Category: नेकपा एस

  • दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुला । दार्चुलामा नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुङ्ग्याएका छन् ।

    ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएको हो ।

    दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ ।

    दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

    बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए ।

    कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।

    ६१ वडामध्ये ४४ मा कांग्रेस र १७ वडा माओवादीले पाएको छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उनको भनाइ छ ।

    २०७४ को निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

  • अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    भोजपुर । भोजपुरका गठबन्धन दलले स्थानीय तहको भागबन्डा टुंग्याएलगत्तै टेम्केमैयुङ गाउँपालिकाको सिट बाँडफाँटमा ठूला दल कांग्रेस र माओवादीको कुरा बाझियो ।

    बैठकमा टेम्केमैयुङ नेपाली कांग्रेसलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्ष दिने निर्णय भएअनुसार माइन्यूट भएको थियो । तर, माओवादी नेता अजम्बर काङमाङले स्थानीय तहको सिट बाँडफाटमा भोजपुर गठबन्धनको निर्णय भनी फेसबुकमा सार्वजनिक गरेको सूचीमा यस गाउँपालिकामा नेकपा एसलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष उल्लेख थियो ।

    टेम्केमैयुङमा माओवादी र कांग्रेसको कुरा बाझिएपछि अहिले सामाजिक सञ्जालमा माइन्यूट उल्टाइएको भन्दै तीब्र टिक्काटिप्पणी सुरू भएको थियो । दबाबका बीच काङमाङले साँझ ५ बजेर २३ मिनेटमा आफ्नो पोष्ट सच्याएर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस लेखेका छन् ।

    नेपाल प्रेसको सम्पर्कमा आएका माओवादीका केही जिल्ला नेताले पनि टेम्केमैयुङ नेकपा एसलाई नै छुट्याइएको बताएका थिए । तर, यही कुराले गठगठबन्धनमा खटपट आउँन थालेपछि उनले स्टाटस एडिट गरेका छन् । टेम्केमैयुङ अजम्बरको गृहपालिका हो ।

    कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले कांग्रेसले नै अध्यक्ष लिने सहमति बनेको प्रष्ट्याए । ‘कहिलेकाँही बोल्दा त जिब्रो लट्पटिन्छ । अजम्बरजीले लेख्दा मिस्टेक लेख्नुभएछ । सच्याइसक्नुभो । हामीबीच कुनै समस्या छैन । गठबन्धन कार्यान्वयनका लागि सबै अडिग छौं ‘, बान्तवाले भने ।

    भागबण्डामा छलफल हुँदा टेम्केमैयुङमा माओवादीले उपप्रमुख आफ्नो बटमलाइन बनाएको थियो । २०७४ को चुनावमा पनि एमालेविरुद्ध गठबन्धन बनेको यस पालिकामा माओवादीले प्रमुख-उपप्रमुख उठाएको थिएन ।

    टेम्केमैयुङ घर भएका माओवादी नेता मोहन किराती मादेन’ ले गठबन्धनबीच भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरिसकेका छन् । उनी भूमिगतकालदेखि नै माओवादीभित्र जिल्लामा प्रभावशाली नेता मानिन्छन् ।

    ‘कुनै पनि पार्टीको गलत (नाजायज) ह्वीपलाई अक्षरस पालना गर्ने, सत्ता र पहुँचको पूजा गरी दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रवृत्ति,आम शोषित पीडित जनतालाई लाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजनाविरुद्धको विद्रोह हो । मेरो राजीनामा’, मादेनले फेसबुकमा लेखेका छन् ।

    यहाँ यसपटक रामसिंह राईलाई अध्यक्षमा उठाउने गरी जसपा पनि अन्तिम समयसम्म हटेको थिएन । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी रामसिंह नै एमालेविरुद्ध अध्यक्षमा गठबन्धनबाट अघि सारिएको थियो । उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेतलाई उठाइएको थियो । तर, एमालेले ध्रुव राई अध्यक्षसहित बहुमत वडा जित्यो ।

  • पार्टी विभाजनबारे माधव नेपाल भन्छन् – पुष्पलालको आदर्श पछ्याएर विद्रोहको राँको बाल्यौं

    पार्टी विभाजनबारे माधव नेपाल भन्छन् – पुष्पलालको आदर्श पछ्याएर विद्रोहको राँको बाल्यौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको आदर्श पछ्याएर एमालेबाट विद्रोह गरेको बताएका छन् ।

    २००६ सालमा स्थापना गरेकाे नेपाल कम्युनिष्ट पार्टीलाई नेतृत्वमा पुगेका केशरजंग रायमाझीले दरबारको सहयोगी बनाएपछि पुष्पलालले नयाँ पार्टी स्थापना गरेको दृष्टान्त सुनाउँदै उनले यस्तो बताएका हुन् ।

    ‘जब केशरजंग रायमाझी कम्युनिष्ट पार्टीलाई दरबारको सहयोगी बनाउन पुगे, दरबारको पोल्टामा पुर्‍याउन पुगे । त्यसपछि पुष्पलाल विद्रोह गर्दै अर्को पार्टी बनाउन अगाडि सर्नुभयो’, नेकपा एस र नेकपा गौरवशाली पार्टीको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पुष्पलालको त्यही आदर्शलाई पछ्याउँदै विद्रोहको राँको बाल्यौँ ।’

    यसैगरी पुष्पलालकै आदर्श पछ्याएर २०३२ सालमा ‘कोके’, २०३५ सालमा नेकपा माले र २०४७ सालमा एमाले पनि बनाएको उनले सुनाए ।

    विभिन्न पार्टीहरूले पनि आआफ्नो समयमा विद्रोह गर्नुपर्ने अध्यक्ष नेपालले बताए । तर केही पार्टीहरूले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको उनकाे भनाइ छ ।

    विश्व कम्युनिष्टको इतिहासबारे बताउँदै उनले एमाले कम्युनिष्ट भ्रष्टीकरणको नयाँ आयाम भएको बताए । उनले भने, ‘संसारको अनुभवले बताएको छ । कम्युनिष्ट भ्रष्टीकरणका धेरै अनुभव लेखिएका छन् । बाटो बिराएका, विचलित भएका धेरै धेरै अनुभव लेखिएका छन् ।’

    यही भ्रष्टीकरणको सिलसिलामा पसेर नेकपा एमालेले जनताको आशा, अपेक्षा र विश्वासको कुठाराघात गरेको उनले आराेप लगाए ।

  • नेकपा एसको घोषणापत्र- एमालेले गरेका सबै असल कामको हकदार हामी हौं (पूर्णपाठ)

    नेकपा एसको घोषणापत्र- एमालेले गरेका सबै असल कामको हकदार हामी हौं (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेको नेतृत्वमा भएका असल कामका उपलब्धीहरूमा आफ्नो हक लाग्ने जनाएको छ ।

    मंगलबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले एमालेको पालामा भएका सबै असल कामहरूको उत्तराधिकारी आफूहरु रहेको र ती जनपक्षीय कामको स्वामित्व माधव नेपाल र झलनाथ खनालमा रहेको जनाएको छ ।

    घोषणापत्रमा आफ्नो गाउँ आफैं बनाउँ, नौ स, वृद्ध भत्ताजस्ता सबै नमूना कामहरुको स्वामित्व नेकपा एसले दाबी गरेको छ । सो पार्टीले गणतन्त्र स्थापना, शान्ति स्थापना, अनमिनलाई बिदाई, नेपालमा सुरुङमार्गको सुरूवात,अन्तरजातीय विवाहलाई प्रोत्साहन जस्ता कामलाई घोषणापत्रमा उपलब्धीका रुपमा उल्लेख गरेको छ ।

    स्थानीय निर्वाचनका लागि सार्वजनिक भएको घोषणापत्रमा जनताको अधिकार, निःशुल्क स्वास्थ्योपचार, निःशुल्क खानेपानीःसुखी जिन्दगाी, ‘एक घर एक धारा’ जस्ता कार्यक्रम अघि सारेको छ । नेकपा एसले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान भन्ने नारासमेत अघि सारेको छ ।

  • माधव नेपालको चेतावनी- हामी विद्रोही हौँ, अपमान सहन जन्मिएका होइनौँ (भिडिओ)

    माधव नेपालको चेतावनी- हामी विद्रोही हौँ, अपमान सहन जन्मिएका होइनौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको भागबण्डामा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै कुनै पनि पक्षबाट हुने अपमान सैह्य नहुने बताएका छन् ।

    नेकपा गौरवशालीसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू अपमान सहन नसकेर विद्रोह गरेका शक्ति भएकाले आफूहरूको शक्तिलाई कम नआँक्न चेतावनी दिए ।

    नेपालले भने- हामी अपमान सहन जन्मिएका होइनौँ,अपमानका विरुद्ध विद्रोह गरेका शक्ति हौँ । हामी हाम्रो शक्तिको अति मूल्याङ्कन गर्दैनौँ तर अवमूल्यन गर्न पनि पाइँदैन ।

    नेपालले सात महिनामै नेकपा एसले मेची देखि महाकालीसम्म जनलहर सिर्जना गरेको बताए । उनले सत्ता गठबन्धनमा चुनावी तालमेल हुने भन्दै भागबण्डा हैसियत अनुसार नै हुने बताए ।

  • इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    सुनसरी । नेपाली कांग्रेस सुनसरीका नेताहरूले इटहरी उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई मेयर नछाड्न पार्टी नेतृत्वसँग माग गरेका छन् । इटहरी उपमहानगरको प्रमुख कांग्रेसले नै पाउनुपर्ने भन्दै उनीहरुले विद्रोहको चेतावनी समेत दिएका छन् ।

    इटहरीको मेयरमा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीले सुनसरीमा आफ्नो संगठन सुदृढ रहेको भन्दै मेयरमा दावी गरेको छ । सत्तारुढ दलहरुबीच आइतबार अबेर तयार भएको सम्भावित सहमतिको ड्राफ्टमा इटहरीको मेयर समाजवादी र उपमेयर कांग्रेसले पाउने उल्लेख छ ।

    सुनसरी कांग्रेसका नेताहरूले भने इटहरीमा कांग्रेसले मेयर नपाए गठबन्धन टुट्ने चेतावनी दिएका छन् । कांग्रेसका स्थानीय नेता धनबहादुर पुरीले गठबन्धन गर्दा कांग्रेसले इटहरीको मेयर नपाए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    ‘इटहरीमा कांग्रेसको भोट थपेर अर्को पार्टीको उम्मेदवारलाई मेयर बनाउन गार्हो छ । यतिबेला कांग्रेसले एक्लैपनि जित्ने अवस्था रहेकोले अरुलाई छाड्ने निर्णय केन्द्रले गरेपनि हामीलाई मान्य हुँदैन’, पुरीले नेपाल प्रेससँग भने ।

    उनल इटहरीमा मेयर नपाए कांग्रेसबाट सशक्त विद्रोह हुने चेतावनी पनि दिए ।

  • माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा यही ९ गते उम्मेदवार टुंग्याउने भएको छ । कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले वैशाख ८ गते संसदीय दलको वैठक बोलाइएको जानकारी दिए ।

    ‘हामीले ११ वटै पालिकाका उम्मेदवारका आकांक्षीको सिफारिस प्राप्त गरिसकेका छौं । गठबन्धनमा सहमति नभएका कारण अहिले पनि वार्ताहरू चलिरहेका छन् ’, रेग्मीले नेपाल प्रेससँग भने, ‘तर सहमति हुन सकेको छैन । हामीले संसदीय दलको वैठक वैशाख ८ गते बोलाएका छौं । ९ गते हामी टिकट बाँडेर उम्मेदवारलाई गाउँमा पठाइदिन्छौं । ८ गतेसम्म सहमतिको प्रयास भने जारी रहनेछ ।’

    उनले माओवादी र समाजवादीले बढी नै पालिका माग गरेको कारण समस्या भएको बताए ।

    ‘उहाँहरूले कांग्रेस ६ र आफूहरू ५ पालिकाको नेतृत्व पाउनुपर्ने माग गर्दै आउनुभएको छ । यो कुरामा कांग्रेस सहमत हुन सक्दैन । यो अडानले सहमति हुने सम्भावना कम भएको छ । यद्यपि प्रयास भने जारी नै छ ।’

    उनले कांग्रेसले जितेको स्थानमा सम्मानजनक स्थान खोज्ने तर माओवादीले जितेको स्थानमा कांग्रेसले भाग नपाउने अवस्था आउनु राम्रो नहुने बताए ।

    ‘आफूले जितेको स्थानमा भागबन्डा नगर्ने तर कांग्रेसले जितेको स्थानमा उहाँहरूलाई भाग दिने भन्ने कुरा अस्वाभाविक नै हो’, रेग्मी भन्छन् ।

    दैलेखका ९० वडामा ७४ चुनवमा माओवादीले एक वडा पनि जितेको थिएन । महाबु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नारायण नपा उपप्रमुख, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष भने नेकपा एसमा प्रवेश गरेका छन् ।

  • कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    काठमाडौं । पार्टीभित्र चुनावी तालमेलबारे जति नै असन्तुष्टी भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरतामा प्रतिवद्ध देखिन्छन् । आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्मै देउवाले ‘आफूलाई प्रधानमन्त्री बनाउने दलहरुको साथ नछाड्ने’ वाचा गरेका छन् ।

    शनिबारमात्रै कांग्रेसको कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धन जोगाएर लैजाने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताएका थिए । उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दललाई अलपत्र नपार्ने बताएका छन् ।

    चुनावी गठबन्धनलाई राजनीतिक रुपमा पुष्टि गर्न देउवाले यस्ता धारणा राखेपनि उनको वचन उनैविरुद्ध ‘बार्गेनिङ’ को साधन बन्न थालेको छ । चुनावी तालमेल नगरे माओवादीले एमालेसँग गठबन्धन गर्नसक्ने भय देउवाले कांग्रेस कार्यकर्तालाई देखाउँदै आएका छन् । प्रचण्डसहित गठबन्धनका नेताहरुले भने त्यही डर देउवालाई देखाएर बढीभन्दा बढी शक्ति आर्जन गर्न खोजेका छन् ।

    माओवादी, एस र जसपा संगठित भाग खोज्दै

    चुनावी तालमेलबारे कांग्रेसमा किचलो जारी नै छ । अधिकांश जिल्लामा तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता उभिएका छन् । यद्यपि सभापति देउवाले भने गठबन्धन जसरीपनि जोगाउने प्रतिवद्धता जनाउँदै आएका छन् ।

    कांग्रेसभित्र बढ्दो किचलोबीच गठबन्धनमा रहेका अन्य दलहरुले पनि कांग्रेसमाथि नै दवाव बढाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले त आपसमै सल्लाह गरेर सामुहिक सौदाबाजीको अभ्यास थालेका छन् ।

    आइतबारको गठबन्धन बैठकमा यी तीन दलले ३ महानगरपालिकार १० उपमहानगरपालिकामा आफ्नो दावी प्रस्तुत गरे । हेटौडा उपमहानरमा माओवादी र नेकपा एस दुवैको दावी रह्यो ।

    त्यसबाहेक सबैतिर तीन दलले एकल दावी प्रस्तुत गरेका छन् । तीन दलको दावी हेर्दा नै कांग्रेसविरुद्ध संगठित सौदाबाजी भइरहेको पुष्टी हुने एक नेताले बताए । ‘प्रचण्ड, माधव र उपेन्द्रजी चै एउटै पार्टीको भएझै प्रस्तुति देखिन्छ । गठन्धनमा शक्ति बाँडफाँटमा उहाँहरुको सामुहिक सौदाबाजी देखिन्छ । कांग्रेस एक्लै परेको छ’, बैठकमा सहभागि कांग्रेस नेताको भनाई छ ।

    माओवादी अध्यक्ष प्रचण्डले आइतबारमात्रै गठबन्धन कार्यदल बैठकअघि जसपाका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तर संवाद हुँदै आइरहेको छ । एक्लाएक्लै प्रस्तुत हुँदा कांग्रेसको बार्गेनिङ पावर बढ्ने भएकोले ती दलबीच ‘कार्यगत एकता’ भएको हो ।

    कांग्रेसले मान्ला त २४ प्रतिशत ?

    गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ । पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिमा आइतबार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको नेतृत्व बाँडफाँटबारे छलफल भयो ।

    बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दावी गरेका छन् । माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दावी गरेको छ ।

    एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिकामा नेतृत्व दावी गरेको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ ।

    त्यस्तै जसपाले वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख दावी गरेको छ । तर धरान उपमहानगरपालिकामा पनि जसपाको झिनो दावी छ ।

    गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जस अनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रीत छ । १७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी, समाजवादी र जसपाले दावी गरेका छन् ।

    आइतबारको बैठकका आधारमा काठमाडौं, विराटनगर र ललितपुर महानगर तथा धनगढी उपमहानगरपालिकामा मात्रै तीन दलले दावी गरेनन् । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने बताउँछन् ।

    ‘हामी त गठबन्धनको प्रमुख शक्ति हौं । अन्य दलहरुले आफ्नो दावी राखेका छन् । हाम्रो त सबैमा स्वतः दावी छ नि’, पौडेलले भने ।

    गठबन्धन बैठकमा तीन दलको सामूहिक सौदाबाजी सुरु भएपछि कांग्रेस भने दवावमा परेको छ ।

    आरजुको क्षेत्रमा तीन दलले गरेनन् दावी

    मुलुकका ११ वटा उपमहानगरपालिकामध्ये धनगढी उपमहानगरपालिकाको प्रमुखमा मात्रै माओवादी, समाजवादी र जसपाले दावी गरेनन् । सो उपमहानगरपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणाको निर्वाचन क्षेत्रमा पर्ने धनगढीमा चाहिँ अन्य दलहरुले दावी नगर्नुलाई चासोका साथ लिइएको छ ।

  • गठबन्धन बैठक- पोखरा महानगर र तीन उपमहानगरपालिकामा नेकपा एसको दाबी

    गठबन्धन बैठक- पोखरा महानगर र तीन उपमहानगरपालिकामा नेकपा एसको दाबी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदल बैठकमा नेकपा एसका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा नेकपा एसको दाबी र जितको आधार पेश गरेका थिए ।

    त्यस्तै इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका नेकपा एसले दावी गरेको छ । हेटौंडामा नेकपा माओवादी केन्द्रको पनि दाबी छ । नेकपा एसले बुटवल उपमहानगरपालिकामा पनि दाबी रहने भनेको छ ।

    ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा छलफल चलिरहेको छ ।

    गठबन्धन बैठकमा सबै दलका तर्फबाट रिपोर्टिङ, आ-आफ्ना आधार र दाबी पेस भए पनि थप निर्णय हुन बाँकी रहेको र छलफलमै क्रममा रहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाल प्रेसलाई बताए ।

  • नेकपा एस नव प्रतिगामी भएको आरोप लगाउँदै केन्द्रीय सदस्य कन्दङ्वासहितले छाडे पार्टी

    नेकपा एस नव प्रतिगामी भएको आरोप लगाउँदै केन्द्रीय सदस्य कन्दङ्वासहितले छाडे पार्टी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा र केन्द्रीय सल्लाहकार गोपीचन्द्र गिरीसहित विभिन्न कमिटीका नेता कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् ।

    शनिवार प्रेस विज्ञप्ति जारी गर्दै झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल, गीता कँडेलसहित २७५ जनाले पार्टी परित्याग गरेको जनाएका छन् ।

    पार्टीले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको,राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेको नव प्रतिगामी राष्ट्रघाती कित्तामा राखेको आरोप उनीहरूले लगाएका छन् ।

    अब स्वतन्त्र वामपन्थी नागरिकको रूपमा जीवनयापन गर्ने उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

  • विराटनगरको मेयरमा कांग्रेसका केन्द्रीय नेतासहित सात जनाको नाम सिफारिस, गठबन्धनलाई उपेक्षा

    विराटनगरको मेयरमा कांग्रेसका केन्द्रीय नेतासहित सात जनाको नाम सिफारिस, गठबन्धनलाई उपेक्षा

    विराटनगर । विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

    मेयरका लागि केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला, अमृत अर्याल सहित ७ जनाको नाम सिफारिस गरेको छ ।

    यस्तै जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईँको नाम सिफारिस भएको हो ।

    यस्तै, केन्द्रीय सदस्यहरू बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ ।

    उपमेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमीला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

    केन्द्रले नै महानगरको भागबण्डाको टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले भने मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरेको हो ।

    महानगर समितिले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

    नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा आज गठबन्धनको बैठक चलिरहेका बेला कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि अन्य गठबन्धन दलका नेताहरू बैठक छाडेर हिँडेका छन् ।

    २०७४ को मत परिणामअनुसार महानगरका सबै वडाध्यक्षको मत जोड्दा कांग्रेसको १६ हजार ७६६ मत हुन्छ ।

    यस्तै एमालेको १६ हजार २१८, संघीय समाजवादी फोरमको १० हजार ९३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४५२ छ ।

    लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै कांग्रेसको मत अब २१ हजार ८ सय ६० मत पुग्छ ।

    विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले एउटा वडामा जितेका थिए ।

    अघिल्लो पटक कांग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।

    त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए ।

    यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५२४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३६४ रहेको छ ।

    विराटनगर महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा १९ हजार ३८१ जना नयाँ मतदाता थपिएका छन् ।

    निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार मतदाताको सङ्ख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेक छ।

  • पोखरा दाबी गर्दै नेपालले भने- कार्यकर्ता मात्रै १२ हजार छन्,एमालेको सफलतामा हाम्रो हक लाग्छ (भिडिओ)

    पोखरा दाबी गर्दै नेपालले भने- कार्यकर्ता मात्रै १२ हजार छन्,एमालेको सफलतामा हाम्रो हक लाग्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा महानगरपालिका आफ्नो पार्टीले दाबी गर्दा नकारात्मक टिप्पणी गर्नेहरूलाई आफूले तथ्याङ्क अघि सारेर मुख बुझो लाइदिएको बताएका छन् ।

    सत्ता गठबन्धनमा ६ वटा महानगरपालिकामध्ये नेकपा एसले पोखरा दाबी गर्दा कसैले नकारात्मक टिप्पणी गरेपछि आफूले बालुवाटारको बैठकमै तथ्य पेस गरेको नेपालले बताए ।

    शनिवार सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पोखरा महानगरपालिकाभित्र मात्रै नेकपा एसका ८ हजार सङ्गठित सदस्य रहेको तथ्य आफूले पेस गरेको बताए । उनले जन वर्गीय संगठनको समय कार्यकर्ता जोड्दा पोखरामा नेकपा एसका १२ हजार कार्यकर्ता रहेको बताए ।

    अध्यक्ष नेपालले भने– मैले पोखराका एक एक तथ्य अगाडि सारेँ । कास्की जिल्लाको कुरा छाड्नुस् पोखरामा मात्रै ८ हजार सदस्य सङ्गठित छन् । भोटर होइन कार्यकर्ता हुन् । जन वर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता अरूका छन् ? त्यसैले एकीकृत समाजवादीलाई कम आँक्ने गल्ती नहोस् ।

    अध्यक्ष नेपालले २०७४ सालमा आफूहरूले एमालेकै नामबाट चुनाव लडेकाले एमालेको सफलतामा आफूहरूको हक लाग्ने बताए । कपिलवस्तुमा एउटा नगरपालिकामा १३४ मत पाएको दलले मेयर दाबी गरेको भन्दै नेपालले नेकपा एसले एमालेले जितेका सबै पालिकामा दाबी गर्ने बताए ।

    उनले भने– हामीले एमाले भएर त्यति बेला जिताएका हौँ । त्यसैले एमालेको सफलतामा हाम्रो पहिलो हक लाग्छ । अरूले चाहेर पनि एमालेका मान्छेलाई आकर्षित गर्न सक्दैनन् । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक हुन्छ,जित्ने हो भने पनि हामीलाई दिनुपर्छ किनभने एमालेका मान्छेहरूले हामीलाई नै भोट हाल्छन् ।

    अध्यक्ष नेपालले गठबन्धनमा सिट बाँडफाँट सहज नभएको भन्दै नेकपा एस चानचुने शक्ति नभएको बताए ।

    नेपालले पाँचै दलमा सहमति नभए अन्य दलसँग पनि नेकपा एसको तालमेल हुने भन्दै एक्लै प्रतिस्पर्धा गर्नुपरे पनि आफू तयार रहेको बताए ।

  • नेकपा एसको शक्ति कम आँकेर अपमान नगर्न गठबन्धनका नेताहरूलाई माधव नेपालको चेतावनी (भिडिओ)

    नेकपा एसको शक्ति कम आँकेर अपमान नगर्न गठबन्धनका नेताहरूलाई माधव नेपालको चेतावनी (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन् ।

    नेकपा एसले हैसियतभन्दा बढी मागेको भनेर कांग्रेस र माओवादीले भनिरहेका बेला अध्यक्ष नेपालले आफूहरूमाथि अपमानपूर्ण व्यवहार नगर्न चेतावनी दिएका हुन् ।

    नेकपा एसको सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएकोले कम नआँक्न चुनौती दिए ।

    अध्यक्ष नेपालले भने– हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीलाई अझै पनि भ्रम रहेछ । कता कता हामीमाथि अपमानपूर्ण व्यवहार गर्ने गरेको सुन्दै छु । आफ्नो शक्तिको अति मूल्याङ्कन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस् । हामीलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुईँमा पछार्न निर्णायक भूमिका खेलेका छौ । ख्याल गर्नुस्,यो चेतना भया ।

    अध्यक्ष नेपालले एक वर्ष पूरा गर्न पाएको भए आफ्नो पार्टीको वास्तविक शक्ति देखिने थियो भन्दै चुनाव चाँडो भए पनि आफूहरू मुख्य शक्ति रहेको बताए ।

  • गठबन्धन बाँडफाँट- महानगरबाहेक काठमाडौंका ४ नगरपालिकामा नेकपा एसको दाबी

    गठबन्धन बाँडफाँट- महानगरबाहेक काठमाडौंका ४ नगरपालिकामा नेकपा एसको दाबी

    काठमाडौं । सत्ता गठबन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठक बसिरहेका बेला नेकपा एकीकृत समाजवादीले काठमाडौंका चार वटा नगरपालिकामा मेयर दाबी गरेको छ ।

    महानगरपालिका केन्द्रबाटै तय हुने भएकाले बाँकी १० वटामध्ये ४ वटा नगरपालिकामा नेकपा एसले दाबी गरेको हो ।

    केन्द्रले बनाएको मापदण्ड अनुसार कागेश्वरी मनहरा नगरपालिका नेकपा एसले स्वतः पाउनेछ ।

    कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा नेकपा एसमा कायम रहेकाले केन्द्रीय मापदण्ड अनुसार नै सो नगरपालिका नेकपा एसको भागमा पर्छ । नेपाली कांग्रेसले जितेका गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन र दक्षिणकाली कांग्रेसकै भागमा पर्नेछन् ।

    बाँकी एमालेले जितेका ५ नगरपालिकाको भागबन्डा पेचिलो बनेको छ । काठमाडौंमा सत्ता गठबन्धनका पाँचमध्ये कांग्रेस, माओवादी, नेकपा एस र जसपाको संगठन छ । तर जसपाले अहिलेसम्म मेयरको दाबी भने गरेको छैन ।

    नेकपा एसले एमालेले जितेकामध्ये थप तीन नगरपालिका आफूले पाउनुपर्ने दाबी गरेको छ ।

    नेकपा एसका काठमाडौं जिल्ला कमिटी उपसचिव ध्रुव राज न्यौपानेका अनुसार मापदण्डमै परेको कागेश्वरी मनहराबाहेक बुढानिलकण्ठ, तारकेश्वर र किर्तिपुर नगरपालिकामा आफूहरूको दाबी गरेको बताए ।

    संगठन र जनाधारका हिसाबले काठमाडौं महानगरपालिकासहित शंखरापुरमा पनि नेकपा एस बलियो रहेको उनको भनाइ छ । शंखरापुरमा नेकपा एसका जिल्ला सचिव एलपी श्रेष्ठ मेयरका दाबेदार छन् ।

    त्यस्तै बुढानिलकण्ठको मेयरमा उपसचिव न्यौपाने दाबेदार हुन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा राम्रो काम गरेको न्यौपाने कपन क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।

    बुनपामा कांग्रेसले प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न नसक्दा न्यौपाने नेतृत्वको समूहले एमालेकालदेखि नै सो भूमिका देखाएको दाबी छ ।

    उता तारकेश्वरमा लब बस्नेत र किर्तिपुरमा जिल्ला उपाध्यक्ष बटुकृष्ण थापा नेकपा एसबाट मेयरका दाबेदार हुन् । माओवादीले पनि शंखरापुर, टोखा, किर्तिपुर र दक्षिणकालीमा दाबी गरेको छ ।

    नेपाली कांग्रेस भने एक्लै सबै नगरपालिका जित्ने भन्दै जनमत नभएका पार्टीलाई नगरपालिका दिएर एमाले जिताउन नसकिने अडानमा छ । कांग्रेसका जिल्ला सभापति सबुज बानियाँले गठबन्धन दलहरुले जनमत र आफ्नो हैसियत हेर्नुपर्ने सुझाव दिए ।

    काठमाडौंमा गठबन्ध दलमध्ये कांग्रेसभन्दा पनि आफ्नो जनमत रहेको दाबी नेकपा एसले गरेको छ । नेकपा एमालेबाट स्थापित नेता कार्यकर्ताहरुले नै विद्रोह गरेको र पार्टी अध्यक्ष माधव नेपाल, जीवनराम श्रेष्ठ, कुसुम कार्की, बसन्त मानन्धर लगायतका नेताहरु रहेकाले माओवादीभन्दा आफ्नो बढी मत रहेको नेकपा एसका नेताहरु बताउँछन् ।

  • प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    रूपन्देही । प्यूठानको नौबहिनी गाउँपालिकामा पाँचदलीय सत्ता गठवन्धन भत्किएको छ। यहाँ राष्ट्रिय जनमोर्चाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका छन् ।

    सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेपछि जनमोर्चा एक्लिएको हो ।

    सत्तारुढ तीन ठूला दलले आफूहरुलाई चुनावी गठबन्धनमा सहभागी नगराएको जनमोर्चा प्यूठानका सल्लाहकार एवं नौबहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले बताए ।

    ‘बैठकमा बोलाएर कांग्रेस र माओवादीले छुट्टै बैठक बस्छौं भनेपछि नोट अफ डिसेन्ट लेखेर हामी बाहिरियौं’, पहाडीले भने, ‘पुरानै अनुहार दोहोरिने गरी भागबन्डा गरेको खबर छ । हामीलाई पुनः बैठकमा बोलाएनन् ।’

    नौबहिनी गाउँपालिकामा यसअघिको स्थानीय तह निर्वाचनमा पनि जनमोर्चाविरुद्ध कांग्रेस र माओवादी मिलेर लडेका थिए । वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई र तीन–तीन वटा वडा कांग्रेस र माओवादीलाई भागबन्डा गरिएको बताइएको छ । फोप्लीको वडामा विवाद रहँदा सहमति भएको छैन ।

    गाउँपालिका अध्यक्षमा बहालवाला अध्यक्ष शिव रिजाल र उपाध्यक्षमा घनबहादुर बुढालाई दोहोर्‍याउने सहमति भएको छ । अध्यक्ष रिजाल कांग्रेस र उपाध्यक्ष बुढा माओवादी केन्द्रका हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा नौबहिनीमा कांग्रेस र माओवादीविरुद्ध जनमोर्चा र एमालेले पनि तालमेल गरेका थिए । जनमोर्चाका पहाडी यसअघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए ।

    जनमोर्चाले वडा नम्बर ४ र ६ को अध्यक्ष माग गरेपछि सहमति हुन नसकेको कांग्रेसका जिल्ला सदस्य एवं नौबहिनी गाउँपालिका अध्यक्ष
    शिव रिजालले जानकारी दिए ।

  • दैलेखमा एकीकृत समाजवादीका जिल्ला सचिव खड्का एमाले प्रवेश

    दैलेखमा एकीकृत समाजवादीका जिल्ला सचिव खड्का एमाले प्रवेश

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दैलेखका सचिव मानबहादुर खड्का एमाले प्रवेश गरेका छन् ।

    दैलेखको भगवतीमाई ५ निवासी खड्काले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमा सामेल भएको सार्वजनिक गरेका हुन् ।

    उनी शुक्रबार नै एमाले प्रवेश गरेका छन् । उनी एमाले विभाजित हुँदा एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादीमा जिल्ला सचिवको जिम्मेवारीमा रहेका उनी यसअघि एमाले जिल्ला सदस्य रहिसकेका थिए ।

    त्यस्तै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कटी गाउँ विकास समितिमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

    ‘मैले आफूलाई कम्युनिष्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुदृढीकरण र जनताको पक्षमा आफूलाई समर्पित गर्न नेकपा एमादेमा सामेल भएको हुँ’, उनले विज्ञप्तिमा भनेका छन् ।

  • पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी

    पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी

    काठमाडौं । भागबण्डाका क्रममा पोखरा महानगरपालिकाको नेतृत्व नछाड्न आग्रह गर्दै बुधबार कास्की कांग्रेसका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत केन्द्रीय पदाधिकारीहरूलाई भेट्यो । कास्की सभापति किशोरदत्त बरालको नेतृत्व गएको टोलीले ठूलै मेहनतपछि सभापति देउवालाई भेट्न पाएको थियो ।

    भेटमा प्रधानमन्त्री देउवाले उल्टै कास्की कांग्रेसको टोलीको ‘झाँको’ लिए । टोलीले पोखरा महानगरको नेतृत्व एकीकृत समाजवादीलाई दिन लागेको र त्यसो हुँदा एमालेलाई जित्न पनि नसकिने र कांग्रेसलाई नै क्षति हुने बताएको थियो ।

    त्यत्ति सुन्दा नै प्रधानमन्त्री देउवाले महानगर भागबण्डाबारे कुरै नचलेको भन्दै रिस निकाले । उनले झोक्किँदै जवाफमा भने, ‘कुरै चल्या छैन । कसरी दिने भन्ने ? त्यसै कुरा लिएर आउने ?’

    त्यसपछि पोखराको अंकगणितका विषयमा टोलीले जानकारी गराउने प्रयास गरेको थियो । त्यसमा पनि प्रधानमन्त्री देउवाले ‘सब थाहा छ, सब थाहा छ’ भनेर कुरै सुन्न चाहेनन् । अन्तिममा टोलीले कांग्रेस एक्लै पनि चुनाव जित्न सक्ने अवस्थामा रहेको बताएको थियो ।

    त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसबाट साझा उम्मेदवार बनाएर ल्याउन चुनौती दिए । ‘साझा उम्मेदवार बनाएर ल्याउन सक्छौं ?’ भनेर चुनौतीपूर्ण प्रश्न तेस्र्याएपछि टोली नाजवाफ भयो । जिल्ला सभापतिले ‘सक्छौं’ भन्ने जवाफ दिन सकेनन् ।

    प्रधानमन्त्री देउवा झोक्किएजस्तै पोखराको अवस्था पनि उस्तै देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा नेकपा माओवादी केन्द्रले मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई समर्थन गरेको थियो । माओवादी केन्द्रको समर्थन पाउँदा पनि कांग्रेस उम्मेदवार कुँवर नेकपा एमालेका उम्मेदवार मानबहादुर जीसीसँग झण्डै १४ हजारको मतान्तरले पराजित हुनपुगे ।

    त्यतिबेला एमालेबाट उम्मेदवार जीसीले ६० हजार एकसय १८ मत पाउँदा कांग्रेसका कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । तेस्रो भएका संघीय समाजवादी फोरमका उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार एक सय ७० मत ल्याउँदा राप्रपाका उम्मेदवार गिता गुरुङले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् । अहिले हुमबहादुरसहित जसपाको सिंगो टिम नै एमालेमा प्रवेश गरिसकेको छ ।

    विगतको यो नतिजा हेर्दा त्यहाँ एमाले एक्लै निकै बलियो छ । त्यहीँ कारण सत्तारूढ गठबन्धनका दलहरू एक्ला–एक्लै लड्दा अवस्था सुरक्षित छैनन् । प्रधानमन्त्री देउवाले पनि सोही गणितको आँकलन गरेर नै पोखरामा गठबन्धनको विकल्प देखेका छैनन् ।

    यद्यपि सत्तारूढ दलहरूबीचको भागबण्डामा महानगरको नेतृत्व कहाँ कसले लिने ? भन्ने विषयमा रस्साकस्सी चलिरहेको छ । सोही रस्साकस्सीको उदाहरण हो– कास्की कांग्रेसको हिजोको डेलिगेसन ।

    चुनावी गणितमा एमाले हाबी, दोस्रोमा कांग्रेस

    सत्तारूढ दलहरूले प्रक्षेपण गरेको तथ्यांकअनुसार नै पोखरामा एक्ला–एक्लै तुलना गर्दा एमाले हावी देखिन्छ । निर्वाचन आयोगका अनुसार यसपटक महानगरमा २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन् । कास्की कांग्रेसले गरेको प्रक्षेपणअनुसार यसमा झण्डै २५ देखि ३० प्रतिशत मत नखस्ने मतदाताको छ । जुन नेपालका पछिल्ला निर्वाचनहरूको औसत दर हो ।

    बाँकी मतमा ७० देखि ७२ हजार मतदाता एमालेले होल्ड गर्नसक्ने रिपोर्ट कांग्रेसको छ, जुन देउवालाई सुनाउन ल्याइएको थियो । कांग्रेससँग ६० हजारको हाराहारीमा मत छ भने ८ हजार माओवादी केन्द्र र ५ हजार नेकपा एससँग रहेको कांग्रेसको दाबी छ ।

    अघिल्लो निर्वाचनमा तीनहजार बढी मत पाएको संघीय समाजवादी फोरम (हालको जसपा) का मेयरका उम्मेदवार गुरुङ नै एमाले प्रवेश गरेपछि सो मत उतै गएको कांग्रेसको दाबी छ ।

    हुमबहादुरमात्र होइनन्, कास्कीका प्रभावशाली नेता तथा प्रदेश अध्यक्ष गणेशमान गुरुङसहित यहाँको ३ हजार मत होल्ड गर्ने समूहलाई केपी ओलीले एमालेमा स्वागत गरिसके । नेकपा एसले एमालेबाट काट्ने मत एमालेले जसपाबाट कभर गर्ने दाबी छ ।

    यता नेकपा एसले भने झण्डै १८ हजार मत नेकपा एमालेको तान्ने प्रक्षेपण गरेको छ । त्यसका लागि सो पार्टीले ८३ पेजको प्रतिवेदन नै तयार पारेको स्रोतले बतायो । तर कास्की कांग्रेसले भने नेकपा एसको त्यो अनुमान आधारहीन रहेको दाबी गरिरहेको छ ।

    कांग्रेसका मेयर दाबेदार बाबुराम आचार्य तीनपटक गन्दा पनि नेकपा एसको मत १८ हजार नपुग्ने दाबी गर्छन् । नेकपा एसका मेयरका दाबेदार धनराज आचार्यकै वडामा सो पार्टीले २ सय मत कटाउने अवस्था नरहेको र अन्य वडामा त्यति मत पनि नरहेको कांग्रेस र माओवादी दुवै पक्षको आँकलन छ ।

    गठबन्धनभित्र मेयरमा तीनै दलको दाबी

    सत्तारूढ पाँच दलबीचमा स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णयपछि अहिले सिट भागबण्डाको बहस चलिरहेको छ । देशभरका ६ महानगरमध्ये कांग्रेसबाहेकका दलहरूले ३–३ को अवधारण अघि सारेका छन् । जसमा ३ महानगर कांग्रेस र ३ आफूहरूले पाउनुपर्ने उनीहरूको दाबी छ ।

    कांग्रेसले पाउने तीन महानगरमा पहिल्यै जितेको ललितपुर र विराटनगरका साथै देशको राजधानी काठमाडौंको चर्चा भइरहेको छ ।

    भरतपुरमा माओवादी केन्द्रबाट फेरि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाललाई नै लडाउने लगभग तय भइसकेको स्रोत बताउँछ । वीरगञ्जमा जसपाले दाबी गरिरहेको छ भने नेकपा एसले बाँकी रहेको पोखरा त हरहालतमा लिइछाड्ने अड्डी कसेको छ ।

    केहीदिनअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले कम्तिमा एक महानगर र एक उपहानगर आफूहरुले पाउनुपर्ने बताएका थिए ।

    त्यसैअनुसार उसले पोखरा रोजेको चाल पाएपछि कास्की कांग्रेसका नेताले सक्रियता बढाएका छन् । एमालेपछि दोस्रो शक्तिशाली दल कांग्रेस नै भएकाले एमाले हराउन कांग्रेसबाहेक अन्य दलले नसक्ने उनीहरूको तर्क छ ।

    ‘गठबन्धन बनाएर चुनावमा जानेमा दुईमत छैन । तर, समाजवादीलाई अगाडि बढाएर चुनाव चाहिँ जितिँदैन । मुस्किलले पाँच हजार मत हो– समाजवादीको,’ हिजो प्रधामन्त्रीलगायत कांग्रेसका शीर्ष पदाधिकारीहरूसँगको भेटमा कास्की कांग्रेसका सभापति बरालले भनेका थिए, ‘पोखराको नेतृत्व चाहिँ कांग्रेसले पाउनेगरी गठबन्धनबाट चुनावमा जानुपर्यो ।’

    पोखरामा पाँच दलीय गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिन्छ । पछिल्लो समय जसपाको समेत मत थपिएको अवस्थामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बन्दा जुन तहको प्रतिस्पर्धा हुन्छ, नेकपा एस वा माओवादीबाट मेयर उम्मेदवार बन्दा एमालेको जित अझ सहज हुने ठम्याइ छ । त्यसैले कांग्रेस पोखरा छाड्न चाहँदैन तर केन्द्रबाट नेकपा एसलाई दिनैपर्ने अवस्थामा पोखराबाहेक अरु महानगर छैन ।

  • झलनाथ भन्छन्- कम्तीमा एउटा महानगर र उपमहानगरपालिकामा नेकपा एसको दाबी

    झलनाथ भन्छन्- कम्तीमा एउटा महानगर र उपमहानगरपालिकामा नेकपा एसको दाबी

    विराटनगर । नेकपा एकीकृत समाजवादीले कम्तीमा एउटा महानगर र एउटा उपमहानगरपालिकामा नेतृत्व दाबी गर्ने भएको छ ।
    नेकपा एसका सम्मानित नेता झलनाथ खनालले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसबारे छलफल भइरहेको बताए ।

    खनालले महानगर तथा उपमहानगरमा सत्तारुढ गठबन्धनले माथिबाटै उमेदवारको टुंगो लगाउने बताए ।

    मुलुकका विभिन्न महानगर र उपमहानगरमा कांग्रेसले उमेदवारहरूको छनोट गरिरहेका बेला नेता खनालले दुवै स्थानीय तहको उम्मेदवार केन्द्रले टुंग्याउने बताएका हुन् ।

    खनालले भने,‘महानगर र उपमहानगरको हकमा उम्मेवारको टुंगो केन्द्रबाटै गर्ने सहमति भएको छ। नगरपालिका र वडामा आवश्यताको आधारमा तालमेल स्थानीयस्तरबाट हुनेछन् ।

    नेता खनालले आगामी स्थानीय तहको चुनावमा ५ महानगरपालिकामध्ये एक महानगर र एक उपमहानगरमा नेकपा एसको दाबी रहने समेत बताए ।

  • एकीकृत समाजवादीको घोषणापत्र : गणतन्त्र स्थापनामा नेपाल-खनालको नेतृत्वदायी भूमिका

    एकीकृत समाजवादीको घोषणापत्र : गणतन्त्र स्थापनामा नेपाल-खनालको नेतृत्वदायी भूमिका

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारले विभिन्न समयमा गरेका चर्चित ‘११ वटा कार्यक्रम’लाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र मन्त्री हुँदा भएको दाबी गरेको छ ।

    आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र-२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।

    देशको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानका कारण आएको मानिन्छ । पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा उपप्रधानमन्त्री हुँदा नेपालले अभियानसहितको नीति तथा कार्यक्रमको मस्यौदाको तयारी गरेको घोषणापत्रमा भनिएको छ ।

    अभियानकै कारण हाल स्थानीय तहमा बजेट गएको र विकासमा नयाँ आयाम थपिएको पनि दाबी एकीकृत समाजवादीको छ ।

    समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्न ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम नेपाल नेतृत्वको सरकारले सञ्चालन गरेको दाबी पनि घोषणापत्रमा उल्लेख छ ।

    पुष्पलाल लोकमार्ग (मध्यपहाडी), काठमाडौं–निजगढ द्रुत मार्ग, देशलाई सुरुङ युगमा प्रवेश गराउने, स्थानीय तहमा महिला र उत्पीडित समुदायको उपस्थिति बढाएको र शान्ति स्थापनाका लागि आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ‘अनमिन’लाई बिदाइ गरेको गतिविधिलाई पनि एकीकृत समाजवादीले उपलब्धि भनेको छ ।

    यस्तै, गणतन्त्र स्थापनाका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको विषय पनि घोषणापत्रमा समावेश छ ।

    न्यूज कारखाना

  • अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

    अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

    पर्बत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् ।

    समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए ।

    एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ ।

    एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उनले बताए ।

    उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे ।

    ‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ’, अध्यक्ष नेपालले भने, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।’

    नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ ।

  • इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित

    इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित

    इटहरी । गत बुधवार इटहरी कांग्रेस सचिव विक्रम घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गरे । उनले लेखे, ‘पिपुल टेस्टेड नभै मेरो जनमत यत्ति छ भन्नु हास्यास्पद मात्रै हो ।’

    अलिकति घुमाउरो भाषामा भनिएको यो पोस्टलाई इटहरीमा नेपाली कांग्रेसले मेयरको टिकट नपाएर नेकपा एसले पाउने गाँइगुइँमा आएको असन्तुष्टि हो ।

    घिमिरेले इटहरीमा नेकपा एसले मेयर टिकट पाउने गाँइगुइँ आएपछि घिमिरे जस्तै धेरै इटहरी कांग्रेसका नेता कार्यकर्ताहरू तरङ्गित भएका छन् ।

    गत चैत २३ गते सुनसरीमा पाँच दलको जिल्ला बैठक बसेर गठबन्धन गर्ने कुरा सार्वजनिक भएपछि सुनसरी क्षेत्र नम्बर २ (१) का सभापतिका प्रत्याशी धनबहादुर पुरीले आफ्नो आपत्ति सार्वजनिक रूपमै व्यक्त गरेका छन् ।

    इटहरीको मेयर गठबन्धनका अन्य साना दललाई दिन नहुने भन्दै पुरीले शुक्रवार लेखेका थिए, ‘गठबन्धनको नाममा इटहरीको मेयर कुनै दललाई दिए भने हामी चुप लागेर बस्दैनौँ । २०७४ का इटहरीको मतको आधारमा माओवादीलाई उपमेयर र नेकपा एसलाई एउटा वडाध्यक्षसम्म दिनु ठिक हो बाँकी प्रमुख पदमा दाबी गर्न इटहरीमा माओवादी र नेकपा एसको हैसियत अहिले पुग्दैन ।’

    माधव नेपालको पटक पटकको इटहरी आगमन, इटहरीमा भएका नेकपा एसका तारनतारका प्रदेश स्तरीय कार्यक्रम र नेकपा एसमा इटहरीका हेभिवेट पूर्व एमाले नेता भएकोले इटहरीको मेयर नेकपा एसको भागमा पर्ने हल्ला भूसतहमा चलेको छ ।

    खास गरी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भइसकेका नेकपा एसका केन्द्रीय नेता केशव कुमार विष्टले मेयरको टिकट पाउने चर्चा भएपछि इटहरी कांग्रेसमा तरङ्ग आएको हो ।

    कतिपय नेकपा एसका नेताहरू भने अन्तिम समयमा मेयरमा एमालेबाट टिकट नपाएमा द्वारिकलाल चौधरी टिकट पाएमा एसको मेयर उम्मेदवार हुने सम्भावना रहेको बताउँछन् ।

    इटहरी एमालेबाट मेयरका सम्भावित नाम रेवती रमण भण्डारी, याम सुब्बा र लक्ष्मी गौतम हुन् । २१ सय प्रतिनिधि भएको नेकपा एमालेको सुनसरी जिल्ला अध्यक्षमा ८० मत मात्रै ल्याएपछि चौधरीले लोकप्रियतामा प्रश्न उठाउँदै उनको टिकटको सम्भावना एमालेबाट नभएको चर्चा चलेको छ ।

    तर नेकपा एसले टिकट दिने पक्का भएमा उनी एमाले परित्याग गर्न तयार रहेको बुझिएको एक नेताले बताए ।

    कांग्रेसका एक नेता भन्छन्— इटहरीमा माधव नेपालको पार्टीले भागवण्डामा मेयरको टिकट लान सक्ने चर्चा मैले पनि सुनेको छु । तर, त्यसो भयो भने इटहरी कांग्रेसमा व्यापक असन्तुष्टि हुनेछ ।

    गत स्थानीय चुनावमा इटहरी कांग्रेसले सभापति हेमकर्ण पौडेललाई मेयरको टिकट नदिएपछि सडकमा आन्दोलन नै भएको प्रसङ्ग सुनाउँदै भने, ‘आफ्नै पार्टीको लोकप्रिय नेताले टिकट नपाउँदा आन्दोलन गर्ने इटहरी कांग्रेसका नेता कार्यकर्ता पङ्क्तिले नयाँ र धेरै सानो पार्टीको नेतालाई मेयर स्वीकार गर्न सक्दैनन् ।’

    २०७४ असार १४ गतेको स्थानीय तहको चुनावमा इटहरीका २० वडामा १२ वडामा अध्यक्ष नेपाली कांग्रेससले जितेको थियो भने मेयरमा २७०५ मतले हारेको थियो ।

    पछिल्लो चुनावमा एमालेका द्वारिकलाल चौधरीले २२६८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रोहित प्रसाईँले १९९८५ मत ल्याएका थिए । तेस्रो मत ल्याएका थिए राप्रपाका मेयर उम्मेदवार रोहित कुमार कार्की थिए । ३७१५ मत ल्याएका कार्की एमाले प्रवेश गरेका छन् ।

    नेकपा माओवादीको जनमत चौथौँ भएको पछिल्लो स्थानीय चुनावमा माओवादीकी मेयर उम्मेदवार हरिमाया जिमीको मत ३३६४ आएको थियो ।

  • स्थानीय चुनावमा नेकपा एसका उम्मेदवार कसरी र कहिले छानिन्छन् ? (सर्कुलरसहित)

    स्थानीय चुनावमा नेकपा एसका उम्मेदवार कसरी र कहिले छानिन्छन् ? (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन परिचालनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    केन्द्रीय सचिवालयको आइतबार र सोमबार काठमाडौंमा बसेको बैठकले निर्वाचन तयारी सम्बन्धी विभिन्न निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र समयसीमा समेत तोकेको छ ।

    बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।

    बैठकले उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेर पठाएको छ । गठबन्धनले उम्मेदवार पाउने ठाउँमा नेकपा एसले उम्मेदवारी नदिने भएको छ ।

    उम्मेदवार सिफारिसका लागि वडा कमिटीले चैत ३० गतेसम्म, पालिका कमिटीले वैशाख २ भित्र र जिल्लाले वैशाख ४ तथा प्रदेश कमिटीले वैशाख ६ गतेभित्र गरिसक्न सर्कुलर गरिएको छ । केन्द्रीय कमिटीले गर्नुपर्ने महानगर र उपमहानगरको टिकटको निर्णय वैशाख ८ गतेभित्र गरिसक्ने भएको छ ।

     

  • कलम देखाउँदै भृकुटीमण्डपमा नाचे माधव नेपाल (भिडिओ)

    कलम देखाउँदै भृकुटीमण्डपमा नाचे माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेता–कार्यकर्तासँग नाचेका छन् । भृकुटीमण्डपमा आयोजित जनसभामा पार्टीको चुनावचिन्ह ‘कलम’ देखाउँदै नेपाल नाचेका हुन् ।

    जनसभाको समापनपछि कलाकारहरुले ‘हाम्रो चुनाव चिन्ह कलम सबैले भोट यसैमा हालम्’ बोलमा गीत गाएका थिए । सोही गीतमा अध्यक्ष नेपाल कलम देखाएर उत्साहपूर्वक नाचेका हुन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले थपडी बजाउँदै साथ दिए ।

    नेकपा एसको जनसभा आज निर्धारित समयभन्दा दुई घन्टा ढिला गरी सुरु भएको थियो । सभास्थल नजिकै एउटा रेस्लिङ प्रतियोगिता भइरहेकाले अध्यक्ष नेपाल लगायतका नेताहरु लामो पर्खाइमा परे । त्यसो त उक्त रेस्लिङ प्रतियोगिताको उद्घाटन पनि नेपालले नै गरेका थिए ।

    कार्यकर्ता ओसार्न स्कुल बस

    नेकपा एसको सभामा कार्यकर्ता ओसार्न स्कुल बस प्रयोग गरिएको थियो ।

    साँखुस्थित एभरग्रिन हाइयर सेकेन्डरी स्कुलको बसमा पार्टीको झण्डा राखेर कार्यकर्ताहरु ओसारिएको हो ।

  • माधव नेपालको आह्वान : गफाडीलाई गफ गर्न दिऊँ, हामी काम गरेर देखाउँ

    माधव नेपालको आह्वान : गफाडीलाई गफ गर्न दिऊँ, हामी काम गरेर देखाउँ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भविष्य सुन्दर रहेको बताएका छन् । भृकुटीमण्डपमा आयोजित जनसभामा बोल्दै उनले आफ्ना कार्यकर्तालाई गफभन्दा काम गरेर देखाउन सन्देश दिए ।

    एकीकृत समाजवादीतर्फ व्यापक जनलहर देखिएको भन्दै नेपालले आफ्नो पार्टीले समाजमा विचारको नयाँ तरङ्ग उब्जाएको बताएका थिए ।

    उनले भने, ‘हामीले विचार र व्यवहारमा नयाँ उदाहरण प्रस्तुत गरेका छौँ । तपाईँहरू यो विश्वासका साथ अघि बढ्नुस् कि हाम्रो पार्टीको भविष्य छ । यही पार्टीको भविष्य छ ।’

    निराश मान्छेले गरिखान नसक्ने भन्दै उनले आँटका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई ईंगित गर्दै गफाडीहरूलाई गफ गर्न दिनुपर्ने बताए ।

    ‘गफाडीहरूको कुनै काम छैन । गफाडीलाई गफ गर्न दिनुस्, अरूको अपमान गर्न दिनुस् । हामी काम गरेर देखाउन् । इमानदारिता र निष्ठाका साथ देश रूपान्तरणमा अघि बढौँ,’ नेपालले भने ।

    विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको उनले जानकारी दिए ।

    ‘हिजो मात्रै काठमाडौँमा चार्टर्ड एकाउन्टेन्ट, वरिष्ठ अधिवक्ता जस्ता व्यक्तिहरू हाम्रो पार्टीमा प्रवेश गर्नुभयो । पूर्वमा इँटहरिदेखि सर्लाही र बारासम्मको माहौल पनि हाम्रो पक्षमा छ । सुदूरपश्चिममा हामी पहिलो छौँ । दुई नम्बरमा पनि केपी ओलीको पार्टीलाई हामीले पछाडि धकेलिसकेका छौँ । कर्णालीको जिल्ला जिल्लामा व्यापक संगठन बढिरहेको छ,’ नेपालले भने ।

  • झलनाथ खनाल भन्छन्- गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन (भिडिओ)

    झलनाथ खनाल भन्छन्- गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको बताएका छन् ।

    ‘हामीले २०६२/०६३ को आन्दोलनबाट लोकतन्त्रको स्थापना गर्‍यौँ, गणतन्त्र स्थापना गर्‍यौँ । तर गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन,’ उनले भने, ‘हामीलाई यसको ग्यारेन्टी गर्ने भनेको समाजवादी लोकतन्त्र हो ।’

    नेता खनालले ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त नहुने बताए ।

    उनले भने- ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त हुँदैन । पुँजीवादी जनवाद व्यवस्थाबाट मात्र प्राप्त हुँदैन । त्यसको एक मात्र भविष्य हो–समाजवाद ।’

    उनले समाजवादको बाटोबिना कुनै पनि देशको समृद्ध हुन नसक्ने उनले बताए ।

    नेपालमा अब समाजवादी क्रान्तिको आवश्यकता रहेको पनि उनले बताए ।

    ‘जनवादी क्रान्ति हामीले सम्पन्न गर्‍यौ । अब दोस्रो समाजवादी क्रान्तिको चरणमा जाँदै छौँ,’ उनले भने,‘यही क्रान्तिबाट हाम्रो देशको विशेषता र वास्तविकता अनुरूपको समाजवाद जुन समाजवादले मान्छेले मान्छेलाई गर्ने शोषण अन्त्य गर्नेछ ।’

  • नेकपा एसका सचिव श्रेष्ठ भन्छन्- एमालेमा बोक्रा मात्रै बाँकी, गुदी हामीतिर आइसके

    नेकपा एसका सचिव श्रेष्ठ भन्छन्- एमालेमा बोक्रा मात्रै बाँकी, गुदी हामीतिर आइसके

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सचिव जीवनराम श्रेष्ठले आफ्नो पार्टी प्राविधिक रूपमा नयाँ देखिए पनि २००६ सालकै निरन्तरता रहेको बताएका छन् ।

    पार्टीको काठमाडौं जिल्ला समितिले आज भृकुटीमण्डपमा आयोजना गरिएको बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने- हामी प्राविधिक रूपमा नयाँ पार्टी देखिए पनि २००६ सालको नेपाल कम्युनिस्ट पार्टीको इतिहास बोक्ने पार्टी हौँ । २०४६ सालको परिवर्तन र २०६२/०६३ को आन्दोलनको स्पिरिट हामीसँग छ ।

    नेकपा एमाले अहिले बोक्रा मात्रै हरेको टिप्पणी गर्दै सचिव श्रेष्ठले गुदी आफूहरू भएको दाबी गरे ।

    ‘एमालेमा रहेको क्रान्तिकारी विचार बोक्ने र परिवर्तनको विचार बोक्ने नेता हाम्रो पार्टीमा आउनुभएको छ । एमालेमा त प्रतिगामीहरू मात्रै बाँकी छन्,’ उनले भने ।

  • तस्बिरमा हेर्नुहोस् नेकपा एसको जनसभा

    तस्बिरमा हेर्नुहोस् नेकपा एसको जनसभा

    काठमाडौं । भृकुटीमण्डपमा नेकपा (एकीकृत समाजवादी) को जनसभामा सहभागी हुन नेताहरु त्यहाँ पुग्नेक्रम जारी छ । नेकपा एस जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको बृहत जनसभामा सहभागी हुन अध्यक्ष माधव नेपाल लगायतका नेताहरु अहिले त्यहाँ पुगिसेकेका छन् ।

    कार्यक्रमको औपचारिक सुरुआत हुन अझै केही समय लाग्ने देखिन्छ । त्यहाँ अर्को एउटा कार्यक्रम आयोजना भएकाले नेकपा एसको कार्यक्रमको औपचारिक सुरुआत हुन नसकेको हो ।

    बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभाको आयोजना गरेको हो ।

    उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौंमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिए।

    उनले स्थानीय तहको निर्वाचनमा काठमाडौंका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने जानकारी दिए ।

    तस्बिरहरु : उमेश कार्की

  • माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

    माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमाले गलत व्यक्तिको कब्जामा परेकाले नयाँ पार्टी खोलेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन । काठमाडौंमा आयोजित पार्टीको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    त्यही कारण आफूहरूले क्रान्तिकारी चेतका साथ क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियानमा जुटेको उनले बताए ।
    ‘त्यहाँ बस्नुको मतलव दास हुनु हो, त्यहाँ बस्नुको मतलव दासता स्वीकार्नु हो, त्यहाँ बस्नुको मतलव मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ,’ उनले भने,‘बोलिहाल्यो भने कार्बाहीको सिकार हुनुपर्ने हुन्छ, होइन भने निरीह भएर बस्नुपथ्र्यो ।’

    पार्टीको निर्देशनको अवज्ञा गरे पार्टीभित्रै अपमान सहनुपर्ने अवस्था देखिएको उनले बताए । उनले भने,‘चुप लाग्नुस्–चुप लाग्यो । निस्किनुस–निस्कियो । कसैले बोल्न खोज्यो त्यहाँका स्यालहुइयाँ साइबर स्यालले कराउथे एइइई चुप लाग चुप लाग १ भनेपछि आफ्नै बेइजती ।’

    एमालेमा अहिले विगतमा १० भाई समुह चलाएका नेताहरूको अवस्था बिजोग भएको अध्यक्ष नेपालले टिप्पणी गरे । ‘त्यहाँ हेर्नुस त १० भाईको कस्तो बिजोग छ रु १० भाई भन्यो भने कोइकोइ भन्छन् बहिनी पनि त छन् नि–दिदी । यो तपाईहरू आफू जान्नुहोस्,’ उनले भने ।

    आफूले पार्टी स्थापना गरेपछि जहीँतहीँ बाक्लो भीड लागिरहेको उनले बताए ।

  • ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ)

    ओलीलाई नेपालको कटाक्ष– काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो नेतृत्वमा रहँदा एमालेले धेरै राम्रा काम गरेको दाबी गरेका छन् । एमालेले बिगतमा गरेका लोकप्रिय कामहरूको श्रेय आफूलाई जाने बताउँदै ती सबै कामहरू आफ्नो अगुवाई र सहभागितामा भएको दाबी गरे ।

    पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेतृत्वमा आएरपछि अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेको बताए । त्यसैकारण ओली पार्टीभित्रै पेलपाल गर्ने गालीगलौचमा उत्रिने गरेको उनको दाबी छ ।

    एमालेसँगको सम्बन्ध टुँटिसकेको अवस्थामा अब उतातर्फ फर्किएर हेर्नुको औचित्य नरहेको बताउँदै कार्यकर्तालाई पार्टीको काम गर्न आग्रह गरे ।

    ‘काम गर्न नसक्नेलाई गालीगलौच गर्न दिनुस् । आफ्नो औकात देखाउन दिनुस् । उनी हरू गाली मात्र बक्न सक्दछन् । राम्रो काम गरेपो राम्रो कुरा बोलुन् । आफूबाट राम्रो काम भएको छैन,’ उनले भने,‘अरुले राम्रो काम गरेको देखेर रिसले चूरचूर भएर गालीगलौचमा उत्रिन्छन् भने, उनीहरूको त्यति नै हो हैसियत, यो बुझे हुन्छ । ’

    आफूहरूलाई त्यसमा फुर्सद नभएको उनले बताए । ‘फुर्सद पनि छैन चिन्तन पनि छैन । सोच नै त्यस्तो होइन । हामी सकारात्मक सोचलाई अगाडि बढाउँछौ । राम्रो कुरा गर्नेहरूलाई प्रेरणा दिने गरी सबेलाई हौसला दिनचाहन्छौँ,’ उनले भने ।

    आफ्नो नेतृत्वमा रहेको पार्टीबाट कहिल्यै शीर निहुँराउने काम नभएको अध्यक्ष नेपालले बताए । उनले भने, ‘शीर निहुँराउने होइन । हामीले यो देशका लागि गर्नुपर्ने काम गरेका छौँ । चुनौतीका बीचमा गरेका छौँ ।’

    नेपालको द्वन्द्व रूपान्तरणका लागि आएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)लाई नेपालबाट विदा गरेर आफूले ऐतिहासिक काम गरेको उनले दाबी गरे । ‘सक्छ कसैले? कतिवटा देशमा विदा गरेका छन । यौटा पनि कहीँ छ नेपाल बाहेकको उदाहरण कसैले पेश गर्नसक्छ रु त्यो काम पनि मेरै पालामा गरिएको हो,’ उनले भने ।

  • वैशाख ३० को चुनावप्रति नेपालको आशंका, भन्छन्–भोलि जे हुन्छ अहिलेलाई तयारी गरौं (भिडिओ)

    वैशाख ३० को चुनावप्रति नेपालको आशंका, भन्छन्–भोलि जे हुन्छ अहिलेलाई तयारी गरौं (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन रोकिन पनि सक्ने संकेत गरेका छन् ।

    नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार यो चुनाव घोषणाले हनन् गरेको भन्दै यसबारे अदालतबाट कुनै निर्णय आउन सक्ने संकेत गरे ।

    नेपालले भने,’असोजमा चुनाव भएका मान्छेको ५ वर्ष पुगेको छैन । त्यसको जवाफ कसले दिने रु कानुनमा त्रुटी छ । उनीहरुको संवैधानिक अधिकारको हनन् भएको छ । यो चुनावले असोज महिनामा ५वर्ष पग्नेको भावनाको विपरित निर्णय गरेको छ भन्ने कुरा उठेको छ । सायद यसमा केही होला तरि पनि भोलि जे होला होला अहिले हामी तयारी जुटौं । वैशाख ३० गतेको तयाराीमा जुटौं । मान्छेहरु के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौं ।’

    सर्वोच्च अदालतमा भंगाहाका मेयर सन्जिवकुमार सिंहले दायर गरेको रिटको सुनुवाइको पेशी वैशाख २ गते तोकिएको छ । उनले ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै दायर गरेको रिटमा अन्तरिम आदेश नदिए पनि त्यसका लागि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

  • नेकपा एसले आज भृकुटीमण्डपमा जनसभा गर्दै

    नेकपा एसले आज भृकुटीमण्डपमा जनसभा गर्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज भृकुटीमण्डपमा जनसभा गर्दै छ।

    मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे उक्त सभामा जानकारी दिइने भएको छ ।

    सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिए।

    उनले स्थानीय तहको निर्वाचनमा काठमाडौँका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने जानकारी दिए ।

    जिल्लाअन्तर्गतका सबै सङ्घीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् । पार्टीअन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेशागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठनलाई विस्तार गरिएको छ ।

     

  • पार्टीलाई समय दिन नसकेको भन्दै मन्त्री झाँक्रीले मागिन् माफी

    पार्टीलाई समय दिन नसकेको भन्दै मन्त्री झाँक्रीले मागिन् माफी

    रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पार्टीलाई समय दिन नसकेकोमा नेता कार्यकर्तासँग माफी मागेकी छन्। चुनावको समयमा पार्टीका नेता कार्यकर्तालाई नभेटेको भन्दै एकीकृत समाजवादीमा झाँक्रीप्रति असन्तुष्टि बढेका बेला उनले माफी मागेकी हुन्।

    स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आचारसंहिताअघि सरकारी र प्रशासनिक काम गरिसक्नुपर्ने भएकाले त्यसमा व्यस्त हुँदा पार्टीलाई समय दिन नसकेको उनले उल्लेख गरेकी छन्।

    उनले ट्वीटरमा भनेकी छन्,’ कतिपय साथीहरू मन्त्रालय आएर पनि मसँग भेट हुन सकेको छैन। कतिपय साथीहरूलाई समय दिन सकेको छैन। त्यसको लागि क्षमा चाहन्छु।,’ यो हप्तापछि नियमित पार्टी काममा फर्किने उनको भनाइ छ।

    उनले भनेकी छन्,’ निर्वाचन आचारसंहिता लाग्नुभन्दा अगाडि गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको सैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनुपर्ने समय सीमा र आन्तरिक कामको कारणले गर्दा यो हप्ता एकदमै व्यस्त छु ।’

  • गोविन्द बन्दी कानूनमन्त्री बन्दै, बडूलाई उद्योगमा सारिने

    गोविन्द बन्दी कानूनमन्त्री बन्दै, बडूलाई उद्योगमा सारिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन् ।

    संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् । नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए ।

    बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ ।

    नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसेको छ ।

  • माधव नेपालको वडाबाटै नेकपा एसका जिल्ला नेतासहितका कार्यकर्ता एमाले प्रवेश

    माधव नेपालको वडाबाटै नेकपा एसका जिल्ला नेतासहितका कार्यकर्ता एमाले प्रवेश

    गौर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गृहनगर गौरमा उनकै वडाका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

    जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा नेकपा एसका नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।

    गौर नगरपालिका-१ का जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा एसका कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन । गौरस्थित एमाले पार्टी कार्यालयमा नवप्रवेशीहरूलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले स्वागत गरे ।

    सोही क्रममा गौर नगरपालिका-९ निवासी लोसपानिकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमाले प्रवेश गरेका थिए ।

    कार्यक्रममा आयोग सदस्य यादवले पाँचदलीय गठबन्ध देशमा गठबन्धनलाई चुनौती दिँदै दिनदिनै तीनै दल त्यागेर एमाले प्रवेशको लहर बढेको बताए ।

    कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्यहरु अब्दुल कलाम आजाद, सच्चिदानन्द साह, रुपनारायण दास, जिल्ला उपाध्यक्ष दीपक यादव, जिल्ला सदस्यहरु राजेश साह, निवेश यादव, उमाशंकर साह, प्रेमचन्द्र साह, मिथलेश यादव, श्यामकिशोर यादव लगायतको सहभागी थिए ।

  • गठबन्धनले जित्ने देखेर एमालेका नेता बरबराउन थाले : माधव नेपाल

    गठबन्धनले जित्ने देखेर एमालेका नेता बरबराउन थाले : माधव नेपाल

    रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने अवस्था देखेर नेकपा एमालेका नेताहरू बरबराउन थालेको टिप्पणी गरेका छन् ।

    पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताउँदै सबै दलहरू गठबन्धनप्रति सकारात्मक रहेको उनले बताए । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ मा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दल अत्तालिएको दाबी गरे ।

    गत निर्वाचनमा जनताले विश्वास गरेर जिताएको पार्टीले संविधान मास्ने तथा हावादारी गफ गरेर जनतालाई अलमलाएको आरोप उनले लगाए । नेकपा एमालेको सूर्यमा ग्रहण लागेको बताउँदै अब कलमलाई विश्वास गरेर मतदान गर्न उनको अपिल थियो ।

    नेपालले भने, ‘एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडि बढेको छ । न्याय, सत्य र परिवर्तनको लागि काम गरेकाले ६ महिनाअघि गठन गरेको पार्टीमा अहिले जनताको लहर लागेको छ, मेयर र वडा अध्यक्ष दैनिकरूपमा पार्टी प्रवेश गरिरहेको सबैले देखेका छौं ।’

    आफूले एक सय रूपैयाँबाट सुरू गरेको वृद्ध भत्ता अब मासिक ५ हजार पुर्‍याउने उनले आश्वासन दिए । नेपालले भने, ‘कतिपय नक्कली व्यक्तिले वृद्धा भत्ता आफूले सुरू गरेको भनेर जनतामाझ अफवाह फैलाएका छन्, इतिहास सबैलाई थाहा छ ।’

    नेता नेपालले लुम्बिनीसँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउँदै पर्यटक भित्रिएमा नागरिकहरू आत्मनिर्भर बन्ने बताए । उनले कपिलवस्तुका प्रभावशाली नेता डा. मन्जुर खाँलाई प्रवेश गराउँदै अध्यक्ष नेपालले पाटीलाई थप मजवुद बनाउन सबै लाग्नुपर्ने बताए ।

    कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत बिश्वासीले एमालेले जनतालाई घात गरेको बताए । केपी ओलीले संविधान मिचेर संसद् विघटन गरेर जनताको मतलाई अपमान गरेको उनले आरोप लगाए । स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो भएकोले एमाले आत्तिएको उनको भनाइ थियो ।

    लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले केपी ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको बताउँदै अंहकार र प्रतिगमनले देश र जनताको पक्षमा काम गर्न नसक्ने धारणा राखेका थिए ।

    कार्यक्रममा २०६४ सालको संविधान सभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचन क्षेत्र नं ५ बाट झिनो मताअन्तरले पराजित डा मन्जुर खाँ, प्रभावशाली नेता अब्दुल हकलगायतको नेताहरू एकीकृत समाजवादी प्रवेश गरेका छन् । डा. मन्जुर प्रवेश गरेसँगै हाल रहेको कपिलवस्तुको क्षेत्र ३ मा एकीकृत समाजवादी थप बलियो बनेको छ ।

    उनको प्रवेशले आगामी स्थानीय तहको निर्वाचनमा पनि प्रभाव पर्ने बुझिएको छ । केही दिनअघि सो क्षेत्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री बृजेश गुप्ता, धर्मबहादुर लाल श्रीवास्तव तथा पुराना नेता मंगलप्रसाद गुप्ता, लगायतको ठूलो समूह एमाले प्रवेश गरेका थिए ।