Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • शरणार्थी प्रकरणमा जोडिएकाहरूको राहदानी तत्काल जफत गर्न रास्वपाको माग

    शरणार्थी प्रकरणमा जोडिएकाहरूको राहदानी तत्काल जफत गर्न रास्वपाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्‍याएको बताएको छ ।

    रास्वपा प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको बताएका छन् ।

    प्रवक्ता ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकरणमा संलग्न जोसुकै भएपनि कुनै पनि हालतमा छाड्न हुँदैन भनी यसका घटनाक्रमलाई हामीले सुक्ष्म ढंगले नियालिरहेका छौं । हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन व्यक्त गर्दछौं । यो प्रकरण केवल भ्रष्ट्राचारको मुद्दा होइन । एक सङ्गठित ठगी, राज्य विरुद्ध अपराध हो, राष्ट्रघाती कार्य हो ।’

    यो मानव तस्करीको नविन रुप हो, ठगी हो तथा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि, अन्तरदेशीय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिलगायतका अन्तर्राष्ट्रिय सन्धि सम्झौता समेतको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    उनले भने, ‘यस्ता अपराधलाई भ्रष्ट्राचारको रुपमा मात्र हेरिनु पर्याप्त हुँदैन । अतः यस प्रकरणका बहुआयामिक पक्षहरुलाई केलाई अनुसन्धानलाई सोही ढंगले अगाड बढाई दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारलाई खबरदारी गर्न चाहन्छौं ।’

    यस्ता प्रकरणमा जोडिएका संदिग्ध व्यक्तिहरूको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोक्न सरकासँग माग गरेको छ ।

  • संसदमा टिसर्ट-जिन्स लगाउँदा ट्रोल भएकी सुमनाले संसदबाटै दिइन् जवाफ (भिडिओ)

    संसदमा टिसर्ट-जिन्स लगाउँदा ट्रोल भएकी सुमनाले संसदबाटै दिइन् जवाफ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ संसद बैठकमा सहभागी हुँदा लगाएको पोशाकलाई लिएर ट्रोल भइन् । उनले जिन्स पाइन्टमाथि टिसर्ट र त्यसमाथि कोट लगाएको तस्बिर राख्दै फेसबुक–ट्वीटरमा केहीले औपचारिक पोशाक लगाउन सुझाव दिएका थिए । यो विषयमा आज उनले संसदमै जवाफ दिएकी छन् ।

    संसदको शून्य समयमा बोल्दै सुमनाले पोशाकमाथि गरिएको टिप्पणीलाई ‘नयाँ पुस्तामाथिको रणनीतिक हमला’ को .संज्ञा दिइन् । यसको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने उनले बताइन् ।

    सुमनाको लिखित सम्वोधन यस्तो थियोः

    हरेक सामाजिक परिवर्तनको सुरुवात सत्तामा रहेका शासकहरुले परिवर्तनको मशाल बोक्नेहरुलाई दवाएरै सुरु हुन्छ । त्यसपछि व्यक्तिगत आक्रमणहरु, नानाथरि नाम बोलाउने र धेरै देखावटी, प्रगतिशील र उदारवादी शब्दहरु प्रयोग गरेर समाजलाई विचलित गरिन्छ । बच्चा भनेर लेबल लगाइएका र टिसर्ट-जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबै-हाम्रा परिवर्तनका वाहकलाई आश्वासन दिन चाहन्छु- हामी सही बाटोमा छौं । चाकडीबाजबाट टाढिएर, पहिरनको मर्यादाबाट निस्किएर, कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, राजनीतिक प्रवचनमा समेत जवाफदेहीताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामािथ यो रणनीतिक हमला हो । यसको रास्वपा विरोध गर्छ । सचेत रहनुहोस । तपाईंले हामीले रोक्न सक्नुहुन्न । सक्दैन त सक्नुहुन्न । समय निकै भएकैले होला टिसर्ट र जिन्समा अड्किनु भएको । यहाँहरुको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरुको वैठक तय गर्ने ?

     

  • संसदमा रास्वपाको माग- शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गरौं (भिडिओ)

    संसदमा रास्वपाको माग- शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गरौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गर्न सरकारसँग माग गरेको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राज्यकै लज्जाको विषय भएकाले खेद प्रस्ताव पास गर्नुपर्ने बताए ।

    उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको जुन घटना आएको छ । त्यसले नेपाली राजनीतिलाई लज्जीत बनाएको छ । घटनाको छानबिन कहाँ पुगेको छ सरकारको गृहमन्त्रीलाई संसदमा आएर जवाफ दिन अनुरोध गर्छु । नेपाल राष्ट्रको लागि सभामुखतर्फ सरकारलाई यो घटनाप्रति लज्जाबोध गरेर यो घटनाप्रति खेद प्रस्ताव पास गर्न माग गर्छु ।’

  • रास्वपा सांसद झाको प्रश्न- शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरुको तारनतार भेट किन ? (भिडिओ)

    रास्वपा सांसद झाको प्रश्न- शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरुको तारनतार भेट किन ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढिरहेको बेलामा तीन दलका शीर्ष नेताहरुबीचको भेटवार्ताले आशंका पैदा गरेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले अहिले तारनतार भेट्नुपर्ने कुनै कारण नभएको औंल्याए ।

    उनले भने, ‘तीन दलका नेताहरु पटक पटक भेटिरहेको समाचार हामी सुन्छौं । देशमा केही आपत्त परेको बेला जस्तैः बाढी, पहिरो, भूकम्पलगायत आपत्त परेको बेलामा नेताहरु यसरी तारनतार भेटिरहेको समाचार सुन्दैनथ्यौं । तर, अहिले किन सुनिन्छ ? त्यसमा उहाँहरुको आकर्षण किन देखिन्छ ? सम्भावित व्यक्तिहरु भाग्न पनि नपाऊन् । यसको आशंकामा भएका नामकरणको विषयमा सेटलमेन्टमा आएका विषयहरु पनि बाहिर नआओस् ।’

    उनले यो प्रकरणमा जोडिएकाहरुलाई प्याकेजमै बाहिर ल्याएर सबै शंकास्पद व्यक्तिलाई घेरामा राखेर छानबिन गर्न माग गरेका छन् ।

    सांसद झाले भने, ‘अन्यथा हामी अरु देशमा भएको जस्तो लामो आन्दोलनको तयारी गर्दैछौं । त्यसको लागि राज्य तयार छ भने त्यो आन्दोलनका लागि हामी पनि तयार छौं यदि हाम्रो आवाज सुनिँदैन भने । तसर्थ यसलाई गम्भीरतापूर्वक हेरियोस् ।’

  • शरणार्थी प्रकरण ‘मिलाउन’ तीन दलका शीर्ष नेताहरू तारन्तार बैठक बसिरहेको रास्वपाको आशंका

    शरणार्थी प्रकरण ‘मिलाउन’ तीन दलका शीर्ष नेताहरू तारन्तार बैठक बसिरहेको रास्वपाको आशंका

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

    आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्न नहुने निष्कर्ष निकालेकाे पनि स्पष्ट पारे ।

    उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए । उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए ।

    उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लागिपरेको बताए । बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरूको बैठक बसिरहेको र त्यसले संसद्लाई बन्दी बनाउने अशंका उब्जाएको बताए ।

    उनले बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरू संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको जिकिर गरे । उनले संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्ने बताए ।

    प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे ।

  • नगदमै हुने भ्रष्टाचार शेयर हुँदै सुन र हिरामा पुगिसक्यो : स्वर्णिम वाग्ले (भिडिओ)

    नगदमै हुने भ्रष्टाचार शेयर हुँदै सुन र हिरामा पुगिसक्यो : स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय भ्रष्टाचार गर्ने शैली बदलिएको बताएका छन् । कुनै बेला नगदमा हुने भ्रष्टाचार पछि सेयर हुदै सुन र हिरातर्फ डाइभर्ट भएको उनले बताए ।

    ‘पछिल्लो समयमा नगद प्रतिबन्धित छ, सेयर पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिएला भनेर हिरा र सुनमार्फत भ्रष्टाचार हुने गरेको छ’, वाग्लेले भने, ‘कागज छैन, पेपर वर्क छैन, बैंकमा राखेको छैन्न तर मूल्य चाहिँ छ ।’

    भ्रष्टाचार गर्ने विधि बदलिएकाले अहिले भ्रष्टाचारीले पनि प्रमाणित गर र मलाइ जेल हाल भन्न सक्ने अवस्था आएको उनले बताए ।

    ‘पुरानो विधिमा नगदै भ्रष्टाचार हुन्थ्यो, त्यो पैसा गाडेर राखिन्थ्यो, तकियामा राखिन्थ्यो तर पछि शेयरमार्फत भ्रष्टाचार हुन थाल्यो । हाकाहाकी पैसा नदेखिने कसैको नाममा शेयर राखिदिने चलन थियो । यो पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिने भएपनि सुन र हिरामार्फत भ्रष्टाचार हुन थालेको छ’, उनले भने ।

    आइतबार काठमाडौंमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा डा. वाग्लेले आम्दानी र खर्चको हिसाबकिताव गर्दामात्र कयौं मानिस जेल पर्ने बताए ।

    साथै अहिलेको भुटानी शरणार्थी प्रकरणमा पनि राष्ट्रको विश्वसनियता जोडिएको भन्दै यो विषय सामसुम पार्न नहुने उनको भनाइ छ ।

    भ्रष्टाचारीहरुलाई रंगेहात समात्नका लागि स्टिङ अप्रेसनको विधि स्थगित गर्नुले पनि प्रणाली भ्रष्टाचार मैत्री भएको उनको धारणा छ । उनले भने, पहिला स्टिङ अपरेसन थियो । त्यसलाई कोर्टले बन्द गरिदियो । भ्रष्टहरुले अदालतलाई पनि प्रभावमा पारिसके । हामीले सिस्टमलाई करप्सन फ्रेन्ड्ली बनाइसकेको हो कि भन्ने भइसक्यो ।’

  • गलत संयोगले अप्ठेरोमा परेका रवि ‘ड्यामेज कन्ट्रोल’ को प्रयासमा

    गलत संयोगले अप्ठेरोमा परेका रवि ‘ड्यामेज कन्ट्रोल’ को प्रयासमा

    काठमाडौं । भ्रष्टाचारको फाइल खोल्ने आफ्नो पार्टीको मुख्य एजेन्डा प्रचण्ड सरकारले नीति-कार्यक्रमबाट हटाएपछि असन्तुष्ट बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो । तर, संयोगवश रास्वपाले यो निर्णय लिनु र सरकारले नक्कली शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ हरुमाथि कारवाही थाल्नु एकैसाथ परेको छ ।

    पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेतलाई पक्राउ गरेपछि सरकारले व्यापक जनसमर्थन पाउन थाल्यो भने रास्वपामाथि सामाजिक सञ्जालमा प्रश्नहरु उठ्न थाले । यसअघि विभिन्न खराब निर्णयहरु गरिरहँदा समर्थन कायम राखेको रास्वपाले सरकार भ्रष्टाचारविरुद्ध उभिँदा किन हात छोड्यो भन्ने धेरैले प्रश्न गरेका छन् ।

    रविका लागि अर्को पनि गलत संयोग पर्न गयो । खाण पक्राउ परेकै दिन बिहानै उनले प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा कडा स्टाटस पोस्ट गरेका थिए ।

    उनको स्टाटस यस्तो थियोः

    शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार ९गराइएका० अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो १११ खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको ूजगजाहेर तान्डवू लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्रीज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त रु एउटा तोप पड्काउन यत्रो सकस ११

    रविले यो स्टाटस बिहान ९ः३४ मा हालेका थिए । तर, उनले लेखेको केहीबेरमै प्रहरीले पूर्वगृहमन्त्री खाणलाई निवासबाट पक्रेको समाचार सार्वजनिक भयो । फलतः रवि अर्को स्टाटस पोस्ट गर्नुपर्ने वाध्यतामा परे । प्रधानमन्त्रीमाथि गम्भीर प्रश्न उठाएको १ घन्टा पनि नबित्दै उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै अर्को स्टाटस लेखे ।

    रविले १०ः२८ मा हालेको दोस्रो स्टाटस यस्तो थियो:

    धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।
    आफ्ना स्टाटसहरमा प्रायः प्रशंसा र ताली मात्रै खान बानी परेका रविले यी दुवै स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रियाहरुको सामना गर्नुपरेको थियो । एकछिनमै बोली फेरेको आरोप उनलाई लाग्यो ।

    भ्रष्टाचार नियन्त्रणलाई नै मुल मुद्दा बनाएको पार्टी हो रास्वपा । तर, सरकारले भ्रष्टाचारविरुद्धको ठूलो कारवाही अघि बढाउँदा रास्वपा प्रतिपक्षी बेञ्चमा बसेर टुलुटुलु हेर्न विवश बनेको छ । आफू गृहमन्त्री बन्दा नै शरणार्थी प्रकरणको लहरो तान्न सुरुवात गरेको दावी रविले गरेका छन् । तर, उनले यसमा कुनै पनि जस पाउने अवस्था छैन किनकी रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको अवस्था छ अहिले ।

    यही विरोधाभासले गर्दा दवावमा परेका रविले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे । भेटघाटको उद्देश्य थियो, भ्रष्टाचारविरुद्ध सरकारको कारवाहीमा ऐक्यवद्धता जनाउनु । उनले प्रधानमन्त्रीलाई खुट्टा नकमाउन आग्रह गरे ।
    ‘सरकारको कारवाहीमा हाम्रो पूर्ण समर्थन छ । अब सरकारले खुट्टा नकमाओस,’ उनको भनाइ उद्वृत गर्दै रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले भने ।

    स्रोतका अनुसार रविले यदि शरणार्थी प्रकरणकै कारण भोलि सरकार अप्ठेरोमा परेको खण्डमा आफ्नो पार्टीले साथ दिने वचनसमेत दिएका छन् । यद्यपि, यो वचन तात्कालीक खपतका लागि मात्रै हो भनेर बुझ्न कठिन छैन ।

    रविले उपनिर्वाचनमा शानदार विजय हासिल गरेपछि प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन निकै जोडबल लगाएका थिए । रास्वपालाई पुरानै मन्त्रालय दिन पनि उनी तयार थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाको नाडी छामिसकेपछि रविले यो सरकार धेरै नटिक्ने आँकलन गरे । त्यसैले गृहमन्त्रीकै अफर पनि उनले खारेज गरिदिए । यदि अहिले नारायणकाजी श्रेष्ठको कुर्सीमा रवि लामिछाने हुन्थे र शरणार्थी प्रकरणमा प्रहरीले यसैगरि कारवाही अगाडि बढाएको हुन्थ्यो भने सबै जस रविले पाउने निश्चित थियो । उनको अभूतपुर्व हाइहाइ हुने थियो । त्यो अवसर उनले गुमाएका छन् ।

    शरणार्थी प्रकरणको जस लिन नपाए पनि रवि अपजस खेप्न भने चाहँदैनन् । त्यसैले उनी विभिन्न रणनीति बनाइरहेका छन् । प्रधानमन्त्रीसँगको भेट त्यसकै एउटा उपज हुन सक्छ । उनले भोलि प्रहरीलाई धन्यवाद दिन भन्दै नक्शालको नारायणचौरमा कुनै समूहले आयोजना गर्न लागेको प्रदर्शनमा सहभागी हुने बताएका छन् । यस्तो प्रदर्शन विल्कुल अनावश्यक हो । प्रहरीले आफ्नो काम गरिरहेका बेला जेसुकै बहानामा पनि सडकमा गएर उफ्रिनुको कुनै तुक हुँदैन ।

    रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. ढकाल शरणार्थी प्रकरणमा सरकारले चालेको कदमलाई आफ्नो पार्टीले पूर्ण समर्थन गर्ने बताउँछन् । रास्वपालाई जनताले दिएको जनादेशका कारणले पनि सरकारलाई भ्रष्टाचारविरुद्ध अगाडि बढ्न प्रेसर परेको उनको विश्लेषण छ ।

    ‘चुनाव परिणामका कारण सरकारलाई पर्फमेन्स देखाउनैपर्ने दवाव पर्यो । तर, जेसुकै कारण भए पनि यो सवालमा सरकारलाई हाम्रो समर्थन हुनेछ,’ उनले भने ।

    यद्यपि, यो अनुसन्धानले तार्किक निचोड पाउनेमा ढुक्क हुन सक्ने अवस्था नरहेको ढकाल बताउँछन् ।

    उनले थपे, ‘विगतको दृष्टान्तका कारण प्रशस्त आशंकाहरु छन् । तर, त्यसो भनेर हामी अहिल्यै नकारात्मक सोच्दैनौं । सरकारलाई शंकाको सुविधा दिन चाहन्छौं ।’

     

  • रवि लामिछानेको आह्वान- पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं

    रवि लामिछानेको आह्वान- पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा एक हुन आह्वान गरेका छन् । कुनै पार्टीको झण्डा नबोकी शनिबार दिउँसो साढे १२ बजे नारायण चौर, नक्सालमा उपस्थित हुन उनले आह्वान गरेका हुन् ।

    भ्रष्टाचार देशको साझा दुस्मन भएकाले दलको नेता नभई सचेत नागरिकको रुपमा आफू पनि उपस्थित हुने उनको भनाइ छ ।

    उनले फेसबुकमा आह्वान गर्दै लेखेका छन्, ‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु । राम्रो काम जसले गरेपनि सघाउनु पर्छ । देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला । भ्रष्टाचारविरुद्ध एक हौं ।’

    उनले राम्रो काम गर्ने सबैलाई सघाउनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी हुनुपर्ने उनको बताएका छन् ।

  • रविले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

    रविले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान सभापति लामिछाने बालुवाटार पुगेका थिए ।

    नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा धन्यवाद दिँदै भ्रष्टाचारका विषयमा छानबिन गर्न खुट्टा नकमाउन रविले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    लामिछानेले धन्यवाद दिएपछि प्रधानमन्त्रीले सरकारको काममा सहयोग गर्न आग्रह गरेका थिए । सरकारले भ्रष्टाचारको छानबिन गर्ने एजेण्डा न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा असन्तुष्टि पोख्दै रास्वपाले समर्थन फिर्ता लिएको थियो ।

  • पूर्वगृहमन्त्री पक्राउ परेपछि रवि लामिछानेले दिए सरकारलाई धन्यवाद

    पूर्वगृहमन्त्री पक्राउ परेपछि रवि लामिछानेले दिए सरकारलाई धन्यवाद

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

    सो प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण पक्राउपछि उनले सरकारलाई धन्यवाद दिएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो सिलसिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’

    यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।

  • प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न- एउटै फाइलले ज्वरो निकाल्यो ?

    प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न- एउटै फाइलले ज्वरो निकाल्यो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै प्रश्न उठाएका छन् ।

    उनले शीर्ष नेताहरूको तीव्र भेटघाटले अनुसन्धान फितलो बन्दै गएको आशंका व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहीन, नाम आएकाहरुमाथिको अनुसन्धान फितलो खबरदार !’

    लामिछानेले अनुसन्धानको लहरो ठूला नेता र उनीहरूका सन्तानतर्फ अगाडि बढे पनि त्यतिकै छाडिए हेरे नबस्ने चेतावनी पनि दिएका छन् ।

    उनले भनेका छन्, ‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त रु एउटा तोप पड्काउन यत्रो सकस !’

  • आरजुलाई तोसिमा कार्कीको प्रश्न- भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? (भिडिओ)

    आरजुलाई तोसिमा कार्कीको प्रश्न- भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन खोजेको आरोप लगाएकी छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको बताइन् ।

    उनले भनिन्, ‘एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि यो देश डुबाइरहने ? अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रलाई नै दलाली साबित गर्ने ? अनि के मुखले अनुदान माग्न जाने ?’

    उनले कांग्रेस सांसद तथा सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई संकेत भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ? भन्दै प्रश्न गरिन् ।

    नक्कली शरणार्थी प्रकरणमा आरजुको पनि नाम मुछिएपछि उनले महिला हिंसाको कुरा उठाएकी थिइन् ।

    उनले आरजुलाई लक्षित गर्दै भनिन्, ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो । भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

  • कांग्रेसको घोषणापत्र लेखिदिएको स्वर्णिमको भनाईमा राजेन्द्र बजगाईँको आपत्ति (भिडिओ)

    कांग्रेसको घोषणापत्र लेखिदिएको स्वर्णिमको भनाईमा राजेन्द्र बजगाईँको आपत्ति (भिडिओ)

    काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद डा. स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र आफूले बनाइदिएको भनेपछि मंगलबारको बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् ।

    बजगाईँले भने, ‘हामीले घोषणापत्र बनाउन वाग्लेलाई सहयोग माग्यौं । तर, उहाँले मैलै बनाइदिएको घोषणापत्र प्रतिविम्बित गर्नुपर्छ भन्नुभयो यो छुच्याइँ हो । तपाईँ पनि यो सदनमा प्रवेश गर्नुभयो मर्यादा ख्याल गर्नुहोला ।’

    बजगाईँले स्वर्णिमले दिएको रचनात्मक सुझावको सम्मान गर्ने पनि बताए । साथै अर्थमन्त्री डा. प्रकाशशरण महत झूटो नबोल्ने भएकाले उहाँले खरो रूपमा उत्रेर काम गरिरहेको भन्दै बचाउ गरे ।

    सोमबार डा. वाग्लेले अर्थमन्त्रीलाई लक्षित गर्दै ‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नु भएको नै होला । थोर बहुत मैले पनि लेखिदिएकै हो । त्यहाँ आर्थिक सुधारका कुराहरू गरिएका छन् भनेका थिए ।’

    साथै वाग्लेले आफ्नै घोषणा पत्र पढेर त्यसलाई कार्यान्वयनमा उतार्न अर्थमन्त्रीलाई सुझाएका थिए ।

  • नक्कली शरणार्थी प्रकरणमा दोषी कोही नउम्किउन्, मिलीजुली एकअर्कालाई जोगाउने काम नहोस् : रवि लामिछाने (भिडिओ)

    नक्कली शरणार्थी प्रकरणमा दोषी कोही नउम्किउन्, मिलीजुली एकअर्कालाई जोगाउने काम नहोस् : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

    सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हाइ प्रोफाइलका व्यक्तिहरूको नाम आएपछि सरकारले छानबिन नगर्ने हो कि भन्ने आशंका व्यक्त गरे।

    उनले भने, ‘अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ। यो ताप्के नसेलाओस्। सिंगो देश र अन्तर्राष्ट्रिय समुदायले हेरेको छ। दोषी कोही नउम्किउन्। मिलीजुली एक अर्कालाई जोगाउने काम नहोस्। हामीले अत्यन्तै नजिकबाट हेरिरहेका छौँ।’

  • बजेटको सिद्धान्त तथा प्राथमिकता नियमित कर्मकाण्डीमात्रै : रवि लामिछाने (भिडिओ)

    बजेटको सिद्धान्त तथा प्राथमिकता नियमित कर्मकाण्डीमात्रै : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछानेले बजेटका सिद्धान्त र प्राथामिकता कर्मकाण्डी र नियमितमात्रै भएको बताएका छन् ।

    सोमबार भएको संसद बैठकमा बोल्दै उनले देशको आर्थिक अवस्था बिग्रिएको बेला पनि त्यसमा कुनै चासो नदिएको बताए ।

    ‘अर्थमन्त्रीले अघिल्ला वर्षहरुमा जस्तै गरिनेछ भन्ने वाक्यले भरिएको विनियोजन विधेयक २०८० को प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ । विगत केही वर्षका विनियोजन विधेयकका दस्तावेज लिएर त्यसको वाक्य र शब्दहरु लिएर प्रस्तुत भएका छन् । नियमित कर्मकाडी नै यो दस्तावेज आएको छ’, उनले भने, ‘अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । यस वर्षको आर्थिक वृद्धिदर ३ दशकको नै कमजोर रहेको छ ।’

    आर्थिक वर्ष सकिन लाग्दा पनि ५१ प्रतिशतमात्रै राजस्व उठेकाले असफल नीतिलाई निरन्तरता दिने कि नयाँ केही गर्ने भनेर उनले प्रश्न गरेका छन् ।

  • एमालेसँग विपक्षी गठबन्धन बनाउनेबारे रविले भने- अहिले त्यो प्रस्ताव आएको छैन (भिडिओ)

    एमालेसँग विपक्षी गठबन्धन बनाउनेबारे रविले भने- अहिले त्यो प्रस्ताव आएको छैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षी गठबन्धन बनाएर अस्थिरता गराउँदै नहिँड्ने बताएका छन् ।

    शुक्रबार साँझ पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफूहरु जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताए । एमालेसँग गठबन्धन बनाउँने प्रसंगमा उनले तत्काल त्यस्तो प्रस्ताव नआएको र आफूहरु संगठन निर्माणमा लाग्ने बताए ।

    लामिछानेले भने- एमाले अध्यक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भनियो तर मलाई आएको छैन र उहाँले नै भनिसक्नुभयो । अहिले एमालेसँग मिलेर विपक्षी गठबन्धन बनाउँने प्रस्ताव आएको छैन । तर अस्थिरता आउँछ भन्दैमा सरकारले बाटो बिराएर गयो, आम जनताको पक्षमका मगरेन भने राजनीतिक दलले राजनीतिक कदम चाल्नुपर्ने हुन्छ ।

    सभापति लामिछानेले सरकारमा जान आफूहरुले पर्खेको नभएर सत्तापक्षले आग्रह गरे पनि सरकारमा गएर काम गर्ने वातावरण नदेखेपछि समर्थन फिर्ता लिएको बताए ।

     

  • संघीयताबारे रवि लामिछाने भन्छन्- अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र हुन् (भिडिओ)

    संघीयताबारे रवि लामिछाने भन्छन्- अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र हुन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीयताबारे मुख खोल्दै हालको प्रदेश संरचनाले कहीँ पनि नपुर्याउने बताएका छन् ।

    केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति लामिछानेले अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र भएको बताए ।

    सभापति लामिछानेले भने- प्रदेश संरचना अहिले जसरी चलिरहेको छ,यसले कहिँ पनि पुर्याउँदैन । यसले राजनीतिक दलका नेता कार्यकर्ता व्यवस्थापन गर्नेमात्र हो ।

    शासकीय स्वरुपमा हाम्रा कतिपय असहमति छन् र संविधानमै संशोधन गर्नुपर्नेछ तर पनि हामी यहि व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न खोज्दैछौं ।

    लामिछानेले संघीयताकै विपक्षमा आफूहरु अहिले नरहेको तर यो संरचनाले केही नगर्ने भन्दै प्रदेशमा उम्मेदवारी जानीबुझी नै नदिएको बताए ।

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, अब प्रतिपक्षको भूमिकामा

    सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, अब प्रतिपक्षको भूमिकामा

    काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    रास्वपा केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको हो ।

    पुस १० मा सरकारमा सहभागी हुँदा रास्वपाले भनेबमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लो पटक सो बुँदालगायत सुशासनका बुँदा हटाएकोलगायतका विषय उठाउँदै रास्वपाले समर्थन फिर्ता लिएको हो ।

    सरकारमा सहभागी नभए पनि रास्वपाले विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो । त्यस्तै राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो ।

    बैठकको निर्णयबारे सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्न तयारी गरेका छन् ।

  • रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ला ? साँझ बैठक बस्दै

    रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ला ? साँझ बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ ।

    आज साँझ ५ बजे वसुन्धरास्थित केन्द्रीय कार्यालयमा रास्वपाको बैठक तय भएको हो । बैठक सरकारमा सहभागी हुने/नहुने, प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने एजेण्डामा केन्द्रित हुने बताइएको छ ।

    प्रचण्डले रास्वपालाई सरकारमा आउन सभापति रवि लामिछानेसँग पटकपटक आग्रह गरिसकेका छन् । तर, रवि सरकारमा जान अनिच्छुक देखिन्छन् । उनले उपचुनाव जितेलगत्तै सरकारमाथिको समर्थन फिर्ता लिनसक्ने संकेत गरेका थिए ।

    आजको बैठकले सरकारलाई दिएको समर्थनबाट हात झिक्ने निर्णय हुनसक्ने सम्भावना बढी रहेको रास्वपा स्रोतले बताएको छ ।

  • ओलीलाई प्रश्न- रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? (भिडिओ)

    ओलीलाई प्रश्न- रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई आफूले प्रधानमन्त्रीको अफर गरेको कुरामा अनभिज्ञता जनाएका छन् ।

    सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिले क्रममा उनले यस्तो बताएका हुन् ।

    रवि लामिछानेलाई तपाईंले प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘मैले अखबारहरूमा पढेँ । अरु मलाई थाहा छैन ।’

  • गुरुराज घिमिरेको टिप्पणी- हाम्रो कमजोरीमा टेकेर रास्वपा उदायो, चुपचाप बसे खान्छ कि भन्ने त्रास भइसक्यो

    गुरुराज घिमिरेको टिप्पणी- हाम्रो कमजोरीमा टेकेर रास्वपा उदायो, चुपचाप बसे खान्छ कि भन्ने त्रास भइसक्यो

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अहिले उदय भएको रास्वपालाई राजनीतिक इतिहास थाहा नभएको टिप्पणी गरेका छन्।

    कांग्रेस रूपान्तरणका लागि विशेष युवा भेलालाई सम्बोधनमा उनले रास्वपालाई लक्षित गर्दै कांग्रेस यही अवस्थामा रहे नयाँ पार्टीले खान्छ कि भन्ने त्रास रहेको बताए।

    उनले भने, ‘नयाँ पार्टीले खान्छ कि भन्ने त्रास अहिले हामीमाझ आएका छौँ। तर, हामी इतिहासको निर्माता हौँ। हामीले नेपालको इतिहासलाई बदल्न २००७ सालमा पार्टी सुरु गर्‍यौँ। त्यतिखेर कुनै राजनीति पार्टीहरू अस्तित्वमा थिएनन्। पछि कम्युनिष्ट पार्टीको स्थापना भएपछि भूमिका नकारात्मक थियो। कम्युनिष्ट पार्टीले जहिले पनि खलनायककै भूमिका खेल्यो। हामीले नेपालको राजनीतिलाई अदितीय बाटोमा प्रवेश गरायौँ। तर, अरू पार्टी हेर्ने हो भने इतिहासको उपज हुन्।’

    उनले कम्युनिष्ट पार्टीले २०१५ सालमा ४ सीट जितेको स्मरण गरे।

    उनले थपे, ‘०४६ सालपछि सद्भावना पार्टीको उदय २०६२र६३ फोरमको उदय भयो। अहिले आएको रास्वपालाई इतिहास र भूगोल थाहा छैन। ह्वीम चल्यो अहिले। हाम्रै कमिकमजोरीमा टेकेर भ्रष्टाचार निर्मूल गर्छौं हामी भनौँ त। हाम्रो पार्टीको भ्रष्टलाई राज्यले पाता कसेर लाग्छ भनेर हामी थपडी बजाएर बस्छौँ। हामी बोक्दैनौँ भनौँ त। हामी यसरी नै चुपचाप बस्यौँ भनेर अर्कोले आगो बाल्छ।’

  • रास्वपा प्रतिपक्षमा बस्ने लगभग तय, प्रचण्डलाई अर्को गठबन्धनको भय

    रास्वपा प्रतिपक्षमा बस्ने लगभग तय, प्रचण्डलाई अर्को गठबन्धनको भय

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने सम्भावना क्षीण बनेको छ । भोलि हुने केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने औपचारिक निर्णय लिन सक्छ ।

    गत सोमबार बसेको केन्द्रीय समिति बैठकले अहिलेको मझधारबाट निस्केर कि सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निधो गरेको थियो । यी दुईमध्ये एउटा विकल्प रोज्न भोलि बैठक बोलाइएको हो । पार्टी स्रोतका अनुसार सरकारमा जानेभन्दा प्रतिपक्षमा बस्ने निर्णय लिने सम्भावना धेरै बलियो छ ।

    चितवन-२ मा अभुतपूर्व जनलहरसहित उपचुनाव जितेपछि रास्वपा सभापति लामिछाने नेपाली राजनीतिमा कसैले ‘इग्नोर’ गर्न नसक्नेगरी प्रभावशाली देखिएका छन् । उपचुनावअघिसम्म रास्वपालाई खासै भाउ नदिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले लामिछानेलाई सरकारमा फर्काउन मरिहत्ते गरिरहेका छन् ।

    उपचुनावलगत्तै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । चितवनमै उनले ‘सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै कारण नरहेको’ भाषण गरेपछि प्रचण्डले आत्तिदै फोन गरे । फोनमा पनि रविले त्यही भाव व्यक्त गरे, जुन भाषणमा गरेका थिए ।

    रवि काठमाडौं आएपछि प्रचण्डले उनलाई बालुवाटारमै भेट्न बोलाए । जितका लागि बधाई दिँदै सरकारमा फर्किन औपचारिक प्रस्ताव गरे । रास्वपालाई मन्त्रीपरिषदमा पहिलेकै हैसियत दिने आश्वासन पनि दिए । रविलाई नै फेरि उपप्रधानमन्त्री र गृहमन्त्री बनाउन तयार रहेको बताए । तर, पनि रविले सरकारमा आउन खासै इन्ट्रेस्ट देखाएनन् । स्रोतका अनुसार उनले सरकारमा आउँदा आफूहरूले पाउने मन्त्रालयहरूबारे चासो भने राखेका थिए ।

    बालुवाटार स्रोत भन्छ, ‘उहाँले मन्त्रालयहरूबारे चासो राखे पनि सरकारमा आउन ग्रीन सिग्नल दिनुभएन । यद्यपि, प्रधानमन्त्रीज्यू अझै प्रयासरत हुनुहुन्छ ।’

    पछिल्लोपटक रास्वपाले गृहसहित अर्थ मन्त्रालय पनि मागेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

    ‘रवि लामिछानेलाई गृह र डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा जनतामा राम्रो सन्देश जाने र आफूहरूले पनि काम गरेर देखाउनसक्ने कुरा उहाँहरूबाट आएको हो । तर, यो चाहीँ पूरा गर्न कठिन छ,’ स्रोतले भन्यो ।

    अहिले गृहमन्त्रालयमा माओवादीका सेकेन्डम्यान नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्रालयमा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र डा. प्रकाशशरण महत छन् । रास्वपा सरकारमा आउने शर्तमा नारायणकाजीलाई फेरि अर्को मन्त्रालयमा सरुवा गर्न प्रधानमन्त्री तयार छन् । तर, बजेटको मुखमा प्रकाशशरणलाई अर्थबाट झिक्न देउवा तयार छैनन् । फेरि गृह र अर्थजस्ता सबैभन्दा महत्वपूर्ण दुवै मन्त्रालय रास्वपालाई सुम्पन माओवादी र कांग्रेसले मान्ने स्थिति देखिँदैन ।

    त्यसो त रास्वपा सरकारमै सहभागी भएर ‘पर्फमेन्स’ देखाउन चाहन्छ । कामकाजी मन्त्रालयहरूसहित सरकारमा नजाँदासम्म आफूहरूलाई प्रमाणित गर्न सकिँदैन भन्नेमा रवि लामिछाने स्पष्ट छन् । यसका बाबजुद पनि प्रचण्ड सरकारमा फर्किन किन अनिच्छुक भए त उनी ?

    यसका दुई कारण छन् । पहिलो सरकारको आयूमा विश्वस्त हुन नसक्नु र दोस्रो सरकार अलोकप्रिय बन्दै जानु ।

    पार्टीको उच्च स्रोत भन्छ, ‘हामी राजनीतिक अस्थिरताको पक्षमा छैनौं । तर, यो सरकार टिकाउ हुन्छ भन्ने आधारहरू देखिएनन् । भविष्यलाई हेरेर दूरदर्शी निर्णय लिन खोजिएको हो ।’

    गणीतीय हिसाबले हेर्ने हो भने प्रचण्ड सरकारसँग अहिले प्रचण्ड बहुमत छ । सरकार गठनका लागि १३८ जनाको समर्थन चाहिनेमा अहिले रास्वपा सहित १८० आसपासमा सांसदहरूले समर्थन जनाएका छन् । यो भनेको आरामदायी अवस्था हुनुपर्ने हो । तर, पनि किन सरकारको भविष्य देखिरहेको छैन त रास्वपा ?

    स्रोतका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले प्रचण्ड सरकारलाई लामो समय बोकेर हिँडिरहँदैन भन्ने पार्टी नेतृत्वको विश्लेषण छ । अहिले नै दुई पार्टीबीच गम्भीर असमझदारीहरू देखिन थालिसकेको तथा कांग्रेस सभापति शेरबहादुर देउवामा फेरि प्रधानमन्त्री बन्ने तृष्णा जागिसकेको रास्वपाका नेताहरूले अनुमान लगाएका छन् ।

    रवि लामिछाने स्वयम्‌ले देउवालाई तीन दिनअघि भेटेर उनको नाडी छामेका थिए । उक्त भेटमा देउवाले रास्वपालाई ‘अहिले सरकारमा सहभागी हुन’ सुझाव दिएको स्रोत बताउँछ ।

    ‘अहिले सरकारमा आउँदै गर्नुस् । भविष्यमा तलमाथि केही भयो भने फेरि अर्को तरिकाले मिलेर जान सकिहालिन्छ,’ लामिछानेलाई देउवाको सुझाव थियो ।

    एमाले फ्याक्टर

    यता, प्रतिपक्षमा रहेको एमाले कसरी प्रचण्ड सरकारमाथि धावा बोल्न सकिन्छ भनेर गौंडो ढुकेर बसिरहेको छ । प्रचण्डबाट ऐतिहासिक धोका पाएका एमाले अध्यक्ष केपी ओली बदलाभावले बेचैन छन् ।

    ओलीको बदलाभाव र देउवाको तृष्णाबीच मिलनबिन्दु भेटिनासाथ सरकार धरापमा पर्ने अवस्था छ । प्रचण्डलाई साटो फेर्नका लागि एमालेले देउवालाई नै प्रधानमन्त्रीमा प्रस्ताव गरेर नयाँ गठवन्धनको पहल गर्न सक्छ । सरकारको भविष्यमा रवि सशंकित हुनुको मुख्य आधार यही हो ।

    उपचुनाव जितेर फर्किएपछि रवि र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा ओलीले नयाँ गठबन्धनका लागि प्रस्ताव गरेका थिए । सकेसम्म कांग्रेससहितको र त्यो सम्भव नभए कांग्रेस-माओवादी र नेकपा एसबाहेकको गठबन्धन बनाएर सरकार ढाल्ने मार्गचित्र ओलीले प्रस्तुत गरेका छन् ।

    एमाले स्रोतको दाबीअनुसार ओलीको प्रस्तावमा रवि सकारात्मक देखिएका थिए । विगतमा आफूलाई सरकारमा सहभागी गराएर गृहमन्त्रालय दिलाएको, नागरिकता-पासपोर्ट प्रकरणमा संसदमै आफ्नो बचाउमा बोलेको, दोस्रोपटक गृहमा फर्काउन प्रयास गरेकोलगायत कारणले लामिछाने ओलीप्रति अनुग्रहित छन् । सैद्धान्तिक आधारमा पनि माओवादीभन्दा एमालेसँगको सहकार्य आफ्नो पार्टीका लागि बढी अनुकूल हुने उनको ठम्याइ छ ।

    ओलीले लामिछानेलाई प्रधानमन्त्री पदकै अफर गरेको समाचारहरू पनि मिडियामा आएका छन् । तर, रास्वपाका एक नेताका अनुसार यो अफर ओलीले अहिले गरेका होइनन् ।

    ‘हामी सरकारमै छँदा चाहीँ यस्तो प्रस्ताव आएको थियो । त्यसबेला स्वीकार गर्न सकिएन । अहिले चाहीँ मिलेर जाने कुरामात्रै भएको छ, अरु कुरा भविष्यले नै बताउँछ,’ ती नेताले भने ।

    त्यसो त वर्तमान सरकारको पाँच वर्षे कार्यकालभित्र एकपटक कसैगरी प्रधानमन्त्री बन्नसक्नेमा रवि आशावादी देखिन थालेका छन् । संसदको तेस्रो शक्तिले सरकारको नेतृत्व गरिरहेको छ भने भोलि राजनीतिक जोडघटाउ मिलाउन सकेमा चौंथो शक्तिको पनि पालो आउँछ भन्ने उनको बुझाइ हो । पाँचै वर्ष प्रतिपक्षमा बसिरहने मनस्थिति उनको छैन ।

    ‘हामीले जनतासमक्ष गरेका वाचाहरू पूरा गर्नका लागि पनि सरकारमै जानुपर्छ,’ रविनिकट एक नेताले भने, ‘प्रतिपक्षमा बसेर त संसदमा गर्जिने बाहेक अरु के गर्न सकिन्छ र ?’

    रास्वपा र एमाले मिलेर वर्तमान सरकारलाई अप्ठ्यारोमा पार्न सक्ने सूचना प्रधानमन्त्री प्रचण्डसम्म पुगिसकेको छ । हिजो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस विषयमा चर्चा भएको थियो । बैठकमा सबैजसो नेताहरूले रास्वपालाई सरकारमा ल्याउनुपर्नेमा जोड दिए । तर, रास्वपाले भने अर्कै बाटो लिन सक्ने भनेर प्रचण्ड चिन्तामा परेका छन् ।

  • रविलाई सरकारमा ल्याउन उपचुनावअघि नै सहमति भएको थियो : माधव नेपाल (भिडिओ)

    रविलाई सरकारमा ल्याउन उपचुनावअघि नै सहमति भएको थियो : माधव नेपाल (भिडिओ)

    कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । कैलाली आएका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीलाई आफूले रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए ।

    उनले भने, ‘छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यही बेलामा लागू हुने अवस्थामा भएपनि निर्वाचनको कारणले रोकियो । अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन् । गठबन्धनमा सामूहिक छलफल भएपछि टुंगिन्छ । अहिलेसम्म फाइनल भएका छैन ।’

    रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्केपनि नागरिकता र राहदानीको दुरुपयोग विषयमा प्रभाव पार्न नमिल्ने उनको तर्क छ ।

  • डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ?

    डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा छ।

    एमाले अध्यक्ष ओली नै लामिछानेलाई प्रधानमन्त्रीले अफर गरेको विषयले राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर समर्थन कायमै राखेको रास्वपाले के गर्ला भन्ने आम चासोको विषय बनेको छ।

    वैशाख १० को उपनिर्वाचनपछि बढ्दो लोकप्रियताका बीच रास्वपाले कसरी अघि बढ्छ भन्ने अहिलेसम्म निर्णय गर्न सकेको छैन।

    रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री र गठबन्धन दलका शीर्ष नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्। सरकारमा जान सकारात्मक देखिएको रास्वपाले औपचारिक निर्णय शुक्रवार गर्ने बताइएको छ।

    सरकारमा जान सकारात्मक रहेका रास्वपालाई विपक्षी कित्ताबाट गठबन्धनको अफर आएकोबारे उपसभापति डोलप्रसाद अर्यालसँग जिज्ञासा राख्दा अहिलेसम्म कुनै प्रस्ताव नआएको प्रष्टाए।

    उनले नेपाल प्रेससँग भने, ‘एमालेले सभापतिजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेर मिडियामा मेरै नाम कोट गरेर समाचार हालेको देखे। समाचार लेख्नेहरूसँग मैले अहिलेसम्म कुरा गरेको छैन।’

    अहिले बाहिर चर्चामा आएको कुरामा कतै पनि सत्यता नभएको उनको दाबी छ।

    सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले थपे, ‘सभापतिजीले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग कुराकानी गरिराख्नुभएको छ। अब शुक्रवारको बैठकले निर्णय गर्छ।’

  • एसिया कप नेपालमा आयोजनाका लागि पहल गर्न प्रधानमन्त्रीलाई रविको आग्रह

    एसिया कप नेपालमा आयोजनाका लागि पहल गर्न प्रधानमन्त्रीलाई रविको आग्रह

    काठमाडौं । एसिया कप क्रिकेट आयोजना अनिश्चित बनिरहेका बेला नेपालमा आयोजनाका लागि पहल गर्न रास्वपा सभापति रवि लामिछानेले सरकारलाई आग्रह गरेका छन् ।

    नेपालले एसीसी प्रिमियर कप जितेर एसिया कपमा स्थान बनाएपछि बधाई दिँदै रविले भारत भ्रमणका क्रममा यो एजेन्डा सामेल गर्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् ।

    पाकिस्तानमा हुने भनिएको यो प्रतियोगिता खेल्न जान भारतले मानिरहेको छैन । यही कारण प्रतियोगिता अनिश्चित बनेको छ ।

  • रवि लामिछाने र सीके राउतबीच भेट

    रवि लामिछाने र सीके राउतबीच भेट

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ ।

    दुई नेताबीचको तस्बिर सार्वजनिक गर्दै रास्पाको फेसबुकमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’

    सत्ता गठबन्धनमा रहेको जनमत अहिले मन्त्री फिर्ता बोलाएर बसेको छ । रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्छ भन्ने चासोका बीच दुई नेताबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।

  • रास्वपाको कार्य विभाजन- स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख, अरु कसले कुन विभाग पाए ? (सूचीसहित)

    रास्वपाको कार्य विभाजन- स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख, अरु कसले कुन विभाग पाए ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    डा.मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुख तोकेको छ भने संगठन विभागमा कविन्द्र बुर्लाकोटी तोकिएका छन् ।

    यस्तो छ रास्वपाको कार्यविभाजन

  • रास्वपाको नयाँ लाइन- कि सरकारमा जाने कि प्रतिपक्षमा बस्ने, मझदारमा नरहने (भिडिओ)

    रास्वपाको नयाँ लाइन- कि सरकारमा जाने कि प्रतिपक्षमा बस्ने, मझदारमा नरहने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने वा प्रतिपक्षमा बस्नेमध्ये एउटा विकल्प रोज्ने भएको छ । आज बसेको केन्द्रीय समिति वैठकले सत्ता पक्षमा रहेर समर्थन मात्रै गरिनरहने निर्णय लिएको हो ।

    अहिले रास्वपाले सरकारलाई दिएको समर्थनलाई कायम राखेको छ, तर सरकारमा सामेल भएको छैन । अब कि सरकारमा जाने कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने तत्कालीक निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए ।

    ‘सरकारमा नजाने भए सत्तापक्षमा बसिनरहने निर्णय भएको छ,’ उनले भने । सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेमा एउटा निर्णय लिन संसदीय दल र केन्द्रीय समितिको संयुक्त वैठक आउँदो शुक्रबार बोलाइएको छ ।

    बार्गेनिङका लागि समय लिन खोज्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नलाई डा. ढकालले इन्कार गरे । सबैको धारणा लिएर मात्र निर्णय लिनुपर्ने हतार नगरिएको उनको भनाइ छ ।

    आजको वैठकमा पार्टी सरकारमा जाँदा र नजाँदाको फाइदा–बेफाइदाहरुबारे केन्द्रीय सदस्यहरुले आफ्नो विचार राखेका थिए ।

  • रास्वपा सरकारमा जान सकारात्मक, प्रवक्ता ढकाल भन्छन् – प्रधानमन्त्रीले साविकको मन्त्रालय दिन्छु भनिसक्नुभयो

    रास्वपा सरकारमा जान सकारात्मक, प्रवक्ता ढकाल भन्छन् – प्रधानमन्त्रीले साविकको मन्त्रालय दिन्छु भनिसक्नुभयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सरकारात्मक देखिएको छ। तर, सरकारमा जाने वा नजाने भन्ने बिषयमा शुक्रबार निर्णय हुने प्रवक्ता मुकुल ढकालले बताए।

    पार्टीको केन्द्रीय समितिको बैठकपछि उनले भने, ‘आजको बैठकमा सबैले सरकारमा जाँदा र नजाँदाको फाइदा र बेफाइदाबारे छलफल गरेका छौं। अब शुक्रबार सबैले आआफ्नो धारणा राख्नुहुन्छ।’

    पार्टीको आगामी भविष्यलाई हेरेर निर्णय गर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सभापति रवि लामिछानेसँगको भेटमा साविकको मन्त्रालय र सरकारको न्यूनतम साझा कार्यक्रम संशोधन गर्न तयार भएको बताएको उनको भनाइ छ।

    पार्टी सरकारमा गएको खण्डमा स्वणिम वाग्लेलाई अर्थ मन्त्रालयमा पठाउने आफूहरु तयार रहेको बताए। पार्टी सरकारमा जाने भए अर्थ मन्त्रालयको दाबी गर्नुपर्ने कतिपय नेताहरुले भनाइ राखेको उनको भनाइ छ।

    आफूहरुले अहिलेसम्म कुनै गठबन्धनमा नभएको प्रष्ट पार्दै एजेण्डाको आधारमा सबैसँग सहकार्य हुनसक्ने बताए।

  • रविलाई नेता चयन गर्न संसदीय दललाई रास्वपा केन्द्रीय समितिको सिफारिस

    रविलाई नेता चयन गर्न संसदीय दललाई रास्वपा केन्द्रीय समितिको सिफारिस

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई नियुक्त गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले संसदीय दललाई लामिछानेको नाम सिफारिस गरेको प्रवक्ता मुकुल ढकालले बताए ।

    अहिले ३ बजे बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता नियुक्त गर्ने उनले जानकारी दिए । लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए ।

    लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि अर्यालले राजीनामा दिइसकेका छन् ।

  • रास्वपा केन्द्रीय समितिको बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

    रास्वपा केन्द्रीय समितिको बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी कार्यायल कार्यालय बसुन्धारामा बैठक बसिरहेको छ।

    आजको बैठकले नयाँ संसदीय दलको नेता चयन गर्ने र पार्टीका विभागहरू गठन गर्ने प्रवक्ता डा‍. मुकुल ढकालले बताए।

    बैठकमा उपनिर्वाचनको समीक्षा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुनेछ।

    रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । आजको बैठकले सभापति रवि लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्नेछ।

    सरकारलाई दिएको समर्थन फिर्ताबारे भने आजै निर्णय नहुने स्रोतले बतायो । केन्द्रीय समिति बैठकका लागि महामन्त्रीले विषय प्रस्तुत गर्दा समर्थन फिर्ताको विषयलाई निर्णयार्थ प्रस्तुत गरेका छैनन् । यद्यपि यसलाई छलफलको विषयका रूपमा राखिएको छ ।

  • रास्वपालाई ‘जसरी पनि’ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, रविले दिएनन् ग्रीन सिग्नल

    रास्वपालाई ‘जसरी पनि’ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, रविले दिएनन् ग्रीन सिग्नल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेका हुन् ।

    स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई स्वीकार नगरेको स्रोतको भनाइ छ । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनसक्ने बताए।’

    ‘हामी अहिले सरकारमा जाने मनस्थितिमा छैनौँ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्छौँ,’ उनले भने ।

    भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डा अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

    ‘भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा नरम नीति लिने सरकारमा हामी कसरी सहभागी हुन सक्छौँ ? ’ उनले प्रश्न गरेका थिए ।

    प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

    रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । स्राेतका अनुसार भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।

    भेटमा प्रधानमन्त्रीले उपचुनावमा भारी मतका साथ विजयी भएकोमा लामिछानेलाई बधार्ई दिएका थिए । उनले सबै दलहरु मिलेर देशको संकट निवारण गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

  • रविको चुनौती- १३ मन्त्रालय दिएर अरुले समर्थन गरुन्, डेलिभरी कस्तो हुन्छ देखाइदिन्छौं

    रविको चुनौती- १३ मन्त्रालय दिएर अरुले समर्थन गरुन्, डेलिभरी कस्तो हुन्छ देखाइदिन्छौं

    काठमाडौं । वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट शानदार मतले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छन् ।

    लामिछानेको शपथग्रहणपछि सबैको चासो अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थनबारे के हुन्छ भन्नेमा छ। उनले सरकारलाई दिएको समर्थनबारे चाँडै पार्टीको बैठक बसेर निर्णय लिनसक्ने बताएका छन्। आफूहरु देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको उनको भनाइ छ ।

    सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीको मुख्य एजेण्डा नै हटाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । सरकारलाई दिएको समर्थन, रास्वपाको आगामी यात्रालगायको विषयमा शपथपछि लामिछाने र पत्रकारबीच भएको सवालजवाफ –

    पत्रकारः रास्वपाले सरकारलाई दिएको समर्थनबारे चासोको बिषय बनेको छ । अब के गर्छ ?

    संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर यलाई गम्भिर समिक्षा गर्छौँ । कयौं आपत्तिजनक परिस्थितिहरू सिर्जना भएको छ । त्यसलाई हामी छलफल गरेर निष्कर्षमा पुग्छौं ।

    पत्रकारः भनेपछि सरकारमा जाने भन्दा फिर्ता लिने सम्भावना बढी भयो ?

    त्यस्तो सम्भावना बढी नै देखिन्छ । किनभने मैले अगाडिदेखि नै बताउँदै आइरहेको छु । हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो महत्वपूर्ण एजेण्डा भनेको मुलुको भ्रष्टाचारको अन्त्य थियो । त्यही आधारमा हामीलाई भोट दिनुभएको छ । त्यो नै सरकारको न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले हाम्रो त्यसमा गम्भीरभन्दा गम्भीर आपत्ति छ ।

    मतदाताले हामीले केही थान मान्छे संसदमा पठाएको होइन । निश्चित एजेण्डासहित पठाएको हो । जुन बाचा गरेर आएको थियो । त्यो भएको बाचा नै राख्नुपर्ने अझै निर्मम हुनुपर्ने विषयलाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले अब गम्भीर समीक्षा गरेरमात्रै अगाडि बढ्छौं ।

    पत्रकारः प्रधानमन्त्रीले फोन गरेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको भन्ने कुरामा कत्तिको सत्यता छ ?

    बधाई दिन प्रधानमन्त्रीले फोन गर्नुभएको हो । समर्थन फिर्ता लिनेबारे मैले यस्तो सुने के हो ? भनेर चासो राख्नुभएको थियो । सरकारसम्बन्धी त्यस्तो कुनै गम्भीर छलफल भएन । उहाँले मलाई बधाई दिन फोन गर्नुभएको हो ।

    पत्रकारः सरकारमा ल्याउन प्रयास गर्छौं भनिराख्नुभएको छ नि ?

    त्यस विषयमा हामीले धेरै समीक्षा गर्नुपर्छ । हामीले चुनावी दौरानको समयमा जेजस्तो क्रियाकलापहरू भयो । चुनावको बेलामा हेलिकप्टर लिएर गएर हामी दुवैजनाको विरुद्ध मन्त्री पद नै बाँड्ने लगायतका धेरै क्रियाकलाप भए । त्यसविषयमा हामीले धेरै समीक्षा गर्नुपर्छ । त्यस विषयमा हामीले धेरै सोच्नुपर्ने कुरा छैन ।

    हामी अस्थिरता नहोस् भन्ने चाहन्छौं । एउटा जिम्मेवार राजनीतिक दलले मुलुकमा अस्थिरता नहोस् भनेर सोच्नुपर्छ । त्यस्तो अवस्थामा सरकारले आफूलाई समर्थन गरिराख्नुपर्ने न्यूनतम ठाउँ राख्नुपर्छ । त्यो ठाउँ राखेको छ कि छैन भनेर मूल्यांकन र पुनरावलोकनको विषय बनेकाले हामी पार्टी र संसदीय दलमा छलफल गरेर अघि बढ्छौं ।

    पत्रकारः प्रतिनिधिसभाको अहिलेको जस्तो स्वरुप छ। यो बीचमा तपाईंहरुले आफ्नो नेतृत्वको सरकार बनाउने प्रयास गर्नुहुन्छ ?

    यस्तै किसिमका अस्थिरता रहने र एउटा गन्तीका लागि हुने भयो । त्यसले डेलिभरी गर्न नसक्ने अवस्था आयो भने त्यो अभ्यास गर्नुको म तुक देख्दिनँ । सम्भावनाहरू रहन्छन् होला । तर, त्यो सम्भावना खोजी चाहिँ हामी गर्दैनौँ । स्वाभाविकरूपमा हामीले सोचेजस्तो हामीले परिकल्पना गरेजस्तो आफैँले गर्नसक्ने वातावरण बन्यो भने बेग्लै कुरा होला । जस्तो उदाहरणका लागि, हामीले भनेका पनि थियौं सबैलाई भाग लगाएर मन्त्रिमण्डल बनाउनुभन्दा १३ वटा मन्त्रालयमात्रै बनाऔं, रास्वपाले सरकार बनाओस्, अरुले समर्थन गरुन्, त्यस्तो अवस्थामा सबैजना तयार भए भने सकिन्छ गर्न सकिन्छ ।
    हामी डेलिभरी गर्न सक्छौं । विभिन्न अवधारणामध्येको आइडियामा डिस्कस गर्दा त्यस्तो परिस्थिती विशेष भयो र काम गर्ने वातावरण भयो, अस्थिरता भएन त्यसमा छलफल गर्न सकिएला । तर, हामी त्यो सम्भावनाको खोजी र गेमतिर दौडिएका छैनौं ।

    पत्रकारः तपाईं अतिकति कम्फटेबल कांग्रेससँग भन्दा एमालेसँगको गठबन्धनमा हुनुहुन्छ भन्ने टिप्पणी छ । के तपाईँ एमाले नजिक भएर जान चाहनुहुन्छ ?

    छैन, त्यो एकदमै गलत भाष्य हो । त्यसको म खण्डन गर्न चाहन्छु । हामी आफैँसँग कम्फर्टेबल छौं । हाम्रो दृष्टिकोणमा अहिले भएका सबै राजनीतिक दलहरू लगभग सबै समान नै हुन् । कुनै फरक देखिएको छैन ।

    सरकारमा हुँदा अलिकति एमालेसँग टाँसिएको भन्ने आक्षप पनि लागेको थियो । तर, सबैभन्दा पहिला सरकारबाट मन्त्री फिर्ता बोलाउने पार्टी नै हाम्रो हो । त्यसपछि राष्ट्रपतिको निर्वाचनमा एमालेले सारेको उम्मेदवार भन्दा सत्ता गठबन्धनले सारेको उम्मेदवारलाई भोट हाल्यौं । त्यसपछि सत्ता गठबन्धनमा संविधानको भावनाअनुसार उपराष्ट्रपतिमा महिला उम्मेदवार भएको हुन्थ्यो भनेर जनमतलाई भोट हाल्यौं । त्यसैले हामी कहिँ कतै टाँसिएको भाष्य गलत छ ।

    सद्भाव सबैसँग छ । एजेण्डाको आधारमा सहकार्य सबैसँग हुनसक्छ । तर, कुनै राजनीति दलप्रति झुकाव भन्ने कुरामा सत्य छैन ।

    पत्रकारः गृहमन्त्रालयबाट बहिर्गमन हुने बेलामा जनताको चाहनाअनुसार अनुमोदन भएर आउँछु भन्नुभएको थियो । त्यो पूरा भयो । अब फेरि मन्त्रालयमा जाने चाहाना कतिको छ ?

    यथास्थितिमा मन्त्रालयमा जाने भन्ने कुरामा त हामीले सोचेका छैनौं । धेरै कुरा मिल्नुपर्छ । मुलुकको दूरगामी विकास, स्थिरताका लागि हेरेर गर्नुपर्ने निर्णय समान्य होइन । जुन ढंगले सरकार अगाडि बढेको छ । त्यतातिर मध्यनजर राख्दा त्यो सम्भावना धेरै कम छ ।

    यो असाध्यै न्यून सम्भावनाको कुरा हो । यद्यपि, छलफल गर्ने अवस्था त रहन्छ नै । हामी छलफल गरेर निर्णय त गर्छौं । तर, हामी मन्त्रालय जाने, अहिल्यै जाने भन्ने हामी विषय होइन । किन जाने महत्वपूर्ण हो ? जाने ठूलो कुरा होइन ।

  • एउटै गाडी चढेर संसद् भवन पुगे रवि र स्वर्णिम (तस्बिरहरु)

    एउटै गाडी चढेर संसद् भवन पुगे रवि र स्वर्णिम (तस्बिरहरु)

    काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित रास्वपा सांसदहरू सभापति रवि लामिछाने र डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन् ।

    सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथपछि उनीहरू एउटै गाडी चढेर सदनमा पुगेका हुन् । नागरिकता विवाद मुद्दामा यसअघिको सांसद पद गुमाएका रवि उपचुनावबाट पुन: इन्ट्री मारेका हुन् ।

    लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट निर्वाचित भएका थिए ।

    तस्बिरहरू : उमेश कार्की

  • रास्वपाले सरकारलाई दिएको समर्थनबारे आजै निर्णय लिनसक्छ : रवि लामिछाने

    रास्वपाले सरकारलाई दिएको समर्थनबारे आजै निर्णय लिनसक्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने उनले बताए ।

    उनले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई बधाई दिन फोन गरेको बताए । कुराकानीको क्रममा सरकारलाई दिएको समर्थन फिर्ताबारे चासो राखेको भएपनि गम्भीर छलफल नभएको रविले बताए ।

    उनले भने, ‘बधाई दिन प्रधानमन्त्रीले फोन गर्नुभएको थियो । समर्थन फिर्ता लिनेबारे मैले यस्तो सुने के हो ? भनेर चासो राख्नुभएको थियो। त्यसबारे थप छलफल भएको छैन ।’ उनले सरकारको न्यूनतम साझा कार्यक्रमबाट आफ्नो एजेण्डा हटाएकोप्रति असन्तुष्टि जनाए ।