Category: राजनीति

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

    मन्त्रीहरुलाई विहान खबर गरेर बैठकको सूचना दिइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भर्खरै शुरु भएको छ ।

    मन्त्रिपरिषदको नियमित बैठक सोमवार हुने गरेपनि आज आकस्मिक ढंगले बैठक बोलाइएको एक मन्त्रीले बताए ।

    अध्यादेश फिर्ता नलिएपछि प्रचण्ड–माधव नेपाल पक्षले अर्को कदम चाल्ने चेतावनी दिइरहेका बेला बस्न लागेको हो ।

  • नेकपा स्थायी समिति बैठक आज बस्दै

    नेकपा स्थायी समिति बैठक आज बस्दै

    काठमाडाैं । दुवै पक्षका शीर्ष नेताहरुबीच सहमति नभइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज अपराह्न बस्दैछ ।

    पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको आरोप पत्र र त्यसमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रत्युतरबारे छलफल हुनुपर्ने विषय टुंगोमा नपुग्दासम्म स्थायी समिति बैठकको एजेन्डा तय भएको छैन ।

    प्रचन्ड–माधव नेपाल पक्षका नेताहरु आरोपपत्रबारे स्थायी समतिमा छलफल हुनुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष ओली प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन् । हिजो शनिबार प्रधानमन्त्री ओलीले प्रचन्डलाई उनकै निवास खुमलटारमा भेटेर आरोपपत्र फिर्ता लिन अनुरोध गरेका थिए ।

    शीर्ष नेताहरुको आरोप÷प्रत्यारोप पत्र फिर्ता लिएर सहमतिको प्रयासका लागि दोस्रो तहका नेताहरु सक्रिय छन् । सुवास नेम्वाङ, घनश्याम भुसाल, योगेश भट्टराई, रामबहादुर थापा लगायतका नेताहरु शीर्ष नेतृत्वलाई सहमतिमा ल्याउने प्रयासमा छन् ।

    अध्यक्ष ओलीले स्थायी समितिका पछिल्ला २ बैठकमा सहभागिता जनाएका थिए । त्यसमध्ये पहिलो बैठकले पार्टीका नेता कमानसिंह लामाप्रति श्रद्धान्जलि प्रस्ताव पारित गरेको थियो भने दोस्रो बैठकमा संवैधानिक परिषद अध्यादेश फिर्ताबारे छलफल भएको थियो ।

  • ‘म्याराथन’ भेटघाटले पनि मेटाएन दुरी

    ‘म्याराथन’ भेटघाटले पनि मेटाएन दुरी

    काठमाडौं – राजनीतिक भेटवार्ताका लागि सितिमिति अरुका निजी निवास नछिर्ने प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अचानक खुमलटार गए । प्रधानमन्त्री भएयता पहिलो पटक ओली कार्यकारी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ निवास जानुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादको गाम्भीर्यतालाई संकेत गर्छ।

    ओली खुमलटार छिरेपछि ‘म्याराथन’ शैलीमा नेकपा नेताहरुबीच भेटघाट भए । ओली-प्रचण्डबीच भेटघाट चलिरहेकै बेला उपाध्यक्ष बामदेव गौतम प्रवेश गरे ।

    खुमलटारमा करिब डेढ घण्टा बिताएर ओली सिधै नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निवास पुल्चोक गए । प्रोटोकलअनुसार समेत अस्वभाविक लाग्ने गरि प्रधानमन्त्री गृह मन्त्रीको निवास प्रवेश गरेपछि यसले झन् धेरैमा कौतुहलता जगायो ।

    ओली–बादलबीचको छलफलमा अन्य चार मन्त्री समेत सहभागि भएपछि छलफल ‘क्याबिनेट बैठक’ झैं प्रतित हुन्थ्यो । छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे पनि सहभागि भएका थिए।

    ओली खुमलटारबाट बाहिरिए लगत्तै वरिष्ठ नेता माधव नेपाल खुमलटार प्रवेश गरेका थिए । ओलीको धेरैपछिको आगमनले खुमलटारको अनुहार उज्यालिएको थियो । आफ्नो स्वाथ्य संवेदनशिता र प्रोटोकललाई समेत मतलव नगरि स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा ओलीले देखाएको सक्रियताको अर्थ के होला ?

    नेकपाका एकजना स्थायी कमिटी सदस्य यसका यसका तीन अर्थ भएको बताउँछन् । प्रचण्ड र आफूबीचमै लेनदेन गरेर विवाद सुल्टाउने प्रयास, पार्टी विभाजन गर्नुहुन्न भन्ने ठूलो मत पार्टी भित्रै रहेका बेला आफू पनि त्यसकै पक्षमा रहेको देखाउनु र प्रचण्ड समूहका बादललाई सकेसम्म आफ्नो पक्षमा तान्ने नभए तटस्थ राख्न कोसिस ।

    दिनभरीका राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री ओली शनिबार साँझ राष्ट्रपति शीतलनिवास पुगे। दिनभरीका बाक्ला भेटघाटका बाबजुद नेताहरुबीचका मतान्तर हल गर्ने विषयमा भने खासै प्रगति भएको देखिएको छैन् । प्रचण्डसँगको भेटमा ओलीले आफूमाथि लगाइएको अभियोग पत्र फिर्ता लिन आग्रह गरेका थिए र त्यसलाई प्रचण्डले अस्वीकार गरेका थिए।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीचको छलफलमा पनि विवादका पुरानै विषयमा छलफल भएको र कुनै सहमति नभएको बताए ।

    उनले प्रस्ताव फिर्ता लिन ओलीले आग्रह गरेको र प्रचण्डले त्यसलाई अस्वीकार गरेको प्रतिक्रिया संचारमाध्यमहरुलाई दिएका छन् । अर्का नेता माधव नेपालले अभियोग पत्र फिर्ता लिने विषयमा सहमति नगर्न सुझाएको बुझिएको छ । बादलसँगको भेटमा भने ओलीले आफूलाई सहयोग गरेर पार्टी भित्रको विवाद मिलाउन योगदान गर्न आग्रह गरेका थिए ।

    दिनभरका सघन भेटघाटपछि पनि नेकपा भित्रको विवाद मत्थरमा खासै प्रगति नभएको देखिएको छ । तत्कालै उपलब्धी हात नलागे पनि छलफल बाक्लिनु सकारात्मक भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् ।

    ‘पार्टीमा उत्पन्न समस्या समाधान गर्न अध्यक्षद्धयका साथै नेताहरूबीच निरन्तर छलफल हुनु सुखद् कुरा हो,’ उनको भनाइ छ, ‘विषयवस्तुमा मतान्तर भए पनि नेताहरूबीच निरन्तर रूपमा हुने सम्वादले नै त्यसलाई साँघुरो बनाउँछ ।

    सकभर विषयवस्तुमा सहमति र त्यो सम्भव नभएको अवस्थामा प्रक्रियामा सहमति गर्दै पार्टी एकताको भावना र विधानको व्यवस्था अनुरूप समस्या समाधान गर्नुबाहेक पार्टीलाई गोलचक्करबाट मुक्त गर्ने अर्को उपाय छैन ।’

    विवाद समाधनका लागि केही दिनको अन्तरमा राखिएको स्थायी कमिटी बैठक आइतबार बस्दै छ । यसबीच नेकपा अध्यक्षले सार्वजनिक गरेका पत्र फिर्ता गर्न दोस्रो तहका नेताहरु लागे पनि त्यसले मुर्त रुप लिन सकेन ।

    कुनै ठूलै राजनीतिक परिवर्तन नभए आइतबारको बैठकअघि पनि कुनै समझदारी बन्ने देखिएको छैन् ।

    यस्तो अवस्थामा के होला ? अर्का स्थायी कमिटी सदस्य आइतबारको बैठक पनि पहिले बैठक झैं विनाकुनै निष्कर्ष सकिने र पुनः अर्को बैठक तोकिने बताउँछन् । ‘यो कुनै नौलो विषय होइन,’ उनी भन्छन्, ‘फेरि अर्को बैठक बोलाइन्छ र विवाद थाती रहिराख्छ।’

  • राप्रपा आन्दोलनको कमाण्डर बुद्धिमान तामाङ तोकिए

    राप्रपा आन्दोलनको कमाण्डर बुद्धिमान तामाङ तोकिए

    काठमाडौं । राप्रपाको शनिवार सम्पन्न काठमाडौं उपत्यका स्तरीय भेलाले आन्दोलनको नेतृत्वका लागि नेता तामाङलाई जिम्मेवारी दिएको हो ।
    भेलामा अध्यक्ष पशुपति शम्सेर राणाले संघर्ष समितिको नेतृत्वका लागि तामाङको नाम प्रस्ताव गरेकोमा भेलाले त्यसलाई अनुमोदन गरेको थियो । राप्रपाले पुस १७ गते काठमाडौंमा बृहत प्रदर्शनी गर्ने नेता तामाङले बताए । उनले यो संघर्ष राप्रपाको जीवनका लागि ’गर कि मर’ सरह भएको बताए ।

    कार्यक्रममा अध्यक्ष राणाले राष्ट्रपति एउटा दलको मात्र नभएर दलको पनि एउटा गुटको भएको उल्लेख गर्दै अब मुलुकलाई शाहबंशीय राष्ट्रप्रमुखमा अपरिहार्य रहेको बताए । उनले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दाका लागि राप्रपा सडकमा उत्रिएको उद्घोष गरे ।

    अर्का अध्यक्ष कमल थापाले विगतका कमिकमजोरीबाट सच्चिँदै एकीकृत भई संघर्षको तयारीमा जुटन कार्यकर्तालाई आग्रह गरे ।
    कार्यक्रममा संघर्ष समितिका अध्यक्ष बुद्धिमान तामाङले बागमती प्रदेशका सबै केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र क्षेत्रीय अध्यक्ष तथा भ्रातृ संगठनका अगुवाहरूलाई समेटेर संघर्ष समितिलाई पूर्ण बनाउने जानकारी दिए ।

  • कांग्रेस र जसपाबीच दुई बुँदे समझदारी

    कांग्रेस र जसपाबीच दुई बुँदे समझदारी

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच सरकारविरुद्ध संघर्ष गर्नेबारेमा मिलेर जाने समझदारी भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस र जसपाका नेताहरुबीच शनिबार भएको छलफलपछि उक्त समझदारी भएको हो । कांग्रेस र जसपाबीच मुख्य गरि दुई विषयमा मिलेर जाने समझदारी भएको छ ।

    उनीहरुबीच संसद अधिवेशन तत्कालीन बोलाउन सरकारसँग मााग गर्ने, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को संक्रमण संक्रमण र आर्थिक संकटका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरुसँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको हो ।

    जसपा नेताहरु महन्त ठाकुर, बाबुराम भट्टराई र राजेन्द्र महत्तो देउवा निवास पुगेका थिए।

  • के थियो प्रचण्डलाई ‘गलहत्याइएको’ कुर्सी काण्ड ?

    के थियो प्रचण्डलाई ‘गलहत्याइएको’ कुर्सी काण्ड ?

    काठमाडौं । शुक्रबार नेकपाको अर्को पार्टी कार्यालय पेरिसडाँडामा आयोजित आफू पक्षधर जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीबाट पालैपालो कसरी अपमानित भइयो भनेर सुनाए । त्यसक्रममा अध्यक्ष प्रचण्डको कुर्सीसमेत ओलीसँगैको लहरबाट हटाएर अन्य सात जनासँगै सारिएको प्रसङ्ग पनि उठ्यो ।

    ओलीले भने बमोजिम मान्दै जाँदा अन्तिममा अध्यक्षको कुर्सी नै हटाएर ‘गलहत्याइएको’ प्रचण्डले बताएका थिए । माधव नेपालले तत्कालै कुर्सी लगेर ओलीसँगै राखेर बस्न सुझाव दिँदा पनि आफूले त्यसो नगरी ‘सात जनाको लहरमा पुर्याउनुभयो, अब म यहीं बस्छु’ भनेर त्यही बेलादेखि वरिष्ठ नेताहरुको समीकरण बनेको बताएका थिए ।

    वास्तवमा बालुवाटारको कुर्सी काण्ड के थियो ? करीब डेढ महिनासम्म प्रचण्डकै भाषामा ‘गलहत्याइएको’ कुर्सी वैशाख २० गते फेरि ओलीसँगै कसरी राखियो ? शुक्रबारको पेरिसडाँडाको भाषण नेपाल प्रेसमा पढेपछि बालुवाटार स्रोतले यसबारेमा केही तथ्य उपलब्ध गराएको छ । चैत ६ गते सारिएको कुर्सी वैशाख २० गते फेरि फर्काउनुको पछाडि राजनीतिक ‘दण्ड’ नभएर स्वास्थ्य मापदण्डले काम गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    गत वर्षको मंसिर ४ गते नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँड नहुन्जेल बैठकको अध्यक्षता ओलीले नै गर्ने गरेका थिए र प्रचण्ड अन्य नेताकै लहरमा बस्थे । मंसिर ४ मा ओली पाँच वर्ष प्रधानमन्त्री र प्रचण्ड कार्यकारी भूमिकासहितको अध्यक्ष तथा बैठकको अध्यक्षता आमरुपमा प्रचण्डले गर्ने सहमति भएपछि दुवै अध्यक्षको कुर्सी सँगै राख्ने गरिएको थियो ।

    त्यतिबेला चीनको वुहानबाट कोरोनाभाइरसको महामारी फैलिसकेको थियो । नेपालमा पनि एकजना संक्रमित भेटिए । प्रधानमन्त्री ओलीलाई अचानक स्वास्थ्यमा समस्या भएपछि मंसिर १० गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरियो । ओली शल्यक्रियाको १० दिनपछि मंसिर २० गते अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएपछि बालुवाटारमा सचिवालयका राजनीतिक सहयोगी भन्दा निजी चिकित्सकहरु हाबी हुने अवस्था आएको प्रधानमन्त्रीका सल्लाहकारहरु बताउँछन् ।

    प्रधानमन्त्रीको शल्यक्रियालगत्तै चिकित्सकहरुले कुर्सी सँगै नराख्न, भेटघाटमा नियन्त्रण गर्नेदेखि प्रधानमन्त्रीका दैनिक गतिविधिमाथि नियन्त्रण गरेका थिए । शल्यक्रियादेखि नै चिकित्सकले कुर्सी अलग्गै राखेर संक्रमणबाट जोगाउन प्रधानमन्त्रीको सचिवालयलाई दबाब दिइरहेका थिए । यद्यपि प्रचण्डको कुर्सी ओली सँगैको लहरबाट भने फागुन ६ गतेमात्र हटाइएको थियो ।

    यसबीचमा नेकपामा बैठकहरु पनि कमै भएका थिए । एपेन्डिक्स शल्यक्रियाको तीन महिनापछि प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा फागुन २१ गते भर्ना गरियो । त्यसबेला प्रचण्ड आफैं पनि ज्वरो र रुघाखोकीको समस्याले गर्दा घरमै आराम गरिरहेका थिए र प्रधानमन्त्रीलाई भेट्न अस्पताल जान पनि सकेका थिएनन् ।

    वैशाख २०, २०७७ को सचिवालय बैठक ।

    ओलीको मिर्गौला पुनः प्रत्यारोपण सफल भएर फागुन ३० गते निवास फर्किए भने प्रचण्डले फागुन १ गते बालुवाटार पुगेर भेट गरेका थिए । त्यसको एक महिनापछि चैत ६ गतेको सचिवालय बैठकमा प्रचण्डको कुर्सी अध्यक्षको लहरबाट सारिएको थियो । यद्यपि त्यो बैठकमा कुर्सी सारिएको बारे छलफल भएको थिएन । तर पेरिसडाँडाको भेलामा प्रचण्डले खुलासा गरे– ‘त्यतिबेलै माधव कमरेडले जानुस् त कुर्सी लिएर अलि पर सर्नुस् म यहाँ बस्छु भन्नुस्’ भन्नुभएको थियो ।

    प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्यासिंह शाहले भने त्यो बेला प्रधानमन्त्री दुईवटा ठूला शल्यक्रियाबाट निस्केर सामान्य अवस्थामा पनि संक्रमणको उच्च जोखिममा रहेको र त्यतिबेला कोरोनाभाइरस समेत महामारीको रुपमा फैलिएकाले मान्छेहरुसँग दूरी कायम गर्न बाध्य पारिएको नेपाल प्रेसलाई बताएकी छन् । आफूहरुले कैयौंपटक प्रधानमन्त्रीसँग यस्तो विषयमा झगडै गर्नुपरेको समेत उनले सुनाएकी छन् ।

    चिकित्सकहरुले एपेन्डिक्सको शल्यक्रियापछि नै प्रधानमन्त्रीको कुर्सी अलग राख्न सुझाव दिएका थिए । शुरुमा प्रचण्डले केही नभने पनि नेकपामा विवाद बढ्दै जाँदा कुर्सीको प्रसंग पेचिलो बनेको थियो ।

    प्रचण्डले एउटा बैठकमा मुखै फोरेर ‘म पार्टीको कार्यकारी अध्यक्ष, तपाईसँगै उतै थिएँ तर अहिले म सातजना यता भएँ’ भन्दै अपमान गरिएको बताएका थिए ।

    पेरिसडाँडाको प्रचण्डको भाषणपछि पुनः कुर्सीकाण्ड चर्चामा आएको बेला हामीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापालाई सोध्यौं– के बालुवाटारबाट प्रचण्डको कुर्सी गलहत्याइएको थियो ? प्रचण्डलाई अध्यक्षको लहरबाट सात जनाको लहरमा अपमान गर्ने उद्देश्यले नै सारिएको हो ?

    थापाको जवाफ यस्तो आयो– अहिले कुर्सी सारिएको, गलहत्याइएको भन्ने कुरा किन आयो थाहा भएन । अध्यक्ष कमरेड प्रचण्डलाई यो कुरा राम्रोसँग थाहा छ । यो राजनीतिक नभई स्वास्थ्य मापदण्डको कारण थियो । यो प्रधानमन्त्रीको वा हाम्रो सचिवालयको पनि विषय थिएन, चिकित्सकहरुको विषय थियो । त्यतिबेलै उहाँले बुझेको कुरा हो ।

    शल्यक्रियाको तीन महिनासम्म संक्रमणको खतरा हुन्छ भनेर दूरी कायम गर्दा प्रधानमन्त्रीको छेउको कुर्सी हटाइएको सचिवालयले त्यतिबेलै बताएको थियो । वैशाख २० गते नेकपा सचिवालय बैठकले पार्टीमा ‘अस्थायी सहमति’ कायम गरेका दिन प्रचण्डको कुर्सी अ‍ोलीकै लहरमा राखेको फोटो सचिवालयले नै सार्वजनिक गरेपछि समाचारको विषय बनेको थियो ।

    शल्यक्रियाअघि प्रधानमन्त्री र प्रचण्डको कुर्सीको रुप रंग आकारदेखि दुई नेता भेट्ने सानो कक्षमा समेत एकै खाले आसन व्यवस्था गर्ने गरिएको सचिवालयका सदस्यहरुले बताएका छन् ।

  • राजनीतिक भेटघाटपछि ओली शीतलनिवासमा

    राजनीतिक भेटघाटपछि ओली शीतलनिवासमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा लगायतसँग राजनीतिक भेटवार्ता गरेपछि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

    ओली केही बेरअघि शीतलनिवास पुगेका हुन् । पार्टी भित्र विवाद चर्किरहेका बेला ओलीले दिउँसो खुमलटारमा पुगेर प्रचण्ड र पुल्चोकमा पुगेर थापासँग छलफल गरेका थिए।

    बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गनुपर्ने निर्णय गरेको थियो ।

    उक्त निर्णय अझैं कार्यान्वयन नभएपछि ओलीलाई अध्यादेश फिर्ता लिन पार्टी भित्रैबाट चर्को दवाव छ ।

  • हिन्दु राजसंस्थाका लागि राप्रपाको आन्दोलन घोषणा

    हिन्दु राजसंस्थाका लागि राप्रपाको आन्दोलन घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

    शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना हुनुपर्ने बताएका छन् ।

    पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको बताए ।
    राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको बताए ।

    यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको बताए ।

    अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए ।

    कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अव हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए ।

    यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पुर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए ।

  • आरोपपत्र फिर्ता नलिन प्रचण्डलाई माधव पक्षको दबाब, बामदेव मिलाउन सक्रिय

    आरोपपत्र फिर्ता नलिन प्रचण्डलाई माधव पक्षको दबाब, बामदेव मिलाउन सक्रिय

    काठमाडौं । दुई वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओली ‘खास केही प्रगति विना’ बालुवाटार फर्किएका छन् ।

    त्यसैले नेकपाका दुई अध्यक्षबीचको शनिवारको भेटलाई यसअघि बालुवाटारमा हुने गरेका भेटहरुको निरन्तरता मात्र मानिएको छ । प्रचण्डले पटक पटक गरेको आग्रह अनुसार ओलीले शुक्रवार साँझै आफू खुमलटारमै आएर छलफल गर्ने जानकारी दिएका थिए ।

    बालुवाटारबाट सिंहदरबार समेत कमै मात्र निस्कने गरेका ओली नेताहरुको निवासमा विरलै जाने गर्छन् । उनी विपक्षी दलको नेता भएका बेला समेत प्राय शीर्ष नेताहरु उनलाई भेट्न बालकोट निवासमै जाने गर्थे ।

    बालुवाटारबाट शीतलनिवास बाहेक राजनीतिक भेटघाटका लागि कमै निस्कने गरेका ओली शनिवार बिहान खुमलटार पुग्दा नेकपामा आजै केही होला जस्तो चर्चा सामाजिक सन्जालमा चल्यो ।

    तर करीब डेढ घण्टाको छलफलपछि गृहमन्त्री रामबहादुर थापा बादलको निवासमा पुगेका ओलीले मन्त्रीहरुलाई खुमलटार वार्तामा खास केही प्रगति नभएको सुनाए ।

    प्रचण्डको सचिवालयले पनि नियमित भेटकै निरन्तरता भन्दै कुनै सहमति नभएको बतायो । दुई अध्यक्षबीचको वार्तामा बसेका उपाध्यक्ष बामदेव गौतम भने खुमलटारबाट निस्केपछि मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

    प्रचण्डले ओलीसँग भेट भएलगत्तै माधव नेपाललाई सबै जानकारी गराए । प्रचण्ड कुनै सहमति गरेर फेरि ओलीसँगै मिल्छन् कि भन्ने आशंका माधव नेपाल पक्षमा अझै पनि कायमै छ ।

    सचिवालयका नेता बामदेव गौतम, रामबहादुर थापा बादल, विष्णु पौडेल मात्र होइन स्थायी कमिटीका आफ्नो समूहका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई समेत दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप फिर्ता गराएर सहमतिको प्रस्ताव लैजान क्रियाशील रहेकाले पनि नेपाललाई प्रचण्ड के गर्छन् भन्ने शंका हुनु स्वाभाविक हो ।

    खुमलटारको भेटमा बामदेवलाई साक्षी राखेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग मिल्ने प्रस्ताव राखेको खुमलटारबाट फर्केपछि नेपालले आफू निकट नेताहरुलाई सुनाएका छन् ।

    त्यसका लागि प्रचण्डको लिखित आरोप फिर्ता लिनुपर्ने समेत ओलीले बताएका थिए । तर आफूले अब जे गर्ने हो पार्टीको बैठकले नै गरोस् भनेर ओलीलाई जवाफ दिएको प्रचण्डले नेपाललाई बताएका थिए ।

    माधव नेपाल निकट स्थायी कमिटी सदस्य भीम रावलले ओलीले वामदेवलाई छेउमा राखेर मिल्ने प्रस्ताव प्रचण्डसँग लगेको बताएका छन् । नेताहरुबीच सहमति नभए विधि प्रक्रियाबाट पार्टीले टुंगो लगाउने रावलको भनाइ छ ।

    अहिले प्रचण्डको प्रस्ताव फिर्ता नहोस् भन्नेमा प्रचण्ड पक्षधर पूर्व माओवादीभन्दा माधव नेपाल पक्षधर नेताहरु बढी सक्रिय देखिएका छन् ।

    प्रचण्ड माधव नेपाल पक्षले सहमतिको शर्त केपी ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने भनेको छ । त्यसमा प्रचण्डको जोड प्रधानमन्त्रीबाट हटाउनेमा छ भने माधव नेपाल अध्यक्ष छोडाउने पक्षमा छन् ।

    प्रचण्ड–माधव नेपाल पक्षको पछिल्लो सक्रियता भने ओलीलाई दुवै पदबाट हटाउने र उनले पार्टी फुटाउने मौका नै नदिनेसम्मको छ । यसका लागि उनीहरुले कांग्रेसलाई पनि आफ्नो साथमा लिन खोजेको पछिल्लो रामचन्द्र पौडेलसँगको हारगुहारले प्रष्ट पार्छ ।

    स्थायी कमिटीमा प्रचण्ड–माधव नेपाल पक्षको प्रष्ट दुई तिहाइ बहुमत छ । त्यस्तै बहुमत केन्द्रीय कमिटीमा पनि छ । त्यसैले उनीहरु अब केपी ओलीसँग विकल्पहरु सीमित हुँदै गएको भन्दै हटाउने र सबक सिकाउने भनेर अघि बढेका छन् ।

    तर प्रचण्ड–माधव नेपाल निकटकै कतिपय स्थायी कमिटी सदस्यहरु त्यसमा सहमत छैनन् । उनीहरुको जोड दुवै अध्यक्षका लिखित आरोप फिर्ता गराउने र ओलीलाई भदौ २६ को सहमति जहाँबाट उल्लंघन भयो त्यहींबाट सच्याउन सहमत गराउनेमा क्रियाशील छन् ।

    सहमति गराउन क्रियाशील रहेका एक नेताले भने–यो पार्टी फुट्यो भने ओली प्रचण्ड,माधव र झलनाथहरुले तत्कालको पद नपाउने मात्र हुन् तर अब पार्टी र राज्यसत्ताको नेतृत्व लिन तम्तयार भएको दोस्रो तहको ठूलो नेतृत्वपंक्ति र लाखौं कार्यकर्ताको भविष्य जोडिएको विषय हो । त्यसैले कुनै कमिटीमा मतदान गरेर पार्टी फुटाउन दिइन्न । हामी गुटका दास होइनौं ।

    सहमति जुटाउन क्रियाशील रहेका नेताहरु एक दुई दिनमै परिणाम देखिने गरी प्रयास भइरहेको बताउँछन् । उनीहरुका अनुसार नेकपा सचिवालयको अहिले कायम रहेको समीकरणमा फेरि फेरबदल हुनसक्छ ।

    शनिवारको खुमलटार र पुल्चोकको दौडाहापछि प्रधानमन्त्रीले पनि परिस्थिति सकारात्मकै नरहेको निकटस्थहरुलाई बताएका छन् ।

  • नेकपामा विवाद चर्किएका बेला विपक्षीको पनि भेटघाट

    नेकपामा विवाद चर्किएका बेला विपक्षीको पनि भेटघाट

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधान गर्न सघन भेटघाट भइरहेका बेला विपक्षी दलहरुले पनि भेटघाट बढाएका छन्।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अर्को विपक्षी दल जनता समाजवादी पार्टीका नेताहरु बूढानीलकण्ठ पुगेका छन्।

    देउवाका स्वकीय सचिव भाणु देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा।बाबुराम भट्टराई र राजेन्द्र महतो आएको र अहिले कुराकानी भइरहेको बताए।

    सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपा भित्र विवाद चर्किएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्यादेश फिर्ता हुनुपर्ने माग गरेको छ।

    सरकारले उक्त अध्यादेश फिर्ता नलिएको खण्डमा विपक्षी दलहरुले अपनाउने रणनीति सम्बन्धमा छलफल गर्न विपक्षीहरुको भेटघाट भएको ठानिएको छ।

  • राष्ट्रपतिका सल्लाहकार भन्छन्–नेकपाका सांसदको निवेदन दर्ता गरेको भए दुर्घटना हुन्थ्यो

    राष्ट्रपतिका सल्लाहकार भन्छन्–नेकपाका सांसदको निवेदन दर्ता गरेको भए दुर्घटना हुन्थ्यो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपति कार्यालयले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ नेकपाकै ८३ जना सांसदहरुको निवेदन दर्ता नगरेर मुलुकलाई ठूलो राजनीतिक संकट र दुर्घटनाबाट बचाएको स्पष्ट पारेका छन् ।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । संसदको विशेष अधिवेशन बोलाउन माग गरेका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन दर्ता गरेको भए मुलुकमा राजनीतिक दुर्घटना हुने थियो भन्ने यादवको दाबी छ ।

    उनले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिशअनुसार काम गरिरहेको र संविधानको दायराभित्रै रहेर काम गरेको स्पष्ट पारे । उनले भने,‘उहाँले संविधानअनुसार काम गर्नुभएको छ । राष्ट्रपति महोदयले सरकारको सिफारिश अनुसार काम गर्ने हो । त्यो काम उहाँबाट भैरहेको छ । उहाँ संविधानको संरक्षक हुनुहुन्छ ।’

    उनले राष्ट्रपतिलाई दलका नेताहरु भेट्न जानु नौलो कुरा नभएको बताए । उनले भने,‘आफू आफूमा झगडा गर्ने, आँफै भेट्न जाने । नेपाली कांग्रेसका नेताहरुपनि जानुभाछ । रामचन्द्रजी जानुभाछ । पशुपतिजी जानुभाछ ।

  • मन्त्रीहरुसँग प्रधानमन्त्रीले भनेः प्रचण्डसँगको वार्तामा खास केही भएन

    मन्त्रीहरुसँग प्रधानमन्त्रीले भनेः प्रचण्डसँगको वार्तामा खास केही भएन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई सहमतिमै फर्काउने प्रयासस्वरुप प्रचण्डसँग गरिएको छलफलमा खास प्रगति नभएको बताएका छन् । खुमलटारमा प्रचण्डलाई एक्लै र वामदेव गौतम सहित भेटेर सीधै मन्त्री निवास पुल्चोक पुगेका ओलीले केहीबेर गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग एक्ला एक्लै छलफल गरेका थिए ।

    त्यसपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे पनि बादल निवासमा पुगेका थिए । मन्त्रीहरुले ‘दुई अध्यक्षबीचको वार्ता कस्तो भयो ?’ भनेर सोध्दा प्रधानमन्त्रीले ‘खास त्यस्तो केही भएन’ भन्ने जवाफ दिएर बालुवाटारतर्फ लागेको भेटमा सहभागी एक मन्त्रीले बताए ।

    बादलनिकट स्रोतका अनुसार सरकारमा तत्कालीन माओवादीको तर्फबाट नेतृत्व गरेको नेताको हैसियतले प्रचण्डलाईं सहमतिमा ल्याउन र आरोपपत्र फिर्ता गराउन भूमिका खेल्न ओलीले आग्रह गरेका छन् । बादल तत्कालीन माओवादीमा प्रचण्डभन्दा अलग गुटको नेतृत्व गर्छन् । तर उनीनिकट नेताहरु भने अहिले प्रचण्डसँग छन् ।

     

  • बादल निवासबाट निस्किए ओली

    बादल निवासबाट निस्किए ओली

    काठमाडौं–सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोक गएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो संक्षिप्त भेटघाट सकाएर त्यहाँबाट निस्किएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ओली सीधै ‘बादल’ निवास पुल्चोक पुगेका थिए।

    प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीचको भेटघाट जारी रहँदा अन्य दुई मन्त्री पनि मिसिएका थिए । भेटघाटको बीचमै बादल निवास छिर्ने मन्त्रीहरुमा भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल रहेका थिए।

    सत्तारुढ नेकपा भित्र विवाद उत्कर्षमा पुग्न लागेका बेला नेताहरुबीच मिलनविन्दु खोज्ने प्रयास भइरहेका छन् । यसै प्रयास स्वरुप प्रधानमन्त्री ओली शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम पनि मिसिएका थिए।

    खुमलटारबाट ओली बाहिरिएलगत्तै प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता माधव नेपाल पुगेका छन्।

  • प्रधानमन्त्री–बादल भेटमा दुई मन्त्री पनि मिसिए

    प्रधानमन्त्री–बादल भेटमा दुई मन्त्री पनि मिसिए

    काठमाडौं–कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपा सचिवालय सदस्य समेत रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ निवास पुल्चोक पुगेका छन् ।

    प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीचको भेटघाट जारी रहँदा अन्य दुई मन्त्री पनि मिसिएका छन्। भेटघाटको बीचमै बादल निवास छिर्ने मन्त्रीहरुमा भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल रहेका छन्।

    सत्तारुढ नेपा भित्र विवाद उत्पकर्षमा पुग्न लागेका बेला नेताहरुबीच मिलनविन्दु खोज्ने प्रयास भइरहेका छन् । यसै प्रयास स्वरुप प्रधानमन्त्री ओली शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम पनि मिसिएका थिए।

    खुमलटारबाट ओली बाहिरिए लगत्तै प्रचण्डसँग छलफल गर्न बरिष्ठ नेता माधव नेपाल पुगेका छन्।

  • प्रचण्डलाई भेटेर निस्किएका प्रधानमन्त्री बादल निवासमा

    प्रचण्डलाई भेटेर निस्किएका प्रधानमन्त्री बादल निवासमा

    काठमाडौं । नेकपाभित्र सहमति कि विभाजन भन्ने अन्तिम कसरत भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकाएक सक्रियता बढाएका छन् ।

    करीव डेढ घण्टा कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटेर खुमलटारबाट निस्किएका प्रधानमन्त्री ओली त्यहाँबाट सिधै पुल्चोकस्थित मन्त्रीक्वाटर छिरेका थिए । ओली गृहमन्त्री रामवहादुर थापा ‘बादल’को निवासमा एक्लाएक्लै छलफलमा जुटेको स्रोतले जनाएको छ ।

  • नेकपामा दौडधूपः ओली बाहिरिएलगत्तै माधव नेपाल खुमलटार भित्रिए

    नेकपामा दौडधूपः ओली बाहिरिएलगत्तै माधव नेपाल खुमलटार भित्रिए

    काठमाडौं । अध्यक्ष प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी ओली बाहिरिएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डनिवास खुमलटार पुगेका छन् ।
    यसअघि ओली र दाहालबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।

    अध्यक्षद्वयसित भेटेर गौतम पनि खुमलटारबाट बाहिरिएका छन् ।

     

     

     

  • खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली

    खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्डसँग करीव डेढ घण्टा लामो छलफलपछि खुमलटारबाट बाहिरिएका छन् ।

    दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतमलाई पनि खुमलटार बोलाइएको थियो । गौतम दुवै अध्यक्षबीच समझदारी गराउने पक्षमा क्रियाशील छन् ।

     

  • ओली–प्रचण्ड वार्तामा वामदेव पनि मिसिए

    ओली–प्रचण्ड वार्तामा वामदेव पनि मिसिए

    काठमाडौं । नेकपा विवादलाई सहमतितर्फ फर्काउन क्रियाशील रहेका उपाध्यक्ष वामदेव गौतम दुई अध्यक्षबीचको वार्ता चलिरहेका बेला प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

    प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेको केहीबेरेपछि गौतम पनि वार्तामा सहभागी हुन पुगेका हुन् ।

  • प्रचण्डसँग छलफल गर्न ओली खुमलटारमा

    प्रचण्डसँग छलफल गर्न ओली खुमलटारमा

    काठमाडौं । पार्टी फुट्ने कि सहमतिमा फर्किने भन्ने दुई विकल्पमात्र बाँकी रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझकै भेटमा आफू निर्णायक छलफलका लागि शनिबार खुमलटार आउने आश्वासन प्रचण्डलाई दिएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओली प्रायः भेटवार्ताका लागि कुनै नेताको घरमा जाँदैनन् । उनी विपक्षी दलको नेता हुँदा पनि तत्कालीन प्रधानमन्त्री र अन्य शीर्ष नेताहरु बालकोटमै जाने गर्थे । पार्टी विवादको बीच एकपटक ओली वामदेव गौतमको निवासमा खबर नै नगरी गएका थिए । प्रचण्ड निवासमा प्रकाश दाहालको पहिलो वार्षिकीको दिन पुगेका थिए ।

    ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने– प्रचण्डले पटक–पटक तपाईं पनि मेरोमा आउनुस् न कहिलेकाहीँ भन्नुभएको थियो । हिजो प्रधानमन्त्रीलेनै म भोलि छलफल गर्न तपाईंकोमै आउँछु भन्नुभएको हो । यसबाट बुझ्नुस् कि प्रधानमन्त्री पार्टी एकता कायम गर्न कतिसम्म लचिलो बन्नुभएको छ भन्ने प्रष्ट हुन्छ ।

    पार्टीमा दुवै अध्यक्षका अभियोग र प्रतिअभियोपत्र फिर्ता गराएर सहमतिमा फर्काउँन वामदेव गौतमसहित दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई सक्रिय रहेका बेला ओली प्रचण्ड निवासमै जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सचिवालयका नेताहरु ईश्वर पोखरेल, रामवहादुर थापा र महासचिव विष्णु पौडेल पनि दुबै आरोप–प्रत्यारोप फिर्ता गराएर दुई अध्यक्षको संयुक्त प्रस्ताव बैठकमा लैजान प्रयासरत छन् ।

  • प्रचण्ड भेट्न खुमलटार जाँदै ओली

    प्रचण्ड भेट्न खुमलटार जाँदै ओली

    काठमाडौं । पार्टी भित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार जाने भएका छन् । प्रधानमन्त्री भएयता खुमलटारमै गएर ओलीले प्रचण्ड भेट्न लागेको यो पहिलो भेटघाट हो ।

    प्रचण्डको निजी सचिवालयका अनुसार नेकपा नेता सुवास नेम्वाङले प्रधानमन्त्रीसहित आफूहरु त्यहाँ आउन लागेको जानकारी दिएका हुन् ।

    ‘कतिबेला आउने भन्ने ठ्याक्कै जानकारी आएको छैन्,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘तर, आउँदै छौं भनेर उहाँहरुले यहाँको सुरक्षा संयन्त्रलाई जानकारी गराउनु भएको रहेछ।’

    प्रचण्ड–नेपाल पक्षले शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा अध्यादेश फिर्ता नलिने ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएको खबर बाहिरिएको थियो ।

    गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी आध्यादेश र प्रचण्ड–नेपाल समूहले संसद बोलाउन शीतल निवासमा बोलाएको हस्ताक्षर फिर्ता गर्ने निर्णय भएको थियो।

    दुवै पक्षले स्थायी कमिटी बैठकको निर्णय नमानेको जस्तो देखिएको बेला ओली पहिलोपटक खुमलटारमा गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    नेकपाको स्थायी कमिटीको बैठक भोलि बोलाइएको छ । उक्त बैठकमा पार्टीमा देखिएका विवाद हल गर्ने गरी निर्णय हुने अपेक्षा गरिएको छ।

  • कांग्रेस उपसभापति निधिको टिप्पणीः सरकार सबै क्षेत्रमा असफल

    कांग्रेस उपसभापति निधिको टिप्पणीः सरकार सबै क्षेत्रमा असफल

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन्। नेपाली जनसम्पर्क समिति यूएइद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान तथा कोभिड १९ महामारीको समयमा यूएइमा आइपरेका समस्या समाधान तथा उद्धार कार्यमा संलग्न व्यक्तिहरुको सम्मानमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनहितका पक्षमा केही काम गर्न नसकेको बताए।

    कोरोना नियन्त्रणमा ‘सिन्को भाँच्न नसकेको’ सरकारले स्वास्थ्य सामग्री खरिदका नाममा चरम भ्रष्टाचार गरेको भन्दै आलोचना गरे। सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको भनी किटानी गर्दासमेत प्रधानमन्त्रीले केही भएको छैन भनी लाज नमानी प्रतिरक्षा गरेको उपसभापति निधिले बताए।

    निधिले कुनै पनि संवैधानिक निकायको नियुक्तिमा सरकारको एकलौटी नहोस् भनेर नै संवैधानिक परिषदमा बिपक्षी दलको नेता रहने व्यबस्था संविधानमै गरिएको बताए। उनले निष्पक्ष कार्यसम्पादन होस् भनेर नै संविधानमा यस्तो व्यबस्था गरिएको प्रष्ट पारे।

    निधिले संविधानमा स्पष्टसँग उल्लेख गरिएको यस्तो व्यबस्था बिपरीत सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर कानुनी राज्यको खिल्ली उडाएको बताए।

    संसद अधिबेशन डाक्नुपर्नेमा अध्यादेश जारी गरेर बेमौसमको बाजा बजाएको उनको भनाइ थियो।

  • कुर्सीबाटै गलहत्याए–प्रचण्ड, त्यसपछि चेत्नुभयो–माधव नेपाल

    कुर्सीबाटै गलहत्याए–प्रचण्ड, त्यसपछि चेत्नुभयो–माधव नेपाल

    काठमाडौं । पार्टी विभाजनको अवस्थामा कुन जिल्लामा आफ्नो पक्षको अवस्था कति मजबूत छ भनेर रिपोर्टिङ लिने र माथिबाट आफ्नो रणनीति बुझाउने उद्देश्यले शुक्रवार नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको पेरिसडाँडाको भेलामा दुवै नेताले केपी ओलीबाट पीडित बनेर आफूहरु मिल्ने ठाउँमा आइपुगेको सुनाए ।

    सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवको भेला गर्ने तयारी अनुरुप पहिलो दिन प्रदेश १ का १४ जिल्लाका नेतालाई पेरिसडाँडा बोलाइएको थियो । भेलामा प्रचण्ड र माधव नेपाल पक्षधर जिल्ला अध्यक्ष,सचिव,केन्द्रीय सदस्यहरु सहभागी थिए । १४ जिल्लाका २८ जना पदाधिकारीमध्ये ओली पक्षका ११ जना र योगेश भट्टराई निकट बलबहादुर साम्सोहाङ सहितका केही बाहेक अरु सहभागी रहेको एक नेताले बताए ।

    भेलामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले केपी ओलीका गतिविधिले अब पार्टी एकता जोगिने सम्भावना कम हुँदै गएको बताएका थिए । यद्यपि आफूहरु पार्टी एकता जोगाउन र विधि पद्धति स्थापित गर्न प्रयासरत रहेको बताएका थिए ।

    भेलाका एक सहभागीका अनुसार ओलीविरुद्ध आफूहरु कसरी एकै ठाउँमा मिल्न बाध्य भइयो भन्ने किस्सा पनि रोचक पारामा सुनाएका थिए । ती सहभागीले उपलब्ध गराएको रेकर्डबाट उदृत अंश पढ्नुहोस् ।

    आफैंलाई पेल्न थालेपछि प्रचण्डजीले चेत्नुभयो

    माधव नेपाल 
    केपी ओलीको बारेमा प्रचण्डजीलाई त भ्रम नै थियो । तर हामीले त राम्रोसँग चिनेको र भोगेको हो । प्रचण्डजीले हिजो पार्टी एकतापछि केही समय त ओलीसँग मिलेरै काम गर्नुभएको थियो । हामीलाई निरन्तर पेलेर, अपमान गरेर, जिम्मेवारीविहीन बनाएर राख्दा उहाँले पूर्व एमालेको समस्या भनेर शायद केही वास्ता गर्नुभएन । केपी ओलीले हामीलाई मात्रै पेलिराखेका थिए । पछि आएर प्रचण्डजीलाई नै पेल्न थालेपछि उहाँले देख्नुभयो र चेत्नुभयो ।

    अहिले ओलीले राज्यशक्तिको दुरुपयोग गरेर, अव्यावसायिक मिडिया हाउस, अव्यावसायिक पत्रकारको पंक्ति खडा गरेर, पत्रकार खरिद गरेर पार्टीभित्र भएका छलफल र सहमतिलाई तोडमरोड गर्न लगाएर गलत कुरालाई सही साबित गर्न अनेकौं प्रचारबाजी गर्दैछन् । वास्तवमा ओली गोयबल्सको प्रचारशैलीमा लागेका छन् । पार्टीभित्र यो अहिलेको परिस्थिति निर्माण गर्ने केपी ओली नै हो । प्रचण्डजीलाई म केही भन्दिनँ ।
    हामी पार्टीमा विधि पद्दति स्थापित गर्न लाग्ने हो । पार्टी एकताको पक्षमा तपाईहरु पनि लाग्नुस्, गलत प्रचारको भण्डाफोर गर्नुस् ।

    कुर्सीबाट गलहत्याएर सातजनाको लहरमा पुर्‍याए

    प्रचण्ड
    वास्तवमा माधवजीले भनेको कुरा सही नै हो, म हुबहु समर्थन गर्छु । त्यतिबेला म पनि भ्रममै परेको हुँ । यत्रो पार्टी एकता गरिएको छ, होला त नि भनियो । केपी ओलीले जे भन्छन् लौ होस् भनेर छाड्दै गएँ ।
    मरिहत्ते गरेर मलाई एक नम्बर अध्यक्ष बनाऊ भन्नुभयो । पार्टीको हितको लागि हो भनेर लौ तपाई नै एक नम्बर हो भनेर भन्दिएँ । बैठकको अध्यक्षता त मैले नै गर्नुपर्ने भयो भन्नुभयो । धेरैचोटि गनगन गर्नुभयो । नत्र त हाम्रो आलोपालो बैठकको अध्यक्षता गर्ने भन्ने विधानकै व्यवस्था थियो ।

    मैले लौ भैगो त बैठकको अध्यक्षता गरे पनि गर्नुस् भनेर छाड्दिएँ । उहाँले जिद्दी गर्दै जानुभयो, मैले छाड्दै गएँ । उहाँले भनेको मान्दै मान्दै गएँ । प्रधानमन्त्रीको पूरै कार्यकाल मलाई चाहियो भन्नुभयो त्यो पनि मान्दिएँ । अन्तिममा त मलाई नै घोक्रेठ्याक लाएर कुर्सीबाटै निकाल्दिए । मलाई त रबरस्टाम्प जस्तै बनाइदिए ।

    अन्ततः मलाई नै घोक्रेठ्याक लगाएर सात जनाको पंक्तिमा पाे हाल्दिनुभयो । जब उहाँले सात जनाको पंक्तिमा हाल्दिनुभयो त्यो बेला माधव नेपालले मलाई के भन्नुभयो भने–जानुस् न अलि पर्तिर सर्नुस् म यहाँ बस्छु भनेर भन्नुस् न ।
    मैले चाहिं त्यसो नभनेर मलाई तपाईले दुई जना अध्यक्षको ठाउँबाट सात जनाको लहरमा पठाउनुभयो, अब म यतै बस्छु भनेर भनेँ । माधवजी र मैले भनेको कुरा सायद मिल्यो जस्तो लाग्छ ।

    वास्तवमा परिस्थितिले हामी माधवजी र मलाई एक ठाउँमा ल्यायो । आज हामी सबै सिनियर र जेनुइन लिडरहरु एक ठाउँमा आइपुगेका छौं । तपाईहरु कुनै पनि कुप्रचारको भ्रममा नलाग्नुस् । सशक्त भएर संगठित ढंगले पार्टीको विधि विधानको पक्षमा उभिनुस् ।

    केपी ओलीका सबै तरिका र व्यवहार हेर्दा एउटै पार्टीमा बस्ने खालको छैन, अलग पार्टी बनाउने कोशिश भइरहेको छ । कहिले गर्नुहुन्छ तर उहाँको तरिकाले म अलग बस्छु भन्ने बताइरहेको छु । कहिले फुटाउने भन्ने मात्रै हो ।

  • बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

    बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं। पार्टी विवाद समाधान हुनुको साटो झन् बढी रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्षद्वबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ बालुटार गएका थिए।

    दिउँसो पेरिसडाँडामा आफू पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेला सकेर उनी साँझ प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसँग भेटघाट गर्न गएका हुन् । ओलीलाई भेट्न जानुअघि प्रचण्ड र अर्का नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए।

    प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई अध्यक्षबीच पार्टीमा देखएको समस्यामा केन्द्रित भएर छलफल भए पनि कुनै ठोस सहमति नभएको बताए।

    बुधबार बसेको स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी सरकारले ल्याएको आध्यादेश र प्रचण्ड–माधव पक्षले संसद् आह्वान गर्दै शीतल निवासमा बुझाएको हस्ताक्षर फिर्ता लिने निर्णय गरेको थियो ।

    तर, उक्त निर्णयलाई नेकपा भित्रका दुवै पक्षले नमानेको जस्तो देखिएको छ। सरकारले पनि अहिलेसम्म अध्यादेश फिर्ता लिएको छैन् भने प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार मात्रै गुटको भेला गरेको छ ।

  • अर्थमन्त्री पौडेलद्वारा पूँजीबजारको ब्रोकर कमिसन घटाउन निर्देशन

    अर्थमन्त्री पौडेलद्वारा पूँजीबजारको ब्रोकर कमिसन घटाउन निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।

    अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    ‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्’ मन्त्रीले भने ।

    अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन समेत दिएका छन् । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि मन्त्रीले निर्देशन दिएको प्रेस नोटमार्फत जनाइएको छ ।

    बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो।

  • प्रचण्ड–माधवले रामचन्द्रलाई भेटेर भने–देउवाको भर छैन,नियन्त्रण गर्नुस्

    प्रचण्ड–माधवले रामचन्द्रलाई भेटेर भने–देउवाको भर छैन,नियन्त्रण गर्नुस्

    काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवा कुनैपनि बेला प्रधानमन्त्री केपी ओलीसँग मिल्न सक्ने भन्दै उनलाई नियन्त्रण गर्न रामचन्द्र पौडेलको साथ खोजेका छन् ।

    शुक्रवार साँझ पौडेललाई भेटेर प्रचण्ड र नेपालले केपी ओली कुनै पनि कदम चाल्न सक्ने ठाउँमा रहेको भन्दै कांग्रेसको साथ खोजेका हुन् । देउवाको भूमिकाप्रति आफूहरु विश्वस्त हुन नसकेको भन्दै उनीहरुले कांग्रेसले ओलीलाई साथ दिन नहुने बताएको स्रोतले जनाएको छ ।

    प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो–केपी ओली कुनै पनि डिजास्टरमा जान सक्छन् तर पनि हामीले उनलाई त्यसै छाडेर हुन्न । देउवासँग ‘डाउट’ छ,तपाईहरु नियन्त्रण गर्नुस् ।

    माइतीघरमा उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाए लगत्तै घर नगई अज्ञातस्थानतर्फ लागेका पौडेल नेकपा नेताहरुसँगको वार्तामा रहेको साँझमात्र खुलेको थियो । भेटलाई दुवै पक्षले गोप्य राख्न खोजेका छन् ।

  • देउवा भन्छन् : संसद्को विशेष अधिवेशन बोलाउन पुग्ने संख्या कांग्रेससँग छैन

    देउवा भन्छन् : संसद्को विशेष अधिवेशन बोलाउन पुग्ने संख्या कांग्रेससँग छैन

    काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवाले संसद्को विशेष अधिवेशन माग गर्न आफ्नो पार्टीसँग एक चौथाई सांसद संख्या नभएकाले नसकिएको प्रष्ट पारेका छन् ।

    शुक्रवार साँझ ट्वीट मार्फत देउवाले अन्य दलका नेताहरुसँग यस विषयमा छलफल भएपनि सार्थकथा नपाएकालो विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न नसकिएको जनाएका छन् ।

    देउवाले तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गरेका छन् । कांग्रेसले संसद् अधिवेशन माग गरेर निवेदन दिन नसकेको भनी आलोचना भएपछि देउवाको यस्तो प्रष्टिकरण आएको हो ।

    संसद्को विशेष अधिवेशन बोलाउन प्रतिनिधिसभाका २५ प्रतिशत सांसद्को हस्ताक्षर सहित निवेदन दिनुपर्छ । तर कांग्रेससँग ६१ जनामात्र सांसद् छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सो संख्या पर्याप्त हुँदैन ।

    नेकपाको प्रचण्ड र माधव नेपाल पक्षले एक चौथाइ भन्दा बढी सांसद्को हस्ताक्षर सहित विशेष अधिवेशन माग गरेर राष्ट्रपति समक्ष निवेदन लगेपनि पार्टीभित्र सहमति भएर फिर्ता लिएको थियो ।

  • उखु किसानको आन्दोलनप्रति कांग्रेस नेता पौडेलको ऐक्यबद्धता

    उखु किसानको आन्दोलनप्रति कांग्रेस नेता पौडेलको ऐक्यबद्धता

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

    पौडेल आन्दोलनमा ऐक्यबद्धता जनाउन शुक्रबार माइतीघर पुगेका थिए। उनले कांग्रेस पार्टी किसान र मजदुरको पार्टी भएको बताए।

    ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो,’ उनले भने, ‘हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ।’

    कांग्रेस किसानका पक्षमा रहेको बताउँदै उनले ठगी गर्नेलाई कारबाही गनुपर्नेमा जोड दिए। पौडेलले भने, ‘सरकारले किसानलाई ठगी गर्ने व्यापारीलाई शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

    उखुको मूल्य भुक्तानीको माग गर्दै किसानहरू पाँच दिनदेखि माइतीघरमा आन्दोलन गरिहेका छन्। यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए।

  • वामदेवले भनेः कुनै भेलामा जान्नँ, बैठक छाड्दिनँ

    वामदेवले भनेः कुनै भेलामा जान्नँ, बैठक छाड्दिनँ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटको भेलामा नजाने तर पार्टीका बैठक नछाड्ने बताएका छन् ।

    शुक्रबार दिउँसो प्रचण्ड–नेपाल पक्षको भेलामा नगएका उपाध्यक्ष गौतमले नेपाल प्रेससित भने, ‘अहिले भेला गर्ने बेला होइन, बैठकबाटै समस्याको समाधान खोज्नु पर्दछ ।’

    उनले पाँचजना नेताको बैठकमा भने सहभागी हुने बताएका छन् । शुक्रबारको पेरिस डाँडा बैठकमा गौतम सहभागी नहुनुले प्रचण्ड–नेपाल समूहप्रति उनको असहमति बढेको संकत गर्छ ।

  • अध्यादेश फिर्ता नलिए प्रधानमन्त्रीविरुद्ध थप कदम चाल्ने चेतावनी

    अध्यादेश फिर्ता नलिए प्रधानमन्त्रीविरुद्ध थप कदम चाल्ने चेतावनी

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने चेतावनी दिएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा अध्यादेश फिर्ता नलिए थप कमद चाल्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

    प्रधानमन्त्रीबाट पार्टीको विधि, पद्धति उल्लंघन भएको निष्कर्ष भेलाले निकालेको बताए ।

    भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई निषेध गरेर जाने पक्षमा नरहेको तर प्रधानमन्त्रीलाई पार्टीले नियन्त्रण गर्न आवश्यक भइसकेको बताएका थिए । भेलालाई सम्बोधन गरेर माधव नेपाल पहिलेनै निस्किएका थिए ।

  • स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न लेखा समितिले अख्तियारलाई पत्र पठाउने

    स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न लेखा समितिले अख्तियारलाई पत्र पठाउने

    काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।

    समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो ।

    बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले अनियमिततामा को को संलग्न हुन् त्यसको छानविन गरि कारवाही गर्न पत्र पठाउने निर्णय भएको बताए । बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग पनि समितिले छलफल गरेको थियो ।

  • पेरिसडाँडामा ओली विरोधी भेला, माधव नेपाल बाहिरिए, प्रचण्डले सम्बोधन गर्दै

    पेरिसडाँडामा ओली विरोधी भेला, माधव नेपाल बाहिरिए, प्रचण्डले सम्बोधन गर्दै

    काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला ओली इतर समूहले बोलाएको भेला पेरिसडाँडमा जारी छ।

    पहिलो दिन शुक्रकबार प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई बोलाएको भेलामा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल,  लगायतले सम्बोधन गरिरहेका छन्। माधव नेपाल भने भेला चलिरहेकै बेला पेरिसडाँडबाट बाहिरिएका छन्।

    भेलामा प्रचण्ड–नेपाल पक्षका प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरु र त्यस क्षेत्रका केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको छ।

    पार्टी भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड–माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ।

    नेताहरुले सम्बोधनमा आफ्नो पक्षको रणनीतिबारे जिल्ला तहका नेतृत्वलाई ‘ब्रिफिङ’ गरिरहेको बैठमा सहभागि एक केन्द्रीय सदस्यले जानकारी दिए।

  • अध्यादेशविरुद्धको रिटमाथि अर्को शुक्रबार सुनुवाई हुने

    अध्यादेशविरुद्धको रिटमाथि अर्को शुक्रबार सुनुवाई हुने

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेका तीनवटा रिटमाथिको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने भनिए पनि आज हेर्न नभ्याइनेमा परेको छ । अब सुनुवाई अर्को शुक्रबार हुनेछ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको वरिष्ठ न्यायाधीशहरु सम्मिलित इजलासमा तीनवटा रिटमाथि सुनुवाई हुने पेशी तोकिएको थियो । आज ती रिटमाथिको सुनुवाई नहुने भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

    प्रधानन्यायाधीश अध्यक्षताको संवैधानिक इजलासमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीशहरु दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । इजलासको बैठक हरेक साता बुधवार र शुक्रबार बस्ने गर्छ ।

    सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग लिएर अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेले अलग अलग रिट दायर गरेका थिए ।

  • अध्यादेश फिर्ता गर, संसद अधिवेशन बोलाऊः कांग्रेस

    अध्यादेश फिर्ता गर, संसद अधिवेशन बोलाऊः कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन र संसदको अधिवेशन आह्वान गर्न माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आजको बैठकले संसदलाई बन्धक बनाएर अध्यादेशबाट शासन चलाउने दुस्साहस नगर्न सरकारलाई चेतावनी समेत दिएको छ ।

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बैठकमा सरकारको काम, अध्यादेश, हिउँदे अधिवेशन, उखु किसानहरुको आन्दोलन लगायतका विषयमा छलफल भएको बताए । ‘आजको बैठकले संविधानको मर्मविपरीत जारी भएको अध्यादेश फिर्ता लिन र तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ’, खाँडले नेपाल प्रेससंग भने । ‘सरकारको सर्वसत्तावादी सोचका कारण जनताको निर्वाचित थलो संसद वेवारिसे भएको छ । राष्ट्रिय महत्वका धेरै विषयहरुको छिनोफानो गर्न संसद बैठक अपरिहार्य छ’, खाँडले भने ।

    बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध काम गर्न थालेको बताएका थिए । सरकारलाई मनपरी गर्ने छुट दिन नसकिने भन्दै देउवाले संसदको अबको अधिवेशन धेरैक कारणले निर्णायक हुने उल्लेख गरेका थिए ।

    यसैबीच, बैठकले उखु किसानहरुको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै किसानका माग तत्काल पूरा गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

  • सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

    सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

    काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेशी नियमित रोलक्रमअनुसार चढेपनि आज हेर्न नभ्याइने भनेर पन्छाइएको छ ।

    सापकोटाको मुद्दाको पेशी गत वैशाखदेखि नै रोलक्रममा थियो । रोलक्रम अनुसार नै शुक्रबार संवैधानिक इजलासमा परेपनि हेर्न नभ्याइने भनेर पछि सारिएको छ । रोलक्रमअनुसार पेशीमा पर्नु संयोगमात्र भएपनि नेकपाको एउटा पक्षले यसलाई आशंकाका दृष्टिले हेरेको थियो ।

    काभ्रेपलाञ्चोकका अर्जुन लामाको अपरहणपछि हत्या गरेको घटना तत्कालीन विद्रोही माओवादीका नेता अग्नि सापकोटाको प्रत्यक्ष निर्देशनमा भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले किटानी जाहेरी दिएकी थिइन् । सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सापकोटा मन्त्री भएपछि कनकमणि दीक्षित, सुशील प्याकुरेल र पूर्णिमाया लामा पुनः २०६८ सालमा सर्वोच्च अदालतमा गएका थिए ।

    मुद्दा संवैधानिक इजलासमा रहेकै बेला सापकोटा सभामुख निर्वाचित भएपछि नैतिकताका आधारमा प्याकुरेलले गतवर्ष राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । प्याकुरेलले जघन्य हत्यामा संलग्न सापकोटाको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला सभामुख जस्तो संवैधानिक पदमा लैजान नहुने बताएका थिए ।

    तत्कालीन माओवादी पक्षले भने द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी कानूनबाट छिनोफानो हुनुपर्ने भन्दै आएको छ ।

    यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो ।

    सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो।

  • कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    काठमाडौं । ‘रूख’ नेपाली कांग्रेसको चुनाव चिन्ह । कांग्रेसजनको आस्थाले प्रेम गर्ने ‘रूख’मा पार्टीको विचार, सिद्धान्त र संगठन फक्रन छाडेका छन् । कांग्रेस गुटहरूको महासंघ झैं देखिंदा रूखका भन्दा गुटका हाँगा झाङ्गिदै छन् ।

    नेपाली कांग्रेसमा झट्ट हेर्दा दुई गुट देखिन्छन् । अलिक चासो दियो भने तीन वटा गुट त प्रष्टै देखिन्छन् । कांग्रेसको आन्तरिक राजनीतिको सबै पाटो केलाएर हेर्ने हो भने चैं कांग्रेसभित्र दर्जन गुट छन् । ती गुटहरू आफू अनुकूल पार्टी हाँक्न वा पार्टीबाट प्राप्त हुने स्वार्थ हासिल गर्न वर्षौंदेखि सक्रिय छन् ।

    कांग्रेस वृत्तमा कांग्रेस भन्नु नै ‘गुटहरूको महासंघ’ हो भन्ने उक्ति चर्चामा छ । आजको सग्लो कांग्रेसको स्थापना नै दुई अलग पार्टीको एकताबाट भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएर नेपाली कांग्रेस बनेदेखि नै कांग्रेसभित्र दुई गुट सक्रिय नै थिए । वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकराव होस् वा वीपी र सुवर्ण शमशेरबीचको आन्तरिक संघर्ष, ती सबै कांग्रेसको तत्कालीन गुटहरूको प्रभाव थिए । पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति भट्टराई पराजित भएपछि प्रधानमन्त्री बन्ने अवसर कोइरालालाई प्राप्त भयो । प्रधानमन्त्री बने पनि पार्टीभित्र आफ्नो प्रभाव भट्टराईको भन्दा कम रहेको बुझेपछि सत्ताकै सहयोगमा कोइरालाले गुट विस्तार गरे । ७५ मध्येका ६६ जिल्ला सभापति भट्टराईको पक्षमा रहेकाले पार्टीभित्र समेत पकड बनाउने उद्देश्य राखेर कोइरालाले २०४९ सालमै स्थानीय निर्वाचन गराए । काठमाडौं महानगरपालिका बाहेक देशका अधिकांश प्रभावशाली नगर र गाउँमा कोइरालाले आफूनिकटलाई टिकट दिन सफल भए । यही कारण कोइराला गुट कांग्रेसमा बलियो बन्दै गयो ।

    नेपाली कांग्रेसको १३औं महाधिवेशनमा भएको प्रतिस्पर्धालाई आधार मान्ने हो भने कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेका मुख्य तीन वटा गुट क्रियाशील छन् । सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    निरन्तरको आन्तरिक प्रतिस्पर्धाबाट कांग्रेसको मूल नेतृत्वमा स्थापित पनि भए । पार्टी सभापति भए पनि देउवा नेतृत्वको गुट कांग्रेसमा अहिले सबैभन्दा ठूलो र प्रभावकारी छ । १३औं महाधिवेशनयता देउवाको गुटमा नेताहरूको संख्या बढ्दै पनि गएको छ तर आसन्न महाधिवेशनमा देउवाको गुट ‘एकढिक्का’ रहने सम्भावना ज्यादै न्यून छ । देउवा नेतृत्वको गुटभित्र उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारको आ–आफ्नै उपगुट रहेका छन् । त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पनि छुट्टै उपगुट रहेको छ । खड्काको गुटमा स्वर्गीय खुमबहादुर खड्काको ‘लिगेसी’ जोडिएका नेताहरू सक्रिय छन् । सह–महामन्त्री डा. प्रकाशशरण महत र नेता बालकृष्ण खाँडको नेतृत्वमा पनि उपगुट सक्रिय रहेका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता एनपी साउद पनि देउवा गुटभित्रका प्रभावशाली नेता हुन् । देउवा समूहभित्र पनि उनको आफ्नै शक्ति छ ।

    १३औं महाधिवेशनमा देउवाको निकटतम प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गुटको नेतृत्व गरेको लामो अनुभव छैन । २०४६ सालयता गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेतृत्वको गुटमा रहेका पौडेल अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि मात्रै गुटको हर्ताकर्ता बनेका हुन् । पौडेलको गुटमा पार्टी पदाधिकारी भइसकेका भेट्रान नेताहरूको उपस्थिति त छ तर ती सबैका आ–आफ्नै उपगुट छन् । यसर्थमा पौडेल नेतृत्वको गुट पनि आफैंमा उपगुटहरूको मोर्चा जस्तो देखिन्छ । जसभित्र महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाको नेतृत्वमा उपगुटहरू सक्रिय छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनबाट कांग्रेसमा बनेको नयाँ गुटको नेतृत्व पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गर्छन् । पार्टीको आन्तरिक राजनीतिमा लामो समय कोइराला परिवारको निकट रहेर काम गरेका सिटौला आफूलाई ‘गिरिजाबाबु र सुशील दा’ को उत्तराधिकारी भन्न रुचाउँछन् । संसदीय दलको निर्वाचन र पार्टीका अन्य निर्णयहरूमा अभिव्यक्त मत र रुझानको विश्लेषण गर्ने हो भने सिटौलाको नेतृत्वमा गुट त छ तर गुटभित्रका नेताहरूको रुचि अन्य गुटमा बढी छ । जस्तो कि संसदीय दलको निर्वाचनमा सिटौला पक्षका सांसद गगन थापाले प्रकाशमान सिंहलाई मत दिए तर सोही गुटका उमाकान्त चौधरी र भीमसेनदास प्रधानले शेरबहादुर देउवालाई मत दिए । केन्द्रीय सदस्यहरू कोही सभापति देउवासँग अति निकट छन् भने कोही वरिष्ठ नेता पौडेलसँग । यसर्थ सिटौला नेतृत्वको गुटभित्र पनि उपगुटहरूको प्रभाव छ । त्यहाँ गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीका आ–आफ्नै उपगुट रहेका छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनमा सभापति देउवाको प्रस्तावक बनेका पूर्व महामन्त्री कुलबहादुर गुरुङको नेतृत्वमा पनि कांग्रेसमा गुट सक्रिय छ । गोविन्दराज जोशी (निष्कासित), विनयध्वज चन्द, लक्ष्मण घिमिरेलगायतका नेताहरू गुरुङको गुटमा छन् ।

    कांग्रेसमा रहेका यी गुटहरूको मुख्य भूमिका पार्टीभित्र आफ्नो ‘दुनो सोझ्याउनु’ हो । कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको बुझाइमा कांग्रेसमा विचारको नभई ‘बार्गेनिङ’ को गुट छ । ‘कुनै खास विचार र योजनाका लागि मन मिल्नेहरूबीच सहकार्य भएको भए गुट राम्रो हुन्थ्यो । आफ्नो स्वार्थ पूरा गर्न र बार्गेनिङ गर्नका लागि कांग्रेसका गुटहरू सक्रिय देखिन्छन्’, आङदेम्बेले भने ।

    केन्द्रीय सदस्य प्रदीप पौडेल कांग्रेसका परम्परागत गुटहरू भत्काउनुको विकल्प नरहेको बताउँछन् । ‘जीवन्त पार्टीमा समूहहरू हुने कुरा स्वाभाविक हो तर कांग्रेसमा जुन परम्परागत गुटबन्दी छ यसले पार्टीको हित गरिरहेको छैन । त्यसैले पुराना गुटहरू भत्काउन प्रयास गर्नुपर्छ’, पौडेलले भने ।

    गुटको आलोचना गर्ने नेताहरू स्वयं भने कुनै न कुनै गुटमा लागेकै देखिन्छन् । केन्द्रीय सदस्य आङदेम्बे पार्टीभित्र गुटमा नहुनेले बाँच्नै नसक्ने स्थिति बनाइएकोले यस्तो अवस्था आएको दाबी गर्छन् ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा कांग्रेसमा गुटहरूको प्रभाव स्थापनाकालदेखि नै छ । कांग्रेसका गुटले समग्र पार्टीभन्दा पार्टीभित्रको निश्चित समूहलाई लाभ हुने गरेको छ । ‘गुटका कारण धेरै नेताले अवसर पाएका छन् । गुटप्रतिको प्रतिबद्धता नै कांग्रेसीको योग्यता भइसक्यो’, आचार्यले भने । कांग्रेसमा गुट उपगुटहरूको प्रभाव फैलँदो क्रममा रहेको छ । जसले आसन्न महाधिवेशनलाई बढी प्रभावित पार्ने देखिन्छ ।

    निर्विरोध रहेनन् देउवा

    सभापति शेरबहादुर देउवा इतर समूहबाट जति आलोचित भए पनि आफ्नो गुटभित्र निर्विरोध रहँदै आएका थिए । तर यसपटक भने आफ्नै गुटभित्र देउवा निर्विरोध छैनन् । राजनीतिको लामो यात्रामा देउवाको सारथि रहेका उपसभापति विमलेन्द्र निधि आफैं सभापति लड्ने तयारीमा छन् । सभापतिमा दोहोरिने देउवाको इच्छा हुँदाहुँदै निधिले पनि दाबी गर्नुले देउवालाई समस्यामा पारेको छ । सभापतिको उम्मेदवारीसँगै कार्यकर्ता भेटघाट र छलफललाई तीव्रता दिएका निधिले आफ्नो छुट्टै गुट मात्रै निर्माण गरेका छैनन् त्यसलाई एकताबद्ध राख्न प्रयास पनि गरिरहेका छन् ।

    आफ्नैको पेलानमा पौडेल

    वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका नेता हुन् । तर आफ्नै गुटभित्रका नेताहरू मिलाउन पौडेललाई हम्मे–हम्मे परेको छ । प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा.शेखर कोइराला आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो महाधिवेशनमा सबैले पौडेललाई सघाएका भए पनि यतिबेला पौडेल आफ्नैको पेलानमा परेका छन् । सभापति देउवा आलोचित हुँदा आफूले राजनीतिक लाभ लिउँला भन्ने सोचेका पौडेल आफ्नै गुट सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् ।

    सिटौला कसको सारथि ?

    कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आफूलाई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको राजनीतिक सारथि भन्न रुचाउँछन् । अघिल्लो महाधिवेशनमा कसैको सारथि नबनी आफैं सभापतिको दावेदार बनेका सिटौलाले यसपटक के गर्लान् ? कांग्रेसवृत्तमा चासो बढेको छ । सिटौला गुटभित्र रहेका नेताहरू गगन थापा र प्रदीप पौडेल देउवासँग मिल्न नहुने पक्षमा छन् भने उमाकान्त चौधरी, शिवप्रसाद हुमागाई र भीमसेनदास प्रधान देउवासँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । यस्तो अवस्थामा सिटौलालाई आफ्नो गुट एकढिक्का राख्न चुनौती थपिएको छ ।

    गच्छदार र थापाले के गर्लान् ?

    कांग्रेस उपसभापति विजयकुमार गच्छदारको राजनीतिक सक्रियता पछिल्लो समय घटेको छ । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘डामे’ पछि गच्छदार तनावमा छन् । तर तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा एकता गराएबापत प्राप्त शक्ति गच्छदारसँग छ । केन्द्रीय समितिमा गच्छदारबाहेक उनीनिकट ११ जना सदस्य र ६ जना आमन्त्रित सदस्य रहेका छन् । गच्छदारबाहेक हालै राप्रपाबाट आएका सहमहामन्त्री सुनीलबहादुर थापाको समूह पनि अहिले सभापति देउवा निकट नै छ । आसन्न महाधिवेशनमा कता लाग्ने भन्नेबारे थापा नेतृत्वको समूहले तय गरिसकेको छैन ।

    ‘कांग्रेसमा गुट होइन बार्गेनिङ समूह धेरै भए’
    भीष्मराज आङदेम्बे , संयोजक, केन्द्रीय अनुशासन समिति, नेपाली कांग्रेस

    नेपाली कांग्रेस त गुटहरूको महासंघ भइसक्यो भन्छन् नि ?

    जीवन्त पार्टीभित्र गुटहरू हुन्छन् त्यसमा आश्चर्य मान्नुपर्दैन । गुट भएपछि उपगुटहरू हुन्छन् त्यो पनि नौलो भएन । तर गुटहरू संस्थागत रूपमै मौलाउन थालेकाले यसले पार्टीलाई सिध्याउँदैछ । कांग्रेसको आकार खुम्चनुको पहिलो कारण नै गुट–उपगुट हो । निश्चित कामका लागि विचार मिल्नेहरूबीच गुट बनेको भए धेरै राम्रो हुन्थ्यो । तर कांग्रेसमा नेताको बुइँ चढेर अवसर हत्याउनकै लागि गुट बनाउने र गुटमा लाग्ने काम भयो । यसले गर्दा कांग्रेसभित्र विचार र संगठनभन्दा गुट निर्णायक हुन थाल्यो । त्यसले कांग्रेस गुटहरूको महासंघ बन्यो भन्नुभन्दा पनि गुटका कारण कांग्रेस अधोगतितर्फ लाग्यो भन्ने लाग्छ ।

    महाधिवेशन नजिकिंदै जाँदा त गुट बन्ने, भत्कने, फेरबदल हुने भइरहेको छ नि, यसले पार्टीलाई कत्तिको असर गर्ला ?

    गुट भनेको जहिले पनि स्वार्थहरूको समूह हो । यो कहिल्यै पनि दीर्घजीवी हुँदैन । विचारका लागि बनेका एकथरी गुट हुन्छन् । कांग्रेसमा त्यस्ता गुटहरू बनेका छैनन् । आफ्नो अस्तित्व जोगाउन र आफ्ना मान्छेलाई अवसर दिन कांग्रेसका गुटहरू बनेका हुन् । महाधिवेशन आइरहेकोले अवसरको खोजीमा नेता कार्यकर्ताहरूले उपयुक्त गुट छान्न यताउता हुने कुरा स्वाभाविक छ । महाधिवेशनबाट नेतृत्वमा आउन चाहने नेताहरूले गुट चलाउने प्रयास गर्नुभएको छ । महाधिवेशनमा कम्तीमा दोस्रो पुस्ताले गुटभन्दा माथि उठेर भूमिका खेल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरूले चाहेमा गुट रोकिन सक्छ । गुटले मात्रै पार्टीलाई फाइदा गर्दैन, प्रतिस्पर्धाका लागि समूह बन्ने कुराले पार्टीलाई हानि गर्दैन । मुख्य कुरा लोकतान्त्रिक संस्कार र हार्दिक प्रतिस्पर्धा हुनुपर्छ । बार्गेनिङका लागि मात्रै गुट चलाउनेहरूलाई महाधिवेशनले पाठ सिकाउनुपर्छ ।

    गुटले अनुशासनमा चैं कत्तिको असर पारेको छ त ?

    कांग्रेसका तल्लो तहका कार्यकर्तामा गुटभन्दा पार्टी बलियो भए हुन्थ्यो भन्ने छ । तर कांग्रेसमा जति ठूला नेता छन् उत्ति धेरै गुटलाई प्राथमिकता दिएका छन् । नेताले नै गुटबन्दीलाई वडासम्म लैजान चाहेका छन् । अनुशासन समितिमा रहेर काम गरेको अनुभवमा गुटकै कारण अनुशासनको घेरा तोड्ने काम भएको छ । एउटा गुटकोले टिकट पाए अर्को गुटले नसघाउने प्रवृत्ति छ । गुटको असर नेतालाई भन्दा कार्यकर्तालाई नै बढी परेको छ । जुन दिन आम कार्यकर्ताले यो यथार्थ बुझ्छन् त्यही दिन गुटको झण्डा बोक्नेलाई कार्यकर्ताले लखेट्नेछन् ।