Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • स्वर्णिम वाग्लेको प्रश्न- निश्चित व्यापारिक घरानालाई लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको छ कि छैन ? (भिडिओ)

    स्वर्णिम वाग्लेको प्रश्न- निश्चित व्यापारिक घरानालाई लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको छ कि छैन ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीलाई तीन प्रश्न सोधेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीलाई तीन प्रश्न गरेका हुन् ।

    उनले भने, ‘अघिल्लो वर्षको विवाद नसेलाउँदै मन्त्रालयबाहिरका अर्का विज्ञलाई पनि बजेट निर्माणमा सामेल गराइएको खुलेको छ। अख्तियारले पनि समात्न नसक्ने गरी सेटिङको भ्रष्टाचार आगोसरह देशमा फैलिएको छ । तर दण्डहीनतालाई तोडेरै छाड्ने हाम्रो संकल्प छ ।’

    उनले अर्थमन्त्रीलाई सोधेका तीन प्रश्न

    यो वर्ष षडयन्त्रमुलक तरिकाले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी अर्पादशी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

    एचएस कोडका विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पुर्याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?

    तीस बर्षसम्म तीन करोड जनसंख्या भएको देशमा एचएस कोड टाइप गर्न सक्ने जनशक्तिको आकार एकजनामात्रै हुन्  ?

  • करका दर हेरफेर प्रकरण- विपक्षीको एकस्वर, संसद् बैठक प्रभावित

    करका दर हेरफेर प्रकरण- विपक्षीको एकस्वर, संसद् बैठक प्रभावित

    काठमाडौं । बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोप लागेपछि संसद् बैठक प्रभावित भएको छ।

    प्रतिपक्ष नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजको बैठकमा पनि विरोध गर्ने जनाएपछि बैठक बस्न ढिलाइ भएको हो। ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन।

    परामर्श समितिको बैठकमा करको दरको विषयमा कुरा उठेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

    उनले भने, ‘बैठक केही समयमा सुरु हुन्छ। उहाँहरूले आआफ्नो कुरा राख्नुहुन्छ।’

    सोमबारको बैठकमा पनि करको दर हेरफेरमा बाहिरको व्यक्तिलाई संलग्न गराएको भन्दै भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न उठाएका थिए।

    त्यसो त यसअघि पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएका थिए।

  • रास्वपा सांसदले सदनबाटै मागे परराष्ट्रमन्त्रीको राजीनामा (भिडिओ)

    रास्वपा सांसदले सदनबाटै मागे परराष्ट्रमन्त्रीको राजीनामा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले परराष्ट्रमन्त्री एनपी साउद राजीनामा गरेका छन् ।

    भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै मन्त्री साउदले ‘अखण्ड भारत’ बारे जानकारी नभएको अभिव्यक्ति दिएपछि संसदबाट राजीनामा मागिएको हो ।

    उनले भने, ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदैछ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’

  • रवि लामिछानेको चेतावनी- सदनमा सत्तापक्षले दादागिरी देखाउन नखोजोस् (भिडिओ)

    रवि लामिछानेको चेतावनी- सदनमा सत्तापक्षले दादागिरी देखाउन नखोजोस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि आफ्नो कुरा राख्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’

    प्रधानमन्त्रीको भारत भ्रमणजस्तो संवेदनशील विषयमा छलफलको लागि ३० सेकेण्ड र १ मिनेट दिएर मजाक गर्न खोजेको हो ? भन्दै रविले प्रश्न गरे ।

    उनले भने, ‘परराष्ट्रमन्त्री अखण्ड भारत नक्साबारे फेसबुकमा आएको कुरा हो भन्नुहुन्छ । यहाँ मजाक चलेको छ ।’

  • शिशिर खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन (भिडिओ)

    शिशिर खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन (भिडिओ)

    काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । उनले प्रश्न गर्ने सांसदहरूलाई सभ्य तरिकाले प्रश्न गर्न पनि सचेत गराए ।

    सभामुखले ‘भैँसी चढेर आएको’ शब्द जसले बोलेको भए पनि हटाइने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले बोलेको ‘मलाई भैँसी चढाएका थिए’ भनेर बोलेकोलाई पनि रेकर्डबाट हटाउन उनले रुलिङ गरे ।

    उनको भभिव्यक्तिप्रति माओवादी सांसदहरूको आपत्ति जनाएका थिए । तर, खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाइरहेका छन् ।

  • प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेपछि माओवादी सांसदको विरोध, संसदमा कोलाहल (भिडिओ)

    प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेपछि माओवादी सांसदको विरोध, संसदमा कोलाहल (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बोलेको शब्दलाई लिएर सत्तारुढ माओवादीका सांसदहरूले आपत्ति जनाएका छन् । संसदमा सत्तापक्ष र प्रतिपक्षबीच तीव्र विवाद सुरू भएको छ ।

    खनालले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर’ आएको चर्चा भइरहेको बताएका थिए ।

    सांसद खनालले भने, हामी चाहन्थ्यौं उहाँ प्लेन चढेर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर तर दुर्भाग्यवस् भैँसी चढेको कुराहरू आए ।’

    त्यसलगत्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलगायत सांसदहरूले उठेर विरोध जनाए । पाण्डेले ‘भैँसी चढेर आएको’ भन्नु असंसदीय भाषा भएकाले यसलाई रेकर्डबाट हटाउन माग गरे ।
    एमाले र रास्वपा सांसदहरूले प्रधानमन्त्री स्वयम्‌ले ‘भैंसी चढेर आएको’ भनेर बोलेको भन्दै उनको अभिव्यक्ति पनि हटाउन माग गरे ।
    त्यसपछि एमालेका सांसदहरुले पनि सांसदहरुले प्रश्न गर्न पाउनुपर्ने भन्दै प्रतिवाद गरेका छन् ।

     

  • रास्वपा सांसद श्रेष्ठले गराए संकल्प प्रस्ताव दर्ता (भिडिओ)

    रास्वपा सांसद श्रेष्ठले गराए संकल्प प्रस्ताव दर्ता (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रि–मनसुन र डेंगुलगायतको महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संसद सचिवालयमा संकल्प प्रस्ताव पेश गरेका हुन् ।

    डेंगू रोगले महामारीको रुप लिनसक्ने प्रवल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्वतयारी गर्नुपर्ने उल्लेख गरेका छन् ।

    डेंगू रोगको विषयमा व्यापक जनचेतना जगाउनको लागि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न समेत माग गरेका छन् ।
    यस्तै, देशभर वर्षायाम सुरुहुनु अगावै जेठेको पहिलो हप्तामा नै सुरु भएको प्रि मनसुनले सबैलाई झस्काएको उल्लेख गर्दै सम्भावित महामारीपूर्व नै सावधानीको व्यवस्था गर्न माग गरे ।

  • राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षीहरू एकठाउँ, माफी नमागे संसद चल्न नदिने अडान

    राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षीहरू एकठाउँ, माफी नमागे संसद चल्न नदिने अडान

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रतिपक्ष दलहरू एकजुट भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

    प्रतिपक्षी दलको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को भोलि दिउँसो १:०१ बजेलाई बोलाइएको छ । भने एक घण्टाको लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन ।
    सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् ।

    प्रतिपक्ष दलहरूले एकजुट भएर प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

    एमालेका प्रमुख सचेतक पदम गिरीले गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।
    यस्तै, उनले फूलबारी बन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी, लिम्पियाधुरा लिपुलेक क्षेत्र दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको बताए ।

    उनले भने, ‘हामीलाई अपमान बोध भएको छ । राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ । यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दुःखद कुरा हो, उहाँले त्रुटि च्याउनुपर्छ । सदनका अगाडि माफी माग्नुपर्छ ।’

    यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि भारत भ्रमण गर्नुभन्दा एक-दुई घण्टाअघि मात्रै किन त्यसलाई प्रमाणीकरण गर्नुपर्‍ यो? कसको स्वार्थको लागि र कसको खुशीका लागि यो काम गरियो ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना र विरोध गर्छ । यसलाई संसदबाट यसलाई अगाडि बढाउन ढिलाई नगरियोस् । गल्ती गरिएको छ, त्यसलाई सच्याइयोस् ।’

    उनले रेशम चौधरीको रिहा, भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सा, भारतीय प्रधानमन्त्रीसँगको भेटमा भएको कुराबारे सदनलाई जानकारी नगराएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

    यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले रवैया आफूहरू हेरेर नबस्ने चेतावनी दिए । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने उनको भनाइ छ ।

    उनले भने, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौं । हाम्रो यसमा समर्थन छैन । यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो । संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गर्ने ? यो रवैयालाई स्वीकार्दैनौं ।’

    नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडकबाट संघर्ष गर्न तयार रहेको उनले प्रष्ट्याए ।

  • रास्वपाको चेतावनी- सरकारको रवैया टुलुटुलु हेरेर बस्दैनौँ (भिडिओ)

    रास्वपाको चेतावनी- सरकारको रवैया टुलुटुलु हेरेर बस्दैनौँ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले रवैया आफूहरू हेरेर नबस्ने चेतावनी दिएका छन्।

    राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने बताए।

    उनले भने, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौँ। हाम्रो यसमा समर्थन छैन। यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो। संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसू आफ्नो काम गर्ने ? यो रवैयालाई स्वीकादैनौं।’

    नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडकबाट संघर्ष गर्न तयार रहेको बताए।

  • एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद बैठक स्थगित

    एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमालेसहित प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गरेका छन् ।

    राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।

    गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए ।

    त्यस्तै रास्वपा र राप्रपाले संसद छलेर गरिएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।

  • नागरिकता विधेयकबारे रास्वपा- गैरसंवैधानिक ढंगले प्रमाणीकरण गरियो, ७ वर्षे प्रावधान राख्नुपर्थ्यो

    नागरिकता विधेयकबारे रास्वपा- गैरसंवैधानिक ढंगले प्रमाणीकरण गरियो, ७ वर्षे प्रावधान राख्नुपर्थ्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद गठन भएको झन्डै ७ महिना भइसक्दा पनि संसदमा छलफल नगराई राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरिएकोप्रति आपत्ति जनाएको छ ।

    रास्वपाका प्रवक्ता मुलुक ढकालले एक विज्ञप्ति जारी गर्दै चुनावबाट नयाँ जनप्रतिनिधिहरु संसदमा आइसकेको सन्दर्भमा सोही विधेयकलाई पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय गैरसंवैधानिकमात्र नभई नवगठित प्रतिनिधिसभाको कानून निर्माण गर्ने कार्य क्षेत्रमा समेत ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा परिणाममात्र होइन, प्रक्रिया पनि प्रधान हुन्छ । नागरिकता पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । योग्य हुँदाहुँदै पनि अनागरिक हुन बाध्य पारिएका कैयन पीडित नेपालीले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ भन्ने कुरामा हाम्रो कहिल्यै कुनै विमति थिएन, छैन ।’

    विधेयकमा नेपाली नागरिकसँग विवाह गरी आएका विदेशी नागरिकका लागि स्थायी बसोबास अनुमतिपत्र जारी गर्ने र स्थायी बसोबास अनुमतिपत्र प्रदान गरेको न्यूनतम ७ वर्षमा मात्र नागरिकता दिने प्रावधान हुनुपर्ने पार्टीको स्पष्ट मत रहेको विज्ञप्तिमा उल्लेख गरिएका छ ।

    त्यस्तै नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै नेपाली नागरिकता दिने गरी नागरिकता विधेयकमा गरिएको व्यवस्था राष्ट्रघाती रहेकोतर्फ निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।

    ‘आफ्नै सन्तानलाई आफ्नै देशको नागरिकता दिलाउन पतिको पहिचान नखुलेको लेख्न बाध्य बनाउने जस्ता कार्यले विधेयकलाई महिलाको अपमान गर्ने धरातलयुक्त बनाएको छ । यसका केही प्रावधान हेर्दा विधेयक लैंगिक विभेदयुक्त देखिन्छ । अतः लोकतान्त्रिक पद्धति नाघेर प्रमाणीकरण भएको यो नागरिकता विधेयकको हामी सदन र आवश्यक परे सडकबाट समेत सशक्त प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

    नागरिकता विधेयक प्रमाणीकरणपछि आज पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा संसदीय दलको बैठक बसेको थियो । बैठक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बोलाएका थिए भने केन्द्रीय र संसदीय दलको संयुक्त बैठक उपसभापति डोलप्रसाद अर्यालले बोलाएका थिए ।

  • संसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

    संसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजीका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । यस शीर्षकमा विनियोजन भएको बजेट तत्काल अन्य आवश्यक विकास निर्माणका कार्यमा परिचालन गर्नुपर्ने पार्टीको माग छ ।

    हालै अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा संसद विकास कोषलाई ब्यूँत्याएर प्रतिसंसद ५ करोड रुपैयाँ बजेट छुट्याएका छन् । यसका लागि कुल ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्यूँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले विरोध जनाएको हो ।

    संकल्प प्रस्तावमा पार्टीले संसद विकास कोष खारेज गर्नुपर्ने तीनवटा कारणहरु उल्लेख गरेको छ । अर्थतन्त्र हराशयी भएको, विकेन्द्रीकरणको अवधारणा विरुद्ध रहेको, भ्रष्टाचारलाई बढावा दिने लगायत तर्क पार्टीले गरेको छ ।

    पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले संकल्प प्रस्ताव पेश गरेका हुन् भने अन्य सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

  • रवि लामिछाने पत्नीसहित भारततिर

    रवि लामिछाने पत्नीसहित भारततिर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा गएका छन् ।

    आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका‍ केन्द्रीय सदस्य दिपक बोहोराले नेपाल प्रेसलाई जानकारी दिएका छन् । उनी पत्नी निकिता पाैडेलसहित भारतको मुम्बई गएका हुन् ।

     

  • रवि लामिछानेको प्रतिक्रिया- नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध छ

    रवि लामिछानेको प्रतिक्रिया- नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध भएको टिप्पणी गरेका छन् ।

    तल्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि रविले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन् ।

    नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानीत संस्थाको गरिमाविपरीत भएको उनको बुझाइ छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत , लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।

  • रेशम चौधरीको आममाफीबारे रवि लामिछाने- गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन (भिडिओ)

    रेशम चौधरीको आममाफीबारे रवि लामिछाने- गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको बताएका छन्।

    रास्वपा सांसद बिन्दबासिनी कंसाकारको शपथपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा बोलिसकेका थियौँ। तर, तीनै तहको अदालतले फैसला सुनाएको विषय यसलाई राजनीतिक रूपमा हेर्न खोजियो। रेशम चौधरीमाथि पनि न्याय भयो र ? उहाँले दुई दिनअघि मात्रै मलाई निर्दोष छु भनिराख्नुभएको थियो। उहाँ निर्दोष हुनुहुन्छ भन्ने विश्वासमा हामी नै थियौँ। तर, अहिले उहाँ निर्दोष भएर छुट्नुभएन नि। जुन लडाइँ उहाँको थियो त्यो जित्नुभएन। उहाँ कैद मिनाहा भएर निस्कनुभयो। कैद मिनाहा भनेको निर्दोष होइन।

    उनले चौधरी दोषी स्वीकार गरेर निस्किएको टिप्पणी गरे। थारुहरूले गरेको संघर्षले विजय प्राप्त नगरेको उल्लेख गर्दै थारुहरूको पक्षमा रहेको बताए।

  • ढाकाकुमारविरूद्ध मुकुल ढकालले हाले मुद्दा

    ढाकाकुमारविरूद्ध मुकुल ढकालले हाले मुद्दा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीबाट बर्खास्तमा परेका सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

    पार्टीबाट सांसद बनाउन प्रवक्ता ढकाल र उपसभापति डोलप्रसाद अर्यालले २ करोड ८४ लाख रूपैयाँ मागेको आरोप लगाएपछि मानहानीको मुद्दा हालेका हुन् ।

    ढाकाविरुद्धको मुद्दा आइतबार दर्ता भएको छ । व्यवसायी दुर्गा प्रसाईसँग २ करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो ।

    पार्टीका महामन्त्रीसमेत रहेका ढकालले २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा हालेका छन् । अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने यसअघि नै घोषणा गरेका थिए ।

  • हामीसँग के काम गर्ने भन्ने ‘चेकलिष्ट’ छ, त्यसको एक नम्बरमा ‘भ्रष्टाचार अन्त्य’ लेखिएको छ : रवि लामिछाने

    हामीसँग के काम गर्ने भन्ने ‘चेकलिष्ट’ छ, त्यसको एक नम्बरमा ‘भ्रष्टाचार अन्त्य’ लेखिएको छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले के कामलाई कति प्राथमिकताका साथ अगाडि बढाउने विषयमा आफूहरूसँग ‘चेकलिष्ट’ नै भएको बताएका छन् ।

    रास्वपाको ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै लामिछाने यस्तो दाबी गरेका हुन् । रास्वपा जनताको आवश्यकताको कारण जन्मिएको पार्टी भएको हुनाले यसले जनताका आवश्यकता अनुरूप ‘चेकलिष्ट’ नै तयार पारेको र उक्त ‘चेकलिष्ट’ को पहिलो नम्बरमा नै भ्रष्टाचार अन्त्य भनेर लेखिएको लामिछानेको भनाई छ ।

    ‘पहिला के गर्ने र पछि के गर्ने भन्ने कुराको चेकलिष्ट राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ र त्यो चेकलिष्टको बुँदा नम्बर १ मा भ्रष्ट्राचार अन्त्य भनेर लेखेका छौँ । हामीले चेकलिष्ट अनुसार काम गर्छौँ । तपाईँले दिनु भएको चेकलिष्ट समाजले दिएको चेकलिष्ट’ उनले भने ‘हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु नै हो । हामी हाम्रो चेकलिष्टमा भएका सबै काम गर्छौँ । तर जत्ति भोक लागे पनि थाल खान सकिन्न खाने भनेको गाँस नै र हाम्रो पहिलो गाँस भ्रष्टाचारको अन्त्य हो।’

    शरणार्थी प्रकरणमा मुछिएकाहरू जरा नभई हाँगा मात्रै भएको उनले बताए ।

    उनले भने, ‘अहिले शरणार्थी प्रकरणमा मुछिएका मानिसहरू देखेर तपाईँहरूलाई ओहो कत्रा कत्रा मान्छे समातिए भन्ने तपाईँहरूलाई लागेको होला तर म भन्छु अहिले जो देखिएका , ठुला भनिएका नेताहरू जो समातिए ती भ्रष्टाचारका जरा होइनन् हाँगा मात्र हुन् । अहिले जरा सम्म पुग्न सकेको अवस्था छैन । त्यसैले जरा सम्म पुगोस् भनेर रास्वपाले आवाज उठाउन थालिस्यो ।’

    सम्बोधनकै क्रममा उनले रास्वपाका सम्पूर्ण सांसदहरु फल लागेको वृक्ष जस्तै भएका कारण वर्तमान समयमा रास्वपाका सांसदहरूलाई निरन्तर ढुङ्गा हान्ने प्रयास भइरहेको दाबी समेत गरे ।

  • रास्वपालाई पैसा नदिएको ढाकाको प्रष्टीकरण, कानूनी प्रक्रियामा जाने चेतावनी

    रास्वपालाई पैसा नदिएको ढाकाको प्रष्टीकरण, कानूनी प्रक्रियामा जाने चेतावनी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् ।

    बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन भएको उल्लेख गरेका छन् ।

    आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उनको जिकिर छ । उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।

    ‘२०८० / ०२ / १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु’, श्रेष्ठले लेखेका छन् ।

    उनको थप भनाई छ, ‘स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैं कानूनी प्रक्रियामा जान बाध्य हुनेछु ।’

    यसअघि पार्टी प्रवक्ता मुकुल ढकाल र उपसभापति डीपी अर्यालले श्रेष्ठसँग रकम मागेको भनी समाचार आएकोमा आपत्ति जनाउँदै ढकालले क्षतिपूर्तिको मागदाबीसहित श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका थिए ।

  • चिनियाँ दूतावासका अधिकारीले भेटे रास्वपा नेताहरू

    चिनियाँ दूतावासका अधिकारीले भेटे रास्वपा नेताहरू

    काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका डीसीएम वाङ सिनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

    बिहीबार पार्टी कार्यालय वसुन्धरामा पुगेर सिनले रास्वपाका भेटवार्ता गरेका हुन् ।

    भेटघाटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभारावल लगायत नेता सहभागी थिए ।

    छलफल नेपाल र चीनका आपसी चासोका विषयमा केन्द्रित रहेको रास्वपाले जनाएको छ ।

  • रविको दिक्दारी- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

    रविको दिक्दारी- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् ।

    उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन: हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् ।

    रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’

    अमेरिका नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुन: कायम गराएको प्रष्ट्याएका छन् । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको उनको भनाइ छ ।

    ‘यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ’, रविले लेखेका छन् ।

    चेतावनीयुक्त भाषामा उनले लेखेका छन्, ‘घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’

  • डा. मुकुल ढकालले ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हाल्ने

    डा. मुकुल ढकालले ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हाल्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आफू र पार्टी उपसभापति ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख रुपैयाँ मागेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले यस्ता मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन कि भनेर सार्वजनिक गरिएको दाबी दाबी गरेका छन् । ढकालले आगडि लेखेका छन्, ‘यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ ।’

    त्यस्तै, यसले आफूहरुको मानहानी भएको भन्दै अदालतमा मानहानीको मुद्दा दर्ता गर्ने उनले जनाएका छन् । उनले भने, ‘आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।’

     

  • रास्वपामाथि संसदमा उठ्यो प्रश्न, रेकर्डबाट हटाउन रविको माग (भिडिओ)

    रास्वपामाथि संसदमा उठ्यो प्रश्न, रेकर्डबाट हटाउन रविको माग (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले संसद बैठकमा समानुपातिक सांसद बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा लिएको र सभापति रवि लामिछानेले नागरिकताको निस्सा नबुझाएको विषय उठाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै चौरसियाले लोकतन्त्रका लागि आजीवन लडेका नेता र पार्टीहरुलाई होच्याउने गरी व्यंग्य गरेको भन्दै आपत्ति जनाए ।

    उनले रविलाई लक्षित गर्दै भने, ‘कुनै पनि सांसद र पूर्वसांसदले कुनै पार्टीका नेतालाई समानुपातिक सांसद बन्न पैसा दिएको भन्ने आरोप लागेको छ । जसरी नागरिकता बदर भएर बाहिरको नागरिकता त्यागेको निस्सा नबुझाइकन पुनः नागरिकता लिने काम गरियो ।’

    सांसद चौरसियाले यति भनेपछि रास्वपाका सभापति रवि लामिछाने आपत्ति जनाए ।

    उनले भने, ‘अदालतमा भएको विषयलाई रोष्ट्रममा बसेर उठाएर माननीयज्यूले के कुरा उठाउन खोज्नुभएको हो । यो अदालतको अपमान हो कि ? उहाँँले सुनेको भरमा गर्न खोज्नुभएको हो कि ? मैले मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ? । तपाईंको जानकारीको लागि अदालतले नमागे पनि मैले अस्तिको दिनमा गएर दर्ता गराएको छु ।’

    उनले सरकार, अदालत र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु उपलब्ध गराइसकेको जानकारी गराए ।

    लामिछानेले थपे, ‘अदालतको विषय संसदमा उठाउन पाइँदैन । म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हल्ला र सुनेका भरमा आरोप लगाएर संसदको रोष्ट्रममा बसेर यस्तो कुरा गर्ने हो भने यो संसदको गरिमा कहाँ पुग्छ ? यो कुरा संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु । हल्लाको कुरा नगर्नुस् । प्रमाणको आधारमा आउनुस् । तपाईंहरु जस्तो मान्छे लुकाएर बचाएर राख्दैनौं । प्रमाणित गर्नुहोला, यो संसदको पाँच किलोमिटर वरपर हामी देखिँदैनौं । आफ्नो अनुहार लुकाएर हिँड्छौं । तर, हल्लाको भरमा संसदमा बोल्न पाइँदैन ।’

    रास्वपाले समानुपातिक सांसद बनाउन डा. ढाकाकुमार श्रेष्ठसँग ३ करोड लिएको समाचारहरु आएका छन् । सांसद चौरसियाले त्यही समाचारलाई आधार मानेर बोलेका थिए । त्यस्तै अमेरिकी नागरिकता नत्यागी नेपाली नागरिकता लिएको भन्दै आज सर्वोच्च अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको छ ।

  • मञ्जु-आरजूलाई लक्षित गर्दै रविले भने- प्रहरीसम्म जान रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस् (भिडिओ)

    मञ्जु-आरजूलाई लक्षित गर्दै रविले भने- प्रहरीसम्म जान रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकामाथि छानबिन गर्न माग गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बालुवाटार, सिंहदरबार, मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आइरहेको छन्। नाम आएकै भरमा दोषी भन्न मिल्दैन तर, राज्यले छानबिन गर्न सक्छ नाम आएको व्यक्ति बेपत्ता हुन्छ त्यसपछि सामसुम हुन्छ।’

    उनले कांग्रेस सांसदद्वय मञ्जु खाण र आरजू राणा देउवालाई लक्षित गर्दै बयान सकिएपछि संसदमा प्रकट हुनेदेखि मिडियामा तामा तुलसीको कसम खानेमाथि पनि छानबिन गर्नुपर्ने बताए।

    उनले भने, ‘उहाँहरूलाई बरु प्रहरीसम्म रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस्। प्रधानमन्त्रीजी, तपाईँले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईँको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्। काम्दैन भनेको तपाईँको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’

    उनले नाम जोडिएकाहरूलाई एक पटक बयानका लागि पनि नबोलाएर अविश्वासको वातावरण सिर्जना नगर्न आग्रह गरे।

    उनले थपे, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईँहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। त्यसलाई रोक्नुस्।’

  • निर्वाचन प्रणाली खर्चिलो भयो, कयौँ पार्टीमा टिकट पाउनै पैसा बुझाउनुपर्छ : रवि लामिछाने (भिडिओ)

    निर्वाचन प्रणाली खर्चिलो भयो, कयौँ पार्टीमा टिकट पाउनै पैसा बुझाउनुपर्छ : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्थानीय तहमा व्यापक स्रोत र साधनको दुरुपयोग गएको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यसलाई सुधारको लागि नीति तथा कार्यक्रममा केही नआएको बताए।

    उनले भने, ‘केन्द्र २५ वटा मन्त्रालयबाट चल्न सक्छ। प्रदेशलाई १३-१४ वटा मन्त्रालय चाहिएको छ। अझै विभाजन गरेर राज्यमन्त्री बनाउने समेत खेल चलिरहेको छ। मैले बुझ्न सकेको छैन। यसलाई रोक्ने नीति मैले देखेको छैन।’

    उनले निर्वाचन प्रणाली खर्चिलो भएको बताए।

    उनले भने, ‘मैले मेरो निर्वाचनमा ९ लाख खर्च गरेँ। त्यो मैले गरेको खर्च हो। त्यसमा कति मान्छेहरू स्वत:स्फुर्तरुपमा हिँडेका छन्। उनीहरूले आआफ्नो ढंगबाट गरे मैले बुझाउनु परेन।’

    उनले पार्टीमा टिकट पाउनकै लागि पैसा दिनुपर्ने अवस्था रहेको बताए।

    उनले थपे, ‘यहाँ सबै साथीहरू हुनुहुन्न छातीमा हात राखेर भन्नुस्। कयौँ पार्टीहरूमा टिकट पाउनका लागि कति पैसा बुझाउनुपर्‍यो ? टिकट पाएपछि चुनावमा जान कति खर्च गर्नुपर्‍यो ? कति बुझाएर प्राप्त गर्नुपर्‍यो ? अनि त्यो पैसा कहाँबाट असलउपर हुन्छ ? यहाँ ठुल्ठुला कुरा गर्ने कयौँ माननीयहरूले पनि कुन ढंगले राजनीतिक यात्रा अगाडि बढाउनुभयो ? कुन बाटो हुँदै संसद् आउनुभयो भन्ने कुरा छर्लङ्ग छ।’

  • संसदमा रविको आक्रोश- राज्यकै निकायको विश्वास भएन, गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने ? (भिडिओ)

    संसदमा रविको आक्रोश- राज्यकै निकायको विश्वास भएन, गृहमन्त्री र प्रधानमन्त्रीको मुटु कहाँ चेक गर्ने ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले भइरहेको छानबिनप्रति आशंका जनाएका छन् ।

    संसद बैठक सुरू भएलगत्तै रास्वपाका सबै सांसदहरु कुर्सीबाट उठेका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतकलाई पार्टीको भनाइ राख्न दुई मिनेट समय दिए । प्रमुख सचेतक सन्तोष परियाले पार्टीका तर्फबाट संसदीय दलका नेता रवि लामिछानेले बोल्ने बताए । त्यसपछि रविले आफ्नो भनाइ आक्रामकरुपमा राखेका थिए ।

    आफ्नो पार्टीले सुरूदेखि तीन दलका शीर्ष नेताहरू ‘खुसुरखुसुर’ भेट्दै आएकोमा आपत्ति जनाएको लामिछानेले उल्लेख गरे । उनले शरणार्थी प्रकरणमा राज्यकै निकायहरु र अनुसन्धान प्रमुखहरुको नामसमेत आइरहेकाले कसैको विश्वास गर्ने वातावरण नभएको बताए ।

    ‘अनुसन्धानका प्रमुखहरूकै नाम आइरहेको छ । दिनको उज्यालोमा बालुवाटार, मन्त्रीक्वाटर, सिंहदरबारमा लेनदेन भएको विषय आएका छन् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।
    रविले यो छानविनबाट चाहेकोजस्तो नतिजा आउन नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने माग राखे ।

    ‘जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन । जसजसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछसम्म नगर्ने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? जोडिएका मान्छेहरूसँग सोधपुछ हुनुपर्‍यो । खुट्टा कमाउनुभएन । कारबाहीको दायरा ल्याउनुपर्छ । सोधपुछका लागि बोलाउनसमेत नहुने, को हो उहाँहरू ?’

    राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति गठन गरेर छानबिन गर्नसमेत माग गरेको छ ।

  • शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न रास्वपाको माग (भिडिओ)

    शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न रास्वपाको माग (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । जारी प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।

    ‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस् ‘, लामिछानेले भने ।

  • नीति तथा कार्यक्रममा स्वर्णिमको टिप्पणी- परम्परा धान्न ल्याएको दस्तावेज हो, धेरै उत्ताउलोपन नदेखाऔं (भिडिओ)

    नीति तथा कार्यक्रममा स्वर्णिमको टिप्पणी- परम्परा धान्न ल्याएको दस्तावेज हो, धेरै उत्ताउलोपन नदेखाऔं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभामा छलफलको क्रममा उनले कर्मकाण्डीलाई क्रमभंगतातिर लानुपर्ने बताए ।

    उनले भने, ‘नीति तथा कार्यक्रमबारे आरोप-प्रत्यारोप भइरहेको छ । तर, हामी रचनात्मक प्रतिपक्ष बन्छौं । यो परम्परा धान्नलाई ल्याएको एउटा दस्तावेज हो । र, परम्परा पनि धानिएको छ । नविनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा राम्रो गर्न सकिन्थ्यो होला । विगत १० वर्षदेखि राज्यप्रणालीमा संलग्न छु । नीति तथा कार्यक्रम यस्तै यस्तै हो । त्यसैले यसमा धेरै उत्ताउलो पनि देखाउनुपर्छ जस्तो लाग्दैन ।’

  • रास्वपा सांसद झाको प्रश्न- भ्रष्टाचारबारे उठेको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ?

    रास्वपा सांसद झाको प्रश्न- भ्रष्टाचारबारे उठेको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले आफूहरूले उठाएका भ्रष्टाचारको सवालमा जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारबारे आफूहरूले उठाएको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘भ्रष्टाचारको कुरा हामी पटक पटक उठाउँछौं । सबैभन्दा अपेक्षा राखेर सदनमा उठाउँछौं । तर, जवाफ आउँदैन सरकार पक्षले यसको जवाफ दिँदैन । मैले यो सदनमा चार पटक जानकी मन्दिरको टायल र त्यहाँ विजुली बत्तीमा भएको भ्रष्टाचारको प्रसंग उठाएँ । जवाफ मागिसकेँ। सरकारले जवाफ दिँदैन । सत्ता पक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यात्मक अवस्थामा के हामीलाई पनि त्यही सन्देश दिन खोजेको हो सरकारले ?’

    अनसन बसेर जवाफ पाउने भए आफूहरू तयार रहेको समेत बताए ।

  • नीति तथा कार्यक्रम आर्थिक अवस्थासँग मिलेन : सांसद खनाल

    नीति तथा कार्यक्रम आर्थिक अवस्थासँग मिलेन : सांसद खनाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री शिशिर खनालले सरकारले आज सदन प्रस्तुत गरेको नीति तथा कार्यक्रम अहिलेको आर्थिक अवस्थासँग नमिलेको टिप्पणी गरेका छन् ।

    सामाजिक संजालमा कार्यक्रमको प्रकाशित पुस्तिका सार्वजनिक गर्दै खनालले कार्यक्रमले परम्परागत भएको भन्दै जुन तारा मात्रै होइन नक्षत्र दिन्छु भन्ने खालको भएको टिप्पणी गरेका छन् ।

    सरकारले आर्थिक सुधारको आधारभूत अवसर गुमाएको खनालले टिप्पणी गरेका छन् ।

    उनले लेखेका छन्, ’सम्मानीय राष्ट्रपतिले वाचनगर्नु भएको सरकारको नीति तथा कार्यक्रम परम्परागत, हालको आर्थिक अवस्थासँग नमिल्ने । जुन, तारा मात्रै हैन ग्रह नक्षत्र सबै एकैपटक दिन्छु भनेको जस्तो सुनियो । फण्डामेन्टल रिफर्मको अवसर सरकारले गुमाएको जस्तो भान भयो ।’

  • रेशम चौधरीलाई छाड्न अध्यादेश ल्याएका थियौं, सर्वोच्चबाट टुंगिसकेकाले चाँडै निष्कर्षमा पुग्छौं : प्रधानमन्त्री (भिडिओ)

    रेशम चौधरीलाई छाड्न अध्यादेश ल्याएका थियौं, सर्वोच्चबाट टुंगिसकेकाले चाँडै निष्कर्षमा पुग्छौं : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीलाई छाड्न आफूहरूले पहिला पनि प्रयास गरेको बताएका छन् ।

    सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘रेशम चौधरीलाई छुटाउनका लागि अध्यादेश ल्याएर प्रयास गरेका हौं । अदालतबाट जे फैसला भएपनि त्यसलाई चाँडै टुंग्याउनुपर्छ भनेर सबैतिर आवाज उठाएका हौं । अहिले टुंगिएको छ । यो विषयलाई समाधान गर्न हामी गम्भीर छौं । हामी चाँडै टुंगोमा पुग्छौं ।’

    राजनीतिक आन्दोलनका कारण जेल जीवन बिताइरहेका बन्दीहरूको सम्बन्धमा सरकारको यसै सदनबाट संसदमा विधेयक प्रस्तुत भइसकेको बताए ।

    उनले भने, ‘थारुहट आन्दोलनसँग सम्बन्धित मात्रै नभएर मधेश आन्दोलनसहित सबै बन्दीहरूको रिहाइको लागि यो विधेयक जानकारी गराउनु चाहन्छु ।’

  • रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी- पपुलिष्ट शक्तिबाट राजनीतिक संकटको समाधान हुँदैन

    रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी- पपुलिष्ट शक्तिबाट राजनीतिक संकटको समाधान हुँदैन

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन्।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने खोजेको टिप्पणी गरे।

    उनले फेसबुकमा लेखेका छन्, ‘आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य, संगठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरू प्रतिको अविश्वास, निराशा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्य हीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो । पपुलिष्टहरुवाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्दैन।’

    उनले पुपुलिष्ट शक्तिहरू अन्ततः यथास्थितिवादको पोषण भएको उल्लेख गर्दै दुनियाँका आन्दोलनहरूको अवसान त्यसरी नै हुने बताए।

    ‘आजको हाम्रो समाजका प्रमुख तीन समस्याका रूपमा राजनीतिक अस्थिरता र अराजकता, सांस्कृतिक मूल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसबाट लाभ लिने स्वार्थी तत्त्वहरूको राज्यसत्तामा पहुँच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक संकट नै हो’ महासचिव पोखरेलले भनेका छन्, ‘सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा संकट उत्पन्न भएको छ ।’

    आर्थिक सामाजिक व्यवस्थामा संकट उत्पन्न भएका वेलामा राजनीति त्यसबाट अछुतो हुन नसकेको बताए।

    ‘राजनीतिलाई सही दिशा र गन्तव्यतर्फ डोर्याउने हो भने मुलुकका सामु उत्पन्न प्रमुख समस्याको निदानमा ध्यान केन्द्रित गर्नु पर्दछ । अहिलेको जस्तो सत्ताकेन्द्रीत राजनीतिबाट न त्यसको समाधान सम्भव छ, नत आवेग, उत्तेजना र आक्रोशबाट नै । गम्भीर भएर समस्या समाधानमा केन्द्रित हुनुपर्ने वेलामा हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रित छलफल र बहसबाट भाग्ने कोसिस भइरहेको छ’ उनले भनेका छन्।

    राजनीतिक अस्थिरता र आर्थिक–सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न बाह्यशक्तिहरु निकै सलबलालाई रहेको उनको बुझाइ छ। नेपाली समाजको अन्तर द्वन्द्वका कारणले भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने खतरा रहेकाले पूर्वाग्रह त्यागेर जिम्मेवार हुन सबैलाई आग्रह गरेका छन्।

  • धमलापत्नीको घोषणा– रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ (भिडिओ)

    धमलापत्नीको घोषणा– रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ (भिडिओ)

    काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा हिजो अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगे ।

    हुलको केन्द्रमा थिइन् पत्रकार ऋषि धमलाकी पत्नी तथा सो पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम । उपस्थित सञ्चारकर्मी र युट्यूवरको आकर्षणमा उनी परिहालिन् ।

    एलिजाले पनि आफू लाइमलाइटमा आउने अवसर किन खेर फाल्थिन् । उनले सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिइन् । रेशम चौधरी नछुटेको खण्डमा देशमा आगो लाग्ने घोषणा गरिन् ।

    ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ धमलापत्नीले भनिन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’

    निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको गुनासो गरिन् उनले । उदास भएर भनिन्, ‘तपाईं हामी सम्झिउँ न, हाम्रै दाजुभाई, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला ? हामीलाई आज त्यस्तै भएको छ ।’

    सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त ?’यो प्रश्नको जवाफ एलिजाले दिन सकिनन् । उनीसँगै रहेका कार्यकर्ताले बोले ।

    उनले भने, ‘यो आन्दोलन हो साथी । तपाईंहरु ‘घटना’ नभन्नुस । टिकापुर घटना होइन, आन्दोलन हो । १७ हजार मारिँदा उनीहरुको चाहीँ परिवार थिएन ?’

    धमलापत्नीले आफूहरु यतिञ्जेल देशमा कानून छ भनेर चुप लागेर बसेको बताइन् । ‘हामीले स्वीकारेका थियौं । आज आउला, भोलि आउला भनेर यत्रो ९–१० वर्षसम्म चुप लागेर बसेका हौं । उहाँले न्याय पाउनुहोला भन्ने थियो । तर, खोइ त रु आज पनि हामी फुलमाला लिएर गेटमा बसेका थियौं, उहाँले सफाइ पाउनुहुन्छ भनेर । तर पाउनु भएन । एकदमै गलत निर्णय भयो । निर्दोष व्यक्तिलाई यसरी फसाउन पाइँदैन । अब हामी लड्छम् । सडकमा उत्रिन्छम्,’ आक्रोशित मुद्रामा उनले भनिन् ।

    स्मरणीय छ कि धमलापत्नी एलिजा गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । उनी सो पार्टीका तर्फबाट एकपटक शीर्ष नेताहरुको बैठकमा समेत भाग लिन पुगेकी थिइन् ।

  • सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : डा. स्वर्णिम वाग्ले (भिडिओ)

    सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : डा. स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् ।

    मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताए । उनले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए ।

    उनले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताए । उनले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताए । उनले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताए ।

    उनले अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताए । उनले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए । उनले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताए ।

    ‘निजी क्षेत्र मैत्री नेपाल सरकार बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरुप केके गर्नुपर्छ त्यसमा बहस गरौं । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ । कल्याणकारी राज्यलाई धान्न सकिने छ । त्यसरी युवा उद्योगीहरुले गर्ने हो । त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो । निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो । सरल सिद्धान्तबाट हामी जानुपर्छ’, उनले भने, ‘निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि कस्तो बाटोमा लाने हो । त्यसमा हामीले लिएर जान्छौं । हामीले गरेको डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जान्छौं । हामी अबको पाँच वर्ष धैर्य गर्ने कुर्ने समय हामीसँग छैन । सन् २०५० एजेट सासाइटीमा जान्छौं । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्टक्चर बनाउनुपर्छ । छोटो समयमा प्रगति गर्नुपर्ने हुन्छ । कुनै सुतिसुति खाने प्रविधि आयो भने अर्कै कुरा हो । भारत चीनका मन्त्री आएर भेटघाट गरे भन्नेकुरा भन्दा पनि आर्थिक गतिविधि परिर्वतन भइरहेको छ । १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ । विश्वका नम्बर एक कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सकेनौं । राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन ।’

    उनले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रिने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालका आकर्षण गर्न नसकिएको बताए ।

     

     

  • संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुन्न : रवि लामिछाने (भिडिओ)

    संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुन्न : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन् ।

    मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले निष्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्नु
    नहुने बताए ।

    उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताए । लामिछानेले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

    ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन’, उनले भने, ‘कसैलाई फसाउँन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ । समितिमा बोल्नका लागि कुनैपनि सदस्यलाई समय छुट्याउनुपर्छ ।’

    सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए ।

  • रास्वपाकी ‘कन्ट्रोभर्सी गर्ल’

    रास्वपाकी ‘कन्ट्रोभर्सी गर्ल’

    काठमाडौं । यतिबेला संसदमा सबैभन्दा सक्रिय र ‘भोकल’ कुन पार्टीका सांसदहरू छन् भन्ने प्रश्न गर्दा स्वतः उत्तर आउँछ, राष्ट्रिय स्वतन्त्र पार्टी । बैठकमा नियमित उपस्थित हुने तथा तयारीका साथ प्रस्तुत हुने कारणले गर्दा रास्वपा सांसदहरूले मिडियाको पनि ध्यानाकर्षण गरिरहेका हुन्छन् ।

    वर्तमान संसदमा प्रभावकारी उपस्थिति जनाइरहेका रास्वपाका सांसदहरुमध्ये एक हुन्, सुमना श्रेष्ठ । उनी पनि हरेक विषयवस्तुमा तयारीका साथ संसद बैठकमा बोल्ने गर्छिन् । तर, राजनीतिक अपरिपक्वता र उग्र महिलावादी रुझानले गर्दा उनी बारम्बार ‘कन्ट्रोभर्सी’ मा परिरहेकी छन् । उनलाई रास्वपाकी ‘कन्ट्रोभर्सी गर्ल’ कै उपमा दिँदा पनि फरक नपर्ने भएको छ । कतिले चाहिँ उनलाई ‘एटेन्सन सिकर’ का रूपमा पनि चित्रण गर्न थालेका छन् ।

    ३७ वर्षीया सुमना रास्वपाकी समानुपातिक सांसद हुन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई आदिवासी जनजाति क्लस्टरबाट सांसद बनाइएको हो । उनीसँग बलियो शैक्षिक पृष्ठभूमि छ ।

    सुमनाको आफ्नै वेबसाइटमा उल्लेख भएअनुसार अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।

    २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रूप (BCG) मा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटीग्रूपमा समेत काम गरेकी थिइन् । २०७२ सालमा नेपालमा महाभूकम्प आएपछि नेपालमा विश्व खाद्य कार्यक्रम (WFP) सँग काम गर्न बोस्टन कन्सल्टिङ ग्रूप (BCG) ले उनलाई नेपाल पठाएको थियो । त्यसपछि उनी अमेरिका फर्किइनन् ।

    रास्वपामा जोडिनुअघि सुमनासँग राजनीतिक अनुभव भने शून्य थियो । विभिन्न सामाजिक अभियानहरूमा सक्रिय रहेकी उनलाई रास्वपाले आफ्नो क्षेत्रको विज्ञता हेरेर सांसद बनाएको हो ।

    संसदमा सुमनाले थुप्रै मुद्दाहरूमा बोलेकी छन् । गम्भीर विषयवस्तुको पनि उठान गरेकी छन् । तर, केही विषयमा हचुवा अभिव्यक्ति र प्रतिक्रियाले गर्दा उनका गम्भीर सम्बोधनहरू ओझेलमा परेका छन् । यहाँ तीनवटा प्रसंगको चर्चा गरिएको छ, जसलाई लिएर सुमनाले अत्यधिक प्रतिक्रिया र ट्रोलको सामना गर्नुपर्‍यो ।

    १. महिलालाई चेली नभनौं

    गत वर्ष ७ माघमा बसेको प्रतिनिधिसभा बैठकमा सुमनाले आफ्नो पार्टीबाट उपसभामुखको उम्मेदवार बनेकी इन्दिरा रानाको समर्थनमा सांसदमा बोलेकी थिइन् । उक्त सम्बोधनमा उनले महिलालाई प्रयोग गरिने ‘चेली’ शब्दलाई लिएर आपत्ति जनाइन्, जसले सामाजिक सञ्जालमा राम्रै बहस छेडिएको थियो ।

    सुमनाले भनेकी थिइन्, ‘यो सदनमा धेरैपटक सुनियो चेली । महिलाहरूलाई, महिला नेतृहरूलाई चेली भनेपछि के पुरुषहरूलाई चेला भन्छौँ रु भन्या सुन्या त छैनौँ । त्यसकारण कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस्, यदि आत्मियता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो, ५० प्रतिशत सदस्य यो सदनमा पठाइयोस् ।’

    महिलालाई चेली नभन्न आह्वान गर्दै गर्दा सुमनाले बलियो तर्क दिन सकिनन् । यहाँ उनको बौद्धिकता फितलो देखियो । महिलालाई प्रयोग गरिने ‘चेली’ शब्द शिष्यको अर्थमा होइन । बहिनी/छोरीको अर्थमा हो । त्यसैले ‘चेली’ को पुरुषवाची शब्द ‘चेला’ हुँदैन । उनको भनाइलाई महिलावादीहरूको एउटा समूहबाहेक अरुले ‘इन्टरटेन’ गरेनन् ।

    २. सन्दीप लामिछानेबारेको टिप्पणी

    क्रिकेट सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टीममा समावेश गर्‍यो । यसको विरोधमा सुमनाले संसदमा कडा टिप्पणी गरेकी थिइन् । तर, यो टिप्पणीका कारण उनले चर्को प्रतिक्रियाको सामना गर्नुपर्‍यो ।

    प्रतिनिधिसभाको शून्य समयमा क्यानको निर्णयको विरोधमा बोल्दै सुमनाले भनेकी थिइन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’

    यो अभिव्यक्तिमा पनि सुमनाको अच्कल्टो बौद्धिकता छचल्कियो । सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दै गर्दा विदेश भ्रमणमा रोक लगाएको थियो, तर राष्ट्रका लागि खेल्न रोकेको थिएन । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कयौं खेलाडीहरू अदालतमा मुद्दा झेल्दै राष्ट्रिय टीमबाट खेलिरहेकै हुन्छन् । आरोप लागेकैले टीमबाट खेल्न दिनुहुँदैन भन्ने ट्वीटरकेन्द्रित केही महिलावादीको बोलीमा लोली मिलाउँदा सुमना चिप्लिइन् ।

    त्यसो त संसदमा उनले सन्दीपको मुद्दामा आरोपितको नाम किन सार्वजनिक गरिएको भन्ने प्रश्न उठाउँदै ‘ब्यालेन्स’ मिलाउन खोजेकी थिइन् । तर, अघिल्लो अभिव्यक्तिले यसलाई ओझेलमा पारिदियो । क्रिकेट समर्थकहरूको निशानमा परिन् सुमना । अहिलेसम्म पनि उनले यो विषयमा स्पष्टीकरण दिइरहनु परेको छ ।

    ३. संसदमा टिसर्ट-पाइन्टको वकालत

    सुमना फेरि एकपटक सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । केही दिनअघिदेखि उनले संसदमा जाँदा लगाएको पहिरनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका थिए । जिन्स र टिसर्टमाथि कोट लगाएको तस्बिरहरू राख्दै उनलाई ‘मर्यादित’ पोशाक लगाउन सुझाव दिइएको थियो ।

    हिजो संसदमा बोल्दै सुमनाले यसमाथि कडा प्रतिवाद गरिन् । टिसर्ट र जिन्स लगाउँदा आलोचना गरिनुलाई उनले ‘नयाँ पुस्तामाथिको रणनीतिक हमला’ संज्ञा दिँदै यसमा रास्वपाको विरोध रहेको बताइन् । आफूहरू सही बाटोमा रहेको तर्क गरिन् । यो अभिव्यक्तिपछि उनले झन् कडा प्रतिक्रियाको सामना गर्नुपरेको छ ।

    यसअघि छिटपुटरूपमा मात्रै टिकाटिप्पणी भइरहेको थियो भने संसदमा गरेको प्रतिवादपछि आलोचना झांगिएको छ । पक्कै पनि पोशाक भनेको व्यक्तिगत छनोटको विषय हो । तर, संसदजस्तो गरिमामय संस्थामा सकेसम्म औपचारिक पोशाक नै लगाउनु उचित हुने धेरैको मत छ । सिनेमा हेर्न गएजस्तो जिन्स र टिसर्ट लगाएर संसद जानु शोभनिय पनि होइन । मर्यादित पोशाक लगाउँदा सांसदहरूकै मर्यादा बढ्ने हो भन्नेमा दुई मत हुन सक्दैन ।

    सांसद सुमना अहिले सिक्ने क्रममा नै छिन् । उनी धेरै सम्भावना बोकेकी सांसद हुन् । कतिपय आलोचनालाई सकारात्मकरूपमा लिएर आफूलाई थप परिस्कृतरूपमा सांसदमा पेश गर्नु वाञ्छनीय हुनेछ ।