Category: नेकपा एस

  • नेकपा एसको पोलिटब्युरो बैठक सुरु

    नेकपा एसको पोलिटब्युरो बैठक सुरु

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक सुरु भएको छ।

    आजको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज रहने प्रवक्ता जगन्नाथ खतिवडाले बताए। सोमबारको बैठकमा करिब ३० जना नेताहरूले बोलेका थिए।

    बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्।

    शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाएको थियो।

  • माया र प्रेमले आज सांसदको शपथ लिने

    माया र प्रेमले आज सांसदको शपथ लिने

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज शपथ लिँदैछन्।

    दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

    उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट शपथ लिँदैछन्। यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित भएका थिए।

  • नेकपा एस कर्मचारीको बैठक : प्रथम राष्ट्रिय महाधिवेशन फागुनमा, यस्ता छन् २९ निर्णयहरु

    नेकपा एस कर्मचारीको बैठक : प्रथम राष्ट्रिय महाधिवेशन फागुनमा, यस्ता छन् २९ निर्णयहरु

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको फागुन २६ र २७ गते काठमाडौंमा हुने भएको छ । संगठनले आगामी फागुन २६ र २७ गते गते काठमाडौँमा सम्पन्न गर्ने गरी महाधिवेशनको मिति तय गरेको सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

    अधिवेशनका लागि संगठनले माघ १५ गतेसम्म सदस्यता वितरण, फागुन १३ गतेसम्म जिल्ला तथा महानगरीय अधिवेशन र फागुन २० गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने संगठनका महासचिव शरण गुरुङले जानकारी दिए । संगठनले विभिन्न २९ बुँदे निर्णय पनि सार्वजनिक गरेको छ । संगठनको गत पुस १५ गते बसेको बैठकले गरेका २९ निर्णय सार्वजनिक गरिएको गुरुङले बताए ।

    संघीय निजामती सेवा ऐन जारी नभएको अवस्थामा विभिन्न निजामती सेवा ऐन र स्थानीय सेवा सञ्चालन तथा व्यवस्थापन ऐन जारी भएकोप्रति संघको ध्यानाकर्षण भएको संगठनका अध्यक्ष मोहन घिमिरेले बताए ।

    सरकारी सेवामा कार्यरत कर्मचारीलाई तीनै तहको सेवामा खुल्ला प्रतिस्पर्धाको लागि उमेरको हद नलाग्ने व्यवस्था गरी अन्तर तह प्रतिस्पर्धाको प्रबन्ध मिलाउनुपर्नेलगायतका माग आफ्नो संगठनका रहेका उनले बताए ।

    यस्तै अस्थायी,ज्यालादारी र सेवा करारका कर्मचारीलाई एक पटकलाई उमेरहद नलाग्ने गरी ऐनमा विशेष व्यवस्था गरी स्थायी गर्न र स्थायी हुन नसक्नेको हकमा जीवन निर्वाहको लागि विशेष सुविधा र रोजेको तालिमसहित ससम्मान बिदाइ गरी सरकारी सेवा स्थायी कर्मचारीबाट सञ्चालन गर्ने व्यवस्था गर्न संगठनले माग गरेको छ ।

    संगठनले ऐनमा कर्मचारीको वृत्तिविकासलगायतका विषय ट्रेड युनियनसंग पर्याप्त छलफल गरी कर्मचारीमैत्री बनाउन जोडदार माग गर्नुका साथै सेवाको प्रकृतिअनुसार यथोचित फिल्ड भत्ता, जोखिम भत्ता एवम् कार्यसम्पादनमा आधारित भत्ता प्रणाली सबै तह र निकायमा लागु गर्न जोडदार माग गरेको छ ।

    अध्यक्ष घिमिरेले निजामती प्रशासनका उच्चपदस्थको पदावधि घटाउनुपर्ने बताएका छन् । संघीय निजामती सेवा ऐनमा विद्यमान अवकाश अवधि संशोधन गरी मुख्यसचिवको ३ बर्षलाई घटाएर २ बर्ष बनाउनुपर्ने, सचिवको ३ बर्ष, सहसचिवको १० बर्ष कार्यकाल हुनुपर्ने व्यवस्था गर्नुपर्ने घिमिरेको भनाइ छ ।

    यस्तै सहसचिवलाई १० बर्षसम्म बढुवा नभए एक तह माथिको सुविधा दिएर अवकाश दिनुपर्ने, उपसचिव १७ वर्षसम्म बढुवा नभएका उदाहरण दिंदै बढुवालाई ब्यवस्थापन गर्नका लागि पदावधि घटाउनुपर्ने उनको जोड छ ।

    यस्ता छन् संगठनका २९ निर्णयहरुः 

  • पोलिटब्युरो बैठकमा नेपालले भने- सत्ता गठबन्धनमा सामेल हुँदैनौँ

    पोलिटब्युरो बैठकमा नेपालले भने- सत्ता गठबन्धनमा सामेल हुँदैनौँ

    काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने बताएका छन् ।

    सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन् ।

    बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे ।

    ‘देशको राजनीतिक आफ्नै जटिलता छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौं । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ नेपालले भने।

    नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।

    दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले एकीकृत समाजवादी सरकारमा जान नहुने धारणा राखेका थिए ।

  • कसैको दबाबमा नपर्ने भन्दै माधव नेपालले कसरी बढ्नेबारे मागे सुझाव (भिडिओ)

    कसैको दबाबमा नपर्ने भन्दै माधव नेपालले कसरी बढ्नेबारे मागे सुझाव (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू राष्ट्रहितको पक्षमा निरन्तर उभिराख्ने बताएका छन् ।

    पार्टी कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू कसैको दबाबमा नपर्ने बताए ।

    अध्यक्ष नेपालको भनाइलाई उदृत गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘राष्ट्रहितको पक्षमा लगातार उभिरहने, कसैको दबाबमा नपर्ने हाम्रो पार्टी आज आफ्नै दृष्टिकोण बनाउँदै अगाडि बढ्नुछ । त्यसका लागि आजको परिस्थितिलाई तपाईंहरू कसरी हेर्नुहुन्छ । त्यसको उचित परामर्श नेतृत्वलाई चाहिएको छ ।’

    नेपालले कांग्रेस नेतृत्वको गठबन्धन टुटेर अहिले एमाले नेतृत्वको गठबन्धन बन्नुको कारणबारे पनि बैठकलाई प्रष्ट्याएको प्रवक्ता खतिवडाले बताए ।

    ‘पुरानो गठबन्धन कसरी टुटेर नयाँ गठबन्धन बनेको छ । अब हामी कसरी अगाडि बढ्ने तपाईंहरूको सुझाव दिनुहोस्’, अध्यक्ष नेपालले बैठकमा भनेका थिए ।

  • ओलीविरुद्ध माधवले उठाएको अस्त्र झलनाथको हातमा, एक व्यक्ति एक पदको मुद्दा ब्युँतियो (दस्तावेजसहित)

    ओलीविरुद्ध माधवले उठाएको अस्त्र झलनाथको हातमा, एक व्यक्ति एक पदको मुद्दा ब्युँतियो (दस्तावेजसहित)

    काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपाकालमा माधवकुमार नेपालले उठाउँदै आएको ‘एक व्यक्ति एक पद’ को विषयलाई नेकपा एसमा झलनाथ खनालले औपचारिक बहसमा ल्याएका छन् ।

    पार्टीको जारी स्थायी कमिटी र पोलिटब्युरोको बैठकमा खनालले पेश गरेको लिखित दस्तावेजमा पार्टीमा माथिदेखि तलसम्म ‘एक पद एक व्यक्ति’ प्रणाली कडाइका साथ लागू गर्न प्रस्ताव गरेका छन् । उनले सबैलाई ठोस जिम्मेवारीमा केन्द्रित बनाउनसमेत प्रस्ताव राखेका छन् ।

    नेकपा एसका सम्मानित नेता खनालले माधव नेपालले केपी ओलीविरुद्ध उठाएको हतियार उनैतिर सोझ्याएका हुन् । ओलीले दलको नेता, प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि नेपालले एक व्यक्ति एक पदको कुरा उठाएका थिए । उनले सोही सिद्धान्तअनुसार शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई नेकपामा मुख्यमन्त्री र प्रदेश इन्चार्ज बनाइएकोमा लिखित असहमति जनाएका थिए ।

    तर, नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एसमा नेपाल नै पार्टी अध्यक्ष र संसदीय दलको नेता बनेपछि खनालले असन्तुष्टि जनाउँदै आएका थिए । पार्टीको यो बैठकमा उनले लिखित दस्तावेज पेश गरेका हुन् । उनले अविलम्ब राष्ट्रिय सम्मेलन वा महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका छन् ।

    उनले पार्टीका सबै कमिटीहरूको सम्मेलन गरी टीके प्रणाली र कृपया प्रणालीलाई अन्त्य गर्ने प्रस्ताव पनि राखेका छन् । खनालले हतारमा पार्टी एकता गर्ने वा अहिलेको गठबन्धनमा सहभागी हुने कुरामा समेत असहमति जनाएका छन् ।

    यस्तो छ, नेकपा एसका सम्मानित नेता खनालको लिखित दस्तावेज :

     नव वर्ष २०२३ को उपलक्ष्यमा सबैलाई  हार्दिक शुभकामना ।

    १. ०७९ संघ र प्रदेशको निर्वाचन र त्यसको परिणाम-

       – त्रिशंकू संसद्को स्थापना भएको छ, संघ र प्रदेश सबै ठाउँमा त्यस्तै छ ।

       – कुनै पनि पार्टीलाई बहुमत छैन ।

        -देश कुनैपनि दिशामा जान सक्छ ,अनिश्चितताको अवस्था छ ।

       – यसले  Horse trading  को खतरालाई बढाएको छ । 

        -एकपछि अर्को नाटकीय परिवर्तनलाई ढोका खोलिदिएको छ ।

        -यसले अस्थिरतालाई बढावा दिन्छ, विदेशी शक्तिहरूलाई खेल्ने ठाउँ दिन्छ र मुलुकलाई कमजोर बनाउन सक्छ ।

        -आउने ५ वर्षमा कतिवटा सरकार बन्लान् अहिले नै भन्न सकिने स्थिति छैन । 

    २. त्रिशंकू संसद्मा आएका शक्तिहरू-

        १२ वटा राजनीतिक पार्टीहरू संसदमा आएका छन् ।

     १. पुनरुत्थानवादी शक्ति 
        त्यसमध्ये पुनरुत्थानवादी शक्तिहरू पुनर्जीवित भएर आएका छन र उनीहरूले शक्ति विस्तार गरेका छन ।

    २. बुर्जुवा उदारवादी शक्तिहरु-

    १. २०७४ मा २३ सिट जितेकाले अहिले ५७ सीट जिते र समानुपातिक समेत गर्दा पहिले ६२ सीट हुनेले अहिले ८९ सीट बनाएर देशको पहिलो पार्टी बन्न पुगे ।
    २.. रहस्यमय शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसले गृह मन्त्रालय खान थालिसकेको छ । त्यो पनि आम रुपमा बुर्जुवा उदारवाद कै पक्षमा देखिन्छ । 
          ३. तराईमा जनमत पार्टी उदाएको छ । त्यो पनि आम रुपमा त्यसै वर्गीकरणमै देखिन्छ ।

    वामपन्थी शक्तिहरू –

    १. नेकपा एमाले हिजोको दुईतिहाइबाट तल झ¥र्यो । दुईतिहाइबाट सामान्य बहुमतमा पनि आउन सकेन त्यतिमात्र होइन त्यो  सब भल्दा ठूलो पार्टी पनि बन्न सकेन । ४४ं+३४ = ७८

    २. माओवादी पार्टी पनि पहिलेको भन्दा कमजोर भयो । त्यसले लोकप्रियता र सीट दुवै कुरा गुमायो । १८ं+१४=३२ सीट

    ३. हाम्रो पार्टी नेकपा ( एकीकृत समाजवादी ) पार्टी अहिले राष्ट्रिय पार्टी पनि बन्न सकेन । १०ं+०=.१०

    ४. बामहरु सँग नै निकट भएको क.प्रभु शाहको “आम जनता पार्टी” नामक नयाँ पार्टी भर्खरै घोषणा भएको छ ।  सीट = २

    त्यस बाहेक केही स्वतन्त्र सांसदहरु पनि छन ।

    ३. यस्ता शक्तिहरू बीच नयाँ सरकार बनाउने बारेमा बिभिन्न सम्भावना बीच चलखेल हुँदै आएको थियो ।

     १. बाम लोकतान्त्रिक सरकारको सम्भावना –

      बाम लोकतान्त्रिक सरकारको सम्भावना ठोस रुपमा थियो । तर नेपाली कांग्रेसको नेतृत्वले प्रधानमन्त्री  र राष्ट्रपति दुवै मागेर हठ देखाएकाले त्यो सम्भावना भत्कियो । प्रचुर  बहुमतको सम्भावना भएपनि त्यसले आकार लिन सकेन । 

    २.बामपन्थी सरकारको सम्भावना –

      कम्युनिष्टहरू बीच समझदारी गरेर सरकार बनाउने सम्भावना पनि थियो ।

    एमाले ,माओवादी केन्द्र ,एकिकृत  समाजवादी ,जसपा र उन्मुक्ति पार्टी

    ७८       ३२          १०             १२       ३      = १३५

             आम जनता पार्टी २  सीट                       = जम्मा १३७

    ३. हाल बिकसित गठबन्धनको सरकार –

      नेपाली कांग्रेसले धोखा दिएपछि माओवादी केन्द्र आक्रोशित बन्न पुग्यो र त्यो दौडेर बालकोट गयो  त्यसले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनायो । त्यसमा निम्न पार्टी सामेल हुन पुगे ।

    एमाले, माओवादी केन्द्र, राप्रपा ,रास्वपा,जसपा, जनमत

    ७८    ३२           १४    २०   १२     ६      = १६२

                            नागरिक उन्मुक्ति पाटी ३   = १६५          

    यसरी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ ।

    ४. नयाँ सरकारको संरचना कस्तो छ ?

    १. राजतन्त्रवादीहरु त्यहीँ छन , ऊनीहरू संवैधानिक राजतन्त्र र हिन्दू राज्यको माग गरिरहेका छन ।

    २. मधेस देश बनाउनेहरू पनि त्यही छन । 

    ३. संघीयता खारेज हुनुपर्छ भन्नेहरु पनि त्यही छन ।

    ४ नेपालको नागरिकताबारे नै गम्भीर विवादमा रहेका र सर्वोच्च अदालतमा मुद्दा खेपिरहेकाहरू पनि त्यही छन ।

    ५. हाम्रो लक्ष्य जबज हो भन्नेहरु पनि त्यहीँ छन ।

    ६. होइन हाम्रो लक्ष्य समाजवाद हो भन्नेहरू पनि त्यहीँ छन ।

    त्यसैले यो एउटा खिचडी सरकारका रुपमा मुलुक समक्ष प्रस्तुत भएको छ । उनीहरूका साझा नीति र कार्यक्रम के हुन्छ  ? उनीहरूले हाम्रो पार्टी प्रति, बाम एकता प्रति कस्तो नीति अपनाउने छन ति सबै कुरा हेर्न बाँकी नै छ । 

    ५. वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति-

    १.अन्तर्राष्ट्रिय स्थिति –

        – वर्तमान विश्व ठूलो उथलपुथल र परिवर्तनको बीच बाट अघि बढ्दैछ ।

        – भू राजनीतिक शक्तिहरू अघि कहिल्यै भन्दा बढी सक्रिय भएको अवस्था छ ।

        – नेपालको बारेमा उनीहरूको ध्यान दृष्टि पहिलेको भन्दा बढी केन्द्रित हुँदै गएको अवस्था छ ।

        – युक्रेन युद्ध पछि बिश्वमा मुद्रा स्फिति,मुल्यबृद्धि,उत्पन्न संकट,खाध्यान्न संकट बढिरहेको छ । त्यसैले हाम्रो देशलाई पनि प्रभावित पारिरहेको छ । 

        – नेपालले बडो होशियारीपूर्वक अघि बढ्नुपर्ने अवस्था छ ।

    २. राष्ट्रिय स्थिति –

        – मुलुकको अर्थतन्त्र ठूलो संकटबाट गुज्रिरहेको छ  । उठेको राजस्वले सरकारको सामान्य खर्च पनि भ्याउन सक्ने अवस्था छैन ।

        – चौतर्र्फी मूल्यवृद्धि र मुद्रास्फीति  बढिरहेको अवस्था छ ।

        – व्यापारघाटा चुलिदै गहिरहेको छ ।

       –  बिरोजगारीले विकराल रुप लिँदै गइरहेको छ ।

        – माथिदेखि तलसम्म भ्रष्टाचार व्याप्त भएको अवस्था छ ।

        – मुलुकको अर्थतन्त्र झन झन परनिर्भर हुँदै गएको छ । मुलुक विदेशी कम्पनीहरूका उत्पादनको बजार वा  उपभोक्ता मुलुकका रुपमा परिणत भएको छ ।

       –  देशका मुख्य राजनीतिक पार्र्टीहरुप्रति जनतामा तीव्र असन्तोष, अविश्वास र वितृष्णा  बढिरहेको अवस्था छ ।

        – नयाँ सरकार बनेको छ तर त्यो सरकारप्रति जनतामा कुनै आकर्षण, उत्साह र आशा पलाएको देखिँदैन ।

        – सरकार बन्दा नबन्दै आलोचना, असन्तोष र पार्र्टीहरुबीच दोषारोपण सुरु भएको छ ।

        – मुलुकको राष्ट्रियता माथि निरन्तर खतरा बढ्दो छ ।

         – एक्काइसौं शताब्दीको तेस्रो दशकमा आइपुग्दा पनि हाम्रो देशको सिमाना अंकित हुन सकेको छैन ।

    यस्तो राष्ट्रिय र अन्र्तराष्ट्रिय परिस्थितिका बीचमा यो नँया सरकार बनेको छ  । यो परिस्थिति नँया सरकारका सामु आफैमा ठुलो चुनौतीका रपमा खडा छ । 

    ६.यस्तो अवस्थामा हामीले यो सरकार प्रति कस्तो दृष्टिकोण लिनु उपयुक्त हुन्छ त ?

        – मुलुकमा कुनै न कुनै रूपको एउटा गठबंधनको सरकार बन्नै पर्ने थियो अहिले एउटा खिचडी सरकारले आकार लिएको छ वा लिँदैछ ।

        – यो पुनरुत्थानबादी, रहस्यपूर्ण, संघीयता विरोधी, जबजबादी र समाजवादीहरूको मिश्रित सरकार हो । यसमा नेपाली समाजलाई अघि लाने र पछि तान्ने दुवै प्रकारका शक्तिहरु छन ।

       –  मिहिनेत गरेको भए,दूरदर्शिता अपनाएको भए ,लचिलो भएको भए, एकअर्कालाई सम्मान गर्न सिकेको भए र – आफ्ना गल्तीहरुलाई देख्न कोशिस गरेको भए र वाम शक्तिहरुबीच कार्यगत एकता गरौं भन्ने भावना समयमै भएको भए यति बेला मुलुकमा वामपन्थीहरुको साझा सरकार बन्ने थियो ।

       –  तर आफूलाई ठूला हौँ भन्ने पार्टीहरू भित्र रहेको दम्भ, घमण्ड, महत्वकांक्षा र तुलनात्मक रुपले साना पार्टीहरूको भूमिकालाई व्यवस्था गर्ने र पुनरुत्थानबादी र दक्षिणपन्थीसँग अगालो नहाली अगाडि बढ्न नसक्ने गलत दृष्टिकोण र अदुरदर्शिताका कारणले अहिले देशमा खिचडी सरकार बन्न पुगेको छ ।

        – यो सरकारले गृहमन्त्रालय जस्तो सुरक्षाका निम्ति अत्यन्त संवेदनशील मन्त्रालयलाई सर्र्वाेच्च अदालतमा नागरिकता बारेमा नै मुद्दा खेपिरहेका व्यक्तिलाई सुम्पिएको छ । त्यसले के परिणाम ल्याउने हो हेर्न बाँकी नै छ ।

       –  त्यसो हुनाले हामीले यो सरकारलाई  आमरुपमा बिश्लेषणात्मक ढंगले हेर्नुपर्छ । त्यसले गर्ने सकारात्मक कामहरुलाई समर्थन गर्नुपर्छ र यसले गर्ने गलत कामहरूको आलोचना गर्नुपर्छ । हामीले सत्तामा सहभागी बन्न आतुर हुनुपर्ने कुनै कारण छैन ।

    ७.सत्तामा सहभागी हुन आग्रह गरे के गर्ने ?

        सरकार वा सरकारमा सहभागी दलहरुले हाम्रो पार्र्टीलाई  सहभागी गराउने इच्छा भएमा ससम्मान औपचारिक पत्र पठाउनुपर्छ । त्यो पत्रको सारतत्वलाई हेरेर हाम्रो पार्टीको आधिकारिक निकायले के गर्ने भन्ने सम्बन्धमा संस्थागत रुपले छलफल गरी निर्णय गर्नुपर्दछ ।

        सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय गर्नुभन्दा पहिले यो सरकारका नीति, कार्यक्रम र उद्देश्य के हुनेछन ? हाम्रो प्रस्तावहरु के हुनेछन ? हाम्रो प्रस्तावलाई सरकारले मान्छ कि मान्दैन ? शक्ति बाँडफाँडको कुरा के हुन्छ ? हाम्रो बटमलाइन के हुन्छ ? त्यो बटमलाइन सहितको बाँडफाँडलाई सरकारले मान्छ कि मान्दैन ? यो सरकारले आफूलाई बाम सरकारका रुपमा रुपान्तरण गर्न मान्छ कि मान्दैन ? जस्ता प्रश्नहरूको समुचित ढंगले समाधान गर्नुपर्छ ।

        पाँच दलिय गठबन्धन तोडिसकेपछि वामपन्थीहरुका  बीचको गठबन्धन आजको आवश्यकता थियो र छ । त्यो सम्भव थियो । त्यो आजको आवश्यकता र औचित्य अनुरुप पनि हुने थियो । त्यसले हिजोको दुईतिहाइको बहुमतको सरकारले गर्न नसकेका वा नचाहेका कुरालाई पनि लागू गर्दै अघि बढ्न सक्थ्यो । त्यस्तो सरकार बनाउन सकेको भए आमजनतामा नयाँ आशा, विश्वास र उत्साह पनि सिर्जना हुने थियो । तर जस्तो रुपको सरकार बनिरहेको छ र त्यसले मन्त्रालयको जसरी बाँडफाँड गरिरहेको छ त्यसले जनतामा शंका, अविश्वास र निराशालाई बढाइरहेको छ । त्यसैले यस्तो सरकारमा सहभागी हुन हाम्रो जस्तो क्रान्तिकारी विद्रोही पार्र्टीले लालायित हुन जरुरी छैन । बामपंथी एकताको सरकार बन्ने स्थितिमा हाम्रो पार्टी स्वतःत्यसमा सहभागी बन्ने सम्भावना आउन सक्छ ।

    ८. वामपन्थी एकताका बारेमा

    आज मात्र होइन हिजै देखि आमजनता र मुलुकले माग गरेको कुरा हो बृहत वामपन्थी एकता ।

    अहिले पनि बृहत वामपन्थी एकताकै जरुरत छ । तर कोही सानो ठुलोको मापदण्ड अपनाइ रहेका छन । कोही छुवाछुतको नीतिमा हिडि रहेछन त कोही बदला लिने भाबमा चलिरहेका छन । यी कुनै कुराको पनि आवश्यकता र औचित्य छैन र थिएन पनि । सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन । त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि वढाउन सबै वामपन्थीहरुका बीच कार्यगत एकता आजको आवश्यकता हो । हाम्रो पार्टी सधै वामपन्थी एकताको पक्षमा छ र रहनेछ । तर वर्तमान सरकारको स्थिति हेर्दा नीति निष्ठता र सिद्धान्तनिष्ठता माथि आधारित एकता देखिँदैन ।

    ९. अहिले पार्टी एकताका बारेमा चलिरहेको हल्लाका सम्बन्धमा

        यतिबेला हाम्रो  पार्टीका बारेमा कहिले यो पार्र्टीसँग विलय हुने र कहिले त्यो पार्र्टीसँग विलय हुने हल्लाहरु चलिरहेका छन । सार्बजनिक मिडिया र छापा मिडियामा पनि यस्ता हल्लाहरु चलिरहेका छन । यसबारेमा के कुरा प्रष्ट पार्न जरुरी छ भने हाम्रो पार्टी यतिबेला कसैसँग विलय हुने पक्षमा पनि छैन, कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा पनि छैन । हामीले सबै पार्र्टीहरूको हैसियत राम्ररी देखि रहेका छौं र अध्ययन गरिरहेका छौं ।

        हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ । कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकिकृत कम्यूनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो । नेपालको समाजवादी क्रान्तिको आवश्यकता हो । हामी सधै कम्यूनिष्ट एकताका पक्षमा छौं । तर कम्यूनिष्टहरु बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरुले चाहेर मात्र पनि हुँदैन । हामीले इतिहासमा धेरै तिता नमिठा अनुभवहरु भोगीसकेका छौं । कम्यूनिष्टहरmको बीचको एकता भनेको नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता हो । यो निस्वार्थ एकता हो । नीति, सिद्धान्त र विधिमा एकरुपता छ वा हुन्छ भने फेरि पार्टी एकतालाई कसैले रोकेर रोक्न सक्दैन । नेकपा (माले) र नेकपा (एमाले) का अधिकांश कालमा हामीले यस्तै एकता कायम गरेका थियौं । ती एकताले पार्टी र आन्दोलनलाई सधै अग्रगति तीर लगेका थिए ।

        तर खास अवस्थामा केही खास नेताहरुका सनक वा लहड वा महत्वकांक्षाका आधारमा हठात गरिने एकताले कति दुखदायी परिणामहरू जन्मिन सक्छन भन्ने कुरा विगत ३ वर्षको अबधिमा  नेपालका लाखौँ कम्यूनिष्ट र जनताले रोइ रोइ भोग्नुपरिरहेको छ । त्यस्ता कुराले हजारौं योद्धाहरुका जीवन बिल्लीबाठ हुने खतरा हुन्छ  । हामीले त्यस्ता दुर्घटनाहरुबाट गहिरो शिक्षा लिनुपर्छ । पार्टी र पार्टी नेता कार्यकर्ताहरुलाई त्यस्ता दुखद परिणामहरु बाट बचाउनुपर्छ । हाम्रो एकता बैचारिक,राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक एकता हो । यस्तो एकताका निम्ति हामी सधैं तत्पर हुनुपर्छ । त्यस्तो सम्भावना देखिने वित्तिकै पक्रनु पर्छ र एकताको निम्ति अघि बढ्नुपर्छ । तर स्वार्थपूर्ण एकताका प्रस्ताबहरmबाट हामी हरबखत सर्तक हुनुपर्छ । नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकताका निम्ति भने हामीले सधै सक्रिय र दृढ बन्नुपर्छ ।

    १०.हामीले अब हिँड्नुपर्ने बाटो

    यतिबेला हाम्रो पार्टीका भारेमा पार्टीभित्र र बाहिर विभिन्न प्रकारका भ्रमपूर्ण प्रचारवाजीहरु चलिरहेका छन् । हाम्रो पार्टी भित्रै पनि विभिन्न खाले चिन्तन प्रवृत्तिहरूले टाउको उठाइरहेका छन् । पहिलो खाले चिन्तन देखिन्छ  ः अब हाम्रो पार्टी चल्दैन, यो राष्ट्रिय पार्टी पनि बनेन । त्यसैले यो पार्टी अघि बढ्न सक्दैन भन्ने चिन्तन । यो पलायनवादी र विसर्जनवादी चिन्तन हो । यदि हामी अहिले पार्टी जसरी चलिरहेको छ । त्यसरी नै चलिरहने हो भने यो पार्टी अझ बढी खुम्चिदै जान्छ र अन्त्यमा चल्न नसक्ने अवस्थामा पुग्छ । विगत डेढ वर्षको यात्राले त्यतैतिर संकेत गरेको छ । दोस्रो खाले चिन्तन देखिन्छ अब अलग ढंगले पार्टी चल्न नसक्ने हुनाले हामीले कि एमालेमा फर्किनुपर्छ कि माओवादी पार्टीमा विलय हुनुपर्छ । यो पनि अन्तिम विश्लेषणमा पलायनवादी र विसर्जनवादी चिन्तन नै हो । यो पार्टीले खाइरहेको धक्काबाट उत्पन्न निम्न पूँजीवादी हतासाबाट सिर्जित चिन्तनहरू हुन्। हामीले यस्ता गलत चिन्तनहरूको दृढतापूर्वक खण्डन गर्नुपर्छ । अहिले हाम्रो पार्टीको व्यापक पंक्ति नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने पक्षमा छ । देश र प्रवासमा रहेका पार्टी कार्यकर्ताहरूको पङ्क्ति हामीले विगतको संमिक्षा गर्दै  पार्टीलाई व्यापक रुपले पुनर्गठित गरेर अघि बढाउनुपर्छ भन्ने पक्षमा छ । यो चिन्तन हाम्रो पार्टी पंक्तिमा रहेको मुख्य प्रवृत्ति हो ।
    वर्तमान अवस्थामा समाजवादको स्पष्ट लक्ष्य लिएर अघि बढ्ने पार्टी हाम्रो पार्टी नै हो । यो पार्टीलाई वैचारिक र संगठनात्मक दुबै हिसाबले पुनर्गठित गर्दै नयाँ आट, हिम्मत र ठोस योजनाका साथ अघि बढ्नुको विकल्प छैन ।

    यसका लागि हामीले निम्न कामहरु गर्दै अघि बढ्नुपर्छ । 

    १.पार्टीको पुनर्गठनको काल देखि अहिलेसम्म अनुभवहरुको समग्र समीक्षा गरौ । आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढंगले उजागर गरौँ । हामीले गरेका सहि र गलत कुरालाई पहिचान गरौं ।

    २. हामी के कारणले राष्ट्रिय पार्टी सम्म पनि बन्न सकेनौ?त्यसका वैचारिक राजनीतिक र सांगठनिक कारणहरु के हुन? तिनीहरूलाई पत्ता लगाउँ र त्यस्ता गल्ती कमजोरीहरु फेरि कहिल्यै नदोहोरिने संकल्प गरौं । त्यसका लागि त्यहि एजेण्डामा  छलफल गर्न विशेष बैठक आयोजना गरौं ।

    ३. वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाली समाजका क्रान्ति र रूपान्तरणका निम्ति हाम्रो कार्यदिशा,नीति, सिद्धान्त र लक्ष्यका बारेमा धारणाहरु दस्ताबेजीय.रुपमा प्रष्ट पारौ

    ४. यो कार्यदिशाका आधारमा अविलम्ब राष्ट्रिय सम्मेलन वा महाधिवेशन आयोजना गरौं।

    ५. त्यहि कार्यदिशाका आधारमा पार्टीलाई वैचारिक र संगठनात्मक रुपले व्यापक पुनर्गठन गरौं र पार्टीलाई उद्देश्यमूलक ढंगले सक्रिय र गतिशील बनाऔ ।

    ६. पार्टी केन्द्रीय कमिटी ,प्रदेश कमिटी ,जिल्ला कमिटी ,पालिका कमिटीहरु, वडा कमिटी सम्मलाई व्यापक पुनर्गठन गरौ । छरिता,साना र कामकाजी  कमिटीहरु निर्माण गरौ ।

    ७. पार्टीको कमिटी भित्र रहेका तर काम गर्न नसक्ने वा नचाहनेलाई उपयुक्त व्यवस्थापन गरौं । सल्लाहकार वा परिषदमा लैजाऔँ ।

    ८. पार्टीमा माथिदेखि तलसम्म एक पद एक व्यक्ति प्रणाली कडाइका साथ लागू गरौँ र सबैलाई ठोस जिम्मेवारी मा केन्द्रित बनाऔ ।

    ९. पार्टीका कार्यशैलीमा व्यापक सुधार गरौं । क्रान्तिकारी कार्यशैलीलाई  नयाँ स्तरबाट पुर्नस्थापित गरौ ।

    १०. पार्टीलाई आधारभूत वर्गका बीच लैजाऔँ र स्थापित गरौँ । भूमिहीन, गरिब, किसान, मध्यम किसान, श्रमिक वर्ग र निम्न  पुँजीपति वर्ग तथा बुद्धिजीवीहरू बीच पार्टी कामलाई व्यापक रुपले केन्द्रीत गरौ । वर्ग आधारित पार्टी निर्माण गर्ने काममा सचेत रुपले लागौं ।

    ११. सबै तहका पार्टी कमिटीका सम्मेलनहरू गरौ । सबै नेता र कमिटीलाई जनअनुमोदित भएर अघि बढ्ने वातावरण बनाऔँ ।  आजको यो एक हक प्रणाली, टीके प्रणाली र कृपा प्रणालीलाई अन्त गरौं ।

    १२. पार्टीको प्रचार कार्यलाई सबै मिडिया मार्फत व्यापक र प्रभावकारी बनाऔ । पार्टी मुखपत्र “समाजवाद  र कलम न्यूज लाई नियमित रुपमा प्रकाशित गरौं ।

    १३. नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला व्याप्त भइरहेको सत्ताबाद,कुर्सीबाद, पदवाद, पलायनवाद,लाभबाद, सम्झौतावाद, चाकडीबाद र कृपाबादका प्रबृतिहरुका विरुद्ध पार्टीव्यापी रुपमा वैचारिक संघर्ष र रुपान्तरणको अभियान सञ्चालन गरौं र पार्टी पङ्क्तिलाई क्रान्तिकारी चेतना र दृष्ट्रिकोणले माथि उठाऔ । 

    १४. नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला हावी भइरहेको दक्षिणपन्थी औसरवादको विरुद्ध वैचारिक ‐सैद्धान्तिक खण्डन र आलोचनाको देशव्यापी आधी सिर्जना गरौ र सबै कम्युनिष्ट कार्यकर्ताहरुलाई दक्षिणपन्थी औसरवादको भ्रमबाट मुक्त पारौ ।दक्षिणपन्थी औसरबाद विरुद्धका एकपछि अर्को पुस्तिका र ग्रन्थहरु तयार पारौं र पार्टी पंक्तिलाई व्यापक प्रशिक्षण गरौं । पार्टीको विकास र विस्तारका निम्ति वैचारिक संघर्ष मुख्य कडी हो भन्ने कुरालाई सधै मनमा राखौँ । 

    १५. पार्टीका सबै बर्गीय संगठनहरुलाई सक्रिय गतिशील र जीवन्त बनाऔ ।
    १६. सवै वर्गीय संगठनहरुलाई निश्चित अवधिभित्र राष्ट्रिय सम्मेलनहरु सम्पन्न गर्ने र संगठनलाई संस्थागत रुपले अघि बढाउने वातावरण निर्माण गरौ ।

    १७. युवा विद्यार्थीहरुको परिचालन गर्ने सिनियर र योग्य कमरेडहरूलाई जिम्मेबारी दिऔ र जिम्मेवारीपूर्वक संचालन गरौं ।

    १८. पार्टीभित्र योजनाबद्ध रूपले प्रशिक्षणको अभियान तलैसम्म सञ्चालन गर्ने योजना बनाऔ।

    १९. पार्टीको नेतृत्वमा वर्गीय संयुक्त मोर्चालाई व्यापक बनाएर अघि बढौं ।

    २०. पार्टीभित्र हाम्रो लक्ष्य र कार्यक्रमका बारेमा जबज र समाजवादका बारेमा नै निकै भ्रमहरु रहेका छन् त्यसबारेमा पार्टीभित्र योजनाबद्ध रूपले बहस छलफलको आयोजना गरौ र सिद्धान्तिक प्रष्टता कायम गरौ ।

    २१. नेपाली विशेषताको समाजबादको बारेमा हाम्रो धारणा प्रष्ट पारौ ।

    २२ पार्टी कार्यकर्ताका निम्ति स्तर अनुसारको पाठ्यक्रम तयार गरौं र त्यसका आधारमा प्रशिक्षणको अभियान चलाऔ ।

    २३.बहुआयमिक क्षेत्रबाट वर्गसंघर्षको विकास गर्नुपर्छ । राष्ट्रियताको सवाल, शोषण उत्पीडन विरोधी संघर्ष, महिला हिंसा बिरुद्धको संघषर्, विभेदका विरुद्धको संघर्ष, अन्धविश्वास बोक्सी डायनी विरुद्धको संघर्ष, आस्था परिबर्तन.विरुद्धको अभियान, वातावरणको रक्षाका निम्ति अभियान, किसानका हितहकका संघर्षहरु, किसानलाई मल,बिउ,बित्त प्रविधि बैज्ञानिक सेबा,बजार सेवा उपलब्ध गराउने संघर्षहरू अघि बढाऔ ।

    २४. विभिन्न क्षेत्र क्षेत्रमा प्रचार अभियानहरु संचालित गरौँ  र  व्यापक जनता बीचमा पार्टीलाई पुराआँ  

    २५.  हामीले हाम्रा प्रचार र संघर्षहरmलाई संसद भित्र र बाहिरबाट अझ संशक्त रूपले अघि बढाउनुपर्छ । संसदबाट जनता, राष्ट्र र देशका आवाजलाई जोडदार रुपले उठाउनु पर्छ । क्रान्तिकारी संसदबादको कार्यनीतिलाई संसदीय दलले दृढता र कुशलतापूर्बक लागु गर्नुपर्छ तब मात्र समाजबाद प्राप्तिका निम्तिको जनमत बनाउन सकिन्छ र पार्टीलाई पनि बलियो बनाउदै लान सकिन्छ  । 

    २६.यसरी हाम्रा आफ्नै कमजोरीहरुले गर्दा पार्टी पङ्क्तिमा सिर्जना भएका विभिन्न प्रकारका पलायनवादी चिन्तनहरु र प्रबृतिहरूको हामीले खण्डन गर्नुपर्छ । क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा पार्टीपंक्तिको चेतनालाई उन्नत धरातलमा उठाउनुपर्छ ।  सिंगो पार्टी पंक्तिलाई उद्देश्यमूलक ढंगले क्रियाशील र गतिशील बनाउनुपर्छ । पार्टी सदस्यता विस्तारको अभियान चलाउनुपर्छ । पार्टी कार्यकर्ता र कमिटीहरुको काम गर्ने गुणस्तरलाई उन्नत बनाउन पर्छ । संसद भित्र र बाहिरका कामहरुलाई कुशलतापूर्वक संचालन गदै देश र प्रवासबाट समेत पार्टीलाई सशक्त रुपले पुनर्गठन,विस्तार र सुदृढिकरणको बाटोमा अघि बढाउनुपर्छ । आजको चुनौतीपूर्ण घडीमा हामीले हिड्नुपर्ने बाटो यही हो ।

    सम्मानित नेता ,नेकपा ( एकीकृत समाजवादी )

     २०७९,पुष १६ गते

  • नेकपा एसको पोलिटब्युरो बैठक सुरू, प्रचण्ड नेतृत्वको सरकारलाई गर्ला त समर्थन ?

    नेकपा एसको पोलिटब्युरो बैठक सुरू, प्रचण्ड नेतृत्वको सरकारलाई गर्ला त समर्थन ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज सुरु भएको छ।

    आगामी रणनीति तय गर्ने, वामपन्थी एकताका लागि छलफल अगाडि बढाउने लगायतका विषय बैठक सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

    शनिवार र आइतबार बसेको स्थायी कमिटीको बैठक बसेको थियो। नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् ।

    केही नेताहरूले प्रचण्ड सरकारलाई समर्थन मात्र गर्नुपर्ने भनेका छन् भने अधिकांशले सरकारमै जानुपर्नेमा नेताको जोड दिएका छन्।

    प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय गरेको छैन ।

     

     

  • नेकपा एसको पोलिटव्युरो बैठक भोलि बस्ने

    नेकपा एसको पोलिटव्युरो बैठक भोलि बस्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक भोलि बस्ने भएको छ । शनिबार सुरू भएको स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भोलि सोमबार बिहान ११ बजे पोलिटव्युरोको बैठक बस्ने जानकारी दिएका हुन् ।

    वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको खतिवडाले जानकारी दिए ।

    बैठकमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहितका नेताले आफ्नो धारणा राखेका छन् । बैठकमा महासचिव डा. वेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गरेका थिए ।

    नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् । केहीले प्रचण्ड सरकारलाई समर्थनमात्र गर्नुपर्ने भनेका छन् भने सरकारमै जानुपर्ने केही नेताको जोड छ ।

    प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय गरेको छैन । बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एस अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको सुनाए ।

    ‘हामी वामपन्थी एकताको पक्षमा छौं’, सम्मानित नेता खनालले भने, ‘तर, कार्यगत एकतामात्र गर्ने पक्षमा छैनौं।’

  • घनश्यामजी हामीसँग जोडिन सकारात्मक हुनुन्छ, वामदेव गाह्रो मानिराख्नुभएको छ : गंगालाल तुलाधर

    घनश्यामजी हामीसँग जोडिन सकारात्मक हुनुन्छ, वामदेव गाह्रो मानिराख्नुभएको छ : गंगालाल तुलाधर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले वामदेव गौतम र घनश्याम भुसाललाई पार्टीमा जोड्ने प्रयास भइरहेको बताएका छन् ।

    शनिबारबाट जारी स्थायी कमिटीको बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले छाडेर बसेको नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउने पहल भइरहेको बताए ।

    उनले भने, ‘घनश्यामजी हामीसँग जोडिनुहुन्छ कि जोडिनुहुन्न उहाँको कुरा हो । तर, हाम्रो र उहाँको तर्फबाट कोसिश भइरहेको छ ।’

    उनले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकता अभियान पार्टी दर्ता गरेर एकताको पहल थालिरहेका वामदेवलाई पनि पार्टीमा जोड्ने प्रयास भइरहेको बताए ।

    उनले भने, ‘वामदेव गौतमलाई पनि जोड्ने प्रयास भइरहेको छ । तर, आउन गाह्रो मानिराख्नुभएको छ । अभियान पनि चलाइराख्नुभएको छ । पार्टी अफिसमा चाहिँ दुई पटक आइसक्नुभयो ।’

  • नेकपा एसले भन्यो- पार्टी पुनर्गठन महाअभियान थाल्छौँ, कसैसँग एकता गर्दैनौँ (भिडिओ)

    नेकपा एसले भन्यो- पार्टी पुनर्गठन महाअभियान थाल्छौँ, कसैसँग एकता गर्दैनौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीमा अधिकांश नेताहरूको धारणा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने आएको बताएका छन् ।

    शनिबारबाट सुरू स्थायी कमिटीको बैठकपछि उनले भने, ‘गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको छ । हामीले पार्टी पुनर्गठन महाअभियान थाल्ने तयारी गरेका छौँ । नेताहरूले आ-आफ्नो धारणा राखिराख्नुभएको छ ।’

    प्रधानमन्त्रीले अनौपचारिक प्रस्ताव आएपछि औपचारिक रूपमा नआएसम्म जान नहुने निष्कर्ष आएको बताए । प्रचण्डले नेतृत्व गरेको खिचडी सरकार भएको बैठकको निष्कर्ष छ ।

    उनले भने, ‘हामीले समर्थन नदिएपनि सरकार चल्छ । तर, हामी हिजो सँगै हिँडेका प्रचण्ड प्रधानमन्त्री भएकै कारणले समर्थन दिनुपर्छ भन्नुहुन्छ । सरकारमा जान हतार गर्न हुँदैन । तर, समर्थन गर्ने कुरा फरक हो ।’

    पार्टी एकताको विषयमा एमालेको केही नेताहरूले मात्रै हल्ला चलाएको उनले दाबी गरे । एकताको लागि माओवादी र जसपाको नेताहरूसँग कुरा भइरहेको उनीहरूको भनाइ छ ।

    उनले भने, ‘हामीले कुनै एकतको प्रयास गरेका छैनौँ । केही नेताहरूले भ्रम छर्न खोजेका छन् ।’

    वृहत्तर वाम एकताको पहल गर्ने पक्षमा भएपनि कुनै एक पार्टीसँग एकता गर्ने भन्ने कुरानभएको बताए । उनले माधव नेपाललाई एमालेले अहिले नै राष्ट्रपति बनाउन प्रस्ताव गरेको भन्ने कुरा सत्य नभएको बताए ।

    अहिलेसम्म ३० जना नेताहरूले आफ्नो धारणा राखिसकेको भन्दै उनले आजै बैठक सकिने बताए ।

  • नेकपा एसको बैठक आज पनि, सरकारमा सहभागिताबारे के होला निर्णय ?

    नेकपा एसको बैठक आज पनि, सरकारमा सहभागिताबारे के होला निर्णय ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषय आज टुंग्याउने भएको छ । शनिबारबाट सुरू स्थायी समितीको बैठक आज पनि जारी छ ।

    बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

    वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    शनिबारको बैठकमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहित १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।

    बैठकमा महासचिव डा. वेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गरेका थिए । त्यस विषयमा आज पनि छलफल हुनेछ ।

    नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने बिषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् । केहीले प्रचण्ड सरकारलाई समर्थन मात्र गर्नुपर्ने भनेका छन् भने सरकारमै जानुपर्ने केही नेताको जोड छ ।

    प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेसँगै जाने/नजाने सम्बन्धमा नेकपा एसले संस्थागत निर्णय गर्न लागेको हो ।

  • अब कता जाने ? तस्बिरमा हेर्नुस् नेकपा एसको स्थायी कमिटी बैठक

    अब कता जाने ? तस्बिरमा हेर्नुस् नेकपा एसको स्थायी कमिटी बैठक

    काठमाडौं । सत्ता गठबन्धन भंग गरेर माओवादी केन्द्र एमाले नेतृत्वको गठबन्धनबाट सरकारको नेतृत्वमा पुगेपछि उसको सहयात्री नेकपा एकीकृत समाजवादी अलमलमा परेको छ ।

    गठबन्धन भंग नगर्न अन्तिमसम्म प्रयास गरेपनि केही व्यक्तिको सोचले गर्दा सफल हुन नसकिएको भन्दै अध्यक्ष माधव नेपालले चिन्ता व्यक्त गरेका छन् । अब के गर्ने भन्नेबारे टुंगो लगाउन नेकपा एसको स्थायी कमिटी बैठक शनिवारबाट काठमाडौंमा शुरु भएको छ ।

    यो बैठकपछि पार्टी यहि गठबन्धनमा रहने कि प्रतिपक्षमा रहने भन्नेबारे टुंगो लाग्नेछ । १० सीटसहित सातौ दल बनेको नेकपा एसमा एमालेसँग एकता गर्ने कि अलग्गै बस्नेबारे पनि बहस चलिरहेका छन् ।

    हेर्नुस् नेकपा एसको स्थायी कमिटी बैठकमा तस्बिरहरु:

  • पार्टी बैठकमा माधव नेपालको ब्रिफिङ– अप्रत्याशित घटना भयो, गठबन्धन जोगाउन सकिएन

    पार्टी बैठकमा माधव नेपालको ब्रिफिङ– अप्रत्याशित घटना भयो, गठबन्धन जोगाउन सकिएन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन् । शनिवार सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै नयाँ किसिमको चुनौति देखा परेको बताए ।

    नेपालले नयाँ परिस्थितिको विश्लेषण गरेर पार्टी अघि बढ्नुपर्ने कांग्रेसको नाम नलिई समयमै विचार नगर्दा स्थितिमा परिवर्तन भएको र अप्रत्याशित घटना भएको बताए । उनले केही व्यक्तिमा आएको सोचको समस्याले गर्दा सहज ढंगले जान नसकिएको बिताए ।

    २०७४ सालमा वामपन्थीलाई दिएको जनमतको पनि सदुपयोग गर्न नसकिएको भन्दै अब कसरी जाने भन्नेबारेमा बैठकले ठोस निर्णय गर्नुपर्ने बताए । यसअघि नेपालले दुई दिनसम्म जिल्ला र विभिन्न तहका नेताहरुसँग भर्चुअल बैठक गरेर सुझाव लिएका थिए ।

  • नेकपा एसका प्रवक्ता खतिवडा भन्छन्- एमालेले हेपाहा व्यवहार गरेसम्म सहकार्य सम्भव छैन

    नेकपा एसका प्रवक्ता खतिवडा भन्छन्- एमालेले हेपाहा व्यवहार गरेसम्म सहकार्य सम्भव छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा ७ दलीय गठबन्धनको ८ सदस्यीय मन्त्रिमण्डल गठन भइसकेको छ । प्रधानमन्त्री र राष्ट्रपति आफैंले लिने अडान नेपाली कांग्रेसले अघि सारेपछि ५ दलीय वाम लोकतान्त्रिक गठबन्धन भत्किएर प्रचण्डको नेतृत्वमा ७ दलीय गठबन्धन सरकार गठन भएको हो । प्रचण्डले एमालेसहित ७ दलीय गठबन्धन निर्माण गरेसँगै तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ ।

    माओवादी आफ्नो बाटो लागेपछि वाम लोकतान्त्रिक गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादी अहिले अनिर्णयको अवस्थामा छ । ऊ न प्रचण्ड नेतृत्वको सरकारमा जान सक्ने अवस्थामा छ न त प्रतिपक्षमै बस्ने अवस्थामा छ । प्रधानमन्त्री प्रचण्डले भने आफूलाई विश्वासको मत दिने उद्देश्यले नेकपा एसलाई सरकारमा सहभागी गराउने पहल गरिरहेका छ । तर, नेकपा एसले सरकारमा सहभागी हुनेबारे कुनै निर्णय गरेको छैन ।

    अब नेकपा एस कसरी अगाडि बढ्छ ? प्रतिपक्षमा बस्छ कि सरकारमा जान्छ ? यी नै विषयमा नेपाल प्रेसकर्मी केशव भुलले नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडासँग गरेको कुराकानीको सम्पादित अंशः

    – वाम लोकतान्त्रिक गठबन्धन टुटेपछि तपाईंहरु के गरिरहनुभएको छ ?

    हामीले के गर्ने र के नगर्ने भन्ने विषयमा कुनै पनि निर्णय गरिसकेका छैनौं । गठबन्धन भत्किनु हाम्रा लागि मात्र नभएर सबैका लागि अप्रत्याशित घटना भयो । विभिन्न दलसँग हामीले छलफल गरिरहेका छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन हामीलाई अनुरोध गरिरहनुभएको छ ।

    तर, हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीभित्र अहिले दुई तीन वटा विषयमा बहस चलिरहेको छ । पहिलो, सरकारमा जानुहुँदैन र प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । दोस्रो, प्रचण्डलाई विश्वासको मत दिनुपर्छ । तर, सरकारमा सहभागी हुनुहुँदैन । तेस्रो, विश्वासको मत पनि दिनुहुँदैन ।

    देउवा आफैंले पनि गठबन्धन निर्माण गर्ने वेलामा पहिलो चरणमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति जनाइसक्नुभएको थियो । तर, पछिल्लो समय एकाएक उहाँले निर्णय परिवर्तन गरेर पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अड्डी कस्नुभयो । यो राजनीतिमा ठूलो धोका हो ।

    यी ३ वटै विषयमा हामी हाम्रा नेता तथा कार्यकर्तासँग छलफल तथा सोधीखोजी गरिरहेका छौं । विभिन्न बैठक पनि गरिरहेका छौं । केही दिनभित्र हाम्रो पार्टीको स्थायी समिति बैठक बस्छ र यसले एउटा स्पष्ट खाकासहितको निर्णय गर्छ । हाम्रो महत्वपूर्ण चासो र चिन्ता भनेको देश र जनता नै हो । यो देश र जनतालाई अघि बढाउन देशका नागरिक अहिले पनि राजनीतिक दल र तिनका क्रियाकलापप्रति आजित भइसकेको अवस्था छ ।

    अहिलेको सरकारको अवस्था हेर्ने हो भने पनि यसमा ७ वटा दल छन् भने ८ वटा रङ्ग छ । ७ वटा दल र ८ वटा रङ्गलाई मिलाएर सरकार कसरी चल्छ र कुन नीतिअनुसार अघि बढ्छ भन्ने प्रस्ट भएको छैन । यो सरकारमा संघीयताविरोधी छन् र संघीयता पक्षधर पनि । धर्म निरपेक्षतावादी छन् र धर्म सापेक्षतावादी पनि । राजतन्त्रवादी छन् र गणतन्त्रवादी पनि । यस्तो गठबन्धनको सरकार कस्तो बन्ला र कसरी अघि बढ्ला भन्नेमा हाम्रोमात्र नभएर सबैको चासो छ ।

    त्यसैले अहिलेको सरकार र गठबन्धनलाई हामी नियालिरहेका छौं र अध्ययन गरिरहेका छौं । अनि त्यसपछि मात्र नीति बनाउँछौं भनेर हामी लागेका छौं ।

    – २०औं वर्षसम्म कायम गर्ने भनिरहेका बेला एकाएक गठबन्धन टुट्नुको कारण के हो ?

    नेपाली काग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ५ चोटी प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले अब पहिलो चरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको पालो दिएको भए हुन्थ्यो भन्ने हामी सबै गठबन्धनको बुझाइ थियो । देउवा आफैंले पनि गठबन्धन निर्माण गर्ने वेलामा पहिलो चरणमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति जनाइसक्नुभएको थियो । तर, पछिल्लो समय एकाएक उहाँले निर्णय परिवर्तन गरेर पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अड्डी कस्नुभयो । यो राजनीतिमा ठूलो धोका हो । ५-५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले गरिसकेको सहमति र बोलिसकेको बोली यसरी फेर्नु राजनीतिक संस्कार पनि भएन । यो सबैभन्दा ठूलो घात र गल्ती गर्नुभयो ।

    देउवाले प्रचण्डलाई प्रधानमन्त्री हुन नदिने अवस्थामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर पनि अघि जान सकिन्थ्यो । नेपाली कांग्रेसले देउवाबाहेक अर्को नेतालाई पनि बनाउन सक्थ्यो । तर, विकल्प हुँदाहुँदै पनि प्रचण्ड एमालेसँग एकाएक गठबन्धन गरेर सरकार बनाउनुभयो । यसले के फाइदा पुर्‍याउला र बेफाइदा होला, त्यो परिणाम विस्तारै देखिएला । तर, निर्वाचन अघिदेखि चलिरहेको गठबन्धन एकाएक भत्किनु एकदमै दुःखद घटना हो । घटना हुनु थिएन, भयो । अब घटना भइसकेपछि अवधारणा बनाउनुपर्ने अवस्था आयो । एउटा गठबन्धनको औचित्य सकियो । तर, अबको गठबन्धन कसरी चल्छ भन्ने कुरा प्रमुख हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले बोली फेरेपछि हामीले धेरै पटक गठबन्धन टुट्छ भनेर सम्झाएकै हो । अहिलेको अवस्थामा प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्दा राम्रो होला भनेर धेरै पटक शेरबहादुर देउवालाई हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालले भेटेर सम्झाउनुभएको हो ।

    – तर, विदेशी शक्तिको चलखेलबाट तपाईंहरुको गठबन्धन भत्किएर नयाँ बनेको भन्ने छ नि ?

    होइन, बाहिरी शक्ति राष्ट्र हाम्रो देशको राजनीतिमा प्रत्यक्ष रुपमा प्रभाव पार्न चाहन्छन् । राजनीतिक रुपमा पक्षधर बनाउन चाहन्छन् । यो कुरा सत्य नै हो । तर, प्रधानमन्त्री हुने व्यक्ति वा दल यस्तो कुरामा कसरी बहकिन सक्छ भन्ने कुरा बुझ्न गाह्रो छ । यो विषयमा द्विविधायुक्त कुरा हुन्छ । त्यो खेलमा लागेको भए कांग्रेस पनि त्यसैभित्र परेको होला । माओवादी पनि परेको होला ।

    यसलाई यसरी भन्नु भन्दा पनि कुनै पात्रले के गर्‍यो र त्यसले कहाँ समस्या पार्‍यो भनेर हेर्नुपर्छ । यो घटना नहुनुपर्ने हो । तर, भयो । यसका अप्रत्याशित कारण पछि फेला पर्दै जालान् । तर, जसले गरे पनि नेपाली पात्रले नै गरेको हो । जसले जस्तो शक्ति प्रयोग गरे पनि, प्रभावमा पारे पनि सोच्ने दिमाग र निर्णय गर्ने अधिकार त त्यो व्यक्ति र दललाई नै छ नि !

    त्यसैले यो जसले राम्रो वा नराम्रो गरे पनि नेपाली पात्रले गरेको हो । नेपाली पात्रले नै गर्दा यदि उसमा देशभक्तिको भावना छैन, राष्ट्रिय स्वाभीमान भन्ने चिज छैन, अर्काले जसरी गोटी चलायो त्यसरी नै गोटी बनेर हिँड्छ भने त त्यो अर्काको दोषभन्दा आफ्नै नागरिकको दोष र आफ्नै राजनेताको दोष भनेर देख्नुपर्छ ।

    – यसरी गठबन्धन टुट्ला वा प्रचण्डले टुटाउनुहोला भन्ने अनुमान गर्नुभएको थियो ?

    पक्कै पनि थियो नै । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले बोली फेरेपछि हामीले धेरै पटक गठबन्धन टुट्छ भनेर सम्झाएकै हो । अहिलेको अवस्थामा प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्दा राम्रो होला भनेर धेरै पटक शेरबहादुर देउवालाई हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालले भेटेर सम्झाउनुभएको हो ।

    – तर पनि देउवाका अगाडि माधव नेपालको केही लागेन है ?

    होइन, अन्तिम समयमा आएर उहाँहरुले हामी प्रधानमन्त्री दिन सक्दैनौं भनेर बटमलाइन समातिसकेपछि प्रचण्डसँग दुई वटा विकल्प थिए । एउटा, उहाँले हाम्रो पार्टी अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाएर अघि जान सक्ने अवस्था थियो । यो प्रस्ताव त हामीले राख्यौं पनि । प्रचण्ड र देउवा दुवैले यसमा रुचि देखाउनुभएन ।

    तत्कालीन गठबन्धनको मुख्य बाधक शक्तिका रुपमा नेपाली कांग्रेस नै देखिएको हो । स्थानीय तह निर्वाचनदेखि नै कांग्रेसले गठबन्धन भत्किने खालका हर्कत देखाइरहेको थियो ।

    – तेस्रो शक्तिलाई त प्रधानमन्त्री दिन अस्वीकार गरेको बेला तपाईंहरुलाई कसरी स्वीकार्थ्यो ?

    होइन, गठबन्धन जोगाऔं भन्ने हिसाबले यो विकल्प पनि ठिक्कै थियो नि ! हामी के साना, के ठुला सबै दल अल्पमतमा भएकाले यो विकल्पमा पनि जान सकिन्थ्यो । त्यसैले तत्कालीन गठबन्धनको मुख्य बाधक शक्तिका रुपमा नेपाली कांग्रेस नै देखिएको हो । स्थानीय तह निर्वाचनदेखि नै कांग्रेसले गठबन्धन भत्किने खालका हर्कत देखाइरहेको थियो ।

    त्यतिमात्र नभएर तत्कालीन सरकार गठनदेखि सरकारले गर्ने कामसम्मबाट हामी आजित भइसकेका थियौं । तर, पनि गठबन्धन टुट्न दिनुहुँदैन भनेर हामी सहेर बसेकै थियौं । कांग्रेसले त्यस्तो व्यवहार देखाउँदा पनि यस्तो वेला गठबन्धन तोड्नु हुन्थ्यो वा हुँदैन भन्ने कुरा त निकै विचारणीय प्रश्न हो ।

    – अब नेकपा एसको बाटो के हो ?

    अब विश्वासको मत दिनुअघि नै निर्णय हुने कुरामा त शंका नै भएन । विश्वासको मतभन्दा पछाडि जानुपर्ने हो भने त विश्वासको मत नै नदिने दिशातिर गइयो नि ! विश्वासको मत नदिने दिशामा जाँदा पनि हामीले संसदमा यसको कारण खुलाउनुप¥यो नै । नभए सर्मथन जनाउनुप¥यो । त्यसो हुँदा विश्वासको मत दिनुअघि नै निर्णय हुन्छ । हामी बैठक बसेर टुंगो लगाउँछौं ।

    – तपाईंको पार्टीको बटमलाइन के हो यसमा ?

    हाम्रो बटमलाइन पार्टीले जे निर्णय गर्छ त्यही नै हो । एक्लै निर्णय गर्ने कुरा भएन । पार्टी गम्भीर छलफलमा छ । राजनीतिक भविष्यमा भोलि आउन सक्ने संकटको बारेमा र यसका सजिलोपन र अप्ठ्यारापनको बारेमा छलफल गरेर निर्णय लिनुपर्नेछ । निर्णय गर्न सूक्ष्म अध्ययन गर्छौं र धारण बनाउँछौं ।

    – नेकपा एमालेमा समाहित हुनेगरी सरकारमा जान खोजेको हो कि अरु केही ?

    होइन, त्यो कुनै पार्टीसँग जोडिने भन्ने कुरा त अर्को भयो । यो त सरकारसँग सम्बन्धित नै भएन । त्यस्तो समाहित हुने भन्ने हाम्रो पार्टीको कुनै सोच र योजना नै छैन । पार्टीलाई मजबुत बनाएर अघि बढ्ने र आगामी निर्वाचनमा देशका सबै वडा तहसम्म निर्वाचन लड्ने सोचसहित हामी पार्टीलाई अघि बढाउँछौं । सरकारमा जाने भनेको राजनीतिक संस्कृतिको कुरा हो । नेकपा एमालेसँग हाम्रो राजनीतिक संस्कृति सम्पन्न संवाद भएको छैन । राजनीतिक मित्रता छैन । दोषपूर्ण सम्बन्ध छ हाम्रो । यो दोषलाई मेटेर राजनीतिक मित्रतापूर्ण ठाउँमा अलि पहिले नै आइपुगेको भए एउटा सरकारमा बस्न र अरुसँग बस्न सकिन्छ ।

    हाम्रो पार्टीलाई गलाउने कसले ? हामी कसैसँग समाहित हुनुपर्ने किन ? हामी सबैको आ-आफ्नो व्यक्तित्व छ । आआफ्नो स्वाभीमान र आत्मसम्मान छ । सबै संघर्ष गर्दै यो ठाउँसम्म आइपुगेका हौं ।

    त्यसैगरी एमालेसँग पनि बस्न सकिन्छ भन्ने ठाउँबाट जान सकिन्थ्यो । अब घटनाक्रमले कस्तो बनाउँदै जान्छ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई राजनीतिक पार्टीका रुपमा स्वीकार गरिसकेको अवस्था छैन । उसले स्वीकार नगरे पनि यो एउटा राजनीतिक दल हो, यसमा कुनै शंका छैन । सम्पूर्ण कानूनी आधारमा यो राजनीतिक दल नै हो । उसले अस्वीकार गर्नु भनेको उसको आफ्नो प्रकारको एउटा हेपाहा प्रवृत्तिमात्रै हो । त्योभन्दा बढी केही पनि होइन ।

    तर, स्वभावमा र आत्मसम्मानमा ठेस पुग्ने गरी कुनै दल हिँड्छ भने त्यो दलसँग सहकार्य पनि सम्भव छैन । घटनाक्रमले कसरी लिँदै जान्छ, राजनीतिक ढंगको सहकार्य हुन सक्छ । अन्य राजनीति दलसँग । तर, एकताको प्रश्न अलग हो । अहिले त्यस बारेमा हामीले सोचेका छैनौं ।

    – आधिकारिक रुपमा अहिलेका गठबन्धन दल र तिनका नेतासँग छलफल भइरहेको छ कि छैन ?

    छैन । कसैले पार्टी अध्यक्षलाई घरमा भेट्न गयो, घरमा भेट्न नै आएको मान्छेलाई भेट्नुभयो यो एउटा पक्ष भयो । त्यो जसले पनि राजनीति गर्ने व्यक्तिले गर्नैपर्छ । यो सामान्य एक सामाजिक व्यवहार नै हो । आएर कसैले आफ्ना कुरा भन्छन्, त्यो उनीहरुको पार्टीलाई प्रतिनिधित्व गर्नुहुन्छ । उहाँको अभिव्यक्तिले पनि पार्टीको प्रतिनिधित्व गर्छ । त्यसैले पार्टीले निर्णय नगरेसम्म उहाँले पनि केही गर्न सक्नुहुन्न । त्यसैले घरमा आउने जानेलाई उहाँले स्वागत गर्नुहुन्छ, चिया खुवाएर पठाउनुहुन्छ, कुरा पनि सुन्नुहुन्छ । तर, निर्णय गर्ने त पार्टीले हो ।

    – माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर तपाईंको पार्टी एमालेमा विलय गराउने हल्ला छ नि ?

    बजारमा हल्ला कसले कुन ढंगले गर्छ भन्ने मुख्य कुरा हो । यो हल्लाले के बताउँछ भने त्यस्तो हुँदैन छ । हाम्रो पार्टीलाई गलाउने कसले ? हामी कसैसँग समाहित हुनुपर्ने किन ? हामी सबैको आ-आफ्नो व्यक्तित्व छ । आआफ्नो स्वाभीमान र आत्मसम्मान छ । सबै संघर्ष गर्दै यो ठाउँसम्म आइपुगेका हौं । कसैले यस्तो कुरा गरिरहेको छ भने उसले त्यो अलिअलि मिल्ने वातावरण पनि बिगारिरहेको छ भन्ने बुझ्नुपर्छ । त्यसैकारण यो गलत कुरा हो । यो दुई पार्टीको बीचमा सौहार्दपूर्ण सम्बन्ध नबनोस् भनेर चाहनेले गरेको प्रचारमात्रै हो ।

    – अन्तमा केही भन्नुहुन्छ ?

    अहिले देश र राष्ट्रिय राजनीति बडो अस्थिरतातिर धकेलिएको छ । जस्तो खालको पनि सरकार बन्ने लक्षण आइरहेका छन्, यसले मुलुकलाई सही ढंगले निकास दिन सक्छ कि सक्दैन भन्ने प्रत्येकमा शंका छ । नेपाली नागरिकले आज विकास र सुशासन खोजेका छन् । राष्ट्रिय सुरक्षा र यसको प्रत्याभूति खोजेका छन् । आत्मसम्मानको सुरक्षा खोजेका छन् । यसका लागि फेरि पनि जनता एकजुट भएर लाग्नुपर्ने भएको छ ।

  • सुदूरपश्चिममा नेकपा एसको संसदीय दलको नेतामा सोडारी, उपनेतामा रावल चयन

    सुदूरपश्चिममा नेकपा एसको संसदीय दलको नेतामा सोडारी, उपनेतामा रावल चयन

    कैलाली । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टी बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

    सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए । सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत छन् ।

    धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कञ्चनपुर बाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुरा बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्त लाई सचेतक तोकेको छ ।

  • आलोकनगरमा अनेरास्ववियूको बैठक जारी

    आलोकनगरमा अनेरास्ववियूको बैठक जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको बैठक बसेको छ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा अहिले बैठक जारी छ।

    बैठकको एजेन्डाहरू निर्वाचन समीक्षा, संगठन विस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीतिसम्बन्धी अनेरास्ववियूको धारणालगायतको विषयमा छलफल भइरहेको अनेरास्ववियूका उपमहासचिव मिलन राईले बताए।

    बैठक पार्टीका विद्यार्थी इन्चार्ज रामकुमार भट्टराई पनि सहभागी छन्।

  • एमाले ‘ग्रासरुट’ को रुझान- माधव नेपालसँग पार्टीगत एकता प्रयासलाई ‘रेड सिग्नल’

    एमाले ‘ग्रासरुट’ को रुझान- माधव नेपालसँग पार्टीगत एकता प्रयासलाई ‘रेड सिग्नल’

    काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका प्रभावशाली सांसद गोकुल बास्कोटाले बुधबार सांकेतिक रुपमा नेकपा एकीकृत समाजवादीलाई एमालेमा मिसाउने कुराप्रति अरुचि देखाए ।

    बास्कोटा सामाजिक सञ्जालमा प्रतीकात्मक रुपमा लेख्छन्-

    एमाले समाप्त पार्न न्वारानदेखिको बल लाउने, कार्यकर्ता र जनताको कठिन र दृढ एकता, संघर्ष, रगत–पसिना र आँसुले एमालेरुपी पीपल वृक्षमा फेरि पालुवा पलाएपछि निजी लाभका लागि मात्र खुट्टा उचाल्नेहरुदेखि पार्टी नेतृत्व सजग नै होला । भूईं मान्छे र कार्यकर्ताले त अपवादबाहेक के पो बिराउँछन् र !

    बास्कोटाको यो फेसबुक स्टाटस र ट्वीटमा सयौं एमाले कार्यकर्ताले समर्थन जनाउँदै माधव नेपालहरुलाई विनासर्त एमाले प्रवेशबाहेक अरु कुनै पनि बहानामा स्वीकार गर्न नहुने टिप्पणी गरेका छन् ।

    यता शुक्रबार बिहानै उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाललाई राष्ट्रपतिसहित नेकपा एससँग पार्टी एकताको चर्चालाई खारेज गरेका छन् । अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तारमा मात्र सीमित भएको उनको भनाइ छ ।

    नेता ज्ञवालीले संकटका बेला सतिसाल झैं उभिएर पार्टीलाई साथ दिएका नेता-कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नगर्ने भनेर आश्वस्त पारेका छन् ।

    ज्ञवाली लेख्छन्-

    ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।’

    एमालेमा नेकपा एस १० सीटसहित समाहित हुने र माधव नेपाललाई राष्ट्रपति बनाउने अपुष्ट हल्लाले एमालेको ग्रासरुट हल्लिएको छ । प्रचण्डलाई बालकोटमा स्वागत गर्दा उत्साहित भएको एमाले पंक्ति माधव नेपालप्रति अनुदार देखिन्छ ।

    पार्टी फुटाएर हिँडेको १६ महिनामै माधव नेपाल नेतृत्वको नेकपा एसमा रहेका नेताहरुलाई एमालेमै फर्काउने एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुको पहलमा कार्यकर्ता सन्तुष्ट देखिँदैनन् । २४ सीटसहित एमालेबाट बाहिरिएका माधव नेपालसँग आज गठबन्धनको सहयोगमा १० सीट छ ।

    ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काएर नेकपा व्युताउनेसम्मको गृहकार्य भइरहेको कतिपय माओवादी नेताहरुले आन्तरिक छलफलमा बताउने गरेका छन् । तर, प्रचण्ड-माधवको बहुमतबाट झण्डै राजनीतिक कत्लेआम हुनबाट जोगिएको एमाले पंक्ति ‘अब त्यो भूल गर्न हुन्न’ भनेर नेतृत्वलाई सचेत गराइरहेको छ । सूर्य थापाले समेत अब त्यस्तो भूल नहुने बताएका छन् ।

    बुधबार प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा आउन आग्रह गरे । उनी अहिले पार्टीभित्र नेताहरुसँग कसरी अगाडि बढ्ने भन्नेबारेमा आन्तरिक छलफलमा छन् । नेपालले सरकारमा जाने चाहना व्यक्त गरेका छन् ।

    तर, एमालेले प्रचण्डसँग थालेको सहकार्यमा उत्साहित कार्यकर्ता आफ्नै पार्टीका पुराना नेतृत्वलाई पार्टीमा फर्काउन त्यति उत्साहित छैनन् । एमाले नेताहरुले अध्यक्ष नेपाललाई पार्टीमा फर्किन आग्रह गरेका समाचारमा ९० प्रतिशत नकारात्मक प्रतिक्रिया आएका छन् ।

    एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले माधव नेपाल, झलनाथ र वामदेव गौमत गद्दार भएको आरोप लगाएका छन् । माधव नेपालको कारण एमालेले सबै सरकार गुमाएको बिर्सन नहुने तल्लो तहका नेताहरुको भनाइ छ ।

    माधव नेपालको पार्टीले स्थानीय चुनावमा एमालेलाई पराजित गर्न जहाँ जसलाई समर्थन गर्दा हराउन सकिन्छ उसलाई गर्ने भनेर जारी गरेको सर्कुलरप्रति आक्रोश व्यक्त भइरहेका छन् ।

    माधव नेपालको पार्टीको सर्कुलर र एमाले सिध्याउने अभियानका कारण स्थानीय तहमा ८९ पालिकामा झिनो मतले र संसदीय चुनावमा १२/१५ सीट गुमाएको विश्लेषण गरिएको छ ।

    एमाले हराउन केही कसर बाँकी नराखेको समूहलाई ल्याएर केन्द्रमा तत्काललाई १० सीट थपिए पनि तल जिल्लामा त्यसको कुनै अर्थ नहुने काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जु बताउँछन् । तर, एमाले नेतृत्वले माधव नेपाललाई पार्टीमा फर्काएमा प्रतिनिधिसभाको पहिलो दल बन्न सक्छ ।

    अहिले एमालेको ७८ सीट छ । नेकपा एसको १० सीट थपिँदा कांग्रेसको बराबर ८८ सीट हुनेछ । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उसको ८९ बाट एक सीट घटेको हो । एमालेले जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका योगी मण्डल पार्टीमा फर्किन तयार छन् ।

    संसदको पहिलो दलको हैसियतमा पुनः फर्किन एमालेलाई नेकपा एस आवश्यक परेको छ भने नेकपा एसको अस्तित्व रक्षाका लागि एमालेमा फर्किने बाटो खोजिरहेका छन् नेताहरू ।

    वडा अध्यक्षदेखि सांसदसम्म हारेका नेता-कार्यकर्ता नेकपा एसलाई रुचाउँदैनन् । २ मतले हारेका काभ्रेका चन्द्र लामादेखि २०० मतभित्र हारेका महासचिव शंकर पोखरेलसम्मका सयौं नेता-कार्यकर्ता छन् । जसको पराजयमा माधव नेपालको सर्कुलर कारण भएको नेताहरुको ठम्याइ छ ।

    माधव नेपालसँग निरन्तर जनमत ओरालो लागेको देखिन्छ । स्थानीय तह निर्वाचनमा ल्याएको ५ लाख घटेर आमनिर्वाचनमा ३ लाख पनि पुग्न सकेन । मंसिर ४ को आमनिर्वाचनमा ३ लाख मत नपाएर राष्ट्रिय पार्टी बन्न असफल भयो । चुनावको चोट निको नहुँदै नेकपा एसलाई जोड्ने कुरामा कार्यकर्ता पंक्ति उत्साहित नदेखिएको शाही बताउँछन् ।

    सामाजिक सञ्जालमा कार्यकर्ताको ‘रेड सिग्नल’

    एमाले-माओवादी मिलेर सरकार बनाउँदा पार्टी नेतृत्वको उच्च प्रशंसा गर्ने एमालेका अगुवा तहका कार्यकर्ता नै नेकपा एससँग मिल्ने कुरामा पटक्कै उत्साही देखिन्नन् ।

    यसका लागि केही उदाहरण हेरौंः

    एमालेहरु हौसिएर नेकपा एससँग तत्काल एकता गरे साख ध्वस्त हुने भन्दै चितवनका एमाले युवा ऋषिकेश रेग्मी लेख्छन्-

    एमाले हरु धेरै हौसिएर माधव नेपालसँग तत्काल एकता गरे भने एमालेको बचेको साख पनि ध्वस्त हुन्छ । एमाले नेताको बलले भन्दा पनि जनता र इमानदार कार्यकर्ताको अपार मायाले जोगिएको पार्टी हो । त्यसैले जनतालाई नून चाट्ने भेडा नसम्झिँदा राम्रो हुनेछ ।

    अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्षसमेत रहेका युवा प्रकाश पौडेल लेख्छन्-

    पार्टी गठजोडले ठूलो हुने भए गठबन्धनको यो भागाभाग अवस्था हुने थिएन प्रारम्भ नै अफ्ट्यारो हुने भए स्वतन्त्र पार्टी सरकार निर्माणका निम्ति निर्णायक शक्ति बन्ने थिएन । त्यसैले अनावश्यक भावनामा बगेर जनतामा आशाशून्य भएका पात्रहरू पार्टीमा भित्र्याउन आवश्यक छैन । नयाँ सिर्जना भएका नेतालाई परीक्षणको भट्टीमा हाल्नुपर्दछ । त्यसले नै नेकपा एमालेलाई बलियो शक्ति बनाउनेछ ।

    सामाजिक सञ्जालमा सक्रिय बाराका एमाले कार्यकर्ता मनिष प्याकुरेल लेख्छन्-

    आफ्नो पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नै पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट हटाउने, पार्टी फोडेर एमालेलाई चुनावमा हराउने र आफ्नै अस्तित्व धरापमा परेपछि पुनः अवसरवादीहरु लम्पसार परेर पार्टी एकता गरौं भन्दैछन् । यस्ता अवसरवादीलाई एमालेले काँध थाप्नुहुँदैन ।

    रामेछापका एमाले कार्यकर्ता विनोद खड्का लेख्छन्-

    एकल बहुमतबाट लगभग रोक्ने माधव नेपाल हुन् । १००० देखि २५०० तल कति सीट प्रत्यक्षमा एमालेले हारेको छ हिसाबकिताब गरून् । अनि मात्र माधव नेपालको पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल गरौं । तथापि निसर्त एकता हुन्छ भन्ने चाहिं गुमाउनु हुन्न फरक पार्टीमै रहेर चाहिँ यिनलाई सरकारमा ल्याएर शक्ति आर्जन गर्दिने अवसर एमालेले गर्दिनु ठूलो गल्ती हुनेछ ।

    यस्तै नुवाकोटका एमाले कार्यकर्ता तथा युवा संघका नेता सुरेश भण्डारी लेख्छन्-

    माकुनेहरुलाई पार्टीमा भित्र्याएर पार्टी ठूलो बनाउने भन्नु झोलाभरि ढुङ्गा बोकेर तौल बढाउँछु भने जस्तै हो । त्यो अनावश्यक बोझबाहेक केही हुँदैन ।

    ओलीले गल्ती स्वीकारे आत्मलोचना गर्न तयार

    त्यसो त पछिल्लो समय एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै नेकपा एस र एमालेबीच एकता हुनसक्ने चर्चा भइरहेको छ ।

    तर, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा निर्णय नभएको बताउँछन् ।

    एमालेसँग एकता हुने चर्चा चलेपछि उनले भनेका छन्, ‘बजार हल्लाको भ्रममा नपरौं । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । यतिवेला पार्टी सुदृढीकरणको योजना बनाउँदैछौं ।’

    उता नेकपा एसकै नेता गंगालाल तुलाधर एमालेबाट मिलेर अघि बढ्ने प्रस्ताव आएको स्वीकार गर्छन् । तर, एमाले नेतृत्वले गल्ती स्वीकार नगरेसम्म मिल्ने सम्भावना नभएको उनको भनाइ छ ।

    ‘उहाँहरुले विभिन्न माध्यमबाट प्रस्ताव ल्याइराख्नुभएको छ । त्यो सकारात्मक नै हो । तर, पहिलाको गल्ती स्वीकार गरेर आत्मालोचना नगरेसम्म सहकार्य हुने देखिँदैन । त्यही विषयमा पनि हामी तल्लो तहबाट सुझाव मागिरहेका छौं’, नेता तुलाधरले भने ।

    पार्टी एकता गर्नुअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेकोमा गल्ती स्वीकानुपर्ने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट आत्मालोचना गर्न तयार रहेकोसमेत बताए । तर, यस्ता सर्तबाट एमाले पंक्ति झनै उत्तेजित र आक्रोशित बनेको छ ।

  • जुम बैठकमा माधव नेपालको बकपत्र- ओलीजी म त किनारामा बसेर हेर्ने हो भन्दै थिए, लास्टमा बिताइदिए

    जुम बैठकमा माधव नेपालको बकपत्र- ओलीजी म त किनारामा बसेर हेर्ने हो भन्दै थिए, लास्टमा बिताइदिए

    मेरो र शेरबहादुरजीको कुरा हुँदा उहाँले (प्रचण्डलाई प्रधानमन्त्री) मान्नुभएन । पूर्णबहादुर खड्काहरुले मान्नुभयो । ज्ञानेन्द्र कार्कीले मान्नुभएन । त्यसपछि प्रचण्डजी र म छतमा गएर आधा घण्टा कुरा गर्‍यौं । प्रचण्डले भन्नुभयो, ‘अब गठबन्धन टुट्छ । कांग्रेसले मान्दैन । के विकल्प हुन्छ, त्यसबारे सोचौं । तपाईं, म र केपी ओली बसौं’ भन्नुभयो । हामी निस्कियौं ।

    फर्किएपछि हामीले सचिवालय बैठक बोलायौं । साथीहरुलाई सबै कुरा भन्यौं । मैले रवि लामिछानेलाई फोन गरें । आउनुस् भन्दा बालकोट नजिकै पुगें भन्नुभयो । उपेन्द्र यादवजीलाई फोन गरें । आउँछु, प्रचण्डजीलाई पनि बोलाउनुस् भन्नुभयो । त्यसपछि राजेन्द्र लिङ्देनलाई फोन गरें, उहाँ बालकोट पुगिसक्नुभएछ ।

    प्रचण्डजी बालुवाटारबाट निस्किएर आफ्नो घरमा जानुभएछ । त्यहाँ एक घण्टा बस्नुभयो । कतै शेरबहादुरको फोन आउँछ कि भनेर बस्नुभयो । तर, फोन आएन । अनि, केपीले प्रचण्डलाई बोलाउनुभयो । उहाँले बालकोटमा बोलाउँदा प्रचण्डले त्यहाँ त आउँदिनँ भन्नुभएछ । ‘किन नआउने, यहाँ आउँदा के हुन्छ ? आउनुस्’ भन्नुभयो ।

    अनि, मलाई शेरबहादुरले ४ बजे फोन गर्नुभयो । आउनुस्, तपाईंलाई प्रधानमन्त्री बनाऔं, त्यसपछि प्रचण्डजीलाई बनाऔं भन्नुभयो । मैले ‘अब सबै कुरा बिग्रिएपछि केही हुँदैन’ भनें ।

    मैले रवि लामिछानेलाई फोन गरें । आउनुस् भन्दा बालकोट नजिकै पुगें भन्नुभयो । उपेन्द्र यादवजीलाई फोन गरें । आउँछु, प्रचण्डजीलाई पनि बोलाउनुस् भन्नुभयो । त्यसपछि राजेन्द्र लिङ्देनलाई फोन गरें, उहाँ बालकोट पुगिसक्नुभएछ ।

    शेरबहादुर किन ढुक्क भए त ? अघि भर्खर पूर्णबहादुरजी आएका थिए । शेरबहादुर र आरजुको पनि फोन आएको थियो । बसेर कसरी जानुपर्छ भन्ने छलफल गरौं भन्नुभएको थियो । त्यसदिन (१० गते) शेरबहादुरजी ढुक्क हुनुभएको रहेछ ।

    एकजना एमालेका नेता बालुवाटारमा गएर ‘मरिकाटे पनि प्रचण्डलाई प्रधानमन्त्री मान्दैनौं, तपाईं ढुक्क हुनुस्’ भनेका रहेछन् । त्यसपछि बीचमा ३ बजे केपी ओली बालुवाटार पुग्ने भनेर खबर लगेछन् । अनि पो, देउवाजी हामीसँग प्रचण्डको कुरा ‘हुन्न कि हुन्न’ भन्दारहेछन् ।

    उहाँ (देउवा) एमालेहरुको कुराले ढुक्क हुनुभयो । तर, साढे तीन बजिसक्यो । केपीजी आउने छाँटकाँट छैन । ट्राफिकलाई बुझ्न लगाउँदा कोटेश्वर पनि कटेका छैनन् । गौशाला पनि कटेका छैनन् । अनि, ४ बजे मलाई फोन आयो । कुरा सबै बिग्रिसकेको थियो । हस्ताक्षर भएर पनि राष्ट्रपतिकोमा हिँडिसकेका छन् ।

    तुलनात्मक रुपमा अहिलेको चुनौती सामना गर्न प्रचण्डजी ठीक हुनसक्छन् । तर, हामीसँग कुनै सल्लाह भएको थिएन । कसैले सोधेको पनि छैन, खोजेको पनि छैन । हामीले ‘पर्ख र हेर’ को नीति लियौं । ५ बजे राष्ट्रपतिकोमा पुग्दासम्म हामीलाई कसैले खोजेनन् । हामी समर्थनको कागज लिएर राष्ट्रपतिकोमा जानुपर्थ्यो कि बालकोटमा पुग्नुपर्थ्यो कि ? तर, हामी कतै गएनौं ।

    मैले प्रचण्डलाई साँझ फोन गरेर बधाई भनें । उहाँले ‘धन्यवाद’ भन्नुभयो । मलाई रिस उठ्यो, ‘केको धन्यवाद ? सोध्नु खोज्नु छैन । यसरी हुन्छ ?’ भनें । भोलिपल्ट शपथ ग्रहण हुने भयो । कीर्तिपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानमा उहाँसँग भेट भयो ।

    शपथ ग्रहण समारोहमा पुग्दा केपीजी र मसँगै बस्नेमा परियो । कसैले केही कुरा भएन भने, कसैले खासखुस भयो भने । भएको हो, उहाँले सामान्य सञ्चो, बिसञ्चो सोध्नुभयो । उहाँले ‘म त किनारामा बसेर हेर्ने हो’ भन्नुभयो । त्यसो भन्दा छेउमा पूर्वउपराष्ट्रपति परमानन्दजी, बाबुरामजीहरु हुनुहुन्थ्यो ।

    एकजना एमालेका नेता बालुवाटारमा गएर ‘मरिकाटे पनि प्रचण्डलाई प्रधानमन्त्री मान्दैनौं, तपाईं ढुक्क हुनुस्’ भनेका रहेछन् । त्यसपछि बीचमा ३ बजे केपी ओली बालुवाटार पुग्ने भनेर खबर लगेछन् । अनि, पो देउवाजी हामीसँग प्रचण्डको कुरा ‘हुन्न कि हुन्न’ भन्दारहेछन् ।

    पर्सिपल्ट बिहान प्रचण्डजीसँग कुरा भयो । उहाँले निवासमा बोलाउनुभयो । म जान मानिनँ । प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो, म गइनँ । त्यसपछि तेस्रो ठाउँमा बोलाउनुभयो । भेट भयो । मैले धेरैबेर उहाँप्रति असन्तुष्टि राखे ।

    ‘मेरो सरकारलाई समर्थन गर्नुपर्‍यो’ भन्नुभयो । म पार्टीमा सल्लाह गर्छु भनें । त्यसपछि उपेन्द्र यादवजीसँग कुराकानी भयो । नयाँ ढंगले कुरा गरौं । पहिला जसपा, माओवादी र हामी एकता गरौं भन्ने कुरा भएको थियो । चुनावभन्दा पहिला पनि केही संयन्त्र बनाउन सकिन्छ भनेर छलफल गरेका थियौं । त्यही कुरा अहिले पनि गरौं भन्ने छ ।

    विष्णु पौडेलसँग भेट भएको समाचार आएको छ । त्यो समाचारमा सत्यता छैन । उहाँलाई शपथ ग्रहणका बेलामा मात्रै देखेको हो । तर, एमालेका कतिपय कार्यकर्ता मेरोमा आउनुभएको छ । नयाँ ढंगले जाऔं भन्ने कुरा आएको छ ।

    स्वयं राष्ट्रपतिबाट पनि त्यस्तो सन्देश आइरहेको छ । मैले पार्टीका साथीहरुसँग समग्र कुरामा छलफल गरेर जाऔं भनेको छु । केपीजीले मलाई घरमा बोलाउनुभयो भन्ने कुरा सत्य होइन । मेरो घरमा आउनुस्, रातो कार्पेट बिच्छ्याउँछु भनेको कुरा पनि सत्य हैन ।

    यसबीचमा मन्त्री, मन्त्रालय बाँडिएको छ । हामीलाई जानकारी छैन । राष्ट्रपति, उपराष्ट्रपतिको कुरा सुनियो । तर, त्यस्तो केही कुरा आएको छैन । हल्ला त मैले पनि सुनेको छु । तर, ती हल्ला सत्य हैनन् ।

    केपी ओलीसँग कुरा गरौं भन्ने कुरा पनि आएको छ । पुराना कुराले हामीलाई दोषी बनाउन सक्छन् ।

    पर्सिपल्ट बिहान प्रचण्डजीसँग कुरा भयो । उहाँले निवासमा बोलाउनुभयो । म जान मानिनँ । प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो, म गइनँ । त्यसपछि तेस्रो ठाउँमा बोलाउनुभयो । भेट भयो । मैले धेरैबेर उहाँप्रति असन्तुष्टि राखे ।

    विभिन्न किसिमका भागबन्डाका कुरा सुनिएका छन् । हामीसँग कुनै सल्लाह छैन । अहिले कांग्रेसबाट वामपन्थीमा सरकार आउने कुरा सकारात्मक हो । प्रचण्डजी हुनु सकारात्मक हो । भ्रष्टाचारका विरुद्धमा उभिने कुरा हुन्छ भने, विकास निर्माणका काममा लाग्ने कुरा हुन्छ भने त्यसमा सहयोग हुन्छ । हामी सरकारमा रहौं या नरहौं, त्यस्तो कुरामा हामी साथ दिन्छौं । हामीलाई वास्ता गर्दा वा नगर्दा फरक त परिहाल्छ ।

    हामीले सचिवालय बैठकमा कुरा गर्‍यौं, पार्टीलाई बलियो बनाऔं । शक्ति आर्जन गर्दामात्रै सम्मानजनक भूमिका हुँदोरहेछ ।

    हामीसँग थुप्रै योग्य साथीहरु हुनुहुन्छ । तर, कसले कति जिम्मेवारी पालना गर्नुभयो ? समीक्षा गर्नुपर्छ । चार वर्षको समय हामीसँग छ । रविले पार्टी बनाउन सक्छन् भने हामीले किन सक्दैनौं ?

    भनेका छन्, ‘३ जना सांसद पनि टिक्नेवाला छैनन्, राष्ट्रिय मान्यता प्राप्त पार्टी नभएकाले ह्वीप पनि नलाग्ने अवस्था छ’ भनेर हल्ला गरेका छन् । अहिले कानूनी प्रावधान क्लियर छ । हाम्रो पार्टी राष्ट्रिय मान्यता प्राप्त नभए पनि राजनीतिक दलको रुपमा दर्ता भएको छ, ह्वीप लाग्छ । त्यसैले नेता र सचेतकको प्रबन्ध भएको छ ।

    राष्ट्रिय पार्टी हुँदाका केही केही सुविधा, प्रवन्ध पाइएन । तर, ह्वीप लाग्छ । तर, कमजोर पाइला भएका मानिसहरुको बारेमा केही भन्न सकिँदैन । अधिकांश साथीहरुमा पार्टी बनाउन सकिन्छ भन्ने विश्वास छ । तपाईंहरुमा पनि त्यही भावना होला भन्ने लाग्छ ।

    हामी स्थायी कमिटीको बैठक बस्दैछौं । साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्नेछौं । पार्टी बनाउनेछौं । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन् । घनश्याम कमरेड तयार हुनुहुन्छ । भीम रावलले भोलि बसौं भन्नुभएको छ । वामदेव कमरेड तयार हुनुभएको छैन । तर, सकारात्मक हुनुहुन्छ ।

    माओवादीहरुले ‘मिलेर जाऔं’ भनिरहेको, केही एमालेका साथीहरुको भावना राम्रो रहेछ । त्यसो भए पनि उनीहरुले खेल्ने भूमिका र व्यवहारलाई ख्याल गरेर कदम चाल्नुपर्ने आवश्यकता पर्छ । त्यसैले २५ गते संसदको बैठक बोलाइएको छ । त्यसपछि विश्वासको मत लिने काम हुन्छ । प्रचण्डजीले भन्नुभएको छ, ‘विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गरिनेछैन ।’

    अब तपाईंहरुको सुझाव के-के छ, हामी सुन्छौं ।

    (नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीका जनवर्गीय संगठन, उपत्यका र प्रवास कमिटीलाई जुम बैठकमा गरेको सम्बोधनको सम्पादित अंश ।)

  • नेकपा एसका प्रवक्ता भन्छन्- कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन

    नेकपा एसका प्रवक्ता भन्छन्- कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टीसँग एकताको सम्भावनालाई खारेज गरेका छन् । नेकपा एस एमालेमा समाहित हुनेगरी छलफल चलिरहेको बेला प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले बजार हल्लाको भ्रममा नपर्न भनेका छन् ।

    उनले बिहीबार वक्तव्यमार्फत पार्टी सुदृढिकरणको योजना बनाइरहेको भन्दै तत्कामलै पार्टीका बैठकहरु आयोजना हुने बताएका छन् । उनले प्रचण्ड नेतृत्वकाे सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि पार्टीले निर्णय नगरेको प्रष्ट पारेका छन् ।

  • माधव नेपाल आन्तरिक परामर्शमा- प्रचण्ड सरकारलाई समर्थन कि सहभागिताबारे दुई धार

    माधव नेपाल आन्तरिक परामर्शमा- प्रचण्ड सरकारलाई समर्थन कि सहभागिताबारे दुई धार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा आउन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र छलफल थालेका छन् ।

    अध्यक्ष नेपाल सरकारमा सहभागिताबारे केन्द्रीयदेखि जिल्ला तहका नेताहरूसँग भर्चुअल माध्यमबाट सुझाव संकलन गरिरहेको उपमहासचिव गंगालाल तुलाधरले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘हामी अहिले सरकारमा जाने/नजाने कुनै निर्णय गर्दैनौँ । तल्लो तहबाट आएको सुझावको एउटा प्रतिवेदन बनाउँछौँ । पार्टी स्थायी कमिटीले त्यसबारेमा निर्णय गर्छ ।’
    उनले सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने विकल्पबारे पनि छलफल भइरहेको बताए ।’

    जारी भर्चुअल बैठकमा सहभागी अधिकांश नेताहरूले सरकारमा जानुपर्नेमा जोड दिएको अर्का एक नेताले बताए । सरकारमा गएर सम्मानजनक भाग लिनुपर्ने दबाब आएको ती नेताको भनाइ छ ।

  • ओली-नेपालबीच भेट गराउने तयारी, एमाले बन्न सक्छ फेरि सबैभन्दा ठूलो दल

    ओली-नेपालबीच भेट गराउने तयारी, एमाले बन्न सक्छ फेरि सबैभन्दा ठूलो दल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेट गराउन नेताहरू सक्रिय भएका छन् ।

    नेपाल नेतृत्वको नेकपा एसको १० सीटसहित थपेर एमालेलाई प्रतिनिधि सभाको पहिलो दल बनाउनेसम्मको तयारीका साथ नेताहरू वार्तामा छन् । दुवै नेताबीच तत्कालै भेट गराउन पहल भइरहेको छ ।

    उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले माधव नेपालसँग छलफल गरेर दुई नेताबीच वार्ताको पहल गरेका छन् । यसअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए । सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् ।

    अहिले एमालेको ७८ सीट छ । नेकपा एसको १० सीट थपिदा कांग्रेसको बराबर ८८ सीट हुनेछ । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उसको ८९ सीटबाट एक सीट घटेको हो । एमालेले जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका योगी मण्डल पार्टीमा फर्किन तयार छन् ।

    यदि एमालेमा नेकपा एस समाहित भएमा योगीसहित ९० सीटको सबैभन्दा ठूलो दल बन्नेछ भने रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह पनि एमालेमा समाहित हुने सम्भावना छ । संसद्को पहिलो दलको हैसियतमा पुनः फर्किनका लागि एमालेलाई नेकपा एस आवश्यक परेको भने नेकपा एसको अस्तित्व रक्षाका लागि एमालेमा फर्किने बाटो खोजिरहेका छन् नेताहरू ।

    यसअघि माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता हुनसक्ने तर एमालेसँग नहुने भने पनि प्रचण्ड बालकोट गएसँगै परिस्थिति फेरिएको छ । नेकपा एसका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किन चाहन्छन् । सांसद भएकाहरू तत्काल पार्टी एकताभन्दा पहिले सत्ता गठबन्धनमा सहभागी भएर मन्त्री बन्न चाहन्छन् ।

    एमालेमा फर्किएपछि केपी अ‍ोलीको खटनपटनमा मन्त्री बन्न नपाइने भय उनीहरूमा छ । तर सांसद नभएका नेताहरू भने एमालेमा फर्किने सम्मानजनक उपाय खोजिरहेका छन् । उनीहरूले माधव नेपाललाई केपी ओलीसँग वार्ता गरेर टुंगो लगाउन र कुण्ठा तथा इगो नराख्न दबाब दिइरहेका छन् ।

    नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपानेले विनाशर्त एमालेसँग मिल्नुको विकल्प नरहेको बताए । उनले माओवादीसँग एकता गर्ने यसअघिको निर्णयमा आफूले राखेको फरक मतलाई समयले पुष्टि गरेको भन्दै नेताका कुण्ठा र दम्भले एकता रोकिन नहुने बताए ।

    उनले एमालेसँग नमिल्ने हो भने नेकपा एसको कुनै भविष्य नरहेको समेत बताएका छन् ।
    प्रचण्डले आफूलाई नसोधी ओलीसँग मिल्न गएकोमा माधव नेपालले चित्त दुःखाएका थिए । तर प्रचण्डले नेपाललाई आज बिहान भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल एमाले नेतृत्वको गठबन्धनमा सहभागी हुन तयार छन् तर केपी ओलीले पनि आग्रह गरुन् भन्ने चाहन्छन् ।

    नेपालसँग संवाद गरिरहेका एक एमाले नेताले भने–माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने मात्र कुरासँग हाम्रो सरोकार होइन । संख्या उनी नभए पनि पुगेकै छ । तर एमालेलाई सबैभन्दा ठूलो दल बनाउने सन्दर्भमा पार्टी एकताको नाम दिए पनि नदिए पनि उनीहरूलाई एमालेमै फर्काउने कि भन्ने छलफल भने चलेकै छ । केपी ओली र माधव नेपालबीच छलफल भए पछिमात्र यसको टुंगो लाग्छ ।

    ओली र नेपालबीच यसबीचमा सामान्य संवाद भए पनि तत्कालीन नेकपा एमालेमा १० बुँदे सहमति अगाडि मेरियट होटलमा दुई पटक एक्ला एक्लै भएको भेटपछि कुनै राजनीतिक संवाद भएको छैन । एमालेको सरकार ढाल्नका लागि माधव नेपालले २४ जना सांसद लिएर अध्यादेशमार्फत पार्टी फुटाएकोमा ओलीले सधैँ चित्त दुखाउँदै आएका छन् ।

    अर्कातिर माधव नेपाल मान सम्मान चाहने नेता हुन् । उनले बारम्बार आफू अपमान सहन नजन्मिएको बताउने गरेका छन् । उनका प्रायः भाषणमा अपमान भयो,मान पुगेन भन्ने गरेका छन् । आफू नेता हुँ भन्ने कुरा सबैले मानुन् भन्ने नेपालको चाहना व्यक्त हुने गरेको छ । ओलीबाट आफू अपमानित भएको नेपालको गुनासो छ ।

    यदि केपी ओलीले नेपाललाई भेटेर ‘जे भयो भयो,अब मिलौँ’ भन्ने हो भने नेकपा एस एमालेमा समाहित हुन अरू कुनै सैद्धान्तिक व्यवधान नरहेको नेताहरू बताउँछन् । सम्भवतः आज वा भोलिसम्म ओली र नेपालबीच वार्ता हुने संवादमा सक्रिय रहेका एक नेताले बताए ।

  • जाँदाजाँदै श्रममन्त्री कुवँरले सार्वजनिक गरे कार्य प्रगति (सूचीसहित)

    जाँदाजाँदै श्रममन्त्री कुवँरले सार्वजनिक गरे कार्य प्रगति (सूचीसहित)

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले १८३ दिने कार्यकालयमा आफ्नो नेतृत्वमा मन्त्रालयले गरेका कार्यप्रगती सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि अलिहेसम्म गरेका कार्यप्रगति सार्वजनिक गरेका हुन् ।

    मन्त्रीबाट बिदाई हुँदै गर्दा मन्त्री कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा ‌योजना औपचारिक क्षेत्रमा रहेका श्रमिकका लागि मात्र सञ्चालनमा रहेको व्यवस्थालाई विस्तार गरी ठूलो संख्यामा रहेका अनौपचारिक तथा स्वरोजगार क्षेत्र र बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कार्यविधि स्वीकृत गर्नुलाई प्रमुख उपलब्धीमा राखेका छन् ।

    नेपालको श्रम प्रशासनलाई चुस्त दुरूष्त र प्रभावकारी बनाउन थप कार्ययोजना बनाई अघि बढाइएको पनि उनले बताएका छन् । संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी सबै श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी गर्नुलाई पनि उलब्धीमा राखेका छन् । यसवाट श्रम क्षेत्र थप व्यवस्थित हुनेछ मन्त्री कुँवरको आशा छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरको कार्यकालमा सम्पादन भएका कार्यको प्रगति विवरण यस्तो छः

     

  • माधव नेपालको ब्रिफिङ- सल्लाह नगरी प्रचण्ड बालकोट गए, एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न

    माधव नेपालको ब्रिफिङ- सल्लाह नगरी प्रचण्ड बालकोट गए, एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न

    काठमाडौं । सत्ता गठबन्धन टुटेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक जारी छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष नेपालले गठबन्धनको बैठकबारे बिफ्रिङ गरिरहेका छन् ।

    उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग कुनै छलफल नगरी बालकोट भएको बताएका छन् ।

    अध्यक्ष नेपालको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले कुनै सल्लाह नगरी गए त्यसैले हामीले अब प्रतिपक्षमा बस्नु उपयुक्त हुन्छ ।’

    बैठकमा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल र कृष्णबहादुर श्रेष्ठ (किसान)लगायतका नेताहरू छन् ।

    उनीहरुले एमालेसँग यथास्थितिमा कुनै हालतमा मिलेर जान नसक्ने निष्कर्ष निकालेका छन् ।

  • नेकपा एसकी केन्द्रीय सदस्य यमुना भुसालको निधन

    नेकपा एसकी केन्द्रीय सदस्य यमुना भुसालको निधन

    रूपन्देही । नेकपा एसकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ ।

    काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गयराति उनको निधन भएको हो । भुसाल लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ हुन् ।

    यमुना हाँक साप्ताहिकका संस्थापक प्रधान सम्पादक / प्रकाशक शोभाकर धनञ्जय भुसाल (सहिद सरोज शर्मा ) की बहिनीसमेत हुन् ।

  • मुख्यमन्त्री राई भन्छन्- चमत्कारिक अवस्थाबाहेक यही सरकार निरन्तरताको परिदृश्य देख्दैछु

    मुख्यमन्त्री राई भन्छन्- चमत्कारिक अवस्थाबाहेक यही सरकार निरन्तरताको परिदृश्य देख्दैछु

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् ।

    बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षामा उनले गठबन्धनको निरन्तरता हुने बताएका हुन् ।

    ‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भने ।

    कर्मचारी स्थायी सरकार भएको स्मरण गराउँदै उनले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रूपमा लिएको बताए ।

    ‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ भने झैं हामीलाई काम चाहिएको छ’, उनको भनाइ थियो ।

    मुख्यमन्त्री राईले कर्मचारी जागीर खान मात्रका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

    सरकार फेरिने प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्ने भन्दै एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने बताए । आफू नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजनासहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको भोगाई पनि उनले सुनाए ।

    ‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ’, राईले भने, ‘नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने काम छ भने स-सना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन ।’

    साउनयता प्रथम चौमासिकमा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

  • मुख्यमन्त्री छँदै राजेन्द्र पाण्डेले लिए संघीय संसदको शपथ

    मुख्यमन्त्री छँदै राजेन्द्र पाण्डेले लिए संघीय संसदको शपथ

    हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा नगरी संघीय सांसदको शपथ लिएका छन् ।

    ७४ मा प्रदेश सांसद जितेका पाण्डे हाल प्रदेश मुख्यमन्त्री छन् । योपटक धादिङ- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले आज ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग अन्य सांसदसँगै शपथ लिए ।

    प्रदेश सांसदहरूको शपथ हुन अझै केही दिन लाग्ने भएकाले पाण्डे केही दिन दोहोरो भूमिकामा देखिने भएका हुन् ।

    वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने पाण्डेले शुक्रबार राजीनामा दिने बताए । संघीय सांसदको सपथ लिएपछि पनि मुख्यमन्त्रीमा बसिरहेको भन्दै आलोचना भएपछि उनी राजीनामा दिने मुडमा पुगेको बताइएको छ ।

    ‘नेपालको संविधानमा प्रदेशसभा सदस्यबाहेकका व्यक्ति मुख्यमन्त्री बन्न पाउँदैनन् । तर राजीनामा नदिएसम्म के हुन्छ भन्ने विषय स्पष्ट नभएको हुँदा उहाँ नै मुख्यमन्त्री हो’, शर्माले नेपाल प्रेससँग भने ।

    संविधानको धारा १६९ को उपधारा १ (ग) मा प्रदेशसभा सदस्य नरहेमा मुख्यमन्त्री हुन नपाउने व्यवस्था कायम छ । तर, रिक्त भएको अवस्थामा को मुख्यमन्त्री हुने भन्ने अवस्था नदेखिएकोले पाण्डेले राजीनामा नदिएका हुन् ।

    पाण्डेले भने आफूले राजीनामा दिएमा वागमती प्रदेश सरकारबिहनीन हुने भएकोले नयाँ मुख्यमन्त्रीलाई पद हस्तान्तरण गरेर बिदा हुने योजना बनाएको बताएका थिए ।

  • शपथपछि माधवले भने- गठबन्धनमा सरकारबारे छलफल भएको छैन (भिडिओ)

    शपथपछि माधवले भने- गठबन्धनमा सरकारबारे छलफल भएको छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन् ।

    बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताएका हुन् । उनले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने जानकारी दिए ।

    त्यस्तै, राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए । पद बाँडफाँटका विषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ ।

    उनले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षाअनुसार आफू अघि बढ्ने बताए ।

  • प्रभु साहले भेटे झलनाथ खनाल

    प्रभु साहले भेटे झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेट भएको छ ।

    खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो ।

    भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

  • माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

    माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सँगसँगै अस्पताल पुगेका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न बुधबार दुवै जना एकसाथ अस्पताल पुगेका छन् । दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

    सरकार गठनको प्रक्रिया सुरु भइसक्दा माधव नेपाल बिरामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ ।

  • शीतल निवासमा ओली, दाहाल र खनाल सँगै

    शीतल निवासमा ओली, दाहाल र खनाल सँगै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच संवादको तस्बिर सार्वजनिक भएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्री सँगै बसेका थिए । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी भएका थिए । सँगै तीनवटा कुर्सीमा बसेका ओली, दाहाल र खनालबीच कुराकानी भएको हो ।

    ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । लामो समयपछि यी तीन नेताबीच छलफल भएको हो ।

  • कस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था ?

    कस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।

    अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलवारदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो ।

    छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

    पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ । छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

  • नेकपा एसका अध्यक्ष नेपाल अस्पताल भर्ना

    नेकपा एसका अध्यक्ष नेपाल अस्पताल भर्ना

    काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

    अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उपचारको लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

    उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ ।

    संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको नेपालको निजि सचिवालयले जनाएको छ ।

  • नेकपा एसको संसदीय दलमा राजेन्द्र पाण्डे उपनेता, प्रमुख सचेतकमा प्रकाश ज्वाला

    नेकपा एसको संसदीय दलमा राजेन्द्र पाण्डे उपनेता, प्रमुख सचेतकमा प्रकाश ज्वाला

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत हुँदा उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् ।

    संसदीय दलको सोमवार बसेको बैठकले संसदीय राजनीतिका अनुभवी नेताहरूलाई पदाधिकारी चयन गरेको हो । पाण्डे उपनेता हुँदा प्रकाश ज्वाला प्रमुख सचेतक चयन भएका छन् ।

    ज्वालाको संघीय संसदमा तेस्रोपटक जित हो भने यसअघि उनी प्रदेशसभा सदस्य भएका थिए । राष्ट्रिय पार्टी नभए पनि नेकपा एसले संसदीय दलको कार्यालय भने पाउनेछ । पार्टीका पदाधिकारीमध्ये अध्यक्ष माधव नेपालपछि उपाध्यक्षबाट राजेन्द्र पाण्डेमात्र सांसद निर्वाचित भएका छन् ।

    महासचिव डा.बेदुराम भुसाल राष्ट्रियसभा सदस्य छन् भने उपमहासचिवमध्ये प्रकाश ज्वालाले मात्र चुनाव जितेका छन् ।

  • सरकार गठबन्धनकै, यताउति सोच्यौं भने घर न घाटको हुन्छौं: माधव नेपाल

    सरकार गठबन्धनकै, यताउति सोच्यौं भने घर न घाटको हुन्छौं: माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार बनाउने विषयमा दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका छन् ।

    नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि चर्चा उठेकाले दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका हुन् ।

    उनले कसैको पनि बहुमत नआएको स्थितिमा गठबन्धनकै सरकार बन्ने बताए ।‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि व्यापक चर्चाको विषय बनेको छ।’ उनले भने,‘कसैले गैर बामपन्थी सरकारको कुरा उठाउने गरेको छ । त्यो पनि ख्याली पुलाव मात्रै हो । कसैले बामपन्थीको मात्रै सरकार बनाउ भनेर सोचिरहेको छ त्यो पनि अल्मल्याउने कुरा मात्रै हो । त्यसो हुनाले यो कुरालाई सजिलै पत्याउन सक्दैनौ । भएको विश्वास गुमाउने, हुँदै नभएको विश्वास गरेर हामी घर न घाटको हुने त्यस्तो गल्ती हामी गर्न सक्दैनौं । त्यसो हुनाले हामी गठबन्धनलाई कायम राख्नेछौं । ’

    गठबन्धन कायम गर्न गठबन्धन दलका नेताहरुले संगसँगै जाने व्यक्तव्य पनि जारी उनले दावी गरे । सरकार गठनको विषयमा गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै परिस्थितिको सामाना गर्न तयार रहेको बताए ।

    ‘गठबन्धनको सरकार बन्ने आशा गरेका छौं ।  गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार छ भने उनीहरुलाई चाहिएकाे छैन भने जस्तो परिस्थिति आउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं । बजारमा अनेक कुराहरु सुन्ने गरेको छौं त्यसमा सजक हुनुपर्छ ।’ उनले थपे ।

  • नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

    नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

    आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

    समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।