Category: राप्रपा

  • सत्ता गठबन्धनमा सहभागी नहुने राप्रपाको निर्णय

    सत्ता गठबन्धनमा सहभागी नहुने राप्रपाको निर्णय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

    आज बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

    यस्तै राप्रपाले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय गर्ने समझदारी पनि गरेको छ ।

    यस्ता छन् अरु निर्णय

  • विक्रम पाण्डेको प्रष्टीकरण : शौच गर्न निस्केको थिएँ, स्याल कराउनु र बाख्रा हराउनु एकैचोटि भयो

    विक्रम पाण्डेको प्रष्टीकरण : शौच गर्न निस्केको थिएँ, स्याल कराउनु र बाख्रा हराउनु एकैचोटि भयो

    काठमाडौं । केन्द्रीय कार्यालयभित्र नेता ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमणका विषयमा पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन गर्ने भएको छ ।

    घटनाको सीसीटीभी फुटेजसमेत हेरेपश्चात सुचारु गरिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक जना उपाध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने समझदारी गरेको छ ।

    आज बिहान बसेको बैठकमा महामन्त्री विक्रम पाण्डे र कार्यसम्पादन समिति सदस्य श्रेष्ठको चर्काचर्की परेको थियो ।

    श्रेष्ठले पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनेपछि माहौल गर्माएको हो । खाना खानका लागि बैठक स्थगित गरेर नेताहरू बाहिरिने क्रममा श्रेष्ठ आक्रमणमा परेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिरै उनीमाथि एउटा समूहले हातपात गरे ।

    पाण्डेकै योजनामा यो घटना भएको अनुमान गरिएको छ । तर खाना खाएपछि बसेको बैठकमा पाण्डेले घटनाको जिम्मेवारी लिएनन् । उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

    अध्यक्ष लिङ्देनले बैठकमा यो विषयलाई धेरै नउछालौं भनेर अध्यक्ष लिङदेनले औपचारिक छलफलमा ल्याउन चाहेका थिएनन् । तर, पाण्डेले बोल्नका लागि समय मागेपछि अनुमति दिइयो ।

    ‘मेरो नाम जोडेर समाचार आएको छ, यस्तो काम मैले कसरी गर्न सक्छु ? मेरो यसमा कुनै पनि हात छैन,’ पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘स्याल कराउनु र बाख्रा हराउनुजस्तो भयो ।’

    बिहान बैठक चल्दाचल्दै पाण्डे बाहिर निस्किएका थिए र एक छिनपछि फेरि पसेका थिए । त्यसको केहीबेरमा घटना भएको थियो । बाहिर निस्केर उनले ‘मान्छे बोलाएको’ आशंका छ ।

    पाण्डेले भने प्रतिवाद गरेका छन् । उनले दिशा गर्न बाहिर गएको बताए ।

    ‘मलाई त्यति सन्चो पनि थिएन । फुड पोइजन भएर हो कि मलाई पेट दुखिरहेको थियो । दिशा गर्न निस्केको हुँ,’ उनले भने, ‘म निस्कँदै गर्दा फलानो भाइहरूले देखेका छन् । उनीहरूलाई सोध्दा पनि हुन्छ ।’

    पाण्डेले बोलेपछि कुटाई खाने ठाकुरमोहनले पनि बोल्न समय मागे । तर, अध्यक्ष लिङदेन अनुमति दिएनन् ।

    ‘सबै कुरा थाहा भइहाल्यो, अब कसरी समाधान गर्ने भन्ने हो,’ उनले भने, ‘यसलाई नलम्ब्याऊँ ।’

    राप्रपा बैठक बस्दै गर्दा प्रहरीले केन्द्रीय कार्यालयबाहिर सुरक्षा दिइरहेको छ । पार्टीले नै सुरक्षा संवेदनशीलताका कारण प्रहरी बोलाएको हो । मुलगेटलाई भित्रबाट बन्द गरेर बैठक चलिरहेको एक नेताले जानकारी दिए ।

    राप्रपाका प्रमुख नेताहरूले यो विषयलाई आवश्यक परेमा कानूनी प्रक्रियामा लैजान सकिने तर, बैठकमा विवाद नगर्ने पहिल्यै समझदारी गरेका थिए ।

  • राप्रपाले ठाकुरमोहनमाथि आक्रमणको छानबिन गर्ने, सीसीटीभी फुटेज हेर्दै नेताहरू

    राप्रपाले ठाकुरमोहनमाथि आक्रमणको छानबिन गर्ने, सीसीटीभी फुटेज हेर्दै नेताहरू

    काठमाडौं । पार्टीका एक जिम्मेवार नेतामाथि कार्यालयभित्रै भौतिक आक्रमण भएपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिथोलिएको छ । अहिले नेताहरू घटनाको सीसीटीभी फुटेज हेरिरहेका छन् ।

    बैठकमा महामन्त्री विक्रम पाण्डे र केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमाेहन श्रेष्ठबीच चर्काचर्की भएको थियो । बैठक स्थगन गरेर खाना खान निस्कनेक्रममा पाण्डेका समर्थकले श्रेष्ठलाई लखेटेर कुटेका हुन् । अध्यक्ष लिङ्देनकै कार्यकक्ष बाहिर भएको घटनालाई राप्रपाले संवेदनशीलरूपमा लिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    खानपिन सकिएपछि पार्टीका प्रमुख नेताहरू अध्यक्ष लिङदेनको कार्यकक्षमा जम्मा भएर सीसीटीभी फुटेज हेर्न थालेका हुन् । प्रवक्ता श्रेष्ठले घटनाको पार्टीले छानविन गरेर दोषीलाई कारवाही गर्ने उल्लेख गरे ।

  • विक्रम पाण्डेलाई बैठकमै ‘भ्रष्टाचारी’ भनेपछि लिङदेनको कार्यकक्षबाहिर कुटिए ठाकुरमोहन (भिडिओ)

    विक्रम पाण्डेलाई बैठकमै ‘भ्रष्टाचारी’ भनेपछि लिङदेनको कार्यकक्षबाहिर कुटिए ठाकुरमोहन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् ।

    पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो ।

    आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे उत्तेजित भयो । आरोप प्रत्यारोप चल्यो । अध्यक्ष लगायतका सिनियर नेताले थुमथुम्याउने प्रयास गरे । तर, पाण्डेले श्रेष्ठले भनाइ फिर्ता नलिए आफू बैठक बहिष्कार गर्ने भनेर उठे ।

    पाण्डे उठेपछि अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही पनि गर्ने आश्वासन दिए । त्यसपछि पाण्डे थामिए र बैठक सुचारु भयो । यो घटनापछि नेताहरूले दुख व्यक्त गरे । पार्टीको जिम्मेवार नेतालाई ‘भ्रष्टाचारी’ भन्नु ठिक नभएको राय धेरैको थियो ।

    एक छिनपछि पाण्डे बैठकबाट उठेर सरासर बाहिर गए । केही मिनेटमा फेरि फर्किए । अध्यक्ष लिङदेनले खाना खानका लागि बैठक स्थगित गरे । सबै नेताहरू बाहिरिन थाले ।

    नेताहरू लिङ्देनको कार्यकक्षबाट बाहिरिँदै गर्दा न्यूज एजेन्सी ‘सरोकार’ ले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण सुरु गरिसकेको थियो । भिडिओमा रवीन्द्र मिश्र, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, रोशन कार्की लगायतका नेताहरू बाहिरिएको देखिन्छ । अनि एक छिन चकमन्न हुन्छ । त्यसपछि एकाएक अर्को साइडबाट ठाकुरमोहन भाग्दै आउँछन् । उनलाई केही व्यक्तिहरूले लखेटिरहेका हुन्छन् । लिङदेनको कार्यकक्ष छिर्ने ढोकाको ठिक अगाडि ठाकुरमोहनलाई समातेर भकाभक मुक्का प्रहार हुन्छ । उनी बल्लतल्ल फुत्केर लिङदेनको कार्यकक्षभित्र छिर्छन् ।

    भित्रबाट दीपक सिंह, बुद्धिमान तामाङ लगायतका नेताहरू बाहिर निस्केर उत्तेजित भिडलाई रोक्छन् । त्यसपछि प्रत्यक्ष प्रशारण बन्द गरिएको थियो ।

    कार्यसम्पादन समितिका एक सदस्यका अनुसार ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।

    हेर्नुस् भिडिओ-

     

     

  • राप्रपा अध्यक्ष लिङदेनको कार्यकक्षबाहिर मारपिट (भिडिओ)

    राप्रपा अध्यक्ष लिङदेनको कार्यकक्षबाहिर मारपिट (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक पुरुषमाथि कुटपिट भएको छ ।

    पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरू निस्किने क्रममा कुटपिट भएको हो ।

    बैठकको निर्णय जानकारी गराउन पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । यसका लागि लिङ्देनको कार्य कक्षबाहिर रवीन्द्र मिश्र, विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरूको एउटा समूह निस्कियो ।

    त्यसपछि एकै छिन चकमन्न भयो । अनि एक्कासि अर्कोपट्टिबाट एक पुरुष भाग्दै आएको र केही व्यक्तिहरूले लखेटेको दृश्य लाइभ भिडियोमा कैद भएको छ । ती पुरुष को हुन् भन्ने खुलेको छैन ।

    अध्यक्ष लिङ्देनको कार्यकक्षमा छिर्ने ढोकै अगाडि आएपछि एक्ला पुरुषहरूलाई केही व्यक्तिहरूले भकुर्न थाल्छन् । कुटिने व्यक्ति लिङदेनको कार्यकक्षमा प्रवेश गर्न खोज्दा समातेर मुक्कै मुक्का हानेको देखिन्छ ।

    त्यसपछि भित्रबाट बुद्धिमान तामाङ, दीपक सिंह लगायतका नेताहरू आएर उत्तेजित भिडलाई रोक्छन् । कुटिएका व्यक्ति भित्र पस्छन् ।

    कुटपिटको कारण खुलेको छैन ।

  • लिङ्देनको चेतावनी- राप्रपालाई लिँदैनौँ भन्ने कुरा नोटिसमा राखेका छौँ, पर्सि नै खोज्ने अवस्था नआओस् (भिडिओ)

    लिङ्देनको चेतावनी- राप्रपालाई लिँदैनौँ भन्ने कुरा नोटिसमा राखेका छौँ, पर्सि नै खोज्ने अवस्था नआओस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राप्रपालाई लिँदैनौँ भनेको विषयलाई नोटिसमा राखेको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले सरकारमा नजाने भन्दा भन्दै जान खोजेजस्तो बनाएर भ्रम छरेको बताए।

    उनले भने- कतिपय साथीहरूलाई भ्रम भयो राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने । उसले पनि प्रयास गरेको भन्ने अर्थ लगाइयो। कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौँ। हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस्। तपाईँको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस्।

    उनले देशको अवस्था ठिक नभएको भन्दै अब नयाँ व्यवस्थामा जानुपर्ने बताए। अहिलेको व्यवस्थाकै कारणले देशको अवस्थामा बिग्रिएको बताए।

  • राप्रपाले आज संसद बैठक अवरोध गर्ने

    राप्रपाले आज संसद बैठक अवरोध गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद बैठक अवरोध गर्ने भएको छ ।

    दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले संसद अवरूद्ध बनाउने भएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत १३ गतेको संसद बैठकमा यस विषयमा धारणा राखेका थिए ।

    दुग्ध व्यवसायी किसान मिटरव्याज पीडित लगायतको समस्या समाधाका लागि सरकारले ठोस काम नगरे अर्को बैठक अवरोध गर्ने जानकारी गराएका थिए ।

  • राप्रपाले संसदमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    राप्रपाले संसदमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

    राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु बिना लामा, अनिशा नेपाली र बिना जैसवाल समर्थक रहेर रसिया र युक्रेनबीचको युद्धमा नेपालीहरु सहभागि गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेको हो ।

    बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा नेपालीहरुलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ ।

    मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरुको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए । उनले युद्ध भूमिमा फसेकाहरुलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए ।

    संघीय संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रश्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए ।

     

  • राप्रपाले चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने

    राप्रपाले चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने भएको छ ।

    पार्टीले फागुन ९ गते सरकारसमक्ष पेश गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम सञ्चालन गर्ने र काठमाडौंमा चैत १६ गते जनसंघर्ष गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार यसक्रममा राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलनसम्बन्धी प्रशिक्षण गरेको छ । अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा प्रशिक्षण दिएका थिए ।

    त्यस्तै महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमशेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा प्रशिक्षण दिएका छन् ।

    राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्र र सबै स्थानीय तहमा तयारी बैठक गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

    उनका अनुसार चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र सानाठूला सभा गरिनेछ । त्यस्तै चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

    राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेश गरेको ४० बॅुदे ज्ञापनपत्रका विषयमा देशव्यापी जागरण गर्दै चैत १६ गते काठमाठौंमा बृहत जनसंघर्ष गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए ।

  • मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गर्ने राप्रपाको चेतावनी (भिडिओ)

    मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गर्ने राप्रपाको चेतावनी (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् अवरोध गर्ने चेतावनी दिएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बालकुमारी घटना प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

    उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’

    उनले संख्या कम भएको भएर संसदबाट निकालिए संसद् र सडक दुवैतर्फ उभिन तयार रहेको बताए।

  • माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि संसदमा हंगामा, ज्ञानेन्द्र शाही बोल्दा सत्तापक्ष विभाजित (भिडिओ)

    माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि संसदमा हंगामा, ज्ञानेन्द्र शाही बोल्दा सत्तापक्ष विभाजित (भिडिओ)

    काठमाडौं । राप्रपा सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्दा बोल्दै सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेपछि प्रतिनिधिसभा बैठकमा केहीबेर हंगामा भएको छ ।

    विशेष समयमा बोल्ने क्रममा सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधान पल्टाएर जवाफ दिएका थिए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए ।

    शाहीले माओवादीलाई लक्षित गर्दै हत्या हिंसा गरेर आएको होइन भनेपछि माओवादीका प्रमुख सचेतक पाण्डे उठेर नियमापत्ति गर्दै ती शब्द आपत्तिजनक रहेकबो बताए ।

    तर, पाण्डेलाई काउन्टर गर्दै कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताए । उनले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा आएर बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीको पक्ष लिएका थिए ।

    सत्तापक्षकै सांसद आफ्नो विपक्षमा उभिएपछि पाण्डे आफ्नो स्थानमा बसेका थिए । त्यसपछि पनि ज्ञानेन्द्र शाहीले लगातार माओवादीप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् ।

  • राप्रपा लक्षित माधव सापकोटाको टिप्पणी- मन्त्री पड्काउने-सभामुख पनि भइहाल्ने, अनि व्यवस्थाको विरोध गर्ने ? (भिडिओ)

    राप्रपा लक्षित माधव सापकोटाको टिप्पणी- मन्त्री पड्काउने-सभामुख पनि भइहाल्ने, अनि व्यवस्थाको विरोध गर्ने ? (भिडिओ)

    काठमाडौं । माओवादी सांसद माधव सापकोटाले वर्तमान व्यवस्था र संविधानको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले व्यवस्थाको बारेमा अनर्गल प्रचार भइरहेको भन्दै त्यस्तो धारणा राखेका हुन् ।

    उनी राप्रपाविरुद्ध खनिएका छन् ।

    ‘यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद भएर लोगो लगाएर सारा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने प्रदेशतिर गएर सभामुख पनि लिइहाल्ने फेरि यो संविधानलाई विरोध गर्ने’, उनले भने, ‘यो संविधान र यो व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्र हुन सक्दैन ’

    सापकोटाले संसद्को लोगो लगाएर सेवा सुविधा लिने र व्यवस्थाको विरोध गर्ने भन्दै त्यो नैतिकपूर्ण नरहेको टिप्पणी गरेका थिए । संसद्‍मा संविधानविरुद्ध आवाज उठ्न थालेको भन्दै त्यसमा ध्यान दिनुपर्ने उनले बताए ।

  • राप्रपा सांसदले संसदमा प्रधानमन्त्री प्रचण्डलाई ‘फटाहा’ भनेपछि कांग्रेसको नियमापत्ति, सभामुखको ध्यानाकर्षण

    राप्रपा सांसदले संसदमा प्रधानमन्त्री प्रचण्डलाई ‘फटाहा’ भनेपछि कांग्रेसको नियमापत्ति, सभामुखको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले बेवकुफ बनाएको टिप्पणी गरेकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार असफल भइसकेकाले यो सरकारबाट उन्मुक्ति पाउनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘प्रधानमन्त्रीले यहाँ आएर सरकार ढाँट्नुहोला भन्ने लागेको थिएन। उहाँसँग प्रसस्तै गुणहरू पनि छन् । एउटा फटाहा बोल्ने गुण थपिएर आएछ ।’

    उनले प्रधानमन्त्रीलाई फटाहा भनेपछि कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति जनाइन् ।

    उनले भनिन्, ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम नियमापत्ति गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । त्यस कारण यो शब्द अश्लील भएकाले नियमापत्ति जनाएको छु ।’

    सचेतक थिङको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले सिंगो संसद्को ध्यानाकर्षण गराए। अर्का कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले बोल्न खोजेपछि सभामुखले समय नदिएर नेकपा एसका सांसद मेटमणि चौधरीलाई बोल्न दिए ।

  • प्रधानमन्त्रीलाई राप्रपाको प्रश्न- बालकुमारी घटना हत्या भए गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई जेल किन नहालेको ? (भिडिओ)

    प्रधानमन्त्रीलाई राप्रपाको प्रश्न- बालकुमारी घटना हत्या भए गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई जेल किन नहालेको ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनामा हत्या भएको भए गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री र गोली चलाउने डिएसपीलाई कारबाही गर्नुपर्ने बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले संसदमा बोल्दा बालकुमारीको घटना हत्या भएको हो । देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारी घटना यदि हत्या हो भने हत्यारा आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीको डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? प्रधानमन्त्री जस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन ।’

  • राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा के छ ? (पूर्णपाठ)

    राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा के छ ? (पूर्णपाठ)

    काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । सिंहदबार पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

    पत्रमा भनिएको छ, ‘आज देशको भविष्यप्रति कुनै नागरिक विश्वस्त छैन । गत ६ महिनामा मात्र ३० लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए । जान सक्ने भए उनीहरू सबै विदेशिने थिए । विभिन्न कठिनाइ हुँदाहुँदै पनि औपचारिक र अनौपचारिक रूपमा महिनामा एक लाख नेपालीले देश छोड्ने गरेका छन् । अदक्ष र अर्धदक्षमात्र होइन, देशका दक्ष जनशक्ति बाहिरिने क्रम त्यत्तिकै तीव्र छ । व्यवसायीहरूमा बढेको निराशाका कारण पूँजी पलायन बढ्दो छ । देश भित्रभित्रै खोक्रो बनिसकेको छ ।’

    देश बनाउने मात्र होइन, बचाउनुपर्ने विन्दूमा नेपाल पुगेको निष्कर्षसहित विगत र वर्तमानका राम्रा र आवश्यक पक्षहरूलाई स्वीकार गर्दै अगाडि बढ्न राप्रपाले आग्रह गरेको छ ।

    सरकारले राप्रपाको ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढङ्गबाट सम्बोधन नगरे राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।

    राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार- केन्द्र र अधिकार प्राप्त स्थानीय तह, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक/कानूनी व्यवस्थालगायतको ४० बुँदे माग राखेको छ ।

    यस्तो छ राप्रपाले बुझाएको ज्ञापनपत्र

  • तस्बिरमा हेर्नुस् राप्रपाको शक्ति प्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने

    तस्बिरमा हेर्नुस् राप्रपाको शक्ति प्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनालगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउन जनप्रदर्शसहित अघि बढेको छ । ५२ सालमा माओवादीले गरेजस्तै ४० बुँदे बुझाएर राप्रपाले विभिभ्नन माग राखेर आन्दोलन थालेको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपाका नेता अहिले भृकुटीमण्डपबाट र्‍याली निस्केर नगर परिक्रमा गरिरहेका छन् । त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुनेछ ।

    आमसभाकै क्रममा प्रमेुख नेताहरू मागपत्र बुझाउन जानेछन् । बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले आज सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गरेका छन् ।

    राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दूराज्य पुनःस्थापनलगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन्।

  • राप्रपाको आज जनप्रदर्शन, ५२ सालमा माओवादीले जस्तै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने

    राप्रपाको आज जनप्रदर्शन, ५२ सालमा माओवादीले जस्तै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापन लगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएको छ । ५२ सालमा माओवादीले गरेजस्तै ४० बुँदे बुझाएर राप्रपा आन्दोलनमा होमिन आँटेको हो ।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई डा। बाबुराम भट्टराईले ४० बुँदे माग बुझाएपछि माओवादी जनयुद्धमा होमिएको थियो । त्यही माओवादीका प्रधानमन्त्रीले आज ठीक विपरित धारको मागपत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबाट बुझ्दैछन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे एक बजे प्रधानमन्त्री भेट्ने कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । त्यसअघि राप्रपाले जनप्रदर्शन र आमसभा समेत गर्नेछ ।

    दिउसो साढे १२ बजे भृकुटीमण्डपबाट र्याली निस्केर नगर परिक्रमा गर्ने छ । त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुने छ । आमसभाकै क्रममा प्रमेख नेताहरू मागपत्र बुझाउन जानेछन् । बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    राप्रपाले आज देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने भएको छ । राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खमरणजी, हिन्दुराज्य पुनःस्थापन लगायतका राजनीतिब माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् ।

  • दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन, सहकार्यको पनि गृहकार्य

    दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन, सहकार्यको पनि गृहकार्य

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गर्दैछन् । उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंबाटै आन्दोलनको संखघोष गर्न लागेका हुन् ।

    आन्दोलनको अघिल्लो दिन प्रसाईँले राजसंस्थावादी प्रमुख राजनीतिक शक्तिको रूपमा रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटे । भेटमा उनले आफ्नो आन्दोलनलाई सक्रिय रुपमा साथ दिन अनुरोध गरेका थिए । उनीहरुबीच आगामी दिनमा सडक आन्दोलनमा सहकार्यको विषयमा पनि छलफल भएको छ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा. धवलशम्शेर राणा र हेमजंग गुरुङको वार्ता समिति बनाएको जानकारी दिए । आजको आन्दोलनमा भने राप्रपा नेताहरूको संस्थागत उपस्थिति नरहने उनको भनाइ छ ।

    श्रेष्ठले भने, ‘उहाँहरूसँग सहकार्यको छलफल सुरु भएको छ । आजको आन्दोलनमा राप्रपाका कार्यकर्ताहरू सहभागी हुन सक्छन् । नेताहरू भने संस्थागत रुपमा सहभागी हुने छैनन् ।’

    प्रसाईँको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गर्ने पनि श्रेष्ठले बताए । ‘राजसंस्था, हिन्दू राज्यका पक्षमा आन्दोलन गर्ने कुनै पनि शक्तिलाई हाम्रो नैतिक समर्थन रहन्छ, उहाँहरूलाई पनि छ,’ श्रेष्ठले भने ।

    प्रसाईँले लिङ्देनलाई भेट्नुअघि राप्रपाका नेताहरू लोकेन्द्र बहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनीलाई छुट्टाछुट्टै भेटेका थिए । राप्रपामा डा. लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र प्रसाईँको आन्दोलनलाई सक्रिय साथ दिनुपर्ने पक्षमा छन् । तर, राप्रपाको संस्थापन पक्ष भने आफ्नै पार्टीले आन्दोलन घोषणा गरिसकेको हुँदा त्यसमै फोकस हुनुपर्ने पक्षमा छ ।

  • राजेन्द्र लिङ्देनको प्रश्न- सांसद र मन्त्री फरार सूचीमा, योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ ? (भिडिओ)

    राजेन्द्र लिङ्देनको प्रश्न- सांसद र मन्त्री फरार सूचीमा, योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक परिवर्तनको नाममा देश लुट्ने काम भइरहेको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ठूलाठूला विकास निर्माण र प्रगतिको कुरा गरे पनि देश अगाडि बढ्न नभई पछाडि सरिरहेको बताए।

    देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढिरहेको बताए ।

    उनले भने- भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर हेर्नुपर्ने अवस्था छ। सरकार सुशासन र प्रगतिका कुरा गर्छ। गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको छ । एनसेल, टेरामक्स लगायतमा धेरै अनियमितता भएको छ । टेरामक्स ल्याउने र ल्याउन रोकेबापत पनि खाने, ओहो योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ ? चार वर्षसम्म कुरा नटुंग्याउने ? सांसद र मन्त्री फरार सूचीमा राखिदिने ।

  • कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार छौं : राजेन्द्र लिङदेन (भिडिओ)

    कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार छौं : राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    विश्व हिन्दु महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले माओवादीको एजेण्डालाई कांग्रेसले सहीछाप गरेकाले मुलुक धर्मनिरपेक्ष हुन पुगेको बताए ।

    अध्यक्ष लिङ्देनले कांग्रेसले राप्रपालाई अछुत जस्तो व्यवहार गरेकै कारण राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्नुपरेको धारणा राखे । उनले आफुलाई हिन्दूवादी भन्नेहरुले नै राप्रपालाई मत नदिएका कारण राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापीत गर्न समस्या भएको बताए । धर्म निरपेक्ष हुनुमा दलहरु र नेता भन्दा बाहुन क्षेत्री नै बढि दोषी भएको उनको भनाइ छ ।

    त्यस्तै, उनले भ्रष्ट नेताहरुका कारण राजनीतिप्रति जनतामा वितृष्णा जागेको पनि बताए । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी लगाएतलाई सम्मान गरिएको थियो ।

     

  • कोशीमा एमाले-राप्रपाको तालमेल हुँदै, सिटौलालाई झस्का

    कोशीमा एमाले-राप्रपाको तालमेल हुँदै, सिटौलालाई झस्का

    विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । कोशी प्रदेशमा राप्रपाले सभामुख पद लिएपछि एमाले र राप्रपाका बीचमा केही खटपट देखिए पनि राष्ट्रियसभा निर्वाचनमा पुन: दुई दल सहकार्य गरेर अघि बढ्ने भएका हुन् ।

    राष्ट्रियसभाको निर्वाचनमा राप्रपाले कोशीमा महिलातर्फ कसैलाई उम्मेदवार बनाएको छैन । अन्य तर्फबाट भने उद्धव पौडेललाई अघि सारेको छ । एमालेले उद्धव पौडेललाई सघाउने र महिलातर्फ एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने दुई दलबीच सहमति बनेको छ ।

    राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने,‘लगभग सहमति भएको छ । आज घोषणा हुन्छ । पत्रकारहरूलाई खबर गर्छौं ।’

    कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनका लागि अन्य तर्फबाट एमालेका परशुराम अधिकारी उम्मेदवार छन् । सत्ता गठबन्धनको मतभार बलियो भएकाले एक्लै जाँदा जित्ने अवस्था नभएपछि राप्रपासँग तालमेल गरिएको एमाले स्रोतले बतायो । एमालेले अधिकारीलाई ब्याक गराउने र महिलातर्फकी उम्मेदवारलाई जिताउने रणनीति बनाएको छ ।

    कोशी प्रदेशमा हाल कोशीमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।

    राष्ट्रियसभामा प्रदेशसभाका सदस्यको मतभार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मत भार १९ रहेको छ । कोशी प्रदेशमा मतदाताको कूल मतभार १० हजार १३५ रहेको छ ।

    कोशी प्रदेशको सबैभन्दा ठूलो पार्टी एमाले हो, जोसँग छन् ४० सांसद । त्यसपछि क्रमशः कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ प्रदेशसभा सांसद रहेका छन् । यी सबै गरेर प्रदेश सांसदहरूको कूल मत भार ४ हजार ९२९ हुनेछ ।

    स्थानीय तहतर्फ यस प्रदेशमा १३७ वटा पालिका रहेका छन् । त्यसमा सबैभन्दा बढी नेपाली कांग्रेसका ११३ जना प्रमुख–उपप्रमुख छन् । दोस्रोमा एमालेका ११२, माओवादीका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४-४ र स्वतन्त्र ३ जना रहेका छन् । कुल मिलाएर स्थानीय तहका २७४ जनप्रतिनिधिको जम्मा मत भार ५ हजार २०६ रहेको छ ।

    प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ ।

    सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ । बाँकी रहेका एमाले-राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४हजार ६९९ हुने छ ।

    सिटौलालाई झस्का

    सत्ता गठबन्धनले भने अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । महिलातर्फ भने माओवादीकी चम्पादेवी कार्कीलाई अघि सारिएको छ ।

    एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवार उठाउँदा सहज ठानेका सिटौलालाई तालमेलले भने चुनौती थपिएको छ । कांग्रेसभित्रको आन्तरिक किचलो अझै मिलिनसकेको र एकीकृत समाजवादी पनि सत्ता गठबन्धनसँग रुष्ट देखिएकाले सिटौलालाई थप चुनौती देखिएको गठबन्धनकै नेता-कार्यकर्ता लख लगाउँछन् ।

    अघिल्लो पटक राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार भएका जसपाका हेमराज राई कम्फर्टेबल बहुमतकै बीच पनि हारेका थिए ।

    राप्रपा र एमालेको तालमेल हुँदा मतभार धेरै फरक नभएकाले सहजै जित्नेमा ढुक्का रहेका सिटौलालाई समस्या देखिएको छ ।

    असोजको २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बन्न केदार कार्कीले पार्टीभित्रैबाट विद्रोह गरेका थिए । उनीसहित ८ संसद् लिएर विद्रोह गरेका कार्कीलाई एमालेको समर्थन थियो । पार्टीमा विद्रोह गरेका ८ जना प्रदेशसभा सदस्यलाई कारबाही गरिनुपर्छ भनेर सिटौलाले पार्टी सभापति देउवा समक्ष कारबाहीका लागि दबाब बढाएका थिए । यो बाहेक कोशी प्रदेशमा उनीनिकट उद्धव थापालाई कोशी प्रदेश संसदीय दलको नेता बनाएकोमा समेत असन्तुष्टि छ ।

    थापा संसदीय दलको नेता भएपछि २ पटक मुख्यमन्त्री नियुक्त भएका थिए । एक पटक बहालवाला सभामुखको हस्ताक्षर गराएर बहुमत देखाएका थापाले अर्को पटक भने, सभा सञ्चालन गरेका सभा अध्यक्षलाई विश्वासको मत पुर्‍याउन मतदान गराएका थिए ।

    उनलाई दुवै पटक अदालतले बरखास्त गरेपछि पार्टीको छवि गिराएको भन्दै कोशी प्रदेशमा सिटौला समूहको आलोचना हुँदै आएको छ ।

  • राप्रपा वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाही

    राप्रपा वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाही

    काठमाडौं । राप्रपाले सञ्चालन गर्ने वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले शाहीलाई मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

    उनकाअनुसार शाहीलाई आन्दोलन मूल समितिका संयोजक अध्यक्ष लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्नेछन् । आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी पनि शाहीलाई प्रदान गरिएको बताए ।

  • राजेन्द्र लिङदेनको घोषणा- संसदको यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ

    राजेन्द्र लिङदेनको घोषणा- संसदको यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    राप्रपाभित्र सरकारमा जाने र नजाने विषयमा दुई धार छ । चुनाव जितेर सांसद बनेकाहरू अवसर पाएसम्म सरकारमा जानुपर्ने पक्षमा छन् भने चुनाव हारेका र सांसद नरहेकाहरू प्रतिपक्षमा बस्नुपर्ने अडानमा । यी दुई टकरावको चुपुवामा पर्दै आएका छन् अध्यक्ष लिङ्देन ।

    केही दिनअघि बसेको कार्यसम्पादन समिति वैठकमा पनि सरकारमा सहभागीताको प्रसंग उठ्यो । स्रोतकाअनुसार सधैँ झैं बैठकमा दुई धार देखिए । अन्ततः लिङदेनले दुवै पक्षको मुख बुझो लगाउँदै घोषणा गरे, ‘संसदको बाँकी चार वर्षे कार्यकालमा म सरकारमा जान्न ।’

    लिङ्देनले आफू व्यक्तिगतरुपमा सरकारमा नगए तापनि राप्रपा सरकारमा जाने सम्भावनाको ढोका भने बन्द गरेका छैनन् । यस विषयमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठसँग प्रश्न गर्दा उनले आवश्यकता अनुसार राप्रपा सरकारमा जान सक्ने बताए ।

    उनले भने, ‘अध्यक्षज्यूले आफू सरकारमा नजाने भन्नुभएको छ । यद्यपि, पार्टी नै चार वर्ष बाहिर बस्ने भनेर निर्णय भएको छैन । आवश्यकताअनुसार अरु कसैको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुन सक्छ ।’
    यदि अध्यक्ष लिङदेनलाई प्रधानमन्त्रीकै अफर आयो भने पनि यो चार वर्ष तयार नहुने हो ? भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिए, ‘प्रधानमन्त्री पाए त नबन्ने कुरा हुँदैन । सरकारमा नजाने नभन्नुभएको हो, आफ्नै नेतृत्वमा सरकार बनाउने अवसर आयो भने त्यो अर्को प्रश्न हुन्छ ।’

    राप्रपाले अध्यक्षको घोषणालाई सार्वजनिकरूपमा चर्चामा ल्याएको थिएन । तर, हिजो लिङदेन आफैंले एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै आफू सरकारमा नजाने भनेर कार्यसम्पादनमा भनिसकेको बताए ।

    उनले भने, ‘मैले अब यो कार्यकाल कुनै पनि प्रकारको सरकारमा सहभागी नहुने कुरा सार्वजनिकरुपमा भन्छु । मेरो कुनै चाहना छैन अब । तर, भोलि मेरो पार्टीले उपयोग गर्ने ठान्यो भने अर्को मान्छेलाई पठाउन सक्छ ।’

    हालै कोशी सरकारमा सभामुख पद लिएपछि राप्रपा सत्ता गठवन्धनसँग नजिकिन खोजेको आँकलन गरिएको छ । राप्रपाले राष्ट्रिय सभा चुनावमा गठवन्धनसँग तालमेल गर्ने औपचारिक निर्णय नै गरेको थियो । तर गठवन्धनले वास्ता गरेन । यद्यपि, अहिले पनि गठवन्धनभित्र फुट ल्याएर कोशीमा एक राष्ट्रिय सभा सदस्य जित्ने राप्रपाको प्रयास जारी छ ।

    जिवराम भण्डारीसितको अन्तर्वार्तामा लिङदेनले कोशीमा सभामुख लिएको विषयलाई लिएर पार्टीभित्र उत्पन्न असन्तुष्टिका सन्दर्भमा कडा अभिव्यक्ति दिए । निर्देशन समितिका अध्यक्षको हैसियतले डा. प्रकाशचन्द्र लोहनीले सभामुखबाट पछि हट्न दिएको निर्देशनलाई उनले अनधिकृत बताए ।

    ‘डा. लोहनीलाई महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिलाई निर्देशन गर्ने अधिकार छैन । त्यो कुरा विल्कुल मानिन्न ।’

    त्यो समितिमा डा. धवलशम्शेर राणा पनि हुनुहुन्छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘जो जो शम्शेर हुन्, त्यो समितिलाई कुनै अधिकार छैन । यो त कु गर्न खोजिएजस्तो भयो । राप्रपाको अध्यक्षले त्यस प्रकारका अनधिकृत कुरा मान्दैन ।’

  • राष्ट्रिय एकता दिवस : राप्रपाको जलपानमा प्रधानमन्त्री, सभामुखसहित नेताहरु (तस्बिरहरु)

    राष्ट्रिय एकता दिवस : राप्रपाको जलपानमा प्रधानमन्त्री, सभामुखसहित नेताहरु (तस्बिरहरु)

    काठमाडौं । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ ।

    भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको छ ।

    त्यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको उपस्थिति रहेको छ । उनीहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

    राप्रपा पुस २७ गतेका दिन नियमितरुपमा जलपानको आयोजना गर्दै आएको छ ।

    विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

    तीनै राज्यलाई एकतामा सुत्रमा बाँध्ने कार्यको सुरुवाती नेतृत्व पृथ्वीनारायणले गरेका कारण उनलाई राष्ट्रनिर्माताको रुपमा पनि लिइने गरिन्छ ।

    तस्बिरहरु:

  • पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबारअगाडि राप्रपा नेतासहित सर्वसाधारणको भिड (तस्बिरहरू)

    पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबारअगाडि राप्रपा नेतासहित सर्वसाधारणको भिड (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता कार्यकर्ताहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गरेका छन् ।

    आज लिङ्देनसहित राप्रपाका ज्येष्ठ सा‌ंसद पशुपति शमशेर जबरा, सा‌ंसद दीपक सि‌ंह लगायत  नेता कार्यकर्ता र्‍यालीसहित सिंहदरबार मूलगेटअगाडि सालिकमा माल्यार्पणका लागि पुगेका थिए । बिहानैदेखि सर्वसाधारणको पनि भिड लागेको छ ।

    बाजागाजा, झाँकीसहितत पुगेको शिवसेनाको टोलीले सालिकमा १०८ केजीको माला पहिर्‍याएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना भइरहेको छ ।

    हेर्नुस् केही तस्बिरहरू :

  • कोशीको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित

    कोशीको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित

    विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

    सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको हो । राप्रपाले समानुपातिक सांसद विष्टलाई सभामुख बनाएको हो ।

  • एमालेले सभामुखमा राप्रपालाई सघाउने (भिडिओ)

    एमालेले सभामुखमा राप्रपालाई सघाउने (भिडिओ)

    विराटनगर । नेकपा एमालेले गठबन्धन दलभन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ ।

    एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ ।

    कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।

  • राप्रपाले अम्बर विष्टलाई कोशी प्रदेशको सभामुख बनाउने

    राप्रपाले अम्बर विष्टलाई कोशी प्रदेशको सभामुख बनाउने

    विराटनगर । कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

    उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् ।

    राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने छ । सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

    सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ ।

  • कोशीमा सहमतिका आधारमा सभामुख लिने राप्रपाको निर्णय, आजै टुंग्याउने दलहरूको तयारी

    कोशीमा सहमतिका आधारमा सभामुख लिने राप्रपाको निर्णय, आजै टुंग्याउने दलहरूको तयारी

    विराटनगर । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया मङ्गलवार नै टुङ्ग्याउने दलहरूले तयारी गरेका छन् । आज बसेको कार्याव्यवस्था समितीको बैठकले सहमतिमा भए सहमति नभए प्रक्रियामा गएर भए पनि कोशी प्रदेश सभामुख चयन गर्न तयारी भएको छ ।

    सभामुख चयनको विषय टुङ्गोमा पुर्‍याउने सहमति भएपछि दलहरूको बैठक बसिरहेको छ ।

    कोशी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ ।

    प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।

    यता राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ । दलको मङ्गलवार बिहान बसेको बैठकले सो निर्णय गरेको एक सांसदले बताए । बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।

    एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । आज बस्ने संसद्को बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्थाको बैठक पनि बसिरहेको छ ।

    सत्ता गठबन्धनका एक नेताले दिएको जानकारी अनुसार मङ्गलवार दिनभर लगाएर भए पनि सभामुख चयन प्रक्रिया टुंग्याउन लागिएको हो । यस विषयमा यसअघि एमालेको पनि सहमति थियो । सत्ता गठबन्धन काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा यसअघि नै राप्रपालाई सभामुख दिन तयार भएका छन् ।

    राप्रपाले सभामुख लिने विषयमा पनि निर्णय भइसकेको छ । यद्यपि सभामुख चयनको प्रक्रिया भने कहिले सुरु गर्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन ।

  • राप्रपाले पुस २७ गते पृथ्वी शालिकसम्म ऱ्याली र भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्ने

    राप्रपाले पुस २७ गते पृथ्वी शालिकसम्म ऱ्याली र भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।

    कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    उनले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुने जानकारी दिए । सोही दिन सो पार्टीले सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ । भृकुटीमण्डपमा भेला भइ अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण हुनेछ।

    उनका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरिएको छ । जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाइएको छ।

    प्रवक्ता श्रेष्ठका अनुसार सोही दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति रु १० हजार पुरस्कार प्रदान गरिनेछ । पृथ्वीजयन्तीलाई एकता दिवस र उत्सवका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।

  • राप्रपाले टुंग्यायो राष्ट्रियसभाका लागि १५ जना उम्मेदवार, दलहरुसँग संवादको ढोका खुला राख्ने

    राप्रपाले टुंग्यायो राष्ट्रियसभाका लागि १५ जना उम्मेदवार, दलहरुसँग संवादको ढोका खुला राख्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा चुनावका लागि १५ जना उम्मेदवारको टुंगो लगाएको छ । सातवटै प्रदेशमा उम्मेदवारी दिने गरी राप्रपाले नाम छनोट गरेको हो ।

    हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवारको नाम टुंग्याएको भए पनि सार्वजनिक गरिएको थिएन । स्रोतले दिएको जानकारी अनुसार कोशीबाट एक, मधेसबाट २, बाग्मतीबाट चार, गण्डकीबाट दुई र लुम्बिनीबाट दुई उम्मेदवार उठाउन लागिएको हो । यस्तै कर्णालीबाट १ र सुदूरपश्चिमबाट ३ उम्मेदवार राप्रपाले छनोट गरेको छ ।

    कोशीबाट उद्धव पौडेल एकमात्र उम्मेदवार बन्ने भएका छन् । बाग्मतीबाट महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपांगमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङको नाम फाइनल गरिएको छ । गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन् । यस्तै, लुम्बिनीबाट निरंजन थापा र विजयीलक्ष्मी उठ्ने भएका छन् ।

    राप्रपाल मधेश, गण्डकी र सुदूरपश्चिमका उम्मेदवारको नाम गोप्य राखेको छ । ती तीनवटै प्रदेशमा राप्रपासँग एक-एक प्रदेश सांसदसहित ५३ मतभार मात्र रहेको छ ।

    राप्रपा बैठकले राष्ट्रियसभामा एक सीट पाउने गरी सत्तारुढ गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको थियो । यसका लागि कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । तर, तामाङले आज गठबन्धनका शीर्ष नेताहरु भेट्न सकेनन् । गठबन्धनले आपसी भागबन्डा मिलाइसकेकाले राप्रपाको च्याप्टर लगभग क्लोज भएको छ ।

    पार्टी प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले सातवटै प्रदेशमा उम्मेदवारी दिने तर, तालमेलका लागि सबैसँग संवादमै रहने बताए ।

  • बुद्धिमान तामाङ भन्छन्- गठबन्धनले राप्रपालाई पनि समेट्ने कुरा थियो, म आज पहल गर्छु

    बुद्धिमान तामाङ भन्छन्- गठबन्धनले राप्रपालाई पनि समेट्ने कुरा थियो, म आज पहल गर्छु

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको हिजो बसेको वैठकले राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनसँग एक सीट माग्ने निर्णय गर्दै यसका लागि कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गर्‍यो । तर, आज गठबन्धन बैठकले राष्ट्रियसभाका १९ सीटमा सत्तारुढ चार दलबीच भागबन्डा टुंग्याएको छ ।

    गठबन्धन दलहरूबीच नै हानाथाप चलिरहेको बेला राप्रपाले भाग पाउन सक्ने कुनै सम्भावना थिएन । तर, कोशी प्रदेश सरकारलगायतका विषयमा गठबन्धनलाई सहयोगको आश्वासन दिएर राष्ट्रियसभामा एक सीट प्राप्त गर्ने रणनीति पार्टीले लिएको थियो । राप्रपा उक्त निर्णय केही घन्टामै असान्दर्भिक बनेको छ ।

    राप्रपा कार्यवाहक अध्यक्ष तामाङ भने अझै पनि आफू गठबन्धनसँग तालमेलका लागि प्रयास गर्ने बताउँछन् । उनले यसअघि प्रधानमन्त्री र कांग्रेस सभापतिसँग सकारात्मक कुराकानी भएको दाबी गरे ।

    यो पनि पढ्नुहोस् : राष्ट्रियसभा चुनावका लागि राप्रपाले टुंग्यायाे उम्मेदवार, गठबन्धनसँग तालमेल प्रयास गर्ने

    नेपाल प्रेससँग तामाङले भने, ‘उहाँहरूले आपसी भागबन्डा मिलाइसकेको मेरो जानकारीमा छैन । त्यस्तो हो भने पनि म पार्टीले दिएको जिम्मेवारीअनुसार आज आफ्नो तर्फबाट पहल गर्छु ।’

    यसअघि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत राष्ट्रिय सभामा राप्रपालार्ई समेट्ने सन्दर्भमा कुराकानी गरेको बताए ।

    ‘म उहाँहरूसँग संवादमा थिएँ । उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो,’ तामाङले भने ।

    यदि गठवन्धनसँग कुरा नमिलेको खण्डमा पार्टीले सबै प्रदेशमा आफ्नै उम्मेदवार उठाउने उनले बताए ।

    ‘हामीले उम्मेदवार टुंग्याइसकेका छौं र उहाँहरूलाई खबर पनि गरिसकेका छौं । जितहार जे भए पनि प्रतिस्पर्धामा उत्रिन्छौं,’ उनले भने ।

    राप्रपाको हिजो बसेको कार्यसम्पादन समितिको वैठकले सबै प्रदेशमा उठाउने उम्मेदवारको नाम फाइनल गरेको थियो । गठबन्धनले एक सीट दिएको खण्डमा भने उद्धव पौडेललाई पठाउने राप्रपाको तयारी थियो ।

  • भैरहवा पुगेर राप्रपाका पाँच शीर्ष नेताले गरे पूर्वराजासँग सामूहिक भेट

    भैरहवा पुगेर राप्रपाका पाँच शीर्ष नेताले गरे पूर्वराजासँग सामूहिक भेट

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरु पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न भैरहवा पुगेका छन् । पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन् ।

    उनीहरु तीन वटा फरकऔफरक उडानबाट गएको बुझिएको छ । मिश्र र तामाङ एउटा फ्लाइटबाट, राणा र सिंह अर्को फ्लाइटबाट सँगै गएका थिए । अध्यक्ष लिङ्देन भने आफ्ना भेटघाटहरु सकेर एक्लै गएका हुन् ।

    स्रोतका अनुसार पूर्वराजाबाटै उनीहरुलाई बोलावट आएको थियो । भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन । पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवा छन् ।

    उनले राप्रपाका नेताहरुलाई उतै बोलाउनु अर्थपूर्ण मानिएको छ । सार्वजनिक तसबिरमा पाँचैजना नेता दौरासुरुवालमा सजिएका छन् ।

    राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रले पूर्वराजाको भनाइ उद्वृत गर्दै लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौं/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् ।’

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यो नियमित भेटघाट भएको बताए ।

    उनले भने, ‘राजसंस्थाको एजेन्डा बोकेको पार्टीका नेताहरुको पूर्वराजासँग नियमित नै भेटघाट हुन्छ । यो असामान्य होइन ।’

    पूर्वराजा ज्ञानेन्द्रलाई भाेलि भैरहवामा नागरिक अभिनन्दन गरिने कार्यक्रममा नेताहरू आएका हुन् । शाह दुईवटा साता यता रूपन्देही बसेका छन् । यहीँबाट कपिलवस्तु तथा नवलपरासीमा पुगेर उनले अभिनन्दन ग्रहण गरेका छन् ।

  • कांग्रेसको ‘मेलमिलाप दिवस’ मै पूर्वाग्रह, सबै दललाई बोलाउँदा रास्वपा र राप्रपालाई छैन निम्तो (भिडिओ)

    कांग्रेसको ‘मेलमिलाप दिवस’ मै पूर्वाग्रह, सबै दललाई बोलाउँदा रास्वपा र राप्रपालाई छैन निम्तो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले भोलि मेलमिलाप दिवस मनाउँदैछ । मेलमिलाप दिवस भव्यरूपमा मनाउने भन्दै कांग्रेसले ठूला सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । तर, प्रतिनिधिसभाको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाएको छैन ।

    कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएको भएकाले रास्वपा नपरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

    केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै क्रममा रास्वपालाई आमन्त्रण नगरिएकोबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, लोकतन्त्रका लागि योगदान पुर्‍याएका १२ बुँदे समझदारीमार्फत् नेपालमा राजनीतिक स्थिरताका लागि आन्दोलन गरेका र वृहत् शान्ति सम्झौतामार्फत् आन्दोलन अन्त्य गरेका पक्षहरुका बीचमा एउछा अन्तक्रिया गरेका छौं। रास्वपामात्रै होइन यो मापदण्डमा नपरेकाहरूलाई बोलाएका छैनौं ।

    उनले आफ्नो मादपण्डमा परेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई बोलाएको बताए । दलको आकारको कारण नभएर मापदण्डभित्र नपरेकाले छुटेको विश्वकर्माको प्रष्टीकरण थियो ।

    यस्तै, कार्यक्रममा राप्रपालाई पनि आमन्त्रण नगरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

  • राष्ट्रियसभाको लागि १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न राप्रपाको निर्देशन

    राष्ट्रियसभाको लागि १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न राप्रपाको निर्देशन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस १८ गतेभित्र राष्ट्रियसभाको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ।

    केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय पदाधिकारी बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पौष १८ गतेसम्म उमेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    राष्ट्रियसभाको निर्वाचनको लागि २३ गते उम्मेदवारी दर्ता हुँदैछ।