Category: खेल प्रेस

  • निषेधाज्ञा जारी भएपछि शेयर कारोबार स्थगन

    निषेधाज्ञा जारी भएपछि शेयर कारोबार स्थगन

    काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पूँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो ।

    उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।

    सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ‘

     

     

  • जेन-जीको प्रदर्शनका कारण रोकियो भोलि हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल

    जेन-जीको प्रदर्शनका कारण रोकियो भोलि हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल

    काठमाडौं । भोलि हुने भनिएको नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको जनाएको छ । जेन–जीको प्रदर्शनका कारण सोमबार देशभर १९ जनाको मृत्यु भएको छ ।

    ‘…देशमा देखा परेको हालको अवस्थालाई मध्यनजर गरी खेल स्थगित गरिएको छ,’ जारी विज्ञप्तीमा भनिएको छ । यसअघि बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

  • एभरेस्ट महिला भलिबल लिग : रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो

    एभरेस्ट महिला भलिबल लिग : रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो

    पोखरा । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।

    पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।

    पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता गर्यो । पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेलमा जितविहीर रहेको पोखराले एक अंक जोडेको छ ।

    लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ ।

    पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो ।

    लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

    त्यसपछि भोलिको दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।

  • बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

    बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

    काठमाडौं । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवैतर्फबाट कुनै पनि गोल हुन सकेन ।

    खेलका क्रममा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेनन् । यी दुई टोलीबिचको दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ ।

  • एभरेष्ट महिला भलिबल लिगः कर्णाली, ललितपुर र मधेशको जित

    एभरेष्ट महिला भलिबल लिगः कर्णाली, ललितपुर र मधेशको जित

    पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । मधेशले पहिलो र दोस्रो सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।

    आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो ।

    लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

     

  • रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बेसडरमा रवीन्द्र ढाँट

    रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बेसडरमा रवीन्द्र ढाँट

    काठमाडौं । रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

    रोहिणीले शनिबार ललितपुरको हिमालयन होटलमा एक कार्यक्रममाझ रवीन्द्रलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । रोहिणीले रवीन्द्रलाई एक वर्षका निम्ति ब्रान्ड एम्बेसडर सम्झौता गरेको छ । तर, आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रोहिणीले आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेको छ । ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा रोहिणीका मार्केटिंग डाइरेक्टर दया थापा र रवीन्द्रले हस्ताक्षर गरे ।

    ‘बझाङको बाघ’ उपनामले परिचित रवीन्द्रले एमएमएका कुल १० खेलमध्ये नौ खेलमा जित निकालेका छन् । उनले केही महिनाअघिमात्रै भारतको नोएडामा भएको एमएफएन १७ मा बान्टमवेटमा भारतकै नम्बर वान चुंग्रेन कोरेनलाई हराउँदै उपाधि जितेका थिए ।

    सम्झौतापछि रोहिणीले आफ्नो यात्रामा साथ दिने प्रतिवद्दता व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे ।

    ‘मैले जति फाइट खेल्न सिके त्यती बोल्न सिकेको छैन । मलाई साथ दिनुभएकोमा रोहितणीलाई धन्यवाद । जुन दिन मैले प्रशिक्षकलाई भेटे, त्यसपछि मेरो लाइफ परिवर्तन भयो । हाम्रो आगामी यात्रामा साथ दिने प्रतिबद्दता व्यक्त गर्नुभएकोमा रोहिणीलाई धेरै धेरै धन्यवाद’, रवीन्द्रले भने ।

    यस्तै, रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापाले पनि रवीन्द्रसँग सहकार्य गर्न पाउनु हर्ष र गौरवको कुरा भएको बताए । ‘उहाँले गरेको फाइट देशको लागि हो । यो हाम्रो लागि गर्व र खुशीको कुरा हो । रवीन्द्रजस्तो व्यक्तित्वलाई ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा निक्कै हर्षित छौँ । हामीबीचको यो सहकार्यलाई निरन्तरता दिनेमा पनि प्रतिवद्दता व्यक्त गर्न चाहन्छुँ,’ मार्केटिङ डाइरेक्टर थापाले भने ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्स संघ (इक्यान) का अध्यक्ष शेष राज भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको सुरुआत गरेका थिए । उनले रोहिणी र रवीन्द्र दुवैलाई सम्झौताका निम्ति बधाई दिए ।

    भट्टराईले भने, ‘रोहिणी एक असाधारण इतिहास बोकेको संस्था हो । यही संस्थाबाट नेपालकै चर्चित खेलकुद फिगर रवीन्द्र ढाट आज ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त हुनुभएको छ । यसमा दुवै पक्षलाई बधाई दिन चाहन्छु । रवीन्द्रले जे भिजन राख्नुभएको छ, त्यसका निम्ति उहाँलाई बधाई भन्न चाहन्छु । भारतमा उहाँको जितले समग्र नेपाललाई गौरवान्वित बनाएको छ । म उहाँले अझ धेरै उपाधिहरु जितुन भन्ने चाहन्छु । हामी एजुकेसन कन्सलटेन्सी सानो र मझौला संस्था हो । तर, यीनै संस्थाहरुले नेपालको नाम उच्च राख्ने खेलाडीहरुलाई ब्रान्ड एम्बेसडर राखेर उहाँको हौसलालाई अझ माथि लैजान भूमिका खेलिरहनु भएको छ । यही मार्गमा रोहिणी पनि आएको छ । रवीन्द्रजीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्नुभएकोमा तपाईहरुलाई धन्यवाद र बधाई भन्न चाहन्छु ।’

    कार्यक्रममा रोहिणीका कार्यकारी निर्देशक श्याम भण्डारीले रवीन्द्रलाई नेपालको झन्डा ओढाउँदै सम्मान गरेका थिए । निर्देशक भण्डारीले रवीन्द्र नेपालमा बन्दै गरेको हिरा भएको र आगामी दिनमा उनी अझ चम्किलो बन्ने विश्वास व्यक्त गरे ।

    ‘रवीन्द्र नेपालबाट बन्दै गरेको हिरा हो । जुन आगामी दिनमा निक्कै चम्किलो हुनेछ भन्ने मेरो विश्वास छ । मलाई तपाईले आगामी दिनमा यूएफसीका सबै प्रतियोगिताको उपाधि जित्नु हुनेछ भन्ने आशा लिएको छुँ । रवीन्द्रको उपलब्धि उसले आफैमा गरेको विश्वासको परिणाम हो । उनको उपलब्धीले असम्भवतामा पनि सपना देख्न र त्यसलाई पाउन सकिन्छ भन्ने देखाएको छ । रवीन्द्र चाहना भए जस्तोसुकै सपना पूरा गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् । म रवीन्द्रलाई सबैभन्दा धेरै आवश्यक रहेको समयमा साथमा रहेका प्रशिक्षक दिविज पिया लामालाई पनि सम्मान व्यक्त गर्न चाहन्छु । म रवीन्द्रको उदाहरण दिँदै नेपालका युवाहरुलाई सपना देख्नुस् भन्न चाहन्छु ।’

    कार्यक्रममा रवीन्द्रसँगै उनका मेन्टर दिविज पिया लामाको पनि उपस्थिती थियो । दिविजले आफूहरुले एमएमए फाइट सुरु गर्दा यसरी कुनै संस्थाको ब्रान्ड एम्बेसडर बन्छौँ भन्नेसम्म नसोचेको बताए ।

    ‘हामीले यो यात्रा सुरु गर्दा हामी कुनै दिन देशकै रोल मोडल, कुनै संस्थाको ब्रान्ड एम्बेसडर बन्छौँ भन्नेसम्म सोचेकै थिएनौँ । मैले रवीन्द्रलाई भेटेपछि सामान्य कुराहरुलाई मात्रै पछ्याउँदै फाइटमा अघि बढौँ भन्ने कुरा भएको थियो । त्यसबेला कुनै पनि नेपाली कसरी एमएमए फाइटर बन्न सक्छन् भन्ने कुनै ब्लुप्रिन्ट थिएन । नेपाली खेलकुदकै इतिहासमा रवीन्द्र जसरी सपना पछ्यारहेको उदहारण निक्कै कम छ । बझांगको सामान्य केटोलाई सहयोग गर्न अघि आउनु भएकोमा म रोहिणीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मेरो उदेश्य अबको १० वर्षमा अरु एक हजार रवीन्द्र बनाउनु हो ।’

    रोहिणीको बारेमा

    रोहिणी इन्टरनेशनल एजुकेशन सर्भिसेज नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वृद्धि र अवसर प्रदान गर्न समर्पित संस्था हो । शिक्षा, मार्गदर्शन र सामुदायिक पहलमार्फत रोहिणीले नयाँ पुस्तालाई उत्कृष्टता हाशिल गर्न र नेपाललाई विश्वमञ्चमा गर्वका साथ प्रतिनिधित्व गर्न निरन्तर प्रेरित गर्दै आएको छ ।

  • एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, ८ शहरमा लगिने

    एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, ८ शहरमा लगिने

    काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ ।

    ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइनेछ ।

    दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

  • एभरेष्ट भलिबल लिग : मधेशमाथि ललितपुरको सहज जित

    एभरेष्ट भलिबल लिग : मधेशमाथि ललितपुरको सहज जित

    पोखरा । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले विजयी सुरुआत गरेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा आजबाट सुरु भएको लिगमा ललितपुरले मधेश युनाइटेढलाई ३–० को सहज जित निकालेको हो ।

    पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो ।

    आजै भएको पहिलो खेलमा साविक विजेता कर्णालीयशविसले पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो । उसले तेस्रो सेट २५–१४ अंकले जितेर सिजनको लिगमा उत्कृष्ट सुरूवात गरेको हो ।

    लिगको दोस्रो दिन तिन खेल हुनेछन् । पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबिच दिउँसो एक बजे हुनेछ । दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ । उक्त खेल अपरान्ह ५ बजेबाट सुरु हुने तालिका छ ।

    भदौ २८ गतेसम्म चल्ने लिगमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एकआपसमा खेलेपछि शीर्ष दुई टोलीले भदौ २८ गते फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । दोस्रो संस्करणमा ११ देशबाट १८ विदेशी खेलाडी पोखरा आएका हुन् ।

     

  • कर्णाली यशविसद्वारा पोखरा निन्जाज सोझो सेटमा पराजित

    कर्णाली यशविसद्वारा पोखरा निन्जाज सोझो सेटमा पराजित

    पाेखरा । आजबाट सुरू भएकाे दाेस्राे संस्करणकाे वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने भएका छन्।

    उद्घाटन खेल पाेखराकाे बहुउद्देश्यीय कभर्डहलमा दिउँसाे २ बजेबाट सुरू भएकाे हाे ।

    उद्घाटन खेलमा कर्णाली यशविसद्वारा पोखरा निन्जाज ३-० काे सोझो सेटमा पराजित भएकाे छ।

    पहिलाे सेटमा २५-२१, दाेस्राे सेटमा २५-२० र तेस्राे सेटमा २५-१४ ले पराजित भएकाे हाे।

    खेलकाे प्लेयर अफ द म्याच कर्णाली यशविस जर्सी नम्वर ५ की एभानजेलिया छन्तावा घाेषित भइन्।

    पाेखराले आफ्नाे दाेस्राे खेल भाेली मधेस युनाइटेड सङ्ग बेलुका ५ बजे खेल्ने छ।

    त्यस्तै, आजको दोस्रो खेल ललितपुर क्विन्स र मधेश यूनाइटेड बिच जारी छ ।

    कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यसफप्रतियोगिताकाे फाइनल खेल भने २८ गते हुनेछ।

  • अष्ट्रेलियाका क्रिस लिनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने पक्का

    अष्ट्रेलियाका क्रिस लिनले सुदूरपश्चिमबाट एनपिएल खेल्ने पक्का

    काठमाडौं । अष्ट्रेलियाका ब्याटर क्रिस लिनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने पक्का भएको छ ।

    सुदूरपश्चिम शुक्रवार सामाजिक सञ्जालमार्फत विदेशी खेलाडीको रूपमा क्रिसलाई भित्राएको जानकारी दिएको हो ।

    सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेको क्रिसले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन् ।

    उनीसँग विविएलसहित इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगसहितका विश्वका चर्चित लिग खेलेको अनुभव छ । पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो ।

  • एएफसी यू-२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल पराजित

    एएफसी यू-२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

    ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।

    ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले पाखा लगाएको थियो ।

  • राखेपद्वारा भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदान निरीक्षण

    राखेपद्वारा भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदान निरीक्षण

    रुपन्देही । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले रुपन्देहीको भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

    बुधबार उपाध्यक्ष आचार्यसहितको टोलीले मैदानको निरीक्षण गर्दै बहुवर्षीय ठेक्का लगाई निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष आचार्यले रंगशाला निर्माणको काम पूरा गर्न राखेपले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    ‘हामी सबैले हातेमालो गरेर यो रंगशाला निर्माण सक्नुपर्छ’, उनले भने, ‘बहुवर्षीय ठेक्का लगाउन सकियो भने चाँडै निर्माण सम्पन्न गर्न सकिन्छ ।’ उनले स्रोतको सुनिश्चितता गर्न विभागीय मन्त्रालय र अर्थमन्त्रालयसँग छलफल गर्ने बताए । गतहप्ता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समेत रंगशालाको निरीक्षण गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

    उपाध्यक्ष आचार्यले संघले रंगशाला निर्माण सक्न निरन्तर पहल गरिरहेको जनाउँदै आफूले पनि अर्थमन्त्रीसँग कुराकानी गरेर बहुबर्षीया ठेक्कामा लैजान पहल गर्ने बताए ।

    राखेपले आवश्यक खेल पूर्वाधार र खेल सामग्री उपलब्ध गराउन कटिबद्ध रहेको उनले जनाए । रंगशाला स्तरोन्नतीका क्रममा केही जमिन अधिग्रहण गर्नुपर्ने रहेको बताउँदै यसका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।

    आचार्यले वर्खा याममा पनि रंगशाला संरक्षण गरी जुनसुकैबेला क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने गरी तयारी अवस्थामा राखिएको भन्दै रुपन्देही क्रिकेट संघको प्रशंसा गरे ।

    आचार्यले क्रिकेट मैदान, भीआईपी प्याराफिट र चेन्जिङ रुम लगायको निरीक्षण गरेका थिए । संघका अध्यक्ष हरिबहादुर थापाले नेपाली खेलकुद क्षेत्रको सर्वोच्च निकाय राखेप भएकाले सकारात्मक पहल गरे चाँडै नै रंगशाला निर्माणको कामले पूर्णता पाउने बताए ।

    उनले जग्गा अधिग्रहण, बहुवर्षीया ठेक्का, अन्य पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गरे । सबैको पहल र सहयोगले रंगशाला बाह्रै महिना क्रिकेट खेल्न सकिने गरी तयारी अवस्थामा राखिएको उनले बताए ।

    नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव तथा रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले डीपीआर अनुसार करिब १५ हजार हाराहारी दर्शक अट्ने रंगशाला बन्ने बताए । उनले चालु वर्षमा ३ करोड रुपैयाँ विनियोजन भएको जनाउँदै उक्त रकमबाट प्याराफिट बनाइने बताए ।

    यस्तै, लुम्बिनी सरकारबाट विनियोजित १० लाख रुपैयाँले खेलाडीहरुको चेन्जिङ रुमलाई व्यवस्थित गरिने जनाए । राखेपले सकारात्मक सहयोग गर्दा बहुवर्षीया टेन्डर प्रक्रिया अघि बढ्न सक्ने उनको भनाई छ । यस्तै, रंगशालालाई डीपीआर अनुसार सम्पन्न गर्न आवश्यक सहयोग र पहलकदमी निरन्तर गर्न राखेपलाई उनको सुझाव छ ।

    मल्लले नेपालको भौगोलिक र पूर्वाधारका हिसावले काठमाडौंपछि सिद्धार्थ क्रिकेट मैदानको भविष्य सबैभन्दा राम्रो भएको जनाए । लुम्बिनी, गौतमबुद्ध विमानस्थल, स्तरीय होटल र मुलुककै दोस्रो ठूलो भन्सार नाकाले गर्दा पनि भैरहवामा ठूला र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने उनको भनाई छ ।

    यसका लागि सबैभन्दा पहिला रंगशाला निर्माणको काम सक्नु पर्ने उनको आग्रह छ । निरीक्षणका क्रममा संघका उपाध्यक्ष धीरज क्षेत्री, सदस्यहरु विजयसिंह ज्ञवाली, मनोज भण्डारी, उदयकुमार मल्लिकलगायत सहभागी थिए ।

  • अष्ट्रेलियाका क्रिस लिनले एनपीएल खेल्ने !

    अष्ट्रेलियाका क्रिस लिनले एनपीएल खेल्ने !

    काठमाडौं । अष्ट्रेलियाका ब्याटर क्रिस लिनले नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करण खेल्ने भएका छन् । उनले सुदुरपश्चिम रोयल्सबाट खेल्ने तय भएको हो । तर, आधिकारिक घोषणा भने भइसकेको छैन ।

    सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमा अष्ट्रेलियाका खेलाडी भित्राएको उल्लेख गरेको छ । तर, खेलाडीको नाम भने तोकेको छैन । खेलाडीको बारेमा केही हिन्ट भने दिएको छ । उक्त हिन्टलाई आधार मान्दा उक्त खेलाडी अष्ट्रेलियाका क्रिस भएको मान्न सकिन्छ । हिन्टको रुपमा सानो फोटो क्रिसकै भएको हामीले फेला पार्‍यौं ।

    यस्तै, २२० छक्का र ३९५५ रन पनि उल्लेख गरिएको छ । त्यसलाई हेर्दा पनि क्रिस हुन् भनेर आँकलन गर्न कठिन छैन । उनले बिग ब्यास लिगमा गरेको प्रदर्शन त्यहाँ खेलेको कुरासँग मिल्छ । उनले लिगका १२७ खेलमा ३९५५ रन बनाएका छन् । जसमा २२० छक्का प्रहार गरेका छन् ।

    सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेको क्रिसले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन् । उनीसँग विविएलसहित इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगसहितका विश्वका चर्चित लिग खेलेको अनुभव छ । पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो ।

  • दीपेन्द्रको वरियता खस्कियो

    दीपेन्द्रको वरियता खस्कियो

    काठमाडौं । आइसिसीको टी–२०आई वरियतामा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी स्थान खस्किएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउन्डरतर्फ एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेका हुन् । उनी यसअघि दोस्रो स्थानमा थिए ।

    अलराउन्डरतर्फ भारतका हार्दिक पान्ड्या शीर्ष स्थानमा कायमै छन्। अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएका छन्।

  • एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण

    एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण

    पोखरा । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी बुधबार फेवा ताल किनारमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर आर्यलले पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताए ।

    ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएको छ । इन्फनिटी ड्रीम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौं २८ गतेसम्म चल्नेछ ।

    लिगको पहिलो खेल साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ । उक्त खेल २० गते दिउँसो २ बजेबाट सुरु हुनेछ । सोही दिन दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबिचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

    भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले एकअर्कासंग खेल्नेछन् । शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।

     

  • एएफसी यु–२३ एसियन कप छनोट: नेपाल र ताजकिस्तान भिड्दै

    एएफसी यु–२३ एसियन कप छनोट: नेपाल र ताजकिस्तान भिड्दै

    काठमाडौं । नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति ८ः१५ बजे हुनेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन् ।

    नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते सिरियासँग खेल्नेछ भने तेस्रो खेल भदौ २४ गते फिलिपिन्सँग खेल्नेछ । आजै हुने पहिलो खेलमा भने सिरिया र फिलिपिन्सबीच प्रतिस्पर्धा हुनेछ ।

    सिङ्गल राउन्ड रोविन पद्धतिको आधारमा हुने उक्त प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउनेछ । कूल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले पनि साउदी अरेबियाका लागि छनोट हुने प्रावधान रहेको छ ।

    नेपाली टोलीको गोलकिपरमा कृशल मोक्तान, अमित टमाटा र विशाल केसी छन्भने डिफेन्डरमा विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारु र सेमान्ता थापा छन् ।

    त्यसैगरी मिडपिल्डरमा अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ छन् । फरवार्डमा रोहन खड्गी र निराजन धामी छन् ।

  • नेपाल आइपुगे काठमाडाैंबाट एभरेष्ट भलिबल लिग खेल्ने तीन विदेशी खेलाडी

    नेपाल आइपुगे काठमाडाैंबाट एभरेष्ट भलिबल लिग खेल्ने तीन विदेशी खेलाडी

    काठमाडौं । काठमाडौं स्पाईकर्सबाट दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग खेल्न तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । काठमाडौंबाट खेल्न थाईल्याण्डका दुई र बुल्गेरियाका एक खेलाडी मंगलबार नेपाल आइपुगेका हुन् ।

    थाईल्याण्डका अपोजिट हिटर अपिन्या प्रथाबिमसोङ र आउटसाईड हिटर कन्चना सिसाईकाएओ तथा बुल्गेरसयनकी सेटर पोलिना नेकोभालाई काठमाडौंले टोलीमा अनुबन्ध गरेको थियो ।

    काठमाडौंकी मार्की प्लेयर नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी छिन् । नेपाली खेलाडीको रुपमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द छन् । लिग भदौ २० देखि २८ सम्म पोखरामा हुँदैछ ।

     

  • धुवाँधार आदिल- जिते समर्थकको दिल

    धुवाँधार आदिल- जिते समर्थकको दिल

    काठमाडौं । भारतको गुवाहाटीमा आसाम टिमविरुद्ध भएको ५ खेलको टी–२० सिरिज नेपाल ‘ए’ टिमले ३–२ ले आफ्नो पक्षमा पार्यो । उक्त सिरिजमा प्रभावशाली प्रदर्शन गर्दै केही खेलाडीले राष्ट्रिय टोलीको ढोकासमेत ढकढक्याएका छन् ।

    कुनै पनि देशको ‘ए’ टिमलाई राष्ट्रिय टिमको ब्याकअपका रुपमा पनि हेरिन्छ । त्यस हिसाबले यो सिरिजबाट नेपाली टिमको ब्याकअप वा बेन्च स्ट्रेन्थ बलियो भएको छ । केही खेलाडीले आफूहरु राष्ट्रिय टिमका लागि योग्य रहेको छनक दिएका छन् । जसमध्ये एक हुन् अलराउन्डर आदिल अन्सारी ।

    यो सिरिजमा नेपालका समर्थकहरुको आदिलप्रति विशेष नजर थियो । कारण उनले लामो समयको ग्यापपछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्दै थिए । फिक्सिङको आरोपमा क्रिकेट संघले निलम्बन गरेपश्चात धरापमा परेको उनको करिअर फेरि पुनःजागृत भएको छ ।

    र, यो सिरिजमा आलमले आफूलाई प्रमाणित गरेर देखाए । समर्थकहरुको अपेक्षा अनुसारकै प्रदर्शन गरे । बलिङमा त्यति नचले पनि ब्याटिङमा उनले आफ्नो छाप छोडेका छन् ।

    नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका आदिल पुनरागमन गर्ने पर्खाइमा छन् । विश्वकप छनोटका लागि तयार गरिएको ३२ खेलाडीको सूचीमा उनी अटाएका थिए । आदिलले अन्तिम स्क्वाडमा अटाउनका लागि भारतमा आत्मविश्वासी प्रदर्शन गरे । ४ खेलमा उनले कुल ८५ रन बनाए ।

    यो ठूलो अंक होइन । विशेष चाहिँ उनको स्ट्राइक रेट हो । आदिलले २ सयभन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरे, जुन टि २० मा विशेष मानिन्छ । प्रत्येक खेलमा उनको ब्याटिङ छोटो तर प्रभावशाली रहयो । विशेषतः उनी एउटा पावरफुल सिक्स हिटरका रुपमा देखा परे ।

    पहिलो खेलमा ब्याटिङ गर्ने पालो नपाएका आदिल दोस्रो खेलमा ८ बलमा १४ रन बनाएर आउट भए । त्यति छोटो इनिङमा उनले २ छक्का प्रहार गर्न भ्याएका थिए । तेस्रो खेलमा छैटौं नम्बरमा ब्याटिङ गर्न आएका आदिलले १६ बलमा ३५ रन ठोके । २१८ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए ।

    चौथो खेलमा ७ बलमा ११ रन बनाएका आदिल पाँचौं तथा अन्तिम खेलमा ११ बलमा २५ रन बनाएर अविजित रहे । उक्त खेलमा उनले ३ छक्का प्रहार गरे । ४ खेलमा उनले १० छक्का र २ चौंका प्रहार गरेका छन् । रन धेरै नहाने पनि उनले अन्तिम समयमा आएर टोलीको रनरेट उकास्न महत्वपूर्ण भूमिका खेले ।

    क्रिजमा आउनेवित्तिकै आक्रमण गरिहाल्न जतिसुकै विष्फोटक ब्याट्सम्यानका लागि पनि चुनौति हुन्छ । आदिलले त्यो आत्मविश्वास र कौशल देखाएका छन् । उनले आफ्नो सिग्नेचर हेलिकोप्टर सट हानेर फ्यानहरुलाई खुशी दिए ।

    २०७९ मा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ को आरोप लागेका आदिलले २०८१ मा सफाइ पाएका थिए । राष्ट्रिय टीमबाट खेल्न थालेको छोटो समयमै आदिल प्रतिवन्धमा परेका थिए । त्यसपछि उनको करिअर लथालिंग भयो । प्रतिवन्धमा पर्नुअघि उनलाई खासगरि टि–२० मा आशालाग्दा अलराउन्डरको रुपमा हर्न थालिएको थियो ।

    मध्यक्रममा आएर आक्रमक ब्याटिङ गर्ने उनी मध्यम गतिको बलिङ पनि गर्छन् । उनको बलिङ भने यो प्रतियोगितामा त्यति जमेन ।

    आदिलले कम समय राष्ट्रिय टोलीबाट खेले पनि आफ्नो छाप छोड्न सफल भएका थिए । २०७८ को अन्तिमतिर टीयू क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत पीएनजीविरुद्ध उनले डेब्यू गरेका थिए । डेब्यू खेलमै आदिलले उत्कृष्ट प्रदर्शन गरे । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका उनले विष्फोटक शैलीमा खेल्दै ११ बलमा ३१ रन बनाए । उनले एक चौका र ३ छक्का प्रहार गरेका थिए । यही म्याचमा उनले प्रहार गरेको ‘हेलिकोप्टर सट’ अहिलेसम्म उनको पहिचान बनिरहेको छ ।

     

  • नेपाल र वेष्ट इन्डिजबीचको टी-२० आई सिरिजको मिति परिवर्तन

    नेपाल र वेष्ट इन्डिजबीचको टी-२० आई सिरिजको मिति परिवर्तन

    काठमाडौं । युएईमा हुने नेपाल र बेष्ट इन्डिजबिचको टी-२० आई सिरिजको मिति परिवर्तन गरिएको छ । एसिया कपको फाइनलका कारण सिरिजको मिति परिवर्तन गरिएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    अब नेपाल र बेष्ट इन्डिजबीचको सिरिजका खेल सेप्टेम्बर २७, २९ र ३० मा हुनेछ । यसअघि सेप्टेम्बर २७, २८ र ३० तय गरिएको थियो । एसिया कपको फाइनल सेप्टेम्बर २८ मा हुनेछ ।

     

     

  • एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक

    एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक

    पोखरा । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । आयोजक इन्फनिटी ड्रीम्स प्रालिले भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

    सार्वजनिक तालिकाअनुसार पहिलो खेल साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ । उक्त खेल २० गते दिउँसो २ बजेबाट सुरु हुनेछ । सोही दिन दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबिचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

    भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले एकअर्कासंग खेल्नेछन् । शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।

  • त्रिवि किक्रेट मैदानमा फ्लडलाइड जडान धमाधम, तिहारभित्र बाल्ने

    त्रिवि किक्रेट मैदानमा फ्लडलाइड जडान धमाधम, तिहारभित्र बाल्ने

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भइरहेको छ ।

    मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइडको पोल जडान कार्य धमाधम भइरहेको हो ।

    जस अन्तर्गत ४ वटा पोलहरु जडान गरी सकिएको छ भने अब २ वटा पोल जडान गर्न बाँकी रहेको र सो काम पनि आज र भोलिमा सकिने छ ।
    त्यस पश्चात् पोल इन्स्टलेसन गरी तिहारभित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना रहेको छ ।

    फ्लडलाइड जडान का लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको हो ।

    तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

  • नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी–२० सिरिज

    नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी–२० सिरिज

    काठमाडौं । भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज नेपालले ‘ए’ टिमले जितेको छ ।

    भारतको गुवाहाटीमा भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

    अन्तिम तथा निर्णायक खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो ।

    आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिए । बलिङमा नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

    त्यसअघि पहिला पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन खडा गरेको थियो ।

    नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।

  • निर्णायक खेलमा नेपाल ‘ए’ ले दियो विशाल लक्ष्य

    निर्णायक खेलमा नेपाल ‘ए’ ले दियो विशाल लक्ष्य

    काठमाडौं । नेपालको ‘ए’ टीमले निर्णायक खेलमा भारतको आसाम टीमसामु २०९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    भारतको गुवाहाटीमा पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन खडा गर्‍यो ।

    नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।

    यो खेलमा जित निकाल्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ ।

  • नेपाल र बङ्गलादेशबीचको खेलको टिकट एन्फाले नै उठाउने (भिडिओ)

    नेपाल र बङ्गलादेशबीचको खेलको टिकट एन्फाले नै उठाउने (भिडिओ)

    काठमाडौं । दशरथ रंगशालामा भदौ २१ र २४ गते हुने नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले उठाउने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले दुवै खेलहरूको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहने जानकारी दिए ।

    उक्त खेलको लागि भिआइपीतर्फ एक हजार र साधरणतर्फ ५ सय टिकटदर निर्धारण गरिएको छ । बङ्गलादेशको राष्ट्रिय टोली बुधबार नेपाल आइपुग्नेछन् । टोलीलाई अभ्यासका लागि भद्रकाली स्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल रङ्गशालाको मैदानमा व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

    खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुनेछ । खेलहरूका लागि तीव्र रूपमा तयारी अगाडि बढाएको एन्फाले जनाएको छ ।

  • ग्रिसकी भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

    ग्रिसकी भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

    काठमाडौँ । ग्रिसकी राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन् ।

    आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन् । उनी कर्णाली यशभिसबाट खेल्नेछिन् ।

    सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन् । खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौ अवार्ड समेत पाइसकेकी छन् । आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चान्टाभाले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । उनले आफू आबद्ध कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने गरी खेल्ने बताइन् ।

    कर्णाली यशभिसले ब्राजिलियन दुई खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई पनि अनुबन्ध गरेको छ । उनीहरु सोमबार साँझ नेपाल आइपुग्ने जनाइएको छ ।

    महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर बनाएको कर्णाली यशभिसले प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिदै लिगको अन्तिम तयारी गरिरहेको छ ।

  • पोखराका मेयर धनराज र अभिनेता राजेश हमालको टीमबिच मैत्रीपूर्ण भलिबल हुने

    पोखराका मेयर धनराज र अभिनेता राजेश हमालको टीमबिच मैत्रीपूर्ण भलिबल हुने

    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र अभिनेता राजेश हमालको टीमबिच मैत्रीपूर्ण भलिबल खेल हुने भएको छ । भदौ १९ गते पोखरा हल्लनचोकमा धनराज र राजेशको टिमबिच मैत्रीपूर्ण खेल हुन लागेको हो ।

    दोस्रो संस्करणमा एभरेष्ट महिला भलिबल लिग सुरु हुनुअघि उक्त खेल हुन लागेको हो । खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र फ्रेन्चाइज टीमका प्रमुख खेलाडीहरू सहभागी हुनेछन् ।

    प्रत्येक टीममा १२ खेलाडी रहनेछन्, जसमा फ्रेन्चाइज टीका टीम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन् ।

    यो प्रदर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावर को मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वावलोकन दिने आयोजकको विश्वास छ ।

    कलाकार आना शर्मा, सनीषा भट्टराई र आदिती बुढाथोकी सहभागी हुनेछन् । अरुणा शाही, प्रगति नाथ, सलीना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, उषा भण्डारीसँगै टीका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन् ।

    एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्ड हलमा हुँदैछ ।

  • नेपाल ‘ए’ र आसामबिचको निर्णायक खेल आज

    नेपाल ‘ए’ र आसामबिचको निर्णायक खेल आज

    काठमाडौं । नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग पाचौं तथा अन्तिम टी–२० खेल खेल्दैछ । उक्त खेल भारतको गुवाहाटीमा साँझ ५ बजेबाट सुरु हुनेछ ।

    उक्त खेल सिरिजको निर्णायक खेल हो । यो खेलमा जित निकाल्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ । दुवै टोलीले अघिल्लो दुई दुई खेलमा जित निकालेका छन् । पहिलो खेलमा आसामले नेपाललाई डीएलएस पद्धतिबाट १५ रनले पराजित गरेको थियो ।

    नेपालले दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो। चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो । नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग ५ खेलको टी–२० सिरिज खेलेको छ ।

  • एएफसी च्याम्पियन्स लिग : प्रीति राईको गोल

    एएफसी च्याम्पियन्स लिग : प्रीति राईको गोल

    काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगमा नेपालकी प्रीति राईले एक गोल गरेकी छन् ।

    जोर्डनको इतिहाद क्लबबाट खेलिरहेकी प्रीतिले मलेसियाको केलान युनाइटेडविरुद्ध गोल गरेकी हुन् ।

    समूह चरणको अन्तिम खेलको ६८औँ मिनेटमा प्रीतिले गोल गरिन् । सिडालिया कुटाले दिएको क्रसलाई प्रीतिले पोस्टको दिशा दिएकी थिइन् । इतिहादबाट उनले पहिलो गोल गरेकी हुन् ।

    उक्त खेलमा इतिहादले केलान युनाइटेडलाई ४-० ले पराजित गर्‍यो ।

  • यूएईमा सम्पन्न प्रथम अजमान खुल्ला तेक्वान्दोमा नेपालकी शान्तिलाई रजत पदक

    यूएईमा सम्पन्न प्रथम अजमान खुल्ला तेक्वान्दोमा नेपालकी शान्तिलाई रजत पदक

    यूएई । संयुक्त अरब इमिरेट्सको अजमानमा सम्पन्न प्रथम अजमान खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपाली प्रतिस्पर्धी शान्ति भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएकी छन् ।

    अजमान सरकारको।स्पोर्ट्स एकेडेमीको सम्पन्न सो प्रतियोगितामा जुनियरदेखि सिनियरसम्मका विभिन्न उमेर र तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो।

     प्रतियोगितामा भारत, फिलिपिन्स, नेपाल, यूएई, बहराइन, ओमान, प्यालेस्टाइन, पाकिस्तान, बंगलादेशलगायत १५ भन्दा बढी देशका गरी करिब ५१५ खेलाडीहरूले सहभागिता जनाएका थिए।

    शान्तिले सिनियर महिला ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले प्रारम्भिक चरण, क्वाटर फाइनल र सेमिफाइनलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेकी थिइन् । यद्यपि  फाइनल खेलमा बहराइनकी हफ्सा जबल्ला हसनसँग प्रतिस्पर्धा गर्ने क्रममा हेड किकमार्फत अंक गुमाउनुका साथै सामान्य घाइते भएका कारण खेलमा पूर्ण नियंत्रण हुन नसक्दा शान्ति अन्ततः रजत पदकमा सीमित भइन् ।

    यद्यपि लगातार दुई खेल जितेर फाइनलमा पुगेकी शान्तिको प्रदर्शन सराहनीय मानिएको प्रशिक्षक जगन अधिकारिले बताए ।

    यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली तेक्वान्दो खेलाडीहरूको क्षमताको परिचय दिन सहयोग पुर्‍याएको आयोजकहरूले बताएका छन् ।

    प्रतियोगितामा दोस्रो स्थान कब्जा गरी रजत पदक विजेता भण्डारी मध्यपूर्वमा पहिलो दुई तल्ले बिग बस् चलाउने महिला समेत हुन् ।

    ओखलढुङ्गामा जन्मेकी भण्डारीले हाल दुबईमा दुई तल्ले बिग बस चलाउँदै आएकी छन् । मध्यपूर्वको पर्यटन प्रबर्द्धनमा  समेत उनी उत्तिकै चर्चित छन् ।

  • के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट : नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने

    के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट : नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने

    काठमाडौं । ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) रिङमा उत्रने भएका छन् । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा यही भदौ २२ (७ सेप्टेम्बर २०२५) गते जापानको टोकियो सहरमा सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।

    ‘हिमालयन चितुवा’का नामले विश्व परिचित बक्सर घिमिरेसहित चीन, बुलगेरिया, नेदरल्याण्ड्स, सेनेगल, ब्राजिल, पोल्याण्ड, आरमेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस, माल्डोभाका चर्चित बक्सरले प्रतियोगितामा कडा प्रतिष्पर्धा गर्दैछन् ।

    नेपालको किक बक्सिङ खेल इतिहासमा नयाँनयाँ विश्व कीर्तिमान कायम गरिसेका बक्सर घिमिरे प्रतियोगिताको पहिलो दिन फ्रान्सका प्रतिद्वन्द्वी आइमेरिक लेजीजीसँग आमनेसामने हुने तालिका के वान क्लबले सार्वजनिक गरेको छ । उसो त घिमिरेले सोही के वान खेलबाट नेपालको प्रतिनिधित्व गर्दै आफ्नो किक बक्सिङको अद्भूत प्रतिभालाई विश्वसामु प्रदर्शन गर्दै आएका छन् ।

    घिमिरेले पहिलो खेल जितेमा पुनः यही कात्तिक २९ (नोभेम्बर १५, २०२५) मा एकैदिन तीन खेल खेल्नुपर्ने हुन्छ । उक्त तीन खेल खेल्दा विजय हासिल गरेमा किकबक्सिङ इतिहासमै विश्वको नम्बर वान खेलाडीको उपाधि हात पार्दै विश्व जगत्मा इतिहास रच्न सक्ने भाग्यमानी नेपाली खेलाडी बन्नेछन् ।

    ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’लाई किक बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ । ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’का लागि बक्सर घिमिरेले तयारीलाई तीव्र बनाएका छन् । आफ्नै खर्चमा बक्सर घिमिरेले थाइल्याण्ड्सको फुकेट सहरस्थित टाइगर मोथाई क्लबबाट विशेष प्रशिक्षण लिएर हालैमात्र जापान फर्किएका थिए । जापानमा आफ्ना पिता पूर्वअन्तरराष्ट्रिय किक बक्सिङ खेलाडी देव घिमिरेकै विशेष प्रशिक्षणमा अविरलले सो अन्तरराष्ट्रिय प्रतियोगिताका लागि अभ्यास गरिरहेको जनाइएको छ ।

    अहिले प्रतियोगिता हुने टोकियो, सिवुआलगायत सहरका सार्वजनिकस्थलका होडिङबोर्डमा नेपाली झण्डासहित ‘हिमालयन चितुवा’का तस्बिरलाई प्रदर्शन एवं प्रचार प्रसार गरिएका छन् । ती विद्युतीय बोर्डमा घिमिरेले रिङमा भिडेका प्रतिस्पर्धालाई देखाइएको छ ।

    राजदूत डा सुवेदीद्वारा शुभकामना

    जापानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी युवा किक बक्सर घिमिरेको सफलताका कामना गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा नेपाली बक्सर घिमिरेले भाग लिन पाउनु आफैँमा ऐतिहासिक सफलता भएको जनाएका छन् ।

    यस्तो छ ‘हिमचितुवा’को इतिहास

    बक्सर अबिरलले हालसम्म हिट किकबक्सिङ तीनपटक ‘टाइटल डिफेन्स’ गर्दै चारपटक ‘हिट किकबक्सिङ टाइटल म्याच’, अन्तरराष्ट्रिय किक बक्सिङ एशोसिएसन ‘टाइटल’ र ‘केवान क्रस–१७५ टाइटल’ जित हासिल गरिसकेका अविरलले हालसम्म २५ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ जित निकाल्ने क्रममा १८ नकआउट गरी जित निकालेका छन् ।

    गत जेठ ४ गते जापानको ओसाका सहरमा सम्पन्न ‘के वन क्रस १७५’को उपाधि चुम्दै बक्सर अविरलले पहिलोपटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ उपाधि’ हात पारेर अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका थिए । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उहाँले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै के वान क्रस ‘विश्व च्याम्पियन’बनेका थिए ।

    ‘च्याम्पियन’ जिन्कलाई रिङमा नकआउट गर्ने किक बक्सर अविरल पहिलो खेलाडी बनेका कोच अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देवले जानकारी दिए ।

    उनका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । ‘इन्टरनेसनल किक बक्सिङ एशोसिएसन’ (इस्का) र ‘हिट’ प्रतियोगिताको टाइटल बेल्ट जित्ने बक्सर अविरल पहिलो नेपाली खेलाडी हुन् । बक्सर अविरल आफ्ना पिता देवका साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् । पूर्व फुलकन्ट्याक्ट कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा अविरलको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

  • रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित

    रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित

    काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास म्याचमा साउथ अष्ट्रेलियालाई हराएको छ ।

    नेपाललाई २ विकेटको रोमाञ्चक जित दिलाउन कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे ।

  • राखेपले क्यानलाई दियो उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि

    राखेपले क्यानलाई दियो उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ । खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार दिएको हो ।

    आज आयोजित एक कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले खेलकुदमन्त्री तेजुलाल चौधरीबाट अवार्ड ग्रहण गरे । सामाजिक सञ्जालमा पारसले राखपप्रति अभार प्रकट गरेका छन् । उनले क्रिकेट संघलाई गतिशील र प्रभावकारी बनाउँदै देशको उदाहरणीय संघ बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    आगामी दिनहरुमा समेत नेपाली क्रिकेटको निरन्तर विकास र विस्तारमा नेपाल क्रिकेट संघ अहोरात्र लागि परिरहने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

     

  • आसाममाथि नेपाल ‘ए’ को विशाल जित, युवराज खत्रीले लिए ४ विकेट

    आसाममाथि नेपाल ‘ए’ को विशाल जित, युवराज खत्रीले लिए ४ विकेट

    काठमाडौं । भारतका गुवाहिटीमा जारी टि- २० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई हराएको छ ।

    नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट क्षतिमा १७३ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । जवाफी ब्याटिङमा आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भएको छ ।

    आसामलाई सस्तैमा समेट्न स्पिनर युवराज खत्रीले चार विकेट लिए । उनले उत्कृष्ट बलिङ गर्दै ३.२ ओभरमा १५ रन मात्रै खर्चिएका थिए ।

  • साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

    साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ ।

    घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

    खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।

  • क्रिकेटमा नेपालको आजै तीन हार, ए टीम असामसँग १५ रनले पराजित

    क्रिकेटमा नेपालको आजै तीन हार, ए टीम असामसँग १५ रनले पराजित

    काठमाडौं । नेपाली क्रिकेट टीमले आज एकै दिन तीन हार व्यहोर्नु परेको छ। अष्ट्रेलियामा रहेको राष्ट्रिय टिम दुई म्याचमा पराजित हुँदा भारतमा रहेको ‘ए’ टीमले पनि सुखद सुरुवात गर्न सकेन ।

    असामको टीमविरुद्ध नेपालको ए टीम डर्क वर्थ नियम अनुसार १५ रनले पराजित भएको हो । यससँगै पाँच खेलको सिरिजमा असामले अग्रता लिएको छ । असामले १९० रनको बलियो स्कोर खडा गरेको थियो । नेपालले डेथ ओभरमा कमजोर बलिङ गर्दा असाम बलियो स्कोरमा पुग्न सफल भयो ।

    अन्तिम दुई ओभरमा मात्रै असामका पुछारका छक्का चौकाको वर्षा गर्दै ब्याट्सम्यानले ५२ रन जोडेका थिए । नेपालका लागि आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमल सिंह ऐरीले २–२ विकेट लिए ।

    जवाफी ब्याटिङमा नेपालले खराब सुरुवात गर्दै १ रनमा ओपनर इशान पाण्डेलाई गुमायो । आक्रामक ब्याटिङ गर्न खोजेका कप्तान अनिल साह १३ बलमा २० रन बनाएर पेभिलियन फर्किए । यस्तै पवन सर्राफ पनि चलेनन् । उनले ९ बलमा ६ रन मात्रै जोड्न सके ।

    अर्को इन्डबाट शुभ कंसाकारले भने राम्रो खेलिरहेका थिए । तर नेपाल ३ विकेट गुमाएर ६४ रनको अवस्थामा छँदा पानीले खेल विथोल्यो । खेल रोकिँदा कंसाकारले २१ बलमा ३३ रन बनाइसकेका थिए । थप खेल हुन नसकेपछि असामलाई डीएल मेथडका आधारमा विजयी घोषित गरिएको छ।

    आज अष्ट्रेलियामा भएका दुई खेलमा नेपालको राष्ट्रिय टीमले हार व्यहोरेको थियो । साउथ अष्ट्रेलियासँग भएको पहिलो खेलमा तीन विकेटले र दोस्रोमा ३ रनले नेपाल पराजित भएको हो ।