल्शन र सोमपालको कमि दुवै म्याचमा खट्कियो ।

    नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिलो म्याच ऐतिहासिकरुपमा प्रतिस्पर्धात्मक बनेको थियो । नतिजाका लागि तीनवटा सुपरओभर खेलाउनुपर्यो । अन्ततः तेस्रो सुपरओभरमा नेपालले नेदरल्यान्ड्सलाई नतिजा सुम्पिए । उक्त हारमा युवा व्याटर रुपेश सिंह जिम्मेवार देखिन पुगे ।

    पहिलो बलमै कप्तान रोहित पौडेल ठूलो सटको चक्करमा आउट भएपछि नेपालले सरप्राइज निर्णय लिँदै रुपेशलाई ब्याटिङमा पठाएको थियो । कुनै अन्तर्राष्ट्रिय अनुभव नभएका ब्याट्सम्यानलाई यति धेरै प्रेसरको अवस्थामा सुपरओभर खेल्न पठाउने टिमको निर्णयमा धेरै प्रश्नहरु उठेका छन् ।

    जे भए पनि रुपेशसँग अवसर थियो, आफूलाई यो लेभलमा प्रमाणित गर्ने । तर उनी चुके । उनले लगातार दुई बल डट खेले भने तेस्रो बलमा आउट भए । नेपालले यो सुपरओभरमा कुनै पनि रन जोड्न सकेन ।

    नियमित २० ओभरको खेलमा रुपेश १४ बलमा एक छक्का र एक चौकासहित १९ रन जोडेका थिए । आशालाग्दो सुरुवात गरे पनि उनले त्यसलाई कन्भर्ट गर्न सकेनन् र गलत समयमा आउट भए जतिबेला नेपाललाई एउटा बलियो साझेदारीको खाँचो थियो ।

    अर्को इन्डमा रहेका कप्तान रोहित पौडेलको सहयोगी भूमिका खेल्नुपर्नेमा आफैं ठूलो हिट गर्न खोज्दा उनले विकेट गुमाएका थिए । उनको विकेट लिएसँगै खेलमा नेदरल्यान्ड्स हावी भएको थियो ।

    सो म्याचमा रुपेशसँगै डेब्यू गरेका थिए किरण ठगुन्नाले । उनले कुनै प्रभाव पार्न सकेनन् । घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आएका किरणको अन्तर्राष्ट्रिय डेब्यू भने विर्सनलायक नै बन्यो । २५ बल खेल्दा उनले १५ रन मात्रै जोड्न सके । उनी पनि ठूलो सट खेल्ने चक्करमा आउट भएका थिए । किरणले थुप्रै डट बलहरु खेल्दा नेपाललाई रन रेटको दवाव बढेको थियो ।

    यी दुवै ब्याटरहरुले दोस्रो म्याचमा स्कटल्यान्डविरुद्ध पनि पाएको मौका खेर फाले । नेपालले ९८ रनको झिनो लक्ष्य पछ्याइरहेको थियो तर कठिन पिचमा ब्याट्सम्यानहरुलाई सजिलो थिएन । यस्तोमा सातौं क्रममा आएका किरण र आठौं क्रममा आएका रुपेश दुवैसँग सम्हालिएर ब्याटिङ गर्दै नेपाललाई जितसम्म डोहोर्याउने चुनौति थिए । उनीहरु दुवै यसमा चुके ।

    रुपेश ७ बलमा तीन रन मात्रै जोडेर सातौं विकेटका रुपमा पेभिलियन फर्किएका थिए । ठगुन्नाले भने क्रिजमा टिक्ने प्रयास गरे । तर अन्तिम ओभरको चौंथो बलमा अनावश्यकरुपले छक्का हान्ने प्रयास गर्दा उनी आउट भए । नेपाललाई तीन बल बाँकी छँदा जितका लागि एक रन मात्रै चाहिएको अवस्थामा किरणले ठूलो सट खेल्ने धृष्टता गरेका थिए । जसले गर्दा उनी ‘विनिङ रन’ हान्ने वञ्चित भए ।

    यस्तै, तेस्रो प्रतिस्थापन खेलाडी लोकेश बम पनि चल्न सकेका छैनन् । उनलाई दुवै म्याचमा नेपालले ओपनिङमै उतारेको थियो । आसिफ शेखलाई बाहिर राखेर कुशल भुर्तेलको जोडी बनाइएका लोकेश दूई म्याचमा क्रमशः शून्य र नौ रनमा आउट भए ।

    लोकेशको क्षमतामा शंका छैन । उनले एनपीएलदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत आफूलाई प्रमाणित गरिसकेका छन् । खासगरि उनी टि २० कै लागि बनेका ब्याट्सम्यान हुन् । तर, विदेशी मैदान र प्रतिकुल कन्डिसनमा उनी अभ्यस्त हुन बाँकी नै छ ।

    नेपालले आफ्नो प्रमुख फास्ट बलर नन्दन यादवलाई पनि चोटका कारण गुमाएको छ, जसले गर्दा बाँकी खेलहरुमा नेपालको फास्ट बलिङ कमजोर बन्न पुगेको छ । रुपेश फास्ट बलिङ अलराउन्डर हुन् । पहिलो खेलमा उनलाई कप्तानले बलिङमा पनि उतारेका थिए । तर, उनले कुनै प्रभाव देखाउन सकेनन् । ३ ओभर बलिङ गरेका उनले ३१ रन खर्चेर विकेटविहीन रहे ।

  • लाे स्काेरिङ थ्रिलरमा नेपालकाे साँघुराे जित

    लाे स्काेरिङ थ्रिलरमा नेपालकाे साँघुराे जित

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बलमा उनले ४ चौका प्रहार गरे।

    लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।

    बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए ।

    टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो ।

    नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् । माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।

    बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ र ललित राजवंशीले एक विकेट लिए ।

    अब नेपालले सिरिजान्तर्गत आफ्नो तेस्रो खेल नेदरल्यान्डससँग बिहीवार खेल्नेछ।

  • स्कटल्याण्ड ९७ मा अलआउट, सन्दीपले लिए ४ विकेट

    स्कटल्याण्ड ९७ मा अलआउट, सन्दीपले लिए ४ विकेट

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालविरुद्ध घरेलु टोली ९७ रनमा अलआउट भएको छ ।

    टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो । नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् ।

    माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए । बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ र ललित राजवंशीले एक विकेट लिए

  • नेपालको धारिलो बलिङमा स्कटल्यान्डको ब्याटिङ धराशयी, ५ ओभरमा ५ ब्याट्सम्यान आउट

    नेपालको धारिलो बलिङमा स्कटल्यान्डको ब्याटिङ धराशयी, ५ ओभरमा ५ ब्याट्सम्यान आउट

    काठमाडौं । त्रिकोणात्मक टि २० सिरिज अन्तरगतको दोस्रो म्याचमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । ५ ओभरभित्रै स्कटल्यान्डको माथिल्लो क्रमका ५ ब्याट्सम्यानहरु पेभिलियन फर्किएका छन् ।

    नेपालले आज नयाँ रणनीति अपनाउँदै पहिलो ओभरमा स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न पठाएको थियो । यो रणनीति सफल पनि भयो ।

    दीपेन्द्रले आफ्नो तेस्रो बलमै स्कटल्यान्डका ओपनर मार्क वाटलाई बोल्ड गरिदिएका छन् । उनले एक रन मात्रै जोडेका थिए । दीपेन्द्रले आफ्नो पहिलो ओभरमा एक रन मात्रै खर्चिए ।

    यस्तै, दोस्रो ओभरमा नेपाललाई दुई सफलता मिल्यो । करण केसीले आफ्नो तेस्रो बलमा अर्का ओपनर जर्ज मुन्सेलाई ऐरीको हातबाट क्याचआउट गराए । लगत्तैको बलमा लियाम नाइलर रनआउट भए ।

    चौंथो ओभरमा फेरि करणले आफ्नो खातामा एक विकेट थपे । फिनले म्याक्रेथलाई उनले रुपेश सिंहको हातबाट क्याचआउट गराए । पाँचौं ओभरमा ललितले नेपाललाई अर्को सफलता दिलाएका छन् । ओभरको पाचौं बलमा उनले भरपर्दा ब्याट्सम्यान ब्रान्डेन म्याकमुलनलाई राहित पौडेलको हातबाट क्याच गराए ।

    यो समाचार बनाउँदासम्म स्कटल्यान्डले ६ ओभरमा ५ विकेट गुमाएर ३२ रन जोडेको छ ।

  • टी-२०आई क्रिकेटमा करण केसीको एक सय विकेट पूरा

    टी-२०आई क्रिकेटमा करण केसीको एक सय विकेट पूरा

    काठमाडौं । नेपालका तीव्र गतिका बलर करण केसीले टी–२०आई क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध एक विकेट लिँदै उनले एक सय विकेट पूरा गरेका हुन् ।

    योसँगै उनी टी–२०आई क्रिकेटमा एक सय विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका हुन् । उनले ८० खेलमा एक सय विकेट पूरा गरे ।

    सन्दीप लामिछाने टी–२०आई क्रिकेटमा एक सय विकेट लिने पहिलो नेपाली खेलाडी हुन् ।

  • स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, १६ रनमै चार विकेट

    स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, १६ रनमै चार विकेट

    काठमाडौं । त्रिकोणात्मक टि २० सिरिज अन्तरगतको दोस्रो म्याचमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । चार ओभरभित्रै स्कटल्यान्डको माथिल्लो क्रमका चार ब्याट्सम्यानहरु पेभिलियन फर्किएका छन् ।

    नेपालले आज नयाँ रणनीति अपनाउँदै पहिलो ओभरमा स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न पठाएको थियो । यो रणनीति सफल पनि भयो । दीपेन्द्रले आफ्नो तेस्रो बलमै स्कटल्यान्डका ओपनर मार्क वाटलाई बोल्ड गरिदिएका छन् । उनले एक रन मात्रै जोडेका थिए । दीपेन्द्रले आफ्नो पहिलो ओभरमा एक रन मात्रै खर्चिए ।

    यस्तै, दोस्रो ओभरमा नेपाललाई दुई सफलता मिल्यो । करण केसीले आफ्नो तेस्रो बलमा अर्का ओपनर जर्ज मुन्सेलाई ऐरीको हातबाट क्याचआउट गराए । लगत्तैको बलमा लियाम नाइलर रनआउट भए ।

    चौंथो ओभरमा फेरि करणले आफ्नो खातामा एक विकेट थपेका छन् । फिनले म्याक्रेथलाई उनले रुपेश सिंहको हातबाट क्याचआउट गराए ।

    यो समाचार बनाउँदासम्म स्कटल्यान्डले ४ ओभरमा ४ विकेट गुमाएर १८ रन जोडेको छ ।

    नेपालले टस जितेर पहिले फिल्डङ रोजेको थियो । आज नेपालको प्लेइङ ११ मा नन्दन यादव छैनन् । नेदरल्यान्ड्सविरुद्धको म्याचमा चोट लागेका नन्दनले खेल्न नसक्ने भएपछि बसिर अहमदलाई समावेश गरिएको छ ।

  • स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दुई ओभरमै तीन विकेट

    स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दुई ओभरमै तीन विकेट

    काठमाडौं । त्रिकोणात्मक टि २० सिरिज अन्तरगतको दोस्रो म्याचमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । दुई ओभरमै स्कटल्यान्डको माथिल्लो क्रमका तीन ब्याट्सम्यानहरु पेभिलियन फर्किएका छन् ।

    नेपालले आज नयाँ रणनीति अपनाउँदै पहिलो ओभरमा स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न पठाएको थियो । यो रणनीति सफल पनि भयो । दीपेन्द्रे आफ्नो तेस्रो बलमै स्कटल्यान्डका ओपनर मार्क वाटलाई बोल्ड गरिदिएका छन् । उनले एक रन मात्रै जोडेका थिए । दीपेन्द्रले आफ्नो पहिलो ओभरमा एक रन मात्रै खर्चिए ।

    यस्तै, दोस्रो ओभरमा नेपाललाई दुई सफलता मिल्यो । करण केसीले आफ्नो तेस्रो बलमा अर्का ओपनर जर्ज मुन्सेलाई ऐरीको हातबाट क्याचआउट गराए । लगत्तैको बलमा लियाम नाइलर रनआउट भएका छन् । यो समाचार बनाउँदासम्म स्कटल्यान्डले ३ ओभरमा ३ विकेट गुमाएर १६ रन जोडेको छ ।

    नेपालले टस जितेर पहिले फिल्डङ रोजेको थियो । आज नेपालको प्लेइङ ११ मा नन्दन यादव छैनन् । नेदरल्यान्ड्सविरुद्धको म्याचमा चोट लागेका नन्दनले खेल्न नसक्ने भएपछि बसिर अहमदलाई समावेश गरिएको छ ।

  • स्कटल्यान्डविरुद्ध नेपाल फिल्डिङ गर्दै, चोटका कारण नन्दन यादव बाहिर

    स्कटल्यान्डविरुद्ध नेपाल फिल्डिङ गर्दै, चोटका कारण नन्दन यादव बाहिर

    काठमाडौं । त्रिकोणात्मक टी- २० सिरिजअन्तर्गतको दोस्रो म्याचमा नेपालले टस जितेर पहिले फिल्डङ रोजेको छ । नेपालका लागि प्लेइङ ११ मा बसिर अहमदले स्थान बनाएका छन् ।

    नेदरल्यान्ड्सविरुद्धको म्याचमा चोट लागेका नन्दन यादव आजको म्याच खेल्न नसक्ने भएपछि बसिरलाई समावेश गरिएको हो । टीममा अरु कुनै पनि परिवर्तन गरिएको छैन ।

    नन्दन अनुपस्थित भएपछि नेपालको फास्ट बलिङ डिपार्टमेन्ट कमजोर बनेको छ । नेपालसित विशेषज्ञ फास्ट बलरका रुपमा करण केसीमात्रै छन् ।

    युवा अलराउन्डर रुपेश सिंहले पार्टटाइम बलिङ गर्न सक्छन् । अन्यथा नेपालले स्पिनरहरुमै भर पर्नुपर्नेछ ।

  • कमेन्ट्रीमा छुटेका लियोनार्डले एडम गिलक्रिस्टसँग बसेर हेरे नेपालका तीन सुपरओभर (भिडिओ)

    कमेन्ट्रीमा छुटेका लियोनार्डले एडम गिलक्रिस्टसँग बसेर हेरे नेपालका तीन सुपरओभर (भिडिओ)

    काठमाडौं । पछिल्लो समय नेपाली क्रिकेटसँग अभिन्न रुपमा जोडिएका आयरल्यान्डका कमेन्टेटर हुन् एन्ड्र्यू लियोनार्ड । नेपाली फ्यानहरूले उनलाई माया गरेर ‘तक्लु दाइ’ भन्ने गर्छन् । नेपालका प्रत्येक महत्वपूर्ण प्रतियोगिता र ऐतिहासिक म्याचहरुलाई उनले कमेन्ट्री प्यानलबाट नियाल्दै आइरहेका छन् ।

    हिजो नेपालले त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो म्याचमा नेदरल्यान्ड्सँग रोमाञ्चक मुकाबिला गर्यो । यो म्याच अविश्वसनीय र विश्व क्रिकेटमै एतिहासिक बन्न पुग्यो । पहिलोपटक विश्व क्रिकेटले तीन सुपरओभर देख्यो । तर, यो म्याचमा भने लियोनार्ड कमेन्ट्रीमा छुटे । यसअघि लिग २ मा कमेन्ट्री गरेका उनी टि २० श्रृंखलामा भने अनुपस्थित छन् ।

    लियोनार्ड अहिले अमेरिकाको क्यालिफोर्नियामा मेजर लिग क्रिकेटको कमेन्ट्री गर्न पुगेका छन् । विश्वकै प्रख्यात क्रिकेटरहरु सहभागी रहेको यो लिग १३ जूनदेखि १४ जुलाइसम्म आयोजना हुँदैछ । कमेन्ट्रीमा छुटे पछि लियोनार्डले नेपालको गेम हेर्न भने छुटाएनन् । उनले होटलमा ब्रेफफास्ट लिँदै मोबाइलबाट लाइभ म्याचको मजा लिएका थिए ।

    लियोनार्डले एउटा भिडिओ आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गरेका छन् जसमा उनी नेपालको अन्तिम सुपर ओभर हेरिरहेका हुन्छन् । यही क्रममा आइपुग्छन् अष्ट्रेलियाका लिजेन्ड्री ब्याट्सम्यान एडम गिलक्रिस्ट ।

    लियोनार्डले गिलक्रिस्टलाई नेपाली टीमलाई ‘कार्डियाक किड्स’ भनेर चिनाउँछन् । त्यसपछि गिलक्रिस्टले पनि निकै चाख लिएर नेपाल र नेदरल्यान्ड्सको सुपर ओभर हेर्छन् । यहीबीचमा अर्का कमेन्टेटर डेनी मोरिसन पनि आइपुग्छन् ।

    यो भिडिओ पोस्ट गर्दै लियोनार्डले नेपालको गेम मिस गरेको बताएका छन् ।

  • उफ् ! कार्डियाक किड्स…

    उफ् ! कार्डियाक किड्स…

    ओ माई गुडनेस… हिजोको म्याच ! मानौँ हामी एउटा खेल मैदानको भिडन्त नभएर कागजमा पटकथा लेखिएको अद्भुत सस्पेन्स थ्रिलर हेरिरहेका थियौँ थियो । क्रिकेट अनिश्चितताको खेल हो, तर यहाँ त हदै भयो । विश्व क्रिकेटले नै पहिलो चोटि तेस्रो सुपर ओभर देख्यो । क्रिकेटमा रोमाञ्चकताको एउटा इतिहास रचियो ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विश्लेषकहरूले ‘कार्डियाक किड्स’ उपमा दिने गरेका छन् । यसको आशय हो, उनीहरूको खेल यति उतारचढावले भरिएको हुन्छ कि दर्शकले मुटुको धड्कन थामेर हेर्न बस्नुपर्छ । अहिलेको नेपाली टिमका दुईवटा विशेषता छन् । पहिलो, यो टिमले अन्तिम बलसम्म हार मान्दैन । दोस्रो, हातमा आइसकेको जित एउटा न एउटा बहाना निकालेर अन्तिम क्षणमा फुत्काइदिन्छ । हिजो यी दुवै विशेषताहरू देखाइदिए हाम्रा खेलाडीहरूले ।

    स्कटल्यान्डको ग्लास्गो रंगशालामा नेपालले टस जितेर पहिले बलिङ रोज्यो र नेदरल्यान्ड्सलाई १५२ रनमा रोक्न सफल भयो । यो औसतभन्दा कमजोर स्कोर थियो र नेपालले सहजरुपमा पछ्याउनुपर्थ्यो । यद्यपि, हिजो नेपालको ब्याटिङ लाइनअप त्यति मजबुत यस कारण थिएन कि अनुभवहीन तीन युवा ब्याटर एकै पटक प्लेइङ ११ मा समावेश गरिएका थिए । यदि सोमपाल कामी र गुल्शन झा टिममा थिए भने सायद खेल सुपरओभरसम्म नपुग्न सक्थ्यो ।

    ९ रनमा २ विकेट गुमाएर खराब सुरुवात गरे पनि नेपाललाई कुशल भुर्तेल र कप्तान रोहित पौडेलले अगाडि बढाए । तर कुशल २३ बलमा ३४ रन जोडेर आउट भएपछि नेपालको रन गति सेलाउन थाल्यो । दीपेन्द्र सिंह ऐरी ७ बलमा ३ रन मात्रै जोडेर आउट भएपछि नेपाल दबाबमा पर्‍यो । त्यसपछि डेब्यूव्वाइ किरण ठगुन्नाले कप्तान पौडेललाई साथ दिने प्रयास गरे । तर उनले राम्ररी स्ट्राइक रोटेट गर्न सकेनन् र अत्यधिक बल खेर फाले, जसले गर्दा पौडेलमाथि रनरेटको प्रेसर बढिरह्यो । उनले नआत्तिईकन जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई चेकमा राखिरहे ।

    किरण २५ बलमा १५ रन मात्रै जोडेर आउट भएपछि आए अर्का डेब्यूव्वाइ रुपेश सिंह । उनले बरु अलिकति ‘इन्टेन्ट’ देखाउँदै १४ बलमा १९ रनको उपयोगी पारी खेले । १६.३ ओभरमा ११२ रन बनाउँदा रुपेश पनि आउट भए र खेलमा फेरि नेदरल्यान्ड्स हाबी भयो । यतिबेला नेपाललाई जितका लागि २१ बलमा ४० रन चाहिएको थियो भने हातमा ४ विकेट थिए ।

    तल्लो क्रमका हार्ड हिटर करण केसी पनि चलेनन् । उनी ५ बलमा ८ रन बनाएर पेभिलियन फर्किए । यद्यपि, उनले हानेको एउटा छक्काले नेपालको आशा जीवित राखेको थियो । दबाबका बीच १८.६ ओभरमा कप्तान पौडेल पनि आउट हुन पुगे र नेपालको हातबाट खेल फुत्किएको जस्तो प्रतीत भयो ।

    अन्तिम ओभरमा नेपाललाई चाहिएको थियो १६ रन र हातमा थिए मात्र दुई विकेट । पुछारका भए पनि सन्दीप लामिछाने र नन्दन यादव दुवै ब्याटिङ गर्न सक्छन् । उनीहरूले कुनै चमत्कार गरिहाल्छन् कि भन्ने झिनो आशामा थिए दर्शक । नभन्दै नन्दनले ब्याटबाट ‘चमत्कार’ गरे । ओभरका अन्तिम ४ बलमा दुई बाउन्ड्रीसहित १२ रन हान्दै उनले स्कोर बराबरी बनाइदिए । जितको खुशी मनाउन ठिक्क परेको नेदरल्यान्ड्स नन्दनले अन्तिम बलमा चौका हान्दा स्तब्ध बन्न पुग्यो ।

    त्यसपछि सुरु भयो ‘तमासा’ । पहिलो सुपर ओभरमा नेपालले पहिले ब्याटिङ गर्‍यो । कुशल भुर्तेल र रोहितकुमार पौडेल क्रिजमा आए । कुशलले २ छक्का र एउटा चौका हान्दै नेपाललाई १९ रनको मजबुत स्कोरमा पुर्‍याए । अनि, यो स्कोरको रक्षा गर्ने जिम्मेवारी दिइयो अनुभवी करण केसीलाई । करण नियमित २० ओभरको खेलमा चलेका थिएनन् । आज चम्केका फास्ट बलर नन्दन यादव औँलामा चोटका कारण बलिङ गर्न नसक्ने भएपछि कप्तानसँग करणलाई बल थमाउनुबाहेक अर्को विकल्प थिएन । हुन त स्पिनतर्फ फर्किने हो भने सन्दीप लामिछाने र ललित राजवंशी थिए । तर सुपर ओभरमा कमै कप्तानले मात्रै स्पिनरमा भर पर्ने गर्छन् ।

    करणले पहिलो बलमा छक्का खाए पनि त्यसपछिको तीन बल कसिलो गरेका थिए । ४ बलमा नेदरल्यान्ड्सले ९ रन मात्रै जोड्दा खेल नेपालको पोल्टामा आइसकेको भान भयो, किनकि अन्तिम २ बलमा जितका लागि नेदरल्यान्ड्सले ११ रन जोड्नुपर्ने हुन्थ्यो । त्यो सम्भव देखिएको थिएन । तर, क्रिकेटमा असम्भव के हुन्छ र । त्यसमाथि करण केसी प्रेसरको अवस्थामा रन खन्याउने बलरका रूपमा चिनिन्छन् । नेदरल्यान्ड्सका म्याक्स ओ डोउडले उनलाई पाँचौं बलमा चौका र छैटौं बलमा छक्का हान्दै स्कोर बराबरी बनाइदिए । स्तब्ध हुने पालो नेपालको । खेल गयो दोस्रो सुपर ओभरमा ।

    नियमित खेलमा स्कोर बराबरी भएर पहिलो सुपर ओभर पनि बराबरीमा टुंगिनु क्रिकेटमा दुर्लभ घटना हो । अहिलेसम्म यस्तो एक पटक मात्रै भएको छ, जुन २०१९ को अक्टोबरमा भारत र अफगानिस्तानबीचको खेलमा भएको थियो । भारतको बैंगलुरुमा भएको उक्त म्याचमा दुवै टिमले निर्धारित २० ओभरमा २१२ रनको समान स्कोर बनाए । त्यसपछि खेल सुपर ओभरमा गयो । पहिलो सुपर ओभरमा पनि दुवै टिमले समान १६ रन बनाए । त्यसपछि दोस्रो सुपर ओभरमा भारत विजयी भयो ।

    क्रिकेटमा सुपर ओभरको प्रावधान सन् २००८ बाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लागू गरेको हो । यसको बढी प्रयोग टी–२० क्रिकेटमा हुने गरेको छ । एक दिवसीयमा पनि नकआउट म्याचहरूमा हुन्छ । सुपर ओभरको प्रावधान ल्याइनुअघिसम्म स्कोर बराबरी भएको अवस्थामा कसरी नतिजा निकाल्ने भन्ने विभिन्न अभ्यास थिए । एकताका बलआउट (प्रत्येक टिमले खाली स्टपमा बलिङ गर्ने) नियम पनि ल्याइयो । तर, यो लोकप्रिय नभएपछि सुपर ओभरको नियम बनाइएको हो । अहिले खासगर टी–२० मा स्कोर बराबरी भयो भने सुपर ओभरबाटै निर्णय हुन्छ ।

    सुरुमा एउटै मात्र सुपर ओभरको प्रावधान थियो । सुपर ओभर पनि टाई भयो भने बाउन्ड्री काउन्ट (जुन टिमले नियमित खेलमा धेरै बाउन्ड्री प्रहार गरेको छ, उही विजेता) का आधारमा निर्णय लिइन्थ्यो । तर सन् २०१९ बाट यो नियम परिवर्तन गरेर ‘अनवरत सुपर ओभर’ लागू गरिएको हो । अर्थात्, जबसम्म नतिजा निस्किँदैन सुपर ओभर भइरहन्छ । यही प्रावधान अनुसार इतिहासमै पहिलो पटक नेपाल र नेदरल्यान्ड्सको म्याच तेस्रो सुपर ओभरमा गएको हो ।

    सुपर ओभरमा प्रत्येक टिमले एक–एक ओभर बलिङ र ब्याटिङ गर्न पाउँछन् । जसले धेरै स्कोर बनायो उही विजयी हुन्छ । तर, एउटा टिमबाट तीन ब्याटरहरुले मात्रै ब्याटिङ गर्न सक्ने प्रावधान छ । यदि दुई विकेट गयो भने ब्याटिङ सकियो । त्यसैले तीनजना ब्याटरहरु मात्रै सुपर ओभरमा संलग्न हुन्छन् । हरेक टिमले ठूला सट हान्ने क्षमता भएका हार्ड हिटरहरूलाई सुपर ओभरमा ब्याटिङ गर्न पठाउने गर्छन् ।

    अब हिजोकै खेलमा फर्किऊँ ।

    दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्स पहिलो ब्याटिङमा आयो । नेपालका कप्तान रोहित पौडेल यसपालि स्पिनरतर्फ मोडिन बाध्य भए किनकि उनीसँग फास्ट बलर उपलब्ध नै थिएनन् ।

    ललित एक कसिला र किफायती स्पिनर हुन्, जसलाई हिट गर्न कुनै पनि ब्याटरलाई सहज हुँदैन । तर, सुपर ओभरको प्रेसरमा उनी पनि डग्मगाए । पहिलो तीन बलमा दुई छक्का खान पुगे । नेदरल्यान्ड्सले तीन बलमा १३ रन बटुल्यो । त्यसपछिका तीन बलमा भने ललितले आफ्नो लय समाते र एक वाइडसहित ४ रन मात्रै खर्चिए । अन्तिम बलमा विकेट पनि लिए । नेदरल्यान्ड्स १७ रनमा रोकियो ।

    १८ रन चेज गर्न नेपालबाट ब्याटिङमा आए रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी । कतिपयले सामाजिक सञ्जालमा कुशल भुर्तेललाई अर्को सुपर ओभरमा किन नल्याएको भनेर प्रश्न उठाएका छन् । तर, उनी पहिलो सुपर ओभरको अन्तिम बलमा आउट भएको हुँदा नियमानुसार फेरि ब्याटिङमा आउन पाउँथेनन् । दीपेन्द्र सुपरओभरका लागि राम्रो च्वाइस पनि हुन्, जो ठूला सटहरू खेल्ने क्षमता राख्छन् ।

    दोस्रो सुपर ओभरमा उत्कृष्ट सुरुवात गर्दै रोहितले पहिलो बलमा छक्का हाने र दोस्रोमा एक रनका लागि दौडिए । तेस्रोमा दीपेन्द्रले चौका निकाले । अब तीन बलमा ७ रन चाहियो र नेपाललाई फेरि जितको आभास हुन थाल्यो । तर, चौथो र पाँचौँ बल दीपेन्द्रले डट खेल्न पुगे र खेल फेरि नेदरल्यान्ड्सतिरै मोडियो । यहाँबाट नेपालले जित्न सक्दैनथ्यो । अन्तिम बलमा छक्का हान्दा पनि खेल बराबरीसम्म हुन्थ्यो । नभन्दै दीपेन्द्रले शानदार छक्का हाने । फेरि नेदरल्यान्ड्स स्तब्ध । यो एउटा अविश्वसनीय क्षण थियो दोस्रो ओभर पनि ‘टाई’ भएको ।

    तेस्रो सुपर ओभर भने ‘एन्टिक्लाइमेक्स’ हुन पुग्यो । पहिले ब्याटिङ गर्ने पालो नेपालको थियो । रोहित र दीपेन्द्रकै जोडी क्रिजमा आए । तर, रोहित पहिलो बलमै आउट भए । त्यसपछि नेपालले सरप्राइज निर्णय गर्दै डेबुटेन्ट खेलाडी रुपेश सिंहलाई ब्याटिङमा पठायो । उनले दुई डट बल खेले र अर्को बलमा आउट भए । नेपालले कुनै रन जोड्न सकेन । नेदरल्यान्ड्सलाई जितका चाहियो एक रन । जुन औपचारिकता सन्दीप लामिछानेलाई छक्का हान्दै माइकल लेभिटले पुरा गरे ।

    कसरी हार्‍यो नेपाल ?

    हिजोको खेलमा नेपाल पटक–पटक जितको नजिक देखियो, तर अन्तिम नतिजामा हार्न पुग्यो । खासमा दुवै टिम हार्न लायक थिएनन् । नेपालले टिम छनोटदेखि सुपर ओभरमा पठाउने खेलाडी छनोटसम्ममा गरेको त्रुटि यो हारको जिम्मेवार हो ।

    टिम छनोट हेर्दा नेपालले यो त्रिकोणात्मक शृङ्खलालाई धेरै महत्त्व नदिएको जस्तो महसुस हुन्छ, किनकि नेपालले एकै पटक तीन नयाँ खेलाडी (लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह) लाई प्लेइङ ११ मा समावेश गरेको थियो । दुई ब्याट्सम्यान किरण र रुपेश त राष्ट्रिय टिमबाट पहिलो अन्तर्राष्ट्रिय म्याच खेलिरहेका थिए ।

    पक्कै पनि यो शृङ्खला लिग २ जस्तो महत्त्वपूर्ण होइन । नेपालले आगामी टी २० विश्वकप छनोट प्रतियोगिताको तयारीका रूपमा यसलाई लिएको छ । तर, जे भए पनि नेदरल्यान्ड्स र स्कटल्यान्ड्सजस्ता बलिया टिमहरूसँगको भिडन्त गर्दैछ नेपाल र यो एउटा आधिकारिक टी–२० अन्तर्राष्ट्रिय म्याच नै हो । यस्तो कठिन भिडन्तमा हुने जित/हारले टिमको मनोबल र मनोविज्ञानमा ठूलो प्रभाव पार्छ । प्रतियोगितामा विजेता भयो भने त्यसले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रभाव अझै मजबुत हुनुका साथै आइसीसी र्‍याङ्किङमा पनि माथि उक्लिने अवसर हुन्छ । त्यसैले यसमा कुनै पनि दृष्टिले खेलाँची गर्न मिल्दैन ।

    यो शृङ्खलामा दुई प्रमुख अलराउन्डर सोमपाल कामी र गुल्शन झा नहुँदा नेपाली टिममा रिक्तता पक्कै भएको छ । तर, एकै पटक तीन अनुभवहीन खेलाडीलाई समावेश गरेर त्यो रिक्तता पूर्ति हुन सक्दैन । नयाँलाई चान्स दिनु आवश्यक त छ, तर एकै पटक सबैलाई दिँदा टिम कमजोर हुन पुग्छ । प्रतिस्थापनमा आएका तीनमध्ये एक खेलाडीलाई समेटेर बाँकीलाई अन्य म्याचमा पालैपालो अवसर दिन सकिन्थ्यो ।

    नेपालको स्क्वाडमा आरिफ शेख, भीम सार्की, बसिर अहमदजस्ता मध्यक्रमका ब्याटरहरु छन् । आरिफ शेखले लिग २ शृङ्खलामा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनलाई यदि टिममा राखेको भए उनले पार्ट टाइम पेस बलिङ पनि गर्न सक्थे किनकि हिजो नेपालसँग पेस बलरको स्टक कमी थियो । यसमा रणनीतिक गल्ती भएको छ । यस्तै, बसिर अहमद नेपालको फ्युचर स्टारका रूपमा हेरिएका अलराउन्डर हुन्, जसले एनपीएलदेखि लगातार प्रभावित गर्दै आएका छन् । उनले पनि मौका पाउनुपर्थ्यो भन्ने लाग्छ ।

    पहिलो र दोस्रो सुपर ओभरमा नेपालले छानेका ब्याटर र बलरमा प्रश्न उठाउने ठाउँ छैन । तर तेस्रो सुपर ओभरमा रुपेशलाई ब्याट थमाउनु अर्को गल्ती थियो । कुनै अन्तर्राष्ट्रिय अनुभव नभएका रुपेशलाई यति धेरै प्रेसर सिचुयसनमा किन पठाइयो ? सही छनोट अनिल साह वा लोकेश बम हुन सक्थे । हो उनीहरूले नियमित २० ओभरमा रन हान्न सकेका थिएनन् । तर, सुपरओभर भनेको एउटा क्षणिक प्रतिस्पर्धा हो, जहाँ ब्याटरको दिमागमा बाउन्ड्री निकाल्ने बाहेक अरू सोच हुँदैन । यस्तोमा बाउन्ड्री हिटर नै चाहिन्छ ।

    जे होस एउटा ऐतिहासिक म्याचको साक्षी हुन पाइयो । खेल नेपालले जितेको भए अझै मजा आउँथ्यो । तर, हारे पनि दुख छैन । किनकि हामी आफूभन्दा माथिल्लो दर्जाका टिमहरूलाई यसरी हराबरा खेलाइरहेका छौँ, यही नै सन्तोषको विषय हो ।

  • युकेमा ब्रिज डिकेड कप हुँदै, सन्दीपले पनि खेल्ने

    युकेमा ब्रिज डिकेड कप हुँदै, सन्दीपले पनि खेल्ने

    काठमाडौं । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा ब्रिज डिकेड कप आयोजना गर्ने भएको छ ।

    असार ७ गते युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज-११ र डेभिजेस क्रिकेट क्लबबीच मैत्रीपूर्ण खेल हुनेछ । ब्रिज-११ को नेतृत्व नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले गर्नेछन् । उनी ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डरसमेत हुन् ।

    ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले ब्रिज डिकेड कप कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम भएको बताए ।

    ‘१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवा एकैसाथ ल्याउने प्रयासमा छौं। खेलमार्फत सन्देश दिँदै, संकलन हुने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा प्रयोग हुनेछ,’ उनले भने ।

    यो प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमीहरू र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संयोजक विज्ञान कार्कीले जानकारी दिए ।

    कार्यक्रमका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो सेवाको यात्रालाई समाज प्रतिको जिम्मेवारीमा परिणत गर्ने यो प्रयास ब्रिज इन्टरनेशनलको मूल्यमा आधारित भएको बताए। प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमा सहयोग स्वरूप हस्तान्तरण गरिनेछ।

    ब्रिज इन्टरनेशनलले नेपाली समुदायमा खेलकुद, सद्भाव र सामाजिक सेवाको संयोजन प्रस्तुत गर्दै दशक लामो यात्रालाई ऐतिहासिक बनाउने तयारी गरिरहेको छ।

  • त्रिकोणात्मक टी-२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

    त्रिकोणात्मक टी-२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।

    मङ्गलवार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।

    सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

    यसअघि शृङ्खलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

    यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

  • तेस्राे सुपर ओभरमा हार्‍यो नेपाल

    तेस्राे सुपर ओभरमा हार्‍यो नेपाल

    काठमाडाैं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।

    नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । त्यसपछि लगातार दुई सुपरमा पनि स्कोर बराबरी भएपछि खेल तेस्रोपटक सुपर ओभरमा गएको थियो ।

    तेस्रो सुपर ओभरमा नेपालले कुनै पनि रन जोड्न सकेन । नेपालका कप्तान रोहित पौडेल र रुपेश सिंह कुनै पनि रन नजोडी आउट हुँदा नेदरल्यान्डसले १ रनको लक्ष्य पाएको थियो ।

    नेदरल्यान्डसले पहिलो बलमै छक्का प्रहार गर्दै नेपालमाथि तेस्रो सुपर ओभरमा जित निकाल्न सफल रह्यो ।

  • दोस्रो सुपर ओभरमा पनि स्कोर बराबर, तेस्रोपटक सुपर ओभर हुँदै

    दोस्रो सुपर ओभरमा पनि स्कोर बराबर, तेस्रोपटक सुपर ओभर हुँदै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्डसबिचको दोस्रो सुपर ओभरमा पनि स्कोर बराबरी भएको छ ।

    नेदरल्यान्डसले दिएको १८ रनको लक्ष्य पछ्याएको नेपालले १७ रन बनाएपछि पुनः स्कोर बराबरी भएको हो । अब तेस्रोपटक सुपर ओभर हुनेछ ।

  • सुपर ओभरमा पनि नेपाल र नेदरल्यान्डसको स्कोर बराबर,दोस्रोपटक सुपर ओभर हुँदै

    सुपर ओभरमा पनि नेपाल र नेदरल्यान्डसको स्कोर बराबर,दोस्रोपटक सुपर ओभर हुँदै

    काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्डसबिचको सुपर ओभरमा पनि स्कोर बराबरी भएको छ ।

    नेपालले दिएको २० रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १९ रन बनाएपछि पुनः स्कोर बराबरी भएको हो । अब दोस्रोपटक सुपर ओभर हुनेछ ।

  • अन्तिम बलमा नन्दनले चाैका हानेपछि नेपाल र नेदरल्यान्ड्सकाे स्काेर बराबरी, खेल सुपरओभरमा

    अन्तिम बलमा नन्दनले चाैका हानेपछि नेपाल र नेदरल्यान्ड्सकाे स्काेर बराबरी, खेल सुपरओभरमा

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्डसबिचको खेल सुपर ओभरमा गएको छ ।

    नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

    अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन आवश्यक थियो । सन्दीप लामिछानेले पहिलो बलमा २ र दोस्रो बलमा १ रन लिएर नन्दनलाई स्टाइक दिए । नन्दनले तेस्रो बलमा चौका तथा चौथो र पाचौं बलमा २-२ रन लिए ।

    अन्तिम बलमा नेपाललाई जितका लागि ५ रन आवश्यक थियो । तर, नन्दव यादवले चौका प्रहार गरेसँगै सुपर ओभरमा पुगेको हो ।

  • नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

    नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

    काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ ।

    स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो । नेदरल्यान्डसका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाए ।

    साकिब जुल्फिकारले २५, विक्रमजित सिंहले ३०, माइकल लेभिटले २०, म्याक्स ओुडाउडले १९ र ज्याक लायन-क्याचेटले ११ रनको योगदान दिए ।

    नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । नन्दन यादवले २, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट लिए ।

  • सन्दीपलाई पहिलो ओभरमै दुई सफलता, नेदरल्यान्ड्सको तेस्रो विकेट पतन

    सन्दीपलाई पहिलो ओभरमै दुई सफलता, नेदरल्यान्ड्सको तेस्रो विकेट पतन

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले मध्यम बलिङ गरेको छ । स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेपालविरुद्ध नेदरल्याण्ड्सले ९ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ६३ रन बनाएको छ ।

    नेपालका स्पीनर सन्दीप लामिछानेले एकै ओभरमा दुई सफलता दिलाउदा नेदरल्यान्डस् दबाबमा परेको छ । सन्दीपले आफ्नो पहिलो ओभरमै महत्त्वपूर्ण दुई ब्याटरलाई आउट गर्न सफल भए ।

    उनले खेलको सातौं ओभरको दोस्रो र अन्तिम बलमा विकेट लिए । उनले माइकल लेभिट र स्कट एडवर्ड्सलाई आउट गरे । यसअघि ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

  • किरण र रुपेशले राष्ट्रिय टोलीबाट डेब्यु गर्दै

    किरण र रुपेशले राष्ट्रिय टोलीबाट डेब्यु गर्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालका दुई खेलाडीले डेब्यु गर्दैछन् ।

    स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेदरल्याण्ड्सविरुद्ध नेपालका किरणकुमार ठगुन्ना र रुपेश सिंहले डेब्यु गर्न लागेका हुन् । उक्त खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

    नेपालको प्लेइङ–११
    रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, अनिल शाह, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, लोकेश बम, रुपेश सिंह, किरण ठगुन्ना ।

  • त्रिदेशीय टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    त्रिदेशीय टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । यसअघि एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले टी–२०आई पनि लय कायम राख्न चाहन्छ ।

  • दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने

    दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने

    रुपन्देही । नेपाल हाप्किडो संघ केन्द्रीय समितिको आयोजनामा बुटवलमा ‘दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता-२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागीहरु आउने भएका छन् ।

    सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने जनाइएको छ । आयोजकका अनुसार ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने छन् ।

    नेपाल हाप्किडो संघका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको निरन्तर अभ्यास, क्षमता अभिवृद्धि, राष्ट्रिय एकीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको छनौट गर्नु हो ।

    प्रतियोगितामा फाइटिङ तथा हाई फल र लङ फलजस्ता प्रमुख इभेन्टहरू समावेश गरिने संघका केन्द्रीय अध्यक्ष कालीबहादुर मगरले बताए । खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ ।

    नेपाल हाप्किडो संघले यस प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन तथा खेल संस्कृतिको प्रवर्द्धनमा एक महत्वपूर्ण पाइला भएको बताएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धु्रव आचार्यद्वारा गरिने मगरले जानकारी दिए ।

    अध्यक्ष मगरले खेलको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पु¥याउने साझा अभियानमा सबैको साथ, समर्थन र सहकार्यको लागि अनुरोध गरेका छन् ।

    प्रतियोगिता देविनगरस्थित नविनऔधोगिक माविको मैदानमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

     

  • त्रिकोणात्मक टी- २० सिरिज: गुल्शन र सोमपालको अनुपस्थितिमा कस्तो होला नेपालको प्लेइङ ११ ?

    त्रिकोणात्मक टी- २० सिरिज: गुल्शन र सोमपालको अनुपस्थितिमा कस्तो होला नेपालको प्लेइङ ११ ?

    काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी- २० सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध ३-१ को नतिजा निकालेको नेपाली टीमबाट टी- २० सिरिजमा पनि लय कायम राख्ने आशा समर्थकहरुले राखेका छन् ।

    लिग २ श्रृंखला आईसीसीको प्रत्यक्ष रोहवरमा भएको थियो भने टी- २० श्रृंखला स्कटल्यान्डले आयोजना गरेको हो । हिजो सुरु भएको टी- २० श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स भिडेका थिए । स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएर उत्कृष्ट सुरुवात गरेको छ । लिग २ मा खराब नतिजा व्यहोरेको नेदरल्यान्ड्सले टी- २० श्रृंखलामा पनि चाहे जस्तो सुरुवात गर्न सकेन ।

    यो सिरिजलाई नेपालको टी- २० विश्वकप छनोट तयारीका रुपमा हेरिएको छ । अक्टोबर ८ देखि १७ सम्म ओमानमा एसिया-इस्ट एसिया प्यासिफिक क्षेत्रको विश्वकप छनोट हुन लागेको छ, जसमा नेपाल, ओमान, यूएई, जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार र समाओले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको शीर्ष ३ स्थानमा रहने टोली भारत र श्रीलंकामा अर्को वर्ष हुने टी- २० विश्वकपमा छनोट हुनेछन् ।

    नेपालले यसै प्रतियोगितामार्फत लगातार दोस्रो पटक टी- २० विश्वकप खेल्ने धोको बोकेको छ । त्यसैले तयारीका लागि कुनै पनि कसर छोड्न चाहँदैन ।

    यस टी- २० श्रृंखलामा नेपालका प्रमुख दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा उपलब्ध छैनन् । उनीहरु लिग २ को अन्तिम खेलअघि घाइते भएपश्चात अहिले नेपाल फर्किसकेका छन् । उनीहरुको स्थान पूर्ति गर्न नेपाल क्रिकेट संघ (क्यान)ले तीन खेलाडी किरण ठगुन्ना, लोकश बम र रुपेश सिंहलाई स्कटल्यान्ड पठाइसकेको छ । उनीहरु आजको खेलका लागि उपलब्ध हुनेछन्, तर तीनै जनाले एकै पटक प्लेइङ ११ मा स्थान पाउन सक्ने अवस्था छैन । कम्तीमा एक जनाले आजको खेलमा मौका पाउने अपेक्षा गरिएको छ ।

    नेपालको टप अर्डरमा धेरै फेरबदलको सम्भावना छैन । नेपालले यसअघि खेलेको टी- २० अन्तर्राष्ट्रिय श्रृंखलामा ओपनर जोडीका रुपमा कुशल भुर्तेल र आसिफ शेख थिए । अहिले पनि यही जोडीलाई प्रशिक्षकले ओपनिङमा उतार्न सक्ने सम्भावना छ । यद्यपि, आसिफ शेख त्यति राम्रो फर्ममा नभएकाले अनिल साह वा लोकेश बमलाई कुशलको जोडी बनाउने विषयमा पनि उनले सोच्न सक्छन् ।

    नेपालले तेस्रो नम्बरमा कसलाई उतार्छ भन्ने निधो छैन । यसअघि धेरैजसो कुशल मल्ल तेस्रो नम्बरमा आउने गरेकोमा उनी यो भ्रमणमा समेटिएका छैनन् । त्यसैले कप्तान रोहित पौडेल आफै तेस्रो नम्बरमा आउन सक्ने सम्भावना छ । यदि परिस्थितिले डिमान्ड ग¥यो भने प्रशिक्षकले अर्को निर्णय लिन पनि सक्छन् ।

    मध्यक्रममा नेपालले किरण ठगुन्नालाई डेव्यु गराउन सक्ने सम्भावना रहेको बताइन्छ । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ठगुन्नाले अघिल्लो महिना बैकल्पिक खेलाडीका रुपमा हङकङ पुगे पनि डेव्यु गर्न पाएका थिएनन् । अहिले गुल्शन र सोमपालको अनुपस्थितिले पैदा गरेको रिक्तता पूर्ति गर्ने क्रममा उनले स्थान पाउन सक्छन् ।

    नेपालसँग आरिफ शेखलाई मध्यक्रममा एडजस्ट गर्ने अर्को विकल्प पनि छ । यसअघि टी- २० मा खासै नचलेका आरिफले लिग २ मा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैले उनको फर्मलाई हेरेर टी- २० अन्तर्राष्ट्रियमा कमब्याक गराइन सक्छ । गुल्शनको अनुपस्थितिमा नेपाललाई एक जना पार्टटाइम पेस बलरको अभाव हुने भएकाले पनि आरिफको सम्भावना बढेको हो ।

    यस्तै मध्यक्रममा युवा ब्याट्सम्यान बसिर अहमद तथा अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि नेपालसँग रहनेछन् । फास्ट बलिङमा सोमपालको अनुपस्थितिमा नन्दन यादवले करण केसीलाई साथ दिनेछन् । स्पिनको मोर्चा सदा झैं सन्दीप लामिछाने र ललितनारायण राजवंशीले सम्हाल्नेछन् ।

    नेपालको प्लेइङ ११ को सम्भावित सूची यसप्रकार छः

    • कुशल भुर्तेल
    • आसिफ शेख/अनिल साह
    • रोहितकुमार पौडेल
    • किरण ठगुन्ना
    • आरिफ शेख
    • दीपेन्द्रसिंह ऐरी
    • बसिर अहमद
    • नन्दन यादव
    • करण केसी
    • सन्दीप लामिछाने
    • ललितनारायण राजवंशी
  • त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

    त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

    सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।

    सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

    टी-२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् ।

    सोमपाल कामी र गुलसन झा अभ्यासको क्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।

  • आजदेखि त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला सुरु हुँदै, नेपालले सोमबार खेल्ने

    आजदेखि त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला सुरु हुँदै, नेपालले सोमबार खेल्ने

    काठमाडौँ । आजदेखि त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला सुरु हुँदैछ ।

    स्कटल्यान्डमा हुने शृङ्खलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् ।

    खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी-२० शृङ्खला गुमाउने छन् ।

  • चितवन क्रिकेट संघका अध्यक्ष पियाको निधन

    चितवन क्रिकेट संघका अध्यक्ष पियाको निधन

    काठमाडौं । जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन भएको छ ।

    हर्टअर्ट्याकका कारण शनिबार बिहान पियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    पिया २०८० मा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका थिए ।

  • १५औं राष्ट्रपति रनिङशिल्डमा बागमती प्रदेश च्याम्पियन

    १५औं राष्ट्रपति रनिङशिल्डमा बागमती प्रदेश च्याम्पियन

    काठमाडौं । १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा काठमाडौंमा भएको उक्त प्रतियोगितामा ३६ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ७ रजत र ११ काश्य पदक जित्यो ।

    १४ स्वर्ण पदक जित्दै सुदूरपश्चिम दोस्रो र ५ स्वर्ण पदक जित्दै लुम्बिनी तेस्रो बन्यो । सुदूरपश्चिमले २० रजत र १८ काश्य तथा लुम्बिनीले १३ रजत र १५ काश्य पदक हात पार्‍यो ।

    गण्डकी ४ स्वर्ण, ११ रजत र १७ काश्य पदक जित्दै चौथो र ४ स्वर्ण, ६ रजत र १९ काश्यसहित कर्णाली प्रदेश पाचौं बन्यो । ३ स्वर्ण, २ रजत र १० काश्यसहित मधेश छैटौं र ७ रजत, ८ काश्यसहित कोशी प्रदेश सातौं बन्यो ।

    प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी दुई सय ३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए । उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

  • टि २० स्क्वाडमा थपिएका तीन खेलाडी स्कटल्यान्ड प्रस्थान, घाइते गुल्शन र सोमपाल फर्किए

    टि २० स्क्वाडमा थपिएका तीन खेलाडी स्कटल्यान्ड प्रस्थान, घाइते गुल्शन र सोमपाल फर्किए

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टि २० सिरिजका लागि तीन खेलाडीहरुलाई स्कटल्यान्ड पठाएको छ । लिग २ को १५ सदस्यीय स्क्वाडमा नरहेका किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    नेपालले लिग २ अन्तरगत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज ९स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध० का लागि १५ सदस्यीय स्क्वाड पठाएको थियो । लिग २ सकिएपश्चात यिनै दुई राष्ट्रहरुविरुद्ध हुने टि २० आइ श्रृंखलाका लागि थप ३ जना खेलाडीहरुको नाम घोषणा गरिएको भए पनि उनीहरु स्कटल्यान्ड गएका थिएनन् ।

    लिग २ को अन्तिम म्याचअघि दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा घाइते भएर टिमबाट बाहिरिए । प्रशिक्षणका दौरान सोमपालको कुहिनोमा र गुल्शनको घुँडामा चोट लागेको थियो । उनीहरुले टि २० सिरिज खेल्न नसक्ने भएपछि नेपाल फर्किएका छन् । आज बेलुकी उनीहरु आइपुगेको नेपाल क्रिकेट संघ ९क्यान० प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    स्क्वाडमा दुई खेलाडी घटेपछि टि २० को रिजर्भका रुपमा रहेका तीन खेलाडीलाई स्कटल्यान्ड पठाइएको हो । उनीहरु आगामी जुन १६ (सोमबार) नेदरल्यान्ड्सविरुद्ध हुने पहिलो म्याचमा उपलब्ध हुने छन् । यद्यपि, प्लेइङ ११ मा पर्छन् वा पर्दैनन् भन्न सकिने अवस्था छैन । यदि गुल्शन र सोमपाल घाइते नभएका भए तीन रिजर्भ खेलाडीलाई स्कटल्यान्ड पठाउने क्यानको योजना थिएन ।

    यसअघि टि २० टिममा नरहेका आरिफ शेख भने स्कटल्यान्डबाट नफर्किने भएका छन् । लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका उनलाई प्रशिक्षक स्टुअर्ट लले टि २० मा पनि खेलाउन चाहेको बताइएको छ । आरिफले यसअघि टि २० मा कमजोर प्रदर्शन गर्दा टिममा स्थान गुमाएका थिए । सम्भवतः उनले यो त्रिकोणात्मक सिरिजमार्फत टि २० अन्तर्राष्ट्रियमा कमव्याक गर्नेछन् । आरिफ सहित नेपालको टि २० आइ स्क्वाड १६ सदस्यीय बनेको छ ।

    नेपालले १६ जूनमा पहिलो म्याच नेदरल्यान्ड्सविरुद्ध, १७ जूनमा स्कटल्यान्डविरुद्ध १९ जूनमा नेदरल्यान्ड्सविरुद्ध र अन्तिम म्याच २० जूनमा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

  • स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि सोमपाल र गुल्सनको ठाउँमा थपिए किरण, रुपेश र लोकेश

    स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि सोमपाल र गुल्सनको ठाउँमा थपिए किरण, रुपेश र लोकेश

    काठमाडौं । आइतबारदेखि स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

    क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

    नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल के साह, भिम शर्की, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी (उप(कप्तान), सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ शेख, लोकेश बम, रुपेश के सिंह, रिजन ढकाल र किरण ठगुन्ना रहेका छन् ।

    चाेटका कारण टाेलीमा साेमपाल कामी र गुल्सन झा टिम बाहिर छन्।

    सिरिज १५–२० जुन २०२५ सम्म स्कटल्याण्ड (डन्डी र ग्लासगो) मा आयोजना हुनेछ ।

  • अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

    अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

    काठमाडौं। बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा आज नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् ।

    लुम्बिनीकी पिन्जु चौधरी दोस्रो तथा कर्णालीकी सरिता शाही तेस्रो भए । छात्रा ट्रिपलजम्पसहित छात्रछात्राको चार गुणा एक सय मिटर रिलेमा गरी तीन कीर्तिमान बने । छात्र चार गुणा एक सय मिटर रिलेमा बागमतीका प्रवीण रानामगर, सन्त दराई, सुविन लामा र नीरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे ।

    बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारू, तुलसीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४।०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो बने ।

    सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चँदै कीर्तिमान स्थापित गरे ।

    लुम्बिनीका निशा चौधरी, रेसु थारू, रामकुमारी थारू र सम्झना थारूको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहे ।

  • पोखरामा भोलिदेखि तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुँदै

    पोखरामा भोलिदेखि तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुँदै

    पोखरा । पोखरामा भोलिदेखि तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भोलिदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।

    असार ६ गतेसम्म प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ए मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह बी मा कास्की, पर्वत, नवलपुर र गोरखा छन् । दुवै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत पहिलो दिन शनिवार दुई खेल हुनेछ ।

    पहिलो खेल स्याङ्जा र म्याग्दीबिच बिहान ९ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल तनहुँ र बागलुङबिच हुनेछ । उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।

    प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदयीमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा प्रदेशमा युवा खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा राखिएको अध्यक्ष सिग्देलले बताए । क्रिकेट मैदानको व्यस्तता, यसको मर्मत सम्भार र सन २०२७ सम्म यु–१९ महिला टी२० आई विश्वकपसम्म अघि बढाउन सबैको दायित्व रहेको उनको भनाइ छ ।