Category: नागरिक उन्मुक्ति पार्टी

  • उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्तिको दाबी, उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै

    उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्तिको दाबी, उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै

    काठमाडौं । ९ दलीय गठबन्धनमा उपराष्ट्रपतिको विषयले विवाद बल्झिने संकेत देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीको दाबीले गठबन्धनमा विवाद बढ्ने देखिएको हो ।

    उपराष्ट्रपतिको बारेमा छलफल गर्न आज गठबन्धनको बैठक बस्ने तयारी भएको छ । पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धन कार्यदलको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने तयारी भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

    शीर्ष नेताहरूबीचको बैठक पनि बस्ने तयारी भएपनि समय टुंगो नलागेको उनले बताए ।

    जसपाले बिहीबार उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् । तर, नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आजै बिहानमात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए ।

  • उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको पनि दाबी, रञ्जितालाई उम्मेदवार बनाउने निर्णय

    उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको पनि दाबी, रञ्जितालाई उम्मेदवार बनाउने निर्णय

    काठमाडौं । जसपाले ९ दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने भनिएकै बेला नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको छ । सो पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता चौधरीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज बसेको दलको बैठकले रञ्जितालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । आजै बिहानमात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए ।

    जसपाले भने उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् ।

  • नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

    नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासकाे मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

    यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

    मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

    ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

    शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

  • लुम्बिनी प्रदेशसभा बैठक स्थगित, लोसपा र नागरिक उन्मुक्तिले लिएन समर्थन फिर्ता

    लुम्बिनी प्रदेशसभा बैठक स्थगित, लोसपा र नागरिक उन्मुक्तिले लिएन समर्थन फिर्ता

    रुपन्देही । करिब १ महिनापछि बुधबारका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको छैटौं बैठक एकछिन बसेर पुनः स्थगित भएको छ ।

    दिउँसो १ बजे बसेको बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश सरकार विस्तारको प्रदेश प्रमुख कार्यालयको पत्रबारे जानकारी, महान्यायाधिवक्ताको प्रतिवेदन प्रस्तुत, स्वास्थ्य ऐन संशोधन तथा केही सांसदहरुलाई विशेष समयमा बोल्न दिएर पुनः अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

    अहिलेको लुम्बिनी प्रदेश सरकार तीनपटक विस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते एक जना नयाँ मन्त्री नियुक्त भएका थिए । अहिले दश मन्त्रालय र ११ मन्त्री छन् । एकजना मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको विषय सभामुख घर्तीले सभालाई जानकारी गराएका थिए ।

    बैठकमा मुख्यमन्त्री लीला गिरीको तर्फबाट स्वास्थ्यमन्त्री विष्णु पन्थीले मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । स्वास्थ्यमन्त्री पन्थीले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी अध्यादेशसमेत सभामा पेश गरेका छन् ।

    बुधबारको बैठकमा १३ जना सांसदले विशेष समय लिएर सम्बोधन गरेका थिए । धेरै सांसदहरुले आफ्नो अनुभवसँगै संसदमा सरकारको प्रभावकारी काम र जनजीवनका सवाल उठाएका छन् ।

    सदनपछि ८ दलको रणनीतिक बैठक

    केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा देखिएको छ। बुधबारको सदन सकिएपछि प्रदेश सरकार परिवर्तन र राष्ट्रपति निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय गठबन्धनमा रहेका आठ राजनीतिक दलको संयुक्त बैठक बसेको छ ।

    नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आठ दलबीचमा नयाँ रणनीति बनाउन बैठक बसेको जानकारी दिए ।

    ‘केन्द्रीय समीकरण फेरिएसँगै त्यसको आधारमा सरकार गठन गर्न हामीले पहल लिएका छौं, हामीले नेतृत्व लिने गरी योजना बनाउँदैछौं’, उनले भने, ‘नयाँ समीकरण बनेसँगै हामीसँग सुविधाजनक बहुमत छ । बहुमत सिद्ध गरेर सरकार परिवर्तन गर्छौं, त्यही रणनीतिमा बसेका हौं ।’

    कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बसेको हो । नेकपा एमाले नेतृत्व सरकारमा बसेका मन्त्रीसमेत आठ दलीय बैठकमा सहभागी भएका छन् ।

    नेकपा माओवादी संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, जनमत पार्टी संसदीय दलका नेता तथा सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता सो बैठकमा सहभागी भएका थिए ।

    लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेले वर्तमान सरकार अफल भएको दाबी गर्दै नयाँ सरकार बन्ने जिकिर गरे ।

    अबको दुई महिनाभित्र प्रदेशमा नयाँ सरकार बन्ने उनको भनाइ छ । ‘वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं । त्यसको एक महिनाभित्र मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्छ । विश्वासको मत पुग्नेवाला छैन’, उनले भने, ‘त्यसपछि नयाँ सरकार आउँछ ।’

    तर, बुधबार लोसपा र नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिने तयारी गरे पनि नयाँ गठबन्धनको योजनाअनुसार सभामा पेश गरेनन् । बुधबारको बैठकमा राष्ट्रपति निर्वाचनलाई लक्ष्य गरेर १९ गते आयोजना गर्न थालिएको प्रदेश सांसदको संयुक्त प्रशिक्षणबारे छलफल गरिएको सहभागी नेताहरुको भनाइ छ ।

    लोसपा संसदीय दलका नेता पाण्डे र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी आफैंले दिएका थिए । तर, बुधबारको सदनमा उनीहरुले घोषणा गरेअनुसार समर्थन फिर्ता लिएनन् ।

    समर्थन गरे पनि सरकारमा सहभागी नभएका दुइटै दलका जिम्मेवार नेताहरुले ८ दलको बैठकबाट तत्काल समर्थन फिर्ता लिए पनि एमाले नेतृत्वको सरकार अल्पमतमा नपर्ने भएकाले ब्याक भएको बुझिएको छ ।

  • सांसद अरुण चौधरीको निलम्बन फकुवा

    सांसद अरुण चौधरीको निलम्बन फकुवा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

    टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी फैसला कार्यान्वयनका लागि जेल परेकोमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर रिहा भइसकेका छन् ।

  • नागरिक उन्मुक्तिको गुनासो- रेशम चौधरीलाई माघी उपहार दिने आश्वासन थियो होली आइसक्यो

    नागरिक उन्मुक्तिको गुनासो- रेशम चौधरीलाई माघी उपहार दिने आश्वासन थियो होली आइसक्यो

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारले रेशम चौधरीलाई रिहा नगरेकोप्रति असन्तुष्टि जनाएको छ ।

    वुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गंगाराम चौधरी भने, ‘नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रधानमन्त्रीले माघी उपहार दिन्छौं भन्नुभएको थियो । तर, माघी बितेर होली आइसक्यो। अझैं हामीले सोचेको र आशा गरेको पाएनौं ।’

    उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक सार्वजनिक नगराएकोप्रति पनि सरकारको ध्यानकर्षण गराए ।

  • अरुण चौधरी भोलि रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी

    अरुण चौधरी भोलि रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी

    कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण चौधरी भोलि रिहा हुँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् ।

    सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुण चौधरीको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले जानकारी दिए । चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन पनि पेस गरेका थिए ।

    २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

    चौधरीले सुनुवाइको मौका समेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुबै रिटमा अन्तरिम आदेश भएन ।

    त्यसपछि प्रजातन्त्र दिवसको अवसरमा उनलाई छुटाउने तयारी गरिएको हो ।२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको र कैद भुक्तान नगरेको भन्दै पक्राउ परेका वीरबहादुर चौधरीलाई सजाय मिनाको तयारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि केहीलाई माफी दिने फायल पेस भएको बताए ।