Category: माओवादी केन्द्र

  • माओवादीको केन्द्रीय समिति बैठक सर्‍याे

    माओवादीको केन्द्रीय समिति बैठक सर्‍याे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक केही समयलाई सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेसम्मलाई सरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।

    कार्यालय सचिव श्रीराम ढकालले गृहकार्य नसकिएको र प्रतिनिधिसभाको बैठक १ बजे भएकाले सारिएको जानकारी दिए ।

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु भएको थियो । पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थानीय चुनाव केन्द्रित अभियानको घोषणालगायतका एजेन्डामा बैठकले निर्णय लिनेछ ।

    पदाधिकारी र अन्यमा गृहकार्य गर्ने भन्दै शनिबार बैठक राखिएको थिएन । सहमति जुटेमात्रै पदाधिकारी घोषणा गर्ने नत्र त्यसबिनै अघि बढ्ने तयारी छ ।

    मुख्यगरी महासचिवमा धेरै दाबेदार भएपछि सहमतिमा पुग्न गाह्रो भइरहेको नेताहरुले बताएका छन्।

  • प्रचण्ड-नारायणकाजी ‘मन माझामाझ’ गर्न तयार

    प्रचण्ड-नारायणकाजी ‘मन माझामाझ’ गर्न तयार

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर ‘वाकयुद्ध’मा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ मिलेर जान तयार भएका छन् ।

    एमसीसीकै कारण पार्टी विभाजन नै हुन्छ कि भन्ने आशंकाहरु व्यक्त भइरहेका बेला शुक्रबारदेखि सुरु भएको बैठमा दुवै नेताले आफूहरु ‘मन माझामाझ’ गरेर जान तयार रहेको उल्लेख गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

    विशेष गरि अध्यक्ष प्रचण्ड एमसीसीलाई लिएर श्रेष्ठले गरेको आलोचना सुन्न तयार भएको र उनी लगायतका नेताले राखेको फरक मत दर्ज गर्न सहमत देखिएपछि यस्तो वातावरण बनेको नेताहरुले बताएका छन् ।

    बैठकमा सहभागी नेता देव गुङले पार्टी एकताको पक्षमा दुवै नेताले आफ्ना विचार राखेको जानकारी दिए ।

    बैठकको सुरुमा एसीसी पास गर्नु पर्नका कारणबारे प्रचण्डले ‘ब्रिफिङ’ गरेका थिए । त्यसपछि श्रेष्ठले आफ्नो लिखित असहमति पेस गरेका थिए ।

    ‘पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्ने कुरा अध्यक्षको पनि थियो, नाराणकाजीको पनि थियो,’ संवाददाताहरुसँग नेता देव गुरुङले भने, ‘पार्टी एकताको विकल्प छैन । पार्टीभित्र मतभेद भइरहन्छन्, तीनलाई समयक्रममा छलफल गर्र्दै एउटा समझदारीमा पुग्नुपर्छ भन्ने कुरामा दुवै नेताको जोडबल थियो ।’

    आजको बैठकले पार्टी एकतावद्ध भएर अगाडि जाने सन्देश दिएको विश्वास गुरुङले व्यक्त गरे । ‘उहाँहरु दुई जनाको अभिव्यक्तिबाट पार्टी एकताकामा कसैले पनि शंका नगरे हुन्छ,’ उनले भने, ‘पार्टी एकतावद्ध भएर अगाडि बढ्नेछ । भलै विषयगत आधारमा पार्टीभित्र मतभेद भइरहन्छन् । त्यसले झन पार्टी एकतालाई सुढृद बनाउँछ भन्ने देखिन्छ । आजको बैठकले यही सन्देश दिएको छ ।’

    बैठकमा सहभागी केन्द्रीय सदस्य रेखा शर्माले पनि पार्टीलाई एकतावद्ध बनाएर जानुपर्नेमा श्रेष्ठले जोड दिएको बताइन् । ‘नारायणकाजी कमरेडले पार्टी विभाजन आदी–इत्यादीको कुरा मैले सोचेको पनि छैन भन्नु भएको छ,’ उनले नेपाल प्रेससँग भनिन्, ‘उहाँले नेकपा हुँदादेखिका कुराहरु ल्याएर व्याख्यात्मक घोषणा गलत हो भन्ने कुरा राख्नु भएको छ। तर, पनि पार्टीलाई एकतालाई बलियो बनाएर जानुपर्छ भन्ने कुरा नै उहाँले राख्नु भएको छ।’

    चुनावमा केन्द्रित हुन प्रचण्डको जोड

    बैठमा प्रचण्डले एमसीसीका अलवा समसामयिक राजनीतिका बारेमा पनि ‘रिर्पोटिङ’ गरेका थिए ।

    प्रचण्डले निर्वाचनसम्मै हालको सत्ता गठबन्धन जाने बताउँदै पार्टीको तयारी पनि चुनावमै केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।

    यसबारे नेता गुरुङले भने, ‘निर्वाचनसम्मै गठबन्धन गरेर जानुपर्छ भन्ने कुराहरु छन् । तर, पनि हामीले आफ्नो तयारी गरेर जानुपर्छ । पुरै निर्वाचनमा होमिनुपर्छ भन्ने कुरामा अध्यक्ष कमरेडको मुल जोड थियो ।’

    बैठकमा सहभागी नेताका अनुसार चुनावमा गठबन्धन गरेर जाँदा कांग्रेस पहिलो बने पनि एमालेलाई पराजित गरेर माओवादी दोस्रो दल बन्ने दावी पेस गरेका थिए ।

    एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धन गरेर जाँदा हामी एमालेलाई पराजित गरेर दोस्रो शक्ति बन्ने अवस्था छ तर हाम्रो जोड पहिलो बन्नैमा हुनुपर्छ ।’

    प्रचण्डले स्थानीय तहको चुनावमा पहिले जजसले जितेको हो त्यो सम्बन्धित दलले नै लिने र एमालेले जितेका स्थानमा गठबन्धन भित्र भागबन्डा हुनुपर्ने प्रस्ताव आफूले राखेको समेत जानकारी गराएका थिए ।

    पदाधिकारी चयन हुने सम्भावना कम

    बैठकका एजेन्डामा पदाधिकारी चयनलाई राखिएको भएपनि त्यो सम्भावना कम भएको माओवादीकै नेताहरुले बताएका छन् ।

    विशेष गरि महासचिवमा सहमति नजुटेकाले प्रचण्ड चुनावका मुखमा विवाद गर्न नहुने भन्दै त्यसलाई थाती राख्ने पक्षमा छन् । यसका बाबजुद पनि भोलि त्यसबारेमा गृहकार्य गर्ने भन्दै केन्द्रीय समितिको बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ।

    केन्द्रीय सदस्य शर्मा पदाधिकारीमा सहमति जुटे मात्रै घोषणा हुने नत्र नहुने बताउँछिन् । ‘भोलि गृहकार्य गर्ने भन्नुभएको छ,’ उनले भनिन्, ‘सहमतिसहित हुने भयो भने टुंगिन्छ, भएन भने टुंगिदैन ।’

    पदाधिकारीमा सहमति नजुटे केन्द्रीय सदस्यको मनोनयन, स्थायी समिति र पोलिटब्युरोको गठन तथा नेताहरुको कार्यविभाजन मात्रै यसपटकको बैठकबाट हुने सम्भावना छ ।

    त्यस्तै स्थानीय तह केन्द्रित भएर चुनावी अभियान पनि बैठकबाट घोषणा गरिने छ ।

  • युद्ध लडेका माओवादीलाई हेग पुर्‍याउने डरले एमसीसी पारित गर्नुपरेको प्रचण्डको प्रष्टिकरण

    युद्ध लडेका माओवादीलाई हेग पुर्‍याउने डरले एमसीसी पारित गर्नुपरेको प्रचण्डको प्रष्टिकरण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्न आफूहरु सहमत नहुँदा कांग्रेस र एमाले मिलेर पास गर्ने, त्यसपछि माओवादीलाई द्वन्द्वकालीन मुद्दामा फसाएर हेग लैजानेसम्मको षड्यन्त्र परास्त गर्न ब्याख्यात्मक टिप्पणीको बाटो लिइएको प्रष्ट पारेका छन् ।

    केन्द्रीय समितिको बैठकमा करिब डेढ घण्टा भाषण गरेका प्रचण्डले जनयुद्ध लडेका माओवादीहरुलाई शान्ति प्रक्रियाको चिन्ता रहेको भन्दै नारायणकाजी श्रेष्ठ लगायत तत्कालीन एकता केन्द्रका नेताहरुप्रति कटाक्ष समेत गरेका थिए ।

    प्रचण्डले बैठकमा भने– युद्ध नलडेका साथीहरुलाई त के थियो र ? उहाँहरु बाहिर हुने । मसहित युद्ध लडेका सहयोद्धाहरु सबै हेगमा पुग्ने अवस्था आएकाले एमसीसी पारित गर्नै पर्ने भयो ।’

    केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले मात्र बोलेका थिए ।

    श्रेष्ठले अहिलेसम्म नेपालमा भएका परिवर्तनको नेतृत्व गरेजस्तै प्रचण्डले देशभक्तिपूर्ण आन्दोलनको पनि नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आफ्नो चाहना सफल नभएको बताए ।

    उनले हेग लैजाने त्रास देखाएर प्रचण्डले पार्टी पंक्तिलाई भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाए । तर जतिसुकै असहमति भए पनि पार्टी नफुटाउने उनले बताएका थिए ।

  • एमसीसीबारे तीन नेताले प्रचण्डलाई बुझाए लिखित फरक मत

    एमसीसीबारे तीन नेताले प्रचण्डलाई बुझाए लिखित फरक मत

    काठमाडौं । माओवादी केन्द्रका तीन नेताले अमेरिकी सहयता परियोजना एमसीसीबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित फरक मत बुझाएका छन् ।

    माओवादी केन्द्रको शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो फरक मत दर्ज हुनुपर्ने भन्दै नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले लिखित फरक मत प्रचण्डलाई बुझाएका हुन् ।

    केन्द्रीय सदस्य सुदन किराँतीका अनुसार आफूहरुले पार्टी निर्णय मान्ने तर असहमति पनि पार्टी बैठकमा दर्त हुनुपर्ने भन्दै लिखित फरक मत बुझाएका हुन् ।

    उनीहरुले यसअघि पूर्व स्थायी कमिटी सदस्यको बैठकमा पनि एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका थिए ।

    आजको बैठकमा अध्यक्ष प्रचण्डले एससीसी स्वीकार गर्नुका कारणबारे बोलेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकमा आफ्नो लिखित असहमति पेस गरेका थिए ।

    श्रेष्ठ बोलेपछि अर्को बैठक पर्सि बिहान ११ बजे बस्नेगरि स्थगन गरिएको छ।

  • माओवादी केन्द्रीय समिति बैठक सकियो, अर्को बैठक आइतबार बस्ने

    माओवादी केन्द्रीय समिति बैठक सकियो, अर्को बैठक आइतबार बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ ।

    एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुसमोदन भएपछि पार्टीभित्र देखिएको विवाद समाधान लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । अर्को बैठक पर्सी ११ बजे बस्ने बताइएको छ ।

    आजको बैठकमा एमसीसी पारित गर्ने पार्टीको निर्णय अनुसमोदनका लागि पेस भएको छ । प्रचण्डले उक्त प्रस्ताव राखेका हुन् ।

    बैठकमा नेता नारयणकाजी श्रेष्ठले लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरेका छन् ।

    श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

  • नारायणकाजीको लिखित मन्तव्य : प्रचण्ड व्यक्तिवादी भए, दलालसँग साँठगाँठ गरियो

    नारायणकाजीको लिखित मन्तव्य : प्रचण्ड व्यक्तिवादी भए, दलालसँग साँठगाँठ गरियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।

    जारी केन्द्रीय कमिटीको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरेका हुन् ।

    श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

    ‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी बनेको छ’,श्रेष्ठको भनाई छ । उनले अमेरिका साम्राज्यवादी शक्ति भएकोमा माओवादीहरु भ्रमित हुन जरुरी नभएको भन्दै विकास आफै बलवुताले गर्न सक्नुपर्ने बताए ।

    श्रेष्ठले एमसीसी अनुमोदनप्रति गम्भीर असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको बताए । ‘अध्यक्ष कमरेड प्रचण्डसँग मेरो २०५३ सालदेखिको सम्बन्ध हो तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ’, श्रेष्ठको भनाई छ ।

  • एमसीसी पारितको निर्णय अनुमोदनका लागि पेस, असन्तुष्ट नेताले फरक मत राख्दै

    एमसीसी पारितको निर्णय अनुमोदनका लागि पेस, असन्तुष्ट नेताले फरक मत राख्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि पेस भएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदन गर्ने पूर्वस्थायी समितिको निर्णय अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्ताव राखेका हुन् ।

    बैठकमा अहिले खाजा समय तय गरिएको छ । एमसीसीमा असन्तुष्ट नेताहरूले खाजापछि फरक मत राख्ने बताइएको छ ।

    नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, लीलामणि पोखरेललगायतले फरक मत राख्ने तयारी गरेका छन् ।

  • प्रचण्डको ब्रिफिङ- एमसीसीमा हाम्रो ‘ट्याक्टफूल मुभ’ ले गठबन्धन चुनावसम्मै जाने सुनिश्चित भयो

    प्रचण्डको ब्रिफिङ- एमसीसीमा हाम्रो ‘ट्याक्टफूल मुभ’ ले गठबन्धन चुनावसम्मै जाने सुनिश्चित भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनसँगै अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम रहने सुनिश्चित भएको बताएका छन् ।

    केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पारित नभएको भए गठबन्धन भत्किने र मुलुकमा प्रतिगमन दोहोरिने खतरा रहेको समेत ब्रिफिङ गरेका छन् ।

    प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धन बनाउँदासम्म एमसीसी साझा कार्यक्रममा पनि थिएन । तर, समयक्रममा एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आयो । तर, यसलाई संसदबाट हामीले ट्याक्टफुल्ली पास गरेसँगै अब गठबन्धन चुनावसम्म जाने निश्चित भएको छ । यो गठबन्धन तीनै तहका चुनावमा पनि कायम राख्ने प्रयास गर्छौं ।’

    अध्यक्ष प्रचण्डले एमसीसीमा फरक मत स्वाभाविक भए पनि पार्टीभित्र केही व्यक्तिले कार्यकर्तालाई नै भ्रमित पार्न खोजेकोमा आक्रोशसमेत व्यक्त गरेका छन् ।

  • माओवादी बैठकका ६ एजेण्डा, रामवृक्षको सालिक हटाएको विषयले फेरि प्रवेश पायो

    माओवादी बैठकका ६ एजेण्डा, रामवृक्षको सालिक हटाएको विषयले फेरि प्रवेश पायो

    काठमाडौं । सत्ताघटक नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा जारी छ । बैठकमा ६ वटा एजेण्डा पेस गरिएको छ ।

    एजेण्डाको सुरूमा शहीदप्रति श्रद्धाञ्जली दिइनेछ । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनलगायत समयसामयिक विषयमा रिपोर्टिङ गर्नेछन् ।

    त्यसपछि सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनबारे छलफल गरिनेछ । कार्यविभाजनसँगै स्थानीय चुनावकेन्द्रित एजेण्डामा पनि बैठकमा छलफल हुने कार्यसूची तय भएको एक केन्द्रीय सदस्यले बताए ।

    एजेण्डाको अन्तिम ६ नम्बरमा विविध विषय राखिएको छ ।

    माओवादीको आजको बैठकमा राम वृक्ष यादवको सालिकबारे पनि छलफल हुँदैछ । महाधिवेशनमा समेत यादवको सालिक हटाएको विषयले उग्ररूप लिएको थियो ।

    प्रदेश २ को समूहले रिपोर्टिङ गर्ने क्रममा सालिक हटाउनुमा गिरिराजमणि पोखरेललाई दोषी देखाउँदै राजनीतिक अपराध गरेको आरोप लगायो ।

    महाधिवेशनको पाँचौं दिन पोखरेल पक्षका नेताहरूले आरोप फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने अडान राखे । विवाद पछि थामथुम पारियो ।
    महोत्तरी बर्दिवास नगरपालिका-११ स्थित खयरमाराको तत्कालीन रामवृक्ष स्मृति ब्रिगेड क्याम्पमा रामवृक्षको सालिक राखिएको थियो । गिरिराजमणि शिक्षामन्त्री हुँदा त्यहाँ निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर यादवको सालिक हटाएर निर्मल लामाको सालिक स्थापना गरिएको थियो ।

  • माओवादी केन्द्रीय समिति बैठक सुरू (तस्बिरहरू)

    माओवादी केन्द्रीय समिति बैठक सुरू (तस्बिरहरू)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा सुरू भएको छ । बिहान ११ बजे तय गरिएको बैठक २ घण्टापछि सुरू भएको हो ।

    माओवादीको आजको केन्द्रीय समिति बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयनको छ ।

    त्यस्तै, एमसीसी अनुमोदनपछि बढेको आन्तरिक असन्तुष्टीले बैठकमा प्रवेश पाउने बताइएको छ ।

    एमसीसीमा असन्तुष्ट नारायणकाजी श्रेष्ठलगायतका केही नेताले छुट्टै छलफल चलाइसकेका छन् । केन्द्रीय कमिटीमा कुरा राखेर पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मको विकल्पमा उनीहरू छन् ।

     

    तस्बिरहरू : उमेश कार्की । 

  • केन्द्रीय सदस्यहरू घाम ताप्दा ताप्दै आयो माओवादी बैठक सरेको सूचना (तस्बिरहरू)

    केन्द्रीय सदस्यहरू घाम ताप्दा ताप्दै आयो माओवादी बैठक सरेको सूचना (तस्बिरहरू)

    काठमाडौं । पटकपटक स्थगित गरेर आजका लागि तय गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकका लागि नेताहरू बिहान ११ बज्नुअघि नै राष्ट्रियसभा गृहमा भेला हुन थालेका थिए ।

    तर, आज पनि बैठक २ घण्टा सारिएको छ । ११ बजेदेखि बैठक सुरू हुने भन्दै घाम ताप्दै कुरेर बसेका केन्द्रीय सदस्यहरूलाई एक्कासी बैठक सारिएको सूचना प्राप्त भएको हो । बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको सूचना दिइएको छ ।

    ‘प्रायलाई यहीँ आएर मात्र थाहा भयो’, नेता मातृका यादवले भने ‘अगाडि सूचना आएको भए चाँडो आउँदिन थिएँ, यहाँ आएपछि मात्र सूचना पाइयो’

    नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै बैठक धकेलिएको हो ।

    आजको बैठकमा पदाधिकारी चयन गर्ने एजेण्डा थियो । त्यस्तै, एमसीसी अनुमोदनपछि माओवादीमा खटपट सुरू भएको छ ।

    नारायणकाजी श्रेष्ठलगायतका केही नेताले छुट्टै छलफल चलाइसकेका छन् । केन्द्रीय कमिटीमा कुरा राखेर पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मको विकल्पमा उनीहरू रहेको बतइएको छ ।

  • तीव्र विवादबीच माओवादीको केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षले लिखितरुपमै फरक मत राख्ने

    तीव्र विवादबीच माओवादीको केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षले लिखितरुपमै फरक मत राख्ने

    काठमाडौं । पार्टी विभाजनको चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । पटक–पटक स्थागित भएको केन्द्रीय समितिमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताए । बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    संशोधनबिना एमसीसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णयविपरीत अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तीव्र विवाद छ ।

    व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्वस्थायी समिति बैठकको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले फरक मत राखेका थिए ।

    एमसीसीमा फरक मत राख्नेमध्यका नेता लिलामणि पोखरेल केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखतरुपमै उठाउने बताए ।

    ‘संगठन र चुनवाको एजेन्डा त पार्टीबाट आइहाल्छ,’ पोरखेलले भने, ‘अर्को एजेन्डा एमसीसी हो । म लिखितरुपमा एमसीसीको विषय उठाउँछु ।’

    एमसीसीमा विवाद बढेपछि आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका नेता श्रेष्ठले पनि लिखितरुपमै एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डसँगको छलफलपछि एसमीसीका विषयमा श्रेष्ठ फरक मत राखेर जान तयार भएका थिए ।

    एमसीसीका विषयमा धेरै वरिष्ठ नेताहरुले फरक मत राखेपछि र विशेषगरि नेता श्रेष्ठले छुट्टै छलफल चलाएपछि माओवादी विभाजन त हुँदैन भन्ने आंशका उब्जिएको छ ।

    तर, श्रेष्ठ समूहकै नेता लिलामणि पोखरेल पार्टी विभाजनबारे कसैले सोच्दा पनि नसोचेको र त्यो सम्भव पनि नरहेको दावी गर्छन् ।

    आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो । चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो । त्यसपछि सुरु भएको कोरोना संक्रमण र सत्ता गठबन्धनभित्रको उथलपुथलका कारण बैठक पटक–पटक स्थगन भएको थियो ।

    पहिलो बैठककै निरन्तरताका रुपमा सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘संगठन र भावी कार्ययोजना तय गर्ने’ रहेको ढकालले नेपाल प्रेसलाई जानकारी दिए । महाधिवेशनबाट माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट पनि भएको छैन ।

  • विभाजनको चर्चाबीच माओवादीको बैठक भोली, एमसीसीलाई उछाल्ने असन्तुष्ट पक्षको तयारी

    विभाजनको चर्चाबीच माओवादीको बैठक भोली, एमसीसीलाई उछाल्ने असन्तुष्ट पक्षको तयारी

    काठमाडौं । कैयौं पटकको स्थगनपछि अन्ततः माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु हुने भएको छ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले राष्ट्रिय सभागृहमा भोलि बिहान ११ बजेबाट बैठक सुरु हुने जानकारी दिए ।

    आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो । चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो । त्यसपछि सुरु भएको कोरोना संक्रमण र सत्ता गठबन्धनभित्रको उथलपुथलका कारण बैठक पटक-पटक स्थगन भएको थियो ।

    पहिलो बैठककै निरन्तरताका रुपमा भोलिबाट सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘संगठन र भावी कार्ययोजना तय गर्ने’ रहेको ढकालले नेपाल प्रेसलाई जानकारी दिए । माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन ।

    यस पटकको बैठकबाट यी सबै विषय टुंगने बताउँछन् केन्द्रीय सदस्य युवराज दुलाल । ‘बैठक दुई/तीन दिन लम्बिने अवस्था छ,’ उनले नेपाल प्रेससँग भने, ‘भोलि अध्यक्षले एजेन्डा प्रस्तुत गरेपछि त्यो कति जान्छ भन्ने थाहा होला । पदाधिकारी टुंग्याउने, स्थायी समिति र पोलिटब्युरो बनाउने, केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने लगायतका काम बैठले गनुपर्नेहुन्छ ।’

    असन्तुष्ट पक्षले एमसीसीको विषय उठाउने

    संशोधनविना एमसीसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरित अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तिब्र विवाद छ ।

    व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्वस्थायी समिति बैठकको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले फरक मत राखेका थिए ।

    एमसीसीमा फरक मत राख्नेमध्यका नेता लिलामणि पोखरेल केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखतरुपमै उठाउने बताए ।

    ‘संगठन र चुनवाको एजेन्डा त पार्टीबाट आइहाल्छ,’ पोरखेलले भने, ‘अर्को एजेन्डा एमसीसी हो । म लिखितरुपमा एमसीसीको विषय उठाउँछु ।’

    एमसीसीमा विवाद बढेपछि आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका नेता श्रेष्ठले पनि लिखितरुपमै एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डसँगको छलफलपछि एसमीसीका विषयमा श्रेष्ठ फरक मत राखेर जान तयार भएका थिए ।

    ‘एसीसी कसरी अनुमोदन भएको हो भन्नेबारे अध्यक्ष कमरेडले केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी दिनुहुने छ,’ प्रचण्ड निकट एक नेताले भने, ‘त्यसपछि त्यसमा चित्त नबुझाउनेहरुले आफ्नो कुरा राख्नुहुन्छ ।’

    एमसीसीको विषयलाई लिएर असन्तुष्टि जाहेर गरेका नेताहरुलाई पार्टीभित्र कुरा राख्न प्रेरित गरिने उनले बताए ।

    ‘यसलाई पार्टी भित्रै छलफल गरौं, तपाईंलाई लागेको कुरा भित्रै भन्नुहोस् भनेर नारायणकाजी कमरेड लगायतका नेताहरुलाई अध्यक्षले भन्नु भएको छ । तपाईंका कुराहरु पार्टी भित्र राख्नुहोस्, केन्द्रीय समितिले जे भन्छ, त्यही अनुसार अगाडि बढौं भनेर उहाँले भन्नु भएको छ,’ उनले भने ।

    पार्टी विभाजनको आशंका

    एमसीसीका विषयमा धेरै बरिष्ठ नेताहरुले फरक मत राखेपछि र विशेषगरि नेता श्रेष्ठले छुट्टै छलफल चलाएपछि माओवादी विभाजन त हुँदैन भन्ने आंशका उब्जिएको छ ।

    तर, श्रेष्ठ समूहकै नेता लिलामणि पोखरेल पार्टी विभाजनबारे कसैले सोच्दा पनि नसोचेको र त्यो सम्भव पनि नरहेको दावी गर्छन् ।

    ‘पार्टी विभाजन भन्ने कुरा गलत हो,’ पोखरेल भन्छन्, ‘कसैले विभाजन गर्ने सोचेको छ भने पनि त्यो सम्भव छैन । राजनीतिक एजेन्डा त विभाजित हुन सक्छन नि । त्यो हुने बित्तिकै पार्टी फुट्ने भन्ने हुन्छ र ?’

    श्रेष्ठ स्वयंले पनि पार्टीभित्रको मतभेद र अन्तर्बिरोधलाई अतिरन्जितरुपमा नबुझ्न आग्रह गरेका छन् ।

    ‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर बिभिन्न सञ्चार माध्यममार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु,’ श्रेष्ठले फेसबुकमार्फत भनेका छन्, ‘अध्यक्ष क. प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ।’

    प्रचण्डनिकट अर्का नेता पनि एमसीसीकै कारण पार्टी विभाजित हुने अवस्था नरहेको बताउँछन् । ‘अहिलेसम्म पार्टी विभाजन हुने स्थिति छैन,’ उनी भन्छन्, ‘एमसीसीको विषयलाई लिएर केही नेताहरुले केही असन्तुष्टि जाहेर गरेको हो । तर, यही कारण पार्टी बिभाजन हुन्छ भन्नु गलत हो । केही विषयमा फरकमत आउने बित्तिकै पार्टी फुट्दैन ।’

    एमसीसीमा निकै कडा मत राख्ने केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि पार्टी विभाजन समाधान नभएको बताएका छन् । ‘यतिबेला सबै नेता-कार्यकर्ताहरुले सुझबुझ र धैर्यतापूर्वक पार्टीभित्र देखिएका तमाम समस्याहरु आ-आफ्नो कमिटीको बैठकको आयोजना गरेर तिखो र जिवन्त बहस, छलफल र आलोचनाद्वारा हल गर्ने कोसिस गर्न जरुरी छ,’ बैठकको पूर्व सन्ध्यामा न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्रका समस्याहरुको हल तुरुन्तातुरुन्तै अर्को पार्टी बनाउने, पार्टी छोड्ने, निष्क्रिय हुने वा अन्य पार्टी प्रवेश गरिहाल्ने आवेगात्मक निर्णयले हुँदैन ।’

    उनको आग्रह छ, ‘नेपाली वाम आन्दोलनमा यस्तो चक्र धेरै चल्यो तर समस्याले हल दिन नसकेको तथ्य हामी धेरैले निर्माण गर्‍यौं र गरिरहेका पनि छौं । यसको अर्थ गलत चिजसँग आत्मसमर्पण गर्ने र त्यसैलाई वाम आन्दोलन भन्ने होइन कि संघर्षद्वारा उपलब्धिको रक्षा र नयाँ सम्भावनाहरुको खोजी गर्ने तरिका स्थापित गर्ने पनि हो ।’

  • पार्टीभित्रको विवादलाई अतिरञ्जित ढङ्गले नबुझौं : श्रेष्ठ

    पार्टीभित्रको विवादलाई अतिरञ्जित ढङ्गले नबुझौं : श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवादलाई ‘अतिरञ्जित ढङ्ग’ले नबुझ्न आग्रह गरेका छन् । एमसीसीका विषयमा माओवादी भित्र विवाद चलिरहको बेला श्रेष्ठले आफू अध्यक्ष र अन्य नेताहरुसँग छलफलमै रहेको श्रेष्ठले बताएका छन्।

    ‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु,’ श्रेष्ठले फेसबुकमार्फत भनेका छन्, ‘अध्यक्ष क. प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ।’

    कतिपयले एमसीसीलाई लिएर श्रेष्ठले पार्टी विभाजन गर्न लागेको आशंका गरेका छन् । प्रचण्ड र अन्य नेताले श्रेष्ठलाई फकाउने कोसिस समेत गरिरहेका छन्।

  • गठबन्धन बैठक : एमसीसी पास गराएकोमा देउवाले दिए प्रचण्ड-माधवलाई धन्यवाद

    गठबन्धन बैठक : एमसीसी पास गराएकोमा देउवाले दिए प्रचण्ड-माधवलाई धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष धन्यवाद दिएका छन् ।

    सत्तारुढ गठबन्धनमा आबद्ध ४ दलको आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवसहित गठबन्धनका सबै नेताहरूलाई धन्यवाद दिएका हुन् ।

    ‘एमसीसीको अन्यौल चिरेर अनुमोदन गर्न सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद । प्रचण्डजी र माधवजीलाई अझ विशेष धन्यवाद’, बैठकमा प्रधानमन्त्री देउवाले भने ।

    गठबन्धन बैठकमा एमसीसी अनुमोदनपछिको राजनीतिक कोर्सबारे छलफल भएको थियो । बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेललाई प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

    ‘आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद सञ्चालन गरेर राष्ट्रका यावत् समस्याबारे संसदमा छलफल हुने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेको छ’, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

    प्रवक्ता कार्कीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको थियो । बैठकमा स्थानीय निर्वाचनमा चुनावी तालमेलको सन्दर्भमा पनि छलफल भएको थियो ।

    गठबन्धनका अपरिहार्यता महसुस भए पनि चुनावी तालमेलबारे दलहरूभित्र आन्तरिक बहस भएर निष्कर्षमा पुग्नुपर्ने कार्कीले बताए ।

    ‘चुनावी तालमेलबारे सबै दलभित्र छलफल हुनै बाँकी छ । गठबन्धन रहन्छ तर तालमेलबारे प्रष्ट भइसकेको छैन’, कार्कीले भने ।

  • प्रचण्डसँग रिसाएका नारायणकाजीलाई विप्लवले गरे सहकार्यको प्रस्ताव

    प्रचण्डसँग रिसाएका नारायणकाजीलाई विप्लवले गरे सहकार्यको प्रस्ताव

    काठमाडौं । एमसीसी अनुमोदन सम्बन्धमा पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट रहेका श्रेष्ठलाई भेट्न विप्लव श्रेष्ठको हात्तीवनस्थित निवासमै पुगेका हुन् । भेटमा विप्लवले एमसीसी अनुमोदन राष्ट्रहितविपरीत गरिएकोले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको बताइन्छ ।

    माओवादी वृत्तमा श्रेष्ठले एमसीसी अनुमोदनकै विषयलाई लिए पार्टी विभाजन वा परित्याग गर्नसक्ने चर्चा चुलिएको छ । यस्तो बेला श्रेष्ठ र विप्लवबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ । माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनपछि ‘कसैले पार्टी विभाजन गरेर फरक नपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए ।

    श्रेष्ठलाई सम्झाउन मंगलबार प्रचण्ड आफै हात्तीवन पुगेका थिए । प्रचण्ड र श्रेष्ठबीच बढ्दो विवादका कारण माओवादीभित्र अन्तरसंघर्ष चुलिने स्थिति छ ।

  • माओवादी केन्द्र सुदूरपश्चिमले पायो नयाँ नेतृत्व, अध्यक्षमा उत्सव विजयी

    माओवादी केन्द्र सुदूरपश्चिमले पायो नयाँ नेतृत्व, अध्यक्षमा उत्सव विजयी

    धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी ‘सन्तोष’लाई हराएका हुन् ।

    चौधरी राष्ट्रियसभा सदस्य पनि हुन् ।

    कुल २१० मत खसेकोमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।

    उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद ुराजेन्द्रु रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।

    कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् ।

    माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनको तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो ।

  • मलाई ‘डबल डिलर’ जस्तो बनाइयो तर देश दुर्घटनाबाट बच्यो

    मलाई ‘डबल डिलर’ जस्तो बनाइयो तर देश दुर्घटनाबाट बच्यो

    काठमाडौं । नेकपाको सरकार भएपछि एमसीसी गम्भीर ढंगले विवादमा आयो, जतिबेला यसलाई आईपीएस (इन्डो प्यासेफिक स्ट्राटेजी) को अंग भनियो । स्वयं अमेरिकाका मन्त्रीहरुले र विदेश मन्त्रालयको दस्तावेजमा यो कुरा आयो ।

    तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २५ वर्षपछि नेपालको तर्फबाट अमेरिकाको औपचारिक भ्रमण गर्ने पहिलो परराष्ट्रमन्त्री हुनुभयो । उहाँ गएपछि नेपाल पनि आईपीएसकै सदस्य हो भन्ने खालको समाचार बाहिर आयो र त्यसपछि यो विषय अझ बढी विवाद र बहसतिर तानियो ।

    पहिले यो सम्झौता हुँदा संसदबाट अनुमोदन गनुपर्ने भन्ने केही पनि प्रावधान थिएन । सन् २०१९ मा गएर नेकपाकै सरकार भएका बेलामा अनुमोदन गर्ने भन्ने भएपछि यो अझ बढी विवादित हुनपुग्यो ।

    मेरो लागि बडो खुसीको कुरा पनि छ र बडो अप्ठ्यारो पनि । नेकपामा त्यतिबेला कार्यकारी अध्यक्षको हैसियतले केन्द्रीय समिति बैठकको म एक्लैले अध्यक्षता गरेको त्यो एक मात्रै बैठक थियो । त्यो बैठकमा एमसीसीका विषयमा काफी बहस भएको थियो । त्यसको अझ गम्भीर अध्ययन गरेर मात्रै निचोडमा पुग्नु उचित हुन्छ भन्ने थियो । त्यही कारण झलनाथ खनालको नेतृत्वमो तीन सदस्यीय कार्यदल बनाइएको थियो ।

    यो एमसीसी आयोजनालाई खारेज गर्ने भन्ने त त्यो केन्द्रीय समितिको निचोड होइन, थिएन । तर, आईपीएससँग सम्बन्धित कुरा, नेपालको संविधान र कानूनसँग सम्बन्धित कुरा, नेपालको जमीन र प्राकृतिक स्वामित्वसँग सम्वन्धित कुरा, त्यसमा काम गर्ने कर्मचारीलगायतका यस्ता केही विषय थिए, जुन विषय परिर्माजन र संशोधन नगरी पास गरियो भने यो नेपालको राष्ट्रिय हितमाथि आघात हुन्छ भन्ने सुझाव कार्यदलले दिए पछि त्यो विवाद नयाँ चरणमा प्रवेश गर्‍यो ।

    यो विवाद नेकपामा मात्रै होइन, सबैतिर चलिरहेका बेला संसदबाट संकल्प प्रस्ताव भनौं या अन्य कुनै नाम दिइएको प्रस्ताव पारित गर्‍यो भने एमसीसी अगाडि बढाउन सहज हुन्छ कि भनेर पहिले विचार राखेको मैले नै हो ।

    म आम जनतालाई पनि प्रष्ट पार्न चाहान्छु, मैले कुनै न कुनै प्रस्ताव संसदबाट यसलाई परिमार्जन भनौं या स्पष्ट गरि जान सकियो भने समस्या समाधान हुन्छ कि भने । तर, त्यति बेला अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षको नेता हुनुहुन्थ्यो । उहाँले यसलाई पारित गर्दा हुन्छ भन्दा मैले कुनै प्रस्ताव संसदबाट पारित गरेपछि त्यसले सहज हुन्छ कि भन्ने कुरा मैले गर्दा ठिक छ भनेर उहाँ सहमत हुनुभयो ।

    मैले यो कुरा पनि स्पष्ट पार्नुपर्छ कि केपी शर्मा ओली त्यति बेला हाम्रै पार्टीमा हुनुहुन्थ्यो, उहाँले संकल्प या अरु कुनै पनि प्रस्ताव जरुरी छैन । एक अक्षर पनि परितर्वन गर्न सकिँदैन । प्रचण्डहरुले जे भन्न खोजेका छन, त्यसमा मेरो सहमति छैन भनेर शेरबहादुरजीलाई केपीजीले पटक–पटक भन्नुभएको थियो । उहाँले नमानेपछि त्यतिबेला कुनै पनि प्रस्ताव पारित हुन नसकेको हो । यो कुरा सायद अहिलेसम्म बाहिर आएको छैन, यो कुरा प्रष्टरुपमा भन्न चाहान्छु ।

    हाम्रो चिन्ता के हो भने कतै हामी जो प्रतिगमनका विरुद्ध लड्ने भनेर आन्दोलित पनि भयौं । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि रक्षा । समावेशिताको पनि रक्षा भनेर सडक र सबैतिरबाट सबै क्षेत्र आन्दोलित भएर हामी पुन: स्थापित भयौं र अलिकति सुरक्षित भयौं कि भनेको त एमसीसीको कारणले फेरि राजनीतिक दलहरुमा विभाजन, समाजमा विभाजन, राष्ट्र नै विभाजित मानसिकतामा जान थालेपछि कालान्तरमा फेरि संविधानमाथि घात, लोकतन्त्रमाथि घात होला कि भनेर मैले कुनै उपाय खोज्न सकिन्छ कि भन्ने सन्दर्भमा अलिकति ढिलो लैजाउँ भन्ने प्रस्ताव गरेको थिएँ ।

    एमसीसीलाई लेखेको पत्र आएपछि म त मानौं भिलेन जस्तो, डबल डिलर जस्तो कति दिनसम्म त त्यही नै चलिराख्यो । जबकि मेरो मनशाय राष्ट्रिय सहमति बनोस्, विभाजित समाज बन्न नजाओस्, यसकै कारणले संविधान र लोकतन्त्र फेरि खतरामा पर्ने हो कि भन्ने जो चित्र देखिन थाल्यो, त्यो नहोस भन्ने मात्रै थियो । कसैलाई झुक्याउनु, ठग्नु त मेरो मनसाय थिएन । तर, मेरो त्यो राष्ट्रिय सहमति गर्ने इमान्दार प्रयासलाई यतिधेरै विद्रुपीकरण गरियो ।

    अन्तिमतिर आउँदा मैले यो विषयलाई ठिक ढंगले ‘ह्यान्डिल’ गरिएन भने शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने चित्र देखेँ । धेरै ठूलो कुरा हो यो । शान्ति सम्झौताका बाँकी काम जो गर्नुछ हामीले, त्यो नै दुर्घटनामा पर्ने खतरा देखियो । संविधान डिरेल हुने खतरा । यो सरकार जाने, अर्को सरकार जाने मात्रै हुने देखिएन । यो गठबन्धन टुट्यो भने सरकार थियो, अर्को आयो भन्ने मात्रै हुने देखिएन । धेरै चिज उल्टिने खतरा देखियो ।

    हामीबीचमा एउटा सहमति भएको थियो र एउटा शब्द पनि प्रयोग भएको थियो, ‘एग्री टु डिसएग्री’ । गठबन्धन नटुटाउ, तपाईंहरु विपक्षमै मत हाल्नुहोस्, हामी पक्षमा हाल्छौं । जिते पनि ठिकै छ, हारे पनि ठिकै छ, तर गठबन्धन चाहिँ नतोड्ने भन्ने एउटा भद्र सहमति भयो । तर, यो चिज त्यति सजिलो हुने थिएन । एक–दुई दिन त त्यसलाई अभ्यास गर्न सकिन्छ कि भनेर कोसिस गर्‍यौं । तर, त्यस्तो भएन ।

    बरु गठबन्धन तोड्ने, अर्को सरकार बनाउने आदि, इत्यादीतिर चाहिँ बढ्न थाल्यो । फेरि उही पुरानो ठाउँमा जाने कुरा आइसकेपछि हाम्रो पार्टीमा भएको छलफलमा मैले प्रस्ताव राखेँ– उपाय खोज्नुपर्छ है । हामीले एकोहोरो कुरा गरेर सम्पूर्ण प्रक्रियालाई दुर्घटनातिर जान दिन सकिँदैन, सकारात्मक केही उपाय छ भने हामीले त्यतापट्टि सोच्नुपर्छ भनेर राखियो ।

    त्यसपछि मेरो दिमाग मैले पोहोर साल नै जेठमा भनेको थिएँ, मेरो क्लिक अब त्यहाँ भयो । यही क्रममा हाम्रा पुराना एकजना कर्मचारी, धेरै समय परराष्ट्र सचिव हुनु भएको, सार्कको महासचिव पनि हुनु हुनुभएको डा. अर्जुनबहादुर थापासँग भेटियो र केही उपाय हुन सक्छ भन्ने छलफल गर्दा उहाँले थोरै उपाय मलाई बताउनुभयो । त्यतिबेला म, झलनाथ खनाल र नारायणकाजी सँगै थियौं । उहाँको कुरा सुन्दै जाँदा थोरै ‘इन्लाइटेन’ जस्तो, यहाँनिर रहेछ है छिर्ने बाटो भन्ने भयो ।

    भियना अभिसन्धि अनुसार एउटा पक्षले आधिकारिक ढंगले यस्तो व्याख्यात्मक घोषणा गर्‍यो संसदबाट भने त्यसको कानूनी मान्यता हुन्छ, अर्को पक्षले मान्नुपर्छ, अन्तर्राष्ट्रिय अदालतमा पनि त्यो मान्यताप्राप्त हुन्छ भन्ने कुरा उहाँले बताउनुभयो । यसबाट हामीलाई कहीँ न कहीँ उज्यालो देखिए जस्तो भयो । यसको समस्या समाधन हुने ठाउँतिर गयो भनेको जस्तो भयो । लगत्तै हाम्रा वाम बुद्धिजीवी र कानूनविदसँग पनि कुरा भयो । खासगरि गोविन्द बन्दीको पनि यससम्बन्धी राम्रै दख्खल छ । उहाँले पनि भियना अभिसन्धि अनुसार यो बाटो छ, यसरी गर्न सकिन्छ भनेर अलि विस्तारपूर्वक बताउनु भयो ।

    त्यही क्रममा गगन थापाहरु पनि यही विषयमा लागिराखेको थाहा पाइयो । र, त्यहाँ पनि कुरा गरियो । यथास्थितिमा सम्झौता अनुमोदन गर्न नपर्ने, एउटा घोषणासहित गर्दा त्यसले कानूनी मान्यता प्राप्त गर्ने रहेछ । यसले महाकालीमा गरेजस्तो संकल्प हुने रैनछ । यहाँ महाकाली जस्तै हो, केही पनि होइन भन्ने छ नि त्यो होइन रहेछ ।

    मलाई एकजना विद्धान अधिवक्ताले मलाई एउटा चिठी दिनुभयो र यसले (चिठी देखाउँदै)मलाई निकै ठूलो मनोबल दियो । डा.सूर्यप्रसाद सुवेदी जो लन्डनमा बस्नुहुन्छ र ख्यातिप्राप्त अन्तराष्ट्रिय वकिलमा रुपमा उहाँ हुनुहुन्छ । उहाँले मलाई सुझावका रुपमा मेरै नाममा चिठी लेख्नु भएको छ । यो चार पेजको चिठीेले पुरै ‘कन्फिडेन्स’ दिन्छ । एमसीसीलाई यथास्थितिमा पारित नगर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानूनी बाटो छ्याङ्ग पार्नु भएको छ उहाँले ।

    यसो गर्दा अर्को पक्षले पनि मान्नुपर्छ र मानेन भने त्यो आयोजना स्वतः खारेज हुने बाटोमा पुग्छ भन्ने कुरा उहाँले कानूनी रुपले स्पष्ट गरेपछि मैले हाम्रो पार्टीको वरिष्ठ नेताहरुको बैठकमा अब दायाँ–बायाँ गर्नुहुँदैन, देशलाई दुर्घटनामा जान दिनुहुँदैन, अब हामीले व्याख्यात्मक घोषणासहित हामीले एमसीसीमा जोडेर एकैचोटी पारित गरियो भने यो त्यसको अंग बन्छ भन्ने कुरा राखेँ ।

    त्यही बीचमा केही साथीहरु अमेरिकी दूतावासमा गएर कुरा पनि गर्नुभयो । यो स्वीकार हुनसक्छ भन्ने संकेत पनि आयो । त्यो सबै आइसकेपछि र यसको कानूनी परिस्थित विचार गरिसकेपछि हाम्रो पार्टीमा यो घोषणासहित पारित गरिनुपर्छ भन्ने निर्णय गरियो ।

    हिजो यो पारित भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्ने कुरा त त्यति ठूलो मान्दिनँ म । नेपाली समाज विभाजित हुनबाट बचेको छ ।

    आर्थिक परियोजनाका रुपमा विकासलाई पनि निकास दिएको छ । हाम्रो राष्ट्रिय अखण्डता, हाम्रो असंलग्न नीति, हाम्रो संविधान, हाम्रो कानून र हाम्रो स्वतन्त्र अडान राम्रैसँग हिजोबाट स्थापित भएको छ ।

    (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा राखेको मन्तव्यको संम्पादित अंश)

  • एमसीसी अनुमोदनसँगै अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड

    एमसीसी अनुमोदनसँगै अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड

    काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको उनको भनाइ छ ।

    एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो ।

    सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ ।

    सत्तारुढ गठबन्धनमै एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले विभाजनको अवस्थासम्म आइपुगेको थियो । तर, अन्तिममा एमसीसीको व्याख्यात्मक घोषणासँगै आइतबारको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको हो ।

    योसँगै अब देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुने दलका नेताहरूको भनाइ छ ।

  • व्याख्यात्मक टिप्पणीबारे प्रचण्ड : कानूनका ज्ञाताले सम्झाएपछि मलाई ‘इन्लाइटेन’ भयो

    व्याख्यात्मक टिप्पणीबारे प्रचण्ड : कानूनका ज्ञाताले सम्झाएपछि मलाई ‘इन्लाइटेन’ भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरेका छन् । यो विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाइ छ ।

    आफूले अन्तर्राष्ट्रिय कानूनका धेरै ज्ञाताहरुसँग सल्लाह गरेपछि भियना अभिसन्धिअनुसार यस्तो व्याख्यात्मक घोषणा कानूनसम्मत हुने निस्कर्षमा पुगेको प्रचण्डले बताए ।

    उनले आज पत्रकारसँग भने, ‘अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरुले मलाई यस्तो उपाय सुझाएपछि मलाई ‘इन्लाइटेन’ जस्तो भयो । भियना अभिसन्धीअनुसार यसो गर्न सकिने रहेछ । म छ्याङ्ग भएपछि पार्टीमा प्रस्ताव राखेको हुँ ।’

    प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको दावी गरे ।

    उनले भने, ‘अर्को पक्षले यदि यसलाई मानेन भने स्वतः खारेज हुन्छ भन्नेमा हामी क्लीयर भएका छौं । त्यो त्यसको अंग बन्छ भन्ने भयो । केही साथीहरुले अमेरिकी दूतावासमा पनि कुरा गर्नुभयो । त्यताबाट पनि सकारात्मक संकेत आयो । त्यसैले हामी अगाडि बढ्यौं र संविधान र शान्ति प्रक्रिया जोगियो ।’

    एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको प्रचण्डले बताए । तर, महाकाली सन्धीमा बामदेव गौतमले गरेको विरोध सम्झिदै उनले त्यस्तो भ्रम नपाल्न आग्रह गरे ।

  • संसदबाट एमसीसीसँगै अर्को प्रस्ताव पारित गर्ने उपाय खासमा मैले निकालेको हो : प्रचण्ड

    संसदबाट एमसीसीसँगै अर्को प्रस्ताव पारित गर्ने उपाय खासमा मैले निकालेको हो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट एमसीसी पारित गर्दा अर्को कुनै प्रस्ताव पनि सँगै पारित गर्ने उपाय आफूले निकालेको दाबी गरेका छन् । एमसीसी पारित भएको भोलिपल्ट पत्रकार सम्मेलन आयोजना गर्दै उनले सो दाबी गरेका हुन् ।

    आफूले त्यसबेला संसदबाट अर्को कुनै प्रस्ताव समानान्तररूपमा पारित गर्ने कुरा राख्दा तत्कालीन प्रतिपक्षी नेता शेरबहादुर देउवा सहमत भएको प्रचण्डले बताए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको उनको भनाइ छ ।

    ‘मैले संकल्प प्रस्ताव वा अरु केही नाम दिएर एमसीसी पारित गरौं भनेको थिएँ । देउवा यसमा तयार हुनुहुन्थ्यो । तर, केपी ओलीले चाहिँ जस्ताको तस्तै पारित गर्नुपर्ने अडान लिनुभयो । एमसीसीमा एक अक्षर पनि परिवर्तन नहुने अडान लिएपछि यो प्रस्ताव अघि बढेन’, प्रचण्डले भने ।

    पछि आफूले राष्ट्रिय सहमति बनाएर पारित गर्ने कुरा गर्दा त्यसलाई विद्रुपीकरण गरिएको प्रचण्डले गुनासो गरे ।

  • एमसीसी अनुमोदनपछि पत्रकारसामु प्रष्टीकरण दिँदै प्रचण्ड (लाइभ)

    एमसीसी अनुमोदनपछि पत्रकारसामु प्रष्टीकरण दिँदै प्रचण्ड (लाइभ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्रकार सम्मेलन जारी छ । एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा आफू किन पुगियो भन्नेबारे उनले पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन खोजेका हुन् ।

    एमसीसी पारित गर्ने माओवादीको निर्णयमा पार्टीभित्रै विरोध छ ।

  • प्रचण्डले पत्रकार सम्मेलन गर्दै, एमसीसी अनुमोदनका विषयमा प्रष्ट्याउने

    प्रचण्डले पत्रकार सम्मेलन गर्दै, एमसीसी अनुमोदनका विषयमा प्रष्ट्याउने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचण्डका निजी सचिवालयका अनुसार खुमलटारस्थित निवासमा दिउँसो तीन बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    संशोधनबिना एसमीसी पारित गर्न नहुने बताइरहेका प्रचण्ड व्याख्यात्मक टिप्पणीसहित अनुमोदनमा तयार भएपछि माओवादीभित्र असन्तुष्टि बढिरहेको छ ।

    एमसीसी पारित गर्ने पक्षमा आफू किन पुगेँ भन्ने पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउने प्रचण्डको तयारी छ ।

  • प्रचण्डको सचिवालयले भन्यो- एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बँचियो

    प्रचण्डको सचिवालयले भन्यो- एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बँचियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको दाबी गरेकी हुन् ।

    पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले भनेकी छन्– एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न सकिँदैन। एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं ।

    धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उनको भनाइ छ । ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं’ उनले भनेकी छन्, ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’

    उनले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताएकी छन् ।

  • व्याख्यात्मक घोषणाले जनताको आवाज सम्वोधन भयो : मात्रिका यादव (भिडिओ)

    व्याख्यात्मक घोषणाले जनताको आवाज सम्वोधन भयो : मात्रिका यादव (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले एमसीसीको व्याख्यात्मक घोषणाले जनताको माग सम्वोधन भएको बताएका छन् ।

    व्याख्यात्मक घोषणा पनि एमसीसीको अंग हुने र यसलाई अमेरिकाले स्वीकार्नुपर्ने उनको भनाइ छ ।

    यादवले संसदमा बोल्दै भने, ‘कतिपयले भनिरहेका छन्, माओवादीले सडकमा ढुंगा हान्न लगायो, अनि संसदबाट पारित गर्यो । तर, यदि यस्तो आन्दोलन नगरेको भए आज यो व्याख्यात्मक घोषणा आउने थिएन । जनताको माग सम्वोधन भएको छ ।’

    लाज ढाक्ने धोतिका रुपमा व्याख्यात्मक घोषणा ल्याइएको टिप्पणी भइरहेको भन्दै उनले थपे, ‘हामी मधेसमा त लाज ढाक्न धोति नै लगाउँछौं । कसैलाई नांगै हिँड्नु छ भने केही छैन ।’

    संसदबाट पारित भएको एमसीसी लागू हुने तर व्याख्यात्मक घोषणा लागू नहुने तर्क सही नरहेको उनको टिप्पणी छ ।

  • एमसीसी परिमार्जन गरेर मात्रै पास गर्नुपर्छ : माओवादी नेता पोखरेल (भिडिओ)

    एमसीसी परिमार्जन गरेर मात्रै पास गर्नुपर्छ : माओवादी नेता पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै पोखरेलले एमसीसी आर्थिक सहायताको दृष्टिले मात्रै नआएकोले यथास्थितिमा पारित गर्न नहुने बताएका हुन् ।

    ‘एमसीसी आर्थिक सहायकता हिसाबले मात्रै आएको भए हामीलाई आपत्ति हुने थिएन तर सम्झौतामा यस्ता शर्तहरू राखिएको छ जसले नेपालको सार्वभौमसत्ता लगायतका विषयमा गम्भीर प्रश्न उठाएको छ’ पोखरेलले भने ।

    एमसीसीसँग भएका गोप्य र पूरक सम्झौता तथा पत्रहरूसमेत संसदमा पेस हुनुपर्ने भन्दै सांसद पोखरेलले नेपालको सार्वभौमिकतामाथि आँच आउनेगरी सम्झौता पारित हुन नदिन दलहरूले पहल गर्नुपर्ने बताए ।

    देश सानो ठूलो भएपनि सार्वभौमिकता समान हुने भन्दै पोखरेलले एमसीसी सम्झौता संसदबाट पारित हुँदा ऐनस्तरको मान्यता पाउने तर संसदले सच्याउन नपाउने भन्ने कुरा गलत भएको पोखरेलको दाबी छ ।

  • एमसीसीबारे प्रष्ट पारौं, आर्थिक सहायताका रुपमा ग्रहण गरौं : शक्ति बस्नेत (भिडिओ)

    एमसीसीबारे प्रष्ट पारौं, आर्थिक सहायताका रुपमा ग्रहण गरौं : शक्ति बस्नेत (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले एमसीसी सम्झौताले मात्रै जनतालाई आश्वस्त नबनाउने भन्दै सरकारले थप प्रस्ट पार्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै बस्नेतले एमसीसीलाई आर्थिक सहायताका रुपमा मात्रै ग्रहण गर्ने र राजनीतिक वा सैन्य दायित्व ग्रहण नहुने विषय सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

    ‘सम्झौतामात्रै पारित गर्दा जनताले व्यक्त गरेको आशंका निवारण हुने देखिदैन । यस सन्दर्भमा सरकारले सोच्नुपर्छ । त्यसैले यसबारे गठबन्धनमा जे प्रयत्न भएको छ त्यसले मद्दत गर्ने मेरो विश्वास छ’, बस्नेतले भने ।

    उनले नेपालले विकास सहायता स्वीकार गरेपनि असंलग्न परराष्ट्र नीति त्याग्न नसक्ने बताए । एमसीसीबारे दलहरुले अडानका लागि अडान लिनुभन्दा तर्कपूर्ण ढंगले जनतालाई बुझाउनुपर्ने बताए । ‘मेरो गोरुको बार्है टक्का भनेर मात्रै हुँदै । हामीले तर्कपूर्ण ढंगले जनतालाई आश्वस्त पार्नुपर्छ’, उनले भने ।

    बस्नेतले एमसीसीका अनेक प्रभाव देखिनसक्ने भन्दै अन्तर्राष्ट्रिय राजनीतिको बाछिटाबाट नेपाललाई असंलग्न राख्ने प्रतिवद्धा दलहरुले गर्नुपर्ने बताए ।

  • सदनमा एमसीसी : व्याख्यात्मक घोषणा पेस गर्न देव गुरुङको माग (भिडिओ)

    सदनमा एमसीसी : व्याख्यात्मक घोषणा पेस गर्न देव गुरुङको माग (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दलहरूले गर्ने भनेको व्याख्यात्मक घोषणालाई संसदमा पेस गर्नुपर्ने माग गरेका छन् । व्याख्यात्मक घोषणा अमेरिकलाई स्वीकार्य हुने-नहुनेबारे अझै प्रष्ट नभएको भन्दै गुरुङले संशय व्यक्त गरिए ।

    ‘संशोधनबिना अगाडि बढाउनु हुँदैन भन्ने हाम्रो पार्टीको धारणा हो,’ गुरुङले भने, ‘व्याख्यात्मक घोषणा हुने भनिएको छ । यद्यपि यो अझैं आइसकेको छैन । संशोधनको प्रावधान पनि राखिएको देखिँदैन ।’

    गुरुङले थपे, ‘दुईपक्षीय आधारमा संशोधन हुने हो । हाम्रो घोषणा एमसीसीलाई स्वीकार्य हुन्छ कि हुँदैन भन्ने हो । त्यो एमसीसीले स्वीकार गर्छ भने सकरात्मक हुन्छ ।’

    घोषणा संसदमा पेस गर्न माग गर्दै गुरुङले संशोधनलगायतका प्रक्रियाहरू पनि राख्नुपर्नेमा जोड दिए ।

  • विघटित समितिबाट निर्णय गराएर ‘महाधिवशेनको म्यान्डेट’ उल्लंघन

    विघटित समितिबाट निर्णय गराएर ‘महाधिवशेनको म्यान्डेट’ उल्लंघन

    काठमाडौं । विधानतः नेकपा (माओवादी केन्द्र)मा अहिले केन्द्रीय समिति मात्रै क्रियाशील छ । गत पुस (११–१८) मा भएको माओवादी केन्द्रको आठौं महाधिवेशनबाट केन्द्रीय समिति मात्रै निर्वाचित भएको थियो ।

    नयाँ निर्वाचित केन्द्रीय समितिले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः अनुमोदन गर्नेबाहेक कुनै काम गरेको छैन । अन्य पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन नयाँ समितिबाट गर्ने भनिए पनि केन्द्रीय समितिको बैठक पटक–पटक सारिएकाले केही पनि काम भएका छैनन् ।

    अतः एमसीसीबारे निर्णय लिन आज बसेको पूर्व स्थायी समितिको कुनै कानूनी हैसियत छैन । उक्त बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीमाथि व्याख्यात्मक टिप्पणी गरेर अनुमोदन गर्ने निर्णय गराएका छन् ।

    यो निर्णय माओवादीले यसअघि राख्दै आएको अडान र आठौं महाधिवेशनको म्याण्डेटविपरीत हो । माओवादीको आठौं महाधिवेनबाट ‘यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्’ भन्ने प्रस्ताव पारित गरिएको थियो ।

    ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रि हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ उक्त प्रस्तावमा भनिएको थियो, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’

    कुनै राजनीति र कानूनी अस्थित्व नभएको समितिबाट महाधिवेशनको निर्णय उल्लंघन गरेको भन्दै माओवादीकै नेताहरु असन्तुष्ट छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संशोधनबिनै अनुमोदन गर्ने निर्णय महाधिवेशनको म्याण्डेटविरुद्ध रहेको भन्दै आपत्ति जनाएका छन्।

    ‘५ दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरुले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।’

    माओवादी अर्का पूर्व स्थायी समिति सदस्य लिलामणि पोखरेल पनि ‘विघटन भइसकेको समितिको बैठक बसेर निर्णय लिएँ’ भन्नु गलत हुने र यसको कुनै कानूनी हैसियत नभएको बताउँछन् । उक्त निर्णयप्रति श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले असहमति जनाएका छन् ।

    माओवादी केन्द्रका अर्का पूर्व स्थायी समिति सदस्य पार्टीले यसअघि लिँदै आएको अडानविपरीत गएको भन्दै यसले नोक्सान पुर्याउने बताउँछन् । ‘हामीले यत्रो समयसम्म अडान राख्यौं, त्यहींअनुसार तल्लो तहसम्म जनमत पनि बनेको थियो,’ उनले नेपाल प्रेससँग भने, ‘अब त्यसबाट पछि हटेर निर्णय गर्दा यसले हाम्रो पार्टीलाई नोक्सान पुर्याउँछ ।’

    त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आज बिहान बसेको भनिएको माओवादीको बैठक अवैधानिक रहेको र त्यसले गर्ने निर्णय आधिकारिक नहुने दाबी गरेका छन् ।

    व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकको निर्णयप्रति आपत्ति जनाउँदै न्यौपानेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    माओवादीका धेरै नेता, कार्यकर्ता एमसीसीलाई संशोधनबिनै स्वीकार गर्ने निर्णयप्रति असन्तुष्ट छन् । आठौं महाधिवेशनका अधिकांश प्रतिनिधिले एमसीसी खारेज गरेर जानुपर्नेमा जोड दिएका थिए । तर, प्रचण्डले यसलाई रणनीतिक रुपमा पन्छाउने भन्दै प्रतिनिधिलाई आश्वस्त पार्न खोजेका थिए ।

    आफ्नो राजनीतिक प्रतिवेदनमा संशोधनबिना एमसीसी स्वीकार नगर्ने उल्लेख गरेका प्रचण्डले एमसीसीमा कुनै पनि हालतमा लचक नहुने भनेर प्रतिनिधिहरुलाई विश्वास दिलाएका थिए । तर, प्रचण्ड आफ्नो वाचामा अडिन सकेनन् ।

    आठौं महाविधेशनबाट पारित प्रस्ताव

    राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबी भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस् । यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।

    यो पनि पढ्नुहोस्

    एमसीसीलाई रणनीतिकरुपमा पन्छाउने असफल प्रचण्ड प्रयास 

  • प्रचण्डले हाम्रो पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याए- लेखनाथ न्यौपाने

    प्रचण्डले हाम्रो पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याए- लेखनाथ न्यौपाने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आज बिहान बसेको भनिएको माओवादीको बैठक अवैधानिक रहेको र त्यसले गर्ने निर्णय आधिकारिक नहुने दाबी गरेका छन् ।

    व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकको निर्णयप्रति आपत्ति जनाउँदै न्यौपानेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    उनले माआवादीको आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्षमात्र चयन गरेको र त्यसयता अरु कुनै कमिटी नरहेको भन्दै केन्द्रीय कमिटी बैठक पटक-पटक स्थगित गरेर अध्यक्ष प्रचण्डले एकल निर्णय गर्दै पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको आरोप लगाएका छन् ।

    न्यौपानेले आफ्नो वक्तव्यमा भनेका छन् (नेकपा माओवादी केन्द्र) को केन्द्रीय समितिको बैंठक पटक-पटक स्थगित गरिएको छ ।

    महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।

    हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णयबाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन ।

    न्यौपानेले केही समयअघि आफ्नो पार्टीले एमसीसी पास गरे प्रचण्डलाई अमेरिकी पाल्तु कुकुर भनेर जुत्ताले हानेर लखेट्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

  • प्रचण्ड-माधवलक्षित बाबुरामको कटाक्ष- भेडाको खोल ओढ्ने ब्वाँसाहरू

    प्रचण्ड-माधवलक्षित बाबुरामको कटाक्ष- भेडाको खोल ओढ्ने ब्वाँसाहरू

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्ड र माधवतर्फ संकेत गर्दै ‘भेडाको खोल ओढ्ने ब्याँसा’ को संज्ञा दिएका छन् ।

    गठबन्धन जोगाउन एमसीसी पारित गराउने पक्षमा उनीहरू उभिएसँगै भट्टराईले दोहोरो भूमिका खेल्ने समाजको दुस्मन भन्दै कटाक्ष गरेका हुन् ।

    ‘कुनैपनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंच/निष्ठाको धर्म निर्वाह गर्छन्,’ भट्टराईले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर आफ्नो निजी/दलीय/गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’

    एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरूले दोहोरो भूमिका खेलेको आरोप लगाएका हुन् ।

  • एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति

    एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति

    काठमाडौं । एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् ।

    अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।

    व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।

    निर्णय गर्ने फोरम नै वैधानिक नभएका कारण माइन्यूट नै नभएकाले लिखित असहमति दर्ज नभए पनि आफूहरूको असहमति रहेको लीलामणी पोखरेलले बताए । यसले यसअघि आफूहरूले उठाएका एजेण्डा कमजोर बन्ने र अहिलेसम्मको विरोध औचित्यहीन हुने उनको भनाइ छ ।

    पोखरेलले नेपाल प्रेससँग भने, ‘त्यो व्याख्यात्मक टिप्प्णीको कुनै अर्थ छैन । यसको कुनै भ्यालिडिटी पनि छैन । त्यो व्याख्यात्मक टिप्पणीमा महत्वपूर्ण कुराहरू पनि छैनन् ।’

    बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणीको ड्राफ्ट बाँडेका थिए । त्यसमा सामान्य छलफलमात्रै भएको उनले बताए ।

    यस्तै नेता श्रेष्ठले पार्टीको निर्णयप्रति गम्भिर असहमति र आपत्ति रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

  • प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै

    प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै

    काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने भएपछि सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्तत: संसदबाट पारित गर्ने पक्षमा पुगेका छन् ।

    नेपाली कांग्रेसले गठबन्धन तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि प्रचण्ड-माधव ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न सहमत भएका छन् ।

    यद्यपि नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेता र नेकपा एसमा झलनाथ खनाल एमसीसीको विपक्षमा छन् ।

    एमसीसीले पछिल्लोपटक नेपाललाई पठाएका जवाफ र स्पष्टीकरणलाई समेत अनुसूचीमा राखेर विशेष घोषणा गर्ने र संसदबाट पारित गर्ने उपायसहित प्रचण्ड र माधवको ‘फेस सेभ’ का लागि कांग्रेस यसमा तयार भएको बताइएको छ । तर, नेपालले गर्ने घोषणा वा संकल्प प्रस्तावको मान्यता भने हुने छैन ।

    सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ ।

    यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका छन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानको व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ,’ बन्दीले भने ।

    कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस) बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफ्ट’मा गठबन्धनको बैठकमा छलफल गरे पछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।

    यसअघि संशोधनबिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेको हो ।

  • गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

    गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं । सत्ता गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

    कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रवार नै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिममा आफूहरु एमसीसी अनुमोदनको पक्षमा उभिने भन्दै केपी ओलीसँग कुनै सम्झौता नगर्न आग्रह गरेका थिए ।

    देउवाले पार्टीको संस्थागत निर्णय मागेपछि शनिवार दिनभर दुवै नेताले आ आफ्नो पार्टीमा सल्लाह गरेका थिए । फेस सेभका लागि संसदबाट एकपक्षीय घोषणा गर्ने गरि एमसीसी पास गर्ने र गठबन्धन पनि जोगाउने सहमति शनिबारै भएको थियो ।

    यद्यपी कांग्रेसले विश्वास नगरेका कारण दुवै दलले आइतबार बैठक राखेर निर्णय बुझाउने भनेपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको वार्ता अन्तिममा रोकिएको थियो ।

    गठबन्धत भत्किँदा ठूलो क्षति हुने र आगामी तीनै तहका चुनाव एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि प्रचण्डर माधव नेपालले एमसीसी पास गर्ने समझदारी गरेका थिए । यद्यपी दुवै पार्टीमा चरम अशन्तुष्टि छ ।

  • गठबन्धन जोगाउन एमसीसी पास गर्नैपर्ने बाध्यतामा प्रचण्ड-माधव

    गठबन्धन जोगाउन एमसीसी पास गर्नैपर्ने बाध्यतामा प्रचण्ड-माधव

    काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।

    शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएर एमालेसँग सहमति गर्ने र त्यसअघि दुवै दलका दोस्रो तहका नेताहरुबीच सहमतिको मस्यौदा बन्न लागेको खबर पाएपछि सिंहदवारमा माओवादी र नेकपा एसका नेताहरुको आकस्मिक छलफल भएको थियो ।

    छलफलमा झलनाथ खनालले कुनै हालतमा एमसीसी पारित गर्न नहुने भने पनि गठबन्धन भत्किने र केपी ओली पुनः हाबी हुने भन्दै प्रचण्ड-माधव संसदमा एकतर्फी घोषणा वा संकल्प प्रस्तावसहित एमसीसी पारित गरेर गठबन्धन जोगाउनुपर्ने पक्षमा सहमत भएका हुन् ।

    नेकपा एसले एमसीसीबारे निर्णय गर्न आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएको छ । सिंहदबारबाट निस्कने क्रममा पनि प्रचण्डले गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिमा अघि बढ्ने बताएका थिए ।

    सत्ता गठबन्धनका नेताहरु शनिबर बसेर टुंगो लगाउने भएपछि अन्तिममा प्रधानमन्त्री देउवाले बालकोट जाने कार्यक्रम रद्द गरेका थिए । कांग्रेस र एमालेबीचको वार्ता निष्कर्षविहीन भएको र आफूहरु पूर्ववत अडानमा रहेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए ।

    यो पनि पढ्नुहोस्ः एमसीसी अनुमोदनमा कांग्रेसले लिखित निर्णय मागेपछि गठबन्धन जोगाउन प्रचण्डको अन्तिम कसरत

    कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई एमसीसी अनुमोदन गर्ने पार्टीको संस्थागत निर्णय ल्याउन शुक्रबार नै दबाब दिएको थियो । सांसदले बहिस्कार गरेर उपस्थितिको बहुमतले पारित गर्ने अप्सनमा कांग्रेस सहमत नभएपछि प्रचण्डमाथि अनुमोदनको दबाब बढ्यो ।

    प्रधानमन्त्री देउवा गठबन्धन भत्काएर एमालेसँग सम्झौता गर्ने तयारीमा अघि बढेका थिए । त्यसपछि माओवादी र नेकपा एसभित्र संसदबाट संकल्प प्रस्ताव वा कुनै नामको एकतर्फी घोषणा गरेर भने पनि एमसीसी अनुमोदन गर्नुपर्ने र गठबन्धन जोगाउनुपर्ने दबाब बढ्यो ।

    यो पनि पढ्नुहोस्ः माधवसँगको छलफलपछि प्रचण्ड भन्छन्- गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ

    आज बिहानको कार्यक्रममा पनि प्रचण्डले एमसीसीको समस्या समाधान हुने र गठबन्धन पनि जोगाउने अन्तिम प्रयास भइरहेको बताएका थिए । तर कांग्रेसले एमसीसी अनुमोदन गर्ने लिखित र संस्थागत निर्णय प्रचण्डसँग मागेका कारण उनी पार्टीभित्र सके सर्वसम्मत नभए बहुमतको निर्णय भने पनि देखाएर लिखत बुझाउनेसम्मको मनस्थितिमा पुगेका थिए ।

    माओवादीले निर्णय गरेमा नेकपा एसमा समस्या हुन्न । एसमा झलनाथको विरोधकाबीच वहुमतले निर्णय गर्ने अवस्था छ । माओवादीमा नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, मात्रिका यादव, लिलामणी पौडेल, देव गुरुङ लगायतका नेताहरु एमसीसीको विपक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् । तर मन्त्रीहरु र अन्य नेताले मध्यमार्ग खोज्न प्रचण्डलाई सुझाएका थिए ।

    स्रोतले भन्यो- एमसीसी अनुमोदन नगर्दा गठबन्धन भत्किने, केपी ओली शक्तिमा फर्किने, आउने चुनावहरुमा माओवादीलाई सिध्याउने र जनयुद्धका उपलब्धी नै गुम्ने खतरा देखाएर प्रचण्डले पार्टीभित्र मिलाउनेछन्। एमसीसी हामीले नै पास गर्छौं,गठबन्धन जोआऔं भनिसक्नुभएको छ ।

    बालकोट पुगेका कांग्रेस नेताहरुलाई पनि एमाले नेताहरुले पहिले सत्ता गठबन्धनको एउटै धारणा बनाउन वा गठबन्धन टुटेको घोषणा गरेर आउन आग्रह गरेको बताइन्छ । एमसीसीले पछिल्लो पटक नेपाललाई पठाएका जवाफ र स्पष्टीकरणलाई समेत अनुसूचीमा राखेर विशेष घोषणा गर्ने र संसदबाट पारित गर्ने उपायमा छलफल भएको छ ।

    तर नेपालले गर्ने घोषणा वा संकल्प प्रस्तावको मान्यता भने हुने छैन ।