Category: राप्रपा

  • कोशीमा राप्रपाको लाइन- एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा छैनौं, मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तयार पार्नुपर्छ

    कोशीमा राप्रपाको लाइन- एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा छैनौं, मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तयार पार्नुपर्छ

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउने आधार तयार गरे राप्रपाले विश्वासको मत दिने भएको छ । त्यसो नहुँदा तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ । संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार राप्रपालाई भन्नुपर्ने प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

    मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने तयारी गरेका छन् । अहिलेसम्म विश्वासको मत पाउने प्रष्ट आधार देखिएको छैन ।

    सिटौलाले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार भन्नु पर्छ । २० गते सत्ता गठबन्धनले के गर्छन् भन्ने कुरासँग सरोकार भएन । कार्कीजीले विश्वासको मत पाउने आधार भन्नुभयो भने हामी विश्वासको मत दिन्छौं । नत्र हामी तटस्थ बस्छौं ।’

    उनले संविधानको धारा १६८ (५) अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाइनसकेको प्रष्ट्याए । सिटौलाले अहिले राप्रपा कोशी प्रदेश सरकारमा नभए पनि हिक्मत सरकारको सहयात्री भएको बताए ।

    ‘सहयात्री भएका कारण एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा हामी छैनौं’, उनले नेपाल प्रेससँग भने ।

    कार्की भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । राप्रपाले साथ दिएको खण्डमा पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना छैन । प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सीट छ । सभामुखविहीन प्रदेशसभामा बैठकको अध्यक्षता उपसभामुखले गर्नुपर्ने भएकोले कार्कीले एमालेको ३९ मतमात्र पाउँछन् । राप्रपाले विश्वासको मत दिए पनि उनले ४५ मतमात्र पाउने छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि सरकार गठनको प्रक्रिया धारा १६८ को उपधारा ५ मा पुगेपछि भने सोच्न सकिने बताइसकेका छन् । तर, त्यसबारे अहिलेसम्म गठबन्धनसँग पनि कुनै छलफल नभएको जानकारी दिए । धारा १६८ (३) अन्तरगतको विश्वासको मत पछाडि छलफल हुने लिङदेनको भनाइ छ ।

    नेपाली कांग्रेसले यसअघि नै संसदीय दलको बैठक बसेर कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अन्य गठबन्धनमा रहेका दलले भने विश्वासको मतको विषयमा कुनै निर्णय गरेका छैनन् । यद्यपि मत नदिने उनीहरूको भनाइ छ ।

    प्रदेशसभा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन् ।

  • राजेन्द्र लिङदेनको विश्लेषण- नेपालको शक्ति राष्ट्रहरूको प्रतिस्पर्धास्थल बन्दैछ

    राजेन्द्र लिङदेनको विश्लेषण- नेपालको शक्ति राष्ट्रहरूको प्रतिस्पर्धास्थल बन्दैछ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थलको रुपमा परिणत हुने जोखिम रहेको बताएका छन् ।

    राप्रपाद्वारा मंगलबार आयोजित ‘नेपालको परराष्ट्र नीति, विगत, वर्तमान र भविष्य’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालले शक्ति राष्ट्रहरुको बारेमा ठोस धारणा बनाउनुपर्ने बताए ।

    लिङदेनले भने, ‘अहिले हामी सामान्य अवस्थामा छैनौं । सत्तारुढ पार्टीहरुको विदेश सम्बन्ध नै सत्ता केन्द्रितमात्रै हो । सत्ताको लागि जे पनि समर्थन गर्ने, विदेशीसँगको साथ समर्थन भएन भने चुनाव जित्न सकिँदैन, चुनाव जितियो भने पनि सरकारमा जान सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यता छ । त्योअनुसारको क्रियाकलाप छ । नेपाल अहिले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थलको रुपमा परिणत हुँदैछ । हाम्रो सत्ता पक्षको कमजोरीको कारणले त्यो प्रतिस्पर्धाको शिकार नेपाल बन्ने खतरा छ ।’

    अहिले नेपालको परराष्ट्र नीति नै नभएको उनले दाबी गरे । लिङदेनले थपे, ‘सरकारले देशहरुसँग गरिराखेको सम्बन्ध त आफ्नो सत्ता कसरी टिकाउने भन्नेमा केन्द्रित छ । एउटा देशसँग लिने सहयोग पनि कमिसनसँग पार्टीको व्यक्तिको लाभसँग लिने भएपछि त्यो देशसँगको सम्बन्ध कस्तो हुन्छ होला ? त्यो देशले हेर्ने दृष्टिकोण कस्तो हुन्छ होला ?’

  • नेपालगञ्जवासीलाई राप्रपाको आग्रह – हिंसाको बाटो लिएर सद्भाव बिगार्नतिर नलाग्नुस् (भिडिओ)

    नेपालगञ्जवासीलाई राप्रपाको आग्रह – हिंसाको बाटो लिएर सद्भाव बिगार्नतिर नलाग्नुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगञ्जवासीले सद्भाव नभड्काउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलसम्शेर जबराले देशभर नै दंगा भड्किने सम्भावना रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

    उनले भने, ‘बाँकेको नेपालगञ्जमा दुई समूदायबीच झडप भएर अहिले कफ्र्यू लागको छ। सरकारलाई यो हिंसाहरुलाई कन्ट्रोलमा ल्याउनुपर्यो। यो सबैको जड भनेको मोबाइलको सञ्जाल हो। साइबरक्राइमलाई तुरुन्तै कन्ट्रेल गर्नुपर्यो होइन भने देशभरी नै गौहत्यादेखि हिन्दू मुसलमानको झडपको कुरा सबै यही कारणले भएका हो। यस्तै रहिरहे देशभरी नै दंगा भड्किने सम्भावना छ।’

    नेपालगञ्जका दुवै समुदायलाई सद्भावलाई कामय राख्न आग्रह गरे। उनले भने, ‘नेपालगञ्जलाई हामी सद्भावको शहर बनाइरहेका छौं। त्यो सद्भावलाई कायम राखेर सबै शान्तिपूर्णरुपले विरोध गर्न पाइन्छ आफ्नो कुरा राख्न पाइन्छ। तर, उग्र र हिंसाको बाटो लिएर सद्भाव नबिगार्न आग्रह गर्छु।’

  • राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी- विष वृक्ष रोपेर अमृत फल्दैन, ‘कोर्स करेक्सन’ गरौं

    राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी- विष वृक्ष रोपेर अमृत फल्दैन, ‘कोर्स करेक्सन’ गरौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले संविधानलाई आलोचनात्मक समर्थन गरेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानका मूलभूत मान्यता परिवर्तन गर्ने पक्षमा रहेको बताउँदै संघर्षरत रहेको बताए ।

    उनले भनेका छन्, ‘आफ्नो मान्यताका पक्षमा जनमत बटुल्न प्रयासरत छौं । यो संविधान जारी भएपछि देशमा सुशासन, स्थिरता, दिगो शान्ति, अर्थतन्त्रमा सुधार, रोजगारीको सिर्जना, युवालाइ स्वदेशमै गरिखाने वातावरणको निर्माण, जनताको जीवनस्तरमा आमूल सुधार, भोलिको सुन्दर नेपालको आशालाग्दो खाका एवं राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सबल नेपालका पक्षमा संविघानका पक्षधर र संवाहक शक्तिहरूले कार्य गरेका भए हाम्रा मान्यताहरु स्वतः कमजोर र असान्दर्भिक हुँदै जाने निश्चित थियो। नेपालीमा एउटा उखान छ- ‘उचालेको कुकुरले मृग मार्दैन ।’

    गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा नभएको उनले दाबी गरे ।

    उनले भने, ‘सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सही थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवी र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विष वृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।’

    देशले अवलम्बन गरेको मार्गचित्रको समिक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आइसकेको बताए ।

    उनले भनेका छन्, ‘जहाँबाट गल्ती शुरू भएको छ, त्यही बिन्दुबाट ‘कोर्स करेक्सन’ शुरु गरिनुपर्छ। देशले थप बर्बादी थेग्न सक्ने अवस्था छैन । पचासौं लाख युवालाइ स्वदेश फर्काउने, स्वदेश फर्केका र स्वदेशमै भएका युवालाइ काम र सम्मान दिने, यो देश सबैका लागि बस्नलायक बनाउने काममा लाग्न ढिला भइसकेको छ ।’

    राजसंस्था लगायत कुनै पनि शक्तिलाई निषेध नगर्ने गरी नयाँखाले समझदारीको आवश्यकता रहेको उल्लेख गर्दै देशभित्रका परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीचको आपसी एकता, सहकार्य र अस्तित्वको स्विकारोक्तिको जगमा आमूल सुधारको नयाँ यात्रा प्रारम्भ गर्न प्रस्ताव गरेका छन् ।

  • सुदूरपश्चिम : थपिएन मस्यौदा समितिको म्याद, एमाले र राप्रपाले लेखे ‘नोट अफ डिसेन्ट’

    सुदूरपश्चिम : थपिएन मस्यौदा समितिको म्याद, एमाले र राप्रपाले लेखे ‘नोट अफ डिसेन्ट’

    कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली २०७४ संशोधन गर्न बनाइएको नियमावली संशोधन मस्यौदा समितिको म्याद गर्ने विषयमा समिति भित्रै विवाद सुरु भएको छ ।

    यसअघि तेस्रो पटकसम्म समय सीमा थप गरिएको छ । तर, थप गरिएको समय भित्र मस्यौदामा सहमति हुन नसकेपछि अब चौथो पटक समय थप गर्ने विषयमा विवाद सुरु भएको हो ।

    प्रदेशसभा सचिवालयमा बसेको मस्यौदा समितिको बैठकमा कांग्रेसका विक्रमसिंह धामी, एमालेका सुरेन्द्रबहादुर पाल, माओवादीका मानबहादुर धामी, र राप्रपाका खेमा देवी विष्ट थिइन् । उक्त बैठकमा एकीकृत समाजवादीका प्रकाश रावल, नागरिक उन्मुक्ति पार्टीका खुसीराम डगौरा थारु, र स्वतन्त्र निर्वाचित ताराप्रसाद जोशी उपस्थित भएनन् ।

    बैठकमा उपस्थित कांग्रेस र माओवादीका धामीले समय थप गर्ने भन्दा एमालेका पाल र राप्रपाकी विष्टले विरोध जनाएपछि समय थप गर्ने विषयमा सहमति हुन सकेन।

    ‘मस्यौदा समितिको म्याद थप गर्ने निर्णयमा हाम्रो सहमति छैन लेखेका छौँ’ राप्रपा सांसद विष्टले भनिन् ।

    अहिले प्रदेशसभामा ४ वटा विषयगत समिति छन् । तर, मस्यौदा समितिले २ वटा विषयगत समिति थप गर्ने प्रस्ताव गरेपछि त्यसमा असहमति जनाएको विष्टले बताइन् ।

    यस अघिसम्म तीन पटकसम्म थपिएको समयमा पनि संशोधनको खाका तयार नभएपछि चौथो पटक संशोधनको समय थप गर्ने निर्णय गरिएको हो । उपस्थित भएका ४ जना मध्ये २ ले ‘नोट अफ डिसेन्ट’ लेखेपछि समितिको म्याद थप नहुने सम्भावना बढि रहेको स्रोतको दाबी छ ।

    भदौ ४ गते बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले ७ सदस्यीय नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको जानकारी दिएका थिए ।
    उक्त समितिलाई १५ गते सम्म समय दिइएको थियो । निर्धारित समय सम्म ७ बैठक सम्पन्न गरे पनि संशोधनको खाता भने तयार भएन । त्यसपछि २३ गते सम्म समय दिइएको थियो । उक्त समय सम्म पनि कुनै सहमति नभएपछि तेस्रो पटक ३० गते सम्मको लागि समितिको समय थप गरिएको थियो । त्यस बेला सम्म पनि सहमति हुन सकेन ।

    ‘पटक पटक म्याद थप गर्ने कुरा राम्रो होइन त्यसले अब थप्न हुँदैन भन्ने हाम्रो भनाइ हो’ विष्टले भनिन् ‘अब समितिको म्याद थप हुँदैन ।’

    सुदूरपश्चिम प्रदेशमा अहिले सम्म विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास ‘समिति छन् ।

    अहिले संशोधन समितिले विधायन प्रदेश मामिला तथा सुशासन समिति,सार्वजनिक लेखा समिति,अर्थ विकास तथा योजना,सामाजिक न्याय, प्राकृतिक स्रोत वातावरण तथा समन्वय समिति र कृषि गरिबी निवारण तथा भूमि व्यवस्थापक समिति प्रस्ताव गरेको छ ।

    नियमावलीको नाम देखी पदाधिकारीको परिभाषा परिवर्तन देखी सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिमा समेत सदस्य थप गरिएको छ।

    यस अघि सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष सचिवालयको वरिष्ठतम अधिकृत र प्रदेशसभा सचिव सदस्य सचिव रहने समितिमा अहिले सभामुख अध्यक्ष रहने गरी आन्तरिक मामिला तथा कानुन मन्त्री, आर्थिक मामिला मन्त्री, उपसभामुख, सचिवालयको वरिष्ठतम अधिकृत, आर्थिक प्रशासन तथा सदस्य सुविधा इकाई प्रमुख सदस्य तथा प्रदेश सभा सचिवालयका सचिव सदस्य सचिव प्रस्ताव गरिएको छ ।

    मस्यौदा समितिले प्रतिवेदन तयार गरिसकेको छ । तर,भोलि समितिको म्याद सकिँदै छ । प्रतिवेदनमा सहमति नहुँदै समितिको म्याद सकिएपछि पुरानै नियमावली सक्रिय हुने सम्भावना समेत रहेको दाबी गरिएको छ । तर, यस विषयमा सभामुख भण्डारीलाई भोली जनकारी गराउने मस्यौदा संशोधन समितिका सभापति विक्रम सिंह धामीले भने ।

    ‘२ जनाले समितिको म्याद थप गर्ने विषयमा असहमति जनाउनु भएको छ । भोलि सभामुखलाई हामी जानकारी सहित म्याद थप गर्न भन्छौँ’ उनले भने ‘उहाँले थप गर्नुभयो भने फेरी छलफल अगाडी बढाउँछौँ होइन भने हाम्रो समय सकिन्छ ।’

    सुदूरपश्चिम प्रदेशमा संसदीय समितिको संख्या ४ बाट ६ पुराउने विषयमा काठमाडौँमा सहमति भएको हो । सोही सहमति अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा संसदीय समितिको संख्या बढाउने तयारी गरिएको हो ।

    तर, सत्ता पक्ष भित्रै पनि यस विषयमा विवाद भइरहेको छ । केही दिन पहिले मुख्यमन्त्री कमल बहादुर शाहले सबै सत्ता पक्षका मन्त्री, दलका नेता र प्रमुख सचेतकलाई बोलाएर त्यसमा विवाद नगर्न र समिति थप गर्ने गरी नियमावली संशोधन गर्न पनि निर्देशन दिएका थिए । तर, त्यसपछि पनि नियमावली संशोधन मस्यौदा अगाडी बढ्न सकेन ।

  • लिङ्देनको प्रस्ताव- तपाईंहरुकै नेतृत्वमा राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं (भिडिओ)

    लिङ्देनको प्रस्ताव- तपाईंहरुकै नेतृत्वमा राजालाई ‘स्पेश’ दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजालाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउन प्रस्ताव राखे ।

    उनले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढैं । ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ ।’

    देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न आग्रह गरे ।

    उनले भने, ‘राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं। नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो। संघीयता कटौती गरौं ।’ उनले पार्टी अलग अलग भएर चुनाव लडेपनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।

     

  • राजेन्द्र लिङ्देनको आरोप- धार्मिक द्वन्द्व निम्त्याउन धर्म निरपेक्षता ल्याइएको हो

    राजेन्द्र लिङ्देनको आरोप- धार्मिक द्वन्द्व निम्त्याउन धर्म निरपेक्षता ल्याइएको हो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म निरपेक्षता धार्मिक द्वन्द्व निम्त्याउन ल्याइएको आरोप लगाएका छन् ।

    काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै धर्म निरपेक्षताको आडमा धर्मान्तरण बढिरहेको बताए ।

    उनले भने, ‘धर्म निरपेक्षता अकारण आएको थिएन । यही धार्मिक द्वन्द्व निम्त्याउनको लागि हाम्रो बीचको एकता समाप्त गर्न र हामीलाई विभाजित गर्न ल्याइएको थियो । हामीले बारम्बार यही कुरा भन्दै आइरहेका थियौं आज प्रमाणित हुँदै आइरहेको छ । त्यसैले अब हामी सबै जाग्ने बेलामा आइसकेको छ ।’

     

  • राप्रपाको शक्ति प्रदर्शन : गौ हत्याको विरोधदेखि राजसंस्था पुन:स्थापनासम्मका माग (तस्बिरहरू)

    राप्रपाको शक्ति प्रदर्शन : गौ हत्याको विरोधदेखि राजसंस्था पुन:स्थापनासम्मका माग (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रर्दशन गरिरहेको छ । हिन्दू राष्ट्र, राजसंस्था पुनस्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो । राप्रपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष गरे ।


    र्‍यालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बालुवाटार प्रकरणको नाइकेहरूलाई पक्राउ नगरेसम्म देशभर आन्दोलन हुन्छ, सुन काण्डका मुख्य दोषी पक्राउ गर्नुपर्छ । शरणार्थी प्रकरणका मुख्य नाइकेहरूले उन्मुक्ति पाइरहेका छन् । साथसाथै विभिन्न भ्रष्टाचारको काण्ड छन् । त्यो अन्त्य नभएसम्म रोकिँदैन ।’

  • प्रधानमन्त्रीलाई राप्रपाको जवाफ- ज्यादा फुरफर नगर्नुस्, आन्दोलन कस्तो हुन्छ तपाईंलाई हामी देखाउँछौं

    प्रधानमन्त्रीलाई राप्रपाको जवाफ- ज्यादा फुरफर नगर्नुस्, आन्दोलन कस्तो हुन्छ तपाईंलाई हामी देखाउँछौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको काम गर्न नसके राजीनामा दिन सुझाएको छ । राप्रपाले भदौ २७ गते काठमाडौंमा गर्ने विरोध सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञानेन्द्र शाहीले आन्दोलन कस्तो हुन्छ ? प्रधानमन्त्रीलाई आफूहरुले देखाउने बताए ।

    प्रधानमन्त्रीले समाजवादी मोर्चाको सन्देश सभाहरुमा बोल्दै लाखौं जनता सडकमा उतार्ने घोषणा गरेपछि प्रवक्ता शाहीले आन्दोलन राष्ट्रवादी शक्तिले देखाउने बताए ।

    उनले भने, ‘प्रधानमन्त्री आफैं हुनुहुन्छ तर, ठाउँ ठाउँमा भाषणा गर्दै बर्खा सकियोस् लाखौं जनता सडकमा आउनुपर्यो भन्नुहुन्छ संसारको कुनैपनि देशमा हामीले देखेको छैन प्रधानमन्त्रीले आन्दोलन गरेको । त्यसैले, राप्रपा प्रधानमन्त्रीलाई खुला चुनौती दिन चाहन्छ अब तपाईंका आन्दोलन गर्ने दिन गए, जनताले प्रधानमन्त्री बनाएका हुन् जनताको काम गरौं काम गर्न सकिँदैन भनेर राजीनामा दिएर घर बसौं होइन भने ज्यादा फुरफर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौं राष्ट्रवादी शक्तिले देखाउँछौं ।’

     

     

  • हिक्मत कार्कीलाई दिएको समर्थन यथावत छ : भक्ति सिटौला (भिडिओ)

    हिक्मत कार्कीलाई दिएको समर्थन यथावत छ : भक्ति सिटौला (भिडिओ)

    विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशमा एमालेलाई दिएको समर्थन कायम रहने बताएका छन् ।

    मुख्यमन्त्री हिक्मत कार्कीलेले सपथ ग्रहण गर्ने कार्यक्रममा सहभागी हुन आएका सिटौलाले सरकारमा सहभागी नभएपनि सरकारलाई दिएको समर्थन कायम रहेको बताए ।

    उनले भने, ‘घ्याम्पो नभरिन्जेल चिन्डो जोगाउने हो अहिले राप्रपा चिन्डो जोगाउने अभियानमा छ ।’

    उनले सरकारले विश्वासको मत पाउने र त्यसपछि राप्रपा सरकारमा सहभागी हुने बताए ।

    सिटौलाले अहिले मध्यावधीमा गै हाल्ने अवस्था नरहेको बताए । उनले भने सहमतिमा सरकार चलाउ भनेर जनादेश आएकाले सहमतीय सरकार बन्ने बताए ।

     

  • भ्रष्टाचारका फाइल सत्ता रक्षाकवचका रूपमा मात्र खोलियो : लिङदेन (भिडिओ)

    भ्रष्टाचारका फाइल सत्ता रक्षाकवचका रूपमा मात्र खोलियो : लिङदेन (भिडिओ)

    सुर्खेत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङनले नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।

    सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपाली राजनीतिमा भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह भएको दोहोर्‍याए ।

    अहिले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको लिङदेनले बताए ।

    तर, भ्रष्टाचारविरुद्ध खोलिएका फाइल सत्ताको रक्षाकवचका लागि मात्र भएको उनको टिप्पणी छ ।

    भ्रष्टाचारको जरासम्म पुग्यो भने सरकार टिकाउन राप्रपाको साथ रहने लिङदेनको भनाइ छ ।

    सुर्खेत विमानस्थलमा पत्रकारसँग लिङदेनले भने, ‘आदेश दिने र निर्णयकर्तालाई संरक्षण गर्ने काम भएको छ । त्यसैले सरकारलाई अहिले स्यावासी दिनुपर्ने अवस्था छैन ।’

    कर्णालीमा दशक देखि राजनीति गर्दै आएकाहरूले भोटका लागि मात्रै जनतालाई प्रयोग गर्दै आइरहेको उनको आरोप छ ।

  • ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?

    ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अराजकताको पराकाष्ट सरकार आफैँ भएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अराजकतालाई आफैँ प्रश्रय दिइरहेको बताएका हुन् ।

    उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजस्तो मान्छे सडकमा आन्दोलन गर्छौं । मान्छे उर्ताछौं भनेर भाषण गर्नुहुन्छ त्यही भएर प्रधानमन्त्रीलाई यहाँबाट जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले यस्ता अराजक कुरा गर्न पाइँदैन ।’

    केही दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्धको काम गर्दै जाँदा हटाउन खोजे सडकमा लाखौं जनता उतार्ने विवादित अभिव्यक्ति दिएका थिए ।

  • राप्रपाको प्रस्टीकरण- पूर्वमन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन

    राप्रपाको प्रस्टीकरण- पूर्वमन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन

    काठमाडौं । राष्ट्रिय प्रजतान्त्र पार्टीले कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको प्रस्ट पारेको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए ।

    कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको उनको भनाइ छ ।

    महामन्त्री राणाले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेकोथ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

    उनले दोषीलाई कारबाही गर्नसमेत माग गरे ।

  • धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराईले रोजे राप्रपा

    धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराईले रोजे राप्रपा

    काठमाडौं । धरान उपमहानगरपालिका- ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

    गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र जितेका भट्टराईले राप्रपा रोजेका हुन्।

    उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पुगेर पार्टीमा स्वागत गरेका छन्।

  • ज्ञानेन्द्र शाहीको आक्रोश- सरकारले खेलाडीलाई घोषणा गरेर पैसा दिँदैन, भोको पेटले राष्ट्रवादलाई कहाँसम्म धान्ने ? (भिडिओ)

    ज्ञानेन्द्र शाहीको आक्रोश- सरकारले खेलाडीलाई घोषणा गरेर पैसा दिँदैन, भोको पेटले राष्ट्रवादलाई कहाँसम्म धान्ने ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पैसा तत्काल दिन सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभाको सोमबार भएको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बाचा गरे पनि अहिलेसम्म पैसा नदिएको बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई नेपालले विभिन्न खेल खेलेपछि अहिलेसम्म १७ लाख दिने भनेर बाचा गर्नुभयो । तर, अहिलेसम्म खेलाडीको खातामा एक रुपैयाँ पनि आएको छैन । भोकभोकै खेलिरहेका छन् । आज भारतसँग नेपालले खेल्दै गर्दा हामी बधाई दिइरहेका छौं । तर, प्रधानमन्त्रीलाई सभामुखमार्फत् भन्न चाहन्छु, प्रधानमन्त्रीले शुभकामना लेख्दै गर्दा ती हातहरुमा कहिलेकाहीं डर लाग्छ कि लाग्दैन ? १७ लाख बाचा गरेको नदिने ? भारतका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आन्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन । तर पनि क्रिकेट खेलिरहेका छन् ।’

    उनले घोषणा गरिएको पैसा दिन कसले रोक्यो भन्दै आक्रोश पोखे । भोको पेटले राष्ट्रवादलाई कसरी कहाँसम्म धान्ने भन्दै उनले प्रश्नसमेत गरे ।

  • किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ : राजेन्द्र लिङदेन

    किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ : राजेन्द्र लिङदेन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले किराँतको मुन्धुमअनुसार जीवजन्तुको बलि चढाउने चलन नभएको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केही गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बलि चढाउने चलन रहेको भन्दै गरेको प्रचारप्रति दुःख व्यक्त गर्दै लिङदेनले यस्तो बताएका हुन् ।

    उनले लेखेका छन्, ‘किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्यांग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनैपनि जीवजन्तुको हत्या(बलि) निषेध छ ।’

  • केन्द्रमा संसदीय समिति सभापति पाउँदैमा कोशीमा राप्रपाले गठबन्धनलाई साथ दिँदैन : भक्ति सिटौला

    केन्द्रमा संसदीय समिति सभापति पाउँदैमा कोशीमा राप्रपाले गठबन्धनलाई साथ दिँदैन : भक्ति सिटौला

    विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भक्ति सिटौलाले कोशी प्रदेशमा सत्तागठबन्धनलाई राप्रपाले सहयोग नगर्ने प्रष्ट पारेका छन् । उनले सत्तागठबन्धनलाई राप्रपाले साथ दिने भनेर आएका समाचार हल्लामात्रै भएको बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै सिटौलाले राप्रपाले कोशीमा सत्तागठबन्धनलाई साथ दिने विषयमा कुनै सहमति नगरेको प्रष्टीकरण दिए ।

    उनले भने, ‘सर्वोच्च अदालतले कोशीको सरकार गठनका विषयमा प्रश्न उठाएका बेला राप्रपाले साथ दिने भन्ने कुरा आउँदैन । भदौको १५ गते सम्भवत: उद्धव थापा नेतृत्वको सरकारलाई अदालतले बदर गर्छ त्यस्तो बेलामा राप्रपाले साथ दिन्छ भनेर हल्ला चलाइएको हुन सक्छ ।’

    उनले राप्रपा लामो समयका लागि राजनीति दौडमा निस्केकाले प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको सभापतिसँग कोशी प्रदेशको राजनीति नसाट्ने बताए । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा माओवादीले माधव सापकोटालाई ब्याक गराएर राप्रपाका दीपक सिंहका लागि मैदान खाली गरेको थियो । प्रतिनिधिसभाको संसदीय समितिमा राप्रपालाई भाग छुट्याएर गठबन्धनले कोशीका लागि ढोक्सा थापेको चर्चा परिचर्चा छ ।

    सिटौलाले भने, ‘हामी लामो समयका लागि राजनीति सम्भावना हेरिरहेका छौं । अहिले नै यति सानो कुरामा पुरानो सहयात्रीसँग साथ छाड्दैनौं ।’

    उनले पुरानो सहयात्री भन्दै एमालेसँगको राजनीतिक सहयात्रा ८४ को चुनावभन्दा पछाडि पनि जान सक्ने बताए । एलायन्स जारी छ ।

    गत मंसिरको प्रदेश र संघको निर्वाचनमा राप्रपा-एमालेबीच सहकार्य भएको थियो । यसैको आडमा कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वको सरकार बनेको थियो । सो सरकारलाई समर्थन गरेका माओवादी र जसपाले साथ छाडे पनि अहिलेसम्म राप्रपा सँगै छ ।

    कोशी प्रदेशमा बहुमत पुग्नका लागि ४७ सीट आवश्यक पर्छ । सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आर्थिक मामिला मन्त्री तथा योजना मन्त्री बनाए पनि एमाले र राप्रपाले बैठकको सभाध्यक्ष नगरिदिँदा विश्वासको मत लिन समस्या परेको छ ।

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौको ४ गते प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई समेत पक्षमा मत हाल्न लगाएर विश्वासको मत लिएका थिए । मन्सुरीले उपसभामुख बिरामी भएको अवस्थामा र ज्येष्ठ सदस्य अम्बरबहादुर विष्ट र मालती सुब्बाले बिदा लिएको अवस्थामा अध्यक्ष मण्डलको सदस्यको हैसियतले प्रदेश सभाको अध्यक्षता गरेका थिए ।

    अध्यक्षता ग्रहण गरेका बेला अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न लगाएर थापालाई विश्वासको मत दिएका थिए । जसलाई अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

    हिक्मत कार्कीको रिटमा बिहीबार सुनवाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले फेरि पनि ‘कामचलाउ’ हैसियतमा खुम्च्याउँदै दीर्घकालीन र नीतिगत प्रकृतिका कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

    भदौ १५ गते शुक्रबार अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ ।

  • राप्रपामा कचमच : वरिष्ठ उपाध्यक्षलाई बाइपास गर्दै उपाध्यक्षलाई कार्यवाहक दिए लिङ्देनले

    राप्रपामा कचमच : वरिष्ठ उपाध्यक्षलाई बाइपास गर्दै उपाध्यक्षलाई कार्यवाहक दिए लिङ्देनले

    काठमाडौं । सत्ता कि सडक भन्ने वैचारिक अन्तरद्वन्द्वले राप्रपाको नेतृत्वभित्र खटपटका संकेतहरु देखिएका छन् । नेतृत्वको एउटा पङ्क्ति संघदेखि प्रदेशसम्म सत्तामा जान आतुर छ भने अर्को समूह सडक संघर्षको पक्षमा छ ।

    हिजो मात्रै पार्टी संस्थापनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समझदारी गरेर एउटा संसदीय समितिको नेतृत्व हात पार्न सफल भयो । कोशीमा कांग्रेस नेतृत्वको सरकार जोगाइदिने शर्तमा सत्ता गठबन्धनले राप्रपासँग लेनदेन गरेको चर्चा भइरहेका छन् । यद्यपि, यस विषयमा कुनै आधिकारिक सहमति नभएको राप्रपा स्रोतको दाबी छ ।

    अर्कोतर्फ संघीय सरकारमा पनि पार्टी फेरि सहभागी हुनुपर्ने पक्षमा केही नेताहरू छन् । वरिष्ठ नेता पशुपति शमशेरलाई जसरी पनि एक पटक उपप्रधानमन्त्री बन्ने मृगतृष्णा छ । उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, महामन्त्री डा. धवलशमशेर राणा लगायत नेताहरू सदाबहार सत्ताकांक्षी हुन् ।

    आमनिर्वाचनमा पराजित भएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने कुनै पनि हालतमा राप्रपाले यतिबेला सरकारतिर आँखा लगाउनु नहुने पक्षमा छन् । यसअघि राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा पनि उनी सन्तुष्ट थिएनन् । अहिले पार्टीको एजेन्डाका लागि उत्कृष्ट माहोल रहेको भन्दै सडक संघर्षमार्फत शक्ति सञ्चय गर्नुपर्ने उनको मान्यता छ ।

    अध्यक्ष लिङ्देन भने यो विषयमा नेताहरूसँग खुलिसकेका छैनन् । तर, उनले भित्रभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग केही समयदेखि नेगोसिएसन गरिरहेको चर्चा पार्टीभित्र मात्र नभएर बाहिर पनि बढ्दो छ । यसअघि उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनेका उनले राप्रपा सरकारबाट बाहिरिने निर्णयसँगै ४० दिनभित्रै राजीनामा दिएका थिए । ऊर्जा मन्त्रालयमा आफूले छोटो समयमा राम्रो काम गरेको विश्वास गर्ने लिङ्देन फेरि त्यही मन्त्रालयमा कमब्याक गर्न इच्छुक रहेको बताइन्छ ।

    हिजो भएको ‘लेनदेन’ ले राप्रपाको पुनः सत्ता यात्रा खोल्न सक्ने पनि सम्भावना छ ।

    लिङ्देन भने यतिबेला विदेश भ्रमणमा छन् । उनी गत ५ भदौमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबई पुगेका हुन् । उनी भोलि फर्किने कार्यक्रम छ ।

    युएएई जानुअघि लिङदेनले राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक दिए । यसलाई पनि पार्टी नेतृत्वभित्र नयाँ गुटबन्दी अभ्यास सुरु भएको अर्थमा लिइएको छ । सेकेन्ड म्यानका रूपमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पन्छाएर लिङ्देनले तामाङलाई वरिष्ठ उपाध्यक्ष दिएका हुन् । पार्टीभित्र केही नेताले विधि मिचिएको टीकाटिप्पणी गरे पनि मिश्र स्वयम् भने मौन छन् । उनले कार्यवाहकको विषयलाई इस्यू बनाउन नचाहेको बुझिएको छ ।

    राप्रपामा अध्यक्षपछि एक वरिष्ठ उपाध्यक्ष र चार उपाध्यक्ष छन् । चार उपाध्यक्षहरू महाधिवेशनबाट निर्वाचित भएर आएका हुन् । मिश्र भने एकीकरण प्रक्रियाबाट सिधै वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

    तामाङलाई कार्यवाहक दिनुले लिङ्देन र मिश्रबीच सम्बन्ध चिसिन थालेको संकेत मिल्छ ।

    अध्यक्ष लिङ्देन निकट एक नेताले भने मिश्र दोस्रो वरियताको उपाध्यक्ष नभएको जिकिर गरे । उनले भने, ‘उहाँ पार्टीको सेकेन्ड म्यान होइन । राप्रपामा पाँच वरिष्ठ उपाध्यक्ष छन् र मिश्र जी पाँचौँ वरियतामा हुनुहुन्छ ।’

    ती नेताको दाबीअनुसार एकदेखि पाँचौँ वरियताका वरिष्ठ उपाध्यक्षमा क्रमशः बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की र रवीन्द्र मिश्र छन् ।

    तटस्थ स्रोतले भने अहिलेसम्म घोषित रूपमा मिश्र मात्रै वरिष्ठ उपाध्यक्ष भएको बतायो । ‘वरिष्ठ उपाध्यक्ष भनेर तोकेर दिएको उहाँ मात्रै हो । अरू उपाध्यक्षहरूलाई वरिष्ठ नेता भनिएको छ, तर वरिष्ठ उपाध्यक्ष भन्ने कतै पनि छैन,’ स्रोतले भन्यो ।

    केही दिनअघि राप्रपाका वयोवृद्ध नेता लोकेन्द्र बहादुर चन्दले अध्यक्ष राजेन्द्र लिङ्देनलाई बाइपास गर्दै आफ्नो निवासमा एउटा छलफल डाकेका थिए । निर्देशक समितिका सदस्यहरूलाई बोलाएर गरिएको छलफलमा केही नेताले पार्टी अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाइएको थियो ।

    उक्त बैठकमा मिश्र पनि सहभागी थिए । यसलाई लिएर पनि मिश्रसँग लिङ्देन रुष्ट बनेको हुन सक्ने अनुमान छ । यद्यपि, सो बैठकले अध्यक्षको खिलाफमा कुनै पनि निर्णय भने लिएको थिएन ।

  • माओवादी कोटाको सभापति राप्रपालाई, कोशीको सत्ता जोगाउन सिंहदरबारमा ढोक्सा थापेको चर्चा

    माओवादी कोटाको सभापति राप्रपालाई, कोशीको सत्ता जोगाउन सिंहदरबारमा ढोक्सा थापेको चर्चा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति दिएका छन्।

    माओवादीले पाएको एउटा पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    सो समितिमा माधव सापकोटालाई पठाउने तयारी थियो। अहिले राप्रपाबाट मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएको छ। गठबन्धनको आग्रहमा सापकोटा ब्याक भएर राप्रपाका सिंहको समर्थक बस्ने भएका छन्।

    गठबन्धनले कोशीमा कांग्रेसका मुख्यमन्त्रीको पद जोगाउनको लागि सापकोटालाई फिर्ता बोलाएको बताइन्छ।

    तर, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले समितिको सभापतिसँग कुनै कुनै लेनदेन नगरिएको दाबी गरे।

  • गाई काटेको निहुँमा धार्मिक द्वन्द्व हुनसक्ने राप्रपाका सांसद सिंहको चिन्ता (भिडिओ)

    गाई काटेको निहुँमा धार्मिक द्वन्द्व हुनसक्ने राप्रपाका सांसद सिंहको चिन्ता (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यही निहुँमा धार्मिक द्वन्द्व हुनेसक्ने चिन्ता व्यक्त गरे ।

    उनले भने, ‘यो कुनै तत्व वा बाहिर प्रभावबाट हुन त गइरहेको छैन ? हाम्रो सरकारले यो प्रति के हेरिराख्नुभएको छ ? एक शब्द बोल्न सकेको छैन । यदि यही निहुँमा धार्मिक वा जातित्वको द्वन्द्व भयो भने के हुन्छ होला ? कसैले यसप्रति सोचेका छौं । यदि सरकारले चाँडो संविधान अनुसार त्यो अनुसार कानून लागू गर्नुस् ।’

     

     

  • ज्ञानेन्द्र शाहीको चेतावनी- ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ नगरे सडकमा आन्दोलन हुन्छ (भिडिओ)

    ज्ञानेन्द्र शाहीको चेतावनी- ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ नगरे सडकमा आन्दोलन हुन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुमाथि छानबिन नभए सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेकोप्रति आपत्ति जनाए ।

    उनले भने, ‘यो देशमा कानुन दुई थरी बनाउनुस्, ठूल्लठूला नेतालाई कानुन नै नलाग्ने ? उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई चाहिँ गल्ती नगरेपनि कान समाएर जेलमा हाल्ने यो कानुन लेख्नुभयो भने सैह्य हुन्छ होइन भने संसदमा आवाज होइन सडकमा आन्दोलन हुन्छ । पूर्वप्रधानमन्त्री ठालुहरुलाई सीआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको ? यसको जवाफ दिनुपर्छ ।’

  • एमाले-राप्रपाद्वारा कोशी सभाको बैठक बहिष्कार (भिडिओ)

    एमाले-राप्रपाद्वारा कोशी सभाको बैठक बहिष्कार (भिडिओ)

    काठमाडौं । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले बहिष्कार गरेपछि प्रभावित भएको छ ।

    बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन् ।

    मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।

    राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले अमर्यादित ढंगलबाट विश्वासको मत लिने काम भएको र संसदीय इतिहासमा कहिल्यै नभएको घटना भन्दै बहिष्कार गरेको बताए ।

    मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले केहीबेर अर्कोजनालाई बोलाएर थापाको पक्षमा मत दिएका थिए । एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बहिष्कार गरेपछि मन्सुरीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।

  • राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान, के छन् कार्यक्रम ?

    राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान, के छन् कार्यक्रम ?

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस युएईको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन आज साउदी अरबतर्फ प्रस्थान गरेका छन्।

    अध्यक्ष लिङ्देन साउदी अरबमा रहदा त्यहाँको प्रमुख शहरहरु जेद्दा, दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट एवं अन्तरक्रिया गर्ने, राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले बताए।

    लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट गर्ने, राजदुतावासका अधिकारीहरुसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

    भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन्। उनी भदौ १२ गते स्वदेश फर्किने कार्यक्रम छ।

  • सुन तस्करीको छानबिनमा उच्चस्तरीय संयन्त्र बन्नसक्ने लिङदेनको संकेत (भिडिओ)

    सुन तस्करीको छानबिनमा उच्चस्तरीय संयन्त्र बन्नसक्ने लिङदेनको संकेत (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् ।

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँगको छलफलपछि लिङदेनले सरकार र प्रतिपक्षबीच छलफल सकारात्मक भएको बताए । सोमबार पुनः सर्वदलीय बैठक बस्ने र संसद अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किने उनको भनाइ थियो ।

    सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमतिनजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्नसक्ने लिङदेनले बताए ।

    उनले भने, ‘संसद अवरुद्ध हटाउने सम्बन्धमा प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनुभयो । छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसदको अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’

    बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने बारेमा सकारात्मक छलफल भएको बताए ।

    उहाँले भन्नुभयो, ‘सदन सुचारु गर्ने बारेमा छलफल भयो । सकारात्मक छलफल भएको छ । भोलि एकपटक पुनः बैठक बसेर पर्सि तीन बजेसम्म रोक्ने र त्यसपछि संसद अघि बढाउने सहमति छ ।’

  • राप्रपानिकट पानस अष्ट्रेलियाको नेतृत्वले पायो पूर्णता

    राप्रपानिकट पानस अष्ट्रेलियाको नेतृत्वले पायो पूर्णता

    काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) अष्ट्रेलियाको नेतृत्वले पूर्णता पाएको छ ।

    पानकोमा महासचिवमा दुर्गाप्रसाद उप्रेती, कोषाध्यक्षमा गीता रायमाझी (एड्लेड), प्रवक्तामा दिनेश शिवाकोटी (मेलवर्न) चयन भएका हुन् ।

    यस्तै, भिक्टोरिया राज्य प्रमुखमा दीपक गौतम (मेलवर्न) र दक्षिण अष्ट्रेलिया राज्य प्रमुखमा केदार श्रेष्ठ (एड्लेड) लाई मनोनीत गरिएको छ ।

    पानस अष्ट्रेलियाको संयोजकमा यसअघि नै सिड्नी निवासी डा. रामकृष्ण निरौला चयन भइसकेका छन् ।

  • पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले ललिता निवास प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : राजेन्द्र लिङदेन (भिडिओ)

    पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले ललिता निवास प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

    शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए ।

    उनले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार बिरुद्धका काकम गरेँ भनेर दंगा पिटेको बताए । उनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरे । उनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए ।

    उनले नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको बताए । उनले सरकार एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताए ।

    अध्यक्ष लिङदेनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताए ।

    यस्तो छ उनको भनाइः

    आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन २०८४ भन्छौँ । कति पार्टीहरु मिसन २०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तर रुपमा रही रहने हो भने त्यो २०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ । आज भ्रष्टाचार कुन ढंगले बढेर गइरहेको छ । आज महंगी कुन ढंगले बढीरहेको वैदेशिक हस्तक्षेप, बेरोजगारी कुन ढंगले बढिहरेको छ ? तपाई कल्पना गर्नुहोस् ।

    यही स्थिति छोडिरहने हो भने २०८४ को चुनाव आउला ? नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको छ । कुनैपनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्नसक्छ । आज सरकाकर मस्त निन्द्रामा छ । केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारको बिरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ ।

    केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काकम गर्न लाग्यो कि के हो भनेर । आज आदेशअनुसार काकम गर्ने ? आफ्नो पैस लगानी गरेर जग्ग किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रीपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन । अदालतले अस्ति भर्खर आदेश दियो । त्यो आदेश तामेल गर्ने, पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर भनेको छ ।

    खै सरकार ? यदि यो सरकार भ्रष्टाचारको विरुद्ध इमान्दार थियो भने त्यहाँ किन पुगेन ? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ । जे भयो यत्तिमै राख्ने निर्णय भएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा अहिलेको छानबिन पछि पनि १८ जना मानिसले उजुरी दिएका छन्, त्यो अनुसन्धान अघि बढाउने हो भने अरु ठालु पक्राउ पर्नेछन् ।

    अस्तिको अनुसन्धानको जिम्मा लिएर सरकारलाई त्यो फाइल अघि बढाउन जसले बाध्य बनायो ति प्रहरी अधिकारीहरुलाई दुई तीन दिन भित्र सरुवा गर्दैछ । त्यो फाइल सामसुम पार्ने योजना छ । एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काम भइरहेको छ । देशमा अकण्टक लुट मच्चाउने योजना बनेको छ ।

  • गोरु काटेर खाएको भिडिओ सामाजिक संजालमा राखिएकाप्रति गम्भीर बन्न सरकारलाई राप्रपाको आग्रह

    गोरु काटेर खाएको भिडिओ सामाजिक संजालमा राखिएकाप्रति गम्भीर बन्न सरकारलाई राप्रपाको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिचानवादीहरुले धरानमा गोरु काटेर खाएकोप्रति आपत्ति जनाएको छ।

    राप्रपामा प्रवक्ता मोहनकुमार श्रेष्ठ एक विज्ञप्ति जारी गर्दै धरानमा सार्वजनिक रुपमा गौरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद् भएको बताए।

    विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुर्ने गरी धरानमा सार्वजनिक रुपमा गौरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद् र आपत्तिजनक छ । सामाजिक सदभाव खल्बल्याउने, गरी भएका यस्ता गतिविधिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ।’

    आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान भएको उल्लेख गर्दै सदियैँदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट भएको जनाएको छ।

    उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

  • राजेन्द्र लिङ्देन आशंका- भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा काले काले मिलेर खाऊँ खाऊँ भाले गर्न खोज्दैछन्

    राजेन्द्र लिङ्देन आशंका- भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा काले काले मिलेर खाऊँ खाऊँ भाले गर्न खोज्दैछन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलहरुबीच नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा काले काले मिलेर खाऊँ खाऊँ भाले गर्न खोजिएको टिप्पणी गरेका छन् ।

    अनुसन्धानलाई नियमित बनाएर संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गर्न लागिएको आशंका व्यक्त गरे ।

    ‘नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुन लागेको भनिएकै बेला काले काले मिलेर खाऊँ खाऊँ भाले भन्ने टुङ्गो लाग्यो रे ? उनले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे ?’

    अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गरेर आफू निकटका व्यक्तिहरूलाई ल्याएर बाँकी फासफुस पार्ने खोजिएको उनको आरोप छ।

    उनले भनेका छन्, ‘के यो सत्य हो ? होस गरेस् , हामी जागा छौँ अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न।’

  • राप्रपामा चन्दलाई अघि सारेर लिङदेनविरुद्ध घेराबन्दी प्रयास, किन असन्तुष्ट छन् डा. लोहनी ?

    राप्रपामा चन्दलाई अघि सारेर लिङदेनविरुद्ध घेराबन्दी प्रयास, किन असन्तुष्ट छन् डा. लोहनी ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बयोवृद्ध नेता लोकेन्द्रबहादुर चन्द करिब एक दशकदेखि लगभग निष्क्रिय अवस्थामा छन् । तर, एकाएक उनलाई ‘सक्रिय’ गराउँदै पार्टीभित्रको एउटा समूहले अध्यक्ष राजेन्द्र लिङदेनदमाथि धावा बोल्ने प्रयास गरेको छ ।

    ८५ वर्षीय नेता चन्दले हिजो आफैंले एक लट अध्यक्षबाहेकका थुप्रै नेताहरूलाई फोन घुमाए । पार्टीको केन्द्रीय निर्देशन समितिमा रहेका नेताहरूलाई फोन गरेर उनले ‘अनौपचारिक भेटघाटका लागि’ भन्दै आफ्नो निवासमा निम्त्याएका थिए । यसरी बोलाउनुको उद्देश्य थियो, अध्यक्ष लिङदेनमाथि संगठित दबाब बढाउनु । तर, उद्देश्य पूरा नभएको स्रोतहरू बताउँछन् ।

    संस्थापननिकट एक नेताकाअनुसार चन्दले आफ्नै स्वविवेकमा यो पहलकदमी लिएका होइनन् । उनलाई अर्का बयोवृद्ध नेता डा. प्रकाशचन्द्र लोहनी (उमेर करिब ८० वर्ष) ले प्रयोग गरेको ती नेताको दाबी छ ।

    ‘डा. लोहनीले चन्दलाई सिखण्डी बनाउनु खोज्नुभएको हो, तर पहिलो प्रयास नै असफल भयो,’ ती नेताले भने ।

    चन्द आफैंले फोन गर्दा पनि बैठकमा थुप्रै प्रभावशाली नेताहरू आएनन् । पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा (उमेर ८२ वर्ष) ले चन्दको निम्तो अस्वीकार गरे । निर्वाचित पदाधिकारीहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, भुवन पाठक र कुन्ती शाही पनि बैठकमा गएनन् । बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मनोनीत उपाध्यक्षहरू हेमजङ गुरुङ र उद्धव पौडेल, निर्वाचित महामन्त्री डा. धवलशम्शेर राणा र राजेन्द्र गुरुङ, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, नवराज सुवेदी, हरिबबहादुर बस्नेत, निरञ्जन थापा, दीपक बोहरालगायतका नेताको उपस्थिति थियो ।

    केही दिनअघि पार्टीका ८० वर्ष नाघेका तीन बयोवृद्ध नेताहरू डा. लोहनी, हरिबहादुर बस्नेत र नवराज सुवेदीले चन्दलाई भेटेर गनगन गरेका थिए । अध्यक्ष लिङदेनले विधि मिच्दै गएको र निर्णय प्रक्रियामा वृद्ध नेताहरूलाई उपेक्षा गरेको गुनासो उनीहरूको थियो । उनीहरूले नै चन्दलाई निर्देशन समितिका सदस्यहरूको अनौपचारिक बैठक बोलाउन कन्भिन्स गरेका हुन् ।

    के भयो बैठकमा ?

    बैठकमा लोहनीसहित सुवेदी र बस्नेतले अध्यक्ष लिङदेनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । आफूहरूले दु:ख गरेर पार्टी निर्माण गरेको तर, अहिले आएर पुरानो पुस्तालाई उपेक्षा गरिएको उनीहरूको आवाज थियो । पार्टी विधिसम्मत नचलेर अध्यक्षको तजविजमा चलिरहेको आरोप उनीहरूले लगाए । अध्यक्ष लिङदेनले आफूहरूसँग सल्लाह नगरिकन मनोमानीरूपमा अध्यक्ष र केन्द्रीय सदस्यहरू नियुक्त गरेको तथा विभागहरू गठन गरेको असन्तुष्ट नेताहरूको भनाइ थियो । वरिष्ठ उपाध्यक्ष मिश्रले भने तटस्थ विचार राखेका थिए । उनले पार्टी विधि र पद्दतिमा चल्नुपर्नेमा जोड दिए तर लिङ्देनको खासै आलोचना गरेनन् ।

    छलफलमा सहभागी धेरै नेताहरूले भने लिङदेनको बचाउ गरेका थिए । राप्रपाको गत महाधिवेशनमा विधान मस्यौदा समितिका संयोजकसमेत रहेका निरञ्जन थापाले विधि मिचेर उपाध्यक्ष तथा केन्द्रीय सदस्यहरू नियुक्त गरिएको भन्ने आरोपको प्रतिवाद गरे । उपाध्यक्ष राजेन्द्र गुरुङले पार्टी अध्यक्षलाई बाहिर राखेर यसरी बैठक बस्नुको औचित्व नरहेको बताए ।

    अर्का उपाध्यक्ष प्रल्हाद शाहले चन्दमाथि नै पार्टी विभाजन गरेर राप्रपालाई कमजोर बनाएको आरोप लगाएका थिए ।

    उनले भने, ‘राप्रपा अहिले कहाँबाट कहाँ पुगिसक्थ्यो । तपाईंले नै फुटको श्रृंखला सुरू गर्नुभएको हो । सुरूमै दुईवटा पार्टी खोल्नुभयो । सुरुदेखि एकताबद्ध भएको भए अहिले हामी राष्ट्रिय राजनीतिको निर्णायक शक्ति रहनु पुग्थ्यौं ।’

    यसरी अध्यक्ष लिङदेनको बचाउ गर्नेहरू हाबी भएपछि वैठकले कुनै निर्णय लिन सकेन । चन्दले थुप्रै नेताहरू आफूकहाँ गुनासो लिएर आएकाले आफूले यो भेटघाट राखेको स्पष्टीकरण दिएका थिए ।

    यस्तो छ विवादको चुरो

    राप्रपा विवादको जरो खोज्न अलिकति पछाडि फर्किनुपर्छ ।

    राप्रपाको २०७८ साल पुसमा भएको महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङदेनबीच चुनावी भिडन्त भएको थियो । त्यसमा डा. लोहनीले लिङदेनलाई समर्थन गरेका थिए । पशुपतिशमशेर राणा घोषितरूपमा ‘तटस्थ’ रहे पनि उनको झुकाव कमल थापातर्फ थियो । लोकेन्द्रबहादुर चन्द महाधिवेशन प्रतिनिधि थिएनन्, तर उनका छोरा जयन्त चन्दले कमल थापालाई समर्थन गरेका थिए । उनी अहिले निर्देशन समितिका सदस्य छन् ।

    महाधिवेशनपछि लोहनीलाई पार्टीको शक्तिशाली निर्देशन समितिको अध्यक्ष बनाइयो । यो समितिमा पूर्वप्रधानमन्त्रीका हैसियतले लोकेन्द्रबहादुर चन्द पनि सदस्य छन् । पूर्वअध्यक्ष राणा, पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रसहित सबै उपाध्यक्ष तथा महामन्त्रीहरू पनि निर्देशन समितिका पदेन सदस्य रहेका छन् । पछिल्लो समय लोहनी र वरिष्ठ उपाध्यक्ष मिश्रको निकटता बढेको छ । यद्यपि, मिश्र अध्यक्ष लिङदेनले खिलाफमा छैनन् ।

    डा. लोहनी भने लिङदेनसँग चिढिँदै गएका छन् । उनको असन्तुष्टि गत मंसिरमा भएको संसदीय चुनाव अघिदेखिको हो । उक्त चुनावका लागि समानुपातिक उम्मेदवार तय गर्ने क्रममा राप्रपामा लोहनी र राणाबीच रस्साकस्सी भएको थियो । प्रत्यक्षमा उम्मेदवार नबनेका उनीहरु दुवै समानुपातिकबाट संसदको यात्रा गर्न चाहन्थे । त्यसमा पनि आफूलाई खस आर्यतर्फ एक नम्बरमा राखिनुपर्ने दुवैको अडान थियो ।

    अप्ठेरोमा परेका लिङदेनमाथि चलाखी गर्दै एक नम्बर उम्मेदवार छान्ने जिम्मा कार्यसम्पादन समितिका सदस्यहरुलाई सुम्पिए । यो समितिभित्र समानुपातिकमा लोहनी र राणामध्ये कसलाई एक नम्बरमा राख्ने भनेर मतदान नै भयो । राप्रपाको इतिहासमा पहिलोपटक यसरी कार्यसम्पादन समितिभित्र मतदानबाट निर्णय लिइएको थियो । यस मतदानमा लोहनीलाई पछि पार्दै राणा विजयी बने । उनी समानुपातिक उम्मेदवारको सूचीमा पहिलो स्थानमा रहे ।

    निर्वाचनपछि पार्टीले एकजना मात्रै खस आर्य पुरुषबाट संसदमा प्रतिनिधित्व गराउन पाउने भयो । त्यसबमोजिम स्वतः राणालाई सिफारिस गरियो । लोहनी हिस्स परे । त्यसयता लोहनीले कुण्ठा पालेर बसेको बताइएको छ । आफूले महाधिवेशनमा खुलेर सहयोग गर्दा पनि लिङ्देनले आफूलाई सांसद बन्न सहयोग नगरेको उनको गुनासो छ ।

    यतिबेला पार्टीका प्रभावशाली महामन्त्री डा. धवलशम्शेर राणा पनि अध्यक्ष लिङ्देनसँग खुशी छैनन् । उनी पार्टीभित्र एक्ला स्थायी प्रतिपक्षजस्तै हुन् । उनले महाधिवेशनमा लिङ्देनको प्यानलबाट जितेका थिए । तर, अहिले उनी लिङ्देनको कार्यशैलीसँग निकै असन्तुष्ट रहेको बुझिएको छ । लोहनी–राणाको भनाइमा राप्रपा अध्यक्ष लिङ्देन विधि-पद्दतिमा नचलेर आफूखुशी निर्णयहरू लिइरहेका छन् । यसमा वरिष्ठ उपाध्यक्ष मिश्रको पनि आंशिक सहमति छ ।

    बरु गत महाधिवेशनमा कमल थापाको प्यानलबाट जितेका पदाधिकारीहरू भने लिङदेनसँग मिलेरै काम गरिरहेका छन् । उनीहरू चन्दले बोलाएको ‘अनौपचारिक भेटघाट’ सहभागी भएनन् । थापाको प्यानलबाट जित्नेहरूमा उपाध्यक्षहरू बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की तथा महामन्त्री भुवन पाठक र कुन्ती शाही छन् । उनी कोही पनि कमल थापाले खोलेको राप्रपा नेपालमा गएनन् । अहिले लिङदेनसँग उनीहरूको खासै गुनासो छैन ।

    जथाभावी उपाध्यक्ष नियुक्तिले किचलो

    लिङदेनले हालैमात्र दिलविकास राजभण्डारीलाई उपाध्यक्ष नियुक्त गरेका छन् । यससँगै राप्रपामा उपाध्यक्ष संख्या ९ पुगेको छ । जबकि विधानले ८ जना मात्रै उपाध्यक्ष रहनसक्ने व्यवस्था गरेको छ । मनलाग्दी उपाध्यक्षहरु बनाएर लिङ्देनको विधानको धज्जी उडाएको असन्तुष्ट समूहको आरोप छ ।

    संस्थापन पक्षले भने अध्यक्ष राजेन्द्र लिङदेनले सबै पक्षलाई मिलाएर सन्तुलितरूपमा पार्टीको नेतृत्व गरिरहेको दाबी गरेको छ । लिङदेननिकट एक पदाधिकारीले अहिलेको विवाद डा. लोहनीको कुण्ठाको उपजमात्रै भएको बताए ।

    ‘महाधिवेशनमा कमल थापालाई समर्थन गरेका नेताहरूलाई समेत विश्वासमा लिएर उहाँले काम गरिरहनुभएको छ । तर, डा. लोहनीले आफ्नो व्यक्तिगत इगोका आधारमा चन्दलाई अध्यक्षविरुद्ध प्रयोग गर्न खोज्नुभयो,’ ती पदाधिकारीले भने, ‘विधिको कुरा गर्नेहरूले नै विधिविपरीत गुट भेला बोलाए ।’

    लिङदेन नेतृत्वमा राप्रपाले गत संसदीय निर्वाचनमा पार्टीको स्थिति सुधार गरेको थियो । अघिल्लो चुनावमा संघीय संसदमा प्रत्यक्षतर्फ एक सीटमात्र जितेको राप्रपाले यसपालि १४ सीट जितेको छ भने प्रदेशमा १८ जना निर्वाचित भएका छन् । स्थानीय चुनावमा पनि यसपटक राप्रपाको सन्तोषजनक परिणाम छ ।

    पार्टीमा उपाध्यक्षहरूको बिस्कुन लगाएकोमा भने लिङदेन आलोचित छन् । विधानमा उल्लेखित संख्याभन्दा बढी उपाध्यक्ष नियुक्ति गरिएकोमा संस्थापन पक्षको आफ्नै तर्क छ । महाधिवेशनपछि सहमतिका आधारमा बाहिरबाट आएर वरिष्ठ उपाध्यक्ष बनाइएका रवीन्द्र मिश्रलाई ८ जनाको कोटामा राख्न नमिल्ने संस्थापन पक्षका नेताहरू बताउँछन् ।

    ‘विधान उल्लंघन भएको छैन । हामीले बाहिरका दल र समूहहरूसँग वार्ता गरेर उनीहरुलाई उचित जिम्मेवारी दिन सकिने व्यवस्था गरेका छौं । त्यसअनुसार बनाइएका उपाध्यक्ष विधानले तोकेको ८ जनाभित्र पर्दैनन्,’ एक पदाधिकारीले भने ।

    मिश्र भन्छन्- गुटबन्दी गरेको होइन

    यसैबीच राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हिजोको बैठकका विषयमा सामाजिक सञ्जालबाट प्रष्टीकरण दिएका छन् । चन्दको आमन्त्रणमा शिष्टाचारवस अनौपचारिक छलफलमा सहभागी भएको उनको भनाइ छ ।

    मिश्रले लेखेका छन्, ‘स्वास्थ्यका कारण घरबाट बाहिर हिँडडुल गर्न गाह्रो पर्ने झण्डै ८५ वर्ष उमेरका पार्टीका एकमात्र जिवित संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले यसो भेटघाट र छलफलका लागि मैले ‘निर्देशन समिति’ मा रहेका साथीहरूलाई शनिबार ३ बजे बोलाउँदै छु, आउनोस् न है’ भन्नुभएपछि नजाने भन्ने कुरै थिएन । शिष्टताको लागि पनि जानैपर्थ्यो ।’

    भेटघाटमा पुराना नेताहरूको ‘नोस्ट्यालजिक’ हाँसठट्टादेखि लिएर, देशको राजनीति, पार्टीको राजनीति, पारिवारिक कुराकानी सबै भएको उनको भनाइ छ ।

    ‘त्यति राम्रो भेटघाटलाई गुटबन्दी भनेर सूचना दिने पनि कस्ता होलान्, छाप्ने पनि कस्ता होलान् ?’ मिश्रको प्रश्न छ । राप्रपाका मूलभूत एजेण्डा स्थापित नभइ देशको राजनीति ठीक ठाउँमा नआउने भन्दै उनले त्यसका लागि राप्रपा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    ‘कमजोर र विभाजित पार्टीले कुनै हालतमा आफ्नो एजेण्डा स्थापित गर्न सक्दैन,’ उनी भन्छन्, ‘मेरो हर प्रयास सबल र सुदृढ राप्रपा निर्माण गरेर यो देशको राजनीति ठीक ट्र्याकमा लेराउने, देशको दूरगामी हितसहितको रूपान्तरण सुनिश्चित गर्ने र भावी पुस्ताका लागि यो देश बस्न योग्य बनाउनेमा केन्द्रित छ र रहनेछ । यसमा कसैलाई भ्रम नरहोस् ।’

  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपाको युवा संगठनद्वारा वृक्षारोपण

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपाको युवा संगठनद्वारा वृक्षारोपण

    काठमाडौं । २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ।

    काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक वनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुद्राक्षको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

    युवा संगठनले राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको र यसलाई देशव्यापी निरन्तरता दिइने सो संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।

    वृक्षारोपण कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं संयोजित संगठन विभाग प्रमुख राजेन्द्र गुरुङ, संगठनका पूर्व अध्यक्षहरु, संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं क्षेत्र नं २ का नेता कार्यकर्ताहरु र स्थानीयबासीले विभिन्न प्रजातिका ५०० बिरुवा रोपेर वृक्षारोपण गरेको युवा संगठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी दिएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा संगठनले शनिबार बृहत रक्तदान र चियापान कार्यक्रमको आयोजना पनि गरेको आचार्यले बताएका छन् ।

     

  • गगन थापालाई रवीन्द्र मिश्रकाे खुलापत्र : तपाईँ पनि विचारभन्दा देशलाई माथि राख्नुस्

    गगन थापालाई रवीन्द्र मिश्रकाे खुलापत्र : तपाईँ पनि विचारभन्दा देशलाई माथि राख्नुस्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काएका छन्।

    महामन्त्री थापाले बुधवार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्तिप्रति विमति राख्दै जवाफ फर्काएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘विचार व्यक्तिको हुन्छ। व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ। पार्टी समूहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुवैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ ?

    देशको भूराजनीतिक र आन्तरिक अवस्थालाई मनन गरेर वैचारिक रूपमा आफू राजसंस्थावादी नभए पनि बीपी कोइरालाले अत्यन्त कठिन घडीमा समेत आफ्नो विचारभन्दा माथि देशलाई राखे र त्यसै अनुरूप क्रियाशील रहेको उल्लेख गर्दै उनी ‘राजनीतिकर्मी’ होइन, ‘राजनेता’ कहलिएको बताएका छन्।

    आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातीमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको बताएका छन्।

    उनले गगन आफैँ प्रधानमन्त्री भए पनि फाट्टफुट्ट केही राम्रा काम बाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै नसक्ने उनको भनाइ छ।

    यस्ताे छ  मिश्रको पत्र

    गगन थापा (Gagan Thapa) लाई खुलापत्र: प्रिय गगनजी, तपाईंले अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा “विचारभन्दा माथि देश” मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो” भन्नुभएको रहेछ। तपाईंप्रति मेरो धेरै सम्मान छ तर थोरै विमति राख्नै पर्ने देखेर यो छोटो टिप्पणी गरेको छु।

    विचार व्यक्तिको हुन्छ – व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ- पार्टी समुहको हुन्छ। देश- सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुबैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ ?

    देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ? जुन समयसम्म नेपाली कांग्रेसले देशलाई प्रधानता दियो, कांग्रेस ठिक ठाऊँमा थियो। पहिले पनि भनेको/लेखेको छु, बीपी कोइराला वैचारिक रूपमा राजसंस्थावादी हुनै सक्दैन थिए, किनभने उनी उत्कृष्टता (meritocracy) मा विश्वास गर्दथे। उत्कृष्टताले ‘कर्मसिद्ध अधिकार’मा विश्वास गर्छ, जब कि राजसंस्था (monarchy) ले ‘जन्मसिद्ध अधिकार’मा विश्वास गर्छ। ती एक-आपसमा बाझिने विचार हुन्। तर ती दुबै विचारभन्दा माथि माथि देश हुन्छ।

    देशको भूराजनीतिक र आन्तरिक अवस्थालाई मनन गरेर वैचारिकरूपमा आफू राजसंस्थावादी नभए पनि बीपी कोइरालाले अत्यन्त कठिन घडीमा समेत आफ्नो विचारभन्दा माथि देशलाई राखे र त्यसै अनुरूप क्रियाशील रहे। त्यसैले उनी ‘राजनीतिकर्मी’ होइन, ‘राजनेता’ कहलिए।

    तर जहाँबाट तपाईं लगायतका कतिपय कांग्रेसी नेताले जानी-नजानी देशभन्दा विचारलाई प्रधान बनाएर गणतन्त्रको नाममा कांग्रेसलाई ‘प्रचण्डीकरण’को दिशामा लैजानुभयो, त्यही विन्दूबाट कांग्रेस र देश दुबैको अधोगति तिब्र भयो।

    आज देश विश्व विख्यात पत्रिका The Economist लगायत धेरैको आँखामा “Fragile (अति कमजोर) अथवा Failing (असफलता-उन्मुख) राज्य” भएको छ। शब्द र आफ्नो अनुकूलता अनुरूपका तथ्याङ्कको लेप लगाएर मात्र यो डरलाग्दो अवस्था छोपिन सक्दैन। त्यसले देशको हित गर्दा पनि गर्दैन।

    आज आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातिमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको छ। गरिहाल्यो भने पनि त्यसले कांग्रेसको पुरानो प्रतिष्ठा र गौरव फर्काउन नसक्ने अवस्थामा पुगेको छ।

    कांग्रेस यस्तो अवस्थामा पुगिसक्यो, हेरिराख्नोस्, तपाईं नै प्रधानमन्त्री हुनुभयो भने पनि, तपाईंले फाट्टफुट्ट केही राम्रा काम बाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै सक्नुहुन्न। त्यतिबेला “म देशको प्रधानमन्त्री भएँ” भन्ने भावनालाई नै तपाईंले जीवनको सबैभन्दा ठूलो उपलव्धिका रूपमा हेर्नु पर्ने अवस्था आउने छ।

    प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो – त्यो आफैँमा उपलब्धि होइन। त्यसपछि तपाईंले “यो, यो कारणले मैले केही गर्न सकिन” भनेर अन्तर्वार्ता दिँदै हिँड्नु पर्नेछ, जसरी अहिले “महामन्त्री भए पनि मैले यो, यो कारणले केही गर्न सकिन” भन्दै औचित्य दर्शाउनु पर्ने स्थिति छ।

    के कांग्रेसले विचार प्रधान भएकै कारण सरकारी वेतनधारीको भातृ संगठन चलाएको हो, जसले विद्यालय, विश्वविद्यालय, कर्मचारीतन्त्रदेखि सबै संस्थालाई ध्वस्त-ध्वस्त बनाइसकेको छ? समाजका पत्र-पत्रलाई पतित बनाइसकेको छ ।

    के कांग्रसले विचार प्रधान भएकै कारण पेशाकर्मीहरूको भातृ संगठन बनाएको हो, जसले गर्दा तपाईंहरू जस्ता सांसद वकिलको भातृ संगठन बनाएर संसदमा मच्चीमच्ची “न्यायलय राजनीतिकरण भयो” भनेर विरोधाभाषपूर्ण भाषण गर्न वाध्य हुनुभएको छ ?

    के कांग्रेसले विचार प्रधान भएकै कारण कांग्रेसका सांसदहरूले नीतिगत भ्रष्टाचारको एउटा ज्वलन्त नमूना “सांसद विकास कोष” लिएको हो, जसमा संघ र प्रदेश दुबै गरेर वार्षिक रूपमा झण्डै रू १७ अर्ब खर्च हुन्छ ?

    जबकी स्वास्थ्यमन्त्री भइसकेका कारण तपाईंलाई थाहा छ, देशमा सरकारी डाक्टर लगभग १,४०० मात्र छन्। निजी डाक्टरहरू झण्डै १९ हजार छन्। झण्डै २० वर्षदेखि सरकारी डाक्टरको दरबन्दी खुलेको छैन। तत्काल ७ हजार सरकारी डाक्टरको आवश्यकता भएको विज्ञहरू बताउँछन्। वार्षिक रू १७ अर्ब स्वास्थ्य क्षेत्रमा खर्च गर्ने हो भने तुरून्तै ७ हजार सरकारी डाक्टर भर्ना गर्न सकिन्छ। यसले कति विपन्न नेपालीको कल्याण गर्थ्यो, त्यो गनेर गरेर साध्यै हुँदैन।

    यस्ता अनगिन्ती विषयहरू छन्। यी विषयमा पार्टीभित्र र पार्टी बाहिर तपाईंले बोल्दा त्यसको धेरै प्रभाव हुन्छ किनभने तपाईं ठूलो पार्टीको महामन्त्री हुनुहुन्छ। म चुनाव हारेको मान्छे हुँ, मैले बोल्दा खासै असर पर्दैन। तर अधिकांश नेताले यस्ता विषय बोल्नै सक्दैनन् किनभने उनीहरूका लागि देशभन्दा माथि व्यक्ति, पार्टी र विचार छ। राजनीतिक स्वार्थ छ। पदीय आकांक्षा छ।

    फेरि भनौँ: प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो- त्यो आफैँमा उपलब्धि होइन। राजनीति सही ट्र्याकमा ल्याउन सक्नु र देशको दूरगामी हितसहितको रूपान्तरण गर्न सक्नु चाहिँ उपलब्धि हो।

    तपाईं चार पटक सांसद, एक पटक मन्त्री र पार्टीको महामन्त्री भएको मान्छे, तपाईंले विचारभन्दा माथि देशलाई राखिदिनुभयो र कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने, यो देश र कांग्रेस पार्टीका लागि त्यो भन्दा ठूलो देन अर्को हुने छैन। तपाईं ‘राजनीतिकर्मी’बाट ‘राजनेता’ बन्नु हुनेछ! राजनेता बन्ने कि राजनीतिकर्मी बन्ने आफैँ निर्क्यौल गर्नुहोला।

    मेरा टिप्पणी र सुझावलाई तपाईं “चुनाव हार्ने नेताको ठूला कुरा” भनेर पनि लिन सक्नुहुन्छ। अथवा, “चुनाव हारे पनि यसका कुरामा दम छ” भनेर पनि सोच्न सक्नुहुन्छ। बाँकी तपाईंको निर्णय।

    स-स्नेह

    रवीन्द्र मिश्र

    (झिनो मतले दुई पटक चुनाव हारेको तर हरेस नखाएको व्यक्ति)

    पुनश्च: कांग्रेसका नेता तथा कार्यकर्ता वैचारिक स्वतन्त्रतामा विश्वास गर्छन्। त्यसैले भद्ररूपमा फरक धारणा राखेकै कारण तथानाम गाली गर्नुहुने छैन भन्ने विश्वास लिएको छु। यसमा भद्रतापूर्वक आउने फरक धारणालाई सदा झैँ सम्मान गर्ने नै छु।

  • सरकारलाई राजेन्द्र लिङदेनको प्रश्न- खोलिएका फाइलको अनुसन्धान किन अपूरो ? (भिडिओ)

    सरकारलाई राजेन्द्र लिङदेनको प्रश्न- खोलिएका फाइलको अनुसन्धान किन अपूरो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले नै सदन खोल्न नचाहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिले सरकारले फाइल खोलिएको मुद्दाहरूमा अहिलेसम्म पूर्ण अनुसन्धान नभएको टिप्पणी गरे ।

    उनले भने, ‘अहिले फाइल खोलिएकोहरूमा अनुसन्धान भएका सबै विषयमा छानबिन भएका छन् ? के नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईँहरूले गर्नुभएको अनुसन्धान पूर्ण छ ? ललिता निवास जग्गा प्रकरणमा तपाईँको अनुसन्धान अपूर्ण छ भन्ने त अदालतले भन्दियो- तपाईँहरूले को मान्छे जोगाउनुभएको छ भन्ने कुरा ।’

    उनले अहिले सुन प्रकरणमा निष्पक्ष छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे । समिति बन्दैमा सरकार ढल्ने, सबै मन्त्री परिहाल्ने भन्ने नभएको बताए ।

  • संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

    संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका छन् ।

    सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसदीय समितिको सभापतिको भागबण्डा मिलिसकेको जानकारी गराएको सांसद माधव सापकोटाले जानकारी दिए ।
    उनका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।

    सहमतिअनुसार अर्थ, संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व कांग्रेसले गर्ने भएको छ । लेखा, महिला तथा सामाजिक मामिला र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व एमालेले त्यस्तै पूर्वाधार विकास र कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व माओवादी केन्द्रले गर्नेछन् ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेकपा एकीकृत समाजवादीले, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जनता समाजवादी पार्टीले र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व जनमत पार्टीले गर्ने सहमति बनेको छ।

    सभापतिको भागबन्डा मिलिसकेकाले अब चाँडै समितिले सभापति पाउने भएको छ । समिति गठन भएको महिनौं बितिसक्दासमेत अहिलेसम्म दलहरूबीच बाँडफाँटमा कुरा नमिल्दा समितिले सभापति पाउन सकेको थिएन । तर, सभामुख देवराज घिमिरेले समितिको नेतृत्व छिटो चयन गर्न ताकेता गर्दै आएका थिए ।

    सत्ता र प्रमुख प्रतिपक्षी दलले समितिको सभापतिको नेतृत्व गर्ने सहमति भएपनि प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सीट भएको राप्रपाले भने पाएनन् ।

  • लुम्बिनीमा भागबण्डा मिलाउन गठबन्धनले मन्त्रालय थप्न लागेकोप्रति राप्रपाको आपत्ति

    लुम्बिनीमा भागबण्डा मिलाउन गठबन्धनले मन्त्रालय थप्न लागेकोप्रति राप्रपाको आपत्ति

    काठमाडौं । सत्तारुढ गठबन्धन दललाई भागबन्डा पुर्‍याउन लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय थप्ने तयारीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले ८ दलीय गठबन्धनको सरकार टिकाउन र भागबन्डा मिलाउन मन्त्रालयको संख्या थप्ने तयारी गर्नु अनुचित भएको टिप्पणी गरेका छन्।

    ‘प्रदेश संरचना बोझिलो हुँदै गर्दा अतिरिक्त आर्थिक भारको समेत परवाह नगरी मन्त्रालयको संख्या बढाउनु हुँदैन। लुम्बिनी मात्रै होइन हरेक प्रदेशमा डरलाग्दो आर्थिक भार र कुनै न कुनै बेथितिहरू छन् उनले फेसबुकमा लेखेका छन्, ‘यो अवस्थाको निरन्तरता देशले धान्न सक्दैन ।’

    उनले आफूहरू प्रदेश संरचना खारेजीको पक्षमा भएको उल्लेख गर्दै यस्ता लापरबाही टुलुटुलु हेर्न नसक्ने चेतावनी दिए।

    ‘प्रदेश संरचना यसको प्रयोगबाट नै असफल हुने निश्चित छ तर त्यो पर्खाइबाट ढिला हुने भयो । देश खोक्रो हुनुअघि जनताको शक्तिशाली तागतबाट वा राजनीतिक सहमतिका आधारमा प्रदेश संरचना खारेज गर्न सकिन्छ । यसबारे बहस चलाउन अब ढिलाइ नगरौँ’ उनले भनेका छन्, ‘सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।’

    बैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले भागबन्डा मिलाउन नसकेपछि दुई मन्त्रालय थप गर्ने तयारी गरेका छन्। यसअघिको सरकारले १७ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर १० मा सीमित बनाएको थियो।

  • सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन (भिडिओ)

    सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन (भिडिओ)

    विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हुन् ।

    ‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो । भोलि सरकार बनाउनका लागि एमालेले राजीनामा दिन लगाउने होला यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’

    उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको बताए । लिङदेनले कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने बताए ।

    उनले भने, ‘अहिले हामी सत्ता गठबन्धनलाई सहयोग गरेर पनि जाँदैनौ हामी अहिलेको संविधानको धाराहरूको अभ्यासमा सहभागी हुँदैनौ ।’

    लिङदेनले आफूहरूको एजेण्डा संघीयताखारेजीको भएको भन्दै संघीयता पक्षधरहरू नेपाली कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार बनाउन सुझाव दिए ।