Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्दै

    रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्दै

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ ।

    पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए ।

    केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए ।

    बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारीरहेको उनले बताए । प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिक रूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए ।

    रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमा छन् ।

  • मधेश झरेर रवि लामिछानेले भने- मान्छे बेचेर नअघाएकाहरू चुरे बेचेर अघाउने कोसिस गर्दैछन्

    मधेश झरेर रवि लामिछानेले भने- मान्छे बेचेर नअघाएकाहरू चुरे बेचेर अघाउने कोसिस गर्दैछन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुरे मास्ने षड्यन्त्र भइरहेको बताएका छन् । सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै चुरो मधेशको ज्यान, सान र भविष्य भएको बताए ।

    उनले भने, ‘हामीसँग चुरेजस्तो सम्पत्ति छ । अब मान्छे बेचेर नअघाएकाहरु अब चुरे बेचेर अघाउने कोसिस गरिरहेका छन् । खबरदार चुरे चलायो भने हामी यहाँ खबरदारी गर्न बसेका छौं । मधेशको ज्यान, सान र भविष्य हो चुरे । हाम्रो होइन आउँदो पुस्ताको लागि हो चुरे । चुरेमा आँखा लगाउँने होइन । मान्छे बेचेर कमाएको पैसाले नपुगेर अब चुरेबाट दोहन गरेर यहाँका प्राकृतिक स्रोत साधनलाई ध्वस्त पारेर कसैलाई पोस्नको लागि भित्रभित्रै सम्झौता गर्ने चाल थाहा पाएका छौं हामीले ।

    पुराना दलहरुको दबदबालाई अटेर गरेर घण्टी बजाउँदै आफूहरुले साहशिक कदम चालेको दाबी गरे ।

    उनले भने, ‘हामीलाई हाम्रो प्रवाह छैन । हामी अब परिवर्तन गरेरै छाड्ने आँटका साथ आएका छौं । कुनै पनि देशमा परिवर्तन हुनका लागि एउटा पुस्ताले त्याग गर्नैपर्छ । त्यसका लागि हामी तयार आएका छौँ ।’

     

  • जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्छ, निषेधको राजनीति टिक्दैनः रवि लामिछाने

    जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्छ, निषेधको राजनीति टिक्दैनः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताए ।

    वीरगञ्जमा आयोजित एउटा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले नै दिएको स्मरण गराए ।

    उनले भने, ‘जोजो साथीहरू अहिले विभिन्न ढंगले आफूलाई अभिव्यक्त गरिरहनुभएको छ, विभिन्न कार्यक्रम गरिरहनुभएको छ, जनताको मुद्दा उठाउने सवालमा आवाज रोकिनु हुन्न । हामीले रोजेको बाटो र अरुले रोजेको बाटो एउटै हुनुपर्छ भन्ने छैन ।’

    लामिछानेले थपे, ‘मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडित, जसले, जहाँबाट, जुन कोणबाट भुइँमा रहेका मान्छेको आवाज उठाउँछ, त्यसको राज्यले सम्मान गर्नुपर्छ । जसले जसरी अभिव्यक्त गरे पनि आफूलाई लागेको कुरामा विरोध गर्न पाउनुपर्छ, प्रदर्शन गर्न पाउनुपर्छ, जनताको मुद्दा उठाउन पाउनुपर्छ । निषेधको राजनीतिक लामो समय टिक्दैन । जनतामा केन्द्रित मुद्दा उठाउनेमाथि कहीँकतै रोकटोक नहोस । हामी भने शान्त ढंगले निर्वाचनका माध्यमबाट यो प्रणालीलाई स्वीकारेर जाने पक्षमा छौं ।’

  • भरतपुरकी मेयर रेणुको बदनाम गरेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

    भरतपुरकी मेयर रेणुको बदनाम गरेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

    चितवन । भरतपुर महानगरका मेयर रेनु दाहालको सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं। ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनीहरू दुवैलाई गए राति आ आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए ।

    मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राती पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

  • रास्वपा उपसभापति डीपी अर्याल भन्छन्- हामीले चाहेको संसदीय अभ्यास यो होइन

    रास्वपा उपसभापति डीपी अर्याल भन्छन्- हामीले चाहेको संसदीय अभ्यास यो होइन

    काठमाडौं । पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’ लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।

    सोही अभियानअन्तर्गत पार्टी सङ्गठन परिचालन गरिरहेका प्रतिनिधिसभा सदस्य एवं रास्वपा उपभापति डोलप्रसाद अर्याल एक वर्षको ‘रिपोर्ट कार्ड’ बोकेर धादिङका जनताको घरदैलोमा पुगेका छन् । जनताका लागि देखाउन रिपोर्ट कार्ड बोकेका उनी आफू भने त्यो रिपोर्ट कार्डबाट अझै सन्तुष्ट हुन नसकेको बताउँछन् । एक वर्षे अवधिमा विधायिकाको भूमिका प्रभावकारी हुन नसकेको उनको विश्लेषण छ ।

    ‘हामी त सन्तुष्ट छँदै छैनौँ । जुन समय हामीले सदनमा व्यतित गर्‍यौं, त्यसबाट जनताले के प्राप्त गरे भन्नेमा हिसाबले हेर्दा सन्तुष्ट हुने ठाँउ कति पनि छैन’, अर्यालले भने, ‘जनताको हित हुने विषयमा हामी बाँडिनु भएन । तर, हामी कानून निर्माण गर्न चुकेका हौँ । जसोतसो दुई अधिवेशन सकियो, हाम्रो पार्टीले गर्ने कोसिस गरिनै रह्यो । यद्यपि एक वर्षको काममा सन्तुष्टि हुने ठाउँ छैन ।’

    उनले दोस्रो अधिवेशनको समीक्षासँगै आफूहरुले आगामी अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुने विषयमा प्रतिबद्धता जनाए ।

    ‘हामीले चाहेको संसदीय अभ्यास यो होइन भनेर आन्तरिक छलफल गरिरहेका छौँ । उसो त सुरुका दिनदेखि नै नगरेको पनि होइन । जनतासम्म पुगेर उहाँहरुको कुरा ल्याउने, बितेको अधिवेशन, जनताको आशा अपेक्षासम्बन्धी सुझाव र अहिले प्रक्रियामा आएका कानुन बनाउने, आवश्यक कानूनका विषयमा तयारी गरेर अर्को अधिवेशनमा हाम्रो जोडदार उपस्थिति रहने छ’, उनले थपे ।

    धादिङ मैदी–४ मा जन्मिएका सांसद अर्यालसँग पर्यटन र विप्रेषण क्षेत्रमा २० वर्षको अनुभव छ । विसं २०७९ मा रास्वपाको स्थापनासँगै राजनीतिमा सक्रिय उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बने । अर्याल सत्तापक्ष र प्रतिपक्षका रुपमा नभइ सदन र मुलुकको विकासका लागि जनताको मुद्दामा एकजुट हुनुपर्ने मान्यता राख्छन् । यद्यपि संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन नसकेको उनको टिप्पणी छ ।

    ‘धेरै दलका सांसदले आफ्नो दललाई मात्र प्रतिनिधित्व गरेको पाएँ । सदनको बहस दलभन्दा माथि उठन सकेन’, उनी भन्छन्, ‘सदनभित्र सबै जनताका लागि यी सबै दलले दलभन्दा माथि उठेर छलफल, बहस गर्ने अभ्यास हुनुपर्दथ्यो, तर त्यसो नभएको मैले महसुस गरे । अझ यो ढ्यापढ्यापबाट पास गर्ने प्रवृतिभन्दा माथि उठनुपर्छ ।’

    सांसद अर्याल दलले सांसदको स्वतन्त्रतामा अंकुश लगाउँछ भन्ने आरोपप्रति भने पूर्णरुपमा सहमत छैनन् । उनी भन्छन्, ‘सबै विषयमा दलको ह्वीप लगाएको छ भन्ने मलाई लाग्दैन । तर, प्रतिपक्ष र सत्तापक्षको ढयापढयाप गर्ने प्रणाली आफैंमा अलिकति दुर्भाग्यपूर्ण नै छ । यसले गर्दा पनि सांसदहरु पार्टीको ह्वीपमा परेका हुन् कि भन्ने बुझाइ पनि हुनसक्छ ।’

    संसदीय अभ्यासमा अपेक्षाकृत रुपमा काम कम भए पनि सदनमा रास्वपाको उपस्थितिले सकारात्मक सन्देश दिएको सांसद अर्यालको जिकिर छ । जनतालाई परिवर्तनको सुरुवात भएको महसुस गराउने आफूहरुको प्रयास सफल भएको उहाँको दाबी छ ।

    ‘देश विदेशमा रहनुभएका नेपाली नागरिक एवं प्रशासनिक क्षेत्रका साथीले पनि सदनमा रास्वपाका सांसदको उपस्थितिले सदन हेर्न र सुन्न लायक भएको प्रतिक्रिया दिनुभएको छ । हाम्रो उपस्थितिले सदनप्रति आमनागरिकको आर्कषण र अपेक्षा दुवै बढाएको छ’, सांसद अर्यालको जिकिर छ ।

    सदनमा जनताका मुद्दा प्रस्तुत गर्दा सरकारको ध्यानाआर्कषण कसरी गराउने भन्नेमा आफूहरु सचेत भएको भन्दै उनले जनताको मुद्दा र जनताका हितका विषयमा सदनसँगै प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालय, विभाग र सम्बन्धित निकायमा ध्यानाआर्कषण गराइरहेको बताए ।

    ‘सरकारले सुन्दैन भन्दै गर्दा सरकारलाई सुन्ने बनाउने काम हाम्रो हो । सुन्ने बनाउन हामीले धेरै प्रयास जारी राखेका छौँ’, उनले थपे, ‘मेरो निर्वाचन क्षेत्रलाई अथवा मेरो काम गर्दिनुहोस् भनेर होइन, समग्र देशको जनताको हितको विषयलाई लिएर सदनदेखि सरकारका विभिन्न निकायमा आफ्नो प्रयास जारी राखेका छौँ ।’

    ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुन हुँदैन भनेर मैले संकल्प प्रस्ताव राखेको थिएँ । सर्वोच्च अदालतले सांसदको भूमिका सम्झाउँदै उक्त बजेट खर्च गर्न रोक लगाइदिएको थियो । त्यसका लागि हामीले सर्वोच्च अदालतलाई धन्यवाद पनि दियौँ’, अर्याल भन्छन्, ‘उक्त बजेटको रकम अहिले मन्त्रिपरिषद्ले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्ने निर्णय गरेको छ । यो चित्त बुझ्ने निर्णय भयो ।’

    ‘गैरसरकारी विधेयक सदनमा लैजानै पर्छ भन्नेमा छौँ र त्यसका लागि तयारी गरिरहेका छौं’, उनले सुनाए ।

    राजनीतिक यात्राको एक वर्ष पूरा गर्दैगर्दा सांसद अर्यालले सुशासनमा सबैभन्दा ठूलो समस्या देखिएको आफूले पाएको अर्याल बताउँछन् । उनी भन्छन्, ‘सरकार नै मिलिजुली बनेको छ, भागबण्डाका कुरा आउँछन् । हामीले सोचेको जस्तो त छैन तर सुशासन कायम गर्नका लागि हामी घचघचाउने काममा निरन्तर लागेका छौँ ।’

    सांसद अर्यालले सफल संसदीय अभ्यासमा अनुशासन अतिआवश्यक हुने उल्लेख गर्दै संसदीय मर्यादा विपरीत सदनमा आरोपप्रत्यारोपका क्रममा प्रयोग हुने भाषा सुन्न लायक नभएको बताए ।

    ‘हामीसँगसँगै अन्य पार्टीका युवा सांसदहरु पनि जोडिनुभएको छ । हामीले परिकल्पना गरेको सफल संसदीय अभ्यास सम्भव छ तर यसका लागि समय भने पक्कै लाग्छ’, उनी भन्छन् ।

    सांसदसँग रासस

  • रास्वपा आजदेखि घरदैलो अभियानमा

    रास्वपा आजदेखि घरदैलो अभियानमा

    काठमार्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ ।

    रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।

    ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।

    “चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ”, उनले भने । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।

    पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनेछ । उनले भने “एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन हुनेछन् ।”
    रासस

  • जाजरकोट अस्पतालका लागि रास्वपा सांसद डा. तोशिमा कार्कीले एक महिनाको तलब सहयोग गर्ने

    जाजरकोट अस्पतालका लागि रास्वपा सांसद डा. तोशिमा कार्कीले एक महिनाको तलब सहयोग गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोशिमा कार्कीले जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्पताललाई चाहिने सामान जुटाउनका लागि सहयोग गर्ने घोषणा गरेकी हुन् ।

    उनले सामाजिक सञ्जालमार्फत नै संघीय तथा प्रादेशिक स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्नका लागि ध्यानाकर्षण गराउदैँ मनकारी नेपालीजनलाई सहयोग गर्नका लागि पनि अपिल गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘जाजरकोट असपतालमा उपकरण थप्ने विषयमा केहि साथीहरुले मलाई सांसद विकास कोषबाट गर्नुस् न भन्नुभएको रहेछ। पुनस् जानकारी गराउँछु, त्यो निर्वाचन क्षेत्र विकाष कोष र सांसद विकास कोष सर्वोच्च द्वारा रोक्का भईसकको अवस्था छ । यद्दपी मेरो एक महिनाको तलब यो अस्पताललाई चाहिने सामान जुटाउनमा सेवाभाव साथ सानो सहयोग गर्नेछु । नेपाल सरकार स्वास्थ्य मन्त्रालय (संघ, प्रदेश)लाई पनि ध्यानाकर्षण गराएकोछु । हजुरहरु मनकारी नेपालीजनले पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । आशा छ चाँडै नै जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सहित आईसीयु सन्चालन सुरु गर्न सकिनेछ ।’

    जाजरकोट असपतालमा उपकरण थप्ने विषयमा केहि साथीहरुले आफुलार्य सांसद विकास कोषबाट सहयोग गर्न अनुरोध गरेको भए पनि निर्वाचन क्षेत्र विकाष कोष रसांसद विकास कोष सर्वोच्च अदालतले रोक लगाइसकेको भन्दै एक महिनाको तलब सुविधा उपलब्ध गराउने उनको भनाई छ ।

  • रवि लामिछानेको टिप्पणी : कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने त ?

    रवि लामिछानेको टिप्पणी : कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने त ?

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिएका छन् ।

    लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रमिा रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए । उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए ।

    उनले टिप्पणी गर्दै भनेका छन्, ‘टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने सत्ताधारी दल कै कयौं नेता भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ?’

    लामिछानले मुलधारले ढोका बन्द गरेका कैयौं प्रतिभा सामाजिक संजालबाट उदाएको, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरेको, सामाजिक संजालले फैलाएका कैयौ अफवाहलाई मुलधारले गलत प्रमाणीकरण गरेको बताए । तर, उनले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीबाट भएको बिरोधको अर्थ नबुझिएको भन्दै के यो माओवादी केन्द्रको मात्रै निर्णय हो र भनेर प्रश्न गरेका छन् ।

    उनले लेखेका छन्, ‘आजको युगमा सोसल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो । सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’

  • सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने (भिडिओ)

    सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने (भिडिओ)

    काठमाडाैं । रास्वापका सभापति रवि लामिछानेले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका हुन् ।

    उनले जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको समेत बताए । लामिछानेले देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै कुनै पनि गलत काम गर्नेहरूप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

    यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अव रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।

    त्यस्तै उनले नेपाल संवतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गरे ।

  • रास्वपाले सरकारसँग माग्यो ‘पुनर्निमाणको ठेक्का’, निर्णयको तेस्रो बुँदाले पार्टीभित्र खैलाबैला

    रास्वपाले सरकारसँग माग्यो ‘पुनर्निमाणको ठेक्का’, निर्णयको तेस्रो बुँदाले पार्टीभित्र खैलाबैला

    काठमाडौं । कात्तिक २३ गते विहीवार गते प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको वक्तव्यको मुख्य अन्तर्यमा कसैको चासो नगएपछि सो पार्टीका नेताहरुबीचमै मतान्तर प्रकट भएका छन् ।

    रास्वपाले जाजरकोट भूकम्पपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेको थियो । बैठकपछि प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले ७ बुँदे वक्तव्यमा भुकम्प प्रभावितको राहत,उद्दार र पुननिर्माणको सन्दर्भमा पार्टीको निर्णय सार्वजनिक गरेका थिए ।

    रास्वपाले अघि सारेका सुझावहरुको समाचार आए पनि उसले राखेको माग वा प्रस्तावको मुख्य विषय बहसमा नआएपछि पार्टीभित्र भने मतान्तर प्रकट भएको छ । त्यो विषय हो, भूकम्प प्रभावितको पुनःस्थापना र पुननिर्माणको नेतृत्व रास्वपालाई दिनुपर्ने निर्णय । प्रेस वक्तव्यको तेस्रो बुँदामा उल्लेखि सो निर्णयलाई लिएर रास्वपाकै कतिपय नेताले असन्तुष्टि जनाएका छन् ।

    वक्तव्यमा भनिएको छ–प्रभावितहरुको प्रारम्भिक पुनःस्थापना एवं भुकम्पपछिको पुननिर्माणका लागि पार्टीमा रहेका विज्ञहरुको विज्ञता तथा स्वयंसेवकका रुपमा मानवनीय संशाधन निशर्त सरकारलाई सहयोग गर्न रास्वपा तत्पर रहेको छ । साथै,देशको चौथो ठूलो राजनीतिक दल एवं नेपाली जनताको नविन आशाको केन्द्रबिन्दुमा रहेका नाताले भुकम्पपछिको पुनःस्थापना एवं पुननिर्माणको नेतृत्व रास्वपालाई दिन सरकारसमक्ष हार्दिक अपिल गर्दछ ।

    राजनीतिक दलले पुननिर्माण जस्तो प्राविधिक र बजेटरी कामको जिम्मा खोज्नु अपरिपक्वता हुने भन्दै नेताहरुले यो वक्तव्यको बुँदामा विमति जनाएका छन् । पुननिर्माण प्राधिकरणले विगतको गरेको काम यसपटक रास्वपाले मागेको हो ? यो प्रश्न उठेको छ ।

    ती नेताले भने–धन्न मिडियाले यो विषयमा ध्यान दिएनन् त्यस दिन । नत्र राजनीतिक पार्टीले ठेक्कापट्टाको काम देऊ भन्नु हाम्रो अपरिपक्वता र हास्यास्पद कुरा हो । हाम्रा विज्ञ र प्राविधिकहरु स्वयंसेवीरुपमा दिन्छौं भनेको भए हुन्थ्यो,आयोजना नै निर्माणको काम हामीलाई देऊ भन्नु त हामीलाई नै उडाउने कुरा भयो ।

    एउटा पार्टीले पुनःनिर्माण गर्न हामीलाई देऊ भनेर औपचारिक निर्णय गर्नु लाजमर्दो कुरा भएकाले यसलाई सच्याउन आग्रह गरिएको उनले बताए ।

     

  • मंसिर ११ देखि १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने रास्वपाको निर्णय

    मंसिर ११ देखि १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ । बिहीबार बसेको संसदीय र केन्द्रीय समितिको बैठकपछि प्रवक्ता डा. मुकुल ढकालले यसअघि कात्तिक २२ र २३ गतेका लागि राखिएको बैठक भुकम्पको कारणले रोकिएपछि मंसिरमा राखेको बताए ।

    बैठकमा महाधिवेशनको प्रक्रिया, सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने उनले बताए ।

    यस्तै, मंसिर २ देखि ४ सम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

    उनले भने, ‘हामीलाई गत मंसिर ४ को निर्वाचनमा ठूलो विश्वास गरेर जनताले मत दिनुभएको छ । हामी अहिले पनि जनतासँगै छौं । भएपनि मंसिर २, ३ र ४ गते चुनावपछिको घरदैलो कार्यक्रम भनेर हामीले राखेका छौं ।’

  • रास्वपा बैठक : बर्खाअघि नै भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण गरिसक्न सरकारको ध्यानाकर्षण

    रास्वपा बैठक : बर्खाअघि नै भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण गरिसक्न सरकारको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भूकम्प प्रभावित क्षेत्रमा तत्कालको समस्या समाधान गर्नको लागि तीनै तहको सरकार गम्भीर भएर लाग्न आग्रह गरेको छ ।

    बिहीबार बसेको संसदीय र केन्द्रीय समितिको बैठकपछि प्रवक्ता डा. मुकुल ढकालले भुकम्प आएको एक सातासम्म आवश्यक त्रिपाल कम्वललगायतको सामग्री पीडितकहाँ पुग्न नसकेकोप्रति भर्त्सना गरेको बताए ।

    उनले भने, ‘राहत न्यायोचित वितरण गरेर जनतालाई जाडोबाट जोगाउनको लागि सरकारले व्यवस्थापन गर्नुपर्छ। प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन पनि सरकार गम्भीर हुनुपर्छ ।’

    उनले आगामी बर्खाअघि नै पुनर्निर्माण गरिसक्न सरकारसँग ध्यानाकर्षण गराएका छन् ।

  • रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै, भूकम्पदेखि महाधिवेशनसम्म एजेण्डा

    रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै, भूकम्पदेखि महाधिवेशनसम्म एजेण्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बोलाएको छ। पार्टी मुख्यालय वनस्थलीमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो।

    बैठकमा जाजरकोट र रुकुपपश्चिममा गएको भुकम्प प्रभावित क्षेत्रमा भएका उद्धार, राहत र पुनस्र्थापनाबारे छलफल हुने उपसभापति डिपी अर्यालले बताए।

    उनले भने, पार्टी सभापतिज्यू पनि प्रभावित क्षेत्रबाट फर्किनुभएको छ। उहाँले त्यहाँको अवस्था र पार्टीको तर्फबाट भएका कामबारे ब्रिफिङ गर्नुहुन्छ। र, अब कसरी अगाडि जाने भन्ने बिषयमा पनि केही निर्णय हुन्छ।

    उनले बैठकमा पार्टीको महाधिवेशनको बिषयमा पनि छलफल हुने बताए। मंसिरमा गर्ने भनिएको महाधिवेशनको विधिलगायतको बिषयमा पनि छलफल हुने उनले बताए।

    रास्वपाले यसअघि पार्टीको बैठक मधेश प्रदेशमा गर्ने तयारी गरेको थियो। तर, भूकम्पपछि स्थगित भएको बैठक आज काठमाडौंमै बस्न लागेको हो।

  • प्रधानमन्त्रीलाई रविले भने- परिवर्तनका लागि तातो गोली थाप्न तयार जनतालाई चिसोबाट बचाउनुस्

    प्रधानमन्त्रीलाई रविले भने- परिवर्तनका लागि तातो गोली थाप्न तयार जनतालाई चिसोबाट बचाउनुस्

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) बाट फर्किएलगत्तै त्यहाँको यथार्थबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका छन् ।

    बालुवाटार पुगेर राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई उनले १४ बुँदे सुझाव दिएका हुन्।

    छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाए ।

    सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस् भन्दा प्रधानमन्त्री गम्भीर भएको बालुवाटार स्रोतले बतायो ।

  • एकद्वार प्रणालीको नाममा सुगम ठाउँमा मात्रै राहत नथुपार्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

    एकद्वार प्रणालीको नाममा सुगम ठाउँमा मात्रै राहत नथुपार्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको तत्कालीन राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

    रास्वपाका उपसभापति डीपी अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै ध्यानाकर्षण गरेको हो ।

    उनले एकद्वार प्रणालीको नाममा सदरमुकामसहित सुगम ठाउँमा राहत थुप्रिने तर दुर्गमका वास्तविक प्रभावितले नपाउने विगतको कमजोरी नदोहोर्‍याउन सरकारलाई सचेत गराएको छ ।

    विगतमा भए जस्तै राहतमा प्राप्त चामल गोदाममा नकुहिउन् र कसैले दोहोरोतेहोरो राहत प्राप्त गर्दै गर्दा कुनै पीडितले राहत पाउँदै नपाउने अवस्था नबनोस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै राहत वितरणलाई चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन अपनाउनुपर्ने थप सजगताका लागि ६ बुँदे सुझाव दिइएको उपसभापति अर्यालले जानकारी दिए ।

    उनका अनुसार राहत सामग्री वितरणमा सडक पहुँच राम्रो नभएको ठाउँलाई प्राथमिकतामा राख्न, उद्धार र राहतका कार्यमा सरकारलाई आवश्यक परेमा आफ्नो पार्टीको मानव संशाधन र सञ्जाल उपयोग गर्न सुझाव दिइएको छ ।

    यस्तै भूकम्प प्रभावितका लागि स्वदेश तथा विदेशबाट, सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त आवश्यक राहत सामग्रीको वितरण लक्षित जनतासम्म पुगेको यिकन गर्न तथा पीडितको उद्धारमा सम्बन्धित निकायको अनुगमन गर्न, तत्काल बसोबासका लागि आवश्यक प्रबन्ध गर्न सम्बन्धित निकायलाई सचेत गराउन, पुनर्निर्माण प्रक्रिया यथाशीघ्र अघि बढाई पीडितको पुनःस्थापना छिटो गर्न सम्बन्धित निकायलाई सचेत गराउन तथा पुनर्निर्माणका लागि आवश्यक कानूनी संरचना निर्माण कार्य तत्काल थालनी गर्न सुझाव दिइको अर्यालले बताए ।

    उनका अनुसार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकाय तथा संघसंस्थालाई प्रभावकारी रुपमा परिचालन गर्न विद्यमान कानूनी तथा नीतिगत व्यवस्थामा रहेका कमीकमजोरी केलाई समय सापेक्षा सुधार गर्नुपर्ने आवश्यकता रहेकोतर्फ समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

    रास्वपाले जाजरकोटको रामीडाँडामा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितको उद्धारमा सरकारले देखाएको तदारुकताका लागि धन्यवाद ज्ञापन पनि गरेको छ ।

  • जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

    जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

    काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रयासमा छन् ।

    संसदको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जाजरकोट-रुकुममा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । सो पार्टीका दुई चिकित्सक नेता डा. मुकुल ढकाल र डा. तोसिमा कार्की घाइतेहरूको उपचारमा समेत संलग्न छन् । यसैगरी, पार्टीले विभिन्न राहत सामग्री पनि वितरण गरिरहेको छ ।

    रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भने अलि पृथक शैलीमा प्रस्तुत भएका छन् । उनी त्यहाँ स्थलगत अवलोकन र राहत वितरणमात्र होइन, एउटा रेडियो कार्यक्रम पनि चलाइरहेका छन् । आफ्नो पुरानो पेशालाई ब्यूँताउँदै उनी जाजरकोटको रेडियो पाइला (९१.६ मेघाहर्ज) बाट उनी स्रोतामाझ प्रस्तुत हुन थालेका हुन् । ‘सही सूचनाका लागि हेल्लो रवि’ उनको नारा छ ।

    भूकम्प आएका दिन रवि पाल्पामा थिए । पार्टी कार्यक्रममा सिलसिलामा त्यहाँ रहेका उनले भूकम्पपश्चात तत्काल सबै कार्यक्रम स्थगत गरेर जाजरकोट पुगेका हुन् । उनले पार्टी पंतिलाई पनि भूकम्पपिडितको उद्दार र राहतमा खटिन अपील गरेका थिए । त्यसबमोजिम रास्वपाका नेता कार्यकर्ताको ठूलै समूह जाजरकोटामा खटिएको छ ।

    रविले सुरू गरेको रेडियो कार्यक्रमलाई लिएर आम मानिसहरूको मिश्रित प्रतिक्रिया पाइन्छ । समर्थकहरूले सधैँजस्तो उनको वाहवाही गरेका छन् । संकटको क्षणमा जनतासँग जोडिन खोजेको भन्दै प्रशंसा गरेका छन् । आलोचकहरूले भने उनीमाथि विभिन्न प्रश्न उठाएका छन् । दु:खको बेला पनि स्टन्ट गर्न नछोडेको आरोप लगाएका छन् । रविले रेडियो कार्यक्रम चलाउँदा भूकम्प पीडितहरूलाई कसरी सहयोग हुन्छ भन्ने उनीहरूको प्रश्न छ ।

    रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एक फएममा लाइभ आउन लागेको जानकारी गराएका थिए । त्यसमा उनले जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि केही दिनको लागि रेडियोकर्मी बन्न लागेको बताएका छन् ।

    उनले भनेका छन्, ‘मैले विगतमा गरेको, जानेको र अहिले आवश्यक एउटा महत्वपूर्ण काम भनेको आवाजविहीनको आवाज, आम जनताका पीर, मर्का र समस्याहरू सरोकारहरूसम्म पुर्‍याउने हो । विपद्कै बेला यो अझै महत्वपूर्ण हुन्छ । तसर्थ जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि म केही दिनका लागि जाजरकोटको रेडियोकर्मी बन्दैछु । सबैलाई काम लाग्ने गरी समन्वयमा रहनेछु ।’

    रविले घन्टौंसम्म भूकम्पपिडित, स्थानीय निकाय, सरोकारवालाहरूसँग रेडियोमार्फत कुराकानी गरिरहेका छन् ।

    उनले रेडियो कार्यक्रम चलाउँदा भने, ‘म नागरिकसँग जोडिन चाहन्छु । यसबाट आत्मसन्तुष्टि हुन्छ । आमनागरिकलाई दु:ख पर्दा त्यहाँ पुगौं जस्तो लाग्छ । यो स्टन्टबाजी होइन, मेरो स्वभाव हो । राजनीतिक लाभ लिन खोजेको भनेर गलत अर्थ नलगाइदिनुहोला । म समन्वयकर्ताको रूपमा यहाँ बसेको छु ।’

    रविको कमेन्ट बक्समा हेर्दा सकारात्मक र नकारात्मक कमेन्ट मिश्रित भेटिए । बढीले चाहीँ तारिफ नै गरेका छन् ।

    सुजन लिम्बूले लेखेका छन्, ‘साँच्चै देश र जनताको हितमा लड्ने रवि सर, सधैँ हाम्रो साथ छ ।’

    गणेश भट्ट लेख्छन्, ‘विपतका बेला जसले जहाँबाट जस्तो सकिन्छ योगदान गरौं, यस्तो काममा रवि दाइ सधैँ अगाडि ।’

    केशव कोइरालाको प्रतिक्रिया छ- ‘नेता भनेको यस्तो एक्सन ओरियन्टेड हुनुपर्छ ।’

    नकारात्मक प्रतिक्रियाहरू पनि भरमार नै छन् । केही नमूनाः

    रेडियो सुनेर भोक मेटिँदैन, राहत चाहियो– नविन चापागाईं

    ल ल २-४ भोट बटुल– सुदीप निरौला

    मौकाको फाइदा यही हो नछोड रवि– गोविन्द ठकुरी

    नबुझेको कुरा रविले रेडियो कार्यक्रम चलाउँदा भूकम्पपिडितलाई के फाइदा हुन्छ ? – प्रमिला बराल

    रविले यो रेडियो कार्यक्रम कहिलेसम्म चलाउने भन्ने टुंगो नभएको बताएका छन् ।

    उनले भनेका छन्, ‘म आवश्यकता पर्‍यो भने अरु सबै कुरा थाती राखेर २४ घण्टा नै चलाउन पनि सक्छु । पहिले पनि सबैभन्दा लामो टीभी कार्यक्रम चलाएर विश्वरेकर्ड राखेको हुँ ।’

    रविले फरक प्रयास गरेको भए पनि जोसुकै व्यवसायिक सञ्चारकर्मीले गर्न सक्ने काममा एउटा राजनीतिकर्मी किन आफैं अघि सर्नुपर्‍यो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर उनका शुभचिन्तकहरूले पनि खोजिरहेका छन् ।

  • पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

    पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ ।
    पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन आह्वान गरेको छ ।
    पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ ।
    पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि पार्टीकातर्फबाट सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिइएको छ । साथै सांसद डा. तोसिमा कार्की र डा. प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धार र केन्द्रीय सदस्य प्रतिभा रावलले टिम व्यवस्थापन एवं अन्य समन्वय समितिको जिम्मेवारीसहित परिचालन गरिएको छ । पार्टीले पाल्पा, गुल्मी र अर्घाखाँचीका लागि तय गरेका खुलासभा तत्कालका लागि स्थगित गरेको  छ ।
  • ‘सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन केले रोक्यो ?’ (भिडिओ)

    ‘सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन केले रोक्यो ?’ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता स्वार्थको लागि मिल्न तयार हुने दलहरू पीडितलाई न्याय दिने शान्ति प्रक्रिया टुंग्याउन एकजुट नभएको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै शान्ति प्रक्रियालाई टुंग्याउन आफ्नो दलको तर्फबाट हुने सहयोग गर्न तयार रहेको उनले बताए ।

    उनले भने, ‘शान्ति प्रक्रियाको कुरा पनि चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू विनाशर्त एकठाउँमा उभिएका देखेका छौं । कोशीमा हेर्दा त महागठबन्धन बनेको छ । ए, आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने । पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोख्यो तपाईंहरूलाई ? कस्ले रोक्यो ? कहाँ रोक्यो ? हामी नयाँ दलले ? ल बताउनुस् । अन्तर्राष्ट्रिय मान्यताअनुसार पीडितलाई मध्यनजर राखेर टुंग्याउनमा कसैले रोकेको छैन । रोकेको छ त यहाँहरूकै नियतले।’

    उनले अहिले व्यवस्था भन्दा पनि आफ्ना मान्छे जोगाउन केन्द्रित भएकाले अहिलेको अवस्था आएको बताए ।

    उनले भने, ‘यहाँ संविधान र व्यवस्थाको धेरै चिन्ता गरेको देखियो । के यो व्यवस्था र संविधान के अरु कसैको कारणले खतरामा छ कि हाम्रै चरित्र र व्यवहारको कारणले खतरामा छ ? हामीले व्यवस्था जोगाउन प्राथामिकता दिएको भए यो चिन्ता गर्नुपर्ने अवस्था आउँदैनथ्यो ।’

    उनले थपे, ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरियो । कानून बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छ ।’

  • ‘टाउकोको मोल तोक्ने र बुझाउनेहरू सरकारमा घाँटी जोडेर बस्दा संक्रमणकालीन न्याय टुंग्याउन कसले रोक्यो ?’

    ‘टाउकोको मोल तोक्ने र बुझाउनेहरू सरकारमा घाँटी जोडेर बस्दा संक्रमणकालीन न्याय टुंग्याउन कसले रोक्यो ?’

    ललितपुर । रास्वपा सभापति रवि लामिछानेले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको भन्दै संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।

    ललितपुरको मंगलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्रसंघका महासचिव आउने बेलामा फेरि नेताहरूको भेटघाट बाक्लिएको बताए ।

    लामिछानेले भने, ‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे । अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे । उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ? न्याय निरुपणका नाममा युद्धपीडितलाई थप पीडा दिन पाइँदैन ।’

    लामिछानेले सुनौलो भविष्यको सपना देखाएर जनयुद्धमा हजारौं युवालाई शहीद बनाउने माओवादी पार्टीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए ।

  • मंगलबजारमा रास्वपाको ‘पर्व मेला’- तस्विरमा हेर्नुस् रविदेखि तोसिमासम्मको शुभकामना आदान प्रदान

    मंगलबजारमा रास्वपाको ‘पर्व मेला’- तस्विरमा हेर्नुस् रविदेखि तोसिमासम्मको शुभकामना आदान प्रदान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दशैं तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

    ललितपुरको मंगलबजारमा रास्वपाले शुभकामना आदानप्रदान र चियापान कार्यक्रमको आयोजना गरेको हो । वृहत ललितपुर जिल्ला भेलाको अवसर पारेर चियापान कार्यक्रमदेखि पार्टी प्रवेशसम्मको कार्यक्रम आयोजना गरिएको छ ।

    कार्यक्रममा सभापति रवि लामिछाने सांसदहरु सन्तोष परियार, तोसिमा कार्की लगायतका नेताहरु पुगेका छन् । उनीहरुलाई ललितपुर रास्वपा भेला आयोजकले टीका र जमरा लगाइदिएका थिए । साथै एकआपसमा शुभकामना आदानप्रदान गरे । सांसद तोसिमा कार्कीले भ्रष्टचार गर्न नहुने कुरा आफनो पार्टीबाट सिक्न आग्रह गरिन् ।

    उनले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भनेकी हुन् । उनले भनिन्,‘स्टेजमा अथिति आसन ग्रहण नगर्ने हाम्रो मुल भनाइ सिको गर्ने ठुला पार्टीले हामीबाट भ्रष्टाचार गर्नुहुन्न भन्ने पनि सिको गर्नुस् न ।’

  • विदेशीको इसारामा चलेको भन्नेलाई रविको यस्तो जवाफ (भिडिओ)

    विदेशीको इसारामा चलेको भन्नेलाई रविको यस्तो जवाफ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई विदेशीको इसारामा चलेको भन्नेहरूलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

    काठमाडौं २ को क्षेत्रीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले आफूहरूलाई आरोप लगाउनेहरूसँग खुला बहस गर्न तयार रहेको बताए ।

    उनले भने, ‘मैले बारम्बार भनेको छु, आउनुस् कहाँ बहस गर्ने ? हामी तयार छौं । तर, भन्दिएको भरमा फलना युरोपियनले चलाएको, इन्डियनले चलाको रे, अमेरिकनले चलाएको रे भन्दिएको भरमा हुन्छ । आफ्नो पार्टी कार्यालयमा विदेशी नेताको फोटो र तस्वीर टाँसेर, आफ्नो दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका, नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा होइन, कसैको इसारामा चल्दैन, कसैको जुठो खाँदैन ।’

  • रवि लामिछाने भन्छन्- भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गयो (भिडिओ)

    रवि लामिछाने भन्छन्- भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गयो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारले बन्द गरेको आरोप लगाएका छन् ।

    काठमाडौं २ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले आफ्ना मान्छेको अनुहार देखिएपछि सरकारले भ्रष्टाचारको फाइल सबै बन्द गराएको बताए ।

    उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्दा हामीले स्वागत गरेका थियौं । संसदमा मैले नै उभिएर भनेको थिएँ, भ्रष्टाचारको फाइल खोल्यो, जरोसम्म पुग्नु भनेको थिएँ । जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउनासाथ सरकारको सातो गयो । त्यहाँ त आफ्नो मान्छेको अनुहार झल्झल्ती आयो । आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभइ बन्द गरेर जस्ताको तस्तै बनेको छ ।’

    उनले २०८४ सालपछि अहिले सरकारले बन्द गरेको फाइलको धुलो टक्टक्याएर सबैलाई कारबाही गर्ने बताए ।

    रविले भने, ‘केही चिन्ता गर्नुपर्दैन, २०८४ मा सबै धूलो टक्टकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैंका लागि बन्द गर्छौं । हाम्रो परिवारदेखि मन्त्री, सांसद प्रधानमन्त्रीसम्म भए पनि छाड्दैनौं ।’

    उनले कोशीमा महागठबन्धन बनेकाले अब सदनमा प्रमुख प्रतिपक्षी आफ्नो दल भएको जिकिर गरे ।

  • नयाँ भन्नेहरूलाई रविको जवाफ- ढिलो जन्मेकाले होइन, युगले खोजेकाले विकल्प दिन आएका हौं (भिडिओ)

    नयाँ भन्नेहरूलाई रविको जवाफ- ढिलो जन्मेकाले होइन, युगले खोजेकाले विकल्प दिन आएका हौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु युगले खोजेअनुसारको नयाँ भएको बताएका छन् । रास्वपाद्वारा आयोजित नीति मन्थन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अहिले राजनीतिलाई व्यवसायजस्तो बनाएको बताए ।

    उनले भने, ‘राजनीतिलाई व्यवसायजस्तो बनाइएको छ । त्यसलाई मुक्ति दिएर नयाँ पुस्ताको चाहना र नयाँ चुनौतिलाई सामना गर्नको लागि हामी आएको हौं । हामी ढिलोजन्मेकोे कारणले हामी नयाँ भनेका होइनौं । धेरै राजनीतिक दलका दलका नेताहरुले टिप्पणी गर्दा हिजो हिजो भर्खरी आए भनिराखेका छन् हामी ढिलो जन्मेका र अस्ति मात्रै पार्टी दर्ता भएको आधारमा नयाँ भनेका होइनौं । नयाँ भनेका युग र संसारले खोजेको नयाँ हो ।’

    आफूलाई स्वाद परेअनुसारको छिमेकी देशलाई गाली गर्नुलाई राष्ट्रियता मान्न नहुने बताए ।

    उनले थपे, ‘तीन गरेका प्रगतीलाई नहेरी आलोचनामा रहेर राजनीति गर्ने परम्परा एउटा पुस्ताले राख्यो अब नयाँ युगका नयाँ चुनौती र आवश्यकता अनुसार अघि बढाउँन आएका हौं ।’

     

  • दशैंमा भारतबाट फर्किनेहरुका लागि सीमा नाकामा रास्वपाको हेल्पडेस्क

    दशैंमा भारतबाट फर्किनेहरुका लागि सीमा नाकामा रास्वपाको हेल्पडेस्क

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा ‘हेल्पडेस्क’ सञ्चालन गरेको छ ।

    रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली दशैं मनाउन स्वदेश फर्किने क्रम सुरु भएपछि सीमा नाकामा हेल्पडेस्क राखिएको रास्वपाले जनाएको हो ।

    दशैं मनाउन फर्किएकालाई आवश्यक सहयोग र समन्वय गर्न नाकामा पानी पिउने सुविधासहित ‘हेल्पडेस्क’ सञ्चालन गरिएको जनाएको छ ।

  • संसदमा रविको कटाक्ष- छिमेकी प्रधानमन्त्री हाम्रो भू-भागभित्र आउँदा खोइ स्वागत ? (भिडिओ)

    संसदमा रविको कटाक्ष- छिमेकी प्रधानमन्त्री हाम्रो भू-भागभित्र आउँदा खोइ स्वागत ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्न गरे ।

    यो पनि पढ्नुस् : नेपाली भूमिमा मोदीको सवारी, स्थानीय प्रशासनलाई छैन जानकारी

    उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण । कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ । यसको आधिकारिकताका लागि हामीले त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा हामीले थाहा पायौं हामी जान पाउँदैनौं भन्नुभयो ।

    सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको सरकारप्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन ? त्यसको औपचारिकता हुँदैन । त्यसबारे सरकारले जानकारी गराउनुपर्‍यो ।’

    यो पनि पढ्नुस् : कैलाश पर्वतको यात्रामा मोदी, चुच्चे नक्सा नाघ्दै नेपाली भू-भागको भ्रमण गर्ने

  • असिम साहको आग्रह- सरकारले इजरालमा मृतकको र बेपत्ता नेपालीको डाटा राख्ने काम मात्र नगरोस् (भिडिओ)

    असिम साहको आग्रह- सरकारले इजरालमा मृतकको र बेपत्ता नेपालीको डाटा राख्ने काम मात्र नगरोस् (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद असिम साहले नेपाली विद्यार्थीको उद्धारको लागि सरकारलाई इजरायली राष्ट्राध्यक्षसँग सीधै संवाद गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली विद्यार्थीको ज्यान हमासले नभएर सत्तामा रहेका व्यक्तिहरूले लिएको उनको आरोप छ ।

    उनले भने, ‘इजरायलमा १० जना नेपालीको मृत्यु भयो । तर, यो देशका छोराहरूमाथि आक्रमण त्यहाँको हमासले मात्र गरेको होइन । यहाँको सत्तामा रहेका हमास पनि जिम्मेवार छ । देशमा सीमित मान्छेको रजगज छ । देशको साधन स्रोतमा यिनै हमासको हालिमुहाली छ । देशको कानून हमासका लागि छ । देशभित्रका हमासको अत्याचार सहन नसके युवा विदेश जान्छन् । उता अर्को हमासले ज्यानै लिन्छ ।’

    कहिले अफगानिस्तानको भूमिमा, कहिले इजरायलको भूमिमा, कहिले तालिवानको बमबाट निर्दोष नेपालीको स्वास खोसेको उनको भनाइ थियो ।

    साहले प्रश्न गर्दै भने, ‘मृत्यु हत्केलामा बोकेर कहिलेसम्म हिँड्ने नेपाली ? यसको जवाफ र जिम्मेवारी यो देशमा ३३ वर्ष सत्तामा रहेका हमासले दिनुपर्छ र लिनुपर्छ ।’

    उनले अझै केही नेपाली सम्पर्कविहीन भएको उल्लेख गर्दै भने, ‘यो देशको सरकार यहाँ इजरायली राजदूतसँग याचना गरिरहेको छ । नेपाल सरकारले सीधै इजरायली राष्ट्राध्यक्षसँग किन संवाद गर्दैन ? मृतकको लास र बेपत्ताको डाटा राख्ने काम मात्र नगरोस् ।’

  • सरकारले बजेटमा कामै गर्न नसकेको स्वर्णिम वाग्लेको टिप्पणी (भिडिओ)

    सरकारले बजेटमा कामै गर्न नसकेको स्वर्णिम वाग्लेको टिप्पणी (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको सीमाभित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि जनाए । सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरेका छन् ।

    मुलुकको आर्थिक दुरावस्थाका लागि राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्‍याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने उनको भनाइ छ ।

    वाग्लेले भने, ‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन । कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका काम चाहीँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु । धेरै कुराहरू असारसम्म गर्ने भनिएको थियो । केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो । विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन् । हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो । तर, त्यो स्पिरिटअनुसार काम भएको छैन ।’

  • निजामती विधेयक र सार्वजनिक प्रशासन सुधारका उपाय खोजी गर्न रास्वपाले बनायो पूर्व प्रशासकको कार्यदल

    निजामती विधेयक र सार्वजनिक प्रशासन सुधारका उपाय खोजी गर्न रास्वपाले बनायो पूर्व प्रशासकको कार्यदल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती विधेयक र सार्वजनिक प्रशासन सुधारका उपाय खोजी गर्न पूर्व प्रशासक सम्मिलितको कार्यदल बनाएको छ ।

    शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले निजामती विधेयक र सार्वजनिक प्रशासन सुधारका उपाय खोजी गर्न पूर्व प्रशासक सम्मिलितको कार्यदल बनाउने निर्णय गरेको हो । देहायका निर्णयहरु गरेको छ ।

    निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञहरुको सहमति तथा संलग्नतामा एक अध्ययन कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ ।

    कार्यदलमा पूर्व सचिव शारदा प्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, पूर्व सहसचिव भागवत खनाल, पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र चार्टर्ड एकाउन्टेन्ट, पूर्व प्रशासक लिलाराज ढकाल रहेका छन् ।

    यस्तै नेपाल ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्न छुटै कार्यदल गठन गरिएको छ ।कार्यदलमा ऊर्जा तथा भूमिगत संरचना विज्ञ, संयोजक ई. श्रीराम न्यौपाने, ऊर्जा विज्ञ ई.देबेन्द्र कार्की,
    र ई. डा.सरोज अधिकारी रहेका छन् ।

  • व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : स्वर्णिम वाग्ले (भिडिओ)

    व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा. वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताएका हुन् । उनले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताए । डा.वाग्लले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताए ।

    उनले ३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताए । डा. वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति समितिलाई दिन काम गरे ।

    उनले भारतका मधेश प्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँ दिएर पठाएका भारतीय पर्यटकहरु हवाई उडानमार्फत आइरहेको बताए । उनले नेपालमा भारतमा चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको बताए ।

    यस्तो छ उनको भनाइः

    सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति के छ । त्यो असोज,कात्तिकमा नै आउनुपर्ने थियो । त्यसको कार्य प्रगति अर्थसमितिलाई दिनुपर्छ । भारतका मधेसप्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँमा दिएर पठाएका भारतीय प्रर्यटकहरु हवाई उडानमार्फत आइरहेको छ ।

    चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको छ । औसतमा यस्ता कुराहरु लुक्छन् । सरकारले पत्रपत्र केलाएर दीर्घकालिन रुपमा जाने हो की ४० डलर खर्च गर्ने गरी ल्याउनुपर्छ । सरकारले आशावादको आधार जलविद्युत र निर्यात वृद्धि मान्नु भएको छ । जलविद्युतको समग्र हेर्दा कुल ग्राहस्र्थ उत्पादनमा जम्मा १ प्रतिशत मात्रै छ ।

    ३ हजार मेगावट जडित क्षेमतामा १ प्रतिशत मात्रै हो । सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्छ । उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्छ । वितीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ । व्यक्तित्वको टकरावले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बन्न हुँदैन ।

     

     

  • सांसद असिम शाहको आरोप – दलाल विचौलीयाको भए भुक्तानी दिन्थ्यो, क्रिकेट खेलाडीलाई सरकारले झुक्यायो

    सांसद असिम शाहको आरोप – दलाल विचौलीयाको भए भुक्तानी दिन्थ्यो, क्रिकेट खेलाडीलाई सरकारले झुक्यायो

    काठमाडौं । रास्वपा सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झुक्याएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै खेलाडीका लागि रकम भुक्तानी गर्ने प्रक्रिया अघि नबढाएकोमा आपत्ति जनाए।

    उनले भने, ‘आज पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई दिन त सरकारको बिर्सेन होला तर, पुरस्कार दिन चाहिँ बिर्सेको छ। सरकारको बिर्सेको कुरा पटक–पटक सदनमा उठाउँन मलाई लाज लाइसकेको छ। क्रिकेट खेलाडीले लिग जित्दै गए सरकारले उदारो पुरस्कार घोषणा गर्दै गयो। खेलाडीले पाउनुपर्ने रकम १६/१७ लाख जम्मा भइसकेको छ। तपाईंहरु खेल खेल्न जानुस् फर्किँदा पैसा आउँछ भनेर प्रधानमन्त्रीले भन्नुभयो। तर, भुक्तानीको कुरा छैन। तर, दलाल, विचार, ठेकेदार कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला। तर, खेलाडिलाई झुटो आश्वासनमा झुलाइएको छ।’

  • रास्वपा नेताहरूलाई राष्ट्रपतिको जवाफ- सरकारको सिफारिस मैले इन्कार गर्न मिल्दैन

    रास्वपा नेताहरूलाई राष्ट्रपतिको जवाफ- सरकारको सिफारिस मैले इन्कार गर्न मिल्दैन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् ।

    राजनीतिक आडमा आममाफीको गलत प्रयोग भएको भन्दै ध्यानाकर्षणका लागि पुगेका रवि लामिछाने नेतृत्वको रास्वपा टोलीलाई राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गरे ।

    उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण गराए ।

    राष्ट्रपतिले भने, ‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईँहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन । तपाईँहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।’

    उनले कहिलेकाँही यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्छ तर यसपटक आएको चाँही उल्टो भयो कि जस्तो लागेको बताए ।

    पौडेलले थपे, ‘संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृहमन्त्रालयमा फकाईदिएको छु । जहाँसम्म ६७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रियाहरू पुर्‍याएर मन्त्रिपरिषदले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।’

    राष्ट्रपति पौडेलले कानून नमिलेको भए कानून मिलाउने, संशोधन गर्ने अधिकार संसदलाई भएको स्मरण गराए । राष्ट्रपति पौडेलले यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको समेत बताएका थिए ।

    उनले भने, ‘तपाईँहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताहरूले होशियार भएर सोच्न जरुरी छ । म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ, यसमा तपाईँहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईँहरूको दायित्व हो ।’

    रास्वपा सभापति लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताए । मुलुककै अभिभावक भएको नाताले राष्ट्रपतिसँग सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु आफूहरूको हक भएको उनको भनाइ थियो ।

  • रास्वपा नेता शीतल निवासमा, आममाफीको गलत प्रयोग भइरहेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण

    रास्वपा नेता शीतल निवासमा, आममाफीको गलत प्रयोग भइरहेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल) लाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएको हो ।

    आममाफीको विरोधमा राष्ट्रपतिकहाँ ध्यानाकर्षण पत्र लिएर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू शीतलनिवास पुगेका थिए ।

    रास्वपाले सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी, मुलतबी परिवर्तन वा कम गर्ने व्यवस्था विगतदेखि नै गलत प्रयोग भइरहेको उल्लेख गरेको छ ।

    राष्ट्रपतिकहाँ बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘…यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भएपनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ ।’

    त्यसो त आइतबारको प्रतिनिधिसभाको बैठकमा पनि सभापति लामिछानेले आममाफीप्रति आपत्ति जनाउँदै राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पाटी गरेको आरोप समेत लगाएका थिए ।

  • रवि लामिछानेले भने- आयल निगमको घाटा के हो ? निर्क्योल गरियोस् (भिडिओ)

    रवि लामिछानेले भने- आयल निगमको घाटा के हो ? निर्क्योल गरियोस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयाल निमगमाथि प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।

    उनले भने, ‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ? निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’

  • प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्वारा बहिष्कार

    प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्वारा बहिष्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको बैठक बहिष्कार गर्ने भएको छ।

    चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने सभापति रवि लामिछानेले बताए।

    उनले फेसबुकमा लेखेका छन्, ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रमबारे जानकारी दिनेछौं।’

    प्रधानमन्त्री आज सुन प्रकरणको छानविनको लागि उच्च स्तरिय छानविन आयोगबारे छलफल गर्नको लागि सात दलको बैठक बोलाएका छन्।

  • दलहरुलाई रवि लामिछानेको चुनौती– हामी बाहेकको सहमतीय सरकार बनाउनुस् र देशका समस्या सुल्झाउनुस्

    दलहरुलाई रवि लामिछानेको चुनौती– हामी बाहेकको सहमतीय सरकार बनाउनुस् र देशका समस्या सुल्झाउनुस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलहरुलाई अबको ४ वर्ष सहकार्य गर्न सुझाव दिएका छन् ।रास्वपाबाहेकको सहमतिय सरकार बनाएर देशको तमाम समस्या सुल्झाउन पनि उनको चुनौती छ ।

    सामाजिक सञ्जालमा ‘सम्पूर्ण पुराना दलहरुलाई अपिल’ भन्दै लामिछानेले यस्तो प्रस्ताव गरेका हुन् ।

    ‘देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तर्पाइंहरु सबै मिल्नुस,’ उनले भनेका छन्, ‘देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस, हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।’
    उनी थप्छन्,‘तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त १ मिशन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त ११ केही नभए पनि मिसन ०६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छदै छ त १ यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४÷४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४÷४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।