Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • कर्णालीलाई गलत राजनीतिले पछाडि पारियो, रास्वपाले राष्ट्रिय मुद्दा बनाउनेछ : रवि लामिछाने

    कर्णालीलाई गलत राजनीतिले पछाडि पारियो, रास्वपाले राष्ट्रिय मुद्दा बनाउनेछ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कर्णालीका मुद्दालाई राष्ट्रिय मुद्दा बनाइने बताएका छन् ।

    कर्णालीका विभिन्न जिल्लाबाट आएर काठमाडौँ बसिरहेका कर्णालीवासीसँग सोमबार छलफल गर्दै उनले कर्णालीमा सम्भावना हुँदाहुँदै पनि गलत राजनीतिक अभ्यासले पछाडि पारिएको बताएका हुन् ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले अब कर्णाली मात्रै होइन देशका कुनै पनि ठाउँ पछाडि पर्न नहुने बताए ।

    छलफलमा रास्वपा उपसभापति डीपी अर्यालले देश निर्माणका लागि रास्वपाको जन्म भएको बताए । देशमा भइरहेको बेथिति नियन्त्रणका लागि आम नागरिक पनि चनाखो हुनुपर्ने उनको भनाइ छ ।

    सांसद समेत रहेका अर्यालले कर्णालीवासीसँग देश निर्माणको अभियानमा जुट्न आग्रह गरे ।

    सांसद बिनिता कठायतले कर्णालीले भोगेका पीडा र समस्यालाई सदनसम्म पुर्याइरहेको बताइन् ।

    ‘अबको आशा, भरोसा भनेकै रास्वपा हो,’ उनले भनिन्, ‘देश निर्माण अभियानमा हामी सबैको हातेमालो जरुरी छ ।’

  • कोशीमा रास्वपाको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

    कोशीमा रास्वपाको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

    सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार इटहरीमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।

    प्रशिक्षणको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरेका छन् ।

    दुई दिनसम्म चल्ने कार्यक्रममा आज महामन्त्री डा. मुकुल ढकाल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रमेश प्रसाईं, विपीनकुमार आचार्य र सांसद तोसिमा कार्कीले प्रशिक्षण दिनेछन्।

    त्यस्तै शनिबार पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रशिक्षण दिनेछन् ।

    त्यसअघि केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह, सचिव कमल सुवेदी, रास्वपा प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले प्रशिक्षण दिने कार्यक्रम छ ।

  • रवि लामिछानेको चेतावनी- सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक नल्याए सदन चल्दैन (भिडिओ)

    रवि लामिछानेको चेतावनी- सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक नल्याए सदन चल्दैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक ल्याउन नचाहेको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विधेयक कार्यसूचीमा नआएकोप्रति आपत्ति जनाए । अर्को बैठकमा पनि यो विधेयक नआए सदन चल्न नदिने चेतावनी दिए ।

    उनले भने, ‘मिटरब्याजसम्बन्धी विधेयक चर्चा चल्यो। प्रतिपक्षहरुको कारणले पारित हुन सकेन भन्ने भाष्य खडा गर्न खोजियो । तर, आज मिटरब्याजसम्बन्धी बिषय कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियो? हामी मिटरब्याज पीडितहरुको पक्षमा छ । हामी यो विधेयक सदनमा ल्याउन माग गर्छौ । पीडितलाई न्याय दिलाउँन फास्ट ट्रयाकमा ल्याइयोस् । कसको स्वार्थले कारणले पीडितको पक्षमा रहेको यो विधेयकलाई संसदमा ल्याइएन। सदनलाई जानकारी हुनुपर्छ ।’

     

  • रवि लामिछानेको प्रष्टोक्ति- रास्वपा अहिले सरकारको रेसमा छैन (भिडिओ)

    रवि लामिछानेको प्रष्टोक्ति- रास्वपा अहिले सरकारको रेसमा छैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको प्रष्ट्याएका छन् ।

    बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले अहिले पार्टी विस्तारलगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेको बताए ।

    ‘सरकारमा सहभागी हुने योजना छैन । पार्टीभित्र पनि कुनै छलफल भएको छैन । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ’, उनले भने ।

    पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको रविले बताए । अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ ।

    लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको बताए । अब सत्तामा रहेका दलहरू नै विपक्षमा उभिनसक्ने उनको भनाई छ ।

    रविले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहेको पनि बताएका छन् ।

  • ताेसिमाले मागिन् स्वास्थ्यमन्त्री माेहन बस्नेतकाे राजीनामा

    ताेसिमाले मागिन् स्वास्थ्यमन्त्री माेहन बस्नेतकाे राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् ।

    मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुन्डिए हुन्छ ।’ भन्ने अभिव्यक्ति दिएपछि उनले राजीनामा मागेकी हुन् ।

    स्वास्थ्यकर्मीहरुले मन्त्रालयसँग दरबन्दी व्यवस्थापनका लागि आग्रह गरेका थिए । उनीहरूले काम गर्न गाह्रो भएर आत्महत्या गरौँ जस्तो भयो कार्य क्षेत्रको व्यवस्थापन गरिनुस् भनेर मन्त्रालयलाई भनेका थिए ।

    तर मन्त्री बस्नेतले सहयोग गर्नुको सट्टा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कार्की आक्रोशित भएकी हुन् ।

    पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी कार्कीले नेपालमा हरेक दिन १७—१९ जना युवायुवतीले आत्महत्या गरिरहेको परिप्रेक्ष्यमा तालुकदार मन्त्रीले नै यस्तो अभिव्यक्ति दिनु घातक भएको बताएकी छन् ।

    यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस

  • रवि लामिछाने भन्छन्- सदनमा हामीलाई बाइपास गरियो, हेक्का होस् हाम्रो आफ्नो मुद्दा छन् (भिडिओ)

    रवि लामिछाने भन्छन्- सदनमा हामीलाई बाइपास गरियो, हेक्का होस् हाम्रो आफ्नो मुद्दा छन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरूलाई बाइपास गरेको आरोप लगाएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाका पनि आफ्नो मुद्दा भएको बताए।

    उनले भने, ‘हामीलाई संसदमा दुई दिनअघि बाइपास गरेर आफ्नो कुरा राख्न दिइएन। हामी आपत्ति जनाउँछौँ। रास्वपा प्रतिपक्षी भूमिका छ। हामी स्वतन्त्र अस्तित्वका साथ आफ्नै र जनताको मुद्दाका लागि उभिएको छ। यो कुरा हेक्का होस्।’

    उनले आफूहरूलाई बोल्न नदिएर प्रमुख प्रतिपक्षले बोलेको विषयलाई नै आफूहरूको भाष्य भनेर स्थापित गराउन खोजेको बताए।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै स्पष्टीकरण दिन आग्रह गरे।

  • रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

    रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ।
    पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो।

    कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर उद्घाटन गरेका थिए।

    पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिनेछन्  ।

    प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ।

  • आजबाट रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा, रवि लामिछाने भोलि आउने

    आजबाट रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा, रवि लामिछाने भोलि आउने

    रुपन्देही । पार्टी निर्माण अभियानमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि रुपन्देहीको भैरहवामा सुरु हुने भएको छ ।

    रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भैरहवामा दुईदिने प्रशिक्षण सुरु हुने पार्टीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पार्टीका अन्य नेताहरु आजै आउने भएपनि केन्द्रीय सभापति लामिछाने भने भोलि शनिबारमात्रै आउने कार्यक्रम रहेको छ ।

    भैरहवास्थित एसियन बुद्ध होटल हुने कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिनेछन् ।

    ‘शुक्रबार र शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मुलुकलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ र यसमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुनेछ रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले बताए । उनले समयअनुसार जनताको माग सम्बोधन गर्न नसक्ने पार्टी हराउने बताए । जनताको अपेक्षा सम्बोधन गर्ने पार्टी मात्रै अगाडि बढ्न सक्ने उनले दावी गरे ।

    रास्वपा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले पार्टी स्थापना भएको छोटो समयमा जनताको मन जितेको र पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमले सहयोग पुर्याउने बताए ।

    प्रशिक्षण कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्यहरु, विभाग सदस्यहरु, निर्वाचन क्षेत्र संयोजक र पालिका सभापतिहरुको उपस्थिति रहने पाठकले बताए । प्रशिक्षण कार्यक्रमको शुक्रबार दिउँसो १२ः३० बजे रास्वपाका केन्द्रीय उपसभापति डीपी अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए ।

  • मनु मन्जिललाई प्रश्न- कांग्रेस छाडेर रास्वपामा भित्रिनुको कारण के हो ?

    मनु मन्जिललाई प्रश्न- कांग्रेस छाडेर रास्वपामा भित्रिनुको कारण के हो ?

    काठमाडौं । कविता संग्रह ‘ल्याम्पपोष्टबाट खसेको जून’ लगायत ६ वटा पुस्तक प्रकाशन गरिसकेका कवि मनु मन्जिल लामो समय नेपाली कांग्रेस निकट रहे ।

    तर, पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नयाँ निबन्ध संग्रह प्रकाशनको तयारीमा रहेका मनु मन्जिल कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नुको कारण के हो ? रास्वपामा के देखे ? कांग्रेस किन छाडे ? यसपटक हामीले कवि मनु मन्जिलसँग विशुद्ध राजनीतिक विषयमा कुराकानी गरेका छौं ।

    – कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नुको कारण के हो ?

    म बीपीको प्रजातान्त्रिक समाजवादबाट प्रभावित मान्छे हो । त्यहाँ प्रजातन्त्र पनि छ र समाजवाद पनि छ । हुन त समाजवादमात्रै पनि सुन्दर कुरा हो । त्यसमा थप कुरा मान्छेलाई स्वतन्त्रता पनि चाहिन्छ । बीपीको प्रजातान्त्रिक समाजवादमा दुवै कुरा भएकाले ज्यादै नै राम्रो लाग्थ्यो । तर, पछिल्लो समय त्यो फिलोसोफी त कहाँ गयो गयो !

    लामो समय कांग्रेसमा आस्थावान रहें । तर, अहिले आएर केन्द्रदेखि स्थानीय तहसम्म हेर्छु । बीपीको विचार त कता हो कता पातलो हावामा उडेर गइहाल्यो । अब जम्माजम्मी बाँकी रह्यो खेल ! खेल पनि एकदमै क्रूर खेल । त्यसो भए, मैले त्यहाँ किन बसिरहनुप¥यो ? कांग्रेस घर थियो । तर, घरको मूल खम्बामै विश्वास टुट्यो भने के गर्नुहुन्छ ? त्यसकारण रास्वपा प्रवेश गरेको हुँ ।

    सक्रिय राजनीति त के गरुँला र ! म कविता लेख्ने मान्छे । तर, रास्वपामा पनि नैतिक स्खलन देखेको दिन छाडिदिन्छु । सही मान्छेलाई सही स्थानमा राख्छौं भनेर आइरहेकाले रास्वपामा गएको हुँ । यदि नैतिकताबाट टाढा रहेको राजनीति देखें भने विल्कुल स्वतन्त्र भएर बस्छु ।

    – रास्वपा सही मान्छे सही ठाउँ भनेर अघि बढिरहेको छ भन्नुभयो । रास्वपामा तपाईंको लागि सही ठाउँ के हुनसक्छ ?

    म पोलिटिकल मान्छे नै होइन । ननपोलिटिकल प्राणी हुँ म । इमानदारीपूर्वक भन्दाखेरी अरु खेल सबै खेल्न सक्छु । तर, छलकपटको खेल चाहिँ खेल्नै आउँदैन । त्यसमा म केटाकेटी जस्तो निर्दोष छु । कांग्रेसमा मलाई दिक्क लाग्यो, अनि रास्वपामा गएको हुँ ।

    २०४६ सालयता ३४ वर्ष भइसक्यो, हाम्रा राजनीतिक पार्टीहरु ल्याब टेस्टमा फेल छन् । रास्वपा आशा देखाएर आएको छ । यो कति सफल हुन्छ, म त्यो हेरिररहेको छु । यो पनि नैतिकताबाट टाढा गयो, उही खेलमा सामेल भयो भने दर्शक भएर बसुँला ।

    २०४६ सालयता ३४ वर्ष भइसक्यो, हाम्रा राजनीतिक पार्टीहरु ल्याब टेस्टमा फेल छन् । रास्वपा आशा देखाएर आएको छ । यो कति सफल हुन्छ, म त्यो हेरिररहेको छु । यो पनि नैतिकताबाट टाढा गयो, उही खेलमा सामेल भयो भने दर्शक भएर बसुँला ।

    – रास्वपामा तपाईंको सही ठाउँ चाहिँ कहाँ हो ? कहाँ फिट हुनुहुन्छ तपाईं ?

    मैले कुनै बार्गेनिङ गरेको छैन । पार्टीको कुनै विभागमा बसेर हेर्नुप¥यो भने साहित्य, कला र संस्कृतिको विभागमा बसेर काम गर्छु । साहित्य, कला, संस्कृतिमा इम्याजिनेसनबाट मात्रै होइन, आफ्नो कामबाट केही गर्न सकियो भने म भाग्यमानी महसुस गर्नेछु ।

    – लामो समय बीपीप्रति आस्था राखेर कांग्रेसमा जोडिनुभयो । अहिले कांग्रेस छाड्नुभयो । खासमा कांग्रेसमा समस्या कहाँ रहेछ ?

    ग्याप छ । उदाहरणका लागि नेताहरु जनतासँग, हामीसँग अन्तरसंवाद गर्नै चाहनुहुन्न । उहाँहरु आउनुभयो भने सीमित कार्यकर्ताले नेतालाई घेर्छन् । फूलमाला लगाइदिन्छन् । नेतालाई घर लगेर खाना खुवाउँछन् । त्यही पत्रकार बोलाउँछन् । त्यही नेताले भाषण गर्छन् । अनि एयरपोर्ट छिर्छन्, जान्छन् ।

    नेता पनि जनतासँग संवाद नै गर्न चाहँदैन । कार्यकर्ताहरु पनि नेताहरुसँग अरु मानिसको संवाद नहोस् भन्ने चाहन्छन् । त्यो बीचमा अप्ठ्यारो सधैं रहिरह्यो ।

    बीपीको फिलोसोफी असाध्यै ठूलो फिलोसोफी हो । त्यसलाई साँच्चिकै प्रयोग गर्ने हो भने यो मुलुक साँच्चै बन्थ्यो । तर, त्यो फिलोसोफी त कसैलाई मतलबै भएन । त्यो फिलोसोफी त खोपीको देउतामात्रै बन्यो । त्यही देउतालाई देखाएर चाटुकार पण्डितहरुले जसरी फाइदा लिन्छन् नि, कांग्रेसको राजनीति त्यो दिशामा गयो । मलाई दुःख लाग्यो । तर, नेपाली कंग्रेसप्रति आस्थावान हुँदा जति साथीहरु बने, उहाँहरुप्रति कुनै गुनासो छैन ।

    नेताहरु जनतासँग, हामीसँग अन्तरसंवाद गर्नै चाहनुहुन्न । उहाँहरु आउनुभयो भने सीमित कार्यकर्ताले नेतालाई घेर्छन् । फूलमाला लगाइदिन्छन् । नेतालाई घर लगेर खाना खुवाउँछन् । त्यही पत्रकार बोलाउँछन् । त्यही नेताले भाषण गर्छन् । अनि एयरपोर्ट छिर्छन्, जान्छन् ।

    – बीपीको प्रजातान्त्रिक समाजवादका कारण कांग्रेस भएँ भन्दै गर्दा अहिले रास्वपामाथि उठेको मूल प्रश्न भनेको यसको सैद्धान्तिक र वैचारिक पाटा हुन् । यस्तो वेला तपाईं बीपी छाडेर रास्वपा प्रवेश गर्नुको औचित्य के हो ?

    यो कुरामा सहमत छु । बीपी कोइराला आफैंले पार्टी खडा गर्दा उहाँले एकदमै राम्रो विचारधारा बोकेका मानिसलाई आफ्नो वरिपरि राख्नुभयो र विचारधारा निर्माण गर्नुभयो । रास्वपाले पनि केही विज्ञहरुलाई आफ्नो वरिपरि राखेको छ । उनीहरुसँगै बसेर फिलोसोफीमाथि छलफल चलाइरहेको छ । पार्टीलाई परिवर्तन र विकासको बाटोमा कसरी लान सकिन्छ भनेर बसिरहनुभएको छ । मलाई लाग्छ, फिलोसोफी आउला ।

    ३४ वर्षदेखि राजनीतिक पार्टीहरु हे¥यौं । अब केही त होला कि भन्ने हो । त्यसका लागि म जोडिएको छु । म अहिले त्यत्रो विधि राजनीतिक भूमिका लिउँला, सांसद होउँला, मन्त्री होउँला भनेर जोडिएको होइन । एउटा आशाले अगाडि जाने बाटो छ भन्ने लागेकाले जोडिएँ ।

    – अहिले यस्तो अवस्थामा रास्वपामा हाम फाल्नुभयो कि जसले मोटामोटी रुपमा विचार र सिद्धान्तको रुपरेखा नै तयार गरेको छैन । यस्तो अवस्थामा रास्वपा प्रवेशलाई कसरी अर्थ्याउने ?

    म खासमा बाढीमा हाम फालेको छु । यही आशामा कि त्यो सङलिएला र हामी टाढासम्म यात्रा गर्न सकौला । यदि त्यो भएन भने म रास्वपामा रहन्नँ ।

    – रास्वपालाई परीक्षण गर्न पनि चाहनुहुन्छ ?

    पार्टीले कसरी गति लेला भन्ने मूल कुरा हो । हाम्रो देश, समाज, संस्कृतिमाथि ज्यादै प्रभाव पार्ला भन्ने आशाले जोडिएको छु । हाम्रो देशमा कति सुन्दर संस्कृतिहरु छन् । त्यो विविधतालाई कुनै राजनीतिक दलले सम्मान गरेन । त्यो विविधता त ठूलो सम्पत्ति हो हाम्रो । तर, त्यसलाई विभाजन गरियो ।

    नेपाली संस्कृतिको विविधता कति सुन्दर छ भनेर देखाउन सकेको भए कति राम्रो हुन्थ्यो । रास्वपाले त्यो दृष्टि राख्ला भन्ने आशा छ । हामी राष्ट्रवादको कुरा गर्छौं । भारत र चीनको विरोध गरेर राष्ट्रवाद खोज्छौं । तर, राष्ट्रवाद भनेको त आफ्नो मुलुकभित्रको अलग अलग जातजाति, धर्म संस्कृति छन्, तिनीहरुलाई बलियो बनाउनु हो ।

    बीपीको फिलोसोफी असाध्यै ठूलो फिलोसोफी हो । त्यसलाई साँच्चिकै प्रयोग गर्ने हो भने यो मुलुक साँच्चै बन्थ्यो । तर, त्यो फिलोसोफी त कसैलाई मतलबै भएन । त्यो फिलोसोफी त खोपीको देउतामात्रै बन्यो । त्यही देउतालाई देखाएर चाटुकार पण्डितहरुले जसरी फाइदा लिन्छन् नि, कांग्रेसको राजनीति त्यो दिशामा गयो ।

    हरेक जातजातिको भाषा, धर्म संस्कृति बलियो भयो भने राष्ट्र बलियो हुन्छ । हामीले काम गर्ने त त्यता होला नि त ! आन्तरिक राष्ट्रवाद त्यसरी बलियो बनाउने होला नि त ! हामीले त्यो विविधतालाई सम्पत्ति नै ठानेनौं । आफू राष्ट्रवादी हुनलाई कि सीमाको कुरा गर्नुपर्ने वा भारत र चीनलाई गाली गर्नुपर्ने अवस्थामा छौं ।

    – रास्वपाको उदयलाई हेर्दा पुराना दलहरुको औचित्य सकिएको हो कि भन्ने बहस पनि भइरहेको छ । पुराना दलको औचित्य सकिएको विश्लेषण ठीक हो र ?

    पुराना दलहरुको अस्तित्व त केही समय रहला । उनीहरुले आफूलाई करेक्सन गर्ने प्रयास गर्लान् । अहिले प्रधानमन्त्री प्रचण्डको ‘हामी अन्तिम अन्तिम जस्तो अवस्थामा आएका छौं’ भन्ने बोलीबाट पनि थाहा हुन्छ, एउटा नयाँ शक्ति अब आयो । हामी बाहिरिने हो कि भन्ने भय देखिन्छ उहाँहरुमा ।

    पुराना पार्टीमा युवा पुस्ताका मानिसहरु पनि छन् । तिनीहरु होल्ड भए भने चाहिँ ती पार्टीहरुको औचित्य रहला । पुरानै साँघुरो विचार बोकेका मानिसहरुकै हालिमुहाली भयो भने सकिएर जान्छ ।

    – रास्वपा पनि एउटा खहरे जस्तो हो भनेर मान्छेहरुले संशय प्रकट गरिरहेका छन् । तपाईंले कसरी हेरिरहनुभएको छ ?

    अहिलेको अवस्थालाई हेर्दा त्यस्तै देखिन्छ पनि । मलाई लाग्छ, रास्वपाको नेतृत्वले त्यति बुझेको छ । जसरी मान्छेले बाढीको रुपमा मात्रै व्याख्या गरिरहेका छन्, यसलाई नदीको रुप कसरी दिने भनेर चिन्तन गरिरहनुभएको छ जस्तो लाग्छ । पार्टीमा विज्ञहरु पनि हुनुहुन्छ । उहाँहरुले पार्टीलाई पचासौं वर्ष, सयौं वर्षसम्म कसरी नदीको रुपमा लान सकिएला भनेर विचार गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

    – कवि लेखक सडकको सत्ता हो, प्रतिपक्षमा बस्नुपर्छ भन्छन् । अपर्झट रास्वपामा प्रवेश भयो तपाईंको । यसले तपाईंको प्रतिपक्षीय लेखन, चेतना रास्वपामा समाहित भएको ठान्न मिल्ला र ?

    म कांग्रेसप्रति आस्थावान हुँदा पनि स्वतन्त्र आलोचनात्मक टिप्पणीहरु राख्थें । म चाहिँ खुम्चिन चाहन्नँ । अहिले रास्वपामा जाँदा फेरि एउटा कवि खुम्चियो भन्ने व्याख्या त होला ! गाली पनि खाइरहेको छु । गाली खान सिक्नु पनि परेको छ मैले अहिले । कवि भएर सबैको माया नै माया पाएको थिएँ । तर, एउटा राजनीतिक दल आलोचनामा विश्वास गर्ने, सुन्दर विचार लिएर जाने मान्छेले हस्तक्षेप गर्ने, नीतिहरुमा दबाब दिने मान्छेहरुका कारण बलियो हुने हो ।

    हामी राष्ट्रवादको कुरा गर्छौं । भारत र चीनको विरोध गरेर राष्ट्रवाद खोज्छौं । तर, राष्ट्रवाद भनेको त आफ्नो मुलुकभित्रको अलग अलग जातजाति, धर्म संस्कृति छन्, तिनीहरुलाई बलियो बनाउनु हो ।

    हाम्रो भूमिका भनेको आफ्नो दख्खल भएको क्षेत्रबारे बताउने हो । दृष्टिकोणलाई व्यापक बनाउने हो । तर पनि पार्टी साँघुरो भएर गयो, पुराना पार्टीहरुकै लाइनमा गयो भने त त्यहाँ बसिरहनुको औचित्य पनि त हुँदैन । रास्वपाले अन्य पार्टीहरुले गरेका गल्तीहरुबाट सिकिसकेको छ जस्तो लाग्छ र यो नयाँ ढंगले अगाडि जान्छ ।

    – कवि लेखकले सत्तालाई प्रश्न गर्ने हो भनेर भनिन्छ । अहिले तपाईंले त्यो अधिकार गुमाउनुभएको हो ?

    एउटा कवि लेखकको ठाउँ भनेको स्वतन्त्र स्पेस नै हो । तर, एउटा कवि वा लेखकले पनि राजनीतिक भूमिका निर्वाह गर्दा उसले केही गर्न सक्छ भन्ने आश हो मेरो । म कविको रुपमा राजनीतिलाई अलग गरेर कविता लेखिरहन्छु नै । बीपीले भन्नुहुन्थ्यो, ‘कार्यकर्ता त्यो हो, जसले नेतृत्वलाई खबरदारी गरिरहन्छ । जसले भनेको मात्रै मान्छ, त्यो दास हो ।’ म चाहिँ दास हुन सक्दिनँ ।

    – मान्छेहरुले रास्वपामा अवसर नै अवसर छ भनिरहेका वेला तपाईंको प्रवेश भयो नि ?

    मैले त्यसरी हेर्दै हेरिनँ । नेपाली कंग्रेसको एकै सांसदलाई ३० वर्षदेखि निरन्तर भोट दिइरहनुपर्ने अवस्था थियो । यस्ता कुराले पनि वितृष्णा आइरहेको थियो । अनि रास्वपा प्रवेश गर्दा ठीकै हुन्छ भन्ने लागेकाले प्रवेश गरें ।

    रास्वपा प्रवेश गरेको छ, त्यहाँ अवसर नै अवसर छ भनिरहेका छन् । अनि मैले मसँग लालच छैन भन्नु पनि एउटा लालच हो भन्ने व्याख्या हुनसक्छ । व्यापक रुपमा इन्टरएक्सन गर्न, आफ्नो विचारलाई टेबुलमा ल्याउने अवसर रास्वपाले दिन्छ भन्ने लाग्छ । यही नपाएर पनि कांग्रेसप्रति वितृष्णा पलाएको थियो ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीको हंगामा, प्रतिनिधिसभा आधा घण्टा स्थगित (भिडिओ)

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीको हंगामा, प्रतिनिधिसभा आधा घण्टा स्थगित (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा भएको छ । असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको बताएका थिए ।

    त्यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले सदनमा अवरोध गरेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन् । विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

  • रवि लामिछाने लक्षित प्रचण्डको टिप्पणी- भ्रष्टाचारको होहल्ला गरेर जनतालाई भ्रम छर्नेहरुको हावा खुस्किसक्यो

    रवि लामिछाने लक्षित प्रचण्डको टिप्पणी- भ्रष्टाचारको होहल्ला गरेर जनतालाई भ्रम छर्नेहरुको हावा खुस्किसक्यो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुलाई आफूहरुले भ्रष्टाचारविरुद्ध चालेको एकपछि अर्को ब्याटल मन नपरेको टिप्पणी गरेका छन् ।

    पार्टी निकट अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको फाइल खोलेर लडाइँ छेडेपछि विरोधी शक्तिहरु हैरान भएको बताए ।

    उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गरेर भ्रष्टाचारबारे होहल्ला गर्नेहरुको हावा खुस्किएको बताए ।

    प्रचण्डले भने, ‘अब भ्रष्टाचारको होहल्ला गरेर जनतालाई भ्रम दिने हावाहरु र तिनीहरुका बेलुनहरु फुटेका छन् । उनीहरुको बेलुनको हावा खुस्किएको छ । त्यसैले साँचो अर्थमा यो लडाइँको नेतृत्व कसले गर्नसक्छ भन्ने स्थापित भएको छ ।’

  • सरकार बनाउने र ढाल्ने खेलमा हामीलाई इन्ट्रेस्ट छैन : रवि लामिछाने (भिडिओ)

    सरकार बनाउने र ढाल्ने खेलमा हामीलाई इन्ट्रेस्ट छैन : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन्।

    कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरे।

    उनले भने, ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। तर, हामी अझै केही समय हेर्छौं। यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ।’

    एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट्याए।

    उनले भने, ‘सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ। त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन। अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ।’

  • स्वार्थीहरू प्रवेशका लागि चिहाउँदैछन्, पैसोको बिटो बोकेकालाई टाढा राख्छौं : रवि लामिछाने (भिडिओ)

    स्वार्थीहरू प्रवेशका लागि चिहाउँदैछन्, पैसोको बिटो बोकेकालाई टाढा राख्छौं : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे ।

    उनले भने, ‘हाम्रो पार्टीमा केही गर्छु भन्नेहरूको प्रवेश गरेका छन् । स्वार्थ भएका साथीहरू पनि यसो चिहाउँदै चाहिँ हुनुहुन्छ । त्यो पनि नदेखेको होइन पार्टीले देखेको छ । तर, चिन्ता मान्नु पर्दैन । हिजो माओवादी जस्तो, कांग्रेस एमाले जस्तो हुनेभयो । अब जो पनि छिर्ने भए पार्टीले भोट बढाउँने भन्दा घटाउने चर्चा छ । तर, पार्टीको ढोका सबैलाई खुला छ। तर, इमान बोकेर आउनेकाहरूलाई मात्रै हो ।’

    अहिले ठूला दलहरु सत्ता जोगाउनका लागि गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेको आरोप लगाए ।

    उनले भने, ‘यो गठबन्धन जनता जोगाउनको लागि बनेको होइन । त्यही देखेर वाक्कदिक्क भएर जनताले घण्टी बजाउन थालेका हुन् । जे आशाको साथ जनताले भोट दिएका छन् त्यसमा कुठाराघात गर्नको लागि एउटा स्वार्थ जोडिएको मान्छे जोडिनेबित्तिकै सबै यात्रा बिटुलो हुन्छ । हाम्रो यात्रालाई बिटुलो पार्नेलाई पार्टीभन्दा बाहिर राखेर भोटमात्रै बनाउनुहोला । ०८४ सम्म हामीले कुनै पनि खराब मान्छे, पैसोको बिटो बोकेको मान्छे टाढा राख्नैपर्छ । कुनै किसिमको दुर्गन्ध भएको मान्छेलाई बाहिर राख्नुपर्छ ।’

    चुनाव हारेपनि राजनीति हार्ने छुट आफूहरूलाई नभएको रविको भनाइ थियो । उनले राजनीतिको फोहोर सफा गर्न सकिने भन्दै आफ्नो पार्टीको २१ सांसदले संसदको गौरव बढाएको जिकिर गरे ।

    उनले भने, ‘हामीले १ जनाबाट सुरू गरेका थियौं । अहिले संसदमा २१ जना छौं । ०८४ को निर्वाचनमा दुईतिहाइ हुनेछ । हामी इमान्दारितका साथ बढ्नुपर्छ ।’

  • अवरुद्ध नारायणगढ-मुग्लिन सडकको अवलोकन गर्न रवि लामिछाने पहिरोस्थलमा

    अवरुद्ध नारायणगढ-मुग्लिन सडकको अवलोकन गर्न रवि लामिछाने पहिरोस्थलमा

    काठमाडौं । पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकको अवलोकन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

    बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडकको निरीक्षण गर्न लामिछाने पहिरोस्थल पुगेका हुन् ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुख्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक अवरुद्ध छ । सुख्खा पहिरो खस्ने क्रम जारी रहेकाले अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

    सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको छ भने सयौं यात्रु अपलत्र परेका छन् ।

    काठमाडौंबाट भरतपुर गएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् । नारायणगढबाट काठमाडौं र पोखरातर्फ आएका सवारीसाधन जलवीरे क्षेत्रमा रोकिएका छन् । पहिराेस्थल लामिछानेकाे निर्वाचन क्षेत्रसमेत हाे ।

  • प्रधानमन्त्रीलाई रविको जवाफ- अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभई परिवर्तन हुन्छ भन्ने देखेका छन्

    प्रधानमन्त्रीलाई रविको जवाफ- अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभई परिवर्तन हुन्छ भन्ने देखेका छन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभइकन परिवर्तन हुन सक्ने बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति आक्रोशित हुँदै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गर्न खोजेको आरोप लगाएपछि लामिछानेले त्यसको जवाफ फर्काएका हुन् ।

    प्रधानमन्त्रीले भनेका थिए

    मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन । बिहान एक गाग्री पानीका लागि तीन घण्टा खोला धाउनुपरेन । विद्यालय पुग्न तीन चार घण्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन । सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन ।

    रविले प्रधानमन्त्रीले भनेको कुरामा विमति र विरोध नगरेको बताए ।

    प्रधानमन्त्रीलाई जवाफ फर्काउँदै सभापति लामिछानेले भने

    प्रधानमन्त्रीज्यूले उपलब्धिहरू बताइरहँदा त्यसले भर्खरै नेपालका अस्पतालहरूमा, शौक्षिक संस्थाहरूमा आम नागरिकहरूले के पाइरहेका होलान् त्यसमा पनि ध्यान दिन अनुरोध गर्न चाहन्छु । यो पुस्ताले के देखेन भन्नुभयो । त्यसमा मेरो साथ र समर्थन नै छ । तर, यो पुस्ताले के देख्यो भने देशका संरचनाहरू ननासिकन, हत्याहिंसा, अंगभंग नभइकन, मानिसहरु नहराइकन, शान्तिपूर्ण ढंगले परिवर्तन हुने कुरा पनि देख्यो भन्ने कुरा थपिदिन आग्रह गर्छु ।

  • सदनबाट रवि लामिछानेको चेतावनी- अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्दैन (भिडिओ)

    सदनबाट रवि लामिछानेको चेतावनी- अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्दैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध खारेज नभए सदन चल्न नसक्ने चेतावनी दिएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन। सदन चल्न सक्दैन। अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस्। हामी सदनलाई गरिमामय ढंगबाट अगाडि बढाउन तयार छौँ।’

    उनले जिल्ला निर्वाचन कार्यालय नै खारेज गर्ने विषयमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य नभएको पनि बताए।

    उनले भने, ‘सत्तापक्षकै सांसदहरूले ठिक छैन भनिराख्नुभएको छ। तर, उहाँहरूलाई पास गर्नुपर्ने बाध्यता छ। उहाँहरूको बाध्यताको शिकार यो देशको लोकतन्त्र चढ्दैन।’

  • सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

    सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् ।

    वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् ।

    १८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।
    साथै भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ।

    राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो ।

    यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ ।

    विजेताहरुको घोषणा जुलाइमा युवा विश्व शिखर सम्मेलन वेलफास्ट २०२३ बाट हुनेछ ।

    उनीसँगै विश्वभरका अन्य १४ हाइ प्रोफाइल युवा मन्त्री, सांसद, मेयरमा मनोनीत छन् ।

  • रवि लामिछानेको प्रस्ताव- प्रहरीको ३० वर्षे हटाउँ, इन्स्पेक्टर भर्नामा ६० प्रतिशत आन्तरिक बढुवा गरौं

    रवि लामिछानेको प्रस्ताव- प्रहरीको ३० वर्षे हटाउँ, इन्स्पेक्टर भर्नामा ६० प्रतिशत आन्तरिक बढुवा गरौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् ।

    सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको भनाइ छ ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।

    सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

    ‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता-कता अलमलिएको हो कि ? भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु’, उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए । कारण के थियो भने-जुन ढंगले यसको इन्भेष्टिगेशन भईरहेको थियो । त्यहाँ इन्भेष्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए । अनेक कुराहरु आए ।’

    उनले त्यस विषयमा छानबिन अगाडि बढन नसकेको र अहिले छानबिन नसकिएपनि जुन परिणामहरु आइरहेको छ त्यसले प्रश्नहरुको उत्तर नै दिन नसकेको बताए ।

    सभापति लामिछानेले राष्ट्रको महत्वपूर्ण मुद्दाहरुलाई छाडेर सरकार किन अल्मलिएको छ ? भनि प्रश्न समेत गरे ।

    त्यस्तै, उनले नेपाल प्रहरीको ३० वर्षे प्रावधना हटाउन तथा इन्स्पेक्टरको भर्नामा ६० प्रतिशत आन्तरिक बढुवा गर्न पनि प्रस्ताव राखेका छन् ।

    सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले प्रहरी जवान र हवल्दारको स्वैच्छिक अवकाशलाई १६ वर्ष, जुनियर अधिकृतको हकमा १८ वर्ष र सिनियर अधिकृतको हकमा २० वर्ष बनाइनुपर्ने बताएका छन् ।

    लामिछानेले पेन्सनको हकमा भने २० वर्ष पुगेपछि मात्र वितरण हुने व्यवस्था गरिनुपर्ने बताएका छन् । जवान र हवल्दारको आर्थिक अवस्था कमजोर हुने भएकाले उनिहरुलाई स्वैच्छिक अवकाशको व्यवस्था १६ वर्षमै गरिनुपर्ने उनको भनाई छ ।

    ‘जवान र हवल्दारको आर्थिक अवस्था हेर्नु भयो भने उहाँहरुले परिवार कसरी पाल्छु हुन्छ, त्यो सोचनीय विषय छ’, उनले भने । वैदेशिक रोजगारीबाट उनिहरुले राम्रो रेमिट्यान्स भित्र्याउने उनले बताए ।

    उनले प्रहरीको सरुवा बढुवा पारदर्शी बनाइनुपर्ने र शक्ति केन्द्रको घर दैलोमा पुग्ने प्रचलन अन्त्य गरिनुपर्ने बताए । ‘अहिले पनि प्रहरी अधिकारीहरु शक्ति केन्द्रको घर घरमा पुगिरहेको देख्छु’, उनले भने ।

    लामिछानेले प्रहरी निरिक्षकमा खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत र आन्तरिक बढुवाबाट ६० प्रतिशतबाट बढुवा गरिनुपर्ने बताएका छन् । ‘अहिले ४० प्रतिशत बढुवा र ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था छ । अहिले प्रहरी सहायक निरिक्षकबाट सेवा सुरु गरेकाहरु प्रहरी निरिक्षकभन्दा अगाडि नजाने अवस्था भयो । जबकी २०४९ को नियमवालीअनुसार उनिहरु डीएसपीसम्म हुन्थे’, उनले भने ।

     

     

     

     

  • घण्टीघरमा उभिएर बाबुरामको दाबी- रास्वपाको उदयमा खुशी छु, २०८४ पछि नयाँ दलको सरकार बन्छ (भिडिओ)

    घण्टीघरमा उभिएर बाबुरामको दाबी- रास्वपाको उदयमा खुशी छु, २०८४ पछि नयाँ दलको सरकार बन्छ (भिडिओ)

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचनपछि नयाँ दलको सरकार बन्ने दाबी गरेका छन् ।

    स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा पुगेर रास्वपाको उदयप्रति खुशी भएको बताए ।

    उनले भने, ‘बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले चाहेको नयाँ हुन् । नयाँ भनेको अग्रगमन हो । पछाडि फर्किन होइन । संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लिएर जान सकोस् ।’
    उनले आगामी निर्वाचनबाट कांग्रेस, एमाले र माओवादीबाहेक नयाँ दलको सरकार बन्ने जिकिर गरे ।

  • रास्वपा मुख्यालयमा पुगेर प्रचण्डले बजाए घण्टी, अरु को-को सहभागी भए ? (तस्बिरहरु)

    रास्वपा मुख्यालयमा पुगेर प्रचण्डले बजाए घण्टी, अरु को-को सहभागी भए ? (तस्बिरहरु)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पुगेका छन् ।

    रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय पुगेर प्रधानमन्त्री प्रचण्डले घण्टी बजाएका छन् ।

    चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस उपसभापति धनराज गुरुङ, नेता रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा, जनमत अध्यक्ष सीके राउतलगायत सहभागी छन् ।

    यस्तै, राप्रपाका नेता पशुपति सम्शेर राणा, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, लोसपाको अध्यक्ष महन्थ ठाकुर, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहसहितका नेताहरु सहभागी छन् ।

     

  • हर्क र बालेनसँग सौहार्दपूर्ण सम्बन्ध छ, हामीसँग जोडिए खुशी हुन्छौं : रवि लामिछाने (भिडिओ)

    हर्क र बालेनसँग सौहार्दपूर्ण सम्बन्ध छ, हामीसँग जोडिए खुशी हुन्छौं : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहसँग राम्रो सम्बन्ध रहेको बताएका छन् ।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हर्क र बालेनलाई जोड्न सके राम्रो हुने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘हाम्रो चाहना छँदैछ । त्यो चाहनाअनुरुप उहाँहरुले पनि सोचिदिनुभयो भने हामी सय प्रतिशत सकारात्मक छौं । सम्बन्धका हिसाबमा पनि हाम्रो सौहार्दपूर्ण छ । उहाँको कामको निरन्तर रुपमा प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु । त्यो आफैंमा एउटा राम्रो संकेत बन्न सक्यो भने हुन सक्यो भने हाम्रो लागि चाहिँ खुशीको कुरा हो ।’

    लामिछानेले कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्ने बताए । अहिले संगठन विस्तारका धेरै काम भएकाले त्यतै केन्द्रित रहेको बताए ।

  • दलहरुको मोर्चाबन्दीले हामीलाई असर गर्दैन, जनतामा मुद्दामा गर्ने भए तयार छौं: रवि लामिछाने

    दलहरुको मोर्चाबन्दीले हामीलाई असर गर्दैन, जनतामा मुद्दामा गर्ने भए तयार छौं: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरुले बनाएको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने टिप्पणी गरेका छन्।

    पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताए।

    समाजवादी मोर्चाबारे उनको भनाइ जस्ताको तस्तैः

    चुनावमा चाहिँ राजनीतिक दलहरुले गठबन्धन गरेको होइनन् र ? डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरिहेर्नुहोला तपाईं। हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ होला।
    मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं। त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन। अरु राजनीतिक दलको कदम हो त्यो। हामीले नदेखेको दल हुनुहुन्न। हामीले देखेकै दल हुनुहुन्छ। उहाँहरुले मोर्चा गर्नुभएको छ। हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं। संसदमा पनि भनेका थियौं।
    जनतालाई गुणस्तरिय शिक्षा, स्वाथ्य गर्ने हामी पनि आउँछौं त्यस्ता मोर्चामा। पुरानो मिल्दा नयाँलाई त्यस्तो असर नगर्ला। हाम्रो पार्टीको ध्यान संगठनलाई मजबुद बनाएर जनतामा कसरी पुग्ने भन्ने हुन्छ। अरु दलप्रति हाम्रो शूभकामना नै छ।

  • घण्टीघरमा उभिएर रवि लामिछानेले भने- पहिलो वर्ष सौहार्दपूर्ण रह्यो, जनताले परिवर्तन मतपत्रबाट जाहेर गरे

    घण्टीघरमा उभिएर रवि लामिछानेले भने- पहिलो वर्ष सौहार्दपूर्ण रह्यो, जनताले परिवर्तन मतपत्रबाट जाहेर गरे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको पहिलो वर्ष जनताले आशा र भरोसाका साथ हेरेको पाएको बताएका छन्।

    पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजले परिवर्तन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइसकेको बताए।

    उनले भने, ‘हाम्रो भाषामा भन्नुपर्दा समाज परिवर्तनको घण्टी बजिसकेको छ। पहिलो वर्ष सौहार्दपूर्ण रह्यो। सकारात्मक रूपमा हेरेका छौँ।’

    उनले विचार र नीति जनतासम्म पुर्‍याउन चुनौती रहेको बताउँदै स्थानीय तहको निर्वाचनबाट जनतासम्म पुगेको बताए। संगठन विस्तार गर्दै आफूहरूले चाहेकोजस्तो नेतृत्व तय गर्ने बताए।

    आन्तरिक लोकतन्त्रबाट पार्टी नेतृत्व तय हुने बताए। पार्टीमा क्षमतावान् साथीहरू जोडिएकाले अहिलेको चुनौती पार गर्ने विश्वास व्यक्त गरे।

  • पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश (भिडिओ)

    पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश (भिडिओ)

    काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

    पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।

    उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् ।

    शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।

    रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।

    त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ ।

  • बालेन र हर्क साम्पाङको प्रशंसा गर्दै रविले भने- उहाँहरूबाट मैले प्रेरणा लिएको छु

    बालेन र हर्क साम्पाङको प्रशंसा गर्दै रविले भने- उहाँहरूबाट मैले प्रेरणा लिएको छु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् ।

    चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ जनताको सेवक भएकाले मिलेर काम गर्न आग्रह गरे ।

    उनले धरान उपमहानरका मेयर हर्क साम्पाङको प्रेरणाबाट चितवनमा अहिले पानी ल्याएको बताए ।

    उनले भने, ‘हर्क साम्पाङले धरानमा ढुंगा बोक्ने अभियान सुरू नगरेको भए मलाई पानी ल्याउने कुरामा प्रेरणा मिल्ने थिएन । आज उहाँ विशेष कारणले उपस्थित हुन सक्नुभएन ।’

    उनले काठमाडौं महानगरका मेयर बालेन शाहबाट पनि प्रेरणा लिएको बताए । रविले नयाँ र पुराना दलहरूबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए । शिक्षा र स्वास्थ्यमा बालेनले गरेको कामबाट आफूलाई प्रेरणा मिलेको बताए ।

    विस्तारै एकएक गर्दै देशलाई नै आत्मनिर्भर बनाउँदै जानुपर्ने बताए ।

    उनले भने, ‘आज हामीले यहाँबाट एउटा अभियान थालौं । म चितवनवासीलाई आह्वान गर्न चाहन्छु । आजबाट चितवनमा विदेशबाट आएका माछा र केरालाई प्रवेश निषेध गरौं । हामी यही उत्पादनमा आत्मनिर्भर बनौं । हामी त्यसमा आत्मनिर्भर बन्न सक्छौं ।’

    उनले चितवनको आफ्नो कार्यालयमा राख्न पाँच सयबाट एकजना सीईओ छानिसकेको बताउँदै चाँडै कार्यालय उद्घाटन गर्ने बताए । उनले सिइओको नाम नखुलाए पनि विदेशबाट सेवा सुविधा त्यागेर आएको व्यक्ति भएको बताए ।

  • रवि लामिछानेले भने- जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ हुँदैन

    रवि लामिछानेले भने- जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ हुँदैन

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नहुने बताएका छन्।

    भरतपुर महानगरपालिका १२ कालिका टोलमा आयोजित कार्यक्रममा बोल्दै जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो हुने बताए।

    उनले भने, ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ। पार्टीका कार्यकर्तालाई झन्डा बोकेर नभई आम नागरिक बनेर जनताको सेवक बन्नुपर्छ।’

    उनले आफ्नो आगामी पाँच वर्षमा धेरै काम गर्ने जिकिर गरे। भोट हालेको र नहालेकै आधारमा जनतालाई विभेद नगर्ने प्रष्ट्याए।

    उनले आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणलाई अगाडि बढाउने बताए।

  • संसद भवनभित्रै भएको बेथितिबाट लज्जाबोध भयो: हरि ढकाल (भिडिओ)

    संसद भवनभित्रै भएको बेथितिबाट लज्जाबोध भयो: हरि ढकाल (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताएका हुन् ।

    त्यसैगरी उनले संघीय संसद सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानविन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे ।

    उनले भने,‘बेथितिका कुराहरु गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ सहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु । सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ । यही भित्र संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ । मर्यादापालक दाजुभाई, दिदीबहिनीहरुको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद ढकालले संघीय संसद भवन भित्र आफ्नो आँखा अगाडि भईरहेको बेथिति र विभेद अन्त्य हुनुपर्ने समेत बताए ।

     

  • रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

    रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक जारी रहेको छ ।

    पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न बैठक बसिरहेकाे हाे ।

    संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

    रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रूपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथि पनि छलफल हुने उनले जानकारी दिए ।

    महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईँ सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्ताबेजमा उल्लिखित शासकीय स्वरूप, संघीयतालगायतका विषयमा केन्द्रीय नेताहरू बिचमा नै विवाद देखा परेको छ । सो विषयमा पनि प्रारम्भिक छलफल हुने जनाइएको छ ।

  • भारतीय पक्षले एकतर्फी रूपमा प्राविधिक पठाएर नेपाली भूमिको नापजाँच गरे : सांसद अर्याल (भिडिओ)

    भारतीय पक्षले एकतर्फी रूपमा प्राविधिक पठाएर नेपाली भूमिको नापजाँच गरे : सांसद अर्याल (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गराएको संसद्लाई जानकारी गराएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार १ गते इन्डेयन नेशनलको हाइवेको सर्वे गर्ने भन्दै कञ्चनपुरको भूमि भारतीय प्राविधिकहरूको टोलीले नापेको बताए।

    उनले भने, ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्। के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो। म सरकारलाई प्रश्न गर्न चाहन्छु।’

    सुरक्षाकर्मीले सुइँको नपाउँदा स्थानीयहरूले गलत काम भएको भन्दै प्रहरीलाई जानकारी गराएको बताए।

    उनले नेपाली पक्षलाई जानकारी नै नगराई एकतर्फी रूपमा भूमि नापजाँच गर्ने कुरा सामान्य नभएको बताए।

    उनले सो घटनाको सत्य तथ्य छानबिन गराउन सरकारसँग माग गरे।

  • स्वर्णिम वाग्लेको दाबी- नक्कली शरणार्थी प्रकरण छानबिन भइरहेको बेलामा पृथ्वी शाहको फ्रड केस आयो (भिडिओ)

    स्वर्णिम वाग्लेको दाबी- नक्कली शरणार्थी प्रकरण छानबिन भइरहेको बेलामा पृथ्वी शाहको फ्रड केस आयो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको बेलामा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस आएको दाबी गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहँदा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ ।’

    उनले सार्वजनिक संस्थाहरुको क्षयीकरणको बिषयमा ९ सालदेखि तालिम दिँदै आएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति नगर्ने, प्रतिष्ठानको काम मन्त्रालय आफैं गरेकोप्रति आपत्ति जनाए ।

    उनले भने, ‘मधेशमा १४७ विगा र पहाडमा ४५२ रापनी जग्गा रहेको संस्थाको सम्पत्ति पनि जगर्ने गर्नुपर्ने चुनौति देखिएको छ। अर्को ललिता निवास काण्ड नदोहोरियोस् ।’

     

  • रास्वपा कार्यालयमा पुग्यो इजरायली राजदूतको टोली

    रास्वपा कार्यालयमा पुग्यो इजरायली राजदूतको टोली

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । सभापति लामिछानेलाई राजदूतले पार्टी कार्यालय बसुन्धरा पुगेर भेट गरेका हुन् ।

    भेटमा विभिन्न समसामयिक विषय र विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको रास्वपाले जनाएको छ ।

    उक्त भेटघाटमा पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी थिए ।

  • भैँसी, राँगाको गफ गरेर ५ वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पाउँदैनौं : रवि लामिछाने (भिडिओ)

    भैँसी, राँगाको गफ गरेर ५ वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पाउँदैनौं : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।

    बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् । उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए । उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताए । सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताएका हुन् ।

    ‘हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ता जस्ता विषयहरुमा हामीले छलफल गर्यौँ हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ति हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषयहरु हुन्’, उनले भने, ‘हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदी पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मआलोचना गर्न चाहन्छौँ ।’

    उनले आफ्नो दलबाट भएका कमीकमजोरीप्रतिा आत्मआलोचना गरेका हुन् । आफूहरु नयाँ राजनीतिक दलका रुपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका बताउँदै उनले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसदबाट राम्रो सन्देश नगएको बताए ।

    उनले भने, ‘म आफ्नो भागमा परेको ब्लेम, आफ्नो भागमा परेको जुन दुःख छ, आफू जिम्मेवार हुन चाहन्छु र आफ्नो राजनीतिक दलको तर्फबाट गत केही दिनमा भएका बहहिरु अलिकति अमर्यादित भएकोमा क्षमा याचना गर्न चाहन्छु ।’

    सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे । उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे ।

    उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे ।

    उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे । सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे ।

    त्यसैगरी उहाँले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडी नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए ।

    त्यस्तै, आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उनले बताए ।

     

  • बाबुरामको नजरमा राजनीतिक दल- राप्रपाको चर्चा गर्न चाहेनन्, रास्वपा ‘राइट-अफ सेन्टर’

    बाबुरामको नजरमा राजनीतिक दल- राप्रपाको चर्चा गर्न चाहेनन्, रास्वपा ‘राइट-अफ सेन्टर’

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको पुरानो पार्टी नेपाली कांग्रेस उदारवादी लोकतान्त्रिक धारका पार्टी भएको निष्कर्ष निकालेका छन्।

    पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी’ भने पनि यसको मूल चरित्र पुँजीवादी उदारवादी लोकतान्त्रिक भएको बताए।

    उनले अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनकै कडीका रूपमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी’का विभिन्न चिराहरू विभाजित भएको उल्लेख गरेका छन्।

    प्रतिवेदनमा भनिएको छ, ‘एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदि उल्लेखनीय छन्। विचार र व्यवहारमा केही अन्तर भए पनि सबैले मार्क्सवाद–लेनिनवाद’ र केहीले माओवाद/विचार’लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त, जनवादी केन्द्रीयता’लाई संगठनात्मक सिद्धान्त र जनवाद’बाट वैज्ञानिक समाजवाद’ हुँदै साम्यवाद’सम्म पुग्ने आफ्नो राजनीतिक अभीष्ट मान्दछन्।’

    भनाइ र गराइ तथा बाटो र लक्ष्यको अन्तर्विरोधले भएका लामो समयसम्म टिक्न नसकेको उनको बुझाइ छ। बेलैमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै साम्यवादी’रूपमा लामो समय अघि बढ्न कठिन रहेको उल्लेख गरेका छन्।

    उनले राजतन्त्र र हिन्दूराज्यको पुनर्स्थापनालाई मुख्य मुद्दा बनाउने राप्रपा पुनरुत्थानवादी धारको भएकाले चर्चा गर्न आवश्यक नभएको उनको भनाइ छ।

    मधेसी, आदिवासी जनजाति, थारू आदि हिजोदेखि वञ्चितीकरणमा परेका जातिरक्षेत्रको पहिचान र अधिकारको मुद्दा केन्द्रित राजनीति गर्ने मधेशकेन्द्रित दल पनि लामो समय नटिक्न दाबी गरेका छन्।

    २०७९ को प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो निर्वाचनमै राष्ट्रिय पार्टी र चौथो ठूलो पार्टीको हैसियत प्राप्त गरेपनि संवैधानिक समाजवाद, योग्यता र कर्मशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, प्रत्यक्ष लोकतन्त्र आदि विषयलाई आफ्नो दर्शन र प्रतिबद्धता’ बनाएको उल्लेख गर्दै पार्टीको वैचारिक धार अझै प्रस्ट नभएको बताएका छन्। अनौपचारिक कुराकानीमा ‘राइट–अफ सेन्टर’ ९मध्य दक्षिण० धारको भन्ने गरेको दाबी गरे।

  • संसदमा असीम साहको प्रश्नः विदेशी चलचित्रको भन्सार शुल्क किन घटाइयो ? (भिडिओ)

    संसदमा असीम साहको प्रश्नः विदेशी चलचित्रको भन्सार शुल्क किन घटाइयो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले विदेशी फिल्मको भन्सार शुल्कको विषय उठाउँदै सरकारले गरेको नयाँ व्यवस्थामाथि आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा शाहले संसदमा चलचित्र विकास बोर्डले दिएको सुझावलाई बेवास्ता गर्दै सरकारले विदेशी चलचित्रमा एक प्रतिशतमात्र भन्सार शुल्क लगाएकोमा आपत्ति जनाएका हुन् ।

    उनले भने, ‘चलचित्रको पैठारीमा लाग्ने भन्सार शुल्क ५ प्रतिशत बनाउनुपर्ने सुझाव चलचित्र विकास बोर्डले दिए पनि सरकारले भन्सार शुल्क पहिलेको भन्दा झनै कम गरेर १ प्रतिशतमा झार्‍यो । पाँच प्रतिशतको ठाउँमा अब मात्र एक प्रतिशत भन्सार शुल्क तिरेर विदेशी चलचित्र नेपालमा लाग्न पाउने घोषणा गरियो । यसले के प्रश्न तेर्साएको छ भने नेपाल सरकारले विदेशी चलचित्रको प्रवर्द्धन गर्दैछ वा नेपाली चलचित्रको ? सरकारले बेलैमा मनन गरोस् ।’

    उनले संसदमाा नेपाली चलचित्रलाई आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गर्ने र दोलखा अनि बनेपामा फिल्म सिटी इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाउने दुइटा कुरामै सरकारले समग्र चलचित्र क्षेत्र समेटेको गुनासो पोखे ।

    ‘हरेक सरकारले एकपछि अर्को वर्ष यही बोल्छ । तर, कार्यान्वयन गर्ने केही आधार देखिएको छैन’, सांसद शाहले भने ।

    उनले आन्तरिक पर्यटन प्रवर्द्धनमा नेपाली चलचित्रले खेलेको भूमिकालाई सरकारले बेवास्ता गरेको आरोप लगाए । ‘आजसम्म पनि हामी २०२६ सालमा बनेको चलचित्र नीतिलाई पछ्याउँदैछौं । यो नीति कहिले फेर्छौं हामी ? नेपाली चलचित्र आयातित चलचित्रको मारमा परिरहेको समयमा सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट र योजना सुनाएर थप पीडा थपेको छ’, उनले भने ।

    चलचित्रसम्बन्धी मुद्दालाई संसदमा उठाएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शाहलाई सामाजिक सञ्जालबाट धन्यवाद दिएका छन् ।

  • सुमनाको प्रश्न- अर्थमन्त्रीज्यू ! बजेट गरिबमारा भो, हरेक सासको कति कर लिनुहुन्छ ? (भिडिओ)

    सुमनाको प्रश्न- अर्थमन्त्रीज्यू ! बजेट गरिबमारा भो, हरेक सासको कति कर लिनुहुन्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गरिन् । सुमनाले त्यसको विरोधमा आफूहरूले संसद बैठकसमेत अवरुद्ध गर्नसक्ने चेतावनी दिएकी छन् ।

    दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा उनको आपत्ति थियो । गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनी उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न सोधेकी छन् ।

    श्रेष्ठले भनिन्, ‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिब झन् गरिब बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिबहरूको कथा सुनाउने दातृ संस्थाहरूलाई । गरिबलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस् । आफूले टार्गेट गरेको कर उठेन भने अब त अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसाबले रोकिएको छ । जनताको लागि अव हामी रोक्छौं । यस्तो गरिबहरूलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन । यसको विरोध गर्छौं ।’

    सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् ।