Category: नेकपा एस

  • भोट माग्न जाँदा विरोध खतिवडामाथि हातपात

    भोट माग्न जाँदा विरोध खतिवडामाथि हातपात

    हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।

    पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।

    उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए । उम्मेदवारमाथि अभद्र व्यवहार भो भन्ने थाहा पाएपछि खड्कालाई पक्राउ गरिएको उनले नेपाल प्रेसलाई  बताए । खड्का माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ ।

  • नेकपा एसद्वारा कर्णालीका पाँच नेता निष्काशित, जुम्ला संयोजकमा तीर्थबहादुर बुढा

    नेकपा एसद्वारा कर्णालीका पाँच नेता निष्काशित, जुम्ला संयोजकमा तीर्थबहादुर बुढा

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव वेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै पार्टी विरोधी शक्तिहरुसँग साँठगाँठ गरेपछि पार्टीबाट निष्काशन गरेको उल्लेख गरेका छन् ।

    निष्काशन हुनेमा जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरु रहेका छन् । नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    उनीहरुलाई पार्टी विधानको धारा ६४ (क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको उल्लेख छ ।
    यस्तै, जुम्ला जिल्ला पार्टीको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी केन्द्रीय समितिका सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको छ। जुम्ला अध्यक्ष आदीप्रसाद न्यौपानेसहितको सिंगो जिल्ला कमिटी नै आज एमालेमा समाहित भएका थिए ।

     

  • एमालेका नेता गौतमले गुल्मी २ मा झाँक्रीलाई सघाउने

    एमालेका नेता गौतमले गुल्मी २ मा झाँक्रीलाई सघाउने

    रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् ।

    गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार झाँक्रीलाई जिताउन सघाउने उनले आइतबार पत्रकार सम्मेलन मार्फत घोषणा गरेका छन् ।

    सो क्षेत्रमा एमालेको तर्फबाट उम्मेदवार बनेका सचिव गोकर्ण बिष्टलाई लक्षित गर्दै कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरुलाई आफुले सहयोग गर्न नसकेको उनले आरोप लगाएका छन् ।

    पहिले माधबकुमार नेपाललाई उक्साएर अगाडि बढाउने र पछि साथ छाडेर पनि जिल्लामा आई कुनै आत्मआलोचना पनि नगरेकाले बिष्ट प्रवृत्तिका बिरुद्ध आफू लागेको उनको भनाई छ ।

    आफुले एमाले पार्टी नछाडेको तर पार्टीले कुनै कारवाही गरेमा त्यसको परिणम भोग्न तयार भएर नै यस्तो निर्णय गरेको उनको दाबी छ । कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन पनि उनले सम्पूर्ण गुल्मेलीहरुलाई आग्रह गरेका छन् ।

    गुल्मी क्षेत्र नम्वर २ मा नेकपा एमालेका सचिब तथा उम्मेदवार गोकर्ण बिष्ट २०५६ सालदेखि २०६४ सालमा बाहेक निर्वाचित भएका छन् । २०६४ सालमा नेकपा माओबादी केन्द्रका चन्द्रबहादुर थापा (सागर) ले बिष्टलाई पराजित गरेका थिए ।

    अहिले पहिलेका सहयात्री बिष्ट एमालेबाट र झाँक्री गठबन्धनको तर्फबाट चुनाबी मैदानमा छन् । यसअघि कफि विकास बोर्डमा कार्यकारी अध्यक्ष रहेका गौतम पार्टीभित्र असन्तुष्ट रहेका थिए ।

  • संसद भवनअगाडि निषेधित क्षेत्रमा छिरेपछि नेकपा एसको प्रचार गाडीबाट प्रहरीले निकाल्यो झण्डा र ब्यानर (भिडिओ)

    संसद भवनअगाडि निषेधित क्षेत्रमा छिरेपछि नेकपा एसको प्रचार गाडीबाट प्रहरीले निकाल्यो झण्डा र ब्यानर (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दोलखाको समानुपातिक उम्मेदवारहरुको प्रचारमा हिडेको गाडीबाट प्रहरीले ब्यानर र झण्डा निकालेको छ ।

    नेकपा एसबाट समानुपातिक उम्मेदवारको व्यानर र झण्डा राखेर संसद भवनअगाडि निषेधित क्षेत्रमा छिरेपछि प्रचार गाडीबाट प्रहरीले झण्डा र ब्यानर निकालेको हो ।

    आज बिहान संसद भवन अगाडि पानी ट्याङकी नजिकै उक्त प्रचार गाडीमा राखिएको प्रचार सामाग्री म्यादी प्रहरीको सहायतामा हटाएको ट्राफिक प्रहरीले बताएको छ । निषेधित क्षेत्रमा चुनाव प्रचारप्रसार गर्न नपाइने भएकाले उक्त सामान हटाएको हो ।

  • कर्णालीमा सत्ता गठबन्धनको टाउको दुखाइ बन्दै एकीकृत समाजवादीका बागी उम्मेदवार

    कर्णालीमा सत्ता गठबन्धनको टाउको दुखाइ बन्दै एकीकृत समाजवादीका बागी उम्मेदवार

    सुर्खेत । गत असोज ६ गते सुर्खेतको वीरेन्द्रनगरमा पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलामा शीर्ष नेताहरुले गठबन्धनबीच एकता रहेको सन्देश दिए । नेताहरुको भनाइअनुसार गठबन्धनभित्र कुनै समस्या छैन ।

    भागबन्डामा असन्तुष्ट बनेर गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका व्यक्तिहरुलाई मनोनयन फिर्ता लिनसमेत नेताहरुले आग्रह गरेका थिए । टिकट नपाएर असन्तुष्ट भएकाहरुलाई कुनै न कुनै ठाउँमा अवसर दिने शीर्ष नेताहरुले आश्वासन दिएका थिए ।

    सत्ता गठबन्धनले केन्द्रमा भागबन्डा गरे पनि जिल्लास्तरमा नेकपा एकीकृत समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा छुट्टै आफ्नो उम्मेदवार उठाएको छ । जसले गठबन्धनभित्रै अन्योल छाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको एकीकृत समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।

    कर्णालीमा एकीकृत समाजवादीले १२ प्रतिनिधिसभामध्ये तीन क्षेत्र सल्यान, डोल्पा र दैलेख १ तथा प्रदेशसभातर्फ २४ मध्ये दुई क्षेत्र मुगु (१) र जुम्ला (२) पाएको छ । भागबन्डामा नपरेपछि असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीले पार्टीको जनमत र लोकप्रियताको आधारमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको हो ।

    यसले कर्णालीका केही प्रदेशसभामा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धाले आफ्नो आधिकारिक उम्मेदवार पराजित हुने डर गठबन्धन दलमा बढेको छ ।

    गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतका चार प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार छन् । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (१) र (२) मा एकीकृत समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारलाई व्यापक बनाएका छन् ।

    भागबन्डामा प्रदेशसभा २ (१) कांग्रेस र २ (२) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (१) मा कांग्रेसका कालीप्रसाद शाक्य र (२) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार छन् ।

    एकीकृत समाजवादीले (१) मा पार्टीमा विद्रोही नेताको छवि बनाएका जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्याय र (२) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ । सुर्खेतमा संगठन कमजोर भए पनि लोकप्रियताको आधारमा छुट्टै उम्मेदवारी दिएको अध्यक्ष बडुवाल बताउँछन् । ‘गठबन्धनको निर्णय एकातिर छ, हामीसँग जनताको साथ छ’, उनले भने, ‘हामीले पार्टीलाई उम्मेदवारको टुङ्गो लगाएर पठाएका थियौं, उताबाट लड्नुस् भनेर आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौं ।’

    बडुवाल व्यक्तिगत रुपमा लोकप्रिय मानिन्छन् । उनलाई सांगठनिक भोट भन्दा एमाले र कांग्रेसले साथ दिन सक्ने अड्कल गरिएको छ ।

    कर्णालीका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालीकोटमा पनि गठबन्धनविरुद्ध उम्मेदवारी परेको छ । भागबन्डाअनुसार प्रदेशसभा (१) मा माओवादीका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट गठबन्धनका आधिकारिक उम्मेदवार छन् । विष्टको प्रतिस्पर्धी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बम बनेका छन् । गठबन्धनको आधिकारिक उम्मेदवारलाई समर्थन गरेको बताउने बम पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा होमिसकेकाले पछाडि नहट्ने बताउँछन् ।

    यस्तै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा पनि नेकपा (एस) बाट गठबन्धनविरुद्ध उम्मेदवार छ । हुम्लाको (१) मा माओवादी र (२) मा कांग्रेसले पाउने गरी गठबन्धनमा सहमति भएको थियो । प्रदेश (१) मा माओवादी केन्द्रका रनसिंह परियार गठबन्धनले उठाएका उम्मेदवार हुन् । परिवारविरुद्ध एकीकृत समाजवादीले हस्तबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही गठबन्धन गर्न मुख्य भूमिका खेल्ने दलमाथि नै प्रहार भएपछि मित्रवत प्रतिस्पर्धा गर्नु परेको बताउँछन् । ‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बिजारोपण गराउने हाम्रो दललाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो’, उनले भने, ‘हामीले यहाँ पार्टीको जनमतको आधारमा निर्णय गरी पठाएपछि दलले हामीलाई चुनाव लड्न सहमति दिएको हो ।’

    पहिला फकाउने, नमाने निष्क्रिय पारिने

    गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन यति वेला गठबन्धनमा टाउको दुखाइको विषय बनेको छ । बुधबार सुर्खेतमा गठबन्धन दलहरुको निर्वाचन परिचालन तथा अनुगमन समन्वय समितिको बैठकमा बागी उम्मेदवारी सम्बन्धमा बृहत समीक्षा गरिएको छ । समीक्षामा बागी उम्मेदवारी दिएकाहरुलाई सहमतिमा ल्याउने वा उम्मेदवारी निष्क्रिय पार्नेबारे छलफल भएको नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

    समितिकी संयोजकसमेत रहेकी केसीले भनिन्, ‘केन्द्रीय गठबन्धन संयन्त्रलाई बागी उम्मेदवारको विषयमा तत्काल निर्णय लिन अनुरोध गरेका छौं ।’

    गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएकालाई सकेसम्म आधिकारिक उम्मेदवारलाई समर्थन गर्न लगाइने अन्यथा पार्टीबाट कारबाही गरेर उम्मेदवारी स्वत निष्क्रिय हुने गरी अगाडि बढ्ने सहमति भएको केसीको भनाइ छ । यसो गर्दा उम्मेदवारलाई पार्टीबाट कुनै सहयोग नहुने र बागीलाई सहयोग गर्ने पार्टी कार्यकर्तालाई समेत कारबाही हुने संयोजक केसी बताउँछिन् ।

    कर्णालीमा गठबन्धन दलहरुभित्रका आन्तरिक रुष्टताको समाधान र गठबन्धनको मर्मअनुसार साझा अपिल सार्वजनिक गर्ने निर्णयसमेत भएको केसीले बताइन् ।

  • जनताले करिब दुईतिहाइ बहुमत दिँदा पनि केपी ओलीले कुनै काम गर्न सकेनन् : नेपाल (भिडिओ)

    जनताले करिब दुईतिहाइ बहुमत दिँदा पनि केपी ओलीले कुनै काम गर्न सकेनन् : नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताले करिब दुईतिहाइ बहुमत दिँदा पनि केपी ओलीले कुनै काम गर्न नसकेको बताएका छन् ।

    जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ ले मंगलबार आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ सालको निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई करिब दुईतिहाइ बहुमत दिएको तर ओलीले कुनै काम गर्न नसकेको बताएका हुन् ।

    उनले ओलीले गुटबन्दी गरेको र अरुलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको दोहोर्‍याए ।

    नेता नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गरे । गठबन्धन संविधानको रक्षाका लागि बनेकाले कुनै शक्तिले पनि पराजित गर्न नसक्ने उनको भनाइ थियो ।

    अध्यक्ष नेपालले समाजवादीको चुनाव चिन्ह कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दाबीसमेत गरे ।

  • चुनावपछि यही गठबन्धनको सरकार बन्छ भन्ने छैन : बेदुराम भुसाल (भिडिओ)

    चुनावपछि यही गठबन्धनको सरकार बन्छ भन्ने छैन : बेदुराम भुसाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्मको लागिमात्रै भएको बताएका छन् ।

    आगामी निर्वाचनको पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको गठबन्धन निर्वाचनसम्मको मात्रै हो । निर्वाचनपछि यही गठबन्धन हुन्छ या अर्को गठबन्धन हुन्छ भन्ने कुरा अहिले नै भन्न सक्ने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धनको सरकार बन्यो भने पनि हाम्रो प्रतिबद्धता कार्यान्वयनका लागि पहल गर्छौं । अर्को बनेछ भने पनि त्यहाँ पहल गर्छौं ।’

    आफ्नो पार्टी सरकारमा रहने अवस्था भयो भने प्रतिबद्धता कार्यान्वयन गर्ने उनले बताए । सरकार बाहिर रहे जनताको आवाजको रुपमा आफूहरुले उठाइराख्ने महासचिव भुसालको भनाइ छ ।

  • नेकपा एसको प्रतिबद्धता- २०० युनिटसम्म विद्युत् महसुलमा छुट

    नेकपा एसको प्रतिबद्धता- २०० युनिटसम्म विद्युत् महसुलमा छुट

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

    आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता गरेको हो।

    गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न र बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने र ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गरिने उल्लेख गरेको छ।

    आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्न पहल गर्नेछ।

    स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने उल्लेख गरेको छ।

    नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराइने छ ।

    स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकूल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने छ ।

  • ‘ओलीबाट कुठाराघात भयो, सुधार्न नसकेपछि विद्रोह गर्‍यौँ’

    ‘ओलीबाट कुठाराघात भयो, सुधार्न नसकेपछि विद्रोह गर्‍यौँ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीको दक्षिणपन्थी अवसरवादका कारणले आफूहरू विद्रोह गर्न बाध्य भएको बताएको छ।

    आगामी निर्वाचनको घोषणापत्र जारी गर्दै ओलीले भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात दाबी गरेको हो।

    घोषणापत्रमा भनिएको छ, ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाइ संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा सङ्घीय सरकार निर्माण गरिएको थियो ।’

    ओली सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिविद्धताअनुरूप काम नगरेको मात्र उल्लेख गरेको छ।

    ‘केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो । त्यति मात्र होइन एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भयो, जसको कारण कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षति भयो ।’ घोषणापत्रमा भनिएको छ।

    एमालेमा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गरेपछि असफल भएको बताएका छन्।

    ‘एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्‍यौँ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्‍यौँ । अहिले हामी ‘कलम’ चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ ।’ घोषणापत्रमा उल्लेख गरिएको छ।

  • नेकपा एसको घोषणापत्र : नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने

    नेकपा एसको घोषणापत्र : नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको छ । आगामी निर्वाचनको घोषणपत्रमा पानीजहाज सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरेको हो ।

    घोषणापत्रमा भनिएको छ, ‘नेपालका ठूला नदी तथा नहरहरू र तालहरूमा पर्यटक लक्षित साना पानीजहाजहरू सञ्चालन गरिने छ । भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनका लागि पहल गरिनेछ ।’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने उल्लेख गरेको छ ।

    विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न पहल र बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको सङ्ख्या बढाइने घोषणापत्रमा उल्लेख गरिएको छ ।

  • नेकपा एसको घोषणापत्र सार्वजनिक समारोहमा माधव-झलनाथ अनुपस्थित

    नेकपा एसको घोषणापत्र सार्वजनिक समारोहमा माधव-झलनाथ अनुपस्थित

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित भएनन् ।

    उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरे ।

    अध्यक्ष नेपाल आफ्नो निर्वाचन क्षेत्र रौतहटमा व्यस्त भएकाले उनकै निर्देशनमा घोषणापत्र सार्वजनिक गरेको उपमहासचिव गंगालाल तुलाधारले बताए ।

    अन्य दलका सभापति र अध्यक्षबाट घोषणापत्र सार्वजनिक गरिएपनि नेकपा एसका शीर्ष नेता भने चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्षणमा अनुपस्थित भए । चुनावी अभियानमा उनीहरू व्यस्त भएकाले सहभागी हुन नसकेको पार्टीले जनाएको छ ।

  • भोजपुरमा ‘धारा’ ब्युँताउने तयारीमा कांग्रेसका चापागाईँ, मुख्यमन्त्रीलाई पर्ला भारी ?

    भोजपुरमा ‘धारा’ ब्युँताउने तयारीमा कांग्रेसका चापागाईँ, मुख्यमन्त्रीलाई पर्ला भारी ?

    भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध बागी उठेर उम्मेदवारी फिर्ताको घोषणा गरेका कांग्रेस नेता उत्तम चापागाईंले पुन: उम्मेदवारी ब्युँताउने भएका छन् । धारा चुनाव चिन्हबाट स्वतन्त्र उठेका चापागाईँले कात्तिक ४ गते राति विज्ञप्ति निकालेर उम्मेदवार निष्क्रिय पारेको जानकारी गराएका थिए । उनी नेपाल तरूण दलका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हुन् ।

    स्थानीयस्तरका नेता-कार्यकर्ताबाट दबाब बढेपछि ‘कथाले मागेको’ निष्कर्षसहित उनी उम्मेदवारी सक्रिय पार्दै प्रचारप्रसारमा जाने तयारीमा लागेको कांग्रेस भोजपुरका एक प्रभावशाली नेताले जानकारी दिए ।

    ‘कांग्रेसमा लामो समयदेखि त्याग र संघर्ष गरेको युवा नेता उहाँले बाध्यताले उम्मेदवारी दिनुभएको थियो । उम्मेदवारी फिर्ता लिएपनि हाम्रा स्थानीय कार्यकर्ताले चुनाव बहिष्कारको अभियानसहित चेतावनी दिन थाले । जनाधार नभएको पार्टीलाई भोट नहाल्ने भन्दै दबाब छ । त्यसैले उहाँ जिल्ला आउँदै हुनुन्छ ‘, ती नेताले नेपाल प्रेससँग भने ।

    हालैको स्थानीय चुनावमा गठबन्धन छँदै पनि पहिला जितेको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाको नेतृत्व गुमाउनुको पीडाको जवाफ मंसिर ४ मा दिने भन्दै कांग्रेसका नेता-कार्यकर्ता एकजुट हुन थालेको बताइएको छ । स्थानीय चुनावमा साल्पासिलिछोमा अघिल्लोपटक जितेका महेश राई पराजित भएका थिए । त्यस्तै षडानन्दमा कांग्रेसकै वीरबल राईलाई एमालेका सुरेन्द्र उदाशले हराए ।

    धरातल विचार नगरेको, केन्द्रले न्यायोचितरूपमा टिकट नबाँडेको भन्दै कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी दिएको चापागाईँले बताएका थिए ।

    भोजपुर प्रदेशसभा १ मा गठबन्धनबाट राजेन्द्रकुमार राई साझा उम्मेदवार छन् । राई नेकपा एसका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री हुन् । चापागाईँले उम्मेदवारी फिर्ता गरेपछि राईले सामाजिक सञ्जाल मा ‘धन्यवाद मित्र !’ लेखेका थिए । मतदानको दिन नजिकिँदै जाँदा उनको थप सक्रियताले गठबन्धनलाई चुनौती देखिन्छ ।

    नेकपा एसका एक जिल्ला नेता चापागाईँको यो ‘बार्गेनिङ’ गर्ने मेलोमात्र भएको आरोप लगाउँछन् । तर, चापागाईँका एक सहकर्मी भने पार्टी कारबाहीबाट जोगिन तत्काललाई उम्मेदवारी निष्क्रिय पारेपनि पूर्ण तयारीसहित उनी लागेको दाबी गर्छन् ।

    स्रोतका अनुसार असोज अन्तिमतिर नेता चापागाईँ एमालेको समर्थन खोज्दै बालकोटस्थित ओली निवास पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसँग उनले भेट गरेको बताइएको छ ।

    ‘उम्मेदवारहरू प्रचारमा लागिसकेकाले समय घर्किसकेको तर कसरी सहयोग गरागर गरेर गठबन्धन हराउन सकिन्छ भनेर नेताहरूले र उहाँसँग कुराकानी गर्नुभएको थियो’, एमालेका एक नेताले भने ।

    यस क्षेत्रमा नेकपा एमालेले केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राईलाई अघि सारेको छ । चुनावी मैदानमा डेब्यूमा छन् हरिबहादुर ।

    भोजपुर प्रदेशसभा १ मा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका पूरै पर्छन् । टेम्केमैयुङको १ देखि ५ नम्बर वडा यस क्षेत्रमा पर्छन् भने भोजपुर नगरपालिकाका १, २, ३, ४, ५ र १० नम्वर वडा पर्छन् । पौवादुङमा गाउँपालिकाका वडा नम्बर १ र २ पनि यही क्षेत्रमा पर्छन् ।

    समग्र मत विश्लेषण गर्दा यो क्षेत्रमा सत्ता गठबन्धनको मत २२ हजार १९६ छ । जसमा कांग्रेसको १४ हजार ४६९, माओवादीको ५ हजार ७५३ र नेकपा एकीकृत समाजवादीको १ हजार ७९४ मतभार छ । नेकपा एमालेको १४ हजार ५४ छ ।

    गठबन्धनको स्थानीय तहको मतको आधारमा ८ हजार १४२ मतले एमाले पछि छ ।

    कांग्रेसको मत सुरक्षित गर्दै माओवादीको समेत असन्तुष्ट मतलाई क्यास गरी जित्न सकिने दाउमा छन् चापागाईँ ।

  • तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

    तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनका लागि आज तीनवटा पार्टीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।

    सत्तागठबन्धनको घटकमध्ये एक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र तयार पारिसकेको छ ।

    सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको पार्टीले जनाएको छ ।

    नेकपा एसले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ नारा तय गरेको छ ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा बिहान ११:३० बजे घोषणापत्र सार्वजनिक गर्दैछ

    अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

    सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र लगभग सकिएको भन्दै केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।

  • एकीकृत समाजवादीको चुनावी घोषणापत्र भोलि सार्वजनिक हुने

    एकीकृत समाजवादीको चुनावी घोषणापत्र भोलि सार्वजनिक हुने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    नेकपा एसको केन्द्रीय कार्यालय आलोक नगरमा भोलि दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।

    नेकपा एसले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ नारा तय गरेको छ ।

  • बन्दसूचीबाट कांग्रेस र माओवादीका ४ जनाको खारेज हुँदा एमालेका सबै कायम (सूचीसहित)

    बन्दसूचीबाट कांग्रेस र माओवादीका ४ जनाको खारेज हुँदा एमालेका सबै कायम (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले खारेज गरेको समानुपातिकतर्फका उम्मेदवारमध्ये सबैभन्दा बढी राष्ट्रिय जनमोर्चाका २३ जना परेका छन् । आयोगले विभिन्न राजनीतिक दलले पेस गरेको बन्दसूचीमध्ये मापदण्डविपरीतका ५५० जनाको उम्मेदवारी खारेज गरेको थियो । हटाइएका उम्मेदवारहरूमा २०३ प्रतिनिधिसभा र ३४७ प्रदेशसभातर्फका छन् ।

    गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका तर, निर्वाचन खर्चको विवरण पेस नगरेपछि आयोगले तोकेको जरिबाना नतिर्ने २३ जनाको उम्मेदवारी खारेज भएको हो । यसपछि जनमोर्चाबाट ८७ जना उम्मेदवारको नाममात्रै बन्दसूचीमा कायम भएको छ ।

    दोस्रोमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका २२ जनाको उम्मेदवारी खारेज भएर ८८ जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जनाको उम्मेदवारी खारेज भएको छ । जसमा १६ जनाको तोकिएको जरिबाना नबुझाएका कारण, ३ जनाको उमेर नपुगेको र २ जनाको दोहोरो परेको कारण छन् । एकजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेका कारण खारेज भएको छ ।

    नेकपा (एमाले) को बन्दसूची भने सबै कायम भएको छ । समानुपातिकतर्फको ११० सीटका लागि हुने निर्वाचनमा एमालेले ११० जनाको नाम बन्दसूचीमा समावेश गरेको थियो । नेपाली कांग्रेसबाट भने एकजनाको नाम बन्दसूचीबाट हटेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाकार रहेका गोविन्द परियारको नाम दलितबाट बन्दसूचीमा पेस भए पनि उनीविरुद्ध निर्वाचन आयोगमा लाभको पदमा रहेको भन्दै उजुरी गरेपछि आयोगले उम्मेदवारी खारेज गरेको हो ।

    यस्तै नेकपा (माओवादी केन्द्र) बाट ३ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा दुईजनाले आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र १ जनाको दोहोरो उम्मेदवारी भएको भन्दै निर्वाचन आयोगले खारेज गरेको हो । यो सँगै माओवादीबाट १०७ जनाको मात्रै उम्मेदवारी कायम हुने भएको छ ।

    नेकपा (एकिकृत समाजवादी) बाट ६ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा ५ जनाले आयोगबाट लागेको जरिवाना नुबझाएका कारण र एक जनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेका कारण आयोगले उम्मेदवारी खारेज गरेको हो । योसँगै नेकपा (एकिकृत समाजवादी) बाट १०४ जनाको उम्मेदवारी कायम भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा ३ जनाको आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र एकजनाको दोहोरो उम्मेदवारी परेका कारण निर्वाचन आयोगले खारेज गरेको हो । यस्तै बन्दसूचीमा ११० जनाकै नामावली पेस गरेको नवगठित रवि लामिछाने नेतृत्वको राष्ट्रिय पार्टीको ३ जनाको उम्मेदवारी खारेज भएको छ । जरिबाना नतिरेकाले उनीहरू ३ जनाको नाम आयोगले हटाएको हो ।

    हेर्नुस् सूची

  • गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ)

    गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ)

    काठमाडौं । तपाईँ घृणा गर्नुस् वा माया गर्नुस् कतिपय पात्र जसलाई तपाईँ उपेक्षा गर्न सक्नुहुन्न । नेपाली राजनीतिको तीव्र ध्रुवीकरण हुँदै गर्दा केपी शर्मा ओली त्यस्तै एउटा पात्र बनेका छन् । चुनाव नजिकिँदै गर्दा ओलीको पक्ष र विपक्षमा मुलुक विभाजित छ ।

    एकातिर बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीसहित ६ दलको गठबन्धन ओलीलाई उनीहरूको भाषामा ‘सबक सिकाउन’ बलियो सहकार्य गर्दै अघि बढेको छ भने अर्कोतिर हिजो गठबन्धनकै एउटा बलियो घटक उपेन्द्र यादवलाई त्यहाँबाट निकालेर आंशिक तालमेलसहित ओली पनि प्रतिवादमा उत्रिएका छन् ।

    हिजो ओलीलाई गाली गर्ने अशोक राई अहिले केपी ओलीले देखेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्न आफू धरानमा आएको भन्दै एमाले फकाउँदैछन् भने उपेन्द्र यादव र राजेन्द्र लिङदेनहरू ओलीको नेतृत्वमा आगामी सरकार बन्ने बताउँदै भोट मागिरहेका छन् ।

    तर, सत्तागठबन्धनका शीर्ष नेता एक कदम अघि बढेर ओलीको त्रास देखाउँदै कार्यकर्तालाई गठबन्धनप्रति बफादार बन्न दबाब दिइरहेका छन् । गठबन्धनभित्र मत ट्रान्सफरमा समस्या देखिएपछि शीर्ष नेताहरूले एकैस्वरमा ओली फोबिया देखाएर कार्यकर्तालाई गठबन्धनको औचित्य साबित गरिरहेका छन् ।

    उता केपी ओलीले भने आफ्नो विरोध गरेर वा आफूविरुद्ध मुख छाडेर कसैको जीविका चल्छ भने त्यसबाट आफू खुसी नै हुने जवाफ दिएका छन् । यद्यपि विपक्षीमाथि प्रहार गर्न गठबन्धनका पाँच शीर्ष नेताभन्दा ओली एक्लै काफी देखिन्छन् ।

    सातै प्रदेश, ओलीविरुद्ध आवेश

    सत्तागठबन्धन आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न केन्द्रित छ । चुनावी प्रचारकै क्रममा गठबन्धनले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्‍यो ।

    भेलालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत शीर्ष नेताहरूले सम्बोधन गरे ।

    उनीले गठबन्धन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा बनेको प्रष्ट्याउन खोजिरहे । भने, गठबन्धनभित्रका असन्तुष्ट र बागी उम्मेदवारहरूलाई पनि सरकारी नियुक्तिको आश्वासनको पासो फ्याँके ।

    चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले राजदूत, संवैधानिक नियुक्ति, राष्ट्रियसभा सदस्यजस्ता पदहरूको लोभ देखाइरहेका छन् । प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई आश्वास बाँड्ने काम गरिरहेका छन् ।

    यीबाहेक गठबन्धनका शीर्ष नेताहरूले चुनावपछि बन्ने सरकारले गर्ने कामबारे एकताबद्ध भएर फेहरिस्त सुनाउन र देखाउन सकेका छैनन् । भाषणका क्रममा नेताहरूले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र उनी शक्तिमा आए कसैको अस्तित्व नरहने भनेर कार्यकर्तालाई ‘ओली त्रास’ देखाएका छन् ।

    हेर्नुस् भिडिओ-

    गत मंगलबार गठबन्धन दलका शीर्ष नेताहरूले संयुक्त प्रतिबद्धता जाहेर गर्दै गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति जनताको समर्थन रहने विश्वास व्यक्त गरेका थिए । उनीहरूको संयुक्त प्रतिबद्धतामा पनि ओलीलक्षित गर्दै प्रतिगमन कायम रहेसम्म गठबन्धन कायम रहने प्रष्ट्याउन खोजेका थिए ।

    संयुक्त प्रतिबद्धतामा भनेका थिए, ‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै जनताको संघर्ष र बलिदानको परिणामस्वरूप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ ।’

    एजेण्डा के ?

    गठबन्धनका शीर्ष तहबाट नभएर ओलीले गरेको संसद विघटनलाई प्रतिगमनलाई देखाएर भोट मागिरहेका छन् । भने, ओलीले त्यसको बचाउ गर्दै देश विकासविरोधी भएको आरोप लगाउँदै आइरहेका छन् । गठबन्धनले जिते के गर्ने भन्ने भन्दा पनि हारेमा ओलीको अतिवादले जित्ने र देशै छाड्नुपर्ने अवस्था आउने भनेर त्रास देखाइरहेका छन् ।

    ओलीको प्रतिगमनको कारणले गठबन्धन बनेको हुनाले उपलब्धिको रक्षा गर्नका लागि आफूहरूले यही एजेण्डालाई प्राथमिकता दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महत दाबी गर्छन् ।

    उनी भन्छन्, ‘हाम्रो रहरले गठबन्धन बनेको होइन । ओलीजीकै असंवैधानिक कारणले संविधान र लोकतन्त्रको रक्षा गर्दै देशलाई प्रतिमनमा जानबाट रोक्न एकजुट भएको हौँ । त्यसैले चुनावमा यही एजेण्डालाई अघि सारेका छौँ ।’

    उनले मंसिर ४ को निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्न दाबी गरे । ‘हामीले उलपब्धि रक्षाका लागि गठबन्धन गरेकोमा दुईमत छैन । त्यसैले आगामी सरकार पनि कांग्रेस नेतृत्वमा गठबन्धनकै बन्छ’ उनले भने ।

    हेरौँ, ओलीमाथि गठबन्धन शीर्ष नेताको श्रृंखलाबद्ध आलोचना

    कात्तिक ४ गते बुटवलमा

    देउवा : एमाले-राप्रपासहितका पक्ष राष्ट्रवादी हुनै सक्दैन । सत्तागठबन्धनको खिलाफमा राजावादी तागत लागेको छ । उनीहरूले राष्ट्रवादी हो भन्न थालिसके, असली मानेमा राष्ट्रवादी हामी हौँ । लडेर व्यवस्था ल्याउने हामी, उनीहरू कसरी राष्ट्रवादी हुन्छन् ?

    माधव नेपाल : केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने, बहुमतको त कुरै छाड्नुस्, त्यसपछि देश नै छाडेर भाग्नुपर्ने हुन्छ । तिनले गणतन्त्रलाई जोखिममा राख्नेछन् । उनले जम्मै प्रतिगामी शक्तिसँग साँठगाँठ गरेका छन् । राप्रपाको नीति क्लिएर नै छ । राजतन्त्रलाई पुनःस्थापित गर्ने, इतिहासको रछ्यानमा फालिएको संस्थालाई जिउँदो बनाउने र सत्ता उनको हातमा पुर्‍याउने शक्तिसँग साँठगाँठ छ ।

    कात्तिक ५ विराटनगरमा

    प्रचण्ड : सानातिना कमीकमजोरी हिजो छन् भनेपनि यो महान् उद्धेश्यको निम्ति त्यसलाई थाती राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का होइदिनुहोला, गठबन्धनका सबै साथीहरूलाई कुरो गहिरो छ, अहिले पनि षड्यन्त्र रोकिएको छैन ।

    माधव नेपाल : कसैकसैले भन्छन् कांग्रेस र कम्युनिष्टले अगाडि बढ्न सक्दैन । ०४६/४७ को निरंकुश आन्दोलन कांग्रेस, कम्युनिष्ट मिलेर सफल भएको थियो, राजतन्त्रलाई हटाउन कांग्रेस कम्युनिष्ट मिलेको थियो । प्रचण्डको विद्रोही भावना र हाम्रो केपी ओलीलाई पछार्न सकेको छौँ ।

    कात्तिक ५ गते जनकपुरमा

    प्रचण्ड : मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने, उनीहरू नै कता-कता बलियो देखिने यो विडम्बना किन भइरहेको छ ? यहाँका बुद्धिजीवि, नेता कार्यकर्ताको लागि पनि चुनौती हो । कतै न तकै हाम्रो गठबन्धन दलका नेताहरूको कमजोरी भयो ।

    माधव नेपाल : केपी ओलीका भ्रममा नपर्नुस्, अलमलिनु आवश्यक छैन । मधेसको विरोधी कोही पार्टी छ भने त्यो एमाले मात्रै हो । केपी ओली एक नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन् ।

    रामचन्द्र पौडेल : मधेसमा केपी ओली र एमालेले जित्न लागेको जस्तो हाइ-हाइ गर्नु मधेसीको अहितमा हुन्छ । ओलीले मधेसका लागि राम्रो गर्दैनन् तपाईंहरू बेलैमा सचेत बन्नुहोला ।

    कात्तिक ६ गते धनगढीमा

    देउवा : संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा छ । संघीयता बच्न गठबन्धन जित्न आवश्यक छ । संविधान र सत्ता गठबन्धनविरुद्ध अन्तर्राष्ट्रिय शक्ति लागेका छन् ।

    प्रचण्ड : आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो । सबै उपलब्धिहरू धरापमा भएपछि गठबन्धन बनाएका हौँ । गणतन्त्र उल्टाउने एमालेको योजना छ । एमालेले राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्यले गठबन्धन बनाएको छ ।

    माधव नेपाल : हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । एमाले प्रगति र परिवर्तनको बाधक हो ।

    कात्तिक ६ गते सुर्खेतमा

    देउवा : अहिले नेपाल अत्यन्तै गम्भीर मोडमा उभिएको छ, देश कता जाने ? संविधान कता जाने भन्ने द्विविधा छ । हामीले २००७ सालदेखि लड्दा/लड्दा यो व्यवस्था आएको हो, त्यसैले यो शासन प्रणालीलाई बचाउनका लागि सुदूरपश्चिमको एकता आवश्यक छ ।

    प्रचण्ड : अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो । विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो ।

    सोमबार काठमाडौंमा

    बाबुराम भट्टराई : चर्को घामले सताइरहेका बेला हँसिया बोक्ने किसान, हतौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवि एउटा ठूलो रुखको छायाँमा बसेर कपमा चिया खाँदा जुन आनन्द आउँछ ।

    प्रचण्ड : ओलीले नेपालमा संविधानसभा सम्भव छैन । राजतन्त्र फाल्न सम्भव छैन भन्ने नेताहरू थिए । अहिले पनि संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरे । त्यसैले ओलीबाट मैले ज्ञान प्राप्त गरेको आएको छु । अब मिल्ने गल्ती गर्दिनँ ।

    माधव नेपाल : हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ । ओलीले संविधान र लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर अघि बढे । बयलगाडा प्रवृत्तिवाला ओलीले अहंकारमा डुबाए । अब उनी हिटलरको शैलीमा आफैँ समाप्त हुँदै जान्छन् ।

    रामचन्द्र पौडेल : अहिलेसम्मको उलपब्धिमाथि राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट प्रहार भएको छ । रक्षक नै भक्षक भए । त्यसैले अहिले केपी ओलीले गरेको गठबन्धन दलका अनुहार हेरे पुग्छ । राष्ट्रवादको मुकुन्डो उत्रिसकेको छ ।

    यी माथि प्रस्तुत अभिव्यक्ति गठबन्धनका शीर्ष नेताहरूले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दाका हुन् । ओली जिते फेरि देशमा राजतन्त्र फर्काउनेदेखि देश नै छाडेर भाग्नुपर्ने परिस्थिति आउने उनीहरूको भनाइ छ । अझ, भनौं ओलीबारे जनतामा त्रास फैलाइरहेका छन् ।

    गठबन्धनमा कांग्रेसबाट ‘भोट ट्रान्सफर’ नहुने आसयमा अझै प्रचण्ड-माधव प्रस्तुत भइरहेका छन् । उनीहरूले ओलीको त्रासलाई देखाएर गठबन्धनको पक्षमा मत फकाउने र धम्काउने गरिरहेका छन् ।

    हरेकजसो कार्यक्रममा प्रचण्ड र माधव नेपालले मत ट्रान्सफर नहुने आशंका व्यक्ति गर्दै आइरहेका छन् भने देउवा र नेता पौडेलले गठबन्धनको पक्षमा उपलब्धिको रक्षाको लागि मतदान गर्न आह्वान गरेका छन् ।

    गठबन्धनको कुनै उद्देश्य नै नभएकाले एकमात्र उद्देश्य एमालेको समाप्ति र एकमात्र एजेण्डा केपी ओलीलाई सराप्ने रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दाबी गर्छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य केही छैन । उनीहरूको उद्देश्य भनेको एमाले सिध्याउनमात्रै हो । राजनीतिक स्थायित्व, मुलुकको विकास र हितको पक्षमा काम गर्नै सक्दैनन् ।’

    विश्लेषक भन्छन्-एजेण्डा नभएपछि गालीगलौज

    दलहरूको कुनै एजेण्डा नै नभएका कारणले नेताहरू आरोप-प्रत्यारोपमा लागको राजनीति विश्लेषक खगेन्द्र प्रसाईँ टिप्पणी गर्छन् ।

    उनी भन्छन्, ‘अहिलेको राजनीति सत्ताकेन्द्रित मात्रै छ । दलहरूसँग केही एजेण्डा छैन । राष्ट्र र जनता आवश्यकता प्राथमिकतामा परेको देखिँदैन । सरकारको वरिपरि देखिराख्नुपर्ने उनीहरूको एकमात्रै योजना भएजस्तो देखिएको छ । राजनीतिको प्राण नै सत्ता मात्रै हो भन्ने उहाँहरूलाई लागेको छ । अहिलेको राजनीतिका स्थिति पुँजीवादी व्यवस्था हो । अहिले राजनीतिमा अराजकता फैलिएको छ ।’

    त्यसो त अर्का राजनीतिक विश्लेषक हरि रोक्का पनि दलहरू एजेण्डाविहीन भइसकेको दाबी गर्छन् ।

    उनी भन्छन्, ‘दलहरूको न भोट माग्ने शैली फेरिएको छ न त अवस्था नै । एजेण्डाविहीन भएपछि अहिले सत्तास्वार्थमा रमेर त्यही अनुरूप चलिरहेका छन् ।’

    गठबन्धनले ओलीलाई दोषी देखाएर भोट माग्नु स्वाभाविक भएको उनको बुझाइ छ ।

    ‘दलहरूको एजेण्डा बिक्न छाडिसक्यो । गत निर्वाचनमा गर्छु भनेका काम केही भएका छैनन् । त्यसैले गठबन्धन पक्षले ओलीको असफलता देखाउने ओलीले गठबन्धनको असफलतालाई दोषी देखाएर आफू जनतासमक्ष राम्रो बन्न खोजेका छन्’ रोक्काले भने ।

    नेताहरूको अभिव्यक्ति र परिवर्तनको एजेण्डाबारे आश गर्नुको कुनै तुक नहुने उनको बुझाइ छ ।

  • विरोधको अर्को भाइरल भाषण- आरक्षमा तारबार लाएपछि बँदेल खान पाइएन (भिडिओ)

    विरोधको अर्को भाइरल भाषण- आरक्षमा तारबार लाएपछि बँदेल खान पाइएन (भिडिओ)

    हेटौँडा । केही दिनअघिमात्र आफूले आफैँलाई ‘बेइमान’ भनेर भोट माग्दै हिँडेका मकवानपुर-२ का गठबन्धन उम्मेदवार विरोध खतिवडाको अर्को विवास्पद भिडिओ सार्वजनिक भएको छ ।

    उनले मनहरी गाउँपालिकाको मध्यवर्ती क्षेत्रनजिकै एक चुनावी कार्यक्रममा जंगली जनावर बँदेलबारे विवादस्पद अभिव्यक्ति दिएका छन् । आरक्ष वरपर बस्नेहरूको फाइदा-बेफाइदाबारे व्याख्या गर्दै उनले पहिले त्यो ठाउँका बासिन्दाले बँदेलको मासु खुवाउने गरेको तर आजकाल तारबार लगाएर उक्त अवसरबाट वञ्चित भएको बताए ।

    उनले भने ‘अहिले इन्द्र बानियाँजीले भन्नुभो उताबाट तारबार बाँध्ने, यताबाट बाँध्ने, इलेक्ट्रिक लाउने, अनि ड्याम उठछ, ढ्याकढुक्क गर्ने अनि आउँदैन भन्नेकुरा ठीक हो । तर, घाटा पनि छ, यसो बँदेल घुम्न आउँथ्यो, स्वाट्ट पार्न पाइन्थ्यो, त्यो त नपाइने भो । कहिलेकाँही यहाँका साथीहरूले दाइ बँदेल छ भनेर यसो १-२ किलो पठाइदिन्थे, त्यो खान नपाइने भो ।’

    खतिवडाको बँदेलको यो भाषण अहिले सामजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

  • नेकपा एसनिकट मुक्ति समाजका केन्द्रीय उपाध्यक्षसहित एमालेमा प्रवेश

    नेकपा एसनिकट मुक्ति समाजका केन्द्रीय उपाध्यक्षसहित एमालेमा प्रवेश

    चितवन । नेकपा एकीकृत समाजवादीनिकट उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष चक्र रुचालसहित दुई दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमाले जिल्ला पार्टी कार्यलय भरतपुरमा आयोजित एक कार्यक्रममा रूचालसहितका नेकपा एसका नेता कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यमबहादुर परियार, चितवन २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णभक्त पोखरेल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहितका नेताहरूले स्वागत गरे ।

    नेता रूचालले एमालेले लिएको नीति ठीक भएको भन्दै माधव नेपालको समाजवादी दल कांग्रेसको सहयोगी संगठनमात्रै भएपछि आफूहरू बाहिरिएको बताए ।

  • पाल्पा २ मा सदाबहार सोमप्रसादलाई ठाकुरले देलान् त टक्कर ?

    पाल्पा २ मा सदाबहार सोमप्रसादलाई ठाकुरले देलान् त टक्कर ?

    रुपन्देही । पाल्पा क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेसँग नेकपा एमालेका युवा नेता ठाकुर गैरे पहिलोपटक चुनावी मैदानमा होमिएका छन् ।

    पाण्डे २०५१ सालदेखिका सदाबहार उम्मेदवार हुन् । पाल्पा २ मा पाण्डेको पार्टीको संगठन कमजोर मानिन्छ । तर, सत्ता गठबन्धनको बलियो साथ छ । पाण्डे छैटौं पटक चुनावी मैदानमा छन् । सांगठनिक रुपमा यहाँ एमाले बलियो छ । एमालेबाट पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् युवा नेता गैरे ।

    स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका १० मध्ये ६ वटा पालिका आफ्नो पक्षमा पारेको थियो । त्यसैले संसदीय यात्रामा सहज जीत निकाल्ने गैरे दावी गर्छन् ।

    पाल्पाबाट २०५१ सालयता निरन्तर चुनाव जित्दै आएका पाण्डेले २०६४ सालमा मात्रै चुनाव हारेका छन् । नेकपा एसको लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाण्डे पार्टी अध्यक्ष माधव नेपालका सम्धी हुन् । गठबन्धन दलमा उनको क्षेत्र सुरक्षित रहेको सबैको आंकलन थियो र भयो पनि त्यस्तै । उनले माधव नेपालकै कारण अवसर पाएको भन्नेहरुको कमी छैन । तर पाण्डेले नेपालसँग नाता जोड्नुअघि पनि पार्टीमा अवसर पाएका थिए ।

    लामो समय पाण्डेकै समूहमा रहेकाले गैरेले अवसर नपाएको चर्चा पनि छ । एमालेमा गैरेले अवसर पाउन पाण्डेले मैदान खाली गर्नुपर्ने बताउनेहरु पनि कम थिएनन् । अहिले पाण्डेले एमाले छोडेपछि साँच्चिकै गैरेले सांसदको टिकट पाएका छन् ।

    एमाले फुटेर एस नबनेको भए सायदै ठाकुरले पाल्पाबाट एमालेको टिकट पाउँथे । निरन्तर पार्टीमा पहुँच बनाउँदै गएका पाण्डेका कारण युवा–विद्यार्थीमा चर्चित गैरे ओझेलमा पर्दै आएका थिए ।

    गैरे कांग्रेस महामन्त्री गगन थापासँगै राजनीतिमा उदाएका युवा नेता हुन् । थापा दुईपटक सांसद, मन्त्री हुँदै पार्टीको शक्तिशाली महामन्त्री भइसके । तर, एमालेमा उनीपछिका धेरैले अवसर पाए पनि गैरेले अवसर पाएका छैनन् । गैरेपछि अनेरास्ववियुको अध्यक्ष भएकी झाँक्रीसमेत सांसद र मन्त्री भइसकिन् । उनी पार्टीको आन्तरिक गुटबन्दीको शिकार बनिरहेका थिए । पाल्पामा पाण्डेले सधैं चुनावमा अवसर पाउँदा गैरेको पालो आएन । यसपटक उनै पाण्डेविरुद्धको चुनावी मैदानमा खडा भएका छन् गैरे ।

    एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बनेका गैरेले पार्टीबाट संसदीय यात्रामा पहिलो पटक अवसर पाएको विषय अधिकांश मतदातालाई जानकारी भएको र पार्टीले सुरु गरेका एजेण्डामा आम नागरिकको सरोकार जोडिएकाले आफ्नो जीतमा कुनै समस्या नभएको बताउँछन् ।

    ‘सत्ता गठबन्धन केका लागि भन्ने विषय पछिल्लो एक वर्ष देशको अवस्था, आर्थिक सूचक, सरकारका कार्यशैली सबैले प्रस्ट पारेको छ’, उनले भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध आएको जनमतले पनि आउने चुनावको चित्रण गरिसकेको छ । हाम्रो जीतमा कुनै समस्या छैन ।’

    २०७० सम्म पाल्पामा ३ वटा निर्वाचन क्षेत्र थिए । २०५१, २०५६, २०६४, २०७० सालमा पाण्डे पाल्पा २ बाट उम्मेदवार हुँदै उद्योगमन्त्रीसमेत भइसकेका छन् । अहिले यहाँ २ वटामात्रै निर्वाचन क्षेत्र छन् ।

    आफूले विगतमा चुनाव जितेर पाल्पाको विकासका लागि धेरै काम गरेकाले पाल्पालीले फेरि जिताउने नेता पाण्डे को दावी छ । गठबन्धनको बलियो जनमत नै आफ्नो जीतको आधार भएको उनको तर्क छ ।

    ‘मैले निर्वाचित भएपछि जिल्लामा के-के गरें भन्ने पाल्पाली जनतालाई सबै थाहा छ । म मन्त्री हुँदा युरेनियम अन्वेषण र पाल्पालाई प्राविधिक शिक्षाको हबदेखि लुम्बिनी र पाल्पालाई पर्यटनसँग जोड्दैछु’, पाण्डेले भने ।

    तर एमाले पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरे भने यस पटक जसरी पनि पाण्डेबाट जीत खोस्ने आफूहरुको तयारी रहेको बताउँछन् । उनी भन्छन्, ‘पाण्डेले यहाँका मतदातालाई धोका दिनुभयो । पटक-पटक एमाले भनेर जिताएका मतदाताको सहमतिविपरीत एमालेविरुद्ध विपक्षीलाई भोट हाल्ने, पार्टी विभाजन गर्ने काम गर्नुभयो । त्यसैले यसपटक पाण्डेसँग बदला लिने बताइसकेका छन् ।’

    २०७४ सालमा चुनाव जित्दा पाण्डेले ३४ हजार ८९९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरि नेपालले २४ हजार ५५४ मत पाएका थिए । पाण्डेलाई प्रतिनिधिसभामा उठाएर कांग्रेसले प्रदेशसभा १ मा मात्र उम्मेदवारी दिएको छ । प्रदेशसभा २ मा माओवादी केन्द्रका उम्मेदवार छन् ।

    स्थानीय तह निर्वाचनमा पार्टीका वडा अध्यक्षले पाएको मतअनुसार यहाँ एमालेको ३० हजार ५३६ मत छ । कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३१३, राष्ट्रिय जनमोर्चाको ८८४ र एकीकृत समाजवादीको ४३३ मत रहेको छ ।

    एकीकृत समाजवादी पाल्पाका अध्यक्ष कमल पाण्डे भने स्थानीय तह निर्वाचनको मत मूल्यांकनको आधार नहुने बताउँछन् ।

    कांग्रेस सभापति हिमालदत्त श्रेष्ठले स्थानीय तह निर्वाचनमा कांग्रेस महाधिवेशन र टिकट वितरणमा केही असन्तुष्टि भएकाले केही पालिकामा सोचेजस्तो नतिजा नआएको तर अहिले एक ढिक्का भएर अघि बढेको बताए ।

    यो क्षेत्रमा पर्ने ४४ वडामध्ये तानसेन नगरपालिकाका १०, रिब्दीकोटका आठमध्ये ६, रैनादेवी छहराका आठमध्ये ६ वटामा गठबन्धनले जितेको छ । तिनाउका ५ मध्ये दुई वटामा गठबन्धनले जितेको छ  । तानसेनमा नगर प्रमुख, उपप्रमुख, रिब्दीकोटमा अध्यक्ष, उपाध्यक्ष, रैनादेवी छहरामा अध्यक्ष, उपाध्यक्ष र तिनाउमा उपाध्यक्ष गठबन्धनले जितेको छ  । एमालेले तिनाउमा प्रमुख जितेको छ  ।

  • ओली हिटलर शैलीमा आफैँ समाप्त हुन्छन् : माधव नेपाल (भिडिओ)

    ओली हिटलर शैलीमा आफैँ समाप्त हुन्छन् : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ समाप्त हुने दाबी गरेका छन्।

    सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने पवित्र उद्देश्यका साथ बनेको गठबन्धनले मंसिर ४ को निर्वाचनमा जनताले जवाफ दिने बताए।

    उनले भने, ‘हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ। हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका छौँ। ०७४ सालमा दुई वटा कम्युनिष्ट पार्टीहरूलाई झण्डै दुईतिहाइको मत दिएका थिए। जनताले राम्रो कामका लागि मौका दिएका थिए। तर, जनताको विश्वासको कदर भएन। लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर संविधानलाई धुजा पार्ने काम भयो । संघीयतालाई समाप्त पार्ने आशंका भयो। उपलब्धि नै धरापमा पर्‍यो।’

    व्यक्तिवादमा डुबेर संविधान र राज्यभन्दा माथि ठान्ने ओलीको हिटलर प्रवृत्ति देखा परको बताए।

    ‘पार्टीका नेतामा अहंकार बढेपछि कसैलाई टेर्दैन। उनले आफूलाई एक मात्रै ज्ञान भएको व्यक्ति ठान्छ। त्यस्तो व्यक्ति केही समयमा आफै समाप्त हुन्छ। हिटलरको शैलीमा’ उनले भने।

    उनले ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको उनको भनाइ छ। कांग्रेस र कम्युनिष्टबीच यसअघि पनि उपलब्धि रक्षाको लागि सहकार्य भएको स्मरण गरे।

  • १२ बुँदे सहमतिमा मैले, प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं : माधव नेपाल

    १२ बुँदे सहमतिमा मैले, प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं : माधव नेपाल

    कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियाको १२ बुँदे सहमतिमा आफूसहित प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको बताएका छन् ।

    सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धका क्रममा मैले माओवादीलाई भेटेर कुरा गरेको थिएँ । १२ बुँदे सहमतिमा मैले प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं । कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिलेमात्रै होइन । पुरानो हो ।’

    उनले सबै कार्यकर्तालाई गठबन्धन दलको औचित्यमा प्रस्ट पारेर चुनावी अभियानमा लाग्न निर्देशन दिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै अझै लोकतन्त्रमाथि खतरा रहेको जिकिर गरे ।

    अध्यक्ष नेपालले भने, ‘हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । अहिले पनि लोकतन्त्र जोखिममा छ ।’

    उनले एमालेले संविधान विरोधीहरुसँग गठबन्धन गरेको आरोप लगाए । ‘एमाले प्रगति र परिवर्तनको बाधक भएको थियो । त्यसैले हामीले विद्रोह गरेका हौं । गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नुहोस् । मित्रवत् प्रतिस्पर्धा भएको ठाउँमा कलमलाई हेर्नुहोला । अन्य ठाउँमा गठबन्धनको उम्मेदवारलाई जिताउनु होला’, उनले भने।

    प्रतिगामी शक्तिलाई पराजित गर्न एकजुट हुनसमेत उनले आह्वान गरे ।

  • सुदूरपश्चिमको भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न गठबन्धनका नेता धनगढीमा (तस्बिरहरू)

    सुदूरपश्चिमको भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न गठबन्धनका नेता धनगढीमा (तस्बिरहरू)

    कैलाली । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा रहेका सत्ता गठबन्धनका नेता धनगढी आइपुगेका छन् ।

    सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत धनगढी आएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सँगै छन् ।

    सुदूरपश्चिमको संयुक्त प्रशिक्षण कार्यक्रम संयोजनको जिम्मेवारी नेकपा माओवादी केन्द्रले पाएको छ । संयुक्त प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ जिल्लाबाट गठबन्धन दलका प्रतिनिधि, उम्मेदवारलगायत आएका माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ ले जानकारी दिए ।

  • माधव नेपालको आक्रोश- एमाले मधेस विरोधी शक्ति हो, केपी ओली खतरनाक व्यक्ति हुन् (भिडिओ)

    माधव नेपालको आक्रोश- एमाले मधेस विरोधी शक्ति हो, केपी ओली खतरनाक व्यक्ति हुन् (भिडिओ)

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको भन्दै एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

    पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली मुलुकको लागि अझै खतरनाक व्यक्ति भएकाले उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर नहुने बताए ।

    नेपालले भने– केपी ओलीका भ्रममा नपर्नुस्, अलमलिनु आवश्यक छैन । नेकपा एमाले भनेको मधेसको विरोधी कोही पार्टी छ भने त्यो एमाले मात्रै हो । केपी ओली एक नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन् ।

    नेपालले गठबन्धनभित्रका समस्या समाधान गर्दै चुनाव जित्नतिर लाग्नुपर्ने बताए । विराटनगरबाट शीर्ष नेता जनकपुर पुगेका हुन् ।

  • प्रतिनिधिसभातर्फ सबैभन्दा बढी एमालेका १४१ उम्मेदवार- राप्रपा दोस्रो, अरु दलका कति ? (सूचीसहित)

    प्रतिनिधिसभातर्फ सबैभन्दा बढी एमालेका १४१ उम्मेदवार- राप्रपा दोस्रो, अरु दलका कति ? (सूचीसहित)

    काठमाडौं । आगामी मंसिर ४ गतेका तय भएको प्रतिनिधिसभाको निर्वाचनमा ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । जसको ९ प्रतिशत अर्थात २२५ जना मात्रै महिलाको उम्मेदवारी परेको हो । जम्मा उम्मेदवारीको ९१ प्रतिशत अर्थात २ हजार १८७ पुरुषकै परेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

    ६२ राजनीतिक दलमध्ये सबैभन्दा बढी नेकपा ९एमाले०ले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये २४ निर्वाचन क्षेत्रका गठबन्धन गरेका कारण छोडे पनि बाँकी १४१ निर्वाचन क्षेत्रमा भने एमालेले आफ्नै उम्मेदवार उठाएको हो । नेकपा

    (एमाले)ले सबैभन्दा बढी १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा महिलालाई भने उपेक्षा गरेको छ । जम्मा उम्मेदवारीको ७ प्रतिशत मात्रै अर्थात ११ जना महिला उम्मेदवार उठाएको छ ।

    दोस्रोमा राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले भन्दा एक निर्वाचन क्षेत्र मात्र कम अर्थात १४० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । राप्रपाले पनि महिलालाई उपेक्षा गर्दै ५ प्रतिशत अर्थात ८ जना मात्रै महिला उम्मेदवार उठाएको छ ।

    तेस्रोमा सबैभन्दा बढी रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ९ प्रतिशत अर्थात १२ जना महिला उम्मेदवार उठाएको छ । चौथोमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १०९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १२ जना महिला उठाएको छ । नेकपा (एमाले) र राप्रपा भन्दा बढी महिलाको उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टी र नेमकिपाबाट परेको छ ।

    अहिलेको सत्तारुढ दल अर्थात आगामी निर्वाचनमा आँफू सबैभन्दा पहिलो दल हुने दाबी गरिरहेको नेपाली काँग्रेसले पाँचौ नम्बरमा ९१ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको छ । जम्मा उम्मेदवारीको ५ प्रतिशत अर्थात ५ जना मात्रै महिला उम्मेदवार उठाएको छ । छैटौं नम्बरमा भने मंगोल नेशनल अर्गनाइजेशनले ८८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १० जना महिला उम्मेदवार उठाएको छ ।

    सातौ नम्बरमा जनता समाजवादी पार्टी ९जसपा०ले ७९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउदाँ ८ प्रतिशत अर्थात ७ जना महिला उम्मेदवार उठाएको छ । एमाले काँग्रेस भन्दा बढी महिलाको उम्मेदवारी जसपाबाट परेको छ । नवौँ नम्बरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले ५८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा १० प्रतिशत अर्थात ६ जना महिला उठाएको छ ।

    राप्रपा नेपालले पनि एमाले र काँग्रेस भन्दा बढी नै महिला उम्मेदवार उठाएको छ । बाहौँ नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले ५१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ५ प्रतिशत अर्थात ३ जना महिला उठाएको छ । लोसपाले पनि अन्य राजनीतिक दलको तुलनामा कम अर्था नेपाली काँग्रेसकै जति महिला उम्मेदवार उठाएको छ ।

    नेकपा ‍(माओवादी केन्द्र)बाट सबैभन्दा बढी १७ प्रतिशत महिलाको उम्मेदवारी कायम

    आगामी निर्वाचनपछि आफुलाई दोस्रो पार्टी हुने दाबी गर्दै आएको सत्तारुढ नेकपा (माओवाद केन्द्र)ले भने साना दलको भन्दा पनि कम ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । आगामी निर्वाचनमा भाग लिएका ६२ दलमध्ये सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने पार्टीका रुपमा नेकपा (माओवादी केन्द्र) बनेको छ । माओवादीले जम्मा उम्मेदवारीको १७ प्रतिशत अर्थात ८ जना महिला उम्मेदवार उठाएको छ । माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले भने २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा सबैभन्दा कम अर्थात ४ प्रतिशत अर्थात एक जना मात्रै महिला उम्मेदवार उठाएको छ ।

    यद्यपी स्वतन्त्रबाट मात्रै जम्मा उम्मेदवारीको ३५ प्रतिशत अर्थात ८६७ जनाको उम्मेदवारी परेको छ । जसमा ८ प्रतिशत अर्थात ७७ जना महिलाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । स्वतन्त्रतर्फको उम्मेदवारीलाई हिसाव नगर्दा ६२ वटा राजनीतिक दलबाट एक हजार ५४५ जनाको उम्मेदवारी पर्दा ९ प्रतिशत नै अर्थात १४८ जना महिलाको उम्मेदवारी परेको छ ।

  • केपी ओली हिटलर बने, चुनावपछि देशै छाड्ने अवस्था आउनसक्छः माधव नेपाल (भिडिओ)

    केपी ओली हिटलर बने, चुनावपछि देशै छाड्ने अवस्था आउनसक्छः माधव नेपाल (भिडिओ)

    रूपन्देही । नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच एकता सन्देश दिन गठबन्धनका दल सबै प्रदेशमा पुगेको बताएका छन् ।

    बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको अभियान पूरा गर्न कुप्रचारलाई चिर्नतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

    ‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गर्‍यौं त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प छैन’, नेता नेपालले भने ।

    प्रतिगामीलाई ठेगान लगाएको भन्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे ।

    एमाले अध्यक्ष केपी ओलीको नामै लिएर नेपालले भने, ‘सरम लाग्दैन ? काम गर्न दिएनन् भनेर रूदै हिँडेर हुन्छ । बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् । उनले भने ।’

    ओली हिटलर बन्न खोजेको उनको आरोप थियो ।

    नेपालले भने, ‘अब देश छाड्नुपर्न सक्छ अब पनि उनले शक्ति पाए थप क्षति हुनसक्छ ।’

    राप्रपासँग ओलीको गठबन्धन देशघाती भएको र आफूहरूको गठबन्धन आवश्यकतामा आधारित भएको उनको जिकिर छ ।

  • प्रधानमन्त्री बनाएकोमा प्रचण्ड-माधवलाई धन्यवाद दिँदै देउवाले भने- गठबन्धनमा कसैले समस्या नल्याऔं

    प्रधानमन्त्री बनाएकोमा प्रचण्ड-माधवलाई धन्यवाद दिँदै देउवाले भने- गठबन्धनमा कसैले समस्या नल्याऔं

    पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेको भन्दै गठबन्धन आवश्यक रहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले सबै नेताका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

    ‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ । आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र हुनुहोला । सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो । अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव हो । समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्नेछ’, देउवाले भने ।

    उनले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउामा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याए ।

    ‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो-आजका कुरै छैन । हिजोका कुराको काम छैन, सम्झनुपर्ने केही छैन । गठबन्धनमा कुनै हालत र बहानामा शंका नहुने अवस्था छ । गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन’, देउवाले भने, ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो ।’

    केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशन दिए ।

    ‘हामी माथि माधवजी, प्रचण्डसँग कति राम्रो सम्बन्ध छ, तल पनि हुनुपर्‍यो । आपसमा सम्बन्ध बढाउने काममा लाग्नुपर्छ ।’

    टिकट नपाएकोमा कोही रिसाएको भए मिलाइने उनले बताए ।

    ‘उहाँहरू (माधव नेपाल, प्रचण्ड) लाई धन्यवाद दिन चाहन्छु, कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउने भन्नुभयो । म व्यक्तिलाई प्रधानमन्त्री बनाएको होइन । भोलिका सन्ततिले मूल्यांकन गर्नेछन्, त्यसबेला पनि यस्तो राम्रो व्यवस्था ल्याएको भनेर ।’

  • पोखरामा माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिएपछि…

    पोखरामा माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिएपछि…

    पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा जारी सत्तारुढ गठबन्धनको प्रादेशिक भेलामा सम्बोधनको सुरूमा माओवादी केन्द्रको नाम भन्दा गलत उच्चारण गरे ।

    ‘एकीकृत माओवादीका अध्यक्ष’ भन्दै प्रचण्डलाई सम्बोधन गरेका नेपालले पछि आफूलाई सच्याए । आफैँलाई सच्याउने क्रममा उनले गठबन्धनमा धेरै पार्टी भएकाले पार्टीहरूको नाम नै बिर्सने गरेको प्रष्टीकरण दिए ।

    ‘नाम नै बिर्सने रहेछ, यति धेरै पार्टी छौं । कुन एकीकृत, कुन केन्द्रीय नै बिर्सिने,’ नेपालले भने ।

    पाँचदलीय गठबन्धन नेकपा एमालेले भनेजस्तो ‘अप्राकृतिक’ नभएको भन्दै संविधान रक्षार्थ बनेको गठबन्धन प्राकृतिक र पवित्र भएको उनको दाबी थियो । गठबन्धनको ध्यान सत्तामा पुग्ने मात्र नभई जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउन लाग्ने उनले बताए ।

    रोजगारी दिन नसके लुटेर विदेश पठाउने नेताहरू भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने नेपालको भनाइ छ ।

    ‘देशभित्र रोजगारी दिँदा पनि घुस खाने, बाहिर पठाउन पनि घुस खाने प्रवृत्ति छ,’ नेपालले भने ।

    नेकपा एमाले र जनता समाजवादी पार्टीलगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरू एकजुट भएको भन्दै नेपालले भने, ‘त्यो भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, प्रतिगमनकारी गठबन्धन हो,’ उनले भने ।

  • राजु गुरुङको रिटमाथिको पेसी पहिलो नम्बरमा

    राजु गुरुङको रिटमाथिको पेसी पहिलो नम्बरमा

    रूपन्देही । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेसी आज पहिलो नम्बरमा परेको छ ।

    सो रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको हो ।

    निर्वाचन कार्यालयले बैकिङ कसुरअन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेका गुरुङको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ ।

    निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा आज दुवै पक्षका कानून व्यवसायीले बहस गर्नेछन् । आज अन्तरिम आदेशले निरन्तरता पाउने वा रिट खारेज हुने सम्बन्धमा निर्णय आउन सक्ने अनुमान गरिएको छ ।

  • रुपन्देही २ का उम्मेदवार गुरुङको निवेदनमाथि आज सुनुवाइ

    रुपन्देही २ का उम्मेदवार गुरुङको निवेदनमाथि आज सुनुवाइ

    रुपन्देही । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्चले छलफलका लागि कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ४ गते शुक्रबारका लागि पेसी तोकिएको थियो ।

    उम्मेदवार खारेजी विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले असोज ३१ गरे अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो । रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा १३ को खण्ड ‘ज’ तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ ‘ज’ बमोजिम गुरुङको उम्मेदवारी मनोनयन खारेज गरेको थियो । प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान उल्लेख गरिएको छ ।

    सोही दफा १३ को खण्ड ‘ज’मा प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर उम्मेदवार बन्नका लागि अयोग्य हुने उल्लेख छ ।
    सर्वोच्चले अन्तराकालीन आदेश दिएसँगै निर्वाचन कार्यालयले उनको उम्मेदारी कायम रहेको सूचना निकालेको छ ।

    उनीसँगै उम्मेदारी खारेजीमा परेका हाम्रो नेपाल पार्टीका डा। कमल भुसाल निकोलसको निवेदनमाथि बिहीबार अन्तरिक आदेश दिन अस्वीकार गर्दै कार्तिक १५ गतेका लागि छलफलका लागि बोलाएको छ ।

  • माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

    माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।

    रौतहट १ का तिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको समाचार प्रकाशन भएकाले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

    बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । उक्त श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परिक्षण गर्दा तपाईको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन आयोगले रौतहट प्रहरीलाई पत्र समेत लेखेको छ ।

    तपाईंलाई निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल प्रभाव पार्ने गरी फ्रि भिसा फ्रि टिकटमा युवालाई विदेश पठाउने भनी अभिव्यक्ति दिने कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) को प्रतिकूल भई निर्वाचन आचारसंहिताको उल्लघन हुन गएकोले तपाईलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा ३ तथा उपदफा ४ बमोजिमको कारवाही किन गर्नु नपर्ने हो ? भन्दै प्रश्न गरेको छ ।

    निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ । उक्त व्यवस्थाको उल्लघन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन अयोग ऐन, २०७३ को दफा ३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र ऐनको दफाको उपदफा ४ बमोजिम उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।

  • राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

    राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

    बुटवल । रुपन्देही २ सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । गुरुङको मुद्दाको सुनुवाइका लागि बुधबार २८औं नम्बरमा उनको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएका थिए ।

    यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल बलिका प्रतिद्वन्द्वी छन् ।

  • विराेध खतिवडा भन्ने ‘बेइमान मान्छे’ मै हाे भन्दै भाेट माग्दै विराेध (भिडिओ)

    विराेध खतिवडा भन्ने ‘बेइमान मान्छे’ मै हाे भन्दै भाेट माग्दै विराेध (भिडिओ)

    हेटौँडा । मकवानपुरको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिभिसभाको उम्मेदवार बनेका विरोध खतिवडाको एउटा भिडियो भाइरल भएको छ । मंसिर ४ गते हुने निर्वाचनमा मत माग्न पुगेका खतिवडाले परिचयको क्रममा ‘विरोध खतिवडा भन्ने बेईमान मै हुँ ’ भन्दै परिचय दिएको देखिन्छ ।

    मतदाताहरुको समूहमा पुगेर उम्मेदवार खतिवडाले आफुलाई चिन्नु भो भनेर प्रश्न गरेका छन् । मतदाताहरुले चिन्न नसकेको उल्लेख गरेको भिडियोको शब्दमा सुन्न सकिन्छ । ‘विरोध खतिवडा भन्ने बेमान मान्छे मै हो ।’ खतिवडा भन्छन् ।

    त्यसपछि सहभागी मध्ये एक वृद्धाले नामै विरोध रैछ अनि कसरी भन्दै हाँसेपछि खतिवडाले विरोध मात्रै होर पछाडि खतिवडा खतरा हो भन्दै हाँस्न सुरु गरेको भिडियोमा देख्न सकिन्छ ।

    मतदाताले उनलाई चुनाव जितेपछि कुर्सीतिर हेर्ने आफूहरुतिर नहेर्ने भन्दै प्रश्न गरेपछि खतिवडाले तपाईहरुलेनै कुर्सीमा बस्नुस् भनेर जिताएको त हो नि भन्दै जवाफ पनि दिए । उनले मतदातालाई रिझाउन अस्पताल बनाउने, वृद्धाभत्तामा वृद्धि गर्ने लगायतको आश्वसन पनि बाँडेका छन् ।

     

  • हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र : माधव नेपाल

    हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् ।

    ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो गठबन्धन संविधान जोगाउनको लागि भएको दाबी गरे ।

    उनले भने, ‘हामी सहकार्य गर्न सक्छौँ । धेरै ठाउँमा जित्न सक्छौँ । गठबन्धनको बारेमा विपक्षीले भ्रम फैलाउन थालेका छन् । विपक्षीको अनेक कुरालाई खण्डन गर्नुपर्छ । गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनेर प्रश्न गरेमा हामीले काउण्टर दिनुपर्छ । हामीले गरेको गठबन्धन पवित्र हो । विपक्षी गठबन्धन अपवित्र हो ।’

    ओलीले संविधान मास्ने कदम गरेपछि गणतन्त्र र संविधान जोगाउन आफूहरूले गठबन्धन गरेको नेपालको भनाइ थियो ।

    ‘दुई पटक संविधान कुल्चिने काम भएको थियो । अधिकार नाघेर तत्कालीन प्रधानमन्त्रीले कदम चाले । हामी एकै ठाउँमा उभिएर संविधान र लोकतन्त्र जोगायौं’, उनले भने ।

  • मंसिर ४ मा प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ : कृष्णलाल महर्जन

    मंसिर ४ मा प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ : कृष्णलाल महर्जन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा गठबन्धनबाट ललितपुर-२ का उम्मेदवार कृष्णलाल महर्जनले मंसिर ४ गते प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताएका छन् ।

    ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो लिएकै कारणले आफूहरूले विद्रोह गर्नुपरेको दाबी गरे ।

    उनले भने, ‘हाम्रो तत्कालीन नेतृत्वले गलत बाटो विलयपछि विद्रोह गरेका हौँ । जनताको बलले नै हामीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना गर्न सफल भएका छौं । त्यसैले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ ।’

    गठबन्धनको तर्फबाट फरक क्षेत्रमा फरक उम्मेदवार भएकाले सचेत भएर जिताउन लाग्न महर्जनको आग्रह थियो ।

    उनले भने, ‘विगत पाँच वर्षको बीचमा जनताको सेवा गर्ने मौका दिनुभएको थियो । जनताको सबै समस्या लगेर लाजले शिर झुकाउने काम गरेको छैन । अब गर्ने पनि छैन ।’

  • नेकपा एसकी उम्मेदवार रावल एमालेमा फर्किइन्

    नेकपा एसकी उम्मेदवार रावल एमालेमा फर्किइन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रिता रावल नेकपा एमालेमा फर्किएकी छन् । अध्यक्ष केपी शर्मा ओलीलगायतले नेतृ रावललाई सोमबार साँझ खादा र टीका लगाई पार्टीमा स्वागत गरे ।

    संविधानसभा सदस्यसमेत रहेकी रावल नेकपा एसनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव पनि हुन् । विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्ने साथै नेकपा एसको भविष्य नभएको भन्दै आफू एमालेमै फर्किएको उनले बताइन् ।

    ‘लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिक सांसदको उम्मेदवारी पनि छाडेर आएकी छु’, उनले भनिन् । उनीसँगै नेकपा एस जाजरकोटका सचिव अर्पण रावल पनि एमाले प्रवेश गरेका छन् ।