Category: नेकपा एस

  • गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एसले रविनालाई उठाउने

    गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एसले रविनालाई उठाउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार घोषणा गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठकले उपाध्यक्षमा रविना खड्कालाई अघि सार्ने निर्णय गरेको हो ।

    उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गर्दै उमेदवारलाई विजयी बनाउने गरी परिचालित हुन सवै नेता कार्यकर्ता र स्थानीयलाई पार्टीले आव्हान गरेको छ ।

    स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।

  • कीर्तिपुरको मेयरमा शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाउन छलफलमा माओवादी र नेकपा एस

    कीर्तिपुरको मेयरमा शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाउन छलफलमा माओवादी र नेकपा एस

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा कीर्तिपुरको मेयरमा माओवादीलाई सघाउनेगरी छलफल अघि बढेको छ । दुवै दलले आवश्यकताअनुसार सत्तारुढ दलबाहेक विपक्षी दलसँग सहकार्य गर्ने नीति अख्तियार गरेपछि छलफल चलेको हो ।

    मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षको लागि पनि चुनाव हुँदैछ ।

    नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले माओवादीसँग छलफल चलिरहे पनि अहिलेसम्म कुरा नटुंगिएको बताए ।

    उनले भने, ‘हामीले छलफल गरिरहेका छौं । अहिलेसम्म टुंगिएको छैन ।’

    नेपाल प्रेससँग कुरा गर्दै उनले कीर्तिपुर- ४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने बताएका थिए । नेकपा एसले वडा ४ मा रीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    मेयर र वडा १ मा अझै टुंग्याएको छैन । नेकपा एसले मेयरमा सघाउन शर्त राखे पनि माओवादीले तीन पदको उम्मेदवार घोषणा गरिसकेको छ ।

    आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिी मेयरमा प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ अध्यक्ष उम्मेदवार अष्टमान महर्जन र ४ अध्यक्ष उम्मेदवार इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ ।

  • २८ जना प्राविधिक हटाउने निर्णयले पोखरा महानगरमा तनाव, मेयरले बनाएको समिति पनि विवादित

    २८ जना प्राविधिक हटाउने निर्णयले पोखरा महानगरमा तनाव, मेयरले बनाएको समिति पनि विवादित

    पोखरा । कर्मचारीका विषयमा देखिएका समस्यामा सहजीकरण गर्न पोखरा महानगरपालिकाले गठन गरेको समिति विवादित बनेको छ । मेयर धनराज आचार्यले प्रवक्तासमेत रहेका वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाको संयोजकत्वमा ९ सदस्यीय समस्या समाधान समिति बनाएका छन् ।

    मेयर आचार्यको एकल निर्णयले समिति गठन गरिएपछि नेकपा एमालेका जनप्रतिनिधि आन्दोलित छन् । समिति सदस्य राखिएका नेपाली कांग्रेसका वडाध्यक्षले समेत निर्णय अस्वीकार गरेका छन् ।

    मेयरको एकल निर्णयलाई अस्वीकार गर्दै नेकपा एमालेले विशेष नगर सभाको माग गरेको छ । कांग्रेसका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले आफैँले गरेको कार्यपालिका बैठकको निर्णय उल्ट्याउन सदस्य नबस्ने बताए ।

    कात्तिक १५ गते एमालेले बहिष्कार गरेको कार्यपालिका बैठकमा कांग्रेससहितका जनप्रतिनिधिको बहुमतबाट करारका २८ जना प्राविधिक हटाउने निर्णय भएको थियो । लोक सेवाबाट सिफारिस भएर आइसकेपछि सोही पदमा प्राविधिक नराख्न कांग्रेसले दबाब दिँदै आएको छ ।

    एमाले जनप्रतिनिधिले ३७औं कार्यपालिकाको निर्णय खारेज गर्नुपर्ने, सबै करारका कर्मचारीको म्याद पुस मसान्तसम्म थप्नुपर्ने र कर्मचारीको संगठन तथा व्यवस्थापन (ओएनएम) तत्काल बनाउनुपर्ने माग गर्दै कात्तिक २२ गतेदेखि विरोध तथा प्रदर्शन जारी राखेका छन् ।

    एमालेले कात्तिक २५ गते दुई दिने अल्टिमेटम दिएको समय सकिएपछि आन्दोलन झनै चर्काउने तयारी गरेपछि मेयर आचार्यले बुधबार बिहान समस्या समाधान गठन गरेको सार्वजनिक गरेका थिए । तिमिल्सिनाको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल, वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानिया, नगर सभा सदस्यहरू विनोद लामिछाने, रामचन्द्र आचार्य, कृष्णकुमारी पौडेल र डाल्डादेवी भुजेल छन् ।

    समितिलाई ३ दिनभित्र समस्या समाधानको उपाय, सुझाव पेस गर्दै सहजीकरण गर्न मेयर आचार्यले जिम्मेवारी दिएका छन् । तर, मेयरको जिम्मेवारीलाई अस्वीकार गर्दै एमालेले आन्दोलन गरिरहेको छ भने कांग्रेसका वडाध्यक्ष बरालले मेयरको निर्णय मान्य नहुने बताएका छन् ।

    ‘यो खास के हो ? लोकसेवाले स्थायी कर्मचारी पठाएको छ । कार्यपालिकाले करारका २८ कर्मचारी मंसिरदेखि हटाउने निर्णय गरेको छ । अनि यो समिति के को लागि ? हामीले जनतालाई जवाफ दिनु पर्दैन ? समिति गठन पनि सल्लाहले नै गरेको भए हुने,’ बरालले भनेका छन्, ‘दलहरूको सम्बन्ध बिगारेर पर्दा पछाडिबाट राजनीतिक लाभ लिने जुन चेष्टा भएको छ, यसको घोर भर्त्सना गर्दछु । फुटाउ र राज गर भन्ने मानसिकता अब कामयावी हुने छैन । म यो समितिमा नरहेको जानकारी गराउँदछु ।’

    गत वर्षको पुस २९ मा बसेको पोखरा महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले दरबन्दी पूर्तीका लागि लोकसेवासँग सिफारिसका लागि माग गर्ने र करारमा रहेका कर्मचारीको असार मसान्तसम्म ६ महिनाको म्याद थप्ने निर्णय भएको थियो ।

    योसँगै कर्मचारीहरुको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्ने र कनिष्ठका आधारमा करार कर्मचारी हटाउँदै जाने निर्णय २५ औं कार्यपालिका बैठकको थियो ।

  • उपचुनावमा नेकपा एसले गठबन्धन गर्ने, माओवादीलगायतसँग छलफल जारी

    उपचुनावमा नेकपा एसले गठबन्धन गर्ने, माओवादीलगायतसँग छलफल जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ ।

    समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो ।

    पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइनेछ ।

    नेकपा एसले संगठन सुदृढीकरणमा अनुभव तथा योगदान गरेका नेता एवं कार्यकर्तालाई उम्मेदवार सिफारिस गर्न कमिटीलाई निर्देशन दिएको छ । सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने पार्टीले जनाएको छ । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ ।

    आगामी मङ्सिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

    -रासस

  • कीर्तिपुर- ४ मा माओवादीले सघाए मेयरमा उम्मेदवारी नदिने मूडमा नेकपा एस, काठमाडौं- १६ मा के गर्छ ?

    कीर्तिपुर- ४ मा माओवादीले सघाए मेयरमा उम्मेदवारी नदिने मूडमा नेकपा एस, काठमाडौं- १६ मा के गर्छ ?

    काठमाडौं । उपनिर्वाचनमा काठमाडौंमा चुनावी गठबन्धन गर्ने विषयमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गृहकार्य अघि बढाएका छन् ।

    सत्तारुढ कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग आवश्यकताको आधारमा सहकार्य नीति लिएका दुई दलले काठमाडौं जिल्लामा हुने निर्वाचनमा तालमेल गरेर जानेबारे छलफल चलाएका हुन् ।

    काठमाडौं जिल्लामा कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रले मेयरमा प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ मा अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    त्यसो त नेकपा एसले कीर्तिपुर वडा नम्बर ४ मा रीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयर र वडा १ को उम्मेदवार नतोकेर अहिले नेकपा एस माओवादीसँग छलफलमा जुटेको छ । त्यसो त काठमाडौं- १६ मा भने दुई दलले उम्मेदवार टुंगाइसकेका छन् ।

    माओवादीले काठमाडौं- १६ मा दिलीप वन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एसले मीनबहादुर मानन्धरलाई अघि सारेको छ ।

    सत्तारुढ दलबाहेक विपक्षी दलसँग सहकायर्का ढोका खुलै राखेको माओवादी र नेकपा एसले समाजवादी मोर्चामा भएका दलहरुसँग सहकार्यलाई प्राथमिकता राखेका छन् । मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा संलग्न छ । यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने अहिले निक्रिय छ ।

    गएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एसबीच गठबन्धन भएको भए पनि यो निर्वाचन क्षेत्रमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए । कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए। नकर्मीको निधन भएपछि अहिले त्यहाँ उपनिर्वाचन हुँदैछ ।

    गएको निर्वाचनमा एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०८, माओवादीका शिवशरण महर्जनले ४ हजार ९०, एकीकृत समाजवादीका वटुकृष्ण थापाले १ हजार १५३, राप्रपाका जितबहादुर विष्टले ५७२ मत ल्याएका थिए । यहाँ तुलनात्मक रुपमा माओवादी बलियो देखिएको छ ।

    माओवादीले अहिले पनि गएको निर्वाचनमा पराजित महर्जनलाई नै चुनावी मैदानमा उतारेको छ, तर सहकार्यको ढोका खुला राखेर अहिलेसम्म नेकपा एसले मेयर र वडा नम्बर १ को उम्मेदवार टुंग्याएको छैन ।

    नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले कीर्तिपूुर ४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने बताए । नेकपा एसले शर्त राखेको कीर्तिपुर ४ मा गएको निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार उठाएको थिएन, तर महिला वडा सदस्यमा नेकपा एस तेस्रो भएको थियो ।

    गएको निर्वाचनको कीर्तिपुर ४ मा वडाध्यक्षको मत परिणाम

    श्यामकुमार अधिकारी, स्वतन्त्र – १३८०
    राजेन्द्र बानियाँ, कांग्रेस – १०५७
    ईश्वरकुमार बाँस्कोटा, एमाले – २३६
    राजकुमार केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी – ८५
    राकेश बुढाथोकी, माओवादी – ७३

    महिला सदस्यको मत परिणाम

    सुमित्रा थापा, स्वतन्त्र – ९१२
    सविना कुइँकेल, कांग्रेस – ८७५
    रीता खड्का (केसी), एकीकृत समाजवादी – ४२५
    नानीछोरी महर्जन, एमाले – ३१९
    सम्झना तामाङ, माओवादी – १३४

    अहिले नेकपा एसले खड्कालाई नै उम्मेदवार बनाएको छ । नेकपा एसका काठमाडौं जिल्ला अध्यक्ष श्रेष्ठले भने, ‘कीर्तिपुरको विषयमा पनि हामी छलफलमा छौं । वडा ४ मा रीता खड्कालाई उम्मेदवार बनाएका छौं । नगर र वडा १ मा नाम सिफारिस भएर आएको छ । हामी छलफलमा छौं । अहिलेसम्म टुंग्याएका छैनौं ।’

    गएको निर्वाचनको कीर्तिपुर १ को मत परिणाम

    हिरालाल महर्जन, कांग्रेस – ७७८
    हर्ष महर्जन, एमाले – ५८२
    विनोदकुमार महर्जन, माओवादी – २७३
    रोहित महर्जन, एकीकृत समाजवादी – ६३

    उनले माओवादीसँग आज साँझ छलफल रहेकोसमेत बताए । उनले थपे, ‘माओवादीले पनि आफ्नो उम्मेदवार टुंग्याइसकेको छ, तर पनि हामी विपक्षमा रहेका दलहरुसँग पनि छलफलमा छौं । सहकार्यबारेमा आज बेलुका माओवादीसँग छलफल हुँदैछ केही सहमति हुनसक्छ ।’

    गएको चुनावमा माओवादीले तपाईंहरुलाई काठमाडौं १६ मा छाडेको थियो, अहिले पनि माओवादीले छाडे कीर्तिपुरको मेयरमा सघाउँछ भन्ने जिज्ञासामा उनले थपे, ‘कीर्तिपुरको मेयरको सन्दर्भमा हामी छलफलमा छौं । वडा ४ हामी छाड्ने पक्षमा छैनौं । हामी महिला सदस्यमा तेस्रो भएका थियौं । अहिले उहाँलाई नै उम्मेदवार बनाएका छौं । केही जोड गर्दा जित्नसक्ने आधार छ ।’

    वडा ४ मा माओवादीले सहयोग गरे मेयरमा समर्थन गर्नसक्ने उनले बताए । काठमाडौं- १६ मा दुवै पार्टीको उम्मेदवारी तय भइसकेपछि मित्रवत प्रतिस्पर्धा हुनसक्ने उनको बुझाइ छ ।

    माओवादीका केन्द्रीय सदस्य हिमाल शर्मा पनि विपक्षी दलहरुसँग सहकार्यको विषयमा छलफल चलिरहेको बताए ।

    उनले भने, ‘अहिले सामान्य छलफल चलिरहेको छ, अहिलेसम्म कुनै टुंगो लागेको छैन । अघिल्लो चुनावमा काठमाडौं- १६ मा हामीले समाजवादीलाई छाडेका हौं । अहिले एक्लाएक्लै घोषणा भइसकेको छ, दिलीप वन्तलाई हामीले उठाउने निर्णय गरेका छौं ।’

    कीर्तिपुरमा समर्थन लिएर काठमाडौं- १६ नेकपा एसलाई छाड्ने वा कसरी सहकार्य गर्ने भन्ने मोडालिटीबारे सामान्य छलफल चलिरहे पनि मूर्त रुपमा नलिएको उनको भनाइ छ ।

    उनले थपे, ‘अहिलेसम्म त्यस्तो कुनै ठोस र मूर्त केही भएको छैन । पार्टीले मिल्ने ठाउँमा मिल्ने नभए एक्लै लड्ने निर्णय आजमात्रै गरेको छ । अहिले उम्मेदवार छनोट भएको छ, अरु छलफल भएको छैन ।’

    गएको निर्वाचनमा माओवादीले काठमाडौं- १६ मा उम्मेदवारी नदिएको भए पनि नेकपा एसले १ हजार ५८९ मत ल्याएको थियो ।
    काठमाडौं महानगरको सबैभन्दा ठूलोमध्येमा पर्ने यो वडाले शहरी जनमतको ताजा रुझानलाई देखाउनेछ । यहाँ सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्छन् ।

    यहाँ गएको निर्वाचनमा कांग्रेसका मुकुन्द रिजालले ४ हजार १९ मत ल्याएर जितेका थिए । एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१०, नेकपा एसका लक्ष्मण गमालले १ हजार ५८९, राप्रपाकी बिन्दिका गुरुङले ५५७ मत ल्याएका थिए ।

    कांग्रेस-एमाले एक्लाएक्लै लड्ने भए पनि माओवादी र नेकपा एसले काठमाडौंमा मात्रै नभई उपनिर्वाचन हुने सबै क्षेत्रमा तालमेलको सम्भावनाबारे छलफल चलाइरहेको बताइन्छ ।

  • नेकपा एसले काठमाडौं- १६ वडाध्यक्षमा मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाउने

    नेकपा एसले काठमाडौं- १६ वडाध्यक्षमा मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको १६ नम्बर वडामा मीनबहादुर मानन्धरलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

    पार्टीको वडा कमिटी अध्यक्ष लक्ष्मण गमालका अनुसार वडा कमिटीको सिफारिसमा प्रदेश कमिटीले मानन्धरको नाम अनुमोदन गरेको हो ।

    लामो समय एमाले राजनीतिमा संलग्न भई विभाजनमा एकीकृत समाजवादी रोजेका उनी स्थानीयबीच लोकप्रिय रहेको गमालले बताए ।

  • घुस नखाने पार्टी बनाउनुपर्‍यो, सडकमा अराजक पपुलिष्ट बढ्दैछन्: घनश्याम भुसाल (भिडिओ)

    घुस नखाने पार्टी बनाउनुपर्‍यो, सडकमा अराजक पपुलिष्ट बढ्दैछन्: घनश्याम भुसाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने टिप्पणी गरे ।

    उनले भने, ‘हामी कहाँ घुस नखाने व्यक्तिहरु धेरै छन्, तर घुस नखाने पार्टी बनाउनुपर्‍यो। घुस नखानेबित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ । त्यसका लागि तपाईंले साम्राज्यवादसँग लड्नुपर्दछ । आजको लेनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लेनिन होइन, आजको लेनिनलाई पुनः जागृत गर्नुहुन्छ । यदि साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनिन निर्माण हुने थियो, बन्ने क्रम शुरु हुन्छ ।’

    घुस नखाने पार्टी भएमात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने उनको भनाइ छ ।

    महासचिव भुसालले थपे, ‘आजको बोल्सेविक रेभुलुशन शुरु हुन्छ । तसर्थ परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी संकट रेभुलुशन क्राइसेसकै बेला छ । हेर्नुहोला, आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक पपुलिष्ट हुँदै जानेछ । यो बेला एउटा एजेन्डाका साथ क्रान्तिकारी एजेन्डाका साथ एउटा विश्वासिलो सानै पनि टीम सडकमा आयो भने त्यसका लागि हाम्रो भयकंर वस्तुगत स्थिति तयार भएको छ ।’

  • एकीकृत समाजवादीको प्रथम कर्णाली प्रदेश अधिवेशन कात्तिक २६ र २७ मा

    एकीकृत समाजवादीको प्रथम कर्णाली प्रदेश अधिवेशन कात्तिक २६ र २७ मा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन कात्तिक २६ र २७ गते हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने तय भएको छ ।

    सुर्खेतको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको सिद्धार्थ सभागृह, शनि हललाइन वीरेन्द्रनगरमा हुने अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने कर्णाली प्रचार विभाग प्रमुख वसन्तकुमार विश्वकर्माले बताए ।

    प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट भइसकेको उनले बताए ।

    उनका अनुसार सुर्खेतबाट १७, दैलेखबाट ३०, कालीकोटबाट ४१, मुगुबाट ४१, डोल्पाबाट २८, जाजरकोटबाट २९ , रुकुम पश्चिमबाट १८, सल्यानबाट ४९, जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी ३०४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

    पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

    यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशीतर्फ महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने उनले बताए ।

  • नेकपा एस : उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

    नेकपा एस : उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

    पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

    निर्वाचन आयोगले लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

    पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।

  • कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खुल्ला राखेको छ। एक्लै लड्ने तयारी गरेको भनेपनि सरकारमा भएका कांग्रेस एमालेबाहेक विपक्षी दलहरुसँग सहकार्यको विकल्प खुला राखेको हो।

    मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ। पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको उपमहासचिव रामकुमार भट्टराईले बताए।

    उनले भने, ‘हामी अहिले उम्मेदवार चयनको प्रक्रियामा छौं, २५ गतेभित्र भइसक्छ।’ उनले सम्भव भएसम्म धेरै ठाउँमा एक्लै चुनाव लड्ने तयारी गरेपनि आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए।

    उनले थपे, ‘अब स्थानीय तहको निर्वाचन भएपछि कार्यगत एकता गर्ने भएपनि जिल्लाले नै निर्णय गर्छ हामीले सबै जिम्मेवारी तल दिएका छौं। आफ्नो अनुकुल हेरर सरकार विपक्षीहरुसँग गर्नसक्छ।’

    उनले चुनावी गठबन्धनको लागि समाजवादी मोर्चामा भएका दलहरुलाई पहिलो प्राथमितामा राखेको बताए। मोर्चामा नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराया यादव पक्षको नेसपा सहभागी छ।

    उनले भने, ‘हाम्रो पहिलो प्राथमिता मोर्चामा भएका दलहरु नै हो, आवश्यकता हेरेर अन्य दलसँग पनि हुनसक्छ। हामीले सबै अधिकार जिल्लालाई नै दिएका छौं। हामी सत्तामा भएका कांग्रेस एमालेसँग चाहिँ सहकार्य नगर्ने पक्षमा छौं।’

    उनले विपक्षी दलहरुसँग सामान्य छलफल भइरहेपनि कुनै ठोस निर्णय नभएको बताए। नेकपा एसले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ। उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअघिसम्म माओवादीसहित अन्य विपक्षी दलसँग चुनावी गठबन्धन हुनसक्ने बताइन्छ।

    माओवादीले पनि एक्लै लड्ने तयारी गरेपनि स्थानीय तहमा परिस्थिति हेरे सहकार्य गर्ने नीति बनाएको छ। त्यसबारेमा थप निर्णय लिनको लागि भोलि पदाधिकारी बैठक बस्दैछ।

  • कम्युनिष्ट पार्टीमा व्यक्तिवाद हाबी भयो, भ्रष्टाचार पनि बढ्यो : माधव नेपाल (भिडिओ)

    कम्युनिष्ट पार्टीमा व्यक्तिवाद हाबी भयो, भ्रष्टाचार पनि बढ्यो : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गरेका छन्।

    नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टिकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताए।

     

    उनले भने, ‘अब समाजवादी क्रान्तिको चरणमा हामी प्रवेश गरेका छौँ। त्यसअर्थमा समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौँ। त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ रु बहस गरौँ। हामी समाजवादका कुराहरू गरिरहेका छौँ। तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? अरू समाजवादी मुलुकको जस्तो हुँदैन।’

    देशको आफ्नै विशेषतालाई ध्यानमा राखेर समाजवादको आफ्नो मोडेल अघि सार्नुपर्ने बताए।

    उनले भने, ‘कम्युनिष्ट पार्टीले यहाँ अवसरहरू पाएको छ । र भूमिका पनि खेलेको छ । त्याग, तपस्या, बलिदानको कीर्तिमान नै कायम गरेको छ । कीर्तिमान कायम गरेको चिज नै हाम्रो पुँजी पनि हो । तर हिजोआज अहिले चरम रूपमा व्यक्तिवाद हाबी भएको छ । स्वार्थी प्रवृत्ति हाबी भएको छ । मलाई, मपाईँ प्रवृत्ति म भन्ने प्रवृत्ति हाबी भएको छ । मैले के पाएँ भन्ने छ । नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टिकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो ।’

    भ्रष्टाचारका विरुद्धमा जुध्दै जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए।

  • राजनीतिको पूर्वानुमान गर्न सकिँदैन, धेरै बोल्दा बिग्रिन सक्छ : माधव नेपाल

    राजनीतिको पूर्वानुमान गर्न सकिँदैन, धेरै बोल्दा बिग्रिन सक्छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गरेका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताए।

    उनले भने, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’

    उनले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बताए।

    उनले थपे, ‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन। हामीलाई मतलब छ राष्ट्र र जनताको हितको कुराको, भ्रष्टाचारीको उन्मुलन हामीले चाहेका हौँ। रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामीलाई जोड दिएका छौँ।’

  • राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

    राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता गरेका छन् ।

    राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

    भेटमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन शीतलनिवासमा आएको जानकारी दिएका थिए ।

    राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    उनका अनुसार विपक्षी दलका नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

    जवाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

    संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन राष्ट्रपति विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले १०० दिन पूरा गरेकै दिन संसदका विपक्षी दलका नेताहरुले राष्ट्रपति पाैडेल भेट्नुलाई अर्थपूर्ण मानिएकाे छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चासमेत भइरहेकाे बेला राष्ट्रपति पाैडेलसँग विपक्षी दलहरुले भेटेका हुन् ।

    विपक्षी दलहरुले मंगलबारमात्रै सरकारलाई विविध विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।

     

  • प्रधानमन्त्रीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

    प्रधानमन्त्रीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सरेको छ ।

    प्रधानमन्त्री ओलीसहित विपक्षी दलको नेताहरुको कार्यव्यस्तताको कारणले ४ बजेका लागि तय भएको ज्ञापनपत्र बुझाउने कार्यक्रम ८ बजेलाई सारिएको हो ।

    शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले ज्ञापनपत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो ।

    कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ ।

    आज जुम्ला पुगेका प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताएका थिए।

    प्रचण्डले भनेका थिए ‘आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

  • अध्यादेश र पार्टी विभाजन रोक्न नेकपा एसका नेताहरूको दौडधुप, आजको मन्त्रिपरिषदमा पेश होला ?

    अध्यादेश र पार्टी विभाजन रोक्न नेकपा एसका नेताहरूको दौडधुप, आजको मन्त्रिपरिषदमा पेश होला ?

    काठमाडौं । अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज हुने अध्यादेश रोक्न दौडधुपमा लागेका छन् । नेकपा एसका १० मध्ये कम्तीमा ५ सांसदसहित एक तिहाइ केन्द्रीय सदस्य विभाजनको पक्षमा उभिएका छन् ।

    एमाले विभाजनका बेला २० प्रतिशतले पार्टी फुटाउन सक्नेगरी ल्याइएको अध्यादेश संसदमा पेश नभएका कारण अहिले राजनीतिक दलसम्बन्धी ऐनका केही दफा निष्क्रिय छन् । राजनीतिक दलसम्बन्धी विधेयक संसदमा दर्ता भएर पनि पेश हुन सकेको छैन ।

    यसबीचमा जसपाको विभाजन पनि ऐन निष्क्रिय भएका कारण निर्वाचन आयोगको नियमावलीका आधारमा भएको थियो । विभाजनविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमाथिको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

    नेकपा एसका १३४ केन्द्रीय सदस्यहरू पार्टीबाट अलग हुनका लागि एमालेको सम्पर्कमा रहेका छन् । तर, सांसदहरू विभाजित हुन् राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक परेकाले उनीहरूले पटक-पटक प्रधानमन्त्रीसहित एमाले नेताहरूलाई भेटेर दबाब दिइरहेका छन् ।

    प्रधानमन्त्री अध्यादेश ल्याउने पक्षमा रहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा शुरूमा असहमत थिए । उनलाई माधव नेपाल र प्रचण्डले समेत भेटेरै अध्यादेश लयाउन नदिन आग्रह गरेका थिए । तर, देउवासँगको पछिल्लो छलफलपछि उनी पनि सकारात्मक भएको बताइएको छ ।

    अध्यादेशका कारण राजनीतिक दलसम्बन्धी ऐनका कतिपय प्रावधान निष्क्रिय रहेको र त्यसलाई सम्बोधन गर्ने गरी आएको विधेयक पनि लामो समयदेखि राज्य व्यवस्था समितिमा थन्किएकाले सरकारले अध्यादेश ल्याउन लागेको बताइएको छ ।

    संसद अधिवेशन चालू नरहेका बेला सरकारले जरुरी कानून अध्यादेशबाट ल्याउने प्रचलन छ । सोही व्यवस्थाबमोजिम अध्यादेश आउन सक्ने तर यसबारेमा अहिलेसम्म कुनै निर्णय वा जानकारी नभएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

    आजै साँझ मन्त्रिपरिषदको बैठक बस्दैछ । तर, सो बैठकमा पेश हुने वा नहुने टुंगो भने छैन । प्रधानमन्त्रीले चाहेको अवस्थामा सिधै बैठकमा प्रस्ताव भएर राष्ट्रपतिसमक्ष सिफारिस हुन सक्नेछ । आजै मन्त्रिपरिषद् बैठकमा पेश गर्नेगरी अध्यादेशको मस्यौदा भइरहेको चर्चा चलेपछि नेकपा एसका नेताहरूले कांग्रेस नेताहरूमार्फत सो अध्यादेश पारित हुनबाट रोक्न आग्रह गरिरहेका छन् । उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत अध्यादेश आए पनि जारी नगर्न दबाब दिएका छन् ।

    अध्यादेशमा विभाजन भएर बनेको दल ५ वर्षभित्र फेरि विभाजित हुन नपाउने दफा हटाउने वा राष्ट्रिय मान्यता प्राप्त नगरेको दलका सांसदको हैसियत स्वतन्त्र रहने र उनीहरूलाई दलीय ह्वीप नलाग्ने व्यवस्था गर्न लागिएको दाबी नेकपा एसका नेताहरूको छ । यो भएमा आफ्नो दल विभाजन हुने माधव नेपालको चिन्ता रहेको छ ।

    अध्यादेश मस्यौदामा संलग्न स्रोतले भन्यो–राष्ट्रिय मान्यता प्राप्त नभएका दलका सांसदहरुको हैसियतमात्र स्वतन्त्र राख्दा स्थानीय तहका जनप्रतिनिधि विभाजित हुन अप्ठेरो पर्ला भनेर विगतमा एमाले विभाजन गर्दा जुन प्रावधान राखियो त्यहि कपी पेस्ट हुने कुरा पनि छ । त्यसो हुँदा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले विभाजित गर्न पाउँने प्रावधानले एमालेजस्तैगरी नेकपा एसका पनि वडा सदस्यदेखि संघीय सांसदसम्मले दल रोज्न पाउँछन् । यसबाट माधव नेपालसँग केपी ओलीको एउटा बदला पनि हुनेभयो,मुख्य कुरा चाहिँ नेकपा एसका नेताहरुले नै अध्यादेश चाहियो भनेर धर्ना दिएकाले पनि अब सत्ता गठबन्धनमा सहमति भएको छ । सम्भवतः त्यो अध्यादेशबाट नेकपा एस विभाजित भएर नयाँ दल बन्छ,त्यसपछिमात्र एमालेमा फर्किने होलान्

    नेकपा एसका नेता डा. वंशीधर मिश्रले भने एमाले विभाजन गर्नका लागि २० प्रतिशतको प्रावधान राखेर अध्यादेश ल्याउँन हुने, आफूहरूले त्यही प्रक्रियाबाट नेकपा एस विभाजन गर्न किन नपाउने ? भन्ने प्रश्न गरेका छन् । उनले नेकपा एसलगायत कांग्रेस र माओवादीलाई अध्यादेशको विरोध गर्ने वा रोक्ने नैतिक अधिकार नरहेको बताए ।

    अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले असन्तुष्ट सांसदहरूलाई सम्पर्क गरेर विभाजनको पक्षमा नजान आग्रह गरिरहेका छन् । शीर्ष नेताहरूले पार्टी विभाजन रोक्न आन्तरिक र बाह्य दबाब समेत बढाएका छन् ।

    केही दिनअघि निवर्तमान सचिव जीवनराम श्रेष्ठसहितका नेताहरूले विभाजन रोक्न अध्यक्ष माधव नेपाललाई ज्ञापनपत्र बुझाएका थिए ।

  • माधव नेपालको जिकिर- महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ

    माधव नेपालको जिकिर- महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ

    रुपन्देही । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको टिप्पणी गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा सोमबार सम्बोधन गर्दै नेता नेपालले विरोधीहरूले चलाएका अफवाहबाट निराश नहुन आग्रहसहित समाजवादी अभियानलाई साथ दिन देशभरबाट साथ समर्थन भइरहेको दाबी गरे ।

    ‘पदाधिकारीमा आकांक्षी धेरै भएकाले विकल्पमा निर्वाचन भयो, आफ्नै राजीखुसीले प्रक्रियामा भाग लिने र नसकेपछि गलत हल्ला चलाउने गीत गाउने काम भएको छ, यस्ता स्वार्थी व्यक्तिहरू गएपनि पार्टीले सामना गरेर अघि जानुको विकल्प छैन’, उनले भने ।

    कम्युनिष्ट आन्दोलनको इतिहास बचाउनका लागि आफ्नो पार्टी गठन भएको र यसको औचित्य पूरा भइरहेको उनले बताएका छन् ।

    ‘पार्टी गठनको औचित्य पूरा हुँदै गएको छ, जुन उद्देश्यका लागि हामीले पार्टी बनाएका थियौं, त्यो पूरा भइरहेको छ, हामी हल्लाको पछि लागेर हिँड्ने होइन, हाम्रो पार्टीले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा भएको छ’, नेपालले भने ‘पार्टी विलीन हुन लागेको अनर्थ चर्चा हो, एमालेमा विलीन हुने, माओवादीमा विलिन हुने हल्ला चलाइएको छ, त्यो बेकारको हल्ला हो, हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, यो हामीलाई कमजोर बनाउनेहरूको हल्ला हो, आत्मरति हो, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’

    नेता नेपालले अहिले पनि देशका विभिन्न स्थानमा आफ्नो पार्टीमा प्रवेश गरिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका थिए ।

    ‘अन्य प्रदेशमा एमाले, माओवादी, जसपा, राप्रपा छाडेर नेकपा एसमा आउनेक्रम छ, अब यहाँ पनि त्यो अभियानमा लाग्नुस्, लुम्बिनीमा किन कमजोर छ भनेर आत्मसमीक्षा गर्नुहोस्, यति धेरै संख्यामा केन्द्रका नेताहरू हुनुहुन्छ’, उनले भने ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीको हरेक जिम्मेवारीमा रहेका नेताहरूले जनतालाई चित्त बुझाउने काममा अघि बढ्न आग्रह गरे ।

    पार्टीको महाधिवेशनमा पराजित भएकाहरूले अहिले पार्टीविरुद्ध गलत प्रचार गरिरहेको उनको आरोप छ ।

  • प्रेम आले भन्छन्- मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ

    प्रेम आले भन्छन्- मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ

    काठमाडौं । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए ।

    आलेले नेपाल प्रेससँग भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’

    तर, तपाईं एमालेमा जाने तयारी भइरहेको बताइन्छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘जाँदिनँ, जाँदिनँ, एमालेमा कुनै हालतमा गइन्नँ । त्यो पार्टी छाडेर आएको फेरि त्यो पार्टीमा किमार्थ जान्नँ ।’

    उनले आफू एक्लै रहेको भन्दै नेकपा एसका अरु नेताहरूको बारेमा थाहा नभएको बताए ।

    नेकपा एसमा आलेसहित एमालेबाट अलग्गिँदा माधव नेपाललाई काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका नेता यतिबेला असन्तुष्ट छन् ।

    प्रधानमन्त्री केपी ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ । त्यही विषयमा हिजो कांग्रेस सभापति शेरबहादुर देउवासहित एमाले-कांग्रेसको शीर्ष तहमा छलफल भएको बताइन्छ ।

  • सरकारलाई दबाबमा राख्न विपक्षी दल एकैठाउँमा, तीन सदस्यीय कार्यदल गठन

    सरकारलाई दबाबमा राख्न विपक्षी दल एकैठाउँमा, तीन सदस्यीय कार्यदल गठन

    काठमाडौं । विपक्षी दलहरू तीन सदस्यीय कार्यदलले संयन्त्र गठन गरेको छ।

    आज प्रमुख प्रतिपक्षी दलका अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकले तीन दल सदस्यीय कार्यदल बनाएको हो।

    कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेको रास्वपा नेता विराजभक्त श्रेष्ठले बताए।

    कार्यदलले सबै प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिलाई ध्यानाकर्षण बुझाउनको लागि तयार गर्ने कार्यदल सदस्य खनालले बताए।

    उनले भने, ‘५ गते हामीले ध्यानाकर्षणपत्र बुझाउँछौँ पहिलो काम कार्यदलले त्यहाँबाट सुरु गर्छ। त्यसपछि प्रतिपक्षी दलहरुबीच हुने समन्वयको काम निरन्तर गरिराख्छ।’

    आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभए प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानका लागि अगाडि बढ्ने बैठकमा सहमति भएको छ।

  • वामदेवलाई फकाउँदै नेकपा एस, आज निर्णायक वार्ता

    वामदेवलाई फकाउँदै नेकपा एस, आज निर्णायक वार्ता

    काठमाडौं । नेकपा (एस) ले कम्युनिष्ट नेता वामदेव गौतमलाई आफ्नो पार्टीमा ल्याउनका निम्ति आज निर्णायक वार्ता गर्ने भएको छ ।

    पार्टी जिम्मेवारीका निम्ति कार्यविभाजन गर्न गठित कार्यदलको बुधवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । कार्यदल अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठन भएको छ । त्यसमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका सात पदाधिकारी छन् ।

    उक्त पार्टीले बुधवार साँझ नेता गौतमसँग कुराकानी गर्ने निर्णय गरे पनि बिहीबार बिहानसम्म कसैले सम्पर्क नगरेको नेता गौतमले नेपाल प्रेसलाई बताए ।

    ‘म टीकोटालोमा व्यस्त थिएँ, थुप्रै फोन उठाउन पाएको थिएन’, उनले भने, ‘उहाँहरूसँग कुरा गर्नका लागि म जहिले पनि तयार नै छु ।’

    कार्यविभाजनपूर्व पार्टीका असन्तुष्ट नेतासँग पनि बिहीबार नै छलफल गरिने उपाध्यक्ष प्रकाश ज्वालाले बताए । ‘उहाँहरूसँग कुरा टुंगिएपछि उहाँहरूको भावनालाई समेत समेटेर भोलि (शुक्रवार) कार्य विभाजन गर्ने कुरा भयो’, ज्वालाले बताए ।

    २०७७ सालमा पार्टी विभाजनको शृङ्खला शुरु भएपछि पार्टी एकता राष्ट्रिय अभियानका नाममा अलग्गै समूह चलाउँदै आएका नेता वामदेव गौतमलाई नेकपा (एस) ले वरिष्ठ नेताका रूपमा पार्टीमा प्रवेश गर्न आग्रह गर्दै आएको छ ।

    गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखजस्ता विषयमा लिखित प्रतिबद्धता माग गर्दै आएका छन् ।

    ‘उहाँसँग अध्यक्ष र सम्मानित नेताकै तहबाट कुरा हुन्छ’, ज्वालाले भने, ‘अबचाहिँ कुरा मिल्छ भन्ने संकेत पाइएको छ ।’

    गत असारमा १० औँ महाधिवेशन सम्पन्न भएयता पार्टीभित्र चुलिएको विवादका कारण नेकपा (एस) ले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्य विभाजन गर्न सकेको छैन ।

    कार्यविभाजनको विषय पेचिलो बनेपछि पार्टी अध्यक्षकै नेतृत्वमा कार्यदल बनाइएको दुई महिना बितिसक्यो । विभिन्न विभागको गठन, भौगोलिक तथा गैरभौगोलिक कमिटीका इञ्चार्ज, सहइञ्चार्जसहित जनसंगठनका इञ्चार्जहरु तोक्ने काम विवादका कारण रोकिँदै आएको हो ।

    वामदेवको प्राथमिकतामा एस

    गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीले उक्त अभियानले नेकपा (एस) सँग एकता गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

    ‘हामीले धेरै चरणमा कुराकानी गरिसक्यौँ’, उनले भने, ‘केही कुरा मिल्न बाँकी छन् ।’ उनले एकताका विषयमा आफूसँग उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले सीधै कुरा गर्ने गरेको बताए ।

    एसको १० औँ महाधिवेशनमा पूर्ववामदेव समूहका नेतामध्ये हरि पराजुली झलनाथ खनाल र घनश्याम भुसालको पक्षमा उभिएको भन्दै अध्यक्ष नेपालले गौतमले पार्टीमा आएर आफूलाई साथ दिनुपर्ने शर्त राखेको कार्कीले बताए । ‘राजनीतिक र वैचारिक कुरामा वामदेव र झलनाथको कुरा त्यसै पनि मिल्दैन’, कार्कीले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सुनाए ।

    यही कुरा कार्कीले गौतमलाई सुनाउँदा गौतमले अहिले केही नभन्ने प्रतिक्रिया दिएका थिए ।

    ‘पहिला तपाईंहरुभित्रको अन्तर्विरोध मिलाउनुस्, त्यसपछि हामी कुरा गर्न आउँछौँ’ भनी कार्कीले नेपाललाई जवाफ दिएको सुनाए । कार्कीले भने, ‘पार्टीभित्र आ-आफ्नो विचार राख्न सबै स्वतन्त्र हुन्छन्, हामी एसमा गयौँ भने त्यही कुरा गर्छौँ ।’

    विचारका आधारमा एकता, एकतापछि जिम्मेवारीको व्यवस्थापन गरौँ भनी अध्यक्ष नेपाललाई बताएको उनले सुनाए ।

    यससँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिको दृष्टिकोणमा पनि प्रष्टता हुनुपर्ने माग कार्कीले अध्यक्ष नेपालसँग राखेको बताए ।

    ‘तपाईँ प्रचण्ड कमरेडसँग पछि लाग्नुहुन्छ, वामदेव कमरेड उहाँको पछि लाग्नु हुन्नँ’, नेपाललाई सुनाएको भन्दै कार्कीले बताए, ‘मिल्दा पहिलो प्राथमिकता एससँगै हो, त्यसपछि एमालेसँग हो ।’

    नेकपा (एस) मा रहेका पूर्ववामदेव समूह भनी चिनिने पराजुलीबाहेक सबै नेता महाधिवेशनमा अध्यक्ष नेपालको पक्षमा थिए । केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, सावित्रा भुसाल, प्रमेश पोखरेल, माधव पन्त, विश्वमणि सुवेदी, ताज मियाँसहित पूर्ववामदेव पक्षीय नेता अहिले पनि अध्यक्ष नेपालकै समूहमा छन् ।

    अरूसँग पनि वार्ता चल्दैछः कार्की

    कार्कीले पार्टी एकता राष्ट्रिय अभियानले नेकपा ९एमाले० र अशोक राई नेतृत्वको जसपासँग विभिन्न चरणमा वार्ता गरिसकेको बताए । ‘एमालेले मलाई बोलाइरहेको छ, कुराकानी भइरहेको छ’, कार्कीले भने, ‘अन्त जानुहुँदैन, हामीसँगै एकतामा आउनुस् भन्नुभएको छ ।’

    जसपासँग तीन चरणमा कुरा भएको उनले बताए । ‘हामीचाहिँ विचार, दृष्टिकोणमा निकटता र हाम्रा अधिकांश पूर्वसहयोद्धा रहेका कारण समाजवादीलाई प्राथमिकतामा राख्छौं’, उनले भने ।

  • ‘सिधाकुरा’ का पत्रकारद्वयबारे सर्वोच्चले गरेको आदेश पुनरावलोकन गर्न समाजवादी प्रेस संगठनको माग

    ‘सिधाकुरा’ का पत्रकारद्वयबारे सर्वोच्चले गरेको आदेश पुनरावलोकन गर्न समाजवादी प्रेस संगठनको माग

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले सर्वोच्च अदालतले सिधाकुरा अनलाइनका कार्यकारी सम्पादक एवं समाजवादी प्रेस संगठन नेपालका संस्थापक सदस्य नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल एवं सूचनादाता राजकुमार तिमिल्सिनालाई कैद सजाय तोकेको विषयमा आपत्ति जनाएको छ ।

    संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण जनाएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमका कारण अदालतमात्रै हैन, कोही व्यक्ति, समूह वा समुदायको मानहानी हुने कुरा जायय होइन । त्यसमाथि सर्वोच्च अदालतका सम्माननीय न्यायाधीश तथा न्यायाधीशहरुलाई लक्षित गरी तयार पारिएको नक्कली अडियो प्रकरण आफैंमा खेदजनक छ । यद्यपि, त्यस मामिलामा गरिएको कारवाहीको प्रक्रिया र राखिएको नियतले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई गम्भीर रुपमा झस्काएको छ । यो आन्दोलनले सोच्दै नसोचेको बाटोबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अभ्यास भइरहेको यस संगठनको ठहर छ ।’

    नक्कली अडिओ उत्पादक व्यक्तिमाथि हदैसम्मको दण्ड हुनुपर्ने कुरामा विमत्ति नभएपनि पत्रकार आचारसंहिताको अनुगमन गर्नका निम्ति राज्यले स्थापना गरेको निकायलाई समेत नजरअन्दाज गर्दै सिधै सर्वोच्च अदालतले पत्रकारलाई कैद एवं जरिवाना गर्ने कुरा विधिसंगत नभएको संगठनको निचोड छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘संविधानको प्रस्तावनाले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्दै पत्रकारहरूलाई समाचार लेखेकै कारण गरिएको यो कैदको हामी भर्त्सना गर्दछौं । त्यसमाथि ‘माफी मागेमा सात दिनसम्म सजायँ हुने’ जस्तो शव्दको प्रयोग गरी तल्लोस्तरको मोलमालाईमा अदालत उत्रिनु हाम्रो कल्पनाभन्दा बाहिरको विषय हो । हामी सर्वोच्च अदालतलाई आफ्नो त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न जोडदार माग गर्दछौं ।’

  • नेकपा एसमा विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्ज एक साताभित्र टुंगिने

    नेकपा एसमा विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्ज एक साताभित्र टुंगिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन गर्ने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले नेताहरुको कार्यविभाजनको विषमया छलफल गरिरहेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।

    कार्यविभाजनको विषयमा छलफल गर्न आइतबार पनि सात सदस्यीय कार्यदलको बैठक बसेको थियो ।

    उनले भने, ‘नेताहरुको कार्यविभाजनको विषयलाई लिएर कार्यदलले छलफल थालेको छ । हिजो पहिलो बैठक बस्यो । अब एक साताभित्र टुंग्याउने तयारी छ ।’

    असार तेस्रो साता दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न बाँकी छ । पदाधिकारीको निर्वाचन हारेका शीर्ष नेताहरुलाई पनि मिलाएर लानुपर्ने चुनौती छ ।

    यसअघि पदाधिकारीमा रहेका रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडालगायत नेताहरु पराजित भएका छन् ।

    महाधिवेशनपछि असन्तुष्ट सांसदहरु किसान श्रेष्ठदेखि प्रेम आलेसम्म एमालेसँग संवादमा रहेको बताइन्छ । त्यसो त आफूले चुनाव नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत भन्दै त्यस्तालाई धेरै पटक छुट दिन नसकिने अध्यक्ष नेपालले सार्वजनिक रुपमै बताइसकेका छन् ।

    पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरेको आरोप खेपेका नेपाललाई नेताहरुको कार्यविभाजन उस्तै चुनौतीपूर्ण छ । महाधिवेशनमा चिट बाँडेको विषयमा छानबिन गर्ने आश्वासन दिए पनि अहिलेसम्म त्यसबारेमा थप छलफल पार्टीमा भएको छैन ।

    पार्टीका विभाग, आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

    त्यसैले अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्नेछ ।

  • नेताको जिम्मेवारी हेरफेर गर्दै नेकपा एस

    नेताको जिम्मेवारी हेरफेर गर्दै नेकपा एस

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो ।

    महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

    नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ ।

    कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ । नेताहरूको कार्यविभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

  • मेटमणिको अभिव्यक्तिबारे झलनाथलाई माधवको जवाफ- अब त्यसलाई गीत बनाइराख्न आवश्यक छैन

    मेटमणिको अभिव्यक्तिबारे झलनाथलाई माधवको जवाफ- अब त्यसलाई गीत बनाइराख्न आवश्यक छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिको विषयलाई गीत बनाएर हिँड्न आवश्यक नभएको जवाफ फर्काएका छन्।

    नेता खनालले उपमहासचिव एवम् सांसद चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गरेका थिए।

    चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत पोखेका थिए।

    त्यसबारेमा पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्ने प्रष्ट रुपमा भनिसकेपछि त्यसलाई गीत बनाउन आवश्यक छैन।’

  • झाँक्रीलाई संकेत गर्दै माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै हिँड्नेलाई धेरै छुट दिन सकिन्न (भिडिओ)

    झाँक्रीलाई संकेत गर्दै माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै हिँड्नेलाई धेरै छुट दिन सकिन्न (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पछिल्लो सयममा पार्टीप्रति आकर्षण बढेको बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

     

    उनले भने, ‘दर्जनौं चिट बाँडिएको रहेछ, चिटमा नाम भएकाहरू पनि हारेका छन्, नभएकाहरू पनि जितेका छन् । त्यसैले चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेहरूले मम भनौं । त्यसलाई हामी प्रोत्साहन गर्न चाहँदैनौं । पार्टीका केही नेताहरूको अभिव्यक्ति पनि बाहिर आएका छन् । ती अभिव्यक्तिले पनि निकै तरंग पैदा गर्‍यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहोरियोस् भनेर आत्मालोचना पनि गर्नुभएको छ ।’

    उनले आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत भन्दै त्यस्तालाई धेरैपटक छुट दिन नसकिने बताए । उपाध्यक्षमा पराजित भएपछि रामकुमारी झाँक्रीले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोख्दै आइरहेका बेला माधव नेपालले यो अभिव्यक्ति दिएका हुन् ।

  • झलनाथको चेतावनी- पश्चमागी ढंगले संविधान संशोधन गर्न खोजे अर्को जनआन्दोलन निम्तिन्छ (भिडिओ)

    झलनाथको चेतावनी- पश्चमागी ढंगले संविधान संशोधन गर्न खोजे अर्को जनआन्दोलन निम्तिन्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस एमालेले संविधान पश्चमागी ढंगले संशोधन गरे देशमा अर्को जनआन्दोलन निम्तिने चेतावनी दिएका छन् ।
    पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै यो संविधान एउटा सम्झौताको संविधान भएको बताए ।

     

    उनले भने, ‘संविधानभित्र पूँजीवाद पनि छ, समाजवाद पनि छ । यो संविधानमा रहेका समाजवादी पक्षधरलाई कसैले तलमाथि गर्छ भने हामी त्यसकाविरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौँ । यो संविधानको रक्षाको लागि । केही काम नलाग्ने कुरा पनि छ । तर, संविधानलाई संशोधन गर्नुपर्छ भनेर ठूला पार्टीहरूले चलाइरहेका छन् । संविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुराहरूलाई पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिन्छ भने त्यसमा यो देशमा अर्को जनआन्दोलन निम्याउँछ । दुई ठूला पार्टीहरुले आशा नगरेपनि हुन्छ ।’

    उनले संविधानको रक्षाको लागि जस्तोसुकै मुल्य चुकाउन पनि आफूहरु तयार रहेको बताए ।

  • घनश्याम भुसालको दाबी- माओवादी हरेक दिन कमजोर बन्दै जान्छ, कुनै प्रयोग काम लाग्दैन (भिडिओ)

    घनश्याम भुसालको दाबी- माओवादी हरेक दिन कमजोर बन्दै जान्छ, कुनै प्रयोग काम लाग्दैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने बताए ।

     

    उनले भने, ‘माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ । हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ ।’

    उनले कांग्रेस आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिए ।

    महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गरे ।

    उनले भने, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् ।

    नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए ।

  • ओलीको कारणले एमालेका नेताहरूको ज्ञान सत्यानाश हुँदैछ : घनश्याम भुसाल

    ओलीको कारणले एमालेका नेताहरूको ज्ञान सत्यानाश हुँदैछ : घनश्याम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल नेकपा एमालेबाट अब कुनै क्रान्तिको सम्भावना नभएको टिप्पणी गरेका छन्।

    पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा केपी ओली प्रवृत्ति हाबी भएको बताए।

    उनले भने, ‘व्यक्तिगत रूपमा कमरेड ओलीप्रति मेरो सम्मान छ। तर, उहाँको कारणले एमालेभित्र रहेका सार कमरेडहरूको क्षमता ज्ञान, चेतना, साहस, हिम्मत, प्रतिबद्धता सारा सत्यानाश हुनेवाला छ। एमाले त्यो बाटोमा हिँडिरहेको छ।’

  • नेता-कार्यकर्तालाई राजेन्द्र पाण्डेको निर्देशन : उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ, एकताबद्ध भएर लाग्नुस्

    नेता-कार्यकर्तालाई राजेन्द्र पाण्डेको निर्देशन : उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ, एकताबद्ध भएर लाग्नुस्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्ने भएका छन्।

    पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै चुनावलाई सफल बनाउन लाग्न निर्देशन दिए ।

    उनले भने, ‘मंसिरको १६ गते उपनिर्वाचन हुँदैछ । ३९ सीटमा प्रमुखदेखि वडाध्यक्षसम्मको पद खाली छन्। ती खाली पदमा हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीको भविष्य तय गर्छ, कमसेकम केही क्षेत्रमा हामीले जितेर देखाउनुपर्छ। यो चुनावी अभियानमा सफल बनाउन लाग्नुस् ।’

    उनले महाधिवेशनमा चुनाव भए पनि अब सबै एकजुट भएर पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

    उनले भने, ‘निर्वाचनमा चिट बाँडियो म त्यसको पक्षमा छैन। तर, ३४४ जनाले १०५ जनालाई कसरी चिनेर भोट हाल्ने त्यो फर्मुला खोजौँ न। त्यो आफ्नो खुसीले बनाएका थिए। त्यसैले अब यो नेगेटिभ कुरा नगरौँ। एकताबद्ध बनौँ ।’

  • अनेरास्ववियूले संविधान पढेर मनायो संविधान दिवस

    अनेरास्ववियूले संविधान पढेर मनायो संविधान दिवस

    काठमाडौं । नेकपा एसनिकट अनेरास्ववियूले संविधान दिवस मनाएको छ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा संविधान वाचन गरेर अनेरास्ववियूले दिवस मनाएको हो ।

    अखिलको पाटन सयुंक्त क्याम्पस कमिटीको आयोजनामा राखिएको कार्यक्रममा अनेरास्ववियूकी अध्यक्ष आरती लामाले नेपालको संविधान-२०७२ नेपाली जनताको दशकौंदेखिको संघर्ष र बलिदानीको उपज भएको बताइन् । लामाले संविधान सबैको साझा दस्तावेज भएको बताउँदै यसको व्यवहारीक कार्यान्वयनको पक्ष अहिलेको अवस्थामा प्रमुख विषय भएको उल्लेख गरिन् ।

    अध्यक्ष लामाले संविधानको धारा ३१ मा मौलिक हकको रूपमा उल्लेख गरिएको शिक्षासम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

    संविधान वाचन कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपाने, मिलन राईसहित नेता सुमन कार्की, सन्तोष महर्जन, समीर गौतम, मनिषा अधिकारी, एन्जिस प्रसाइँ र एटम विद्रोही उपस्थिति थिए ।

    कार्यक्रम क्याम्पस कमिटी अध्यक्षता मोहन बुढाको अध्यक्षतामा गरिएको थियो ।

  • पत्रकार महासंघको सदस्य विवरणमा समाजवादी प्रेस संगठनको आपत्ति

    पत्रकार महासंघको सदस्य विवरणमा समाजवादी प्रेस संगठनको आपत्ति

    काठमाडौं । नेकपा एसनिकट पत्रकारहरूको संस्था समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघद्वारा हालै सार्वजनिक सदस्यको नामावलीप्रति आपत्ति जनाएको छ ।

    असोज १२ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत सार्वजनिक गरिएको सदस्यता नामावलीमा फेरि पनि विगतमा झैं गलत नियतका साथ नाम हटाउने र थप्ने काम भएको सो संगठनले जनाएको छ ।

    महासचिव रामकुमार एलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ’ ‘शुद्धीकरणलाई ‘स्वार्थकरण’ गर्दै पत्रकार महासंघको इतिहास, गरिमा र आदर्शमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ । हाम्रो संगठन यस्तोखाले शुद्धीकरणको पक्षमा छैन ।’

    ३ बुँदे माग अघि सार्दै असोज १२ को चुनाव असफल पार्न महासंघका प्रदेश र जिल्ला शाखामा तालाबन्दी मातहतका कमिटीलाई निर्देशनसमेत दिइएको छ ।

    संगठनले सारेका मागहरू यसप्रकार छन्-

    १. सदस्यता शुद्धीकरणको प्रक्रियालाई आगामी कार्यकालको कार्यभारका रुपमा परिभाषित गर्दै तत्कालका लागि स्थगित गरियोस् र २०७७ चैत मसान्तसम्म सदस्य रहेका पत्रकारलाई नवीकरणको समय तोकियोस् । त्यसक्रममा जिल्लामा सर्वसम्मत भएर गएका नामलाई प्रदेशले स्वीकृति र केन्द्रले अभिलेखित गरोस् ।

    २. नयाँ सदस्यको हकमा पनि जिल्लामा सर्वसम्मत भएका, उपत्यकाको हकमा रसिदसमेत काटिसकेका पत्रकारलाई मतदाता कायम गरियोस् ।

    ३. यो प्रक्रियाका लागि आवश्यक समय छुट्टयाएर महासंघको नयाँ निर्वाचन मिति अबिलम्ब तोकियोस् ।

  • मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग (भिडिओ)

    मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

     

    प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।

    त्यसबारे सांसद ढकालले प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानविरोधी र गैरजिम्मेवारपूर्ण भएको बताए ।

    उनले भने, ‘त्यस्ता अभिव्यक्ति राष्ट्रघाती र संविधानविरोधी हो । देशद्रोही कुरा हो । यस्ता अभिव्यक्ति दिनेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’

  • मेटमणिले स्पष्टीकरण बुझाए, पार्टीले सचेतमात्र गराउने

    मेटमणिले स्पष्टीकरण बुझाए, पार्टीले सचेतमात्र गराउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरी पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।

    लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका चौधरीले पार्टी महासचिव घनश्याम भुसालले सोधेको स्पष्टीकरणको जवाफ फर्काएका हुन् । आफू राष्ट्रियताको बारेमा प्रष्ट रहेको भन्दै जवाफ आएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

    उनले भने, ‘मैले त्यो मनसायले भनेको होइन । केपी ओलीले महाकाली सन्धि गर्दा सीमाना नछुट्याएकाले महाकालीलाई सीमा मानेको छ तर रेखाङ्कन नगरेको हुनाले यो समस्या मैले प्रष्ट पार्न खोजेको थिएँ । यो भारतको भूमि हो भन्न मैले खोजेको होइन । म राष्ट्रियताको बारेमा कहिल्यै सम्झौता पनि गर्दिनँ भनेर पत्र बुझाउनुभएको छ ।’

    पार्टीले मौखिमरूपमा सचेत गराएपनि कारवाही नगर्ने उनको भनाइ छ ।

    उनले थपे, ‘पार्टीले कारवाही गर्दैन उहाँले आफ्नो धारणा प्रष्ट पारिसक्नुभएको छ । यो विषयमा कारवाही गरिहाल्नु पर्ने विषय होइन । उहाँलाई अब पार्टीको बैठकमा बोल्दा ख्याल गर्नुस् भनेर मौखिक रुपमा सचेत गराइन्छ ।’

    त्यसो त २०७७ चुच्चे नक्साको विरोध गर्दा तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो । त्यसबेलामा सांसद रहेकी गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभिएका थिइन् ।

  • लिपुलेक भारतको हो भन्दा जसपाकी सरिता गिरीको सांसद पद गुम्यो, नेकपा एसले मेटमणिलाई के गर्छ ?

    लिपुलेक भारतको हो भन्दा जसपाकी सरिता गिरीको सांसद पद गुम्यो, नेकपा एसले मेटमणिलाई के गर्छ ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मेटमणि चौधरी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि विवादमा फसेका छन्।

    भदौ २५ गते प्राइम टिभी ऋषि धमलासँग दिएको अन्तर्वार्तामा चौधरीले महाकाली सन्धिपछि भारतले कालापानी क्षेत्रमा आफ्नो दाबी गर्न थालेको दाबी गरेका छन्।

    उनले अन्तर्वार्तामा यसो भनेका थिए-

    महाकाली सन्धिपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो । आज चुच्चे नक्सा निकाल्यो, पहिलो नदी बेच्ने, त्यसैको कारणले भारतले लिपुलेक, लिपुलेक र कालापानी भारतले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्दा दाबी पुग्छ उसको। दाबी पुग्छ, लिन पाउँछ उसले। त्यो भूमिका कसले निर्माण गर्‍यो ? त्यसो भए आज तपाईँले लिम्यिाधुरा, लिपुलेक र कालापानी भारत हो भनेर घोषणा गर्नुहुन्छ भनेर धमलाले सोधेपछि चौधरीले थपे, भारतको हो नि। त्यो चुच्चे नक्सा मेरो देशको भन्न मिल्छ। यस्तो फाटाहागिरिकाम कसैले गर्नु हुँदैन । म अहिले पनि भन्छु त्यसबेला नेकपा एमालेको भूमिकामा गल्ती थियो। कोशी र गण्डकी नदी बेच्ने काम भयो। यसमा हाम्रो र कम्युनिष्ट पार्टीको भूमिका थिएन। पछिल्लो महाकाली सन्धि गर्दाखेरि त्यो भूमि अहिले भारतले दाबी गरिरहेको छ। उसको दाबी पुग्छ। तर, आज मान्छेलाई भ्रमित पार्ने काम भइरहेको छ। मान्छेलाई बेवकुफ बनाउनको लागि चुच्चे नक्सा ।

    यो विवादित अभिव्यक्ति दिएपछि चौधरीले महासचिव घनश्याम भुसालले चौधरीलाई ३ दिने स्पष्टीकरण सोधेका छन्।

    स्पष्टीकरण भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ। त्यस विपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो।’

    चौधरीले राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरणको जवाफ आइसकेपछि कारबाही प्रक्रिया अघि बढ्ने सम्मानित नेता झलनाथ खनालले बताए।

    त्यसबारे उनले नेपाल प्रेससँग भने, पार्टीले स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण आउनासाथ के जवाफ हुन्छ त्यसको आधारमा कारबाही हुन्छ।

    उनले उपमहासचिव चौधरीको गैरजिम्मेवारपूर्ण, मुलुकको पहिचान, भावना र राष्ट्रिय हितका विपरीत अभिव्यक्ति भएको बताए। पार्टी पदाधिकारीबाट राष्ट्र हित विपरीतको अभिव्यक्ति आएकाले स्पष्टीकरणको जवाफको आधारमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।

    त्यसो त २०७७ चुच्चे नक्साको विरोध गर्दा तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो।

    त्यसबेलामा सांसद रहेकी गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभिएका थिइन्।

    अहिले नेकपा एसका चौधरीले पनि चुच्चे नक्साको विरोध गर्दै भारतकै हो भन्ने अभिव्यक्ति दिएपछि पार्टीभित्र कारबाही गर्नुपर्ने आवाज उठेको छ। यद्यपि, अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूले स्पष्टीकरणको जवाफ आएपछि निर्णय गर्ने नेताहरूलाई बताउँदै आइरहेका छन्।

  • अहिले हामी प्रतिपक्षमा छौं, पूर्वप्रधानमन्त्रीले केही गर्न सक्दैन : माधव नेपाल (भिडिओ)

    अहिले हामी प्रतिपक्षमा छौं, पूर्वप्रधानमन्त्रीले केही गर्न सक्दैन : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदी किनारका बस्ती हटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न आफूहरुले सरकारलाई दबाब बढाइरहेको बताएका छन् ।

    यसबारे उत्पन्न परिस्थितिबारे आयोजित अन्तरक्रियामा बोल्दै सबैतिरबाट आफूहरुले अदालतको निर्णयविरुद्ध दबाब बढाइरहेको बताए ।

    उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं, सबै उस्तै नभन्नुस् है पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीले केही गर्न सक्दैन । कराउन चाहिँ सक्छ । गर्ने काम चाहिँ भनेको मुख्य मान्छेले नै हो । जस्तो बंगलादेशमा मुख्य मान्छे को शेख हसिना, अरु त होइनन् नि ? शेख हसिना र त्यो पार्टीसँग नै जनताको गुनासो रह्यो । त्यसैले अदालतको निर्णयलाई सरकारले पुनरावलोकनको लागि जान सक्छ । न्यापालिकालाई कानून व्यउवसायी र पीडितले पनि आफ्नो कुरा राख्नुपर्छ ।’

    उनले न्यायपालिकाले जनतालाई न्याय दिने विश्वास व्यक्त गरे ।

  • सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर

    सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् गरेको निष्कर्ष निकालेको छ ।

    पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा सम्वाद गर्दै दबाबमूलक कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको नेकपा एसले जनाएको छ । पीडितसँग तत्काल अन्तरक्रिया गर्न भनिएको आफूलाई भेट्न आएका उपत्यकाका नेताको प्रतिनिधिमण्डललाई अध्यक्ष माधव नेपालले बताएका छन् ।

    काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका अध्यक्ष श्याम बस्नेत र ललितपुरका हरिकृष्ण थापा नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे नेताहरू गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसाललाई भेटेका थिए ।

    प्रतिनिधिमण्डलमा बागमतीका सांसद पनि उपस्थित थिए । योबारे आफ्नो औपचारिका धारणा सार्वजनिक गर्न भोलि अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।