Category: नेकपा एस

  • होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

    होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताएका छन् । होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नलाई जनताले साथ दिने बताए ।

    निर्वाचनमा प्रगतिशील र प्रतिगामीबीच प्रतिस्पर्धा हुने भन्दै नेपालले जनताले प्रगतिशील विचारलाई साथ दिनुपर्ने बताए । ‘आउने चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । प्रगतिशील भूमिका खेल्नेहरुलाई अवसर दिनुपर्छ भने प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ’ नेपालले भने ।

    सो क्रममा नेता नेपालले समाजवादीको चुनाव चिह्न कलम सत्य र न्यायको प्रतीक रहेको उल्लेख गरे । ‘सत्य र न्यायको प्रतीकका रुपमा रहेको कलमले अबको चुनावमा कमाल गर्नुपर्छ । कलमको प्रचार र पार्टीको संगठन निर्माणमा हामी सक्रिय भएर लागौं’, उनले भने ।

    सो क्रममा अध्यक्ष नेपालले क्षणिक स्वार्थका लागि सञ्चारमाध्यमहरुले सत्यको संप्रेषण गर्न छाड्न नहुने बताए ।

  • सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    कैलाली । असोज २३ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे । करिब ३० मिनेटसम्म तीन जनाले प्रदेशमा गठवन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे ।

    तीनैजनाको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठवन्धनको वैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए । ‘यो सबैको साझा कुरा हो । यसमा सबै मिलेर अघि बढ्नु पर्छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ । म प्रस्ताव राख्छु ।’

    प्रधानमन्त्री तथा पार्टी सभापतिलाई लविङ गरेको करिव ६ महिनासम्म पनि सुदूरपश्चिममा सरकार परिवर्तन हुन सकेको छैन । मुख्यमन्त्री दावी गरेको प्रदेशमा कांग्रेसले मन्त्रीसम्म पाएको छैन । सुदूरपश्चिममा सबैभन्दा ठुलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । तत्काल सरकार परिवर्तनको अवस्था नभएको सो पार्टीका नेताहरू बताउँछन् ।

    ‘अहिले सरकार फेरिने वा मन्त्रीपरिषद् हेरफेरको कुरा आएको छैन’ नेकपा एसका नेतृ तथा प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘यस विषयमा कुनै पनि छलफल भएको छैन ।’

    अहिले माओवादी नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी नगराउने रणनीति एकीकृत समाजवादीले लिएको छ । फागुन २५ गते केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरूले आफ्नो पार्टीलाई स्थापित गर्न सुदूरपश्चिम सरकारमा कांग्रेसलाई समेट्न नहुने सुझाव दिएका थिए ।

    ‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भनेका थिए, ‘त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ । काँग्रेसलाई बलियो बनाउने कि हामी आफैंलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौँ । कांग्रेसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यस कारण काँग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउन् ध्यान जानु¥यो ।’

    माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठवन्धन हुँदा प्रदेशमा ती दुवै दललाई वेवास्ता गरिएको नेपाली कांग्रेसको गुनासो छ ।

    यसरी पेलियो कांग्रेस

    जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै थिए । एमाले विभाजन हुनुभन्दा अघि नै तत्कालीन माधव नेपाल पक्षले संसदीय दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो ।

    एमाले केन्द्रीय नेतृत्वले भने विपक्षमा मतदान गर्ने ह्विप जारी गर्यो । जसपाले पनि निर्णय नै गरेर विपक्षमा मतदान गर्‍यो । तर, नेपाली कांग्रेस भने अलमलमा थियो । उ सरकार जोगाउन चाहन्थ्यो, तर आफूले विश्वासको मत दिन चाहन्थेन ।

    विश्वास प्रस्तावको मतदानमा सरकारको पक्षमा ३० र विपक्षमा ९ भोट मात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र तत्कालीन जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले अन्तमा मतदानमै भाग लिएन ।

    ‘विश्वासको मत नपुगे हामी दिन्छौँ, नत्र हामी पक्ष र विपक्ष दुवैमा मत दिँदैनौँ,’ कांग्रेस नेताहरूले त्यो बेला भनेका थिए ।

    मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मत नदिएको कांग्रेस त्यसपछिको १० महिनामा सुदूरपश्चिममा निकै कमजोर अवस्थामा पुगेको छ । अहिले न केन्द्रीय गठबन्धन अनुसार कांग्रेस सरकारमा छ, न त बलियो प्रतिपक्षको भूमिकामा ।

    कांग्रेस अहिलेसम्म सुदूरपश्चिमको तेस्रो ठूलो दल र प्रमुख प्रतिपक्ष हो । तर, त्यो अनुसारको भूमिका पार्टीले निर्वाह गर्न नसकेको स्वयं कांग्र्रेसकै सांसदहरू बताउँछन् । पहिलो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् ।

    यस्तै, दोस्रोमा माओवादी केन्द्रका १३ सांसद र कांग्रेसका १२ सांसद छन् । सरकार सञ्चालन गर्न माओवादी र नेकपा एसकै सांसद पर्याप्त भएपछि अहिले कांग्रेसले खासै भाउ पाएको छैन । त्यसैले कांग्रेसभित्रै विरोध सुरु हुन थालेको छ ।

    देउवाको प्राथमिकतामा पनि सुदूरपश्चिमभन्दा पहिले कर्णाली परेपछि यहाँ कांग्रेस थप कमजोर भएको बताइन्छ । विगतमा सरकारका काम कारबाहीको खरो विरोध गर्ने कांग्रेस अहिले मौन रहँदा पनि उनीहरूको भूमिकामाथि प्रश्न उठेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रदेशसभा भवनको गेटमा कांग्रेसले रातो किताब जलाएको थियो । कांग्रेसले पत्रकार सम्मेलन नै गरेर बजेट उपलब्ध गराउनुपर्ने प्रदेशस्थित गौरवका आयोजनाहरू सार्वजनिकसमेत गरेको थियो । त्यो बेलासम्म कांग्रेस प्रदेशमा दह्रो प्रतिपक्षको रूपमा स्थापित भएको थियो । विगतमा बजेटकै विषयमा विरोध गर्दै झण्डै एक महिना संसद् सुचारु हुन नदिएको कांग्रेस यस वर्ष भने बजेट पारित गर्दा मौन बस्यो ।

    केन्द्रीय नेतृत्व र गठवन्धनकै कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस कमजोर भएको संसदीय दलका नेता डा. रणबहादुर रावल बताउँछन् । उनले अहिले सरकारबाट कांग्रेस पेलिएको भन्दै यहाँ गठबन्धन नरहेको समेत उल्लेख गरे । सरकारले गरेको कामबाट जनता उत्साहित हुन नसकेको समेत उनको गुनासो छ ।

    ‘सुदूरपश्चिममा गठबन्धन नै छैन । यहाँ दुई दलको मात्रै सरकारको हो,’ उनले भने, ‘जनता खुसी छैनन्, यस्तो सरकारमा सामेल भएर हामी पनि यसको भागिदारी बन्न चाहन्नौँ ।’

    सरकारको नेतृत्व पाए मात्रै गठवन्धमा सहभागी हुने रणनीति रहेको उनले बताए ।

    कांग्रेस आउने प्रचण्डको विश्वास

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

    सोमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भाग मागेपछि कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन लागिएको बताएका थिए । कांग्रेसलाई सरकारमा सहभागी गराउने कुरा टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको उनको दावी थियो ।

    प्रचण्डले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदूरपश्चिममा आफ्नो प्रतिनिधित्व नरहेको भनेर कुरा उठाइरहेको थियो ।’

    मन्त्रीको संख्या बढाउने ठाउँ नभएकाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

    प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बिचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो । कांग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्रै मान्छौँ । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन । भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुन्छ । अहिले समाजवादीको मन्त्रीहरू धेरै हुनुहुन्छ । माधव नेपालजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ, अलिकति त्याग गर्ने पालो तपाईँको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

    यता नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसमाथि छलछाम भएको आरोप लगाए । आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने उनले बताएएका छन् ।

    डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सुरुआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड–माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।

  • नेकपा एसका मन्त्री अर्को पार्टीका अध्यक्षको घरको गेट पाले बन्न गएः सुदेश पराजुली

    नेकपा एसका मन्त्री अर्को पार्टीका अध्यक्षको घरको गेट पाले बन्न गएः सुदेश पराजुली

    काठमाडौं । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले  नेकपा एसका मन्त्री राति राति अर्काे पार्टीको अध्यक्षको घरमा गेट पाले बस्न जाने गरेको आरोप  लगाएका छन् । यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीको गम्भीर समिक्षा गर्न जरुरी भएको बताएका हुन् ।

    उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राती राती अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने १ यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समिक्षा गर्नु जरुरी छ ।’

    नेपाल कम्युनिस्ट एकीकृत समाजवादी पार्टीमा लागेका आम नेता कार्यकर्ताको अहिलेको भावलाई पार्टीबाट सरकारमा सहभागी मन्त्रीको माथि उल्लेख गरेका (जनता कार्यकर्ता भन्दा माफिया दलाल प्यारो देख्ने सेटिङ्ग गर्ने) गतिविधिले प्रतिनिधित्व गर्न सक्छ त भन्ने प्रश्न खडा भएको उनले बताए ।

    यस्तै उनले आफनो पार्टीबाट मन्त्री बनेकाहरु जनतासँग भन्दा बढी दलाल माफियासँग सम्बन्ध कसिलो बनाउन लालायित देखिएको भन्दै आक्रो पोखे ।

    मन्त्री भएपछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे परेको भन्दै उनले मन्त्रीहरुको यस्तो व्यवहारबाट कार्यकर्ताले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको बताए ।

    उनले भनेका छन्,‘मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुररकसिलो वनाउनु पर्दछ । तर यहाँ मन्त्री स्वयं जनता र कार्यकर्तासंग भन्दा बढि सम्बन्ध दलाल माफियासंग कसिलो बनाउन लालायित देखिन्छन् । मन्त्री भए पछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे छ ।मन्त्री भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नुरहुनु हो । मन्त्रीहरुको यस्तो व्यवहारबाट हामीले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ ।’

  • झलनाथको दावी- कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जान्छ, एक नम्बरमा मलाई हराउने भनेछन् (भिडिओ)

    झलनाथको दावी- कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जान्छ, एक नम्बरमा मलाई हराउने भनेछन् (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका एकथरी नेताहरुको बैठक बसेर आगामी चुनावमा एक नम्बरमा झलनाथ हराउने निर्णय गरेको आरोप लगाएका छन् ।

    नेकपा एसको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले एमालेले पनि आफ्नो निर्वाचन क्षेत्र इलामबाटै केपी ओलीको उपस्थितिमा अभियान सञ्चालन गर्न लागेको बताए ।

    खनालले निर्वाचनमा कांग्रेसहरु बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरुले सबै ठाउँमा जित्ने दावी गर्नुमा पनि पैसाको धाकमात्र रहेको बताए । उनले एमालेले पनि पैसाको बोरा लिएर जाने बताए ।

    खनालले भने- कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ । कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने,सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन । अर्को चुनावमा पक्का जित्छौं,अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्ने भन्दा इलाम १ बाट । केपी ओली ६ गते जाँदैछन् ।

    खनालले पैसा लिएर जानेहरुलाई ठाउँ ठाउँ लखेट्नुपर्ने बताए । खनालले सिट जित्ने कुरालाई दोस्रो प्राथमिकता दिएर पहिलो प्राथमिकता बिचारमा दिनुपर्ने बताए ।

     

  • माधव नेपालको दावी- पाँच दल मिलेर सबै ठाउँमा जित्छौं, केपी ओलीको पार्टीलाई धुलोपिठो पार्छौं (भिडिओ)

    माधव नेपालको दावी- पाँच दल मिलेर सबै ठाउँमा जित्छौं, केपी ओलीको पार्टीलाई धुलोपिठो पार्छौं (भिडिओ)

    धादिङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दल मिलेर चुनावमा गएपछि एमालेलाई धुलोपिठो बनाइने दावी गरेका छन् ।

    धादिङको गल्छी गाउँपालिकामा आयोजित नेकपा एसको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको भविष्य अन्धकार रहेको बताए ।

    नेपालले भने- अहिले नेपाली कांग्रेस,माओवादी र जसपाले हामीसँग भनिरहेका छन्,राजमोले पनि भनिरहेको छ, हामी मिलेर जाऔं । हामी मिलेर गयौं भने सबै ठाउँ जित्नेछौं,केपी ओलीको पार्टी धुलोपिठो हुनेछ । त्यो पार्टीको भविष्य खत्तम छ ।

    नेपालले स्थानीय तहमा तालमेल गर्दा एउटा पार्टीले प्रमुख, अर्कोले उपप्रमुख, एउटा वडाध्यक्ष र अर्कोले सदस्य लिएर गठबन्धन गर्न सकिने बताए ।

    उनले एउटा वडामा एउटा पार्टीले अध्यक्ष पाउँदा अर्कोले अर्कोमा पाउने बताए । उनले नेकपा एस एक्लै जित्ने ठाउँमा एक्लै पनि चुनाव लड्ने कार्यकर्तालाई जानकारी दिए ।

  • प्रतिवेदन पारित गर्दै सकियो नेकपा एसको केन्द्रीय समिति बैठक

    प्रतिवेदन पारित गर्दै सकियो नेकपा एसको केन्द्रीय समिति बैठक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दुई दिनदेखि जारी केन्द्रीय समितिको तेस्रो बैठक सकिएको छ । विहीबार सकिएको बैठकले अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको हो ।

    प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो । बैठकबाट मोर्चा संगठन र सम्पर्क मञ्च सञ्चालन निर्देशिकासमेत पारित भएको छ । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरिएको छ ।

  • पाँच महिनापछि नेकपा एसमा फर्किए कँडेल, केन्द्रीय सदस्यको सपथग्रहण

    पाँच महिनापछि नेकपा एसमा फर्किए कँडेल, केन्द्रीय सदस्यको सपथग्रहण

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा झम्क कँडेल दोस्रोपटक मनोनीत भएका छन् । उनी कात्तिकमा एक दिनमात्र नेकपा एसको केन्द्रीय सदस्य बनेर एमालेमा फर्किएका थिए ।

    पाँच महिनापछि पुनः उनी नेकपा एसमै फर्किएर विहीबार केन्द्रीय सदस्यको सपथ ग्रहण गरेका छन् । नेकपा एमालेको रामेछाप जिल्ला कमिटी उपसचिव रहेकै बेला नेकपा एकीकृत समाजवादीमा लागेर केन्द्रीय सदस्य सदस्य बनेका झम्क कँडेल लगत्तै एमालेमा फर्किएका थिए ।

    उनी पुस २३ मा सम्पन्न एमालेको जिल्ला अधिवेशनमा अध्यक्षको उम्मदेवार बन्न प्रयास गरेका थिए । तर, अध्यक्ष बन्न नपाएपछि उनी पुनः नेकपा एसमै फर्किएका हुन् ।

  • नेकपा एसका नेताको टिप्पणी- सस्तो लोकप्रियतामा रमाउने कांग्रेस नेता मात्रै गठबन्धनको विरोधी (भिडिओ)

    नेकपा एसका नेताको टिप्पणी- सस्तो लोकप्रियतामा रमाउने कांग्रेस नेता मात्रै गठबन्धनको विरोधी (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले कांग्रेसका सस्तो लोकप्रियताको पछि लाग्ने नेताहरूले मात्रै गठबन्धनको विरोध गरिरहेको टिप्पणी गरेका छन् । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकबीच विहीबार पत्रकारहरूसँग कुरा गर्दै तुलाधरले मुल नेतृत्व भने गठबन्धनकै पक्षमा रहेको दाबी गरे।

    ‘शीर्ष नेतृत्व पंक्तिले एउटा कुरा गर्ने र दोस्रो पंक्तिका नेताहरूले उत्ताउलो कुरा गर्नु सस्तो लोकप्रियताका लागि मात्रै हो भन्ने कुरा उहाँकै नेताहरूले भन्नुहुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र हिजो महाधिवेशनमा जित्नका लागि पनि चर्को नारा, अलि उत्ताउलो कुरा, अर्कालाई खसाल्ने कुरा गर्दा भोट आउँछ भन्ने कुराबाट ग्रसित हुनुहुन्थ्यो । त्यही मनोविज्ञानबाट ग्रसित केही नेताहरू भोलिको निर्वाचनमा आफ्ना पक्षहरूको पल्ला भारी गर्नका लागि यो कुरा उठाइरहेको जस्तो लाग्छ ।’

    गठबन्धन आफूहरूलाई मात्रै नभइ कांग्रेसलाई समेत आवश्यक रहेको तुलाधरको भनाइ छ ।

    ‘गठबन्धनको आवश्यकता हामीलाई मात्रै होइन, गठबन्धनमा आबद्ध सबै दललाई आवश्यकता छ । अरु दलले त्यो चाहना गरेनन् भने त्यो नहुन पनि सक्छ । नेपाली कांग्रेसले चाहेन भने नेपाली कांग्रेस बाहेकको पनि गठबन्धन बन्न सक्छ । त्यो कुरा स्वयं नेपाली कांग्रेसलाई घाटा पनि हुनसक्छ ।’

    यद्यपि नेपाली कांग्रेसको मुल नेतृत्व गठबन्धन कायमै गरेर जानुपर्छ भन्ने पक्षमा रहेको तुलाधरको भनाइ छ ।

  • नेकपा एसको बैठकमा रिपोर्टिङ- सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सामेल नगरौं

    नेकपा एसको बैठकमा रिपोर्टिङ- सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सामेल नगरौं

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरूले नेपाली कांग्रेसलाई सुदूरपश्चिम सरकारमा समेट्न नहुने सुझाव दिएका छन् । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा सुदूरपश्चिम क्षेत्रका नेताहरूले त्यहाँ आफ्नो पार्टीलाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् ।

    ‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भने, ‘त्यहाँ माओवादी र हाम्रो पूर्णबहुमत छ । कांग्रेसलाई बलियो बनाउने कि हामीलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौं । उसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यसकारण कांग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउने गरी ध्यान जानुपर्‍यो ।’

    कुँवरले गठबन्धनको भावानाअनुसार प्रदेश र जिल्ला तहमा प्रशासनिक प्रमुखहरू सरुवा नभएको समेत गुनासो गरे।

    ‘सीडीओको सरुवा गरेका छन्, एसपी, डीएसीको सरुवा गरेका छन्,’ उनको भनाइ छ, ‘हामीले आफ्नो अनुकूलका कर्मचारी प्रदेश र पालिकामा लान सकेका छैनौं । गठबन्धन हो भने त्यही अनुसारले जानुपर्छ । सरकारमा सहभागी छौं भन्ने अनुभूति तलबाट हुनुपर्‍यो ।’

  • नेकपा एस बैठकको दोस्रो दिन : समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

    नेकपा एस बैठकको दोस्रो दिन : समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीति प्रतिवदेनमाथि समूहगत छलफलको निष्कर्ष पेस भइरहेको छ ।

    नेपालको प्रतिवेदनमाथि ९ वटा समूह बनाएर हिजो र आज बिहान छलफल गरिएको थियो । समूहगत छलफलबाट आएका सुझावहरू समेटेर प्रतिवेदन परिमार्जन गरिने छ ।

    बैठकले स्थानीय चुनावकेन्द्रित अभियानसमेत घोषणा गर्दैछ ।

  • नेकपा एसको ठहर- आगामी चुनाव केपी ओली र गठबन्धनबीच हुँदैछ (प्रतिवेदनसहित)

    नेकपा एसको ठहर- आगामी चुनाव केपी ओली र गठबन्धनबीच हुँदैछ (प्रतिवेदनसहित)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुक अहिले नेकपा एमालेका अध्यक्ष केपी ओली र पाँच दलीय गठबन्धनका रूपमा दुई धारमा विभाजित रहेको भन्दै ओलीविरुद्ध सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएको छ ।

    बुधवार सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन भत्काउन र पुनः शक्तिमा फर्किन केपी ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाइएको छ ।

    नेपालले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘मुलुक यतिबेला राजनीतिकरूपले मुलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्णकार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहने वाम लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् । …यस गठबन्धन र सहकार्यलाई कम्तीमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्ममात्र होइन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ ।’

    प्रतिवेदनमा अध्यक्ष नेपालले आगामी निर्वाचनमा सत्ता गठबन्धन बनाउनैपर्ने बताएका छन् । प्रतिवेदनबाट आगामी चैत १५ भित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने कार्ययोजना पेस गरिएको छ ।

    त्यस्तै सबै कमिटी र जनसंगठनहरूलाई आर्थिक संकलनको कार्य तीब्र बनाउन निर्देशन दिइएको छ । अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह गठन भएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

    जसका लागि ७ प्रदेशको ७ समूह तथा उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा र केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी ९ समुहमा विहीबार बिहानसम्म छलफल हुने र त्यसमा अध्यक्षले जवाफ दिएपछि पारित हुने उनको भनाइ छ ।

    हेर्नुस् बैठकमा अध्यक्ष नेपालले पेस गेको राजनीतिक प्रतिवेदन :

  • ‘हिजो प्रतिगमन भन्ने प्रचण्ड-माधव आज संसद विघटन गरी चुनावमा जाने कुरा गर्न थाले’

    ‘हिजो प्रतिगमन भन्ने प्रचण्ड-माधव आज संसद विघटन गरी चुनावमा जाने कुरा गर्न थाले’

    काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

    नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाए ।

    पोखरेलले प्रतिनिधिसभा विघटनको औचित्यसमेत पुष्टि हुँदै गएको बताए ।

    ‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने । अनि संसद विघटन गरेर चुनाव जान खोज्दा प्रतिगन भनियो,’ महासचिव पोखरेलले भने, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’

    एमसीसी पास गर्न गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामु ‘लाज छोप्ने टालो’ मात्र हो ।’

  • एमसीसीबारे माधवको प्रतिवेदन- ओलीका सबै शर्त मान्न देउवा तयार भइसकेका थिए (पूर्णपाठ)

    एमसीसीबारे माधवको प्रतिवेदन- ओलीका सबै शर्त मान्न देउवा तयार भइसकेका थिए (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने र आफूहरुका साथै सभामुखको समेत पद धरापमा पर्ने भएपछि बाध्यात्मकरूपमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको प्रतिवेदन पेस गरेका छन् ।

    एमसीसीका सन्दर्भमा भ्रम र यथार्थ प्रष्ट पार्न केन्द्रीय कमिटीको जारी बैठकमा नेपालले पेस गरेको ११ पृष्ठको प्रतिवेदनमा आफूहरूले एमसीसी पारित नगर्दा नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका सबै शर्त पूरा गर्न तयार भइसकेकाले ठूलो संकटबाट पार लगाइएको उल्लेख छ ।

    प्रतिवेदनमा नेपालले भनेका छन्, ‘नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने निर्णयमा पुग्नु र केपी ओलीले त्यसका लागि आफ्ना शर्तमा कांग्रेसलाई झुकाएर सम्झौता पारित गराउने षडयन्त्र गरिरहेको परिस्थितिमा हामीले उपयुक्त निर्णयमा पुग्ने बुद्धिमता देखाउनै पर्थ्यो । एमसीसी पारित गर्नका लागि ओलीले सभामुखलाई तत्काल हटाउनु पर्ने, नेकपा एकीकृत समाजवादीका चौध जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने, नेकपा एकीकृत समाजवादीको दर्ता खारेजीका लागि आवश्यक कदम चाल्नुपर्ने, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने, वर्तमान गठबन्धन तोडी कांग्रेस-एमाले गठबन्धन बनाउनुपर्ने, प्रदेश सरकारमा आफ्नो शक्ति अनुसार मुख्यमन्त्री पाउनुपर्ने लगायतका शर्तहरू प्रधानमन्त्रीसमक्ष राख्ने काम गरेका थिए । एमसीसी पारित गराउन नेपाली कांग्रेसले पनि करिब-करिब सबै शर्तहरू मान्न तयार भइसकेको थियो ।

    हेर्नुहोस् बैठकमा पेस गरेको माधव नेपालको प्रतिवेदनको पूर्णपाठ :

     

  • एसको बैठकमा ब्रिफिङ- गगनहरूले कांग्रेस एक्लै लड्दा १५५, गठबन्धन गर्दा ७० सिटमात्र जित्ने रिपोर्ट गरेछन् (भिडिओ)

    एसको बैठकमा ब्रिफिङ- गगनहरूले कांग्रेस एक्लै लड्दा १५५, गठबन्धन गर्दा ७० सिटमात्र जित्ने रिपोर्ट गरेछन् (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले स्थानीय र सबै तहका चुनावमा तालमेल गर्नुपर्नेमा जोड दिएको छ । गठबन्धन नभए आफूहरूको मात्र होइन कांग्रेस पनि अस्तित्व संकटमा पर्ने नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले बताए ।

    बैठककै बीचमा पत्रकारहरूसँग कुरा गर्दै तुलाधरले गठबन्धनमा कोही साना वा ठूला दल नरहेको भन्दै सबैको अस्तित्व बराबर हुने बताए । तीनै तहका चुनावमा गठबन्धन भए आफूहरू संकटमा पर्ने भन्दै तुलाधरले तर कांग्रेसलाई पनि गठबन्धन आवश्यक रहेको बताए ।

    बैठकमा कांग्रेसभित्र चुनावमा एक्लै लड्ने मत राख्ने नेताहरूलाई समेत मनाएर चुनावमा सत्ता गठबन्धनलाई लैजानुपर्नेमा नेताहरूले जोड दिएका छन् । गठबन्धन गर्दा भन्दा नगर्दा फाइदा हुने केही कांग्रेस नेताको अनुसन्धान आफूले थाहा पाएको सम्मानित नेता झलनाथ खनालले बैठकमा ब्रिफिङ गरेका थिए ।

    खनालले बैठकमा भने, ‘कांग्रेसमा दुई धार छ । गगन थापाहरू एक्लै जानुपर्छ भन्नेमा छन् । उनीहरूले अनुसन्धान गरेका रहेछन् । कांग्रेस एक्लै हिँड्यो भने १५५ सिट र गठबन्धनमा जाँदा ७० सिटमात्र जित्ने भन्ने रहेछ । ‘

    गठबन्धनलाई जसरी पनि तीनै तहका चुनावमा लैजानुपर्ने नेकपा एसको ठहर रहेको छ । कुन स्थानीय तहमा कसको शक्ति कति छ भन्ने वस्तुगत मुल्यांकन समेत पेश गर्न अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।

    नेपालले बैठकमा भने, ‘सकेसम्म गठबन्धन सबै ठाउँमा मिल्ने हो । नत्र जति ठाउँमा मिल्न सकिन्छ मिलेर जाने । अरुको पोजिसन पनि जानकारी राख्ने मुल्यांकन गर्ने । केही पार्टीलाई हामी नै जित्छौं भन्ने भ्रम छ,त्यो भ्रम तोड्नुपर्छ ।’

  • नेकपा एसको केन्द्रीय कमिटी बैठकका ११ तस्बिर

    नेकपा एसको केन्द्रीय कमिटी बैठकका ११ तस्बिर

    काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा आजबाट सुरू बैठक आसन्न वैशाख ३० को स्थानीय तह चुनावमा केन्द्रित रहेको बताइएकव छ ।

    स्थानीय तह निर्वाचनलाई मुख्य एजेण्डा बनाएर बैठकमा राजनीतिक प्रतिवेदन पेस गरिएको र सोही अनुसारको कार्ययोजना, संगठन विस्तार र पुनर्गठनबारे छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    खतिवडाका अनुसार एमसीसी अनुमोदनपश्चात उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे पनि बैठकमा छलफल हुनेछ ।

    खतिवडाले भने, ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हाम्रा शक्ति, सम्पूर्ण ध्यान केन्द्रित गरेर अगाडि जानेछौं । आजको राजनीतिक परिस्थिति, विभिन्न राजनीतिक दलहरूबीच भएको शक्ति सन्तुलन, अब हामीले जानुपर्ने बाटोमा विषयमा हामी छलफल गर्नेछौं । चुनाव प्रचारका लागि कसरी अघि बढछौं ? गठबन्धन कुन ढंगले अगाडि बढछ ? एमसीसी संसदबाट पारित गरिसके पश्चात् अव उत्पन्न हुने परिस्थिति र त्यसलाई कसरी हामी समाधान गर्न सक्छौं ? भन्ने विषयमा पनि छलफल हुनेछ । मूलतः एजेन्डाको रूपमा आज राजनीतिक प्रतिवेदन, आगामी कार्ययोजना, संगठन विस्तार र पुनर्गठनका कार्यक्रमहरु नै मुख्य विषय बन्नेछन ।’

  • पार्टी बैठकमा झलनाथले भने- एमसीसी अहिलेकै शर्तमा कार्यान्वयन भए त्यो कम्युनिष्ट र चीनविरुद्ध हुन्छ

    पार्टी बैठकमा झलनाथले भने- एमसीसी अहिलेकै शर्तमा कार्यान्वयन भए त्यो कम्युनिष्ट र चीनविरुद्ध हुन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकतर्फ घोषणाबाट पारित भएको एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयनमा गएमा त्यो कम्युनिष्ट र चीनविरोधी हुने बताएका छन् ।

    नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालपछि बोलेका खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई लेटर अफ एक्सचेन्जमार्फत सम्झौताको अंग बनाउनुपर्ने बताए ।

    खनालले भने, ‘धेरै ठुलो मुद्दा हो । यसबारे हामीले नै पहिले कुरा उठाएको हो । मेरै नेतृत्वमा कार्यदल बनेको थियो । पछिल्लो अवस्थामा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने हुन्थ्यो । एकदम हतारहतारमा भयो । व्याख्यात्मक घोषणा गर्नै नसकिने होइन । तर, हामीले एकतर्फी गर्‍यौं । जे गरिएको छ, त्यसलाई उपलब्धिमा बनाउनुपर्छ । लेटर अफ एक्सचेन्जबाट यसलाई सम्झौताको अंग बनाउनु पर्छ । अब यो कसरी कार्यनयन हुन्छ ? अहिले कै शर्तमा भयो भने यो कम्युनिष्ट र चीनविरोधी हुन्छ । यो एकलौटी सम्झौता जस्तो भयो । हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो ।

    खनालले अब एमसीसीको नाममा विवाद नगर्ने भन्दै केही कुरा भए पनि चुनावसम्म स्थगित गरौं भनेका छन् । यसअघि अध्यक्ष नेपालले एमसीसीको विरुद्धमा फेसबुकमा लेखिएका स्टाटस डिलिट गर्न र यसबारे जथाभावी नबोल्न नेताहरूलाई चेतावनी दिएका थिए ।

    अब सम्झौता गर्दा यस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ। अब एमससीसीको नाममा विवाद गर्ने कुरा छैन । केही कुरा भए पनि चुनावसम्म स्थगन गरौं ।

  • एमसीसीबारे आपत्तिजनक कुरा फेसबुकमा लेख्ने नेतालाई स्पष्टिकरण सोध्ने माधव नेपालको चेतावनी

    एमसीसीबारे आपत्तिजनक कुरा फेसबुकमा लेख्ने नेतालाई स्पष्टिकरण सोध्ने माधव नेपालको चेतावनी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् ।

    बुधबार सुरु भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले कुनै पनि नेताको नाम नलिइ गल्ती स्वीकार नगरे स्पष्टिकरण सोधिने बताए ।

    नेपालले भने, ‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टिकरण सोध्नुपर्ने नहोस् । ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।

    यसअघि पोलिटब्यूरो बैठकमा पनि अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालको आलोचना गरेका थिए ।

    एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालले बैठकमा बताए ।

    केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरेर गठबन्धन जोगाइएको नेपालले बैठकमा बताए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा अरु दलसँग तालमेल गरेर एमालेलाई पराजित गर्ने बताए ।

  • एमाले केपी ओलीको कब्जामा गइसकेपछि विद्रोह गर्नुपरेको हो : माधव नेपाल (भिडिओ)

    एमाले केपी ओलीको कब्जामा गइसकेपछि विद्रोह गर्नुपरेको हो : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।

    बुधबारबाट सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताए ।

    नेपालले भने, ‘हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्यो । उनको कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था बनेन । हामीले कि त केपी ओलीको आदेश पालक बन्नुपर्थ्यो कि विद्रोह । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको हो ।’

    विद्रोहको सुरूआत २०७७ चेत ४ र ५ गते राष्ट्रिय भेलाबाटै भएको उनले बताए ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

    नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

    काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दैछ । काठमाडौं बबरमहलस्थित कार्की ब्यांकेटमा आज र भोलि चल्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ ।

    बैठक ११ बजेका लागि डाकिएको छ ।

    नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगााउन चाहन्छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केही नेताले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत खोजेको भन्दै कडा टिप्पणी गर्दा पनि नेताहरु निरीह बनेको आरोप लागेको छ ।

  • माधव नेपालले गरे झलनाथको आलोचना, प्रेम आलेले भने- एमसीसी फिनिस्

    माधव नेपालले गरे झलनाथको आलोचना, प्रेम आलेले भने- एमसीसी फिनिस्

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीमाथिको भूमिकालाई लिएर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खानालको आलोचना भएको छ ।

    २५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सोमबार बसेको पोलिटब्युरो बैठकमा खनालको आलोचना भएको हो । एमसीसीमा पार्टी नीति विपरितको भूमिका खेलेको भन्दै अध्यक्ष माधव नेपालले समेत खनालको आलोचना गरेका छन् ।

    व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय नेकपा (एस) ले गरेको भए पनि खनालले त्यसमा फरक मत राखेका थिए । खनालले संसदको रोष्टममै उभिएर एमसीसी देशका लागि घात भएको भन्दै त्यो पारित गर्न नहुने पक्षमा आफ्ना भनाइ राखेका थिए ।

    एमसीसीका नाममा पार्टी विभाजन गर्न खोजेको भन्दै अन्य नेताहरुले पनि खनालको आलोचना गरेका छन् । अध्यक्ष नेपालले एमसीसीमा पार्टीको नीति विपरित किन बोलेको भन्दै खनालको आलोचना गरेका थिए ।

    एमसीसी आफूहरुले पास नगरेको भए पनि कांग्रेसले एमालेको साथ लिएर पास गर्ने भन्दै नेपालले आफूहरुले गलत नगरेको बताएका थिए ।

    ‘एमसीसी हामीले पास नगरेको भए कांग्रेसले केपी ओलीसँग मिलेर पास गर्थ्यो । उनीहरुले गर्दा ठिक, हामीले गर्दा बेठिक हुन्छ ?’ एमसीसीमा खनालको भूमि ठिक नभएको अध्यक्ष नेपालको भनाइ थियो । ‘यो बेला हामीले ठिक गर्‍यौं भन्नुपर्नेमा तपाईंको भूमिका ठिक भएन,’ नेपालले भनेका थिए ।

    नेपालको भनाइमा नेता मुकुन्द न्यौपानेले पनि सहमति जनाएका थिए । नेपाललाई साथ दिँदै खनालको गतिविधि ठिक नभएको बताएका थिए ।

    बैठकमा पर्यटन मन्त्री समेत रहेका प्रेम आलेले अध्यक्ष नेपाल भन्दा पनि अघि बढेर खनालको आलोचना गरेका थिए । सम्मानित नेता भएकाले त्यही अनुसारकै भूमिकामा बस्न आलेले सुझाव दिएका थिए । ‘तपाईं सम्मानित नेता हो, सम्मानित ठाउँमा बस्नुहोस्,’ आलेको भनाई थियो, ‘हामीले सम्मान गर्ने ठाउँ राख्नुहोस् ।’

    नेकपाकालमा एमसीसीको विरोध खनालले गर्दा आफूहरुले साथ दिएको भए पनि अब त्यो सकिएको आलेको भनाइ थियो । ‘नेकपाकालमा तपाईंले नो एमसीसी भन्नुभयो, हामी त्यसको पछि लाग्यौं,’ उनले भनेका थिए,‘अहिले हामीसहित एमसीसी पारित भइसकेपछि अब ‘फिनिस एमसीसी’ ।’

    एमसीसीका नाममा विवाद गर्दा केपी ओलीलाई फाइदा पुग्ने भन्दै त्यसो गर्न नहुने आलेको भनाइ थियो ।

    फागुन २५–२६ गते बस्ने केन्द्रीय समिति बैठकका लागि अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल समेत भएको थियो ।

    प्रतिवेदनमा पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, घटनाक्रम र विवरणहरु समेटिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    नेताहरुको सुझावसहित प्रतिवेदन पारित गरिएको बताइएको छ। केन्द्रीय समिति बैठमा अध्यक्ष नेपालले उक्त प्रतिवेदन पेस गर्ने छन् ।

  • बार चुनाव : गठबन्धनतर्फ कांग्रेसका घिमिरे अध्यक्ष र माओवादीबाट अन्जिता महासचिवको उम्मेदवार

    बार चुनाव : गठबन्धनतर्फ कांग्रेसका घिमिरे अध्यक्ष र माओवादीबाट अन्जिता महासचिवको उम्मेदवार

    काठमाडौं । नेपाल बार एशोसिएशनको नेतृत्वका लागि सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) का पूर्वअध्यक्ष पनि हुन् ।

    कांग्रेसको १४औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक समेत रहेका घिमिरेलाई गठबन्धनले अध्यक्ष उठाउने भएको हो । त्यस्तै महासचिवमा अन्जिता खनाललाई अघि सारिएको छ । खनाल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न लागेकी हुन् ।

    यसअघि महासचिवमा दिनमणि पोखरेललाई प्रस्ताव गरिए पनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पोखरेल पछि हटेका थिए ।

    वागमतीबाट उपाध्यक्षमा नेकपा एसका हर्क रावलले उम्मेदवारी दिँदैछन् ।

    अध्यक्षसहित १५ पद कांग्रेसलाई साथै उपाध्यक्ष, महासचिवसहित पद गठबन्धनका अन्य घटकलाई भागबण्डा गरिएको छ ।

    एमालेनिकटको कानून व्यवसायी पीपीएलएविरुद्ध मिलेर लड्न डीएलए नेतृत्वको गठबन्धनको प्यानल तयार पारिँदैछ ।

    पीपीएलएले भने विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल घोषणा गरिसकेको छ ।

  • फागुन २३ को अन्तरकथा: नेकपा खारेजीको पृष्ठभूमि र सर्वोच्च फैसलाका साइट इफेक्ट

    फागुन २३ को अन्तरकथा: नेकपा खारेजीको पृष्ठभूमि र सर्वोच्च फैसलाका साइट इफेक्ट

    काठमाडौं । २०७७ फागुन २३ गते अपरान्ह ३ बजे तत्कालीन विभाजित नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालसहितका नेताहरु संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई नेकपा संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाइएको सूचना टाँस्न आफूहरुले गरेको निर्णय थमाएर सिंहदरवारको काठघरबाट बाहिरिँदै थिए ।

    त्यसअघि दलको बैठक नबसी र सबै सांसद सहभागी भएर संसदीय दलको नेता चयन प्रक्रिया नपुगेको भन्दै सचिवालयले प्रचण्ड-माधव पक्षले गरेको एकपक्षीय निर्णय स्वीकार गर्न नमानेपछि दुई घण्टाभन्दा बढी महासचिव गौतमको कार्यकक्षमा गलफत्ती चलेको थियो ।

    लामो गलफतीपछि महासचिव गौतम प्रचण्ड-माधव पक्षको निर्णय सचिवालयमा दर्ता गर्न सहमत भएका थिए । त्यसै दिन ओलीलाई प्रतिनिधिसभा सदस्यबाट समेत निष्कासन गरी झापा क्षेत्र नम्बर ५ रिक्त गर्ने अर्को निर्णय पनि प्रचण्ड-माधव पक्षले गरेर सभामुखलाई सूचना टाँस गराउने तयारी थियो ।

    ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीसहित १० जना नेतालाई प्रचण्ड-माधव पक्षले निष्कासन गरिसकेको थियो । सम्भवतः ओली पक्षमा रहेका अरु केही सांसदहरुलाई समेत निष्कासन गरेको सूचना सभामुखबाट टाँस्ने र संसदीय दलमा कम्फरटेबल बहुमत बनाउने योजना थियो ।

    ओलीलाई हटाइएको सूचना दर्ता गरेर काठघरबाट बाहिर निस्कदा ननिस्कदै नेपाल प्रेसमा ब्रेकिङ न्युज आयो- ऋषि कट्टेलले मुद्दा जिते, ओली-प्रचण्डको नेकपा खारेज । यो समाचारको विश्वसनीयता पुष्टि गर्न केही नेताले फोन गर्दै थिए फेरि अर्को समाचार नेपाल प्रेसमै आयो- सर्वोच्चको फैसला: एमाले र माओवादी केन्द्र ब्युँतिए । अदालतको फैसलाको पूर्णपाठ नै आएपछि नेताहरु तत्कालीन नेकपाको प्रचण्ड पक्षीय संसदीय दलको कार्यालयमा थचक्कै बसे ।

    नेपाली राजनीतिकै बाटो मोडिदिएको र सांसद सदस्य समेत खारेज गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन नै समाप्त हुनबाट जोगाएको सर्वोच्चको त्यो फैसला आएको आज ठिक एक वर्ष पुगेको छ । त्यो फैसला आएको साँझ तत्कालीन नेकपाको केपी ओली पक्षका कार्यकर्ताले दीपावली गरे भने प्रचण्ड-माधवले ओलीलाई सिध्याइयो भनेर खाएको लड्डू अपच भयो । प्रधानमन्त्री बन्न ठिक्क परेका प्रचण्डले भने- ओलीलाई सिध्याइयो भनेर हामी रिल्याक्स गरेर बस्यौं, त्यहीबेला सर्वोच्चले टाउकोमा बजार्यो ।

    नत्र के हुन्थ्यो होला ?

    यदि सर्वोच्च अदालतले फागुन २३ गते त्यो फैसला नगरेको भए के हुन्थ्यो होला ? स्वाभाविक रुपमा केपी ओलीलाई प्रचण्ड-माधव पक्षले पार्टीको साधारण सदस्यबाट निष्कासन गरिसकेका थिए । सांसद सदस्यबाट पनि निष्कासन गरेर सभामुखमार्फत सूचना टाँस्ने र सडकमा फाल्ने काम सबैभन्दा पहिले हुन्थ्यो ।

    त्यतिलेमात्र ओलीको शक्ति कमजोर नहुने र उनीसँग तत्कालीन नेकपाको केन्द्रीय कमिटीको संख्या कम भए पनि साबिक एमालेको ७० प्रतिशतभन्दा ठूलो हिस्सा थियो । त्यसका लागि ओली पक्षमा रहेका प्रमुख नेताहरुलाई पनि निष्कासन गर्ने र अरुलाई तर्साएर आफूतिर तान्ने दोस्रो कदम हुन्थ्यो ।

    त्यसको वातावरण फागुन ११ गते संसद पुन:स्थापनालगत्तै बसेको प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठकले बनाइसकेको थियो । ओलीको पक्षमा माहौल बनाएको भन्दै सुवास नेम्वाङलाई स्थायी कमिटी सदस्य र उपनेताबाट हटाउने निर्णय भइसकेको थियो । महासचिव बिष्णु पौडेललाई त्यसअघि नै निष्कासन गरिसकेका थिए ।

    प्रमुख सचेतक विशाल भट्टराई,सचेतक शान्ता चौधरी,केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्णवहादुर थापा, सूर्य थापा र निरु पाललाई प्रचण्ड-माधव पक्षको बैठकले निष्कासित गरिसकेको थियो । बुबाको निधन भएर किरियामा बसेका कारण गोकुल बास्कोटाको नाम अन्तिममा काटिएको थियो । अरु केहीलाई निष्कासनको त्रास देखाउँदै ओली पक्ष छाड्न औपचारिक रुपमै आग्रह गरिएको थियो ।

    एक दुईदिनभित्रै निर्वाचन आयोगले पनि प्रचण्ड–माधव समूहलाई नेकपाको आधिकारिकता दिने थियो । किनकी आयोगका पदाधिकारीले राति ११ बजे कोटेश्वर पुगेर माधव नेपालसँग भेटेको कुरा भित्रभित्रै आगोझैं सल्किसकेको थियो । एमालेको बिरासत र सूर्य चिन्ह प्रचण्डको कब्जामा जान्थ्यो भन्ने विष्णु रिमालको विश्लेषणमा असहमत हुने ठाउँ छैन ।

    ओलीलाई ठेगान लगाएपछि प्रचण्ड अझ शक्तिशाली बन्ने निश्चित थियो, किनकी माधव पक्षकै पूर्वएमालेहरुको ठूलै पंक्ति प्रचण्डमा विलीन हुन तयार नै थियो । खुमलटार पुगेर स्थायी कमिटीकै कतिपय सदस्यले माधव नेपाललाई हिजो पनि हामीले छाता मानेको हो,अबको नेता तपाईँ हो भन्दै ओली हटाएपछि प्रचण्ड सर्वेसर्वा हुने सपना देखाइसकेका थिए ।

    संसारमा सायदै यस्तो हुन्छ होला,आफ्नो पार्टी खारेज हुँदा कार्यकर्ता खुसीले दिपावली गर्छन् । फागुन २३ गते नेपाली राजनीतिमा त्यही दृष्य देखियो । तत्कालीन नेकपाको केपी ओली पक्षका नेता कार्यकर्ताले सर्वोच्चको फैसलाको स्वागतमा दिपावली गरे, खुसीले नाचे । ३४ महिनाअघिको नेकपा एमाले, सूर्य चिन्ह र जनताको बहुदलीय जनवाद फिर्ता पाएर ठूलो राजनीतिक संकट पार भएकोमा उनीहरुले खुसी मनाएका थिए । यसका साथै एमालेको विरासत जोगिएको थियो ।

    माधव नेपाल दलका नेता नबन्दा..

    अर्कोतिर प्रधानमन्त्री बन्ने माधव नेपालको सुसुप्त आकांक्षालाई ओलीविरोधी माहौलभित्र गुमसुम पारेर आफू एमाले बिरासतसहितको नेकपाको शक्तिसाली अध्यक्ष र प्रधानमन्त्री बन्ने प्रचण्डको अन्तिम पाइला सर्वोच्चको फागुन २३ को फैसलाले जमिनमै धसाइदिएको थियो । त्यसबेला शक्तिकेन्द्रहरुमा गाइँगुइँ सुनिएअनुसार यदि माधव नेपाललाई संसदीय दलको नेता बनाउन प्रचण्ड तयार भएका थिए भने सायद सर्वोच्चको त्यो फैसला नआउन पनि सक्थ्यो ।

    फागुन ११ को संसद पुन:स्थापनाको फैसलाको वरपर प्रधान न्यायाधीशले माधव नेपाल समक्ष संसदीय दलको नेता बन्ने अवस्था छ कि छैन ? भनेर खबर पठाएका थिए । नेपालले आफू बन्न सक्ने जवाफ पठाए । कहीँ न कहीँ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा नेकपा विभाजित नहोस्, राजनीतिक अस्थिरता नआवस र केपी ओलीको राजनीति पनि जोगियोस् भन्नेमा थिए ।

    उनी माधव नेपालप्रति सधैं उदार थिए । नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला राणाले नै उनलाई तेस्रो अध्यक्ष हुन सुझाएका थिए । तर नेपालले मानेनन् । त्यसपछि संसद पुनस्र्थापनासँगै माधव नेपाल दलको नेता र प्रधानमन्त्री बनून् र केपी ओली नेकपाको प्रथम अध्यक्ष भइरहुन् भन्ने राणाको चाहना प्रचण्ड-माधवले नबुझेका होइनन् ।

    ओलीविरुद्ध २०७७ कात्तिकमा प्रचण्डसहित सचिवालयका ५ जना नेताले लगाएको ३८ पृष्ठको अभियोगमा प्रचण्डले प्रधान न्यायाधीशसँग ओलीले साँठगाँठ गरेको भनेर आरोप लगाएपछि राणा रुष्ट थिए । पछि प्रचण्डको सचिवालयले अभियोगपत्रमा उल्लेखित सो कुराको आशय त्यस्तो नरहेको भन्दै खण्डन समेत गरेको थियो । तर राणा प्रचण्डलाई नेपाली राजनीतिको मैदानबाट प्याराफिट बाहिर पुर्याउन चाहान्थे भन्ने चाहिँ बुझिएकै थियो ।

    तर माधव नेपालले एकातिर शक्ति केन्द्रमा म दलको नेता बन्छु भनेर वचन दिए तर संसद पुनस्र्थापनापछि प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठकमा उनको नाम दलको नेतामा कसैले लिएन । बरु झलनाथले प्रचण्डको नाम लिए, माधव दलको नेता बन्न पाएनन् वा म बन्छु भन्न सकेनन् ।

    प्रचण्ड-माधव अर्को नाम लिएर किन गएनन् ?

    २०७७ फागुन २३ गते सर्वोच्च अदालतले विभिन्न आधार र कारण देखाउँदै नेकपा ऋषि कट्टेलकै भएकाले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई बदर गरे पनि उनीहरुलाई अर्को नाम लिएर निर्वाचन आयोगमा जान रोकेको थिएन ।

    फैसलामै भनिएको थियो– अब यी दुई राजनीतिक दल (एमाले र माओवादी) एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियमविपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम अत्यावश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ ।

    अदालतको सो परमादेश बमोजिम आयोगले १५ दिनभित्र अरसँग नजुध्ने गरी अर्को नाम लिएर आउन भनेको थियो । तत्कालीन नेकपाका दुई तिहाई केन्द्रीय सदस्य आफूहरुसँग रहेको दाबी गर्ने प्रचण्ड-माधवले नाम अर्को लिएर हामी नै आधिकारिक हौं भन्दै आयोग जान सक्थे । तर फैसलाको भोलिपल्टै पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक बसेर प्रचण्ड-माधव छुट्टिए ।

    केपी ओलीले फैसलाको भोलि वा पर्सिपल्ट प्रचण्डलाई टेलिफोन गरेर निर्वाचन आयोगले दिएको समयभित्र अर्को नाम लिएर जाने प्रस्ताव औपचारिकताका लागि भने पनि राखेका थिए । तर प्रचण्डले त्यसलाई बेवास्ता गरे । प्रचण्ड फैसलाविरुद्ध पुनरावलोकनमा गए पनि भित्रभित्रै आ-आफ्नो पार्टी चलाउन दुवै नेता अघि बढिसकेका थिए ।

    एक दिन अगाडिमात्र केपी ओलीलाई सांसदबाट समेत निष्कासन गरेर सडकमा फाल्ने र ओलीनिकट नेता र सांसदहरुलाई समेत छानीछानी निष्कासन गरेर पार्टीविहीन बनाउने अभियानको अगुवाइ गरेका माधव नेपाललाई सर्वोच्चको फैसलाले सबैभन्दा ठूलो चोट दियो । आफैंले दुई महिनाभित्र चारपटक निष्कासन गरेका ओलीलाई नेता मानेर लुरुलुरु फर्किनु अवश्य पनि पीडादायक थियो ।

    पेरिसडाँडाबाट बाहिरिएका गह्रौं  पाइलाहरु एमालेको तत्कालीन पार्टीका कार्यालय धुम्बाराही पुग्नलाई बानेश्वरको अर्याल होटलमा पुगेर केही दिन रोकिए । ओलीले बोलाएपछि वार्ताका लागि धुम्बाराही पुगेका नेता त्यसपछि कहिल्यै फर्किन पाएनन् र अन्ततः पेरिसडाँडामा फर्किदा साथमा रहेका १४ मध्ये तीनजनामात्र स्थायी कमिटी सदस्य बोकेर एमालेबाट बाहिरिए ।

    प्रचण्डले भुइँको टिप्न खोज्दा पोल्टाको गुमाए

    नेकपाकालमा ओलीविरुद्ध प्रचण्डलाई निर्णायक लडाइमा उतार्न माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको मुख्य हात थियो । हाल एमालेमा रहेका बादल, लेखराज, टोपवहादुरहरुमात्र होइन हाल माओवादीमै रहेका हरिबोल गजुरेल, शक्ति बस्नेतहरु लगायत ठूलो पंक्तिले प्रचण्डलाई पूर्व एमालेभित्र समीकरण बनाउनेभन्दा एकता र संघर्ष जे गर्नुपरे पनि ओलीसँगै गर्न सुझाएका थिए ।

    तर प्रचण्डले तत्कालीन नेकपामा पूर्व एमालेभित्र खेल्दा आफ्नो पक्षमा दुई तिहाई वहमुत केन्द्रीय कमिटीमा पुग्ने र विशाल कम्युनिस्ट पार्टी तथा सरकारको नेतृत्व गर्न पाउने सम्भावना देखे । अन्तिममा नेकपा त रहेन नै, माओवादी केन्द्र पनि सग्लो फिर्ता पाएनन् । तत्कालीन स्थायी कमिटीमा ५ जना र केन्द्रीय कमिटीमा २३ जनासहित वडादेखि केन्द्रसम्मका सयौं नेता केपी ओलीसँगै एमालेमा समाहित भए ।

    भुइँको टिप्न खोज्दा पोल्टाको गुमाए । एमालेको आधा शक्तिसहित सिंगो माओवादी समेतको भीमकाय नेकपाको नेतृत्व गर्न खोज्दा आफ्नै जनयुद्धका कमाण्डरहरु समेत उनीसँग रहेनन् । नेकपाबाट माओवादी केन्द्रमा फर्किँदा प्रचण्डसम्म केन्द्रका होइन वडा तहका समेत एकजना एमाले गएनन्, किनभने ओलीविरोधी एमाले माधव नेपालसँगै फर्किए ।

    संघीय सांसद ५ जना, प्रदेश सांसद ९ जनासहित दुई दर्जनभन्दा बढी मेयर, उपमेयर र करिब दुई सयजना निर्वाचित वडाध्यक्षसहित जनप्रतिनिधिको पनि ठूलो संख्या सर्वोच्चको फैसलापछि माओवादीमा फर्केनन् । केपी ओलीलाई हटाएर नेकपाको शक्तिसाली अध्यक्ष बन्न अग्रसर भएका प्रचण्ड,एमालेसँग एकता गर्दाको भन्दा सानो आकारको माओवादी लिएर फर्कन बाध्य भए ।

    ओलीविरुद्धको लडाइँमा उक्साउने माधव नेपाल,झलनाथहरु सर्वोच्च अदालतको भोलिपल्टै पेरिसँडाडाबाट बिदा भए । उनीहरुले निर्वाचन आयोगमा अर्को नाम लिएर आफूसँग रहेका भनिएका दुईतिहाइ केन्द्रीय सदस्यहरुको परेड खेलाउन किन चाहेनन् ? त्यो लडाईँ अझ केही दिन लम्बिन सक्थ्यो । तर प्रचण्डले आफ्नाहरु मात्र गुमाएनन्, आफूलाई उक्साउनेहरुबाट पनि धोका पाए ।

    ओली र प्रचण्ड-माधव को गलत ? जनमत परीक्षण गर

    माधव नेपालले सर्वोच्चको फैसलापछि आफ्नो समानान्तर शक्ति र शर्तसहित एमालेमा रहन करिब ६ महिना संघर्ष गरे । खासमा उनी सके एमालेमा पनि बहुमत जुटाएर केपी ओलीलाई हटाउने, नत्र विद्रोह गरेर फर्किने समझदारीमै पेरिसडाँडाबाट निस्किएको प्रचण्डले बताएका थिए । तर त्यसबीचमा उनले एमालेमा शक्ति आर्जन गर्न त सकेनन् नै आफूसँग भएको मुख्य लिडरशीपसहितको जनाधार भएको पार्टी पंक्तिसमेत केपी ओलीलाई जिम्मा लगाएर निस्किए ।

    माधव नेपालको यसबीचको उपलब्धी भनेको केपी ओलीलाई सत्ताच्युत गर्नु र एमालेका प्रदेश सरकारहरु ढाल्नु रह्यो । केपी ओलीलाई भने फागुन २३ को फैसलाले राजनीतिक पुनर्जीवनमात्र दिएन, फेरि एकपटक बलियो पार्टीमार्फत देशको नेतृत्व गर्ने मौका जीवितै बनाइदियो । सर्वोच्चले केपी ओलीलाई एमाले र शेरवहादुर देउवालाई सत्ता त दियो तर जनताले के दिन्छन् ? यसका लागि भने अब लगातार हुने चुनाव नै निर्णायक हुन् ।

    तर यति चाहिँ भन्नैपर्छ, फागुन २३ को फैसलाले नेपालको राजनीतिको कोर्ष बदल्यो । यसको तत्कालीन फाइदा र घाटाको कुरा बिर्सदा अब एक चुनाव केपी ओली एकातिर र प्रचण्ड-माधव अर्कोतिर भएर चुनावमा जानु उपयुक्त हुन्छ । जनताले दिएको करीव दुई तिहाई बहुमत नेकपाका यीनै नेताहरुको लडाइँका कारण गुम्यो ।

    नेकपाकालको त्यो विवाद र जनमतको कदर नहुनुमा को दोषी थिए ? जनताले फैसला गर्न पाउनुपर्छ । ओली गलत थिएछन् भने जनताले प्रचण्ड-माधवलाई एमालेभन्दा ठूलो दल बनाइदिनेछन् । प्रचण्ड-माधव गलत थिए भने एमालेलाई जिताउनेछन् । नत्र आफूलाई कामै गर्न नदिएको र षडयन्त्रपूर्वक पार्टी तथा सरकारबाट हटाउन खोजेकाले संसद ताजा जनादेशमा जान खोजेको भन्ने ओलीको दावी र ओलीले पार्टी तथा सरकार चलाउन नसकेको भन्ने प्रचण्ड-माधवको दावी कहाँ परीक्षण हुने ?

    कांग्रेसले पनि कम्युनिस्टहरुलाई जनतामा परीक्षित हुन दिएर एक्लै चुनाव जित्ने अभियानमा जानु नै मुलुकको हितमा हुनेछ ।

    र अन्तमा,

    फागुन २३ को फैसलाको बदला प्रचण्ड-माधवले कांग्रेसलाई समेत मनाएर चोलेन्द्रविरुद्ध महाअभियोग लगाएर लिइसकेका छन् । फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र प्रचण्डको पुनरावलोकन निवेदनलाई निस्सा नदिएका तेजबहादुर केसीसँग प्रचण्ड पक्षीय न्यायाधीशहरु दिपक कार्की र आनन्दमोहन भट्टराईले बेन्च सेयर नगरेर फैसलाप्रतिको प्रतिशोध साँधिसकेका छन् ।

    अब बाँकी नेकपालाई ५ वर्षको लागि प्राप्त म्याण्डेट असफल हुनुमा ओली वा प्रचण्ड माधव को जिम्मेवार थिए ? यसको फैसला सर्वोच्च अदालतबाट भन्दा जनअदालतबाटै हुनुपर्छ ।

  • नेकपा एस जान एमाले छाडेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश गर्दै

    नेकपा एस जान एमाले छाडेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश गर्दै

    सिन्धुपाल्चोक । जिल्ला अध्यक्ष हुन नपाएपछि नेकपा एमाले छाडेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । क्षेत्रीसहित उनका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि भोलि कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

    एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले केही समयअघि नेकपा एमाले छाडेको घोषणा गरेका थिए । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार थिए । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गरेका हुन् ।

    एमाले छाडेपछि उनी नेकपा एसमा जाने चर्चा चलेको थियो ।

    स्रोतका अनुसार नेपाली कांग्रेसले केदार क्षेत्रीलाई प्रदेशसभा निर्वाचनको र भाइ कृष्ण क्षेत्रीलाई गाउँपालिकाको टिकट दिने वचन दिएको छ ।

    लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गरेका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

    सिन्धुपाल्चोकका अर्का नेता सुवास कर्माचार्य पनि एमाले केन्द्रीय सदस्य हुन नपाएपछि नेकपा एसमा लागेका छन् ।

  • नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक फागुन २५ र २६ गते काठमाडौंमा सम्पन्न हुने संगठन विभागका सचिव लक्ष्मण केसीले बताए ।

    बैठकमा आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल हुने सचिव केसीले बताए ।

    उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्ने तयारी छ । बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने सचिव केसीले बताए ।

  • गठबन्धन बैठक : एमसीसी पास गराएकोमा देउवाले दिए प्रचण्ड-माधवलाई धन्यवाद

    गठबन्धन बैठक : एमसीसी पास गराएकोमा देउवाले दिए प्रचण्ड-माधवलाई धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष धन्यवाद दिएका छन् ।

    सत्तारुढ गठबन्धनमा आबद्ध ४ दलको आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवसहित गठबन्धनका सबै नेताहरूलाई धन्यवाद दिएका हुन् ।

    ‘एमसीसीको अन्यौल चिरेर अनुमोदन गर्न सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद । प्रचण्डजी र माधवजीलाई अझ विशेष धन्यवाद’, बैठकमा प्रधानमन्त्री देउवाले भने ।

    गठबन्धन बैठकमा एमसीसी अनुमोदनपछिको राजनीतिक कोर्सबारे छलफल भएको थियो । बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेललाई प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

    ‘आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद सञ्चालन गरेर राष्ट्रका यावत् समस्याबारे संसदमा छलफल हुने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेको छ’, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

    प्रवक्ता कार्कीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको थियो । बैठकमा स्थानीय निर्वाचनमा चुनावी तालमेलको सन्दर्भमा पनि छलफल भएको थियो ।

    गठबन्धनका अपरिहार्यता महसुस भए पनि चुनावी तालमेलबारे दलहरूभित्र आन्तरिक बहस भएर निष्कर्षमा पुग्नुपर्ने कार्कीले बताए ।

    ‘चुनावी तालमेलबारे सबै दलभित्र छलफल हुनै बाँकी छ । गठबन्धन रहन्छ तर तालमेलबारे प्रष्ट भइसकेको छैन’, कार्कीले भने ।

  • व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नु अज्ञानीहरुको कुरा मात्रै हो : नेपाल (भिडिओ)

    व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नु अज्ञानीहरुको कुरा मात्रै हो : नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमाथि घोषणा गरिएको व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नेलाई ज्ञानको कमी भएको टिप्पणी गरेका छन् ।

    ‘केही पनि होइन यो भनेर जसरी प्रचार गर्न खोजिएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘ अन्तर्राष्ट्रिय सन्धी सम्बन्धि व्यवहारको ज्ञान नभएका अज्ञानीहरुको कुरा मात्रै हो त्यो । उनीहरुलाई यो पनि थाहा छैन कि २०७७ सालमा सन्धी सम्बन्धी नियमावली जारी भएको थियो । त्यसमा कुनै पनि सन्धीका साथमा त्यसलाई अगाडि प्रस्तुत गर्‍यो भने त्यससँग त्यो जोडिन पुग्दछ भन्ने व्यवस्था गरेको छ । त्यही आधारमा व्याख्यात्म घोषणा तयार भएको हो ।’

    सिंगो संसदले व्याख्यात्मक घोषणा गरेको र त्यसलाई अमेरिका र चीनले समेत स्वागत गरेको दावी गर्दैै विरोधको कुनै अर्थ नहुने नेपालको भनाइ छ ।

    उनले भने, ‘सिंगो संसदले (सम्भवत दुई चार जना बाहेक केपी ओलीकाले पनि विरोध गरेनन्)अनुमोदन गरिसकेपछि त्यसको बारेमा अमेरिकाले पनि सकरात्मक प्रतिक्रिया र स्वयं चीनले पनि सकरात्मक प्रतिक्रिया दिएपछि यसको केही पनि अर्थ छैन भन्ने ?’

    १२ बुँदे व्याख्यात्मक घोषणबाट एमसीसीबारेका भ्रम चिर्ने प्रयास गरिएको भन्दै नेपालले नेपालको संविधानभन्दा माथि केही नरहेको समेत बताए ।

    ‘१२ बुँदेमा जनतामा गएको सबै भ्रमलाई चिर्ने कोसिस भएकोछ,’ नेपालको भनाइ छ, ‘प्रष्ट पार्न खोजिएको छ । नेपालको संविधान भन्दामाथि कुनै चिज हुन सक्दैन भनिएको छ ।’

  • माधव नेपालको टिप्पणी- एमसीसी अघि बढाउन तमासा गर्ने ओली अहिले मुकदर्शक भएर बसे (भिडिओ)

    माधव नेपालको टिप्पणी- एमसीसी अघि बढाउन तमासा गर्ने ओली अहिले मुकदर्शक भएर बसे (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका छन् ।

    मंगलबार एमसीसीबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘अन्तमा न समर्थन, न विरोध । एउटा प्रहसन, तमासा जस्तो सुनियो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’

    नेपालले आफ्नो पार्टी देखेर ओली विचलित भएको अरोपसमेत लगाए । ‘उनी विचलित हुनुको कारण हाम्रो पार्टी र हाम्रो पार्टीको अस्तित्व देखेर हो,’ उनले भने ।

    आफ्नो पार्टी संवैधानिकरूपमा बनेको नेपालको भनाइ छ । ‘हाम्रो पार्टी वैधानिकरुपमा स्थापित भएको हो,’ उनले भने, ‘सर्वोच्च अदालतले ७६ को (६) मा कुनै ह्वीप लाग्दैन भन्ने सर्वोच्चले फैसला गरेको छ । त्यसमा कुनै कारबाही गर्न मिल्दैन्थ्यो ।’

    आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दावी गरे । ‘अदालतमा गएको कुरामा संसदमा कुरा उठाउन पाइन्छ ?,’ उनको भनाइ छ, ‘संविधान, ऐनको उल्लघंन गर्ने काम केपी ओली एण्ड कम्पनीबाट हुँदै आएको छ ।’

  • एमसीसी अनुमोदनबारे प्रष्ट्याउन नेकपा एसका अध्यक्ष माधव नेपालको पत्रकार सम्मेलन (लाइभ)

    एमसीसी अनुमोदनबारे प्रष्ट्याउन नेकपा एसका अध्यक्ष माधव नेपालको पत्रकार सम्मेलन (लाइभ)

    काठमाडौं । लामो रस्साकस्सीबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले प्रष्टीकरण दिन थालेका छन् । यसैक्रममा
    नेकपा (एकीकृत समाजवादी) ले बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेको छ ।

    पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन लागेका हुन् ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि आजै एमसीसी र समसामयिक राजनीतिक परिवेशबारे धारणा राख्दैछ ।

    नेपाली कांग्रेस र माओवादीले भने हिजै दिउँसो पत्रकार सम्मेलन गरिसकेका छन् ।

    हेर्नुस् : नेकपा एसले जारी गरेको प्रेस विज्ञप्ति

  • नेकपा एसले पत्रकार सम्मेलन गर्दै, एमसीसी अनुमोदनबारे प्रष्ट्याउने

    नेकपा एसले पत्रकार सम्मेलन गर्दै, एमसीसी अनुमोदनबारे प्रष्ट्याउने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पत्रकार सम्मेलन आयोजना गरेको छ । लामो रस्साकस्सीबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले प्रष्टीकरण दिन थालेका छन् ।

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् । नेकपा एसले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन लागेको हो । सो दलमा एमसीसी पारितप्रति केही नेता असन्तुष्ट छन् ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि आजै दिउँसो १ बजे रोयल ब्यांक्वेट तीनकुनेमा पत्रकार सम्मेलन गर्दैछ । एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो ।

    नेपाली कांग्रेस र माओवादीले भने हिजै दिउँसो पत्रकार सम्मेलन गरिसकेका छन् ।

  • ‘एमसीसी जस्ताको तस्तै पारित भएको होइन, झलनाथजी भावनामा बग्नुभयो’

    ‘एमसीसी जस्ताको तस्तै पारित भएको होइन, झलनाथजी भावनामा बग्नुभयो’

    अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भएको छ । एमसीसी टेबल गरे सरकारबाट फिर्ता हुने भन्दै संसदीय दलको बैठकबाट निर्णय गराएको माओवादी र यथास्थितिमा एमसीसी टेबल हुन नसक्ने अडान राख्दै आइरहेका एकीकृत समाजवादी पार्टी पनि अन्ततः एमसीसी अनुमोदन गर्न सहमत भए ।

    व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न गठबन्धनमा रहेका जनमोर्चाबाहेकका दलहरू सहमत भएका थिए । एकीकृत समाजवादी पार्टीले भने आफूहरूको माग सम्बोधन हुने गरी एमसीसी पारित गरिएको दाबी गरेको छ ।

    एकीकृत समाजवादी पार्टीका सचिवसमेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भन्छन्, ‘हाम्रो मान्यता, हाम्रो कानून, हामीले अवलम्बन गरेका परराष्ट्र नीति सबै कुराहरूलाई राष्ट्रहितमा रहने गरी व्याख्या गरेका छौँ । ती सबै कुरालाई सम्झौताका अङ्ग बन्ने गरी हामीले पास गरेका हौँ ।’

    उनले व्याख्यात्मक घोषणा सम्झौताको अङ्ग नभएको अवस्थामा सम्झौता निष्क्रिय हुनेसमेत दाबी गरे ।

    व्याख्यात्मक घोषणासहित एमसीसी पारित गराउन एकीकृत समाजवादी पार्टी सहमत भए पनि यसका सम्मानित नेता झलनाथ खनाललगायतका केही नेताहरूले भने विरोध जनाइरहेका छन् । पार्टीभित्र तीव्र विरोध छिचोल्दै कसरी एमसीसीको पक्षमा उभियो त एकीकृत समाजवादी पार्टी ? प्रस्तुत छ प्रमुख सचेतक श्रेष्ठसँग गरिएको कुराकानी नेपाल टकमाः

    सडकमा जति चर्का नारा लगाए पनि अन्ततः सदनमा एमसीसीको पक्षमै मत हाल्नुभयो होइन ?

    एमसीसी जुन प्रक्रियाबाट पारित भएको छ, यसले एमससीसीको विषयमा उठेका प्रश्न सबै सम्बोधन भएका छन् । यसमा कतिपय अन्योलपूर्ण दफाहरू थिए । त्यहाँ राष्ट्रहित विपरीत हुनसक्ने भनिएका कुराहरू थिए । ती सबै सम्बाेधन हुने गरी परिमार्जित गरेर त्यसलाई हाम्रो राष्ट्र हितमा रहने गरी, सरोकारवालाहरू सबैलाई सम्बोधन हुने गरी व्याख्यात्मक घोषणासहित पारित गरिएको छ ।

    अमेरिकाले कुनै पनि विषयमा संशोधन हुँदैन भनिसकेको छ । संशोधन नै हुन नसक्ने विषयमा व्याख्यात्मक टिप्पणीको के अर्थ छ ?

    यो कुरा गलत हो । विगतका दिनहरूमा पनि कतिपय यस्ता कुराहरूमा संकल्प प्रस्ताव पारित गर्ने प्रचलनहरू थिए । संकल्प प्रस्ताव र यो व्याख्यात्मक घोषणा भन्ने कुरा आधारभूत रूपमै फरक कुरा हो । संकल्प प्रस्ताव हामीले आफ्नो विषयमा मात्र संकल्प गर्ने कुरा हुन्छ । यो व्याख्यात्मक घोषणा भनेको दुई देशहरूका बीचमा हुने सम्झौताहरूमा कुनै एक पक्षलाई त्यसमा अस्पष्ट रहेका, अन्योल रहेको कुराहरू स्पष्ट गर्ने कुरा हो । अन्तर्राष्ट्रिय कानूनअनुसार पनि यो व्यवस्था छ ।

    तर, दुईपक्षीय सम्झौतामा एक पक्षले मात्रै गरेको घोषणा त ‘फेस सेभिङको’ उपाय मात्रै भएन र ?

    अन्तर्राष्ट्रिय कानूनले पनि यसलाई स्वीकार गरेको छ । यसको अभ्यासहरू विभिन्न देशहरूमा पनि भएका छन् । त्यसलाई अर्काे पक्षले पनि मान्नु पर्छ । त्यो कुरा नमान्ने अवस्था भएमा त्यस्तो सम्झौता खारेज हुन्छ, निष्क्रिय हुन्छ ।

    त्यसो भएको हुँदा यो एकदमै फरक छ । हामीले जस्ताको त्यस्तै एमसीसी पारित गरेको हुँदै होइन । जनताले सडकबाट उठाएका आवाजहरू यसमा सम्बाेधन भएको छ । हामीले पनि यथास्थितिमा एमसीसी पारित गर्न सक्दैनौं भनेका थियौँ । हाम्रो स्थायी कमिटीको बैठकले निर्णयसमेत गरेको छ ।

    कतिपय बुँदाहरुले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वतन्त्रतासँग जोडिएका विषयमा आँच आउने देखिन्छ । हाम्रो कानूनी सर्वोच्चमा आँच आउने देखिन्छ । जमिनमाथिको अधिकार अनन्तसम्म रहने जस्ता हाम्रो सार्वभौमसत्ता माथि आँच आउने कुरा छन् ।

    अडिटका कुराहरू, करका कुराहरू, बौद्धिक सम्पत्तिका कुराहरू र सैनिक गठबन्धनसँग जोडिएका कुराहरू पनि थिए । त्यसमा नेपालको नीतिभन्दा बाहिरका कुराहरू थिए । त्यो सबै कुराहरूलाई हामीले व्याख्या गरेका छौँ । त्यसमा हाम्रो मान्यता, हाम्रो कानून, हामीले अवलम्बन गरेको परराष्ट्र नीति सबै कुरा राष्ट्रहितमा रहने गरी हामीले व्याख्या गरेका छौँ । ती सबै कुरालाई सम्झौताको अङ्ग बन्ने गरी हामीले पास गरेका हौँ ।

    व्याख्यात्मक घोषणा गरी पारित गरेको बुँदाहरु सम्झौताको अङ्ग भएन, अमेरिकाले त्यसलाई स्वीकार गरेन वा संशोधन गरेन भने के हुन्छ ?

    स्वीकार गरेन भने त्यो खारेज हुन्छ । त्यो निष्क्रिय हुन्छ । अगाडि बढ्न सक्दैन । किनभने, यो दुई पक्षको सम्झौता हो । कार्यान्वयन गर्ने पक्ष भनेको नेपाल सरकार हो । अब नेपाल सरकारले नै निर्णय गरेर, हाम्रो संसद्ले नै त्यसको अङ्ग बनाएर पारित गरेको छ । त्यो कुरालाई उहाँहरूले स्वीकार गर्नुपर्छ । कि योजना अस्वीकार हुनुपर्छ ।

    सुरुमा व्याख्यात्मक घोषणाको कुरा त आएकै थिएन नि । तपाईंहरू त यथास्थितिमा पारित गर्ने दिँदैनौं भन्दै आइरहनु भएको थियो । कसरी कांग्रेसको लाइनमा उभिने अवस्था आयो ?

    यो कांग्रेसको लाइन होइन । सुरुको गृहकार्यको बेलादेखि म पनि छु । केही हाम्रा अन्तर्राष्ट्रिय कानून विज्ञहरूसँग पनि सल्लाह गरेपछि यो विषयले प्रवेश पाएको हो ।

    व्याख्यात्मक घोषणाले नेकपा एसभित्र पनि तीव्र असन्तुष्टि देखिएको छ । सम्मानित नेता झलनाथ खनाल लगायतले त खुलेरै विरोध गरिरहनु भएको छ । पार्टीभित्रै किचलो सुरु भएको हो ?

    त्यस्तो समस्या केही छैन । हाम्रो पार्टीले वर्तमान परिस्थिति र राजनैतिक अवस्थाको कुराहरूलाई व्याख्या गरेको छ । विश्लेषण गरेको छ । यसमा सबै जना सहमत पनि हुनुहुन्छ । एमसीसीको विषयमा हाम्रो पार्टीको सर्वसम्मत निर्णय भनेको यथास्थितिमा पास नगर्ने भन्ने हो । तर, जब त्यसमा हामीले उठाएका विषयहरू सम्वोधन भएका छन् ।

    स्वयम् हाम्रा सम्मानित नेताको संयोजकत्वमा कार्यदल पनि बनाएका थियौँ । त्यसले पनि एउटा प्रतिवेदन दिएको छ । प्रतिवेदले उठाएका कुराहरू पनि यीनै हुन् । त्यसमा पनि फरक केही छैन ।

    त्यति हुँदा पनि झलनाथ खनाल लगायतले किन विरोध जनाउनु भएको त ?

    उहाँ (झलनाथ खनाल) भावनाबाट अलि बढी प्रभावित भएको जस्तो लाग्छ । होइन भने उहाँले उठाएका कुराहरू पनि यसमा सम्बोधन भएको छ । उहाँको प्रतिवेदनमा समावेश भएको र उहाँले पार्टीमा उठाउनु भएका कुराहरू पनि यसमा सम्बोधन भएको छ । सडकको आन्दोलनहरूमा उठेका कुराहरू पनि यसमा सम्बोधन भएको छ । यी सबै कुराहरू भइसकेपछि यसमा हामीले असहमति गर्नु पर्ने कुरा रहेन ।

    झलनाथ खनालहरूको माग कसरी सम्बोधन हुन्छ त ?

    सबै मागहरू सम्बोधन हुनै पर्छ भन्ने हुँदैन । फेरी उहाँहरूले उठाउनु भएको माग सम्बोधन भइसकेको छ । अझै पनि उहाँहरूलाई त्यो कार्यान्वयनमा जाँदैन कि भन्ने आशङ्का हुन सक्छ । यो कार्यान्वयनको क्रममा त्यो सबै कुरा सम्बोधन हुँदै जान्छ । र उहाँहरू पनि यसमा स्पष्ट हुँदै जानुहुनेछ भन्ने लाग्छ मलाई ।

    तपाईं लगायत १४ जना सांसदकै पद नरहने भएपछि नेकपा एकीकृत समाजवादी बाध्य भएर एमसीसीको पक्षमा उभिएको हो पनि भन्छन् नि ?

    त्यो मात्र विषय होइन । २०६२/०६३ को आन्दोलनको उपलब्धी स्वरूप हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ । मुलुक समृद्धिको दिशामा अगाडि बढाउनु पर्ने आवश्यकता हो । त्यो बिचमा नेकपा एमालेको नेतृत्वमा मुलुकलाई प्रतिगमनको दिशामा लैजाने प्रयास भयो, लोकतन्त्रलाई नै समाप्त गर्ने प्रयास भयो, संविधानलाई नै च्यातेर फाल्ने प्रयास भयो । संसद्लाई नै पटक पटक विघटन गर्ने काम भयो । यसरी लोकतन्त्र नै धरापमा पर्ने अवस्था आएपछि हामीले यो कोर्स तयार गरेका हौँ ।

    राष्ट्रिय आवश्यकताले बनेको हो यो गठबन्धन । यो गठबन्धन भत्किने भन्ने कुरा मुलुकको लागि ठुलो समस्या हो ।

    गठबन्धन जोगाउनकै लागि तपाइँहरू एमसीसीको पक्षमा उभिन बाध्य हुनुभएको त हो नि ?

    निश्चितरूपमा यो गठबन्धन भत्किने कुराले मुलुक एउटा अफ्ठेरो स्थितिमा जाने अवस्था थियो । फेरि पनि मुलुक प्रतिगमनतर्फ अगाडि बढ्ने खतरा थियो । त्यसो भएको हुँदा त्यो बचाउनु पर्ने एउटा राष्ट्रिय आवश्यकता हो । त्यसको लागि पनि हामीले धेरै प्रयास गरेका छौँ ।

    वास्तवमा एमसीसी लिँदै नलिने भन्ने कुरा त होइन नि । वैदेशिक सहयोग लिँदै नलिने भन्ने हाम्रो नीति पनि होइन । जनताको चाहना आज समृद्धिको छ । त्यो विकासको चाहना पूरा गर्नेको लागि हामीलाई वैदेशिक सहयोगहरू चाहिन्छ । अनुदान, ऋण, सहयोग सबै लिनुपर्छ ।

    राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र हाम्रो राष्ट्रिय सुरक्षा नीतिहरूमा आँच नआउने गरी हामीले जसको पनि सहयोग लिने हो । अमेरिकाको मात्र होइन । भारतको, चीनको जापान, जर्मन जसको पनि लिने हो । त्यसमा हाम्रो विमति होइन ।

    एमसीसीको सन्दर्भमा जुन कुराहरू राष्ट्रहित विपरीत रहेको देखिएको थियो त्यसलाई संशोधन गरेपछि त हामीले समर्थन नगर्ने कुरा त आउँदै आउँदैन नि ।

    त्यसो भए हिजोसम्म तपाइँहरुले नै राष्ट्रहित विपरीत भनिरहनु भएको एमसीसी एकाएक अब राष्ट्रहितको पक्षमा हुने भयो है ?

    एकदमै । यो सम्झौता लागू हुँदा राष्ट्र हितको पक्षमा मात्र लागू हुन्छ । हामीले उठाएका सबै आशङ्काहरूलाई यसले मेटेको छ । यसले अघि मैले भनेको कुरा कुनैमा पनि आँच आउँदैन । विशुद्ध यो एउटा विकासको योजना परियोजनामा मात्र रहन्छ ।

    एमसीसीले गठबन्धन कमजोर बनाउने आँकलन गरिएको थियो । एमसीसी पारित भएपछि त गठबन्धन अझै बलियो भएको हो ?

    यसले गठबन्धनलाई थप मजबुत बनाएको हो ।

    यसअघि कांग्रेसले राष्ट्रियसभाको निर्वाचनसम्म मात्रै गठबन्धन हुन्छ, त्योभन्दा पछि काँग्रेसले कसैसँग तालमेल गर्दैन भन्दै आइरहेको थियो । एमसीसी पारित गराउने समयमा आमनिर्वाचनमा पनि कांग्रेससहितको चुनावी तालमेल गर्ने विषयमा केही छलफल भइएको छ ?

    अहिले नै यी सबै कुराहरूमा छलफल भइसकेको छैन । तर, मेलै भनेँ, जुन राष्ट्रिय परिस्थिति छ त्यसबाट मुलुकलाई बचाउनको लागि, लोकतन्त्र बचाउनको लागि यो सहकार्यको आवश्यकता छ । राजनैतिक स्थिरताको लागि यो सहकार्य आवश्यक छ । मुलुकलाई समृद्धिमा लैजानको लागि यो सहकार्यको आवश्यक छ । त्यही ढङ्गबाट निश्चित रूपमा भोलिको चुनावका विषयमा पछि छलफल अगाडि बढ्छ ।

    वैशाख ३० मा हुने निर्वाचनमा तपाईंहरू र माओवादी मिलेर निर्वाचनमा जानुहुन्छ कि कांग्रेसलाई पनि सँगै लैजाने गरी छलफल सुरु गर्नुहुन्छ ?

    मैले अघि पनि भने, हामीले अहिलेसम्म यस विषयमा छलफल गरेका छैनौँ । हामीले यो कुरा पनि गठबन्धन बिचमा छलफल गर्छाैं । सकेसम्म यो गठवन्धन नै अगाडि बढ्ने वातावरण बनाउँछौँ ।

  • एमसीसी अनुमोदन गर्ने निर्णयमा नेकपा एसका आधा दर्जन नेताको ‘नोट अफ डिसेन्ट’

    एमसीसी अनुमोदन गर्ने निर्णयमा नेकपा एसका आधा दर्जन नेताको ‘नोट अफ डिसेन्ट’

    काठमाडौं । व्याख्यात्मक टिप्पणीको टालोले लाज छोपेर एमसीसी पारित गर्न लागिएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित आधा दर्जनबढी स्थायी कमिटी सदस्यले लिखित असहमति राखेका छन् ।

    आइतवार नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजित स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित नगर्दा गठबन्धन भत्किने, सभामुख र आफूसहित १४ सांसदको पद जाने र ओली फेरि सत्तामा फर्किनेजस्ता कारण देखाउँदै अनुमोदनको प्रस्ताव गरेका थिए ।

    व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने वहुमतको निर्णयमा तत्कालै उपमहासचिव तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले लिखित असहमति दर्ज गरेका थिए । उनी एमसीसी अध्ययन कार्यदलमा पनि सदस्य थिए ।

    खतिवडाले आफू निर्णयको विपक्षमा रहेको भन्दै बैठकपछि पार्टीका निर्णय सुनाउन पनि गंगालाल तुलाधारलाई भनेका थिए । झलनाथ खनालले पनि आफ्ना बुँदाहरु लिखित रुपमा नोट अफ डिसेन्ट जनाउने जानकारी दिए ।

    बैठकमा केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, साध्यबहादुर भण्डारीलगायत नेताले पनि नोट अफ डिसेन्ट जनाएका छन् । एमसीसी राष्ट्रघाती भएकाले आफूले पार्टीको निर्णयमा सहमति जनाउन नसकेको खतिवडाले नेपाल प्रेसलाई बताए ।

  • एमसीसी पास गरे असंलग्न नीति रहँदैन : चौधरी

    एमसीसी पास गरे असंलग्न नीति रहँदैन : चौधरी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले एसमीसी अनुमोदन गरे नेपालको असंलग्न परराष्ट्र नीति कायम नरहने दावी गरेका छन् ।

    ‘एमसीसी पास गरे के हामी असंलग्न पराराष्ट्रका पक्षमा हुन सक्छौं रु,’ एमसीसीमाथिको छलफलमा भाग लिँदै चौधरीले भने, ‘हामी पञ्चशिलको रक्षा नीति गर्न सक्छौं ?’

    एमसीसी अनुमोदन गर्नु संविधान विपरित रहेको समेत चौधरीको भनाइ छ। ‘एमसीसीलाई संसदबाट पास गर्ने हो भने नेपालको संविधान विपरित हुन्छ,’ उनले भने, ‘यदि यो सहायता वैदेशिक अुदान हो भने संसदबाट अनुमोदनको विषय होइन ।’

    चौधरीले परियोजना प्राप्तिका आधारहरुमा नेपाल फेल हुँदा पनि एमसीसी जवरजस्ती दिइएको दावी गरे।

  • संसदमा खनालले भने- यथास्थितिमा नो एमसीसी

    संसदमा खनालले भने- यथास्थितिमा नो एमसीसी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरू एमसीसीबारे व्याख्यात्मक घोषणाको पक्षमा नरहेको बताएका छन् । एमसीसीमाथि सदनमा सुरू भएको छलफलमाथि माग लिँदै खनालले व्याख्यात्मक घोषणाको कुनै कानूनी अर्थ नरहेको बताए ।

    ‘यथास्थितिमा नो एमसीसी,’ खनालले भने, ‘हामी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनौं । यसमा व्यापक संशोधन र सुधार भएमा मात्रै सोच्न सकिन्छ ।’

    उनले थपे, ‘व्याख्यात्मक घोषणा गरेर पास गर्ने कुरा आइरहको छ । यस कुराको ग्यारेन्टी के छ ? यो लिखतको कुनै कानूनी आधार छैन । त्यस कारण हामीले त्यसलाई स्वीकार गरेका छैनौं ।’

    व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने कुराको समेत कुनै ग्यारेन्टी नरहेको खनालको भनाइ छ । ‘त्यो सभाको एकतर्फी घोषणाबाहेक केही हुँदैन,’ खनालले भने, ‘अमेरिका यो सम्झौता सुधार गर्न तयार छ कि छैन् ? यसमा अमेरिका तयार छ कि छैन भन्ने कुराको ग्यारेन्टी हुनुपर्छ ।’

    संसदमा एमसीसीमाथि छलफल हुन सदनको अवरोध हटाउनुपर्ने समेत खनालको माग छ ।

  • एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग (भिडिओ)

    एसमीसीसम्बन्धी सबै सम्झौता र पत्राचार सदनमा ल्याएर मात्रै निर्णय गर्न खनालको माग (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एसमीसीसम्बन्धी सबै सम्झौता सदनमा पेस गरेर अध्यनपछि मात्रै निर्णयमा पुग्नुपर्ने माग गरेका छन् ।

    उनले शर्त राखेर र नेपालको स्वाभिमान तल पारेर दिइने एक पैसा पनि चाहिँदैन ।

    एमसीसीमाथि सदनमा सामान्य छलफल भएपछि आइतबार आफ्ना धारणा राख्दै खनालले एमसीसी सम्बन्धी सबै सम्झौता र पत्राचार गनुपर्नेमा जोड दिए।

    ‘सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्,’ खनालले भने, ‘ती दस्तावेज यो संसदमा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुनुसक्दछ ? हामीले ती सबै सम्झौता अध्यन र छलफल गर्न पाउनुपर्छ । अनि मात्रै यो सभाले निर्णय गर्नुपर्छ ।’

    खनालले सबै सम्झौता र पत्राचार संसदमा अबिलम्ब बाँड्न माग गरे । उनले भने, ‘एसमीसी सम्बन्धी सबै सम्झौता यो सदनमा अवलम्बन वितरण गरियोस् । सबै पत्राचार पनि सदनमा आउनुपर्छ ।’

    खनालले सम्झौतामा अमेरिकी सुरक्षा नीति उल्लंघन गर्ने कुरा रहेको भन्दै ती कुनै पनि मान्य नेपाल बाध्य नरहेको बताए । उनले सम्झौतामा खुल्ला बजार अर्थतन्त्र स्वीकार गर्नुपर्ने भएको भन्दै नेपालले समाजवाद उन्मुख अर्थतन्त्रमा जानेकुराबाट यताउति नहुने समेत बताए ।

    खनालले अमेरिका चीनलाई रोक्ने गरी विभिन्न कानूनहरू बनाइरहेको भन्दै त्यो नेपालले मान्न नसक्ने बताए । यस्ता कुराले छिमेकीसँगको सम्बन्ध बिग्रिने समेत दाबी गरे । छिमेकीसँग सम्बन्ध बिगार्दा युक्रेन अहिले समस्यामा फसेको भन्दै त्यसतर्फ पनि नेपालले ध्यान दिनुपर्नेमा जोड दिए।

    खनालले एमसीसीको विरोधमा उत्रिएकामाथि दमन भइरहेको भन्दै खनालले त्यसमा आपत्ति जनाए। ‘देशको निम्ति आवाज उठाउनेहरुमाथि दमन भइरहेको छ, त्यसको निन्दा गर्न चाहान्छु,’ खनालले भने, ‘आम जनता देशविरुद्ध केही हुन्छ कि भन्नेमा चिन्तित छन् । सडक र सदनबाट पनि देशका बारेमा आवाज उठान सकिन्छ । देशका निम्ति आवाज उठाउने कुनै सीमाना हुँदैन । जनताले उठाएको आवाज यो सदनले सुन्नुपर्छ।’

  • नेकपा एसको सर्त- व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गरे एमसीसी खारेज हुनुपर्ने

    नेकपा एसको सर्त- व्याख्यात्मक घोषणा अमेरिकाले अस्वीकार गरे एमसीसी खारेज हुनुपर्ने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयता परियोजना एमसीसीमाथि गरिने व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    संसद बैठकअघि बसेको नेकपा एसको स्थायी समिति बैठकले गठबन्धनमा भएको निर्णयलाई सर्मथन गर्ने निर्णय गरेको हो ।

    तर, व्याख्यात्मक घोषणालाई अमेरिकाले अस्वीकार गरे सम्झौता खारेज हुनुपर्ने विषय उक्त घोषणामा राख्नुपर्ने सर्त नेकपा एसले अघि सारेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

    बैठकबारे जानकारी गराउँदै तुलाधरले भने- व्याख्यात्मक घोषणा एमसीसीको अनिवार्य अंग बन्ने गरि मात्र एमसीसको पक्षमा मतदान गर्ने निर्णय गरेका छौं । संसदबाट पारित व्याख्यात्मक घोषणा अमेरिकाद्वारा अस्वीकार गरेको सम्झौता खारेज हुने छ।’

    उनले उक्त घोषणामा त्यो विषय राख्न पार्टीले पहल गर्ने निर्णय गरेको पनि जानकारी दिए। ‘यो विषय पाँच दलीय गठबन्धनको निर्णय समेत बनाउन हाम्रो पार्टीले पहल गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘सर्वसम्मतिले यो ठाउँमा पुग्यौं ।’

    नेकपा एसले व्याख्यात्मक घोषणामा जाने कुरा पनि आफूहरुको संघर्षकै परिणाम भएको भन्दै स्वागत गर्ने निर्णय गरेको छ।