Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो (भिडिओ)

    रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागार लगिएको छ। रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट कारागारतर्फ लगिएको हो।

    लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।

    भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए।

    तल्लो बाटोबाट निकालेपछि अहिले लामिछानेका समर्थकलाई नख्खु कारागारतिर सोझिएका छन्। त्यहाँ पनि बाल्लो भिड जम्मा भइसकेको छ।

  • रास्वपा सांसदबारे प्रधानमन्त्रीको टिप्पणी- संसदमा आएझैँ गर्छन्, भत्ता पड्काएर हिँड्छन्

    रास्वपा सांसदबारे प्रधानमन्त्रीको टिप्पणी- संसदमा आएझैँ गर्छन्, भत्ता पड्काएर हिँड्छन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशमा अराजकता मच्याउन खोजेको आरोप लगाएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ भनेर जनतामा भ्रम छरिरहेको टिप्पणी गरे।

    उनले भने, ‘राजतन्त्र जस्तो अँध्यारो दिनहरू फर्काउन केही तत्त्वहरू लागिरहेका छन्। केही तत्त्वहरू देशमा अराजकता मच्याउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। नयाँ त भर्खर खोलेका पार्टी नयाँ त हुने नै भए। जसको कुनै योगदान छैन।’

    उनले देशलाई आजको स्थितिमा पुर्‍याउनको लागि आफूहरूले बलिदान, संघर्ष र त्याग गरेको पनि सुनाए।

    उनले थपे, ‘मान्छेहरू सहिद भए, अङ्गभङ्ग भएका छन्। जेलनेल भोगेर लामो सङ्घर्ष र क्षतिबाट अन्धकार युगबाट आजको जमानामा ल्याइएको हो। सङ्घर्ष नगरेकाहरू, देशलाई भत्काउन चाहनेहरू संसद्मा आएझैँ गर्छन् हाजिर गर्छन्, भत्ता पड्काउँछन् अनि बाहिर जान्छन्। जनताका समस्याका कुरा बोल्दैनन् बाहिर जान्छन्। तिनीहरूलाई यो व्यवस्था अप्रिय लागेको छ। हामी भन्छौँ यो व्यवस्थालाई अझै सुदृढ गरेर लान्छौँ।’

  • गृहमन्त्रीमाथि रास्वपाको आरोप- उहाँकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी तयार पारियो (भिडिओ)

    गृहमन्त्रीमाथि रास्वपाको आरोप- उहाँकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी तयार पारियो (भिडिओ)

    काठमाडौं । रास्वपाकी सांसद चन्दा कार्कीले नैतिकता जागेर राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएको भएपनि गृहमन्त्री रमेश लेखकको नैतिकता जगाउन नसकेको बताएकी छन्।

    प्रतिनिधि सभाको बैठकलाई बोल्दै गृहमन्त्रीले अदालतमा समेत हस्तक्षेप गरेको आरोप लगाइन्।

    उनले भनिन्, ‘मानव तस्करीको विषय मात्रै होइन न्यायालयमा हस्तक्षेप भएको कुरा पनि पूर्वन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति सार्वजनिक नै छ। रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारेको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट पठाइएको सूचनाहरू आइरहेका छन्। जुन दिन पेसी चढेको छ उही दिन योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ।’

    उनले प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरिन्। उनले भनिन्, ‘उहाँले केही दिनअघि भन्नुभएको थियो अदालतमा आफ्नै पार्टीका कार्यकर्तालाई न्यायाधीश बनाउँछौँ। र निर्णय बफादारीमा हुन्छ। आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुभएको छ।’

  • निर्वाचन आयोगमा रास्वपाको विवरण बल्ल अद्यावधिक, दिपक बोहराकाे सहकोषाध्यक्ष खारेज

    निर्वाचन आयोगमा रास्वपाको विवरण बल्ल अद्यावधिक, दिपक बोहराकाे सहकोषाध्यक्ष खारेज

    काठमाडौं । निर्वाचन आयोगले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक गरेको छ । पूर्वमहामन्त्री मुकुल ढकालले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएलगत्तै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो ।

    ढकाललाई कारवाहीलगत्तै गत वर्ष असारमा नै रास्वपाले विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । तर, विभिन्न बहानामा आयोगले झुलाइरहेकोमा रास्वपा सन्तुष्ट थिए । आज आयोगले राजनीतिक दलसम्वन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल सम्वन्धी नियमावली २०७४ को नियम २५ बमोजिम रास्वपाका केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरुको हेरफेर भएको अद्यावधिक विवरण अभिलेखिकरण गर्ने र सोको जानकारी पार्टीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    अद्यावधिक विवरण अनुसार रास्वपाको केन्द्रीय समितिमा ६२ जना रहेका छ । रास्वपाले उपलब्ध गराएको सुचीअनुसार महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गरेर हटाइएपश्चात कविन्द्र बुर्लाकोटी महामन्त्री बनेको विवरण पहिल्यै अद्यावधिक भइसकेको देखिन्छ । मनिष झालाई सह प्रवक्ताबाट प्रवक्तामा गरिएको पदोन्नति भने भर्खर अद्यावधिक भएको छ ।

    अर्को महत्वपूर्ण परिवर्तन भनेको सहकोषाध्यक्षमा दिपक बोहोराको नाम नयाँ विवरणमा छैन । रास्वपामा बसुमाया तामाङ र बोहोरा दुई सहकोषाध्यक्ष थिए । तर, पार्टीले हालै मात्र एकजना मात्रै सहकोषाध्यक्ष राख्ने निर्णय लिएपछि बाेहाेराले राजीनामा दिएका थिए । हाल बसुमायामात्रै सहकाेषाध्यक्ष छिन् । अद्यावधिक विवरणमा बोहोरा केन्द्रीय सदस्यको हैसियतमा छन् ।

    उनको नाम रास्वपामा सहमहामन्त्रीका लागि प्रस्तावित भएको छ । सुमना श्रेष्ठले छोडेपछि खाली रहेको पदमा बोहोरालाई प्रस्ताव गरिएको हो । यसमा निर्णय भइसकेको छैन । यस्तै, सुमना श्रेष्ठको नाम सहमहामन्त्रीबाट भर्खरै मात्र हटेको छ ।

  • ‘भीडद्वारा न्यायको हत्या गर्न खोज्ने अभियुक्त र पेशेवर मास म्यानिपुलेसनको आक्रमणबाट राज्यलाई बचाउनुपर्छ’ (भिडिओ)

    ‘भीडद्वारा न्यायको हत्या गर्न खोज्ने अभियुक्त र पेशेवर मास म्यानिपुलेसनको आक्रमणबाट राज्यलाई बचाउनुपर्छ’ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउँदा राजनीतिक प्रतिशोध राखेको जबरजस्त भाष्य बनाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वमन्त्री, सासद, मेयरलगायत अन्य व्यक्तिहरुलाई पनि अदालतले थुनामा पठाएको बताए।

    उनले भने, ‘लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो ?’

    भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने भन्दै त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि टिप्पणी गरे।

    उनले भने, ‘यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानीकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित हुँदैन । स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात हुँदैन । संसद्, सरकार, न्यायालय लगायत आफ्नो काम गर्नु पर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट वचाउनु पर्छ । लोकतान्त्रिक शक्तिहरुले यो काम गर्नै पर्छ ।’

    भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको बताए।

    उनले थपे, ‘यसका पछाडी मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’

    प्रधानमन्त्रीले भने–सहकारी ठगीमा धेरै जनप्रतिनिधि र नेता कार्यकर्ता जेलमा छन्, रविलाई प्रतिशोध साँधिएको हो भने अरुलाई के गरेको भन्ने ? सयौं व्यक्तिमाथि पूर्वमन्त्री,पूर्व सांसद,मेयर लगायत विभिन्न ओहोदा रहेका दर्जनौं व्यक्तिमाथि मुद्दा चलेको छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एकजनामाथि प्रतिशोध साँधेको भनेर जबर्जस्त भाष्य बनाउन खोजिएको छ । त्यसो भए अरुमाथि के भएको हो त?सत्तापक्षका मानिस पनि थुनिएका सरकारले भनेरै हो त ?

    अर्कोतिर भिजिट भिसाको बारेमा देशको बदनाम गराउन खोजिएको छ । भिजिट भिसामा गएर उतैको नागरिकता लिएर,नेपालमा आएर नागरिकता पुनः प्राप्त नगरी मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त र भिजिट भिसामै गएर उतै २ पटक विहे गरेकाले समेत अन्तर्राष्ट्रिय विमानस्थलबाट प्लेन चढने सबै मानिस बेचिए भन्ने ढंगले इमोशनल ब्ल्याकमेलमार्फत स्वार्थको रोटी सेक्दैछन् । भिडद्धारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्ने यस्ताका पछि लागेर कुद्ने भिड अचम्ममात्र होइन दयालाग्दो छ ।संसद,सरकार,न्यायलयलगायत सबै अंगलाई पेशेवेर मास म्यानिपुलेसनको आक्रमणबाट बचाउनुपर्छ ।

  • गृहमन्त्रीलाई निकिताको प्रश्नः म श्रीमान भेट्न जाँदा किन आफ्ना संगठन पछि-पछि लगाउनुहुन्छ ?

    गृहमन्त्रीलाई निकिताको प्रश्नः म श्रीमान भेट्न जाँदा किन आफ्ना संगठन पछि-पछि लगाउनुहुन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकप्रति कडा आक्रोश पोखेकी छन् । आफ्नो श्रीमानलाई फँसाउन न्यायालयलाई प्रभावमा पारेकोदेखि थुप्रै आरोपहरु उनले गृहमन्त्रीमाथि लगाएकी छन् ।

    आज सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै निकिताले गृहमन्त्रीलाई आरोपित गरेकी हुन् । थुनुवाले पाउने अड्डासारको सुविधा अदालतले आदेश गर्दा पनि गृहमन्त्रीको निर्देशनमा रोकिएको उनको दावी छ । मुद्दो पेशी चढिसकेपछि गृहमन्त्रीकै निर्देशनमा न्याय परिषदमा उजुरी परेको र गृहमन्त्रीकै कार्यकक्षमा उजुरीको ड्राप्mट भएको दावी पनि निकिताले गरेकी छन् ।

    ‘उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन रु’ उनको प्रश्न छ, ‘मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ?’

    रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि आफ्नो पछि–पछि गृहमन्त्रीले आफ्नो संगठन र संरचना खटाएको आरोप पनि निकिताले लगाएकी छन् ।

    ‘रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना रु’ उनले लेखेकी छन् ।

    निकिताले प्रधानन्यायाधीशलाई पनि सम्वोधन गर्दै केही असन्तुष्टि पोखेकी छन् । ‘अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ?’ उनको प्रश्न छ, ‘हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ । तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन । दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ?’

  • रविमाथि कांग्रेस-एमालेको आक्रोश: सहकारी ठगेको स्वीकारेर पनि सरकारमाथि दोष थुपार्ने ?

    रविमाथि कांग्रेस-एमालेको आक्रोश: सहकारी ठगेको स्वीकारेर पनि सरकारमाथि दोष थुपार्ने ?

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी गरेको स्वीकार गरिसकेको दाबी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नो भागमा परेको बिगो बिगो फैसला अघि नै तिर्न तयार हुनुले अपराध स्वीकारेको पुष्टि हुने उनीहरूको दाबी छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौँला सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भनेर रास्वपाले चलाइरहेको हस्ताक्षर अभियानप्रति आपत्ति जनाए।

    उनले भने, ‘६२/६३ लाख संकलन गर्नुभएछ सँगै हस्ताक्षर पनि। जसका नाममा हस्ताक्षर संकलन भइरहेको छ तीनै व्यक्ति बिगो स्वीकार गरेर जमानतमा छुटिपाऊ भनेर निवेदन दिए, म सोध्न चाहन्छु सत्य के होरु बिगो स्वीकार गर्ने कुरा आफैँमा अपराधको स्वीकार गर्ने कुरा होइनरु तपाईँको दलले घुमाउरो तरिकाले बिगो स्वीकार गरेर अभियोग स्वीकार गर्ने तहमा पुगिसकेपछि राजनीतिक प्रतिशोध भनेर लगाइएको आरोप नाटक हो भन्ने कुरा प्रमाणित भएन र?’

    कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि रास्वपाका सांसदहरूले आफूहरूलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गरेर बाहिरिएको भन्दै आक्रोश पोखिन्।

    उनले भनिन्, ‘उहाँको सभापतिको विषयमा भर्खरै हिजो रुपन्देही अदालतले एउटा निर्णय पनि गरेको छ। उहाँले आफूलाई सहकारी ठगीको रकम उहाँको भागमा जति पर्छ– २ करोड ७४ लाख ८४ हजारको बैङ्क जमानत रकम म त्यो तिर्छु मलाई बाहिरबाट मुद्दा लड्न दिइयोस् भनेर भन्नुभयो। अदालतले त्यो कुरालाई अस्वीकार गरिदियो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो। तर अदालतले छाड्न मानेन त्यसमा धेरै कुरा थियो होला।’

    बिगो बापतको रकम मुद्दाको छिनोफानो नहुँदै सहकारी पीडितले पाउँछ ? भन्दै प्रश्न गरिन्। उनले थपे, ‘कसरी शब्दमा खेलेर जालझेल गरिन्छ, हिजो मात्रै त्यहाँ देखियो। अदालतले धेरै निर्णय गरेको छ। अनि उहाँहरू दोष सरकारलाई लगाइराख्नुभएको छ।’

    उनले अदालतमा विचाराधीन मुद्दाको विषयमा क्युआर कोडसहित हस्ताक्षर अभियान चलाएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘पैसा पनि दिनुपर्ने हस्ताक्षर पनि गर्नुपर्ने, यो विषयले अदालतको अपहेलन गरेको मानिन्छ कि मानिँदैन?’

  • गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर अध्यागमन घुस प्रकरण छानबिन नगरेको रास्वपाको जिकिर (भिडिओ)

    गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर अध्यागमन घुस प्रकरण छानबिन नगरेको रास्वपाको जिकिर (भिडिओ)

    काठमाडौं । रास्वपाका शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लाने जिकिर गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको बताए ।

    उनले भने, ‘केही दिनअघि गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको सूचना प्रहरीकहाँ पुग्छ । तर, गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरू आफू अनुकूलको कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि अधिकार जमाउन खोज्छन् ।’

    उनले आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाउँदै गर्दा लिचीबारीदेखि कुलिङ पिरियडमाथि बदमासीसम्मको कुरा आउँदा समेत कारबाही नभएको भन्दै आपत्ति जनाए ।

    उनको भनाई जस्ताको तस्तै-

    Steven Levitsky र Daniel Ziblatt द्वारा लिखित “How Democracies Die” भन्ने पुस्तकमा लेखक भन्छन् 

    “आज लोकतन्त्र माथि सबैभन्दा ठुलो खतरा सैन्य “कु” होइन – निर्वाचित नेताहरू हुन् जसले बिस्तारै विधिको शासनलाई भत्काउँछन्।”
    उनीहरू भन्छन् लोकतन्त्रलाई खतरा बढ्दै गरेको चार वटा सङ्केतहरू हुन्छन्

    १. लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने: संविधानलाई कमजोर पार्ने: संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने।

    २. राजनीतिक विरोधीहरूको वैधानिकतालाई अस्वीकार गर्ने: विपक्षीहरूलाई वैध नमान्ने।राजनीतिक प्रतिद्वन्द्वीहरूलाई दुस्मनको रूपमा चित्रण गर्ने। असहमतिलाई अवैध ठहर्‍याउने।असहयोग गर्‍यो भन्ने । छलफल नगर्ने ।

    ३. हिंसालाई सहन वा प्रोत्साहन गर्ने: हिंसात्मक कार्यहरूलाई मौन समर्थन गर्ने वा उक्साउने।

    ४. नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्न तत्परता: प्रेस स्वतन्त्रता वा प्रदर्शन गर्ने अधिकारमाथि प्रहार गर्ने ।

    यो सँगै जब भ्रष्टाचार र बिचौलिया को संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लग्दछ। हामी दुई महिना भन्दा लामो समय देखि “भिजिट भिसा” को नाम मा भइरहेको मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइराख्दा, “लिचीबारी” बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो, कुलिंङ पिरियडको बदमासी को जिम्मेवारी लिनु पर्ने निष्कर्ष निस्कियो। र पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाज लाई निस्तेज पार्न प्रयास हुन्छ । केही दिन अगाडि एयरपोर्टको अध्यागमन मा गृह मन्त्रालयका कर्मचारी ले अझै घुस लिइरहेको सूचना प्रहरी का पुग्छ तर गृह मन्त्रीलाई अप्ठेरो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।

    लोकतन्त्र मास्न खोज्नेहरू:

    • आफू अनुकूलका निर्वाचन कानुन बनाउँछन्।
    • न्यायपालिका को स्वतन्त्रलाई कुण्ठित पार्छन् ।
    • कार्यकारी अधिकार बलियो बनाउँछन्।
    • मिडिया माथि नियन्त्रण गर्न खोज्छन्।

    र पनि प्रधानमन्त्री ज्यू भन्नु हुन्छ लोकतन्त्र विरोधी शक्ति हरू संसद् अवरुद्ध गरिराखेका छन्।
    प्रधानमन्त्री ज्यूलाई मेरो अनुरोध “How Democracies Die” एक पटक पढनुहोस , अनि आफू र आफ्नो सरकारले ले एक वर्ष देखि गरेका कामगरुसँग मूल्याङ्कन गर्नुहोला ।

    हामी त सु-शासन होस, छानबिन होस, भ्रष्टाचारी हरू मन्त्रीको पदमा बहाल नरुहुन भन्ने चाहन्छौ। तपाई के चाहनुहुन्छ?
    हाम्रो आन्दोलन जारी छ।

  • रविलाई भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली

    रविलाई भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली

    रूपन्देही । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।

    आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो ।

    कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।

    टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाए ।

  • रविको बैंक जमानतसम्बन्धी निवेदनको पेशी सापकोटाको इजलासमा

    रविको बैंक जमानतसम्बन्धी निवेदनको पेशी सापकोटाको इजलासमा

    रुपन्देही । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनको पेसी आजको लागि तोकिएको छ।

    १० नम्बर इजलासमा न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ । चैत २५ गतेदेखि उनी बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

    चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

    लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए।

    उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ। लामिछाने बिगोबापतको २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन्।

    साउन १९ पछि लगातार दुई दिन पेशी तोकिए पनि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

  • रास्वपाले गर्‍याे टिकट आकांक्षीहरुसँग सामूहिक छलफल, एकल उम्मेदवारमा जुटेन सहमति

    रास्वपाले गर्‍याे टिकट आकांक्षीहरुसँग सामूहिक छलफल, एकल उम्मेदवारमा जुटेन सहमति

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार हुन निवेदन दिएका आवेदकहरुसँग काठमाण्डौमा सामुहिक छलफल गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा उनीहरुसँग दिउँसो १ बजेदेखि चलेको छलफल अझै सकिएको छैन । छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गरेका छन् भने छलफलको प्रवेक्षण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक गरेक छन् ।

    ‘छलफल अझै जारी रहेको छ, आपसमा आकांंक्षीहरुबीच समस्या नहोस् भन्ने मुख्य योजना हो’ प्रदेश अध्यक्ष पाठकले भने, ‘सकेसम्म उहाँहरुबाटै एकले अर्कोलाइृ समर्थन गरेर एकल उम्मेदार बनाउने विषयमा छलफल केन्द्रीत भएको हो, यसका लागि हामीले कुनै दवाव दिँदैनौं, उम्मेदारका बीचमा सौहार्दता राखेर आकांक्षी बीच यो कार्यक्रम गरिएको हो, टुंगो नलागे आन्तरिक लोकतन्त्रबाट अघि जान्छ । ’ उनका अनुसार यो छलफल आज नै सकिने छ ।

    रास्वपाको उम्मेदवार बन्न सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन्। आजको बैठकमा बोल्ने सबै आकांक्षीहरुले पार्टीको योजनाअनुसार नै अघि बढ्ने र जसरी पनि निर्वाचन आफ्नो पक्षमा पार्नेगरी योजना बनाउने प्रतिवद्धता गरेको प्रदेश अध्यक्ष पाठकले बताए ।

  • एमालेको पारिवारिक विरासत भत्काएका पार्थिबेन्द्र रास्वपाको टिकट खोजीमा

    एमालेको पारिवारिक विरासत भत्काएका पार्थिबेन्द्र रास्वपाको टिकट खोजीमा

    रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदार आकांक्षीहरूको सूचीमा रहेका एक पात्र हुन् पार्थिवेन्द्र उपाध्याय । सिद्धार्थनगर नगरपालिका वडा नं ७ भैरहवा निवासी उनी रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमध्ये दोस्रो नम्बरमा छन् ।

    पार्थीबेन्द्र एमाले पृष्ठभूमिका हुन् । उनका बुवा धनपति उपाध्याय एमालेका नेता थिए । धनपति सोही क्षेत्रमा एमालेबाट दुई पटक उम्मेदार बनेका थिए । ०४८ मा पराजित भए पनि ०५१ मा उनी विजयी बने । तर, ०५३ मा उनको मृत्यु भयो । धनपतिको मृत्युपछि उनकी श्रीमती पुष्पाञ्लजी उपाध्याय श्रीमानको बिँडो थाम्ने प्रयासमा एमालेका सक्रिय बनिन् । तर, केही समययता अस्वस्थ भएर उनी पार्टीको कुनै जिम्मेवारीमा छैनन् यद्यपि एमालेमै छन् ।

    नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा लागेका पार्थिबेन्द्र ०५७ पछि भने अध्ययन तथा प्राध्यापन क्षेत्रतिर मोडिए । नेतृ उमा अधिकारीसँग उनको विवाह भयो । उमा पनि एमालेकै राजनीतिमा छिन् । एमाले रुपन्देहीको सदस्य रहेकी उनी अहिले सिद्धार्थनगर नगरपालिकाको उपमेयर पदमा छन् । मेयरमा फराकिलो मतान्तरले पराजित भएको एमालेबाट उनले सहजै जित निकालेकी थिइन् ।

    अहिले आएर पार्थिबेन्द्रले पारिवारिक विरासत भत्काउँदै रास्वपा रोजेका छन् । रास्वपाले उम्मेदवारीका लागि खुला आव्हान गरेपछि उनले रुपन्देहीको पुरानो रुपन्देही क्याम्पसको प्रमुखबाट राजीनामा दिएर आवेदन गरे । अंग्रेजी साहित्य र पछि कानून विषय पढेका पार्थिबेन्द्रले पारिवारिक विरासतको राजनीति छाडेर किन वैकल्पिक धारको राजनीति रोजे त ?

    नेपाल प्रेसको जिज्ञासामा उनी पुराना दलबाट परिवर्तन संभव नभएर नै विकल्प खोजेको दाबी गर्छन् ।

    ‘मलाई प्राध्यापनबाटै राम्रो भएको थियो तर मूल नीति बनाउने राजनीति सुधार्न र केही काम गरेर देखाउन नयाँ धार रोजेको हुँ,’ उनले भने, ‘मेरो परिवार एमालेको राजनीतिमा छ, तर म फरक धारमा उभिएको छु ।’

    उपाध्याय यसअघि ०७४ सालमा पनि विवेकशील पार्टीबाट यही क्षेत्रको उम्मेदार बनेका थिए । त्यो बेला पनि आफूले पढाउने कलेजबाट राजीनामा दिएर मैदानमा उत्रेका हुन् । पछि नयाँ प्रकृयाबाट फेरि प्राध्यापनमा लागे र क्याम्पस प्रमुख भए ।’

    अहिले रास्वपाबाहेक नयाँ धारको राजनीति कसैले पूरा गर्ने नदेखेर यसलाई रोजेको उपाध्याय बताउँछन् ।

    ‘विवेकशीलबाट पनि अगाडि बढ्ने आधार देखिएन, अब नयाँ धारको नेतृत्व रास्वपाबाटै हुने देखेर आएको हुँ ।’ उनले भने ।

    रास्वपाले कुनै पनि सरकारी सेवा वा शैक्षिक संस्थामा रहेकाले सदस्यता नपाउने प्रावधान राखेकाले राजीनामा दिएको उनले बताए ।

    बुवाको लिगेसी तथा आमा र पत्नीको फरक बाटोले तपाईँलाई नयाँ धारको राजनीतिमा चुनौती हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो परिवारमा राजनीतिक संस्कार छ । घरमा पारिवारिक कुराकानी भए पनि राजनीतिक कुराहरु धेरै हुँदैनन् । सबैलाई स्वतन्त्रता छ । श्रीमतीजी आफ्नो क्षेत्रमा प्रतिवद्ध भएर लाग्नुभएको छ । केही समस्या हुँदैन । म पहिलेबाटै वैकल्पिक धारको अभियानमा जोडिएको सबैले बुझ्नुभएको छ नि !’

    उपाध्यायले आफूले अध्ययनका क्रममा विदेशमा पनि राजनीतिमा चासो राखेको तर यहाँजस्तो बढी राजनीतिक दम्भ नपाएको बताए ।

    ‘मैले नर्वेमा अध्ययन गरेँ । त्यहाँ चुनाव भएको बाहिर हल्ला नै नहुने रहेछ । यहाँ कामभन्दा बढी हल्ला भएको छ, चासो त हुनुपर्यो । धेरै चासो भएजस्तो लाग्छ मलाई त,’ उनले भने ।

    साउन २१ मा क्याम्पसबाट राजीनामा दिएको सार्वजनिक गर्दै उनले लेखेका छन् ‘मैले रूपन्देही क्याम्पसको जिम्मेवारीबाट राजीनामा दिएको छु । यो निर्णय सहज थिएन । यहीँबाट मैले विद्यार्थी जीवन सुरू गरेँ, यही पढाएँ, अनि लगभग एक दशकसम्म जिम्मेवारी वहन गरेँ । क्याम्पस प्रमुखको रूपमा काम गर्नु मेरो लागि गौरव र कर्तव्य दुवै थियो । अब म एउटा नयाँ बाटोतर्फ लाग्दैछु । कता पुगिन्छ, समयले बताउनेछ ।´

  • रुपन्देही ३ मा सर्वसम्मत उम्मेदवार खोज्ने कसरतमा रास्वपा, आज आकांक्षीहरूसँग छलफल

    रुपन्देही ३ मा सर्वसम्मत उम्मेदवार खोज्ने कसरतमा रास्वपा, आज आकांक्षीहरूसँग छलफल

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवार खोजी गर्न प्रयास सुरु गरेको छ । उम्मेदवारीका लागि आवेदन दिएका ९ जनामध्येबाट एक साझा उम्मेदवार तय गर्न पार्टीले कसरत गरेको हो ।

    रास्वपाले सबै आवेदकहरूलाई छलफलका लागि आज काठमाडौं बोलाएको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले बताए । त्यसका लागि सबैजना काठमाडौं पुगिसकेको उनले जानकारी दिए ।

    छलफलको सहजीकरण आचार्यले नै गर्नेछन् भने पार्टीका केही पदाधिकारीसहित लुम्बिनी प्रदेश सभापति देवराज पाठकको पनि उपस्थिति रहनेछ । करिब ४-५ घन्टा उम्मेदवारका आकांक्षीसहित छलफलपछि आजै पत्रकार भेटघाट गर्ने कार्यक्रम छ ।

    ‘केही निर्देशन दिने र केही आकांक्षीका कुराहरू सुन्ने आजको कार्यक्रमको मुख्य उद्देश्य हो,’ पाठकले नेपाल प्रेससँग भने ।

    रास्वपाले प्राइमरी इलेक्सनका लागि साउन ७ गतेदेखि २१ गतेसम्म आवदेन माग गरेको थियो । उम्मेदवार हुन इच्छुकका लागि २५ हजार शुल्क तोकेको थियो । साउन २३ गते ९ जना आवेदकको सूची सार्वजनिक गरियो । बुटवलका सुलभ खरेल र मधुप्रसाद अर्याल तथा भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवालले आवेदन दिएका छन् ।

    राप्रपा स्रोतका अनुसार आजको छलफलमा एउटा साझा नाम तय गर्नका लागि पार्टीका तर्फबाट आग्रह गरिनेछ । तर, फलानो नै हुनुपर्ने भनेर पार्टीले दबाब नदिने स्रोतले बतायो ।

    ‘सकेसम्म सर्वसम्मत उम्मेदवार खडा गर्ने प्रयास हुनेछ, त्यो सम्भव नभए प्रतिस्पर्धाको विकल्प छँदैछ,’ स्रोतले भन्यो ।

  • रास्वपाले गर्‍यो श्रम र सार्वजनिक लेखा विभाग प्रमुख मनोनयन

    रास्वपाले गर्‍यो श्रम र सार्वजनिक लेखा विभाग प्रमुख मनोनयन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय विभाग प्रमुख मनोनयन गरेको छ।

    आज बसेको केन्द्रीय समितिको बैठकले रिक्त रहेको विभागमा प्रमुख मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।

    उनका अनुसार केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई मनोनयन गर्ने निर्णय भएको छ।

    यस्तै, श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनयन गरेको बताए।

  • ईश्रा मुल्ला मियालाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

    ईश्रा मुल्ला मियालाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ईश्रा मुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिएको छ।

    आज बसेको केन्द्रीय समिति बैठकले मियालाई पुनः जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।

    पार्टीको संस्थापक केन्द्रीय सदस्य रहेका मियाले हज कमिटीको अध्यक्षमा नियुक्ति भएपनि पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।

  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै : यी १३ प्रस्तावमाथि छलफल हुने

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै : यी १३ प्रस्तावमाथि छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बैठक बस्नेछ ।

    बैठकमा समसामयिक राजनैतिक, पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट लगायतका विषयमा छलफल हुने छ ।

    यस्तै, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन, प्रदेश इन्चार्जको प्रदेश रणनीतिको रिपोर्टहरू पनि प्रस्तुत हुने बताइएको छ ।

    त्यस्तै बैठकमा केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्नेछन् । सदस्यहरूलाई २ मिनेटको समय दिइएको छ ।

    बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल गर्दै अनुमोदन गर्ने, विधानको व्याख्या अनुमोदन र केन्द्रीय विभागको प्रमुख मनोनयनको निर्णय पनि गर्नेछ ।

    यसैगरी पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने, पार्टीको निर्वाचन आयोगमा मनोनयन गर्ने र रणनीतिक समूह गठनका विषयमा पछि छलफल र निर्णय हुने बताइएको छ ।

    त्यसैगरी संगठन सबलीकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने विषय पनि बैठकको एजेन्डा रहेको छ ।

    यस्तै, अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ति), मधेश प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत र सांसदहरूको लेवि लगायतका विषय पनि बैठकको एजेन्डामा समावेश छन् ।

  • रूपन्देही- ३ मा रास्वपा उम्मेदवार बन्न १० जनाको आवेदन, को कति बलिया ?

    रूपन्देही- ३ मा रास्वपा उम्मेदवार बन्न १० जनाको आवेदन, को कति बलिया ?

    रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा उम्मेदवार बन्न अनलाइनमार्फत आवेदन दिने म्याद हिजो सकिएको छ । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो ।

    तोकिएको म्यादभित्र कतिजनाले र क-कसले आवेदन दिए भन्ने पार्टीले औपचारिक रूपमा खुलाइसकेको छैन । रास्वपा स्रोतले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार ८ जनाले तोकिएको समयभित्र अनलाइनमा आवेदन गरेका छन् भने थप दुईजनाले आफ्नो नाम प्रविष्ट नभएको भनेर पार्टीलाई सूचित गरेका छन् ।

    केन्द्रीय सदस्य कुशुम महर्जन, रूपन्देही क्षेत्र नं ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य तथा ०७९ का उम्मेदार जेबी गुप्ता (शेखर), भैरहवाका डा. लेखजंग थापा, महिला नेतृ ज्ञानु पौडेलले आवेदन दिएको स्रोतले पुष्टि गर्यो । त्यसैगरी बुधबार अमेरिकाबाट निर्वाचनकै लागि आएका बुटवल सेमलारका शुलभ खरेल, प्रदेश सदस्य प्रकाश ज्ञवाली, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्रीले पनि आवेदन दिएको खुलेको छ ।

    रास्वपा सहमहामन्त्री तथा प्रदेश इन्चार्ज विपीन आचार्यले नाम र संख्याको रुजु नभइसकेको बताए । उनले भने, ‘यो सफ्टवेयर प्राविधिक टोलीले खोल्ने हो, खोलेपछि सार्वजनिक गर्नेछौं ।’

    आवेदन दिएकामध्ये ४ जना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । जिल्ला नेताहरूका अनुसार मधु अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापा प्रतिस्पर्धाको अग्रपंतिमा आउन सक्नेछन् ।

    ‘मुख्य दावेदारी ४-५ जनाको देखिन्छ, तर आन्तरिक निर्वाचन भएमा फिल्डमै धेरै समय काम गर्न नसक्नुभएका नेताहरूले भाग नलिन सक्नुहुन्छ,’ एक नेताले भने, ‘सदस्यहरूबाट निर्वाचन भएर जाने विधि पूर्णरूपमा लागू भए भूगोल बाहिर काम गरेकालाई समस्या हुनेरहेछ ।’

    क्षेत्री सभापति अर्याल शिक्षा पेशामा आवद्ध छन् । तिलोत्तमाका उनी विद्यालय सञ्चालक हुन् । उनले साउथ एसियन युनिभर्सिटीबाट अटिज्ममा पीएचडी गरेका थिए । ज्ञानु पौडेल सहकारी अभियन्ता हुन् । यस्तै, डा. लेखजंग थापा न्युरोसर्जन हुन् । केन्द्रिय सदस्य महर्जन रूपन्देहीकै रास्वपा नेतृ हुन् । उनी २०७९ सालको आमनिर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सुचीमा थिइन् । उक्त सुचीबाट नाम फिर्तार उनी उम्मेदवारीको दौडमा सामेल भएकी हुन् ।

    अमेरिकाबाट निर्वाचनकै लागि आएका खरेलको दाबी पनि सशक्त छ । उनी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेसँग निकट छन् । प्रदेश सदस्य रहेका तिलोत्तमाका प्रकाश ज्ञवाली र यसअघि सोही क्षेत्रबाट उम्मेदार बनेका भैरहवाका जेबी गुप्ता (शेखर) पनि दौडमा छन् । त्यसैगरी भैरहवाकै पार्टीको जिल्ला कोषाध्यक्ष रचना क्षेत्री, डा. लेखजंग थापा पनि स्थानीयको हिसाबले बलिया प्रतिस्पर्धी हुन् ।

    यसअघि रास्वपाले यस क्षेत्रमा राप्रपाका दिवंगत नेता दिपक बोहराका पुत्र गौरब बोहरालाई अघि सार्ने कसरत गरेको थियो । गौरव स्वयंले पनि ग्रीन सिग्नल दिएका थिए । उनले सभापति रवि लामिछानेसँग हिरासतमा भेटेर छलफलसमेत गरेका थिए । तर, अहिको उनको च्याप्टर क्लोज भएको छ । पार्टी स्रोतका अनुसार हाल फ्रान्समा रहेका गौरवले उम्मेदवारीका लागि दरखास्त हालेका छैनन् ।

    भूगोलमा कम काम गरेको र अरु जिम्मेवारीमा भएकाले आन्तरिक निर्वाचन भए कार्यकर्ताको रोजाईमा पर्न नसकिने त्रासले सबै मैदानमा नजान पनि सक्ने नेताहरूको आंकलन छ । अहिले रूपन्देही-३ उपचुनावलाई संगठन विस्तार र पुनः जनमत निर्माणको अवसरका रूपमा लिएको नेताहरूले बताएका छन् ।

    पार्टीका अनुसार उम्मेदवार बन्नका लागि पार्टीले तय गरेको प्रक्रिया अनिवार्य हुनेछ । प्रदेश अध्यक्ष पाठकले भने, ‘जोसुकै व्यक्ति प्रक्रियाभित्र आउनुभयो र योग्य देखिनुभयो भने उम्मेदवार बन्न सक्नुहुन्छ । बाहिरबाट आउँदा मात्र उम्मेदवार बन्न पाइँदैन । यसले भूगोलमा काम गर्नेलाई बलियो बनाउने छ र जनताप्रति अपनत्व बढाउने छ ।’

    सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले भदौ १२ र १३ मा आन्तरिक निर्वाचनबाट टुंगो लगाएर १५ गते उम्मेदारको घोषण गरिने जानकारी दिए ।

    २०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जीतबहादुर गुप्ताले ५,७९६ मत ल्याएका थिए । त्यो निर्वाचनमा एमाले र राप्रपाको तालमेलबाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पराजित भएका थिए । करिब १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । समानुपातिक र स्थानीय तहको मतका आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो दल देखिन्छ ।

    चैत महिनादेखि रास्वपा सभापति रवि लामिछाने रूपन्देही कारागारमा रहेका छन् । यो यही निर्वाचन क्षेत्रमै रहेको छ । लामिछानेलाई भेट्न आउने नेता तथा कार्यकर्तासमेतले यहाँ रास्वपाको चहलपहल बढाएको छ भने यहाँ रहेका सबै वडालाई केन्द्रित गरेर शीर्ष नेताहरूले चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् ।

    नेताहरूलाई भेट्दा पनि लामिछानेले यो उपनिर्वाचनलाई जसरी पनि आफ्नो पक्षमा पार्नेगरी अगाडि बढ्न निर्देशन गरिरहेका छन् । कारागारबाटै उनले पार्टीका सबै कमिटीलाई योजना दिइरहेका छन् । लामिछानेको योजनाअनुसार रास्वपाले संसदीय दलको बैठकसमेत यहीँ क्षेत्रमै राखेको थियो ।

  • बैंक जमानत माग गर्दै अदालतमा रविको निवेदन, के छ कानूनी व्यवस्था ?

    बैंक जमानत माग गर्दै अदालतमा रविको निवेदन, के छ कानूनी व्यवस्था ?

    रुपन्देही । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्।

    लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतमा अन्य मुद्दाभन्दा निवेदन नै अघि हुने भएकाले मङ्गलवार र बुधवार नै निवेदन पेशीमा चढे पनि लामिछानेकै कानुन व्यवसायीले यसलाई रोकेका छन् ।

    निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई र दफा ७१ बमोजिम थुनामुक्त गराउन आदेश माग गरिएको छ । दफा ६८ मा अदालतले अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्नसक्ने प्रावधान छ। त्यस्तै, दफा ७१ मा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगे पनि अभियुक्तलाई थुनामा वा जमानतमा राख्न सकिने व्यवस्था गरिएको छ। दफा ७१ (१)मा भनिएको छ, ‘मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा ६७ बमोजिम थुनामा राख्न वा दफा ६८ बमोजिम निजसँग धरौटी, जमानत वा बैंक जमानत माग्न सक्नेछ।’

    लामिछानेको पक्षमा बहस गर्न तयार भएका कानून व्यवसायी राजेन्द्र थापाले मङ्गलवार र बुधवार स्थगित भएको जनाएका छन् । उनले निवेदन १९ गते दिएको र २० र २१ मा पेशी भए पनि प्राविधिक कारणले स्थगित गरेको बताए ।

    त्यसैगरी, उपदफा ९२० मा उल्लेख छ, ‘६७ वा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिव आधार प्राप्त भएमा अदालतले थुनामुक्त गर्ने आदेश दिन सक्नेछ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूमाथि एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम बैंक जमानतमा राखेर रिहा हुन पाउने व्यवस्था गर्न माग गरेका हुन्।

    उक्त निवेदनमा मङ्गलवार र बुधवारका लागि पेसी तोकिएको थियो। तर बुधवार लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर पेसी स्थगित गराएका छन्।

    बुधवार न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा दोस्रो नम्बरमा पेसी तोकिएको थियो भने मङ्गलवार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा पनि मुद्दा पेशीमा चढाइएको थियो।

    जिल्ला अदालत रुपन्देहीले माघ १३ गते रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही दिन उनले धरौटी बुझाएर रिहा भएका थिए। तर सो आदेशविरुद्ध सरकार उच्च अदालत गएको थियो। सरकार पक्षले रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालतमा पुनरावलोकन गराएको थियो।

    त्यसपछि रविले पनि धरौटी रकम बढी भएको भन्दै साधारण तारेखमा पुर्पक्ष गर्न माग गर्दै पुनरावेदन दिएका थिए। २०८१ चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट उक्त आदेश जारी गरिएको हो।

    आदेशपछि रविलाई काठमाडौँस्थित निवासबाट सोही दिन पक्राउ गरी रुपन्देही ल्याइएको थियो। तर दुई दिनपछि मात्रै उनलाई कारागार चलान गरिएको थियो। लामिछानेले त्यसविरुद्ध सर्वोच्च अदालतमा पनि निवेदन दिएका थिए। तर सर्वोच्च अदालतले पनि उनलाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गरिदिएको थियो। चैत २५ देखि अहिलेसम्म लामिछाने रुपन्देही कारागारमै रहेका छन् । कानून व्यवसायी थापाले आजका लागि अदालत पुग्दै गरेको बताए ।

  • रविकै पालामा सबैभन्दा धेरै भिजिट भिसामा गएका रहेछन् : विश्वप्रकाश

    रविकै पालामा सबैभन्दा धेरै भिजिट भिसामा गएका रहेछन् : विश्वप्रकाश

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा आफूहरू पनि रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अख्तियार र छानबिन समितिले काम गरिरहेको भन्दै रास्वपाले प्रक्रियाभन्दा बाहिर गएर विरोध जनाएको टिप्पणी गरे ।

    पछिल्ला ५ गृहमन्त्रीको तथ्याङ्क हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै छोटो अवधिमा धेरै भिजिट भिसामा गएको देखिएको शर्माले बताए ।

    उनले रास्वपालाई भने, ‘भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईंकै सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको रहेछ भन्ने निष्कर्ष हो ?’

    उनले आवेग, अराजक शैली र अडानबाट मुक्त हुन आग्रह गरे ।

  • राजीनामा माग्दै रामहरिलाई रास्वपाको प्रश्न- यो नालायकीपनको जिम्मा कसले लिने ? (भिडिओ)

    राजीनामा माग्दै रामहरिलाई रास्वपाको प्रश्न- यो नालायकीपनको जिम्मा कसले लिने ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समितिको प्रतिवेदनपछि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा अब पदमा बस्न नमिल्ने बताएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले प्रतिवेदनमा नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने बताए।

    उनले भने, ‘कुलिङ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ। यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ कसले दिने ? यो जिम्मेवारीपनको जवाफ कसले दिने ?’

    उनले नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने भन्दै अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने भनेर प्रश्न समेत गरे।

  • रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

    रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडको प्रावधानमन्त्री छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको छ । उनले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यसैमा टेकेर रास्वपाले खतिवडाको राजीनामा मागेको हो ।

    हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए ।

    ‘हिजो समयाभावका कारणले यो विषयमा छलफल गर्न भ्याइएन । अर्को वैठकमा थप छलफल गरेर विधान संसोधन हुन्छ,’ उनले भने ।

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको छ ।

    बैठकले रुपन्देहीमा उपचुनाव लड्ने हेतु पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गर्‍यो ।

  • संसदीय दलको बैठकअघि डीपीसहित चार संसदले रविलाई कारागारमा एक्ला एक्लै भेटे

    संसदीय दलको बैठकअघि डीपीसहित चार संसदले रविलाई कारागारमा एक्ला एक्लै भेटे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालसहित चार जना सांसदले सभापति रवि लामिछानेसँग भेटेका छन् । पार्टी संसदीय दल बैठक बस्नुअघि उनीहरूले रविसँग भैरहवा कारागारमा पुगेर रविलाई भेटेका हुन् ।

    बैठकअघि कार्यवाहक सभापति अर्याल तथा सांसदहरू असिम साह, डा. चन्दा र शोविता गौतमले रविलाई भेटेका हुन् । रास्वपा संसदीय दल बैठक अहिले भैरहवामा सुरु भएको छ ।

    भेटघाटका क्रममा लामिछानेले पार्टीले चलाएको हस्ताक्षर अभियानमा उत्साहजनक बनेको भन्दै खुसी व्यक्त गरेका थिए । यसलाई थप जनमानसमा पुर्‍याउन र आफूमाथि भएको राजनीतिक प्रतिशोधबारे जनतालाई घरघरमा गएर बुझाउन नेताहरूलाई आग्रह गरे ।

    यस्तै, रास्वपाका सांसदहरूलाई लामिछानेले ‘नेताको दम्भ नदेखाउन र भुईंमान्छे बनेर जनताको कुरा सुन्न अनि मद्दत गर्न’ सुझाव दिएका छन् ।

    लामिछानेसँग भेटेका सांसद साहले उनको भनाइ उद्धृत गर्दै भने, ‘यदि अहिले कतै १० जनाको भिड छ भने त्यसमा ६ जना रास्वपाका समर्थक वा कार्यकर्ता हुन्छन् ।’

    साहले सभापतिलाई पहिलेभन्दा अझै फुर्तिलो र आत्मविश्वासले भरिपूर्ण पाएको नेपाल प्रेससँग बताए ।

  • भैरहवामा रवि थुनिएको कारागार नजिकै रास्वपाको संसदीय दल बैठक आज बस्दै

    भैरहवामा रवि थुनिएको कारागार नजिकै रास्वपाको संसदीय दल बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा बस्ने भएको छ । पार्टी सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा बैठक राखिएको हो ।

    आज अपराह्न १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले जारी गरेको सूचनामा बैठक कसले आह्वान गरेको भन्ने उल्लेख छैन ।

    रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई कार्यवाहक पनि दिइएको छैन । संसदीय दलभित्रको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

    बैठकका लागि रास्वपाका अधिकांश सांसदहरू हिजै भैरहवा पुगिसकेका छन् । भैरहवाको रमादा होटलमा बैठक बस्ने छ, जुन सभापति लामिछाने रहेको कारागारबाट १०–१५ मिनेटको मात्र दुरीमा छ । बैठकले संसदमा पार्टीको आगामी रणनीति तय गर्ने सांसद गणेश पराजुलीले जानकारी दिए ।

    रास्वपाले लामो समयदेखि भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गर्दै संसद अवरोध गर्दै आएको छ । पार्टीले गर्दै आएको संसदको अवरोधको विषयमा पनि समीक्षा हुने बुझिएको छ ।

  • रास्वपाका सांसदहरु रुपन्देही हानिए, संसदीय दलको बैठक बस्ने र रविलाई भेट्ने योजना

    रास्वपाका सांसदहरु रुपन्देही हानिए, संसदीय दलको बैठक बस्ने र रविलाई भेट्ने योजना

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । पार्टीका सबै संसदहरु रुपन्देही हानिएका छन् ।

    पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्लामा पार्टीको बैठक बस्न लागेको हो । रुपन्देही ३ मा आउँदो कात्तिक २७ गते उपनिर्वाचन हुँदैछ । सोही उपनिर्वाचनको लागि माहोल बनाउने र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट पनि गर्ने उद्देश्यले रुपन्देहीमा बैठक आयोजना गरिएको पार्टी स्रोतले बतायो ।

    रास्वपाले रुपन्देही ३ मा उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेको छ । पार्टीको विधान अनुसार उम्मेदवारीका लागि गत ५ साउनमा दरखास्त आह्वान गरिएको थियो । दरखास्त हाल्ने म्याद २१ साउनसम्म रहेको छ । सकेसम्म सम्वन्धित निर्वाचन क्षेत्रकै उम्मेदवार खडा गर्ने रास्वपाको रणनीति रहेको छ ।

    रुपन्देहीमा रास्वपा सांसदहरुले दुई–तीन दिन बिताउने छन् । रुपन्देही ३ का मतदाताहरुसँग भेटेर चुनावी अभियानको अनौपचारिक थालनीसमेत गरिनेछ । यस्तै, भैरहवाको कारागारमा रहेका सभापति रवि लामिछानेलाई सांसदहरुले भेट्नेछन् ।

  • ओलीको कटाक्ष- रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ (भिडिओ)

    ओलीको कटाक्ष- रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई प्रतिशोध राखेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् । सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा बोल्दै अपराध गरेपछि अदालत थुनेको बताए ।

    उनले भने, ‘विभिन्न प्रकारका अपराध गर्यो। अनि सरकारलाई गाली । सरकार अदालत होइन, अदालतले थुन्छ कि छाड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्ने ? नचाहिने काम गर्ने बेलामा आँखा नदेख्ने अनि के को प्रतिशोध ?’

    उनले रवि लामिछानेलाई आफूले उपप्रधान तथा गृहमन्त्री बनाएको बताए ।

    उनले थपे, ‘तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन भयो भने, सचेत हुन्नस् है, तीन करोडभन्दा माथि नपु¥याउनुस् ।’

    उनले यो गठबन्धन ०८४ को चुनावसम्म जाने भन्दै त्यसपछि के गर्ने छलफल गर्ने बताए ।

     

  • रवि र सुमनालक्षित कांग्रेसकाे टिप्पणी- भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौं  (भिडिओ)

    रवि र सुमनालक्षित कांग्रेसकाे टिप्पणी- भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौं (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे रास्वपा सभापति रवि लामिछाने र सांसद सुमना श्रेष्ठलाई लक्षित गरेर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका छन् ।

    रास्वपाले निरन्तर सदनमा भिजिट भिसाबारे छानबिन गर्न माग गर्दै विरोध जारी राखेपछि उनले यस्तो उदाहरण दिँदै धेरै चिन्ता नगर्न आग्रह गरे ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुनसक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चित्ता गर्नुहुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्‍याउलान् नि किन चिन्त्ता गर्नुहुन्छ ।’

    उनले रास्वपाको अधिकांश सांसदहरू भिजिट भिसाकै कारणले अहिलेको उपलब्धि हासिल गरेको दाबी गर्दै त्यही भिसाप्रति बढी चिन्तित भएको बताए। उनले भिजिट भिसामा गएर उतैको नागरिकता लिनु, घरजम गर्न गलत कार्य भएको अन्तर्राष्ट्रिय कानुनले पनि भन्ने बताए।

  • सरकारमाथि रास्वपाको आरोप- भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरिसक्यो (भिडिओ)

    सरकारमाथि रास्वपाको आरोप- भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरिसक्यो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको गाम्भीर्यतालाई नबुझेर डिसमिस गर्न सरकार लागिपरेको आरोप लगाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विनीता कठायतले टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजेको बताइन्।

    उनले भनिन्, हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ। यो अन्तर्राष्ट्रिय अपराधमा अब राष्ट्रसङ्घ मात्रै होइन मित्र राष्ट्रको पनि चासो बढेको छ। छिमेकी भारतकै मिडियामा समेत यो विषयले प्रवेश पाइसकेको छ।

    उनले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको सरकारले मानव तस्करीलाई पनि मौलिन दिएको आरोप लगाइन्।

  • रास्वपाले भन्यो- तस्करहरूको सेटिङ नभत्किएको पुष्टि भइसक्यो, आन्दोलन छाड्दैनौंं (भिडिओ)

    रास्वपाले भन्यो- तस्करहरूको सेटिङ नभत्किएको पुष्टि भइसक्यो, आन्दोलन छाड्दैनौंं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा तस्करहरूको सेटिङ नभत्किएको दाबी गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद बिन्दबासिनी कंसाकार तस्करहरू अझै सरकारसँग नडराएको पुष्टि भएको बताइन्।

    स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको बताइन्। उनले भनिन्, ‘तथ्य सार्वजनिक हुँदा पनि सरकार न देख्छ न सुन्छ न त संवाद गर्छ।’

    उनले यो प्रकरणमा छानबिनको लागि उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन नछाड्ने बताइन्। उनले घुस मागेको अडिओ सार्वजनिक भएको मन्त्रीहरूलाई कारबाही गर्न माग गरिन्।

  • एक वर्षसम्म विवरण अद्यावधिक नगरिएपछि कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री

    एक वर्षसम्म विवरण अद्यावधिक नगरिएपछि कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कविन्द्र बुर्लाकोटी पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका छन् । उनी केही कानून व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।

    रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । यही विषयमा कुराकानी गर्न आएको बुर्लाकोटीले नेपाल प्रेसलाई बताए ।

    ‘हामीले सबै कागजात पेश गरिसकेका छौं । अदालतले पनि कुनै स्टे अडर दिएको छैन । तर, पनि आयोगले विवरण अद्यावधिक नगरेपछि छलफलका लागि आएका हौं,’ उनले भने ।

    रास्वपा निस्कासित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा हालेको मुद्दा विचाराधिन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको बुर्लाकोटी बताउँछन् ।

    ‘मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले विवरण अद्यावधिक गर्न आयोगलाई कुनै पनि वाधा छैन,’ बुर्लाकोटीले भने ।

  • मनीष झाले भने- प्रदेशसभा खारेज गर्ने पक्षमा रास्वपा छ

    मनीष झाले भने- प्रदेशसभा खारेज गर्ने पक्षमा रास्वपा छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश राख्ने तर प्रदेशसभा खारेज गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए।

    उनले संघीय सरकारको पनि २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहेको बताए। उनले भने, ‘प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । कोसीमा १३७, मधेशमा १३६ पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्छ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ। अहिले त एक अर्काले चिन्ने चाहँदैन, बुझ्नै चाहँदैन। यसरी हामीले हाम्रो योजना र नीतिहरूको व्याख्या गर्न सक्नुपर्छ।’

    उनले लगभग ११२ वटा आयोग नियोगहरू रहेको भन्दै त्यसको कुनै काम नभएको जिकिर गरे। काम नै नभएका आयोग र नियोगहरू बन्द गर्नासाथ ठूलो खर्च बच्ने उनको भनाइ छ।

    उनले थपे, ‘विभिन्न कालखण्डमा बनाइएको आयोग र नियोगहरू छन्, अहिले पनि त्यसको गाडी चल्ने पदाधिकारी, कर्मचारी, अफिस खर्च छ। तर त्यसको काम छैन। ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई चार अर्ब बचिहाल्छ। त्यो कुन कुन हटाउने यसरी हामीले तर्क र तयारीहरू गर्नुपर्छ।’

  • रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर, ४६ लाख सहयोग संकलन (भिडिओ)

    रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर, ४६ लाख सहयोग संकलन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए।

    ५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियान लिएर घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए। रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो।

    अब केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर अभियान चलाउने बताए। उनले अहिलेसम्म अभियानको लागि सहयोग रकम ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बताए।

  • काठमाडौं नगरसभाः रास्वपाबाट निर्वाचित वडाध्यक्षले पनि प्रशासकीय अधिकृतलाई गरिनन् सम्बोधन

    काठमाडौं नगरसभाः रास्वपाबाट निर्वाचित वडाध्यक्षले पनि प्रशासकीय अधिकृतलाई गरिनन् सम्बोधन

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठकमा अहिले बजेट तथा नीति कार्यक्रममाथि छलफल जारी रहेको छ । नगरसभा सदस्यहरुले बजेटमा समावेश गर्नका लागि विभिन्न सल्लाह-सुझावहरू प्रस्तुत गरिरहेका छन् ।

    महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बैठक बसेको हो । मञ्चमा साहसँगै उपमेयर सुनीता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बसेका छन् । सँगै बसे पनि नगर प्रमुख साहले प्रशासकीय अधिकृत गुरागाईंसँग बोलचाल गरेका छैनन् । उनले बैठक सुरु गर्दा पनि प्रशासकीय अधिकृतको नाम लिएनन् ।

    बैठकमा बोलिरहेका अधिकांश नगरसभा सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सम्वोधन गरेका छन् । तर, रास्वपाबाट निर्वाचित १६ नम्बरकी वडाध्यक्ष रोजिना श्रेष्ठले भने उनलाई सम्बोधन गरिनन् । उनले ‘आजको १७ औं नगरसभाका सभाध्यक्ष बालेन्द्र साह ज्यू, उपप्रमुख सुनीता डंगोलज्यू, सम्पूर्ण कर्मचारीहरुज्यू, ३२ वटै वडाका वडाध्यक्षज्यू र सम्पूर्ण वडाका सदस्यज्यू लगायत सबै महानुभावमा न्यानो अभिभावदन !’ भन्दै सम्बोधन गरेकी थिइन् ।

    काठमाडौंका वडाध्यक्ष श्रेष्ठ मेयर बालेन समर्थित मानिन्छिन् । प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधि र कर्मचारी मिलेर जबर्जस्ती कार्यालय प्रवेश गराइँदा श्रेष्ठ अनुपस्थित बनेकी थिइन् ।

    श्रेष्ठले आफ्नो वडाका केही समस्या र मागहरु अघि सारिन् । उनले बालाजु बाइसधारा पार्कको डीपीआरसहितको योजना बजेटमा समावेश गर्न आग्रह गरेकी छन् । साथै, पार्कभित्रको सेतो घर भुम्कपले जिर्ण भएको हुँदा पुनर्निमाणको योजनाका लागि उनको प्रस्ताव छ ।

    श्रेष्ठले नयाँ बजारमा रहेको सोसल ग्राउन्डमा फुटबल ग्राउन्ड निर्माण गर्नुपर्ने भएकाले बजेट छुट्याउन माग गरिन् । यस्तै १६ नम्बरमै रहेको पञ्चकुमारी मार्गमा रहेको सार्वजनिक जग्गामा पार्क बनाउन डीपीआरसहितको योजना पनि माग गरिन् । पकनाजोलस्थित नेपाल युवक माविको शिक्षालयको पुरानो भवन जीर्ण भएको भन्दै पुननिर्माण गर्नुपर्ने बताइन् ।

    वडाध्यक्ष श्रेष्ठले सिस्डोलमा फोहोर फाल्ने गाडीहरुले फोहोर लग्दा ककनी पुगेपछि बाटोमा फोहोर चुहिएर स्थानीयलाई भइरहेको समस्याबारे पनि आवाज उठाएकी थिइन् ।

  • बजगाईको चुनौती- रास्वपाका २० सांसदभन्दा म एउटैले धेरै कल्याणकारी काम गरेको छु

    बजगाईको चुनौती- रास्वपाका २० सांसदभन्दा म एउटैले धेरै कल्याणकारी काम गरेको छु

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले रास्वपाका २० सांसदको तुलनामा आफू एक्लै कल्याणकारी काममा तल्लीन प्रतिनिधि भएको बताएका छन् ।

    आइतबार मात्रै रास्वपाका विरुद्ध संसदमा बोलका उनले सोमबारको बैठकमा पनि विशेष समयमा बोल्न क्रममा रास्वपा केन्द्रित टिप्पणी गरेका हुन् ।

    काग्रेस सांसद बजगाईले रास्वपाका १० सांसदको तुलनामा आफु एक्लै ठुलो कल्याणकारी काममा तल्लिन नयाँ प्रतिनिधि भएको दाबी गरेका छन् ।

    उनले भने, ‘इंगित गरेरै भन्छु नयाँ मित्रहरु, म पुरानो पार्टीको, तपाई २० जना साथीहरुको तुलनामा एक्लै ठुलो कल्याणकारी काममा तल्लिन नयाँ प्रतिनिधि हु । म पनि नयाँ हु । तपाई र म मा मात्र मिल्ने विषय छ भने हामी नयाँ हौ ।’

    काग्रेस सांसद बजगाईले नेपाल हस्तिनापुर नभएको बताउँदै रास्वपाका सांसदलाई धृतराष्ट्र भगवान मान्नुहुन्छ कि जैविक पिता प्रमाधिपति हुन् भन्दै प्रश्न गरेका छन् ।

    उनले भने, ‘तर तपाईहरुले हामीलाई, देशलाई अस्थिरता र निराशामा धकेल्नुभयो भनिरहनुभएको छ । तर यहाँ निर मित्र हो यो राष्ट्रमा पाण्डव र कौरवहरु छन् तर यो हस्तिनापुर भने होइन । तपाईका भगवान धृष्टराष्ट्र हुन् वा जैविक पिताहरु प्रमाधिपति हुन्, को मान्नुहुन्छ ?’

    सांसद बजगाईले पुर्पक्षमा थुनाका रहेका रबि लामिछाने अपराधिक मुद्दामा जेलमा रहे पनि अझैसम्म रास्वपाको अध्यक्ष कायम रहनुले सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता वेवास्था गर्नु दुखद भएको टिप्पणी गरे ।

    उनले भने, ‘सहकारी ठगीको आरोपमा अदालतको पुर्पक्षमा थुनामा हुनुहुन्छ तपाईका नेता । मुक्त नभइसक्दा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी हो । यो अदालतको अवहेलना हो । फेरी यहाँ यदि कुनै पार्टी अध्यक्ष राजनीतिक कारणले जेलमा छन् वा निर्वासित छन् भने मात्र कार्यभाग जिम्मेवारी सुम्पिनु उचित हुन्छ । तर रास्वपाका अध्यक्ष अपराधिक मुद्दामा जेलमा छन्, त्यसपछि पनि उहाँकै अध्यक्षतामा अध्यक्षता कायम नै छ । सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत जवाफदेहिता वेवास्था गर्नु दुखद हो ।’

    सांसद बज्गाईले रास्वपाले अहिलेसम्म देश निर्माणको स्पष्ट योजना नभएको बताउँदै लगाउँदै मात्रै सत्तामा आफ्नो पार्टीका परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चिएको आरोप लगाए । साथै उनले रास्वपा प्रपोगाण्डामै व्यवस्थ भएको बताए ।

    उनले भने, ‘अहिलेसम्म तपाईहरुको तर्फबाट हामीसँग देश निर्माणको यस्तो योजना छ भन्ने कुनै स्पष्ट बहस देखिएको छैन । मात्र सत्तामा हाम्रो पार्टीका परिवारका सदस्यलाई थुन्ने षडयन्त्रमै खर्चिनु भयो, हिजोको सत्ता आरोहण गर्दैगर्दैको परिस्थितिमा । अहिले पनि प्रोपगाण्डामै व्यस्त हुनुहुन्छ ।’

    सांसद बजगाईले पर्ख २०८४ मा देखाउँछौ भनेर रास्वपाले प्रतिशोधको भाषा प्रयोग गरेको भन्दै यसले चरम राजनीतिक अतिवादतर्फ उन्मुख देखाइरहेको बताए ।

    उनले भने, ‘तपाई ८४ भन्नुहुन्छ, तपाई निकै डेस्पिरेट हुनुहुन्छ पावरमा । नेपालको पोलिटिक्समा यस्तो पोलिटिक्स गरेर तपाईले नयाँ भनेर तपाईले आफुलाई चित्रित गर्न सक्नुहुन्न । बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ, पर्ख, २०८४ मा देखाउछौँ । यो प्रतिशोधको भाषा थियो । त्यो शैली चरम राजनीतिक अतिवादतर्फ उन्मुख देखिन्छ । यो प्रवृति मिश्रमा मुस्लिम ब्रदरहुडको जस्तै चरमपन्थी व्यवहारको झल्को दिन्छ, जुन लोकतान्त्रिक मूल्यमान्यतासँग मेल खाँदैन ।’

    सांसद बजगाईले देशलाई अहिले बदलाको नभएर दिशा र दृष्टिकोणको खाचो रहेको भन्दै आफ्नो पार्टी नेपाली काँग्रेसबाट अनुसरण गर्न सुझाए । उनले भने, ‘देशलाई अहिले बदलाको होइन, दिशा र दृष्टिकोणको खाँचो छ र यो हामीबाट अनुसरण गर्नुपर्छ । हामी यहीबाट अनुसरण गरौँ ।’

    बजगाईले प्रतिनिधि सभा सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले संसदमा नीतिगत बहस र समाधानमुखीसंवाद हुनुपर्ने भए पनि पछिल्लो समय आलोचनाको स्तरमा गिरावट हुदै गएको बताए ।

    उनले भने, ‘प्रतिनिधि सभा संविधानले सुनिश्चित गरेको हाम्रो सर्वोच्च लोकतान्त्रिक संस्थामा जहाँ नीतिगत बहस र समाधानमुखी संवाद हुनुपर्ने हो, पछिल्लो समय आलोचनाको स्तर, स्तरमा गिरावट हुदै गएको छ । रचनात्मक छलफल वा स्वस्थ हासो र व्यङ्गको एउटा व्यङ्गको सट्टा, एउटा व्यक्तिगत आक्षेप, विभाजनकारी भाषा र आरोप प्रत्यारोपको प्रवृति बढ्दो छ ।’

     

  • गृहमन्त्री लेखकसहित ३ मन्त्रीमाथी कारवाही गर्न रास्वपाको माग (भिडिओ)

    गृहमन्त्री लेखकसहित ३ मन्त्रीमाथी कारवाही गर्न रास्वपाको माग (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखक सहित बर्तमान मन्त्रिपरिषद्मा ३ मन्त्रीलाई तत्काल कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा माग गरेको छ ।

    सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले समय दिदाँ पार्टीको तर्फबाट रास्वपाका सांसद अशोककुमार चौधरीले गृहमन्त्री लेखकसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई तत्काल कारबाही गर्न माग गरका हुन् ।

    पार्टीको तर्फबाट धारणा राख्दै रास्वपाका सांसद चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाउदैँ प्रश्न उठेका ३ जना मन्त्रीलाई कारबाही गर्न माग गरे ।

    उनले भने, ‘गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन रु यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस् ।’

    भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले विगत ४७ दिनदेखि संसदमा अबरोध सजना गर्दै आएको छ । पछिल्लो समय सामान्य प्रशासनमन्त्री गुप्ताको घुसका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले गृहमन्त्री लेखकसँगै अन्य मन्त्रीमाथि पनि प्रश्न उठाएर कारबाहीको माग राखेको छ ।

  • रास्वपा र राप्रपाले आफ्नो धारणा राखेपछि प्रतिनिधिसभा बैठक बहिस्कार

    रास्वपा र राप्रपाले आफ्नो धारणा राखेपछि प्रतिनिधिसभा बैठक बहिस्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर बहिस्कार गरेका छन् ।

    भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।

    सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई धारणा राख्न समय दिए ।

    आफ्नो धारणा राख्दै रास्वपा सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुसार छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध जारी राख्ने बताए ।

    लगत्तै सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई धारण राख्ने समय दिएका थिए ।

    राप्रपाका अध्यक्ष लिङदेनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग अनुसार समिति गठन नभएसम्म आफूहरूको विरोध जारी रहने बताए ।

    दुवै दलका तर्फबाट आफ्नो धारणा राखिसकेपछि दुवै पार्टीका सांसद संसद बैठकबाट बाहिरिएका हुन् ।