Category: नागरिक उन्मुक्ति पार्टी

  • आफ्नै पार्टीका दुई सांसदको मुख्यमन्त्रीमा दाबीपछि रञ्जिता प्रदेश प्रमुख कार्यालयमा

    आफ्नै पार्टीका दुई सांसदको मुख्यमन्त्रीमा दाबीपछि रञ्जिता प्रदेश प्रमुख कार्यालयमा

    काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नै पार्टीका दुई सांसदको दाबी परेपछि पार्टी अध्यक्ष रञ्जिता चौधरी प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।

    उनी केही समयअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेकी हुन् ।

    नागरिक उन्मिुक्तिका लक्ष्मण चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

    प्रदेश प्रमुखले दुवैको दाबी परेपछि परामर्श गरेर निर्णय लिने निमित्त सचिव शैलेश ढुंगानाले बताए ।

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाशको पनि दाबी, एमाले र माओवादीको समर्थन

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाशको पनि दाबी, एमाले र माओवादीको समर्थन

    काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी गरेका गरेका छन् ।

    उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

    यसअघि नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए ।

    उनलाई नेपाली कांग्रेस, नेकपा एस लगायत दलहरूको समर्थन रहेको छ ।

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी पेश, कांग्रेससहित क-कसले गरे हस्ताक्षर ?

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी पेश, कांग्रेससहित क-कसले गरे हस्ताक्षर ?

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् ।

    नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

  • नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, बालुवाटारमा भयो औपचारिक सहमति

    नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, बालुवाटारमा भयो औपचारिक सहमति

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।

    आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

    बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।

    सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो ।

    नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने छ ।

  • नाउपा सुदूरपश्चिम संसदीय दलका नेतालाई रञ्जिताले गरिन् निलम्बन

    नाउपा सुदूरपश्चिम संसदीय दलका नेतालाई रञ्जिताले गरिन् निलम्बन

    कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

    पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

    यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेशम चौधरी पक्षका हुन् ।

    पटकपटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

    श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् ।

    नाउपाले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा करिब टुङ्गो लागे पनि त्यसको नेतृत्वको विषयमा भने थप विवाद उत्पन्न हुने देखिएको छ ।

  • रेशम चौधरीको उपस्थितमा धनगढीमा नाउपा सांसदहरूको छलफल, सरकारबारे निर्णय हुने

    रेशम चौधरीको उपस्थितमा धनगढीमा नाउपा सांसदहरूको छलफल, सरकारबारे निर्णय हुने

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ ।

    नाउपा एक मन्त्रीको सरकारी निवासमा रेशम चौधरीसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन् । छलफलमा लुम्बिनी प्रदेशका संसदीय दलका नेता धर्म चौधरी पनि उपस्थित छन् ।

    सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नाउपामा विवाद रहेको थियो । रेशम चौधरी काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रन्जिता श्रेष्ठ नयाँ सत्ता गठबन्धनसँग रहने गरी छलफल सुरु गरेकी छन् ।

    यसैबीच प्रदेशमा नाउपाकी एक सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको थियो । आज यी सबै विषयमा कुरा गर्दै साझा धारणा बनाउने गरी छलफल अगाडी बढिरहेको नाउपा नेताहरूले दाबी गरेका छन् ।

    छलफलमा सुदूरपश्चिममा पदमुक्त भएकी सांसद इन्दिरा गिरी पनि सहभागी छन् । त्यस बाहेक टिका थापा उपस्थित छैनन् भने अन्य सबै सांसदहरू एक छलफलमा देखिएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते सम्मको समय दिएर सूचना जारी गरेका छन् । नाउपाको विवादका कारण अहिले सम्म सरकार गठन प्रक्रिया अगाडि बढ्न सकेको थिए । आज ठोस सहमति भए सरकार गठन प्रक्रिया अगाडी बढ्ने देखिन्छ ।

    पार्टी भित्र आन्तरिक किचलो पछि सुदूरपश्चिमका सबै सांसदहरू एकै ठाउँमा बसेर छलफल गरेको यो पहिलो पटक हो ।

    नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, नाउपा र नेकपा एकीकृत समाजवादी मिल्दा सरकार गठन हुने देखिन्छ । यहाँ एमालेका सभामुखसहित ११, एमालेका १० नाउपाका कारबाही बाहेक ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र एक सांसद पनि नयाँ सत्ता गठबन्धनमै रहने देखिन्छ । यहाँ २७ जना सांसदबाट बहुमतको सरकार गठन हुन्छ ।

  • नाउपा सुदूरपश्चिम दलको नेता हेरफेर- घनश्याम फ्याँकिए, कैलाश ल्याइए

    नाउपा सुदूरपश्चिम दलको नेता हेरफेर- घनश्याम फ्याँकिए, कैलाश ल्याइए

    कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता हेरफेर गरेको छ । यसअघि संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई हटाउँदै अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई जिम्मेवारी दिएकी छन् ।

    आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै नाउपा अध्यक्ष रञ्जिताले कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेको जानकारी गराएकी हुन् । चौधरीले चैत २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गरेकी छन् ।

    घनश्याम चौधरीले पार्टीको निर्देशनको पालना नगरेकाले उनको ठाउँमा कैलाश चौधरीलाई राखिएको रञ्जिताले बताएकी छन् ।

    कांग्रेस नेतृत्वको सरकारमा घनश्याम आर्थिक मामिला मन्त्री थिए भने कैलाशलाई मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीबाट हटाएका थिए । रञ्जिताले संसदीय दलको विधान पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षमा रहेको सार्वजनिक वक्तव्यद्वारा जानकारी गराएकी थिइन् ।

    सभामुखलाई पत्राचार गरिएको पत्रमा पनि दलको विधान तयार नभएको हुँदा दलको केन्द्रीय समितिको बैठकले कैलाश चौधरीलाई दलको नेता चयन गरिएको जनाइएको छ ।

    आजै नाउपा समानुपातिक सांसद इन्दिरा गिरी पनि पदमुक्त भएकी छन् । अध्यक्ष श्रेष्ठले २१ गते गिरीलाई सांसदबाट फिर्ता बोलाएको पत्र प्रदेशसभामा पठाएकी थिइन् ।

  • पार्टी दुई चिरा हुँदा कोपभाजनमा परिन् इन्दिरा- संसदीय दलमा हावी हुन यस्ताे छ रञ्जिताकाे रणनीति

    पार्टी दुई चिरा हुँदा कोपभाजनमा परिन् इन्दिरा- संसदीय दलमा हावी हुन यस्ताे छ रञ्जिताकाे रणनीति

    कैलाली । अल्पमतमा परिसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २६ गते नागरिक उन्मुक्ति पार्टीका तीन सांसदलाई मन्त्री बनाए । तीमध्ये एक थिइन्- इन्दिरा गिरी । गिरीलाई मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यो बेलासम्म नाउपाकै कैलाश चौधरी उक्त जिम्मेवारीमा थिए ।

    आफ्नै पार्टीकालाई विस्थापित गरेर राज्यमन्त्री भएकी गिरीले ठीक एक महिनामै सांसद पद गुमाउनु परेको छ । नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता रेशम चौधरीबीच शक्ति संघर्ष सुरू भएपछि इन्दिरा रेशमको पक्षमा उभिएकी थिइन् । रञ्जिता पक्षका कैलाश चौधरीलाई बर्खास्त गरेर मुख्यमन्त्री शाहले गिरीलाई मन्त्री नियुक्त गरेका थिए ।

    गिरीमाथि केन्द्रीय अध्यक्षले पटक-पटक स्पष्टीकरण माग्दा नदिएको, पार्टी केन्द्रको निर्देशन उल्लंघन गरेको, सम्पर्कमा नरहेकोलगायतका आरोप छन् । समानुपातिक मार्फत सांसद भएकी उनलाई कारबाहीको लागि अध्यक्ष श्रेष्ठले चैत २१ गते नै प्रदेशसभा सचिवालयमा पत्र पठाएकी थिइन् ।

    ‘नागरिक उन्मुक्ति पार्टीबाट मनोनीत प्रदेशसभा समानुपातिक सांसद माननीय इन्दिरा गिरीज्यूलाई पार्टीको केन्द्रीय कमिटीको निर्णय बमोजिम प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय भएको हुँदा उहाँलाई आजैको मितिबाट लागू हुने गरि फिर्ता पठाउन अनुरोध गरिन्छ’, अध्यक्ष रन्जिता श्रेष्ठले २१ गते सभामुख भीम भण्डारीलाई लेखेको पत्रमा उल्लेख छ ।

    त्यसै पत्रलाई आधार मानेर सभामुखले सूचना टाँस गराएर सोमबार इन्दिरालाई पदमुक्त गरेका हुन् ।

    सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवालयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । सातमध्ये पाँचजना कांग्रेस नेतृत्वको सरकारमा मन्त्री थिए । दुई सांसद एमाले-माओवादीसहितको सत्ता गठबन्धनको पक्षमा उभिनुपर्ने भन्दै रञ्जिताको पक्षमा छन् । ५ जना भने कांग्रेसलाई साथ दिनुपर्ने भन्दै रेशमको कित्तामा छन् ।

    अहिले नाउपाकी सांसद गिरीको पदमुक्त सँगै यहाँको राजनीति थप रोचक बनेको छ । प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गतेसम्म बहुमतकै सरकार गठनका लागि आव्हान गरिसकेका छन् । सत्ता गठबन्धनका दलहरू मुख्यमन्त्री दाबी गरिरहेका छन् भने कांग्रेस नाउपाभित्रै किचलो निम्त्याएर फेरि आफ्नै नेतृत्वको सरकार बनाउने रणनीतिमा लागेको छ ।

    अब गिरीको स्थानमा नियुक्त हुने नाउपाका अर्का सांसदको अंकगणितले नाउपाभित्रको मात्र होइन सरकार निर्माणको समीकरणमा पनि फरक पार्ने देखिन्छ । अब तत्कालै एक सांसद नियुक्त गर्ने जनाइएको छ । रेशम पक्षका गिरी पदमुक्त हुँदा रन्जिता पक्षका सांसदको इन्ट्री हुने भएकाे हाे ।

    यस्तो अवस्थामा नाउपाका रञ्जिता पक्षका तीन सांसद र रेशम पक्षका चार सांसद रहन्छन् । पार्टी केन्द्रीय नेतृत्वको जोडबलबाट थप एक सांसद तानेर चार पुर्याउने र संसदीय दलको नेता परिवर्तन गर्ने रणनीति रहेको स्रोतको दाबी छ ।संसदीय दलको नेता परिवर्तन गर्दा सांसदलाई ह्विप लगाउन सकिने अवस्था हुन्छ ।  हुँदा सबै सांसदलाई एकै ठाउँमा उभ्याउने प्रयास भइरहेको बताइन्छ । सुदूरपश्चिममा नयाँ सत्ता गठबन्धनमा एमालेका १०, माओवादीका सभामुखबाहेकका १०, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

  • सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

    सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

    कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

    नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

  • टीकापुरमा विकास माग्दै रञ्जितासहितका जनप्रतिनिधि बालुवाटारमा

    टीकापुरमा विकास माग्दै रञ्जितासहितका जनप्रतिनिधि बालुवाटारमा

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र बुझाइएको छ ।

    नाउपा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरालगायतले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्न माग गरिएको छ । टीकापुर-५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालन पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया पक्की पुल निर्माणको पनि माग राखिएको छ ।

    टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी चक्रपथ निर्माण, प्लान्ट क्वारेनटाइन र खाद्य गुणस्तर कार्यालयको पुन:स्थापना र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

    ‘टीकापुरमा समृद्धिका धेरै सम्भावना छन्’, रञ्जिताले भनिन्, ‘हामीले ती सम्भावनाहरूलाई टेकेर टीकापुरको विकास गर्न चाहन्छौं ।’

    प्रधानमन्त्री प्रचण्डले टीकापुरको विकासका लागि आएको ज्ञापनपत्र अनुसार काम अगाडि बढाउन निर्देशन दिएका थिए ।

  • सुदूरपश्चिम नाउपा: नपाउँदा मुख्यमन्त्रीको माग तगडा, पाउँदा पार्टीभित्रै झगडा

    सुदूरपश्चिम नाउपा: नपाउँदा मुख्यमन्त्रीको माग तगडा, पाउँदा पार्टीभित्रै झगडा

    कैलाली । सुदूरपश्चिम प्रदेशमा अहिले नयाँ सत्ता गठबन्धनभित्र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने सहमति भइसकेको छ । तर, नाउपाको आन्तरिक द्वन्द्वले शीर्ष नेताहरूले त्यसलाई सार्वजनिक गरेका छैनन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी भित्रै सरकारको विषयमा दुई धार प्रस्ट भइसकेको छ ।

    अध्यक्ष रन्जिता श्रेष्ठले विगतमा थारुलाई मुख्यमन्त्री बनाउने भन्दै जनतालाई आश्वासन दिएकाले अहिले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशमा थारु मुख्यमन्त्री हुनुपर्ने भन्दै शीर्ष नेताहरूसँग लबिङ गरिरहेकी छन् । रेशम चौधरी भने नयाँ सत्ता गठबन्धनको पक्षमा छैनन् ।

    माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नाउपालाई मुख्यमन्त्री दिन तयार भइसकेका छन् । तर, पार्टीभित्रका सबै सांसदहरू एक ठाउँमा उभिनुपर्ने उनीहरूको सर्त छ ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमल शाह नेतृत्वको सरकार जोगाउन नाउपाका नेता रेशम चौधरीले अन्तिम समयसम्म जोडबल गरेका थिए । विश्वासको मत लिने दिनसम्म पनि चौधरी धनगढीमै बसेर आफ्ना दुई सांसद पनि विश्वासको मत दिन आउने मुख्यमन्त्री शाह र भौतिकमन्त्री प्रकाश देउवालाई रिपोर्टिङ गरिरहेका थिए ।

    तर, उता नाउपाका दुई सांसदसहित स्वतन्त्र एक सांसद पनि नाउपा अध्यक्ष रन्जिता श्रेष्ठसँग रहेको तस्बिर सार्वजनिक भएपछि कमल शाहले राजीनामा दिन बाध्य भएका थिए । अहिले पनि नाउपाभित्रको विवाद सुल्झिएको छैन । रेशम पक्षले काठमाडौँमा दुई दिन बैठक आह्वान गरेको थियो । तर, त्यसमा पनि ठोस कुनै निर्णय भएन ।

    टिकापुर महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष बाहेकका सदस्यहरूलाई अद्यावधिक गराउन दुई दिनको बैठकले जोड दियो । सुदूरपश्चिम प्रदेशमा सबै सांसद एक ठाउँमा उभिँदा मुख्यमन्त्री पाउने विषयमा रेशम चौधरी पनि जानकार थिए । तर, दुई दिनको बैठकले मुख्यमन्त्रीसहित सरकार बनाउने विषयमा कुनै निर्णय नगरेको बैठकमा सहभागी एक नेताले बताए ।

    ‘पार्टीलाई बलियो बनाउन मिलेर जानुपर्नेमा नेता कार्यकर्ताहरूले जोड दिएका थिए’ ती नेताले भने, ‘एक पटकलाई दुवै पक्षबीच वार्ता र संवाद अगाडि बढाउने कुरा भएको छ ।’ अध्यक्षसँग सहजीकरण गर्ने जिम्मा बैठकले रेशम चौधरीलाई दिएको ती नेताले जानकारी दिए ।

    यता रन्जिता पक्षका नेताहरू तत्कार सबै सांसद एक ठाउँमा उभिँदा आफूहरूले मुख्यमन्त्री पाउने र जनतालाई दिएको आश्वासन पूरा गर्ने मौका मिल्ने अवसर आएको बताइरहेका छन् । त्यसका लागि रेशम पक्षका सांसदहरू अझै कन्भिन्स नभएको उनीहरूको भनाइ छ ।

    ‘हामीले निर्वाचनमा राजबन्दी रिहा गर्छौ र सुदूरपश्चिममा थारु मुख्यमन्त्री बनाउँछौँ भनेका थियौँ पछिसम्म हामी त्यही मुद्दा लिएर अगाडी बढ्यौँ ’ ती नेताले भने ‘अहिले हातमा आइसकेको मुख्यमन्त्री पद हाम्रो झगडाले फुत्किन दिनु हुँदैन । ’

    उनले सबै सांसदहरू एक ठाउँमा आउँदा सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय, लुम्बिनीमा पनि थप एक मन्त्रालय मधेस प्रदेशमा पनि एक राज्यमन्त्री केन्द्रमा एक मन्त्री पाउने सम्भावना रहेको र त्यही अनुसार शीर्ष नेताहरूसँग संवाद भइरहेको जनाए ।

    अध्यक्ष रन्जिता श्रेष्ठले अहिले बिहान ८ बजे सांसदहरूलाई काठमाडौँमै बैठक बोलाएकी छन् । उक्त बैठकमा पार्टी बलियो बनाएर लैजाने विषयमा साझा धारणा तयार गर्ने तयारी भइरहेको छ ।

    उनले आफूहरूले सुरुबाटै थारुलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएको र अहिले त्यो अवसर आएको हुँदा त्यसमा एकजुट हुन पनि सबै सांसदहरूलाई आग्रह गर्ने जनाइएको छ । तर, मुख्यमन्त्री पाउँदा मन्त्रालय कम पाइने भएको हुँदा केही मन्त्रीहरू बढी मन्त्रालयमै जोड गर्नुपर्नेमा देखिएको नाउपा स्रोतको दाबी छ ।

    कांग्रेस नेतृत्वको सरकारमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ जना मन्त्री थिए । अहिले मुख्यमन्त्री पाउँदा मन्त्रीहरूको सङ्ख्या कम हुनेछ । पार्टीले मुख्यमन्त्री पाउँदा व्यक्तिले मन्त्री पद त्याग गर्नुपर्ने हुँदा मुख्यमन्त्री पाउने सन्दर्भमा पनि एकजुट हुन नसकिरहेको बताइन्छ ।
    अध्यक्ष रन्जिता श्रेष्ठले पनि पार्टी भित्रैबाट मुख्यमन्त्री पाउने सम्भावना माथि राजनीति हुँदै गरेको बताएकी छन् । सामाजिक सञ्जालमा उनले थारु मुख्यमन्त्री पाउने सम्भावना विरुद्ध केही थारु नेताहरू नै लागिरहेको आरोप लगाइन् ।

    ‘हामीले प्रतिकुल परिस्थितिमा धेरै काम गर्न नसके पनि अल्पसङ्ख्यक थारु जातीको सु।प।प्रदेशमा एक मुख्यमन्त्री भए राजनीतिक रूपमा हिजो जुन वाचा हामीले गरेका थियौँ त्यो पूरा हुन्थ्यो भन्ने थियो र छ ’ उनले लेखेकी छन्, ‘हामीले हिजो कुनै अमुक दलले थारुले पाउने कार्यकारी पदमा अवसर दिएनन् भन्दै गुनासो समेत प्रचारका क्रममा गरेका थियौँ तर कस्तो विडम्बना आज पाउन आँटेकै पदविरुद्ध स्वयं केही थारु मानिस नै लाग्दै छन् । ’

    उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री भएर इतिहास बन्दै गर्दा थारु भित्रकै मानिसहरूलाई किन जलन भएको होला, किन राजनीति यति निर्मम भएको होला भन्दै प्रश्न गरेकी छन् ।

    नउपाभित्र चरम विवाद हुँदा सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना पनि बढिरहेको शीर्ष नेताहरूसँगको संवादबारे जानकार नाउपाको एक उच्च स्रोतले बतायो ।

    ‘हामीले मुख्यमन्त्री पाउने करिब निश्चित छ ।तर, हाम्रो सबै संसदहरु एक ठाउँमा उभिन सक्नु भएको छैन ।हामी भित्रै झगडा भए मुख्यमन्त्री नेकपा एसले पाउँछ’ स्रोतले भन्यो ‘हिजो मुख्यमन्त्री नपाउँदा एउटा थारु मुख्यमन्त्री हुनुपर्छ भन्दै हिँड्यौँ ।अहिले पाउने अवस्थामा केही सांसदहरू निजी स्वार्थमा लाग्नु भएको छ । यो राम्रो होइन । ’

     

  • नाउपा रेशम पक्षले सरकारबारे आज निर्णय गर्ने, पार्टी बलियो बनाउनेमा बहस

    नाउपा रेशम पक्षले सरकारबारे आज निर्णय गर्ने, पार्टी बलियो बनाउनेमा बहस

    कैलाली। रेशम चौधरी पक्षीय नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरूको भेला काठमाडौँमा बसिरहेको छ । हिजो र आज बस्ने भेलाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने बताइएको छ ।

    प्रदेश सरकारमा सहभागी हुनुपर्ने मत बलियो रूपमा आएको नाउपाका एक नेताले बताए । तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने र कसरी जाने भन्ने विषयमा कुनै निर्णय नभएको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

    ‘सरकारमा सहभागी हुने भन्ने कुरा भएको छ तर, कुन गठबन्धनमा कसरी जाने भन्ने निर्णय गरिएको छैन ’ उनले भने ‘आज यस विषयमा टुङ्गो लाग्छ । ’

    आज ११ बजेदेखि रेशम पक्षका नेताहरू पुन: बैठकमा बस्दै छन् । त्यसले सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा टुङ्गो लगाउने चौधरीले बताए ।

    यसअघि कांग्रेस नेतृत्वको सरकारमा नाउपा रेशम पक्षका पाँच जना नेता मन्त्री थिए । कुल ७ मध्ये पाँच जनालाई मन्त्री बनाउँदा पनि बहुमत पुर्‍याउन नसकेपछि कांग्रेसका कमल बहादुर शाहले राजीनामा दिएका थिए ।

    अहिले प्रदेश प्रमुखले १० दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । नाउपामा रेशम पक्षका नेताहरूबीच सरकारमा जाने विषयमा एक मत भए पनि कुनसँग जाने टुङ्गो लागेको छैन। यता अध्यक्ष रन्जिता श्रेष्ठ पक्षले नयाँ सत्ता गठबन्धन अनुसार नै सरकारमा सहभागी हुने जनाएका छन् ।

    त्यस्तै प्रथम महाधिवेशनमार्फत निर्वाचित कमिटी अद्यावधिक गर्ने गरी निर्वाचन आयोगमा पुन: रेशम पक्षीय नेताहरूले दबाब दिने भएका छन् । तत्काल निर्वाचन आयोगमा पत्र पठाउने सहमति भएको एक नेताले बताए ।

    गुटबन्दी अन्त्य गरे पार्टी बलियो बनाउने गरी अघि बढ्न कार्यकर्ताहरूले नेताहरूलाई सुझाव दिएका थिए ।

  • नाउपाका २ र स्वतन्त्र सांसदले विश्वासको मत नदिने, काठमाडौंमा रञ्जिताले गरिन् छलफल

    नाउपाका २ र स्वतन्त्र सांसदले विश्वासको मत नदिने, काठमाडौंमा रञ्जिताले गरिन् छलफल

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले विश्वासको मत नदिने भएका छन् । काठमाडौंमा भएको छलफलमा नाउपाका २ र स्वतन्त्र एक सांसदले विश्वासको मत नदिने भएका हुन् ।

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नाउपाका कैलाश चौधरी र स्वतन्त्र सांसद तारा जोशीबीच छलफलले विश्वास मत नदिने निर्णय गरेको छलफलमा सहभागी एक नेताले बताए । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । नाउपाकै टीका थापा पनि विश्वासको मतको विपक्षमा उभिने भएको स्रोतको भनाइ छ ।

    नाउपकै दुई सांसद नआउने भएपछि स्वतन्त्र सांसदले पनि उपस्थित नहुने अडान लिएका हुन् । कांग्रेसका मुख्यमन्त्री शाहले नाउपा, स्वतन्त्र, राप्रपा र आफ्नो पार्टीका सबैको मत पाउँदा ठिक्क बहुमत २७ पुग्छ । तर, नाउपाका २ र स्वतन्त्र १ सांसद उपस्थित नहुने भएपछि शाहको सत्ता धरमरमा परेको छ । विश्वासको मत नपाउने देखेपछि कांग्रेसका सांसदले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिइसकेका छन् ।

    आज ३ बजे विश्वासको मतका लागि बैठक आह्वान गरिएको छ ।

  • सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन रञ्जिताको ह्वीप

    सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन रञ्जिताको ह्वीप

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सुदूरपश्चिम प्रदेशसभा सांसदहरूलाई कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्देशन दिएकी छन्।

    उनले नाउपा संसदीय दलको कार्यालय, सुदूरपश्चिम प्रदेश कमिटीलाई पत्र लेख्दै विश्वासको मत नदिने ह्वीप जारी गरेकी हुन्।

    पत्रमा भनेकी छन्- उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मुख्यमन्त्री कमलबहादुर शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको ब्यहोरा अनुरोध गर्दछु ।

  • सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्न प्रदेशसभामा रञ्जिताले पठाइन् पत्र

    सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्न प्रदेशसभामा रञ्जिताले पठाइन् पत्र

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम समानुपातिक सांसदलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा पठाएको छ ।

    नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी हुन् ।

    स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको लगाएकोले उनलाई कारबाही गरिएको नाउपा अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् ।

    काठमाडौंबाट पत्र लिएर नाउपाका नेता धनगढी प्रस्थान गरिसकेको र आजै सभामुखलाई बुझाउने तयारी रहेको नाउपा स्रोतले जनायो ।

  • बर्दियामा नाउपाका पाँच मन्त्रीलाई रेशमको निर्देशन: कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनु

    बर्दियामा नाउपाका पाँच मन्त्रीलाई रेशमको निर्देशन: कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनु

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

    हिजो आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् । भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् ।

    मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टी भित्रै तीव्र विवाद जारी छ । अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार सरकार बनाउनु पर्ने जोडमा छिन् भने रेशम चौधरी कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनुपर्नेमा छन् ।

    यस क्रममा उनले संसदीय दलका नेता सहितका पाँच मन्त्रीलाई तत्काललाई कमल बहादुर शाहको सरकारलाई जोगाउनु पर्ने बताएका हुन् ।

    नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए । हिजो राति चौधरीले उनीहरूलाई कांग्रेस नेतृत्वकै सरकारमा रहन र विश्वासको मत दिन भनेका हुन् ।

    ‘यही सरकार जोगाउने गरी अघि बढ्न हामीलाई भनिएको छ । उहाँ (रेशम)ले विश्वासको मत दिनु र सरकार जोगाउनु भन्नु भएको छ’ बैठकमा सहभागी एक मन्त्रीले बताए ।

    रेशमको निर्देशन पछि नागरिक उन्मुक्ति पार्टीले अहिले ११ बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । ११ बजेको बैठकले विश्वासको मतका विषयमा छलफल गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

    ‘हामीले बैठक बोलाएका छौँ । विश्वासको मतका विषयमा बैठकमा छलफल गरेर निर्णय गर्छौ’ उनले भने ।

  • नाउपाबाट निकालिएका गण्डकी अध्यक्ष भन्छन्- हाम्रो नेता रेशम हुन्, रञ्जिताले गरेको कारबाहीको तुक छैन

    नाउपाबाट निकालिएका गण्डकी अध्यक्ष भन्छन्- हाम्रो नेता रेशम हुन्, रञ्जिताले गरेको कारबाहीको तुक छैन

    पोखरा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले दुई प्रदेश अध्यक्षलाई कारबाही गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् ।

    पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ ।

    अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेसम चौधरीबिच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेसम काँग्रेससँगै रहन चाहन्छन् ।

    कारबाहीमा परेका गण्डकी अध्यक्ष गुरुङले कारबाही गरेको पत्र हावादारी भएको बताए । नाउपाको अध्यक्ष रेसम चौधरी भएको भन्दै रञ्जिाताले कारबाही गर्न नमिल्ने जिकिर गरे । उनै गुरुङसँग नेपाल प्रेसले गरेको कुराकानीको संक्षिप्त अंशः

    नाउपाकी अध्यक्षले तपाई र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेको पत्र पठाउनुभएको छ । यसलाई कसरी लिनुभएको छ ?

    हामीलाई निष्कासन गर्ने भन्नुभयो । उहाँ को हो ? भन्ने प्रश्न छ हाम्रो । हामीलाई निष्कासन गर्नलाई हाम्रो पार्टीको अध्यक्ष त रेशम चौधरी हो । निर्वाचन आयोगले मान्यता दिओस् नदिओस् । हजारौँ प्रतिनिधिबाट निर्वाचित भएको त रेशम चौधरी हो । १९५ जना त केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले कारबाही गर्ने अधिकारी कहाँबाट आयो । उहाँले कारबाही गरेको पत्र हावादारी गफ हो । यसमा कुनै तुक छैन ।

    पत्रमा केन्द्रीय सदस्यलाई अभद्र व्यवहार गरेको भनिएको छ । तपाईँहरूले अभद्र व्यवहार गर्नुभएको हो ?

    उहाँले नाम तोकेर हामी दुई जनालाई बागमती र मलाई भन्नुभयो । म केन्द्रीय उपमहासचिव पनि हो । पार्टीमा फरक मत राख्न पाइन्छ । हाम्रो एउटै मात्र कुरा के हो भने उहाँहरू संस्थापक सदस्यहरू २१ जना भन्नुहुन्छ । उहाँले नै महाधिवेशन गर्ने भनेर सही गर्नुभएको छ । महाधिवेशन उद्घाटन उहाँ आफै गर्नुभएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन उहाँ अध्यक्ष ज्यूले पढ्नुभएको छ ।

    रेशम चौधरीको मुद्दा किनारा नलाग्दासम्मलाई वैधानिकता नहोला । तर, पार्टीका १९५ जनाको वैधानिकता थियो होला । उहाँहरू पनि कुनै सहकार्य नगरीकन बैठक बस्ने, जति बेला पनि २१ जना बैठक बस्ने ।

    त्यसको विरुद्धमा हाम्रो असहमति हो । त्यही विषयमा हाम्रो त्यस्तो हातपात भएको होइन । केही धकेलाधकेल भएको हो । विमति भएको हो । त्यसलाई उहाँले अतिरञ्जित गरेर सुनियोजित ढङ्गबाट हामीलाई फसाउन खोजिएको हो ।

    कारबाही पत्र आइसकेको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?

    नाउपाको केन्द्रीय अध्यक्ष रेशम चौधरी हो । रन्जिता श्रेष्ठ निवर्तमान अध्यक्ष हो । रेशम चौधरीको आह्वानमा माननीय गङ्गाराम चौधरीले चैत २३ र २४ गते पार्टीको बैठक राख्नुभएको छ । त्यही बैठकको निणर्यमा भर पर्छ । अर्को कुरा रञ्जिता श्रेष्ठ त हाम्रो यो केन्द्रीय महाधिवेशनमा प्रतिनिधिसमेत हुनुहुन्न ।

    नाउपामा खास विवाद के हो ? सरकार जाने र नजाने विषयमा विवाद भएको हो ?

    हाम्रो विषय त्यो होइन । यो सबै अतिरञ्जित बनाएको हो । सरकारमा जाने नजाने विषयमा हामीलाई त्यति धेरै चासो छैन । रेसम दाइले जे निणर्य गर्नुहुन्छ, पार्टी अध्यक्षले जे निणर्य गर्नुहुन्छ, निवर्तमान अध्यक्ष रन्जिताज्युले निणर्य गर्नुहुन्छ । हाम्रो त्यसमा विवादै थिएन खास । पार्टी अध्यक्ष रेसम चौधरीले फलानोलाई समर्थन गर्नुपर्ने भन्ने विवादै थिएन ।

    हामी त सानो पार्टी जता गए राम्रो हुन्छ त्यतै गइन्छ । त्यसमा दुई मत नै छैन । तर, जे कुरा पनि पार्टीमा छलफल भएर अगाडी बढ्नुपर्यो । हामी सबैले सहमति गरौँ सुदूरपश्चिम प्रदेशमा हामीले काँग्रेसलाई समर्थन गरेका छौँ । तुरुन्तै फिर्ता लिन्छौँ भनेर रेसम चौधरीले भन्नुभयो । उहाँ (रन्जिता) ले एउटा कुरा सहमति गर्नुहुन्छ । एक छिनमा हुन्न भन्नुहुन्छ । माथिबाट उचालिएको मात्रै हो

    तपाईँ केन्द्रीय उपमहासचिव पनि हुनुहुन्छ । खास नाउपाको बटम लाइन के हो सरकारमा जाने की प्रतिपक्षमा बस्ने ?

    अहिले नै प्रष्ट भन्नुपर्दा हाम्रो केन्द्रीय कमिटीको २३ र २४ गतेको बैठकले जे निणर्य गर्छ । त्यही निणर्य लागु हुन्छ । भर्खरै प्रधानमन्त्रीज्यूसँग पनि छलफलमा बसियो । छलफल सकाएर आयौँ । उहाँलाई पनि यही भनेका छौँ ।

  • नाउपामा रस्साकस्सी : रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज

    नाउपामा रस्साकस्सी : रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज

    कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २२ र २३ गते काठमाडौंमा डाकिएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

    आज एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् ।

    रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेपछि रञ्जिताले पदाधिकारी र सदस्यहरूलाई पत्र पठाएकी हुन् ।

    हेर्नुस् दुईवटै पत्र-

  • रेशम दम्पतीको विवाद मिलाउन प्रधानमन्त्री अग्रसर, दुवैसँग अलग-अलग छलफल

    रेशम दम्पतीको विवाद मिलाउन प्रधानमन्त्री अग्रसर, दुवैसँग अलग-अलग छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीमान-श्रीमतीबीचको विवादका कारण नागरिक उन्मुक्ति पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न पहल लिएका छन् ।

    समाजवादी मोर्चाको कार्यक्रमअघि मंगलबार प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसँग अलग-अलग छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

    यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रञ्जितासँग छलफल गरेका छन् । ओली भेट्न रञ्जिता मंगलबार दिउँसो बालकोट पुगेकी थिइन् । रेशम चौधरी पनि ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बताइएको छ ।

  • तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइसके : रेशम चौधरी (भिडिओ)

    तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइसके : रेशम चौधरी (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर दिक्दारी पोखेका छन् । उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरे ।

    पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् ।

    उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

    रेशमको भनाइ:

    मलाई थाहा छ यो बिरुवा कुन जातको हो । स्याउको हो कि, ओखरको हो कि, आँपको हो कि । मैले तीन महिनादेखि खाना खाएको छैन (भावुक बन्छन्) । कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के । आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके । केही पनि मान्दै मान्दैनन् । केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन् । पार्टी कसले चलाइरहेको छ ? पदीय लोलोपता धेरै भयो । अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ । सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्‍यो उ कारबाहीमा पर्‍यो ।

    बाहिरबाट हस्तक्षेप भएर यो भइरहेको छ । अहिलेको सरकारले हाम्रो पार्टी चलाइरहेको भएर यस्तो भइरहेको छ । पार्टी अर्काको इशारामा किन चल्ने ? केन्द्रीय समितिबाट निर्णय गरेर जाऊँ भनेको हो । २३ र २४ गतेसम्म यथास्थितिमा चल्छ । त्यसपछि केन्द्रीय समितिले गरेको निर्णय स्वीकार गर्छौँ ।

    म सबैसँग क्षमा माग्न चाहन्छु । आफैँले रोपेको बिरुवालाई अर्को मान्छेले आएर काटेको टुलुटुलु हेर्न सकिने अवस्था छैन । सबै पिडा बुझ्नुभएको छ । म जतिको पीडित को होला ? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है । जिन्दगीभरि संघर्ष गरेँ । काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोकेँ । पिउनको जागिर खाएँ । रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ । गाउँबाट जेल पुगेँ । जेलमा साढे ८ वर्ष बसेँ । यस्तै तरिका हो भने… भन्ने दिन पनि आउला । अब के गर्ने पीडा छ ।

    घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुन्छ । पार्टीका मान्छेले लोग्ने–स्वास्नी मिल्या छौ भन्छन् । म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुँदैन । म बेवकुफ बन्छु । के गर्नु, बेवकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ । पार्टी मिल्ला भनेर चुपचाप बस्ने हो ।

  • नाउपा नेताको दावी- रेशम चौधरीले बालुवाटार बाहिर कुट्ने र हत्या पनि गर्न सक्ने धम्की दिए (भिडिओ)

    नाउपा नेताको दावी- रेशम चौधरीले बालुवाटार बाहिर कुट्ने र हत्या पनि गर्न सक्ने धम्की दिए (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छौँ भन्दै कुट्ने र हत्या गर्ने धम्की दिएको दाबी गरेका छन्।

    नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटिएपछि नेता विश्वकर्माको पत्रकार सम्मेलन आफूहरूको हत्या गर्नेसम्मको धम्की चौधरीबाट आएको बताए।

    उनले भने- गठबन्धनको सरकारमा जाने नजाने भन्ने विषयमा हामीले तीन सदस्य वार्ता टोली बनाएका छौँ। त्यसमा दामोदर पण्डित पनि हुनुहुन्छ। सरकार गठनको विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न बालुवाटार जाने भन्दा उहाँले म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छौँ भन्नुभएको थियो।यो विवाद केन्द्रीय कमिटी र अनौपचारिक छलफलमा पनि सुरु भएको थियो। उहाँले यहाँभन्दा अगाडि २५ २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ, अवैधानिक पत्र दिएर तीनलाई केन्द्रीय सदस्य त बनाउनुभयो। निर्वाचन आयोगमा अध्यावधिक गराउन त जानुभएन त्यहाँ पार्टी चुक्यो कि चुकेन त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएपछि उहाँहरूले भौतिक आक्रमण गरे।

    उनले आज भौतिक आक्रमण भएकोप्रति डर नभए पनि हिजो चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको सुनाए।

    उनले पार्टीका नेताहरुको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए।

    उनले थपे- हामी चार जना मात्रै नभई संस्थापक केन्द्रीय अध्यक्षसहित २१ जनाको यदि कसैले कुटपिट गर्‍यौ, कुनै दुर्घटनामा मृत्यु भयो या कुनै समूहले हत्या गर्‍यो भने त्यसको सम्पूर्ण जिम्मेवारी हिजो बोलेको वक्तव्य अनुसार रेशम चौधरीले लिनुपर्छ।  म प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध गर्छु हाम्रो हत्याको कुरा छ यसलाई रिसियस रूपमा लिनुहोला ।

    उनले नेता चौधरीले आफूले आवेशका बोलेको भन्दै माफी मागेको समेत बताए।

    उनले भने- आवेशमा बोलेको कुरा हो भने आज सुनियोजित ढंगले उहाँले भौतिक आक्रमण गराउनुभयो भने त्यो हिजो बोकेको कुराको सुरुआत हो कि भन्ने लागेर बोकेका हौँ। 

    उनले बाहिरबाट ढोकामा चुक्कुल लगाउनुको साथै केन्द्रीय सदस्यबाहेकका मान्छेहरू पनि भएकाले चौधरीकै निर्देशनमा आफूहरूमाथि आक्रमण भएको जिकिर गरे।

    उनले अध्यक्ष रञ्जिता श्रेष्ठ आक्रमण भएको करिब ३० मिनेटपछि मात्रै आइपुगेको बताउँदै गराउँदै सबै जानकारी गराइसकेको बताए।

  • नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

    नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

    काठमाडौं । रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ ।

    अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

    वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए ।

    नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको दृश्य छिमेकी घरका मान्छेहरूले देखेका हुन् ।

    विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् ।

    नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ ।

    रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ ।

    त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् । यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबिच दूरी समेत बढेको छ ।

  • नाउपामा विवादको उग्ररुप : रन्जिताले दिइन् सुदूरपश्चिम सरकारबाट फिर्ता हुन निर्देशन, केन्द्रीय सदस्यले जारी गरे विज्ञप्ति

    नाउपामा विवादको उग्ररुप : रन्जिताले दिइन् सुदूरपश्चिम सरकारबाट फिर्ता हुन निर्देशन, केन्द्रीय सदस्यले जारी गरे विज्ञप्ति

    कैलाली । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएपछि पार्टी भित्र थप विवाद उत्पन्न भएको छ ।

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन कायम राख्ने वा बाहिरिने भन्नेमा आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी अध्यक्ष शुक्रवार दलका नेतालाई पत्र लेख्दै अध्यक्षले श्रेष्ठले निर्देशन दिएकी हुन् ।

    ‘१४ गते बुधबार टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएअनुसार सोहीबमोजिम सरकारबाट समर्थन फिर्ता लिन, सरकारबाट बाहिर आउन निर्देश गर्दछु’, शुक्रबार उनले लेखेको पत्रमा उल्लेख छ, ‘अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’

    समर्थन फिर्ता लिएर र सरकारबाट बाहिरिन अध्यक्ष श्रेष्ठले लिखित निर्देशन दिएकै दिन नाउपाका तीन केन्द्रीय सदस्यहरूले पनि उक्त निर्णयमा सहमति नभएको भन्दै विज्ञप्ति जारी रहेका छन् । केन्द्रीय संस्थापक सदस्य लक्ष्मणकिशोर चौधरी, लक्ष्यबहादुर चौधरी र दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै १४ गतेको निर्णयमा समर्थन नभएको बताएका हुन् ।

    ‘नागरिक उन्मुक्ति पार्टीको मिति २०८०्१२्१४ गते टीकापुरमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठकमा भएको निर्णयप्रति हाम्रो समर्थन नभएको घोषणा गर्दछौँ’, लक्ष्यबहादुर र लक्ष्मणकिशोरले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । लक्ष्मणकिशोर प्रदेश सरकारका सामाजिक विकासमन्त्री हुन् ।

    १४ गते पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको उपस्थितिमा टीकापुरमा बसेको नागरिक उन्मुक्ति पाटीको बैठकले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे पनि तत्काल सरकार ढाल्ने प्रयास नगर्ने बैठक पछि संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिएका थिए । ‘अहिले यो सरकार ढालिहाल्ने हामी पक्षमा छैनौँ’, उनले भने, ‘समर्थन फिर्ता लिने निर्णय गरेका छौ । तर काठमाडौँ गएर छलफल गरेपछि मात्रै अगाडि बढ्छौ ।’

    २१ जना संस्थापक केन्द्रीय सदस्यहरू मध्ये बहुमत सदस्यहरूले केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार प्रदेशमा पनि जाने निर्णय गरेको उनले बताएका थिए । ‘माथि सङ्घमा जुन गठबन्धनलाई साथ दिएको छ त्यहीँ गठबन्धनलाई प्रदेशमा पनि लैजाने निर्णय भएको छ’, उनले भनेका ‘आजको निर्णयलाई प्रधानमन्त्री शीर्ष नेताहरूसँग छलफल गरेर मात्रै समर्थन फिर्ता लिने कुरा अगाडी बढ्छ ।’

    रोचक कुरा त, त्यो दिन समर्थन फिर्ता लिएको र केन्द्रमा बनेको नयाँ गठबन्धनसँगै प्रदेशहरूमा सहभागी हुने भन्दै पत्रकारहरूलाई जानकारी दिएका दामोदर पण्डितले पनि आज विज्ञप्ति जारी गरेर त्यो निर्णयमा समर्थन नभएको जनाएका छन् ।

    ‘नागरिक उन्मुक्ति पार्टीको मिति २०८०्१२्१४ गते टीकापुरमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठकमा भएको निर्णयप्रति मेरो समर्थन नभएको घोषणा गर्दछु’, उनले हस्ताक्षर सहित जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उनले आफूले रेशम चौधरी र रन्जिता श्रेष्ठलाई मिलाउन प्रयास गरेको तर नसकेको प्रतिक्रिया दिएका छन् । ‘मैले उहाँहरू दुबैलाई मिलाएर पार्टी अगाडि बढाउन खोजेको थिए तर, सकिन’ उनले भने ‘ पार्टी रेशमकै कारणले खुलेको हो यस पार्टीको नेता नै उहाँ हो ।’

    उनले रेशमलाई बाहिर राखेर आफूले रन्जितालाई साथ दिन नसक्ने बताए । अहिले बहुमत सदस्य रेशमको साथमा रहेको पण्डितको दाबी छ । उनले भने, ‘१४ गते पनि हामी ११ जना मात्रै उपस्थित थियौँ हामी धेरै दुबैलाई मिलाउन सकिन्छ भन्नेमा थियौँ तर अब त्यो सम्भावना रहेन हामी अब रेशमसँगै हुन्छौँ ।’

    केही समय अघिदेखि विवाद देखिएको नागरिक उन्मुक्ति पार्टीमा अहिले विवादको उग्ररुप पैदा भएको छ । आजै रन्जिताले पार्टी निर्णय भन्दै सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिँदा पार्टीका तीन केन्द्रीय सदस्यहरूले रन्जिताकै निर्णयलाई काउन्टर दिएका छन् ।

    अहिले नाउपाका ७ सांसद मध्ये बहुमत काङ्ग्रेस नेतृत्वकै सरकारमा सहभागी हुन चाहन्छन् । नाउपाका ७ मध्य अहिले ५ जना मन्त्री छन् । उनी अर्को गठबन्धनमा त्यति मन्त्री हुने सम्भावना नरहेको बताउँछन् । तर, पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रका बनेको नयाँ गठबन्धन अनुसार नै प्रदेशहरूको सरकार निर्माण हुने बताउँदै आइरहेकी छन् ।

    १४ गते पनि त्यस्तो निर्णय गर्दा सुदूरपश्चिममै संसदीय दलका नेता देखी केही सांसदहरूले विरोध जनाएका थिए । संसदीय दलका नेता धनश्याम चौधरीले उक्त निर्णय मान्य नहुने प्रतिक्रिया दिएका थिए । ‘रेशम चौधरी अनुपस्थित बैठकको निर्णय मान्य हुन सक्दैन,’ नेता चौधरीले भनेका थिए, ‘उक्त बैठकमा कोरम पुगेको जस्तो पनि लाग्दैन । त्यो निर्णय लागू हुँदैन ।’

    अध्यक्ष श्रेष्ठको निर्देशनलाई काउन्टर गर्दै बिहीबार संसदीय दलले पार्टीबाट बिना विभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारुलाई कार्य जिम्मेवारी दिइएको थियो ।

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा कमलबहादुर शाहको सरकार छ । तर उनी अल्पमतमा छन् । यहाँ बहुमत पुराउन २७ सांसद आवश्यक पर्ने हुँदा कांग्रेसका १८ र नाउपाका सबै ७ सांसद जोड्दा पनि शाहलाई थप दुई सांसदको अभाव देखिन्छ । शाह राप्रपा र स्वतन्त्रलाई पनि जोडेर सरकार टिकाउने रणनीतिमा लागेका छन् । नाउपाका दुई सांसद भने अहिले सम्म शाह सरकारको नेतृत्वलाई विश्वासको मत नदिने पक्षमा रहेको बताइन्छ ।

  • नाउपामा थप किचलो: रञ्जिता समूहले गरेको निर्णय रेशम समूहलाई अमान्य

    नाउपामा थप किचलो: रञ्जिता समूहले गरेको निर्णय रेशम समूहलाई अमान्य

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूबीच विभाजन देखिएको छ । कैलालीको टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नेकपा एमाले-माओवादी नेतृत्वको नयाँ सत्ता समीकरणको पक्ष लिने निर्णय गरेको थियो । तर, बैठकको निर्णय कार्यान्वयनमा नआउँदै अन्य संस्थापक सदस्यहरुले त्यसमा फरक मत जाहेर गरेका छन् ।

    पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रमा भएको नयाँ सत्ता समीकरणलाई साथ दिने र त्यही समीकरणअनुसार प्रदेशहरूका सरकार तयार गर्ने निर्णय गरेको थियो । बैठकमा २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जना उपस्थित भएका थिए ।

    बैठक सकिएपछि पार्टी प्रवक्ता रहेका संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको तर काठमाडौंमा छलफल गरेपछि मात्रै अगाडि बढ्ने बताएका थिए ।

    उनले तत्काल प्रदेश सरकार ढालिहाल्ने पक्षमा आफूहरु नरहेकोसमेत बताएका थिए ।

    ‘माथि संघमा जुन गठबन्धनलाई साथ दिएको छ, त्यही गठबन्धनलाई प्रदेशमा पनि लैजाने निर्णय भएको छ’, उनले भने ‘आजको निर्णयलाई प्रधानमन्त्री र शीर्ष नेताहरूसँग छलफल गरेर मात्रै समर्थन फिर्ता लिने कुरा अगाडि बढ्छ ।’

    तर, पार्टीका अन्य संस्थापक तथा नेताहरूले आजको बैठकको निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताएका छन् ।

    बैठकमै सहभागी सुदूरपश्चिमका विनाविभागीय मन्त्रीसमेत रहेका संस्थापक केन्द्रीय सदस्य लक्ष्मणकिशोर चौधरीले उक्त निर्णय मान्य नहुने भन्दै फरक मत दर्ज गरेका छन् ।

    उनले भने, ‘कहिले एउटाले बोलाएर एउटा निर्णय गर्ने, कहिले अर्काले बोलाएर अर्को निर्णय गर्ने ! यसरी पार्टी बन्दैन । यो बैठक पार्टी संरक्षक र बहुसङ्ख्यक संस्थापक र सांसदहरूको उपस्थितिविना किन राखियो भन्ने मेरो धारणा थियो ।’

    अहिले नाउपाका ७ सांसदमध्ये बहुमत काङ्ग्रेस नेतृत्वकै सरकारमा सहभागी हुन चाहन्छन् । नाउपाका ७ सांसदमध्ये ५ जना मन्त्री भइसकेका छन् । उनी अर्को गठबन्धनमा त्यति संख्यामा मन्त्री हुने सम्भावना नरहेको बताउँछन् ।

    चौधरीमात्र होइन पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले पनि पार्टीको टीकापुरमा बसेको बैठकको निर्णयमा विरोध जनाएका छन् ।

    उनले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताए । ‘हामी बहुमत संसदीय दलका सदस्यहरूको समर्थन प्रदेश सरकारलाई कायमै रहेको छ । आज के निर्णय भयो, हामीलाई थाहा छैन’, आर्थिक मामिलामन्त्रीसमेत रहेका चौधरीले भने ।

    उनले टीकापुर बैठकको औचित्यसमेत नभएको जिकिर गरे । पार्टीका संरक्षक रेशमलाल चौधरीसहित बहुसङ्ख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थितिविना भएको बैठक र निर्णयको औचित्य नभएको उनको भनाइ थियो ।

    संस्थापक केन्द्रीय सदस्य पूर्णबहादुर बुढाले पनि अध्यक्षले अल्पमतको बलमा निर्णय गरेको भन्दै उक्त निर्णयको कुनै अर्थ नभएको टिप्पणी गरे ।

    ‘अल्पमतको बैठक थियो त्यो, त्यो बैठकले केही अर्थ राख्दैन । रेशम चौधरीविनाको बैठकमा हाम्रो समर्थन हुँदैन’, उनले भने, ‘मैले बैठक बहिस्कार गरें । सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै रहन्छ ।’

    पार्टी निकट स्रोतका अनुसार जापानमा रहेका पार्टी संरक्षक चौधरीले यस्ता राजनीतिक निर्णय धेरै हुने गरेको बताउँदै सांसदहरूलाई विचलित नहुन आग्रह गरेका थिए । उनले आफू फर्केपछि ठोस निर्णय लिने आफू पक्षीय नेताहरुलाई आश्वस्त पारेको बताइएको छ ।

    पार्टीभित्र संरक्षक रेशम र अध्यक्ष रञ्जिताको विवादको कारण सुदूरपश्चिम प्रदेशका कांग्रेस नेतृत्वकै सरकार जारी रहन्छ या नयाँ सरकार बन्छ भन्ने विषय अझै अनिश्चित छ । सुदूरपश्चिममा मन्त्री पठाउनेदेखि केन्द्रमा सत्ता पक्षमा बस्ने कि विपक्षमा बस्नेसम्म दुबैबीच विवाद भएको थियो । अहिले केन्द्रको विवाद मत्थर भए पनि प्रदेशमा चर्किएको छ ।

    रेशम सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई जोगाएर अगाडि बढ्न चाहन्छन् भने रञ्जिता एमाले-माओवादीसहितको नयाँ गठबन्धनसँग जोडिएर नयाँ सरकार बनाउन चाहन्छिन् । जसअनुसार रञ्जिताले नयाँ गठबन्धनसँग सुदूरपश्चिममा मुख्यमन्त्री मागिरहेकी छन् ।

    सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादसर शाहले दुई पटक सरकार विस्तार गरिसकेका छन् । दुवै पटकमा नागरिक उन्मुक्तिका मात्रै सांसदलाई सरकारमा ल्याइएको छ ।

    तैपनि अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना कम छ । नाउपाका सातै सांसदले समर्थन गरे पनि पनि उनलाई दुई मत पुग्दैन ।

  • सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ : दामोदर पण्डित

    सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ : दामोदर पण्डित

    कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए ।

    पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे पनि तत्काल सरकार ढाल्ने प्रयास नगर्ने उनले बताए ।

    ‘अहिले यो सरकार ढालिहाल्ने हामी पक्षमा छैनौँ’ उनले भने, ‘समर्थन फिर्ता लिने निर्णय गरेका छौ । तर काठमाडौं गएर छलफल गरेपछि मात्रै अगाडि बढ्छौ ।’

    २१ जना संस्थापक केन्द्रीय सदस्यहरू मध्ये बहुमत सदस्यहरूले केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार प्रदेशमा पनि जाने निर्णय गरेको उनले बताए ।

    ‘माथि संघमा जुन गठबन्धनलाई साथ दिएको छ त्यहीँ गठबन्धनलाई प्रदेशमा पनि लैजाने निर्णय भएको छ’, उनले भने ‘आजको निर्णयलाई प्रधानमन्त्री शीर्ष नेताहरूसँग छलफल गरेर मात्रै समर्थन फिर्ता लिने कुरा अगाडी बढ्छ ।’

    अहिले नाउपाका ७ सांसद मध्ये बहुमत काङ्ग्रेस नेतृत्वकै सरकारमा सहभागी हुन चाहन्छन् । नाउपाका ७ मध्य अहिले ५ जना मन्त्री छन् । उनी अर्को गठबन्धनमा त्यति मन्त्री हुने सम्भावना नरहेको बताउँछन् ।

    पण्डितले भने पार्टीले नयाँ गठबन्धनमा जाने निर्णय गर्दा पार्टीले गरेको निर्णय पार्टी सांसदले मान्नु पर्ने बताउँछन् ।

  • एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाका बहुमत सदस्यको निर्णय

    एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाका बहुमत सदस्यको निर्णय

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय भएको छ ।

    संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

     

  • नाउपाको निर्णायक बैठक टीकापुरमा जारी

    नाउपाको निर्णायक बैठक टीकापुरमा जारी

    कैलाली । नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको निर्णायक बैठक टीकापुरमा जारी छ ।

    नाउपामा २१ जना संस्थापक केन्द्रीय सदस्य छन् । आज बहुमत सदस्य उपस्थित भएन निर्णायक निर्णय गर्ने नाउपाका नेताहरूले बताएका छन्

    केन्द्रमा नयाँ सत्ता गठबन्धनमा जोडिएको नाउपाले प्रदेशमा काङ्ग्रेस नेतृत्वकै सरकारलाई साथ दिएको छ । आज नयाँ गठबन्धनमा रहेने कि कांग्रेसलाई नै साथ दिने कि भन्ने बारे निर्णय हुने बताइएको छ ।

    अहिले संस्थापक केन्द्रीय सदस्यहरूको बैठक सकिएपछि २ प्रदेश प्रतिनिधि सभा सदस्यहरूको बैठक आह्वान गरिएको छ ।

    नाउपामा २१ जना केन्द्रीय सदस्य, ४ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्य छन् ।

    संस्थापक केन्द्रीय सदस्यहरूको बैठकमा अहिलेसम्म १२ जना उपस्थित भएका छन् ।

    पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको उपस्थितिमा सुरु भएको बैठकमा प्रदेश सरकारका बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरी पनि उपस्थित छन् ।

    प्रदेश सरकारमा रहेका पाँच मन्त्री मध्य उनी एक्ला संस्थापक केन्द्रीय सदस्य हुन् ।

  • नाउपाको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठक बस्दै, सरकारबारे छलफल हुने

    नाउपाको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठक बस्दै, सरकारबारे छलफल हुने

    कैलाली । नागरिक उन्मुक्ति पार्टी संस्थापक केन्द्रीय सदस्यहरुको बैठक आज कैलालीको टिकापुरमा बस्ने भएको छ ।

    बिहान ९ बजे टिकापुरस्थित पार्टी कार्यालय संस्थापक केन्द्रीय सदस्यहरुको बैठक बस्दै छ । दिउँसो २ बजे प्रतिनिधि सभा सदस्य, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सांसदहरुसंग पनि बैठक बस्ने जनाइएको छ ।

    केन्द्रमा सत्ता गठबन्धनको सरकारलाई बिश्वासको मत दिएको नाउपा प्रदेशमा काङ्ग्रेस नेतृत्वकै सारकारमा सहभागी छ । आज नयाँ नेतृत्वको गठबन्धनमा सहभागी हुने वा काङ्ग्रेसलाई नै साथ दिने भन्ने विषयमा छलफल हुने नाउपा केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

    ‘हामी सबै नेता कार्यकर्ता तथा सांसदज्यूहरुको भावनाअनुसार अगाडि बढ्छौं’ अध्यक्ष श्रेष्ठले भनिन, आज सरकार समर्थन र समसामायीक विषयमा छलफल हुन्छ ।’

    नाउपामा २१ जना केन्द्रीय सदस्य, ४ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्य छन् ।

  • जापान पुगेर रेशम चौधरीले पोखे श्रीमतीप्रति असन्तुष्टि : मन्त्री बन्दा उल्लेखनीय काम गरिनन् (भिडिओ)

    जापान पुगेर रेशम चौधरीले पोखे श्रीमतीप्रति असन्तुष्टि : मन्त्री बन्दा उल्लेखनीय काम गरिनन् (भिडिओ)

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा आफ्नो पार्टीबाट रन्जिता श्रेष्ठ मन्त्री हुँदा पनि उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् । थारु कल्याणकारी सभा जापानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नाउपाको मन्त्री हुँदा आफूहरूको नभएर कांग्रेस, एमाले र माओवादीको मात्रै काम भएको टिप्पणी गरका हुन् ।

    अहिले पनि संघीय सरकारमा जान उपयुक्त नहुने चौधरीको भनाइ थियो ।

    ‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रन्जिताजी मन्त्री बन्नुभयो । कांग्रेस, एमाले र माओवादीको मात्रै काम भयो । जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर, गाडी चढ्नलाई ,सुत्नलाई घर लिनलाई उद्घाटन गर्नलाई हामीलाई मन्त्रालय चाहिएको छैन’, उनले भने ।

    संघीय सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा रेशम चौधरी र उनको श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रन्जिता चौधरीबीच मतभेद रहेको छ । रन्जिता नयाँ गठबन्धनमा सहभागी हुन चाहन्छिन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् । यस्तो बेला रेशमले जापानमा आयोजित कार्यक्रममा आफूलाई छलेर सरकारमा सहभागीको गृहकार्य भइरहेको समेत जनाए ।

    ‘मेरो पार्टीमा पनि धेरै साथीहरूको आकांक्षा मन्त्री बन्ने छ । म भन्छु जनताको सेवक बन्न पाउँ, मेरो साथीहरू भन्छन् मन्त्री बन्न पाउँ । म भन्छु जनताको सेवा गर मेरो साथीहरू भन्छन् गाडी चढेर कतिबेला सिंहदरबार जान पाइएला ?, उनले भने, ‘सकेसम्म रेशम चौधरीको आँखा छलेर सिंहदरबार जान पाइएला भन्नेमा साथीहरू छन् ।’

    उनले अहिले आफूले टिकट वितरण गर्दा धेरै चासो नदिएको भन्दै आगामी निर्वाचनमा त्यस्तो नहुने समेत जिकिर गरे ।

    ‘जनताको सेवक त मैले मेरो पार्टीमा पनि भित्राइन कि जस्तो लाग्छ । हिजो जेलमा जो आयो त्यसैलाई टिकट दिए । को राम्रो को कस्तो मैले चिनिन तर, ०८४ मा म त्यो छुट दिन्नँ’ उनले भने ।

    उनले अहिले नेपालमा ठूला दलले साना दललाई सक्ने योजना बनाएको जिकिर गरे।

    ‘अहिलेका ठूला दल भनेको हाम्रा घर भत्काइदिने हामीलाई आहारा बनाइदिने स्याल हुँडार बाघ भालुजस्तै हुन् यीनले ०८४ सम्म साना सबै पार्टीलाई सखाप पार्ने योजना बुनेका छन् नागरिक उन्मुक्तिका साथीहरूले बुझ्नु होला’, उनले भने, ‘त्यस कारणले चनाखो भएर बस्नु पर्छ ।’

    उनले जापानमा रहेका नेपालीहरूलाई नेपालमा फर्किन आग्रह गरे । रेशमले भने, ‘तपाईँहरू पनि अब चुनाव लड्न जानुपर्छ आउनुहोस् उतै देश बनाउन ।’

    रेशम चौधरीले सिंहदरबार प्रवेशको लागि समेत कार्यक्रममै अपेक्षा व्यक्त गरे ।

    ‘एक पटकमात्र सिंहदरबारमा छिर्ने खोल्दिनुहोस् त्यो ढोका । देश कस्तो हुन्छ हामी देखाइदिन्छौँ । देश कसरी बनाउनुपर्छ हामी देखाइदिन्छौँ ’ उनले भने, ‘सिंहदरबारमा बस्ने स्वार्थी नेताहरूलाई विदेशमा मजदुरी गरेर रेमिटेन्स पठाउने नागरिकहरूको समस्या थाहा छैन ।’

    सरकार वैदेशिक रोजगारीमा रहेकाहरूका विषयमा गम्भीर नभएको रेशमको टिप्पणी थियो ।

    ‘विदेशमा बसेकाहरूको धनले सिंहदरबार चलेको छ । कार्यकारीले तलब खाएका छन्’ उनले भने, ‘तपाईँहरूले पठाएको पैसाले प्रधानमन्त्री मन्त्री सांसद मेयरहरू तलब खान्छन् ।’

  • राजकाडाँमा मन्त्रीसहित नाउपाका नेताहरुको छलफल, प्रदेश सरकारको समर्थन फिर्ता लिने तयारी

    राजकाडाँमा मन्त्रीसहित नाउपाका नेताहरुको छलफल, प्रदेश सरकारको समर्थन फिर्ता लिने तयारी

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल सुरु गरेको छ ।

    जिल्लाको मोहन्याल गाउँपालिका ७ राजकाडाँमा रात्रिकालिन बसाइसहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको छलफलमा सहभागी नाउपाका एक नेताले बताए ।

    नाउपाका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी, वर्तमान प्रदेश सरकारका विनाविभागिय मन्त्री लक्ष्मणकिशोर चौधरी, प्रदेश सभा सदस्य कैशाल चौधरी, केन्द्रीय सदस्य महेन्द्र उपाध्याय,नाउपाका कैलाली सचिव भक्त चलाउने, नाउपाबाट निर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र चौधरी लगायतका विचका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको ती नेताले बताए ।

    उनका अनुसार १४ गते समर्थन फिर्ता लिने विषयमा छलफल गर्ने भएको छ ।’हामीले प्रदेश सरकारलाई समर्थन कायम राखिराख्नु पर्ने कारण देखेनौ’ती नेताले भने,’१४ गते बैठक बसेर समर्थन फिर्ता लिने निर्णय हुन्छ ।’

    उनका अनुसार केन्द्रमा भागबन्डा टुंगो लाग्नासाथ प्रदेशमा समर्थन फिर्ता हुने निर्णय हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नाउपालाई सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिएर पनि सरकारमा सहभागी गराउन चाहन्छन् । हिजो प्रचण्डले यस प्रस्तावबारे पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई पनि जानकारी गराइसकेका छन् ।

    ‘अब मुख्यमन्त्रीसहितका विषयमा गठबन्धनको बैठकले निर्णय गर्छ’ती नेताले भने, ‘त्यसपछि केन्द्रको समीकरण अनुसार प्रदेशमा पनि नयाँ सरकारको गृहकार्य सुरु हुन्छ ।’
    हिजो दिउँसो राजकाँडा पुगेका नाउपका मन्त्रीसहितका नेता राती त्यहीँ बसेका थिए ।

  • कांग्रेसलाई जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्न पर्दैन, राजीनामापत्र तयार छ: रवि लामिछाने (भिडिओ)

    कांग्रेसलाई जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्न पर्दैन, राजीनामापत्र तयार छ: रवि लामिछाने (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुलाई देशको ठूलो दल नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नु नपर्ने बताएका छन् ।

    रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै प्रधानमन्त्रीले गरेको यही आँट रहिरह्यो भने ऐतिहासिक उपलब्धि प्राप्त हुने बताए ।

    उनले भने, ‘सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई भनेको छु, यही अवस्था कायम रहिरहे आउने चुनावअघि नै जनतामा भरोसा जगाउन सकिन्छ । हामी जोखिम मोलेर जोडिएका छौं । हामी देशको ठूलो राजनीतिक दल कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा पुग्दैनौं, काम गर्न सकेनौं भने हाम्रो राजीनामापत्र अहिलेदेखि झोलामा तयार छ । मात्रै मिति लेख्न बाँकी छ । हामी टाँसिएर वा प्रधानमन्त्रीले निकाल्नुपर्ने अवस्थामा पुग्दैनौं भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ ।’

    गृहमन्त्री लामिछानेले सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री आलोपालो गर्ने कुनै सहमति नभएको दाबी गरे ।

  • नाउपालाई सुदूरपश्चिममा नेतृत्व गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

    नाउपालाई सुदूरपश्चिममा नेतृत्व गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूसँग आज बालुवाटारमा छलफल गर्दै उक्त प्रस्ताव गरेको बुझिएको छ ।

    सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेस नेतृत्वको सरकार छ । सरकारमा नागरिक उन्मुक्ति पार्टीका पाँच मन्त्री छन् ।

    प्रधानमन्त्रीले सुदूरपश्चिम सरकारको नेतृत्व गर्न आग्रह गरेको र यस विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने बताएको छलफलमा रहेका नाउपाका एक नेताले जानकारी दिए ।

    ‘उहाँले हामीलाई सुदूरपश्चिम सरकारको नेतृत्व गर्न आग्रह गर्नुभयो’, ती नेता भने, ‘यस विषयमा प्रधानमन्त्रीले आफूले गठबन्धनका अन्य दलहरूसँग पनि छलफल गर्ने बताउनुभयो ।’

    सुदूरपश्चिममा नागरिक उन्मुक्तिको साथविना नयाँ गठबन्धनको सरकार बन्ने सम्भव छैन । प्रधानमन्त्री भेट्न पुगेका नाउपाका नेताहरूले सुदूरपश्चिममा मात्र नभई लुम्बिनी र मधेश प्रदेशमा पनि आफूहरूको प्रतिनिधित्व रहेको भन्दै त्योअनुसारको उपस्थिति हुनुपर्ने बताएका थिए ।

    ‘कैलालीमा हामी पहिलो दल छौं, लुम्बिनी र मधेशमा पनि हाम्रा सांसदहरू हुनुहुन्छ । केन्द्रमा पनि हाम्रो उपस्थिति छ । त्यहीअनुसारको हाम्रो मूल्याङ्कन हुनुपर्छ’, ती नेताले प्रधानमन्त्रीलाई भनेको कुरा उल्लेख गर्दै भने, ‘हामीले हाम्रो सम्मानजनक उपस्थिति भए नयाँ गठबन्धनको सरकारमा सहभागी हुने बतायौं ।’

    प्रधानमन्त्री प्रचण्डले नाउपाका नेताहरूलाई नयाँ गठबन्धनबारे धारणासमेत लिएका थिए ।

    ‘नयाँ गठबन्धनप्रति तपाईंहरूको धारणा के हो ? विगतमा सहकार्य गरेका हौं । सरकारमा सामेल हुनुहोस् । अझै सहकार्य गरेर जाऔं’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी अर्का नेताले भने ।

    नाउपाका संस्थापक नेता तथा टीकापुरका मेयर रामलाल डगौराले पनि प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रहेको र फेरि छलफल गर्नेगरी छुट्टिएको बताए ।

    ‘संसदमा उपस्थितिअनुसार नाउपाको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने कुरामा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, आजको छलफल सकारात्मक भयो’, उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धनमा छलफल गरेपछि हाम्रो विषय टुङ्गो लाग्छ ।’

    उनले आफूहरूको सम्मानजनक उपस्थिति हुने अवस्थामा नयाँ गठबन्धनलाई साथ दिने सम्भावना रहेको बताए । यसअघि नै नाउपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिइसकेको छ । विश्वासको मत दिएको नाउपा सरकारमा भने सहभागी भएको छैन ।

    शनिबारको छलफलपछि सरकारमा सहभागी हुने बाटो खुलेको नाउपाका नेताहरूको बुझाइ छ । पार्टी अध्यक्ष श्रेष्ठ सुरुबाटै एमाले–माओवादी नेतृत्वको नयाँ गठबन्धनमा सहभागी हुन चाहेको तर, उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन थालेपछि उनीहरूबीच तिक्तता आएको थियो ।

    अहिले केन्द्रमा नयाँ गठबन्धनमा सहभागी हुनेबारे केन्द्रीय अध्यक्षसहितका नेताहरूले छलफल गर्दा रेशम चौधरी जापानमा छन् ।

    केन्द्रमा नयाँ गठबन्धनलाई साथ दिने गरी नाउपा अघि बढेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने आफ्नो सरकारले विश्वासको मत पाउने विश्वासमा छन् ।

    ‘रेशम चौधरीसँग उहाँ संवादमै हुनुहुन्छ’, कांग्रेसका एक नेताले भने, ‘विश्वासको मत दिन्छन् भन्ने उहाँलाई रिपोर्टिङ छ ।’

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पनि कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत पाउने दाबी गरेका छन् ।,
    प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रममा उनले सरकारले होलीलगत्तै विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने दाबी गरेका हुन् ।

  • केन्द्रमा प्रचण्डलाई समर्थन गरेको नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वकाे सरकारकै पक्षमा (भिडिओ)

    केन्द्रमा प्रचण्डलाई समर्थन गरेको नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वकाे सरकारकै पक्षमा (भिडिओ)

    कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ ।

    संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

    ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौं । हामीले यही सरकारलाई सघाउने निर्णय गरेका छौं’, संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले भने ।

    सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । तीमध्ये पाँचजना मन्त्री नै भइसकेका छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका छन् ।

    आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरी छलफल गरिरहेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

    अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।

    सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले भने यसअघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिएकी थिइन् ।

    यता संसदीय दलका नेता चौधरीले भने पार्टी सबै कुरामा केन्द्रबाट मात्रै नभई प्रदेशमा पनि स्वायत्त अभ्यासमा जाने बताए ।

    केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा पुरानै गठबन्धनलाई सघाउने निर्णय गरेपछि पार्टीभित्र थप किचलो पैदा हुने देखिएको छ ।

  • रेशमसँगको टसलबारे रञ्जिता भन्छिन्- फरक फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर पर्दैन

    रेशमसँगको टसलबारे रञ्जिता भन्छिन्- फरक फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर पर्दैन

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छन् ।

    संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक फरक विचार हुनु स्वाभाविक भए पनि यसले पार्टीलाई कुनै असर नगर्ने बताएकी हुन् ।

    उनले पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्नेसमेत बताइन् ।

    अध्यक्ष श्रेष्ठले संस्थापक रेशम चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफू पनि सँगै रहेको जिकिर गरिन् ।

    उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको बताइन् । नागरिक उन्मुक्ति परिवारको नभई जनताको पार्टी भएको उनको भनाइ थियो ।

  • रेशमको असहमतिबीच रन्जिताले संसदमा भनिन्- सरकारलाई विश्वासको मत दिन्छौं (भिडिओ)

    रेशमको असहमतिबीच रन्जिताले संसदमा भनिन्- सरकारलाई विश्वासको मत दिन्छौं (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले विश्वासको मत दिने बताइन् ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्ने विषयमा नाउपामा चर्को विवाद छ । नाउपाका संरक्षक रेशम चौधरी सरकारलाई विश्वासको मत नदिने पक्षमा छन् । विवादका बीच उनीहरुलाई बेग्लाबेग्लै ह्विप समेत जारी गरेका थिए ।