Category: नेकपा एस

  • एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु)

    एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु)

    काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध सत्तारुढ गठबन्धनआबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

    संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।

    उनीहरूले यसअघि ४ गते पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए । त्यस दिन प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । विप्लव नेतृत्वको नेकपालगायतका साना वाम दलले पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।

    संसद भवन आसपास र प्रदर्शन भइरहेका स्थानवरपर बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    तस्बिरहरु :गाैरव पाैडेल

     

  • माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

    माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

    काठमाडौं । अमेरिकी सहयता परियोजना (एमसीसी) बारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा बसे ।

    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । छलफलपछि सुरूमै श्रेष्ठ निस्किए ।

    त्यसपछि निस्किएका एकीकृत समाजवादीका अध्यक्ष नेपाललले संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया मात्रै दिए । उनले भने- ‘के बोल्नु, धेरै बोलेरै बिग्रिएको छ ।’

    नेपालपछि निस्किए माओवादी अध्यक्ष प्रचण्ड । उनले आफूहरूको जोड गठबन्धन जोगाउनमै रहेको बताए ।

    ‘पाँच बजे संयन्त्रको बैठक छ, त्यसको तयारीका लागि छलफलमा बसेका हौं,’ प्रचण्डले भने, ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ । जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

  • गठबन्धनको ‘निर्णायक बैठक’ अघि प्रचण्ड-माधव छलफलमा

    गठबन्धनको ‘निर्णायक बैठक’ अघि प्रचण्ड-माधव छलफलमा

    काठमाडौं । अमेरिकी सहयता परियोजना (एमसीसी) बारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । बैठकमा जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।

    एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताहरू छलफलमा जुटेका हुन् । माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा छन् ।

    नेपाली कांग्रेस यसलाई अगाडि बढाउनुपर्ने अडानमा छ । यसले गठबन्धनबीच नै फाटो ल्याउने आशंका गरिएका बेला प्रचण्डले विहीबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए।

    गठबन्धनको बैठक दिउँसो ५ बजे बालुवाटारमा बस्दैछ ।

  • एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध नेकपा एसका विद्यार्थी नेताले दिए अख्तियारमा उजुरी

    एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध नेकपा एसका विद्यार्थी नेताले दिए अख्तियारमा उजुरी

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीलगायतका नेताविरुद्ध नेकपा एसका विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरी दिएका छन् ।

    पार्टीनिकट विद्यार्थी संगठन अ‍नेरास्ववियूले विहीबार  तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको हो । उजुरीको दर्ता नम्बर सी-०२८०५५ रहेको छ ।

    उजुरीपत्रमा झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

    त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भष्टाचार गरेको आरोप लगाइएको छ।

    नेपाल भ्रमण वर्षका नाममा प्रचारप्रसारको लागि भन्दै राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।

    हेर्नुस् उजुरीपत्र :-

    तस्बिरहरु: गाैरव पौडेल।

     

  • जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौता संशोधन नगरी पास गर्नु हुँदैन : खनाल

    जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौता संशोधन नगरी पास गर्नु हुँदैन : खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना (एमसीसी) जनतालाई गुमराहमा राखेर गरिएको सम्झौता भएको बताएका छन् ।

    संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले नेपालको हितलाई सर्वोपरि राखेर एमसीसी सम्झौता नभएको बताए । सम्झौताका बारेमा जनतालाई थाहा नदिएरै अगाडि बढाइएको र अध्ययन समेत गर्न नदिएको खनालको भनाइ छ ।

    उनले भने, ‘एमसीसी केही गिजोलिएको छैन् । नेपालको हितलाई सर्वोपरि राखेर यो एमसीसी सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नै नदिनकन, राम्ररी अध्ययन नै गर्न नदिइकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझिकन नेपाली जनतालाई गुमराहमा राखिएर यो सम्झौता गरिएको हो ।’

    खनालले एमसीसी राष्ट्रको हितविपरीत भएको भन्दै त्यो संशोधन नगरि स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘यो सम्झौता भित्र गम्भीर राष्ट्रिय हितविपरितका कुरा छन् । ती कुरामा सुधार नभइकन यो एमसीसी पास हुन सक्दैन । नमिलेका कुरा जबरजस्त ठेल्न खोज्नु हुँदैन । असहमतिको विषयमा धाक धम्की दिएर हुन्छ ?’

  • नेकपा एसले बोलायो स्थायी कमिटी बैठक

    नेकपा एसले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

    पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक ७ गतेका लागि बोलाइएको हो ।

    उनका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

  • एमसीसीको विरोधमा नेकपा एसका भ्रातृ संस्थाहरुको प्रदर्शन (तस्बिर/भिडिओ)

    एमसीसीको विरोधमा नेकपा एसका भ्रातृ संस्थाहरुको प्रदर्शन (तस्बिर/भिडिओ)

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी (एस) निकट भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् ।

    माइतीघर मण्डलामा भेला भएर सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

    नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    यसअघि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए ।

    एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका छन् ।

    तस्बिरहरु : उमेश कार्की

  • एमालेले निष्कासन गरेका सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ आज पनि भएन

    एमालेले निष्कासन गरेका सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ आज पनि भएन

    काठमाडौँ । नेकपा एमालेले निष्कासन गरेका १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई सभामुखले गैरकानूनी रुपमा जोगाएका भन्दै एमालेले दर्ता गरेके मुद्दाको सुनुवाई आज पनि रोकिएको छ ।

    लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण भएको भन्दै सुनुवाई सार्न निवेदन परेपछि आज पेशी तोकिएको सुनुवाई सरेको हो । न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो ।

    यसअघि पटक पटक स्थगित हुँदै आएको सुनुवाई आज अघि बढ्न लागेकै बेला प्रधान न्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको थियो ।

  • एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा हामी छैनौं : माधव नेपाल (भिडिओ)

    एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा हामी छैनौं : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका छन् ।

    नेपाललाई एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका हुन् ।

    उनले भने, ‘जनताको भावनामा ठेस नपुग्नेगरी, देशको हितमा कुठाराघात नहुनेगरी र सबै मित्रराष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम हुनेगरी हाम्रो समस्यालाई हाम्रो आफ्नै किसिमको परिवेशलाई अरुले पनि बुझिदिउन् भन्ने चाहाना राख्नेगरी हामी अगाडी बढ्न चाहिरहेका छौँ ।’

    अध्यक्ष नेपालले कुनैपनि देशसँग आफूहरुको कटुतापूर्ण सम्बन्ध होस भन्ने नचाहेको उल्लेख गर्दै नेता नेपालले सबैसँग मित्रता भाव राखेर अगाडि बढ्न चाहेको उनले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिलाई अवलम्वन गर्दै अघि बढ्न चाहेको पनि उनले बताए ।

    अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको दोहोर्‍याएका छन् ।

  • माधव नेपालको चेतावनी-  नेकपा एसको वैधानिकतामाथि कसैले धावा बोल्छ भने सहन सक्दैनौं (भिडिओ)

    माधव नेपालको चेतावनी- नेकपा एसको वैधानिकतामाथि कसैले धावा बोल्छ भने सहन सक्दैनौं (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे कसैले प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् ।

    नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा सुनुवाइ तोकिएको दिन नेपालले यस्तो बताएका हुन् ।

    आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी उनको छ ।

    अध्यक्ष नेपालले भने, ‘हामी वैधानिकरूपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं । र, सांसदको रूपमा स्वीकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं । त्यसो हुनाले हामी अघि बढेका छौं ।’

    आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन मिलेर तीनवटै तहको निर्वाचनमा जाने दोहोर्‍याए ।

    ‘स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ । अव हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो । सबै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जानेछ ’, नेपालले भने ।

    अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए । एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको उनको प्रष्टोक्ति छ ।

  • एमाले र जसपा छाडेकालाई नेकपा एसमा माधव नेपालले गरे स्वागत

    एमाले र जसपा छाडेकालाई नेकपा एसमा माधव नेपालले गरे स्वागत

    काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका नेता-कार्यकर्तालाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् ।

    नेकपा एस प्रवेश गरेकामा एमाले मधेस प्रदेश कमिटी सदस्य नरबहादुर स्याङदान, एमालेका तेजप्रसाद अधिकारी, एमालेकै महोत्तरीका नेता सुवर्णप्रसाद पौडेल र महोत्तरी मनरसिसवा नगरपालिकाका जसपा नेता जयकुमार झा रहेको सो पार्टीले जनाएको छ ।

    आज बिहान आलोकनगरस्थित पार्टी मुख्यालमा अध्यक्ष नेपालले उनीहरूलाई स्वागत गरे ।

  • एमसीसी खारेजी माग्दै माओवादी र नेकपा एसको संयुक्त प्रदर्शन

    एमसीसी खारेजी माग्दै माओवादी र नेकपा एसको संयुक्त प्रदर्शन

    विराटनगर । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दै सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त विरोध गरेको छ ।

    बूढीगंगा गाउँ कमिटीको आयोजनामा एमसीसी खारेजीको मागसहित माओवादी र नेकपा एसका कार्यकर्ताले विरोध जनाएका हुन् । उनीहरूले ‘विदेशी दलाल होसियार, एमसीसी चाहिँदैन-देश बेच्न पाइँदैन, गो ब्याक एमसीसी’ जस्ता नारा लगाएका छन् ।

    नेकपा एसका मोरङ सचिव राजन केसी र माओवादी बूढीगंगाका इन्चार्ज ईश्वरी आचार्यको नेतृत्वमा विरोध गरिएको गाउँ कमिटी उपाध्यक्ष रोहित दाहालले बताए ।

  • एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै, आउला त आदेश ?

    एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै, आउला त आदेश ?

    काठमाडौं । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ । आज सो मुद्दामा आदेश आउने सम्भावना रहेको सर्वोच्च स्रोतले जनाएको छ । सर्वोच्चले सो मुद्दाउपर निकास नदिँदा संसदसमेत बन्धक छ ।

    आज संयुक्त इजलासको सुरूमै रहेकाले सो मुद्दाको सुनुवाइ अघि बढ्ने देखिएको छ । अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका विमला वली र अजय शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेकोमा एमाले अदालत गएको हो ।

    एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

    तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस्यो ।

    कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।

    अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने छैन ।

  • ‘एमसीसी नवउपनिवेशको अर्को रूप, अमेरिकी धम्कीको प्रतिवाद गरौं’

    ‘एमसीसी नवउपनिवेशको अर्को रूप, अमेरिकी धम्कीको प्रतिवाद गरौं’

    काठमाडौं । नेकपा (एकीकृत समाजावदी) को भ्रातृ संगठन अनेरास्ववियूले एमसीसीलाई नवउपनिवेशको रूप भन्दै अमेरिकी अधिकारीहरूले धम्कीको प्रतिवाद गर्न आग्रह गरेको छ।

    ‘हिजो मात्रै अमेरिकी अधिकारीहरूले एमसीसी पास नगरेमा नेपाल हेर्ने नीतिमै हेरफेर गर्ने छौं भन्ने साम्राज्यवादी थ्रेटको अनेरास्ववियू घोर निन्दा र भर्त्सना गर्दछ,’ अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विश्व साम्राज्यवादको नाइके अमेरिकाको कुनै पनि खालको प्रलोभन र धाक धम्कीमा नपरी यसको कडा प्रतिवाद गर्न अनेरास्ववियू सम्पुर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, युवा विद्यार्थी, बुद्धिजिवि लगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ।’

    एमसीसी खारेज गर्न र संसदमा टेवल नगर्न दबाबको लागि फागुन १ गते ७७ ओटै जिल्लामा आन्दोलन गर्ने पनि अनेरास्ववियूले बताएको छ ।

  • नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

    नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशन अनुसार फागुन १ गते देशभर प्रदर्शन गर्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जीव राईले बताए ।

    युवा संघको केन्द्रीय कार्यलयमा प्रचार बिभागको एक कार्यक्रम माझ एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।

    फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ ।

    फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो ।

  • एमसीसी स्वीकारिए समाजवादमा जान सकिँदैन : नेकपा एस उपमहासचिव

    एमसीसी स्वीकारिए समाजवादमा जान सकिँदैन : नेकपा एस उपमहासचिव

    काठमाडौं। नेपकपा (एकीकृत समाजवादी)का उपमहासचिव विजय पौडेलले अमेरिकी सहायता परियोजना एमसीसी स्वीकार गरिए नेपालको संविधानले ग्यारेन्टी गरेको समाजवादमा समेत जान नसकिने बताएका छन् ।

    नेकपा एसनिकट युवा संघले बिहीबार आयोजना गरेको कार्यक्रममा एमसीसी संशोधनबिना अनुमोदन गरिए नेपालको कानून भन्दामाथि अमेरिकी कानून माथि हुने दाबी पौडेलले गरे।

    एमसीसीमा नेपालले उदारवादी खुला अर्थतन्त्र लागू गर्नुपर्ने शर्त राखिएकाले पनि नेपाललाई समाजवादमा जानबाट यसले रोक्ने उनको भनाइ छ। ‘एमसीसीमा नेपालले उदारवादी खुला अर्थतन्त्र लागू गर्ने छ भनेको छ, त्यो भनेको नेपाल समाजवादमा जान पाउने छैन भन्ने हो, जुन हामीले संविधानमै लेखेका छौं। वैदेशिक अनुदानसँग हामी समाजवाद साट्न सक्दैनौं,’ पौडेलले भने।

    एमसीसी इन्डो प्यासेफिक रणनीतिअन्तर्गत रहेको बताउँदै पौडेलले यो ऋण हो कि अनुदान हो भन्ने कुरामा समेत दुविधा भएको उल्लेख गरे। ‘एमसीसीको पैसाले ब्याज उत्पादन भयो भने त्यसको ब्याज एमसीसीलाई दिनुपर्ने छ भनिएको छ,’ उनको प्रश्न छ, ‘यो ऋण हो कि अनुमोदन हो ?’

    एमसीसी संसदबाट अनुमोदन गर्ने कुरा जालसाजीपूर्वक राखिएको टिप्पणी गर्दै पौडेलले यो संसोधनबिना स्वीकार गर्न नसकिने बताए।

    ‘एमसीसीको सम्झौतामा अत्यन्त हानिकारिक प्रावधान राखिएको छ,’ उनको भनाइ छ, ‘त्यसलाई संशोधन गरेर मात्रै हामी स्वीकार गर्न सक्छौं । नेपालको कानूनमाथि अमेरिकी कानून लागू हुने कुरा स्वीकार गर्न सकिन्न।’

  • प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन

    प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग आज बिहान प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए ।

    प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।

    प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताएका थिए । बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए । भेटमा स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको बताइन्छ ।

    पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।

    हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ ।

  • मधेस प्रदेश : नेकपा एसका राय राज्यमन्त्री बने

    मधेस प्रदेश : नेकपा एसका राय राज्यमन्त्री बने

    जनकपुरधाम । मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका छन् ।

    मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतबाट यादवलाई सपथ गराइएको छ ।

    यादव तत्कालीन नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित भएका थिए ।

    नेकपा एसबाट यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र प्रमोद कुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री ०७८ मंसिर ५ मा नियुक्त भएका छन् ।

    योसँगै मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

  • एमसीसीको सकसः प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि संसदबाट विशेष प्रस्ताव पारित गर्ने उपाय खोजिँदै

    एमसीसीको सकसः प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि संसदबाट विशेष प्रस्ताव पारित गर्ने उपाय खोजिँदै

    काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धन भत्किन नदिन शीर्ष नेताबीच सहमति भएको छ । बुधबार बिहान र बेलुका दुईपटक प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मध्यमार्गी उपाय सुझाइएको छ ।

    सो मध्यमार्गी उपायलाई दस्तावेजीकरण गर्ने जिम्मा कानून मन्त्रालयले पाएको छ । प्रचण्ड-माधवको ‘फेस सेभ’का लागि एमसीसी अनुमोदनअघि संसदबाट नेपालको ‘एकतर्फी घोषणा’ पारित गर्ने गरी त्यसको मस्यौदाबारे कानून मन्त्री दिलेन्द्र बडूले मन्त्रालयका उच्च अधिकारीसँग सामान्य छलफल यसअघि नै गरिसकेका छन् ।

    तत्कालीन नेकपाको विवादका बेला केपी ओलीविरुद्धको अस्त्र बनाइएको एमसीसी अहिले आएर सोही विवादका एक पक्ष प्रचण्ड-माधवलाई घाँडो भएपछि देउवाले घाँडो पन्छाउन संसदबाट ‘रिजोलुसन’ पास गर्ने उपाय खोजेको कांग्रेस नेताहरुले बताएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले शीर्ष बैठकमै एमसीसी वा गठबन्धन एक रोज्न प्रचण्ड-माधवलाई चेतावनी नै दिएका थिए । त्यसयता एमसीसीलाई लिएर सभामुख अग्नि सापकोटा तथा माओवादी र नेकपा एसका नेताहरूले मिडियामा ‘स्टन्टबाजी’ गरेपछि पौडेलमात्र होइन देउवासमेत रुष्ट भएका थिए ।

    यद्यपि गठबन्धन टुट्न नदिन प्रधानमन्त्री सचेत रहेकाले नै मध्यमार्गी उपाय खोजिएको हो । यसअघि तत्कालीन केपी ओली सरकारकै पालमा एमसीसीका नेपालको संविधान कानूनसँग बाझिने प्रावधान स्वतः खारेज हुने तथा हिन्द प्रशान्त रणनीतिको अंग नहुने शर्तमा नेपालले स्वीकार गर्ने भनेर संसदबाट संकल्प प्रस्ताव पारित गर्ने विकल्प सुझाइएको थियो ।

    ‘त्यसबेला नेकपाको ‘प्रोक्सी वार’मा एमसीसीलाई हतियार बनाउन खोज्दा यो अझ गिजोलिएको हो । अहिले आएर एमाले तथा तत्कालीन प्रधानमन्त्री केपी ओली विपक्षमा छन् भने त्यसबेला ‘प्रोक्सी वार’खेल्नेहरु सत्तामा छन्’ कांग्रेसका एक प्रभावशाली मन्त्रीले भने ‘उनीहरूले हिजो एमसीसीबारे जुन भ्रम फैलाए आज त्यसको शिकार आफैं बन्ने भएकाले फेस सेभ खोजिरहेका छन्’ ।

    त्यही फेस सेभकै लागि यसअघि भदौमै गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माले संकल्प प्रस्तावको मस्यौदामाथि सामान्य छलफलसमेत चलाएका थिए । यसपटक संकल्प प्रस्ताव वा सार्वजनिक महत्वको प्रस्ताव नभनी अर्कै नाम राखेर नेपालको तर्फबाट एकतर्फी घोषणा संसदबाट पारित गरेपछि एमसीसी अनुमोदन गर्ने समझदारी शीर्ष तहमा भएको छ ।

    बुधबार साँझको सहमतिअनुसार सो एकतर्फी घोषणाको मस्यौदा हुँदैछ । अमेरिकाले भदौमा समेत एमसीसीको तर्फबाट नेपाललाई जवाफ दिइसकेकाले थप संशोधन गर्न नमानेपछि फेस सेभका लागि ओली प्रधानमन्त्री भएको बेला संकल्प प्रस्तावमा राख्ने भनिएकै विषय समेटेर मस्यौदा बन्न लागेको हो ।

    संकल्प प्रस्ताव भन्ने वा एकतर्फी घोषणा भन्ने नाम भने टुंगो नभएको कानून मन्त्रालय स्रोतले जनाएको छ । सत्ता गठबन्धन टुट्न नदिन शीर्ष नेताबीच समझदारी भए पनि अरु विषय आफूले बुझ्न बाँकी रहेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।

    बालुवाटार स्रोतले भने एमसीसी पास गर्ने सन्दर्भमा प्याकेजमा केही विषयमा लिखित सहमति गर्ने विषयसमेत शीर्ष बैठकमा उठेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पासका सन्दर्भमा फेस सेभका उपायदेखि आउने तीनै तहका चुनावमा गठबन्धन गर्नेसम्मका तीन- चार बुँदाको प्याकेज प्रस्ताव राखेको स्रोतको भनाइ छ ।

    बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्ड र माधव नेपाल दुवैजना एमसीसी पारित गर्दा आफ्नो जनमत झनै घट्ने र पार्टीभित्र मनाउनै नसक्ने त्रासमा हुनुहुन्छ । गठबन्धनबिना चुनाव एक्लै लड्ने आँट पनि उहाँहरूमा छैन त्यसैले मध्यमार्गी उपायस्वरूप कुनै प्रस्ताव संसदबाट पारित गर्ने र चुनावमा गठबन्धनको आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ ।’

    यसको परिणाम आजभोलिमै निस्किने बताइएको छ । त्यसैले चुनावको मिति घोषणा गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्नुपर्नेमा विहीबारको नियमित बैठक समेत बोलाइएको छैन ।

  • प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन (भिडिओ)

    प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गतिमा काम गर्न अन्य मन्त्री तथा मुख्यमन्त्रीहलाई निर्देशन दिएका छन् ।

    नेकपा एस निकट अनेरास्ववियूले बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मन्त्री प्रेम आलेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

    नेपालले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई समेत उपस्थित कार्यक्रममा अन्य मन्त्री र प्रदेश १ तथा वागमतीका मुख्यमन्त्रीले पनि आलेकै जस्तो क्षमता देखाउनुपर्ने बताए ।

    सो कार्यक्रममा मन्त्री आले पनि रक्तदान गरेर सहभागी भएका थिए । नेपालले गठबन्धन भत्काउने प्रयास सफल नहुने बताए ।

  • सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता-कार्यकर्ता नेकपा एसमा प्रवेश (सूचीसहित)

    सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता-कार्यकर्ता नेकपा एसमा प्रवेश (सूचीसहित)

    काठमाडौं । सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दजनौं नेता–कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

    नेकपा एस प्रवेश गर्नेहरुमा अधिकांश नेकपा एमालेका छन् । नेकपा एमाले प्रतिनिधि परिषद् सदस्य सीता थापा, ईश्वरीप्रसाद श्रेष्ठ, नेकपा एमालेको वागमती प्रदेश कमिटी सदस्य यज्ञ सापकोटा, नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष दीपक नेपाल, एमाले जिल्ला कमिटी सदस्य रवीन्द्र शर्मा, विष्णुलाल श्रेष्ठ, भरत थापालगायत नेकपा एसमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य गुणनिधि लम्साल पनि नेकपा एसमा लागेका छन् ।

    त्यस्तै माओवादी केन्द्र परित्याग गरी केही कार्यकर्ता नेकपा एसमा लागेका छन् । सिन्धुपाल्चोकका प्रभावशाली नेता सुवास कर्माचार्यको नेतृत्वमा उनीहरु नेकपा एस प्रवेश गरेका हुन् ।

    नेकपा एस प्रवेश गर्नेहरुको सूची हेर्नुहोस्

     

     

  • माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केही युवाहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न आग्रह गरेका छन् ।

    पार्टीनिकट अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा केही युवाहरूले नेपालको गाडी रोक्दै एमसीसीबारे धारणा मागेका थिए ।

    उनीहरूले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

  • मिडियाको आधारमा दिमाग खराब नगरौं, गठबन्धन कुनै हालतमा टुट्दैन : अध्यक्ष नेपाल (भिडिओ)

    मिडियाको आधारमा दिमाग खराब नगरौं, गठबन्धन कुनै हालतमा टुट्दैन : अध्यक्ष नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् ।

    अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।

    ‘अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी छैन । भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने कुरा भएको छ’, नेपालले भने ।

    उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । ‘जेठमा स्थानीय चुनाव हुँदैछ । गठबन्धन एकढिक्का भएर जानेछ । कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन’, उनले भने ।

    राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनको जितको क्रम सुरू भएको बताए । ‘देश अब गठबन्धनको राजनीतिमा गइसक्यो । अब सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्छौं’, उनले भने ।

  • नेकपा एसका महासचिव भन्छन्- एमसीसीका दस्तावेज बल्ल बाहिरिँदै छन्, अझै गहिरो अध्ययन गरौं (भिडिओ)

    नेकपा एसका महासचिव भन्छन्- एमसीसीका दस्तावेज बल्ल बाहिरिँदै छन्, अझै गहिरो अध्ययन गरौं (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का महासचिव बेदुराम भुसालले अमेरिकी सहायता परियोजना (एमसीसी) मा अझै पनि अध्ययन आवश्यक रहेको बताएका छन् ।

    बुधबार पार्टी कार्यालयमा संवाददाताहरूसँग कुरा गर्दै भुसालले सम्झौताका सहायक दस्तावेजहरु रहेको खुल्दै गएकाले पनि यसमा अध्ययन आवश्यक रहेको तर्क गरे ।

    ‘यसको गहिरो गरी अध्ययन गरौं, यसले राष्ट्रलाई फाइदा छ कि बेफाइदा छ ?,’ भुसाल भन्छन्, ‘बेफाइदा भए त किन गर्ने भन्ने हो हाम्रो कुरा । सामान्य अध्ययनका आधारमा सबै बोलिरहेका छन् । दस्तावेजको गहिरो अध्ययन त कसैले पनि गरेको छैन । थप नौ वटा दस्तावेज रहेछन् भन्ने कुरा अहिले बाहिर आयो । त्यसको अध्ययन त कसैले गर्न पाएको छैन । यस्तै-यस्तै कारणले गर्दा पनि यो विषय पेचिलो बन्दै गएको हो ।’

    भुसालले स्थानीय चुनाव गराउने विषयमा आफूहरूको कुनै मतभेद नरहेको बताए । प्रधामन्त्री शेरबहादुर देउवाले ४ जेठमा स्थानीय चुनाव तोक्ने तयारी गरिरहेका बेला भुसालले त्यसमा आफ्नो विमत्ति नरहेको बताए । ‘जेठमा चुनाव गर्न त हामीले गठबन्धन बैठकमा सुझाव नै दिएका छौं, त्यसमा कुनै विमत्ति छैन,’ भुसालले भने ।

  • गृहमन्त्री खाण माधव नेपाल निवासमा, एमसीसी र स्थानीय चुनावको मितिबारे छलफल

    गृहमन्त्री खाण माधव नेपाल निवासमा, एमसीसी र स्थानीय चुनावको मितिबारे छलफल

    काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

    बिहान साढे १० बजे नेपाल निवास कोटेश्वर पुगेका मन्त्री खाण सवा ११ बजे बाहिरिएका थिए । एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रैबाट सहयोग पाएका छैनन् ।

    यसअघि शीर्ष तहमा एमसीसी संसदबाट संकल्प प्रस्तावसहित पारित गर्ने समझदारी भए पनि माओवादी र नेकपा एसभित्र विरोध छ । प्रचण्ड र माधव नेपालले १० दिन समय मागेकामा अब एक साता बाँकी छ ।

    प्रधानमन्त्रीले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी पारित गर्न खोजेका छन् । सत्ता गठबन्धनका नेता मनाउनेक्रममा खाणलाई कोटश्वर पठाएको बालुवाटार स्रोतले जनाएको छ ।

    भेटमा स्थानीय चुनावको मिति जेठ ४ मा तोकिएको विषयमा समेत छलफल भएको बताइएको छ । गठबन्धनमा सहमति नभइ जेठ ४ को मिति तोक्न लागिएकोमा समेत नेपाल असन्तुष्ट छन् ।

    यसअघि प्रचण्डसँग छलफल गर्न देउवाले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री खाणलाई खुमलटार पठाएका थिए ।

  • नेकपा एसनिकट एकीकृत सरकारी कर्मचारी संगठन घोषणा,अध्यक्षमा मोहन घिमिरे

    नेकपा एसनिकट एकीकृत सरकारी कर्मचारी संगठन घोषणा,अध्यक्षमा मोहन घिमिरे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना गरेका छन् । यसअघि नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरिएकोमा सो समितिका अध्यक्ष रेवन्त गौतमसहितका पदाधिकारी मूलधारमै फर्किएपछि नयाँ संगठन घोषणा गरिएको हो ।

    शनिवार सम्पन्न विशेष राष्ट्रिय भेलाले मोहन घिमिरेको अध्यक्षतामा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल घोषणा गरेको हो । घिमिरे यसअघि निजामति कर्मचारी संगठनको अध्यक्ष रहिसकेका थिए ।

    विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा एसमा सक्रिय रहेका छन् । नवगठिन एकीकृत सरकारी कर्मचारी संगठनले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको छ ।

    संगठनको स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारी समेत समेटिने घिमिरेले बताएका छन् ।

    नेकपा एसले आफ्नो पार्टीमा सरकारी कर्मचारी र शिक्षकलाई सदस्यता नदिने घोषणा गरेको थियो । शनिवारको विशेष राष्ट्रिय भेलालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, श्रम मन्त्री किसान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

  • माधव नेपालले भने– राष्ट्रियसभा चुनावमा हामीले शक्ति देखाइसक्यौं, सूर्यमा विस्तारै ग्रहण लाग्दैछ (भिडिओ)

    माधव नेपालले भने– राष्ट्रियसभा चुनावमा हामीले शक्ति देखाइसक्यौं, सूर्यमा विस्तारै ग्रहण लाग्दैछ (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा उपचुनावमा नेकपा एसका उम्मेदवारले जितेकोमा हौसिँदै पार्टी अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लागेको टिप्पणी गरेका छन् । राष्ट्रियसभा चुनावमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दाबी गरेका हुन् ।

    आफूहरुको मुख्य चुनौती एमाले नामको केपी गुट भएको भन्दै उनले त्यसविरुद्ध सशक्तरुपमा उत्रन आग्रह गरेका छन् । नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय चुनावमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाए । ‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ’, उनले भने ।

    कम्युनिस्ट पार्टीभित्र आएको असहज परिस्थितिले कर्मचारी संगठन पनि प्रभावित भएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने– केही नेताहरुले कर्मचारीलाई ढाल मात्रै बनाउन खोजेका कारण समस्या भयो, अब संगठन पुनर्गठन गरेर अघि बढ्नुको विकल्प छैन ।

    कर्मचारीलाई कुनै पनि धम्कीसँग नडराइ संगठनलाई अघि बढाउन पनि उनले आग्रह गरे ।

  • मेटमणिको दाबी– एमाले हारको शृंखला सुरू मात्रै भएको छ, अन्त्य होइन

    मेटमणिको दाबी– एमाले हारको शृंखला सुरू मात्रै भएको छ, अन्त्य होइन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले नेकपा एमालेको हारको शृंखला सुरु भएको भन्दै यो निरन्तर अघि बढ्ने बताएका छन् ।

    एमालेका नेताहरुले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पराजयलाई ‘गठबन्धनको अन्तिम भोज’ का रुपमा व्याख्या गरिरहेका बेला चौधरीले यस्तो बताएका हुन् ।

    ‘अल्पज्ञानिहरूलाई के थाहा– यो हार भर्खर सुरू भएको छ र यो हारको शृंखला निरन्तर अघि बढ्ने छ,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘अबदेखि नेकपा एमाले र विजयको बीचमा कहिल्यै भेट हुने वाला छैन् । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनै छैनन् । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ ।’

    चुनावी मोर्चामा आएपछि मुख्य कुरा जित्नु मात्रै भएको भन्दै उनले एक्लै र मिलिजुली जितेको कुराले अर्थ नराख्ने बताएका छन् ।

    अरुको टेकोमा चुनाव जितेको भन्ने एमाले नेताहरुलाई २०७४ को चुनावमा गरेको गठबन्धन हेर्न चौधरीले आग्रह गरेका छन् ।

  • गोदावरीको मेयरमा पराजित एमाले नेता सिलवाल नेकपा एसमा प्रवेश

    गोदावरीको मेयरमा पराजित एमाले नेता सिलवाल नेकपा एसमा प्रवेश

    काठमाडौं । नेकपा एमालेका ललितपुर जिल्ला कमिटी पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश गरेका छन् ।

    विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा सिलवाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा लगाएर नेकपा एसमा प्रवेश गराएका हुन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका सिलवाल झिनो मतले कांग्रेसका गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।

    पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधार लगायतका नेताहरूले सिलवाललाई स्वागत गरेका थिए ।

  • कर्णालीबाट एकीकृत समाजवादीका बोहरा विजयी

    कर्णालीबाट एकीकृत समाजवादीका बोहरा विजयी

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका उम्मेदवार उदय बहादुर बोहरा निर्वाचित भएका छन् ।

    अन्य खुला तर्फ उनले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित १ सय ३२ मतभारसहित विजय भएका हुन् ।

  • प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

    प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

    विराटनगर । राष्ट्रियसभा चुनावअन्तर्गत आज भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

    महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ ।

  • माधव नेपालको दाबी- राष्ट्रियसभाका १९ वटै सिट जित्छौं, अरु चुनावमा पनि यसले तरंग ल्याउँछ (भिडिओ)

    माधव नेपालको दाबी- राष्ट्रियसभाका १९ वटै सिट जित्छौं, अरु चुनावमा पनि यसले तरंग ल्याउँछ (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उनले बताए । उनले भने, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’

    संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिए ।

    ‘एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ,’ नेपालको भनाइ छ, ‘तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ । एकैपटक गर्दा यो खर्च जोगिन्छ । उम्मेदवारको पनि पैसा जोगिन्छ ।’

  • स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल (भिडिओ)

    स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताएका छन् ।

    रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने भए पनि आउने मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल गठबन्धनमा भइरहेको बताए ।

    नेपालले भने, ‘हामी पाँच दल मिलेरै चुनावमा जान्छौं । आउने असोज, कात्तिक मंसिर महिनामा केन्द्रको चुनाव, प्रदशको चुनाव र स्थानीय चुनावमा जानेछौं । यसमा छलफल चलिरहेको छ । अहिले देखि नै तयारी गर्नुपर्छ । पार्टी प्रवेश अभियान प्रशिक्षण अभियान चलाउनुपर्छ ।’

    अध्यक्ष नेपालले २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने बताए ।

    संविधानमा गाउँसभा र नगरसभाको चुनाव सम्पन्न भएको ५ वर्ष पुगेको ६ महिनाभित्र अर्को चुनाव गराउने व्यवस्था रहेकाले एमालेको वितण्डाको अर्थ नरहेको नेपालले बताए ।

  • विषाक्त मह प्रकरण- दलाल पुँजीवादीले साना व्यवसायीको मनोवल गिराउन खोजेको नेकपा एसको आशंका

    विषाक्त मह प्रकरण- दलाल पुँजीवादीले साना व्यवसायीको मनोवल गिराउन खोजेको नेकपा एसको आशंका

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले गुणस्तरहीन विषाक्त मह उत्पादन तथा विक्रीवितरणमा संलग्न व्यवसायी नरेश श्रेष्ठको फोटो सन्चारमाध्यम र सामाजिक सन्जालमा राखेर चरित्रहत्या गरिएको भन्दै मानहानीको अभियोगमा कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

    नेकपा एसका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेलले आइतवार प्रेस वक्तव्य जारी गर्दै सन्चारमाध्यम र सामाजिक सन्जाल प्रयोगकर्तालाई तत्काल माफी माग्दै समाचारका क्रममा राखिएको फोटो हटाउन अनुरोध गरेका छन् ।

    गत शुक्रवार करीव ७ हजार किलोग्राम विषाक्त मह र नक्कली मह बनाउने कच्चा पदार्थसहित महानगरीय प्रहरी अपराध महाशाखाले ज्याठाका मह उत्पादक व्यवसायी नरेश श्रेष्ठलाई पक्राउ गरी प्रमाणसहित तस्बिर सार्वजनिक गरेको थियो ।

    प्रहरीले आफ्नो फेसबुक पेजमा राखेको विवरण र तस्बिरका आधारमा सन्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेका थिए भने सामाजिक सन्जालमा पनि तिनै तस्बिर र समाचार भाइरल भएका छन् ।

    पक्राउ परेका व्यवसायी श्रेष्ठ नेकपा एस सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन् । नेकपा एसका जिल्ला अध्यक्ष पौडेलले कुनै पनि व्यवसायमा आबद्ध व्यक्तिको पार्टी रोज्न पाउने नैसर्गिक अधिकार रहेको र व्यक्तिगत तथा व्यवसायिक क्रियाकलापलाई जोडेर पार्टीका नेतृत्वको फोटोसहित प्रचार गर्नु अनैतिक तथा गैरकानूनी तथा पत्रकार आचारसंहिता विपरीत रहेको बताएका छन् ।

    पौडेलले दलाल पुँजिवादी समाजमा एकाधिकार पुँजिवादी वर्गले प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीको मनोवल गिराउने हिसाबले गरिने षडयन्त्रप्रति सचेत हुन समेत आग्रह गरेका छन् ।

    पौडेलले भनेका छन्- ‘घटनाको सत्य तथ्य खोजी हुँदैछ । यो विषयले समग्र मह उत्पादक र वितरकको समेत उत्पादन परीक्षण गर्न र जनस्वास्थ्य मापदण्डअनुसार कारोवार गर्ने गराउनेतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्दछ । दलाल पुँजीवादी समाजमा एकाधिकार पुँजीवादी वर्गले प्रतिपर्धात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीको मनोवल गिराउने हिसावले गरिने षड्यन्त्रप्रति सचेत हुँदै गलत गर्नेमाथि सजायसहित वास्तविक न्याय स्थापित गर्न प्रहरी प्रशासन र नेपाल सरकारकै ध्यान जानुपर्ने यस घटनाले देखाएको छ ।’

    यी पनि पढ्नुस्

    गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन

    ७ हजार लिटर नक्कली महसहित एकजना पक्राउ

    प्रेस विज्ञप्ति
    मिति २०७८ माघ ७ गते शुक्रबारदेखि काठमाडौंको ज्याठास्थित एक सहकारी सञ्चालक तथा मह उत्पादक उद्योग व्यवसायी नरेश श्रेष्ठलाई महानगरीय प्रहरीको टाेलीले पक्राउ गरेकाे घटनासँग जाेडेर केही सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले हाम्रो पार्टीकाे नेताहरूकोसमेत फाेटाे जाेडी गरिएकाे गैरकानुनी कृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य खाेजी हुँदैछ । याे विषयले समग्र मह उत्पादक र वितरकको समेत उत्पादन परीक्षण गर्न र जनस्वास्थ्य मापदण्डअनुसार काराेवार गर्ने गराउनेतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्दछ । दलाल पुँजीवादी समाजमा एकाधिकार पुँजीवादी वर्गले प्रतिष्प्रधात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीकाे मनाेवल गिराउने हिसाबले गरिने षड्यन्त्रप्रति सचेत हुँदै गलत गर्नेमाथि सजायसहित वास्तविक न्याय स्थापित गर्न प्रहरी प्रशासन र नेपाल सरकारकै ध्यान जानुपर्ने यस घटनाले देखाएकाे छ । हाम्रो पार्टी जनस्वास्थ्यमा प्रतिकुल असर पार्नेकुनै पनि व्यवहार, प्रचलित कानुन र व्यवसायीक मर्यादाविपरीतका हरेक कार्यप्रति निर्ममतापूर्वक लड्दै काेही पनि निर्दाेषमाथि शक्तिको दुरुपयोग गरि हुनसक्ने अन्यायप्रतिसमेत सचेत रही समाजमा सुशासन कायम गराउन दृढ रहेकाे छ । कुनै पनि व्यवसायमा आबद्ध व्यक्तिको पार्टी राेज्न पाउने नैसर्गिक अधिकार रहेकाे र व्यक्तिगत व्यवसायिक क्रियाकलापलाई जाेडेर कुनै पनि सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयाेगकर्तासमेतले पार्टीको बद्नाम गराउन खाेज्नु तथा पार्टीका अन्य नेतृत्वको फाेटाे जाेडेर प्रचार गर्नु अनैतिक, गैरकानुनी र पत्रकार आचारसंहिता विपरीत रहेकाेले साे सम्बन्धमासमेत प्रशासनलाई ध्यानाकर्षण गराउँदै त्यस कार्यमा सम्बद्ध सम्बन्धित सञ्चार हाउस तथा सामाजिक सञ्जाल प्रयाेगकर्तालाई तत्काल सार्वजनिक रुपमा माफी मागी समाचारका क्रममा राखिएको फाेटाे हटाउन अनुराेध गर्दछाैँ । अन्यथा मानहानी विरुद्धको कानुनी उपचारमा जान बाध्य हुने चेतावनी दिन चाहन्छाैँ ।
    नवराज पाैडेल अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी, सिन्धुपाल्चोक ।
  • पुरानो शैलीमा चलेको भन्दै केन्द्रीय परिषद् सदस्य यादवले छाडे नेकपा एस

    पुरानो शैलीमा चलेको भन्दै केन्द्रीय परिषद् सदस्य यादवले छाडे नेकपा एस

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेको घोषणा गरेका छन् ।

    महोत्तरीको औरही नगरपालिका घर भएका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गरेका हुन् । पार्टी नयाँ बन्यो तर नयाँपन केही नदेखिएपछि छाडेको उनले बताए । यादवले नेपाल प्रेससँग भने, ‘पार्टी ज्वाइन गर्दा बखान गर्ने र छाड्दा गाली गर्ने प्रवृत्ति ठीक होइन् । पुरानै एजेण्डा र शैलीमा पार्टी चलेपछि त्यागेको मात्र भन्छु ।’

    नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछि बनेको नेकपाकालमा उनी महोत्तरी सचिव थिए । यादव नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसमेत रहिसकेका छन् । उनले पुन: एमालेमै फर्किन सकिने बताए ।