Category: राप्रपा

  • राप्रपा सांसदलाई प्रचण्डको प्रश्न- वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्, दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ? (भिडिओ)

    राप्रपा सांसदलाई प्रचण्डको प्रश्न- वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्, दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास भइरहेको भन्दै माओवादीले जिम्मेवार भएर त्यसको सामना गर्ने बताएका छन् ।

    धरानमा आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा प्रचण्डले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलबभत्ता र सबै सुविधा लिएर संविधानकै विरोध गरेको भन्दै आलोचना गरे ।

    ‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यही भएर सदनभित्र बसेर यही संविधानअनुसार तलबभत्ता सबै सुविधा लिने, अनि ही संविधानको विरोध गर्ने अधिकार पाउनुभएको छ । तपाईँको हिजो राजशाहीमा त्यो अधिकार थियो ? जनताले बिर्सेको छैन, बिर्सिने पनि छैन’, प्रचण्डको भनाइ थियो ।

    प्रचण्डले राप्रपाका सांसदलाई नक्कली राजाको कुरा नगर्न भन्दै रियल राजा (वीरेन्द्र) को वंशनास भएको विषयमा छानबिन गरौं भन्ने आँट छ ? भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।

    यस विषयमा उनको भनाइ जस्ताको तस्तै-

    दरबारभित्रको भयानक सिंगो परिवारको हत्याको छानबिन गर्ने आँट किन गर्नुभएन । मैले गणतन्त्रको पहिलो प्रधानमन्त्रीको हैसियतले प्रस्ताव गरेको थिएँ । दरबारको भयानक हत्याको जिम्मेवार को हो ? जनताको मनमनमा सबैलाई क्लियर छ, यही हो भन्ने । आयोगकै छानबिन नभएकाले भन्न गार्‍हो छ । सही छानबिन गर्ने हो भने हाम्रै आँखा अगाडि छन् । प्रमाणित गर्न केही गार्‍हो छैन, जनताले बुझ्नुपर्‍यो फेरि एकपटक जाग्नुपर्‍यो । आन्दोलन गर्छौं भन्ने राजावादी साथीहरूलाई दरबार हत्याकाण्डको छानबिन गरौं भन्ने प्रस्ताव ल्याउन आँट गर्नुहुन्छ ? तपाईँ बडो राजा चाहिन्छ भन्नेहरूलाई अरुभन्दा सालिन राजा भनेर जनताले माया गर्ने राजाको निर्मम ढंगले हत्या हुँदा त्यसको छानबिन गरौं भन्ने आँट छ ? अनि के को राजाको कुरा गर्नुहुन्छ ? अहिले तपाईँहरूले भन्ने गरेको राजा राजा होइनन् । नक्कली राजा हुन् । नक्कली राजालाई बोक्नुभएको छ ? रियल राजाका हत्यारालाई छानबिन गरौं किन भनिरहनुभएको छैन । तपाईँहरू पनि नक्कली कुरा गरिरहनुभएको छ ।

    राजावादीको योजना चैत १५ मै विफल बनाएको भन्दै जेठ १५ देखि अर्को आन्दोलनको दुस्साहस नगर्न चेतावनीसमेत दिए ।

    उनले भने, ‘हत्यारा मण्डले गुण्डागर्दी अहिले पनि हत्या, आगजनीमै गए १५ गतेबाट जनतालाई छर्लङ्गै भयो देखियो । सुनारको सय चोट, लोहारको एक चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ । १ लाख काठमाडौंमा उतारेपछि उनीहरूको योजना विफल भयो । जेठ १५ देखि अर्को बेलुनमा हावा भर्ने अरे । खबरदार ! त्यो हुनेवाला छैन । जागिसकेको जनतालाई संसारको कुनै शक्तिले रोक्ने छैनन् । त्यो दुस्साहस नगर्न कथित राजावादीलाई चेतावनी दिन चाहन्छु ।’

  • गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन

    गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन

    रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नका लागि सरकारलाई बाध्य बनाउनुपर्ने बताएका छन् । उनले विमानस्थल सञ्चालन सरकारको प्राथमिकतामा नपरेको दावी गरे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि छलफल कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

    ‘यो विमानस्थल नचल्नुपर्ने कुनै कारण छैन । तपाईहरुको अभियानमा हाम्रो पूर्ण साथ र समर्थन रहनेछ, ’उनले भने–‘यो विमानस्थल सञ्चालन गर्नका लागि हाम्रो महत्वपूर्ण भूमिका रहन्छ ।’

    उनले सरकारले धार्मिक पर्यटनमा जोड दिनुपर्नेमा बताए । उनले लुम्बिनी आउने पर्यटकलाई फोकस गर्नुपर्ने धारणा राखे । लिङ्देनले पैसा खानकै लागि नेपालमा योजनाहरु बनेको भन्ने बुझ्नुपर्ने बताए ।

    ‘ठूलो योजना ल्याएपछि ठूलो कमिसन एकैपटक खान पाइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि मान्छे पनि खुसी हुन्छन् र विरोध गर्दैनन् भन्ने बुझाइ छ’उनले भने–‘भैरहवा विमानस्थलमा ४ सय विगाह जग्गा किन्नुपर्नेमा किन ८ सय किनियो ?’

    उनले भैरहवा र पोखरा विमानस्थलबारे पटकपटक संसदमा कुरा उठाएको बताए । विमानस्थल निर्माणमा भएका भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारवाही र विमानस्थल सञ्चालन हुनुपर्ने उनको भनाइ थियो । यो सरकारको लगानी होइन हाम्रो टाउकोमा ऋण बोकाएर ४१ ऋर्ब खर्च गरेर किन नचल्ने एअरपोर्ट बनाइयो, उनले प्रश्न गरे ।

    निजी क्षेत्रको विकास बिना देशको अर्थतन्त्र मजबुत र देशको विकासको कल्पना गर्न नसकिने उनले बताए । सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका लिङदेनले अहिले सबैभन्दा प्रताडित निजी क्षेत्र रहेको बताए ।

    उनले कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था रहेको बताए । निजी क्षेत्रलाई बलियो नबनाएसम्म देश बलियो हुन नसक्ने उनले जिकिर गरे । अहिलेको व्यवस्था र प्रणालीमा सुधार नल्याएसम्म देश र जनताको अवस्थामा सुधार आउन नसक्ने उनको भनाइ थियो ।

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सभापति कृष्ण प्रसाद शर्माले पटकपटक विमानस्थल सञ्चालन हुनुपर्ने माग राखे पनि सुनुवाइ नभएको बताए । ‘स्वर्गीय दीपक बोहराको पनि एअरपोर्ट सञ्चालन होस् भन्ने सपना थियो, ’उनले भने ।

    काठमाडौं विमानस्थलमा चाप हुँदा भैरहवामा भने सुनसान रहेको उनले बताए । सबै राजनीतिक दलको चासो हो भने विमानस्थल सञ्चालन हुनुपर्ने उनले बताए ।

    राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको ३ वर्ष बितिसक्दा पनि पूर्ण र नियमित रुपमा सञ्चालन हुन नसकेको बताइन् । ‘विमानस्थल सञ्चालन नहुँदा उद्योगी–व्यवसायी संकटमा परेका छन्’उनले भनिन्–‘विमानस्थल सञ्चालन राजनीतिक मुद्दा भन्दा पनि विकासको मुद्दा हो ।’ के कुराले विमानस्थल सञ्चालन भएन भनेर पत्ता लगाउनुपर्ने उनले बताइन् । केन्द्रीय सदस्य थापाले विकासका मुद्दामा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    ‘स्वर्गीय दीपक बोहराले विमानस्थल निर्माणका लागि पहल गर्नुभएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पटकपटक विमानस्थलबारे आवाज उठाउनुभएको छ, ’उनले भनिन् उनले सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीमा फोहोर फालिरहेको भन्दै विमानस्थल नजिकै रहेको क्षेत्रमा फोहोर फाल्दा धेरै जोखिम रहेको बताइन् । फोहोरमैला व्यवस्थापन विमानस्थल भन्दा टाढा गर्नुपर्ने उनको भनाइ थियो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले अरबौं लगानी गरेर निर्माण गरेको विमानस्थल र पछि निजी क्षेत्रले पनि सरकारले गरेको भन्दा दोब्बर लगानी गरेको बताए । उनले व्यवसाय झुण्डिने अवस्थामा पुगे पनि सरकार कानमा तेल हालेर बसेको बताए ।

    संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल सञ्चालनका लागि विशेष रुपमा पहल गर्न आग्रह गरे । उनले विमानस्थल नचल्दा अत्यन्तै पीडादायी अवस्था सिर्जना भएको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले विमानस्थल सञ्चालनप्रति यहाँहरुको महत्व कम हो कि भन्दै प्रश्न गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सरकारले विमानस्थल सञ्चालन गर्न नसक्ने भए अन्तर्राष्ट्रिय संस्थालाई दिनुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने भिषा सेन्टर, श्रम कार्यालय, स्वास्थ्य परीक्षण केन्द्र, मेनपावर लगायतका पूर्वाधारहरु बन्नुपर्ने बताए ।

    उद्योगी चन्द्रमान श्रेष्ठले विमानस्थल सञ्चालनका लागि सरकारले तदारुकता नदेखाएको बताए । किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवाका महासचिव झबिन्द्र प्रसाद बेल्बासेले बोलीले मात्र नभइ कामले देखाउनुपर्ने बताए ।

    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्र बाटोमा आउनुपर्ने बिडम्बना रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले भ्रष्टाचार गर्नका लागि मात्र विमानस्थल बनेको हो भन्दै प्रश्न गरे । संघका सल्लाहकार गोपाल भण्डारीले मुलुकमा नीतिगत भ्रष्टाचार हुँदा राज्य मौन भएको बताए ।

    व्यवसायी चन्द्र रोक्काले यो विमानस्थल सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।पर्यटन व्यवसायी आशा गुरुङले एअरपोर्ट सञ्चालनका लागि पनि समिति बनाउनुपर्ने र राप्रपाले पहल गर्नुपर्ने बताए ।

    सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थलका बारेमा धेरैपटक छलफल भएको बताए । प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले राज्यले आश्वासन मात्र नदिइ नीतिगत निर्णय गर्नुपर्ने बताए ।

  • राजेन्द्र लिङ्देनको दाबी- संविधानले राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको कुरा उठाउन निषेध गरेको छैन (भिडिओ)

    राजेन्द्र लिङ्देनको दाबी- संविधानले राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको कुरा उठाउन निषेध गरेको छैन (भिडिओ)

    काठमाडौं । रास्वपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको गणितको हिसाबले कुनै शंका गर्ने ठाउँ नभएपनि नीति तथा कार्यक्रम हेर्दा सरकार निराश देखिएको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले विधि पुर्‍याउनको लागि नीति तथा कार्यक्रम ल्याइदिएजस्तो मात्रै गरेको बताए।
    उनले सरकारलाई सरकार मात्रै नभई व्यवस्था नै अनिश्चित छ भन्ने लागिसकेको दाबी गरे।

    उनले भने, ‘यो गणतन्त्र र संविधानका कतिपय व्यवस्थाका विरुद्ध अथवा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध गर्न सकिँदैन। र कानून बनाउन पाइँदैन। यो संविधानले नै निषेधित गरेको कुरा हो। यहाँ कुरा उठिरहेको छ, राप्रपाले राजसंस्था स्थापनाको कुरा गर्नु, हिन्दू राष्ट्र स्थापना र सङ्घीयता खारेजीको कुरा गर्नु, संविधान विरोधी हो र यिनीहरूलाई दण्डित गरिनुपर्छ भनेर। तर यो संविधान निर्माणको तहमा निर्णायक स्थानमा राप्रपा थिएन। जसले कारवाहीको माग गरिराख्नुभएको छ। त्यो संविधान तपाईँहरूले बनाउनुभएको छ। संविधानको धारा २७० पल्ट्याएर हेर्नुस्।’

    उनले आफूहरूले सके राजसंस्था र हिन्दू राष्ट्र स्थापना, प्रदेश खारेजी गरेर दुई तहको सरकार स्थापना गर्ने बताए।

  • एकजुट भए राजावादी, जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा (पूर्णपाठ)

    एकजुट भए राजावादी, जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा (पूर्णपाठ)

    काठमाडौं । राजावादी शक्तिहरूले राजसंस्था पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूको निर्णय छ ।

    नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।

    यो आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न उनले अपिल गरेका छन् । आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ ।

    ‘यो आन्दोलन नेपाली जनताका लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुने छ,’ विज्ञप्तिमा भनिएको छ ।

    राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • विक्रम पाण्डेको चेतावनी- चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस् (भिडिओ)

    विक्रम पाण्डेको चेतावनी- चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस् (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद विक्रम पाण्डेले चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले प्रदूषित भइसकेको गणतन्त्र नखोजेको बताए ।

    उनले भने, ‘केही सांसदहरूले गएको राजसंस्था अब आउँदैन भन्ने कुरा राख्नुभयो। बागमतीजस्तै अविरल र कञ्चन बगेर जाने नदीजस्तो हो गणतन्त्र भन्ने कुरा गर्नुभएको छ। जनताहरूले प्रदूषित नभएको खोजेका हुन्। यस्तो खालको गणतन्त्र खोजेका होइनन्। १५ गते आन्दोलनको ट्रेलर मात्रै हो भन्ने कुरा गणतन्त्रले नै देखाएको हो। त्यो भन्दा अगाडि फिल्म देखाउने काम नगरोस्।’

    उनले देशको अहिलेको भद्रगोल अवस्था गणतन्त्रले नै पुर्‍याएको आरोप लगाए।

  • मिश्रलाई आज पनि हत्कडीमै छिराइयो अदालत, प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको खोसियो फोन

    मिश्रलाई आज पनि हत्कडीमै छिराइयो अदालत, प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको खोसियो फोन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि फेरि अदालत लगिएको छ । एक हप्ता अगाडि थपिएको म्याद सकिएपछि आज फेरि जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।

    मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पुर्‍याइएको थियो । गाडीबाट ओर्लिएपछि पनि हत्कडी नफुकालिएको त्यहाँ उपस्थित राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले बताए ।

    यसअघि प्रहरी परिसरमा प्रहरीले एक राप्रपा कार्यकर्ताको मोबाइल फोन खोसेको छ । काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा कार्यकर्ता जोशीको फोन परिसरको प्रतीक्षालयबाट प्रहरीले खोसेको हो ।

    मिश्रलाई बाहिर निकालिँदै गरेको थाहा पाएपछि उनले वकिलहरूलाई जानकारी दिन फोन गर्न खोजेका थिए । तर, फोन गर्न नपाइ प्रहरीले खोसेको स्रोतले बतायो । रवीन्द्र मिश्रलाई यता जिल्ला अदालतभित्र प्रवेश गराइसकेपछि मात्रै जोशीले आफ्नो फोन फिर्ता पाएका छन् ।

  • रवीन्द्र मिश्रलगायतको रिहाइ मागसहितको अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले जनाए ऐक्यबद्धता

    रवीन्द्र मिश्रलगायतको रिहाइ मागसहितको अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले जनाए ऐक्यबद्धता

    ललितपुर । रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरुको विनासर्त रिहाइ माग गर्दै जारी रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यबद्धता जनाएका छन् ।

    रिले अनसनप्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन् । ललितपुरवासीले आयोजना गरेको रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्ने र मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्नेमा ऐक्यबद्धता जनाए ।

    अनसनकारीहरुले आस्थाका बन्दी रिहाइ गर्नुपर्ने, मानव अधिकारको सम्मान गर्नुपर्ने, हिन्दू अधिराज्य कायम गर्नुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने माग गरेका छन् ।

    यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।

    रिले अनसन दोस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाएअनुसार सरकारले झूटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहनेछ ।

    झूटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।

  • ‘बा’ कवितामार्फत एमाले र राप्रपाका सांसदको दोहोरी

    ‘बा’ कवितामार्फत एमाले र राप्रपाका सांसदको दोहोरी

    काठमाडौं । राप्रपा संसदीय दलका प्रमुख सचेतक तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाही अर्थात ज्ञानेन्द्र शाहीले एक दिनअघि आफ्नो फेसबुक वालमा कवितामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको उछितो काढे ।

    सांसद शाहीले कमरेडहरूका बा भन्दै प्रधानमन्त्री ओलीको पालमा देश बर्बाद भएको र साइबर स्याल,अरिङ्गाल र टोले गुण्डाहरु संरक्षित भएको भन्दै कवितामार्फत कटाक्ष गरेका थिए ।

    त्यसको जवाफमा एमालेका सांसद ईश्वरबहादुर रिजालले पनि बा कवितामार्फत नै सांसद शाही र राजसंस्था पक्षधहरुको कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्री अर्थात बा को प्रतिरक्षा गर्दै विम्वात्मक शैलीमा जवाफ दिएका छन् ।

    रिजाल उत्पीडित दलित जातीय समुदायका नेता तथा एमालेबाट समानुपातिक सांसद हुन् । दोलखाबाट प्रतिनिधित्व गर्ने रिजाल कुशल प्रशिक्षक हुन् भने जुम्लाका शाही कुशल वक्ता हुन् ।

    दुवै सांसदको कविता पढौं ।
    पहिलो ज्ञानेन्द्र शाहीले यस्तो कविता लेखे,
    प्रिय कमरेडहरुका ‘बा’ तपाईं ३ पटक प्रधानमन्त्री हुँदा ।।।
    युवाहरूले बेरोजगारीको ट्याग पाए।
    राष्ट्रले विदेशी ऋणको भार पायो।
    भ्रष्टाचारीले आश्रय पाए।
    बलात्कारीले संरक्षण पाए ।
    टोले गुन्डाहरूले ठेक्का पाए।
    अरिङगालहरुले भत्ता पाए ।
    साईबर सेनाले जागिर पाए ।
    पापीहरूले न्याय पाए ।
    तर हामी जनताले सिर्फ,
    उखान टुक्का पायौं।
    त्यसैले भन्छु कमरेडका बा तपाईं कमेडी च्याम्पियनमा जानुहोस् र कलाकार बन्नुहोस्
    कमसेकम जनता हँसाउनुहोस् र जगतलाई खुसी बनाउनुहोस् ।

    त्यसको जवाफमा ईश्वरबहादुर रिजालको यस्तो कविता आयो..

  • रविन्द्र मिश्रको रिहाइ माग गर्दै जावलाखेलमा रिले अनशन सुरु

    रविन्द्र मिश्रको रिहाइ माग गर्दै जावलाखेलमा रिले अनशन सुरु

    काठमाडौं । राप्रपाको वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका रिहाइको माग गर्दै रिले अनशन सुरु भएको छ।

    राष्ट्रवादी देशभक्त जनताको आयोजनामा मिश्रको रिहाइ माग गर्दै आजदेखि ललितपुरको जावलाखेलमा रिले अनशन सुरु गरेको हो ।

    उनीहरुले मिश्रको रिहाइसँगै४ बुँदे माग पनि राखेका छन् ।

    मिश्रमाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने, रविन्द्र मिश्रलगायत सबै राष्ट्रवादी साथीहरुलाई रिहाइ गर्नुपर्ने, विधिको सुशासन कायम गर्नुपर्ने र नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर्नुपर्नेलगायतको उनीहरुको ४ बुँदे माग छ ।

    मिश्रसहितका केही राप्रपा नेताहरु गत चैत  १५ गते राजावादी प्रदर्शनमा  पक्राउ परेका थिए ।

  • कमल थापाको आह्वान- केही समयका लागि भए पनि सबै राजावादी एक ढिक्का भएर अगाडि बढौं

    कमल थापाको आह्वान- केही समयका लागि भए पनि सबै राजावादी एक ढिक्का भएर अगाडि बढौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सबै राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् । व्यक्ति र पात्रलाई नहेरी एजेन्डाका आधारमा हेरेर एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ ।

    आज राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सबै राजावादीहरू मिलेको खण्डमा केही हप्ता वा केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न सकिने दाबी गरे ।

    उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं । केही हप्ता, केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापना गर्न सकिन्छ । एकपटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौं । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् ।’

    उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गर्दै आन्दोलनको नेतृत्व लिन समेत आग्रह गरे ।

    ‘मलाई सार्वजनिकरूपमा भन्दा कत्ति पनि आपत्ति हुँदैन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन मेरो अत्यन्त प्रिय भाइ हुनुहुन्छ, हिजो राजनीतिक आरोह अवरोमा विभिन्न घटना-दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागीता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ,’ थापाले भने ।

    उनले अहिले राजसंस्था पुन:स्थापनाका लागि एकदमै अनुकूल वातावरण बनेको दाबी गरे । यो अवस्थामा पनि एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ थियो ।

    ‘आदरणीय नेताहरूलाई आह्वान गर्न चाहन्छु, कमसेकम केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौं,’ उनले भने, ‘नवराज सुवेदी कुनै स्वार्थ नभएर राजनीतिक जीवनको अन्तिम चरणमा पुग्नुभएको व्यक्ति यो अभियानलाई संयोजन गर्न अग्रसर भएर आउनुभएको छ । जे-जस्तो भए पनि एउटा विशिष्ट परिस्थितिमा संयोजक भएर आउनुभएको छ । मेरो आग्रह छ । आवश्यक प्रवन्ध मिलाएर हामी सबै एकजुट होउँ ।’

  • राजावादी एकतामा ‘ब्रेक थ्रु’- कमल थापा र लिङदेन आज एकै मञ्चमा

    राजावादी एकतामा ‘ब्रेक थ्रु’- कमल थापा र लिङदेन आज एकै मञ्चमा

    काठमाडौं । लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच नयाँ ‘ब्रेक थ्रू’ भएको छ । थापाको निम्तो मान्दै लिङ्देन आज राप्रपा नेपालको विरोधसभामा सहभागी हुने भएका छन् ।

    एउटै लक्ष्य र गन्तव्य बोकेर हिँडिरहे पनि राजावादी हस्ति नेताहरू एक ठाउँमा उभिन सकिरहेका थिएनन् । लिङदेन र थापाबीच त झन् पानी बाराबारकै अवस्था थिए । राप्रपालाई नै फुटाएर थापाले राप्रपा नेपाल गठन गरेको हुँदा यी दुई पार्टीबीच तिक्तताको अवस्था कायम थियो । राजावादी दुई प्रमुख शक्ति नै मिल्न नसक्दा समग्र राजसंस्था पक्षधरहरुको एकता गाँठो परिरहेको थियो ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालको कार्यक्रममा अध्यक्ष लिङदेन उपस्थित हुने पुष्टि गरे ।

    ‘राजसंस्थाको पक्षमा हुने कुनै पनि आन्दोलन र अभियानलाई साथ समर्थन दिने हाम्रो पार्टीको घोषित नीति नै हो । आज राप्रपा नेपालबाट अध्यक्षज्यूलाई निम्ता आएको छ र उहाँ सहभागी हुनुहुन्छ,’ श्रेष्ठले भने ।

    आज राप्रपा कमल थापाको निम्तोमा लिङ्देनसहित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसमेत कार्यक्रममा उपस्थित हुने छन् । राप्रपा नेपालका अध्यक्ष थापाले आफूहरु चारजना पहिलोपटक एउटै मञ्चमा देखिन लागेको भन्दै फेसबुकमा पोस्ट गरेका छन् ।

    अहिलेका प्रमुख चार हस्ति नेताहरु एक ठाउँमा उभिने भएपछि राजावादी पंतिमा उत्साह छाएको छ । आजको कार्यक्रमले सबै राजसंस्था पक्षधर शक्तिलाई एक ठाउँमा ल्याएर संयुक्त आन्दोलनको श्रीगणेश हुन सक्ने आशा राजावादीहरुले पालेका छन् ।

    अध्यक्ष लिङ्देनको सहभागिता निश्चित रहे पनि राप्रपाले औपचारिकरुपमा राप्रपा नेपालको कार्यक्रमलाई सघाउने बारे कुनै निर्णय गरेको छैन । प्रवक्ता श्रेष्ठ हरेकपटक विज्ञप्ति निकालेर समर्थन गरिरहनु नपर्ने बताउँछन् ।

    उनले भने, ‘हामीले पहिल्यै भनिसकेको भएर विज्ञप्ति निकालिएन । राप्रपा नेपालको कार्यक्रमलाई पनि राप्रपाको नैतिक समर्थन रहन्छ ।’

    आजको कार्यक्रममा राप्रपा नेपालले पार्टीको झण्डा प्रयोग नगर्ने भएको छ । सबै राजावादी शक्तिहरुलाई समेट्ने हेतुले राष्ट्रिय झण्डा मात्रै बोक्ने रणनीति बनाइएको हो ।

    राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाको अनुसार आजको सभा करिब डेढ घन्टाको हुने छ । चार जना प्रमुख वक्तासहित अरु दुई-तीन जना थपिन सक्ने उनले बताए ।

    बर्तौलाका अनुसार दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान, शिवसेना नेपाल र वीपी कांग्रेसलाई पनि निम्ताइएको छ । उनीहरुबाट पनि एक एक जनाले भाषण गर्न सक्ने छन् ।

    कार्यक्रम स्थल भने अन्तिम समयमा परिवर्तन गरियो । यसअघि भृकुटी मण्डपमा गर्ने भनिएकोमा रत्नपार्कमा हुने भएको छ ।

  • लिङदेन र अमेरशलाई कांग्रेस सांसदको चुनौती- कि प्रमाण ल्याऊ, नत्र माफी माग (भिडिओ)

    लिङदेन र अमेरशलाई कांग्रेस सांसदको चुनौती- कि प्रमाण ल्याऊ, नत्र माफी माग (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद नागिना यादवले राप्रपाका अध्यक्ष लिङदेन र सांसद अमेरकुमार सिंहले कांग्रेस सहमहामन्त्रीको छोराको नाम चोरीको संलग्न भन्दै लगाएको आरोप पुष्टि गर्न चुनौती दिएकी छन् ।

    लिङदेनले भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीकै छोरा संलग्न भएको दाबी गरेका थिए । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद यादवले आफ्नो पार्टीका नेताको छोरामाथि लगाएको आरोप प्रमाण कांग्रेसका नेता कार्यकर्तालाई दिन माग गरिन् ।

    उनले थपिन्, ‘यदि त्यो आरोप सही होइन भने उहाँहरूले सदनबाट माफी माग्नुपर्छ ।’

  • लिङदेनले बोलेको कुरालाई गलत प्रचार गरेको भन्दै राप्रपा सांसदको आपत्ति (भिडिओ)

    लिङदेनले बोलेको कुरालाई गलत प्रचार गरेको भन्दै राप्रपा सांसदको आपत्ति (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्तिलाई गलत ढंगले प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सदनमा बोलेको र डा. अमरेशकुमार सिंहले वैशाख ८ गते मिडियामा दिएको अन्तर्वार्ताको विषय फेरि हेर्न माग गरे ।

    लिङदेनले भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीकै छोरा संलग्न भएको दाबी गर्दै पक्राउ गरेर गृहमन्त्रीको निर्देशनमा छाडिएको आरोप लगाएका थिए ।

    उनले चैत १५ गते घटनाको निष्पक्ष छानबिनको लागि न्यायिक छानबिन आयोग गठन गर्न माग गरे ।

  • रवीन्द्र मिश्रमाथि अनुसन्धान गर्न फेरि ७ दिनको म्याद थप

    रवीन्द्र मिश्रमाथि अनुसन्धान गर्न फेरि ७ दिनको म्याद थप

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अनुसन्धान गर्न फेरि थप ७ दिनको म्याद थप भएको छ ।

    काठमाडौं जिल्ला अदालतले उनीमाथिकाे अनुसन्धानका लागि आइतबार पाचौंपटक म्याद थपेकाे हाे । उनले बहसका क्रममा आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा विनाकारण एक महिनादेखि हिरासतमा राखिएको बताएका थिए ।

    मिश्रले केही समय लिएर बोल्दै न्यायका लागि न्यायाधीशसमक्ष याचना गरेका थिए । राज्यले गरेको गल्तीलाई न्यायालयले मात्रै सच्याउन सक्ने भन्दै आफूलाई आजै रिहा गर्न उनले माग गरे ।

    गत चैत १५ गते भएकाे राजावादीहरुकाे हिंसात्मक आन्दाेलनकाे जिम्मेवार भन्दै मिश्रसहितका नेताहरु पक्राउ परेका थिए ।

  • ‘श्रीमान म निर्दोष छु, आज मेरी आमाको मुख हेर्न पाउँ’

    ‘श्रीमान म निर्दोष छु, आज मेरी आमाको मुख हेर्न पाउँ’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेको आन्दोलनमा भएको हिंसात्मक घटनाहरुमा आफ्नो संलग्नता फेरि अस्वीकार गरेका छन् ।

    आज अदालतमा पाचौंपटक म्याद थपका लागि लैजाने क्रममा उनले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा विनाकारण एक महिनादेखि हिरासतमा राखिएको बताए ।

    मिश्रले केही समय लिएर बोल्दै न्यायका लागि न्यायाधीशसमक्ष याचना गरेका थिए । राज्यले गरेको गल्तिलाई न्यायालयले मात्रै सच्याउन सक्ने भन्दै आफूलाई आजै रिहा गर्न उनले माग गरे ।
    ‘गत १० गतेको बेन्चले गरेको आदेशलाई शिरोपर गर्दै आज मलाई रिहा गरियोस र मैले आफ्नी ८२ वर्षीया आमाको मुख हेर्न पाउँ’, मिश्रले भने ।

    मिश्रका एक कानून व्यवसायीका अनुसार उनले अदालतमा बोलेका कुराहरुको सार यस्तो थियोः

    राज्यका अन्य सबै अंगहरु क्षयीकृत हुँदा पनि न्यायालय अटल, विवेकशील र निष्पक्ष भयो भने सिंगो राज्यलाई थेग्न सक्छ भन्ने विश्वासका आधारमा केही कुरा राख्न चाहन्छु ।

    म अलिकति कन्फ्युज्ड भइरहेको छु श्रीमान । यो राज्य, राज्य भनेर मैले राजनीतिक नेतृत्वलाई भन्न खोजेको, प्रहरी–प्रशासन, न्यायाधीवक्ता कार्यालय लगायतलाई होइन, राज्यले चाह्यो भने एउटा नागरिकलाई जेरी घुमाएजस्तो घुमाइदिन्छ ।

    त्यो घुमाइएको गाँठो फुकाउन सक्ने भनेको एउटा न्यायालय मात्र हो । मेरो हकमा भन्नुपर्दा बयान सकियो । ११ दिनपछि तेस्रो बहसमा ममाथि अनुसन्धान गर्न जति दिन चाहिन्छ एकैचोटि थप्नुस भनेँ । १५ दिन थपियो । १५ दिनको बीचमा गत चैत ३१ र वैशाख २ गते गरी मेरो बयान क्लोज भयो । १० गते फेरि यहाँ आइयो ।

    १० गते आउँदा छुट्छु होला, मुक्ति पाउँछु होला भन्ने लागेको थियो । तर, त्यो दिन पनि छोडिएन । मविरुद्ध अरु कुरा कहीँ केही छैन । नाकै अगाडि अश्रुग्यास खसेपछि आँखाबाट आँशु तरतर झारेर नवराज सुबेदीलाई बचाएर फर्किएपछि म अलिकति आवेगमा आएकै हो ।

    आमसभामा गएको व्यक्ति ध्यान गरेर त बस्दैन नि, अवश्य बोलिन्छ । सबैजना छरिएको देखेँ । एक ठाउँ आउनुस, अगाडि बढ्नुस भनेँ । अगाडि बढ्नुस भन्नुको अर्थ मैले प्रहरीमाथि जाइलाग भनेको हो ? संसदमा आगो लगाउँ भनेको हो ? घरमा ढुंगा हान भनेको हो ?

    आन्दोलनमा आएको नेता बोल्छ । सहभागीको मनोबल बढाउन मैले अगाडि आउनुस भनेँ । त्यति भनेको भरमा एक महिनाभन्दा बढी हिरासतमा राख्ने ? यो न्याय भएन भन्ने अनुभूति हो श्रीमान । म यो देशमा केही गर्छु भनेर लागेको मान्छे हो । आजसम्म इमानको धरातलमा टेकेर कयौं प्रतिकुल अवस्थामा पनि नाक ठाडो पारेर हिँडेको छु । ५९ वर्षको भएँ । कति वर्ष बाँच्छु थाहा छैन । बाँकी जीवन नाक काटेर मन चाहन्न ।

    यो मैले अघि भन्याजस्तै राज्य र राजनीतिक तह नै दोषि छ । जसले सरकारको प्रतिनिधित्व गर्छ, उहाँहरुमा पनि अलिकति विवेक त हुन्छ होला । एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर उहाँहरुलाई राति निद्रा लाग्छ ?

    श्रीमान यो दुर्भाग्यपूर्ण भयो । सबै घटनालाई एउटै बास्केटमा राखेर फैसला गर्नु न्याय हुन्छ जस्तो मलाई लाग्दैन । पञ्चायतकालमा अराष्ट्रिय तत्व भनेर जेलमा राख्नु र यो गणतन्त्रकालमा आस्थाको बन्दी बनाएर यसरी राख्नुमा केही फरक छैन ।

    अन्त्यमा म अघिल्लो बेन्चमा बोलेको कुरा दोहोर्याउँछु । मेरो ८२ वर्षको गम्भीर बिरामी आमा, जो डिमेन्सीया रोगबाट ग्रस्त हुनुहुन् छर मलाई कहिले चिन्नुहुन्छ कहिले चिन्नुहुन्न, उहाँको कसम खाएर भन्छु मैले राज्य विरुद्धको कसुर हुने, संगठित अपराध हुने कुनै काम गरेको छैन । आज आमाको मुख हेर्न दिन हा । १० गतेको बेन्चको आदेश अनुशरण गएर आज मलाई मुक्ति दिइन्छ र आमाको मुख हेर्न पाउँछु भन्ने विश्वास लिएको छु श्रीमान ।

  • रवीन्द्र मिश्रमाथि प्रहरी ज्यादति- अदालत लैजाँदा दुवै हातमा हत्कडी, नमस्ते गर्न पनि रोक ! (भिडिओ)

    रवीन्द्र मिश्रमाथि प्रहरी ज्यादति- अदालत लैजाँदा दुवै हातमा हत्कडी, नमस्ते गर्न पनि रोक ! (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले अपमानजनक व्यवहार गरेको छ । आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा उनलाई दुवै हातमा हत्कडी लगाइएको थियो ।

    प्रहरीले थुनुवाको पोशाकमा गाडीबाट ओर्लेर हत्कडी सहित अदालत लैजाँदै गर्दा प्रहरीले उनलाई धकेलेको भिडिओ सार्वजनिक भएको छ । मिश्रले हत्कडीसहितको हात उठाएर अदालततर्फ ‘नमस्कार’ गर्न खोजे । तर, प्रहरीले उनको हातमै समातेर रोके ।

    प्रहरीले राेक्दै गर्दा मिश्रले भनेका थिए,`अदालतलाई नमस्कार गर्नुपरेन ?

    घटनास्थलमा रहेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले प्रहरीबाट ज्यादतिपूर्ण व्यवहार देखाइएको बताए ।

    ‘राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण एउटा प्रमुख दलको वरिष्ठ उपाध्यक्षलाई यो किसिमको व्यवहार गरिनु भत्र्सनापूर्ण छ’, उनले भने ।

    यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो । तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोल्ने गरिन्थ्यो । तर, आज भने गाडीबाट ओर्लिँदा पनि हत्कडी फुकालिएन ।

    भिडिओ:

  • एकजुट हुँदै राजावादी, चार ‘लिजेन्ड’ नेताहरु भोलि एकै मञ्चमा उभिने दाबी

    एकजुट हुँदै राजावादी, चार ‘लिजेन्ड’ नेताहरु भोलि एकै मञ्चमा उभिने दाबी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भोलि आयोजना गर्ने विरोध सभामा चार जना लिजेन्ड राजावादीहरु ‘पहिलोपटक’ एकैमञ्चमा देखा पर्ने सम्भावना बढेको छ ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाको निम्तोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसमेत उपस्थिति हुने दावी गरिएको छ ।
    तीनै जना नेताहरुलाई औपचारिक पत्राचारका साथै अध्यक्ष कमल थापा आफैंले फोन गरेर निम्त्याएको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्ताैलाले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘अध्यक्षज्यूले फोन गर्दा सबैजनाले आउने निधो गर्नुभएको बताउनुभएको छ । हामी विश्वस्त छौं ।’

    राप्रपा नेपालले चार नेताहरुको अनुहार राखेर पोस्टर समेत बनाइसकेको छ । अध्यक्षले सबैसँग कुराकानी गरेपछि नै पोस्टर बनाइएको बर्तौलाले बताए ।

    राप्रपा स्रोतले भने अध्यक्ष लिङ्देन राप्रपा नेपालको कार्यक्रममा जाने विषयमा अनभिज्ञता प्रकट गर्यो ।
    ‘उहाँले अहिलेसम्म केही भन्नुभएको छैन’, स्रोतले भन्यो ।

    नवराज सुबेदीले यसअघि नै थापाको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले साथ र समर्थन गर्ने घोषणा गरिसकेका छन् । राप्रपाले भने अहिलेसम्म उक्त राप्रपा नेपालको आन्दोलनप्रति औपचारिक धारणा बनाएको छैन । यद्यपी, जुनसुकै समूहले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना एवं संघीयता खारेजीका लागि गर्ने आन्दोलनमा नैतिक समर्थन गर्ने राप्रपाको सैद्धान्तिक निर्णय हो ।

    राप्रपाबाट निस्किएर कमल थापाले राप्रपा नेपालको गठन गरेका थिए । राप्रपा र राप्रपा नेपालबीच सम्वन्ध सुमधुर छैन । कमल थापा एकता र सहकार्यका लागि आतुर भए पनि लिङदेनले अहिलेसम्म रुची राखेका छैनन् ।

    यदि भोलि उनी राप्रपा नेपालको कार्यक्रममा गए दुई नेताबीचको सम्वन्धमा नयाँ ट्विस्ट आउने छ । राजावादी मिल्दैनन् भन्ने भाष्यलाई तोड्न पनि लिङदेनले थापासँग दुरी घटाउनुपर्ने दवाव छ ।

    सबैलाई समेट्नका लागि प्रदर्शनमा पार्टीको झण्डा नभइ राष्ट्रिय झण्डा मात्रै प्रदर्शन गरिने भएको छ । राप्रपा नेपालले तीनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई तथा राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेको भन्दै त्यसलाई रोक्ने मागसहित भोलि प्रदर्शन गर्न लागेको हो ।

    काठमाडौंको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी बताए ।

    ‘पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान बिचार भएका दल, समूह, अभियान, संघ–संस्था र ब्यक्तिहरुलाई सकृय सहभागिताको लागि पत्राचार गरेका छौं, सबैको साथ, सहयोगको प्रतिबद्धता पाएर हामी उत्साहित छौं’, उनले भने ।

    राप्रपा नेपालले राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बिपि), शिव सेना नेपाल लगायत विभिन्न संघ ,सस्थाहरुसंग पनि समन्वय र निमन्त्रणा गरेको बर्ताैलाले जानकारी दिए । पार्टीको सम्पुर्ण संयन्त्र यसमा परिचालन भएको तथा अनाबश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको ब्यबस्था गरिएको छ पनि उनले बताए ।

  • कांग्रेस सचेतक भन्छन्- राजेन्द्र लिङ्देनले सदनमा माफी माग्नुपर्छ

    कांग्रेस सचेतक भन्छन्- राजेन्द्र लिङ्देनले सदनमा माफी माग्नुपर्छ

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन्।

    बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन् । उनले संसाद  लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’ बाट हटाउन सभामुखसमक्ष आग्रह गरे ।

    लिङदेनले शुक्रबार सम्बोधनको क्रममा चैत १५ गते भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीको छोरा पनि संलग्न देखिएको र कारवाहीबाट उन्मुक्ति दिइएको आरोप लगाएका थिए ।

    सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतङ्ककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे ।

    सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा खलल पुर्‍याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पुर्‍ याएको भन्दै आपत्ति जनाए।

    सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्र केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराए ।

    सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था  अझै अज्ञात रहकाले निजको खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिए ।

    सांसद शेरबहादुर कुँवरले अछामका विभिन्न स्थानमा आगलागीका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

    सांसद तारा लामाले यही वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको वीभत्स हत्या भन्दै दोषीलाई कारबाहीको माग गरे । साथै उनले सरकारलाई शिक्षकका जायज माग सम्बोधन गर्न  र शिक्षकहरूलाई व्यावहारिक हुन आग्रह गरे ।

  • राजेन्द्र लिङदेनसँगको भेटमा नवराज सुवेदीले सुनाए २४ दिन नजरबन्दमा बस्दाको नालीबेली

    राजेन्द्र लिङदेनसँगको भेटमा नवराज सुवेदीले सुनाए २४ दिन नजरबन्दमा बस्दाको नालीबेली

    काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङदेन र प्रवक्ता मोहन श्रेष्ठले सुवेदीको निवासमै पुगेर भेट गरेका हुन् ।

    सुवेदीमात्रै होइन, लिङदेनले अर्का राजनीतिज्ञ बालाराम घर्तीमगरलाई पनि उनको पनि निवासमै पुगेर भेट गरेका छन् ।

    भेटका क्रममा दुई अग्रज नेताहरुसँग लामो राजनीतिक अनुभव सुन्ने, राजसंस्था पुनःस्थापना आन्दोलनको आगामी कार्यदिशा र समसामयिक राजनीतिबारे विमर्श गर्ने, विगत र वर्तमानका बारेमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए ।

    अध्यक्ष लिङदेनले सुवेदीसँग छुट्टै छलफलसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए । सुवेदीले चैत १५ गतेको तीनकुने घटना र २४ दिन नजरबन्दमा बस्दाको नालीबेली सुनाएको उनले बताए ।

  • राप्रपाले भन्यो- पाकिस्तानी दूतावासबाहिरको प्रदर्शन हाम्रो होइन, त्यस्तो नीति पनि छैन

    राप्रपाले भन्यो- पाकिस्तानी दूतावासबाहिरको प्रदर्शन हाम्रो होइन, त्यस्तो नीति पनि छैन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिवार काठमाडौंस्थित पाकिस्तानी दूतावासबाहिर राप्रपाको ब्यानरमा गरिएको प्रदर्शनमा पार्टीको संलग्नता नरहेको प्रष्ट पारेको छ ।

    राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले पाकिस्तानी दूतावासबाहिर आज राप्रपाको ब्यानरमा भएको प्रदर्शन पार्टीको नभएको प्रष्ट पारेका हुन् ।

    उनले नेपाल प्रेससँग कुरा गर्दै भने–त्यो आजको कार्यक्रम हाम्रो पार्टीको होइन र त्यस्तो प्रदर्शन गर्ने नीति पनि हाम्रो छैन । कसैले हाम्रो पार्टीको नामको दुरुपयोग गरेका हुनसक्छन् ।

    उनले राप्रपाको नामको कसैले दुरुपयोग गरेको हुनसक्ने बताए । गाई चिन्ह अंकित झण्डामा राप्रपा लेखिएको ब्यानरमा प्रदर्शनकारीले जम्मु कश्मिरको पहलगाममा भएको आतंकी हमलामा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको भन्दै ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

  • पाकिस्तानी दूतावास बाहिर स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

    पाकिस्तानी दूतावास बाहिर स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी

    काठमाडौं । जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले २४ घण्टाको अल्टिमेटम दिएको छ ।

    सोही समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ । पहलगाम आतंकी हमलामा पाकिस्तानको हात रहेको भारतीय आरोप सही रहेको भन्दै सो समूहले ब्यानर र प्लेकार्डसहित मुख्य सडकमा केहीबेर प्रदर्शन गरेको हो ।

    उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । स्वतन्त्र युवा समूहको प्रदर्शन चलिरहेकै बेला केही व्यक्ति राप्रपाको ब्यानरमा सोही स्थानमा पुगेका थिए ।

    उनीहरुले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

    पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए । यसैबीच नेविसंघले समेत पाकिस्तानी दूतावास बाहिर प्रदर्शन गर्ने भने पनि अन्तिममा रद्द भएको जानकारी दिइयो ।

  • राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन : राजेन्द्र लिङ्देन (भिडिओ)

    राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन : राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्‍यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताए ।

    उनले भने, ‘राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्, दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् । त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य निर्माण नगरियोस् ।’

    लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारमा देखाउनुपर्ने बताए । उनले सरकारले अहिले विपक्षीहरूलाई निरंकूशतावादी व्यवहार देखाएको आरोप लगाए ।

  • रास्वपा लुम्बिनीबाट केन्द्रलाई ‘भाइब्रेसन’: महामन्त्रीद्वारा राप्रपाको आन्दोलनप्रति समर्थन

    रास्वपा लुम्बिनीबाट केन्द्रलाई ‘भाइब्रेसन’: महामन्त्रीद्वारा राप्रपाको आन्दोलनप्रति समर्थन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गणतन्त्र र राजतन्त्रको विषयमा पार्टीको घोषित नीतिभन्दा पृथक स्वरहरु सुनिन थालेका छन् । सबैभन्दा स्पष्ट र विद्रोही आवाज रास्वपा लुम्बिनीबाट आइरहेको छ ।

    केही दिनअघि रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले लेखेको स्टाटसले केन्द्रसम्म ‘भाइब्रेसन’ उत्पन्न भएको थियो । उनले यथास्थितिमा देशको संरक्षकका रूपमा राजा राख्न सकिने वकालत गर्दै राजा वीरेन्द्रको छोरीपट्टिका नातिनीलाई ‘महारानी’ बनाउनेबारे बहस गर्न राजावादीलाई सुझाव दिएका थिए ।

    बागमतीपछि रास्वपाको बलियो प्रभाव भएको प्रदेशका रुपमा लुम्बिनीलाई लिइन्छ । यस प्रदेशका अध्यक्ष राजसंस्थाको पक्षमा खुल्दा पार्टीले कारवाही गर्न सक्ने अनुमान गरिएको थियो । तर, रास्वपाले यो निजी धारणा भएकाले पार्टीले दख्खल दिनुपर्ने आवश्यकता नेताहरुले देखेनन् । नेपाल प्रेससँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पाठकको आशय गलत नरहेको र स्टाटस हटाउनु नपर्ने बताएका छन् ।

    हेर्नुस् समाचार : देवराजले राजतन्त्रबारेको स्टाटस हटाउन नपर्ने, मनिष झा भन्छन्- उहाँको आशयमा म पनि सहमत छु

    राजसंस्थाप्रति रुझान देखाउने लुम्बिनी प्रदेशमा पाठक एक्ला भने होइनन् । उनले स्टाटस लेखेको भोलिपल्ट रास्वपा लुम्बिनीका महामन्त्री निलराज अधिकारीले राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको पक्षमा गरिरहेको आन्दोलदनप्रति समर्थन जनाएका छन् ।

    गत चैत ७ गते राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्ने गरी जनप्रदर्शन गर्ने कार्यक्रम राखेको थियो । त्यसको अघिल्लो दिन अधिकारीले उक्त कार्यक्रमप्रति समर्थन र ऐक्यवद्धता जनाउँदै स्टाटस लेखेका हुन् । राप्रपाको सडक आन्दोलनमा सहभागी हुन उनले सम्पूर्ण नेपाली जनतालाई अपिलसमेत गरेका थिए ।

    यस्तो छ अधिकारीको स्टाटसः

    २०६३ सालको बृहत जन आन्दोलन पश्चात् देशमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको नाममा ओली, देउवा र प्रचण्डले पालैपालो १९ बर्षसम्म लुटतन्त्रको बर्बर कुशासन चलाए । यिनीहरूको कुशासनबाट आजित जनताले सडकका कुनै पनि मोर्चाका माध्यमबाट कुनै पनि पार्टी या संघ, संगठन तथा संस्थाको नेतृत्वमा वर्तमान सरकारका विरुद्ध गरिने हरेक सडक संघर्षमा सदैब साथ सहयोग र समर्थन जारी रहने क्रम बढ्दो छ । यसैलाई भनिन्छ सरकार इतर दलहरुको सहकार्य र कार्यगत एकता ।

    भोलि मिति २०८२ वैशाख ०७ गते राप्रपाले जुनसुकै मुद्दा बोकेर आन्दोलन घोषणा गरे पनि त्यो आन्दोलनले आमजनताका निराशाका आवाजलाई सडकबाट बुलन्द गर्न मद्दत गर्ने तथा त्यो सडक आन्दोलन वर्तमान नोकरशाही, तानशाह, फासिष्ट, भ्रस्टाचारको दलदलमा लिप्त ओली सरकारका बिरुद्द केन्द्रित भएकोले सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिताका लागि अनुरोध गर्दछु ।

    अधिकारीको स्टाटसमा राजसंस्थाको वकालत गरिएको छैन । तर, राजसंस्था पुनस्र्थापनालाई नै मुल मुद्दा बनाएर सुरु गरिएको आन्दोलनप्रति समर्थन जनाउनुले उनको रुझान प्रष्ट हुन्छ ।

    रास्वपाले जलेश्वर बैठकबाट गणतन्त्रात्मक शासन व्यवस्थालाई स्वीकार गरेको भए पनि सो पार्टीभित्र राजसंस्थाप्रति नरम दृष्टिकोण राख्ने थुप्रै नेताहरू रहेको विश्वास गरिन्छ । यद्यपि, केन्द्रमा अहिलेसम्म कोही पनि खुल्न सकेका भने छैनन् ।

  • नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्दै

    नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्दै

    काठमाडौं । अध्यक्ष सहित नेताहरु पक्राउपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आकस्मिक बैठक बस्न लागेको छ । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक वैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकमा आजको जनप्रदर्शनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आज सिंहदरबारभित्रै प्रदर्शन गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

    उनीहरुलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

  • बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास- छेक्दै प्रहरी (तस्बिरहरू)

    बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास- छेक्दै प्रहरी (तस्बिरहरू)

    काठमाडौं । राजसंस्था पुनर्स्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित आन्दोलनमा होमिएको राप्रपाले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेको छ ।

    प्रदर्शनकारीले ब्यारिगेटको अवरोध पन्छाउने प्रयास गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ । प्रहरीले माइकिङ गरेर उनीहरूलाई पछाडि हट्न आग्रह गरिरहेको छ । निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रमअनुसार राप्रपाका कार्यकर्ता सडकमा आएका हुन् ।

    संसदीय दलको कार्यालयमा छलफलपछि बानेश्वरतर्फ आउँदै गर्दा सिंहदरबारबाट राजेन्द्र लिङदेनसहितका सांसदहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा पक्राउ गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरे ।

    साथै नेताहरू रिहा नहुञ्जेल लगातार विरोध प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

    तस्बिरहरू : नविनमुनी स्थापित । 

  • राप्रपाले भन्यो- कार्यक्रमस्थल जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्

    राप्रपाले भन्यो- कार्यक्रमस्थल जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले अध्यक्ष लिङ्देनसहित नेताहरूलाई प्रहरीले गरफ्तार गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    उनका अनुसार प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबारबाट गिरफ्तार गरेको छ ।

    शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा पक्राउ गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरे ।

    साथै नेताहरू रिहा नहुञ्जेल लगातार विरोध प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

  • प्रहरीले नियन्त्रणमा लिएपछि लिङदेनको प्रतिक्रिया- हामी सबै थुनिन तयार छौं (भिडिओ)

    प्रहरीले नियन्त्रणमा लिएपछि लिङदेनको प्रतिक्रिया- हामी सबै थुनिन तयार छौं (भिडिओ)

    काठमाडौं । प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्।

    दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा हालेको थियो ।

    उनले भने, ‘निरंकूश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’

    प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

    राप्रपाले आज बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो । राप्रपाले तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग छ ।

  • लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट गिरफ्तार (भिडिओ)

    लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट गिरफ्तार (भिडिओ)

    तस्बिरहरू : उमेश कार्की । 
  • राप्रपाका सांसदहरूले सिंहदरबारभित्रै गरे सरकारविरुद्ध प्रदर्शन (भिडिओ)

    राप्रपाका सांसदहरूले सिंहदरबारभित्रै गरे सरकारविरुद्ध प्रदर्शन (भिडिओ)

    काठमाडौं । संसदीय दलको कार्यालयबाट भर्खरै निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका छन् ।

    तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।

  • लिङदेन पनि पुगे संसदीय दलको कार्यालय, बाहिर प्रहरी तैनाथ

    लिङदेन पनि पुगे संसदीय दलको कार्यालय, बाहिर प्रहरी तैनाथ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको अवस्थामा उनी पुगेका हुन् ।

    राप्रपाका केही सांसदहरू संसदीय दलको कार्यालयभित्र छलफल गरिरहँदा अचानक प्रहरीको गाडीहरू आएर बाहिर राखिएका थिए र आफूहरूलाई बाहिर निस्किन नदिएर बन्धक बनाइएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन् । प्रहरीले भने सुरक्षा दिन आएको दाबी गरेको छ ।

    शाहीले आफू पनि जनताबाट जितेर आएको भन्दै कार्यालयमा घेरा नहाल्न प्रहरीलाई भनेका छन् ।

    उनले भने, ‘घेरा हाल्नुभएन नि त हो । संसदको कार्यालयमा त घेरा हाल्नुभए नि हामीलाई हामी पनि जनताबाट चुनावै लडेर आएको हो नि ! दलको कार्यालयमा आउनु भएन नि हो । यसो नगरौँ न है । घेरा हाल्नु भएन नि ।’

  • बानेश्वरमा राप्रपाको प्रदर्शन सुरू (तस्बिरहरु)

    बानेश्वरमा राप्रपाको प्रदर्शन सुरू (तस्बिरहरु)

    काठमाडौं । राजसंस्था पुनर्स्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित आन्दोलनमा होमिएको राप्रपाले बानेश्वरमा प्रदर्शन सुरू गरेको छ । निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रमअनुसार राप्रपाका कार्यकर्ता सडकमा आएका हुन् । अहिलेसम्म नेताहरू भने बानेश्वरमा देखिएका छैनन् । केही सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छन् । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई प्रहरीले दलको कार्यालयमै बन्धक बनाएको दाबी गरेका छन् ।

    राप्रपा कार्यकर्ता र राजावादी समर्थकहरू बिजुलीबजार भेला भएर बानेश्वरतर्फ आएका छन् । उनीहरू बानेश्वरको आकाशे पुलनजिकैको प्रहरीको ब्यारिगेट तोड्ने प्रयासमा छन् । प्रहरीले भने माइकिङ गरेर उनीहरूलाई पछाडि हट्न आग्रह गरिरहेको छ ।

    यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा प्रदर्शन गरेको थियो ।

    राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्षले सैह्य नहुने चेतावनी दिइसकेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

    प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपाका नेताहरूलाई बोलाएर पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा ‘लञ्च मिटिङ’ गरेका थिए ।

     

  • ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक

    ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आफूहरूलाई निस्किन नदिएको बताएका छन् ।

    बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको क्रममा थिए ।

    राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसद दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको नेपाल प्रेसलाई बताए ।

    बिना जैवाल माननीय दीपक सिंहलगायतका सांसदहरू दलको कार्यालयमा रहेको उनले सुनाए ।

  • धवलशमशेरलाई छाड्ने के छ तयारी ? यसो भन्छ प्रहरी

    धवलशमशेरलाई छाड्ने के छ तयारी ? यसो भन्छ प्रहरी

    काठमाडौं । गृह मन्त्रालयले शुक्रबार नै हिरासत बाहिर राखी मुद्दाको पुर्पक्ष गर्न दिने भनिएका राप्रपा महामन्त्री धवलशमशेर राणा आज पनि छुट्ने सुरसार छैन । चैत १५ को राजावादी प्रदर्शनलाई उत्तेजक बनाउन भूमिका खेलेको आरोपमा उनलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।

    जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनको स्वास्थ्योपचारका निम्ति हिरासतबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिने तयारी भएको गृह मन्त्रालय स्रोतले जनाएको थियो । तर, आज आइतबार पनि उनलाई छोड्नेबारे केही तयारी छैन ।

    जिल्ला प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले त्यसबारे केही खबर नभएको बताए । म्याद थपेर मुद्दा चलाइएका व्यक्ति आदेशको भरमा छुट्न नसक्ने, तर छाड्नुपर्ने अवस्थाका कानुनी प्रक्रियामा लैजान सकिने उनले बताए । यद्यपि, उनका हकमा कहीँ, कतैबाट कुनै सोधखोज नभएको प्रहरीको भनाइ छ ।

    आइतबार राप्रपाको प्रदर्शन र निषेधित क्षेत्र तोड्ने चेतावनीका कारण काठमाडौंभरका प्रहरी युनिट स्ट्याण्डबाई ड्युटीमा छन् । त्यसैले मुद्दा चलाउने र बुझाउने नियमित कामबाहेक अन्य काम गर्ने प्रहरी जनशक्तिको अभाव छ । त्यसमाथि जिल्ला सरकारी वकिलको कार्यालयले यतिबेलासम्म कुनै पनि थुनुवालाई हाजिर जमानीमा छाड्ने विषयमा प्रहरीलाई ताकेता गरेको छैन ।

  • राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित

    राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित

    काठमाडौं । राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको छ। यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको थियो।

    तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्‍याली निस्कँदैन।

    सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्नेछन् ।

    र्‍याली बिजुलीबजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको तामाङले बताए। उनले सामूहिक गिरफ्तारीबारे अहिले कुनै निर्णय नभएको र आन्दोलनको परिस्थिति हेरेर त्यही हुने बताए।

    यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो। उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ।

    राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्ष सैह्य नहुने चेतावनी दिइसकेको छ ।

  • राप्रपा रणनीति : सीमित नेताहरूले झण्डासहित निषेधित क्षेत्र तोड्ने, मुठभेडबिना गिरफ्तारी दिने

    राप्रपा रणनीति : सीमित नेताहरूले झण्डासहित निषेधित क्षेत्र तोड्ने, मुठभेडबिना गिरफ्तारी दिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको जनप्रदर्शनमा प्रहरीसँग मुठभेड नगर्ने रणनीति लिएको छ । निषेधित क्षेत्र तोड्ने योजना भए पनि त्यो शान्तिपूर्ण हुने नेताहरूले बताएका छन् ।

    एक नेताका अनुसार मुख्य प्रदर्शन बिजुली बजारमा हुनेछ । त्यहाँबाट सीमित संख्यामा नेताहरू पार्टीको झण्डा बोकेर निषेधित क्षेत्रमा प्रवेशको प्रयास गर्ने छन् । तर प्रहरीले रोकेको खण्डमा धेरै घम्साघम्सी नगर्ने बताइएको छ ।

    ‘प्रहरीले सुरूमै अनावश्यक बल प्रयोग गर्‍यो भने बेग्लै कुरा नत्र हाम्रो तर्फबाट मुठभेड हुँदैन,’ ती नेताले भने ।

    प्रहरीले धरपकड गर्न खोजे सामूहिक गिरफ्तारी दिने उनले बताए ।

    निषेधित क्षेत्रमा ठुलो जुलुस नलैजाने राप्रपाले जनाएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत यसको जनाउ दिएका छन् । आजको जनप्रदर्शन निरंकुशताविरूद्धको प्रतिकात्मक मात्रै हुने भन्दै उनले सत्ताधारीहरूलाई नडराउन आग्रह गरेका छन् ।