Category: नेकपा एस

  • नेकपा एसको बैठकमा किसान श्रेष्ठसहित ४० जना अनुपस्थित, नआउनुको कारण सोधिने

    नेकपा एसको बैठकमा किसान श्रेष्ठसहित ४० जना अनुपस्थित, नआउनुको कारण सोधिने

    काठमाडौं । नेकपा एसको शुक्रबारदेखि सुरू भएको दोस्रो केन्द्रीय कमिटी बैठकको पहिलो दिन केन्द्रीय सदस्य तथा सांसद किसान श्रेष्ठसहित ४० जना अनुपस्थित छन् ।

    पदाधिकारीमध्ये नेता प्रमेश हमाल र सचिव सावित्रा भुसाल पनि अनुपस्थित छन् । तर, उनीहरू ब्राजिलमा आयोजित एक कार्यक्रममा पार्टीको प्रतिनिधित्व गर्दै पुगेका छन् । अनुपस्थित हुने सदस्यहरूले अनुपस्थितिको कारण खुलाएका छैनन् ।

    नेकपा एसका एक केन्द्रीय नेताले बताएअनुसार अनुपस्थित हुने केन्द्रीय सदस्यहरूलाई अनुपस्थितिको कारण सोधिने भएको छ । ती केन्द्रीय सदस्यको नामावली महासचिव घनश्याम भुसालले संकलन गरेर आफूसँगै राखेको ती नेताले बताए ।

    नेकपा एसको विभिन्न केन्द्रीय आयोगसहित ३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

    केही समयदेखि पार्टीको नियमित गतिविधिमा नदेखिएका सांसद किसान श्रेष्ठलाई नेपाल प्रेसले फोन सम्पर्क गर्दा उनी बाराको सिमरास्थित घरमै थिए ।

    ‘कुम्भ मेला गएको थिएँ, थाकेर आएको छु, आराम गर्दैछु’, उनले भने ।

    भारतको प्रयागराजमा आयोजित १२ वर्षे कुम्भ मेलामा आफू परिवारसहित गएको कारण पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी नभएको उनले बताए ।

    उनको कार्यक्षेत्र रहेको बारा जिल्लाबाट काठमाडौंको दूरी हवाई मार्गबाट २० मिनेट र स्थलमार्गबाट पाँच घण्टाको मात्रै छ ।

    ‘चाहँदा त बैठकमा जान सक्नुहुन्थ्यो नि !’ भन्ने जिज्ञासामा उनले भने, ‘ज्यान थाक्यो ।’

    श्रेष्ठले नेकपा एसको गत असारमा सम्पन्न महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा दाबी गरेका थिए । महाधिवेशनको हलमा घोषणा गरिएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम त थियो । तर, पहिलो केन्द्रीय कमिटीको बैठकले पदपूर्ति गरेका केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी निर्वाचन गराइँदा उनी त्यसमा पनि सहभागी भएनन् ।

    दोहोरिएका केन्द्रीय सदस्यले कम्तीमा पोलिटब्युरो सदस्यमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो । श्रेष्ठ बैठक चलेको समयमा देशबाहिर भएका कारण वारेसनामाबाट पोलिटब्युरो सदस्यको उम्मेदवार थिए । तर, हारे ।

    सरकारले अध्यादेशमार्फत नेकपा एसको विभाजनलाई सहज बनाएपछि श्रेष्ठसहितका केही सांसद बाहिरिने तयारीमा भएको चर्चा छ । उनले त्यसबारे केही भन्न चाहेनन् ।

    ‘अरु कुरा पछि गरौंला, अहिले कुम्भ मेलाबाट गएर फर्किएका कारण बैठकमा जान भ्याइनँ ।’

    नेतृत्वसँग असन्तुष्ट रहेका अर्का सांसद प्रेम आले भने अहिले पार्टीमा जिम्मेवारीविहीन छन् । उनले आफू नेकपा एससँग सम्वद्ध नरहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । तर, पार्टीले कुनै कारवाही  गरेको छैन ।

  • नेकपा एसमा १३ बुँदे आचारसंहिता- पार्टीविरुद्ध बोल्न नपाइने, महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)

    नेकपा एसमा १३ बुँदे आचारसंहिता- पार्टीविरुद्ध बोल्न नपाइने, महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले १३ बुँदे आचारसंहिता तय गरेको छ। जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीका नेता कार्यकर्तालाई आचारसंहितामा कडाइ गर्ने प्रस्ताव राखेका हुन्।

    आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’

    पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने उल्लेख छ। नेता कार्यकर्ताको खानपान, रहनसहन, बस उठ सरल र सामान्य हुनुपर्नेछ।

    आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा यही कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ।’

  • माओवादीसँग मिल्दैछ भनेर हामीविरुद्ध कुप्रचार हुँदैछ : माधव नेपाल (भिडिओ)

    माओवादीसँग मिल्दैछ भनेर हामीविरुद्ध कुप्रचार हुँदैछ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले र माओवादीसँग मिल्दैछ भनेर भइरहेको प्रचारको खण्डन गरेका छन्।

    पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरू पार्टी एकताबद्ध बनाएर जाने पक्षमा रहेको बताए।

    उनले भने, ‘हाम्रो पार्टीको विषयमा अनेक कुप्रचार हुँदैछन्। कसैले कहिले एमालेसँग यो पार्टी मिल्ने भयो भनेर कसैले माओवादीसँग मिल्न जाने भनेर, यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्न आवश्यक छैन। हामी हाम्रो पार्टीलाई बलियो र सशक्त बनाउन चाहन्छौँ।’

    आफूहरूले दक्षिणपन्थी अवसरवादको विरुद्ध गरेको विद्रोहको औचित्य दिनदिनै पुष्टि हुँदै गएको जिकिर गरे।

    उनले आफूहरू अहिले समाजवादी र वामपन्थी शक्तिहरूलाई साथ लिएर अघि बढ्ने पक्षमा रहेको बताए।

  • माधव नेपालको जिकिर- ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ (भिडिओ)

    माधव नेपालको जिकिर- ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

    उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स-साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

    संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएका छन् । संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तीनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।

    उनले सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरे ।

  • केन्द्रीय कमिटी बैठकस्थल पुगे नेकपा एसका नेता (तस्बिरहरू)

    केन्द्रीय कमिटी बैठकस्थल पुगे नेकपा एसका नेता (तस्बिरहरू)

    काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरू हुन लागेको छ । जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बस्ने बैठकमा सहभागी हुन नेताहरू बैठकस्थलमा आउन थालेका छन् ।

    यसअघि विहीबारलाई तय बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधनपछि स्थगित गरिएको थियो ।

    बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुँदैछ ।

    त्यस्तै जनजीविका र सुशासनका सवालमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि नेकपा एसको तयारी छ ।

  • नेकपा एसमा कसले खोस्यो झलनाथको सम्मानित नेता पद ? फरक मतमा आफूलाई लेखे साधारण सदस्य

    नेकपा एसमा कसले खोस्यो झलनाथको सम्मानित नेता पद ? फरक मतमा आफूलाई लेखे साधारण सदस्य

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्वप्रति सन्तुष्टि सुनिदैनन् । खनालले पार्टीको स्थायी र पोलिटब्युरो बैठकमा लिखित रुपमा ‘गलत निर्णयलाई सच्याऔँ, पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं’ भन्दै लिखित प्रस्ताव नै राखे । त्यसलाई अध्यक्ष माधव नेपाल पक्षका नेताहरुले फरक मतको संज्ञा दिएका छन् ।

    नेकपा एसको भोलिबाट केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ । सो बैठकमा पनि नेता खनालले यो प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उनले अहिले मात्रै होइन, यसअघि पनि पार्टी अध्यक्ष माधव नेपालविरुद्ध ‘फरक मत’ राख्दै आएका थिए ।

    तर, गत असारमा भएको पार्टीको १० औं महाधिवेशनपछि तरंग अझै साम्य भएको छैन । महाधिवेशनले नेता खनाललाई सम्मानित नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

    तर, पार्टीका वरिष्ठ नेता बेदुराम भुसाल नेतृत्वको कार्यदलले तयार पारेको विधानमा विधान छापिएर आउँदै सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था उल्लेख भएर आयो ।

    त्यसपछि झलनाथले चर्को आलोचना गरे । उनले स्थायी र पोलिटब्यूरो कमिटीको बैठकमा मञ्चमा जाने समेत अस्वीकार गरेको थिए। यद्यपी, पछि अध्यक्षसँग मञ्चमा गएर बसे ।

    झलनाथले असन्तुष्टि जनाएको विधानमा भनिएको छ, ‘केन्द्रीय कमिटी पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ । यस २९९ मा केन्द्रीय कमिटीबाट मनोनीत हुने सदस्य संख्या र केन्द्रीय कमिटीले तोक्ने सम्मानित नेता एवं वरिष्ठ नेताहरूको संख्या थप हुनेछ ।’

    विधानमा सम्मानित नेता केन्द्रीय कमिटीको बैठकले तोक्ने छापिएर आएपछि उनले बैठकमा पेस गरेको लिखित प्रस्तावमा आफ्नो पद ‘साधारण सदस्य’ मात्रै लेखेका छन् ।

    तर, नेृता खनालले आपत्ति जनाएपछि महाधिवेशनको निर्णय फरक ढंगले विधानमा समावेश भएकाले सच्याउने निर्णय भइसकेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

    उनले भने, ‘पार्टीको विधान प्रकाश गर्दा केही प्राविधिक कमजोरीहरु भएका छन्। ती कमजोरीहरु सच्याउँने कुरा भएको छ । उहाँले (झलनाथ)ले केही कुराहरु औल्याउनुभयो। त्यो कुरालाई हामीले मनन गरेर महाधिवेशनले गरेको निर्णय विधानमा फरक ढंगले छापिएकाले सच्याउँने निर्णय गरेको छौं। अरु कुनै त्यस्तो विवाद छैन ।’

    प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले नेता खनालले विधानमा छापिएको बिषयलाई असन्तुष्टि जनाएर आफ्नो प्रस्तावमा सामान्य सदस्य लेखेको बताए ।

    उनले भने, ‘हामीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चुनेका हौं । अहिले विधान बनाउने क्रममा सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने भनेर उल्लेख भएर आएको छ । तर, त्यो उहाँको हकमा होइन । उहाँलाई त महाधिवेशनले नै चुुनिसक्यो नि । आगामी महाधिवेशनबाट सम्मानित नेता चयन गर्दा केन्द्रीय कमिटीले गर्ने भन्ने ढंगले आएको हो । त्यही कुरालाई असन्तुुष्टि राख्दै आफ्नो प्रस्तावमा सामान्य सदस्य लेखेर पेस गर्नुभएको हो ।’

    उनले अनेरास्ववियु र युवा संघमा पार्टीले गरेको निर्णयमा नेता खनालले फरक मत राखेको बताए ।

    उनले थपे, ‘उहाँले अपानीबाट अध्यक्षहरुलाई हटाइयो अधिवेशन गर्न दिइएन भन्ने कुरामा फरक मत राख्नुसभयो। तर, पार्टीले गरेको निर्णय त उहाँले पनि मान्नुपर्यो नि । त्यो उहाँको फरक मत मात्रै हो । त्यो परिवर्तन हुँदैन । फुल केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय सबैले मानेरै अघि बढ्नुपर्छ ।’

    हिजोको पोलिटब्युरो बैठकमा नेता खनालले राखेको फरक मत भोलि केन्द्रीय कमिटीको बैठकमा राख्नसक्ने भएपनि पार्टीको निर्णय परिवर्तन नहुने जिकिर गरे ।

    पार्टी नेतृत्व निरंकुश भएको आरोप

    विधानको विषय सच्चाउने पार्टीले निर्णय गरेपछि नेता खनालले अनेरास्ववियू पुनर्गठन गरिनु नेतृत्वको निरंकुश र नोकरशाही शैली भएको आरोप लगाए । अध्यक्ष माधव नेपालले हालै जारी गरेको अपानिमा अनेरास्ववियूको अध्यक्षबाट आरती लामा र युवा संघबाट कृष्णकुमार विश्वकर्मालाई बिदा गरिएको थियो । लामा र विश्वकर्मा दुवै झलनाथ र महाससचिव घनश्याम भुसाल निकट मानिन्छन् ।

    अहिले अनेरास्ववियूको जिम्मेवारी महेश श्रेष्ठलाई दिएपछि झनाल पक्षले समानान्तर गतिविधिको तयारी पनि गरिरहेको छ ।

    त्यसबारे झलनाथले आफ्नो प्रस्तावमा भनेका छन्, ‘यो अवस्थामा फेरि टिके प्रथा, ठाडो बर्खास्तगी गर्ने, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छदा खाँदाका कमिटीहरू विघठन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरुमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघठनकारी तरिका हो। हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ। यो निरंकुश तरिका हो, यो नोकरशाही तरिका हो ।’

    उनले नेतृत्वको निरंकुश शैली स्वीकार्य नहुँने भन्दै पार्टी र जनसंगठन पनि नचल्ने भन्दै निर्णय सच्चाउन माग गरेका छन् । त्यसो त केही दिनअघि असन्तुष्ट विद्यार्थी नेताहरुको कार्यक्रममा पुगेर नेतृत्वको कार्यशैलीविरुद्ध विद्रोह हुनसक्ने चेतावनी दिएका थिए । जुन कुरा बैठकमा राखेको प्रस्तावमा पनि उल्लेख छ ।

    असन्तुष्ट विद्यार्थी नेताहरुको भेलामा गएकोबारे खनालले भनेका छन्, ‘अनेरास्ववियू विभाजनको मुखमै पुगेको रहेछ । पार्टीका निर्णयहरू अपानीले नै प्रष्ट पारेकै रहेछ । मैंले त्यस बारेमा केही गर्ने कुरा भएन । पार्टी बैठकहरु आइरहेका थिए । स्थायी कमिटीले गरेको निर्णय भएकाले त्यही बैठकमा उठाउँला भनेर सोचें । तर युवा विद्यार्थीको संगठन भने ५ गते फागुनमा विभाजनकै लागि तम्तयार भईसकेको रहेछ । मैंले उनीहरूसँग कुरा गरेँ । उनीहरूले आफ्ना जनवादी अधिकारहरू माथि ठाडो अतिक्रमण भएको मार्मिक कथाहरु सुनाए ।

    त्यो बिल्कुल जायज थियो । पार्टीले गरेको निर्णय गलत र निरंकुश थियो । त्यसैले मंैले उनीहरूलाई भने तपाईहरु किन त्यो बिन्दुमा पुग्नुभएको हो, म आफै आउँछु, तपाईँहरूका कुरा सुन्छुर यो गम्भीर समस्याको समाधान के हुन्छ त्यो पनि हामी बसेरै पत्ता लगाउन म सहयोग गर्छु भनें । त्यो समझदारी साथ म उनीहरुले आयोजना गरेको कार्यक्रममा गए ।

    नेतृत्वले सबै जनसंगठनहरूप्रति आधारभूत रुपले समान नीति अख्तियार गर्नुपर्ने भन्दै कसैलाई काखा कसैलाई पाखाको नीति अपनाउनु नहुने बताए ।

    ‘कुनै जनसंगठनप्रति एक प्रकारको नीति कुनै अर्को जनसंगठनहरूलाई अर्को खालको नीति अख्तियार गर्ने पक्षपातपूर्ण डबल स्ट्यान्डरको नीति अपनाउन पाइँदैन’, खनालले भनेका छन्, ‘हाम्रा पार्टीका वरिपरि यतिबेला २५ वटा जनसंगठनहरू छन् । ती सबै जनसंगठनहरूलाई पार्टी महाअधिवेशनको भावना अनुरूप जनवादी ढंगले रूपान्तरित हुने र आवश्यकता अनुसार नेतृत्व हस्तान्तरण हुने समान अवसर दिनुपर्छ ।’

    कुनै जनसंगठनका प्रमुखहरूलाई ठाडो निर्देशनका आधारमा पदबाट हटाउने, उनीहरूलाई जनवादी ढंगले निर्णय गर्न पनि नदिने र पार्टी अपानी जारी गरेर हटाउने अनि कुनैलाई उनीहरूको प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गर भन्ने गत स्थायी समितिको यो निर्णय बिल्कुल पक्षपातपूर्ण, डबल स्ट्यान्डरले युक्त र पूर्वाग्रही रहेको खनालको आरोप छ ।

    पार्टी निर्णय नमान्ने प्रवृत्ति बढेको नेपालको निष्कर्ष

    नेता खनालले पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै गर्दा अध्यक्ष नेपालले पनि अनुशासनहीन र अराजक प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन्। अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको उल्लेख गरेका छन् ।

    नेता खनाललाई लक्षित गर्दै प्रतिवेदनमा भनिएको छ, ‘पार्टीभित्र अनुशासनहीन, अराजक र निराश प्रवृत्ति देखिने गरेको छ । पार्टी निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको छ । तयस्ता प्रवृत्तीलाई कडाईका साथ लागू गर्नुको सट्टा त्यसलाई वेवास्ता गर्ने, प्रोत्साहित गर्ने वा संरक्षण गर्ने प्रवृत्ति देखिएको छ ।’

    अनुशासनहीन, अराजक र निराश जमातले पार्टी विकास र विस्तारमा सकारात्मक भूमिका खेल्न नसक्दैन भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध दृढताका साथ जुध्नु पर्ने उल्लेख छ । उनले पार्टीभित्र जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृत्ति बढेको पनि औल्याएका छन् ।

     

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

    नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

    पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको हो ।

    पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार बैठक भोलि बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा बस्ने छ ।

    नेकपा एसले सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको पनि बताए ।

    सापकोटाको गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने बताइएको छ ।

  • संविधानसभा सदस्य, नेकपा एसका नेता विदुर सापकोटाको निधन

    संविधानसभा सदस्य, नेकपा एसका नेता विदुर सापकोटाको निधन

    काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एसका नेता विदुर सापकोटाको निधन भएको छ ।

    सुगरबाट पी८ित ५८ वर्षीय सापकोटालाई केही दिनयता उच्च ज्वरो आएको थियो । उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो ।

    लामो समय एमाले काभ्रेपलाञ्चोक एमालेको सचिव रहेका उनी पछिल्लो समय नेकपा एसको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए ।

    २०७० सालको संविधानसभा निर्वाचनबाट उनी काभ्रे ४ बाट उनी निर्वाचित भएका थिए ।

    सापकोटाको पार्थिव शरीर आज बिहान ९ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने बताइएको छ ।

    स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। सापकोटाका श्रीमती एक छोरी छन्।

  • अध्यादेशकाे विपक्षमा भाेट हाल्ने नेकपा एसकाे निर्णय (भिडिओ)

    अध्यादेशकाे विपक्षमा भाेट हाल्ने नेकपा एसकाे निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठक सरकारले ल्याएको अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवै गलत भएकाले असहमति रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

    उनले भने, ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ । अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् ।’

    अध्यादेशहरूबाट भू-माफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निषर्ष निकालेको उनले बताए ।

    उनले थपे, ‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’

    राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठेरोमा परेको छ ।
    अध्यादेश पारित गर्न सकस भइरहेको बेलामा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा नेकपा एसलाई फकाउने प्रयास गरिरहेका छन् ।

    सत्तापक्षले विकल्पको रुपमा राखेको नेकपा एसले पनि अध्यादेशको समर्थन गर्न नसक्ने जनाएको छ ।

  • नेकपा एसको बैठक- राजनीतिक प्रस्ताव पारित, अध्यादेशदेखि ओडिसा घटनाको चर्चा

    नेकपा एसको बैठक- राजनीतिक प्रस्ताव पारित, अध्यादेशदेखि ओडिसा घटनाको चर्चा

    काठमाडौं । नेकपा एकीकृत समावजवादीले पार्टी अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवदेन पारित गरेको छ ।

    पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको प्रतिवेदनसहित ७ प्रस्ताव पारित गरेको हो ।

    आजको बैठक भोलि बिहान ८ बजे पुनः बस्नेगरी टुंगिएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

    बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनसहित नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समीक्षा, तात्कालिक कार्ययोजना, सरकारले ल्याएको अध्यादेश सम्बन्धमा, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको बताए ।

    भोलि नै नेकपा एसको पोलिटब्युरो बैठक पनि बस्दैछ भने ९ गते केन्द्रीय कमिटीको बैठक नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बस्दैछ ।

  • नेकपा एसको बागमती प्रदेश अध्यक्षमा भीम दाहाल चयन, यस्तो बन्यो प्रदेश कमिटी (सूचीसहित)

    नेकपा एसको बागमती प्रदेश अध्यक्षमा भीम दाहाल चयन, यस्तो बन्यो प्रदेश कमिटी (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी अध्यक्षमा भीम प्रसाद दाहाल सर्वसम्मत चयन भएका छन् ।

    फागुन ३ देखि ५ सम्म सम्पन्न प्रदेश अधिवेशनबाट नेकपा एसको नेतृत्व सर्वसम्मत चयन भएको पोलिटब्युरो सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

    कमिटीको उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ तथा सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । त्यस्तै उपसचिवमा नानीराम चौलागाईँ, निरु खरेल र दीपक धनुके चयन भएका छन् ।

    सोही अधिवेशनबाट जिल्लागत आधारमा समावेशी कोटा समेत मिलाएर प्रदेश कमिटी सदस्यहरू समेत सर्वसम्मत चयन भएका छन् ।

    यस्तो छ नेकपा एसको नवनिर्वाचित प्रदेश कमिटीको सूची ।

     

  • नेकपा एसनिकट अनेरास्ववियू विभाजित, विद्रोहको अधिकार कसैले रोक्न नसक्ने झलनाथको चेतावनी (भिडिओ)

    नेकपा एसनिकट अनेरास्ववियू विभाजित, विद्रोहको अधिकार कसैले रोक्न नसक्ने झलनाथको चेतावनी (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको विवाद समाधान नभए अलग ढंगले अघि बढ्न सकिने बताएका छन् ।

    अनेरास्ववियू असन्तुष्ट पक्षले सोमबार काठमाडौंमा आयोजना गरको भेलामा खनालले अनेरास्ववियूको विवाद समाधानका लागि पार्टीको बैठकमा छलफल गर्ने भन्दै निष्कर्ष निस्कन नसके अलग ढंगले अघि बढ्न सकिने बताएका हुन् ।

    असन्तुष्ट पक्षले व्यानर राखेर भेला आयोजना गरेपछि खनालले तत्कालका लागि व्यानर हटाउन आग्रह गरेका थिए ।

    खनालले अहिले छुट्टै भेला नभइ छलफल कार्यक्रम मात्र गर्न सुझाव दिनुभएको थियो । उनले जहाँ जहाबाट आग्रह पूवाग्रह सुरु भएका छन्, त्यसलाई मिलाउने कोशीस गर्ने र मिल्न नसके अलग ढंगले बिभिन्न सोचका साथ जान सकिने उल्लेख गरे ।

    उनले पार्टीले गलत ढंगले निर्णय गरेर पेल्न खोजे आफु संरक्षकको भूमिकामा रहने आश्वासन असन्तुष्ट पक्षलाई दिए ।

    अहिलेका लागि एकता कायम गर्न हरसम्भव प्रयास गर्ने उनको भनाइ छ । उनले केन्द्रीय कमिटी बैठकसम्म पर्खन आग्रह गर्दै तत्काल समानान्तर कमिटी गठन नगर्न सुझाव दिए ।

    अनेरास्ववियूकी यसअघिका अध्यक्ष आरती लामाले व्यानरमा नयाँ समानान्तर कमिटी घोषणा भनिएपनि शीर्ष नेताको आग्रहमा जिम्मेवार भएर कार्यकर्ता भेलामा रुपान्तरण गरिएको जानकारी दिइन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी र संगठनको एकतालाई जोगाउनका लागि प्रतिवद्ध रहेको दिइन् ।

    लामाले आफूहरुलाई कारवाही गर्दैमा निराश हुने छुट नरहेको भन्दै आवश्यक परे विद्रोह गर्ने चेतावनी दिइन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले अपानि जारी गरी आरती लामालाई अनेरास्ववियूको अध्यक्षबाट हटाएपछि संगठनमा विवाद उत्पन्न भएको हो ।

  • समाजवादी प्रेस संगठनमा नयाँ नेतृत्व, शम्भु श्रेष्ठ बने अध्यक्ष

    समाजवादी प्रेस संगठनमा नयाँ नेतृत्व, शम्भु श्रेष्ठ बने अध्यक्ष

    नेकपा (एस) सम्बद्ध समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन भएका छन् ।
    आइतबार काठमाडौँमा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो । सङ्गठनका उपाध्यक्षमा हृदय भुसाल, महासचिव रोहितकुमार दाहाल र कोषाध्यक्षमा भरतराज पोखरेल चयन भएका छन् ।
    सङ्गठनका तत्कालीन अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष शङ्कर पाण्डे, महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारीसहित सङ्गठनको केन्द्रीय कमिटीका बहुसङ्ख्यक सदस्यले एमाले प्रेस चौतारीसँग एकता प्रक्रिया अगाडि बढाएपछि रिक्त भएको पदमा श्रेष्ठसहितका पदाधिकारी चयन भएका हुन् ।
    सङ्गठनका तत्कालीन अध्यक्ष सुवेदीको नेतृत्वमा प्रेस चौतारी फर्किने अभियान चलेपछि समाजवादी प्रेस सङ्गठनका अधिकांश प्रदेश, जिल्ला कमिटीसहित विगतमा प्रेस चौतारी पृष्ठभूमिका पत्रकारहरू चौतारीमा फर्किने लहर सुरु भएको छ ।
    आइतबारको भेलामा उक्त सङ्गठनका सल्लाहकार उत्तर विष्टसहितका सहभागीले वरिष्ठ व्यक्तिबाट नभई सङ्गठनका पदाधिकारीभित्रबाट नेतृत्व चयन हुनुपर्ने भन्दै असहमति व्यक्त गरेका थिए ।
    श्रेष्ठ उक्त सङ्गठनका संस्थापक अध्यक्ष थिए । २०७८ भदौ १० मा सङ्गठन निर्माण हुँदा उनी अध्यक्ष भएका थिए । २०८० जेठमा सम्पन्न महाधिवेशनबाट तत्कालीन वरिष्ठ उपाध्यक्ष सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।
  • माधव नेपालको दाबी- उत्तर कोरियासँग ट्रम्प र दक्षिण कोरियाको वार्ता हुनुमा मेरो योगदान रह्यो (भिडिओ)

    माधव नेपालको दाबी- उत्तर कोरियासँग ट्रम्प र दक्षिण कोरियाको वार्ता हुनुमा मेरो योगदान रह्यो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरिया र अमेरिकाका राष्ट्रपति तथा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको भेटवार्ता हुनुमा आफूले पनि योगदान गरेको बताएका छन् ।

    समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न खोज्दा पनि उत्तर कोरिया भ्रमण गरेर विश्व शान्तिमा योगदान दिएको बताए ।

    नेपालले भने, ‘अमेरिका रिसाउँछ, जापान र दक्षिण कोरिया रिसाउँछन् भनेर केपी ओलीले उत्तर कोरिया भ्रमण जान दिएनन् । त्यसपछि तिनै देशका राजदूतले मकहाँ आएर रोक्न खोजे, तर म कसैको कुरा नसुनी गएँ । म गएर त्यहाँका नेताहरुसँग भेट गरेँ । म फर्केर यता आएपछि अचम्मै भयो । दक्षिण र उत्तर कोरियाका राष्ट्रपतिहरुबीच भेटघाट भयो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रपतिबीच सिंगापुरमा भेटवार्ता भयो । पछि तिनै देशका राजदूत फेरि मकहाँ आएर गजब पो भएछ भने । के जादू भयो पनि भने । किनभने विश्व शान्तिको सन्दर्भमा हामीले पनि केही भूमिका खेल्न सक्छौं ।’

    पूर्वप्रधानमन्त्री नेपालले कम्बोडियाका राष्ट्रपतिले समेत कुनै बेला आफूलाई युद्धरत पक्ष र राष्ट्रपतिबीच दुवैलाई राखेर कुरा गराउन भूमिका खोजेको स्मरण गरे ।

    नेपालले फिलिपिन्स र अफ्रिकाका नेताहरुले पनि आफूलाई त्यस्तो प्रस्ताव राखेको बताए । नेपालले हीन भावना राखेर होइन, विश्वलाई मिलाउन भूमिका खेल्न सकिने उनले बताए ।

  • प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न- तपाईं भौतिक योजनामन्त्री हुँदा किन काम गर्नुभएन ? (भिडिओ)

    प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न- तपाईं भौतिक योजनामन्त्री हुँदा किन काम गर्नुभएन ? (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन थालेका छन् । प्रधानमन्त्रीलाई सबैभन्दा पहिलो प्रश्न नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रकाश ज्वालाले गरे ।

    ज्वालाले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यक्रममा शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु र पालिका अस्पतालको प्रगति हुन नसकेको बारे सोधेका थिए ।

    प्रश्न थियो, ‘तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु बजेटको अभावमा अलपत्र छन् भने पालिका अस्पतालहरु कतिका जगमात्र र कतिका पिलरमात्रै अस्थिपञ्जर जस्तै ठडिएका छन् । तिनीहरुका लागि बजेट व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?’

    जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरेलगत्तै आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताए । आफूपछिका सरकारहरुले ती परियोजनाहरुलाई निरन्तरता नदिएको उनको गुनासो थियो ।

    उनले ज्वालालाई इंगित गर्दै आफू भौतिक योजनामन्त्री हुँदा किन काम गर्नुभएन भनेर प्रतिप्रश्न गरे ।

    ओलीको जवाफ यस्तो थियो

    ‘निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात मैले अघिल्लो कार्यकालमा गरेको थिएँ, तर केही समयपछि नै सरकार परिवर्तन भएर म बाहिरिएँ । त्यसपछि आउने सरकारले ती कार्यक्रमहरु रद्द गरे, निरन्तरता दिएनन् । निर्माण रोकियो । प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । कार्यक्रम रद्द गर्नेले नै फेरि किन पूरा भएन भनेर प्रश्न गर्ने, प्रगति खोज्ने बडो अनौठो संस्कार छ यहाँ । उपरोक्त सबै अस्पताल र सडक निर्माण सम्पन्न गर्न ठूलो बजेट अवश्यक पर्छ । केही संख्यामा सम्पन्न भएका छन् । केही उद्घाटन भएर सुचारु भइसकेका छन् । उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पताल प्राथमिकतापूर्वक निर्माण भइरहेका छन् ।

  • महाधिवेशनबाट पारित दस्तावेज प्रकाशनमा तलमाथि हुनसक्ने झलनाथको आशंका (भिडिओ)

    महाधिवेशनबाट पारित दस्तावेज प्रकाशनमा तलमाथि हुनसक्ने झलनाथको आशंका (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले पार्टीको महाधिवेशनले पारित गरेका वैचारिक दस्तावेज प्रकाशनमा केन्द्रीय कार्यालयबाट तलमाथि हुनसक्ने आशंका गरेका छन् ।

    समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनले पारित गरेका दस्ताबेज प्रकाशनको बेला तलमाथि भएमा समस्या आउने चेतावनी दिए ।

    खनालले भने, ‘हामीले महाधिवेशनमा निकै संघर्ष गरेर, बहस छलफल गरेर,निकै विचार विमर्श गरेर पारित गरेको दस्तावेज प्रकाशन भइसकेको छैन । त्यो जस्ताको तस्तै प्रकाशित भएर आएपछि एकखालको वैचारिक कार्यदिशा हुन्छ । प्रकाशनको बेला तलमाथि भयो भने समस्या आउँछ । किनकी अब हामीले वैज्ञानिक समाजवादमा जाने हो । अब बहुदलीय जनवाद भनेर हुन्न, हामी त्यसबाट अघि बढिसकेका छौं । समाजवादका नाममा अरु फण्डाहरूको काम छैन ।’

    सम्मानित नेता खनालले देशमा दलाल पुँजिवाद हावी भएकाले वैज्ञानिक समाजवादको कार्यदिशा आफूले लेखेको बताए । नेकपा एसको गत असारमा सम्पन्न महाधिवेशनमा खनालले समाजवादी कार्यदिशाको दस्तावेज पेश गरेका थिए । महाधिवेशनले पारित गरेको दस्तावेज जस्ताको तस्तै छापिनुपर्ने खनालले बताए ।

  • घनश्याम भुसालको दाबी- आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछ (भिडिओ)

    घनश्याम भुसालको दाबी- आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र अब यसैगरी धेरै समय नचल्ने दाबी गरेका छन् । समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले देशमा केही न केही हुने निश्चित रहेको बताए ।

    भुसालले भने, ‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक हुँदै जानेछ । यी दुवै कुरा समाधान होइनन् । कमरेडहरू ! यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन । केही न केही हुनेवाला छ । आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ । त्यसैले अब हामीले हस्तक्षेप गर्ने बेला आयो ।’

    महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए पनि एमाले र माओवादीबाट सम्भव नभएकाले नेकपा एसको भूमिका निर्णायक रहेको दाबी गरे । उनले नेकपा एसले लिएको बाटोमा माओवादी र एमाले आउनैपर्ने भन्दै उनीहरू घमण्ड र हिनताबोधले नेकपा एसमा नआए पनि अन्तिममा आउनैपर्ने बताए ।

  • माधव नेपालको दाबी– प्रचण्ड र मैले सल्लाह गरेर अध्यादेश झुन्ड्याइदियौं, मेरो बोली बिक्छ (भिडिओ)

    माधव नेपालको दाबी– प्रचण्ड र मैले सल्लाह गरेर अध्यादेश झुन्ड्याइदियौं, मेरो बोली बिक्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश आफूहरुले थन्काइदिएको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै विपक्षीहरुसँग छलफल गरेरै नै सरकारले ल्याएको अध्यादेश रोकेको सुनाए ।

    उनले भने, ‘हामीले राष्ट्रियसभा र प्रतिनिधिसभामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं । अहिले केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ, झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस्, सबैलाई हामीले पहल गर्‍यौं सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्‍यौं । दुवैले सल्लाह गर्‍यौं । प्रचण्डजीले तपाईंले यसमा भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ ।’

    अध्यादेश रोक्न नै संसदको विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौं भनेर भित्रभित्रै हस्ताक्षर गरेर तयारी गरेको पनि अध्यक्ष नेपालले बताए ।

    उनले भने, ‘कति कुरा प्रचार गरिँदैन । कतिपय कुरा भित्र तयारी गरिन्छ । हामीले बाहिर देखाएनौं ।’

  • झलनाथको आरोप- ब्रम्हलुट मच्चाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्यायो (भिडिओ)

    झलनाथको आरोप- ब्रम्हलुट मच्चाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्यायो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ब्रम्हलुट मच्चाउन भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

    पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सरकारले वैज्ञानिक रुपमा भूमिसुधार गर्नुपर्नेमा गलत बाटोमा लागेको बताए ।

    उनले भने, ‘हामीले दुई तिहाइ शक्ति ल्याएका थियौं, तर त्यो जोगाउन सकेनौं । दुई तिहाइले वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौं । अहिले अध्यादेश ल्याएर ब्रम्हलुट मच्चाउन खोजिएको छ । भूमिसुधार गर्नुको सट्टा यो ब्रम्हलुटको अध्यादेश हो ।’

    नेता खनालले विदेशीको कब्जामा रहेको भूमि फिर्ता गराउन सरकारले कुनै पहल नगरेकोप्रति आपत्ति जनाए । सरकार भूमि फिर्ता गर्ने बाटो छाडेर नीति, राष्ट्रियताविरोध निर्णय र सम्झौता गर्नमा केन्द्रित रहेको उनले आरोप लगाए ।

  • प्रधानमन्त्री ओलीमाथि राजेन्द्र पाण्डेको आरोप- गिरीबन्धु टी-इस्टेटको ४ अर्ब ब्रेकफास्ट गरेका छन् (भिडिओ)

    प्रधानमन्त्री ओलीमाथि राजेन्द्र पाण्डेको आरोप- गिरीबन्धु टी-इस्टेटको ४ अर्ब ब्रेकफास्ट गरेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको गिरीबन्धु टी-इस्टटेको जग्गा प्रकरण भ्रष्टाचारको ठूलो नमुना भएको बताएका छन् ।

    पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यो जग्गा प्रकरण्मा प्रधानमन्त्री ओलीले पनि ४ अर्ब ब्रेकफास्ट गरेको दाबी गरे ।

    उनले भने, ‘गिरीबन्धु टी-इस्टेटको कुरा सुन्नुभएको होला । त्यो भ्रष्टाचारको ठूलो नमुना हो । अर्बौं रुपैयाँ व्यक्तिलाई बाँडिसकेका छन् । एक जना व्यक्तिले भन्नुहुन्थ्यो, ४ अर्ब त प्रधानमन्त्रीजीले पनि ब्रेकफास्ट गर्नुभएको छ रे ! यस्तै ककसले गरेका छन् ? त्यसैले अहिले सरकारले जग्गा सट्टापट्टा गर्न मिल्नेगरी अध्यादेश ल्याएको छ ।’

    वरिष्ठ उपाध्यक्ष पाण्डेले सरकारले भूमिसम्बन्धी अध्यादेश आफ्ना कार्यकर्तालाई सार्वजनिक जग्गा बाँड्न ल्याएको आरोप लगाए ।

    उनले भने, ‘भूमिसम्बन्धी अध्यादेश हाइवे किनाराका राष्ट्रिय राजमार्गभित्र सेन्टर लाइनबाट दायाँबायाँ २५-२५ मिटर सरकारको हुन्छ । त्यो पनि बाँड्न पाउनेगरी ल्याएको छ । भनेपछि गर्न खोजेको के हो ?’

  • घनश्यामको टिप्पणी- ओलीजी बालुवाटारमा हुनुहुन्छ, देउवाजी लाइनमा भएकै कारणले देश बन्दैछ रे ! (भिडिओ)

    घनश्यामको टिप्पणी- ओलीजी बालुवाटारमा हुनुहुन्छ, देउवाजी लाइनमा भएकै कारणले देश बन्दैछ रे ! (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देश बन्दैछ भनेर हल्ला चलाउन सत्ताधारीहरुको पल्टन लागेको टिप्पणी गरेका छन् ।

    पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यही गतिमा देशको अझै अँध्यारो यात्रा नै अघि बढिरहेको बताए ।

    उनले भने, ‘अहिले आर्थिक स्थितिमा सुधार हुँदैछ र देश बन्दैछ भनेर बताउन एउटा सत्ताधारीहरुको पल्टन लागेको छ । त्यसमा नयाँनयाँ भनिएका जर्नेलहरु पनि पछाडि लागेर देश बन्दैछ भनेर हल्ला चलाउँदैछन्, देश बन्दैछ रे ! किनभने ओलीजी बालुवाटारमा हुनुहुन्छ । देश बन्दैछ रे, देउवाजी बालुवाटारको लाइनमा हुनुहुन्छ । त्योभन्दा अरु कुनै तर्क छैन ।!

    महासचिव भुसालले अहिले सरकार बनेपछि रोजगारी सिर्जना र कुनै उद्योग पनि नबढेको बताए । देश अझै अप्ठेरो स्थितिमा फस्दै गरेको उनको बुझाइ छ ।

    उनले एउटा अध्यादेशले कांग्रेस र एमालेको पसिना निकालेको भन्दै संविधान संशोधनको लागि छोएर पार लगाउन नसक्ने दाबी गरे ।

  • कांग्रेस र एमाले थ्रेसहोल्ड बढाएर साना पार्टीलाई बढार्नुपर्छ भन्दैछन्: झलनाथ खनाल (भिडिओ)

    कांग्रेस र एमाले थ्रेसहोल्ड बढाएर साना पार्टीलाई बढार्नुपर्छ भन्दैछन्: झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीले संसद विघटन गरेदेखि देशमा राजनीतिक अस्थिरता भएको दाबी गरेका छन्।

    पार्टीनिकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै दुईवटा हात्तिजस्ता पार्टी सरकारमा रहेको टिप्पणी गरे।

    उनले भने, ‘सरकारमा भएकाहरुले साना पार्टीहरुको कामै छैन भन्छन्। साना पार्टीकै कारणले अस्थिरता आएको हो। त्यसैले यीनिहरुको कामै छैन भन्दैछन्। थ्रेसहोल्डलाई पनि बढाइदिएर यतिहरुलाई बढार्नुपर्छ भन्ने मान्यता देखिएको छ। तर, त्यो हुत्ति राख्ने पार्टी हुन् भन्ने मलाई लाग्दैन। तर त्यही उद्देश्यले अगाडि बढ्न खोजेको देखिन्छ।’

    उनले दुई ठूला पार्टीले सरकार लिने बेलामा मध्यरातमा व्यापारिको घरमा गएर बनेकाले कुनै पवित्र उद्देश्यले नबनेको दाबी गरे। उनले सात बुँदे सहमति गरेको भनेपनि अहिलेसम्म सार्वजनिक गर्न नसकेको बताए।

  • अध्यादेश रोकेर पार्टी जोगाइदिएको गुन राष्ट्रियसभामा तिर्न माधव नेपाललाई कांग्रेसको दबाब

    अध्यादेश रोकेर पार्टी जोगाइदिएको गुन राष्ट्रियसभामा तिर्न माधव नेपाललाई कांग्रेसको दबाब

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्ने विकल्पका रुपमा नेकपा एकीकृत समाजवादीसँग छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको पदाधिकारी छलफलमा यसबारेमा कुरा उठेको हो ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको भेटमा अध्यादेश पारित हुने भन्दै विकल्पहरु रहेको संकेत गरेका थिए । प्रधानमन्त्रीले मधेशवादी दलको विकल्पमा अन्य जुगाडको संकेत दिएलगत्तै कांग्रेस नेताहरुले नेकपा एसको सहयोग लिन पहल थालेका हुन् ।

    राष्ट्रिय सभामा नेकपा एसको सीट ८ सीट छ । कांग्रेस संस्थापनका नेताहरुको छलफलमा अध्यादेश ल्याएर नेकपा एस विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासमा कांग्रेसले साथ नदिएर माधव नेपालको आग्रह मानेको भन्दै त्यसको बदलामा अब नेकपा एसले कांग्रेसको प्रस्ताव मान्नुपर्ने तर्क समेत उठेको एक नेताले बताए ।

    कांग्रेस संस्थापन पक्षका ती नेताले नेपाल प्रेससँग भने–राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी भएर मस्यौदा भइसकेको थियो । नेकपा एसकै ६ जना सांसद र १२४ जनाको हस्ताक्षरसहित हामीकहाँ पनि उनीहरु आएका थिए ।तर माधव नेपालजीले हाम्रो सभापतिलाई हारगुहार गरेपछि प्रधानमन्त्रीलाई हामीले नै आग्रह गरेर रोकेका हौं । २ जना सांसद कांग्रेस नै प्रवेश गर्ने लिखतसहित उनीहरुले अध्यादेशमा बाधक नबन्न आग्रह गरेका हुन् सभापतिजीलाई । खासमा ओलीजीले नै उनीहरुलाई म तयार छु,तिमीहरु कांग्रेसलाई मनाऊ भनेर पठाउनुभएको रहेछ । पछि राष्ट्रपतिले पनि कुनै हालतमा गर्दिन संसदमै पठाइदिन्छु भन्नुभयो,हाम्रो पार्टीभित्रै पनि माधव नेपालको पार्टी फुटाएर एमाले बलियो बन्न दिनु हुँदैन भन्ने मत थियो । त्यसैले माधव नेपालको पार्टी जोगिएको हो ।माधव नेपालीजीले अब शेरवहादुरजीले लगाइदिएको गुन तिर्नुपर्ला नि ? भन्ने ढंगले आज कुरा भएको हो ।

    अहिले पनि राजनीतिक दल सम्बन्धी ऐनका कतिपय दफा एमाले विभाजनदेखि नै निलम्बित छन् । अध्यादेश संसदमा आएर प्रतिस्थापन नभएकाले अब यहि संसद अधिवेशनमा विधेयक ल्याउने तयारी छ ।

    नेकपा एसका राष्ट्रिय सभाका ३ जना सांसद पनि दल विभाजनको पक्षमा रहेको जानकारी कांग्रेस नेताहरुले माधव नेपाललाई गराउने र अहिले अध्यादेशमा सहयोग गरे विधेयकमा सघाउने आश्वासन दिने तयारी गरेका छन् ।

    राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई नेकपा एससँग छलफल गर्न जिम्मा दिइएको नेताहरुले बताएका छन् । नेकपा एसले अध्यादेशको पक्ष वा विपक्षमा अहिलेसम्म निर्णय गरिसकेको छैन ।

    ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्षसहित माओवादी १८,कांग्रेस १६,एमाले ११, नेकपा एस ८,जसपा नेपाल ३,लोसपा १ र जनमोर्चाको १ सीट छ । त्यस्तै राष्ट्रपतिबाट मनोनित बामदेव गौतमले अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् ।

    जसपा र लोसपाले विपक्षमा उभिँदा सत्तापक्षमा २७ सीटमात्र हुन्छ । वामदेवको मत थपिँदा पनि बहुमतका लागि आवश्यक २ सीट पुग्दैन ।

     

  • पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु नैतिक प्रश्न : झलनाथ खनाल (भिडिओ)

    पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु नैतिक प्रश्न : झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

    सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मूल्य मान्यतामा देखिएको विग्रह भएको बताए ।

    नेता झलनाथ खनालले संविधान संसोधन भन्दा पनि संविधान पुनरावलोकन गर्न सुझाव दिए । उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए । उनले शासकीय स्वरूप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको बताए ।

    खनालले सामाजिक सञ्जाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भए पनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे । उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे ।

  • झलनाथ भन्छन्- ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन

    झलनाथ भन्छन्- ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन

    मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको बताएका छन् ।

    विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग उनले भने, ‘वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’

    आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उनको जिकिर थियो ।

    नेता खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । वर्तमान संविधानको सिंहावलोकन गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले सम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानमा भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।

    -रासस

  • ओलीमाथि घनश्यामको आरोप- कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर प्रधानमन्त्री बनेका हुन्

    ओलीमाथि घनश्यामको आरोप- कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर प्रधानमन्त्री बनेका हुन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गरेर प्रधानमन्त्री भएको आरोप लगाएका छन्।

    पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै बालुवाटर ओली भएसम्म केही हुँदैन भन्ने सिद्धान्तमा अघि बढेको दाबी गरे।

    उनले भने, ‘अहिले दिनदिनै ओलीले राम्रो गरिरहनुभएको भन्दै हुनुहुन्छ देउवाजी। ओलीजीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गर्नुभएको छ। यतिबाहेक अरु केही पनि छैन। यो सरकार किन बन्यो भन्ने देखिसकिएको छ। सहकारीमा रविहरूलाई देखाउन बरु आफ्नै २/४ जना गिरफ्तार गर्नुभएको छ तर उहाँले कांग्रेस चाहिँ छुनुहुन्न। यीनका नालायकि अझै धेरै प्रष्ट हुँदै जानेछ। हामीले देख्नेछौं।’

  • प्रचण्डबारे घनश्याम- भरपर्दो होइनन्, रविलाई चितवनको टिकटकै लागि बोकेको हुनसक्छ

    प्रचण्डबारे घनश्याम- भरपर्दो होइनन्, रविलाई चितवनको टिकटकै लागि बोकेको हुनसक्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरपर्दो शक्ति नभएको बताएका छन्।

    पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै माओवादी कुनै सिद्धान्तमा नचलेको बताए।

    उनले भने, ‘सिद्धान्तमा चल्यो भने तीन चोटी प्रधानमन्त्री भइसके, उनले आफ्नो पार्टीको नाम माओवादी राख्दैनथ्यो। अब चार चोटी प्रधानमन्त्री हुन कस्सिरहेका छन्, चार चोटी भए पाँच चोटी हुन कसिन्छन्। पाँच चोटी भए देउवाजीजस्तै ६ चोटी हुन। अहिले उहाँहरुको पछिल्लो रिलेसन हेर्नुस् कोको सँग छ। उहाँले जसरी रविको मामलामा देखिनुभएको छ। रविमाथि सत्ताले बड्ता नगरोस् त्यो एउटा कुरा हो। तर, सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने भुलेर यदि भविष्यमा चितवनको टिकटको लागि मात्रै राजनीति गरेको हो भने त कम्युनिष्ट आन्दोलनमाथि ठूलो घात हुनेछ। वा के हो हेर्नुस्, किन हुँदैछ? हिजो समाजवादी मोर्चा चाहिएको थिएन, आज चाहिएको छ, भोलि के हुन्छ थाहा छ तपाईंहरुलाई नै।’

    उनले प्रचण्डको चञ्चलतालाई मात्रै हेरेर निर्णय गरेर फेरि कमीकमजोरी हुने भएकाले सचेत हुनुपर्ने बताए।

  • घनश्याम भुसालको टिप्पणी- एमालेमा ओली अल्पमतमा छन्, तासको घरजस्तै ढलेर सकिनेवाला छ

    घनश्याम भुसालको टिप्पणी- एमालेमा ओली अल्पमतमा छन्, तासको घरजस्तै ढलेर सकिनेवाला छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा रहेको दाबी गरेका छन्।

    पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले हामीमात्रै अफ्ठ्यारोमा छैनौं। संगठनको हिसाबले अहिले एमाले ठूलो पार्टी छ। त्यसले कम्युनिष्ट आन्दोलनलाई कहिँ लैजाँदै छैन्। त्यहाँ निष्पक्ष भएर भोट गर्ने हो भने ओली अल्पमतमा छन्। यो कुरा सबैले बुझिराख्नुभएको होला। हामी त्यही पार्टीबाट आएको हौं।’

    उनले एमाले तासको घरजस्तै ढलेर सकिनेवाला रहेको टिप्पणी गरे।

    उनले भने, ‘ओलीजी अल्पमतमा भएपनि केही फरक पर्दैन। त्यहाँ ओलीजीले उठेर बोलेपछि कोही बोल्न सक्दैनन्। ओलीविरुद्ध कोही बोल्नेवाला छैनन्, त्यहाँ सबैको सास गइसकेको छ, प्वाल परेका खलालीहरु हुन्। सिद्धान्त के हो ओली। ओलीजीलाई जे लाग्यो त्यही सिद्धान्त, उहाँ जहाँ उभिनुनुहन्छ त्यही विचार, राजनीति उहाँलाई जे फाइदा हुनछ। संगठन के हो भन्दा ओलीजीका चाकरबाहेक अब त्यहाँ कोही रहन्नन्।

     

  • ओलीबारे माधव नेपाल- प्रधानमन्त्री पदका लागि जे पनि गर्छन्, दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरे (भिडिओ)

    ओलीबारे माधव नेपाल- प्रधानमन्त्री पदका लागि जे पनि गर्छन्, दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरे (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ध्यान देश र जनताप्रति नभएको आरोप लगाएका छन्।

    पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीलाई प्रधानमन्त्री पद लागि जे पनि गर्न तयार भएको टिप्पणी गरे।

    उनले भने, ‘सरकार देश र नागरिकप्रति गम्भीर हुनुपर्ने हो। यो सरकारले अध्यादेश ल्याएको छ अचानक। यसअघि बनेको सरकार रातारात बदलियो। त्यो सरकार बदल्नुपर्ने कारण के थियो ? औचित्य के थियो ? दुई कम्युनिष्ट पार्टी मिलेर सरकार चलाइरहेको बेलामा हटाउनुपर्ने कारण के थियो ? प्रधानमन्त्री चाहिएको थियो भने त्यही पनि सम्भव थियो। प्रचण्डजीले छाड्दिनुहुन्थ्यो। उहाँले नमानेर हामीलाई भनेको भए एकपटक प्रधानमन्त्रीको संख्या थपिदिनुस् भन्थ्यौं होला।’

    उनले ओलीले प्रधानमन्त्री पदको लागि दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरेको जिकिर गरे।

    उनले थपे, ‘अब ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचमा को हुने प्रधानमन्त्री ? त्यसको जवाफ कसलाई थाहा छ? अहिलेका प्रधानमन्त्री ओली मुलुक सञ्चालनप्रति गम्भिर हुनुहुन्न। उहाँ देश चलाउनको लागि होइन, सत्तालाई आफ्नो स्वार्थमा केन्द्रित भएका छन्। देशलाई संकट बनाउनेतिर गइरहेका छन्।’

    उनले अहिले कांग्रेस एमालेले दुई दलीय व्यवस्था बनाउने खोजेको आशंका व्यक्त गरे।

  • अन्तरजातीय जोडीमाथि अत्याचार भएको भन्दै गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न सांसदको माग (भिडिओ)

    अन्तरजातीय जोडीमाथि अत्याचार भएको भन्दै गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न सांसदको माग (भिडिओ)

    काठमाडौं ।

    अन्तरजातीय बिवाह गर्ने जोडीलाई अत्याचार गर्ने गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न सांसदको माग (भिडिओ)
    काठमाडौं । अन्तरजातीय बिवाह गर्ने जोडीमाथी अत्याचार गर्ने गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी)माथी छानविन गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभा शुक्रबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले अन्तरजातीय विवाह गरेका सत्यन्द्रकुमार राम र नेहा रौनियारमाथि गृहमन्त्री र आईजीपीकै निर्देशनमा अत्याचार भएको भन्दै उनीहरुमाथी छानविन गर्न माग गरेका हुन् ।

    नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र आईजीपी वसन्तबहादुर कुँवरमाथि छानबिनको माग गरे । सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिए पनि गृहमन्त्री र आईजीपीको निर्देशनमा मुम्बईबाट पक्राउ गरेर अत्याचार गरेको विषयमा छानबिन हुनुपर्ने उनको माग थियो । उनले यो प्रकरणमा दोषीलाई कडा कारवाही गर्न संसदमार्फत ध्यानाकर्षण गराए ।

     

    नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले पनि अन्तरजातीय विवाह गर्ने जोडीलाई अपहेलित गर्ने समाज र सरकारप्रति खेद प्रकट गदै उनीहरुको सम्मानपूर्वक बाच्न पाउने अधिकार र सुरक्षाको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराईन ।

    उनले भनिन्, ‘उमेर पुगेका बयस्का नागरिकलाई आफ्‌नो जिवनको फैसला गर्ने अधिकार व्यक्ति स्वयमलाई हुन्छ । यो विश्वव्यापी सार्वभौम सिद्धान्त हो । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुको सट्टा अपहेलित गर्ने समाज र सरकारप्रति खेद प्रकट गर्न चाहान्छु । उनीहरुको सम्मानपूर्वक बाच्न पाउने अधिकार र सुरक्षाको ग्यारेन्टी सरकारले गरोस् ।’

  • नेकपा एसले भन्यो- पार्टीको विधि र पद्धतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने नेताहरु नोटिसमा छन्

    नेकपा एसले भन्यो- पार्टीको विधि र पद्धतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने नेताहरु नोटिसमा छन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धति बाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

    केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले विज्ञप्ति जारी गर्दै एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘बेलाबखत यस पार्टीका एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनको यो महत्वपूर्ण पक्षलाई बिर्सने, पार्टी विधानले दिएको अन्तरपार्टी जनवादको अवसरलाई पद्धतिसंगत ढंगले उपयोग नगर्ने, पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू संगठित कमिटीको बैठकमा नराखी बाहिर सामाजिक सञ्जाल वा मिडियाहरुमा जथाभावी छरेर भ्रम सिर्जना हुने अवस्थामा पु¥याउने काम पनि छिटफुट रूपमा भइरहेको पाइएको छ ।’

    पार्टीलाई अनुशासित, मर्यादित र विधि पद्धतिअनुरुप सञ्चालन गर्ने, गराउने आधिकारिक निकायको रुपमा रहेको यस केन्द्रीय अनुशासन आयोगको त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता गतिविधिहरुलाई नोटिसमा राखी निगरानी पनि गरिरहेको विज्ञपित्मा उल्लेख छ ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक फागुन ८-९ मा, यस्ता छन् एजेन्डा

    नेकपा एसको केन्द्रीय कमिटी बैठक फागुन ८-९ मा, यस्ता छन् एजेन्डा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

    बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, बामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने बताइएको छ ।

    यही माघ ३० गते गर्ने भनिएको अधिवेशन केही दिनपछि गर्ने तालिका हेरफेर गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

    संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने उनले सुनाए ।

    बैठकमा सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ ।

  • नेकपा एसको प्रधानमन्त्री ओलीलाई चेतावनीः दुई तिहाइको घमण्ड धेरै नगर्नुस् (भिडिओ)

    नेकपा एसको प्रधानमन्त्री ओलीलाई चेतावनीः दुई तिहाइको घमण्ड धेरै नगर्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ सरकारको घमण्ड धेरै नगर्न चेतावनी दिएका छन् ।

    शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई संबोधन गर्दै नेकपा (एस)का नेता एवम प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले दुई तिहाईको सरकारले निरंकुश शासनको झल्को देखाइरहेको टिप्पणी गरे ।

    उनले सम्बोधन गर्दै भने, ‘अघि प्रधानमन्त्री ज्यूले दुई तिहाइको सरकार हो भनेर दम्भ देखाउनुभयो । त्यसो भए दुई तिहाइको सरकार छ भनेर जे–जे गर्न मन लाग्यो त्यहि गरे भैहाल्यो नि । जे मन लाग्छ त्यहि गर्नुस । दुई तिहाइ छ भने कालोलाई सेतो भन्नुस् न त, दुई तिहाइको धेरै घमण्ड नगर्नुस् । दुई तिहाइको सरकारले निरंकुश शासनको झल्को देखाउँछ ।’

    नेता पाण्डेले दुई तिहाइको सरकारले धेरै राम्रा काम गरेको देखाउनका लागि अध्यादेश ल्याएको बताए ।

    उनले भने, ‘अध्यादेश ल्याउन पाउदैँन भन्ने होइन, दुई अधिवेशनको विचमा ल्याउने हो । केहि दिनमा अधिवेशन सुरु हुदैँछ भन्दा भन्दै हतारमा किन ल्याउनुपर्यो रु दुई ठुला दल मिलेर धेरै राम्रा काम गर्न सकिरहेका छौ भनेर देखाउनका लागि अध्यादेश ल्याएको हो र ?’

  • नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार, दलसम्बन्धी विधेयक संसदमा आउँदै

    नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार, दलसम्बन्धी विधेयक संसदमा आउँदै

    काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐनका निष्क्रिय रहेका प्रावधानलाई संशोधनसहित सक्रिय बनाउनेगरी विधेयक संसदमा दर्ता गर्न लागेको छ । संसदको यसै अधिवेशनबाट पारित गर्नेगरी विधेयकको मस्यौदा तयार हुन लागेको हो ।

    नेकपा एमाले विभाजन गर्न तत्कालीन ५ दलीय गठबन्धन सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले दल विभाजन गर्नसक्ने प्रावधान अध्यादेशमार्फत ल्याएको थियो । नेकपा एस बनिसकेपछि सो विधेयक सरकारले संसदमा नलगी निष्क्रिय बनाएको थियो ।

    यसबीचमा नेकपा एसमा १२४ जनाभन्दा बढी केन्द्रीय सदस्य र ६ जना सांसदले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याइदिन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवालाई भेटेर पटकपटक आग्रहसमेत गरेका थिए । उनीहरुले आफूहरु नेकपा एसमा रहन नसक्ने र कानूनी व्यवस्थाले राजनीतिक बन्धक जस्तो बनाएको भन्दै सहजीकरणको माग गरेका थिए ।

    पछिल्लो समय देउवासमेत सकारात्मक भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल विभाजन गर्ने अध्यादेश जारी नगर्ने अडान लिएका कारण सरकारले अध्यादेश लगेको थिएन । उता नेकपा एसका केही सांसद र धेरै केन्द्रीय सदस्य अहिले पार्टी गतिविधिमा छैनन् । उनीहरुले नेकपा एसबाट बाहिरिन कानून माग गरिरहेका छन् ।

    स्रोतका अनुसार सत्तारुढ कांग्रेस र एमालेबीच राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि मध्यमार्गी सहमति जुटेपछि विधेयकको मस्यौदा तयार भएको छ । विभाजित भएको दल प्रतिनिधिसभाको उक्त कार्यकालभरि अर्को कुनै दलमा एकीकृत हुन वा मिसिन नपाउने प्रावधान राखेर विधेयक संसदमा लगिँदैछ ।

    छलफलमा सहभागी एक कांग्रेस नेताले भने, ‘माधव नेपालको पार्टीबाट कम्तीमा प्रतिनिधिसभाका ५ जना सांसद निस्किँदैछन् । अशोक राईको पार्टीका ७ जना सांसद छन् । यसबीचमा केपी ओलीजीले उनीहरुलाई एमालेमा मिलाएर संसदको ठूलो दल बन्न खोज्ने आशंका हाम्रा नेताहरुमा रहेकै हो । त्यसैले हामीले बीचको बाटो खोज्दा दल विभाजनबाट बनेको नयाँ संसदीय दल प्रतिनिधिसभाको उक्त कार्यकालभरि अर्को दलमा मिसिन नपाउने खाले प्रावधान राखौं भन्नेमा लगभग सहमति जुटेको हो ।’

    विधेयकमा महाधिवेशनबाट निर्वाचित ४० प्रतिशत केन्द्रीय सदस्य वा ४० प्रतिशत सांसदले दल विभाजन गर्न चाहेमा पाउने प्रावधान राखिँदैछ । नेकपा एसको विभाजन रोक्न माधव नेपालले महाधिवेशनपछि २०० केन्द्रीय सदस्य मनोनीत गरेका थिए । विधेयकमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भन्ने प्रावधान राख्दा उक्त कमिटीमा पनि ४० प्रतिशत पुग्ने दाबी असन्तुष्ट नेताहरुको छ ।

    त्यस्तै यसअघि ऐनमा रहेको विभाजित भएर बनेको दल ५ वर्षसम्म फेरि विभाजन हुन नपाउने प्रावधानमा संशोधन गरेर प्रतिनिधिसभाको उक्त कार्यकाल रहेसम्म भन्ने व्यवस्था गर्न लागिएको बताइएको छ ।

    यसअघि गत वर्ष माघमा प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गराएको थियो ।

    तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिनिधिसभामा दर्ता गरिएको विधेयकमा एमाले विभाजन गर्न ल्याइएको अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साविककै व्यवस्था कायम राखिएको थियो ।

    २०७८ सालमा एमालेबाट माधव नेपालको समूहलाई विभाजित गर्न ऐनमा भएको ‘संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरुसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दलत्याग गरेको मानिनेछैन’ भन्ने व्यवस्था हटाएर अध्यादेश ल्याइएको थियो ।

    माधव नेपाललाई सोध्दै जति प्रतिशत आवश्यक पर्छ, त्यति प्रतिशतले पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याउने क्रममा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्य’ राखेर तात्कालिन सरकारले अध्यादेश ल्याएको थियो ।

    तर पछि प्रचण्ड सरकारकै पालामा सो विधेयक फिर्ता भएपछि अहिले ऐनको उक्त धारा निष्क्रिय छ । यसबीचमा सरकारले अध्यादेश ल्याउन खोज्दा राष्ट्रपति बाधक भएकाले सरकारले संसदमै विधेयक ल्याउन लागेको हो ।

    याे पनि पढ्नुस् : ७ दलको वक्तव्यमा कसरी छिर्‍यो राष्ट्रपतिको भाषा ? यस्तो छ ‘दल विभाजन’ अध्यादेशको अन्तरकथा

  • आलोकनगरमा नेकपा एसको सचिवालय बैठक

    आलोकनगरमा नेकपा एसको सचिवालय बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधव नेपालले जानकारी गराएका छन् ।

    नेकपा एसले हालै गरेको नेताहरूको कार्यविभाजनमा केही नेताहरू असन्तुष्टि जनाएका छन् ।

    यस्तै, बैठकले यही महिनाको अन्तिममा बस्ने स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ ।