Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • सत्ता पक्ष र प्रतिपक्षले अडान नछाड्दा प्रतिनिधिसभाको बैठक अन्योलमा

    सत्ता पक्ष र प्रतिपक्षले अडान नछाड्दा प्रतिनिधिसभाको बैठक अन्योलमा

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट टसमस नहुँदा प्रतिनिधिसभाको बैठक अन्योल बनेको छ ।

    आज बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति जुटाउन भन्दै सभामुखसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहपछि बैठक ४ बजेलाई सारियो । अहिले पनि प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन कांग्रेसका शीर्ष नेतासँग छलफल जारी राखेका छन् ।

    सत्ता पक्ष र प्रतिपक्षबीच विभिन्न विकल्पमा छलफल भएपनि निचोड निस्केको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले रवि लामिछानेमाथि छानबिन समितिको अडान कायमै रहेको बताए ।

    उनले भने, ‘रवीजीसहित सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो । त्यसका लागि सत्तापक्ष तयार भएको छैन । छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन । विभिन्न चरणमा छलफल भएपनि कुरा मिलेको छैन ।’

    कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने उनको भनाइ छ ।

    उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरु अपुग भयो । केही कुराह? नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन ।

    उनले कांग्रेसको संसदीय छानबिन समिति गठन गर्ने कुरालाई बलटमलाइन बनाएको बताइन् ।

    थिङले थपिन्, ‘संसदीय छानबिन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट शु? गर्न खोजेको हो यो चाहीँ नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो ।’

    सरकार भने सबै सहकारीको समस्या समाधान गर्न समिति बनाउने पक्षमा छ । कांग्रेसले गृहमन्त्रीलाई निशाना बनाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिरक्षामा उभिएका छन् । उनले हिजो सदनमा रविले बोल्न नपाए कांग्रेसलाई पनि आफूहरूले बोल् नदिने र एमाले बोल्न पाउनुपर्ने बताएका थिए ।

    त्यसो त गृहमन्त्री लामिछानेले पनि एक पटक बोल्न पाए समिति बनाउन तयार रहेको सन्देश दिइसकेका छन् । तर, कांग्रेस समिति नबनेसम्म बोल्न नदिने पक्षमा छन् ।

    गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्, एक पटक बोल्न पाउनुर्‍यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो, मिडिया ट्रायल ?’

    यता, कांग्रेसकै अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ । सहकारी प्रकरणले संघीय सदनका दुवै बैठक प्रभावित भएका छन् ।

  • कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

    कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ।

    कांग्रेसको अवरोधपछि भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको हो।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको लागि निरन्तर प्रयास गरे पनि कुरा मिल्न सकेको छैन।

    कांग्रेससँग कुरा नमिलेपछि ४ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै सुरु हुन सकेको छैन।

  • गृहमन्त्री लामिछानेले भने- एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो

    गृहमन्त्री लामिछानेले भने- एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभाको बैठकमा एक पटक बोल्न पाउनुपर्ने बताएका छन्।

    कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्ने अडान कायमै राखेपछि उनले यस्तो बताएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्- एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन प्रयास गरे पनि सहमति बन्न सकेको छैन।

  • कांग्रेसमाथि ‘काउन्टर अट्याक’ को मनस्थितिमा रवि, आरजुदेखि जयवीरसम्मको फाइल खोल्न तयार

    कांग्रेसमाथि ‘काउन्टर अट्याक’ को मनस्थितिमा रवि, आरजुदेखि जयवीरसम्मको फाइल खोल्न तयार

    काठमाडौं । सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने तत्काल नगल्ने मनस्थितिमा देखिएका छन् । संसदमा बोल्नबाट समेत वञ्चित गरिरहेपछि कांग्रेसविरुद्ध उनको आक्रोश पारो चढ्दै गएको छ ।

    गत वैशाख २८ गते (कांग्रेसले रविलाई संसदमा बोल्न दिने निर्णय गरेको दिन) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेको वैठक बसेको थियो । त्यसमा प्रधानमन्त्रीले ‘समग्र सहकारीको छानबिन गर्नका लागि तयार हुने कि ?’ भनेर रविसँग प्रस्ताव राखे । रविले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन् । उनी ‘तपाईंहरू (प्रधानमन्त्री र ओली) नै निर्णय लिनुस, म चाहीँ आफ्नो काममा फोकस हुन्छु,’ भनेर हिँडेको स्रोतको दावी छ ।

    यसलाई नै रविको स्वीकारोक्ति सम्झिएर प्रचण्डले कांग्रेसलाई छानबिन समिति गठनको आश्वासन दिए । तर, एमाले अध्यक्ष ओलीले भने स्पष्ट शब्दमा छानविन समिति बनाउन नसकिने सार्वजनिकरुपमा नै बताए । यो अडानमा उनी स्वयम् रवि लामिछानेभन्दा पनि कडा देखिएका छन् । उनले कांग्रेसको यो मागलाई गठवन्धन भत्काउने खेलका रुपमा लिएका छन् ।

    कांग्रेसको माग र संसद अवरोधका सम्बन्धमा रास्वपाको अनौपचारिक बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएको थियो । सरकार छोड्नेदेखि गृहमन्त्रीमात्रै छोडेर छानबिन समिति बनाउन दिनेसम्मका विचारहरु निस्किए पनि ठोस निष्कर्षमा पुग्न सकेको थिएन । यसबीचमा कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय पनि उप्काउन थालेपछि रास्वपाले अलिकति राहत महसुस गर्‍यो ।

    अब विषय सहकारीबाट गिरीबन्धुतिर ट्वीस्ट भएको पार्टीको आन्तरिक लेखाजोखा थियो । त्यसैले अब गृहमन्त्री लामिछाने आफूमाथि मात्रै छानबिन समिति बनाउन नदिनेमा कडा बनेका छन् ।

    निकट स्रोत भन्छ, ‘विवाद त हरेक पार्टी र हरेक शीर्ष नेताहरूमाथि छन् । रास्वपा र सभापति लामिछानेलाई मात्रै कांग्रेसले किन टार्गेट गरिरहेको छ ? यदि उत्पन्न हुने हरेक विवादमाथि छानबिन समिति बनाउने हो भने गिरीवन्धु टिस्टेटदेखि टीकापुरको जग्गा हडपिएकोसम्म, बाख्रा पालनदेखि रोलेक्स घडीसम्म किन नबनाउने ? हामीलाई मात्रै पेल्न खोजेर हुन्छ ? सभापतिज्यूले संसदमा बोल्न पाएमा यही कोणबाट आफ्नो भनाइ राख्नु हुन्छ ।’

    कांग्रेसले एकोहोरो खेदे पनि गृहमन्त्रीले कांग्रेसप्रति पूर्वाग्रह नराखिकन सन्तुलन मिलाएर काम गरिरहेको स्रोतको दाबी छ ।

    स्रोत थप्छ, ‘हाम्रो यो सदासयतालाई कांग्रेसले कमजोरी ठान्यो । तर, अझै पनि कांग्रेसले खेद्न नछाड्ने हो भने गृहमन्त्री पनि काउन्टरका लागि तयार हुनुहुन्छ ।’

    गृहमन्त्री लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी जोडिएको टीकापुर जग्गा प्रकारणको फाइल खोल्ने तयारी गरेका छन् । टीकापुर बजार क्षेत्रको करिब ६०० कठ्ठा सरकारी जग्गालाई कीर्ते कागज बनाइ विभिन्न नेता-कार्यकर्ता र आफन्तले हडपेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो । यो अनियमिततामा देउवापत्नी आरजु राणा मुछिएकी छिन् । उनले ३ कठ्ठा सात धुर जग्गा आफ्नो नाममा पारेको दाबी गरिएको छ ।

    यसैगरी देउवाका छोरा जयवीरसिंह देउवाको विषयमा पनि हालै एक अनलाइनमा प्रमाणसहित समाचार प्रकाशित भएको थियो । नेपालवाच डटकममा प्रकाशित समाचारअनुसार देउवापुत्रले चार वर्षभित्र करिब १ अर्ब रूपैयाँ बराबरको ७३ रोपनी जग्गा जोडेका छन् । छोटो समयमा यति ठूलो सम्पत्ति हासिल गर्दा कुनै स्रोत नखुलेको समाचारमा जनाइएको छ ।

    यो समाचारलाई गम्भीरतापूर्वक लिएको गृहमन्त्रालयले जयवीरलाई अकुत सम्पत्तिमा तान्नसक्ने आधारहरू देखेको छ ।

    गृहमन्त्रीनिकट स्रोत भन्छ, ‘हामीले कुनै पूर्वाग्रह लिएर होइन, तथ्य प्रमाणका आधारमा अनुसन्धान र कारवाही गर्ने हो । हामी नेपाललाई पाकिस्तान बनाउने पक्षमा छैनौं । अहिलेसम्म एउटै पार्टीको पछि लागेको जस्तो हुन्छ भनेर केही विषयलाई नजरअन्दाज गरिरहेका थियौं । तर, सत्ता छोड्नुपरेको रनाहामा कांग्रेसले हामीसँग दुश्मनी नै मोल्न खोजेको प्रतित भइरहेको छ ।’

    त्यसो त रविको हिट लिस्टमा कान्तिपुरका प्रकाशक कैलाश सिरोहियासमेत छन् । उनको नागरिकताका सम्वन्धमा अहिले अनुसन्धान चलिरहेको छ ।

    प्रधानमन्त्री प्रचण्डले भने कांग्रेसलाई सहकारीको विषयमा छानविन समिति बनाउने आश्वासन दिँदै पहिले रविलाई बोल्न दिन आग्रह गरेका छन् । अब प्रश्न उठ्छ, यदि प्रधानमन्त्री कांग्रेसको माग पूरा गर्दै छानबिन गर्न तयार भए भने लामिछानेले के गर्छन् ? त्यसबेला उनलाई नैतिक संकट पर्नेछ ।

    यस विषयमा रास्वपा र रविले दुईवटा विकल्पमा सोचेका छन् । पहिलो छानबिन समितिले प्रतिवेदन नदिँदासम्म गृहमन्त्रालय छोड्ने र उपप्रधानमन्त्रीको हैसियतमा मात्रै सरकारमा रहने । दोस्रो गठवन्धत भत्काउँदै सरकारबाट बाहिरिने ।

    रास्वपा बाहिरिनासाथ सरकार अल्पमतमा पर्ने छ । प्रधानमन्त्रीलाई सरकार टिकाउन आवश्यक बहुमत पुग्दैन । त्यसैले उनी रविलाई पेलेर निर्णय लिन सक्ने अवस्थामा छैनन् । अर्कोतर्फ छानविन समिति नबन्दासम्म कांग्रेसले संसद चल्न दिने देखिँदैन । त्यसो भयो भने नीति कार्यक्रम र बजेट पारित गर्नलाई पनि समस्या पर्ने छ । सत्तारुढ सबैभन्दा ठूलो दल एमालेले पनि रविलाई नै आडभरोसा दिइरहेकाले प्रधानमन्त्री असमञ्जसमै छन् ।

    यता, रास्वपालाई पनि सरकारबाट बाहिरिन सजिलो छैन । यसअघि छोटो समयमा सरकार छोड्दा पार्टीलाई अवगाल परेको थियो ।

    ‘यस्तै विवादहरूले गर्दा हामीले सरकारमा गएर आशा जगाउने गरी काम गर्न पाएका छैनौं । छोटो समयमा सरकार छोड्दा काम गर्न नसकेको आरोप लाग्न सक्छ । त्यसैले सकेसम्म सरकारमै रहेर परिस्थितिको सामना गर्ने हो । तर, मरता क्या नहीँ करता भनेझैं सबैतिरबाट घेराबन्दीमा पार्ने हो भने त जे पनि हुन सक्छ,’ पार्टीका एक नेता भन्छन् ।

  • रवि लामिछानेले पनि छानबिन समिति गठन गर्ने कुरामा आपत्ति छैन भन्नुभएको छ : माधव नेपाल (भिडिओ)

    रवि लामिछानेले पनि छानबिन समिति गठन गर्ने कुरामा आपत्ति छैन भन्नुभएको छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहकारी प्रकरणको छानबिन गर्नको लागि संसदीय समिति गठन गर्नको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पोजेटिभ रहेको बताएका छन्।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले भेटमा आफू दोषी नभएको भन्दै आएको बताए।

    उनले भने- हामीसँग कुनै छलफल भएको थिएन, अहिले सदन खुलाउन हामीले पनि भूमिका खेल्दिनुपर्‍यो भन्ने कुरा आएका छन्। शेरबहादुरजीसँग कुरा हुन पाएका छैन। नेताहरूसँग कुरा गर्दा हामी एउटा निचोडमा पुगिसकेकाले छानबिन समिति किन बनाउन नसकेको भन्ने कुराहरू उठाइराख्नुभएको छ। अहिले मैले कुरा गर्दा पनि उहाँहरूको पोजेटिभ जवाफ थियो। मैले डिटेलमा कुरा गर्न पाएको छैन रवि लामिछाने पनि गठन गरौँ गठन गर्ने कुरामा कुनै आपत्ति छैन भन्ने पक्षमा हुनुहुन्छ। छानबिन गरौँ म दोषी छैन कुनै प्रमाण भए देखाउन् सक्कली प्रमाण देखाउनुपर्‍यो भनेर म पनि प्रधानमन्त्रीसँग भएकै बेलामा भन्दै हुनुहुन्थ्यो।

    उनले सहज ढंगले छानबिन समिति बनेर सदन चल्ने अवस्था बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए।

  • रवि लामिछानेलाई तथानाम गाली गरेका डा. निकोलस भुसालले भेटेरै माफी मागे

    रवि लामिछानेलाई तथानाम गाली गरेका डा. निकोलस भुसालले भेटेरै माफी मागे

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका डा. अभियन्ता निकोलास भुसालले क्षमा याचना गरेका छन् । उनले आज गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागेका हुन् ।

    सन्दीप लामिछानेको समर्थनमा सडकमा संघर्ष गरिरहेका भुसाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । हिरासतबाट निस्किएर उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गरेका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता च्यात्ने समेत बताएका थिए ।

    उनै भुसाल आज रविलाई भेट्न गृह मन्त्रालय पुगे । मन्त्रालयको मूल ढोकामै रविसँग उनको भेट भएको थियो । रविलाई भेट्न आएकाहरूका भिडमा थिए भुसाल ।

    रवि आउनासाथ हात मिलाएर उनले भने, ‘सरी दाइ ।’

    रविले किन सरी ? के भयो र ? भनी सोधे ।

    निकोलसले जवाफ दिए, ‘आवेशमा आएर बढी बोलेँ ।’

    रविले सम्झाए, ‘केही छैन । बोल्न पाइहालिन्छ नि ।’

    निकोलसले भने, ‘आफ्नो दाइ हुँदा हुँदै हिरासतमा परियो । त्यसमा अलिकति दुख लाग्या छ ।’

    रविले भने, ‘प्रहरीले आफ्नो काम गर्छ । मैले देशैभरिका प्रहरीलाई यो गर यो नगर भन्न मिल्दैन । नचाहिने चिज नगर्नुस् मात्र मैले भन्ने हो । केही छैन । अन्यायका विरुद्ध बोल्नुस् । आवेग उत्तेजना नदेखाउनुस् है ।’

    रविलाई भेटेपछि निकोलसले पत्रकारसँग कुरा गर्दै रविलाई ‘युवाहरूका आशा र भरोसा’ भन्दै प्रशंसा गरे ।

    ‘कहिलेकाहीँ आफ्नै दाजुभाइमा पनि झगडा हुन्छ । मैले चाहिनेभन्दा धेरै कुरा भनेछु । सन्दीप लामिछानेले पनि न्याय नपाउँदा फ्रस्टेसन थियो । अझ हामीलाई नै हिरासतमा राख्दा गृह मन्त्रालयकै साजिस त होइन भन्ने लागेको थियो । तर, त्यस्तो होइन रहेछ,’ उनले भने ।

  • स्काउट पदाधिकारीहरुलाई खेलकुदमन्त्री श्रेष्ठको चेतावनी- दलको सदस्यता नत्यागे कानूनअनुसार कारबाही

    स्काउट पदाधिकारीहरुलाई खेलकुदमन्त्री श्रेष्ठको चेतावनी- दलको सदस्यता नत्यागे कानूनअनुसार कारबाही

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटको सदस्यले कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न आग्रह गरेका छन् ।

    नेपाल स्काउटका प्रमुखसमेत रहेका मन्त्री श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको भन्दै राजनीतिक दलको सदस्यता त्याग नगरे कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

    नेपाल स्काउटमा निर्वाचित पदाधिकारी विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानूनबमोजिम कारबाही गर्न भनी स्काउटरबाट उजुरी तथा गुनासो आएको भन्दै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    नेपाल स्काउट ऐन २०५० को दफा १८ (क) को उपदफा (१) मा नेपाल स्काउटको सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको छ । सोही उपदफाको खण्ड (ख) र (ग) मा राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको छ ।

  • रवि लामिछानेका सीईओले किन दिए ९ महिनामै राजीनामा ?

    रवि लामिछानेका सीईओले किन दिए ९ महिनामै राजीनामा ?

    काठमाडौं । गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले चितवन २ मा आफूलाई सहयोग गर्न सीईओ नियुक्त गरेका हेमन्त बरालले पदबाट राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बुझिएको छ ।

    गत वर्ष साउनमा लामिछानेले भ्याकेन्सी आह्वान गरेर सीईओको छनोट गरेका थिए । बरालसँग लामिछानेको एक वर्षको कार्यसम्पादन सम्झौता थियो । तर, आफूलाई दिइएको सबै जिम्मेवारी सम्पादन गरेर सम्झौताभन्दा तीन महिना अगाडि नै बिदा भएको बरालले बताए ।

    नेपाल प्रेससँग कुराकानी गर्दै उनले सभापति लामिछानेसँग आफ्नो कुनै पनि असन्तुष्टि र असमझदारी नरहेको प्रष्ट पारे ।
    ‘व्यक्तिगत परिस्थितिका कारणले गर्दा मैले निरन्तरता दिन नसकेको हुँ,’ उनले भने, ‘सौहार्द रुपमा नै बिदा भएको छु ।’

    बरालको घर काठमाडौंको गठ्ठाघरमा रहेको छ । छोरीको पढाइका लागि आफू काठमाडौं फर्किनु परेको उनी बताउँछन् ।

    ‘वैशाखबाट मेरो छोरीको भर्नाको समय भयो । तीन महिनाका लागि मात्रै स्कुल सारेर चितवन लैजाने कुरा पनि आएन । सम्झौता सकिएर काठमाडौं फर्किनलाई पनि गाह्रो भयो । त्यसैले अगाडि नै जिम्मेवारीबाट मुक्त भएको हुँ,’ उनले भने, ‘कतिपयले तलब नपाएर छोडेको भनेर समाचार लेख्न भ्याएछन्, मलाई नसोधीकन यस्तो झूटो अफवाह नफैलाउन अनुरोध गर्दछु ।’

    उनले लामिछानेसँग आफ्नो व्यक्तिगत सम्बन्धमा कुनै विचलन नआएको पनि उल्लेख गरे ।

    ‘त्यस्तो केही भएको थियो भने त म आफैँ पनि मिडियामा आएर भनिहाल्थेँ नि । कहिलेकाहीँ छिटो–ढिलो भयो होला, तर मैले पाउनुपर्ने सबै तलब–सुविधा पाइसकेको छु । उहाँसँग कुनै पनि गुनासो छैन,’ बरालले भने ।

    रविले आफू विजयी भएको चितवन–२ मा सचिवालय स्थापना गरेर सीईओ नियुक्त गरेका थिए । आफ्ना मतदाताको माग तथा गुनासो सुन्ने र सम्बोधन गर्ने जिम्मेवारी सीईओलाई दिइएको थियो । नियुक्त पत्रमै रविको प्रतिनिधि भएर काम गर्ने भनिएको थियो ।

    सचिवालयमा अहिले पनि ८–९ जना कर्मचारी छन् । बरालको राजीनामापछि उनले हेर्दै आएको जिम्मेवारी सचिवालय इन्चार्ज राजेन्द्र अर्याललाई दिइएको छ ।

    यो पनि हेर्नुस्- रविका सीईओ भन्छन् : सय रोजगारी रास्वपाले दिने होइन, मध्यस्थतामात्रै गर्ने हो

     

  • सहकारी ठग बचाउन जोसुकै नेता र पार्टी लागे पनि कांग्रेस आफ्नो अडानबाट पछि हट्दैन : रमेश लेखक

    सहकारी ठग बचाउन जोसुकै नेता र पार्टी लागे पनि कांग्रेस आफ्नो अडानबाट पछि हट्दैन : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसको सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुन नदिने संकेत गरेको छ ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही नहुँदासम्म पछि नहट्ने बताए ।

    सहकारी प्रकरणको छानबिन गर्ने सम्बन्धमा आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै उनले भने, ‘सहकारीका ठगलाई कारबाही नगर्दासम्म हामी पछाडि हट्दैनौँ । नीति तथा कार्यक्रमका विषयमा सरकारले जान्ने कुरा हो !’

    सोमबार धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै लेखकले सहकारीबाट लाखौँ मान्छेलाई ठगी गर्नेलाई जोगाउन जुनसुकै पार्टी र नेता लागे पनि कांग्रेस पछि नहट्ने बताए ।

    उनले भने, ‘लाखौँ गरेका मान्छे सहकारीबाट ठगिएका छन् । सहकारीका ठग बचाउनका लागि जो सुकै पार्टी र जो नेता लागे पनि हाम्रो पार्टी पछि हट्दैन ।’

  • ‘किचन क्याबिनेट’ सुदृढ गर्दै रवि, सचिवालय प्रमुखमा भित्र्याए सुशासन विज्ञ डा. भरतमणि

    ‘किचन क्याबिनेट’ सुदृढ गर्दै रवि, सचिवालय प्रमुखमा भित्र्याए सुशासन विज्ञ डा. भरतमणि

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफ्नो सचिवालयको सुदृढीकरणमा लागेका छन् । उनले भर्खरै सचिवालय प्रमुखमा बलियो प्रोफाइल भएका सुशासन विज्ञ डा. भरतमणि देवकोटालाई भित्र्याए ।

    कानूनतः लामिछानेले सरकारी सेवा सुविधा पाउने गरी आफ्नो सचिवालयमा ११ जनासम्म कर्मचारी नियुक्त गर्न सक्छन् । उनले उक्त कोटामा नियुक्ति गर्दै सचिवालयलाई पूर्णता दिन लागेका हुन् । अहिले ७ जना सचिवालयमा कार्यरत छन् ।

    डा. देवकोटालाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी ४ दिनअघि नियुक्ति दिइएको हो । उनले काम थालिसकेका छन् । डा. देवकोटासँग अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले थुप्रै देशमा सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको जिम्मेवारी निभाएका थिए ।

    डा. देवकोटाले अमेरिकाबाट विद्यावारिधि गरेका हुन् । व्यवस्थापन विषयमा वासिङ्टन इन्टरनेसनल युनिभर्सिटीबाट पीएचडी गरेपछि उनले विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्थामा काम गरेका थिए ।

    उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका प्रमुख थिए । रविको सचिवालयमा तानिएपछि कार्यवाहक प्रमुखको जिम्मेवारी यज्ञमणि न्यौपानेलाई दिइएको छ ।

  • उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै

    उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ।

    उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा गरिने महामन्त्री मुकुल ढकालले जानकारी दिए।

    इलाम—२ को उपनिर्वाचनमा चौथो भएको रास्वपाको जमानत जफत भएको थियो।

  • इलाममा जमानत जफत भएपछि रास्वपाले आगामी केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा गर्ने

    इलाममा जमानत जफत भएपछि रास्वपाले आगामी केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनको नतिजाको विषयमा गम्भीर समीक्षा गर्ने भएको छ।

    इलाममा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने प्रवक्ता डा‍. मुकुल ढकालले बताए।

    विज्ञप्तिमा भनिएको छ- निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं। २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।

    निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गरेका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

    इलाम २ मा निर्वाचित एमालेका सुहाङ नेम्वाङलाई हार्दिक बधाई दिएको छ।

  • बजार क्षेत्रमा पनि बजेन घण्टी, ‘कोर एरिया’ मा मुढा नै अगाडि

    बजार क्षेत्रमा पनि बजेन घण्टी, ‘कोर एरिया’ मा मुढा नै अगाडि

    विराटनगर । इलाम २ को जारी गणनामा बजार क्षेत्रको आशामा रहेको रास्वपालाई झन् निराश बनाइदिएको छ ।

    ‘कोर एरिया’ भनेर प्रचार गरिएको इलाम नगरपालिकामा पनि मिलन लिम्बूले खासै भोट पाउन सकेनन् । वडा नम्बर १ र २ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा लिम्बूले जम्मा २०८ मतमात्रै ल्याएका छन् । उनको १ मा १२७ र २ मा ८१ भोट आएको छ ।

    यी दुवै वडामा एमालेले पहिलो मत पाएको छ । एमालेका सुहाङले १ र २ बाट १४२८ भोट ल्याएका छन् । उनले १ मा ८९९ र २ नम्बर वडामा ५८३ ल्याए ।

    कांग्रेसका डम्बर खड्काले १३१५ मत पाए । वडा नम्बर १ मा ८०० मत पाउँदा २ बाट उनले ५१५ मत ल्याएका छन् ।

    पहिचानवादी उम्मेदवार डकिन्द्रसिंह थेगिमले भने २५० मत पाएका छन् । उनले १ नम्बर वडामा १४५ र वडा नम्बर २ मा १०४ मत ल्याए ।

    रास्वपाले देउमाई नगरपालिकामा पनि अपेक्षाकृत मत पाउन सकेन । देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजारमा मिलनले १५८ मतमात्र पाए ।

    रास्वपाले ग्रामीण क्षेत्रबाट मतगणना सुरु भएकाले आफूहरू पछि पर्नु अपेक्षित रहेको बताउँदै शहरी क्षेत्रबाट ह्वात्तै बढाउने बताएको थियो ।

    इलाम र मंगलबारे (देउमाइ नगरपालिका) मा मिश्रित जनसंख्या छ ।

  • देउमाईबाट सुहाङले अझै मतान्तर बढाए, घण्टीले कटायो २ हजार भोट

    देउमाईबाट सुहाङले अझै मतान्तर बढाए, घण्टीले कटायो २ हजार भोट

    विराटनगर । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । १४ हजार ६१३ भोट ल्याएर सुहाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले लिड गरिरहेका छन् । खड्का ९ हजार ३११ भोटका साथ पछ्याइरहेका छन् ।

    देउमाई नगरपालिका १ र २ गनिसक्दा एमालेको मतान्तर अझ फराकिलो भएको हो । देउमाई १ मा सुहाङले ८३१ मत र २ मा भने ७१३ मत पाए । डम्बरले १ र २ मा क्रमश: ५२८ र ३९७ भोट ल्याए ।

    देउमाईमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर-उपमेयर नै जितेको थियो ।

    तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकिन्द्रको ८ हजार ५७० मत छ । रास्वपाका मिलन लिम्बू २ हजार ५७ भोटका साथ चौथो स्थानमा छन् ।

    अहिलेसम्म ३६ हजार ५३ भोट गनिएको छ ।

  • रास्वपाका मिलन भन्छन्- सोचे जस्तो मत आएन

    रास्वपाका मिलन भन्छन्- सोचे जस्तो मत आएन

    विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत भएको निर्वाचनमा रास्वपाले अपेक्षा गरेभन्दा कम मत पाएको छ । ४ वटा पालिकाको मत गणना सक्दा रास्वपा चौथो स्थानमा छ ।

    फाकफोकथुम चुलाचुली, माङ्सेवुङ्ग गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिदा रास्वपाले जम्मा १६३६ मत पाएको छ । यो अपेक्षा गरे भन्दा कम खसेको रास्वपाका उम्मेदवार मिलान लिम्बु स्वीकार गर्छन् ।

    अपेक्षा गरेभन्दा कम मत झर्‍यो उनले भने, ‘हामीले यी क्षेत्रबाट पनि राम्रै मत पाउँछौ भन्ने अपेक्षा गरेका थियौ । तर सोचे जस्तो मत खसेन ।’

    उनले बाँकी रहेका २ वटा नगरपालिकामा राम्रो मत आउने अपेक्षा गरे । देउमाई र इलामबाट राम्रै मत खस्छ । उनले भने, जितका लागि पर्याप्त नभए पनि सम्मान जनक मत आउँछ भन्ने अपेक्षा छ ।

    २२ वटा वडाको मत गन्दा एमालेका सुहाङ्ग नेम्वाङ्गले १२४०५ मत पाएका छन् । उनलाई काङ्ग्रेसका डम्बर खड्काले पच्छ्याइ रहेका छन् । उनले ७८८२ मत पाएका छन् ।

    एमाले र काङ्ग्रेसको मतान्तर ४२२३ रहेको छ । तोस्रो स्थानमा भने पहिचान पक्षका उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७७६९ मत पाएका छन्

  • मिलनकै वडामा बजेन रास्वपाको घण्टी, सुहाङले सर्वाधिक मत पाउँदा अरुको कति ?

    मिलनकै वडामा बजेन रास्वपाको घण्टी, सुहाङले सर्वाधिक मत पाउँदा अरुको कति ?

    विराटनगर । इलाम क्षेत्र नम्बर २ मा रास्वपाले जित्ने अपेक्षासहित उम्मेदवार बनाएका युवा मिलन योङहाङ लिम्बूले अपेक्षित मत प्राप्त गर्न नसकिरहेका बेला आफ्नै वडामा पनि कमजोर देखिएका छन् ।

    मिलनले माङसेबुङबाट राम्रो मत जम्मा हुने अपेक्षा गरेका थिए । तर, उनकै वडामा सय मत कटाउन सकेनन् । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् ।

    सो वडाको अन्तिम गणनामा मिलनले ९६ मतमात्र प्राप्त गरेका छन् । माङ्सेबुङ २ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो ।

    मिलनकै वडामा सुहाङले २३५ मतले कांग्रेसलाई लिड गरे । माङसेबुङबाट पहिचानवादी मुढाले अग्रता लिने अपेक्षा समेत मेल खाएन । अहिलेसम्म गणना भएका फाकफोकथुम, चुलाचुली र माङसेबुङ तीनवटै गाउँपालिकामा एमालेले अग्रता लिएको छ । फाकफोकथुम थेगिमको गाउँपालिका भए पनि उनले एमालेलाई उछिन्न सकेनन् ।

  • इलाममा कांग्रेसको सुरुआती अग्रता- सुहाङ दोस्रो, घण्टी चौथो

    इलाममा कांग्रेसको सुरुआती अग्रता- सुहाङ दोस्रो, घण्टी चौथो

    विराटनगर । इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ ।

    फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर खड्काले सुरुआती अग्रता लिएका छन् ।

    उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत छ । डकेन्द्र थेगिमको १८७ र मिलन लिम्बूको ११५ भोट छ । यो वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाध्यक्ष जितेको थियो । वडा नम्बर १ मा कांग्रेसका कर्णवहादुर लिम्बुले ८०४ मत पाएर जित्दा एमालेका बेगवहादुर निरौलाले ४७७ मत पाएका थिए । त्यसबेला नेकपा एसले कांग्रेसलाई सघाएको थियो ।

  • कांग्रेस र रास्वपाबीच किन बढ्याे टकराव ?

    कांग्रेस र रास्वपाबीच किन बढ्याे टकराव ?

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कुनै समय लाग्ने आरोप थियो- ‘भाइ कांग्रेस’ । तर, अहिले परिस्थिति फेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले अध्यक्ष केपी ओलीसँग काँध मिलाएपछि कांग्रेसले रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निशाना बनाएको देखिन्छ ।

    गृहमन्त्रीलाई सहकारी प्रकरणमा जोडेर कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदनदेखि सडकसम्म उछालेको छ । सत्ताको अंकगणितको कारणले रविलाई प्रधानमन्त्री प्रचण्ड र ओलीको बलियो साथ छ ।

    यद्यपि, कांग्रेस गल्ने मूडमा छैन । गृहमन्त्रीको विषय उठाएर सत्ता समीकरणमा अप्ठ्यारो पारेर वैकल्पिक गठबन्धनसम्मको रणनीतिमा कांग्रेस छ । रास्वपा उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, मनिष झा, तोसिमा कार्की, अरनिको पाण्डेसहित शीर्ष तहमा पुगेका नेता कांग्रेस पृष्ठभूमिका छन् । तर, पछिल्लो कांग्रेसले लामिछानेलाई निशाना बनाएपछि त्यसको प्रतिवादमा तीनै नेताहरू खनिएका छन् ।

    कांग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको रास्वपा उपसभापति वाग्लेको आरोप छ ।

    गत वैशाखको उपनिर्वाचनमा कांग्रेस छाडेर तनहुँ २ बाट निर्वाचित वाग्लेले बुधबार इलाम पुगेर भनेका थिए, ‘म पनि बीपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ । तर, कांग्रेस ८० प्रतिशत विकृत, भ्रष्ट, निकम्मा समूहले चलाएको छ ।’

    सभापति रवि लामिछानेले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गर्दा अस्वीकार गरेपछि आक्रमण थालेको जिकिर गरेका छन् ।

    बुधबार इलामको चुनावी सभामा उनले भने, ‘डेढ वर्षको लागि तिमीलाई प्रधानमन्त्री बनाउँछु भनेका थिए, म आज पहिलो पटक सार्वजनिक ठाउँमा भनिरहेको छु, मसँग प्रमाणमात्रै होइन, लिखित कन्ट्रयाक साइन गर्नको लागि उनीहरूले दिएका थिए । जब मैले त्यो प्रस्ताव अस्वीकार गरेँ, त्यसपछि संसदमा हंगामा भयो । प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर त्यहाँबाट सुरू गरे ।’

    यतातिर संसदबाट दबाब दिने अर्कोतिर आफूलाई प्रधानमन्त्रीको लागि फकाउने दोहोरो चरित्र निरन्तर गरिरहेकै कारणले आफू समितिको पक्षमा नउभिएको जिकिर गरे ।

    लामिछानेको भनाइ थियो, ‘म प्रमाणित नभएको कुरा गर्दिनँ, प्रधानमन्त्रीको जवाफपछि मैले उनको अफर अस्वीकार गरेपछि संसदीय छानबिन समितिको कुरा गरे । दिउँसो संसदमा नांगो नाच देखाए बेलुका डेढ वर्ष प्रधानमन्त्रीको अफरलाई साइन गर भनेर टेबलमा राखे । त्यसकारण मैले स्वीकार नगरेको हो । नत्र म हरेक आरोपमा छानबिनसँग डराउने मान्छे होइन ।’

    उनले कांग्रेसले अनैतिक राजनीति गरेको भन्दै आफू कहिल्यै शिर नझुकाउने बताए ।

    तर, प्रचण्डले ओलीसँग काँध जोडेपछि रविसहित नेकपा एसका अध्यक्ष माधव नेपाललाई सम्म प्रधानमन्त्रीको अफर गरेको कांग्रेस अहिले त्यो कुरा स्वीकार्न तयार छैन । कांग्रेस सांसद रामहरि खतिवडाले आफूले लामिछानेलाई प्रधानमन्त्री अफर नै नगरेको दाबी गरे ।

    उनले भने, ‘यो कुरा प्रष्ट छ, गृहमन्त्री चाहियो भनेर रोइरोइ बसेको मान्छे प्रधानमन्त्रीको अफर गरेको भए खाँदैनथ्यो । नचाहिँदो कुरा गरेर जनतामा भ्रम छर्ने ? उहाँहरू सबै कुरा सार्वजनिक गरिहाल्नुहुन्छ । तर, त्यो गरेको भए उहाँहरूले अहिलेसम्म बाहिर ल्याइसक्नुहुन्थ्यो, त्यस्तो भए सार्वजनिक गरिदिनुस् न हामी चाहन्छौं ।’

    सरकारले समिति नबनाएसम्म सदन चल्न नदिने अडान आफूहरुको यथावत् रहेको सुनाए । कांग्रेस प्रतिपक्षमा पुग्यो भनेर नआत्तिएको जिकिर गर्दै विपक्षमै रहेको जनताको कुरा उठाउने बताए । त्यसो त रविसहित रास्वपा नेता मात्रै नभइ प्रधानमन्त्री प्रचण्ड र ओलीले पनि प्रधानमन्त्रीको अफर अस्वीकार गरेकै कारण कांग्रेस खनिएको दाबी गर्दै आइरहेका छन् ।

    कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको भन्दै आफूले दोषी करार नगरेको बताए ।

    उनले मंगलबार इलाम पुगेर भनेका थिए, ‘गृहमन्त्रीलाई सहकारी ठगीको दोषी नै हो भन्दिनँ, यति भन्छौँ तपाईँको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्छ। ढाकाराम श्रेष्ठले दुर्गा प्रसाईँसँग दुई करोड मागे रे कुनै प्रमाण थिएन, कुनै डकुमेन्ट थिएन, उनलाई सांसद पदबाट बर्खास्त गर्न लेखेर दिए । ए कस्तो लोकतन्त्र ? कस्तो न्याय ? सांसदलाई आरोपमात्रै लाग्दा उसको पद बर्खास्त गर्नुपर्ने, अनि सभापतिको सन्दर्भमा दर्जनौँ प्रमाण हुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो ?’

    शर्मा मात्रै होइन अर्का महामन्त्री गगन थापासँग त रवि लामिछानेको चर्को टकराव बढेको छ ।

    ‘कांग्रेस अस्तित्व रक्षामा छ’

    तर, रास्वपा महामन्त्री मुकुल ढकाल कांग्रेसले आफ्नो प्रतिस्पर्धी रास्वपालाई देखेर बदनाम गराउन लागिपरेको जिकिर गरे ।

    उनले भने, ‘कांग्रेस सीट संख्याको आधारमा पहिलो ठूलो शक्ति हो हामी चौथौ हौं । दोस्रो र तेस्रो उहाँहरु वामपन्थी विचारधारको हुनुभयो । हामीले लोकतान्त्रिक विचार धाराका भयौं । पछिल्लो समय कांग्रेसले आफ्नो प्रतिस्पर्धीको रूपमा हामीलाई देखेको कारणले अहिले न्वारानदेखिको बल लगाएर हामीलाई बदनाम गर्न लागिपरेको छ ।’

    कांग्रेसले अस्तित्व रक्षाको परिस्थितिबाट गुज्रिरहेको उनको दाबी छ ।

    ढकालले थपे, ‘यो भन्दा अगाडि नेकपा हुँदाखेरी पनि लोकतान्त्रिक विचारधाराको कुनै शक्ति थिएन । त्यतिबेलामा आकार सानो भएपनि अस्तित्व थियो । तर, अहिले अस्तित्व रक्षाको कारणले पनि हामीविरुद्ध लाग्नुभएको छ । तर, अहिले त संसदीय अंकगणितमा त हामीभन्दा ठूलो हुनुहुन्छ, त्यही भएर लोकतान्त्रिक स्पेसको लागि उहाँहरुले आफ्नो लडाइँ गरिराख्नुभएको छ ।’

    उनले अबको दिनमा लोकतान्त्रिक शक्ति रास्वपामात्रै हौं भन्ने प्रमाणित हुने बताए ।

    ढकालले थपे, ‘अहिले उहाँहरूले मुख्य प्रतिस्पर्धा नभइ कांग्रेस पार्टीको अस्तित्व नै संकटमा परेको हुनाले रक्षाको लागि अन्तिम प्रयास गरिराख्नुभएको छ ।’

    विश्लेषकको तर्क- सैद्धान्तिक आधार छैन

    राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बहुदलीय पद्धतिमा राजनीतिक दलहरुबीच सकारात्मक र नकारात्मक दुवै सम्बन्ध हुनेलाई स्वभाविक ठान्छन् ।

    उनले भने, ‘कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दल हो, स्वाभाविकरूपमा सरकार रहेकाको सानातिना मुद्दा भेट्यो भने उठाइहाल्छ । उसले मात्रै होइन अरुले पनि उठाइरहेकै हुन् ।’

    कांग्रेसको विकल्पमा रास्वपा लोकतान्त्रिक शक्तिको रूपमा स्थापित हुने आधार भने तय भइनसकेको उनको बुझाइ छ ।

    उनले थपे, ‘लोकतान्त्रिक प्रणालीमा एउटाको विकल्प अर्को हुनु नराम्रो कुरा होइन । अहिले नेपालमा लोकतान्त्रिक शक्तिको कुनै पनि विकल्प छैन नेपाली कांग्रेसको, सबै कम्युनिष्टहरू छन्, कम्युनिष्टको विकल्प कम्युनिष्टहरू नै भइरहेका छन् । तर, लोकतान्त्रिक पार्टीको विकल्प लोकतान्त्रिक पार्टी नै भन्दा लोकतान्त्रिक पार्टी के कारणले यसको विकल्प खोज्नुपर्यो ती सबै हटाउनसक्ने क्षमता मसँग छ भनेर स्थापित गर्नसक्छ। त्यो भयो भने स्वभाविक रूपमा विकल्प भइहाल्छ ।’

    अहिले कांग्रेसको विकल्पमा लोकतान्त्रिक शक्ति रास्वपा हुने सैद्धान्तिक आधार सभापति लामिछानेको व्यवहारबाट नदेखिएको उनले सुनाए ।

    विश्लेषक दाहाल भन्छन्, ‘रविजी गृहमन्त्री हुनुहुन्छ उहाँमाथि त्यतिधेरै प्रश्न उठेका छन् । त्यसमा केही जवाफ त दिनुपर्‍यो नि ! उहाँ विपक्षमा हुँदा चर्को कुरा गर्नुहुन्थ्यो अहिले किन कामिरहनुभएको छ । पहिला आफ्नो कुरा भन्नुपर्‍यो नि ! म तयार छु पहिला छानबिन गर म कुनै प्रभाव पार्दिनँ भनेर भन्ने आँट गर्नसक्नुपर्‍यो । त्यो चाहिँ नगर्ने ? त्यसरी वैकल्पिक बन्न सकिँदैन ।’

    विकल्प शक्ति हुन्छु भन्नेहरूले पुराना दलहरूबाट भएका कमीकमजोरीलाई देखाएर आफ्नाविरुद्ध आउने कुराहरूलाई ढाकछोप गर्न नमिल्ने बताए ।

  • सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई रकम फिर्ता गराउँछ : रवि लामिछाने (भिडिओ)

    सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई रकम फिर्ता गराउँछ : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर पीडितलाई बचत फिर्ता दिने प्रतिबद्धता जनाएका छन्।

    इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यो समस्या समाधान गर्नको लागि चाँडै कानून ल्याउने तयारी भइरहेको बताए।

    उनले भने- आज सहकारी र लघुवित्तको समस्या आएको छ, यो राष्ट्रिय स्वतन्त्र पार्टी आएको डेढ वर्षमा जन्मिएको समस्या होइन। यिनले जन्माएको समस्या हो। यही समस्यालाई देखाएर जनतालाई झुक्क्याएर हामीलाई गलत तरिकाले व्याख्या गरेर आफ्नो राजनीतिको रोटी सेकाउने काम गरिरहेका छन्। उनीहरू व्यक्तिलाई आरोप लगाउँदै हिँड्छन् तर समाधान दिँदैनन्। हामी समाधानको उपाय लिएर आएका छौँ। हिजो पनि हामीले समाधानको उपाय दिएका थियौँ आज पनि लागिरहेका छौँ। सरकारले चाँडै नै कानून बनाएर सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर त्यो बेचबिखन गरेर सम्पूर्ण पीडितहरूलाई दिने काम चाँडै गर्छौँ।

    उनले कांग्रेस सरकारमा हुँदा आफूलाई फसाउनेको लागि धेरै प्रयास गर्दा पनि कुनै प्रमाण नभेटेपछि मिडियाको प्रयोग गरेको दाबी गरे।

  • जँड्याहाले नानाथरि आरोप लगाए, प्रमाणित भए मङ्गलवारेमा सेरिन्छु : मिलन लिम्बु (भिडिओ)

    जँड्याहाले नानाथरि आरोप लगाए, प्रमाणित भए मङ्गलवारेमा सेरिन्छु : मिलन लिम्बु (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम २ का उम्मेदवार मिलन लिम्बूले आफ्नो जित सुनिश्चित भएपछि अफवाह फैलाउन थालेको दाबी गरेका छन्।

    इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूले अन्य समुदायमाथि गाली गरेको भन्दै जड्याले नानाथरि आरोप लगाएको बताए।

    उनले भने- एउटा जड्याले अस्ति भन्दै थियो, फलानो जातिलाई गाली गर्‍यो भनेर म चुनौती दिन चाहन्छु, मिलन लिम्बूले कुनै जाति, कुनै धर्म, कुनै समुदायलाई अपशब्द प्रयोग गरेको एउटा भिडिओ एउटा प्रमाण मात्रै पेश गर्छ भने म यही मङ्गलवारे चोकमा सेरिन तयार छु, तर मलाई जनताको प्रतिनिधि भएर निर्वाचित हुन आँट्यो भनेर रोक्न खोज्नेहरूले अफवाह फैलाइरहेका छन्, यिनीहरूलाई जनताले चिनेर राखेका छन्।

    मिलन लिम्बुमाथि फैलाइएको अफवाहको जवाफ जनताले नछोड्ने बताए।

  • ‘कांग्रेस भ्रष्टको कब्जामा छ, टिकट किन्नेलाई सबक सिकाउन सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्छ’ (भिडिओ)

    ‘कांग्रेस भ्रष्टको कब्जामा छ, टिकट किन्नेलाई सबक सिकाउन सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्छ’ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको आरोप लगाएका छन्। इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ८० प्रतिशत भन्दा बढी कांग्रेस गुटले कब्जा गरेको बताए।

    उनले भने, ‘नेपाली कांग्रेसका धेरै सांसदहरू यहाँ हुनुहुन्छ, थोरबहुत परिचय हाम्रो पुरानै हो। म पनि बिपी कोइरालाको अनुयायी हुँ। आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ। तर, के बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ आज यहाँ ? कांग्रेसभित्र आज एउटा प्रवृत्ति छ त्यसले पार्टीमा हालीमुहाली चलाएको छ । ८० प्रतिशत जति त्यो गुटले कब्जा गरेको छ, त्यसैले त्यो विकृत, भ्रष्ट, निकम्मा समूहको प्रतिनिधि पनि यहाँ उम्मेदवार बनाइएको छ।’

    टिकट किन्नेहरूलाई जवाफ दिनको लागि सच्चा कांग्रेसले घण्टीमा भोट हाल्नुपर्ने बताए।

    उनले थपे, ‘त्यसैले कांग्रेसको साँच्चै माया गर्ने, बिपीको आदर्शबाट प्रभावित भएर कांग्रेसमा लाग्नुभएको, लोकतान्त्रिक आन्दोलनको संघर्षबाट आउनुभएको भेषराज आचार्यजस्तो मान्छेले टिकट नपाउने कांग्रेसमा के सन्देश दिनुपर्छ ? आफ्नै पार्टी सुधार्नको लागि पनि घण्टीमा भोट हाल्नुपर्छ।’

  • सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँ : गृहमन्त्री लामिछाने (भिडिओ)

    सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँ : गृहमन्त्री लामिछाने (भिडिओ)

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरे ।

    इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।

    रविको भनाइ यस्तो थियोः

    विपक्षीहरुले सहकारी गठीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं । चाँडै नै नीति ल्याएर, कानूनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना वचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु । म यत्तिकै यहाँ आएर बोलेको होइन, प्रधानमन्त्री भनेको छु कि हामी गर्छौं ।

    अहिले कानूनले अप्ठेरो परोको छ । सम्पत्ति विभिन्न मान्छेका नाममा राख्ने अनि आफ्नो नाममा छैन भनेका छन् । तीनको नाममा छ कि छैन हामी खोज्छौं । भाञ्जाका नाममा, भतिजका नाममा, सालासालीका नाममा देशमा विदेशमा कसका नाममा राखेको छ, सम्पत्ति सुद्धिकरण विभागले खोज्नेछ । हिजोसम्म चप्पल पड्काउनेको टोपी खस्ने महल कसरी भयो ?

    त्यो कसको भाञ्जा हो, कसको भतिज हो, कसको सालासाली हो पत्ता लगाइन्छ । तिनको सम्पत्ति जफत गरेर दुख गरेर सहकारीमा पैसा जम्मा गर्नेहरुलाई फिर्ता गर्ने क्रमको सुरुवात नलिइकन म राजनीतिबाट विश्राम लिन्न याद गर्नुहोला । यो आरोपको भारी बोकेर रवि लामिछाने यसै हराउँदैन । यसको सक्रियता र निरन्तरताको अगुवाइ पनि रास्वपाले गर्छ ।

     

  • इलाममा रविको भाषण- राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ (भिडिओ)

    इलाममा रविको भाषण- राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ (भिडिओ)

    काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् । डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको उनले दाबी गरे ।

    इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि बताए ।

    उनले भने, ‘१०० दिनमा हामीले लिएका प्रत्येक मन्त्रालयसँग देखाउने १०० वटा कामको सूची हुन्छ । कतिपय काम शान्त भएर गर्नुपर्ने रहेछ । गृह मन्त्रालय अलिकति संवेदनशील भएकाले यहाँ भइरहेका कामबारे मैले बताउन मिल्दैन । तर, नतिजा आएपछि सबैलाई थाहा हुन्छ ।’

    ‘काम गर्न नसकेको दिनमा, काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर झुन्डिएर बस्ने हाम्रो स्वभाव होइन । काम गर्न पाइएन भने डेट मात्र लेख्न मिल्ने गरेर राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ हामी सबै मन्त्रीहरू । जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन ।’

    आफ्नो पार्टीका उम्मेदवार मिलन लिम्बुविरुद्ध परिचालित मान्छेले अफवाह फैलाइरहेको लामिछानेले बताए ।

    ‘हाम्रो उम्मेदवारका विरुद्ध अफवाहहरू चलेका रहेछन् । भाडाका मान्छेहरू किन परिचालित हुन्छन् एउटा नयाँ दलविरुद्ध जो राजनीतिलाई सङ्ल्याउने कोसिस गरिरहेको छ । त्यसकाविरुद्ध भएभरका सबै शक्ति किन लाग्नपर्‍यो ? हामीले त घण्टी मात्रै बजाएको जस्तो लाग्थ्यो, तर उहाँहरूको मनमा त ढ्यांग्रो बजेछ । हामीले त चुनाव चिन्ह घण्टी होइन ढ्याङ्ग्रो नै राख्नुपर्ने रहेछ ।’

    उनले सबै अफवाहको जवाफ दिइराख्नु नपर्ने बताए ।

    ‘जवाफ दिएर कहाँ हिँड्ने रु मिलन लिम्बुले आरोप प्रत्यारोपको जवाफ लिएर हिँड्दैन । किसानको मुद्दा बोकेर हिँड्छ । बेथिति विसंगतिको फाइल लिएर हिँड्छ । चोक चोकमा भाडामा पठाइएका मान्छेले सोधेका प्रश्नको जवाफ दिनुपर्दैन,’ लामिछानेले भने ।

  • सार्वजनिक बिदाबारे गृहमन्त्रीको प्रष्टीकरणः तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ

    सार्वजनिक बिदाबारे गृहमन्त्रीको प्रष्टीकरणः तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ

    काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् ।

    कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा धेरैले सार्वजनिक विदाको औचित्यमा प्रश्न उठाएपछि लामिछानेले सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् । अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको उनले बताएका छन् ।

    ‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

    लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

  • इलाम २ लाई प्रतिष्ठाको विषय बनाउँदै दलहरुः शीर्ष नेताहरुको लावालस्कर

    इलाम २ लाई प्रतिष्ठाको विषय बनाउँदै दलहरुः शीर्ष नेताहरुको लावालस्कर

    विराटनगर । इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १२ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाम केन्द्रित भइरहेका छन् ।

    उपनिर्वाचनको लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै जाँदै गरेका छन् । थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावीसभा र घरदैलोमा सहभागी भएका थिए ।

    उनी पुनः वैशाख ८ गते आमसभामा सहभागी हुन इलाम आएका थिए । अर्का महामन्त्री शर्मा अधिकांश समय इलाममै बसेका छन् । टिकट वितरणका विषयलाई लिएर इलाममा नेताहरूका बीचमा मात्रै नभई मतदातासम्म यसको प्रभावका परेको देखिएपछि इलाममा कांग्रेस नेताहरूको दौड देखिएको हो ।

    इलाम उपनिर्वाचनमा भेषराज आचार्य र डम्बर खड्का उम्मेदवारको आकांक्षी थिए । अधिकांश कार्यकर्ता भेषराजको पक्षमा भए पनि पार्टीले खड्कालाई उम्मेदवार बनाएपछि पार्टी एक भएको सन्देश दिन पनि कांग्रेस नेताहरू इलाम केन्द्रित भएका छन् ।

    आचार्य फरक विचार समूहका नेता डा. शेखर कोइराला निकट हुन् । उम्मेदवार बनेका खड्का भने पार्टी सभापति देउवा निकट मानिन्छन् ।

    कांग्रेसइतर पक्षका नेता शेखर कोइरालासमेत इलाम पुग्दै पार्टी एक भएको सन्देश दिन खोजेका छन् । उनी वैशाख ४ गते इलाम पुगेका थिए । उनले लारुम्बास्थित किराँत धर्म गुरु आत्मानन्द लिङदेनलाई समेत भेटेका थिए ।

    कांग्रेसका उपसभापति धनराज गुरुङ र प्रभावशाली नेता शशाङ्क कोइराला चुनावीसभालाई सम्बोधन गर्न इलाम आइसकेका छन् । यस्तै सहमहामन्त्री भीष्मराज आङ्दम्वे, नेता मीन विश्वकर्मा पनि इलाममा छन् ।

    रास्वपाका शीर्ष नेता प्रभाव देखाउन टोल-टोलमा

    राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई जिताउन सम्पूर्ण शक्ति खर्च गरिरहेको छ । पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डीपी अर्याल इलाम केन्द्रित छन् । यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तोसिमा कार्की पनि इलाम २ का गाउँ–टोल घुमिरहेका छन् ।

    रास्वपा सभापति तथा गृहमन्त्री लामिछाने उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी हुनसमेत इलाम आएका थिए । लामिछाने शुक्रबार माङ्सेबुङ गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावीसभामा सहभागी भए ।

    यसअघि उम्मेदवार छनोटका विषयमा पनि ६ जना प्रतिनिधिसभा सदस्य पालिकाहरूमा गई वस्तुस्थिति बुझेर पार्टीलाई प्रतिवेदन बुझाएका थिए । सोही प्रतिवेदनका आधारमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय रास्वपाले गरेको थियो ।

    विरासत रक्षामा एमालेका नेता

    नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा इलाममा एमालेले चुनावी मोर्चा हाँकिरहेको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङको चुनावी कार्यक्रम हाँक्न पार्टीका अन्य स्थायी कमिटी सदस्यहरू पनि आउने जाने गरिरहेका छन् ।

    वैशाख ५ गते इलामको मङ्गलबारेमा भएको सभालाई सम्बोधन गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आएका थिए । उनले कार्यक्रममा बोल्दै इलामको विकासको जिम्मा सुहाङ नेम्बाङले लिने र आफूले सुहाङको जिम्मा लिने भन्दै मत मागेका थिए । सुहाङलाई नेकपा माओवादी केन्द्र, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टीले पनि सघाएका छन् ।

    सो चुनावीसभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, परिवार दलका अध्यक्ष एकनाथ ढकाललगायत सहभागी भए ।

    एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक नेकपा एकीकृत समाजवादीका नेताहरू पनि इलाम आइरहेका छन् । सो पार्टीका तर्फबाट जीतबहादुर राई उम्मेदवार छन् । उनलाई जिताउन र उनको पक्षमा माहोल बनाउन इलाम घर भएका पार्टीका सम्मानित नेता झालनाथ खनाल अहिले इलाम क्षेत्र २ मा चुनावी घरदैलोमा छन् । उनले आफ्ना उम्मेदवार राईलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । खनाल चैत २४ मा उम्मेदवारी मनोनयन दर्ताको दिनसमेत इलाम आएका थिए ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन साताअघि इलाम आएका थिए । इलाम बजारमा आयोजित चुनावी सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे । उनीसहित नेता रवीन्द्र मिश्रसमेत इलाम आएका थिए । इलाममा राप्रपाका तर्फबाट लक्ष्मी गुरुङ चुनावी मैदानमा छन् ।

  • मतदातामाझ मिलनः काम गरिनँ भने कान निमोठ्न आउनुस्

    मतदातामाझ मिलनः काम गरिनँ भने कान निमोठ्न आउनुस्

    इलाम । इलाम क्षेत्र नम्बर २ को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् मिलन लिम्बू । उनको थातथलो हो माङसेबुङ गाउँपालिकाको इभाङ्ग । इभाङ्गबाट उपचारका लागि दमक झर्न होस् या बिर्तामोड ओर्लिन, सानोतिनो आँट चाहिन्न थियो । उनी सुन्थे दामकबाट रवि राँकेसम्म बाटो कालोपत्रे हुँदैछ । तर, उनले कालोपत्रे भएको देख्न पाएनन् ।

    इलामको पश्चिमी क्षेत्रका मिलनलाई देउमाई तरेर आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि सातु सामल लिएर हिँड्न पर्थ्यो । स्कुल पढ्दा खेरि माओवादी सशस्त्र आन्दोलन उत्कर्षमा थियो । उनलाई माओवादीको परिवर्तनको नाराले प्रभाव पार्‍यो ।

    माङसेबुङमा एकसाताअघि घरदैलोमा भेटिएका मिलनले सुनाए, ‘माओवादीले यी सबैको समस्या समाधान गर्छ भन्ने लाग्यो । उनले लिम्बू पारामा भने ‘यो त हैन पो रहेछ नि हाउ !’

    केही समय दमकमा बसेर पत्रकारिता गरेका मिलन त्यसपछि भने इटहरीमा आए । ६५-६७ सालतिर इटहरीमा पत्रकारिता गर्दै गरेका लिम्बूलाई इटहरीको भूगोल पनि सानो लाग्यो । त्यसपछि राजधानी काठमाडौं हानिए ।

    काठमाडौंमा केही वर्ष उनी नाम चलेका केही टेलिभिजनका स्क्रिनमा देखिए । आदीवासीहरूको हक अधिकार उनको एजेण्डा थियो जुन माओवादी सशस्त्र आन्दोलनका बेला राम्रोसँग जान्ने बुझ्ने मौका पाएका थिए । यही एजेन्डाका कारण उनी आदिवासी जनजाति पत्रकारहरूको संस्था फोनिजका विभिन्न कमिटीमा बसेर काम गरे । उनी फोनिजको महासचिवसम्म भए । उनले माओवादीनिकट प्रेस सेन्टरको सचिवको जिम्मेवारी पनि निभाए ।

    काठमाडौं बस्दा उनको माओवादीका शीर्ष नेताहरूसँग राम्रै उठबस भयो । उनी आफ्नो गाउँका मुद्दा र समस्याका बारेमा माओवादीका नेताहरूलाई सुनाउँथे । बेला बेला नेताहरूलाई माङसेबुङ र लारुम्वा पनि नेताहरूलाई ल्याइरहन्थे ।

    आफ्नो समुदायका कुरा नेताहरूले बुझुन् भनेर मैले नेताहरूलाई गाउँमा ल्याए । उनले सुनाए, ‘नेतालाई ल्याउनु भनेको त भोट दिलाउनु मात्रै पो रहेछ । नेतालाई गाउँमा ल्यायो, विकास होला समुदायको हित होला भनेको त नेताहरूकै पो हित भयो । गाउँ त जस्ताको तस्तै रहयो’, नेपाल प्रेससँगको कुराकानीमा मिलनले सम्झिए ।

    गाउँमा खानेपानी, बाटो, उच्च शिक्षाको समस्या ज्यूँका त्यूँ रहेको भन्दै उनले आफैँले त्यसलाई बदल्ने अठोट लिएर चुनावमा होमिएको बताएका छन् ।

    मिलन भन्छन्, ‘अरूलाई भनेर नहुने रैछ । म आफैँ अब किन नेता नबन्ने भनेर पो यता लागेँ ! मै पो नेता हुने रहर जाग्यो ।’

    लिम्बूसँग भेट हुँदा इलाम २ मा चुनावी चहलपहल बढिरहेको थियो । घरदैलो अभियानमा व्यस्त मिलन त्यही दिन आफ्नै गाउँ इभाङ्ग जाने तयारीमा थिए । उनका साथमा थिए रास्वपाका स्थानीय नेता, प्रतिनिधिसभा सदस्य अशोक चौधरी र रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईँ ।

    कच्ची सडकको धुलोले छपक्क छोपेको रास्वपाको झण्डा गाडीमा फहराउँदै उनीहरूको गाडी इभाङ्गतर्फ लाग्यो । बाटोमा गाडी रोकेपछि उनी कान्ला उक्लिँदै मतदाताको घर चाहार्न थाले ।

    एउटा घरमा उनले भोट माग्न सुरू गरे,‘भोट दिनु ल घण्टीमा । लहै सबैले घण्टीमा भोट है ।’

    फेरि अर्को कान्ला उक्लिँदै माथ्लो घरमा भेला भएका स्थानीयलाई उनले नमस्कार गर्दै भने,‘यो बाजी घण्टीमा भोट दिन पर्‍यो । आफ्नै गाउँ ठाउँको भाइ मैदानमा आउँदा भोट दिनु हुन्छ भन्ने आशा छ नि !

    एकजना महिलाले भनिन्, ‘अहिले नमस्कार गर्दै आउनु भो भोलीपर्सि त कोट्याउँदा पनि नसुन्ने होला । चिन्दा पनि चिन्नु हुन्न होला । उनले लिम्बूसमक्ष गुनासो पोखिन् । अहिले जसरी आउनु भो भोलि पनि यसरी नै आउनु ल ।’

    मिलनले जवाफ फर्काए ,‘यो हातै काटेर फालुम जस्तो लाग्छ नि ! बुढा नेताहरूले बर्बाद गरे, नमस्कार गरे काम गरेनन् । नमस्कार गरेर भोट पाए, काम गरेनन् भनेर ठूलो गुनासो छ । म त काम गर्न पो आएको । यसो गर्नु हुन्न ।’

    महिलासँग बिदा भएपछि उनले छेउमै रहेका पुरुषहरूलाई भने, ‘आफ्नै गाउँको दाजुहरूले भोट दिनु भएन भन्ने त गुनासो त नआउला । यसो नि आफ्नै गाउँको सबै भोट खराक खुरुक दिनुस् भन्न त पाउँछु नि !’

    त्यसपछि उनी कान्ला ओर्लिएर गाडि चढेर फर्किए ।

    बाटामा देखिएका र उनलाई भेट्न कुरेर बसेका मतदाताहरूलाई उनेले आफू इभाङ्ग माङसेबुङ्ग र इलामको परिचय फेर्न चुनावमा होमिएको भन्दै आश्वस्त पार्न खोजे ।

    दमक-रवी-राँके सडक नबन्दाका दु:ख, खानेपानी नभएर गाउँ छाड्नु परेका व्यथा स्थानीयले लिम्बूलाई सुनाए । धुलो र हिलोका कारण सडकमा खेप्नु परेको सास्तीका गुनासाका पोकाहरू मतदाताले सुनाइ रहन्थे ।

    मतदातालाई मिलनको जवाफ थियो, ‘बुढा नेताहरूले काम गरेनन् भनेरै हो म चुनावमा होमिएको हो । म त यतैको पानी खाएको, यतैको डाँडा चहारेको सबै कथाव्यथा मलाई थाहा छ । काम गर्ने पो मन छ । मलाई जिताउनु होला । ’

    झन्डै एक घण्टापछि माङसेबुङ-३ दहगाँउमा पुग्दा कार्यकर्ताले केही स्थानीय भेला पारेका थिए । स्थानीय सामुदायिक भवनको आँगनमा लहरै प्लास्टिकको कुर्सी राखिएको थियो ।

    आँगनको डिलमा राखेको कुर्सीमा टुसुक्क बसेर मिलनले भने, ‘काम गरेन भने कान निमोठ्नु पर्दा पनि नजिकै छ पारि भेटिहाल्नु हुन्छ । हुन त तपाईँहरूले आफैँ दिनुहुन्थ्यो । तर, पनि आफ्नैलाई कसरी नमाग्नु ? आफ्नैलाई पनि माग्नु पर्छ । भोलि पर्सि भोट आएन भने किन दिनु भएन भनेर सोध्दा त मागेन त केटा भन्नु हुन्छ भनेर पो आएको ।’

    सामुदायिक भवनमा भेला भएकाहरूले स्थानीय समस्याहरू सुनाए । विद्यालयमा समस्या, खानेपानी र बाटो समस्याका प्रमुख बिषय थिए । आधा घण्टा जति स्थानीयसँग गफगाफ गरेपछि लिम्बू पुन: घरदैलोमा लागे ।

    इलामको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने माङसेबुङ इभाङ्गका मिलनले उप निर्वाचनको मिति घोषणा भएसँगै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका थिए । ‘अकबरे उम्मेदवार’ को रूपमा यस क्षेत्रको समस्या समाधान गर्न माओवादीसँगको सबै सम्बन्ध तोड्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका थिए ।

    पछि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सार्‍यो । २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा रास्वपाबाट उठेका प्रकाश सापकोटा १३८० भोट पाएका थिए । समानुपातिक तर्फ रास्वपाले ४६८६ मत पाएको थियो ।

  • रेशम चौधरीले रन्जिता र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ आज

    रेशम चौधरीले रन्जिता र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ आज

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ ।

    यस अघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएको थियो । तर, उक्त दिन बहस भएन। आज पनि बहस हुने वा नहुने भन्ने विषय भने अनिश्चित छ । यस अघि तीन पटक सम्म चढेको पेशीमा एक पटक मात्रै बहस भएको थियो ।

    टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन । “अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने,” आयोगको निर्णयमा भनिएको छ ।

    निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।

    नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् । रेशम पक्षीय उक्त बैठकले ७ दिन भित्र १९५ जनाको नामावली बुझाउने र ३५ दिन भित्र १९५ जनाको नामावली निर्वाचन आयोगमा अद्यावधिक गर्न लगाउने निर्णय गरेको थियो ।

    रन्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए ।

  • गृहमन्त्रीको निर्देशन- उपनिर्वाचनमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउनुस्, २४ घण्टाभित्र कारबाही गर्छौँ

    गृहमन्त्रीको निर्देशन- उपनिर्वाचनमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउनुस्, २४ घण्टाभित्र कारबाही गर्छौँ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले कारबाही गर्ने बताएका छन्।

    रास्वपा सभापति समेत रहेका लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पैसा बाँड्न खोज्नेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए।

    उनले भने- अहिलेसम्म हेर्दा त सबै घण्टी नै हो जस्तो देख्नुहुन्छ। उहाँ त जो हेर्‍यो उही घण्टी देखिन्छ। अन्तिम समय, मौन अवधि पनि आउँदैछ। कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृहमन्त्रालयमा पठाइदिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ, यो गाउँमा पैसा बाँड्दै हिँड्ने व्यक्तिलाई देशमा चिनाउने इच्छा। नागरिकलाई सचेत गराउन चोक चोक गौडा गौडामा खटिनुहोला। पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ। कतिवटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ।

  • जिल्लान्तर शिक्षक सरुवाको मापदण्ड बनाउन सुझाव संकलन गर्दै मन्त्री श्रेष्ठ

    जिल्लान्तर शिक्षक सरुवाको मापदण्ड बनाउन सुझाव संकलन गर्दै मन्त्री श्रेष्ठ

    काठमाडौं । विभिन्न किसिमका गुनासा आएपछि जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्ड निर्माणका लागि सुझाव संकलन थालेकी छन् ।

    उनले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालासँग छलफल गरेकी छन् । पहिलो चरणमा गत चैत ३० गते सात वटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकसँग अनलाइन संवाद गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव केशव दाहालले जानकारी दिए ।

    उनका अनुसार प्रधानाध्यापकले शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्ड र नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नालगायतका विषयमा सुझाव दिएका छन् ।

    आइतबार बैशाख २ गते पनि विभिन्न प्रदेशका शिक्षकसँग सुझाव सङ्कलन गर्न छलफल गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न प्रदेश र समुदायका १३ जना प्रतिनिधि शिक्षकसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्री श्रेष्ठले सुझाव लिएको केन्द्रका महानिर्देशक दीपक शर्माले बताए ।

    उनका अनुसार केन्द्रले सुझावको अभिलेख गर्दै शिक्षक सरुवाको मापदण्ड बनाइरहेको छ ।

    पारदर्शी नीति निर्माण र सहभागितामूलक नेतृत्वका लागि सबै सरोकारवालासँग छलफल गरेरमात्रै मापदण्ड मस्यौदा गर्ने शिक्षामन्त्रीले प्रतिबद्धता जनाएकी थिइन् । छलफलमा सहभागीले शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्ने सुझाएका छन् ।

    उनीहरुले जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुनेगरी वर्षको एक पटकमात्रै हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।

  • रविजीमाथि छानबिनको माग गर्नु राजनीति पूर्वाग्रह : प्रधानमन्त्री (भिडिओ)

    रविजीमाथि छानबिनको माग गर्नु राजनीति पूर्वाग्रह : प्रधानमन्त्री (भिडिओ)

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको गतिरोध चाँडै अन्त्य हुने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले गतिरोध समाधानका लागि राजनीतिक राजनीतिक तहमा संवाद थालिएको जानकारी गराए ।

    प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेको विषयमा अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने उल्लेख गरेका छन् ।

    ‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिएँ । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’

    प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।’

    उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने जिकिर गरे ।

  • मिटरब्याज पीडित रायलाई गृहमन्त्री रविको आश्वासन- बुवा, चिन्ता नगर्नुस्, न्याय गर्छु

    मिटरब्याज पीडित रायलाई गृहमन्त्री रविको आश्वासन- बुवा, चिन्ता नगर्नुस्, न्याय गर्छु

    जनकपुरधाम । मंगलवार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जनकपुरधाम आइपुगे । राति होटल सिताशरणमा बास बसे । उनी आज बिहान सुरक्षा अधिकारीहरूसँग भेटघाटमा व्यस्त थिए ।

    सुरक्षा अधिकारीहरूसँग रहेकै बेला होटलमा आइपुगे मिटरब्याज पीडित सर्वनारायण राय । धनुषाको धनौजी गाउँपालिका ४ का राय गृहमन्त्री नजिक पुगेर भावुक बने । उनमाथि नजर परे लगत्तै गृहमन्त्री रविले सोधिहाले- के भयो बुवा ?

    गृहमन्त्रीको व्यस्तता देखेर राय केहि बोल्न सकिरहेका थिएनन् । तर गृहमन्त्रीले नै सोधेपछि राय खुले । र, पीडा पोखे- हजुर, ममाथि ठूलो अन्याय भएको छ । मेरो करोडौँको सम्पत्ति बेइमानले हड्पियो । मलाई न्याय गरिदिनुस् ।

    राय केहि वर्ष अगाडी सुजित चौधरीसँग ५ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए । जसमध्ये चौधरीलाई १ लाख ५५ हजार रुपैयाँ फिर्ता गरिरहेका छन् ।

    ‘बाँकी रुपैयाँ ब्याजसहित चुक्ता गरिदिने भन्दै आएका थिएँ’, रायले सुनाए, ‘तर ऋण चुक्ता गर्न ढिलो भएको निहुँमा चौधरीले जनकपुरधामको ५ धुर जग्गा लिलामी गराइदिए ।’

    उनका अनुसार गत असोज १५ मा जग्गा लिलाम दरोगा साहले स्वीकारे । अहिले उक्त जग्गा साहको नाममा रजिस्ट्रेशन पास भइसकेको छ । अदालत पनि मिटरब्याजीकै पक्षमा फैसला गरेको छ ।

    लिलाम गराएको आफ्नो जग्गा अहिलेको चलनचल्ती मूल्य अनुसार करोडौँको रहेको रायको दाबी छ । उनले भने, ‘५ लाख ७० हजारमा १ लाख ५५ हजार त फिर्ता नै गरिसकेको थिए । ४ लाख १५ हजारका लागि मेरो करोडौँको जग्गा हड्पियो ।’

    गृहमन्त्रीसँग पीडित रायले बिन्ती गरे, ‘हजुर, सरकारले तोकेको १० प्रतिशत ब्याज जोडेर ऋण चुक्ता गर्न तयार छु । मेरो जग्गा फिर्ता गराइदिनुस् ।’

    पीडित रायको पीडा सुनेपछि गृहमन्त्री रविले आश्वासन दिए, ‘बुवा चिन्ता नगर्नुस्, काम गरिरहेको छु । न्याय पाउनुहुन्छ । आयोग पनि बनेको छ । आयोगले पनि काम गरिरहेको छ । सबै मिटरब्याज पीडितलाई न्याय दिन्छौँ ।’

    उनको पीडा सुनेको केही बेरमै गृहमन्त्री लामिछाने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सामेल भए । गोष्ठीमा सहभागी उनलाई भेट्न होटलमा मिटरब्याज पीडित र मिटरब्याजीको आरोप झेलिरहेकाहरूका साहु (महाजन ) को भीड छ ।

  • कांग्रेसलाई रास्वपाको जवाफ- कुण्ठाको राजनीति छाडेर आउनुस्, प्रक्रियागत रूपमा जाऔँ

    कांग्रेसलाई रास्वपाको जवाफ- कुण्ठाको राजनीति छाडेर आउनुस्, प्रक्रियागत रूपमा जाऔँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई कुण्ठाको राजनीति नगर्न आग्रह गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै यो सदनमा निराधार कुनै व्यक्तिमाथि पटक पटक लाञ्छना लगाउन नपाइने बताए।

    उनले भने- गृहमनन्त्रीको विषयमा कानूनले कुनै निर्णय दिइसकेको छैन। सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो जवाफ दिइसक्नुभएको छ। त्यो उजुरी भनिएको कुनै व्यक्तिले चौकीमा दिएको मात्रै हो त्यो दर्ता भएको छैन। त्यो प्रायोजित केही पत्रकारहरूलाई लेख्न लगाइएको सूचना मात्रै हो। त्यसमा प्रश्न छ। निष्कर्ष छैन। त्यसको आधारमा पटक पटक गरिएको प्रहारमाथि हाम्रो आपत्ति छ। आउनुस्, कानूनी रूपमा जाऔँ, आउनुस् प्रक्रियागत रूपमा जाऔँ, कति कुण्ठा पाल्नुहुन्छ। त्यसैले यस्तो राजनीति नगर्नुस्।

  • कांग्रेसलाई रास्वपाको जवाफ- विगतका सबै भ्रष्टाचार उत्खनन् गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाऔँ

    कांग्रेसलाई रास्वपाको जवाफ- विगतका सबै भ्रष्टाचार उत्खनन् गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाऔँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउन माग गरेको छ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको बेलामा रास्वपाले सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग अघि सारेको हो।

    प्रतिनिधि सभाको बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले भने- सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारको छानबिन गर्ने भनिएको छ। ललिता निवासको सुरुवाती त अहिले विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो। ललिता निवासदेखि अहिले वाइडबडी काण्डमा को-कोलाई जोगाइएको छ। यो सबैको छानबिन गर्नको लागि रास्वपाले उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ।

    उनले कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारका काण्डहरूलाई उत्खनन गर्नको लागि बृहत् गर्ने गरी आह्वान गरे।

    उनले भने- एउटा व्यक्तिलाई खुइल्याउने, एउटा आरोपका भरमा पात्रलाई खुइल्याउने किसिमले होइन। ०४७ यताका उच्च पदस्थ पदमा बसेका व्यक्तिमाथि छानबिन गर्नुपर्छ।

  • सत्ता पक्ष र कांग्रेसले आ-आफ्नो अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

    सत्ता पक्ष र कांग्रेसले आ-आफ्नो अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ।

    सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि बैठक स्थगित भएको हो।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, अहिलेसम्म कुरा मिल्न सकेन।

    सरकार समिति गठन गर्ने पक्षमा छैन। कांग्रेसका सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर विरोध जनाएका थिए ।

  • सदनमा कांग्रेसको अवरोध कायमै, सत्ताधारी सांसद पनि उठे

    सदनमा कांग्रेसको अवरोध कायमै, सत्ताधारी सांसद पनि उठे

    काठमाडौं । प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा आज पनि कांग्रेसका सांसद उभिए ।

    समिति नबनेसम्म सदन नचल्ने कांग्रेसले अडान लिएपछि सत्तापक्षका सांसदहरूले पनि विनाप्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गरेका छन् ।

    कांग्रेस सचेतक सुशीला थिङले करोडौं सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानबिन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने बताइन् ।

    त्यसपछि सभामुखले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए । तर, कांग्रेसले बोल्न दिएन । त्यसपछि सभामुखले सबैलाई सदन चलाउन आग्रह गरेपनि दुवै पक्षका सांसद उठिरहेका छन् ।