Category: नेकपा एस

  • प्रचण्डलाई सोझो मान्छे भन्दै ओलीलाई माधवको व्यंग्य- म त ढलें, ढलें… (भिडिओ)

    प्रचण्डलाई सोझो मान्छे भन्दै ओलीलाई माधवको व्यंग्य- म त ढलें, ढलें… (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारलाई जनताको समस्यामा कुनै चासो नभएको टिप्पणी गरेका छन् ।

    समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सरकारलाई त गीत गाउनमात्रै मतलब छ । म त ढलें, ढलें…। अहिले हामीले ढाल्ने भनेकै छैनौं अनि किन ढलें ढलें भनेको त ? हामीले त ढालिरहेका छैनौं । मति सप्रियोस्, बुद्धि फेरियोस्, भनिरहेका छौं ।’

    अध्यक्ष नेपालले केपी ओलीले प्रचण्डलाई स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर षड्यन्त्र गरेर हटाएको स्मरण गरे ।

    उनले भने, ‘प्रचण्डजी त सोझो मान्छे, ढंग पर्नुभएछ । अनि राति स्वर्गतिर लग्लान् भनेको त राति लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई चिन्न नसक्नु हाम्रो कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा प¥यौं ।’

  • संसद विघटनपछिको सभालाई सम्झिँदै माधव नेपालले भने- हामी यहाँ छौं, आत्तिनुपर्ने छैन

    संसद विघटनपछिको सभालाई सम्झिँदै माधव नेपालले भने- हामी यहाँ छौं, आत्तिनुपर्ने छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुक पछाडि फर्किन नसक्ने बताएका छन् ।

    समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले जनतालाई लुट्न र चुस्न कसैले प्रयत्न गर्छ भने त्यसलाई सफल हुन नदिने बताए ।

    नेता नेपालले २०७७ सालमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि गरेको सभालाई सम्झिँदै भने, ‘यो विशालसभालाई सम्बोधन गर्दा मलाई २०७७ साल पुस महिनाको याद भइरहेको छ । हामीले पुस २७ गते यही ठाउँमा कार्यक्रम गरेका थियौं र हामीले भनेका थियौं– हामी ज्युँदैछौं । हामी अझै यहाँ छौं । आत्तिनुपर्ने आवश्यकता छैन ।’

    उनले आज आफूहरुले गरेको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङमात्रै भएको बताए ।

    अध्यक्ष नेपालले थपे, ‘प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । अहिले जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने पक्षमा छैनन् ।

  • समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने, झलनाथ नजाने

    समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने, झलनाथ नजाने

    काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ।

    र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। सभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

    आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।

    यसैबीच, मोर्चामा चार पार्टीका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने तय भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन्। खनाल यसअघिदेखि नै मोर्चाप्रति सकारात्मक सुनिँदैनन्।

  • समाजवादी मोर्चाले आज ८ स्थानबाट जुलुस निकाल्ने

    समाजवादी मोर्चाले आज ८ स्थानबाट जुलुस निकाल्ने

    काठमाडौं । राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

    जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

    जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

    अपरान्ह् १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ। तर, सो सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजानिक गरिएको छैन।

  • चैत १५ गतेको विरोधसभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, यी स्थानबाट निकालिँदैछ जुलुस

    चैत १५ गतेको विरोधसभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, यी स्थानबाट निकालिँदैछ जुलुस

    काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौंको संख्यामा काठमाडौंमा प्रदर्शन गर्ने तयारी भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

    उनले हजारौंको संख्यामा उपस्थित गराउने अनुमान गरेपछि लाख डेढ लाखसम्म हुनसक्ने विश्लेषण सुनाए । उनका अनुसार जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, केही सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने बताए ।

    उनले भने, ‘यो भव्य विरोध प्रदर्शन हो । चारैतिरबाट जनताको उपस्थित र सहभागिता रहन्छ । जनताको धेरै ठूलो त्याग र बलिदानबाट यो व्यवस्था ल्याएको हो । त्यसैले सबैले आत्मसमीक्षा गर्दै गणतन्त्रलाई बलियो बनाउनुपर्छ भन्ने हो । फेरि देशलाई उल्टो बाटोमा फर्काउने कुरा राष्ट्रघाती हुन्छ । यो स्वीकार्य हुँदैन ।’

    उनले १५ गतेको कार्यक्रममा सहभागी हुन सबै कम्युनिष्ट, वामपन्थीहरुलाई आह्वान गरे । उनले रावावादीहरुको बढ्दो सक्रियतामा विदेशी शक्तिहरुको आशक्ति देखिएको आशंका गरे ।

  • महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारबाही गर्न झलनाथ खनालको माग

    महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारबाही गर्न झलनाथ खनालको माग

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलित परिवारमाथिको अत्याचार अन्त्य गर्न माग गरेका छन्।

    सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने नाउँमा एक दलित परिवार दीपक मलिक (डोम) को घरबार भत्काएर उठीबास लगाएको घटनाले फेरि एक पटक दलित जनसमुदाय माथिको अर्को अत्याचारको घटनालाई उजागर भएको बताए।

    उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिराहा जिल्लाको औरही गाविसमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भर्त्सना गर्दछु । साथै त्यस्ता अन्यायमा परेका जनताका पक्षमा त्यहाँका जनप्रतिनिधिहरू किन खडा हुन सकेनन् ? स्थानीय प्रशासनले ती पीडित परिवारको किन रक्षा गर्न सकेन ? म गम्भीर रूपमा उनीहरूमाथि प्रश्न उठाउन चाहन्छु ।’

    साथै त्यस जिल्लामा रहेको हाम्रो पार्टीका कार्यकर्ताहरू, अन्य सबै उत्पीडनका विरुद्ध रहेका जनसमुदायहरू, राजनीतिक पार्टीहरू, जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र प्रहरीलाई समेत उत्पीडित परिवार र जनताको रक्षाका निम्ति दृढतापूर्वक खडा हुन र अन्याय गर्ने दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल गणतन्त्र घोषित भएको पनि १६ वर्ष पुगेको छ । यस्तो अवस्थामा पनि नेपाली समाजमा दलित जनसमुदायप्रति हिन्दुवादी कट्टरतावादीहरूमा रहेको अत्याचारपूर्ण र अमानवीय भेदभाव एउटा महाकलङ्कका रूपमा रहेको यो अर्को उदाहरण हो । नेपाल कुनै एउटा धर्म विशेषको प्रभुत्व रहेको मुलुक होइन । नेपाल एक बहुधार्मिक मुलुक हो । यहाँ सबै धार्मिक र सामाजिक समूहबिच समानता छ । सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुन्छ र हुनुपर्छ ।’

    नेपाली समाजमा दलितहरूको सङ्ख्या पनि ३० लाखभन्दा बढी रहेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले समेत यस्ता सामाजिक कलङ्कका विरुद्ध दृढ भएर उभिन नसक्नु विडम्बनापूर्ण बनेको बताए।

  • पार्टी सरकारमा हुँदा भ्रष्टाचारको नायकलाई उड्डयन प्राधिकरणको महानिर्देशक बनाइयो: झलनाथ खनाल

    पार्टी सरकारमा हुँदा भ्रष्टाचारको नायकलाई उड्डयन प्राधिकरणको महानिर्देशक बनाइयो: झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक बनाउने काम भएको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पार्टी सरकारमा गएका बेला क्यानको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएको बताएका हुन् ।

    उनले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानबिन गर्नुपर्ने जिकिर गरे । भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अब बाहिर आउने उनको भनाइ छ । हाल क्यानको महानिर्देशकमा प्रदीप अधिकारी छन् । उनी नेकपा एसका नेता प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा महानिर्देशक नियुक्त भएका थिए ।

    यसअघि सार्वजनिक लेखा समिति बैठकमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले झलनाथ खनालको दबाबमा आफूले क्यानको महानिर्देशक नियुक्त गरेको आरोप लगाएका थिए । सम्मानीत नेता खनालले आफूले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको दाबी गरे ।

    उनले कम्युनिष्ट पनि हुँ भन्ने र कमिसनमा मुख गाड्ने कुरा सुहाउँदो नभएको उल्लेख गरे । महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरी तत्कालीन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको उनले बताए ।

    नेता खनालले पार्टीको महाधिवेशन भएको लामो समय भइसक्दा पनि नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई प्रकाशन नगरिएको भन्दै आपत्ति जनाए । उनले नेताहरुले गरेको कमजोरीका कारण प्रतिगमनकारीहरु सक्रिय भएको जिकिर गरे ।

    यस्तै अवस्था जारी भए ज्ञानेन्द्र शाह आएर नारायणहिटी बस्दैन भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ छ । उनले प्रतिगमनलाई रोक्ने हो भने देशलाई आमूल परिवर्तन गर्ने कार्यक्रम र पहलकदमी आवश्यक रहेको बताए ।

  • स्ववियू निर्वाचन: नेकपा एस निकट अनेरास्ववियूले कहाँ-कहाँ जित्यो ? (सूचीसहित)

    स्ववियू निर्वाचन: नेकपा एस निकट अनेरास्ववियूले कहाँ-कहाँ जित्यो ? (सूचीसहित)

    काठमाडौं । चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्मको परिणामअनुसार नेकपा एस निकट अनेरास्ववियूले ३ क्याम्पसमा स्वविय सभापति जित्न सफल भएको छ ।

    यस्तै एकमा उपसभापति ५ क्याम्पसमा सचिव र २ क्याम्पसमा सहसचिवमा जित हात पारेको छ । त्यसै गरी ८ क्याम्पसमा कोषाध्यक्षमा जित निकालेको छ ।

    अनेरास्ववियूले हालसम्म स्ववियू पदाधिकारीमा विजयी हासिल गरेका क्याम्पसहरू :

    अध्यक्ष

    १. सुरेश राज जैसी – बझाङ दीप क्याम्पस, बझाङ ।

    २. भावना नेपाली – गढवा क्याम्पस, दाङ ।

    ३. कुमार घिसिङ – मनहरि क्याम्पस, मकवानपुर ।

    उपाध्यक्ष

    १. गणेश शाही, गल्वा बहुमुखी क्याम्पस, हुम्ला ।

    सचिव

    १. निशा कार्की – सुनसरी बहुमुखी क्याम्पस ,सुनसरी

    २.शान्ति बोहरा – शान्ति आदर्श क्याम्पस ,बझाङ

    ३.सन्तोष बिक – सुनकुँडा क्याम्पस, बझाङ

    ४. रोहन खत्री – सुकुना बहुमुखी क्याम्पस

    ५. रोश्ना पोखरेल – जनज्योति बहुमुखी क्याम्पस लालबन्दी

    सहसचिव

    १.वीरेन्द्र मल्ल – राडि ज्युला क्याम्पस, रुकुम ।

    २. वीरेन्द्र दुलाल – प्रभा क्याम्पस, काभ्रे ।

    कोषाध्यक्ष

    १.मुकेश तामाङ – पथरी क्याम्पस ,मोरङ ।

    २.सुशील भट्टराई – जनकहजारी विद्यापीठ ,जनकपुर ।

    ३.सुस्मिता कार्की – डोल्पो क्याम्पस ,डोल्पा ।

    ४.ज्योति अवस्थी – बुलबुलिया क्याम्पस ,कैलाली ।

    ५.केशव वर्तौला – जन आदर्श बहुमुखी क्याम्पस, चितवन ।

    ६. तेजगङ्गा क्याम्पस, काभ्रे ।

    ७. सर्वमङ्गला क्याम्पस काभ्रे ।

    ८. लक्ष्मी कुमारी खनाल – लम्की बहुमुखी क्याम्पस कैलाली

    सदस्य

    १. उर्मिला जोशी – सुनकुडा क्याम्पस बझाङ

    २. जानकी स्याडा – सुनकुडा क्याम्पस बझाङ

    ३. झल्का बुढा – शान्ति आदर्श क्याम्पस बझाङ

    ४. शान्ति बुढा – शान्ति आदर्श क्याम्पस बझाङ

    ५. आकाश राई – पथरी क्याम्पस मोरङ

    ६. कृश बि क – पथरी क्याम्पस मोरङ

  • नेकपा एसको दाबी- राजावादीलाई काउन्टर दिन १५ गते काठमाडौंमा एक लाखभन्दा धेरै काठमाडौंमा उतार्छौं (भिडिओ)

    नेकपा एसको दाबी- राजावादीलाई काउन्टर दिन १५ गते काठमाडौंमा एक लाखभन्दा धेरै काठमाडौंमा उतार्छौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीहरुलाई काउन्टर दिन चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले एक लाखभन्दा धेरै जनता उतार्ने दाबी गरेको छ ।

    स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले जनता गणतन्त्रकै पक्षमा छन् भन्ने देखाउन विरोधसभा गर्न लागेको बताए ।

    उनले दलहरुसँग जनता छैन भन्ने भाष्यलाई चैत १५ गते झल्को दिने बताए ।

    उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरे ।

  • समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न आलोकनगरमा नेकपा एसको स्थायी कमिटी बैठक

    समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न आलोकनगरमा नेकपा एसको स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक केन्द्रीय कार्यालय आलोकनगरमा अहिले केही बेरअघिबाट जारी छ ।

    बैठकमा चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर्दशनको तयारीबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले बताए । मोर्चाले राजावादीहरुलाई काउन्टर दिनको लागि काठमाडौंमा शक्ति प्रदर्शन गर्र्दैछ ।

    यस्तै, चैत ५ गते केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सचिवालय सदस्यहरुको संयुक्त बैठकको आह्वान गरिएको छ ।

    त्यस्तै चैत ६ गते काठमाडौ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरुको संयुक्त बैठक, चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा संगठनको बैठक, चैत ८ गते उपत्यका प्रदेश कमिटीको बैठक, चैत ९ गते पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक पनि बोलाइएको छ ।

     

  • सुदेशको आरोप- स्ववियू चुनाव भाँड्न सत्ताधारी दलकै निर्देशनमा क्याम्पसमा ताला लगाइयो

    सुदेशको आरोप- स्ववियू चुनाव भाँड्न सत्ताधारी दलकै निर्देशनमा क्याम्पसमा ताला लगाइयो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले सत्ताधारी प्रमुख दलकै निर्देशनमा भ्रातृ संगठनहरूले क्याम्पसमा स्ववियू निर्वाचन भाँड्न क्याम्पसमा तालाबन्दी गराएको आरोप लगाएका छन् । चुनाव भाँड्न क्याम्पसमा तालाबन्दी गरेर विश्वविद्यालय तोडफोड गर्ने लोकतन्त्रको चर्को भाषण गरेको उनको भनाइ छ ।

    ‘लोकतन्त्रको सुन्दर फुलबारीमा विष हाल्छ, आफ्नो मूल्य मान्यताविपरीत उर्दी जारी गर्छ । लोकतान्त्रिक अभ्यासमा विजय र पराजय यसका सुन्दर अनुपम हुन्’ उनले भनेका छन्, ‘स्ववियू निर्वचान पञ्चायती व्यवस्थाको कालरात्री, ज्ञानेन्द्र शाहको कालो शासन कालमा पनि भएको थियो, हेक्का होस् !’

    गणतन्त्रको व्यवस्थामा स्ववियू निर्वाचन गर्न नदिने यो कस्तो सत्ता गठबन्धन हो ? यसको समीक्षा गर्न तयार छ ? भन्दै उनले प्रश्न गरेका छन् ।

    बूढानीलकण्ठ, बालुवाटार, सिंहदरबारको दबाब र प्रभावमा नभई लोकतन्त्रको सुन्दर नर्सरीमा फल्न फूल्न र आफ्नो क्याम्पसको नेता चुन्न दिनुपर्ने उनको माग छ ।

  • विद्यालय व्यवस्थापन समिति छनोट : कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी-समाजवादी प्यानल विजयी

    विद्यालय व्यवस्थापन समिति छनोट : कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी-समाजवादी प्यानल विजयी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनोटमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी गठबन्धनको प्यानल नै विजयी भएको छ ।

    विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी छनोटका लागि शनिवार निर्वाचन भएको थियो । प्रमुख राजनीति दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।

    सत्ता गठबन्धन एमाले र काँग्रेसका उम्मेदवार निमेश श्रेष्ठको प्यानलाई हराउँदै माओवादी र समाजवादी प्यानलबाट उम्मेदवार भएका ईश्वरी प्रसाद श्रेष्ठको प्यानल विजय भएको हो ।

    कुल १३ सय ८९ मतदाता रहेकोमा ८ सय ६४ मत खसेको थियो । माओवादी–समाजवादी गठबन्धनका ईश्वरी श्रेष्ठले ३५८,उनकै प्यानलबाट राजन बुढाथोकीले ३ सय ९६, लक्ष्मी श्रेष्ठले ३ सय ८२ निर्मला श्रेष्ठले ३ सय ८२ मत प्राप्त गरेकी थिइन ।

    त्यस्तै एमाले, कांग्रेस प्यानलबाट उम्मेदवार भएका निमेश श्रेष्ठले ३ सय २२, निमा लामा २ सय ७७, बिन्दा पुरी ३ सय २४ र लजिता श्रेष्ठले ३ सय ३९ मत प्राप्त गरेकी थिइन ।

    माओवादी र समाजवादी गठबन्धनबाट निर्वाचित भएका ईश्वरी श्रेष्ठ एमाले नै हुन् । एमालेले उम्मेदवार नबनाएपछि उनी विद्रोह गरेर अर्को गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । त्यस्तै एमाले र कांग्रेसबाट निमेश श्रेष्ठको प्यानल अघि सारिएको थियो ।

    ईश्वरी श्रेष्ठ केही वर्ष एमाले छाडेर समाजवादमा गएको केही समयपछि उनी पुन: एमाले मा नै फर्किएका थिए । उनलाई समाजवादी सहित समाजवादी एमालेको लिगेशी बाट पनि धेरै मत आएको नेताहरूको दाबी छ । एमाले केन्द्रीय सदस्य एवं पूर्वसासंद सुवास कर्माचार्य लगायतका नेताहरूको भित्री समर्थन श्रेष्ठलाई रहेको स्रोतको दाबी छ ।

    एमाले र कांग्रेसबाट उम्मेदवार भएका निमेश श्रेष्ठलाई भने एमाले नेता एवं पूर्व सासंद कृष्णराज श्रेष्ठ लगायत नेताहरूको समर्थन रहेको थियो ।

    कृष्ण रत्न गंगा माविको विव्यस छनोटमा भएको निर्वाचनमा माओवादीले समर्थन गरेका एमाले प्यानलले जितेको छ भने कांग्रेसले समर्थन गरेको एमाले उम्मेदवारहरू पराजित भएका छन् ।

    गठबन्धनलाई पराजित गरेर आफूहरूको प्यानल नै जित भएको र चौतारा क्याम्पसको स्ववियु निर्वाचनमा पनि सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी माओवादी केन्द्रीय सदस्य माधव सापकोटाको दाबी छ । स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेस र एमाले बिच गठबन्धन रहेको छ ।

  • पूर्वराजा लक्षित माधव नेपालको टिप्पणी- देशलाई लुट्नमात्रै जानेका छन् (भिडिओ)

    पूर्वराजा लक्षित माधव नेपालको टिप्पणी- देशलाई लुट्नमात्रै जानेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै वंशको आधारमा देश चलाउनेहरूले देशलाई लुट्नमात्रै जाने टिप्पणी गरेका छन् ।

    समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने बताए ।

    उनले भने, ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन । दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो । व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस् । अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्नमात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन ।’

    अध्यक्ष नेपालले अहिले नेपाली विशेषताको समाजवादबारे आफूहरूले छलफल थालेकाले समाजवादी व्यवस्थामा जानुपर्ने बताए ।

  • समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ

    समाजवादी मोर्चाको निष्कर्ष- पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ

    काठमाडौं । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु लागिपरेको निष्कर्ष निकालेको छ ।

    समाजवादी मोर्चामा आवद्ध चार दलले संयुक्त विज्ञप्ति निकालेर प्रतिगामी तत्वहरुविरुद्ध सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न पुगेको औंल्याएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारीका कारण देशले अप्ठेरो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ ।’

    नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा हुँदा पनि सरकार बिचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्वपूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्यत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको छ ।

  • समाजवादी मोर्चाको आह्वान- प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौं आउनू

    समाजवादी मोर्चाको आह्वान- प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध चैत १५ गते काठमाडौं आउनू

    काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हुने विशाल विरोध प्रदर्शन जनसभामा सहभागी हुन आह्वान गरेको छ ।

    काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिगमत र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध जनसभामा सहभागी हुन आह्वान गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

    उनले सरकारको अलोकतान्त्रिक गतिविधिका कारणले जनताको अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेको आरोप लगाए । राज्य सञ्चालकको स्वेच्छाचारिताको कारणले देशले अप्ठेरो र संकटग्रस्त अवस्थाको सामाना गर्नुपर्ने बताए ।

    सरकार बिचौलिया र कालाबजारीको सेवामा केन्द्रित भएको पनि बताए । गणतन्त्रको रक्षाको लागि संसदभित्र र बाहिरका राजनीतिक पार्टीहरुसँग छलफल र परामर्श गर्ने उनले बताए ।

    उनले भने, ‘देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसदभित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ ।

  • बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको छ: झलनाथ खनाल

    बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको छ: झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको बताएका छन् ।

    फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा बोल्दै उनले पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताएका हुन् ।

    बिआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको जिकिर गरे ।

    ‘बिआरआई नेपालका लागि महत्वपूर्ण प्रगति र समृद्धि हासिल गर्ने अवसर हो, यसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ र सम्भावित फाइदाहरू बुझ्नुपर्छु, नेता खनालले भने ।

    नेपालका लागि चिनियाँ राजदूत छन सङले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन र नवीनतम् ज्ञानको खोज, अनुसन्धानमा गरिरहेको प्रगतिका बारेमा जानकारी दिँदै नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए ।

  • सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न नेकपा एसको माग

    सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न नेकपा एसको माग

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरेको छ।

    आन्दोलनको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव घनश्याम भुसालले अहिले सरकारी प्रशासन, न्यायिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार र ढिलासुस्ती व्याप्त रहेको बताए।

    उनले भने, ‘राज्यका कैयन निकायहरू अनावश्यक छन्, निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई प्रोत्साहित गर्ने खालको छ, संघीय, प्रादेशिक र स्थानीय सरकारले आवश्यक सेवा प्रवाह गरेका छैनन्, सार्वजनिक तथा सामाजिक संघ÷संस्थाहरूमा समेत दलालतन्त्र हाबी हुँदैछ ।’

    राज्यको कार्यप्रणाली संविधान र कानूनमा आधारित हुने, सार्वजनिक संस्था तथा सङ्गठनहरू जबाफदेही, पारदर्शी र प्रभावकारी हुने र कानूनको निर्माण सहभागिता, समावेशिता र समानताका आधारमा हुने कुराले सुशासनलाई ग्यारेन्टी गर्ने बताए।

    उनले भने, ‘भ्रष्टाचार सबैतिर छ तर राजनीतिक पार्टीहरूको संरचना र कार्यप्रणालीले नै भ्रष्टाचारलाई निरुत्साहित र दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म त्यसको प्रभावकारी नियन्त्रण हुन सक्दैन, अर्थात्राजनीतिक नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना गर्नु अत्यन्तै जरुरी भएको छ । त्यसका लागि हाम्रो प्रस्ताव छ : अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानूनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरियोस्।’

  • नेकपा एसले गर्‍यो आन्दोलनको घोषणा, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने (कार्यतालिकासहित)

    नेकपा एसले गर्‍यो आन्दोलनको घोषणा, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने (कार्यतालिकासहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

    रोजगारी र सुशासनका लागि आन्दोलन भनेको नेकपा एसले देशको समस्या समाधान गर्नको लागि पार्टीले आन्दोलन शुरु गरेको बताए ।

    उनले भने, ‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड-घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन होस बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी होर राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान हो  ।’

    आन्दोलनको पहिलो चरण

    चैत्र १ गते पत्रकार सम्मेलन,

    चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,

    चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,

    चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,

    चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,

    वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,

    वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन,

    वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने,

    वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।

  • एकीकृत समाजवादीको निष्कर्ष- सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदैछन्, सडक अराजक र पपुलिष्ट हुँदै छ (भिडिओ)

    एकीकृत समाजवादीको निष्कर्ष- सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदैछन्, सडक अराजक र पपुलिष्ट हुँदै छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएको छ।

    आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव घनश्याम भुसालले भने, ‘राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामाजिक असन्तुष्टिलाई बढाउँछ, नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्त्वहरूले त्यस असन्तुष्टिलाई उत्तेजक बनाउँदै जान्छन्। आज मुलुकमा त्यही भइरहेको छ ।’

    सत्ताधारीहरू नालायक र अनुत्तरदायी भएकै कारणले सडक अराजक र पपुलिष्ट हुँदै गएको बताए।

    उनले भने, ‘यस अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्म समीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भैसकेको छ जसले सत्ताधारी गठबन्धनका नालायकी विरुद्ध आम जनतालाई सचेत र सङ्गठित गर्दै मुलुकलाई अपमानको इतिहासबाट मुक्त गरोस् अग्रगामी निकास देओस्।’

  • स्ववियू चुनावमा नेकपा एसमा बाँडिए उम्मेदवारका गुट- कतै एमालेसँग तालमेल, जिताउन एकजुट

    स्ववियू चुनावमा नेकपा एसमा बाँडिए उम्मेदवारका गुट- कतै एमालेसँग तालमेल, जिताउन एकजुट

    काठमाडौं । संगठनभित्रको विवाद चर्को छ, तर नेकपा एससम्बद्ध अनेरास्ववियूका दुवै खेमा चैत ५ गते सम्पन्न हुने स्ववियू निर्वाचनमा झगडा नगरी अगाडि बढेका छन् ।

    पार्टीले केन्द्रीय सदस्य रहेकी आरती लामालाई अनेरास्ववियू अध्यक्षको जिम्मेवारीलाई ‘दोहोरो’ भन्दै अध्यक्षबाट हटाएको थियो । त्यसपछि उत्पन्न विवाद समाधान नभई स्ववियू निर्वाचन आयो । निर्वाचनका क्रममा लामा र महेश श्रेष्ठ पक्षले फरक-फरक क्याम्पसमा आफ्ना उम्मेदवार बनाएका छन् । तर, कुनै पनि क्याम्पसमा दोहोरो उम्मेदवारी पारेनन् ।

    श्रेष्ठ पक्षले प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा मात्रै उम्मेदवारी दिएको छ । कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा एमाले अखिलसँग मिलेर लामा पक्षले उम्मेदवारी दियो ।

    त्यहाँको क्याम्पस कमिटी अध्यक्ष समीर गौतम लामा पक्षका हुन् । उनकै अग्रसरतामा एमाले अखिलका सिद्धान्त भट्ट सभापतिको उम्मेदवार रहेको प्यानलमा एसपक्षीय अखिल एक समानुपातिक सदस्यसहित चुनावमा होमिएको हो । समानुपातिकको पहिलो नम्बरमा शेरबहादुर कार्कीलाई उम्मेदवार बनाइएको उक्त पक्षका नेता नरेश न्यौपानेले बताए । कार्की यसअघि पनि सोही क्लस्टरबाट उम्मेदवार भई विजयी भएका थिए ।

    श्रेष्ठ पक्षले प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले अखिलसँग मिलेर उम्मेदवारी दिएको छ । त्यहाँ सभापतिका उम्मेदवार लोकेश खड्का प्यानलमा एसको अखिलबाट बबिता घिमिरेले कोषाध्यक्षका लागि उम्मेदवार भइन् ।

    मीनभवनस्थित नेपाल कमर्श क्यम्पसमा भने एमाले अखिलबाहेकको वाम गठबन्धन हुँदा समाजवादीको लामा पक्षले सचिव पदमा उम्मेदवारी दिएको छ । त्यहाँ सभापतिका उम्मेदवार माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका काशिराम जैसी (घोडासैनी) छन् ।

    नेविसंघले रविन ओली र एमालेसम्बद्ध अखिलले विशाल रोकाहाका अलग अलग प्यानल खडा भएका छन् ।

    लामा पक्षले पाटन संयुक्त क्याम्पसमा मोहन बुढाको नेतृत्वमा अलग्गै प्यानल खडा गरेको छ । ललितपुरको लुभुस्थित महालक्ष्मी क्याम्पस र बालकुमारीस्थित क्याथफर्ड इन्जिनियरिङ कलेजमा उम्मेदवारी दिँदा श्रेष्ठ पक्षले अर्को उम्मेदवारी दिएन ।

    त्रिचन्द्रमा एसको लामा पक्ष एमाले अखिलको प्यानलमा सहभागिता जनाएको छ । सभापतिका उम्मेदवार प्रनित विष्टको प्यानलमा उक्त संगठनले कोषाध्यक्षमा सुवास बिडारीलाई उम्मेदवार बनायो । त्यहाँ सचिवका उम्मेदवार अखिल क्रान्तिकारीका छन् ।

    यी उम्मेदवारी आपसी सहमतिमा नभएर आ-आफ्नो योजनाअनुसार दिइएको नेता न्यौपानेले बताए । ‘हाम्रो ठाउँमा उहाँहरु डिस्टर्व गर्न आउनुभएन, उहाँहरुको ठाउँमा हामीले पनि केही गरेनौं’, उनले भने, ‘तर, चुनावपछि पार्टीभित्र निर्णायक संघर्ष हुन्छ ।’

    श्रेष्ठपक्षीय नेता अशोक थापाले सबै क्याम्पसमा संगठनका उम्मेदवार भएका कारण यो र त्यो खेमाको नभन्न अनुरोध गरे । ‘आन्तरिक विषयमा को कता भन्ने कुरा चुनाव अघि र पछि हुन्छ, चुनावमा हामी एक भएर गएका छौं’, उनले भने ।

  • प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप

    प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रतिपक्षी दलको विरोधलगत्तै स्थगित भएको छ । पाँचौं अधिवेशनको १९ औं बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरुले उठेर विरोध जनाए ।

    सभामुख भीम भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरु बसेनन् । सभामुख भण्डारीले नेकपा एसका नरेश शाहीलाई विषयवस्तु राख्न भनेपछि उनले सरकारको कार्यशैलीबारे टिप्पणी गरे ।

    प्रदेश गरिबीको चपेटामा हुँदा सरकारले खर्च कम गर्नुभन्दा बढाउन लागेको शाहीले आरोप लगाए ।

    ‘हामी गरिबीको चपेटामा छौं । विभिन्न समस्याले च्यापिएका छौं । हामी ३४ प्रतिशत गरिबीमा छौं । २४ दिनसम्म राजस्व उठाउन सकेनौं । हामीले गरेको कमजोरीले व्यवसायी मारमा परे’, शाहीले भने ।

    उनले आम्दानी बढाउनुपर्ने र खर्च कम गर्नुपर्ने अवस्थामा सरकारले नियुक्ति र नीति आयोगमा खर्च बढाउने गरी अगाडि बढेको आरोप लगाए ।

    ‘हाम्रो आम्दानी वृद्धि गर्नु छ । अनावश्यक खर्च कटौती गर्नुछ । अनावश्यक खर्च कटौती गर्नुको सट्टा सरकारबाट खर्च बढिरहेको छ’, उनले भने, ‘केही सल्लाहकारको पद सृजना गरेर नीति तथा प्रदेश योजना आयोगमा ३ जनाको ठाउँमा पाँच बनाइयो । त्यसमा हाम्रो असहमति छ । प्रदेश स।कारको तर्फबाट अविलम्ब सच्याइनुपर्छ भन्ने हामी माग गर्दछौं ।’

    सभामुखमार्फत सरकारलाई रुलिङ गर्न पनि उनले माग गरे ।

    आफ्नो धारणा राखेपछि पनि प्रतिपक्ष दलका सांसदहरु नबसेपछि सभामुखले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेका छन् ।

  • नेकपा एसको अपिल- प्रतिगमनकारी तथा पुनरूत्थानवादीको कूकर्मलाई नांगेझार पारौं

    नेकपा एसको अपिल- प्रतिगमनकारी तथा पुनरूत्थानवादीको कूकर्मलाई नांगेझार पारौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र गतिविधिहरू बढेको ठहर गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

    सोमबार दिउँसो बसेको सचिवालय बैठकले जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरूद्ध गतिविधि हुन थालेको भन्दै परिवर्तनका पक्षधर व्यक्तिहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।

    ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्म समिक्षा गर्दै प्रतिगमनकारी तथा पुनरूत्थानवादी तत्वहरूले इतिहासमा उनीहरुले गरेका सम्पूर्ण कूकर्महरूलाई नांगेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौं’, सचिवालय बैठकको निर्णयमा उल्लेख छ ।

    पार्टीले आउँदो चैत १ गते पत्रकार सम्मेलन गरी पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

  • सरकारकै कारणले प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेका छन्: माधव नेपाल

    सरकारकै कारणले प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेका छन्: माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन थालेको आरोप लगाएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा बोल्दै उनले व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको भन्दै एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए ।

    लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नुपर्ने भन्दै उनले बैठकमा भने, ‘प्रतिगामी यथास्थितिवादीहरुले टाउको उठाउन थालेका छन् । यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ ।’

    आजै बसेको माओवादी केन्द्रको बैठकले पनि सरकारकै कारणले राजावादीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ । माओवादीका अध्यक्ष प्रचण्डले अहिले ४ बजेको लागि समाजवादी मोर्चाको बैठकसमेत राखेका छन् ।

  • नेकपा एसको सचिवालय बैठक- यी हुन् एजेण्डा

    नेकपा एसको सचिवालय बैठक- यी हुन् एजेण्डा

    काठमाडौ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

    बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्ययोजना, राजावादीको काठमाडौंको प्रदर्शनले उत्पन्न तरंगलगायतको विषयमा छलफल भइरहेको बताइएको छ ।

    बैठकले पार्टीले काठमाडौं केन्द्रित भएर गर्न लागिएको आन्दोलनबारे पनि आवश्यक निर्णय लिने बताइएको छ ।

  • माधव नेपाल र गिरिजाको फोटो राखेर सुदेशले लेखे- पञ्चर्‍यालीलाई हामीले मुकदर्शक भएर हेर्नुपर्ने ?

    माधव नेपाल र गिरिजाको फोटो राखेर सुदेशले लेखे- पञ्चर्‍यालीलाई हामीले मुकदर्शक भएर हेर्नुपर्ने ?

    काठमाडौं । नेकपा एसका युवा नेता सुदेश पराजुलीले राजावादीहरुको प्रदर्शनलाई इंगित गर्दै सडक ताण्डवलाई सरकारले लाचार भएर हेरिरहेको बताएका छन् ।

    लोकतन्त्रविरुद्ध नै भइरहेको पन्चर्‍यालीलाई हामीले मुखदर्शक भएर हेर्नु पर्ने ? भनी उनले प्रशन गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा जनआन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सडकमा बसिरहेको फोटासहित लोकतन्त्रमा बोल्न पाइने तर लोकतान्त्रिक मूल्य, मान्यता र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएका छन् ।

    पराजुललीले गणतन्त्रजस्तो जनताको सुन्दर व्यवस्थालाई कमजोर बनाउने जुनसुकै हर्कत नियन्त्रण गर्न सरकारलाई आग्रह पनि गरेका छन् ।

    ‘यो सरकार कुलमान, बालेनहरुलाई अवरोध गर्छ काम गर्न दिदैन’, उनले लेखेका छन्, ‘यो सरकारको यात्रा काशी जानु कुतिको बाटो भन्ने उखान जस्तो छ । लोकतान्त्रिक गणतन्त्र जनताको बलिदानी पूर्ण संघर्षले स्थापित भएको व्यवस्था हो ।’

    त्यस्तै, उनले लोकतन्त्र स्थापनामा योगदान गर्ने गिरिजा प्रसाद कोईराला, माधव कुमार नेपाल, प्रचण्डहरुले लोकतान्त्रिक गणतन्त्र स्थापना लागि सघर्ष गर्दै गर्दा टाउकोमा डण्डा बर्साउने, टाउकोको मूल्य तोक्ने, आतङ्ककारी घोषणा गर्ने यिनै ज्ञानेन्द्र शाह, कमल थापा, तुल्सी गिरीहरु होइनन् ? भन्दै प्रश्न समेत गरेका छन् ।

     

     

  • बलात्कार अभियोगमा नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष गिरी पक्राउ

    बलात्कार अभियोगमा नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष गिरी पक्राउ

    स्याङ्जा । नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

    नेकपा एसको गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेक गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन ।

  • चुच्चे नक्सा कार्यान्वयन गराउन हामी जोसँग पनि कार्यगत एकता गर्न तयार छौं : झलनाथ खनाल

    चुच्चे नक्सा कार्यान्वयन गराउन हामी जोसँग पनि कार्यगत एकता गर्न तयार छौं : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेपाल झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् । धनुषा पुगेका नेता खनालले राष्ट्रियताको सन्दर्भमा सबैसँग कार्यगत एकता गर्न खुला रहेको बताए ।

    उनले भने, ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युका आधारमा रहेर कार्यगत एकता हुनसक्छ । आज राष्ट्रियताप्रति खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् । चुच्चे नक्सा नेपालले बनायो त्यसलाई कार्यान्वयन गरियोस्। भनेर हामी उभिन सक्दैनौँ ।’

    उनले सरकार अहिले संकटको पोको बोकेर हिँडेको भन्दै अध्यादेश ल्याउन कुनै आवश्यकता नभएको तर्क गरे ।

     

  • देउवालाई माधव नेपालको सुझाव- ओलीलाई खुबै विश्वास गर्नुहुन्छ, फेरि नर्क पुर्‍याइदेलान् है (भिडिओ)

    देउवालाई माधव नेपालको सुझाव- ओलीलाई खुबै विश्वास गर्नुहुन्छ, फेरि नर्क पुर्‍याइदेलान् है (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रमा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरे ।

     

    उनले भने, ‘संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ? होसियार है, शेरबहादुरजी तपाईंले खुबै विश्वास गर्नुहुन्छ। फेरिसँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नर्क पुर्याइदेलान् है होस् गर्नुस् ।’

    उनले सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न जसपालाई आग्रह गरे ।

     

  • भोजपुर क्याम्पस शिक्षा शंकायमा अनेरास्ववियूको नयाँ कमिटी

    भोजपुर क्याम्पस शिक्षा शंकायमा अनेरास्ववियूको नयाँ कमिटी

    भोजपुर । नेकपा एसनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले भोजपुर बहुमुखी क्याम्पसको शिक्षा शास्त्र शंकाय प्रथम वर्षमा कमिटी गठन गरेको छ ।

    अभियान राईको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष स्वस्तिका लिम्बू, सचिव विनिता सुवेदी, सहसचिव अनिशा राई र कोषाध्यक्षमा रिता राई रहेका छन् ।

    सदस्यहरू निरज तामाङ्ग, सुवास राई, इन्द्रमाया कार्की, एलिना घिसिङ, पूजा तामाङ र निरुता राई चयन भएका छन् ।

    अनेरास्ववियू केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाशसिं राईको अध्यक्षतामा भएको उक्त कार्यक्रम युवा संघ नेपाल केन्द्रीय स्थायी कमिटी सदस्य सन्दीप राईको प्रमुख आतिथ्यता सम्पन्न भएको क्याम्पस कमिटीका अध्यक्ष विक्रम तामाङले जानकारी दिए ।

  • नेकपा एसका उपमहासचिवलाई प्रश्न- झलनाथको फरक मत कसरी सम्बोधन हुन्छ ?

    नेकपा एसका उपमहासचिवलाई प्रश्न- झलनाथको फरक मत कसरी सम्बोधन हुन्छ ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी निर्माणको संकल्पसहित सडक आन्दोलनको तयारी गर्दैछ । हिजो बसेको सचिवालय बैठकले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनायो ।

    कार्यदलमा मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री सदस्य छन् । कार्यदलले पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्य योजना बनाउनेछ ।

    यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति पनि गठन गरेको छ ।

    नेकपा एसले किन काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ ? त्यसको उद्देश्यबारे हामीले उपमहासचिव रामकुमार भट्टराईलाई सोध्यौं ।

    उनले सरकारको गलत रवैयाको विरुद्धमा आफूहरूले आन्दोलन गर्न लागेको बताए ।

    उनले भने, ‘हामीले सरकारको गलत रवैयाको विरुद्धमा आन्दोलन गर्न लागेका हौं । महंगीको विरुद्ध, सुशासनको पक्षमा जनता जगाउनको लागि हामीले यो कार्यक्रम गर्न लागेका हौं ।’

    उनले आन्दोलनले पार्टी निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यसो त महासचिव भुसालले पार्टी निर्माणको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्ने प्रस्ताव राखेका छन् ।

    त्यसबारे उनले भने, ‘आन्दोलन गर्नको लागि पार्टीका सबै संयन्त्र परिचालन हुन्छ । त्यसले संगठन निर्माणमा पनि मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो । बिस्तारै बन्दै जान्छन् ।’
    उनले दस्तावेजलाई अन्तिम रूप दिनको लागि कुनै मतभेद नभएको जिकिर गरे ।

    उनले थपे, ‘दस्तावेजलाई अन्तिम रूप दिनको लागि पार्टीभित्र कुनै मतभेद छैन। बैठकमा नेताहरुको सुझाव आएका छन्। त्यसलाई समेट्नुपर्छ त्यसलाई राखेर अन्तिम रुप दिनको लागि कार्यदल बनाएका हौं ।’

    तर, सम्मानित नेता झलनाथ खनालको बैठकमै फरक मत भएको थियो नि ! त्यो कसरी सम्बोधन हुन्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘त्यो फरक मत भन्दा पनि सुझाव राख्नुभएको हो । उहाँले राखेको प्रस्तावलाई सम्बोधन गर्ने कुरा भएको छ ।’

    उनले अनेरास्ववियूमा देखिएको विवाद समाधान हुने बताए ।

    उनले थपे, ‘अहिले अलग-अलग भेला भइरहेका रहेछन्, अब पार्टीले त्यस्ता गतिविधिलाई रोकेर आधिकारिकता दिइसकेपछि सबै समस्या समाधान हुन्छन् ।’

    नेता खनालले अनेरास्ववियू र युवा संघको नेतृत्व अध्यक्ष माधव नेपालले अपानीबाटै खोसेपछि रुष्ट थिए । उनले सम्मानित नेता पनि केन्द्रीय कमिटीको बैठकले नै तोक्ने उल्लेख भएर विधान आएपछि फरक मतमा आफ्नो पद सामान्य सदस्य लेखेका थिए । उनले अध्यक्ष नेपालको कार्यशैलीमाथि समेत प्रश्न उठाएका थिए । खनालको असन्तुष्टिलाई ३ दिनभित्र सम्बोधन गर्ने गरी केन्द्रीय कमिटी बैठकमा माधव नेपालको प्रस्ताव पारित गरिएको थियो ।

    उनले बैठकबाट पार्टी एकताबद्ध ढंगले अघि बढ्ने सहमति भएको जिकिर गरे ।

  • स्ववियू चुनाव- सिंगल भिड्ने तयारीमा नेविसंघ, अखिल र क्रान्तिकारी : रास्वपाको बहिस्कार

    स्ववियू चुनाव- सिंगल भिड्ने तयारीमा नेविसंघ, अखिल र क्रान्तिकारी : रास्वपाको बहिस्कार

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी कार्यतालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । आगामी ५ चैतमा हुने चुनावका लागि फागुन १९ गते उम्मेदवारी दर्ता हुँदैछ ।

    सबै दलहरूले स्ववियू निर्वाचन केन्द्रित हुन आफूनिकट संगठनहरूलाई निर्देशन दिइसकेका छन् । सत्तारुढ दुई ठूला दल कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियू एक्लै प्रतिस्पर्धामा जाने तयारीमा छन् ।

    तर, माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू भने ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन् । यद्यपि, कुनै निर्णय भएको छैन । यस्तै, मधेशवादी दलनिकट विद्यार्थी संगठनले पनि आ-आफ्नो तयारी गरिरहेका छन् ।

    यो पनि पढ्नुहोस्- त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४४ को आधिकारिक नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

    एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले आफूहरू निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको बताए ।

    उनले भने, ‘अहिले हामीले तल्लो तहमा स्ववियू निर्वाचन केन्द्रित गरेर बैठकहरू राखेर डाटा लिने काम गरिरहेका छौं । तल्लो तहमा सर्वसम्मत हुनसक्ला कुनै क्याम्पसहरूमा तर, हामी ठूला क्यापसहरूमा निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने पक्षमा छौं ।’

    उनले स्ववियू निर्वाचनमा आफ्नो संगठन एक्लै प्रतिस्पर्धामा उत्रिने बताए । उनले तोकिएको समयमै निर्वाचन हुने जिकिर गरे ।

    उनले भने, ‘हामी एकल प्रतिस्पर्धा गर्छौँ । कसैसँग कुनै तालमेल गर्दैनौं । अहिलेसम्म अरु संगठनले के गर्छन् भन्ने टुंगाएको देखेका छैनौं पनि ।’

    उनले स्ववियू निर्वाचनलाई निष्पक्ष ढंगबाट सम्पन्न गराउनुपर्छ भन्नेमा आफूहरू सचेत रहेको बताए । अघिल्ला चुनावहरूमा आफूले नजित्ने देखेपछि विद्यार्थी संगठनमा विथोल्ने प्रवृत्ति देखिएको थियो ।

    उनले त्यसबारे भने, ‘अघिल्लो चुनावमा हामीले जित्ने क्याम्पसहरूमा पनि चुनाव नहुँदा सबैभन्दा प्रताडित हामी नै हौं । हामी निर्वाचन सहज गर्ने संगठन हो । हामी आफूले जित्ने हार्ने जे होस् तर निर्वाचन गराउनुपर्छ भनेर लागेका छौं ।’

    सरकार र विश्वविद्यालयलाई पनि निर्वाचनको सुनिश्चित गराउने कुरामा अनेरास्ववियुले नै पहलकदमी लिइरहेको बडालले दाबी गरे ।

    उनले थपे, ‘कतिपय तालबन्दी भएका ठाउँमा पनि हामीले नै खुलाउने नेतृत्व गरिरहेका छौं । हामी निर्वाचनमा सबैलाई इमान्दारिपूर्वक सहयोग गरेर गराउनुपर्छ भन्ने पक्षमा छौं । हामी निर्वाचन बिथोलिने स्थिति नहोस् भन्ने पक्षमा सचेत छौं । त्यसको भण्डाफोर गर्छौँ ।’

    त्यसो त कांग्रेसले पनि स्ववियू निर्वाचनबारे छलफल थालिसकेको छ । फागुन १ नै सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा गठित समन्वय र सहजीकरण निर्देशक समितिले काठमाडौं उपत्यकाका विद्यार्थी नेताहरूसँग छलफल गरेको थियो ।

    सहमहामन्त्री राठोरको नेतृत्वमा गठित समितिमा प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन् । उनीहरूले उपत्यकाका क्याम्पसमा कांग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर तयारीबारे छलफल गरेका थिए ।

    छलफलपछि निर्वाचनको वातावरण बनाउँदै क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल अध्ययन गरेर समितिलाई भन्न निर्देशन दिइसकेको छ । पार्टीको निर्देशनअनुसार अहिले संगठनले निर्वाचनको तयारी तीव्र ढंगबाट गरिरहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

    उनले भने, ‘हामीले सबै ढंगबाट तयारी तीव्र बनाइरहेका छौं । यो चुनावमा हामी एक्लै प्रतिस्पर्धामा जान्छौं । कुनै संगठनसँग सहकार्य हुँदैन ।’

    माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले स्ववियू निर्वाचनलाई लक्षित गरेर प्रदेशस्तरिय कार्याशाला चलिरहेको बताए । उनले आफूहरू पनि एक्लै चुनावी मैदानमा जाने दाबी गरे ।

    उनले भने, ‘अहिलेसम्म एक्लै जाने भन्नेछ । तर, तल क्याम्पसहरूमा आवश्यकताअनुसार गर्नसक्छन् । तर, केन्द्रबाट हामीले एक्लै जाने भनेका छौं ।’

    उनले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग चुनावी सहकार्यबारे छलफल नभएको जिकिर गरे ।

    सापकोटाले मात्रै होइन, नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले पनि आफूहरू पनि एक्लै चुनावी प्रतिस्पर्धामा जाने दाबी गरे ।

    उनले भने, ‘निर्वाचनको तयारीका लागि हामीले उपत्यकतास्तरीय भेला गरेर सबै क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि तोकेर पठाइसकेका छौं । संगठनको उपाध्यक्षहरूलाई प्रदेशको कमाण्डर पनि बनाएर पठाइसकेका छौं ।’

    उनले अहिलेसम्म कुनै संगठनसँग तालमेल गरेर जाने भन्नेबारे कुनै छलफल नभएको दाबी गरे ।

    उनले थपे, ‘केन्द्रबाट एक्लै लड्ने भनेका छौं । अब तल क्याम्पसहरूमा आवश्यकताको आधारमा जुन संगठनसँग पनि सहकार्य गर्ने बाटो खुला राखेका छौं । त्यस्तो सहकार्य गर्दा समाजवादी मोर्चामा आबद्ध दलसँग मात्रै हुन्छ भन्ने छैन, एमाले कांग्रेस जुन पार्टीनिकट विद्यार्थी संगठनसँग पनि हुनसक्छ ।’

    यस्तै, चौथो ठूलो दल रास्वपाले भने स्ववियू निर्वाचनमा भाग नलिने निर्णय गरिसकेको छ । रास्वपाको गत साता बसेको सचिवालय बैठकले स्ववियू निर्वाचनमा भाग नलिने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

    शैक्षिक संस्थाहरू राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले स्ववियू चुनावमा कुनै संलग्नता नहुने बताए ।

    उनले भने, ‘त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा हुन स्ववियू चुनावमा विशुद्ध विद्यार्थीहरू मात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकोले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनै संलग्नता समेत रहने छैन ।’

    उनले स्ववियू चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपील गरे ।

    २ वर्षअघि त्रिविका ६२ मध्ये ४६ वटा आंगिक क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । अन्य १६ वटा क्याम्पसमा विवाद र तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन । आरआर, त्रिचन्द्र, पृथ्वीनारायण क्यापस पोखरागायतका ठूला क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

    चुनाव भएका आंगिक क्याम्पसमध्ये एमालेनिकट अनेरास्ववियुले १९,कांग्रेस निकट नेविसंघले १८ र माओवादीनिकट अखिल क्रान्तिकारीले ४ क्याम्पसमा सभापति जितेका थिए । जसपानिकट र जनमतनिकट विद्यार्थीले एक एक क्याम्पसमा सभापति जित्दा दुई क्याम्पसको सभापति स्वतन्त्रले जितेका थिए ।

  • एमसीसीबारे नेकपा एस- कहिल्यै ठिक भनेनौं, व्याख्यात्मक टिप्पणीमा पनि कमजोरी रहे (भिडिओ)

    एमसीसीबारे नेकपा एस- कहिल्यै ठिक भनेनौं, व्याख्यात्मक टिप्पणीमा पनि कमजोरी रहे (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आफ्नो पार्टीले एमसीसी ठिक भनेर कहिल्यै नभनेको दाबी गरेका छन् ।

    केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले व्याख्यात्मक टिप्पणीमा पनि कमजोरी रहेको स्वीकारे ।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तैः

    एमसीसी ठीक भनेर हामीले भनेनौं। हाम्रो लागि एमसीसी ठिक कहिल्यै रहेन। हामीले कसरी गर्दा एमसीसी ठिक हन्छ भन्ने प्रस्ताव उठाएका हौं । यद्यपि, त्यसमा केही कमजोरी रहेका हुनसक्छ । व्याख्यात्मक टिप्पणीमा पनि केही कमजोरी रहेका हुनसक्छन् । त्यसलाई हामीले स्वीकार गर्छौँ । त्यसको अर्थ हो एमसीसीमा समस्या छन् ।

    एमसीसी संविधानसँग बाज्ने कुरामा हाम्रो सबैभन्दा ठूलो असहमति छन्, त्यसपछि त्यसको लेखापरिक्षणदेखि तमाम चिजमा हाम्रो रिजर्भेसन रहेकै हो । त्यसैले एकीकृत समाजवादीले संस्थागत रुपमा कहिल्यैपनि एमसीसीको पक्षमा रहेन ।

    यो संसदबाट पारित गरिएको हुनाले यसको अनुगमन पनि संसदीय हुनुपर्छ भनेर पोहोरदेखि नै हामीले यो आवाज उठाइरहेका छौं । अरु पार्टीलाई यो कुरामा कन्भिन्स गराउन सकेनौं । अहिले पनि अरु पार्टीलाई आह्वान गर्छौँ एमसीसीबारे के भएको हो ? हामीले अनुगमनको कुरा गरेका छौं । त्यो आज पनि सान्दर्भिक रहेको छ ।

  • सरकार दमनकारी बन्दै गएको नेकपा एसको निष्कर्ष, सहकारी पीडितको पैसा फिर्ता गराउन माग

    सरकार दमनकारी बन्दै गएको नेकपा एसको निष्कर्ष, सहकारी पीडितको पैसा फिर्ता गराउन माग

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले २० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। नेकपा एसले दुई दिन बसेको केन्द्रीय कमिटी बैठकको निर्णय आज सार्वजनिक गरेको हो।

    बैठकले सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्‍याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको महासचिव घनश्याम भुसालले बताए।

    प्रस्तावमा भनिएको छ, मुलुकमा भ्रष्टाचार मौलाएको छ र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटर ब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारीमा राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।

  • नेकपा एसमा उर्वादत्तको फरक मत- ‘आर्थिक पारदर्शिताको कुरा उठाउँदा प्रतिशोधपूर्ण व्यवहार भयो’

    नेकपा एसमा उर्वादत्तको फरक मत- ‘आर्थिक पारदर्शिताको कुरा उठाउँदा प्रतिशोधपूर्ण व्यवहार भयो’

    काठमाडौं । नेकपा एसको जारी केन्द्रीय कमिटीको दोस्रो बैठकमा अनुपस्थित पोलिटव्युरो सदस्य उर्वादत्त पन्तले पार्टी नेतृत्वले आफूप्रति प्रतिशोधपूर्ण व्यवहार देखाएका कारण बैठकमा जान मन नलागेको बताएका छन् ।

    भदौ पहिलो साता सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकमा उनले ‘सुझाव एवं प्रस्ताव’ शीर्षकमा केही फरक मत पेश गरेका थिए । पहिलो बैठकले पदाधिकारी तथा पोलिटव्युरो सदस्यको निर्वाचन गर्नुपर्ने कारण उनका सुझाव र प्रस्तावमाथि छलफल नभएको भनिए पनि दोस्रो बैठकमा उक्त विषयलाई एजेण्डामै राखिएको छैन । ‘त्यसको सुनुवाई होला भनेको त उल्टै शत्रुको जस्तो व्यवहार हुन थाल्यो’, पन्तले भने ।

    काठमाडौंमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उनी कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित घरमै आराम गरिरहेका छन् । ‘अलिक सञ्चो पनि छैन’, उनले भने, ‘बैठकमा गएर के गर्नु, न राखेको कुरा सुनिन्छ, न त हैसियतअनुसारको भूमिका नै दिइन्छ ।’

    पहिलो केन्द्रीय कमिटी बैठकमै केन्द्रीय पदाधिकारी तथा पोलिट्व्युरो सदस्यका निम्ति निर्वाचन हुँदा पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । पोलिटव्युरो सदस्यमा चुनाव जिते, तर उपाध्यक्ष हारे । ‘हारेँ भनेर होइन, चिट बाँडीबाँडी पार्टी नेतृत्वकै निर्देशनमा हराइयो भनेर चित्त दुखेको छ’, उनले भने । त्यसमाथि बैठकमा प्रस्तुत सुझाव र प्रस्तावले शीर्ष नेतालाई झस्काएको उनको भनाइ छ ।

    उनले पार्टीका कुन तहसम्मका नेता, कार्यकर्ताले विभिन्न पेशा, व्यवसाय, लगानीको क्षेत्रमा कुन तह सम्म कति मात्रामा संलग्न हुने र जिम्मेवारीमा रहने स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरेका थिए । आफू संगठित रहेको कमिटिमा प्रत्येक वर्ष अनिवार्य आफ्नो सम्पत्ति विवरण पेश गर्ने व्यवस्था गर्नुपर्नेलगायतका सुझाव र प्रस्ताव प्रस्तुत गरेका थिए ।

    ‘त्यसपछि त भएको जिम्मेवारीसमेत खोस्ने काम भयो, नयाँ जिम्मेवारीको त कुरै भएन’, उनले भने । पार्टीमा आफूभन्दा कनिष्ठ नेताले ठूला ठूला जिम्मेवारी पाएको, तर आफ्नो योग्यता र क्षमताअनुसारको जिम्मेवारी माग्दा पनि नपाएपछि उत्साह घटेको उनको भनाइ छ ।

    हेर्नुहोस्, उनले पेश गरेको फरक मत ।

  • नेकपा एसको बैठकमा झलनाथ खनालले राखेको फरक मतमा के छ ? (पूर्णपाठ)

    नेकपा एसको बैठकमा झलनाथ खनालले राखेको फरक मतमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । शुक्रबारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठकमा उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालले आफूलाई ‘सामान्य सदस्य’ भन्दै फरक मत दर्ज गरेका छन् ।

    पार्टीको विधानले सम्मानित र वरिष्ठ नेता केन्द्रीय कमिटीको बैठकले निर्वाचित गर्नुपर्ने व्यवस्था गरेपछि त्यसप्रति असन्तुष्टि राख्दै खनालले आफूलाई ‘सामान्य सदस्य’ भनेका हुन् । पार्टीका एक नेताका अनुसार, १० औं महाधिवेशनको हलले नै उनलाई सम्मानित नेताका रुपमा अनुमोदन गरिसकेपछि विधानको बखेडा झिकेर ‘सामान्य सदस्य’ लेख्ने तहमा पुगेका हुन् ।

    शुक्रबार शुरु भएको केन्द्रीय कमिटी बैठकका सहभागीबीच खनालले वितरण गरेको फरक मतमा हाले अनेरास्ववियू र युवा संघका विषयमा उत्पन्न विवादका विषय केन्द्रित छन् । उनले १० औं महाधिवेशन गरेर पार्टीलाई ‘टीके प्रथा’ बाट जनवादी केन्द्रीयताका आधारमा निर्देशित कमिटीहरु बनाउन थालेको भन्दै असन्तुष्टि राखेका हुन् ।

    बैठकअघि नै उक्त पार्टीले अपानि जारी गर्दै अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई दोहोरो जिम्मेवारीका नाममा पदमुक्त गरेको थियो । त्यसपछि अनेरास्ववियूको लामा पक्षीय खेमाले समानान्तर केन्द्रीय कमिटी घोषणाका लागि गत साता एक कार्यक्रमको आयोजना गरेको थियो ।

    खनालकै प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा खनालले विवाद व्यवस्थापनका निम्ति फागुन १२ गतेसम्म केही नगर्न भनेपछि उक्त दिन कमिटी घोषणा भएन । अर्को भेला १२ गते आयोजना गर्ने गरी उनीहरुले तयारी गरिरहेका छन् ।

    ‘गलत निर्णयलाई सच्याऔं, पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं’ शीर्षकमा खनालद्वारा बैठकमा वितरित फरक मतमा उनले लेखेका छन्, ‘यो अवस्थामा फेरि टिके प्रथा ठाडो बर्खास्तगी गर्ने, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छँदा खाँदाका कमिटीहरू विघठन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरुमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघठनकारी तरिका हो । हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ । यो निरंकुश तरिका हो, यो नोकरशाही तरिका हो ।’

    २० को दशकमा एउटा पार्टीको जस्तै विकासक्रममा आधारित अनेरास्वबियूको ३० को दशकमा पार्टी पुनर्गठन भएपछि पुनर्गठन भएको भन्दै उनले लेखेका छन्, ‘हामीले जनसंगठन बनायौं , पार्टी र जनसंगठनबीचको सम्बन्ध सञ्चालन गर्ने नीति बनायौँ, पार्टीको सामान्य कार्यदिशाअनुरूप अघि बढ्नुपर्ने उनीहरूको आफ्नै विधान, कार्ययोजना र दैनिक कार्य हुने भूमिगत कालमा नै स्थापित नीति हो । यद्यपि त्यतिबेला पार्टीमा जनवाद भन्दा केन्द्रीयता प्रधान थियो ।’

    उनले २०४६ को परिवर्तनपछि पार्टी र जनसंगठन बीचको सम्बन्धमा परिवर्तन आएको उल्लेख गरेका छन् । ‘अब केन्द्रीयता होइन जनवाद प्रधान बन्ने अवस्था सिर्जना भयो’, उनले लेखेका छन् ।

    जनसंगठनहरू अझ बढी स्वायत्त ढंगले अघि बढून्, पहलकदमी लिऊन्, आफ्नो संगठन स्वतन्त्र रुपले देशव्यापी बनाउन सकून् भन्ने शुभेच्छा व्यक्त गर्दै उनले पार्टीको सामान्य कार्यदिशालाई भने अनिवार्य रूपले पालन गरुन् भन्ने कुरा उल्लेख गरेका छन् ।
    हेर्नुहोस्, खनालका कुरा जस्ताको तस्तै–