Category: नेकपा एस

  • नेकपा एसमा संसदीय दलको नेता छान्न बैठक जारी

    नेकपा एसमा संसदीय दलको नेता छान्न बैठक जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसेको छ । दलको नेता चयन गर्ने प्रयोजनका लागि आलोकनगरस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो ।

    समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

    बैठकले समसामयिक राजनीतिक परिस्थिति, भावी सरकार गठन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

  • कम्युनिष्ट आन्दोलन धूलिसात पारेको देख्दादेख्दै एमालेसँग टाँसिने कुरा आउँदैन : माधव नेपाल (भिडिओ)

    कम्युनिष्ट आन्दोलन धूलिसात पारेको देख्दादेख्दै एमालेसँग टाँसिने कुरा आउँदैन : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिष्ट पार्टीहरुले वस्तुनिष्ठ समीक्षा गर्न तयार हुनुपर्ने बताएका छन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरू किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो भन्ने प्रश्नको समीक्षा गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘नेपालको कम्युनिष्ट पार्टीहरूले कहाँ ऋणी गरे किन उनीहरूले पाएको अवसर जोगाउन सकेनन् । पाएको मौकाको उपयोग गर्न सकेनन् । पाएको हैसियतलाई कायम राख्न सकेनन् । किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो यसको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । हामी समीक्षा गर्न तयार छौं । यस्ता खालको प्रश्नहरुको जवाफ दिन पनि तयार छौं ।’

    आफूहरू नबिराउने नडराउने मान्यताको साथ अगाडि बढ्ने भएकाले कमजोरी महसुस गर्नुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘हामीले बिराएका छौं भने कमजोरी महसुस गर्ने हो ।’

    अध्यक्ष नेपालले एमालेप्रति लक्षित गर्दै विदेशीसामु लम्पसार परेको देख्दादेख्दै पुन: एमाले नफर्कने बताए ।

    उनले भने,‘धूलिसात भएर कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पनि विदेशीका सामु लम्पसार पर्न थालेको देख्दादेख्दै पनि कम्युनिष्ट पार्टीले क्रान्तिकारी स्थान गुमाउँदा गुमाउँदै त्यसैमा टाँसिरहने कुरालाई कसैले प्रेरित गर्न खोज्छ भने फेरि पनि त्यस्तालाई सरि भन्छौं । दृढताको साथ त्यो प्रवृतिबाट देशलाई जोगाएका छौं ।’

    चुनावको मत परिणामलाई लिएर मन सानो गर्नुपर्ने कारण नभएको भन्दै नेपालले कार्यकर्तालाई सान्तवना दिए ।

    ‘हामीहरु प्रतिनिधिसभामा १० जना निर्वाचित भएका छौं । २० जना उम्मेदवार खडा गरेका थियौं । त्यसको ५० प्रतिशत हामीले सफलता हासिल गरेका छौ । योभन्दा बढी आशा र सफलताको अपेक्षा गरेका थियौं । प्रदेशसभामा २४ जना सदस्यहरु निर्वाचित गरेका छौं । यसमा मन सानो गर्ने कुरा छैन ’, उनले थपे ।

  • वामपन्थी सरकार बन्ने आधार एमालेले तोडिसक्यो : झलनाथ खनाल

    वामपन्थी सरकार बन्ने आधार एमालेले तोडिसक्यो : झलनाथ खनाल

    काठमाडौं । नेकपा  एकीकृत  समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले तोडेकोले त्यो असम्भव रहेको बताएका छन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता खनालले वामपन्थी सरकारको कुरा उठेपनि अहिले त्यसको आधार खडा नभएको जिकिर गरे ।

    वाम-लोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना नै अहिले सबैभन्दा बढी रहेको खनालले बताए ।

    ‘अहिले हङ्ग संसद छ । कुनै पनि पार्टीको बहुमत छैन । जनताले कुने ठूला पार्टीलाई पत्याएनन् । मिलेर काम गर एक-आपसमा सल्लाह गरेर काम गर भन्ने म्याण्डेट दिए । चाँडोभन्दा चाँडो संसदीय दलका नेता चुनाएर सरकार बनाउने दिशामा एकापसमा सहमतिका साथ अघि बढौं’, खनालले भने ।

    उनले थोरै संसद भएपनि आफ्नो पार्टी धारिलो, तीखो र लक्ष्यगत ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    ‘संख्या पुर्‍याएर सरकार बनाउने, कुनै न कुनै मन्त्रालय लिनेमात्र भएर अघि बढ्यौ भने अग्रगतिमा जाँदैन । नीति र कार्यक्रमका आधारमा सरकारमा जानुपर्छ । हामीले जल्दाबल्दा सवाल राष्ट्रियताका सवाल बुलन्द रूपमा सदनमा उठाउनुपर्ने हुन्छ । थोरै सांसद भएपनि समाजवादी दिशातर्फ अघि बढ्न सकौं । हामी धारिलो, तीखो र लक्ष्यगत ढंगले काम गरौं’, खनालले जोड दिए ।

    ५ वर्षमा गरेको कामका आधारमा आगामी चुनावमा नेकपा एस देशको नम्बर १ पार्टी बन्नुपर्ने नेता उनलेले लक्ष्यसमेत प्रस्तुत गरेका छन् ।

    एमालेको गुटसँग विद्रोह गरेर आएको पार्टी भएको भन्दै खनालले अवसरवाद र नातागोताभन्दा क्रान्तिकारी नीति सिद्धान्त लिएर अघि बढ्नुपर्ने औंल्याए ।

  • नेकपा एसका सांसदहरूले गरे बधाई साटासाट (तस्बिरहरू)

    नेकपा एसका सांसदहरूले गरे बधाई साटासाट (तस्बिरहरू)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरूले बधाई साटासाट गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा निर्वाचित सांसदहरूले बधाई साटासाट गरेका हुन् ।

    अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल सहभागी कार्यक्रममा सांसदहरूले एक अर्कालाई माला लगाइदिएर बधाई तथा शुभकामना आदानप्रदान गरे ।

    नेकपा एस १० जना सांसद रहेका छन् । सबै प्रत्यक्षबाट निर्वाचित सांसद हुन् । थ्रेसहोल्ड कटाउन नसकेका कारण नेकपा एस समानुपातिक सांसद पठाउनबाट रोकिएको थियो ।

    सफल कार्यकालको शुभकामना दिँदै सांसदहरूलाई पार्टीको नीति सिद्धान्तअनुसार काम गर्न पनि निर्देशन दिइएको छ ।

  • एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

    एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

    पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्ने बुझिएको छ ।

    समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

    यसअघि आइतबार नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।

  • वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह

    वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह

    काठमाडौं । गठबन्धनको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पहिलो चरणको प्रधानमन्त्री स्वीकार गर्न कांग्रेसभित्र समस्या देखिएपछि वाम सरकारको पहल सुरू भएको छ । कांग्रेसले राष्ट्रपति पनि कम्युनिष्टलाई दिन अनिच्छा देखाइरहेका बेला एमाले र माओवादीलाई फेरि मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् ।

    यसैक्रममा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेर कोर्स करेक्सन गर्न आग्रह गरेका छन् । एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झासहित शीर्ष नेताहरूलाई भेटेका बस्नेतले वाम सरकार गठनको पहल गर्न सुझाव दिएका हुन् ।

    बस्नेत प्रतिनिधिसभामा झिनो मतले पराजित भएका थिए । अध्यक्ष केपी शर्मा ओलीनिकट नेता बस्नेतले प्रचण्ड र माधव नेपाललाई भेट गरेका कारण नेतृत्वको अनुमति लिएरै छलफल भएको स्रोतको दाबी छ ।

    २०६४ सालपछि पहिलोपटक संसदमा वामपन्थीले बहुमत गुमाएका छन् । देशलाई अस्थिरता र विदेशी चलखेलबाट जोगाउन वाम नेतृत्वको सरकार गठन होस् भनेर आफूले आफ्नो ठाउँबाट सामान्य पहल गरेको बस्नेतले बताएका छन् ।

    प्रचण्ड र माधव नेपालले वाम नेतृत्वको सरकार गठनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    ‘०६४ पछि पहिलो पटक वामहरू बहुमतबाट तल झरेको र सबै शक्ति बाम आन्दोलन कमजोर पार्न लागेको देखेर सके बाम एकता नसके बाम गठबन्धन को पक्षमा पहल गरिएको हो’, बस्नेतले आफू निकटहरूलाई ब्रिफिङ गरेका छन् ।

    बस्नेतले शीर्ष नेताहरूलाई भेटेपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीलाई भेट गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएर भने पनि वाम नेतृत्वको सरकार गठन गर्ने राष्ट्रपति, सभामुखजस्ता मुख्य पदहरू एमालेले लिएर राज्यसत्तामा विदेशी चलखे रोक्न दुवै पार्टीभित्र पहल भइरहेको नेताहरूको दाबी छ ।

    एमालेले अहिलेसम्म सरकार गठनको पहल गरेको छैन । प्रचण्डले गठबन्धन छाडेर आएमात्र प्रधानमन्त्री दिनेबारे छलफल गर्न सकिने नेताहरूले बताइरहेका छन् । अनौपचारिक रूपमा भने माधव नेपालसँग समेत संवादमा एमालेका नेताहरू जुटेका छन् । केही दिनअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि भेट गरेका थिए ।

  • संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल

    संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

    आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै तीनै तहका सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए ।

    उनले भने, ‘तीन तहका सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यसैले सरकारले आफूलाई समीक्षा गरे अगाडि बढ्नुपर्छ । एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन ।’

    संविधानले प्रदान गरेको अधिकार जनताले उपयोग गर्न पाउने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।

  • नेकपा एसले टुङ्ग्यायो सबै प्रदेशका समानुपातिक सांसद (सूचीसहित)

    नेकपा एसले टुङ्ग्यायो सबै प्रदेशका समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेशसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।

    पार्टी कार्यालय आलोक नगरमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको टुंगो लगाएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

    नेकपा एसले प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १र१ सीट पाएको थियो।

    प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा १० सीट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन।

    प्रदेश नम्बर १

    आदिवासी जनजाति

    विद्या चाम्लिङ राई

    मधेस प्रदेश

    रत्नेश्वर गोइत यादव

    किशोरी देवी

    लक्ष्मीदेवी

    बागमती प्रदेश

    ओमकुमारी श्रेष्ठ

    मायादेवी शर्मा

    लुम्बिनी

    भगवती घिमिरे

    कर्णाली

    कल्याणी खड्का

    सुदूरपश्चिम

    माया पन्त

  • माधव नेपालकाे निष्कर्ष- जनतालाई पूरा गर्न नसकिने आश्वासन हाेइन, सक्दाे काेसिस गर्छु भन्नुपर्ने रहेछ (भिडिओ)

    माधव नेपालकाे निष्कर्ष- जनतालाई पूरा गर्न नसकिने आश्वासन हाेइन, सक्दाे काेसिस गर्छु भन्नुपर्ने रहेछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा गाह्रो हुने बताएका छन् । आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिएको बताउँदै अब आश्वासन दिँदा पनि गाह्रो हुने बताए ।

    उनले भने,‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ । तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ । म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ किनभने मान्छेले सबै कुरा पुरा गर्न सक्दैन । जनताको आकंक्षा असिमित हुन्छ । आंकक्षाहरु पुरा गर्न सकिँदैन र तर गर्नेपर्ने आवश्यकताहरुमा पुरा गर्न कोसिस गर्नुपर्छ ।’

    यस्तै उनले चुनावमा पराजित भएका नेताहरुलाई जनतालाई मन नपराएको संज्ञा दिएका छन्।नेपालले भने,‘जनताले मन पराएका छ्रैनन् भने फकाउन पनि सक्नुपर्छ । जनतलाई मिलाउन सक्नुपर्छ । जनतालाई साथमा लिने फकाउने जनताको समस्या साथमा लिने हो भने जनतलाई पुग्यो । जनताको माग पनि त्यस्तो असम्भव भन्ने छैन । ’

    फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र संकटबाट गुज्रिने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

    ‘नेपालको अर्थतन्त्र पनि अष्ट्रेलियाकै जस्तो अवस्थाबाट गुज्रिन्छ कि भनेर देखिदैछ । त्यही भएर देशको अर्थतन्त्रलाई कसरी सुधार्ने भनेर समीक्षा गर्न जरुरी छ । समस्यालाई सुधार्नपर्छ । सुधार्न मुल राजनीतिक पार्टीले ध्यान दिएन भने खतराको घण्टी बज्ला ।’उनले भने ।

  • गठबन्धनभित्रै सामूहिक सौदाबाजीको लागि ‘प्रचण्ड मोर्चा’, प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने घुर्की

    गठबन्धनभित्रै सामूहिक सौदाबाजीको लागि ‘प्रचण्ड मोर्चा’, प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने घुर्की

    काठमाडौं । लुम्बिनीका मुख्यमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) ले बिहीबारमात्रै पनि भने, ‘जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ, उसैसँग सहकार्य हुन्छ ।’

    सोनामले ‘भोकल्ली’ बोल्नुभन्दा अघि नै प्रचण्ड निकट कतिपय नेताहरु एमालेको शीर्ष नेतृत्वसँग संवादमा थिए । संवादमै रहेका एकजना नेताले नेपाल प्रेससँगको अनौपचारिक कुराकानीमा कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई स्वीकार नगरे एमालेसँग मिल्न सकिने संकेत गरिसकेका थिए ।

    माओवादी केन्द्र सत्ता गठबन्धनको प्रमुख घटक भएकाले उनको प्राथमिकता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने हुनु स्वाभाविक हो । सोमबार सत्तारुढ दलका शीर्ष नेताले ‘मुलुकका सामु विद्यमान चुनौतीहरूलाई सामना गर्न गठबन्धन आवश्यक’ भएको निष्कर्ष निकालेका छन् । निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको ठहर गर्दै थप एकताबद्ध भएर जाने गठबन्धनले अठोट लिइसकेको छ ।

    तर, गठबन्धनमा शक्ति बाँडफाँटमा एकमत नहुँदा सरकार गठन केही विलम्ब हुने देखिएको छ । गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी दुवैले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । माओवादीले प्रचण्डलाई पहिला प्रधानमन्त्री बनाउनुपर्ने सशक्त दाबी अघि सारेको छ ।

    प्रचण्ड निकटका एक नेता भन्छन्, ‘चुनावअघि नै आलोपालोमा प्रचण्डले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्ने भद्र सहमति भइसकेको छ । कांग्रेसलाई पहिलो पार्टी बनाएर गठबन्धनको इमानदारिता देखाइसक्यौं अब सुरूमै नेतृत्व नपाए बरु माओवादी प्रतिपक्षमा बस्छ । यो हाम्रो बटमलाइन हो ।’

    माओवादीका दोस्रो/तेस्रो तहका नेताहरू पनि अहिले प्रचण्ड नै अबको प्रधानमन्त्री हुनुपर्ने आवाज उठाइरहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन काँध थापेकाले अब माओवादीलाई पालो दिएर कांग्रेसले इमानदारिता देखाउनुपर्ने उनीहरु बताइरहेका छन् ।

    अध्यक्ष प्रचण्डलाई एमालेसँग मिलेर अघि बढ्न पार्टीभित्रै नेताहरूको दबाब छ । सरकार गठनमा सहकार्यका लागि माओवादी नेतृत्व एमालेसँग निरन्तर सम्पर्कमा छ । प्रचण्ड पनि ओलीले आफूलाई प्रधानमन्त्री स्वीकार्दा एमालेसँगको तालमेलमा तयार रहेको एक नेता बताउँछन् । त्यसैले ‘ट्रयाक टु’ मा राजनीतिक कोर्ष अघि बढ्न सक्ने उनले सम्भावना सुनाए ।

    शनिबारको पदाधिकारी बैठकमा माओवादी नेता पूर्वमन्त्री मात्रिका यादवले देशको कल्याणका लागि अहिलेको अवस्थामा गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए ।

    ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ, उहाँसँग त्यो क्षमता छ । अहिले त्यो परिस्थिति बन्दैछ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नुपर्दैन’, यादवले भनेका थिए ।

    माओवादी महासचिव देव गुरुङ पनि अहिलेको समग्र परिस्थिति र परिवर्तनको मूल भाग र संरक्षक नै बृहत शान्ति सम्झौता भएकाले प्रधानमन्त्रीको हकदार प्रचण्ड नै रहेको बताउँछन् ।

    नेपाल प्रेससँग केही दिनअघिको अन्तर्वार्तामा उनले परिवर्तनका संरक्षक गिरिजाप्रसाद कोइराला र प्रचण्डमध्ये अहिले प्रचण्डमात्र बाँकी भएकाले माओवादीको दाबी स्वाभाविक भएको बताएका थिए ।

    ‘दुईजनाको सम्झौताको आधारमा मुलुकमा परिवर्तनको जग बसेको हो । त्यसकारण परिवर्तनको संरक्षक दुईजना पात्र हुन् । गिरिजाबाबुको निधन भइसकेको अवस्थामा प्रचण्डमात्रै बाँकी हुनुहुन्छ । त्यस हिसाबले यो मुलुकको रक्षा गर्दै नेतृत्व गर्ने अवस्थामा जसको विचार उसैको नेतृत्व भन्ने कुरामा प्रचण्ड कमरेडको दाबी स्वाभाविक प्रक्रियाभित्र पर्छ’, गुरुङले भने ।

    तर, राजनीतिमा शक्ति समीकरणलाई सन्तुलन मिलाएर लानुपर्ने भएकाले सहमतिकै आधारमा अघि बढ्ने उनको भनाइ छ ।

    ‘ट्रयाक टु’ को सम्भावना !

    गठबन्धनमा अहिले नै पावर शेयरिङको विषयले औपचारिक प्रवेश पाइसकेको छैन । यद्यपि नेताहरूले भेटघाट र छलफललाई तीब्र पारेका छन् । यही मेसोमा विदेशी शक्ति केन्द्रको पनि दौडधुप छ ।

    प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाका दूतमार्फत पहिले आफूले नेतृत्व गर्ने सन्देश पठाइसकेका छन् । यो साता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रवक्ता प्रकाशशरण महत प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    गठबन्धनको बलमा ठूलो दल बनेको कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । कांग्रेसभित्रै रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंहले प्रधानमन्त्रीमा दाबी गरिरहँदा ‘रात रह्यो, अग्राख पलायो’ भने झैं देउवा पहिलो कार्यकालमै नेतृत्वको दाउमा लागेका छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कम्तीमा एक वर्ष प्रधानमन्त्री पाउनुपर्ने आकांक्षा देखाइरहँदा प्रचण्ड–देउवाको आधा-आधा कार्यकालमा ‘ब्रेक’ लाग्नसक्ने भएपछि सुरूमै नेतृत्व लिन रस्साकस्सी चलिरहेको छ ।

    सरकारको नेतृत्वमा एकमत नहुँदा गठबन्धनको भविष्यबारे पनि विभिन्न कोणबाट चर्चा हुन थालेको छ । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री हुन नदिए समीकरण बदलिन सक्ने पनि माओवादीकै नेता बताउँछन् ।

    चुनावलगत्तै माओवादी महासचिव गुरुङले एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई वाम एकताका लागि पहल गर्न आग्रह गरेका थिए । एमाले–माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने वेला आएको ती नेताको भनाइ थियो ।

    देवले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भए पनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए ।

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणामबारे गम्भीर विश्लेषण गर्नुपर्ने टिप्पणी गरेका छन् । २०७४ को तुलनामा आधा सीटमा खुम्चिएको माओवादीलाई गठबन्धन नफापेको भन्दै नेता–कार्यकर्ताले गुनासो गरिरहेका छन् ।

    अध्यक्ष प्रचण्डलाई एमालेसँग मिलेर अघि बढ्न पार्टीभित्रै नेताहरूको दबाब छ । सरकार गठनमा सहकार्यका लागि माओवादी नेतृत्व एमालेसँग निरन्तर सम्पर्कमा छ । प्रचण्ड पनि ओलीले आफूलाई प्रधानमन्त्री स्वीकार्दा एमालेसँगको तालमेलमा तयार रहेको एक नेता बताउँछन् । त्यसैले ‘ट्रयाक टु’ मा राजनीतिक कोर्ष अघि बढ्न सक्ने उनले सम्भावना सुनाए ।

    चुनावमा दोस्रो पार्टी बनेको एमाले जसरी पनि गठबन्धन भत्काउने रणनीतिमा छ ।

    गठबन्धनभित्रै प्रचण्ड मोर्चा, कलेक्टिभ बार्गेनिङ

    मंसिर ४ को चुनावबाट ८९ सीटसहित कांग्रेस पहिलो दल बनेको छ । गठबन्धनका अन्य दलहरू माओवादी ३२, नेकपा एस १० र राष्ट्रिय जनमोर्चाले एक सीट जित्यो । बहुमतका लागि चाहिने ६ सीट गठबन्धनलाई अपुग छ । तर, लोसपा पनि गठबन्धनमै रहेकाले उसको ४ सीट पनि जोड्दा गठबन्धनलाई बहुमतका लागि २ सीट नपुग हुन्छ ।

    गठबन्धनलाई सरकार गठन गर्न अन्य दलको साथ आवश्यक पर्छ । प्रदेश सरकारमा पनि समीकरण मिलाउनुपर्ने हुँदा मधेसवादी शक्ति र केही स्वतन्त्र सांसद उसको प्राथमिकतामा छ । एमाले कांग्रेसभन्दा ११ कम ७८ सीटसहित दोस्रो ठूलो दलमा छ ।

    गठबन्धनको बलमा आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर प्रधानमन्त्री बन्ने योजना बनाएका प्रचण्डलाई चुनावी परिणामले केही निराश बनाएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्तिलगायतका नवोदित पार्टीले गर्दा निर्णायक शक्ति बन्ने अवसर गुमाउनुपर्दा चुनौती देखिएपछि सरकार गठनअघि नै उनी शक्ति सञ्चयमा जुटेका छन् ।

    आफ्नो ३२, नेकपा एसको १०, जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र किरण साहलाई सँगै उभ्याएर कम्तीमा ६६ सीटसहितको तेस्रो मोर्चा बनाउने ध्याउन्नमा प्रचण्ड छन् । स्वतन्त्र जितेका रेशम चौधरीका बाबु बलवीरले भने नागरिक उन्मुक्ति पार्टी नै रोज्नेछन् ।

    हुन त जसपा अहिले गठबन्धनमा छैन । तर, प्रचण्डले उपेन्द्र यादवलाई पनि आफ्नो मोर्चामा सामेल गर्न खोजेका छन् । यद्यपि उपेन्द्र गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गर्न जानुपर्ने अवस्थामा गठबन्धनभित्रबाट भन्दा पनि दक्षिण छिमेकीबाट प्रधानमन्त्रीमाथि परेको दबाबका कारण मान्ने गरिएको छ ।

    प्रचण्डले चुनावअघि नै गठबन्धनभित्रै अर्को मोर्चा बनाएर समाजवादी केन्द्रको प्रस्ताव गरेका थिए । त्यस प्रस्तावमा माधव नेपाल, बाबुराम भट्टराईदेखि वामदेव गौतमसमेत समेटिए । तर, उपेन्द्र यादवले अस्वीकार गरेका थिए । यसपटक प्रचण्डको यो चालमा नेकपा एससमेत असहमत हुने संकेत छ ।

    प्रचण्डले गठबन्धनभित्रै अर्को मोर्चा बनाएर कांग्रेससँग सामूहिक सौदाबाजी गर्न खोजेपछि नेकपा एसले वक्तव्य निकालेर तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना नरहेको बतायो । जबकि सोही पार्टीले तलसम्म पठाएको अन्तरपार्टी निर्देशनमा माओवादीसँग एकताका लागि पार्टी एकता संयोजन समिति गठनको कुरा उल्लेख थियो ।

    शक्ति बाँडफाँटका लागि संघदेखि प्रदेशसम्म प्याकेजमै सहमतिका लागि नागरिक उन्मुक्ति, जनता समाजवादी, लोसपा नेतृत्वसँग प्रचण्डको भेटघाट बाक्लिएको छ । मधेसमा आफूलाई ‘थला’ पारेका सीके राउतलाई उपेन्द्र जसरी पनि छेक्न चाहन्छन् ।

    सरकारबाट अलग्गिएर एमालेसँग चुनावी तालमेल गरेका उनको बोली सरकार गठनको गृहकार्यसँगै फेरिएको छ । आइतबार विराटनगर पुगेका उनले एमालेसँग सहकार्य सकिएको बताएका छन् । तर, मधेसमा पहिलो दल बनेको एमालेसँगको समीकरणको लागि पनि यादव शीर्ष नेतासँग निरन्तर सम्पर्कमा छन् ।

    यसबीचमा प्रचण्डले आइतबार डिल्लीबजार कारागार पुगेर रेशम चौधरीसँग लामो बातचित गरे । दिउँसो ३ बजे पुगेका प्रचण्डले ३ घण्टाभन्दा बढी समय चौधरीसँग छलफल गरेको स्रोतले बताएको छ । उनले प्रधानमन्त्री बन्ने मनसाय देखाउँदै नागरिक उन्मुक्तिको साथ खोजेका छन् । त्यसको भोलि र पर्सिपल्ट माधवकुमार नेपाल र बाबुराम भट्टराईले पनि चौधरीलाई भेटेका थिए । कांग्रेसका नेता पनि चौधरीको सम्पर्कमा छन् ।

    नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले रेशम चौधरीलाई भेट्न शीर्ष नेताहरू जेलमा आएको पुष्टि गरे । आफ्नो पार्टीको मागमा प्रचण्ड लचक देखिए पनि ठोस कुरा आइनसकेको उनको भनाइ थियो । उनका अनुसार पार्टीले पक्राउ परेकाको रिहाइ र मुद्दा खारेजीको एकसूत्रीय अडान राखेको छ ।

    ‘यसअघि पनि मन्त्रिपरिषद्ले निर्णय गरेको त भनियो । तर, त्यो सबै चुनावी फण्डामात्र हो । हाम्रो माग जसले पूरा गर्छ त्यसैलाई साथ दिन्छौं’, प्रवक्ता पण्डितले नेपाल प्रेससँग भने ।

    सीट बाँडफाँटका लागि टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकै ठाउँमा आएर मोर्चाबन्दी गर्दै ‘थर्ड पोल’ बनाउने तयारीसहित प्रचण्डले चुनावअघि नै कसरत थालेका थिए ।

    कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर समाजवादी केन्द्रलाई साधन शक्ति बनाउने प्रयासस्वरूप बाबुराम, वामदेव, नेकपा एससँगको कलेक्टिभ पावरमा उनी केही हदसम्म सफल पनि भए ।

    अब नयाँ सरकार गठनका लागि बार्गेनिङ पावर बढाउन मधेसकेन्द्रित दललगायतसँग मोर्चाबन्दी गर्न प्रचण्डको ध्यान केन्द्रित भएको छ ।

    प्रचण्डका एक निकटस्थ भन्छन्, ‘राजेन्द्र लिङ्देनहरू उदाइरहँदा संघीय गणतन्त्र र उपलब्धिमाथि देखिन थालेको जोखिमले उहाँ चिन्तित हुनुहुन्छ । कम्तीमा परिवर्तनकारी शक्ति एकजुट हुन छलफल र भेटघाट स्वाभाविक हो । मोर्चाबन्दी हुनसक्छ । अहिले नै एकता भने सम्भव छैन ।’

  • नेकपा एसको गणित : प्रत्यक्षमा गठबन्धनका कारण फलिफाप, समानुपातिकमा पत्तासाफ (२० क्षेत्रकै सूची)

    नेकपा एसको गणित : प्रत्यक्षमा गठबन्धनका कारण फलिफाप, समानुपातिकमा पत्तासाफ (२० क्षेत्रकै सूची)

    काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई फलिफाप भएको छ । थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्न असफल भए पनि एकीकृत समाजवादीले प्रत्यक्षमा १० सीट जितेको छ ।

    गठबन्धन गरेर निर्वाचनमा जाँदा ‘भोट ट्रान्सफर’ नभएर गुनासो गर्दै आएको नेकपा एसलाई सबैभन्दा धेरै फाइदा भएको हो । नेकपा एसले समानुपातिकतर्फ २ लाख ९८ हजार ३९१ मतमात्रै ल्याएको छ । तर, राष्ट्रिय दल बन्न असफल भयो ।

    गठबन्धनबाट ९१ सीटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ क्षेत्र जितेको छ । ४६ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले १८ सीटमात्रै जितेको छ । तर, कमजोर जनमत भएको नेकपा एस १९ सीटमा उम्मेदवारी दिएर १० क्षेत्रमा जीत निकाल्न सफल भयो ।

    रौतहट १ मा अध्यक्ष माधवकुमार नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी हुँदा समानुपातिकमा ९ हजार ५७८ मतमात्रै ल्याएको छ ।

    बारा ४ मा किसान श्रेष्ठ ३० हजार ३४१ मत ल्याएर विजयी बने । तर, समानुपातिकमा त्यो क्षेत्रमा पार्टीले ४ हजार ६९१ मतमात्रै ल्यायो ।

    धादिङ १ मा राजेन्द्र पाण्डेले ३६ हजार १८ मत ल्याउँदा समानुपातिकमा पार्टीले ६ हजार ३५ मतमात्रै ल्यायो । दाङ १ मा मेटमणि चौधरीले २६ हजार ५७६ मत ल्याउँदा पार्टीले समानुपातिकमा ३ हजार २१८, सल्यानमा प्रकाश ज्वालाले ३५ हजार ७०७ मत ल्याउँदा समानुपातिकमा ५ हजार ९७० मतमात्रै ल्याएको छ ।

    यस्तै डोल्पामा धनबहादुर बुढा ११ हजार २९२ मत ल्याएर निर्वाचित हुँदा पार्टीले समानुपातिकमा १ हजार ८२४, दैलेख १ मा अम्बरबहादुर थापाले १८ हजार २९७ मत ल्याउँदा समानुपातिकमा ३ हजार १६६, बझाङमा भानुभक्त जोशीले २८ हजार ४१३ मत ल्याएर विजयी हुँदा समानुपातिकमा ५ हजार १ मतमात्रै पाएको छ ।

    अछाम १ मा शेरबहादुर कुँवरले १९ हजार ५३४ मत ल्याउँदा समानुपातिकमा २ हजार ७४७, डोटीमा प्रेम आलेले २७ हजार २१० मत ल्याउँदा समानुपातिकमा २ हजार ३७३ मत ल्याएको छ ।

    गठबन्धनबाट सबै सीटमा ‘भोट ट्रान्सफर’ हुँदा पनि कमजोर जनमत भएकै कारणले नेकपा एस समानुपातिकतर्फ पत्तासाफ भएको छ । समानुपातिकबाट राष्ट्रिय दल नबने पनि प्रत्यक्षमा गठबन्धनबाट सबैभन्दा धेरै लाभ नेकपा एसले नै पाएको छ । तैपनि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा आफूहरुले सोचजस्तो मत ल्याउन नसकेको टिप्पणी गर्छन् ।

    उनी भन्छन्, ‘चुनावी परिणाम हामीले सोचेजस्तो नआएको बैठकबाट निष्कर्ष निकालेका छौं । तर, अहिलेकै गठबन्धनलाई कायम राखेर अघि बढ्नुको विकल्प छैन । गठबन्धनबारे आवश्यक समीक्षा हुन्छ ।’

    हारेका क्षेत्रमा पनि उल्लेख्य ‘भोट ट्रान्सफर’

    गठबन्धनबाट जितेको ठाउँमा मात्रै नभएर नेकपा एसका उम्मेदवार पराजित क्षेत्रमा पनि गठबन्धनबाट उल्लेख्य ‘भोट ट्रान्सफर’ भएको छ ।

    इलाम १ बाट सम्मानित नेता झलनाथ खनाल पराजित भए । धाँधली भएको भन्दै उनले अझै परिणाम स्वीकारेका छैनन् । नेता खनालले २३ हजार ८९ मत ल्याउँदा पार्टीले समानुपातिकतर्फ ८ हजार २१ मतमात्रै ल्याएको छ ।

    पार्टीका वरिष्ठ नेता सोमप्रसाद पाण्डे पाल्पा २ मा पराजित भए । उनले २४ हजार ८९९ मत ल्याए । तर, समानुपातिकतर्फ सो क्षेत्रमा १ हजार ३०६ मतमात्रै पार्टीले ल्याएको छ ।

    मकवानपुर २ मा विरोध खतिवडाले ३० हजार ४३२ मत ल्याउँदा समानुपातिकमा २ हजार ५९० मतमात्रै पाएको छ । काठमाडौं ८ मा जीवनराम श्रेष्ठले ४ हजार ८८१ मत ल्याउँदा समानुपातिकमा पार्टीले १ हजार १६९, उदयपुर २ मा जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याउँदा समानुपातिकतर्फ २ हजार २३५ मत ल्याएको छ ।

    यस्तै कास्की २ मा श्रीनाथ बरालले ९ हजार ६५९ मत ल्याउँदा समानुपातिकमा १ हजार १७७, ललितपुर २ मा कृष्णलाल महर्जनले ८ हजार २६४ मत ल्याउँदा समानुपातिकमा १ हजार ५७८, गुल्मी २ मा रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत ल्याउँदा समानुपातिकमा १ हजार ६०३ मत ल्याएको छ ।

    सिराहा ४ मा धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत पाउँदा समानुपातिकमा ३ हजार ८६ र धनुषा २ मा गठबन्धनबाटै मित्रवत प्रतिस्पर्धा गरेका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउँदा समानुपातिकमा त्यही क्षेत्रमा ८ हजार ८२ मत प्राप्त गरेको छ ।

  • माधव नेपाललाई भेट्न पार्टी कार्यालयमै पुगे अमेरिकी राजदूत

    माधव नेपाललाई भेट्न पार्टी कार्यालयमै पुगे अमेरिकी राजदूत

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत महामहीम डीनआर थम्पसनबीच भेटवार्ता भएको छ।

    अध्यक्ष नेपाललाई भेट्न राजदूत थम्पसन पार्टी केन्द्रीय कार्यालय आलोकनगरमै पुगेका थिए।

    भेटवार्ताको क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपाल सचिवालयले जनाएको छ।

    नेपालमा नयाँ सरकार गठनको बेलामा अमेरिका, चीन र भारतले चासो देखाएका छन्। सरकार गठनको बेलामा अध्यक्ष नेपाल र अमेरिकी राजदूतसँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

  • नेकपा एसमा प्रवेशपछि पत्रकारसँग मनाङे : म स्कुल आएको हो र सिक्नलाई ? (भिडिओ)

    नेकपा एसमा प्रवेशपछि पत्रकारसँग मनाङे : म स्कुल आएको हो र सिक्नलाई ? (भिडिओ)

    काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई नेकपा एकीकृत समाजवादीले आज पार्टीमा भित्र्यायो । पार्टी कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा पत्रकार र मनाङेबीच रोचक सवालजवाफ भए ।

    पार्टीका महासचिव बेदुराम भुषालले खादा लगाएर स्वागत गरेपछि मनाङेले पत्रकारहरुको प्रश्नको सामना गरेका थिए । पत्रकारका प्रायः प्रश्नलाई उनले हल्का रुपमा लिँदै हचुवा जवाफ दिएका थिए । उनका केही जवाफमा हलभित्र हाँसो गुञ्जिएको थियो ।

    पत्रकारको पहिलो प्रश्न थियो- स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जित्नुभयो । तर, लगत्तै पार्टी प्रवेश गर्नुभयो । यो त जनमतको अपमान भएन ?

    मनाङेले जवाफ दिए- यो मैले एक्लै डिसिजन गरेको होइन । मैले आफ्नो जिल्लामा सबै युथहरुलाई… नर्मल्ली अहिले फिफ्टी पर्सेन्ट युथहरु मनाङबाटै आएको छ । तपाईंलाई जानकारी के हुनुपर्छ भने म गण्डकी प्रदेशको मिनिस्टर हो, नेपालको होइन । त्यो भएकाले मलाई पार्टीले आवश्यक ठान्यो । त्यो भएर हामीले डिसिजन गर्‍यौं । ओके भएपछि आएँ । अर्को क्वेसन ?

    – चुनाव लड्न तपाईंलाई पार्टी चाहिएन । अहिले मन्त्री बन्ने सेटिङ मिलाउन सजिलो हुन्छ भनेर पार्टी प्रवेश गर्नुभएको हो ?

    अब हेर्नुस्, तपाईंको भनाइ ठीकै हो । धेरै मान्छेले यो कुरा सोचिरहनुभएको छ । तर, तपाईंलाई यो थाहा हुनुपर्छ कि गण्डकीमा गठबन्धनको सरकार अलरेडी भइसक्यो । हामीसँग ३८ सीट छ । त्यसकारण मलाई मिनिस्टर ठूलो कुरा होइन । मन्त्री भनेको कस्तो चिज हो भने…. मलाई यति ठूलो ठूलो मन्त्रालयको अफर थियो । मैले किन युवा तथा खेलकुद मन्त्रालय लिएँ ? तपाईंले त्यो बुझ्नुपर्छ ।

    सबैभन्दा पहिले तपाईंले बुझ्नुपर्ने कुरा के हो भन्देखी यो पार्टीमा आएर सरकारमा मिनिस्टर हुनुपर्छ भन्ने कुरा छैन । हामी त्यत्तिकै मिनिस्टर हुन पाउँछु । किनभने अहिले हाम्रो गठबन्धन भइसक्यो । त्यो तपाईंहरुलाई थाहा हुनुपर्ने कुरा हो । अरु केही ?

    – गठबन्धनबाट बाहिर बसेर मन्त्री हुन पाइँदैन भन्ने तपाईंको कुरा हो ?

    गठबन्धनबाट बाहिर बस्नै पर्दैन । हामी गठबन्धनबाट इलेक्सनमा गएको मान्छे । हामी कसरी बाहिर बस्ने ? त्योमाथि मलाई त अलिकति… तपाईंलाई त थाहा हुनुपर्ने कुरा हो ।

    – त्यसो भए मुख्यमन्त्रीका लागि आउनुभएको हो ?

    अब हेर्नुस्, मुख्यमन्त्री दिएर पनि मलाई काम छैन । त्यसका लागि एक्सपिरियन्स चाहिन्छ । मुख्यमन्त्री भनेको घरमा बसेर म यो बनाउँछु, त्यो बनाउँछु भनेर हुँदैन । मुख्यमन्त्रीको एक्सपिरियन्स मसित छैन पनि । तपाईंहरु सबैले दिनुहुन्छ भने पनि मलाई चाहिँदैन ।

    – तपाईंको प्रवेशले नेकपा एकीकृत समाजवादीलाई के फाइदा हुन्छ ?

    उहाँहरुलाई फाइदा भनेको मेरो एक सीटले भइसक्यो जस्तो लाग्छ । अरु केही ?

    – तपाईंले गठबन्धन सरकारमा मालदार मन्त्रालय प्राप्त गर्ने चर्चा छ नि ?

    तपाईंले भनेको एकदम राम्रो कुरा हो । तर, तपाईंलाई यो कुरा थाहा हुनुपर्छ, मलाई गठबन्धनले खेलकुद मन्त्रालय दिएको होइन । गठबन्धनलाई मैले दिएको हो । मलाई एमालेले खेलकुद मन्त्रालय दिएको हो । तपाईंहरुलाई थाहा हुनुपर्ने कुरा हो यो । अरु केही छ ?

    – तपाईंले मन्त्री पद केही होइन भन्नुभयो । त्यसो हो भने किन मन्त्री पदमा बसिरहनुभएको त ?

    अब हेर्नुस्, मैले मन्त्री छोड्छु भनेर त्यसरी पाउँदिनँ । तपाईंहरुले एउटा के कुरा बुझ्नुपर्छ भने मन्त्री भनेको कसैले दिएर पाउने कुरा होइन । दिएर पाउने भए सबैजना मन्त्री नै हुन्थे होला । तपाईंहरु पनि मन्त्री बन्नुहुन्थ्यो होला । मन्त्री बन्न त धेरै दुःख गर्नुपर्छ । अहिले मैले भनेर तपाईंहरुले त्यो फिल गर्न सक्नुहुन्न ।

    – भनेपछि, मन्त्रीमा दाबी गर्नुहुन्छ कि गर्नुहुन्न त ?

    मैले दाबी गर्ने होइन, मेरो पार्टीको सभापतिले गर्ने हो । अरु केही ?

    – अब पार्टी प्रवेशपछि समाजवादी पार्टीलाई के सिकाउनुहुन्छ ? समाजवादीका शीर्ष नेताबाट के सिक्नुहुन्छ ?

    समाजवादी पार्टीबाट मैले के सिक्नुपर्छ र ? सबै कुरा मलाई नै आउँछ नि ! म स्कुल आएको हो र ? स्कुलको स्टुडेन्ट हो म ?

    – तपाईं मन्त्री भएर काम चाहिं के गर्नुभयो ?

    त्यो मैले अलरेडी २५ चोटि भनिसक्या छु । घरीघरी भनिराख्नु हुँदैन । बरु तपाईंलाई म टेपमै ल्याएर दिन्छु । सानोसानो कुरा घरीघरी गरिराख्दा के-के न गर्‍याजस्तो हुन्छ । मैले १७ महिनामा २४६ वटा ग्राउन्ड कम्प्लिट गरें । अरु केही ?

    मन्त्रीको सवालमा पार्टीका अध्यक्षले गर्नुहुन्छ भन्नुभयो । तपाईं र पार्टीका अध्यक्षबीच कुन मन्त्रालय पाउने सहमति भएको छ ?

    हामी ज्योतिषी होइन । कुन पाउँछ भन्न हुँदैन । हामी हात हेर्ने मान्छे होइन । त्यही भएर यस्तो कुरा अहिले गर्नु हुँदैन । अरु केही ?

    – मन्त्री नपाए पार्टी छोड्ने हो कि ?

    राजनीति नै त्यागिदिन्छु बरु । यो पार्टीभन्दा अरुमा जानुपर्‍यो भने म राजनीति छाडिदिन्छु ।

    – तपाईंको राजनीतिको अन्तिम पार्टी यही हो ?

    अन्तिम पार्टीमात्र होइन, यही ताल हो भने देशै छोड्नुपर्ने हालत भइसक्यो । तपाईंहरुले बुझ्नुपर्ने कुरा हो यो ।

  • दीपक मनाङेबाट संगठन विस्तार गर्नुस्, हामी नेकपा एसबाट बाहिरिदिउँला : शिवजी गुरुङ

    दीपक मनाङेबाट संगठन विस्तार गर्नुस्, हामी नेकपा एसबाट बाहिरिदिउँला : शिवजी गुरुङ

    पोखरा । नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सदस्य तथा युवा नेता शिवजी गुरुङले दीपक मनाङेलाई पार्टी प्रवेश गराएकोमा असहमति जनाउँदै आफूहरु नेकपा एसबाट बाहिरिने चेतावनी दिएका छन् ।

    मनाङेको पार्टी प्रवेशको फोटोसहित आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले गण्डकीमा एक सीट पनि जित्न नसकेको पार्टीले संगठन विस्तारको गजब शैली ल्याएको भन्दै उनले आफूहरु बाहिरिने बताएका हुन् ।

    गुरुङले भनेका छन्, ‘असफलताको वस्तुगत समीक्षा गरी जनचाहनाअनुरुपको नीति-कार्यक्रम तथा युवा नेतृत्वसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जानेछ । वेलैमा चेतना भया ! तैपनि पार्टी नेतृत्वको यही चाहना हो भने वहाँलाई प्रवेश गराउँदै गर्नु, हामी बहिरिदिउँला नि बरु !’

    गुरुङ प्रतिनिधिसभामा कास्की २ बाट नेकपा एसको उम्मेदवार सिफारिस भएका थिए । तर, अन्तिममा अर्को क्षेत्रबाट श्रीनाथ बराललाई ल्याएर उम्मेदवार बनाइएको थियो । गठबन्धनका साझा उम्मेदवार बराल तेस्रो स्थानमा रहे ।

    गण्डकी प्रदेशसभामा र प्रतिनिधिसभा कतै पनि नेकपा एसले जित्न सकेको छैन । समानुपातिक मत प्रदेशभरिबाट जम्मा ९ हजार ५७३ पाएको छ ।

  • नेकपा एस प्रवेश गरेका दीपक मनाङेले पत्रकार सम्मेलन गर्दै

    नेकपा एस प्रवेश गरेका दीपक मनाङेले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा गण्डकी प्रदेश सभाका निर्विरोध निर्वाचित सदस्य दिपक मनाङे उर्फ राजीव गुरुङले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेकपा एस प्रवेशबारे प्रष्ट पार्ने भएका छन् ।

    दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मनाङेले कम्युनिष्ट आन्दोलनमा आफ्नो सहभागिताका बारेमा प्रष्ट पार्ने भएका हुन् । दोस्रोपटक स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट निर्वाचित मनाङे अब भने नेकपा एसको गण्डकी प्रदेश सभा संसदीय दलको नेताको भूमिकामा रहनेछन् ।

    गण्डकीमा नेकपा एसले प्रदेश सभामा एक सीट पनि जित्न सकेको थिएन । मनाङेको प्रवेशले नेकपा एस गण्डकीमा निल हुनबाट जोगिएको छ । मनाङेलाई नेकपा एस प्रवेशमा सहजीकरण गरेका नेकपा एसका युवा नेता तथा वागमती प्रदेश कमिटी सदस्य रमेशबाबु श्रेष्ठले सांसद गुरुङले पत्रकार सम्मेलनमार्फत आफ्नो राजनीतिक कदमबारे प्रष्ट पार्ने जानकारी दिए ।

    नीति-सिद्धान्त मेल खाएको भन्दै उनी हिजो नेकपा एसमा प्रवेश गरेका थिए ।

  • समानुपातिकको गणना अन्तिमतिर : एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

    समानुपातिकको गणना अन्तिमतिर : एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछि गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

    हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ गणना सकिएको छ । मंगलबार बिहान सवा ७ बजेसम्म २८ लाख १४ हजार ६५५ मत प्राप्त गरी नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेस २६ लाख ८८ हजार २१८ भोटसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीच एक लाख २६ हजार ४३७ मतको अन्तर छ ।

    तेस्रो स्थानमा रहेको माओवादीले ११ लाख ६४ हजार १०२ मत प्राप्त गरेको छ । ११ लाख २४ हजार ७७८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ ।

    ५ लाख ८६ हजार ८१६ मत ल्याएर राप्रपा पाँचौ स्थानमा हुँदा जसपाले ४ लाख २० हजार ९५४ मत प्राप्त गरेको छ ।

    सीके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोटका साथ सातौँ स्थानमा छ । नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ ।

  • गठबन्धन सग्लो रहे संघ–प्रदेशका सबै सरकारबाट बढारिन सक्छ एमाले, यस्तो छ जोडघटाउ

    गठबन्धन सग्लो रहे संघ–प्रदेशका सबै सरकारबाट बढारिन सक्छ एमाले, यस्तो छ जोडघटाउ

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको नतिजा आइसकेको छ । निर्वाचनको परिणाम आएसँगै दलहरूले संघदेखि प्रदेशसम्म सरकार निर्माणको गृहकार्य बढाएका छन् ।

    सत्ता गठबन्धनमा आबद्ध दलसहित नेकपा एमाले तथा यही निर्वाचनबाट उदाएका राजनीतिक दलसमेत सत्ताको जोडघटाउमा लागेका हुन् । प्रत्यक्षतर्फ कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।

    समानुपातिकतर्फको दोलखा, बाजुरासहित केही मत मात्रै गन्न बाँकी छ । पछिल्लो मतपरिणामअनुसार एमालेले ३४ र कांग्रेसले ३२ सिट सुरक्षित गरेका छन् भने माओवादी र रास्वपाले बराबर १४ सिट ल्याउने आङ्कलन छ । यस्तै राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ४ सीट ल्याउन सक्छन् । तर, अन्तिम हिसाब आउन बाँकी नै छ ।

    नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारको बागडोर सम्हाल्न आतुर छन् । तर, कांग्रेस नेतृत्वको सत्ता गठबन्धन बहुमत नजिक देखिएको छ । गठबन्धनका कांग्रेस, माओवादी, समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको प्रत्यक्षमा ९० सीट पुग्छ । समानुपातिकमा कांग्रेस र माओवादीले ४६ सिट निश्चित गरेका छन् । गठबन्धनका अन्य दलले समानुपातिकको थ्रेसहोल्ड कटाउन सकेनन् ।

    २७५ जनाको सदनमा सरकार निर्माणका लागि १३८ सांसद चाहिन्छ । गठबन्धनसँग मात्रै १३६ सीट छ । अब दुई सिट मात्रै थपे पुग्ने भएकाले सरकारको नेतृत्वमा गठबन्धनकै दाबेदारी बलियो बनेको हो ।

    गठबन्धनसँग गठजोड गरेर सरकारमा जान डा. सिके राउत नेतृत्वको जनमत पार्टी लालायित देखिएको छ । यस्तै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी तथा प्रभु साहलगायतका स्वतन्त्र सांसदहरू पनि च्याँखे थाप्न खोजिरहेका छन् । यता, निर्वाचनको मुखमा गठबन्धन छाडेर एमालेसँग जोडिएको जसपा पनि चुनाव परिणामसँगै गठबन्धनमै फर्किने कसरतमा छ । सरकारमा भाग पाउने अभिलाषाका साथ जसपाले एमालेसँगको सहकार्य टुंगिएको घोषणा गरिसकेको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार विराटनगर पुगेर भने, ‘हामीले एमालेसँग तत्कालका लागि केही सिटमा तालमेल गरेका हौँ । हाम्रो मोर्चाबन्दी र गठबन्धन होइन । त्यो चुनावसँगै सकियो । अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

    अध्यक्ष यादवको अभिव्यक्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षी मोर्चाबन्दीका लागि समस्या परेको कतिपयको बुझाइ छ । ओलीले विपक्षी कित्तामा रहेका राप्रपा र जसपाको साथमा गठबन्धन फुटाएर आफ्नै नेतृत्वको सरकार बनाउने गृहकार्य गरिरहेका छन् ।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि अब बन्ने सरकार गठबन्धनकै हुने दाबी गरे। नेतृत्वको विषयमा गठबन्धन दलमा छलफलपछि टुंगिने उनी बताउँछन् ।

    यदि सरकार निर्माणका विषयमा गठबन्धन एकजुट भयो भने संघमा मात्रै नभएर प्रदेशहरूमा पनि सरकार निर्माणको लागि बहुमत पुग्ने स्थिति छ । त्यसो भएमा दोस्रो ठूलो दल एमाले सबैतिरबाट बढारिने छ । हेरौँ, कुन प्रदेशको गणित के छ ?

    प्रदेश १ मा कडा टक्कर

    प्रत्यक्ष र समानुपातिक गरेर यहाँ ९३ सांसद रहन्छन् । यहाँ एमाले पहिलो पार्टी हो । तर, गठबन्धन एकजुट भए एमालेलाई सरकार गठनका लागि संख्या पुग्दैन ।

    यस प्रदेशमा एमालेले ४० (प्रत्यक्ष २५, समानुपातिक १५), कांग्रेसले २९ (प्रत्यक्ष १७, समानुपातिक १२), माओवादीले १३ (प्रत्यक्ष ९, समानुपातिक ४), नेकपा एसले ४ (प्रत्यक्ष ३, समानुपातिक १), राप्रपाले ६ (प्रत्यक्षमा २, समानुपातिक ४) र जसपाले समानुपातिकमा १ सीट जित्दैछन् । सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमालेलाई सरकार गठनका लागि ७ जना अपुग हुँदा गठबन्धनलाई १ सांसद मात्रै अपुग हुन्छ । त्यो अवस्थामा जसपाका एक सांसद थपेर गठबन्धनले सरकार बनाउन सक्छ ।

    यता, एमालेलाई भने राप्रपाको साथले मात्रै पुग्दैन । जसपालाई पनि ल्याउनुपर्छ । त्यस्तो अवस्थामा १ सीट रहेको जसपाले जता फर्क्यो त्यतै झिनो बहुमतको सरकार बन्न सक्ने देखिन्छ ।

    मधेशमा जसपा र जनमत निर्णायक

    मधेश प्रदेशमा १०७ सांसद रहेका छन् । प्रदेशगत रूपमा एमाले पहिलो दल बने पनि सरकार गठनको लागि पुग्ने संख्या यहाँ पनि एमालेसँग छैन । सरकार गठनका लागि यस प्रदेशमा ५४ सांसद चाहिन्छ ।

    एमालेले २३ (प्रत्यक्ष १५, समानुपातिक ८), कांग्रेसले २२ (प्रत्यक्ष १३, समानुपातिक ९) जसपाले १६ (प्रत्यक्षमा ९, समानुपातिक ७), लोसपाले ९ (प्रत्यक्ष ७, समानुपातिक २), जनमतले १३ (प्रत्यक्ष ६, समानुपातिक) माओवादीले ८ (प्रत्यक्ष ४, समानुपातिक ४), नेकपा एसले ७ (प्रत्यक्ष ४, समानुपातिक ३) र ६ जना स्वतन्त्रले जितेका छन् ।

    यहाँ गठबन्धनको ४६ सांसद हुने देखिन्छ । सरकार बनाउन ८ सांसद अपुग हुने भएकाले जसपा र जनमत पार्टी निर्णायक हुन्छ । यी दुवै दल केन्द्रमा सत्ता गठबन्धनसँग मिल्न लालायित छन् । तर, एकै साथ सरकारमा आउँछन् आउँदैनन् हेर्न बाँकी छ ।

    बागमतीमा गठबन्धनलाई ढुक्क

    बागमती प्रदेशमा ११० सांसद रहेका छन् । यहाँ सरकार गठनका लागि ५६ सांसद चाहिन्छ ।

    कांग्रेसले ३६ (प्रत्यक्ष २५, समानुपातिक ११), माओवादीले २१ (प्रत्यक्ष १४, समानुपातिक ७), एमालेले २७ (प्रत्यक्ष १३, समानुपातिक १४), राप्रपाले १४ (प्रत्यक्ष ७, समानुपातिक ७), नेकपा एसले ७ (प्रत्यक्ष ५, समानुपातिक २), नेमकिपा ३ (प्रत्यक्ष १, समानुपातिक २) र हाम्रो नेपाल पार्टीले २ (प्रत्यक्ष १, समानुपातिक १) सीट जितेका छन् । यहाँ गठबन्धन दलहरूसँग ६४ सिट रहेकाले सरकार गठनका लागि आवश्यक संख्या आरामसँग पुग्छ ।

    गण्डकीमा गठबन्धन नै हाबी

    गण्डकीमा जम्मा ६० सांसद रहेका छन् । सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।

    यहाँ कांग्रेसले २६ (प्रत्यक्ष १८, समानुपातिक ८) एमालेले २१ (प्रत्यक्ष १२, समानुपातिक ९), माओवादीले ८ (प्रत्यक्ष ५, समानुपातिक ४) सिट जितेका छन् । समानुपातिकतर्फ नेकपा एसले १, राप्रपाले २, हाम्रो नेपालीले १ सीट जित्ने देखिन्छ । यहाँ पनि गठबन्धनलाई सरकार बनाउन आवश्यक संख्या ढुक्कसँग पुग्ने अवस्था छ ।

    लुम्बिनीमा साना दलको हातमा चाबी

    लुम्बिनी प्रदेशमा ८७ सांसद रहेका छन् । यहाँ सरकार गठनका लागि ४४ सांसद आवश्यक पर्छन् ।

    एमालेले ३० (प्रत्यक्ष १८, समानुपातिक १२), कांग्रेसले २७ (प्रत्यक्ष १७, समानुपातिक १०), माओवादीले ९ (प्रत्यक्ष ५, समानुपातिक ४) सीट ल्याउने देखिएको छ ।

    यस्तै, जसपाले ३ (प्रत्यक्ष २, समानुपातिक १), नागरिक उन्मुक्ति पार्टीले ५ (प्रत्यक्ष २, समानुपातिक ३), लोसपाले ३ (प्रत्यक्ष २, समानुपातिक १), जनमतले ३ (प्रत्यक्ष १, समानुपातिक २) जितेका छन् ।

    यस प्रदेशमा गठबन्धनको ३९ सांसद मात्रै हुने सम्भावना छ । सरकार गठनका लागि गठबन्धनले साना दल र स्वतन्त्र जितेका ३ सांसदको साथ लिनुपर्ने हुन्छ ।

    कर्णालीमा गठबन्धनलाई छैन डर

    कर्णाली प्रदेशमा ४० सांसद छन् । सरकार गठनका लागि २१ सांसद चाहिन्छ।

    कांग्रेसले १४ (प्रत्यक्ष ९, समानुपातिक ५), माओवादीले १३ (प्रत्यक्ष ९, समानुपातिक ४) एमालेले १० (प्रत्यक्ष ५, समानुपातिक ५) र एक स्वतन्त्र तथा समानुपातिकतर्फ नेकपा एस, राप्रपा र नेमकिपाले एक सीट ल्याउन सक्ने आङ्कलन गरिएको छ । यहाँ पनि सरकार गठनका लागि गठबन्धनको स्पष्ट बहुमत छ ।

    सुदूरपश्चिममा सुरक्षित

    सुदूरपश्चिम प्रदेशमा ५३ सांसद छन् । यहाँ सरकार गठनका लागि २७ सांसद आवश्यक हुन्छ ।

    यस प्रदेशमा एमाले कमजोर देखिएको कारणले सरकार गठनमा गठबन्धन हाबी हुने देखिएको छ । कांग्रेसले १८ (प्रत्यक्ष १२, समानुपातिक ६), माओवादीले १२ (प्रत्यक्ष ८, समानुपातिक ४), नागरिक उन्मुक्ति पार्टीले ७ (प्रत्यक्ष ५, समानुपातिक २) एमाले १० (प्रत्यक्ष ३, समानुपातिक ७) र नेकपा एसले ४ (प्रत्यक्ष ३, समानुपातिक १) जितेका छन्।

    यस्तै, १ स्वतन्त्रले जितेका छन् भने समानुपातिकमा राप्रपाले एक सीट ल्याउने देखिन्छ । यहाँ पनि सरका गठनको लागि आवश्यक सीट गठबन्धनसँग सुरक्षित छ।

  • नीति–सिद्धान्त मेल खाने भन्दै दीपक मनाङेले रोजे नेकपा एस

    नीति–सिद्धान्त मेल खाने भन्दै दीपक मनाङेले रोजे नेकपा एस

    काठमाडौं । मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित (राजीव गुरुङ) दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

    उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरे ।

    मनाङेले एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एसको संगठनमा आबद्ध भएको बताएका छन् ।

    स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे पनि अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भएर गरिने पहलकदमीले काम प्रभावकारी हुने निष्कर्षमा पुगेको उनले बताएका छन् ।

     

  • प्रतिनिधिसभाका १६५ क्षेत्रमा कसले कहाँ जिते ? (सूचीसहित)

    प्रतिनिधिसभाका १६५ क्षेत्रमा कसले कहाँ जिते ? (सूचीसहित)

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको छ ।

    प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट जितेर तेस्रो पार्टी बनेको छ । नेकपा एसले १० सीट जितेको छ । समानुपातिकतर्फको मतगणना सकिन अब केही दिन लाग्नेछ ।

    जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ क्षेत्रमा जित हात पारेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र जितेको छ ।

    राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक निर्वाचन क्षेत्र जितेका छन् । ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    हेर्नुस्  कहाँ कुन दलका को उम्मेदवारले कति भोट ल्याएर जिते :

    नेकपा एमालेका विजयी उम्मेदवार

    माओवादी केन्द्रका विजयी उम्मेदवार

    नेकपा एसका विजयी उम्मेदवार

  • नेकपा एसको राष्ट्रिय पार्टी बन्ने सम्भावना क्षीण, समानुपातिकमा अहिलेसम्म कसको कति ?

    नेकपा एसको राष्ट्रिय पार्टी बन्ने सम्भावना क्षीण, समानुपातिकमा अहिलेसम्म कसको कति ?

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुगेको छ । हालसम्म एक करोड ४ लाख २० हजार १२५ मत गणना गर्दा एमालेले सुरूवातदेखिको अग्रता कायमै राखेको छ ।

    नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेको छ । २६ लाख ६० हजार २४६ मत ल्याएर कांग्रेस दोस्रो स्थानमा छ । दुई दलबीचको मतान्तर एक लाख २८ हजार ११० रहेको छ । तेस्रो स्थानमा रहेको माओवादीको ११ लाख ६२ हजार १२४ मत छ । ११ लाख २४ हजार ५४३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान कायमै राखेको छ ।

    राप्रपा ५ लाख ८६ हजार ६३८ मतका साथ पाँचौ स्थानमा रहँदा ४ लाख २० हजार ९४६ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

    डा. सीके राउत नेतृत्वको जनमत पार्टीको ३ लाख ९४ हजार ५२६ मत रहेको छ । नेकपा एस जनमतभन्दा एक लाख बढी मतले पछाडि छ । नेकपा एसको २ लाख ९४ हजार ३६२ हुँदा नागरिक उन्मुक्तिको २ लाख ७१ हजार ६६२ मत छ ।

    प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ ।

  • बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादीका शाही विजयी

    बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादीका शाही विजयी

    कैलाली । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् ।

    शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६सय ३२मत प्राप्त गरे ।

    शाही र रेग्मीबिचको मतान्तर दुई हजार तीन सय ४१ रहेको छ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।

  • देउवा नेतृत्वको सरकार गठनमा पूर्णबहादुर खड्काको दौडाहा, प्रचण्डपछि भेटे माधव नेपाल

    देउवा नेतृत्वको सरकार गठनमा पूर्णबहादुर खड्काको दौडाहा, प्रचण्डपछि भेटे माधव नेपाल

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शेरबहादुर देउवाकै नेतृत्वमा गठबन्धन सरकार गठनका लागि सक्रियता बढाएका छन् ।

    सुर्खेतबाट फर्किए लगत्तै सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका खड्काले शनिवार कोटेश्वर स्थित निवासमै गएर नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन् ।

    भेटमा दुवैले एकअर्कालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

    उपसभापति खड्काको सचिवालयका अनुसार उनीहरूले निर्वाचनको समीक्षा गर्दै नयाँ सरकारमा सत्ता गठबन्धनको निरन्तरताका विषयमा पनि छलफल गरेका छन् ।

    सत्ता गठबन्धनमा अन्य दलहरूलाई पनि सहभागी गराउन पहल गर्ने विषयमा पनि सकारात्मक छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।

  • धनराजप्रति नेकपा एसका उपमहासचिवको टिप्पणी- बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो

    धनराजप्रति नेकपा एसका उपमहासचिवको टिप्पणी- बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा।विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिँड्नुपर्ने भएको टिप्पणी गरेका छन् ।

    स्याङ्जा २ मा चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेर चुनाव जितेको आरोप लागेका गुरुङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको नामबाट पनि भोट खसालेको पौडेलले आरोप लगाएका छन् ।

    गुरुङको जित सुनिश्चित भएपछि उपमहासचिव पौडेलले फेसबुकमार्फत टिप्पणी गर्दै पापको फल अवश्य मिल्ने भएकाले गठबन्धनको सहयात्रीको नाताले पाप कटाउन सुझाव दिएको बताएका छन् ।

    पौडेलले भनेका छन्- धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु १ यो लोकतन्त्रको बेइज्जती हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्‍यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईँको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।

    पौडेल सत्ता गठबन्धनको सुरुआती कार्यदलको सदस्य समेत रहेर काम गरेका नेता हुन् । उनले गुरुङले खुलस्त आत्मालोचना नगरे गुण्डागर्दी मात्र बाँकी रहने बताएका छन् ।

  • समानुपातिकमा नेकपा एसलाई मनाङमा १७ मत, कहाँ आयो धेरै ? (सूचीसहित)

    समानुपातिकमा नेकपा एसलाई मनाङमा १७ मत, कहाँ आयो धेरै ? (सूचीसहित)

    काठमाडौं । प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचान आयोगले अहिलेसम्म एक करोड ३ लाख ८२ हजार ८५ मत गनिसकेको छ ।

    पछिल्लो मतपरिणामअनुसार एमालेले २७ लाख ७३ हजार ९९९, कांग्रेसले २६ लाख ४४ हजार २४१ र माओवादी केन्द्रले ११ लाख ६ हजार २५६ मत ल्याएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर थ्रेसहोल्ड कटाएको छ ।

    आठौं दलको रुपमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ६३ मत ल्याएको छ। थ्रेसहोल्ड कटाउन खसेको सदर मतको तीन प्रतिशत मत कटाउनुपर्छ ।

    नेकपा एसले समानुपातिकतर्फ माधव नेपालको गृहजिल्ला रौतहटबाट सबैभन्दा धैरै मत ल्याएको छ । त्यहाँ ३२ हजार ७०० मत ल्याएको छ । भने सबैभन्दा कम मनाङ १७ मत मात्रै ल्याएको छ।

    अहिले सभानुपातिकतर्फ दोलखा, बाजुरा र स्याङ्जा २ को मत गन्न बाँकी छ । समानुपतिकतर्फ नेकपा एसले कुन जिल्लामा कति मत ल्यायो ? हेरौं ।

    प्रदेश १

    ताप्लेजुङ १,५४५

    पाँचथर ३,३८७

    इलाम ८,६०७

    झापा २,९०३

    संखुवासभा २,५४८

    तेह्रथुम ५८९

    भोजपुर ३,६९३

    धनकुटा २,४४९

    मोरङ्ग ८,५६१

    सुनसरी ४,१४६

    सोलुखुम्बु १६२

    खोटाङ्ग ३,३६३

    ओखलढुंगा ४३०

    उदयपुर ३,८६३

    मधेश प्रदेश

    सप्तरी ९,४४९

    सिराहा २०,१६३

    धनुषा १४,९०४

    महोत्तरी ४,९००

    सर्लाही ९,८२३

    रौतहट ३२,७००

    बारा ९,४१४

    पर्सा ५,७३१

    वागमती प्रदेश

    रामेछाप १,३४८

    सिन्धुली ७६१

    रसुवा ३३६

    धादिङ ८,४२९

    नुवाकोट ९५८

    काठमाडौं १२,२८५

    भक्तपुर २,१५५

    ललितपुर ३,१६०

    काभ्रेपलाञ्चोक ८,०९८

    सिन्धुपाल्चोक १,७००

    मकवानपुर ३,८४१

    चितवन ५,२१९

    गण्डकी प्रदेश

    गोरखा ५९६

    मनाङ १७

    लमजुंग ५८२

    कास्की २,८७७

    तनहुँ १,३९४

    स्याङ्जा ५६३

    नवलपरासी (पूर्व) १,४०१

    मुस्तांग ५५

    म्याग्दी २८५

    बागलुङ ६४३

    पर्वत ८६१

    लुम्बिनी प्रदेश

    गुल्मी १,८५९

    पाल्पा १,८९२

    अर्घाखांची १,०६७

    रुपन्देही ३,०५५

    कपिलवस्तु ८,४४७

    रुकुम पूर्व ३७५

    रोल्पा ९२६

    प्यूठान ४९०

    दाङ ४,६९१

    बाँके १,८८६

    बर्दिया १,४९६

    नवलपरासी (पश्चिम) ६४८

    कर्णाली प्रदेश

    सल्यान ५,९७०

    डोल्पा १,८२४

    मुगु २,६१२

    जुम्ला २,६४८

    कालिकोट २,०५३

    हुम्ला १,०२१

    जाजरकोट ७८६

    दैलेख ४,२४१

    सुर्खेत २,८९०

    रुकुम पश्चिम १,५१०

    सुदूरपश्चिम प्रदेश

    अछाम ४,३७०

    बझाङ ५,००१

    डोटी २,३७३

    कैलाली ९,५५९

    दार्चुला ४६३

    बैतडी १,४००

    डडेलधुरा ६६१

    कन्चनपुर ६,९५५

  • ‘पावर शेयरिङ’मा नेकपा एसको ४ सूत्र- माधव नेपाल पनि प्रधानमन्त्री ५ वर्षभित्र

    ‘पावर शेयरिङ’मा नेकपा एसको ४ सूत्र- माधव नेपाल पनि प्रधानमन्त्री ५ वर्षभित्र

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको मत परिणाम अन्तिम चरणमा पुगेपछि दलहरू सरकार गठनतर्फ केन्द्रित भएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये दोलखा, बाजुरा र स्याङ्जा २ को मात्रै मत परिणाम आउन बाँकी छ ।

    अहिलेसम्म प्रत्यक्षमा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले ११ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।

    सत्ता गठबन्धनको पक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई समेत सामेल गराएर बहुमतको सरकार गठनको गृहकार्य सुरू भइसकेको छ । प्रत्यक्षमा एक सीट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउने निश्चित भएकाले जनमतको कम्तिमा ४ जना सांसद हुने देखिएको छ ।

    गठबन्धनको पक्षमा बहुमत पुर्‍याउन शीर्ष नेताहरूले स्वतन्त्र जितेकाहरूको पनि समर्थन जुटाउने प्रयास गरिरहेका छन् । गठबन्धन दलका शीर्ष नेताहरूमा गठबन्धन सरकार बनाउने समझदारी बने पनि नेतृत्वको विषय टुंगिन सकेको छैन ।

    गठबन्धन दलको सबैभन्दा ठूलो घटक कांग्रेसमा शेरबहादुुर देउवा, गगन थापासहित ६ जना मुख्य रूपमा दाबेदार देखिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

    कांग्रेसले आफ्नै नेतृत्वको स्थिर सरकार बनाउने कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउँदै आएका छन् । तर, गठबन्धन दलमा प्याकेजमा सहमति हुँदा देउवा आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन लचक देखिन्छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब बन्ने सरकारको नेतृत्वमा प्रचण्ड आउन खोजेका छन् ।

    तर, ४६ सीटमा उम्मेदवारी दिएको माओवादी केन्द्रले निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन सकेन । त्यसो त गठबन्धनबाट आलोपालो सहमति हुँदा प्रचण्डको प्रधानमन्त्री हुुने सम्भावना रहेको महासचिव देव गुरूङले नेपालप्रेससँगको अन्तर्वार्तामा बताइसकेका छन् ।

    प्रधानमन्त्रीमा माधवको पनि दाबी

    प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मुख्य संवैधानिक पदमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि सम्मानजनक भाग खोज्ने तयारी गरेका छन् ।

    कांग्रेस र माओवादीबीच आधाआधा कार्यकाल भागबन्डा हुने चर्चा चलिरहेको वेलामा प्रधानमन्त्रीमा अध्यक्ष नेपालले पनि दाबी गरेको उनी निकट एक नेताले बताए ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘गठबन्धन दलमा प्याकेजमा भागबन्डा हुने भए पनि उहाँ (माधवजी)को पनि प्रधानमन्त्रीमा दाबी स्वाभाविक रहन्छ । हामीले पाँच वर्षे कार्यकालमा कांग्रेस र माओवादीलाई दुई-दुई वर्ष र एक वर्ष हाम्रो दाबी रहन्छ ।’

    केन्द्रमा मात्रै नभएर प्रदेशमा मुख्यमन्त्रीसहित सरकारमा आफ्नो पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्ने ती नेताको तर्क छ ।

    ‘अरूका लागिमात्रै हामीले कति त्याग गर्ने ?’, ती नेताले प्रश्न गर्दै भने, ‘हामीले गरेको त्यागअनुसारको प्याकेजमा पावर शेयरिङमा हाम्रो जोड रहन्छ । हामीले गठबन्धन गरेकै कारणले अहिले कांग्रेस पहिलो दल बन्न सकेको छ । माओवादीलाई पनि केही हदसम्म फाइदा नै भएको छ ।’

    नेकपा एसले प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुखमध्ये एक पद, एक मुख्यमन्त्रीसहित संवैधानिक र राजनीतिक पदमा प्याकेजमा भागबन्डा हुनुपर्ने अडान राखेको छ ।

    प्रत्यक्षमा गठबन्धनको आडमा १० सीट जिते पनि नेकपा एस समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना न्यून छ ।

    त्यसो त बिहीबार नै शहरी विकासमन्त्री एवम् नेकपा एसका नेता मेटमणि चौधरीले त्यसको संकेत गरेका थिए । उनले भनेका थिए, ‘गठबन्धनकै सरकार निर्माणको विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । अब पाँच वर्ष गठबन्धनकै सरकार बन्छ । त्यसमा कन्फ्युज हुनुपर्ने केही कुरा छैन ।’

    कांग्रेसको साथ नछाड्ने

    त्यसो त सरकार गठनको भागबन्डा नमिल्दा गठबन्धन टुटे पनि आफूहरूले कांग्रेसको साथ नछाड्ने ती नेताले प्रस्ट पारे । गठबन्धनमा प्रचण्डले प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्न गएको अवस्थामा पनि उनले आफूहरूको कांग्रेसको साथ नछाड्ने प्रस्ट पारे ।

    गठबन्धनको बलमा पहिलो दल बनेको कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेको अवस्थामा उनले गठबन्धन छाड्नसक्ने चर्चा छ । तर, त्यो कुरा प्रचण्डले अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।

    एमाले र माओवादीका दोस्रो तहका नेताहरूले भने वामपन्थी सरकार बनाउनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिँदै आएका छन् । निर्वाचन परिणामअनुसार एमाले, राप्रपा र जसपामा माओवादी जोडिँदा सरकार बन्न पुग्ने अंकगणित भएकाले त्यो समीकरणलाई नर्कान नसकिने नेताहरूले बताउँदै आएका छन् ।

    चुनावको परिणामले अस्थिर राजनीतिलाई मलजल गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्ने नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले बताए ।

    प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीले वाम सरकारका लागि अहिलेको दक्षिणपन्थी गठबन्धनलाई तोड्न प्रयास गर्नुपर्छ । नामले वाम भएकाहरू अहिले दक्षिणपन्थी गठबन्धनमा छन्, उनीहरूलाई पूर्वाग्रह नराखी गठबन्धनबाट बाहिर ल्याउने प्रयास गर्नुपर्छ ।’

  • भाइ कांग्रेस नबन्न माओवादी र नेकपा एसलाई एमाले नेता ज्ञवालीको सुझाव (भिडिओ)

    भाइ कांग्रेस नबन्न माओवादी र नेकपा एसलाई एमाले नेता ज्ञवालीको सुझाव (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् ।

    अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन् । उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुुलुकको संकटलाई पार लगाउने धारणा राखे । उनले माओवादीलगायत अन्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिँदै भाई कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे । ज्ञवालीले विगतमा भएका तितामिठा कुरालाई बिर्सदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि गरे ।

    ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गरे ।

  • प्रदेश समानुपातिक : प्रदेश १ मा माओवादीभन्दा राप्रपा अगाडि, गण्डकीमा नेकपा एसलाई जनमोर्चाले उछिन्यो

    प्रदेश समानुपातिक : प्रदेश १ मा माओवादीभन्दा राप्रपा अगाडि, गण्डकीमा नेकपा एसलाई जनमोर्चाले उछिन्यो

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार प्रदेश १ मा १८ लाख २ हजार ९०७ मत गणना सकिएको छ ।

    त्यहाँ एमालेले ६ लाख २९ हजार ८८५ मत ल्याएर अग्रता कायम राख्दा कांग्रेसले ५ लाख २९ हजार ८९६ मत ल्याएर दोस्रो स्थानमा छन् ।

    नेकपा माओवादी केन्द्रलाई उछिनेर राप्रपाले १ लाख ९० हजार ६०४ मत ल्याउँदा माओवादी १ लाख ७७ हजार २६१, जसपा ५८ हजार ५११, नेकपा (एकीकृत समाजवादी) ५४ हजार ६८७ मत ल्याएका छन् ।

    तर, अन्य छ प्रदेशमा एमालेले लिड गरेपनि मधेस प्रदेशमा भने सुरुवाती चरणदेखि नै कांग्रेसले अग्रता लिएको छ । १९ लाख ३० हजार ४५६ मत गन्दा कांग्रसले ३ लाख ७३ हजार ९६६, एमालेले ३ लाख ३७ हजार ८५६, जनमत पार्टीले २ लाख ८५ हजार ७९२ मत ल्याएको छ ।

    जसपाले २ लाख ७३ हजार २७८, माओवादीले १ लाख ७३ हजार ३०२, नेकपा एस १ लाखा ५ हजार ५९२, लोसपाले १ लाख ३ हजार २६३ र राप्रपाले ६३ हजार ४७२ मत ल्याएको छ।

    यस्तै, वागमती प्रदेशको १८ लाख २८ हजार ४५८ मत गणना गर्दा एमालेले ५ लाख ५४ हजार १००, नेपाली कांग्रेसले ४ लाख ६३ हजार १३८, माओवादीले २ लाख ६९ हजार २१५, राप्रपाले २ लाख ६६ हजार ५२४, नेपाल मजदुर किसान पार्टीले ६७ हजार ३१ मत ल्याएको छ ।

    नेकपा एस ६३ हजार ५११ मत ल्याउँदा राप्रपाले ६३ हजार ४७२ ल्याएको छ ।

    गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९ मत गन्दा एमालेले एमाले ३ लाख ४० हजार ५३३ मत ल्याएर लिड गरिराखेको छ ।

    यहाँ कांग्रेसले ३ लाख १७ हजार ५९६, माओवादीले १ लाख १५ हजार ३६६, राप्रपाले ५७ हजार ११६, हाम्रो नेपाली पार्टी १८ हजार ४६६, राष्ट्रिय जनमोर्चाले १४ हजार ७९३ र नेकपा एसले १४ हजार ६९७ मत ल्याएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गन्दा एमालेले ५ लाख ७० हजार ९२१, काँग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५० मत ल्याएको छ ।

    यहाँ राप्रपाले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६, नेकपा एसले ४२ हजार ६२१ मत ल्याएको छ ।

    यस्तै, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ मत गन्दा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९, नेकपा एसले ३५ हजार ८२६ र राप्रपाले २५ हजार १८६ मत ल्याएको छ ।

    सूदूरपश्चिम प्रदेशमा ८ लाख २७ हजार मत गन्दा ३३० एमालेले २ लाख ४५ हजार ५१०, कांग्रेसले २ लाख ३९ हजार ९१७, माओवादीले १ लाख १८ हजार १८ मत ल्याएको छ ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीले ९७ हजार २९०, राप्रपाले ४२ हजार १५४ र नेकपा एसले ४१ हजार २८९ मत ल्याएको छ ।

  • १ करोड मतगणना हुँदा एमाले पहिलो, नेकपा एस राष्ट्रिय दल बन्न संघर्ष

    १ करोड मतगणना हुँदा एमाले पहिलो, नेकपा एस राष्ट्रिय दल बन्न संघर्ष

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार १ करोड २६ हजार लाख ९६४ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।

    अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो स्थानमा रहेको छ। एमालेले २६ लाख ९९ हजार७१८ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५७ हजार ५९६ मतसहित पछ्याइरहेको छ ।

    तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४४ हजार ६५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ३२१ मतसहित पछ्याइरहेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार७५६ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ९३ हजार ६६२ रहेको छ ।

    एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ५४ हजार ३९० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार ३५१ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ४१९ रहेको छ ।

  • इलाम १ को नतिजा अस्वीकार गर्दै माधवले भने- पुनः मतदानको मागसहित कानूनी बाटोमा जान्छौं (भिडिओ)

    इलाम १ को नतिजा अस्वीकार गर्दै माधवले भने- पुनः मतदानको मागसहित कानूनी बाटोमा जान्छौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल राष्ट्रिय राजनीतिको विषयमा पनि आफूहरूले गम्भीर छलफल गरेको बताएका छन्।

    आज बसेको सचिवालय बैठकपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले निर्वाचनको बारेमा समीक्षा गर्‍यौँ । खास गरी इलाम र उदयपुरको बारेमा छलफल गरेका छौँ । इलाममा अनेकौँ खालका विसङ्गतिहरू देखिएका छन् । हामीले इलामको बारेमा पुन मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल गरेका छौँ।’

    इलाम १ बाट नेकपा एसका सम्मानित नेता झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए। उनले आफूलाई धाँधली गराएर हराएको भन्दै कानुनी उपचारको बाटोमा जाने बताउँदै आइरहेका छन्।

    यस्तै, देश अझै दक्षिणपन्थी बाटोमा जान सक्ने भएकाले सतर्क हुनुपर्नेबारे गठबन्धन दलमा छलफल गरेको अध्यक्ष नेपालले बताए।

    सरकारको नेतृत्वबारे अहिलेसम्म कुनै छलफल नभएको समेत बताए। उनले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नदेखेको प्रष्ट पारे।

  • गठबन्धनको पावर शेयरिङ- नेकपा एसले राष्ट्रपति पाए झलनाथ, सभामुख पाए राजेन्द्र पाण्डे

    गठबन्धनको पावर शेयरिङ- नेकपा एसले राष्ट्रपति पाए झलनाथ, सभामुख पाए राजेन्द्र पाण्डे

    काठमाडौं । सत्ता गठबन्धनकै सरकार गठनको गृहकार्य चलिरहेका बेला नेकपा एसले राष्ट्रपति वा सभामुखमध्ये एक संवैधानिक पदमा दाबी गर्ने भएको छ । सत्ता गठबन्धनको बहुमतका लागि एकाध सीट नपुग्दा स्वतन्त्र र साना दलको समर्थन लिने गरी यही गठबन्धनलाई अघि लैजाने प्रयास भइरहेको छ ।

    गठबन्धन दलहरूबिच मुख्य पदहरूको प्याकेजमै भागबण्डा हुँदै छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखजस्ता पद दलहरूले शक्ति र सामर्थ्यका आधारमा बाँड्ने तयारी छ । त्यस्तै प्रदेशका मुख्यमन्त्री पनि प्याकेजमै छलफल हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

    प्रधानमन्त्री पदमा कांग्रेस र माओवादी दुवैको दाबी रहने अवस्थामा राष्ट्रपति वा सभामुखमध्ये एक पदमा नेकपा एसको अधिकार रहने सो पार्टीको सचिवालय बैठकमा पनि छलफल भएको छ । इलाम १ बाट पराजित भएका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति पदका लागि लालसा देखाएका छन् । उनले गठबन्धनका शीर्ष नेताहरूसमक्ष पनि आफ्नो इच्छा व्यक्त गरेका छन् ।

    खनालले इलामबाट पराजित भएर फर्किएपछि आफ्नो दाबी राष्ट्रपतिमा रहने बताइसकेका छन् । तत्कालीन नेकपा एमालेमा रहेकै बेला विद्या भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बनाउने निर्णयमा खनालले विमति जनाएका थिए । उनले स्थायी कमिटी बैठकमा दाबी प्रस्तुत गरे पनि आफूले विद्यालाई दोहोर्‍याउन निर्णायक मत व्यक्त गरेको तत्कालीन उपाध्यक्ष भीम रावलले बताए ।

    नेपाली कांग्रेसले राष्ट्रपति पद सकेसम्म कम्युनिस्टलाई दिन चाहेको छैन । अन्तर्राष्ट्रिय शक्तिहरूको समेत चासो रहने भएकाले कांग्रेस सकेसम्म राष्ट्रपति आफूसँगै राख्न चाहन्छ । त्यसमाथि झलनाथ खनाल भारतले नरुचाउने नेतामा पर्छन् । यद्यपि पछिल्लो समय उपचार क्रमदेखि नै भारतसँग उनको सम्बन्ध सुधारको प्रयास गरेको चर्चा छ ।

    यदि झलनाथ खनाल राष्ट्रपति बन्ने अवस्था नभएमा नेकपा एसले सभामुख पदमा दाबी गर्नेछ । सभामुख नेकपा एसले पाउँदा राजेन्द्र पाण्डे लगभग निर्विकल्प उम्मेदवार हुन् । संसदीय राजनीतिका अनुभवी नेता पाण्डे २०४८ देखि २०७९ सम्म पाँच पटक सांसद भइसकेका छन् भने यसअघि प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका छन् ।

    यस पटकको संसद् विगतको फरक समीकरण र फरक प्रवृत्तिका सांसदहरूको जमघट हुने भएकाले संसद्लाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सभामुख पाण्डे बन्न सक्ने नेकपा एसका नेताहरू बताउँछन् । यदि अहिलेकै सत्ता गठबन्धन कायम रहेको र बहुमत जुटाएको अवस्थामा हुने ‘पावर शेयरिङ’मा नेकपा एसले सभामुख पाएको अवस्थामा पाण्डे नै सो पदका उपयुक्त पात्र हुन् ।

    उनी यसअघि एमालेको संसदीय दलको प्रमुख सचेतक पद चलाइसकेका नेता हुन् ।

  • सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई मुस्किल

    सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई मुस्किल

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।

    पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख ७० हजार २३४ ल्याएर कांग्रेसले पछ्याइरहेको छ ।

    तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७९ हजार ९४, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५४ हजार ७५७ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६७ हजार ७६० मत रहेको छ ।

    यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई धौधौ परेको छ । नेकपा एसले २ लाख ६८ हजार ४७९ मत ल्याएको छ।

    प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९८ मत ल्याएको छ ।

  • समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस

    समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस

    काठमाडौं । समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २५ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख ३० हजार नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।

     

    निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ बजेसम्म एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएर दोस्रो स्थानमा छ ।

    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले १० लाख ९४ हजार ६०६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६३५ मत प्राप्त गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५० हजार ३५०, जनता समाजवादी पार्टीले तीन लाख ५४ हजार २५२, जनमत पार्टीले २ लाख ९४ हजार ४३५, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ६३ हजार ६०९, नागरिक उन्मुक्ति पार्टीले ४५ लाख २१५ मत प्राप्त गरेको छ ।

     

     

  • समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

    समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

    काठमाडौं । प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातिको जारी छ । आइतबार बिहान ६:५० बजेसम्मको अपडेट अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेससँग एमाले अहिले एक लाख ३१ हजार ९ सय ९७ मतले अगाडि छ । आइतबार साँझको तुलनामा एमालेले कांग्रेससँगको मतान्तर अझ फराकिलो पारेको छ ।

    हालसम्म एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । २३ लाख ८७ हजार ३१९ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच तेस्रोका लागि प्रतिस्पर्धा जारी छ । राष्ट्रिय स्वतवन्त्र पार्टीले १० लाख ५९ हजार ३२२ मत प्राप्त गर्दा माओवादी १० लाख ५२ हजार ७८८ मत ल्याएर पछ्याइरहेको छ । यी दुईबीचको मतान्तर करिब ७ हजारको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार २५० मतका साथ पाँचौं र ३ लाख १९ हजार ४१९ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

    सीके राउतको जनमत पार्टीले २ लाख ५६ हजार १७ ल्याउँदा नेकपा एसले २ लाख ४८ हजार ८४९ मत पाएर सातौं स्थानमा छ ।

  • हार्ने निश्चित भएपछि झलनाथ मत गणनास्थलबाट बाहिरिए, आजै काठमाडौं फर्किँदै

    हार्ने निश्चित भएपछि झलनाथ मत गणनास्थलबाट बाहिरिए, आजै काठमाडौं फर्किँदै

    इलाम । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनाव हार्ने निश्चित देखिएपछि मतगणनास्थल छाडेर काठमाडौं फर्किएका छन् । इलाम क्षेत्र नम्बर १ मा गठबन्धनको उम्मेदवार बनेका खनाल एमालेका महेश बस्नेतसँग ३ हजार मतले पराजित हुने देखिएपछि भद्रपुर विमानस्थलतर्फ लागेका छन् ।

    खनाल आजै काठमाडौं फर्किने गरी इलामबाट भद्रपुरतिर लागेका हुन् । मतगणनास्थलमा रहेका एमालेनिकट युवा संघका स्थायी कमिटी सदस्य निरोज पौडेलले पूर्वप्रधानमन्त्री खनाल मत गणनास्थलबाट हिँडेको बताए । उनी गणना भइरहेको नजिकै घर लिएर चुनावभरी बसेका थिए ।

    इलाम १ को मतगणना सूर्योदय नगरपालिका कार्यालय फिक्कलमा भइरहेको छ । प्रदेशतर्फ भने नेकपा एसकी खिनु लिनुङ्वा र समसेर राई अगाडि छन् । हिँड्नुअघि खनालले बिजेता बन्न लागेका महेश बस्नेतलाई बधाईसमेत नदिइ बाहिरिएका छन् ।

  • मतगणना नसकिदै झलनाथ खनालको पराजय निश्चित, पुनः मतदानको माग अश्वीकृत

    मतगणना नसकिदै झलनाथ खनालको पराजय निश्चित, पुनः मतदानको माग अश्वीकृत

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजयनजिक पुगेका छन् ।

    इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन् । इलाम १ मा सातौंपटक उम्मेदवार बनेका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परे ।

    पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् । कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ । खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न असम्भव हुनेछ ।

    गठबन्धनको साथ हुँदा पनि जित्ने स्थिति नभएपछि खनालले पुनः मतदानको माग गरेका छन् ।