Category: राप्रपा

  • लिङ्देनको प्रश्न- छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? (भिडिओ)

    लिङ्देनको प्रश्न- छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर गणतन्त्रवादी दलहरूले लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताले चाहे गणतन्त्र जाने भन्दै युवाको शक्तिलाई कमजोर नठान्न चेतावनी दिए ।

    उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो निणन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईँ कांग्रेस-एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? त्यसैले म भन्छु सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ? छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बसाइयो ? किन गोली हानियो त्यसको जवाफ चाहिन्छ ?’

    उनले तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरे ।

  • राप्रपाका सांसदलाई ओलीको प्रश्न- संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? (भिडिओ)

    राप्रपाका सांसदलाई ओलीको प्रश्न- संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? प्रश्न गरे।

    त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै,

    अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता छ ।

    हामीले सुनेका छौँ, व्यवस्थाकाविरुद्ध, प्रणालीकाविरुद्ध, लोकतन्त्रकाविरुद्ध, संविधानकाविरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर आपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरू भइराखेका छन् । यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुपर्दछ । यस्तो बेलामा सिंगै समाज गम्भीर भएर यस्ता कुराहरूलाई… हामी जनप्रतिनिधि हौँ ।

    संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा हो । नैतिकता विपरीतको कुरा हो । त्यस कारण शपथ विपरीत जानु हुँदैन । नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौँला ।

    संविधानको शपथ लिने, अनि संविधानको खिलाफ लिने, संविधानभन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हौँला, कसैले ईश्वरका नाममा लिएका हौँला ।

    ईश्वरका नाममा शपथ लिएर संविधानको शपथ लिएर, ईश्वरका नाममा शपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ । अहिले यति नै भनौँ ।

  • प्रधानमन्त्रीले पूर्वराजाप्रति दिएको अभिव्यक्तिमा राप्रपाको आपत्ति, संसदको रेकडबाट हटाउन माग

    प्रधानमन्त्रीले पूर्वराजाप्रति दिएको अभिव्यक्तिमा राप्रपाको आपत्ति, संसदको रेकडबाट हटाउन माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हटाउन माग गरेका हुन्।

    उनले फागुन २५ गते पुर्वराजालाई कथित स्वागत गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति शाहीले आपत्ति जनाए।

    प्रधानमन्त्रीले तत्कालिन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै वक्तव्यवाजी गरेको टिप्पणी गरेका थिए।

    प्रधानमन्त्रीले भनेका थिए, ‘त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।’

  • प्रधानमन्त्रीले तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा भनेपछि राप्रपाको कडा प्रतिवाद, संसदमा तनाव (भिडिओ)

    प्रधानमन्त्रीले तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा भनेपछि राप्रपाको कडा प्रतिवाद, संसदमा तनाव (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दै गर्दा राप्रपा सांसदहरूले अवरोध गरेका छन् । प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेपछि राप्रपा सांसदहरू आक्रोशित बने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा साह मुख्य जिम्मेवार भएको बताएका थिए । लगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर विरोध जनाए । त्यसपछि पार्टीका सबै सांसदहरू उठे ।

    प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंलाई आफ्नै निवासमा बोलाएर पूर्वराजाले जनकमाण्डर तोकेको बताएपछि शाहीले प्रतिवाद गर्न खोजेका थिए ।

    प्रधानमन्त्रीको भनाइ यस्तो थियोः

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफू अघि बढ्ने साथ देऊ भन्दै वक्तव्यवाजी गरेलगत्तै ठाउँ-ठाउँमा स्वागत कार्यक्रम गरेर जनमत भड्काउन खोजियो । फागुन २५ मा कथित स्वागत सवारी आयोजना गरियो । चैत १४ गते समाज बिथोल्न लागि परेका अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।

    प्रारम्भिक अध्ययनमा सबै घटनाले स्पष्ट पार्छ पूवराजाले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ । यतिबेला नागरिकको हैसियतमा उहाँले शान्त जीवन बिताउने, नागरिकको कानूनी र संवैधानिक अधिकार प्रयोग गर्ने तथा सरकारले सुरक्षाको प्रवन्ध गर्ने र उहाँलाई नागार्जुन दरवार र मातालाई नारायणहिटी प्रयोग गर्न दिने सहमति भएको थियो ।

    म नियमावलीको होइन, संविधान व्यवस्था मास्ने कुरासँग प्रश्न उठाइरहेको छु । सबैले यो देशमा सबैले व्यवस्था र संविधान मान्नुपर्छ । हल्ला गरेको भरमा राजनीति, संसद सबै अवरोध गर्ने काम गर्न मिल्दैन ।

    आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउनुहुन्न । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्ना धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मार्न दुरुत्साहित गर्ने, जनकमाण्डर बनाउने, आफू शासक लोभ राख्नेले यी सबै घटनाबारे बोल्नु पर्दैन ? मुल जिम्मेवार उहाँ हो । उहाँले जिम्मा लिनुपर्छ ।

  • गणतन्त्रविरुद्ध ढुंगा हान्नेसँग माओवादीले कुम जोड्यो : महेश बर्तौला (भिडि‌ओ)

    गणतन्त्रविरुद्ध ढुंगा हान्नेसँग माओवादीले कुम जोड्यो : महेश बर्तौला (भिडि‌ओ)

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।

    आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताए ।

    मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनको जिकिर छ ।

    एउटा कर्मचारीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री तयार भएपनि सदन अवरुद्ध गरेर प्रतिस्थापन विधेयक पारित नगर्ने दाउपेचमा माओवादी रहेको तर्क बर्तौलाले गरेका छन् ।

    शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानूनबमोजिम कारवाही गर्नुपर्ने उनले प्रष्ट्याए । पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता गर्नुपर्ने उनले भने ।

  • राप्रपा अध्यक्ष लिङ्देनले रवीन्द्र र धवललाई हिरासतमा भेटे, प्रहरीको व्यवहारप्रति गुनासो

    राप्रपा अध्यक्ष लिङ्देनले रवीन्द्र र धवललाई हिरासतमा भेटे, प्रहरीको व्यवहारप्रति गुनासो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हिजो प्रहरी हिरासतमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई भेटे । उनी प्रहरीको व्यवहारमा सन्तुष्ट हुन सकेनन् ।

    राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री शरदराज पाठक, कोषाध्यक्ष निलकण्ठ काफ्लेलगायतको टोली लिएर लिङदेन प्रहरी परिसर टेकुमा पुगेका थिए । पार्टीको महत्वपूर्ण वैठक अगाडि उनीहरु नेताद्वय भेट्न पुगेका हुन् ।

    प्रहरीले राप्रपा अध्यक्ष नेताहरुलाई बसेर भेट्ने व्यवस्था भने मिलाएन । अध्यक्ष लिङदेन र नेताहरुले उभिएरै कुराकानी गरेका थिए ।

    लकअपभित्र बारको वारपार मिश्र र राणासँग एकैपटक कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए । सो क्रममा प्रहरीका एसएसपी नै छेउमा उभिएर कुरा सुनेको उनको भनाइ छ । यसमा अध्यक्ष लिङदेन असन्तुष्ट बनेका थिए ।

    ‘हाम्रा नेताहरुले कुनै पनि अपराधिक कार्य गरेका होइनन्, उनीहरुलाई खुंखार अपराधिझैं व्यवहार गर्नु भएन,’ उनले भने, ‘पार्टीको उच्च नेतृत्व आउँदाखेरि गरिएको यो व्यवहारले हामीप्रति राज्यको दुर्भावना र प्रतिसोधपूर्ण व्यवहार झल्काएको छ ।’

    नेताद्वयले भने खासै गुनासो गरेनन् । वरिष्ठ उपाध्यक्ष मिस्ले राति लाइन लागेर सुतिएको हाँस्दै बताएका थिए ।

    ‘उहाँहरु हताश देखिनुभएन, खासगरि रविन्द्र मिश्र उच्च मनोबलमा हुनुहुन्थ्यो,’ ती नेताले भने । आफूहरुले नआत्तिन आग्रह गर्दा मिश्रको जवाफ उद्धृत गर्दै उनले सुनाए, ‘ आत्तिनुपर्ने केही कारण नै छैन । हामीले के गल्ति गरेका छौं र । हाइ स्पिरिटमा छौं । जीवनको पहिलो अनुभव पनि हो ।’

    मिश्रले आन्दोलनका क्रममा भिडलाई उक्साएको भन्ने आरोपबारे पनि कुराकानी भएको थियो । उनले भने, ‘सरकारले छतछतबाट स्टेजमा आक्रमण गरेर शान्तिपूर्ण सभा विथोलेपिछ साथीहरुलाई एकत्रित गर्ने क्रममा पर नजानुस, अघि बढ्नुस भनेको हो । आन्दोलनकारीको नेताले अगाडि बढ्नुस भन्दा के आश्चर्यको कुरा भयो ? तर, हिंसा र तोडफोडलाई बढावा दिने काम हामीबाट कतै पनि भएको छैन ।’

    अध्यक्ष लिङदेनले सरकारले राजनीतिक प्रतिसोध साँध्न खोजेको बताए । यसका विरुद्ध पार्टीको वैठकले कडा निर्णय लिने पनि उनले नेताद्वयलाई जानकारी गराएका थिए । त्यही बमोजिम हिजो राप्रपाले नेताहरुलाई रिहा गर्न २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र रिहा नगरिएको खण्डमा देशव्यापी आन्दोलन गर्ने राप्रपाले निर्णय गरेको थियो ।

     

  • गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङदेनको चुनौती- राजावादी यहाँ छ, सके जेल हाल (भिडिओ)

    गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङदेनको चुनौती- राजावादी यहाँ छ, सके जेल हाल (भिडिओ)

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।

    लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल !’

    संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो ।

  • बालेनलाई खुश्बु ओलीको प्रश्न- कार्यक्रम गर्ने र अनुमति दिनेलाई छाडेर तेस्रो पक्षलाई दोषी देखाउने ?

    बालेनलाई खुश्बु ओलीको प्रश्न- कार्यक्रम गर्ने र अनुमति दिनेलाई छाडेर तेस्रो पक्षलाई दोषी देखाउने ?

    काठमाडौं । पछिल्लो समय प्रखर वक्ताको पहिचान बनाएकी राप्रपा नेता खुश्बु ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह गैरकानूनी र सस्तो लोकप्रियताको बाटोमा अग्रसर भएको आरोप लगाएकी छन् ।

    शुक्रबारको घटनालाई लिएर पूर्व राजालाई जरिबानाको पत्र काटिएकोमा आपत्ति जनाउँदै ओलीले सभा सञ्चालनको अनुमति लिने संस्था र दिने निकायलाई उन्मुक्ति दिएर तेस्रो पक्षलाई दोषी देखाउने अधिकार कसले दियो भन्ने प्रश्न उठाएकी छन् ।

    ओलीले वक्तव्यमार्फत भनेकी छन्, ‘चैत्र १५ गतेको कार्यक्रममा नेपाल सरकारले स्वीकृति दिएको सार्वजनिक सभा सञ्चालन भइरहेको थियो । सभा आयोजना गर्न एउटा छुट्टै समितिले कानूनी प्रक्रिया पूरा गरी अनुमति लिएको अवस्थामा, जरिबाना भने राजा ज्ञानेन्द्र शाहलाई काटियो । नेपालको कुन कानूनले सभा सञ्चालनका क्रममा स्वीकृति लिने निकायलाई मुक्त गर्दै तेस्रो पक्षलाई दोषी देखाउने अधिकार दिन्छ ?’

    यस घटनामा, सभा स्वीकृति दिने निकाय नेपाल सरकार नै थियो, तर सभा सञ्चालन भइरहेकै बेला अश्रुग्यास प्रहार गरेर सभा भाँड्ने कार्य सरकारले नै गर्‍यो । यस्तो अवस्थामा, सभालाई भाड्ने पक्ष सरकार हो कि आयोजक पक्ष ? कानूनीरूपमा जवाफदेही कसलाई बनाउने भन्ने कुरा स्पष्ट हुनुपर्छ । अझ महत्वपूर्ण कुरा, महानगरपालिकाले कुन ऐन, कुन दफा, र कुन कानूनी अधिकार प्रयोग गरेर राजालाई जरिबाना तोक्ने निर्णय गर्‍यो ?

    कानूनसम्मत राज्यमा कुनै पनि जरिबाना वा दण्डको प्रक्रिया पारदर्शी, प्रमाणमा आधारित, र विधिसम्मत हुनुपर्ने हुन्छ । यदि महानगरपालिकाको यो निर्णय कानूनी आधारमा सही छ भने, सोही कानूनी आधार स्पष्टरूपमा प्रस्तुत गर्नुपर्छ, जनतालाई भ्रमित पार्न पाइँदैन । अन्यथा, यो कदम कानूनी निष्पक्षताको उल्लंघन र सस्तो लोकप्रियताका लागि गरिएको देखिन्छ ।

    बालेन शाहको पछिल्लो जरिबाना पत्र प्रकरणबाट उनको पक्षमा यसअघि चर्का अभिव्यक्ति दिने राजावादी नेताहरू नै आक्रोशित बनेका छन् । कमल थापा, प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूले सार्वजनिकरूपमै बालेनसँग प्रश्न उठाइसकेका छन् ।

    बालेनले नियम कानूनभन्दा पनि माहौल हेरेर सस्तो लोकप्रियताका लागि असम्बन्धित व्यक्तिलाई पत्र पठाएर स्टन्टबाजी गरेको आरोप उनीहरूले लगाएका छन् ।

  • सर्वदलीय बैठक ७ बजे, राप्रपालाई नबोलाइने

    सर्वदलीय बैठक ७ बजे, राप्रपालाई नबोलाइने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठकमा गणतन्त्र पक्षधरका दललाई मात्र आमन्त्रण गरिएको छ ।

    साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकका लागि शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शुक्रबारको आन्दोलन र राजावादीहरूको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि प्रहार भएको ठहरसहित गणतन्त्र पक्षधर एकठाउँमा उभिनुपर्ने प्रमुख दलका नेताहरूले बताउँदै आएका छन् । यही सन्दर्भमा समसामयिक राजनीतिक घटना र भावी रणनीतिबारे छलफल गर्न शीर्ष नेताहरू जुट्न लागेको बताइएको छ ।

    यसैक्रममा प्रधानमन्त्री ओलीले र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवादसमेत भएको छ ।

    कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोधसमेत गरिरहेका बेला बालुवाटार गणतन्त्रको कित्तामा रहेका दलहरूसँग सामूहिक छलफल गर्न लागिएको हो ।

  • बालेन सस्तो लोकप्रियताको दौडमा रहेको डा. लोहनीको टिप्पणी, ७ बुँदामा मागे मेयरको जवाफ

    बालेन सस्तो लोकप्रियताको दौडमा रहेको डा. लोहनीको टिप्पणी, ७ बुँदामा मागे मेयरको जवाफ

    काठमाडौं । राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सस्तो लोकप्रियताको दौडमा रहेको टिप्पणी गरेका छन् ।

    शुक्रबार तीनकुनेमा भएको कार्यक्रममा फोहोर र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र काटेकोमा असन्तुष्टि जनाउँदै डा. लोहनीले कुन कानूनअन्तर्गत जरिवानाको पत्र पठाइएको भन्ने प्रश्न गरेका छन् ।

    राजसंस्था पुन:स्थापना आन्दोलनका एक नेता डा. लोहनीले सात बुँदे वक्तव्यमार्फत मेयर बालने शाहसँग जवाफ मागेका छन् । आफूहरू अहिलेसम्म बालेनका हितैसी रहेको भन्दै विना प्रसंग र आयोजक नै नरहेका व्यक्तिसँग जरिवाना मागिनुले सस्तो लोकप्रियताको दौडमा रहेको बुझिने बताएका हुन् ।

    यस्तो छ डा. लोहनीको वक्तव्य

    मेयर बालेन सााहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो ?

    एकपटक निम्न बुँदाहरू विचार गरौं ।

    १) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति दिने पक्ष अर्थात नेपाल सरकार ।

    (२) कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहार वाट आखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगे ।

    (३) ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानून र प्रोटोकलले जायज छ ?
    यस्को दोषी को हो ?

    ४) अश्रुग्यास प्रहारबाट भिड आक्रोशित भएर तितर-बितर भयो । आफूले स्वीकृति दिएर स्वभावत: भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयंले भाँड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नुभएको छ ?

    ५) यसपछिको आक्रोसित भिड र प्रहरीबीच द्वन्द्व र नोक्सानसमेत भयो ।

    ६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो ।

    ७) कानूनबमोजिम यो सब घटनामा स्वीकृति लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सिएर राजा ज्ञानेन्द्र शाहलाई जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानून र मान्यताले दिन्छ ?

    बालेनजीले जनतालाई राम्रोसँग बताउनुपर्‍यो ।

    अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौडमात्र रहेको बुझ्नुपर्ने भएको छ ।

    बालेनजी, मजस्ता धेरै काठमाडौंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म तपाईका हितैसि छौं , तर अब हामीलाई जवाफ चाहियो ।

  • राप्रपा सांसद धवलशमशेर पक्राउ परेको सूचना संसद सचिवालयमा

    राप्रपा सांसद धवलशमशेर पक्राउ परेको सूचना संसद सचिवालयमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।

    राप्रपाका महामन्त्री समेत रहेका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ को प्रदर्शन उग्र रुप लिएपछि हिजो प्रहरीले पक्राउ गरेको थियो।

    सांसद राणा पक्राउ परेपछि हिजोकै मितीमा सूचना संसद सचिवालयमा आएको प्रवक्ता एकराम गिरीले बताए।

    प्रतिनिधिसभा नियमावली अनुसार सांसद पक्राउ परेको सूचना आएपछि सभामुखले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकलाई जानकारी गराउनेछन्। बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। ।

  • मिश्र र जवरासहित पक्राउ परेको नेता कार्यकर्ता भेट्न प्रहरी परिसर पुगे राणा र लोहनी

    मिश्र र जवरासहित पक्राउ परेको नेता कार्यकर्ता भेट्न प्रहरी परिसर पुगे राणा र लोहनी

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले हिजो राजावादीहरुको प्रदर्शनपछि पक्राउ परेका नेता कार्यकर्ता भेट्न पुगेका छन्।

    उनीहरु पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर जबरासहित पार्टीका नेता कार्यकर्ता भेट्न प्रहरी परिसर भद्रकालीमा पुगेका हुन्।

    आन्दोलनमा हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै हिजो राप्रपाका नेताहरु पक्राउ परेका छन्। त्यसबारे छलफल गर्न राप्रपाको बैठक आजै बस्दैछ।

    लोहनीले मिश्र र जवरासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गरेका छन्।

  • वरिष्ठ उपाध्यक्ष र महामन्त्री पक्राउ परेपछि पार्टीको धारणा बनाउन राप्रपाको बैठक बस्दै

    वरिष्ठ उपाध्यक्ष र महामन्त्री पक्राउ परेपछि पार्टीको धारणा बनाउन राप्रपाको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। हिजो राजावादीले गरेको आन्दोलनले उग्र लिएपछि पार्टीको धारणा बनाउन बैठक बोलाएको हो।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। बैठकमा वर्तमान परिस्थितिको समीक्षा गर्न र पार्टीको धारणा तय गर्ने बताए।

    आन्दोलनमा हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर जबरा हिजै पक्राउ परिसकेका छन्।

  • राप्रपा नेता रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ

    राप्रपा नेता रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ

    काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।

    काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।

    राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले आफूहरुलाई बीएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रममा पक्राउ गरेर ल्याइएको नेपाल प्रेसलाई बताए ।

  • लिङ्देनलाई छैन अराजकताको भर- तर उनलाई नै छ पूर्वराजाले पार्टी फुटाइदिने डर

    लिङ्देनलाई छैन अराजकताको भर- तर उनलाई नै छ पूर्वराजाले पार्टी फुटाइदिने डर

    काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनमा राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन पार्टीको ब्यानर र झण्डाबाहेक अन्यत्र देखिएका छैनन् । शुक्रवारको उपद्रवमा उनी थिएनन् र उनीमात्र होइन राप्रपाको संस्थापन पक्ष थिएन ।

    त्यसो भए राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा चाहिँ को हुन् त ? भन्ने प्रश्न उठ्न सक्छ । त्यतिमात्र होइन ‘राजा’ ज्ञानेन्द्रको चाहनाबमोजिम गठन भएको राजसंस्था पुनर्स्थापना आन्दोलन समितिको संयोजक नवराज सुवेदी नै राप्रपाका नेता हुन् ।

    यी नेताहरुकै उपस्थितिमा तीनकुनेको भीड उत्तेजित भयो । एक दिन अघिमात्र नवराज सुवेदीले पत्रकार सम्मेलनबाट राजा फर्काउने आन्दोलनका जन कमाण्डर घोषित गरेका दुर्गा प्रसाईले ठोक् भन्दै गाडी चलाएर प्रहरीलाई किच्न खोज्दै निषेधाज्ञा तोडे ।

    राप्रपाका नेताहरु त प्रहरीको अश्रुग्याँस सहन नसकेर मञ्च छाडेर भागे । तर दुर्गा प्रसाईले जम्मा गरेका र सामाजिक संजालबाट आह्वान गरेर आएका मान्छेहरुले एकै क्षणमा तिनकुनेलाई रणमैदान बनाए ।

    अराजकताले आतंकको रुप लियो र आतंकले हिंसा आगजनी र हत्याको स्वरुप ग्रहण गर्‍यो । सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका दृष्यहरु एकै क्षणमा सचित्र सार्वजनिक भइसकेका थिए ।

    त्यो अराजक जमात कोही विमानस्थलमा आगो लगाउँन गयो । कोही नेकपा एस,माओवादी केन्द्र र नेकपा एमालेको कार्यालयमा आगजनी गर्न हिँड्यो । केहीले माधव नेपालको घरमा ढुंगा हाने भने केहीले जडिबुटीमा बिभत्स आगजनी गरे । केहीले रास्वपा नेता सन्तोष परियार लगायतको गाडीमा आगो लगाए ।

    यो त भयो आन्दोलनका नाममा भएको अराजकता र आततायी घटनाको संक्षिप्त झलक । त्यसबीचमा राजावादीले आगो लगाएको घरभित्र परेर एकजना पत्रकारको ज्यान गइसकेको थियो भने अर्का एकजना घाइतेको अस्पतालमा मृत्यु भइसकेको थियो ।

    यी सबै घटनाक्रमहरु यति चाँडै भए कि,पत्रकारको एंगलबाट अब यसमा कसलाई जिम्मेवार बनाउने भन्ने अर्को कन्टेन्टको जरुरी भयो । हामीले राप्रपा अध्यक्ष लिङ्देनलाई फोन गर्दा उनी आन्दोलनमा गएकै थिएनन् र भइरहेका घटनाप्रति अत्यन्त दुःखित सुनिए ।

    राप्रपा संस्थापनका अन्य नेताहरु जो आन्दोलनमा गएनन् र यी सबै गतिविधिप्रति असहमत थिए उनीहरु त्राहिमाम थिए । राजा फर्काउने अभियानको सेलिब्रिटी अनुहार ज्ञानेन्द्र शाही यो सबै अराजकतामा कतै भेटिएनन् र सुनिएनन् ।

    भन्न त राप्रपा प्रमुख सचेतक भएकाले ज्ञानेन्द्र शाहीले त्यो बेला सभामुखसँग छलफलमा थिएँ भन्लान् तर खासमा उनले १० लाख मान्छे उत्रेछन् भने दुर्गा प्रसाईँ जस्ता अराजकको अभियानमा सहभागी नहुने आन्तरिक कसम खाइसकेका थिए ।

    हुन पनि गत फागुन २५ गते ज्ञानेन्द्र पोखराबाट फर्किदा गरिएको स्वागत जुलुसपछि दुर्गा प्रसाईले राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाहीप्रति होच्याएर टिप्पणी गरेका थिए । ज्ञानेन्द्र शाहीलाई यार्सा गुम्बा खाएको जुम्ली भाइ खलाँसी जस्तो झुण्डिएको भनेर अपमाजनक टिप्पणी गरेका थिए ।

    राजा ज्ञानेन्द्रले राप्रपालाई बाइपास गरेर राप्रपाकै नेता नवराज सुवेदीलाई राजसंस्था फर्काउने आन्दोलनको कमाण्डर बनाएदेखि नै राजेन्द्र लिङ्देन,पशुपति शम्सेरलगायतका नेता सशंकित थिए । त्यसमाथि राप्रपाकै बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलहरु समेत सुवेदीको अभियान मिसिएपछि उनी रक्षात्मक बने ।

    नवराज समिति र रविन्द्र तथा धवलहरुको संलग्नता निर्मल निवासको चाहना र योजनाबिना थिएन । यो सबै बुझेका लिङ्देनले पार्टी बैठकबाट अलग्गै आन्दोलन गरौं,राप्रपा अन्य समितिको मातहतमा नबसौं भन्ने प्रयास गरे । तर निर्मल निवासले उनको पार्टी फुटाउने खतरा देखेर धर्मसंकटमा परेका लिङ्देनले अन्ततः मध्यमार्गी बाटो लिएर शुक्रवारको आन्दोलनमा सहभागी जनाउने निर्णय गरेका थिए ।

    राप्रपाको कति हिस्सा शुक्रवारको आन्दोलनमा थियो भन्ने निश्चित छैन, तर अराजकता मच्चाउने र लुटपाट गर्नेहरुको भिडिओमा देखिएका प्रायः कुनै पनि अनुहार राप्रपाका होइनन् । राप्रपाका अनुहार भनेका नवराज,रविन्द्र र धवलहरुमात्र थिए । जसले आन्दोलन अझ चर्काउने भनिरहेका छन् ।

    कमल थापालाई राप्रपा अध्यक्षमा हराएर लिङ्देनलाई जिताउने निर्मल निवास पछिल्लो समय उनै लिङ्देनसँग रुष्ट छ । उसले समानान्तर राप्रपा चलाइरहेको छ भन्ने सबैलाई थाहा छ । अहिलेको आन्दोलन लिङ्देनका लागि नखाउँ भने दिनभरीको शिकार,खाउँ भने कान्छा बाउको अनुहार भएको छ ।

    राप्रपा कुन दशामा छ भन्ने प्रमाण खोज्न अन्त जानु पर्दैन । राप्रपाकै केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख उद्धबराज भेटुवालको यो भनाइले सबै कुराको पुष्टि गर्छ ।
    भेटुवाल भन्छन्– राजसंस्था स्थापनार्थ बनेको सुवेदी नेतृत्वको जनआन्दोलन समिति फितलो धरातलमा बनेको पुष्टी भएको छ । प्रदर्शनमा राप्रपाको समर्थन रहेको भएपनि आन्दोलन गर्ने नयाँ समितिको आयोजनामा रणनीति, योजना र स्पष्ट खाका भएको पाइएन । ‘जनकमाण्डर’ भनिएका दुर्गा प्रसाईंको आश्चर्यजनक गतिविधि उदेकलाग्दो रह्यो । संघर्षका क्रममा भएका दखद् घटनाहरु थप मर्माहत बनाउने खालका छन् । प्रदर्शनकारी र पत्रकारले त्रासदीपूर्ण रुपमा मृत्युवरण गर्नुपर्ने अवस्था आउनु दर्दनाक घटना हो । आन्दोलन मजाक होइन । यसका निम्ति बृहत् एकता, साझा नेतृत्व र सहअस्तित्व चाहिन्छ भन्ने राप्रपाको मान्यता हो । आन्दोलन योजनावद्ध, वैज्ञानिक र शान्तिपूर्ण हुनुपर्छ । आन्दोलनको भीडलाई नियन्त्रण गर्ने र नेतृत्व गर्ने संगठित संरचना चाहिन्छ । स्पष्ट कार्यनीति चाहिन्छ । त्यसैले संगठन चाहिने हो । आजको कार्यक्रमबाट ‘राजावादी’ ले यो कुरा सिक्नैपर्छ । नयाँ ढंगले अघि बढ्नुपर्छ । सबैले आत्मसमिक्षा गरुन्

    राप्रपालाई यो आन्दोलनबाट अलग गरेर राजनीतिक मुद्दा केन्द्रित गरौं भने उनको पार्टी ज्ञानेन्द्रले फुटाइदिन्छन् । आन्दोलनमा लाग्ने हो भने दुर्गा प्रसाईहरु जस्ता अराजकले हिंसा,लुटपाट र मारकाट गरेर अशान्ति मच्चाउँछन् । खासमा लिङ्देनलाई अराजकतामा पटक्कै भर छैन तर ज्ञानेन्द्रले १४ सीट ल्याएको पार्टी फुटाइदिने डर उत्तिकै छ ।

    राजेन्द्र लिङ्देनलाई शुक्रवार दुर्गा प्रसाईको उक्साहटमा सिर्जित अराजकता र त्यसपछि भएको हत्या हिंसा, आगजनी र लुटपाटको घटना पटक्कै सैह्य भएको छैन ।

    तर उनले खुलेर आफ्नो मनको कुरा व्यक्त गर्न पनि सकेका छैनन्, किनकी उनको शीरमा पूर्व राजाले पार्टी विभाजनको तरवार झुण्ड्याइदिएका छन् ।

    तर यसो भनेर उनले छुट पाउँदैनन् । शुक्रवार भएका आततायी घटनामा राज्य वा प्रहरीलाई दोषारोपण गरेर कम्तिमा पनि राप्रपा जस्तो जिम्मेवार राजनीतिक दल उम्किन सक्दैन । राजेन्द्र लिङ्देनले यो लुटपाट र बंगलादेश तथा श्रीलंका बनाइदिने धम्की वरण गर्ने हो सार्वजनिक रुपमा निन्दा गरेर अलग हुने ? दोबाटोमा लामो समय रहन सम्भव छैन ।

     

  • कमल थापाले भने- सरकारले दमन गर्यो, उत्तेजित भिडबाट भएको तोडफोड र आगजनी निन्दनीय

    कमल थापाले भने- सरकारले दमन गर्यो, उत्तेजित भिडबाट भएको तोडफोड र आगजनी निन्दनीय

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको राजावादी आन्दालनमा सरकारले दमन गरेको भन्दै भत्र्सना गरेका छन् ।

    सरकारी दमनका कारण उत्तेजित भिडले विभिन्न स्थानमा गरेको तोडफोड र आगजनी पनि निन्दनीय रहेको उनको भनाइ छ ।

    आजको आन्दोलनबारे कमल थापाले फेसबुकमा गरेको टिप्पणी जस्ताको तस्तैः

    भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आज काठमाडौंमा भएको प्रदर्शनको क्रममा सरकारले गरेको दमनको राप्रपा नेपाल भत्सर्ना गर्दछ । प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु खेदजनक छ ।

    प्रहरीको गोली लागेर किर्तिपुरका युवा सविन महर्जनले सहादत प्राप्त गरेका छन् । तिनकुनेमा आगो लागेको भवनमा जलेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको सुन्दा स्तव्ध भएको छु । यो घटनाको जति नै निन्दा गरे पनि कम हुन्छ ।

    दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दछु ।

    दर्जनौं प्रदर्शनकारी र प्रहरीहरू घाईते भएका छन् । घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । तिनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा सुरु हुनु अगावै मञ्चमा अश्रुग्यास प्रहार गरेपछि परिस्थिति अराजक हुनपुगेको हो ।

  • सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

    सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आन्दोलन नरोकिएको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् ।

    ‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’, मिश्रले लेखेका छन् ।

     

  • राप्रपाले भन्यो- कुलमानबारे उठेको विषय व्यक्तिगत होइन, प्रधानमन्त्रीले सदनबाट जवाफ दिनैपर्छ (भिडिओ)

    राप्रपाले भन्यो- कुलमानबारे उठेको विषय व्यक्तिगत होइन, प्रधानमन्त्रीले सदनबाट जवाफ दिनैपर्छ (भिडिओ)

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको स्पष्टीकरण प्रधानमन्त्री केपी ओलीले संसदमा आएर दिनुपर्ने बताएका छन् ।

    संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सदनमा उठिसकेपछि प्रधानमन्त्रीले आएर जवाफ दिनैपर्ने अडान सुनाए ।

    उनले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा बसेपछि देश र जनताको आवाजमा प्रधानमन्त्रीले जवाफ दिनैपर्छ। हामीले संविधान र संसदको नियमावलीमा स्पष्ट लेखेका छौं। सरकार संसदप्रति उत्तरदायी हुने भनेर, त्यो लेखिसकेपछि संसदमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । बाहिर गएर जवाफ दिने होइन । संसदको रोष्ट्रमबाटै दिनुपर्छ, हामीलाई चाहियो ।’

    उनले सरकारले विद्युत प्राधिकरणको बक्यौता रकम नउठाउने षड्यन्त्र गरेर कुलमानलाई हटाएको आरोप लगाए ।

    उनले थपे, ’यो कुनै कर्मचारीको कुरा होइन । विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता नठाउने षड्यन्त्र हुँदैछ । त्यसको विरोध गरेका हौं । कुलमान घिसिङले व्यापारीहरुलाई पैसा तिर भन्नुभएको थियो । व्यापारीहरुले पैसा नतिरेर के देखिन्छ। त्यसको पक्षमा सरकार उभिएको छ । त्यसैले यो कुनै व्यक्तिवादी बिषय होइन ।’

  • राप्रपाको बैठक जारी, राजसंस्था फर्काउन आन्दोलनको खाका बनाउँदै

    राप्रपाको बैठक जारी, राजसंस्था फर्काउन आन्दोलनको खाका बनाउँदै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन मुल आयोजक समितिको बैठक सुरु भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एउटा पार्टी प्यालेसमा बैठक बसेको हो ।

    राप्रपाको गत चैत ५ गतेको बैठकले राजसंस्था, हिन्दू राष्ट्र स्थापना र संघीयता खारेजीको एजेन्डासहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको थियो । आमुल आयोजक समितिका संयोजक समेत रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकमा राप्रपाका सबै शीर्ष नेताहरु उपस्थित छन् । पछिल्लो समय संस्थापनइतर समूहमा रहेका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेताद्वय पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणाको पनि उपस्थित रहेको छ । उनीहरु नवराज सुबेदीले नेतृत्व गरेको समूहमा पनि छन् । राणा उक्त समूहले गठन गरेको आन्दोलन परिचालन समितिका संयोजक हुन् ।

    राप्रपाको आन्दोलन मुल आयोजक समितिमा पार्टीका सबै केन्द्रीय सदस्य, सांसदहरु, प्रदेश तथा जिल्ला सभापतिहरु, भातृ संगठनका अध्यक्षहरु रहेका छन् । ५ गतेको कार्यसम्पादन समितिका अध्यक्ष लिङ्देनले आन्दोलनको बागडोर आफ्नो हातमा लिएका थिए ।

  • राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न- विघटित संसद् त पुनर्स्थापना भयो भने राजसंस्था किन फर्किँदैन ?

    राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न- विघटित संसद् त पुनर्स्थापना भयो भने राजसंस्था किन फर्किँदैन ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले षड्यन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुलाई अहिले छटपटी देखिन थालेको टिप्पणी गरेका छन् ।

    पछिल्लो समय राजावादीको सक्रियता बढेपछि गणतन्त्रवादी दलका नेतामा तरङ्ग देखिएपछि प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

    षड्यन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी केही दिन यता हेरि नसक्नु छ उनले भनेका छन्, ‘०६३ वैशाख ११ गते राजा र आन्दोलनरत राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनः स्थापित भयो, सहमति हुँदै गर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्वीकार गरिएको थियो ।’

    उनले सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो भन्दै चार प्रश्न गरेका छन् ।

    –राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो ?

    –यस कुकर्ममा को को कुन उद्देश्यका लागि कसको इशारामा संलग्न भए ?

    –०५९ मा शेरबहादुर देउवाले विघटन गरेको अर्थात् मरिसकेको प्रतिनिधिसभा ०६३ मा पुनः स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पुनर्स्थापना हुन किन सक्दैन ?

    –जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?

  • राप्रपा महामन्त्री राणाले भने- नवराज सुवेदीजीको नेतृत्वमा संयुक्त आन्दोलन हुन्छ (भिडिओ)

    राप्रपा महामन्त्री राणाले भने- नवराज सुवेदीजीको नेतृत्वमा संयुक्त आन्दोलन हुन्छ (भिडिओ)

    काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले राजावादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । राजा फर्काउनका लागि दबाब दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले तीन नेताहरू मिलेर देश लुटिरहेको आरोप लगाए ।

    उनले भने, ‘अब राजावादी, राष्ट्रवादी, संघीयता विरोधी, भ्रष्टाचार विरोधी, जनता सबै एक ठाउँमा उभिएर असफल गणतन्त्र र संघीयतालाई पाखा लगाउने काममा उत्रिएका छौँ । नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ । त्यही छाता अन्तर्गत अहिले काम भइरहेको छ । दुर्गा प्रसाईँजी अरू पार्टीहरू, शाही शक्ति मिलेर अगाडि बढ्नुपर्छ । कसैले आफ्नो गर्छ भनेर गर्न दिने त्यसैले यो फुटेको होइन । तमाम अभियान चलिरहेको थियो । राप्रपाले पनि गरिरहेको थियो मेरै नेतृत्वमा ।’

    नवराज सुवेदीको नेतृत्वमा बृहत् आन्दोलन परिचालन समिति बनिसकेपछि त्यसमा आफू पनि रहेको बताए । उनले भने, ‘म राप्रपामा पनि छु। यसले राप्रपालाई राप्रपाले यसलाई चाहे कमल थापासहित सबै राजावादीहरू मिलेर अघि बढ्ने सहमति छ ।’

    उनले आफ्नो अध्यक्षतामा आन्दोलन परिचालन समिति आजै विस्तार गर्न लागेको बताए ।

  • धवलशम्शेरले नवराज सुवेदीको साथ नछोड्ने, आन्दोलन परिचालन समितिको बैठक डाके

    धवलशम्शेरले नवराज सुवेदीको साथ नछोड्ने, आन्दोलन परिचालन समितिको बैठक डाके

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन अघि बढाउन नवराज सुवेदीको नेतृत्वमा बनेको नयाँ गठबन्धनले होमवर्क थालेको छ । उक्त गठबन्धनका तर्फबाट बनाइएको आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले आज बैठक बोलाएका छन् ।

    स्रोतका अनुसार काठमाडौंको एउटा पार्टी प्यालेसमा दिउँसो दुई बजे राजावादीहरूको बैठक बोलाइएको हो । उक्त बैठकले आन्दोलन परिचालन कमिटीलाई पूर्णता दिने स्रोतले बतायो ।

    बैठकमा नवराज सुबेदीसहित निर्देशक समितिका सदस्यहरू तथा अन्य राजवादी संघ-संगठनका प्रतिनिधिहरूलाई निम्ता गरिएको छ ।

    तीन दिन अगाडि सुबेदीले भेला बोलाएर आन्दोलनका लागि निर्देशक समिति बनाएका थिए । सोही भेलाले आन्दोलन परिचालन समितिको संयोजकमा राणालाई तोकेको थिए । यहीबीच राणा महामन्त्री रहेको पार्टी राप्रपाले पनि आफैँ आन्दोलनको अगुवाइ गर्ने निर्णय लियो ।

    पार्टीको सो निर्णयबाट राप्रपाको आन्दोलन परिचालन समितिका समेत संयोजक रहेका राणा चेपुवामा परेका थिए । तर, उनले नवराज सुबेदीको साथ नछोड्ने निर्णय गरेका छन् ।

    राप्रपाले राणा नेतृत्वको आन्दोलन परिचालन समितिलाई घुमाउरो रुपमा ‘निष्क्रिय’ बनाइदिएको छ । पार्टीले गर्ने आन्दोलनको कमान्ड अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले लिएका छन् ।

    आन्दोलन परिचालन समितिको भूमिका लिङदेन नेतृत्वको मूल आन्दोलन समितिलाई सुझाव दिनेमा सीमित गरिएको छ । पार्टीले गर्ने आन्दोलनको कमान्ड खोसिएपछि राणाले नवराजकै नेतृत्वमा हुने आन्दोलनलाई प्राथमिकतामा राख्ने रणनीति बनाएका हुन् ।

    त्यसो त नवराज नेतृत्वको आन्दोलन निर्देशक समितिमा राप्रपाकै ४ जना नेताहरूको उपस्थिति छ । राप्रपाका अध्यक्ष लिङदेनसहित पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र र हरिबहादुर बस्नेतलाई समितिमा राखिएको थियो । तर, अध्यक्ष लिङदेनले तत्कालै आफू त्यसमा नबस्ने घोषणा गरे । पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अहिलेसम्म ‘नबस्ने’ भनेका छैनन् । तर, राप्रपा स्रोतले उनीहरू पनि समितिबाट बाहिरिन सक्ने दाबी गर्‍यो ।

    गत मङ्गलवार सुबेदीले बोलाएको भेलामा दुवै नेता सहभागी भएका थिए । तर, उक्त भेलामा व्यवसायी दुर्गा प्रसाईँले राप्रपा विरुद्ध अभिव्यक्ति दिएपछि उनीहरू असन्तुष्ट बनेका छन् । राप्रपाको बैठकमा डा। लोहनीले प्रसाईँ लगायतलाई ईंगित गर्दै ‘दिज पिपुल क्यान नट बि ट्रस्टेड’ भनेका थिए । उनले आफू समितिमा नबस्ने संकेत गरेको राप्रपा स्रोतको भनाइ छ ।

    निर्देशक समितिको सदस्य सचिव बनाइएका रवीन्द्र मिश्रले भने जिम्मेवारी स्वीकार गरिसकेका छन् । उक्त समितिले अघि सारेको प्रतिबद्धतापत्र निर्माणमा पनि मिश्रले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी राजसंस्था पुनर्स्थापनाका लागि साझा आन्दोलनको पक्षमा छन् ।

    राप्रपाले नवराज नेतृत्वको समितिमा बस्ने/नबस्ने स्वविकीय अधिकार नेताहरूलाई दिएको छ । बस्न नमिल्ने भनेको छैन । लिङदेनले छोडेपछि खाली भएको ठाउँमा अर्को प्रतिस्थापन नगरिने स्रोतले बतायो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आफू नबस्ने भन्दै उपाध्यक्ष तारानाथ लुइँटेललाई समितिमा पठाएका छन् । लुइँटेलसहित निर्देशक समितिमा केही नाम थपघट हुन सक्ने स्रोतको भनाइ छ । केही गृहकार्यहरू पूरा भएपछि निर्देशक समितिको बैठक बस्ने बताइएको छ ।

  • गणतन्त्रवादी दललाई राप्रपा सांसदले सिंहले भने- तपाईंहरु धेरै आत्तिनुपर्दैन, सँगै मिलेर देश बनाउने हो (भिडिओ)

    गणतन्त्रवादी दललाई राप्रपा सांसदले सिंहले भने- तपाईंहरु धेरै आत्तिनुपर्दैन, सँगै मिलेर देश बनाउने हो (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले पूर्वराजाको आह्वानमा जनता सडकमा उत्रिएपछि गणतन्त्रवादी दलहरु आत्तिएको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वतिर फर्किएकाहरु पनि अहिले आत्तिएर एकैठाउँमा आइपुगेको बताए।

    उनले भने, ‘तपाईंहरु धेरै आत्तिनुपर्दैन। यो देश तपाईं हामीले नै मिलेर बनाउने हो। यो देशमा गणतन्त्र ल्याएको पनि तपाईंहरुले नै हो, हामीले होइन। राजाले जनताको नासो जनतालाई नै दिएर बिदा भएको त्यो दिन तपाईंहरुले पनि राम्रोसँग देख्नुभएको थियो।’

    उनले सरकारमा बस्नेहरुको कुमर्मको कारणले अहिले जनताले दुख पाइरहेको आरोप लगाए।

  • राप्रपामा रस्साकस्सी, धवलशम्शेरको ‘दोहोरो जिम्मेवारी’ खोसिने संकेत

    राप्रपामा रस्साकस्सी, धवलशम्शेरको ‘दोहोरो जिम्मेवारी’ खोसिने संकेत

    काठमाडौं । राजसंस्था पुनस्र्थापनका लागि ‘निर्णायक’ आन्दोलनको तयारी भइरहेको बेला प्रमुख राजावादी शक्ति राप्रपा गम्भीर अन्तरद्वन्द्वमा परेको छ । निर्मल निवासबाट अघि सारिएका ८६ वर्षिय नेता नवराज सुबेदीको कमाण्ड स्वीकार्ने–नस्वीकार्ने विषयमा पार्टीका नेताहरु दुई चिरामा विभाजित भएका छन् ।

    राप्रपाले नै राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई नेतृत्व गर्नुपर्छ भन्ने मत पार्टीभित्र बलियो छ । विगतदेखि अत्यन्त प्रतिकुल अवस्थामा समेत राजसंस्थाको पक्षमा निरन्तर वकालत गर्दै आएको र हाल संसदमा समेत बलियो उपस्थिति रहेको पार्टीलाई राजाले ‘मिनिमाइज’ गर्न खोजेकोप्रति अध्यक्ष राजेन्द्र लिङदेनसहित संस्थापन पक्षका नेताहरु सन्तुष्ट छैनन् । अर्को पक्ष भने पार्टीगत स्वार्थ नहेरिकन पूर्वराजाकै रोडम्यापलाई स्वीकार्नुपर्ने पक्षमा छ ।

    सुबेदीले हिजो डाकेको राजावादीहरुको भेलामा अध्यक्ष लिङ्देन उपस्थित भएनन् । तर, पार्टीका संस्थापनइतर नेताहरुले भने उत्साहसाथ भाग लिएका थिए । सो भेलाले गठन गरेको ११ सदस्यीय आन्दोलन निर्देशक समिति अहिले तीव्र विवादमा परिरहेको छ ।

    समितिमा अध्यक्ष लिङदेनसहित राप्रपाका पाँच नेताहरु (पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, राजेन्द्र लिङदेन, रविन्द्र मिश्र र हरिबहादुर बस्नेत) लाई समावेश गरिएको थियो । तर, अध्यक्ष लिङदेनले आफू उक्त समितिमा नबस्ने घोषणा गरिसकेका छन् ।

    आफ्नै पार्टीका एक नेताको संयोजकत्वमा बनेको समितिमा सदस्य बस्न लिङ्देनलाई प्राविधिकरुपमा अप्ठेरो पनि थियो । त्यसमाथि समितिमा राख्ने विषयमा उनलाई सोधिएको समेत थिएन । पार्टीसँग कुनै सल्लाह नगरी बनाइएको यो समितिलाई राप्रपाले अपनत्व लिन नसक्ने राप्रपा संस्थापन पक्षको भनाइ छ । तर, समितिमा बसेका अन्य चारजना नेताहरुले जिम्मेवारी अस्वीकार गरेका छैनन् । राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सदस्य सचिव नै छन् ।

    यति मात्र होइन, राप्रपाका महामन्त्री डा। धवलशम्शेर राणालाई नजराज सुबेदीले आन्दोलन परिचालन समितिको संयोजक बनाएका छन् । स्मरणीय छ कि महामन्त्री राणा राप्रपाले धेरै अगाडि गठन गरेको आन्दोलन परिचालन समितिका समेत संयोजक हुन् । पार्टीले दिएको जिम्मेवारीसँग जुध्ने गरी उनले कसरी यो पद स्वीकार गरे भन्ने प्रश्न उब्जेको छ ।

    करिब तीन महिना अगाडि राप्रपाले आफ्नो पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले अर्को पार्टी वा राजनीतिक अभियानको कुनै पनि पदमा रहेको खण्डमा पार्टीको जिम्मेवारीबाट हटाइने र सदस्यता खारेज गरिने औपचारिक निर्णय गरेको थियो ।

    नवराज सुबेदीको संयोजकत्वमा बनेको समितिमा सदस्य रहेका नेताहरुको हकमा यो निर्णय आकर्षित होला कि नहोला त भनेर संस्थापन पक्षका एक नेतालाई सोध्यौं ।उनले जवाफ, ‘हामी राजसंस्था पुनस्र्थापनका लागि हुने कुनै पनि आन्दोलन वा अभियानलाई समर्थन गर्छौं । त्यसैले उहाँहरुका हकमा त्यो निर्णय आकर्षित नहुने सक्छ ।’

    तर, पार्टीको जिम्मेवारीसँग समानान्तर हुने गरी आन्दोलन परिचालन समिति संयोजक बनेका महामन्त्री राणाको विषयमा भने केही निर्णय हुन सक्ने संकेत ती नेताले गरे ।‘एउटै व्यक्तिले दुई तिर एउटै जिम्मेवारी हाँक्न सक्ने कुरा हुँदैन । त्यसैले आजको वैठकबाट राप्रपाले अघि बढाउने आन्दोलनको संयोजक फेरिन सक्छ,’ उनले भने ।

    महामन्त्री राणाले यसअघि पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि गुमाइसकेका छन् । पार्टी संस्थापन विरोधि गतिविधि बढाउँदै गएपछि अध्यक्ष लिङदेनले उनलाई हटाएर बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुख बनाएका थिए ।

    राणा पछिल्लो समय राप्रपामा अध्यक्ष लिङदेनको राजनीतिक प्रतिस्पर्धीका रुपमा उदाउन खोजिरहेका छन् । उनी राप्रपाको आगामी महाधिवेशनमा लिङदेनलाई चुनौति दिने तयारी समेत छन् । अहिले पार्टीभित्र अध्यक्षविरोधि गतिविधिहरु उनकै नेतृत्वमा भइरहेको छ । पार्टीका वरिष्ठ नेताद्वय पशुपति शम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनीको समर्थन राणालाई छ । यद्यपि, पार्टी पंतिमा राणा समूहको खासै बलियो पकड नरहेकाले अध्यक्ष लिङदेन ‘असुरक्षित’ छैनन् ।

    नवराजको नेतृत्व नमान्ने भएपछि राप्रपाले अब आफ्नै ढंगले राजसंस्था पुनस्र्थापनको आन्दोलन अगाडि बढाउनुपर्ने भएको छ । राजावादीहरु एकजुट नहुँदा र आपसी कलहमा फँस्दा जनमानसमा नकारात्मक सन्देश गएकोप्रति पार्टीका नेताहरु चिन्तित छन् ।

    संस्थापनइतर एक नेताले भने, ‘लिङदेनको नेतृत्व सर्वस्वीकार्य नहुने देखेरै राजाबाट अर्को पात्र अघि सारिएको हो । यस्तो बेलामा पार्टीगत स्वार्थ नहेरिकन जसको नेतृत्वमा भए पनि एकतावद्ध भएर जानुपर्छ । राप्रपाले अलग आन्दोलन घोषणा गर्दा त्यो प्रभावकारी नहुन सक्छ ।’

  • नवराजले बढाए सक्रियता, लिङदेन असन्तुष्ट

    नवराजले बढाए सक्रियता, लिङदेन असन्तुष्ट

    काठमाडौं । निर्मल निवासबाट राजसंस्था पुनर्स्थापनको आन्दोलनलाई संयोजन गर्ने कार्यादेश पाएका ८६ वर्षीय पञ्चायतकालीन नेता नवराज सुबेदीले सक्रियता बढाएका छन् । उनको आह्वानमा आज सबै राजावादी शक्ति–समूहहरूको महत्त्वपूर्ण बैठक डाकिएको छ ।

    यसअघि राजावादी नेताहरूसँग छुट्टा छुट्टै छलफल गरिरहेका सुबेदीले आज सामूहिक बैठक बोलाएका हुन् । काठमाडौंको एउटा पार्टी प्यालेसमा हुने बैठकमा सबै राजावादी पार्टीहरु र संघ-संगठनलाई निम्त्याइएको छ । सबैलाई दिउँसो १ बजे आउन भनिएको एक नेताले जानकारी दिए ।

    आजको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने सम्भवतः सहभागी हुने छैनन् । निर्मल निवासले राप्रपालाई ‘बाइपास’ गरेर नवराजलाई एकीकृत आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिएकोमा उनी असन्तुष्ट बनेको बुझिएको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा नै उनले आफू बैठकमा सहभागी नहुने जानकारी दिएको स्रोत बताउँछ ।

    ‘उहाँले आफू नजाने तर राप्रपाबाट प्रतिनिधि पठाउने बताउनुभयो,’ स्रोतले भन्यो ।

    त्यसो त नवराज सुवेदी स्वयम् राप्रपाको कार्यसम्पादन समिति सदस्य हुन् । हिजोको कार्यसम्पादन बैठकमा पनि उनी सहभागी थिए । उनले आफूलाई ‘राजाबाट निर्देशन प्राप्त भएको’ बताए ।

    सुवेदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजाबाट हुकुम भएकाले नै म सक्रिय बनेको हुँ । पार्टीको भूमिका न्यूनीकरण गर्न खोजिएको नभएर सबैलाई समेट्नका लागि संयोजनकारी भूमिका दिइएको मात्र हो । यसमा मेरो व्यक्तिगत आकांक्षा केही पनि छैन । मन्त्री-प्रधानमन्त्री बन्नु छैन । जीवनको अन्तिम घडीमा यो अभियान सफल भयो भने म खुशी हुनेछु ।’

    स्रोतका अनुसार कार्यसम्पादन बैठकमा नेताहरू विभाजित देखिएका थिए । संस्थापन पक्षका नेताहरूले राप्रपा नै आन्दोलनको नेतृत्व गर्न सक्षम रहेकोमा राजाले पार्टीलाई बाइपास गर्दै व्यक्ति अघि सार्नु ठीक नभएको धारणा राखे । संस्थापन इतरका नेताहरूले नवराजले संयोजन गर्दैमा पार्टीको भूमिका नखुम्चिने तर्क गरे ।

    राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत भइसकेको ‘टावरिङ फिगर’ लाई सबै राजावादीहरूले स्वीकार्न सक्ने र राप्रपाले पनि अन्यथा लिनु नहुनेमा संस्थापन इतर नेताहरूको जोड थियो । नेताहरुबीच मतभेदका कारण हिजोको बैठकले राजसंस्थाको पक्षमा हुने आन्दोलनबारे ठोस निर्णय लिन सकेन । आज सुबेदीले बोलाएको बैठकमा हुने निर्णयलाई हेरेर राप्रपाले आफ्नो रणनीति बनाउने छ ।

    आजको बैठकमा राप्रपाका थुप्रै नेताहरू सहभागी हुनेछन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा बैठकमा जाने तय छ । सम्भवतः ड.। प्रकाशचन्द्र लोहनी पनि उपस्थित हुनेछन् ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापा भने आजको बैठकमा सामेल हुने छैनन् । पार्टीका प्रवक्ता राजाराम बर्तौलाले पार्टीका तर्फबाट महामन्त्री वा उपाध्यक्ष सहभागी हुने बताए । यद्यपि, नवराजलाई दिइएको भूमिकाप्रति पार्टीको असहमति नरहेको उनले नेपाल प्रेसलाई बताए ।

    बर्ताैलाले भने, ‘हामीले राजाको पक्षमा हुने आन्दोलनमा जोसुकैको नेतृत्व स्वीकार्न सक्छौँ भनेर पहिल्यै निर्णय गरेका हौँ । नवराज सुबेदीज्यूले संयोजन गरिराख्नु भएकोमा हामीलाई कुनै आपत्ति छैन । आज उक्त बैठकले गर्ने निर्णयलाई हेरेर हामी पार्टीको रणनीति तय गर्नेछौँ ।’

    बर्तौलाका अनुसार राप्रपा नेपालले भोलि कार्यसम्पादन समितिको बैठक राखेको छ । आज सुबेदी नेतृत्वको बैठकले गर्ने निर्णयका विषयमा भोलि कार्यसम्पादनको बैठकमा छलफल हुने उनले बताए ।

    आजको बैठकमा सुबेदीले नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँदेखि राजसंस्थाको पक्षमा बेग्लै अभियान चलाइरहेका ऋषिबाबु परियारसम्मलाई बैठकमा बोलाएका छन् ।

  • नेता पक्राउ गरेकोमा राप्रपाको युवा संगठनले जनायो आपत्ति

    नेता पक्राउ गरेकोमा राप्रपाको युवा संगठनले जनायो आपत्ति

    हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति संगठनले आपत्ति जनाएको छ ।

    संगठनका केन्द्रीय संयोजक सुजित केसीले विज्ञप्ति निकालेर बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

    एक जिम्मेवार युवा नेतालाई विना कारण पक्राउ गरेर सरकारको आडमा प्रहरी प्रशासनले मनमानी र पूर्वाग्रहपूर्ण काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘विभिन्न राजनीतिक दलका नेताहरूले खुलेआम एकअर्कालाई गम्भीर आरोप लगाउँदा पनि कुनै कारबाही नहुने तर सामान्य नागरिकलाई आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरी कारबाही गर्नु के कानुनसम्मत छ ?’, केसीले भनेका छन् ।

    शनिबार संगठनको मकवानपुर अधिवेशनको क्रममा माओवादी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटोमा निराजनले लाइटर पारेर आगो लगाएका थिए । उनलाई प्रहरीले भरतपुरबाट पक्राउ गरेर हेटौंडातर्फ ल्याइँदैछ ।

  • ज्ञानेन्द्र शाहीले संसदमै भने- प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ (भिडिओ)

    ज्ञानेन्द्र शाहीले संसदमै भने- प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरे ।

    आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए । तर, सभामुखले उनलाई अनुमति दिएनन् । त्यसपछि आफ्नो पालोमा शाहीले गणतन्त्रको बदख्वाइँ गरे ।

    रघुजीलाई कटाक्ष गर्दै शाहीले भने, ‘केही साथीहरू यही व्यवस्था राख्नुपर्छ भन्दै उफ्रिरहनु भएको छ । यो स्वभाविक पनि हो । यो यस्तो व्यवस्था हो, जहाँ चुनाव हारेर पनि सांसद, मन्त्री प्रधानमन्त्री हुन पाइन्छ । यो व्यवस्था आएको १६ वर्षमा १४ पटक सरकार परिवर्तन भए, १ हजार मन्त्री भए, ३ हजार सांसद भए । सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो ।’

    शाहीले अहिले व्यवस्थाको पक्षमा बोल्ने अधिकांश गणतन्त्रवादी नेताका छोराछोरी युरोप अमेरिकामा रहेको बताए ।

    उनले थपे, ‘यिनीहरूका छोराछोरी युरोप-अमेरिकामा पढिरहेका छन्, गरिब-दुखीका छोराछोरी दुबई र खाडीमा बेल्चा हानिरहेका छन् । यो १६ वर्षमा १४ हजार नेपाली रातो बाकसमा फर्किए । देशको ऋण २६ खर्ब पुग्यो । कर्मचारी, नेता, सांसद, मुख्यमन्त्री, मन्त्री सबै पाल्दापाल्दै १ वर्षमा १५ खर्ब खर्च हुन्छ । यसैका लागि यो व्यवस्था जोगाउन खोजिएको हो । यो व्यवस्था जनतालाई चाहिएको होइन ।’

    ‘माननीयज्यूले हत्याराको कुरा गर्नुभयो । मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यही पार्टीका प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई छानबिन गर्न कसले रोकेको छ ? साथीहरूले काण्डको कुरा गर्नुहुन्छ । म काण्ड सम्झाइदिऊँ ? निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यत्रा गृहमन्त्री भए, एक जना निर्मलाको हत्यारा पत्ता लगाउन सक्या छौँ ? बाँदरमुढे घटना याद छ ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्यारा यही संसदमा छन् । खुलामञ्चमा उभिएर बसेर ५ हजार मान्छे मारेको हुँ भन्ने व्यक्ति प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो यो । आज कति छ जनतामाथि कर ? तीन सय वटा कर लगाइएको छ । पैतृक सम्पत्तिमा समेत लाभकर लगाउन थालेका छन् ।’

    शाहीले राजतन्त्रमा सबै मानिसहरू अटाउने र प्रजातन्त्र नमासिने उल्लेख गरे । उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र केही पनि मासिँदैन । राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाइन्छ । यसमा खुल्लमखुल्ला बहस गर्न तयार छौँ ।’

  • प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता भरतपुरबाट पक्राउ (भिडिओ)

    प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता भरतपुरबाट पक्राउ (भिडिओ)

    हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले पक्राउ गरेको छ ।

    भरतपुरबाट पक्राउ परेका उनलाई अहिले हेटौंडा ल्याउँदै गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले नेपाल प्रेसलाई बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

    जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव रहेका उनले बोल्दाबोल्दै प्रचण्डको तस्बिरमा लाइटर पारेका थिए ।

  • रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद (भिडिओ)

    रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ । पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले हस्तक्षेप गर्नुपर्‍यो ।

    आफ्नो सम्बोधनमा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरेका थिए । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनको प्रसङ्गमा उनी आइसकेपछि शाहीले उठेर प्रतिवाद गरेका हुन् ।

    राजा त्रिभुवन दिल्ली जाँदा विभिन्न ठाउँमा ‘रसरंग मच्चाउन थालेपछि भारतीय प्रधानमन्त्री नेहरुले नै आलोचना गरेको दाबी पन्तले गरेका थिए । उनले यस्तो बोलिरहँदा शाहीले उठेर बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न चेतावनी दिए । पन्तले भने इतिहास पढेर आउन शाहीलाई सुझाव दिए ।
    शाहीले भनेका थिए, ‘बिना आधार राजाहरूको विषयमा जथाभाबी बोल्न पाइन्छ ?’

    जवाफमा पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । ‘इतिहास पढेर आउनुस् महोदय । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । मसित बहस गर्ने भए पढेर आउनुस् ।’

    सभामुख देवराज घिमिरेले पनि शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । शाही नबसेपछि सभामुखले केहीबेर उनलाई सम्झाउन खोजे ।

    पन्तले आफूलाई बोल्न डिस्टर्व गरिएको भन्दै यो समयको हिसाब गर्न सभामुख समक्ष माग गरे । सभामुखले पनि उनको माग अनुसार फेरि समय थप गरिदिए ।

  • राजावादी शक्तिहरु सर्वस्वीकार्य नेतृत्वको खोजीमाः निर्मल निवासले अघि सार्‍यो  ८६ वर्षीय नवराज

    राजावादी शक्तिहरु सर्वस्वीकार्य नेतृत्वको खोजीमाः निर्मल निवासले अघि सार्‍यो ८६ वर्षीय नवराज

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई प्रभावकारीरूपमा अघि बढाउनका लागि राजावादी शक्तिहरु एकजुट हुने प्रयासमा लागेका छन् । उनीहरुबीच सर्वस्वीकार्य नेतृत्वको खोजी सुरु भएको छ ।

    गत साता पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम ‘अभुतपूर्व’ सफल भएपछि हौसिएका राजावादीहरुले गणतन्त्रलाई धक्का दिनेगरी एकतावद्ध आन्दोलनको तयारी गरेका हुन् ।

    तर, यसको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल छ । राजसंस्था पक्षधर सबैभन्दा ठूलो राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो, जसको अध्यक्षमा युवा नेता (तुलनात्मकरुपमा) राजेन्द्र लिङ्देन छन् । राप्रपाले यो आन्दोलनको नेतृत्व आफैँले गर्न चाहेको थियो । तर, पार्टीभित्रैको इतर गुटले समेत लिङदेनलाई बाइपास गर्दै अर्को कथित सर्वस्वीकार्य व्यक्ति खोजी गरिरहेको छ ।

    राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन पूर्वराजा स्वयम्ले कसरत गरिरहेका छन् । स्रोतका अनुसार एकीकृत आन्दोलनको नेतृत्व गर्न निर्मल निवासले ८६ वर्षिय महेन्द्रकालीन नेता नवराज सुबेदीलाई अघि सारेको छ । रामेछाप निवासी सुबेदी तत्कालीन राष्ट्रिय पञ्चायत (हालको संसदजस्तै) का अध्यक्ष हुन् ।

    पञ्चायतकालमा पटक–पटक मन्त्री बनेका उनले परराष्ट्र र शिक्षाबाहेक सबै मन्त्रालय चाखेका छन् । २०४६ सालमा प्रजातन्त्र नआएको भए उनी प्रधानमन्त्री बन्ने लाइनमा थिए । बहुदलीय प्रजातन्त्र पुनस्र्थापनपछि धेरै पूर्वपञ्चहरु यही भेलमा मिसिए पनि सुबेदी भने लामो समय निस्क्रिय बने ।

    सुबेदीलाई अघि सारिएकोमा राप्रपाको संस्थापन पक्ष भने त्यति सन्तुष्ट छैन । युवा पुस्ताले चिन्दै नचिन्ने ‘डेट एक्सपायर’ व्यक्तिले यो आन्दोलनको नेतृत्व गर्न नसक्ने संस्थापन पक्षका नेताहरु बताउँछन् ।

    पार्टीका एक पदाधिकारीले भने, ‘उहाँ सम्मानित व्यक्ती हो, तर उमेर र स्वास्थ्यका हिसाबले यति ठूलो आन्दोलनलाई सक्रिय नेतृत्व गर्न सक्ने अवस्थामा हुनुहुन्न । राजसंस्था फर्काउने आन्दोलनमा अहिले युवा पुस्ताको ठूलो उपस्थिति छ । उहाँको नामले ती युवाहरुमा कुनै आकर्षण पैदा गर्न सक्दैनन् । धेरैले त उहाँलाई चिन्दैनन् पनि ।’

    त्यसो त अहिले सुबेदी राप्रपाकै जिम्मेवार पदमा छन् । उनी पार्टीको कार्यसम्पादन समिति सदस्य र अनुशासन समिति अध्यक्ष समेत हुन् । लिङदेनले नै उनलाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेर ल्याएका थिए । पार्टीमा आफू मातहत काम गरिरहेका नेताकै नेतृत्व स्वीकारेर आन्दोलनमा जान लिङ्देनलाई प्राविधिकरुपमा कठिन पनि छ । यद्यपि, उनले खुलेर असहमति भने राखेका छैनन् ।

    राजा फर्काउने आन्दोलनकै विषयमा छलफल गर्न राप्रपाले आज केन्द्रीय कार्यसम्पादन समितिको वैठक बोलाएको छ । उक्त बैठकले आन्दोलनको मोडालिटीबारे निस्कर्ष निकाल्ने बुझिएको छ ।

    ‘आन्दोलन कसरी अगाडि बढाउने र कसले संयोजन गर्ने भन्ने लगायतका समग्र विषयहरुमा छलफल हुन्छ,’ अर्का एक पदाधिकारीले भने ।

    यसैबीच, सुवेदीले भने पूर्वराजाबाट इशारा भएसँगै भेटघाटमा सक्रिय बनिसकेका छन् । उनले राप्रपा अध्यक्ष लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, दुर्गा प्रसाईं, केशरबहादुर विष्ट लगायतसँग बेग्लाबेग्लै भेट गरेको स्रोतले बतायो । सबै भेटघाटहरु सकारात्मक रहेको बताइएको छ ।

    हिजो मात्रै उनले राप्रपाका संस्थापनइतर नेताहरूसँग सामूहिक छलफल गरे । पशुपति शम्शेर राणाको निवासमा सो छलफलको आयोजना गरिएको थियो । छलफलमा राणासहित राप्रपाका संस्थापनइतर नेताहरु डा.प्रकाशचन्द्र लोहनी, डा. धवलशम्शेर राणा, विक्रम पाण्डे र हरिबहादुर बस्नेतको उपस्थिति थियो । यो छलफलका विषयवस्तुहरु सार्वजनिक भएका छैनन् ।

  • प्रचण्डलाई राप्रपाको चेतावनी- अत्तालिएर पूर्वराजामाथि विनाप्रमाणको लाञ्छना नलगाउनू

    प्रचण्डलाई राप्रपाको चेतावनी- अत्तालिएर पूर्वराजामाथि विनाप्रमाणको लाञ्छना नलगाउनू

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तुच्छ, अमर्यादित, विनाप्रमाणको लाञ्छना लगाएको निष्कर्ष निकालेको छ ।

    राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले विनाप्रमाणको आरोप लगाए राप्रपा मुकदर्शक भएर नबस्ने निष्कर्ष निकालेको प्रवक्ता सगुनसुन्दर लावतीले बताए ।

    उनका अनुसार पूर्वराजाप्रति प्रचण्डले लगाएको लाञ्छनाको बैठकले भर्त्सना गरेको छ ।

    उनले भने, ‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आमनेपाली जनताले राम्ररी बुझेका छन् । परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’

    हिजो मेलम्ची पुगेर प्रचण्डले पूर्वराजामाथि भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएका थिए ।

  • राप्रपा समर्थित युवक संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्बिर (भिडिओ)

    राप्रपा समर्थित युवक संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्बिर (भिडिओ)

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर जलाइएको छ ।

    युवक संगठनको हेटौंडा उपमहानगरपालिकामा भएको जिल्ला अधिवेशनमा संगठनका सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको तस्बिर जलाएका हुन् ।

    संगठनको शनिबार हेटौंडामा आयोजित जिल्ला अधिवेशनका क्रममा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र पूर्वराजालाई अनावश्यक रुपमा आरोप-प्रत्यारोप लगाएर वातावरण प्रदूषित पारेको भन्दै तस्बिर जलाएका हुन् ।

    कार्यक्रममा राप्रपाका प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह पनि सहभागी भएका छन् । उनी प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापतिसमेत हुन् ।

  • प्रचण्डले देशलाई अराजकता र पुनः हिंसामा धकेल्न खोजेको राप्रपाको आरोप

    प्रचण्डले देशलाई अराजकता र पुनः हिंसामा धकेल्न खोजेको राप्रपाको आरोप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अराजकता र पुनः हिंसामा धकेल्न खोजेको आरोप लगाएका छन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएपछि महामन्त्री राणाले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रस्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त र राजभक्तहरुमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभई संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’

    हिजो सिन्धुपाल्चोकको मेलम्ची पुगेर प्रचण्डले पूर्वराजा शाहले धेरै चुरीफुरी गरे ठेगान लगाइदिने चेतावनी दिएका थिए । प्रचण्डले भनेका थिए, ‘नेपाली जनताले मूर्तिचोर को हुन्, भाइमारा को हो, आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो भन्ने बिर्सेका छैनन् । त्यसैले अहिले धेरै चुरीफुरी नगरे हुन्छ ।’

  • राप्रपाले महानगरलाई बुझायो एक लाख जरिबाना

    राप्रपाले महानगरलाई बुझायो एक लाख जरिबाना

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत काठमाडौं महानगरपालिकालाई जरिबाना बुझाएको छ । महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले बुझाएको हो ।

    पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । उक्त जनप्रदर्शनका सहभागीहरूबाट एयरपोर्ट तिलगंगा, गौशलालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोर मैला र भौतिक क्षति भएको महानगरको दाबी छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिबाना लगाएको हो ।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आज दाखिला गरेको बताएका छन् ।

    ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं ’, उनले फेसबुकमा लेखेका छन् ।

  • विरोधीलाई राजेन्द्र लिङदेनको जवाफ- हामीले देशको राजा खोजेका हौँ, तपाईंहरुसँग चुनाव हामी लड्छौं

    विरोधीलाई राजेन्द्र लिङदेनको जवाफ- हामीले देशको राजा खोजेका हौँ, तपाईंहरुसँग चुनाव हामी लड्छौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी दलका नेताहरूलाई चुनाव लड्न आफूहरू नै काफी रहेको जवाफ दिएका छन् । राजाविरोधीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न आउन चुनौती दिएपछि लिङदेनले जवाफ फर्काएका हुन् ।

    वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले राजालाई ललकार्दैछन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौं । राजाले चुनाव लड्ने होइन । चुनाव लड्न हामी जस्ता मानिसहरू छौं । हामी चुनाव लड्छौं ।’

    उनले आफूहरूले खोजेको राजा चुनाव लड्नेखालको नभएको बताए ।

    अध्यक्ष लिङदेनले भने, ‘हामीले खोजेको राजा राजनीतिक दलको होइन, देशको राजा हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’