Category: राप्रपा

  • क्रिश्चियन धर्म नमान्नेलाई हत्कडी लगाएर जेल हाल्न राप्रपा निकट युवा संगठनकाे मन्त्री किराँतीलाई चुनौती

    क्रिश्चियन धर्म नमान्नेलाई हत्कडी लगाएर जेल हाल्न राप्रपा निकट युवा संगठनकाे मन्त्री किराँतीलाई चुनौती

    काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

    संगठनका संयोजक सुजित केसीले मन्त्री किराँतीको क्रिश्चियन धर्म मान्दिन भन्नू सविधानलाई मान्दिन भन्नू हो, सविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशदोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हाल्दिने हो भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

    मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई प्रोत्साहन गर्ने गरि तथा अन्य धर्म र धर्मावलम्बीलाई धम्काउने शैलीमा दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, हिन्दु युवा सबै धर्मलाई सम्मान गर्छौं तर क्रिश्चियन धर्मलाई मान्दैन, यदि हामीले क्रिश्चियन धर्मलाई नमानेकै कारण देशद्रोही हो भने हत्कडी लगाएर जेल हाल्नसमेत मन्त्री किराँतीलाई चुनौती दिन चाहान्छौं ।

    मन्त्री किराँतीलाई तत्काल बर्खास्त गरि विद्यमान कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी प्रशासनलाई माग गरेका छन् ।

  • सुदन किरातीलाई राजेन्द्र लिङ्देनको चुनौति–मन्त्रीका बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौं

    सुदन किरातीलाई राजेन्द्र लिङ्देनको चुनौति–मन्त्रीका बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी र देशद्रोही हो भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

    उनले मन्त्री किराँतीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै देश नै जेलमा परिणत गर्नुपर्ने टिप्पणी गरे।

    उनले फेसबुकमा लेखेका छन्, ‘केरे केरे ? क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन्। ।।।यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो। अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त।’

    उनले क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई भएको बताएका छन्। उनले मन्त्री किराँतीको बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध भएको बताएका छन्।

  • राजेन्द्र लिङ्देनको ब्रिफिङ- भ्रष्टाचारका हरेक काण्डमा नेताहरूको संलग्नताले हाम्रो एजेण्डामा जनमत बढ्दैछ

    राजेन्द्र लिङ्देनको ब्रिफिङ- भ्रष्टाचारका हरेक काण्डमा नेताहरूको संलग्नताले हाम्रो एजेण्डामा जनमत बढ्दैछ

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताप्रति आफ्नो पार्टीको एजेण्डामा आकर्षण बढेको बताएका छन्। धुम्बाराहीमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई ब्रिफिङ गर्दै पार्टीप्रति आकर्षण बढेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    उनले भने, राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ। सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिन्छौँ।

    देशमा अर्थतन्त्र संकटमा पर्दै गइरहेका अन्योलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताए।

    उनले भने- भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। त्यसैले हाम्रो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ ।

    समान विचार भएकाहरुसँग एकता, सहकार्य आवश्यक र सम्भव भएको बताए । आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्नुपर्ने भन्दै राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रूपमा बदनाम गर्ने काम भने रोकिनुपर्नेमा जोड दिए ।

    बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले बृहत् आन्दोलन सम्बन्धी कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालय सम्बन्धी प्रतिवेदन पेश गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    अहिले प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको प्रतिवेदन पेश गर्ने क्रम जारी रहेकाले प्रतिवेदन पेश भइसकेपछि आज नै छलफल प्रारम्भ हुने बताए ।

  • राप्रपाको बैठकमा अध्यक्ष लिङ्देनको ‘ब्रिफिङ’, आगामी रणनीति तय गर्ने

    राप्रपाको बैठकमा अध्यक्ष लिङ्देनको ‘ब्रिफिङ’, आगामी रणनीति तय गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेको उनले बताए । अध्यक्षको ब्रिफिङपछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्य तालिका छ ।

    बैठकमा भूगोल केन्द्रित कार्यक्रमको समीक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धी प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने उनले बताए।

  • प्रधानमन्त्री र गृहमन्त्रीप्रति लिङ्देनको आक्रोश- तपाईंको भत्केको यो व्यवस्था पुलिसले जोगाउन सक्दैन

    प्रधानमन्त्री र गृहमन्त्रीप्रति लिङ्देनको आक्रोश- तपाईंको भत्केको यो व्यवस्था पुलिसले जोगाउन सक्दैन

    कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले मुलुकमा गणतन्त्र कमजोर अवस्थामा रहेको टिप्पणी गरेका छन् ।कञ्चनपुरको महेन्द्रनगरमा गरिएको आम सभालाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा गणतन्त्र आवश्यक नरहेको बताए ।

    उनले गणतन्त्रले देशको समस्याको समाधान दिन नसक्दै भन्दै यो व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।
    ‘गणतन्त्र आवश्यक होइन । गणतन्त्रले यो देशको समस्याको समाधान दिन सक्दैन भनेर हामीले भनेका थियौँ गणतन्त्रको नाममा भइरहेको लुट तन्त्रलाई नहटाई देश अगाडि बढ्न सक्दैन’ उनले भने, ‘महेन्द्रनगरमा आएपछि थाहा भयो गणतन्त्र धेरै कमजोर भइसकेको रहेछ । एक धक्का दिन मात्रै बाँकी रहेछ । ’

    आज राप्रपाले स्वर्गीय राजा महेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी गरेको थियो ।उक्त कार्यक्रमको लागि अध्यक्ष लिङ्देन सहित उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही सहितका नेता कञ्चनपुर पुगेका थिए ।

    आज राप्रपाले संविधान चोकमा सालिक पुनर्स्थापना गर्ने तयारी गर्दा प्रशासनले निषेधाज्ञा घोषणा गरेको छ । अध्यक्ष लिङ्देन राजा महेन्द्रको सालिक पुनर्स्थापना गर्दा निषेधाज्ञा गरेको भन्दै गणतन्त्र कमजोर हुँदै गइरहेको टिप्पणी गरेका थिए । उनले आफूहरू गणतन्त्र ढाल्नै लागेको बताए ।

    ‘हामी कसैको सालिक तोड्ने कुरामा विश्वास गर्दैनौँ । राजा महेन्द्रको सालिक पुनर्स्थापना गर्दा निषेधाज्ञा गरियो यसले पनि कति कमजोर रहेछ यो गणतन्त्र राजा महेन्द्रको सालिक पुर्न स्थापना गर्दा ढल्ने भन्ने देखायो ’ उनले भने, ‘ हामी त लागेकै थियौ गणतन्त्र ढाल्न । कठिन रहेन छ भन्ने कुरा पुष्टि भयो ।’

    प्रहरी र सेनाले व्यवस्था जोगाउन नसक्ने भन्दै महेन्द्रनगरकै आम सभाबाट लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई स्मरण गरेका थिए ।

    उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका गृहमन्त्रीलाई भन्न चाहन्छु तपाइरुनै जिउँदो साँच्चि हो त्यसको कुनै पनि राज्य सत्ता पुलिस र सेनाले मात्र थाम्न सक्दैन भन्ने । तपाइको भत्केको यो व्यवस्था पुलिसले जोगाउने छैन । ’

    यो व्यवस्था परिवर्तनका लागि अझै चार वर्ष कुर्न नहुने उनको तर्क थियो । ‘मिसन ८४ भनेर हुँदैन । यही वर्ष यिनीहरूलाई उल्टाउने गरी हामी अगाडी बढ्नु पर्छ ’ उनले भने ‘हामी जति ढिलो गर्छौ त्यही नै देश प्रतिको धोका हो ।’

    गणतन्त्र धर्मनिरपेक्षता र सङ्घीयताको उपलब्धि ल्याएको दाबी गरे पनि यो उपलब्धिले नेपाली जनता थप समस्यामा परेको जिकिर गरे ।
    संविधान चोकमा राप्रपाले महेन्द्रको सालिक राख्ने तयारी गर्ला अन्य आठ दलले विरोधमा विज्ञप्ति जारी गरेका थिए। लिङ्देनले महेन्द्रको सालिक राख्न हुँदैन भनेर आठ पार्टी मिलेको भन्दै विकास निर्माणमा पनि एक हुन आग्रह गरे ।

    ‘यहाँका युवाहरूलाई देश भित्रै रोजगारीको व्यवस्था मिलाउन कांग्रेस एमाले माओवादीलाई कसले रोक्यो । आज पनि उनीहरू राजालाई गाली गरेर हिजोको व्यवस्थालाई गाली गरेर आफ्नो सत्ता लम्बाउने चेष्टा गरिरहेका छन्’ लिङ्देनले भने, ‘साँढे तीन दशक भन्दा बढी शासन गर्दा पनि मुलुकलाई यी पार्टीले विकास गर्न । सङ्घीयता पछि झन् विदेशी रिण थपिएको छ ।’

  • पृथ्वी जयन्ती अवसरमा राप्रपाले कविता प्रतियोगिता आयोजना गर्ने, प्रथमलाई एक लाख पुरस्कार

    पृथ्वी जयन्ती अवसरमा राप्रपाले कविता प्रतियोगिता आयोजना गर्ने, प्रथमलाई एक लाख पुरस्कार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

    पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।

    कविता पुसको १५ गते भित्रमा पठाउन आह्वान गरेको छ। प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार तथा अन्य तीनजनालाई१०÷१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए।

    पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन्। प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मुल्याङ्कन गर्नेछन्। मुल्यांकन समितिका सदस्यहरूको नाम पुस २७ गते नै जानकारी गराइनेछ।

  • राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

    राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

    पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

    पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकिएको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने जनाइएको छ ।

    पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो ।

    राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ । बैठकमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी गर्न सुझाव सङ्कलनका विषयमा पनि छलफल हुने छ ।

    पार्टीले उठाउँदै आएको समान विचार राख्ने राजनीतिक दलहरू, सङ्घसंस्थासँग समन्वयका लागि भएका कार्ययोजना तथा प्रगति विवरणका बारेमा जानकारी गराइने छ ।

    बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको साङ्गठनिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्ने नेता श्रेष्ठले बताए ।

    उनले बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर सङ्गठन सुदृढीकरणका लागि रणनीति तय गरिने जानकारी दिए ।

  • सहमति र सहकार्यका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँः कमल थापा (भिडिओ)

    सहमति र सहकार्यका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँः कमल थापा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।

    उनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए । उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए ।

    उनले भने, ‘हाम्रो केन्द्रिय कार्यसमितिको बैठकले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको छ । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको छ भन्ने राप्रपा नेपालको निस्कर्ष रहेको छ । सो सन्देश यो व्यवस्था असफल भएको कारणले गर्दा यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्छ भन्ने राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको ठहर छ । यो विकल्प अर्थात् राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना यदी राजनैतिक दलहरु तयार हुने हो भने, सहमत हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ । ‘

    सफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा वृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

  • राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित, पृथ्वी जयन्ती धुमधामले मनाउने (भिडिओ)

    राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित, पृथ्वी जयन्ती धुमधामले मनाउने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव सामान्य परिमार्जनसहित पारित गरेको हो ।

    राप्रपा राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीलगायतका माग अघि सार्दै ‘नागरिक आन्दोलन’ मा उत्रिन लागेको छ । पुस र माघमा आन्दोलनका लागि वार्म अप गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेश गरेको प्रस्तावमा उल्लेख छ ।

    केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको प्रस्ताव आगामी पुस १, २ र ३ मा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ । केन्द्रीय समितिले पारित गरेपछि दुई चरणको आन्दोलनमा राप्रपा होमिनेछ ।

    राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा सबै तहमा मनाउने निर्णय पनि गरेको छ ।

    यसैगरी राष्ट्रियसभाको निर्वाचनमा पार्टी सहभागी हुने तथा यस सम्बन्धमा अन्य दलसँग संवाद गर्न वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट तयारी गर्न हेमजङ गुरुङलाई जिम्मा दिइएको छ ।

  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ ।

    बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ। हिजोको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ।

    पार्टीले सञ्चालन गर्ने आन्दोलन सम्बन्धी, राष्ट्रिय सभा निर्वाचन, राप्रपा नियमावली(२०८० को मस्यौदा, समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको आन्तरिक, सांगठनिक लगायत विविध पक्षमा छलफल जारी छ। बैठक आज सकिने प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

  • राजसंस्था ब्युँताउन फागुनदेखि ‘नागरिक आन्दोलन’ थाल्ने राप्रपाको तयारी, प्रस्तावित मस्यौदामा के छ ?

    राजसंस्था ब्युँताउन फागुनदेखि ‘नागरिक आन्दोलन’ थाल्ने राप्रपाको तयारी, प्रस्तावित मस्यौदामा के छ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था ब्युँताउने सहित ७ वटा एजेन्डा लिएर फागुनबाट ‘नागरिक आन्दोलन’ नाममा सडक संघर्ष गर्ने तयारी गरेको छ ।

    आज बसेको कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको प्रस्तावित खाका पेश गरे ।

    राप्रपाले आन्दोलनको एजेन्डा र स्वरूप तय गर्नका लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा मिश्र, डा. धवलसम्शेर राणा, हेमजंग गुरुङ र कुन्ती शाही रहेको मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले तयार गरेको मस्यौदा वरिष्ठ उपाध्यक्ष मिश्रले आजको बैठकमा पढेर सुनाएका थिए । यद्यपि, आज विस्तृत छलफल भने हुन सकेन ।

    अध्यक्ष राजेन्द्र लिङदेन संसदीय समिति बैठकमा जानुपर्ने भएपछि आजको बैठक स्थगित गरिएको छ । भोलिको बैठकमा छलफल भएर मस्यौदालाई अन्तिम रूप दिइने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    प्रस्तावित मस्यौदामा नेपालमा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको विकल्प नरहेको ठहर गरिएको छ ।

    चुनावमा दुई तिहाइ सिट जितेर चाहेको व्यवस्था ल्याउन सकिने विकल्प हुँदाहुँदै आन्दोलन नै किन आवश्यक पर्‍यो भन्ने सन्दर्भमा भनिएको छ, ‘जुन समाजलाई ७० वर्ष पुराना राजनीतिक दलहरुले पूर्णतया अपहरण गरेर राखेका छन्, जुन देशको चुनाव प्रणाली नै त्रुटिपूर्ण छ, त्यहाँ पछिल्लो राजनीतिक घटनाक्रमहरू अलिकति अपवाद भए पनि चुनावमा दुई तिहाइ त के बहुमत ल्याउन पनि कठिन हुन्छ । त्यस्तो अवस्थामा देशभरिको जनमतलाई एकीकृत गरेर निर्णायक दबाब दिने एक मात्र विकल्प आन्दोलन हो ।

    ०६२/६३ सालमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता तीनवटै एजेन्डा राजा र जनतालाई झुक्क्याएर ल्याइएको मस्यौदामा उल्लेख छ ।

    ‘देशमा दूरगामी असर पर्ने विषयमा संसारभरिका लोकतन्त्रमा जनमतसंग्रह हुन्छ । नेपालमा त्यो भएको होइन,’ मस्यौदामा भनिएको छ ।

    मस्यौदामा दुई चरणको आन्दोलन कार्यक्रम प्रस्ताव गरिएको छ । पुस र माघमा आन्दोलनको ‘वार्म अप’ का रूपमा विभिन्न प्रचारात्मक र वैचारिक अभियानहरू ग्रासरुटसम्म चलाउने भनिएको छ । फागुनबाट भने ७ वटा लक्ष्यसहित काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

    राप्रपाले गर्ने आन्दोलनका सात प्रस्तावित एजेन्डा यस्ता छन्:

    १. संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना

    २. धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र

    ३. संघीयता खारेजी र सशक्त स्थानीय सरकार

    ४. सरकारी वेतनधारी र पेशाकर्मीको दलीय संगठन खारेजी

    ५. ४६ सालपछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन

    ६. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

    ७. रोजगारी र सुशासनको प्रत्याभूति

    आन्दोलनका लागि स्रोत साधनको व्यवस्थापन कसरी गर्ने भनेर पनि सुझाइएको छ । जसअनुसार पार्टीको नेतृत्वदेखि कार्यकर्ता पङ्ति र आमजनताबाट समेत आर्थिक संकलन गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

    मस्यौदामा समान एजेन्डा भएका अन्य राजनीतिक शक्ति र व्यक्तिहरूलाई पनि समेटेर राप्रपाले नेतृत्व गर्नुपर्ने जनाइएको छ ।

  • राप्रपा बैठक- राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको पक्षमा गर्ने आन्दोलनको स्वरूपबारे छलफल

    राप्रपा बैठक- राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको पक्षमा गर्ने आन्दोलनको स्वरूपबारे छलफल

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापनालगायत जनजीविकाबारे जनदबाब र आन्दोलन गर्ने विषयमा छलफल भएको छ ।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना लगायत विषयमा राप्रपाले गर्ने आन्दोलनको स्वरूप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य सम्बन्धी ड्राफ्ट बैठकमा पेश गरेका छन् ।

    ड्राफ्टमाथि प्रारम्भिक छलफल शुरु भएको छ। अन्य एजेन्डामाथि छलफल हुने क्रम जारी रहेकाले बैठक बिहीबार बिहान ८ बजे पुन बस्ने उनको बताए ।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले ७ वटा एजेण्डा प्रस्तुत गरेका थिए। बैठक अध्यक्षले प्रस्तुत गरेको एजेण्डा र वरिष्ठ उपाध्यक्ष मिश्रको आन्दोलनको ड्राफ्टमा केन्द्रित रहेको उनको भनाइ छ ।

  • कोशीमा एमाले र राप्रपाका सांसदले गरे बजेट प्रतिस्थापन विधेयकको विरोध

    कोशीमा एमाले र राप्रपाका सांसदले गरे बजेट प्रतिस्थापन विधेयकको विरोध

    विराटनगर । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ ।

    प्रदेशसभाको आजको बैठकको कारबाही सुरू हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए । एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

    उनले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिन पर्दथ्यो । प्रतिपक्षी सांसदहरूको सुझाव समेटिनुपर्थ्यो त्यो भएन ।’

    सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै उनले प्रतिस्थापन विधेयक पारित नभए के हुने ? भन्ने प्रश्न गरे ।

    बजेट अध्यादेश प्रस्थिापन गर्न ल्याएको विनियोजन विधेयकमाथि हिजोदेखि छलफल भइरहेको छ ।

  • झापाको जनलहरले उत्साहित राप्रपा : सबै राजावादी शक्तिलाई एकजुट गरेर सडकमा जाने गृहकार्य

    झापाको जनलहरले उत्साहित राप्रपा : सबै राजावादी शक्तिलाई एकजुट गरेर सडकमा जाने गृहकार्य

    काठमाडौं । काठमाडौंमा दुर्गा प्रसाईँले हजारौँको प्रदर्शन गरेर गणतान्त्रिक शक्तिलाई लल्कारेको दुई दिनपछि राप्रपाले झापामा आफ्नो शक्ति प्रदर्शन गर्‍यो । पार्टीले संयोजन गरेको पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा देखिएको जनसहभागिताले राप्रपा निकै उत्साहित बनेको छ ।

    झापाको कार्यक्रमलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको मात्र नभएर आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषयसमेत बनाएका थिए । आफ्नो गृह जिल्लामा पूर्वराजालाई भव्य स्वागत गर्न उनी डेढ हप्तादेखि झापामा खटिएका थिए ।

    यता काठमाडौंमा नव राजावादी दुर्गा प्रसाईँले राजतन्त्रको पक्षमा भीड जम्मा गरिरहँदा लिङ्देनलाई वास्तविक राजावादी शक्ति राप्रपा नै भएको पुष्टि पनि गर्नु थियो । र, उनी यसमा सफल भए ।

    झापाको प्रदर्शनमा करिब ३० हजार जनता सहभागी भएको राप्रपाको आन्तरिक मूल्यांकन छ । पूर्वराजाको स्वागतमा गरिएको मोटरसाइकल र्‍यालीमा मात्रै पाँच हजारभन्दा बढीले भाग लिएका थिए । एउटा जिल्लाको कार्यक्रममा नै यतिको उपस्थिति हुनुले देशमा राजतन्त्रको एजेन्डा बलियो रुपमा स्थापित भइरहेको आँकलन राप्रपा नेताहरूले गरेका छन् ।

    वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेका छन्, ‘राजा सिधै खालमै खेल्न नआउँदा त यस्तो छ । देशैभरि यस्तै छ । जनताले साँच्चिकै ‘नलिखुट्टा’ बजाउँदै राजालाई ‘खालमै खेल्न’ उतारेको दिन के होला ?’

    कांग्रेस महामन्त्री गगन थापाले हिजो पूर्वराजालाई अरूलाई सडकमा उतारेर च्याखे थापनुको साटो आफैँ खालमा आउन चुनौती दिए । यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनअघि ‘नलिखुट्टा फुकेर राजतन्त्र ल्याउन खोज्नेहरू चेतना नभएका मूर्ख हुन्’ भन्ने टिप्पणी गरेका थिए । मिश्रले दुवैलाई यो स्टाटसबाट जवाफ दिएका हुन् ।

    तर, काठमाडौं र झापाको प्रदर्शनपछि अब के त भन्ने प्रश्न राप्रपातर्फ सोझिएको छ । राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि ‘निर्णायक’ आन्दोलनका लागि गृहकार्य गरेको धेरै भइसकेको छ । तर, अहिलेसम्म त्यसका लागि निर्णय भइसकेको छैन । कतिपयले चाहिँ राप्रपा अझै पनि सत्तामा जान कुनाबाट च्याँखे थापिरहेको हुँदा आन्दोलनमा उत्रिने सम्भावना नरहेको टिप्पणी गर्ने गरेका छन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भने सबै राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याएर गणतन्त्र ढाल्ने गरी आन्दोलनमा जान राप्रपा आन्तरिक तयारीमा रहेको बताउँछन् । पार्टीको आउँदो केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा घनिभूत छलफल गर्ने उनको भनाइ छ ।

    ‘ढिलो चाँडो सबै राजावादी शक्तिहरू एक ठाउँमा आउँछन् र त्यसमा राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकपछि हामी ठोस निष्कर्षमा पुग्छौँ ।’

    राप्रपा केन्द्रीय कार्यसमिति बैठक पुस १, २ र ३ गते बस्दैछ । यसअघि मंसिरमै बस्ने भनिएको बैठक पूर्वराजाको झापामा कार्यक्रम तय भएपछि पुसमा सारिएको हो । उक्त बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    उनले आफ्नो प्रतिवेदनमा राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याउने र आन्दोलनको नेतृत्व गर्ने विषयमा आफ्नो प्रस्ताव अघि सार्ने छन् र त्यसै बमोजिम राप्रपाले कार्यनीति बनाउनेछ ।

    राजसंस्था पुनर्स्थापनाको पक्षमा जनदबाब बढिरहँदा अब नयाँ सम्झौता गरेर जानुको विकल्प नरहेको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

    उनले भने, ‘यो मुद्दा अब गणतन्त्रवादी दलहरूले पन्छाउन नसक्ने गरी बलियो भइसकेको छ । कसैलाई पनि निषेध नगर्ने गरी राजासहित सबैलाई स्पेस दिन नयाँ सम्झौता गरेर जानु नै समयको माग हो । यसमा दलहरूले जति ढिला गर्छन्, उनीहरूलाई नै बढी क्षति हुन्छ ।’

  • दुर्गा प्रसाईंको नजरबन्द र प्रहरी दमनको राप्रपाद्वारा भर्त्सना, अधिनायकवादी चरित्र देखाएको आरोप

    दुर्गा प्रसाईंको नजरबन्द र प्रहरी दमनको राप्रपाद्वारा भर्त्सना, अधिनायकवादी चरित्र देखाएको आरोप

    काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ । आफूलाई लोकतान्त्रिक दाबी गर्ने सरकारले अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको राप्रपाको आरोप छ ।

    पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दुर्गा प्रसाईं नेतृत्वको महाअभियानमाथि प्रहरीले अनावश्यक दमन र धरपकड गरेको बताए । कुनै पनि विचार लिएर शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्ने अधिकारी संविधानले सुनिश्चित गरेको भन्दै उनले सरकारको कार्यशैलीको निन्दा गरेका छन् ।

    ‘अभियानको मुख्य नेतृत्वलाई घरमा नजरबन्द गर्ने तथा प्रदर्शनकारी पुग्नुअगावै कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कब्जा गर्ने कार्यहरु आपत्तिजनक छन्, हामी यसको निन्दा र भर्त्सना गर्छौं,’ उनले भने, ‘गणतन्त्रले दिएको अधिकार सबै जनाले बराबरी उपभोग गर्न पाउँछन् ।’

    श्रेष्ठले पक्राउ परेकाहरुलाई तुरुन्तै रिहा गर्न र पुर्वनिधारित कार्यक्रमहरु निर्वाध सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरे ।

    ‘हिजो त्यही ठाउँमा एउटा पार्टीको जनसंगठनले प्रदर्शन गर्दा त्यो स्वीकार्य हुने, अर्कोले गर्दा स्वीकार्य नहुने व्यवहार कहाँसम्म जायज हो ?’ उनले प्रश्न गरेका छन् ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको विरोध गरेका छन् । धरपकड र दमनले समस्याको समाधान नगर्ने भन्दै उनले सरकारले आफूलाई तत्काल सच्याउन माग गरेका छन् ।

    ‘शान्तिपूर्ण ढङ्गले हिंड्डुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्’, उनले लेखेका छन् ।

    राप्रपाले औपचारिक विज्ञप्ति जारी गरेर नै सरकारको कार्यशैलीप्रति विरोध जनाउने तयारी गरेको छ ।

  • दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपा कार्यकर्ताको उल्लेख्य सहभागिता, चारजना पक्राउ

    दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपा कार्यकर्ताको उल्लेख्य सहभागिता, चारजना पक्राउ

    काठमाडौं । दुर्गा प्रसाईंले सुरू गरेको नागरिक बचाऊ आन्दोलनमा राजावादी शक्ति राप्रपाका कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । पक्राउ परेका दुई दर्जन व्यक्तिहरूमध्ये राप्रपाका ४ जना छन् ।

    राप्रपाले प्रसाईंको अभियानलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुनै पनि आधिकारिक निर्णय लिएको थिएन । पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए । पार्टी संस्थापन पक्ष भने मौन बसेको थियो ।

    हिजो भएको आन्दोलनमा राप्रपाका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको पार्टीको आन्तरिक विश्लेषण छ । पार्टीले कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन बन्देज गरेको थिएन । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आन्दोलनमा पुगेर दुर्गा प्रसाईंसँगै भाषणसमेत गरेका थिए ।

    प्रहरी धरपकडमा राप्रपाका चारजना पक्राउ परेको जानकारी आएको पार्टी स्रोतले बतायो । राप्रपाबाट पक्राउ पर्नेमा मीना शाही, आङनिमा शेर्पा, सावित्री क्षेत्री र उपेन्द्रविक्रम पुरुष छन् । अरु विभिन्न राजावादी संगठनका व्यक्तिहरू पक्राउ परेका छन् ।

    राष्ट्रिय जनमत पार्टीका तेजनारायण कँडेल, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै राजावादी अभियन्ताहरु मुनेन्द्र राजभण्डारी, शतिश न्यौपाने, अनुप शाही, आवास खड्का, कौशल आचार्य, सौरभ भण्डारी, विक्रम पाण्डे (अर्घाखाँची) लगायत छन् ।

    प्रहरीले आज तिनकुनेमा आन्दोलनका लागि जम्मा हुन आएका कार्यकर्ताहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

  • दुर्गा प्रसाईँको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही

    दुर्गा प्रसाईँको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही

    काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । बल्खुमा जारी सभामा प्रसाईंसँग शाही पनि पुगेका हुन् ।

    प्रसाईंले आन्दोलनलाई लिएर राप्रपामा दुई धार छ । राप्रपाको संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास गर्दै गर्दा संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत नेताहरुले समर्थन गर्नुपर्ने पक्षमा खुलेका थिए ।

    पार्टीभित्र दुई धार भइरहेको बेलामा सांसद शाही कार्यक्रममै सहभागी भए । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश नेताहरूले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंसिर ९ गते झापामा लगेर कार्यक्रम गर्दैछन् ।

  • दुर्गा प्रसाईँको मंसिर ७ को प्रदर्शनमा राप्रपा सहभागी हुनुपर्ने संस्थापक नेता लोहनीको प्रस्ताव

    दुर्गा प्रसाईँको मंसिर ७ को प्रदर्शनमा राप्रपा सहभागी हुनुपर्ने संस्थापक नेता लोहनीको प्रस्ताव

    काठमाडौं । राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले मंसिर ७ गते दुर्गा प्रसाईँको नेतृत्वमा हुन लागेको जनप्रदर्शनमा पार्टीको नैतिक समर्थन र सहयोग हुनुपर्ने बताएका छन् ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईँको आन्दोलनसँग राप्रपाको सम्बन्ध नरहेको र त्यसमा आफूहरू सहभागी नहुने भनेर झापामा केन्द्रित रहेका बेला वरिष्ठ नेता लोहनीले यस्तो धारणा राखेका हुन् ।

    लोहनीले सोमवार ४ बुँदे वक्तव्य जारी गर्दै राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अघि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन वा जनसंघर्षमा राप्रपाका कार्यकर्ताको सहभागिता हुनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्- अतः मंसिर ७,२०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ । यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ ।

    लोहनीको वक्तव्य यस्तो छ

    १. राप्रपा नेपालको नव निर्माण गर्ने अठोट र चिन्तन बोकेको उज्यालो तारा हो ।

    २. राप्रपाको एकता महाधिवेशनले राष्ट्रियता, स्वतन्त्रता र देशको सार्वभौमिकताको पहरेदारको रूपमा अगाडि बढ्न र यसको लागि निरन्तरता सहितको गतिशीलताको सिद्धान्तलाई आत्मसात् गर्न हामीलाई निर्देश गरेको छ ।

    ३. एकता महाधिवेशनमा पारित राप्रपाको आर्थिक र राजनीतिक दस्ताबेज का केहि मूल तत्त्व छन् । ती हुन् (१) संविधान भित्रको राज संस्था स्थापित गर्ने (२) सर्व धर्म समभाव सनातन हिन्दु राष्ट्रको पहिचान कायम गर्ने (३) तल्लो तहको सरकारलाई संविधान बाट बढी भन्दा बढी अधिकारको हस्तान्तरण गर्ने  (४) राज्य शक्ति को दुरुपयोग र भ्रष्ट्राचार विरुद्ध कसैप्रति मुलाहिजा नराखी कठोर प्रहार गर्ने (५) साना किसान, साना उद्योग व्यवसायी र मजदुर मैत्री  आर्थिक नीति र संरचना लागु गर्ने (६) देश भित्र गरी खाने वर्गलाई नयाँ उन्नतिको मौका र उत्साह प्रदान गर्ने (७) माथि उल्लेखित दृष्टिकोण कायम गर्न संविधान मा आवश्यक संशोधन गर्ने 

    ४. राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जन अभियान/जन प्रदर्शन/संघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन हुनु स्वभाविक हुन आउँछ । अत: मङ्सिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । यही अनुरोध राप्रापाका सबै साथीहरू तथा आम जनसमुदायमा राख्दछु ।

  • पूर्वराजालाई भेटेर गृह जिल्ला हान्निए राजेन्द्र लिङ्देन, ९ गते के हुँदैछ झापामा ?

    पूर्वराजालाई भेटेर गृह जिल्ला हान्निए राजेन्द्र लिङ्देन, ९ गते के हुँदैछ झापामा ?

    काठमाडौं । १२ दिन लामो अमेरिका भ्रमणबाट फर्किए लगत्तै गत बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरे । नियमित भेट भनिए पनि कुराकानीको अन्तर्वस्तु विशेष थियो ।

    पूर्वराजासँग भेटे लगत्तै लिङ्देन हतारिएर हिजो आफ्नो गृह जिल्ला झापातिर लागेका छन् । उनी तिहार मनाउन होइन, राजनीतिक प्रयोजनले झापा गएको स्रोतले बताएको छ । उनले पार्टीको आसन्न केन्द्रीय समितिको बैठकसमेत पर सारेका छन् ।

    राप्रपा उच्च स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र आउँदो ९ मंसिरमा झापा जाने कार्यक्रम तय भएको छ । यो भ्रमणलाई विशेष र सफल बनाउन लिङ्देन जुटेका छन् ।

    झापाको बिर्तामोडस्थित एक विद्यालयमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । दुई वर्षअघि नै व्यक्तिगत स्तरमा निर्माण गरिएको भए पनि यसलाई अहिलेसम्म छोपेर राखिएको थियो ।

    पूर्वराजाले सो विद्यालयमा पुगेर शालिक अनावरण गर्नेछन् । भ्रमणको मुख्य कार्यक्रम यो हो । शालिक अनावरणपश्चात् स्थानीय जनतासँग पूर्वराजाले भेटघाट गर्नेछन् ।

    पूर्वराजाको यो भ्रमणमा ‘गणतन्त्रवादीको मुटु चस्किने गरी’ व्यापक जनलहर सिर्जना गर्ने तयारीमा राप्रपा जुटेको छ । लिङ्देन आफैँले यसको नेतृत्व लिएका छन् । आफ्नो गृह जिल्ला भएकाले उनले यसलाई व्यक्तिगत प्रतिष्ठाकै विषय बनाएको निकट स्रोत बताउँछ ।

    पूर्वराजासँग भेटेकै दिन बिहीबार दिउँसो दुई बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा अध्यक्ष लिङदेनले पूर्वराजासँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए र झापामा तय भएको कार्यक्रमबारे जानकारी दिएका थिए । भेटमा राजसंस्थाको पक्षमा बन्दै गएको माहोल तथा आगामी रणनीतिका बारेमा समेत छलफल भएको उनले बताए ।

    राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९, १० र ११ गतेका लागि बोलाइएको थियो । लिङदेन झापा जाने भएपछि सो बैठक पुस १, २ र ३ गतेलाई सारिएको छ ।

    झापा पुग्नासाथ लिङदेनले कार्यकर्ताहरूलाई पूर्वराजाको भ्रमणको तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । तिहारको अवसरमा हिजो आयोजित शुभकामना कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् ।

    लिङ्देनले पार्टी पंतिलाई भने, ‘राप्रपाले पूर्वराजाको झापा भ्रमणलाई उच्च महत्त्व दिनुपर्छ । यो हाम्रो लागि गौरवको कुरा पनि भएकाले कुनै पनि कमी महसुस नहोस ।’

    यता, नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले गणतन्त्र उल्टाउने भन्दै मंसिर ७ गते काठमाडौंमा कार्यक्रम राखेका छन् । तर, ९ गते पूर्वराजा झापा जाने भएपछि उनको कार्यक्रम प्रभावित बन्न सक्ने देखिएको छ । प्रसाईँले आफ्नो गृह जिल्ला झापाबाट मानिसहरू काठमाडौं ओसार्ने तयारी गरिरहेका छन् । ९ गते पूर्वराजा नै झापा आउने भएकाले प्रसाईँलाई अप्ठेरो पर्न सक्ने स्रोत बताउँछ ।

    व्यवसायी प्रसाईँले जतिसुकै चर्का कुरा गरिरहे पनि पूर्वराजाले भने संगठित र बलियो राजनीतिक शक्तिका रूपमा राप्रपालाई नै भर गरेको संकेत देखिएको छ ।

  • राप्रपाका केन्द्रीय सदस्य र महानगर अध्यक्ष राप्रपा नेपालमा प्रवेश

    राप्रपाका केन्द्रीय सदस्य र महानगर अध्यक्ष राप्रपा नेपालमा प्रवेश

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज कास्की चाउथेमा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

    राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका दर्जनौं नेता कार्यकर्ताहरु आजै राप्रपा नेपाल प्रवेश गरेका छन् ।

    नवप्रवेशीहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा बैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छाड्ने दृढता ब्यक्त गरे ।

    उनले जनआन्दोलनको तयारीमा जुट्न सबैलाई आग्रहसमेत गरे ।

    सो अवसरमा नेपाली काङ्ग्रेस कास्कीका पूर्वकोषाध्यक्ष ऋषि सापकोटा, काङ्ग्रेसकै खेमबहादुर गुरुङ, गुरुदत्त पहाडी, नेविसंघका विराज कार्कीलगायत दर्जनौं राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

  • रिगललाई उन्मुक्ति दिन सिफारिस गर्नेले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

    रिगललाई उन्मुक्ति दिन सिफारिस गर्नेले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को आममाफी बदर गरेपछि सिफारिस गर्ने र कार्यान्वयन गर्नेले सार्वजनिक रुपमा क्षमायाचना गर्नेपर्ने बताएका छन् । रिगल जस्तो जघन्य हत्याका दोषीलाई आममाफीका नाममा उन्मुक्ति दिएर दण्डहीनतालाई सरकारले प्रश्रय दिएको उनको आरोप छ ।

    उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘रिगल जस्तो जघन्य हत्याका दोषीलाई आममाफीका नाममा उन्मुक्ति दिने, दण्डहिनतालाई प्रश्रय दिने र अपराधीलाई राजनीतिक संरक्षण प्रदान गर्नेहरुलाई सर्वोच्च अदालतको हिजोको फैसलाले त्रृटिपूर्ण मात्रै भनेन, यस्तो कार्य दोहोर्याउन ब्रेक लगाइदिएको छ ।’

    अपराधीलाई राजनीतिक संरक्षण प्रदान गर्नेहरुलाई सर्वोच्चले ब्रेक लगाइदिएको उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘आममाफी प्रकरणमा सिफारिश गर्ने, सिफारिस कार्यान्वयन गर्ने, प्रस्तावमा संलग्न हुनेहरुले राज्यका तर्फबाट सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्दैन ? अदालतको फैसलाले कानुनका छिद्र खोजेर हुकुमी शैली र स्वेच्छाचारिता देखाउनेहरुमाथि गम्भीर नैतिक संकट सिर्जना गरिदिएको छ । सुसंस्कृत राजनीतिमा जवाफदेहीताको सम्मानजनक स्थान हुन्छ ।’

    कुनै विषयमा जवाफ दिन नपर्ने, जवाफदेही र थोरै नैतिक पनि हुन नपर्ने गरी राजनीति यति निकृष्ट भइसकेको हो र ? भन्दै प्रश्न गरेका छन् ।

  • राप्रपाको चिन्ता : मुलुकमा अराजकता र अस्थिरताले हद नाघ्यो (भिडिओ)

    राप्रपाको चिन्ता : मुलुकमा अराजकता र अस्थिरताले हद नाघ्यो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद नाघिसकेको बताएका छन् ।

    बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरुको रणमैदान हुने त होइन ? भन्ने चिन्ता लागेको बताए । उनले सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनतामा आघात पुगिरहेको बताए । उनले राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दू राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमति गर्न प्रस्ताव गरे ।

    ‘मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरुको रणमैदान हुने त होइन ? देशको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनतामा आघात पुग्ने त होइन, मलाई चिन्ता छ । अराजकता र अस्थिरताले हद नाघिसकेको छ’, उनले भने, ‘राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको छ । पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतिकको रुपमा राजसंस्था सहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमतिमा गरौँ । यसले कसैको हार हुँदैन । सबैको जित हुन्छ ।’

    उपनेता तामाङले सरकार आर्थिक गतिविधि चलायमान बनाउन लागि नपरेको आरोप लगाए । उनले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले राष्ट्रिय सहमति गर्ने प्रयास नगरेको बताए ।

     

  • राप्रपा सांसद जबराको प्रश्न- अर्थतन्त्रले भुइँ छोलाजस्तो भइसक्यो, सरकार के हेरेर बसेको छ ? (भिडिओ)

    राप्रपा सांसद जबराको प्रश्न- अर्थतन्त्रले भुइँ छोलाजस्तो भइसक्यो, सरकार के हेरेर बसेको छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताएका हुन् । उनले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन ? भन्दै प्रश्न गरे । उनले दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गरे ।

    उनले भने, ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईं छोला जस्तो भइसक्यो । यो अवस्थामा सरकार के हेरेर बसेको छ ? किन नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि दिन सक्दैन ? हामी संसदमा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ । आजको दशैँको बेला तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ । यो दशैँमा अलिकति भएपनि नेपाली जनतालाई चैन देउ । मुलुक र नेपाली जनता तपाईहरुबाट अलिकति सुख खोजिरहेको छ ।’

    सांसद जबराले दशैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उहाँले नेपाली जनता सरकारबाट सुख खोजिरहेको बताए ।

  • कोशीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षीको दाबी, भक्ति सिटौलाले मागे प्रतिपक्षी नेताको सुविधा (भिडिओ)

    कोशीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षीको दाबी, भक्ति सिटौलाले मागे प्रतिपक्षी नेताको सुविधा (भिडिओ)

    विराटनगर । कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

    बिहीबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभामा निवेदन दिएका छन् । बुधबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतको निर्वाचनमा राप्रपामात्र विपक्षमा उभिएको थियो ।

    विपक्षमा मतदान गरेकै कारण आफूहरूले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाको माग छ । नेता सिटौलाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २ को ङ मा स्पष्टरूपमा मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेकको बढी सदस्य भएको दलको नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउने उल्लेख भएकाले आफूहरूले दाबी गरेको बताए ।

    मुख्यमन्त्री केदार कार्कीले बुधबार लिएको विश्वासको मतमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ८६ मत परेको थियो भने विपक्षमा राप्रपाको ५ मत परेको थियो ।

    प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले सुविधाको गाडी र सुरक्षा गार्डका साथै प्रमुख सचेतकले पनि सुविधाको गाडी पाउने व्यवस्था छ ।

  • भक्ति सिटौलाको माओवादी लक्षित टिप्पणी – पहिले कोशी राख्न ल्याप्चे लाउने, अहिले भाँड्दै हिँड्ने

    भक्ति सिटौलाको माओवादी लक्षित टिप्पणी – पहिले कोशी राख्न ल्याप्चे लाउने, अहिले भाँड्दै हिँड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दल नेता भक्ति सिटौलाले माओवादी केन्द्रलाई लक्षित गर्दै कोशी नामकरणको विषयलाई लिएर अहिले भाँड्दै हिँडेको टिप्पणी गरेका छन् ।

    मुख्यमन्त्री केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले संविधानको परिधिभित्र रहेर प्रदेशको नामाङ्कन गरेको बताए ।

    उनले भने, ‘अहिले जसले जसरी भनेपछि हुन्छ । तर, नामकरणमा ल्याप्चे लगाउने पार्टीका मान्छेहरूले अहिले फेरि भाँडेर हिँड्ने, त्यस्तो आत्मबल गिरेको मान्छे कुन नैतिकताको साथ राजनीतिमा बस्न सक्छन् । आज हाम्रो अगाडि प्रश्न उठेको छ । ताक परे तिवारी नत्र गोतामे ? यही ढंगको केटाकेटीपनले राजनीति हुन्छ ? हामीले हिँडेको बाटोले ४ सय वर्ष पछाडिको मान्छेलाई बाटो देखाउन सक्नुपर्छ । आज यो किसिमको बच्चापना कुनै पार्टीले गर्न हुँदैन ।’

    उनले थपे, ‘संविधानसम्मत राखेको नामलाई संविधानसम्मत नै परिवर्तन गर्नुपर्छ आवश्यक छ भने । तर, गुण्डागर्दीको शैलीमा ल्याप्चे लगाउने मान्छे नै निस्किन्छन् भने त्यो संविधानसम्मत भएन ।’

  • केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि लिङ्देनले भने- हामी विपक्षमा छौं

    केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि लिङ्देनले भने- हामी विपक्षमा छौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा विपक्षमा रहेको बताएका छन् । एमालेका समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि अध्यक्ष लिङ्देनले आफूहरु विपक्षमा रहेको बताए ।

    उनले भने, ‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो । अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ ।’

    अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पार्न आह्वान गरेका छन् ।

  • राप्रपा बैठकमा उठ्यो प्रचण्ड सरकारमा जानुपर्ने आवाज, रवीन्द्र मिश्रको कडा प्रतिवाद

    राप्रपा बैठकमा उठ्यो प्रचण्ड सरकारमा जानुपर्ने आवाज, रवीन्द्र मिश्रको कडा प्रतिवाद

    काठमाडौं । कोशीको मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज पार्टी कार्यालयमा बस्यो । तर, बैठक बस्नुअगावै कोशीमा राप्रपाले आफ्नो निर्णायक हैसियत गुमाइसकेको थियो ।

    मुख्यमन्त्रीका लागि कांग्रेसका केदार कार्की र माओवादीका इन्द्र आङ्बोले हिजै आ–आफ्नो दाबी पेश गरिसकेका छन् । दुवैले राप्रपाका सांसदहरुको हस्ताक्षर खोजेनन् । कार्कीलाई एमालेको समर्थन पर्याप्त भयो भने इन्द्रले पुरानै हस्ताक्षर बोकेर गए ।

    बैठकको मुख्य एजेन्डा नै असान्दर्भिक भए पनि राप्रपामा गर्मागर्मी छलफल भने भएको छ । तर, आजको छलफल कोशीको विषयमा नभएर केन्द्र सरकारको विषयमा बढी केन्द्रित भयो ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने आन्तरिक गृहकार्य अध्यक्ष राजेन्द्र लिङदेनले गरिरहँदा राप्रपा पदाधिकारीहरु पक्ष र विपक्षमा बाँडिएका थिए । केही नेताहरुले सरकारमा गएरै आफूलाई प्रुफ गर्नुपर्नेमा जोड दिए भने केहीले राप्रपा अब बलियो प्रतिपक्षीका रुपमा सडकमा उत्रिनुपर्ने बताए ।

    स्रोतका अनुसार बैठकमा रोशन कार्की, निरञ्जन थापा, कुन्ती शाही, प्रल्हाद साहलगायतका नेताहरुले राप्रपा सरकारमा जानुपर्ने वकालत गरेका थिए । सरकारमा गएरै जनताको मन जित्न सकिने र पार्टी पनि बलियो हुने उनीहरुको दलिल थियो । तर, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसको कडा प्रतिवाद गरेका थिए । उनले कुनै पनि हालतमा राप्रपा सरकारमा जान नहुने बताए ।

    मिश्रले यसअघि प्रचण्ड सरकारमा सहभागी हुँदा पार्टीको छविमा ठूलो आँच आएको तर्क गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने’ प्रतिवद्धतासहितको सरकारको न्यूनतम कार्यक्रममा राप्रपाले हस्ताक्षर गर्नु आपत्तिजनक रहेको उनको टिप्पणी थियो ।

    स्रोतका अनुसार बैठकमा मिश्रको भनाइको सार यस्तो थियो-

    – राप्रपाले उठाएको एजेन्डाको ग्राफ दिनदिनै माथि गएको गएै छ । तर, त्यो मतमा बदलिन सकेको छैन । प्रतिपक्षमा बसेर बलियो सडक आन्दोलनको नेतृत्व गर्यौं भने आगामी निर्वाचनमा हाम्रो लागि ठूलो अवसर छ । अहिलेको अवस्थामा कुनै पनि तहको सरकारमा सहभागी हुनु भनेको हाम्रो लागि आत्मघाति हुन सक्छ ।

    – पार्टीले अंगिकार गरेको आधारभूत मूल्यमान्यता र नेतृत्वको व्यवहारमा तादाम्यता देखिन सकेको छैन । प्रचण्ड नेतृत्वको सरकारमा यसअघि राप्रपा सहभागी हुने निर्णय गलत थियो । सरकारमा जाने क्रममा साझा न्यूनतम कार्यक्रममा अध्यक्ष र महामन्त्रीले हस्ताक्षर गर्नुभयो, जसमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने’ प्रतिवद्धता व्यक्त गरिएको छ । राप्रपा संघीयता र गणतन्त्रलाई बलियो बनाउन निर्माण भएको शक्ति होइन । त्यो हाम्रो एजेन्डाविपरितको कुरा थियो । नीति एकातिर, व्यवहार अर्कोतिर भयो ।

    – संविधानसम्मत काम गर्दै जाने भनेको संविधानले दिएको अधिकार प्रयोग गर्ने हो । संसदमा पनि सडकमा पनि हाम्रो एजेन्डा उठाउन संविधानले रोकेको छैन । तर, संविधानको अन्तरगत रहेर काम गर्नु भनेको यता पाए पनि खाने, उता पाए पनि खाने, यता पाए पनि जाने उता पाए पनि जाने भनेको होइन ।

    – हामीले राजतन्त्र र हिन्दू राष्ट्रको माग लिएर ठूलो सडक आन्दोलनको तयारी गरिरहेका छौं । प्रदेश होस वा संघ, कुनै पनि तहको सरकारमा सहभागी भइसकेपछि सडक आन्दोलनमा उत्रिन मिल्दैन । कि त आन्दोलन गर्दैनौं, सरकार निर्माणको फोहोरी खेलमा लाग्छौं भन्नुपर्यो । होइन भने कुनै पनि हालतमा सरकारमा जान मिल्दैन र सरकार बनाउने–गिराउने खेलमा सामेल हुन मिल्दैन ।

    – सरकारमा गएर पार्टी बन्ने, चुनाव जितिने भए राप्रपाका नेता कयौंपटक प्रधानमन्त्री र दर्जनौं मन्त्री भए, पार्टी किन बनेन ? सरकारमा नभएको बेला चुनाव लड्दा १४ सिट कसरी आयो ?

    पार्टीका महामन्त्री डा. धवलशम्शेर राणा पनि राप्रपा अहिले सरकारमा जानु नहुने पक्षमा उभिए । अन्य दुई महामन्त्री राजेन्द्र गुरुङ र शरदराज पाठकले पनि मिश्रको अडानमा साथ दिए । सरकारमा जानैपर्छ भन्ने पक्षमा रहेका नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान र उद्धव थापा आजको वैठकमा अनुपस्थित थिए ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकारमा जाने नजाने विषयमा आफ्नो धारणा राखेनन् । आफूले सँधै पार्टीको टिमसँग सल्लाह गरे मात्रै निर्णय लिने गरेकाले आज वैठक बोलाएको उनले बताए ।

     

  • कोशीको मुख्यमन्त्री दौडमा तटस्थ बस्ने राप्रपाको निर्णय

    कोशीको मुख्यमन्त्री दौडमा तटस्थ बस्ने राप्रपाको निर्णय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने भएको छ ।

    आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो । बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा गरेको बताए ।

    उनले भने, ‘घटनाक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं । दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ ।’

    कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

  • कोशीमा राप्रपाको साथ कसलाई ? छिनोफानो गर्न पदाधिकारी बैठक जारी

    कोशीमा राप्रपाको साथ कसलाई ? छिनोफानो गर्न पदाधिकारी बैठक जारी

    काठमाडौं । कोशी प्रदेशमा विकसित राजनीतिक परिस्थितिबारे समीक्षासहित आवश्यक निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ । पार्टी मुख्यालय धुम्वाराहीमा बसिरहेको बैठकले मुख्यमन्त्रीमा कसलाई साथ दिने/नदिनेलगायतको निर्णय गर्ने बताइएको छ ।

    नयाँ सरकार गठनमा प्रदेशमा राप्रपाको भूमिका र भावी रणनीति बैठकको मुख्य एजेन्डा रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यसबाहेक मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल हुनेछ ।

    कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दुईजनाले दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङ्ग परामर्शमा छन् । सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस शेखर पक्षका केदार कार्कीले पनि एमालेको समर्थनमा पार्टीका ८ सांसदसहित मुख्यमन्त्री दाबी गरेका छन् ।

    राप्रपाले भने दुवैतिर हस्ताक्षर गरेको छैन । पदाधिकारी बैठकले आफ्नो अडान स्पष्ट गर्ने बताइएको छ ।

    केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङदेनलाई सुम्पिएको थियो । लिङदेनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले सत्ता गठबन्धनलाई सघाउन आग्रह गरे तापनि लिङदेनले ठोस जवाफ दिएका छैनन् ।

    प्रदेशसभामा राप्रपासँग ६ सीट छ ।

  • कोशी सरकारबारे निर्णय लिन लिङदेनले बोलाए पदाधिकारी बैठक

    कोशी सरकारबारे निर्णय लिन लिङदेनले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा नयाँ सरकार गठनबारे पार्टीको रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएका छन् । उनले शुक्रबार बिहान आठ बजेका लागि वैठक डाकेका हुन् ।

    कोशीमा सत्तारुढ गठबन्धनले नयाँ सरकारका लागि दावी प्रस्तुत गर्ने तयारी गरिरहँदा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । गठबन्धनसँग एक मत अपुग रहेको अवस्थामा राप्रपाको समर्थन अनिवार्य हुन्छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।

    केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङदेनलाई सुम्पिएको थियो । लिङदेनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले सत्ता गठबन्धनलाई सघाउन आग्रह गरे तापनि लिङदेनले ठोस जवाफ दिएका छैनन् ।

    राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पदाधिकारी बैठकले कोशी सरकार गठनमा पार्टीको रणनीतिबारे निर्णय लिने जानकारी दिए । अहिले गठबन्धन र एमाले दुवैतिर छलफलमै रहेको उनले बताए ।

    प्रदेशसभामा ६ सीट रहेको राप्रपा अहिले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न सक्ने सम्भावनाको खोजी गरिरहेको छ । कांग्रेस-माओवादीले कोशीको सत्ता दिए केन्द्रमा पनि सहकार्य गर्न सकिने संकेत लिङ्देनले गरेका छन् । तर, कांग्रेस कोशी सरकारको नेतृत्व छाड्न तयार छैन ।

    प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि दावी पेश गर्न एकसाताको समय दिएका थिए । उनले दिएको समय शुक्रबार सकिँदैछ । शुक्रबार नै लिङदेनले पदाधिकारी बैठक बोलाएका हुन् ।

  • विपक्षी दलका सचेतकले सभामुखसँग गरे छलफल (भिडिओ)

    विपक्षी दलका सचेतकले सभामुखसँग गरे छलफल (भिडिओ)

    काठमाडौं । प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले इजरायलको घटनालाई लिएर सभामुख देवराज घिमिरेसँग संसदमा संकल्प वा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नेबारे छलफल गरेका छन् ।

    हमासको आक्रमणका कारण इजरायलमा फसेका नेपालीको उद्धारमा सरकारले ढिलासुस्ती गरेको भन्दै सदनमा गम्भीर रूपमा प्रस्तुत हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

    उनले भने, ‘इजरायलमा १० नेपाली मृत्यु भएको छ । अहिले पनि धेरै नेपालीहरू बंकरभित्र भएको खानसमेत नपाएको, बाहिर कर्फ्यू भएकाले अप्ठ्यारो स्थितिमा भएको कुरा बाहिर आएको छ । यस विषयमा सरकारले गम्भीरतापूर्वक लिएर सरकारले त्यहाँ भएकालाई उपचारको व्यवस्था मिलाउनुपर्‍यो । नेपाल आउन चाहनेहरूलाई छिटोभन्दा छिटो नेपाल ल्याउने प्रबन्ध मिलानुपर्‍यो । भारतले आफ्ना नागरिकलाई २४ घण्टा नबिल्दै ल्याइसक्यो । तर, सरकारले यत्रा मान्छे मर्दा केही गर्न सक्दैन ।’

    गिरीले घाइते नेपालीको उपचारको सम्बन्धमा ठोस पहल गर्न नसकेको भन्दै सरकारलाई निकम्माको संज्ञा दिए ।

    उनले भने, ‘त्यस विषयमा सदनमा गम्भीर ढंगले जानुपर्छ एउटा स्थगनको प्रस्ताव होला वा सार्वजनिक महत्वको प्रस्ताव हुनसक्ला संकल्प प्रस्ताव दर्ता गरेर जाने हुनसक्ला ।’

    राप्रपाले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूची हटाएर इजरालयमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ ।

    सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूची परिवर्तन गर्न माग गरेका छन् । इजरालयमा अलपत्र नेपालीहरुको उद्दारका लागि सरकारले विशेष टीम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधिसभाले रुलिङ गर्नुपर्नेमा उनको जोड छ ।

  • इजरायलमा रहेका नेपालीको उद्धारका लागि राप्रपाको ध्यानाकर्षण (भिडिओ)

    इजरायलमा रहेका नेपालीको उद्धारका लागि राप्रपाको ध्यानाकर्षण (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले इजरायलमा हमासको हमलामा परी अनाहकमा १० जना नेपालीले ज्यान गुमाउनुपरेको घटनाले अत्यन्तै दुःखी र मर्माहत तुल्याएको जनाएका छन् ।

    उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायल पुगेको निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गरेका छन् ।

    उनले ज्यान गुमााउने प्रति समवेदना एवम् घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, अध्यक्ष लिङदेनले नेपाल सरकारसँग उनीहरुको शव यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    साथै, उनले इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न र जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई उद्द्धार गरी स्वदेश फर्काउन पनि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

    त्यस्तै, राप्रपाले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची हटाएर इजरालयमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ ।

    प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ः३० मा बस्नेगरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूचि परिवर्तन गर्न माग गरेका हुन् । इजरालयमा अलपत्र नेपालीहरुको उद्दारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उनले बताए । इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा उनले जोड दिए ।

    सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘आजको नियमित संसदलाई स्थगन गरेर इजरायलमा अलपत्र परेका मान्छेलाई उद्दार गर्नका लागि सदन चलाऔँ । आजको विषयवस्तु यही विषयवस्तु मात्रै राखौँ । कसरी मान्छेलाई त्यहाँबाट उद्धार गर्ने ? आज इजरायलमा मात्र होइन साउदी अरबमा, दुई, कतार, मलेसिया लगायत युरोपियन, दणिक्ष अफ्रिकन देशहरु लगायत धेरै देशहरुमा अहिले नेपालीहरु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि एउटा विशेष टिम सरकारले बनाउनुपर्छ । त्यो बनाउनका लागि संसदबाटै आदेश जारी होस् । र आज चलिरहेको संसदलाई नियमित कार्यसूचीलाई पछाडि राखेर आजको सदन विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि आजको सदन चलाऔँ । त्यही विषयमा सरकारलाई आदेश गरौँ ।’

  • कोशीमा मध्यावधि टार्ने उपाय खोज्दै राप्रपा, आफैं मुख्यमन्त्रीमा दाबी गर्ने तयारी

    कोशीमा मध्यावधि टार्ने उपाय खोज्दै राप्रपा, आफैं मुख्यमन्त्रीमा दाबी गर्ने तयारी

    काठमाडौं । कोशी प्रदेशमा हिक्मतकुमार कार्कीको सरकार ढलेसँग मध्यावधि निर्वाचनको चर्चा सुरू भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकारका लागि दावी गर्न सात दिनको समय दिए पनि अहिलेसम्म कसैले पनि बहुमत बहुमत पुर्‍याउन सक्ने स्थिति देखिएको छैन ।

    संविधानको धारा १६८ को उपधारा ४ अनुसार हिक्मत कार्कीले सबैभन्दा ठूलो दलको नेताका हैसियतमा अल्पमतको सरकार बनाएका थिए । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्ने थियो । तर, विश्वासको मतका लागि आवश्यक संख्या पुर्‍याउन नसक्ने भएपछि उनले आफैं हात उठाए ।

    कार्कीको राजीनामापछि अब अन्तिम विकल्पका रूपमा संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन् । उनले कोशी प्रदेश सभाका कुनै पनि सदस्यलाई आगामी असोज २६ गते शुक्रबार अपरान्ह ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।

    संघ तथा प्रदेशमा सरकार गठनका लागि संविधानले व्यवस्था गरेका ५ वटा विकल्पमध्ये यो अन्तिम विकल्प हो । यो पनि सफल नभए मध्यावधि चुनावमा जानुपर्ने हुन्छ । संविधानको धारा १६८(५) अनुसार कुनै पनि प्रदेश सांसदले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्छ । संसदीय दलको नेता हुनु पर्दैन । साथै, मतदानमा दलको ह्वीप पनि लाग्दैन ।

    भावी मुख्यमन्त्रीको विषयलाई लिएर कांग्रेसभित्रै लडाइँ छ । कसैले पनि आफूलाई पार्टीको साझा उम्मेदवार बनाउन सकिरहेका छैनन् । त्यसमाथि गठबन्धनको भोटले मात्रै बहुमत पनि पुग्दैन राप्रपाको समर्थन अनिवार्य छ । यस्तोमा कोशी प्रदेशमा मध्यावधि चुनाव टार्न राप्रपा निर्णायक शक्तिको रूपमा प्रकट भएको छ ।

    मुख्यमन्त्रीमा राप्रपाको दाबी

    कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । गठबन्धनलाई बहुमतका लागि एक भोटमात्र अपुग रहेको अवस्थामा राप्रपाबाट एकजनालाई मात्रै फकाउन सके पनि पर्याप्त हुनेछ ।

    तर, राप्रपाका कुनै पनि सांसदले पार्टी केन्द्रको निर्देशन नाघेर मतदान गर्ने अवस्था देखिँदैन । त्यसैले राप्रपाको भोट तान्न केन्द्रकै नेतृत्वसँग डिल गर्नुपर्ने वाध्यतामा गठबन्धन दलहरू छन् । अर्थात् कोशी सरकारको चाबी राजेन्द्र लिङदेनको हातमा छ । तर, अहिले कांग्रेस-एमालेका केही नेता सम्भावित सत्ता गठजोडका लागि संवादमा छन् । त्यसैले यी दुई दलबीच कुनै समझदारी भएको खण्डमा परिस्थितिमा उलटफेर हुन सक्छ ।

    स्रोतका अनुसार सत्तारुढ गठबन्धनका नेताहरू राप्रपासँग प्याकेजमा डिल गर्न खोजिरहेका छन् । कोशी प्रदेशसँगै केन्द्रमा पनि सत्ता साझेदार बन्न लिङदेनसँग प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । केन्द्र सरकारमा सहभागी हुनेबारे लिङदेनले कुनै ग्रीन सिग्नल दिइसकेका छैनन् । तर, यदि कोशीमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिएमा केन्द्रमा पनि सहकार्य हुन सक्ने पार्टी स्रोतले बतायो ।

    ‘संघीय सरकारमा सहभागी हुने अहिले हाम्रा नीति छैन । तर, यदि कोशीमा राप्रपालाई गठवन्धनले समर्थन गरेमा केन्द्रमा पनि वातावरण बन्न सक्छ,’ स्रोतले भन्यो ।

    कोशीमा राप्रपाको संसदीय दलका नेता भक्ति सिटौला हुन्, जसको पृष्ठभूमि कांग्रेस हो । कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापासँग सिटौलाको सम्वन्ध विगतदेखि राम्रो छैन । सिटौला कांग्रेसमा हुँदा उनीहरु प्रतिस्पर्धी थिए । अहिले पनि उनीहरु एक-अर्कालाई पावरमा आएको हेर्न चाहँदैनन् ।

    तर, कांग्रेसका अमृत अर्याललगायतका प्रदेश सांसद मुख्यमन्त्रीमा सिटौलालाई समर्थन गर्न सकारात्मक रहेको बताइन्छ । त्यसले गर्दा राप्रपा नेताहरू आशावादी बनेका छन् । यदि माथिबाटै सहमति कायम भएको खण्डमा उद्धव थापाको व्यक्तिगत असहमतिले अर्थ नराख्ने उनीहरूको विश्वास छ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठ केन्द्रदेखि प्रदेशसम्म औपचारिक/अनौपचारिक कुराकानीहरु भइरहेको बताउँछन् ।

    उनले भने, ‘हामी संवादमा छौं । तर, अहिलेसम्म कुनै निष्कर्षमा पुगिसकेको अवस्था छैन । सकेसम्म मध्यावधि चुनाव टार्न पार्टी प्रयत्नशील हुनेछ ।’

  • ज्ञानेन्द्रलाई राजा भनेकोमा माओवादी सांसद दाहालको आपत्ति, लिङदेनको भनाइ रेकर्डबाट हटाउन माग (भिडिओ)

    ज्ञानेन्द्रलाई राजा भनेकोमा माओवादी सांसद दाहालको आपत्ति, लिङदेनको भनाइ रेकर्डबाट हटाउन माग (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेका थिए ।

    उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले रेकर्डबाट हटाउन माग गरे ।

    उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

  • लिङदेनको प्रश्न- राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिग्रियो ?

    लिङदेनको प्रश्न- राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिग्रियो ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादी र पूर्वराजाका कुन गतिविधिले सामाजिक सद्भाव बिथोलिएको भन्ने नेताहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिथोलियो ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नुपर्‍यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र गतिविधिमा ध्यान दिनुपर्‍यो आग्रह गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको त्यस्तो जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । पूर्वराजा ज्ञानेन्द्रको कुन त्यस्तोगतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिरहेको छ । त्यसको त्यसको जानकारी लिन चाहन्छु ।’

    उनले अपराधीहरूलाई जेलबाट छोड्ने, बालुवाटारका सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपालीहरूलाई भुटानी शरणार्थी बनाउने, सुन तस्करी गर्ने काम लोकतान्त्रिक हो ? भन्दै प्रश्न गरे ।