Category: राप्रपा

  • राजेन्द्र लिङ्देनको प्रश्न: प्रधानमन्त्री भएको सय दिन नपुग्दै व्यापारीसँग जग्गा लिनु भ्रष्टाचार हो कि होइन ?

    राजेन्द्र लिङ्देनको प्रश्न: प्रधानमन्त्री भएको सय दिन नपुग्दै व्यापारीसँग जग्गा लिनु भ्रष्टाचार हो कि होइन ?

    रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएको एक सय दिन नपुग्दै व्यापारीसँग जगा लिनु भ्रष्टाचार हो कि होइन भनेर प्रश्न  गरेका छन् ।

    लिङ्देनले आफ्नो पार्टीले विगतदेखि नै सुशासन र भ्रष्टाचारका विरूद्धमा उठाएका मुद्दाहरुमा प्रमाणित भइसकेको बताए । भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा विगतदेखि नै आफूहरुले उठाउँदै आएका सवालहरुमा कहिल्यै नचुकेको उल्लेख गर्दै उनले मुलुकमा अब राप्रपाको विकल्प नभएको दावी गरे ।

    राप्रपाको भातृ संगठन प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न आज पश्चिम नवलपरासी पुगेका लिङ्देनले पुराना दलको विकल्प खोज्नुपर्ने बेला आएको उल्लेख गर्दै नयाँ भनिएका दलपनि काठमाडौंमै रुमलिएको बताए ।

    ‘हामीले भन्दै आएका थियौँ भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह हो ,हामी सरकारमा पनि केही समय रह्यौ यहाँ सम्म आईपुग्दा एक रुपैयाँको भ्रष्टाचार गरेनौ,बोलेमा कुरा ब्यवहारमा पनि प्रमाणित गर्यौ,यसर्थ हामीले बोलेका कुराहरु जनतामाझ प्रमाणित भइसक्यो’अध्यक्ष लिङ्देनले भने ।

    मुलुक निर्माणका सन्दर्भमा विकास निर्माणको दुरदर्शिताका सन्दर्भमा ,सनातन हिन्दुराष्ट्र,राष्ट्र र राष्ट्रियताको सवालमा राप्रपाबाहेक अब कुन दल बाँकी रह्यो भन्ने कुरा जनताले गहिरो गरि सोच्नुपर्ने बेला आएको लिङ्देनले बताए । लाखौं युवा शक्ति बिदेशिनु पर्ने अवस्थाका कारण गाउँ रित्तिएको भन्दै उनले युवा पलायन रोक्नु पर्नेमा समेत जोड दिए ।

    अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राप्रपा उपाध्यक्ष एवं पूर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधान,राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय लगायतले राष्ट्रियताका मुद्दाहरुमा राप्रपा दृढ भएर अघि बढ्ने बताए ।अधिवेशनले बासुदेव खनालको अध्यक्षतामा २३ सदस्य कार्यसमिति सर्वसम्मत गरेको छ ।

  • राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा (भिडिओ)

    राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।

    तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै लिङदेनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए ।

    अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे ।

    अध्यक्ष लिङदेनले भने, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ? देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु-नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’

    अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।

  • पूर्वराजाको भुटान भ्रमण ऐतिहासिक, परिणाम भविष्यमा देखिँदै जानेछन्ः राजेन्द्र लिङदेन

    पूर्वराजाको भुटान भ्रमण ऐतिहासिक, परिणाम भविष्यमा देखिँदै जानेछन्ः राजेन्द्र लिङदेन

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हालै ४ दिन लामो भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । यो भ्रमणमा भुटानले शाहलाई अघोषितरूपमा ‘राजकीय सम्मान’ नै दिएको राजावादीहरूको दावी छ ।

    नेपाल र भुटानबीच पछिल्लो समय कुटनीतिक सम्बन्ध खासै प्रगाढ छैन । भुटानी शरणार्थी समस्याले गर्दा दक्षिण एसियाका दुई राष्ट्रको सम्बन्ध चिसिएको थियो । सम्बन्ध सुधारका लागि दुवैले देशबाट कुनै पनि ठोस पहल भएको पाइँदैन । दुवै देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान ठप्पप्राय छ । यस्तोमा भुटानले महत्व दिएर पूर्वराजालाई निम्त्याउनु र राजपरिवारले न्यानो आतिथ्य प्रदान गर्नुलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ ।

    पूर्वराजाको यो भ्रमणलाई मुलधारका राजनीतिक दल र नेताहरूले खासै चासो दिएका छैनन् । यद्यपि, राजावादी शक्ति र घटकहरु निकै उत्साहित देखिन्छन् । उनीहरूले भुटानमा नेपालका पूर्वराजाले उच्च सम्मान पाएको भन्दै यसले पनि राजसंस्थाको औचित्य पुष्टि हुने बताइरहेका छन् ।

    देशको प्रमुख राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पूर्वराजाको यो भ्रमणले दूरगामी अर्थ राख्ने बताउँछन् । उनले नेपालको राजसंस्थाले अन्तर्राष्ट्रिय समुदायमा कति महत्व राख्छ भन्ने प्रष्ट भएको दावी गरे ।

    नेपाल प्रेससँग कुरा गर्दै लिङदेनले भने, ‘यो भ्रमण आफैंमा ऐतिहासिक र दूरगामी महत्वको हो । दलहरूले नजरअन्दाज गर्न खोजे पनि नेपालमा राजसंस्थाको महत्व र आवश्यकता दिनानुदिन बढिरहेको छ । छिमेकीहरूले समेत नेपालमा राजसंस्थाको अभाव महसुस गर्न थालेको अर्थमा यसलाई लिन सकिन्छ ।’

    लिङदेनसँग गरिएको थप प्रश्नोत्तर

    – भुटान भारतको सामरिक एवं कुटनीतिक नियन्त्रणमा रहेको राष्ट्र हो । त्यहाँको कुटनीति सैद्धान्तिकरूपमा भारतले नै चलाउँछ । भुटानले भारतको जानकारी विना नेपालका पूर्वराजाको भ्रमण चाँजोपाँजो मिलाएको होला ?

    भारतको जानकारीविना यो भ्रमण सम्भव छैन । भुटानको परराष्ट्र मामला भारतले हेर्छ भन्ने सार्वजनिक विषय नै हो । भुटानको राजाले औपचारिकरूपमा नै नेपालका राजालाई निमन्त्रणा गर्नु, त्यसप्रकारको राजकीय सम्मान र स्वागत हुनु एवं राजाको भ्रमण हेर्न परराष्ट्रमन्त्रीलाई नै तोक्नु, यो सबै भारतको जानकारी र सम्मतिबिना भयो होला भनेर भन्न सकिन्न ।

    – भारतकै चाहना र योजनामा यो भ्रमणको तारतम्य मिलाइएको पनि हुन सक्छ ?

    अनुमान त जे लगाए पनि हुन्छ । तर, भारतको जानकारी र स्वीकृतिविना यो भ्रमण सम्भव भयो होला भन्ने लाग्दैन ।

    – पूर्वराजा बारम्बार भारत भ्रमणमा पनि जाने गर्नुभएको छ । त्यहाँ पनि राम्रै स्वागत र सम्मान पाएको देखिन्छ । के उहाँले राजसंस्था पुनर्वहालीका लागि अन्तर्राष्ट्रिय समर्थन खोजिरहनुभएको हो ?

    त्यस्तो भन्दा पनि नेपालको राजसंस्थाप्रति छिमेकीहरूको नीतिमा परिवर्तन आउँदै गएको संकेतको रूपमा यसलाई लिनुपर्छ भन्ने मलाई लाग्छ ।

    – यसलाई नेपालका गणतन्त्रवादी पार्टीहरूले कसरी बुझुन् भन्ने तपाईं चाहनुहुन्छ ?

    म त कुनै विदेशी वा छिमेकीले भनिदिने भन्दा पनि नेपालका राजनीतिक दलहरूलाई निरन्तररूपमा आग्रह गरिराखेको छु, राप्रपाले आग्रह गरिराखेको छ, कि हिजो तपाईंहरूले यो देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता ल्याउँदाखेरि सुविचार नै राख्नुभएको थियो होला । राम्रै हुन्छ र देश अझै उन्नत व्यवस्थातर्फ जान्छ भन्ने नै सोच्नुभएको थियो होला । तर, हाम्रो यतिका वर्षको अभ्यासले के प्रमाणित गर्‍यो भने यो गलत भएछ । यो बाटोले एउटा टुंगोमा पुग्दैन भन्ने सबैलाई थाहा भइसक्यो । त्यसैले सबै दल र शक्तिहरुका बीचमा नयाँ सम्झौता गरेर राजादेखि माओवादीसम्म अटाउने नयाँ व्यवस्था निर्माण गरेर जानु जरुरी छ । नवीन समझदारी अहिले देशको आवश्यकता हो । कुनै दुर्घटना र द्वन्द्वविना नयाँ व्यवस्था निर्माण गरेर जानु आवश्यक छ । त्यसका लागि म दलहरूलाई आग्रह गर्छु ।

    – नेपाल र भुटानबीच कुटनीति सम्बन्ध खासै प्रगाढ छैन । सरकारी स्तरबाट औपचारिक भ्रमण आदानप्रदान नभइरहेको अवस्थामा पूर्वराष्ट्रप्रमुखले सरकारलाई जानकारी नगराइकन यसरी भ्रमण गर्नु र राजनीतिक भेटवार्ताहरू गर्नु कुटनीतिकरूपमा प्रश्नयोग्य हो कि होइन ?

    एकप्रकारले अलगरूपमा रहेको राजसंस्थालाई भुटानको राजसंस्थाले आमन्त्रण गर्नु र जानुलाई अन्यथा मान्नुपर्ने र कुटनीतिक मर्यादाविपरीत भन्नुपर्ने कुनै कारण छैन ।

    – तर, यो भ्रमणको राजनीतिक अभिष्ट त पक्कै होला नि होइन ?

    राजनीतिक अर्थ त यसले राख्छ राख्छ । तर, उहाँले राज्यको वा सरकारको प्रतिनिधत्व गर्नुभएको होइन । उहाँलाई व्यक्तिगतरूपमा आमन्त्रण गरियो । यसलाई सरकारसँग जोडेर हेर्नुपर्ने आवश्यकता छैन । यसको राजनीतिक अर्थ र महत्व त स्वभाविकरूपले नै रहन्छ नि ! यसको प्रभाव र परिणामहरू भविष्यमा देखिँदै जानेछन् । यो दूरगामी महत्व राख्ने भ्रमण हो ।

  • दसैं र तिहारपछि अहिलेको व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही

    दसैं र तिहारपछि अहिलेको व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले दसैं र तिहारलगत्तै अहिलेको व्यवस्था र सरकार दुवै फाल्नुपर्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार र सत्ता पक्षका नेताहरू जनताको घरदैलोमा जानसमेत डराउन थालिसकेको बताए ।

    उनले भने, ‘देशको प्रधानमन्त्री अमेरिकामा जााँदा कार्यक्रम स्थगन गर्ने, वास्तवमा यिनीहरूको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरू भइसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो । अहिलेको राज्य संयन्त्र फेल भइसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन । त्यसैले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाऔं । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’

    नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदा पनि सरकारको उपस्थिति नदेखिएकाले यो असफल भइसकेको उनले दाबी गरे ।

  • राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई गिजाको क्यान्सर, मुम्बइमा उपचार गराउँदै

    राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई गिजाको क्यान्सर, मुम्बइमा उपचार गराउँदै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको हो ।

    राणा उपचारका लागि एक साता अगाडि भारत पुगेका छन् । अहिले मुम्बईको एउटा अस्पतालमा उनको उपचार भइरहेको छ । सबै स्वास्थ्यपरीक्षणहरु भइसकेको र आज राति ११ बजे रिपोर्ट आउने जानकारी उनी निकट राप्रपा सहमहामन्त्री ऋषि देवकोटाले दिए ।

    डा. राणाको गिजामा ३–४ वर्ष अगाडिदेखि समस्या थियो । नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो । चिकित्सकले पहिलो स्टेजको क्यान्सर भएको बताएपछि उनी भारततर्फ लागेका हुन् ।

    राणाको ससुराली खलक भारतमा छन् । उनकी पत्नी भारतको राज खान्दान सिन्धिया परिवारकी सदस्य हुन् । पुराना राप्रपा नेता डा. पशुपति शमशेर राणा र धवलशमशेर राणाले एउटै खलकमा विवाह गरेका थिए । धवलशमशेरका ससुराली परिवार भारतमा राजनीति नै गरिरहेका छन् । उनका साला र सालीले भर्खरै सम्पन्न आम चुनावमा भाजपाबाट महाराष्ट्रमा जितेका थिए ।

    निकटस्थका अनुसार धमलशमशेरको कुनै पनि कुलत र अम्मल थिएन । उनले चुरोट र खैनी कहिल्यै सेवन गरेका छैनन् । मदिरा भने पिउँछन् । ६२ वर्षको उमेरमा पनि राणा निकै फुर्तिला छन् । उनी नियमित जिम गर्ने गर्छन् । घरमा पनि जिमका सामानहरू राखेका छन् ।

    डा. राणा विगतमा खेलाडी पनि थिए । उनी गल्फ खेल्ने गर्थे । खेलकुदमा लागेकाले उनी शारीरिकरुपमा पार्टीका अन्य नेताभन्दा फिट छन् । लामो समयदेखि गिजामा समस्या भए पनि उनलाई बोल्न र भाषण गर्न खासै असुविधा भएको थिएन ।

    राप्रपा सहमहामन्त्री देवकोटाले राणाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

    उनले भने, ‘मेरो हिजो कुराकानी भएको थियो । उहाँले आफूलाई कुनै समस्या नरहेको र क्यान्सर कसरी भयो भनेर छक्क परेको बताउनुभयो । आज रिपोर्ट आएपछि उपचारको विषयमा टुंगो लाग्छ ।’

    पहिलो चरणको क्यान्सर भएकाले उपचारपछि स्वस्थ हुनेमा राणा विश्वस्त रहेको देवकोटाले जानकारी दिए ।

    हिजो मात्रै राप्रपाले पार्टीको संगठन विभाग प्रमुखबाट राणालाई हटाएको थियो । उपचारका लागि विदेशमा रहेको बेला ‘कारबाही’ भएको भन्दै उनी निकटस्थहरू दुखी छन् । राप्रपा संस्थापन पक्षले भने यो कुनै कारबाही नभएर नियमित हेरफेर भएको बताएको छ ।

    राणाले उपचारका लागि भारत जानुअघि सामाजिक सञ्जालमा जानकारी गराएका थिए । यद्यपि, उनलाई क्यान्सर भएको चाहिँ कमै नेतालाई मात्र थाहा थियो ।

    राणा राप्रपाका निर्वाचित महामन्त्री र प्रतिनिधिसभा सांसद समेत हुन् । उनी गत आमनिर्वाचनमा बाँके २ बाट २९ हजारभन्दा बढी भोट ल्याएर विजयी भएका थिए ।

    जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई उनले हराएका हुन् । त्यसअघि उनी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर समेत थिए । आफ्नो क्षेत्रमा राणाको निकै राम्रो पकड छ ।

    राप्रपाभित्र एक हस्ति नेताका रुपमा चिनिन्छन् राणा । उनले पार्टीको अघिल्लो महाधिवेशनमा आफैं कमल थापालाई चुनौती दिने तयारी गरेका थिए । पछि राजेन्द्र लिङदेन अघि सरेपछि उनलाई सघाए । लिङदेनको प्यानलबाट उठेर विजयी भए । अहिले भने अध्यक्ष लिङदेनसित उनको फाटो बढिरहेको छ ।

  • भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको सुझाव (भिडिओ)

    भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको सुझाव (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको बताएको छ । आइतबार बसेको सर्वदलीय बैठकमा राप्रपाले विपद्को समयमा भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको हो ।

    बैठकपछि बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठकमा पार्टीले आठ बुँदे सुझाव दिएको जानकारी दिए ।

     

    ‘विपद्को समयमा हवाई भाडादरमा कालोबजारी गर्ने मनलाग्दी लुट्नेलाई कारबाही गर भनेर हामीले सुझाव दिएका छौं’, उनले भने ।

    उनले रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय गरे पनि झ्याप्ले खोलामा मानिसहरूको ज्यान जाने गरी सवारी चलाइएको विषयमा पनि प्रश्न उठाइएको बताए ।

    ‘सरकारले दुई दिन अगाडि रात्रिकालीन बस नचलाउने निर्णय गरेको थियो । सरकारको काम निर्णय कार्यान्वयन गराउने हो नि’, उनले भने‚ ‘झ्याप्ले खोलामा मानिसहरूले ज्यान गुमाए । सरकारको निर्णय अटेर गर्ने सम्बन्धित निकायलाई कारबाही हुनुपर्छ ।

  • अमेरिकामा प्रधानमन्त्रीलाई पानसको ज्ञापनपत्र- राजतन्त्र र हिन्दूराष्ट्रसहित संविधान संशोधनको माग

    अमेरिकामा प्रधानमन्त्रीलाई पानसको ज्ञापनपत्र- राजतन्त्र र हिन्दूराष्ट्रसहित संविधान संशोधनको माग

    काठमाडौं । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । पानसका महासचिव डा. शंकर बिसुन्केले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, टेक्सासमा कन्सुलेट कार्यालयको स्थापनालगायतका विभिन्न ८ बुँदा समावेश गरिएको छ।

    पत्रमा भनिएको छ, ‘वर्तमान सरकार संविधान संशोधनको एजेण्डासहित बनेकाले राजतन्त्र र वैदिक सनातन हिन्दूराष्ट्र निर्माणमा जनताको जनभावनालाई सम्बोधन गरी सबै पक्षलाई स्वीकार्य र अपनत्व लिने संविधान पुर्नलेखन र देशले धान्ने नसक्ने संघीयता खारेजीतर्फ संशोधन गर्न माग गर्दछौं ।’

  • राजसंस्था पुन:स्थापनालगायतको मागसहित पुन: आन्दोलनमा राप्रपा, छठलगत्तै कार्यकर्ता उतार्ने

    राजसंस्था पुन:स्थापनालगायतको मागसहित पुन: आन्दोलनमा राप्रपा, छठलगत्तै कार्यकर्ता उतार्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलनको तयारीका लागि सबै जिल्ला कार्य समितिलाई परिपत्र गरेको छ।

    महामन्त्री तथा संयोजक, आन्दोलन परिचालन समिति डा. धवलशम्सेर राणाले जिल्ला कार्यसमितिलाई पत्र लेख्दै आन्दोलनमा सक्रिय हुनेबारे राजनीतिक, परिचालन र व्यवस्थापनका प्राविधिक विषयहरूमा प्रशिक्षण समेत भएको बताएका छन्।

    पत्रमा भनिएको छ, ‘राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्यलगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्ष जारी राखेको विदितै छ । यसै सन्दर्भमा केन्द्रीय कार्य समिति, कार्य सम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरिका ६,७४३ वडा प्रत्येकबाट कम्तीमा तीन जना बढीमा सके जति जुझारु सहयोद्धाहरू काठमाडौंँ केन्द्रित आन्दोलनमा सहभागी गराइनेछ ।’

    आन्दोलन केन्द्रित प्रशिक्षण संचालन गर्न केन्द्रीय प्रशिक्षकहरू सबै जिल्लामा जाने समेत जनाएको छ।

    जिल्लाका प्रत्येक वडाबाट कम्तीमा तीन जना बढीमा सके जति जुझारु व्यक्तिहरू सहभागी गराई जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गर्ने तिहार र छठ लगत्तै काठमाडौं केन्द्रित आन्दोलन आरम्भ गर्ने बताएका छन्।

  • रवीन्द्र मिश्रले प्रचण्डको भनाइलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गरेको सचिवालयको स्पष्टोक्ति

    रवीन्द्र मिश्रले प्रचण्डको भनाइलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गरेको सचिवालयको स्पष्टोक्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

    अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् । शान्ति र संविधानको नेतृत्व गर्ने प्रचण्डको विचार भनेर आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनीतिक संस्कार नभएको पनि बताएका छन् ।

    यो पनि पढ्नुहोस्- रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

    ‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ,’ मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

    पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र ? मल्लले प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

  • बाल मन्दिरको जग्गा प्रकरणमा कावा प्रधानमन्त्री सिंहकी दिदीको नाम जोडिएपछि मुद्दा ढिसमिस बनाउन खोजेको मिश्रकाे आरोप

    बाल मन्दिरको जग्गा प्रकरणमा कावा प्रधानमन्त्री सिंहकी दिदीको नाम जोडिएपछि मुद्दा ढिसमिस बनाउन खोजेको मिश्रकाे आरोप

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आफूसँग एक्लै लड्न चुनौती दिएका छन् । उनले आफूलाई अनेक हत्कन्डा गरेर हराएको भन्दै उपप्रधानमन्त्री भएर के गर्नुभयो भन्दै सिंहसँग प्रश्न गरेका छन् ।

    मिश्रले कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका सिंहलाई चुनौती दिँदै लेखेका छन्, ‘एक्लै-एक्लै फाइट गर्ने ? एक्लै-एक्लै लडेको भए मैले तपाईं (प्रकाशमान सिंह)लाई दुबै पटक आरामले हराइदिन्थें, तर के गर्ने सबै हत्कन्डा अपनाएर, अर्काको बुई चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले ।’

    सिंहले चुनाव जितेर केही गर्न नसकेको भन्दै उनले हारे पनि आफ्नो नाक १०० गुणा बढी ठाडो रहेको जिकिर गरेका छन् ।

    ‘चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन । इज्जत बढ्न त त्योअनुरूपको काम हुनुपर्छ, जुन तपाईंमा शून्य छ’, मिश्रले भनेका छन्, ‘मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईं जस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दशौं गुणा बढी छ ।’

    उनले अब तेस्रो पटक, अनाथ बालबालिकाको बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाउ गर्न मुद्दा नै ढिसमिस गर्न खोजेको आरोप लगाएका छन् । यो जग्गा प्रकरणमा सिंहकी दिदी रीता सिंह वैद्यको नाम मुछिएको छ ।

  • राप्रपाको चेतावनी- काठमाडौं उपत्यका ठप्प बनाएर सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ (भिडिओ)

    राप्रपाको चेतावनी- काठमाडौं उपत्यका ठप्प बनाएर सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको दाबी गरेका छन्।

    आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा समेत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले बोल्ने सक्ने अवस्था नभएको बताए।

    एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गरे।

     

    उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ।’

    उनले समान विचारधारा भएकाहरूलाई समेट्ने प्रयास गर्दा पनि असफल भएको बताए। उनले मंसिरबाट आफूहरू आन्दोलनको सुरुआत गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे।

    उनले भने, ‘यो आन्दोलन एक दिनको हुँदैन। सबै व्यवस्था गर्छौँ सातदेखि दश दिनसम्म काठमाडौं उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छ।’

    यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि आन्दोलनबाट वारपार गर्न नसके आफूहरूले बोकेको एजेन्डा स्थापित नहुने बताए।

    उनले भने, ‘हामीलाई कसैले किस्तीमा ल्याएर दिनेवाला छैन। त्यसैले हामीले आन्दोलनबाट व्यापक दबाब दिनुपर्छ। सडकमै उत्रिएर दबाब दिनुपर्छ। अर्कोतिर वैचारिक रूपमा पनि वकालत गर्नुपर्छ।’

    उनले कांग्रेस, एमाले र माओवादीमा पनि संवैधानिक राजसंस्थाको पक्षमा माहौल बढ्दै गएको भन्दै दलहरूसँग संवाद पनि जारी राख्नुपर्ने बताए।

  • राजेन्द्र लिङ्देनले गरे बेलायती मोडलको प्रजातन्त्र अभ्यासबारे छलफल

    राजेन्द्र लिङ्देनले गरे बेलायती मोडलको प्रजातन्त्र अभ्यासबारे छलफल

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बेलायती गोर्खा समस्याको बारेमा स्थलगत चासो र दीर्घकालीन समाधानका उपायहरुमा गोर्खा समुदाय र अगुवाहरुसँग छलफल गरेका छन्।

    पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युके पुगेका लिङ्देनलेले त्यहाँ रहेका नेपाली समूदायसँग छलफल गरेका हुन्।

    बेलायत प्रवासमा रहेका नेपालीका समस्या, उन्नति प्रगतिका साथै नेपालको राजनीतिमा विदेशमा रहेका नेपालीहरूको भूमिका, वंशजको नेपाली नागरिकताको निरन्तरता जस्ता विषयमा संवाद गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    बेलायती राजसंस्था, राजसंस्थाप्रति बेलायती जनताको सम्मान, बेलायती मोडलको प्रजातन्त्र र यसको अभ्यासका बारेमा समेत छलफल भएको उनले बताए।

  • रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

    रवीन्द्रसँग प्रचण्डले खोले मनका कुरा- राजा महेन्द्र गज्जबका भिजनरी, ज्ञानेन्द्र अलि नरम भइदिएको भए…

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।मङ्गलवार संविधान निगरानी समूहको कार्यक्रममा रोचक सवाल जवाफ गरेको भोलिपल्टै मिश्र प्रचण्ड भेट्न खुमलटार पुगेका हुन्।

    आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भएको भन्दै मिश्रले फेसबुकमा लेखेका छन्। मिश्रले प्रचण्डलाई अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।

    लामो व्याख्या सहित आफ्नो कुरा राखेपछि प्रचण्डको केही टिप्पणी अर्थपूर्ण लागेको उनले बताएका छन्।

    यस्ता छन् प्रचण्डले मिश्रसँग राखेका सात कुरा:

    १. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु।

    २. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन्।

    ३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

    ४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो।

    ५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो।

    ६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

    ७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।

  • नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ: रवीन्द्र मिश्र (भिडिओ)

    नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ: रवीन्द्र मिश्र (भिडिओ)

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सीट संख्या थोरै भए पनि नेपालको राजनीति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै वरिपरि घुमिरहेको बताएका छन् ।

    संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले नेपालको संविधानलाई प्रचण्ड संविधानको संज्ञा दिए ।

     

    राप्रपाका उपाध्यक्ष मिश्रले भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । अहिले हामी जुन बाटो हिँडिरहेका छौं, यहाँ अरु पार्टीका साथीहरु पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो । उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ, सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानबाट जे भएको छ, प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता उजागर भएका छन्, त्यो प्रचण्डकै संविधानबाट भएका छन् ।’

    उनले अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्ने बताए ।

    कांग्रेस-एमालेले संविधान आफूहरुले बनाएको भने पनि केन्द्रमा प्रचण्ड नै रहेको नेता मिश्रले जिकिर गरे ।

  • राजनीतिमा होमिइन् मिस नेपाल आस्मा, राप्रपाले सिधै केन्द्रीय सदस्य बनायो

    राजनीतिमा होमिइन् मिस नेपाल आस्मा, राप्रपाले सिधै केन्द्रीय सदस्य बनायो

    काठमाडाैं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा होमिएकी छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइदिएको छ ।

    राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो । मनोनितहरुको सूचीमा आस्माको नाम पनि छ ।

    यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् । मिस नेपालको ३० औं संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उनी मिस वल्र्डमा भाग लिन बाँकी नै छ । सोसल वर्कमा स्नातक गरेकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न छिन् ।

    मिस नेपालपछि दिएका विभिन्न अन्तरवार्तामा उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । तर, सायद सोचेको भन्दा धेरै चाँडो उनी एउटा राष्ट्रिय पार्टीको केन्द्रीय सदस्य बन्न सफल भइन् । कुनै पनि राष्ट्रिय दलको केन्द्रीय तहमा पुग्ने उनी पहिलो मिस नेपाल हुन् । आज उनी प्रमाणपत्र बुझ्न पार्टी कार्यालय जाने कार्यक्रम छ ।

     

  • कांग्रेस-एमालेलाई राप्रपाको चुनौती : हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं (भिडिओ)

    कांग्रेस-एमालेलाई राप्रपाको चुनौती : हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं (भिडिओ)

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कांग्रेस एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदबाट प्रधानमन्त्री छान्ने व्यवस्था देशले नधान्ने बताए ।

    उनले भने, ‘दुई तिहाईको तपाईंहरुले सरकार बनाउनुभएको छ, तपाईंहरुको साच्चै हिम्मत र देश बनाउने उद्देश्य छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं । संविधान संशोधन गर्ने पनि भन्नुभएको छ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं अहिलेका प्रधानमन्त्री र दलका नेतासँग हामी लड्छौं चुनाव। देशभरीका जनताले भोट होलेर हेरौं ।’

    उनले सदनले प्रधानमन्त्री र मन्त्री छान्ने नभइ कानून बनाउने ठाउँ बनाउनुपर्ने बताए ।

     

  • गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- स्याउ ल्याउँदा प्रहरीले १७ ठाउँमा चेक गर्छ, त्यो लागू औषध हो ? (भिडिओ)

    गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- स्याउ ल्याउँदा प्रहरीले १७ ठाउँमा चेक गर्छ, त्यो लागू औषध हो ? (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गमा किसानले स्याउ ल्याउँदा प्रहरीले अनावश्यक चेकिङ गरेर दुख दिएको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रहरीले १७ ठाउँमा चेक गर्ने गरेको बताए।

    उनले भने, ‘कर्णाली राजमार्ग अवरुद्ध भइरहेको छ, हामी अहिले ६ अर्बको स्याउ किनेर खाम्छौँ चीनबाट, जुम्लाबाट स्याउ आउँछ। राजमार्गको पहिरो पन्छाइँदैन। अलपत्र पारेर स्याउ बाटोमा कुइन्छ। किसान आत्महत्या गर्न बाध्य भइरहेका छन्। त्यति मात्रै होइन १७ ठाउँमा प्रहरीले चेक गर्छ, स्याउ हो कि त्यो लागू औषध हो ?’

    उनले गृहमन्त्रीलाई स्याउ चेक गर्नुभन्दा सडक बनाएर किसानको उत्पादन बजारमा ल्याउने वातावरण बनाइदिन माग गरे।

  • देउवा परिवारको ध्रुविकरण: आरजुकी आमा राप्रपामा पुन: सक्रिय

    देउवा परिवारको ध्रुविकरण: आरजुकी आमा राप्रपामा पुन: सक्रिय

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु एवं परराष्ट्रमन्त्री डा. आरजु राणाकी आमा प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि सक्रिय बनेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो उनलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरे ।

    राणा पहिल्यैदेखि राप्रपामा आवद्ध भएर विभिन्न लाभको पदमा समेत पुगेकी थिइन् । उनी जापानका लागि नेपालकी राजदुत भइन् । पछिल्लो समय निस्क्रिय थिइन् ।

    लामो समय राप्रपा केन्द्रीय सदस्य रहेकी राणा पहिलो संविधानसभामा राप्रपाबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत बनिन् ।

    २०७४ सालमा राणा जापानका लागि नेपाली राजदूत नियुक्त भइन् । कमल थापा परराष्ट्रमन्त्री भएका बेला राप्रपाबाट प्रतिभासहित निरञ्जन थापा र भरत रायमाझीलाई राजदूत बनाएका थिए । सरकार परिवर्तनपछि थापा र रायमाझी फिर्ता बोलाइए पनि प्रतिभा भने फर्किनु परेन । देउवाको राजनीतिक आडमा उनले राजदुतको ४ वर्षको पुरै कार्यकाल व्यतित गरेकी थिइन् ।

    २०७८ सालमा राजदूतको कार्यकाल सकिएपछि भने राणा पार्टीमा सक्रिय रहिनन् । अहिले फेरि राप्रपा केन्द्रीय सल्लाहकारका रूपमा सक्रिय राजनीतिमा फर्किएकी हुन् ।राणासँगै ललितपुरका बद्री सिलवाल, धादिङका गणेशबहादुर अधिकारी र रौतहटका जगदिशलाल श्रीवास्तवलाई पनि केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएकाे छ ।

    छोरी आरजु शक्तिशाली परराष्ट्रमन्त्री भएका बखत फरक पार्टीमा प्रतिभाको राजनीतिक पुनरागमन भएको हाे । राप्रपा अहिले संसदको प्रतिपक्षमा छ ।

    प्रतिभाका बुबाको नाम पनि शेरबहादुर हो ।उनका बुबा शेरबहादुर मल्ल नेपाली सेनाका जर्नेल थिए । उनी राजा महेन्द्रका शाही पाश्र्वर्ती (एडीसी)समेत थिए ।

  • राजेन्द्र लिङ्देनको विश्वास- राप्रपा आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ

    राजेन्द्र लिङ्देनको विश्वास- राप्रपा आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टी पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई निराशाको कुरा छाडेर पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

    राप्रपालाई अझै मजबुद ढंगले अगाडि बढाउँनुपर्ने उल्लेख गर्दै अहिले देखिएका सबै विसंगति र विकृत्तिविरुद्ध सडकमा समेत जाने बताए ।

    उनले भने, ‘अझै समय छ यही बीचमा पनि हामीले पार्टीलाई सक्रिय बनाउनको लागि वडा तहसम्मै जान्छौं। पार्टीको अभियानलाई पनि आन्दोलनकै अंगको रूपमा अगाडि बढाउनुपर्छ, हामीले थालेको अभियानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ, जहिले पनि निराशाको कुरा गरेका हुँदैन । निराशाको कुरा छाडेर सबै लाग्यौं भनेर राप्रपा आगामी निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्छ । त्यो विश्वासको साथ हामी काम गरिरहेका छौं । मनका कुनै निराशा राख्नुपर्दैन ।’

    उनले अब जनताले भोट दिन बाँकी पार्टी राप्रपा बाहेक कोही नभएको जिकिर गरे । अहिले प्रतिनिधिसभाको दुई ठूला दल मिलेर सरकार बनाएपनि अपेक्षाअनुसारको काम गर्न नसकेको दाबी गरे । सरकार निरंकुश बन्दै दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजिरहेको आशंका व्यक्त गरे ।

    उनले थपे, ‘देश आँधी आउनुअघिको सन्नाटाको अवस्थामा छ, प्रमुख भनिने राजनीतिक दलहरूबाट देशको विद्यमान परिस्थितिमा सुधार हुने कुनै सम्भावना छैन, राप्रपालाई देशको सर्वाधिक आशा र भरोसाको पार्टी बनाउनुपर्नेछ । पार्टीको सल्लाहकारहरूको यो बैठकले हामीलाई सकारात्मक ऊर्जा, हौसला र मार्गनिर्देश गरोस् ।’

  • राप्रपाको केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठक सुरू

    राप्रपाको केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठक सुरू

    काठमाडौं । राप्रपाको केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठक सुरु भएको छ। धुम्बाराहीस्थित एस आर बैङ्क्वेटमा बैठक अहिले जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    बैठकको अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकको समुदघाटन गरेका छन्। पार्टीको ३४ वर्षे इतिहासमा पहिलोपटक सल्लाहकारहरुको बैठक बसेको उनले बताए।

    सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता, पूर्वमन्त्री निरन्जन थापा छन्।
    च्बmभकज

  • आज राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

    आज राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ ।

    राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    उनले भने, “बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । चौतीस वर्षको इतिहासमा यो बैठक पहिलोपटक गर्न लागिएको हो ।”

    सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा हुनुहुन्छ । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताए ।

    संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्नुहुने कार्यक्रम तय भएको छ । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिनुहुनेछ भने बैठकमा अन्य विविध विषयमा पनि विमर्श हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले गर्‍याे कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस

    उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले गर्‍याे कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिरमा हुने भनिएको उपनिर्वाचनको तयारीमा जुटेको छ। उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको छ।

    राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले प्रमुख लागि ३ जना र वडा नम्बर १ र ४ को अध्यक्षका लागि एक एक जनाको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष नवराज सिम्खडाले बताए।
    उनका अनुसार कीर्तिपुर नगरपालि प्रमुखमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्ता राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको छ।

    सुरेन्द्रप्रसाद उप्रेतीलाई वडा १ मा र बिजेस बस्नेतलाई वडा ४ को उम्मेवादरको रुपमा अघि सारेको छ। रिक्त स्थानीय तहमा उपनिर्वाचन गर्नेबारे सरकार र निर्वाचन आयोगबीच छलफल अघि बढेपछि राप्रपाले उम्मेदवार छानेको हो।

    आयोगले सरकारलाई मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको छ। यद्यपी, सरकारले अहिलेसम्म उपनिर्वाचनको मिति घोषणा गरेको छैन।

  • पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न राजेन्द्र लिङदेनको माग (भिडिओ)

    पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न राजेन्द्र लिङदेनको माग (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भएपनि नसम्झिएको भन्दै आपत्ति जनाए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने उनको माग छ । आफूले मौका पाउनेबित्तिकै अरुलाई बिर्सिन नहुने उनको भनाइ छ ।

    लिङदेनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

    लिङदेनले भने, ‘त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व गर्‍यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ । तर, हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा विद्रोही र सरकार पक्षमात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्षरूपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’

  • प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अधिवेशन तय, लिङ्देन जाने

    प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अधिवेशन तय, लिङ्देन जाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न जाने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौ अधिवेशनका लागि एक सातापछि उनी जाने भएका हुन् ।

    प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली समूदायसँग अन्तरक्रिया गर्नेछन् ।

    लिङ्देनसँगै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि जाने तय भएको छ । मेलबर्नपछि एडिलेडमा एक कार्यक्रममा सहभागी भएर लिङ्देन सिड्नीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।

    प्रवासी एकता समाजमध्ये अष्ट्रेलियाको संस्था राप्रपाको बलियो संस्था मानिन्छ ।

  • ३५ वर्षदेखि मैले राख्दै आएको हतियार नवीकरण भएन : सांसद प्रधान (भिडिओ)

    ३५ वर्षदेखि मैले राख्दै आएको हतियार नवीकरण भएन : सांसद प्रधान (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रबबहादुर प्रधानले ३५ वर्षदेखि आफूले राख्दै आएको हतियार अहिले नवीकरण नभएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नो मात्रै नभएर यस्तो समस्या देशभर रहेको बताए ।

    उनले भने, ‘मैले ३५ वर्षदेखि हतियार राखेर नवीकरण गर्दै आइरहेको छु । अहिले प्वाइन्ट टु–टु बोर राइफल लेखिएको कारणले त्यो हतियार रिन्यु नगर्ने अवस्था आयो । यो समस्या मेरोमात्रै होइन, देशभरको हो । यो दुर्गा प्रसाईंको हतियार बरामद पछाडिको घटनाबाट सिर्जित कुरा हो वा के हो यसको जानकारी त मलाई छैन ।’

    उनले सरकारले हतियार नवीकरण नगर्ने हो भने भोलि अवैध हतियार प्रत्येकको घरघरमा रहने अवस्था आउनसक्ने बताए ।

    उनले थपे, ‘या त सरकारले राख्न नपाइने हो भने सिज गरेर लिए हुन्छ । त्यसको परल मूल्य फिर्ता गरिदिए हुन्छ । अन्यथा यसलाई सुव्यवस्था गर्नको लागि नवीकरणको प्रावधान लागु गर्नुपर्छ ।’

  • आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने राप्रपाको निष्कर्ष, राजेन्द्र लिङदेनकै निरन्तरतामा एकमत

    आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने राप्रपाको निष्कर्ष, राजेन्द्र लिङदेनकै निरन्तरतामा एकमत

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई दिने जिल्ला अध्यक्षहरुको भेला सकिएको छ । काठमाडौंमा भएको भेलाले जनचाहना र कार्यकर्ताको भावनाअनुरुप पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    सबल र सुदृढ राप्रपा बनाउने साझा र शक्तिशाली संकल्पका साथ भेला सकिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    उनले भने, ‘यो भेलाले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्दै २०८४ को निर्वाचनको तयारीमा लाग्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । सुस्त भएको पार्टी संगठनलाई चलायमान बनाउनुपर्छ भन्ने उद्देश्यले भेला राखेका थियौं, यो भेलाले पार्टीमा उत्साह थपेको छ ।’

    आगामी निर्वाचन र पार्टीको महाधिवेशन एउटै समयमा पर्ने भएकाले त्यहीअनुसार तयारी गर्न पार्टी पंक्तिलाई भेलाले निर्देश गरेको छ । निर्वाचनलाई फोकस गर्नेगरी अधिवेशनहरुलाई चाँडै सक्ने लक्ष्य पार्टीले लिएको छ ।

    २०८२ बैशाख मसान्तसम्म हरेक स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको छ । सक्रिय सदस्यता वितरण र पार्टी प्रवेशलाई अभियानकै रुपमा लानुपर्नेमा नेताहरुको जोड छ ।

    ‘राजेन्द्र लिङदेन पार्टीको अध्यक्ष भइसकेपछि एक सीटबाट १४ सीटमा पुगेको छ । त्यसलाई जोगाउँदै पार्टीभित्रको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै अघि बढ्नुपर्ने चुनौती छ’, राप्रपाका एक नेताले भने, ‘पार्टी सञ्चालनको क्रममा सांगठनिक कमीकमजोरी छन् भन्ने कुरा पनि आएको छ । त्यसलाई सच्याउन दबाब पनि छ ।’

    अहिलेको सरकार गठन राम्रो मनसायले नभएको भेलाले निष्कर्ष निकालेको छ ।

    भेलाको निष्कर्ष छ, ‘विभिन्न काण्डहरुलाई ढाकछोप गर्न नयाँ समीकरण बनेको छ । यसले जनताको अपेक्षाकृत परिणाम दिन सक्दैन । ठूला भनिएका पार्टीहरु दलदलमा फसेको र नयाँ भनिएका पार्टीहरुले जनतामा आशा पैदा गर्न नसकेको अवस्थामा राप्रपाको लागि उर्बर अवसरको रुपमा लिनुपर्छ भन्ने निष्कर्ष रह्यो ।’

    त्यसो त भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेन पनि दुई ठूला पार्टी मिलेपछि समावेशिता र समानुपातिकता खतरामा देखिन टिप्पणी गरेका थिए । उनले बहुदलीय व्यवस्थालाई समाप्त पारेर दुई दलीय व्यवस्था स्थापित गर्ने प्रयत्न भइरहेको भन्दै कांग्रेस-एमालेमात्रै भएको देश कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

    ‘अरु दल, नागरिक समाज हुँदा त कांग्रेस-एमालेको देशमा यो प्रकारको बिगबिगी, कांग्रेस-एमालेमात्रै भएको देश कस्तो हुन्छ ? त्यसैले त्यस प्रकारको अधिनायकवादी र सर्वसत्तावादी सोचका विरुद्ध उभिने र जनताको पक्षमा उभिने जिम्मेवारी हामीलाई आएको छ’, अध्यक्ष लिङदेनको भनाइ थियो ।

    ठूला दल दलदलमा फसेका र नयाँ भनिएका दलहरु पनि विवादमा पर्दै गएकाले वैचारिक रुपमा पनि प्रतिपक्ष र जनताले पनि अपेक्षा गरेको शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न सकिने भेलाको निष्कर्ष छ ।

    विगतका चुनावको कमीकमजोरीहरुलाई सच्याउँदै पार्टीको आगामी नेतृत्वमा लिङदेन नै दोहोरिनुपर्नेमा नेताहरुको जोड रहेको ती नेताले बताए ।

    ती नेता भन्छन्, ‘नेतृत्व परिवर्तनपछि राप्रपाको उल्लेख्य परिवर्तन भएको छ । प्रदेशमा पनि ३ सीटबाट २८ सीटमा पुगेका छौं । स्थानीय तहमा पनि प्रतिनिधित्व छ । नयाँ नेतृत्व आएपछि नयाँ जीवन र परिस्थिति सिर्जना भएको छ । २०८४ को निर्वाचन पनि राजेन्द्र लिङदेनकै नेतृत्वमा लड्नुपर्छ भन्नेमा एक मत छन् ।’

    राप्रपाको महाधिवेशन २०८३ मंसिरसम्म गरिसक्नु पर्नेछ । ती नेता थप्छन्, ‘निर्वाचनको तयारी गर्न अर्ली महाधिवेशन गर्न सक्छौं । जिल्ला अध्यक्षले राजेन्द्र लिङदेनकै नेतृत्व हुनुपर्छ भन्ने मत राख्नुभएको छ । पार्टीभित्र नेतृत्वले सबैलाई समेटेर जानुपर्छ, सबैलाई समान व्यवहार गर्नुपर्छ । सैद्धान्तिक मतभेद नभए पनि केही प्रश्न उठेका छन्, त्यसलाई मिलाएर लानुपर्छ ।’

    भेलामा जिल्ला अध्यक्षहरुले आर्थिक समस्याको कारणले पार्टी चलाउन समस्या भएको गुनासो राखेका छन् । भेलामा निर्वाचनमा पार्टीले गर्ने चुनावी तालमेलको विषयमा समेत ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

  • जिल्ला अध्यक्षसँग राजेन्द्र लिङ्देनले भने- सरकारमा जाने/नजाने परिस्थितिले निर्माण गर्छ

    जिल्ला अध्यक्षसँग राजेन्द्र लिङ्देनले भने- सरकारमा जाने/नजाने परिस्थितिले निर्माण गर्छ

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने/नजाने भन्ने विषय परिस्थितिले निर्माण गर्ने विषय भएको बताएका छन् ।

    पार्टीका ७७ वटै जिल्ला अध्यक्ष भेलालाई सम्बोधन गर्दै अहिले पार्टी बलियो प्रतिपक्ष भएर बस्ने बताए ।

    उनले भने, ‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने हो । हाम्रो चाहनाले पनि बन्दैन । हाम्रो गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा के महत्त्व हुन्छ नहुँदा के हुन्छ भन्ने पार्टीले विश्लेषण गरेर गर्छ, व्यक्तिगत चाहनाले होइन। सरकारमा पनि आवश्यकता अनुसार सहभागी हुन्छौ ठिक लागेन भने बाहिरिन्छौँ ।’

    उनले कोशी प्रदेशमा सभामुख लिने आफ्ना चाहना नहुँदा नहुँदै पनि लिइएको बताए ।

    उनले भने, ‘प्रदेश सरकारमा सहभागी भएको विषयलाई पनि विभिन्न जोडेर टीकाटिप्पणी भयो, हामीले सभामुख लिएपछि, कोशी प्रदेशमा म पनि लिनुहुन्न भन्ने पक्षमै थिएँ, हामीले प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रणनीतिक रूपमा भाग लिएका हौँ ।’

    उनले यो संविधानलाई पूर्ण रूपमा नमानेकाले संशोधनको पक्षमा रहेको बताए ।

  • राप्रपाले ७७ वटै जिल्लाका अध्यक्षको भेला गर्दै

    राप्रपाले ७७ वटै जिल्लाका अध्यक्षको भेला गर्दै

    काठमाडौं । राप्रपाले जिल्ला अध्यक्षहरूको भेला काठमाडौंमा गर्ने भएको छ । साउन १७ र १८ गते भेला गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार भेलामा सहभागी हुन विभिन्न जिल्लाका अध्यक्ष काठमाडौं आउने क्रम सुरू भएको छ ।

    भेलाको अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एस आर बैंक्वेटमा उद्घाटन गर्ने उनले बताए ।

    उनले भने, ‘भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्नुहुन्छ । पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समीक्षा पनि हुन्छ ।’

    विगतका निर्वाचनका कमी कमजोरीको समिक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, सक्रिय सदस्य वितरणको अवस्था तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने लगायतका विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।

    जिल्ला अध्यक्षहरूको भेलामा ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि पार्टीले कस्तो रणनीति तय गर्ने भन्ने रणनीति तय गर्ने बताइएको छ ।

  • सौर्यको जहाज दुर्घटनाप्रति सदनमा लिङदेनको प्रश्न, निष्पक्ष छानबिन हुनेमा आशंका (भिडिओ)

    सौर्यको जहाज दुर्घटनाप्रति सदनमा लिङदेनको प्रश्न, निष्पक्ष छानबिन हुनेमा आशंका (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामाथि गम्भीर प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले जहाजको सी चेकका लागि पोखरा नै जानुपर्ने कारण के थियो ?, काठमाडौंमा गर्न सकिने अवस्था थिएन ?, प्राविधिक भन्दा गैर कर्मचारीहरूलाई किन लगियो भन्ने प्रश्न उठाएका हुन् ।

    उनले भने, ‘सौर्य एयरलाइन्स दुर्घटनाले गम्भीर प्रश्न उठेका छन् । यो एयरलाइन्सले सी चेक गराउनुपर्ने थियो त्यो पोखरामै लानुपर्ने काठमाडौंमा हुन नसक्ने केही कारण थियो की थिएन ? यहाँ हुन सक्ने हो की होइन ? नेपाल एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयर र नेपाल आर्मीको ह्याङ्गरमा सी चेक गराउने सुविधा लिन सकिन्थ्यो कि नाइँ ? यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।’

    उनले उडान अनुमति दिनुभन्दा पहिले कति यात्रु छन्, को को छन् भनेर हेर्ने निकाय छ कि छैन भने र पनि प्रश्न गरे ।उनले छानबिन समितिमाथि पनि प्रश्न उठाएका छन् ।

    विमान उडानका लागि उपयुक्त थियो कि थिएन भन्ने कुराको जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुखका नातेदार नै समितिको प्रमुख हुँदा कस्तो छानबिन हुन्छ भन्दै उनले प्रश्न गरे ।

    उनले भने, ‘सौर्य विमान पोखरा उड्नका लागि उपयुक्त, थियो कि थिएन ? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख
    जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् उनको भिनाजुलाई आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ । कस्तो छानबिन होला ?’

    आयोग बनाउने विषयमा गम्भीर त्रुटि भएकाले सम्बन्धी निकायले यसलाई सच्याउनुपर्ने उनले बताए ।

  • कांग्रेस-एमालेलाई ज्ञानेन्द्र शाहीले भने- भुटानी शरणार्थी र गिरीबन्धु भनेर हामीसँगै बसेर कराउने दिन नआओस् (भिडिओ)

    कांग्रेस-एमालेलाई ज्ञानेन्द्र शाहीले भने- भुटानी शरणार्थी र गिरीबन्धु भनेर हामीसँगै बसेर कराउने दिन नआओस् (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तापक्षमा हुँदा केही नगर्ने प्रतिपक्षमा आएपछि भ्रष्टाचारको फाइल खोल्ने कुरा नगर्न आग्रह गरे ।

    उनले कांग्रेस एमालेलाई लक्षित गर्दै भने, ‘अहिले तपाईँहरू सरकारमा हुनुहुन्छ, भोलि तपाईँहरूको दिन नआओस्, फेरि भुटानी शरणार्थी, गिरीबन्धु, टेरामक्स, ओम्नी, एनसेल, मेलम्चीलगायतका काण्ड भनेर हाम्रो सँगसँगै बसेर कराउने दिन नआओस् । काम गर्नुस् ।’

    उनले सदनमा तिम्रा फाइल बन्द गरेर हाम्रा किन खोल्छौँ भनेर सदनमा जुहारी चलेको उनको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष जो भए पनि भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्न माग गरे ।

    यस्तै, उनले कैलालीको धनगढी उपमहानगरपालिका ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिएर चर्च बनाइएको बताए।

    उनले भने, ‘वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो। र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्। धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन।’

    झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन नपाइने उनको भनाइ छ। धर्म प्रचार गर्न दुई कोरियन नागरिक हिँडिरहेको उल्लेख गर्दै कारबाही गर्न माग गरे।

  • राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने (भिडिओ)

    राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

    आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

    अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ। संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए ।

    राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनको भनाइ छ। संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको सुनाए। प्रधानमन्त्री ओलीले भोलि सदनमा विश्वासको मत लिँदैछन्।

  • संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने निःशर्त समर्थन गर्छाैं: लिङ्देन (भिडिओ)

    संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने निःशर्त समर्थन गर्छाैं: लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको प्रक्रिया अघि बढ्छ भने निःशर्त समर्थन गर्ने बताएका छन् ।

    अध्यक्ष लिङदेनले काँग्रेस-एमाले सरकारले संविधान संशोधनको विषयमा जोड दिए राष्ट्रिय प्रजातन्त्र पार्टीले निःशर्त समर्थन गर्ने बताए ।

    उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले वर्तमान गठबन्धनमा सहभागिता जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताए । वर्तमान सरकार चलाउन गणितको कुनै आवश्यकता नरहेको उल्लेख गर्दै राप्रपाले सत्तालाई प्राथमिकतामा नराख्ने बताए ।

    उनले अहिलेको संविधानले काम गर्न नसकेको गुनासो गरे । मुलुकको समस्याको जड सरकारको नेतृत्व गर्दै आएका राजनीतिक दलका नेतृत्व र अहिलेको संविधान भएको बताए ।

    त्यस्तै राप्रपाले काँग्रेस—एमाले सत्ता सहकार्य शुरुवाती रुपमा सकारात्मक भएपनि पछिल्ला दिनका घटनाक्रहरु अस्वभाविक रहेको बताएको छ।  लिङ्देनले पछिल्ला दिनमा विकसित हुँदै आएका घटनाक्रहरुले आशंका गर्नुपर्ने प्रशस्त ठाउँ दिएको बताए ।

     

  • बाग्मतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

    बाग्मतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    बिहीबार काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

    राप्रपाका बाग्मती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

     

  • अमेरिकाबाट फर्केर रेखा थापा फेरि राप्रपामा सक्रिय, अध्यक्षसँग मनमुटाव मेटिएको दाबी

    अमेरिकाबाट फर्केर रेखा थापा फेरि राप्रपामा सक्रिय, अध्यक्षसँग मनमुटाव मेटिएको दाबी

    काठमाडौं । अभिनेत्री रेखा थापा ६ महिनाकाे अन्तरालपछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमै सक्रिय बनेकी छन् । उनी बच्चा जन्माउन अमेरिका गएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसित मनमुटाव भएको थियो ।

    रेखा ६ दिन अगाडि राप्रपाको आन्दोलन परिचालन कमिटीको बैठकमा सहभागी भएको पार्टी स्रोतले बतायो । उनले राप्रपा अध्यक्षप्रति आफ्नो समर्थन जनाएकी थिइन् ।

    ‘अध्यक्ष हाम्रो अभिभावक हो, हामी सबैले उहाँलाई सघाउनुपर्छ’, रेखाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

    अध्यक्ष लिङदेनको प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेकी रेखाले कुन्ती शाहीसँग पराजय व्यहोरेकी थिइन् । पार्टीभित्र दुई गुट हुँदा उनले अध्यक्षलाई नै साथ दिँदै आइन् । तर, पार्टीलाई जानकारी नदिइकन अमेरिका गएपछि अध्यक्ष लिङदेनले उनीप्रति सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए ।

    एक कार्यक्रममा लिङदेनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ टिप्पणी गरेका थिए । यसलाई आफूप्रतिको कटाक्ष बुझेर रेखाले सामाजिक सञ्जालबाट कडा जवाफ फर्काएकी थिइन् ।

    उनले लेखेकी थिइन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो । किन अमेरिकामा राखेको ?’

    यसरी सामाजिक सञ्जालमै अध्यक्षसँग जोरी खोजेपछि रेखा कारवाहीमा पर्न सक्ने अनुमान गरिएको थियो । तर, उनको गर्भवती अवस्था र महिला संवेदनशीलतालाई हेर्दै कुनै कारवाही भएन । यद्यपि, अध्यक्षसँग रेखाको गम्भीर अन्तरद्वन्द्व सिर्जना भयो ।

    अमेरिकामा बच्चा पाइसकेर रेखा अहिले नेपाल आएकी हुन् । नेपाल आएपश्चात उनले अध्यक्ष लिङदेनसँग सम्बन्ध सुधार गर्न खोजेको स्रोतले बतायो ।

    ‘उहाँ विद्रोही गुटबाट फेरि संस्थापनमै समाहित हुनुभएको छ’, स्रोतले भन्यो ।

    रेखा हाल राप्रपाको कार्यसम्पादन समिति र केन्द्रीय समिति सदस्य छिन् । अब फेरि अमेरिका जाने कि नेपाल बस्ने भन्नेबारे उनले केही बताएकी छैनन् ।

    याे पनि पढ्नुस् : लिङदेनको टिप्पणीले रेखा थापा क्रुद्ध, अमेरिकाबाटै फर्काइन् जवाफ

  • सदनमा राप्रपाले भन्यो : कांग्रेस-एमाले मिल्दा जनतामा आशा पलाएको छ, निराशामा परिणत नहोस् (भिडिओ)

    सदनमा राप्रपाले भन्यो : कांग्रेस-एमाले मिल्दा जनतामा आशा पलाएको छ, निराशामा परिणत नहोस् (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद धवलशम्मेर राणाले नयाँ सरकारले भ्रष्टाचारको फाइल मात्रै खोल्ने नभएर दोषीलाई कारबाही गर्न सक्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा राप्रपा महामन्त्री समेत रहेका राणाले दुई ठूला दल मिलेर सरकार बनाउँदा जनतामा आशा पलाएको बताए ।

    उनले भने, ‘भ्रष्टाचारको फाइलहरु खोल्ने मात्रै होइन, तीव्र गतिमा दोषीलाई कारबाही गर्नुपर्छ भन्ने मान्यतामा हामी छौं । यो नयाँ सरकारले त्यो काम गर्छ भन्ने हामीले विश्वास व्यक्त गर्छौँ ।’

    उनले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जनतामा पलाएको आशा निराशामा परिणत नहुने विश्वास व्यक्त गरे । देशमा भएका किसानहरुको समस्या समाधान गर्न सरकारसँग माग गरे ।