काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफूले गरेको गल्ती पहिले कुनै कानूनीरूपमा छुट पायो सधैँ त्यस्तो नहुने चेतावनी दिएका छन् । सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूलाई केही गर्ला कि भन्ने लागेर पहिल्यै खुट्टा उचालेको हुनसक्ने टिप्पणी गरे ।
उनले भने, ‘आफूले गरेको गल्ती चाहिँ पहिले कुनै कारणले कानूनीरूपमा छुट पायो भन्दैमा पछाडि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन । त्यस्तो हुन्न । दोष छ भने सबैलाई कारबाही हुन्छ । तर, प्रतिशोधशून्य हुनै सक्दैन । तर, केही गर्ला कि भन्ला भनेर खुट्टा उचालेपछि भाग्न पाउँछु भन्ने हुँदैन ।’
बैठकमा बोल्दै सभापति लामिछानेले गृहमन्त्रीले गृहमन्त्रीले प्रहरीमाथि हस्तक्षेप गरेर काम गर्न नदिएको आरोपसमेत लगाएका थिए ।
त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक हस्तक्षेप करिब करिब, १०० प्रतिशत त कसरी भनौं सरकार भन्या गृहमन्त्रीमात्रै होइन, अहिले पूरै प्रहरी संगठनलाई आफ्नो मापदण्डअनुसार काम गर्नको लागि वातावरण बनाइएको छ । अहिलेमात्रै होइन ५० वर्षपछि पनि म दोषी देखिए जिम्मेवारी लिन तयार छु प्रोमोसन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शून्यमा झारिएको छ ।’
गृहमन्त्रालय र प्रहरीको कुनै अधिकारीले प्रमोसन र सरुवामा पैसा लियो भन्ने सुन्न नपाउने उनको जिकिर थियो ।
यस्तै लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाएका थिए ।
त्यसबारे उनको जवाफ
६० किलो सुन काण्डमा सीआईबीलाई छानबिन गर्न ल्याइयो त्यो किन ल्याइयो त भन्दा आफ्नो प्रहरी परिचालन गरेर आफ्नो नजिकका मान्छेलाई छुट दिन सकिन्छ र दोषीलाई उम्काउन सकिन्छ भन्ने आशय राखेर सीआईबीमा ल्याइयो भन्ने कुरा अहिले के भन्ने र ? त्यो माग गर्ने उहाँ नै हो एउटा ? यो त संगठित अपराध हो नि राजस्व अनुसन्धानमा राखेर हुन्छ ? भनेर माग गर्ने उहाँ नै हो ।
सबै पार्टीले माग गरेपछि प्रधानमन्त्रीको लेबलमा बसेर सामूहिक निर्णय गरेर सारेका हौं । मैले प्रमाण दिएको व्यक्तिलाई उम्काइयो भन्नुभयो म चुनौती दिन्छु उहाँले दुईजना व्यक्तिको कुराकानी गर्नुभएको छ। त्यसपछि प्रहरीले प्रतिवाद दाबी गरेको छ फरार छ पुलिसले खोजिरहेको छ- जीवन चलाउने । अर्को व्यक्ति सुन काण्डमा देखिएको छैन छानबिनको दायरा अरु क्षेत्रमा गर्नुपर्ने हुनसक्छ भनेर सीआईबीले भनेको छ । कुनै कुरा कहीँ कतैबाट थप अनुसन्धान गर्नुपर्यो भने ठीक हुँदैन भनेर निर्देशन दिएको छु ।





रास्वपा नेता-कार्यकर्ताले ११३ किलोमिटरको बाटो तीन दिनमा छिचोलेका छन् । उनीहरु हरेक दिन औसत करिब ३५ किलोमिटर हिँडेका थिए । यात्राका क्रममा विभिन्न स्थानमा सर्वसाधारणले रास्वपाको टोलीलाई स्वागत गरे । उनीहरुले राप्रपा सभापति लामिछानेसँग बाटो नबन्दा भोगिरहेको समस्याहरु पनि सुनाए ।
रास्वपाको पैदल यात्रामा उपसभापति डोलप्रसाद अर्याल तथा सांसदहरु निशा डाँगी, हरि ढकाललगायत पनि मिसिएका थिए ।
बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर लडिरहने प्रतिबद्धता लामिछानेले व्यक्त गरे । यदि बाटोलाई यत्तिकै अलपत्र पारिएको खण्डमा अबको चुनावमा जनताले कसैलाई नछोड्ने उनको चेतावनी छ ।
रविले नारायणगढ-बुटबल सडक खण्डमा दबाब यात्रा थालेकै बेला उनी सहकारीसम्बन्धी विवादमा मुछिएका थिए । यात्राका क्रममा पनि उनले पटक पटक स्पष्टीकरण दिनुपरेको थियो । पार्टीको पैदलयात्रालाई सहकारी विवादले गर्दा ओझेलमा पारिदिएको महसुस रास्वपाभित्र गरिएको छ ।





























